परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०२

जीवनको खोज हतारमा पाइने चीज होइन; जीवनको वृद्धि केवल एक वा दुई दिनमा हुँदैन। परमेश्‍वरको काम सामान्य र व्यावहारिक छ, र एउटा प्रक्रिया छ जसबाट भएर यो जानुपर्छ। देहधारी येशूलाई आफ्नो क्रूसीकरणको काम सम्पन्न गर्न साँढे तेत्तीस वर्ष लाग्यो—तसर्थ अत्यन्त कठिन, मानिसलाई शुद्ध पार्ने र उसको जीवनलाई परिवर्तन गर्ने कामबारे के? परमेश्‍वरलाई प्रकट गर्ने सामान्य मानिस बनाउनु सजिलो काम होइन। ठूलो रातो अजिङ्गरको राज्यमा जन्मिएका मानिसहरू, जो कम क्षमताका छन् र परमेश्‍वरका वचनहरू र कामको लामो अवधि चाहन्छन्, तिनीहरूमा यो खासगरी लागू हुन्छ। तसर्थ नतिजाहरू हेर्न अधैर्य नबन्। परमेश्‍वरका वचनहरू खान र पिउन तँ सक्रिय हुनैपर्छ, र परमेश्‍वरका वचनहरूमा अझ बढी प्रयास लगाउनुपर्छ। जब तैँले उहाँका वचनहरू पढिसक्छस्, परमेश्‍वरका वचनहरूमा ज्ञान, अन्तर्दृष्टि, विवेक, र बुद्धिमा विकसित हुँदै, तैँले तिनलाई वास्तविक व्यवहारमा लागू गर्न सक्नुपर्छ। यस मार्फत, यसलाई अनुभूति नगरीकन तँ परिवर्तन हुनेछस्। यदि तैँले परमेश्‍वरका वचनहरूलाई खाने र पिउने, तिनीहरूलाई पढ्ने, तिनीहरूलाई बुझ्ने, तिनीहरूलाई अनुभव गर्ने, र तिनीहरूलाई व्यवहारमा लागू गर्ने कार्यलाई आफ्नो सिद्धान्तको रूपमा लिन सकिस् भने, तिनलाई अनुभव नै नगरिकन तँ परिपक्व हुनेछस्। परमेश्‍वरका वचनहरू पढेर पनि तिनीहरूलाई व्यवहारमा लागू गर्न सक्दैनौं भन्नेहरू छन्। तेरो हतार के हो? जब तँ खास कदको नापमा पुग्छस्, तँ उहाँका वचनहरूलाई व्यवहारमा लागू गर्न सक्‍नेछस्। के चार वा पाँच वर्षको बालकले आफ्ना मातापितालाई सहारा दिन वा सम्मान दिन सकिन भनेर भन्छ? तेरो वर्तमान उचाइ कति ठूलो छ त्यो तैँले जान्‍नुपर्छ। तैँले जे व्यवहारमा लागू गर्न सक्छस्, त्यसलाई व्यवहारमा लागू गर्, र परमेश्‍वरको व्यवस्थापनलाई अवरोध गर्ने व्यक्ति नबन्। परमेश्‍वरका वचनहरूलाई मात्र खा र पी, र अब उप्रान्त त्यसलाई आफ्नो सिद्धान्तको रूपमा ली। परमेश्‍वरले तँलाई पूर्ण पार्न सक्नुहुन्छ कि सक्‍नुहुन्न भन्ने बारे, अहिलेको लागि, चिन्ता नगर्। त्यसलाई अहिले नै खोजतलास नगर्। परमेश्‍वरका वचनहरू तकहाँ जसरी आउँछन् त्यसरी नै तिनलाई खा र पी, र परमेश्‍वरले अवश्य नै तँलाई पूर्ण बनाउनुहुनेछ। यद्यपि, तैँले उहाँका वचनहरूलाई खाँदा र पिउँदा पालन गर्नुपर्ने एउटा सिद्धान्त छ। अन्धाधुन्ध त्यसो नगर्। परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा एकातिर, तैँले थाहा पाउनु पर्ने वचनहरू खोजेर पत्ता लगा—यसको अर्थ, दर्शनहरूसँग सम्बन्धित वचनहरू—र अर्कोतिर, तैँले वास्तविक व्यवहारमा लागू गर्नुपर्ने वचनहरू खोजेर पत्ता लगा—यसको अर्थ, तँ प्रवेश गर्नुपर्ने कुरालाई। एक पक्षको सम्बन्ध ज्ञानसँग छ, र अर्कोको प्रवेशसँग। तैँले दुवैलाई बुझिसकेपछि—तैँले के बुझ्नु पर्ने हो र के अभ्यास गर्नुपर्ने हो त्यसलाई बुझिसकेपछि—परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने सो तँलाई थाहा हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३४

यदि तैँले परमेश्‍वरको स्याबासी पाउने चाहना गर्छस् भने, तँ पहिले परमेश्‍वरको निम्ति आफ्नो हृदय खोलेर यसलाई पूर्ण रूपले उहाँतर्फ फर्काउँदै...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७४

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू) ५. वायुप्रवाह पाँचौ कुरा के हो? यो कुरा हरेक...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९५

यी सबै थोकहरूको अन्तको निकटताले परमेश्‍वरको कामको पूर्णताको साथै मानवजातिको विकासको अन्तको सङ्केत गर्छ। यसको अर्थ शैतानद्वारा भ्रष्ट...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ९

मानिसहरूले परमेश्‍वरको डर मान्छन् कि मान्दैनन् र दुष्टताबाट अलग बस्छन् कि बस्दैनन् भनेर जाँच्नको लागि परमेश्‍वरले विविध परीक्षाहरूको प्रयोग...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्