परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०२

जीवनको खोज हतारमा पाइने चीज होइन; जीवनको वृद्धि केवल एक वा दुई दिनमा हुँदैन। परमेश्‍वरको काम सामान्य र व्यावहारिक छ, र एउटा प्रक्रिया छ जसबाट भएर यो जानुपर्छ। देहधारी येशूलाई आफ्नो क्रूसीकरणको काम सम्पन्न गर्न साँढे तेत्तीस वर्ष लाग्यो—तसर्थ अत्यन्त कठिन, मानिसलाई शुद्ध पार्ने र उसको जीवनलाई परिवर्तन गर्ने कामबारे के? परमेश्‍वरलाई प्रकट गर्ने सामान्य मानिस बनाउनु सजिलो काम होइन। ठूलो रातो अजिङ्गरको राज्यमा जन्मिएका मानिसहरू, जो कम क्षमताका छन् र परमेश्‍वरका वचनहरू र कामको लामो अवधि चाहन्छन्, तिनीहरूमा यो खासगरी लागू हुन्छ। तसर्थ नतिजाहरू हेर्न अधैर्य नबन्। परमेश्‍वरका वचनहरू खान र पिउन तँ सक्रिय हुनैपर्छ, र परमेश्‍वरका वचनहरूमा अझ बढी प्रयास लगाउनुपर्छ। जब तैँले उहाँका वचनहरू पढिसक्छस्, परमेश्‍वरका वचनहरूमा ज्ञान, अन्तर्दृष्टि, विवेक, र बुद्धिमा विकसित हुँदै, तैँले तिनलाई वास्तविक व्यवहारमा लागू गर्न सक्नुपर्छ। यस मार्फत, यसलाई अनुभूति नगरीकन तँ परिवर्तन हुनेछस्। यदि तैँले परमेश्‍वरका वचनहरूलाई खाने र पिउने, तिनीहरूलाई पढ्ने, तिनीहरूलाई बुझ्ने, तिनीहरूलाई अनुभव गर्ने, र तिनीहरूलाई व्यवहारमा लागू गर्ने कार्यलाई आफ्नो सिद्धान्तको रूपमा लिन सकिस् भने, तिनलाई अनुभव नै नगरिकन तँ परिपक्व हुनेछस्। परमेश्‍वरका वचनहरू पढेर पनि तिनीहरूलाई व्यवहारमा लागू गर्न सक्दैनौं भन्नेहरू छन्। तेरो हतार के हो? जब तँ खास कदको नापमा पुग्छस्, तँ उहाँका वचनहरूलाई व्यवहारमा लागू गर्न सक्‍नेछस्। के चार वा पाँच वर्षको बालकले आफ्ना मातापितालाई सहारा दिन वा सम्मान दिन सकिन भनेर भन्छ? तेरो वर्तमान उचाइ कति ठूलो छ त्यो तैँले जान्‍नुपर्छ। तैँले जे व्यवहारमा लागू गर्न सक्छस्, त्यसलाई व्यवहारमा लागू गर्, र परमेश्‍वरको व्यवस्थापनलाई अवरोध गर्ने व्यक्ति नबन्। परमेश्‍वरका वचनहरूलाई मात्र खा र पी, र अब उप्रान्त त्यसलाई आफ्नो सिद्धान्तको रूपमा ली। परमेश्‍वरले तँलाई पूर्ण पार्न सक्नुहुन्छ कि सक्‍नुहुन्न भन्ने बारे, अहिलेको लागि, चिन्ता नगर्। त्यसलाई अहिले नै खोजतलास नगर्। परमेश्‍वरका वचनहरू तकहाँ जसरी आउँछन् त्यसरी नै तिनलाई खा र पी, र परमेश्‍वरले अवश्य नै तँलाई पूर्ण बनाउनुहुनेछ। यद्यपि, तैँले उहाँका वचनहरूलाई खाँदा र पिउँदा पालन गर्नुपर्ने एउटा सिद्धान्त छ। अन्धाधुन्ध त्यसो नगर्। परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा एकातिर, तैँले थाहा पाउनु पर्ने वचनहरू खोजेर पत्ता लगा—यसको अर्थ, दर्शनहरूसँग सम्बन्धित वचनहरू—र अर्कोतिर, तैँले वास्तविक व्यवहारमा लागू गर्नुपर्ने वचनहरू खोजेर पत्ता लगा—यसको अर्थ, तँ प्रवेश गर्नुपर्ने कुरालाई। एक पक्षको सम्बन्ध ज्ञानसँग छ, र अर्कोको प्रवेशसँग। तैँले दुवैलाई बुझिसकेपछि—तैँले के बुझ्नु पर्ने हो र के अभ्यास गर्नुपर्ने हो त्यसलाई बुझिसकेपछि—परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने सो तँलाई थाहा हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४७

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ के ज्ञान भनेको सबैले सकारात्मक ठान्‍ने गरेको कुरा हो? मानिसहरूले कम्तीमा पनि,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७६

जब तैँले मानवजातिप्रति परमेश्‍वरका विचारहरू तथा धारणालाई साँचो रीतिले बुझ्‍न सक्छस्, जब तैँले सृष्टिका हरेक प्राणीको निम्ति परमेश्‍वरका...

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २७६

आज, तिमीहरूका बीचमा कसले पवित्र आत्माले प्रयोग गर्नुभएकाहरूले बोलेका सबै वचनहरू पवित्र आत्माबाट नै आएका थिए भनेर भन्‍ने आँट गर्छ? के कसैले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४२

शैतानले पहिलोपटक अय्यूबलाई परीक्षा गर्छ (तिनको पशुधन चोरिन्छ र तिनका छोराछोरीहरूमाथि विपत्ति आइपर्छ) (छनौट गरिएका खण्डहरू) अय्यूबको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्