परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९५

अब, तिमीहरूले परमेश्‍वरका मानिसहरू बन्‍ने प्रयास गर्नुपर्छ, र सम्पूर्ण प्रवेशलाई सही बाटोमा सुरु गर्नुपर्छ। परमेश्‍वरका मानिसहरू बन्‍नु भनेको राज्यको युगमा प्रवेश गर्नु हो। आज, तिमीहरू औपचारिक रूपमा राज्यको तालिममा प्रवेश गर्न सुरु गर्छौ, र तिमीहरूको भविष्यको जीवन पहिलेको जस्तो सुस्त र मन्द बन्‍न छोड्नेछ; त्यसरी बाँचेर, परमेश्‍वरले अपेक्षा गर्नुभएका मापदण्डहरूलाई पूरा गर्नु असम्‍भव हुन्छ। यदि तैँले कुनै आतुरी अनुभूति गर्दैनस् भने, तँसँग आफैलाई सुधार गर्ने इच्‍छा छैन, तेरो प्रयास अन्योल र दोधारमा छ, र तैँले परमेश्‍वरको इच्‍छा पूरा गर्न सक्दैनस् भन्‍ने यसले देखाउँछ। राज्यको तालिममा प्रवेश गर्नु भनेको परमेश्‍वरका मानिसहरूको जीवन सुरु गर्नु हो—के तँ त्यस्तो तालिम स्वीकार गर्न इच्‍छुक छस्? के तँ आतुरीको आभास अनुभूत गर्न इच्‍छुक छस्? के तँ परमेश्‍वरको अनुशासनमा जिउन इच्‍छुक छस्? के तँ परमेश्‍वरको सजायमा जिउन इच्‍छुक छस्? जब परमेश्‍वरको वचन तँकहाँ आउँछ र तँलाई जाँच गर्छ, तैँले कसरी व्यवहार गर्नेछस्? अनि तैँले सबै किसिमका तथ्यहरूको सामना गर्दा के गर्नेछस्? विगतमा, तेरो ध्यान जीवनमा केन्द्रित थिएन; आज, तैँले जीवनको वास्तविकतामा प्रवेश गर्ने कार्यमा ध्यान केन्द्रित गर्नुपर्छ, र तैँले तेरो जीवन स्वभावमा परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। राज्यका मानिसहरूले हासिल गर्नैपर्ने कुरा यही हो। जो परमेश्‍वरका मानिसहरू हुन् उनीहरू सबैमा जीवन हुनैपर्छ, उनीहरूले राज्यको तालिम स्वीकार गर्नैपर्छ, र आफ्‍नो जीवनको स्वभावलाई परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। राज्यका मानिसहरूलाई परमेश्‍वरले दिनुभएको मापदण्ड यही हो।

राज्यका मानिसहरूका लागि परमेश्‍वरका मापदण्डहरू निम्‍नानुसार छन्:

१. तिनीहरूले परमेश्‍वरका आज्ञाहरूलाई स्वीकार गर्नैपर्छ। भन्‍नुको अर्थ, तिनीहरूले आखिरी दिनहरूका परमेश्‍वरको कार्यमा बोलिएका सबै वचनहरूलाई स्वीकार गर्नैपर्छ।

२. तिनीहरू राज्यको तालिममा प्रवेश गर्नैपर्छ।

३. तिनीहरूले आफ्‍नो हृदयमा परमेश्‍वरको छुवाइ प्राप्त गर्ने प्रयास गर्नैपर्छ। जब तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरमा फर्किएको हुन्छ, र तँसँग सामान्य आत्मिक जीवन हुन्छ, तब तँ स्वतन्त्रताको क्षेत्रमा जिउनेछस्, जसको अर्थ तँ परमेश्‍वरको प्रेमको वास्ता र सुरक्षामा जिउनेछस् भन्‍ने हुन्छ। परमेश्‍वरको वास्ता र सुरक्षामा जिउँदा मात्र तँ परमेश्‍वरको स्वामित्वमा हुनेछस्।

४. तिनीहरू परमेश्‍वरद्वारा प्राप्त गरिनैपर्छ।

५. तिनीहरू पृथ्वीमा परमेश्‍वरको महिमाको प्रकटीकरण बन्‍नैपर्छ।

यी पाँच बुँदाहरू तिमीहरूको लागि मेरा आज्ञाहरू हुन्। मेरा वचनहरू परमेश्‍वरका मानिसहरूको लागि बोलिन्छन्, र यदि तँ यी आज्ञाहरूलाई स्वीकार गर्न अनिच्‍छुक छस् भने, म तँलाई जबरजस्ती गर्नेछैन—तर यदि तैँले तिनलाई साँचो रूपमा स्वीकार गरिस् भने, तँ परमेश्‍वरको इच्‍छालाई पूरा गर्न सक्‍नेछस्। आज, तिमीहरूले परमेश्‍वरका आज्ञाहरू स्वीकार गर्न, र राज्यका मानिसहरू बन्‍ने प्रयास गर्न र राज्यका मानिसहरू बन्‍नका लागि पूरा गर्नुपर्ने मापदण्डहरू पूरा गर्न सुरु गर्छौ। प्रवेशको पहिलो चरण यही हो। यदि तँ पूर्ण रूपमा परमेश्‍वरको इच्‍छालाई पूरा गर्न चाहन्छस् भने, तैँले यी पाँच आज्ञालाई स्वीकार गर्नैपर्छ, र यदि तैँले तिनलाई हासिल गर्न सकिस् भने, तँ परमेश्‍वरको हृदयअनुसारको हुनेछस् र परमेश्‍वरले अवश्य नै तँलाई बृहत् रूपमा प्रयोग गर्नुहुनेछ। राज्यको तालिममा प्रवेश गर्नु नै आजको लागि महत्त्वपूर्ण कुरा हो। राज्यको तालिममा प्रवेश गर्ने कार्यमा आत्मिक जीवन संलग्‍न हुन्छ। यसभन्दा पहिले, आत्मिक जीवनको बारेमा कुनै कुरा उठाइएको थिएन, तर आज, तँ राज्यको तालिममा प्रवेश गर्न सुरु गर्ने क्रममा, तँ औपचारिक रूपमा आत्मिक जीवनमा प्रवेश गर्छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०३

मानवजाति भ्रष्ट तुल्याइएको भए तापनि, ऊ अझै पनि सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताको अधीनमा जिउँछ शैतानले मानवजातिलाई हजारौँ वर्षदेखि...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३०

परमेश्‍वरले इन्द्रेनीलाई मानिससँगको आफ्नो करारको प्रतीकको रूपमा प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू) उत्पत्ति ९:११-१३ अनि म तिमीहरूसँग...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५११

यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, सत्यतालाई व्यवहारमा देखाउनुपर्छ र तेरा सबै कर्तव्यहरू पूरा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २१७

सबै मानिसहरूले पृथ्वीमा मेरो कामका उद्देश्यहरू बुझ्न आवश्यक छ, भन्नुको अर्थ, म अन्ततः जे प्राप्त गर्न चाहन्छु, र यसलाई पूरा गर्न...