परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३८५

सृष्टि गरिएको प्राणीमा सृष्टिकर्ताप्रति हुनुपर्ने एक मात्र मनोवृत्ति भनेको समर्पणको मनोवृत्ति, निसर्त समर्पणको मनोवृत्ति हो। यो यस्तो कुरा हो, जसलाई आज केही मानिसले स्विकार्न नसक्लान्। यस्तो किन हुन्छ भने मानिसको कद धेरै सानो छ र तिनीहरू सत्यता वास्तविकतारहित छन्। परमेश्‍वरले तेरा धारणाहरूसँग नमिल्‍ने कामहरू गर्नुहुँदा, यदि तैँले परमेश्‍वरलाई गलत बुझ्‍ने सम्‍भावना छ—तैँले परमेश्‍वरविरुद्ध विद्रोह गर्ने, र उहाँलाई विश्‍वासघात गर्नेसमेत सम्‍भावना छ भने, तँ परमेश्‍वरप्रति समर्पित हुन सक्नबाट धेरै टाढा छस्। मानिसलाई परमेश्‍वरको वचनद्वारा भरणपोषण र सिञ्चन गरिँदा, वास्तवमा उसले एउटै उद्देश्यका लागि जोड गरिरहेको हुन्छ, र त्यो अन्त्यमा विनासर्त परमेश्‍वरप्रति पूर्ण समर्पण गर्न सक्नु हो—जुन बेला तँ, यो सृष्टि गरिएको प्राणी, आवश्यक स्तरमा पुगेको हुनेछस्। कहिलेकाहीँ परमेश्‍वरले जानीजानी तेरा धारणाविपरीत कामहरू गर्नुहुन्छ, र जानीजानी तेरा इच्‍छाहरूविरुद्ध जाने कुराहरू गर्नुहुन्छ, र त्यो सत्यतासँग नमिल्‍ने, तँप्रति अविचारशील र तेरो आफ्नै प्राथमिकताहरूसँग मेल नखाने किसिमको समेत देखिन सक्छ। यी कुराहरू स्वीकार गर्न तँलाई गाह्रो हुन सक्छ, तैँले ती कुरा बुझ्न सक्दैनस् होला, र तैँले तिनको विश्‍लेषण जसरी गरे पनि, तँलाई ती गलत लाग्‍न सक्छ र तैँले तिनलाई स्वीकार गर्न सक्दैनस्, तँलाई परमेश्‍वरले यसो गर्नु अनुचित हो भन्‍ने लाग्‍न सक्छ—तर वास्तवमा, परमेश्‍वरले यो जानीजानी गर्नुभएको हुन्छ। त्यसोभए, परमेश्‍वरले यी कुराहरू गर्नुको उद्देश्य के हो? तँलाई जाँच गर्न र खुलासा गर्न, तैँले सत्यता खोजी गर्न सक्छस् कि सक्दैनस्, तँ साँचो रूपमा परमेश्‍वरप्रति समर्पित छस् कि छैनस् भनेर हेर्न यसो गरिएको हुन्छ। परमेश्‍वरले गर्ने र आज्ञा दिने सबै कुराको आधार नखोज्, र किन भनेर नसोध्। परमेश्‍वरसँग तर्क गर्नुको कुनै अर्थ हुँदैन। तैँले बस परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर पहिचान गर्नुपर्छ र तँ पूर्ण समर्पण गर्न सक्षम हुनुपर्छ। तैँले बस परमेश्‍वर तेरा सृष्टिकर्ता र तेरा परमेश्‍वर हुनुहुन्छ भनेर पहिचान गर्नुपर्छ। यो कुनै पनि तर्क, कुनै पनि सांसारिक बुद्धि, कुनै पनि मानव नैतिकता, आचारनीति, ज्ञान, दर्शन, वा परम्‍परागत संस्कृतिभन्दा उच्‍च छ—मानव भावना, मानव धार्मिकता, र कथित मानव प्रेमभन्दा पनि अझै उच्‍च छ। यो सबै कुराभन्दा उच्‍च छ। यदि तँलाई यो कुरा स्पष्ट छैन भने, ढिलोचाँडो तेरो जीवनमा कुनै परिस्थिति आइपर्ने र तँ पतन हुने दिन आउनेछ। कम्तीमा पनि, तैँले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेछस् र तँ विचलीत मार्गमा हिँड्नेछस्; यदि तैँले अन्त्यमा पश्‍चात्ताप गर्न, र परमेश्‍वरको माधुर्यलाई पहिचान गर्न र परमेश्‍वरले तँमा गर्नुभएको कामको महत्त्व चिन्‍न सक्छस् भने, तँसँग अझै पनि मुक्ति पाउने आशा हुन्छ—तर यो कुराको कारण तँ लड्छस् र उठ्न सक्दैनस् भने, तँसँग कुनै आशा हुँदैन। परमेश्‍वरले मानिसहरूलाई न्याय, ताडना, वा श्राप दिनुभए पनि, यो सब तिनीहरूलाई मुक्ति दिनको लागि हुन्छ, र तिनीहरूले डराउनु पर्दैन। तैँले के कुराको चाहिँ डर मान्‍नुपर्छ त? परमेश्‍वरले “म तँलाई तिरस्कार गर्छु” भन्‍नुहोला भन्‍ने डर तैँले मान्‍नुपर्छ। यदि परमेश्‍वरले यसो भन्‍नुभयो भने, तँ समस्यामा हुन्छस्: यसको अर्थ परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेछैन र तैँले मुक्ति पाउने कुनै आशा छैन भन्‍ने हुन्छ। त्यसकारण, परमेश्‍वरको काम स्वीकार गर्दा, मानिसहरूले परमेश्‍वरको अभिप्राय बुझ्‍नुपर्छ। तैँले जेसुकै गरे पनि, परमेश्‍वरका वचनहरूबारे यसो भन्दै गल्ती कोट्याउने नगर्, “न्याय र सजाय ठीकै छ, तर दण्डाज्ञा, श्राप, विनाश—के त्यसको अर्थ मेरो लागि सब खतम भो भन्‍ने हुँदैन र? सृष्टि गरिएको प्राणी बन्‍नुको अर्थ के भो र? त्यसकारण म तपाईंको सृष्टि बन्‍नेछैनँ, र तपाईं अबदेखि मेरा परमेश्‍वर हुनुहुन्‍न।” यदि तैँले परमेश्‍वरलाई इन्कार गर्छस् र आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुँदैनस् भने, परमेश्‍वरले तँलाई साँच्‍चै नै इन्कार गर्न सक्‍नुहुन्छ। के तिमीहरूलाई यो कुरा थाहा छ? मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै समय भए पनि, तिनीहरूले जति धेरै यात्रा गरेका भए पनि, तिनीहरूले जति धेरै काम गरेका भए पनि, वा तिनीहरूले जति वटा कर्तव्य पूरा गरेका भए पनि, तिनीहरूले यो अवधिमा गरेको सबैथोक एउटै कुराको तयारीको लागि हो। त्यो के हो? तिनीहरूले अन्त्यमा परमेश्‍वरप्रति पूर्ण समर्पण, निसर्त समर्पणको तयारी गरिरहेका हुन्छन्। “निसर्त” को अर्थ के हो? यसको अर्थ तैँले आफ्नो सफाइ नदिनु, र आफ्‍नै उद्देश्यमूलक तर्कहरूको कुरा नगर्नु हो, यसको अर्थ तँ झिनामसिना कुराहरूमा तेरो-मेरो भनिरहेको छैनस् भन्‍ने हो; तँ यसको लायक छैनस्, किनभने तँ सृष्टि गरिएको प्राणी होस्। जब तैँले परमेश्‍वरसँग सानातिना कुराहरूमा तेरो-मेरो भनिरहेको हुन्छस्, तब तैँले आफ्‍नो स्थानबारे गलत बुझेको हुन्छस्, र जब तैँले परमेश्‍वरसँग तर्क गर्ने प्रयास गर्छस्, तब फेरि पनि, तैँले आफ्‍नो स्थानबारे गलत बुझेको हुन्छस्। परमेश्‍वरसँग तर्क नगर्, सधैँ कारण पत्ता लगाउने प्रयास नगर्, समर्पित हुनुभन्दा पहिले बुझ्‍नुपर्छ भनेर जिद्दी नगर्, र नबुझ्दा समर्पण गर्दिनँ भनेर जिद्दी नगर्। जब तैँले यसो गर्छस्, तब तैँले आफ्‍नो स्थानबारे गलत बुझेको हुन्छस्, र त्यस्तो अवस्थामा परमेश्‍वरप्रतिको तेरो समर्पण पूर्ण समर्पण हुँदैन; यो तुलनात्मक र सर्तमा आधारित समर्पण हुन्छ। के परमेश्‍वरमा समर्पित हुँदा सर्तहरू राख्ने मानिसहरू परमेश्‍वरमा साँचो समर्पण गर्नेहरू हुन्? के तैँले यसरी परमेश्‍वरसँग परमेश्‍वरलाई जस्तो व्यवहार गरिरहेको हुन्छस्? के तैँले परमेश्‍वरलाई सृष्टिकर्ताको रूपमा आराधना गर्छस्? यदि गर्दैनस् भने, परमेश्‍वरले तँलाई स्वीकार गर्नुहुन्‍न। परमेश्‍वरप्रतिको पूर्ण र निसर्त समर्पण गर्नका लागि तैँले के अनुभव गर्नुपर्छ? अनि तैँले कसरी अनुभव गर्नुपर्छ? एउटा कुरा के हो भने, मानिसहरूले परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्नुपर्छ, अनि तिनीहरूले काटछाँट स्वीकार गर्नैपर्छ। यसबाहेक, तिनीहरूले परमेश्‍वरको आज्ञा स्वीकार गर्नुपर्छ, आफ्‍नो कर्तव्य निर्वाह गर्दा तिनीहरूले सत्यता खोजी गर्नुपर्छ, जीवन प्रवेशसँग सम्‍बन्धित सत्यताका विभिन्‍न पक्षलाई, अनि परमेश्‍वरको अभिप्राय बुझ्नुपर्छ। कहिलेकाहीँ, यो कुरा मानिसहरूको क्षमताभन्दा बाहिरको हुन्छ, र तिनीहरूमा सत्यता बुझने अन्तर्दृष्टि हुँदैन, र अरूले तिनीहरूलाई सङ्गति दिँदा वा परमेश्‍वरले तय गर्नुभएका विभिन्‍न परिस्थितिबाट पाठहरू सिकेर मात्रै तिनीहरूले थोरथोरै बुझ्‍न सक्छन्। तर तँलाई के कुराको चेतना हुनुपर्छ भने तँमा परमेश्‍वरप्रति समर्पित हुने हृदय हुनैपर्छ, तैँले परमेश्‍वरसँग तर्क गर्ने वा सर्तहरू अघि सार्ने प्रयास गर्नु हुँदैन; परमेश्‍वरले जे गर्नुहुन्छ ती सबै गरिनुपर्ने कुराहरू हुन्, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ र तँ सृष्टि गरिएको प्राणी होस्। तँमा समर्पणको मनोवृत्ति हुनैपर्छ, र तैँले सधैँ कारण माग्ने वा सर्तहरू अघि सार्ने गर्नु हुँदैन। यदि तँमा समर्पणको सबैभन्दा आधारभूत मनोवृत्तिसमेत छैन, र तँ परमेश्‍वरलाई शङ्का गर्ने र उहाँप्रति सतर्क बन्‍नेसमेत प्रवृत्तिको छस्, वा तैँले आफ्‍नो हृदयमा “परमेश्‍वरले मलाई साँच्‍चै मुक्ति दिनुहुन्छ कि दिनुहुन्‍न र परमेश्‍वर वास्तवमै धर्मी हुनुहुन्छ कि हुनुहुन्‍न भनेर मैले हेर्नुपर्छ। सबैले परमेश्‍वर प्रेम हुनुहुन्छ भनेर भन्छन्—ठिक छ त्यसोभए, परमेश्‍वरले ममा जे गर्नुहुन्छ त्यसमा साँच्‍चै प्रेम लुकेको छ कि छैन, यो साँच्‍चै प्रेम हो कि होइन, मैले हेर्नुपर्छ” भनी भन्छस् भने, यदि तैँले परमेश्‍वरले गर्ने कुरा तेरा धारणा र रुचिहरू, वा तैँले सत्यता भनी ठानेका समेत कुराहरूअनुरूप छ कि छैन भनेर निरन्तर जाँचिरहेको हुन्छस् भने, तैँले आफ्‍नो स्थानबारे गलत बुझेको हुन्छस्, र तँ समस्यामा छस्: तैँले परमेश्‍वरको स्वभाव चिढ्याउने सम्‍भावना धेरै हुन्छ। समर्पणसँग सम्‍बन्धित सत्यताहरू महत्त्वपूर्ण छन्, र कुनै पनि सत्यतालाई एक-दुई वाक्यमा पूर्ण र प्रष्टसँग बताउन सकिँदैन; ती सबै मानिसहरूका विभिन्‍न स्थितिहरू र भ्रष्टतासँग सम्‍बन्धित छन्। एक वा दुई, वा तीन वा पाँच वर्षमै सत्यता वास्तविकतामा प्रवेश हासिल गर्न सकिँदैन। यसका लागि धेरै कुराको अनुभव गर्नुपर्छ, परमेश्‍वरका वचनहरूको धेरै न्याय र सजाय अनुभव गर्नुपर्छ, धेरै काटछाँट अनुभव गर्नुपर्छ। तैँले अन्तिममा सत्यता अभ्यास गर्ने क्षमता हासिल गरेपछि मात्रै तेरो सत्यताको खोजी प्रभावकारी हुनेछ, र त्यसपछि मात्रै तैँले सत्यता वास्तविकता प्राप्त गर्नेछस्। सत्यता वास्तविकता प्राप्त गर्ने मानिसहरू मात्रै साँचो अनुभव भएका मानिसहरू हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८५

सबै यहूदीहरूले पुरानो करार पढे र डुँडमा एउटा पुरुष बालक जन्मनेछ भन्ने यशैयाको अगमवाणीलाई बुझे। यो अगमवाणीप्रति पूर्ण रूपमा सचेत भएर पनि,...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५२

मैले भने झैं, मेरो अनुसरण गर्ने धेरै छन् तर मलाई साँच्चिकै निस्वार्थ प्रेम गर्ने थोरै छन्। सायद कोहीले सोध्न सक्छन्, “मैले हजुरलाई प्रेम...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्