परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३८०

मण्डली अगुवाको रूपमा तैँले समस्याहरू सुल्झाउन केवल सत्यता प्रयोग गर्न सिक्‍नु मात्रै जरुरी हुँदैन, तैँले प्रतिभाशाली मानिसहरू पत्ता लगाउन र उनीहरूको वृद्धिविकास गर्न सिक्‍नु पनि जरुरी हुन्छ र तैँले त्यस्ता व्यक्तिहरूलाई डाहा गर्ने र दबाउने कदापि गर्नु हुँदैन। त्यस तरिकाले अभ्यास गर्नु मण्डलीको कामको लागि फाइदाजनक हुन्छ। यदि तैँले सत्यता पछ्याउने केही व्यक्तिहरूको वृद्धिविकास गरी तिनीहरूलाई तँसँग सहकार्य गर्ने र सबै काम राम्रोसित गर्ने बनाउँछस्, र अन्त्यमा तिमीहरू सबैसँग अनुभावात्मक गवाही हुन्छ भने, तँ एक योग्य अगुवा वा सेवक हुनेछस्। यदि तँ सबै कुरा सिद्धान्तहरूअनुसार सम्हाल्न सक्षम छस् भने, तैँले आफ्‍नो निष्ठा समर्पण गरिरहेको छस्। कतिपय मानिसहरू आफूभन्दा अरूहरू उत्तम र उच्‍च होलान्, र आफ्नो बेवास्ता हुँदा अरूहरूलाई मानसम्मान मिल्ला भनेर सधैँ डराउँछन्, र यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बनाउँछ। के यो प्रतिभावान्‌ मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशयता हो! आफ्‍ना हितहरूबारे मात्रै सोच्ने, आफ्ना स्वार्थी चाहनाहरू मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्‍वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न। यदि तँ साँच्‍चै परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्न सक्षम छस् भने, तैँले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछस्। यदि तैँले असल व्यक्ति सिफारिस गर्छस् र उसलाई तालिम लिँदै कर्तव्य निभाउन दिन्छस्, र यसरी परमेश्‍वरको घरमा एक प्रतिभावान्‌ व्यक्ति थप्छस् भने, के यसले तेरो काम सहज पार्नेछैन र? तब के तैँले आफ्नो कर्तव्यमा निष्ठा देखाइरहेको हुनेछैनस् र? त्यो परमेश्‍वरअघिको असल कार्य हो; अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो। सत्यता अभ्यास गर्न सक्‍नेहरूले आफूले गर्ने कामकुराहरूमा परमेश्‍वरको छानबिन स्विकार्न सक्छन्। जब तैँले परमेश्‍वरको छानबिन स्विकार्छस्, तेरो हृदय सोझो बन्‍नेछ। यदि तँ अरूलाई देखाउनको लागि मात्र काम गर्छस्, र सधैँ अरूको प्रशंसा र आदर पाउन चाहन्छस्, तर परमेश्‍वरको छानबिन स्विकार्दैनस् भने, के अझै पनि परमेश्‍वर तेरो हृदयमा हुनुहुन्छ त? यस्ता मानिसहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदैन। सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्‍वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्‍वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्‍ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र तैँले राम्रा नतिजाहरू प्राप्त नगर्न सक्छस्—तर तैँले आफ्नो सक्दो प्रयास लगाइसकेको हुन्छस्। तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरू सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सायद राम्रो नतिजा हासिल नगर्लास्, तर तेरो हृदय सोझिइसकेको हुन्छ; यसअलावा, यदि तैँले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस् भने, तँ तेरो कर्तव्यपालनमा मापदण्डअनुरूपको हुनेछस् र साथमा तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। आफूसँग गवाही हुनु भनेकै यही हो।

केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यताको खोजी गर्दैनन्। तिनीहरू सधैँ शारीरिक आनन्दमा लिप्त हुँदै देहअनुसार जिउँछन्, र सधैँ आफ्नै स्वार्थी इच्छाहरू पूरा गर्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, तिनीहरू सत्यता वास्तविकतामा कहिल्यै प्रवेश गर्नेछैनन्; यो परमेश्‍वरमाथि लज्‍जा ल्याएको चिह्न हो। तँ भन्छस्, “मैले परमेश्‍वरलाई प्रतिरोध गर्ने केही गरेको छैनँ। मैले कसरी उहाँमाथि लज्‍जा ल्याएको छु?” तेरा सबै सोच र विचारहरू दुष्ट छन्। तैँले जे गर्छस् ती कुराहरूपछाडिका तेरा अभिप्राय, लक्ष्य, र आशयहरू, अनि तेरा कार्यव्यवहारका परिणामहरूले सधैँ शैतानलाई सन्तुष्ट पार्छन्, तँलाई त्यसको हाँसोको पात्र बनाउँछन्, र त्यसलाई तेरो गोप्य जानकारी लैजान दिन्छन्। तैँले एक इसाइले दिनुपर्ने एउटा पनि गवाही दिएको छैनस्। तँ सैतानको व्यक्ति होस्। तँ सबै कुरामा परमेश्‍वरमाथि लज्‍जा ल्याउँछस् र तँसँग साँचो गवाही छैन। के तैँले गरेका कार्यहरूलाई परमेश्‍वरले सम्झनुहुनेछ? आखिरमा, परमेश्‍वरले तेरा कार्यहरू, तेरो व्यवहार र तैँले निभाएको कर्तव्यबारे कस्तो निष्कर्ष निकाल्नुहुनेछ? के त्यसबाट केही, कुनै प्रकारको अभिव्यक्ति आउनुपर्दैन र? बाइबलमा, प्रभु येशू भन्नुहुन्छ, “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्‍ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२२-२३)। प्रभु येशूले किन त्यसो भन्नुभयो? प्रभुको नाउँमा प्रचार गर्ने, भूतहरू धपाउने, र आश्‍चर्यकर्म गर्नेहरूमध्येका कैयौँ किन दुष्कर्मी बने? किनभने तिनीहरूले प्रभु येशूले व्यक्त गर्नुभएका सत्यताहरू स्वीकार गरेनन्, तिनीहरूले उहाँका आज्ञाहरू पालना गरेनन्, र तिनीहरूको हृदयमा सत्यताप्रति कुनै प्रेम थिएन। तिनीहरू प्रभुको खातिर आफूले गरेको काम, आफूले भोगेको कठिनाइ, र आफूले गरेका बलिदानहरू स्वर्गको राज्यको आशिष्‌सँग साट्न मात्रै चाहन्थे। यसमा तिनीहरू परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गरिरहेका थिए, र परमेश्‍वरलाई प्रयोग गर्न र परमेश्‍वरलाई छल्न खोजिरहेका थिए, त्यसैले प्रभु तिनीहरूदेखि वाक्क हुनुभयो, उहाँले तिनीहरूलाई घृणा गर्नुभयो, र तिनीहरूलाई दुष्कर्मीहरूको रूपमा दोषी ठहर्‍याउनुभयो। आज, मानिसहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्विकारिरहेका छन्, तर कतिपय मानिसहरू अझै पनि प्रतिष्ठा र हैसियत पछ्याउँछन्, र सधैँ आफूलाई विशिष्ट बनाउन, सधैँ अगुवा र सेवकहरू बन्‍न अनि प्रतिष्ठा र हैसियत प्राप्त गर्न चाहन्छन्। तिनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गर्छु र परमेश्‍वरलाई पछ्याउँछु, र परमेश्‍वरको लागि त्याग गर्छु र समर्पित हुन्छु भने पनि, तिनीहरू ख्याति, लाभ र हैसियत प्राप्त गर्न आफ्‍नो कर्तव्य निर्वाह गर्छन्, र तिनीहरूसँग सधैँ आफ्नै गुप्त युक्तिहरू हुन्छन्। तिनीहरू परमेश्‍वरप्रति समर्पित वा निष्ठावान हुँदैनन्, तिनीहरूले आफ्‍नो बारेमा थोरै पनि मनन नगरी दुष्टता गर्दै बेलगाम दौडिहिँड्छन्, र त्यसरी तिनीहरू दुष्कर्मी बन्छन्। परमेश्‍वरले ती दुष्ट मानिसहरूलाई घृणा गर्नुहुन्छ, परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्‍न। कुन मापदण्डअनुसार व्यक्तिका कार्य र व्यवहारहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो उसका विचार, प्रकटीकरण, र व्यवहारहरूमा ऊसँग सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकता जिउने गवाही छ कि छैन भन्‍ने आधारमा गरिन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ निस्सन्देह नै एक दुष्कर्मी होस्। दुष्कर्मीहरूलाई परमेश्‍वरले कसरी लिनुहुन्छ? परमेश्‍वरको नजरमा, तेरा विचार र बाहिरी कार्यहरूले उहाँको साक्षी दिँदैनन्, न त ती कुराहरूले शैतानलाई लज्जित वा पराजित नै गर्छन्; बरु, ती कुराहरूले त उहाँमाथि नै लज्‍जा ल्याउँछन्, र तैँले उहाँमाथि निम्त्याएको अपमानका दागहरूले नै ती कुराहरू भरिएका हुन्छन्। तैँले परमेश्‍वरको गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्‍वरको लागि अर्पित गरिरहेको पनि हुँदैनस्, न त परमेश्‍वरप्रतिको आफ्नो जिम्मेवारी र दायित्वहरू नै पूरा गरिरहेको हुन्छस्; बरु, आफ्नै लागि काम गरिरहेको हुन्छस्। यो “तेरो आफ्नै लागि” भन्‍ने वाक्यांशको अर्थ के हो? ठ्याक्‍कै भन्दा, यसको अर्थ हो, शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्‍वरले भन्नुहुनेछ, “दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।” परमेश्‍वरको नजरमा, तेरा कार्यहरू असल कर्म हुनेछैनन्, ती कार्यहरूलाई दुष्कर्म मानिनेछ। ती कार्यलाई परमेश्‍वरद्वारा स्वीकृति नदिइने मात्र होइन—बरु दोषीसमेत ठहराइनेछ। परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास भएको व्यक्तिले के पाउने आशा लिएको हुन्छ? के त्यस्तो विश्‍वास अन्तिममा शून्य हुनेछैन र?

आफ्‍नो कर्तव्य निभाउनेहरू सबैको हकमा भन्दा, सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्‍वरको घरको हितबारे विचार गर्नु, र आफ्ना स्वार्थी इच्‍छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, गर्व, र हैसियत त्याग्‍नु हो। परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य निभाउने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निभाइरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निभाएको कुरै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायको ख्याल राख्‍नुपर्छ, अनि मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। जब यसलाई तिमीहरूले यी दुई चरणहरूमा विभाजन गर्छौ र केही सम्झौता गर्छौ, तब के तिमीहरूले यो अलि सहज भएको महसुस गर्दैनौ र? यदि तैँले केही समयसम्‍म यसरी अभ्यास गरिस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न त्यति गाह्रो छैन रहेछ भन्‍ने महसुस गर्नेछस्। तर त्योभन्दा पनि बढी, तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउन, अनि आफ्ना स्वार्थी चाहना, आशय र अभिप्रायहरू पन्छाउन सक्षम हुनुपर्नेछ; तैँले परमेश्‍वरका अभिप्रायको ख्याल गर्नुपर्नेछ, र तैँले परमेश्‍वरको घरको हित, मण्डलीको काम र तैँले निभाउनुपर्ने कर्तव्यलाई सबैभन्दा अगाडि राख्‍नुपर्नेछ। तैँले केही समय यस्तो अनुभव गरिसकेपछि, यो नै आफूलाई व्यवहारमा ढाल्ने राम्रो शैली हो भन्‍ने कुरा महसुस गर्नेछस्। यो सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र तुच्छ र निकृष्ठ व्यक्ति बन्‍नु होइन; यो त घृणित, तुच्छ, र बेकामे बन्नुको साटो न्यायसंगत रूपले र सम्मानपूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा व्यवहार गर्नुपर्छ र उसले जिउनुपर्ने स्वरूप यही हो भन्‍ने तैँले महसुस गर्नेछस्। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ। अहिले, तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति लामो समय भएको भए पनि, सत्यता पछ्याउने, सत्यता अभ्यास गर्ने, र सत्यता वास्तविकतामा प्रवेश गर्नेसम्‍बन्धी पाठहरूमा तिमीहरूको प्रवेश, परिचितता र अनुभवमा गहिराइको कमी छ, र तिमीहरूसँग कुनै सच्‍चा अनुभव वा परिचितता छैन, त्यसकारण तिमीहरूले साँचो गवाही पैदा गर्न सक्दैनौ। मैले अब तिमीहरूलाई एउटा सरल शैली बताइसकेको छु: यस तरिकाले अभ्यास गर्दै सुरु गर, र तिमीहरूले केही समयसम्म यसो गरेपछि, थाहै नभई तिमीहरूभित्रको स्थिति परिवर्तन हुनेछ। तैँले परमेश्‍वरमा विश्‍वास गर्न अति नै चासो पनि नराख्ने र त्यसप्रति वितृष्णा पनि राख्ने मिश्रित अवस्था बदलिएर परमेश्‍वरमा विश्‍वास गर्नु र इमानदार व्यक्ति हुनु राम्रो कुरा हो भनी महसुस गर्ने स्थितिमा, र तैँले एक इमानदार व्यक्ति हुन चासो राख्‍ने र त्यसरी जिउनुमा अर्थ र भरणपोषण छ भनी महसुस गर्ने स्थितिमा परिणत हुनेछ। तँलाई हृदयभित्र स्थिरता, शान्ति र सन्तुष्टि महसुस हुनेछ। तेरो स्थिति ठीक त्यस्तै बन्‍नेछ। यो आफ्ना अभिप्राय, रुचि र स्वार्थी चाहनाहरू त्याग्दा आउने परिणाम हो। यो प्रतिफल हो। यो आंशिक रूपमा मानव सहकार्यको परिणाम हो, र आंशिक रूपमा पवित्र आत्‍माको कार्य हो। पवित्र आत्‍माले मानिसहरूको सहकार्यविना काम गर्नुहुन्‍न।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६६

म राज्यमा शासन गर्दछु, र यसबाहेक म सम्पूर्ण ब्रह्माण्डमा शासन गर्दछु: म राज्यको राजा र ब्रह्माण्डका प्रमुख, दुवै हुँ। यस समयदेखि उसो म...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८३

चौथो कुरा, परमेश्‍वरले विभिन्न जातिहरूको बीचमा सीमाहरू तोक्‍नुभयो। पृथ्वीमा गोरा मानिसहरू, काला मानिसहरू, खैरा मानिसहरू र पहेँला मानिसहरू...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ७०

धेरै सहस्राब्दीदेखि मानिसले मुक्तिदाताको आगमन देख्न सक्‍ने उत्कट इच्छा गरेको छ। हजारौँ वर्षदेखि उहाँको निम्ति उत्कट इच्छा गर्ने र चाह...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५५

मानिसको कारणले गर्दा मात्रै व्यवस्थापनको कार्य आयो, जसको अर्थ मानवजातिको अस्तित्वको कारणले मात्रै यो खडा भयो। मानवजाति हुनुभन्दा पहिले वा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्