परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश ११२
मानवजातिले इमानदार पश्चात्ताप मार्फत परमेश्वरको कृपा र सहनशीलता जित्छ (छनौट गरिएका खण्डहरू) यहोवा परमेश्वरको चेतावनी निनवेवासीकहाँ...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
यदि तँलाई सत्यता अभ्यास गर्ने र बुझ्ने इच्छा छ भने, तैँले सुरुमा तेरो दैनिक जीवनमा विभिन्न कुराहरू आइपर्दा सत्यता खोज्नैपर्छ। अर्थात्, तैँले यस्ता कुराहरूलाई परमेश्वरका वचनहरू र सत्यताको आधारमा हेर्नुपर्छ; जब समस्याको सार स्पष्ट हुन्छ, तब तँलाई कसरी सत्यता सिद्धान्तहरूअनुरूप अभ्यास गर्ने भन्ने थाहा हुन्छ। अनि यदि तैँले परिस्थितिलाई सधैँ परमेश्वरका वचनहरूअनुसार हेर्छस् भने, तेरा वरिपरि घट्ने सबै घटनाहरूमा तैँले परमेश्वरको हात, अर्थात् परमेश्वरका कार्यहरू देख्न सक्नेछस्। कतिपय मानिसहरूले तिनीहरूको वरिपरि जे-जस्ता घटनाहरू घटे पनि, तिनीहरूले परमेश्वरमाथिको तिनीहरूको विश्वास वा सत्यतासँग यसको कुनै सम्बन्ध छैन भन्ने ठान्छन्; तिनीहरूले शैतानका दर्शनहरूअनुसार प्रतिक्रिया जनाउँदै आफ्नै इच्छाहरू पछ्याउँछन्। के तिनीहरूले यसरी कुनै पाठ सिक्न सक्छन्? अवश्य सक्दैनन्। यही कारणले गर्दा धेरै मानिसहरूले दश-बीस वर्ष परमेश्वरमा विश्वास गरे पनि सत्यता बुझेका वा जीवन प्रवेश पाएका हुँदैनन्। तिनीहरूले आफ्नो दैनिक जीवनमा परमेश्वरलाई समाहित गर्न, वा तिनीहरूको वरिपरि घट्ने सबै घटनालाई परमेश्वरका वचनहरूअनुसार लिन सक्दैनन्, त्यसकारण जब तिनीहरूको जीवनमा कुनै कुरा आइपर्छ, तब तिनीहरूले यसको वास्तविकता बुझ्न सक्दैनन्, न त तिनीहरूले सत्यता सिद्धान्तहरूअनुसार यसलाई सम्हाल्न नै सक्छन्। त्यस्ता मानिसहरूको जीवन प्रवेश हुँदैन। कतिपय मानिसहरूले भेलाहरूमा परमेश्वरका वचनहरू पढ्दा मष्तिष्क मात्रै लगाउँछन्; त्यस्तो बेला, तिनीहरूले थोरै ज्ञानको कुरा बोल्न सक्छन्, तर तिनीहरूले परमेश्वरका वचनहरूलाई वास्तविक जीवनमा आइपर्ने कुनै पनि कुरामा लागू गर्न सक्दैनन्, न त तिनीहरूलाई सत्यता अभ्यास गर्न नै आउँछ, त्यसकारण तिनीहरूले तिनीहरूको दैनिक जीवनमा घट्ने सबै घटनाहरूको सत्यतासँग कुनै सम्बन्ध हुँदैन, परमेश्वरका वचनहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन भन्ने सोच्छन्। परमेश्वरमाथिको तिनीहरूको आस्थामा, यस्तो लाग्छ मानौँ तिनीहरूले परमेश्वरका वचनहरू र सत्यतालाई ज्ञानको क्षेत्रको रूपमा हेर्छन्, तिनीहरूको दैनिक जीवनबाट पूर्ण फरक र तिनीहरूको दृष्टिकोण, जीवन उद्देश्य, र जीवनका खोजहरूभन्दा पूर्ण अलग कुराको रूपमा हेर्छन्। परमेश्वरमाथिको त्यस्तो स्वरूपको विश्वासलाई हामीले कुन रूपमा लिनुपर्छ? के तिनीहरू सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न सक्षम बन्नेछन्? जब तिनीहरूले परमेश्वरलाई यसरी विश्वास गर्छन्, के तिनीहरू परमेश्वरलाई पछ्याउनेहरू हुन्छन्? तिनीहरू परमेश्वरलाई साँचो रूपमा विश्वास गर्ने मानिसहरू होइनन्, परमेश्वरका अनुयायी त झनै होइनन्। परिवार, विवाह, काम वा तिनीहरूको सम्भाव्यतासँग सम्बन्धित लगायत तिनीहरूको दैनिक जीवनका सबै समस्याहरूलाई तिनीहरूले सत्यतासँग कुनै सम्बन्ध नभएका कुराहरूका रूपमा लिन्छन्, त्यसकारण तिनलाई मानव शैलीहरू प्रयोग गरी समाधान गर्ने प्रयास गर्छन्। यसरी अनुभव गरेर, तिनीहरूले कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैनन्, परमेश्वरले मानिसहरूमा कुन कार्य सम्पन्न गर्न चाहनुहुन्छ, र तिनीहरूमा कस्तो प्रभाव हासिल गर्न चाहनुहुन्छ भन्नेबारेमा कहिल्यै बुझ्नेछैनन्। परमेश्वरले मानिसहरूलाई मुक्ति दिन र तिनीहरूको भ्रष्ट स्वभाव शुद्ध पार्न र परिवर्तन गर्नका लागि सत्यता व्यक्त गर्नुहुन्छ, तर सत्यता स्विकारेर अनि पछ्याएर मात्रै तिनीहरू आफ्ना भ्रष्ट स्वभावहरूलाई समाधान गर्न सक्ने बन्नेछन् भन्ने तिनीहरूलाई थाहै छैन; आफ्नो दैनिक जीवनमा परमेश्वरका वचनहरू अनुभव र अभ्यास गरेर मात्रै तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन् भन्ने तिनीहरूलाई थाहै छैन। के त्यस्ता मानिसहरू बुद्धू अज्ञानी हुँदैनन् र? के तिनीहरू सबैभन्दा मूर्ख र हास्यास्पद मानिसहरू होइनन् र? परमेश्वरमाथिको विश्वासमा कतिपय मानिसहरूले कहिल्यै सत्यतालाई पछ्याएका हुँदैनन्। तिनीहरूलाई परमेश्वरमा विश्वास गर्नु भनेको भेलामा जानु, प्रार्थना गर्नु, भजन गाउनु, र परमेश्वरको वचन पढ्नु हो; तिनीहरूले धार्मिक विधिमा जोड दिन्छन्, तर तिनीहरूले परमेश्वरका वचनहरूको अभ्यास वा अनुभव कहिल्यै गर्दैनन्। धर्मका मानिसहरूले यसरी नै परमेश्वरमा विश्वास गरेका हुन्छन्। अनि जब मानिसहरूले परमेश्वरमाथिको विश्वासजस्तो महत्त्वपूर्ण कुरालाई धार्मिक विश्वासको रूपमा मात्रै लिन्छन्, तब के तिनीहरू अविश्वासीहरूमा पर्दैनन् र? के तिनीहरू गैरविश्वासीहरू होइनन् र? सत्यता पछ्याउनको लागि धेरै प्रक्रियाहरू अनुभव गर्नुपर्ने हुन्छ। यसको एउटा सरल पक्ष छ, र त्यसमा एउटा जटिल पक्ष पनि छ। सरल रूपमा भन्दा, हामीले सत्यताको खोजी गर्नुपर्दछ र हाम्रो वरिपरि आइपर्ने सबै कुरामा परमेश्वरका वचनहरूको अभ्यास र अनुभव गर्नुपर्दछ। यसो गर्न थालेपछि, तैँले परमेश्वरमाथिको तेरो विश्वासमा तैँले कति धेरै सत्यता प्राप्त गर्नुपर्छ र कतिसम्म पछि लाग्नुपर्छ, र सत्यता अति व्यावहारिक छ र सत्य नै जीवन हो भनी झन्-झन् बुझ्न थाल्नेछस्। मानवजातिले सत्यतालाई जीवनको रूपमा प्राप्त गर्न सकोस् भनेर परमेश्वरले तिनीहरूलाई मुक्ति दिनुहुन्छ। कर्तव्य पूरा गर्ने मानिसहरू, अगुवा र सेवकहरू, वा परमेश्वरको सेवा गर्नेहरूले मात्रै होइन, सृष्टि गरिएका सारा मानवजातिले नै सत्यतालाई जीवनको रूपमा स्वीकार गर्नुपर्छ। परमेश्वरका वचनहरू सारा मानवजातिप्रति लक्षित छन्, र परमेश्वर सारा मानवजातिसँग बोल्नुहुन्छ। त्यसकारण, सृष्टि गरिएका सबै प्राणीले र सारा मानवजातिले परमेश्वरका वचनहरू र सत्यता स्वीकार गर्नुपर्छ, सबै कुरामा सत्यता खोजी गर्नुपर्छ, त्यसपछि सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ, र यसरी तिनीहरू सत्यता अभ्यास गर्न र त्यसमा समर्पित हुन सक्षम बन्न सक्छन्। यदि अगुवा र सेवकहरूलाई मात्रै सत्यता अभ्यास गर्न लगाइन्थ्यो भने, त्यो पूर्ण रूपमा परमेश्वरको अभिप्रायविपरीत हुन्थ्यो, किनभने परमेश्वरले व्यक्त गर्नुहुने सत्यता सारा मानवजातिको लागि हो, र यो एकदुई जना मानिसहरूलाई मुक्ति दिनको लागि नभई, सम्पूर्ण मानवजातिलाई मुक्ति दिने उद्देश्यले व्यक्त गरिएको हुन्छ। यदि त्यस्तो हुन्थ्यो भने, परमेश्वरले व्यक्त गर्नुभएका वचनहरूको अर्थ त्यति धेरै हुन्थेन। के अब तिमीहरूसँग सत्यताको पछि लाग्ने मार्ग छ? सत्यताको पछि लाग्दा अभ्यास गरिनैपर्ने पहिलो कुरा के हो? अरू सबै कुराभन्दा पहिले, तैँले परमेश्वरका वचनहरू खान र पिउन र प्रवचन र सङ्गतिहरू सुन्ने कार्यमा धेरै समय बिताउनुपर्छ। जब तैँले कुनै समस्याको सामना गर्छस्, तब प्रार्थना गर् र धेरै खोजी गर्। जब तिमीहरूले आफैलाई धेरै सत्यताले सुसज्जित पार्छौ, जब तिमीहरू तुरुन्तै वृद्धि हुन्छौ र कद प्राप्त गर्छौ, तब तिमीहरूले कर्तव्य निभाउन र थोरै काम गर्न सक्नेछौ, र तिमीहरू केही जाँच र परीक्षाहरू पार गर्न सक्नेछौ। त्यस बेला, तिमीहरूले केही सत्यताहरू बुझेका र प्राप्त गरेका छौ भन्ने महसुस गर्नेछौ, अनि तिमीहरूले परमेश्वरले व्यक्त गर्नुभएका वचनहरू सबै सत्यता हुन्, ती भ्रष्ट मानवजातिको मुक्तिको लागि सबैभन्दा अत्यावश्यक सत्यता हुन्, र ती अद्वितीय सृष्टिकर्ताले दिनुभएका जीवनका सत्यता हुन् भन्ने अनुभूति गर्नेछौ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यलाई पछ्याउनुको महत्त्व र सत्यता पछ्याउने मार्ग
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
मानवजातिले इमानदार पश्चात्ताप मार्फत परमेश्वरको कृपा र सहनशीलता जित्छ (छनौट गरिएका खण्डहरू) यहोवा परमेश्वरको चेतावनी निनवेवासीकहाँ...
वर्तमान चरणमा, पहिले सत्यता जान्नु, अनि त्यसपछि त्यसलाई अभ्यास गर्नु र सत्यताको साँचो अर्थले आफैलाई अझ धेरै सुसज्जित गर्नु अत्यन्तै...
त्यसबेला, येशूको कामका केही भाग पुरानो करार, साथै मोशाको व्यवस्था र व्यवस्थाको युगको अवधिमा दिइएको यहोवाको वचनअनुसार थियो। येशूले उहाँको...
परमेश्वरले मानवजातिको लागि तयार गर्नुहुने दैनिक भोजन र पेयपदार्थ (छनौट गरिएका खण्डहरू) अन्न, फलफूल, सागसब्जी र सबै किसिमका बदामजस्ता...