परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश १६५
परमेश्वरको कामको हरेक चरणले एउटै र उही प्रवाहलाई पछ्याउँछ, त्यसकारण परमेश्वरको छ हजार वर्षे व्यवस्थापनको योजनामा, संसारको जग बसालिएको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
जब मानिसहरूलाई आफूमाथि आइपरेका परिस्थितिहरूबारे अन्तर्दृष्टि हुँदैन, र गर्नुपर्ने उचित काम के हो भन्ने पनि थाहा हुँदैन, तब तिनीहरूले गर्नुपर्ने पहिलो कुरा के हो? तिनीहरूले सर्वप्रथम प्रार्थना गर्नुपर्छ; सुरुमा प्रार्थना नै आउँछ। प्रार्थनाले के कुरा देखाउँछ? यसले तँ भक्त छस्, तँसँग अलिअलि परमेश्वरको डर मान्ने हृदय छ, र तँलाई तैँले परमेश्वरको खोजी कसरी गर्नुपर्छ भन्ने थाहा छ भन्ने देखाउँछ, र यसले तैँले परमेश्वरलाई नै पहिलो स्थानमा राख्छस् भन्ने प्रमाणित गर्छ। जब तेरो हृदयमा परमेश्वर हुनुहुन्छ र जब त्यहाँ परमेश्वरको निम्ति स्थान हुन्छ, र जब तँ परमेश्वरमा समर्पित हुन सक्छस्, तब तँ एक भक्त इसाई हुन्छस्। कैयौँ पाका विश्वासीहरू यस्ता हुन्छन् जो हरेक दिन उही समय र स्थानमा घुँडा टेकेर प्रार्थना गर्छन्। तिनीहरू हरेकपटक एकदुई घण्टा घुँडा टेकेर बस्छन्, तर जति धेरै वर्षदेखि यसरी घुँडा टेके पनि, यसले तिनीहरूको पापका कैयौँ समस्याहरू समाधान गरेकै हुँदैन। अब हामी एकैछिन त्यस्तो धार्मिक प्रार्थना उपयोगी हुन्छ हुँदैन भन्ने कुरालाई पन्छाऔँ। कम्तीमा पनि, यी पाका दाजुभाइ-दिदीबहिनीहरू अलिअलि त भक्त नै छन्। यस हिसाबमा, तिनीहरू जवानहरूभन्दा त धेरै नै असल छन्। यदि तँ परमेश्वरको अघि जिउन र परमेश्वरको काम अनुभव गर्न चाहन्छस् भने, तँमाथि कुनै कुरा आइपर्दा तैँले गर्नुपर्ने पहिलो कुरा प्रार्थना हो। प्रार्थना गर्नु भनेको घोकेका वाक्यांशहरू बिनासोच भट्याउने, तर त्यसबाहेक अरू केही नगर्ने भन्ने होइन; यसरी त तँ कहीँ पनि पुग्नेवाला छैनस्। तैँले हृदयदेखि प्रार्थना गर्नमा प्रशिक्षित हुनुपर्छ। तैँले आठ-दशपटक यसरी प्रार्थना गरिसकेपछि पनि खासै केही प्रभाव नदेख्न सक्छस्, तर तँ निरूत्साहित नबन्; तैँले तेरो प्रशिक्षण जारी राख्नुपर्छ। जब कुनै कुरा आइपर्छ, पहिले प्रार्थना गर्। पहिले परमेश्वरलाई भन्, र उहाँलाई नै परिस्थिति नियन्त्रण गर्न दे। परमेश्वरलाई तँलाई मदत गर्न दे, उहाँलाई तँलाई डोर्याउन र बाटो देखाउन दे। यसले तँमा परमेश्वरको डर मान्ने हृदय छ, र तँ परमेश्वरलाई पहिलो स्थानमा राख्छस् भन्ने प्रमाणित गर्छ। जब तँमाथि कुनै कुरा आइपर्छ वा तैँले केही कठिनाइ सामना गर्छस् र तँ नकारात्मक बन्छस्, अनि रिसाउँछस्, तब यो तेरो हृदयमा परमेश्वर हुनुहुन्न, र तँमा परमेश्वरको डर छैन भन्ने कुराको प्रकटीकरण हो। वास्तविक जीवनमा, तैँले जे-जस्ता कठिनाइहरू सामना गरे पनि, तैँले परमेश्वरको अघि आउनैपर्छ। तैँले गर्नुपर्ने पहिलो कुरा भनेको प्रार्थनामा परमेश्वरसामु घुँडा टेक्नु हो। सबभन्दा महत्त्वपूर्ण कुरा नै यही हो। प्रार्थनाले तेरो हृदयमा परमेश्वरको निम्ति ठाउँ छ भन्ने देखाउँछ। जब तँलाई कुनै समस्या हुन्छ, तब तैँले परमेश्वरतर्फ हेर्नु र उहाँलाई प्रार्थना गर्नु, र उहाँमार्फत खोजी गर्नुले तँमा अलिअलि परमेश्वरको डर मान्ने हृदय छ भन्ने देखाउँछ; यदि परमेश्वर तेरो हृदयमा नहुनुभएको भए तैँले यसो गर्ने थिइनस्। कतिपय मानिसहरू भन्छन्, “मैले प्रार्थना त गरेँ तर अझै पनि परमेश्वरले मलाई अन्तर्दृष्टि दिनुभएन!” त्यसरी भन्ने होइन। तैँले सुरुमा तेरो प्रार्थनापछाडिको मनसाय सही छ कि छैन भनेर हेर्नुपर्छ। यदि तैँले साँच्चै नै सत्यता खोजिरहेको छस् र तँ परमेश्वरसँग बारम्बार प्रार्थना गर्छस् भने, परमेश्वरले निश्चित मामलामा तँलाई अन्तर्दृष्टि र बुझाइ प्रदान गर्नुहुनेछ। जुनसुकै मामलामा पनि, परमेश्वरले तँलाई कुरा बुझाउनुहुनेछ। यदि परमेश्वरले तँलाई अन्तर्दृष्टि दिनुभएन भने, तैँले आफै यो कुरा बुझ्नेछैनस्। तँसँग बुझ्ने शक्ति भए पनि नभए पनि, वा तेरो क्षमता जति धेरै भए पनि, कतिपय कुराहरू मानव सोचद्वारा हासिल गर्न नसकिने हुन्छन्। जब तैँले कुनै कुरा बुझ्छस्, के त्यो तेरो आफ्नै सोचबाट आएको हुन्छ र? परमेश्वरका अभिप्रायहरू र पवित्र आत्माको कामका अभिप्रायहरूको कुरामा, यदि तँलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुभएन भने, तैँले त्यसबारे जान्ने कोही भेट्टाउनेछैनस्। परमेश्वर स्वयम्ले उहाँको अभिप्राय के हो भनेर बताउनुभएपछि मात्रै तँलाई थाहा हुनेछ। त्यसैले, तँमाथि कुनै कुरा आइपर्दा तैँले गर्नुपर्ने पहिलो कुरा भनेकै प्रार्थना हो। जब तैँले प्रार्थना गर्छस्, तब तैँले आफ्नो विचार, दृष्टिकोण र मनोवृत्ति परमेश्वरको अघि व्यक्त गर्नुपर्छ, र समर्पणको मानसिकतासाथ उहाँसित सत्यता खोजी गर्नुपर्छ; मानिसहरूले अभ्यास गर्नुपर्ने कुरा यही हो। यदि तँ झारा टार्ने काम मात्रै गर्छस् भने, तैँले कुनै पनि नतिजा हासिल गर्नेछैनस्, र त्यसपछि तैँले पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुभएन भनेर गुनासो गर्न मिल्नेछैन। मैले देखेको छु, परमेश्वरमाथिको विश्वासमा कतिपय मानिसहरूले धार्मिक संस्कार मात्र पालना गर्ने र धार्मिक क्रियाकलाप मात्र गर्ने गर्छन्; तिनीहरूको हृदयमा परमेश्वरको निम्ति कहीँकतै कुनै स्थान हुँदैन; तिनीहरूले पवित्र आत्माको कामलाई समेत इन्कार्छन्। तिनीहरूले प्रार्थना गर्ने वा परमेश्वरका वचनहरू पढ्ने गर्दैनन्। तिनीहरू केवल सेवामा गइरहन्छन्, र त्योभन्दा बढी केही गर्दैनन्। के यो परमेश्वरमाथिको विश्वास हो र? तिनीहरूले विश्वास गर्न त जारी नै राख्छन्, तर तिनीहरूको विश्वासमा परमेश्वरको अस्तित्व नै हुँदैन। तिनीहरूको हृदयमा परमेश्वर रहनुहुन्न, तिनीहरू अबउप्रान्त परमेश्वरलाई प्रार्थना गर्न चाहन्नन् र तिनीहरूले परमेश्वरका वचनहरू पढ्ने इच्छा गर्न छोडेका हुन्छन्। तब, के तिनीहरू गैरविश्वासी बनेका हुँदैनन् र? कतिपय अगुवा र सेवकहरू छन् जो विशेष गरी प्राय साधारण कामकाज सम्हाल्छन्। तिनीहरूले कहिल्यै जीवन प्रवेशमा ध्यान दिँदैनन्, बरु यी साधारण कामकाजलाई आफ्नो मुख्य काम मान्छन्। तिनीहरू कार्य प्रबन्धकभन्दा बढी अरू केही बनेका हुँदैनन्, र तिनीहरूले अगुवा र सेवकहरूको जरुरी काम एउटै पनि गर्दैनन्। फलस्वरूप, परमेश्वरलाई विश्वास गरेको बीसतीस वर्षपछि पनि, तिनीहरूसँग सुनाउनको लागि जीवन अनुभवको एक शब्द पनि हुँदैन, र तिनीहरूसँग परमेश्वरको बारेमा कुनै साँचो ज्ञान हुँदैन। तिनीहरूले केही वचन र धर्मसिद्धान्तहरू मात्र बोल्न सक्छन्। के यसरी तिनीहरू झूटा अगुवा बनेका हुँदैनन् र? यस्तो किन हुन्छ भने, परमेश्वरमाथिको विश्वासमा तिनीहरूले आफ्नो उचित कर्तव्य पूरा गर्ने वा सत्यता पछ्याउने गर्दैनन्। केही वचन र धर्मसिद्धान्तहरूप्रतिको आफ्नो बुझाइमा मात्रै भर परेर कुनै कुरा पनि हल हुँदैन। जाँच, विपद् वा रोगबिमारमा पर्नेबित्तिकै, तिनीहरूले परमेश्वरविरुद्ध गुनासो गर्छन्। तिनीहरूमा आफ्नो बारेमा कुनै साँचो ज्ञान हुँदैन, र तिनीहरूसित अलिकति पनि अनुभवात्मक गवाही हुँदैन। यसले देखाउँछ कि परमेश्वरमा विश्वास गरेको यतिका वर्षमा तिनीहरूले सत्यता पछ्याएकै छैनन्, तिनीहरू सतही कुराहरूमा मात्रै व्यस्त भएका छन्, र फलस्वरूप तिनीहरूले आफैलाई बरबाद पारेका छन्। मानिसहरूले परमेश्वरलाई विश्वास गरेको जति वर्ष भए पनि, तिनीहरू पतन नहुने, दुष्कर्म नगर्ने, वा निष्कासित नहुने सुनिश्चित गर्न चाहन्छन् भने, तिनीहरूले कम्तीमा पनि केही सत्यताको बुझाइ हासिल गरेको हुनुपर्छ। तिनीहरू कम्तीमा पनि यी कुराहरूद्वारा सुसज्जित हुनुपर्छ। कतिपय मानिसहरू प्रवचन सुन्दा आधामनका हुन्छन्, र परमेश्वरका वचनहरू मनन गर्दैनन्। तिनीहरू आफूमाथि जे आइपरे पनि सत्यता खोजी गर्दैनन्। आफूले सत्यता प्राप्त गरिसकेको छु भन्ठान्दै, तिनीहरू वचन र धर्मसिद्धान्तहरू बुझ्दा नै सन्तुष्ट हुन्छन्। अनि, जब परीक्षा आउँछ, तिनीहरूमा कुनै ज्ञान हुँदैन, र तिनीहरूको हृदय असन्तुष्टि र गुनासोले भरिएको हुन्छ, र त्यो तिनीहरूलाई पोख्न त मन लाग्छ तर बोल्न आँटै आउँदैन। के यस्ता मानिसहरू अत्यन्तै दयनीय हुँदैनन् र? कतिपय मानिसहरू कर्तव्यपालनमा सधैँ झाराटारुवा बन्छन्। तिनीहरू आफूलाई काटछाँट गरिँदा आफ्नो बारेमा मनन गर्ने वा आफूलाई चिन्ने प्रयास गर्दैनन्। तिनीहरूले सधैँ औचित्य साबित गर्न खोजिरहेका हुन्छन्, र त्यसैले तिनीहरूको कुरूपता विभिन्न तरिकाले बाहिर आउँछ, अनि अन्त्यसम्मै आफूलाई चिन्न नसकी, तिनीहरू खुलासा हुन्छन् र हटाइन्छन्। तब, तिनीहरूले ती धर्मसिद्धान्तहरू बुझेको के अर्थ हुन्छ र? त्यसको कुनै अर्थ हुँदैन। परमेश्वरमा जति नै वर्ष विश्वास गरे पनि, मानिसहरूले धर्मसिद्धान्तहरू बुझ्न र बोल्न मात्र सक्नु व्यर्थ हुन्छ। तिनीहरूले सत्यता प्राप्त गरेका हुँदैनन् बरु बाटो बिराएका हुन्छन्। त्यसकारण, जब तँमाथि कुनै कुरा आइपर्छ र तैँले परमेश्वरका अभिप्रायहरू खोजी गर्दै परमेश्वरलाई प्रार्थना गर्छस्, तब यदि समस्या समाधान गर्नु छ भने, मुख्य कुरा भनेको सत्यताको बुझाइ हासिल गर्न सक्नु हो। सही मार्ग यही हो, र तैँले निरन्तर यस्तो अभ्यासमा लागिपरिरहनुपर्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमा विश्वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वरको कामको हरेक चरणले एउटै र उही प्रवाहलाई पछ्याउँछ, त्यसकारण परमेश्वरको छ हजार वर्षे व्यवस्थापनको योजनामा, संसारको जग बसालिएको...
मानिसमा पवित्र आत्माको मार्गको पहिलो पाइला भनेको मानिसको हृदयलाई मानिसहरू, घटनाहरू, र थोकहरूबाट टाढा राखेर र परमेश्वरको वचनमा आकर्षित...
यदि मानिसहरूमा अलिकति पनि आत्मविश्वास छैन भने, तिनीहरूलाई त्यो बाटोमा अगि बढिरहन सहज हुँदैन। परमेश्वरको काम मानिसहरूका धारणाहरूसँग अलिकति...
योना ४ तर यसले योनालाई अत्यन्त अप्रसन्न तुल्यायो र तिनी निकै रिसाए। अनि तिनले यहोवासँग प्रार्थना गरे र भने, हे यहोवा, म तपाईंलाई बिन्ती...