परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०९

लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू सबैले उत्सुकतापूर्वक सुन्दर गन्तव्यको आशा गरिरहेका छन् र परमेश्‍वरका विश्‍वासीहरू सबैले नै अचानक तिनीहरूको भाग्य चम्कनेछ भनी आशा गर्छन्। तिनीहरू सबैले तिनीहरूलाई थाहा हुनुअघि नै शान्तिपूर्वक स्वर्गको एउटा वा अर्को स्थानमा तिनीहरू बसिसकेको पाउनेछन् भनी आशा गर्छन्। तर म भन्छु कि सुन्दर विचारहरू भएका ती मानिसहरूले तिनीहरू स्वर्गबाट झरी आउने त्यस्तो सौभाग्य प्राप्त गर्नको लागि वा त्यहाँको कुनै स्थानमा बस्नको लागि योग्य छन् कि छैनन् भनेर कहिल्यै पनि जानेका छैनन्। तिमीहरूसँग वर्तमान समयमा आफ्नो बारेमा राम्रो ज्ञान छ, तैपनि तिमीहरूले अझै पनि आखिरी दिनहरूका विपत्तिहरूबाट र उहाँले दुष्टहरूलाई सजाय दिँदै गर्दा सर्वशक्तिमानका हातहरूबाट उ‍म्कने आशा गर्छौ। यस्तो देखिन्छ कि मीठा सपना देख्नु र आफूले चाहेको जस्तै कुराहरू पाउने इच्छा गर्नु शैतानद्वारा भ्रष्ट पारिएका सबै मानिसहरूको एक साझा विशेषता हो अनि त्यो कुरा कोही एक्लो व्यक्तिको कुनै निपुर्ण चाल होइन। त्यति हुँदाहुँदै पनि, म अझै पनि तिमीहरूका यी अनावश्यक इच्छाहरूका साथसाथै आशीर्वादहरू प्राप्त गर्ने तिमीहरूको उत्सुकताको अन्त्य गर्न चाहन्छु। तिमीहरूका अपराधहरू अनगिन्ती छ र तिमीहरूको विद्रोहीपन सधैँ बढिरहन्छ भन्‍ने कुरालाई ध्यानमा राख्दा, यी कुराहरू कसरी भविष्यको लागि तिमीहरूको सुन्दर योजनाहरूसँग मेल खान सक्छन्? यदि तैँले मनोमानी ढङ्गले कुनै कुरा बाँकी नराखी गल्ती गरिरहन्छस्, तर त्यति नै बेला आफ्नो सपना पनि अझै पूरा होस् भन्ने चाहन्छस् भने, म तँलाई तेरो अचेतपनलाई जारी राख्न अनि कहिल्यै पनि नब्युँझन आग्रह गर्छु—किनभने त्यो तेरो खोक्रो सपना हो र धर्मी परमेश्‍वरको उपस्थितिमा उहाँले तेरो लागि कुनै अपवाद सृजना गर्नुहुनेछैन। यदि तैँले केवल तेरो सपना पूरा होस् भन्ने चाहन्छस् भने, कहिल्यै पनि सपना नदेख्; बरु सधैँ सत्य र तथ्यको सामना गर्। तँलाई मुक्ति दिन सकिने एउटै मात्र तरिका यही मात्रै हो। ठोस शब्दहरूमा भन्दा, यो तरिकाका चरणहरू के-के हुन्?

पहिलो, तेरा सबै अपराधहरूलाई एकपल्ट हेर् र सत्यतासँग मेल नखाने तेरा जुनसुकै व्यवहार र तँमा भएका जुनसुकै सोचहरूको जाँच गर्।

यो तैँले सजिलैसँग गर्न सक्‍ने एउटा कुरा हो, र म सबै बुद्धिमान मानिसहरूले यो कुरा गर्न सक्छन् भन्ने विश्‍वास गर्छु। तथापि, जसलाई अपराध र सत्यता के हुन् भन्ने नै थाहा छैन तिनीहरू अपवाद हुन्, किनभने आधारभूत तहमा तिनीहरू बुद्धिमान मानिसहरू होइनन्। म ती मानिसहरूसँग कुरा गरिरहेको छु जसलाई परमेश्‍वरले स्वीकार गर्नुभएको छ, जो इमान्दार छन्, अनि जसले गम्भीर रूपमा प्रशासनिक आदेशहरू उल्लंघन गरेका छैनन् र आफ्ना अपराधहरू सजिलैसित देख्न सक्छन्। मैले तिमीहरूलाई पूरा गर्न लगाएको यो कुरा सजिलो भए तापनि, मैले तिमीहरूले पूरा गर्न अनिवार्य गरेको कुरा यही मात्रै होइन। जे-जस्तो कुरा भए पनि, तिमीहरू यी आवश्यकताप्रति एक्लै हाँस्नेछैनौ अनि विशेष गरी तिमीहरूले यसलाई तुच्छ नजरले हेर्नेछैनौ वा यसलाई हल्का रूपले लिनेछैनौ भन्ने म आशा गर्छु। तिमीहरूले यसलाई गम्भीर रूपमा लिनुपर्छ, र बेवास्ता गर्नुहुँदैन।

दोस्रो, तेरा हरेक अपराधहरू र अवज्ञाहरूको लागि तैँले सम्बन्धित सत्यतालाई खोज्नुपर्छ, त्यसपछि ती सत्यताहरूलाई ती समस्याहरू समाधान गर्नको लागि प्रयोग गर्नुपर्छ। त्यसपछि, तेरा ती अपराधी कार्यहरू र अवज्ञाकारी विचार र कार्यहरूलाई सत्यताको अभ्यासद्वारा प्रतिस्थापन गर्नुपर्छ।

तेस्रो, तैँले आफू इमान्दार मानिस बन्नुपर्छ, सँधै बाठो बनिरहने र निरन्तर छली रहिरहने व्यक्ति होइन। (यहाँ मैले तिमीहरूलाई फेरि पनि एक इमान्दार व्यक्ति बन्नू भनी अनुरोध गरिरहेको छु।)

यदि तैँले यी तीन वटै कुराहरू पूरा गर्न सक्छस् भने, तँ भाग्यमानीहरू मध्येको एक होस्—एक यस्तो व्यक्ति जसको सपना पूरा हुन्छ र जसको भाग्य चम्कन्छ। शायद तिमीहरूले यी तीन अनाकर्षक आवश्यकताहरूलाई गम्भीर रूपमा लिनेछौ होला, वा शायद तिमीहरूले तिनलाई गैर-जिम्मेवारपूर्वक लिनेछौ होला। जेसुकै गरे तापनि, मेरो उद्देश्य भनेको तिमीहरूको सपना पूरा गर्नु र तिमीहरूको आदर्शलाई व्यवहारमा उतार्नु हो, तिमीहरूको खिल्ली उडाउनु वा तिमीहरूलाई मूर्ख बनाउनु होइन।

मेरा मागहरू सरल हुन सक्छन्, तर मैले तिमीहरूलाई जे भनिरहेको छु त्यो एकमा एक जोड्दा दुई हुन्छ भन्‍ने जत्तिको सरल छैन। यदि तिमीहरू यसको बारेमा त्यत्तिकै कुरा मात्रै गर्छौ, वा खोक्रा, आडम्बरी भनाइहरू भट्याउँछौ मात्रै भने तिमीहरूका योजनाहरू र तिमीहरूका इच्छाहरू सधैँभरि केवल खाली पानामा मात्र सीमित रहिरहनेछन्। ममा तिमीहरूमध्येका त्यस्ता व्यक्तिहरूप्रति कुनै पनि दयाभाव हुनेछैन जो वर्षौं कष्ट सहन्छन् र कडा मेहनत गर्छन् तैपनि तिनीहरूसँग देखाउने कुनै कुरा नै हुँदैन। यसको विपरीत, जसले मेरा मागहरू पूरा गरेका छैनन् म तिनीहरूलाई सजाय दिन्छु, पुरस्कार दिन्नँ, सहानुभूति दिने कुरा त परै जाओस्। तिमीहरूले कल्पना गर्न सक्छौ कि वर्षौंसम्‍म अनुयायी भएर तिमीहरूले जे-जस्तो भए पनि कडा मेहनत गरेका छौ र एक सेवाकर्ता भएकै कारण तिमीहरूलाई परमेश्‍वरको घरमा एक कचौरा भात प्रदान गरिनुपर्छ। म त भन्छु तिमीहरूमध्ये अधिकांशले यसरी नै सोच्छौ, किनभने तिमीहरूले सधैँ कसरी विभिन्न कुराहरूबाट फाइदा लिने र आफूबाट फाइदा लिन नदिने सिद्धान्तलाई पछ्याएका छौ। यसरी, अब म तिमीहरूलाई पूर्ण गम्भीरताका साथ भन्दैछु: तेरो कडा मेहनत कति सराहनीय छ, तेरा योग्यताहरू कति प्रभावशाली छन्, कति नजिकबाट तैँले मलाई पछ्याउँदैछस्, तँ कति प्रख्यात छस्, वा तैँले आफ्नो आचरणमा कति सुधार गरिस् भन्ने कुरामा म ध्यान दिँदिन; जबसम्म तैंले मेरा मागहरू पूरा गरेको हुँदैनस्, तबसम्म तैँले कहिल्यै पनि मेरो प्रशंसा प्राप्त गर्न सक्नेछैनस्। जतिसक्दो चाँडो तिमीहरूका ती सबै विचारहरू र आकलनहरूलाई महत्त्व दिन छोडिदेऊ र मेरा आवश्यकताहरूलाई गम्भीरताका साथ लिन थाल; होइन भने, म मेरो कामको अन्त्य गर्न सबैलाई खरानी पारिदिनेछु र अझै खराब कुरा त, मेरो वर्षौंको काम र कष्टलाई शून्यमा बदलिदिन्छु, किनभने म मेरा शत्रुहरूलाई अनि ती व्यक्तिहरू जसबाट दुष्टताको गन्ध आउँछ र जसमा शैतानको रूप छ तिनीहरूलाई मेरो राज्यमा ल्याउन वा अर्को चरणमा लैजान सक्दिन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७९

मानिसको विचारमा काम भनेको मानिसले अत्यन्तै सहजै हासिल गर्ने कुरा हो। उदाहरणको लागि, धार्मिक संसारका पाष्टर र अगुवाहरू आफ्‍नो काम गर्नका...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६८

परमेश्‍वरको यस चरणको काममा मानिसहरूले कसरी सहकार्य गर्नुपर्छ? वर्तमान समयमा परमेश्‍वरले मानिसहरूलाई जाँच्दैहुनुहुन्छ। उहाँले कुनै वचन...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७९

परमेश्‍वरले सबै कुराको सृष्टि गर्नुभएदेखि नै ती सबै चिजहरू उहाँले तय गर्नुभएका नियमका आधारमा उपयुक्त तवरले काम गरिरहेका छन् र नियमित रूपमा...