परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०५

जो मानिसहरू प्रगति गर्ने कोसिस गर्दैनन् तिनीहरू अरू पनि तिनीहरूजस्तै नकारात्मक र अल्छी होस् भन्ने चाहन्छन्। सत्यको अभ्यास नगर्नेहरूले सत्यको अभ्यास गर्नेहरूको सधैँ डाह गर्छन्, र अस्तव्यस्त दिमाग भएका र विवेकको कमी हुनेहरूलाई सधैँ धोका दिन खोज्छन्। यी व्यक्तिहरूले ओकल्ने कुराहरूले तँलाई बिगार्न, तल खसाल्न, एक असामान्य अवस्था विकास गर्न, र अन्दकारले भर्न सक्छ। यी कुराले तँलाई परमेश्‍वरबाट टाढा लैजान र शरीरको कदर गर्न र आफैमा लिप्त हुने बनाउन सक्छ। सत्यलाई प्रेम नगर्ने र परमेश्‍वरप्रति सदैव लापरवाही हुने व्यक्तिहरूमा आत्म-चेतना हुँदैन र त्यस्ता व्यक्तिहरूको स्वभावले अरूलाई पाप गर्न र परमेश्‍वरलाई चुनौती दिन लोभ्याउँछ। तिनीहरू सत्यताको अभ्यास गर्दैनन्, न त तिनीहरू अरूलाई त्यो अभ्यास गर्न दिन्छन्। तिनीहरू पापलाई सम्हालेर राख्छन् र आफैप्रति कुनै घृणा हुँदैन। तिनीहरूले आफैलाई चिन्दैनन्, र तिनीहरूले अरूलाई पनि आफूलाई चिन्न दिँदैनन्; तिनीहरू अरूलाई पनि सत्यको चाहना गर्नबाट रोक्छन्। तिनीहरूले धोका दिएकाहरूले ज्योति देख्न सक्दैनन्। तिनीहरू अन्धकारमा पर्छन्, आफैलाई चिन्दैनन्, सत्यको बारेमा अस्पष्ट हुन्छन्, र परमेश्‍वरबाट झनझन धेरै टाढा हुन्छन्। उनीहरूले सत्यको अभ्यास गर्दैनन् र उनीहरूले सबै मूर्खहरूलाई आफ्नो अगि ल्याउँदै अरूलाई पनि सत्यको अभ्यास गर्नबाट रोक्छन्। उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् भन्नुको साटो उनीहरू आफ्ना पुर्खाहरूमा विश्‍वास गर्छन् वा उनीहरूका हृदयका मूर्तिहरूमा विश्‍वास गर्छन् भनी भन्‍नु उचित हुन्छ। परमेश्‍वरलाई पछ्याउँछौं भनी दाबी गर्नेहरूले आफ्ना आँखाहरू खोल्नु र उनीहरूले वास्तवमा कसमाथि विश्‍वास गर्छन् भनी राम्ररी हेर्नु राम्रो हुन्छ: तैंले विश्‍वास गरेको साँच्चै परमेश्‍वर हुनुहुन्छ कि शैतान हो? यदि तैंले विश्‍वास गरेको व्यक्ति परमेश्‍वर हुनुहुन्न, तर तेरा आफ्नै मूर्तिहरू हो भनी जान्दछस् भने तैंले आफैलाई एक विश्‍वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। यदि तैंले कसमाथि विश्‍वास गर्छस् भनी साँच्चै जान्दैनस् भने, फेरि तैंले आफैलाई एक विश्‍वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। त्यसो भन्नु ईश्‍वरनिन्दा हुनेछ! कसैले पनि तँलाई परमेश्‍वरमा विश्‍वास गर्न बाध्य पार्दैन। तिमीहरू ममा विश्‍वास गर्छु भनेर नभन; मसँग यस्तै कुराकानी धेरै भएको छ, र म त्यो फेरि सुन्न चाहन्‍नँ, किनकि जुन कुरामा तिमीहरू विश्‍वास गर्छौ ती तिमीहरूका हृदयभित्रका र तिमीहरूका स्थानीय बदमासहरूका मूर्तिहरू हुन्। सत्य सुन्दा जो आफ्ना टाउको हल्लाउँछन्, जो मृत्युको कुरा सुन्दा हाँस्छन् तिनीहरू सबै शैतानका अण्डाहरू हुन्, तिनीहरू ती मानिसहरू हुन् जसलाई हटाइनेछ। मण्डलीका धेरै मानिसमा कुनै विवेक छैन। जब कुनै भ्रामक कुरा आउँछ, तिनीहरू अप्रत्याशित रूपमा शैतानको पक्षमा खडा हुन्छन्; शैतानको नोकर हो भनी भन्दा तिनीहरू रिसाउने समेत गर्छन्। मानिसहरूले आफूसँग कुनै विवेक छैन भने पनि तिनीहरू सधैँ सत्यता विनाको पक्षमा खडा हुन्छन्, तिनीहरू कठिन समयमा सत्यको पक्षमा कहिल्यै खडा हुँदैनन्, तिनीहरू कहिल्यै पनि खडा भएर सत्यको निम्ति तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै विवेकको कमी छ? तिनीहरू किन अप्रत्याशित रूपमा शैतानको पक्ष लिन्छन्? किन तिनीहरू सत्यको समर्थनमा निष्पक्ष र उचित एउटै शब्‍द पनि कहिल्यै बोल्दैनन्? के यो स्थिति वास्तविक रूपमा उनीहरूको क्षणिक भ्रमको कारण उत्पन्न भएको हो? मानिसहरूमा चेतनाको जति कमी हुन्छ तिनीहरू सत्यको पक्षमा खडा हुन त्यत्ति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले चेतना नहुने मानिसहरूले खराबीलाई प्रेम गर्छन् भन्ने देखाउँछ? के यसले तिनीहरू शैतानको बफादार अण्डा हुन् भन्ने देखाउँदैन र? किन तिनीहरू सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूका कुरा र काम, तिनीहरूको अनुहारका भावहरू नै तिनीहरू कुनै पनि प्रकारले सत्यलाई प्रेम गर्नेहरू होइनन् भनेर प्रमाणित गर्न पर्याप्त हुन्छ; बरु तिनीहरू सत्यलाई घृणा गर्नेहरू हुन्। तिनीहरू शैतानको पक्षमा खडा हुन सक्नुले नै शैतानले यी स-साना भूतहरूलाई साँच्चै प्रेम गर्छ भन्ने पर्याप्त प्रमाण हो, जसले आफ्नो सारा जीवन शैतानका निम्ति लडाइँ गर्दै बिताउँछन्। के यी सबै तथ्यहरू पर्याप्त रूपमा स्पष्ट छैनन्? यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने तैंले सत्यको अभ्यास गर्नेहरूलाई किन सम्मान गर्दैनस्, र तँ सत्यता प्रयोग नगर्नेहरूलाई एकै झलक पनि नहेरी किन तुरुन्तै तिनीहरूका पछि लाग्छस्? यो कस्तो प्रकारको समस्या हो? तँसँग विवेक छ कि छैन त्यसको मलाई कुनै मतलब छैन। तैंले कति ठूलो मूल्य तिरेको छस् त्यसको मलाई कुनै मतलब छैन। तेरा बल जति नै ठूलो भए पनि मलाई कुनै मतलब छैन, तँ स्थानीय बदमास वा झन्डा बोक्ने अगुवा जो भए पनि मलाई कुनै मतलब छैन। यदि तेरा शक्तिहरू महान् छन् भने पनि त्यो शैतानको सामर्थ्यको सहायताले मात्र हो। यदि तेरो इज्जत ठूलो छ भने पनि त्यो केवल तेरो वरिपरि सत्यको अभ्यास नगर्नेहरू धेरै भएकोले गर्दा मात्र हो। यदि तँ निष्कासन गरिएको छैनस् भने त्यो यसकारण हो कि अहिले निष्कासन गर्ने समय भएको छैन; बरु, यो हटाउने काम गर्ने समय हो। अहिले तँलाई निष्कासन गर्ने कुनै हतार छैन। म केवल त्यस दिन पर्खिरहेको छु जब तँलाई हटाएपछि तँलाई दण्ड दिनेछु। जसले सत्यको अभ्यास गर्दैन त्यसलाई हटाइनेछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ११

परमेश्‍वरले के-कसरी मानिसहरूका परिणामहरू निर्धारण गर्नुहुन्छ र उहाँले त्यसो गर्नको लागि प्रयोग गर्नुहुने मापदण्डहरू तैँले कुनै पनि...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८८

मानिसले आजको काम र भविष्यको कामबारे थोरै जान्दछ तर उसले त्यो गन्तव्य बुझ्दैन जसमा मानवजाति प्रवेश गर्नेछ। एक सृष्टि भएको हैसियतले, मानिसले...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२९

तैंले परमेश्‍वरका वचनहरू पक्डेको छस् अनि निर्लज्ज भई तिनको व्याख्या गर्न सक्छस् भन्दैमा त्यसको अर्थ तैंले वास्तविकता धारण गरेको छस् भन्ने...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५९

पूर्ण रूपमा मेरो आज्ञापालन गर्न नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति निष्ठावान् हुन नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति छल गर्ने र मलाई...