परमेश्वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३११
माथिदेखि तलसम्म र सुरुदेखि अन्तसम्म, शैतानले परमेश्वरको कार्यलाई बाधा दिइरहेको छ र उहाँको विरुद्धमा कार्य गर्दै आएको छ। “पुरातन सांस्कृतिक...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
आजभोली मानिसहरू देहका कुराहरूलाई छोड्न असक्षम छन्; उनीहरू देह, संसार, पैसा, वा उनीहरूका भ्रष्ट स्वभावहरूको विलासलाई छोड्न सक्दैनन्। धेरै जसो मानिसहरूले उनीहरूका आफ्नै शौकहरू बेपरवाह किसिमले गरिहिँड्छन्। वास्तवमा, यी मानिसहरूले उनीहरूको हृदयहरूमा परमेश्वरलाई बिलकुलै राख्दैनन्; योभन्दा पनि नराम्रो कुरो त, उनीहरूले परमेश्वरको भय मान्दैनन्। उनीहरूको हृदयहरूमा परमेश्वर हुनुहुन्न, र त्यसैले परमेश्वरले गर्नुहुने सबै कुरा उनीहरूले बुझ्न सक्दैनन् र झनै उहाँले बोल्नुभएका कुराहरू बुझ्नु त परै जाओस्। यस्ता मानिसहरू अति शारीरिक हुन्; उनीहरू अति गहन रूपमा भ्रष्ट छन् र कुनै पनि सत्यताको कमी छ। यसको अलाबा, परमेश्वर देहधारी हुन सक्नुहुन्छ भन्ने उनीहरूले विश्वास गर्दैनन्। देहधारी परमेश्वरमा विश्वास नगर्ने जो कोही पनि—अर्थात् दृश्य परमेश्वरमा वा उहाँको काम र वचनहरूमा विश्वास नगर्ने, बरु स्वर्गमा हुनुहुने अदृश्य परमेश्वरको आराधना गर्ने जो कोही पनि व्यक्तिको हृदयमा परमेश्वर हुनुहुन्न। यस्ता मानिसहरू परमेश्वरप्रति विद्रोही र प्रतिरोधी हुन्छन्। उनीहरूमा मानवता र सुझबुझको कमी हुन्छ, सत्यताको त कुरै नगरौं। यसको अलाबा, यी मानिसहरूका निम्ति दृश्य र मूर्त परमेश्वर अझ धेरै विश्वास गर्न सकिँदैन, तैपनि उनीहरूले अदृश्य र अमूर्त परमेश्वर धेरै विश्वासयोग्य र प्रशन्नकारी भएको ठान्छन्। उनीहरूले खोजेका कुरा वास्तविक सत्यता होइन, न त यो जीवनको साँचो सार नै हो; परमेश्वरको इच्छाको कुरा त परै जाओस्। बरु, उनीहरूले उत्तेजना खोज्छन्। जुन-जुन कुराहरूले उनीहरूलाई उनीहरूको आफ्नै इच्छा पूरा गर्न सक्षम तुल्याउँछन्, निसन्देह नै, ती उनीहरूले विश्वास गर्ने कुरा र खोजी गर्ने कुरा हुन्। उनीहरूले सत्यता खोज्न होइन, उनीहरूको आफ्नै चाहनाहरूलाई तृप्त पार्न मात्र परमेश्वरमा विश्वास गर्छन्। के यस्ता मानिसहरू दुष्कर्म गर्नेहरू होइनन् र? उनीहरू अति नै आत्मविश्वासी हुन्छन्, र अनि स्वर्गमा हुनुहुने परमेश्वरले उनीहरू जस्ता “असल मानिसहरू” लाई नष्ट गर्नुहुनेछ भनी उनीहरूले विश्वास गर्दैनन्। सट्टामा, परमेश्वरले उनीहरूलाई रहन दिनुहुनेछ र, परमेश्वरको निम्ति धेरै थोकहरू गरेका र उहाँप्रति देखाएका ठूलो “बफादारीता” ले गर्दा उहाँले उनीहरूलाई राम्रो इनाम दिनुहुनेछ भन्ने उनीहरूले विश्वास गर्छन्। यदि उनीहरूले दृश्य परमेश्वरको खोजी गर्नु परेको थियो भने पनि, उनीहरूको चाहनाहरू पूरा नहुने बित्तिकै, उनीहरू तुरुन्तै परमेश्वरको विरुद्ध फर्केर आक्रमण गर्थे वा अत्यन्त क्रोधित हुन्थे। उनीहरू आफूलाई सदैव तिनीहरूका आफ्नै चाहनाहरू तृप्त पार्न खोज्ने घृणित मानिसहरू जस्तो देखाउँछन्; उनीहरू सत्यताको खोजी गर्ने कुरामा सत्यनिष्ठा मानिसहरू होइनन्। यस्ता मानिसहरू ख्रीष्टलाई पछ्याउने कथित दुष्टहरू हुन्। सत्यतालाई नखोज्ने ती मानिसहरूले सम्भवतः सत्यतामा विश्वास गर्न सक्दैनन् र अझै मानवजातिको भविष्यको परिणाम बुझ्न असक्षम हुन्छन्, किनभने उनीहरूले दृश्य परमेश्वरको कुनै काम वा वचनहरूलाई विश्वास गर्दैनन्—साथै यसमा मानवजातिको भविष्यको गन्तव्यमा विश्वास गर्न सक्षम नहुने कुरा पनि पर्छ। यसकारण, उनीहरूले दृश्य परमेश्वरलाई पछ्याए तापनि, उनीहरूले अझै दुष्ट काम गर्छन् र सत्यता बिलकुलै खोज्दैनन्, न त उनीहरूले मैले चाहेको सत्यता अभ्यास गर्छन्। उनीहरूलाई नष्ट गरिनेछ भनी विश्वास नगर्नेहरूलाई नै यसको विपरीत नष्ट पारिनेहरू उनीहरू नै हुनेछन्। उनीहरूले आफैलाई निकै चलाख छन् भन्ने विश्वास गर्छन् र उनीहरूले उनीहरू आफैलाई सत्यता अभ्यास गर्ने मानिसहरू ठान्छन्। उनीहरूले उनीहरूका दुष्ट व्यवहारलाई सत्य ठान्छन्, र यसैले यसलाई रुचाउँछन्। यस्ता दुष्ट मानिसहरू निकै आत्मविश्वासी हुन्छन्; उनीहरूले सत्यतालाई सिद्धान्तको रूपमा लिन्छन् र उनीहरूको दुष्ट कर्महरूलाई सत्यताको रूपमा लिन्छन्, तर अन्तमा, उनीहरूले जे छरेका छन् त्यही मात्र कटनी गर्छन्। मानिसहरू जति धेरै आत्मविश्वासी हुन्छ र जति धेरै उनीहरू जथाभाबी अहङ्कारी हुन्छन्, र उत्ति नै धेरै उनीहरू सत्यता हासिल गर्न असक्षम हुन्छन्; जति धेरै स्वर्गमा हुनुहुने परमेश्वरमा विश्वास गर्छन्, उत्ति नै धेरै परमेश्वरको प्रतिरोध गर्छन्। दण्ड दिइने मानिसहरू यिनीहरू नै हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्
माथिदेखि तलसम्म र सुरुदेखि अन्तसम्म, शैतानले परमेश्वरको कार्यलाई बाधा दिइरहेको छ र उहाँको विरुद्धमा कार्य गर्दै आएको छ। “पुरातन सांस्कृतिक...
सृष्टिकर्ताको धर्मी स्वभाव यथार्थ र स्पष्ट छ जब निनवेका मानिसहरूप्रति परमेश्वरको हृदय परिवर्तन भयो, तब के उहाँको कृपा र सहनशीलता देखावटी...
जब मानिसहरूभित्र परमेश्वर जीवन बन्नुहुन्छ तब तुरुन्तै मानिसहरू परमेश्वरलाई त्याग्न असमर्थ हुन्छन्। के यो परमेश्वरको काम होइन र? योभन्दा...
मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामको लागि देहमा हुनुहुने परमेश्वर जत्तिको अरू कोही पनि उपयुक्त र योग्य छैन। यदि परमेश्वरका आत्माले...