परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५१७
ठूलो रातो अजिङ्गरको देशमा परमेश्वरको काम अचम्मको र बुझ्न नसकिने छ। उहाँले मानिसहरूको एउटा झुण्डलाई सिद्ध बनाउनुहुनेछ र अरू केहीलाई...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मेरो ज्योतिमा, मानिसहरूले फेरि ज्योति देख्छन्। मेरो वचनमा, मानिसहरूले आफूलाई आनन्द लाग्ने थोकहरू भेट्टाउँछन्। म पूर्वबाट आएको हुँ, म पूर्वबाट आउँछु। मेरो महिमा चम्कँदा, सबै राष्ट्रहरू उज्यालो हुनेछन्, सबैलाई ज्योतिमा ल्याइन्छ, एउटै पनि कुरा अन्धकारमा रहनेछैन। राज्यमा, परमेश्वरका मानिसहरूले उहाँसँग जिउने जीवन नाप्नै नसकिने गरी आनन्दमय हुन्छ। ती मानिसहरूको आशिषित जीवनमा पानीहरू आनन्दले नाच्छन्, पहाडहरू मेरो प्रशस्ततामा मानिसहरूसँगै आनन्दित हुन्छन्। सबै मानिसहरूले प्रयास गरिरहेका छन्, कडा परिश्रम गरिरहेका छन्, मेरो राज्यमा आफ्नो बफादारी देखाइरहेका छन्। परमेश्वरको राज्यमा उप्रान्त विद्रोह हुँदैन, कुनै विरोध हुँदैन; आकाश र पृथ्वी एकअर्कामा निर्भर हुन्छन्, मानिस र म एकअर्कामा अडेस लाग्दै जीवनका मीठो सुखको गहिरो भावनामा घनिष्ठ हुन्छौँ…। यस समयमा, म औपचारिक रूपमा स्वर्गमा मेरो जीवन सुरु गर्दछु। उप्रान्त शैतानको बाधा हुँदैन र मानिसहरू विश्राममा प्रवेश गर्छन्। सम्पूर्ण ब्रह्माण्डमा, मेरा चुनिएका मानिसहरू मेरो महिमामा, तुलना नै गर्न नसकिने आशिषमा, मानिसहरूबीच बस्ने मानिसहरू जस्तो होइन, तर परमेश्वरसँग बस्ने मानिसहरू जस्तो भएर जिउँछन्। सारा मानवजातिले शैतानको भ्रष्टता चाखेको छ अनि थेग्रोमा पुगिन्जेल जीवनको तीतो र मीठो पिएको छ। अब, मेरो ज्योतिमा जिएर कोचाहिँ आनन्दित हुन नसक्ला? यो सुन्दर क्षणलाई कसले हलकासाथ छोडिदिन र उम्कन दिन सक्छ? हे मानिसहरू हो! तिमीहरूका हृदयमा गीत गाओ र मेरो लागि आनन्दले नाच। तिमीहरूका निष्कपट हृदय उचाल र ती मलाई चढाओ! तिमीहरूको ढोल बजाओ र आनन्दसाथ मेरो निम्ति बजाओ। म सारा ब्रह्माण्डमा मेरो आनन्द चम्काउँछु! मानिसहरूलाई म मेरो महिमित अनुहार प्रकट गर्छु! म चर्को स्वरमा बोलाउनेछु! म ब्रह्माण्ड पार गर्नेछु! म पहिले नै मानिसहरूमाझ शासन गर्छु। म मानिसहरूद्वारा उच्च पारिन्छु! म माथि नीलो आकाशमा तैरिन्छु र मानिसहरू मसँग हिंड्नलाई जान्छन्। म मानिसहरूको माझ हिँड्छु र मेरा मानिसहरू मेरा वरिपरि हुन्छन्! मानिसहरूका हृदय आनन्दित छन्, तिनीहरूका गीतहरूले अन्तरिक्षलाई चिर्दै ब्रह्माण्डलाई हल्लाउँछन्! ब्रह्माण्ड अब कुहिरोमा ढाकिएको छैन; त्यहाँ अब हिलो छैन, फोहोर थुप्रिएको छैन। ब्रह्माण्डका पवित्र मानिसहरू! मेरो निरीक्षणमा तिमीहरू आफ्नो वास्तविक अनुहार देखाओ। तिमीहरू फोहोरले ढाकिएका मानिसहरू होइनौ, तर पवित्र मोतीजस्ता शुद्ध सन्तहरू हौ, तिमीहरू सबै मेरा प्रिय हौ, तिमीहरू सबै मेरो खुसी हौ! सबै थोकहरू फेरि जीवित हुन्छन्! सन्तहरू सबै मेरो न्यानो अङ्गालोमा प्रवेश गर्दै स्वर्गमा मेरो सेवा गर्न फर्केका छन्, अब रुवाइ हुनेछैन, अब चिन्ता हुनेछैन, आफूलाई ममा अर्पण गर्दै, मेरो घर फर्किरहेका छन् र तिनीहरूको आफ्ना मातृभूमिमा तिनीहरूले मलाई कुनै बाधाविना प्रेम गर्नेछन्! सारा अनन्तताभरि कहिल्यै परिवर्तन हुँदैन! दुःख कहाँ छ! आँसुहरू कहाँ छन्! देह कहाँ छ! पृथ्वी बितेर जान्छ, तर स्वर्ग सदासर्वदा रहन्छ। म सबै मानिसमा देखा पर्दछु र सबै मानिसले मेरो प्रशंसा गर्छन्। यो जीवन, यो सुन्दरता, अनन्त कालदेखि समयको अन्त्यसम्म परिवर्तन हुनेछैन। राज्यको जीवन यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, हे सबै मानिस हो, आनन्दित होओ!
ठूलो रातो अजिङ्गरको देशमा परमेश्वरको काम अचम्मको र बुझ्न नसकिने छ। उहाँले मानिसहरूको एउटा झुण्डलाई सिद्ध बनाउनुहुनेछ र अरू केहीलाई...
यदि तैँले व्यवस्थाको युगको काम अनि इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने तैँले पुरानो नियम पढ्नुपर्छ; यदि तैँले...
तिमीहरू सबैले अब परमेश्वरमाथिको विश्वासको साँचो अर्थलाई बुझ्नुपर्छ। मैले यसअघि बताएको परमेश्वरमाथिको विश्वासको अर्थ तिमीहरूको सकारात्मक...
तिमीहरूको विश्वास अत्यन्तै सुन्दर छ; तिमीहरू मेरो कामको खातिर आफ्नो सम्पूर्ण जीवनकाल समर्पित गर्न र यसको खातिर आफ्नो जीवन बलिदान गर्न...