परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८२

मेरा वचनहरू पूर्ण भएपछि, पृथ्वीमा क्रमिक रूपमा राज्य स्थापना हुन्छ र मानिस क्रमिक रूपमा सामान्य अवस्थामा फर्कन्छ, यसरी मेरो हृदयको राज्य पृथ्वीमा स्थापित हुन्छ। त्यो राज्यमा परमेश्‍वरका सबै मानिसले सामान्य मानिसको जीवन पुनः प्राप्त गर्छन्। कठ्याङ्ग्रिँदो हिउँद जान्छ, वसन्तका सहरहरूको संसारले प्रतिस्थापित हुन्छ जहाँ वर्षभरि वसन्त नै रहिरहन्छ। मानिसहरूले तबउसो मानिसको उदास, दयनीय संसारको सामना गर्नुपर्दैन र तिनीहरूले तबउसो मानिसको ठन्डा चिसो संसारलाई सहनुपर्दैन। मानिसहरू एकअर्कासँग झगडा गर्दैनन्, देशहरू एकअर्काको विरुद्धमा लडाइँ गर्दैनन्, तबउसो नरसंहार र नरसंहारबाट बग्‍ने रगत हुँदैन; सारा भूमि खुसीले भरिन्छ र मानिसहरूको बीचको न्यानोले जताततै न्यानो पार्छ। म संसारभरि परिभ्रमण गर्छु, म मेरो सिंहासनमाथि आनन्द लिन्छु र म ताराहरूका माझ बस्छु। स्वर्गदूतहरूले मलाई नयाँ गीतहरू र नयाँ नाचहरू अर्पण गर्छन्। तिनीहरूका अनुहारमा तबउसो तिनीहरूको आफ्नै नाजुकताले आँसु बगाउँदैनन्। तबउसो मेरो अगाडि स्वर्गदूतहरूको रोदनको आवाज म सुन्दिनँ र कसैले पनि मसँग कठिनाइको गुनासो गर्दैन। आज, तिमीहरू सबै मेरो सामुन्‍ने जिउँछौ; भोलि, तिमीहरू सबै मेरो राज्यमा अस्तित्वमा रहनेछौ। के मैले मानिसलाई प्रदान गरेको सबैभन्दा ठूलो आशिष् यही होइन र? आज तैंले तिर्ने मूल्यको कारण तैंले भविष्यका आशिष्‌हरू पाउनेछस् र मेरो महिमामा जिउनेछस्। के तिमीहरू अझै पनि मेरा आत्माको सारमा संलग्‍न हुन चाहँदैनौ? के तिमीहरू अझै पनि आफूलाई मार्न चाहन्छौ? मानिसहरू देख्न सक्ने प्रतिज्ञाहरू क्षणिक प्रकृतिकै भए पनि तिनकै पछि लाग्न इच्छुक छन्, भोलिका प्रतिज्ञाहरू अनन्तका निम्ति भए पनि ती स्वीकार गर्न कोही पनि तयार छैनन्। मानिसले देख्न सक्ने कुराहरू नै मैले नाश गर्ने कुरा हुन् अनि जुन मानिसहरूले सजिलै देख्न-छुन नसक्ने कुराहरू नै मैले हासिल गर्ने कुरा हुन्। परमेश्‍वर र मानिसबीचको भिन्नता नै यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २०

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १४३

आखिरी दिनहरूमा, मुख्य रूपमा आफ्‍ना वचनहरू बोल्न नै परमेश्‍वर आउनुभएको हो। उहाँ आत्माको परिप्रेक्ष्यबाट, मानिसको परिप्रेक्ष्यबाट, र तृतीय...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४३

मानिसहरू आफूले पालना गर्नुपर्ने धेरै कर्तव्यहरूमा दृढ रहनैपर्छ। मानिसहरू दृढ रहनु पर्ने कुरा नै यही हो, र उनीहरूले व्यवहारमा लागू...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०३

दाजुभाइ र दिदी-बहिनीहरूको माझमा सधैँ आफ्नो नकरात्मक विचार पोखाउनेहरू शैतानका नोकरहरू हुन्, र तिनीहरूले मण्डलीमा बाधा दिन्छन्। त्यस्ता...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४९

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी परम्‍परागत संस्कृतिको प्रयोग गर्छ परम्‍परागत संस्कृतिको भागको रूपमा लिइने कुराहरू धेरै छन् कि...