परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश १९४
मानिसलाई आफूमा आत्मिक जीवनको आपूर्ति र परमेश्वरलाई चिन्ने कार्यको अनुभवको कमी मात्र नभई, अझै महत्त्वपूर्ण रूपमा, आफ्नो स्वभाव परिवर्तनको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मेरा वचनहरू पूर्ण भएपछि, पृथ्वीमा क्रमिक रूपमा राज्य स्थापना हुन्छ र मानिस क्रमिक रूपमा सामान्य अवस्थामा फर्कन्छ, यसरी मेरो हृदयको राज्य पृथ्वीमा स्थापित हुन्छ। त्यो राज्यमा परमेश्वरका सबै मानिसले सामान्य मानिसको जीवन पुनः प्राप्त गर्छन्। कठ्याङ्ग्रिँदो हिउँद जान्छ, वसन्तका सहरहरूको संसारले प्रतिस्थापित हुन्छ जहाँ वर्षभरि वसन्त नै रहिरहन्छ। मानिसहरूले तबउसो मानिसको उदास, दयनीय संसारको सामना गर्नुपर्दैन र तिनीहरूले तबउसो मानिसको ठन्डा चिसो संसारलाई सहनुपर्दैन। मानिसहरू एकअर्कासँग झगडा गर्दैनन्, देशहरू एकअर्काको विरुद्धमा लडाइँ गर्दैनन्, तबउसो नरसंहार र नरसंहारबाट बग्ने रगत हुँदैन; सारा भूमि खुसीले भरिन्छ र मानिसहरूको बीचको न्यानोले जताततै न्यानो पार्छ। म संसारभरि परिभ्रमण गर्छु, म मेरो सिंहासनमाथि आनन्द लिन्छु र म ताराहरूका माझ बस्छु। स्वर्गदूतहरूले मलाई नयाँ गीतहरू र नयाँ नाचहरू अर्पण गर्छन्। तिनीहरूका अनुहारमा तबउसो तिनीहरूको आफ्नै नाजुकताले आँसु बगाउँदैनन्। तबउसो मेरो अगाडि स्वर्गदूतहरूको रोदनको आवाज म सुन्दिनँ र कसैले पनि मसँग कठिनाइको गुनासो गर्दैन। आज, तिमीहरू सबै मेरो सामुन्ने जिउँछौ; भोलि, तिमीहरू सबै मेरो राज्यमा अस्तित्वमा रहनेछौ। के मैले मानिसलाई प्रदान गरेको सबैभन्दा ठूलो आशिष् यही होइन र? आज तैंले तिर्ने मूल्यको कारण तैंले भविष्यका आशिष्हरू पाउनेछस् र मेरो महिमामा जिउनेछस्। के तिमीहरू अझै पनि मेरा आत्माको सारमा संलग्न हुन चाहँदैनौ? के तिमीहरू अझै पनि आफूलाई मार्न चाहन्छौ? मानिसहरू देख्न सक्ने प्रतिज्ञाहरू क्षणिक प्रकृतिकै भए पनि तिनकै पछि लाग्न इच्छुक छन्, भोलिका प्रतिज्ञाहरू अनन्तका निम्ति भए पनि ती स्वीकार गर्न कोही पनि तयार छैनन्। मानिसले देख्न सक्ने कुराहरू नै मैले नाश गर्ने कुरा हुन् अनि जुन मानिसहरूले सजिलै देख्न-छुन नसक्ने कुराहरू नै मैले हासिल गर्ने कुरा हुन्। परमेश्वर र मानिसबीचको भिन्नता नै यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २०
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
मानिसलाई आफूमा आत्मिक जीवनको आपूर्ति र परमेश्वरलाई चिन्ने कार्यको अनुभवको कमी मात्र नभई, अझै महत्त्वपूर्ण रूपमा, आफ्नो स्वभाव परिवर्तनको...
व्यवस्थाको युगका नियमहरू दश आज्ञा वेदीहरू निर्माण गर्ने सिद्धान्तहरू नोकरहरूसँग व्यवहार गर्ने नियमहरू चोरी र क्षतिपूर्तिका नियमहरू शबाथ...
तिमीहरूमाथि गरिएको विजयको कामको महत्त्व सबैभन्दा गहिरो छ: एक सन्दर्भमा, यस कार्यको उद्देश्य मानिसहरूको एउटा समूहलाई सिद्ध बनाउनु हो,...
मानिससँग विश्वासको अनिश्चित शब्द मात्र हुन्छ, तैपनि केले विश्वासको निर्माण हुन्छ भन्ने मानिसले जान्दैन, उसमा विश्वास हुन्छ भन्ने कुरा त...