विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन् (खण्ड दुई)

अगुवा र कामदारहरूका परिभाषाहरू र तिनीहरूलाई राख्‍नुका कारणहरू

अब, हामी दोस्रो वर्गको बारेमा छलफल गरौँ: अगुवा र कामदारहरूको कर्तव्य पूरा गर्नेहरू। सङ्ख्यामा थोरै भए पनि, त्यस्ता मानिसहरूले आफ्नो कामको प्रकृतिको हिसाबमा महत्त्वपूर्ण भूमिका खेल्छन्। अगुवा र कामदारहरूका कर्तव्यहरूमा धेरै सत्यताहरू पनि समावेश हुन्छन्—सुसमाचार प्रचार गर्ने कार्यमा भन्दा पनि धेरै सत्यताहरू। म किन यसो भन्छु? यी कर्तव्यहरूको दायरा अत्यन्तै फराकिलो हुन्छ। यी कर्तव्यहरूको एउटा पक्ष बाहिरी रूपमा सुसमाचारको काम फैलाउनु हो, र अर्को पक्ष भनेको आन्तरिक रूपमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई मलजल र भरणपोषण गर्नु, मण्डली जीवन राम्ररी व्यवस्थापन गर्नु, साथै मण्डलीका मामलाहरू सम्हाल्नु र सबै किसिमका समस्याहरू समाधान गर्नु हो। भन्‍नुको अर्थ, अगुवा र कामदारहरूले अझै धेरै सत्यताहरू बुझ्नुपर्छ, र अभ्यासका निश्‍चित सिद्धान्तहरूका सन्दर्भमा तिनीहरूबाट अझै कडा मागहरू गरिन्छ, र परमेश्‍वरसँग तिनीहरूको सम्बन्ध अझै नजिकको हुनुपर्छ। अगुवा वा कामदार हुने कार्यमा सत्यताका विभिन्‍न पक्षहरू, मानिसहरूले लिने मार्गहरू, साथै अरू धेरै पक्षहरूको अभ्यास गर्ने र तिनमा प्रवेश गर्ने कार्य समावेश हुन्छ। सुसमाचार प्रचार गर्ने कर्तव्य पूरा गर्नुको तुलनामा, अगुवा वा कामदार बन्‍ने कार्य जीवन प्रवेशसँग अझै नजिक रूपमा सम्‍बन्धित हुन्छ र त्यस कार्यमा स्वभाव परिवर्तन हासिल गर्नु पनि आवश्यक हुन्छ। यसको अर्थ अगुवाहरूको काम राम्ररी कसरी गर्ने भन्‍नेसँग सम्बन्धित विभिन्‍न सत्यताहरू सङ्ख्या र दायराको हिसाबमा ठूला छन्। तैपनि ती जति धेरै भए पनि, ती विभिन्‍न मुख्य विषयहरू अन्तर्गत पर्छन्, त्यसकारण हामी ती कुराहरूलाई एक-एक गरी, बुँदागत रूपमा हेरौं, र तिमीहरूले क्रमिक रूपमा ती कुराहरू बुझ्नेछौ। हामी अगुवा र कामदारहरूको परिभाषाको बारेमा कुरा गरेर सुरु गरौँ। तिनलाई परिभाषित गर्नु किन आवश्यक छ? परिभाषा भनेको कुनै कुरालाई त्यसको स्थानमा राख्‍नु समान हो, अर्थात्, यसले मानिसहरूलाई यी कर्तव्यहरूको जिम्मेवारीको प्रकृति र दायरा, साथै तिनको शीर्षक बताउँछ—अर्को शब्‍दमा भन्दा, तिनलाई के भनेर भन्‍ने। यी कर्तव्यहरूलाई सटीक रूपमा परिभाषित गरेर, मानिसहरूले परमेश्‍वरको मनमा यस वर्गका मानिसहरूको स्थान, उहाँले तिनीहरूबाट के माग गर्नुहुन्छ, र तिनीहरूले यी कर्तव्यहरू निर्वाह गर्ने सम्बन्धी उहाँका के-कस्ता मापदण्डहरू छन्, तिनीहरूले कुन मार्ग लिनुपर्छ, र तिनीहरूले कुन सिद्धान्तहरू अभ्यास गर्नुपर्छ भन्‍ने कुराका बारेमा मानसिक स्पष्टता प्राप्त गर्न सक्छन्। तिनीहरू चाहे जवान भए पनि वा वृद्ध भए पनि, चाहे माथिल्‍लो र विशिष्ट पदका भए पनि, वा सानो र नीच पदका भए पनि, र तिनीहरूको पृष्ठभूमि जेसुकै भए पनि, परमेश्‍वरले त्यस्ता मानिसहरूका लागि मानकहरू माग गर्नुभएको छ। अर्को शब्दमा भन्दा, त्यस्ता कर्तव्यहरू निर्वाह गर्ने मानिसहरूले बुझ्नुपर्ने सत्यताहरू छन्; तिनीहरूले बोध र अभ्यास गर्नुपर्ने सत्यता सिद्धान्तहरू छन्, र तिनीहरूले पछ्याउनुपर्ने निश्‍चित मार्ग पनि छ। त्यसोभए, अगुवाइ र काम गर्नका लागि परमेश्‍वरका अनुयायीहरूबाट चुनिएकाहरूलाई सामान्यतया कसरी परिभाषित गरिन्छ? यसको सटीक परिभाषा के हो? मानिसहरूले यसको परिभाषा के हो भन्‍ने विश्‍वास गर्छन्? अनि त्यस्ता मानिसहरूले अरूको हृदयमा ठ्याक्कै कस्तो स्थान लिएका हुन्छन्? के यो, यस्ता मानिसहरूको पहिचान र हैसियतलाई परिभाषित गर्नुसँग सम्बन्धित छैन र? अरूले हृदयमा मानिसहरूको यो समूहलाई कस्तो स्थान दिएका हुन्छन्? के प्रेरितहरूको स्थान दिएका हुन्छन्? हुँदैनन्। के चेलाहरूको स्थान दिएका हुन्छन्? चेलाहरूको स्थान पनि दिएका हुँदैनन्। के तिनीहरूलाई गोठालाहरू भनेर बोलाउने कोही छ? (छ।) के “गोठालाहरू” भन्‍ने पद उपयुक्त छ? (छैन।) किन छैन? (यो पद उपयुक्त हुँदैन।) के मानिसहरूले गोठालाको भूमिका निर्वाह गर्न सक्षम हुन्छन्? (हुँदैनन्।) तिनीहरू प्रेरित वा चेलाहरू होइनन्, र “गोठालाहरू” भन्‍ने शब्द पनि उचित छैन, त्यसोभए यी कर्तव्यहरू निर्वाह गर्ने मानिसहरूका लागि सबैभन्दा उपयुक्त नाम के हो? सबैभन्दा उपयुक्त शब्द के हो? (पहरेदारहरू।) के “पहरेदारहरू” उपयुक्त छ? यो पद र “गोठालाहरू” भन्‍ने पदका बीचमा म कुनै भिन्‍नता देख्दिनँ। यो भव्य सुनिने नाम हो, तर यी मानिसहरूले गर्ने काम त सानै हुन्छ। यीमध्ये कुनै पनि नाम उपयुक्त हुँदैनन्। त्यसोभए, यी मानिसहरूले निर्वाह गर्ने कर्तव्यहरूको प्रकृतिको आधारमा, कुन नाम र परिभाषा सबैभन्दा बढी उपयुक्त हुन्छ त? त्यस्ता मानिसहरूलाई परिभाषित गर्ने सिद्धान्तहरू के-के हुन्? परिभाषा तिनीहरूको कामको प्रकृति, साथै तिनीहरूको पहिचान र हैसियतसँग मिल्दो हुनुपर्छ, र यो सही हुनुपर्छ, र अत्यन्तै भव्य हुनु हुँदैन। यदि हामीले यी मानिसहरूलाई “प्रेरितहरू” भनेर परिभाषित गऱ्यौँ भने, के त्यो अत्यन्तै भव्य हुँदैन र? (हुन्छ।) वा, “पहरेदारहरू” भन्दा नि? (त्यो अझै भव्य हुन्छ।) के तँ मानिसहरूको रेखदेख गर्न सक्छस्? सक्दैनस् भने, तँ पहरेदार होइनस्। “गोठालाहरू” को बारेमा के भन्‍ने? “गोठालाहरू” ले केलाई जनाउँछ? (बगालको हेरचाह गर्ने मानिसहरूलाई।) यसले भेडाको बगाल रेखदेख र हेरचाह गर्ने मानिसहरूलाई जनाउँछ। तिनीहरूको कामको प्रकृतिको आधारमा मात्रै हेर्दा यो नाम वास्तवमा यो समूहको लागि मिल्छ। तैपनि, आजभोलि मानिसहरूले के कुराको बोझ लिन सक्छन्, तिनीहरूले के कुरा हासिल गर्न सक्छन् भन्ने कुरा, र तिनीहरूको भ्रष्ट स्वभावलाई हेर्दा, के “गोठालाहरू” भन्‍ने पदवीनाम उपयुक्त हुन्छ? (हुँदैन।) यो अलिक भव्य भयो। तिनीहरूसँग यो कार्य गर्ने क्षमता हुँदैन, न त यो आजभोलि मानिसहरूले गर्ने कामको प्रकृति वा दायरासँग नै मिल्छ। अवश्य नै, यो पदवी नाम तिनीहरूका लागि उपयुक्त छैन। त्यसोभए, मानिसहरूको यो वर्गलाई परिभाषित गर्ने सबैभन्दा उपयुक्त तरिका के हो? (अगुवा र कामदारहरू।) यो वाक्यांश तुलनात्मक रूपमा उपयुक्त छ।

अगुवा र कामदारका रूपमा रहेका मानिसहरूको वर्गको उदय हुनुको कारण के हो? तिनीहरूको उदय कसरी भयो? वृहत् रूपमा, परमेश्‍वरको कामका लागि तिनीहरूको खाँचो हुन्छ; सानो स्तरमा, मण्डलीको कामको निम्ति तिनीहरूको खाँचो हुन्छ, परमेश्‍वरका चुनिएका मानिसहरूलाई तिनीहरूको खाँचो हुन्छ। तिनीहरूको पहिचान वा हैसियत जेसुकै भए पनि, र तिनीहरूले खेल्‍ने भूमिका जेसुकै भए पनि, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूका साधारण सदस्यहरू समान हुन्; परमेश्‍वरको अघि तिनीहरूको पहिचान र हैसियत उस्तै हुन्छ। मण्डलीमा “अगुवा र कामदारहरू” भन्‍ने शब्द अस्तित्वमा भए पनि, र यी व्यक्तिहरू आफ्ना दाजुभाइ-दिदीबहिनीहरूले भन्दा फरक कर्तव्य निर्वाह गर्ने “अगुवाहरू” र “कामदारहरू” भए पनि, परमेश्‍वरको अघि “सृजित प्राणीहरू” भन्‍ने तिनीहरूको नाम-पदवी उस्तै रहन्छ; यो पहिचान परिवर्तन हुनेछैन। अगुवा र कामदारहरू अनि परमेश्‍वरका चुनिएका मानिसहरूका साधारण सदस्यहरूका बीचको भिन्‍नता भनेकै अगुवा र कामदारहरूले निर्वाह गर्ने कर्तव्यमा रहेको खास विशेषता मात्र हो। त्यो खास विशेषता मुख्य रूपमा तिनीहरूको नेतृत्वको भूमिकामा देखिन्छ। उदाहरणको लागि, मण्डलीमा जति धेरै मानिसहरू भए पनि, अगुवा नै प्रमुख हुन्छ। त्यसो भए, अन्य सदस्यहरूमाझ यस्तो अगुवाले के भूमिका खेल्छ? तिनीहरूले मण्डलीमा रहेका सबै परमेश्‍वरका चुनिएका मानिसहरूलाई नेतृत्व गर्छन्। त्यसो भए, तिनीहरूले पुरै मण्डलीमा के प्रभाव पार्छन्? यदि त्यस अगुवाले गलत मार्ग लियो भने, त्यस मण्डलीका सबै मानिसहरूले गलत मार्गमा त्यस अगुवालाई पछ्याउँछन्, जसले मण्डलीमा रहेका परमेश्‍वरका सबै चुनिएका मानिसहरूमा ठूलो असर पुर्‍याउनेछ। उदाहरणका लागि, पावललाई लिऊँ। तिनले आफूले स्थापना गरेका धेरै मण्डलीहरू र परमेश्‍वरका चुनिएका जनहरूको नेतृत्व गर्थे। अनि जब पावल बरालिए, तिनले नेतृत्व गरेका मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरू पनि बरालिए। त्यसैले, जब अगुवाहरूले आफ्‍नै विकृत मार्ग लिन्छन्, तब तिनीहरू आफै मात्र प्रभावित हुँदैनन्, तिनीहरूले नेतृत्व गर्ने मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूसमेत प्रभावित हुन्छन्। यदि अगुवा सच्चा व्यक्ति हो, ऊ सही बाटोमा हिँड्दैछ र उसले सत्यतालाई पछ्याउने र अभ्यास गर्ने गर्छ भने, त्यस्तो अगुवाले नेतृत्व गर्ने मानिसहरूले सामान्य तरिकाले परमेश्‍वरका वचनहरू खाने र पिउनेछन् र सामान्य तरिकाले सत्यता पछ्याउनेछन्, अनि यसै समयमा, अगुवाको जीवन अनुभव र प्रगति अरूको सामु देखिनेछ, र यसले तिनीहरूलाई प्रभावित पार्नेछ। यसैले, एक अगुवाले लिनुपर्ने सही बाटो के हो? यो अरूलाई सत्यको बुझाइ र सत्यमा प्रवेश गर्नेतर्फ डोर्‍याउन र अरूलाई परमेश्‍वरको अगाडि नेतृत्व गर्न सक्षम हुनु हो। गलत बाटो के हो त? यो हैसियत, ख्याति र प्राप्तिलाई पछ्याउनु, बारम्बार आफूलाई प्रदर्शन गर्नु र आफ्नै गवाही दिनु, र कहिल्यै पनि परमेश्‍वरको गवाही नदिनु हो। यसले परमेश्‍वरका चुनिएका मानिसहरूमा कस्तो प्रभाव पार्छ? (यसले तिनीहरूलाई आफूसामु ल्याउँछ।) तिनीहरू बाटो बिराई परमेश्‍वरबाट टाढा हुनेछन् र यस अगुवाको नियन्त्रणमा आउनेछन्। यदि तैँले मानिसहरूलाई तेरो अगाडि आउनलाई नेतृत्व गर्छस् भने तैँले तिनीहरूलाई भ्रष्ट व्यक्तिको अगाडि आउन नेतृत्व गरिरहेको छस् र तैँले तिनीहरूलाई परमेश्‍वरको अगाडि होइन शैतानको अगाडि आउन नेतृत्व गरिरहेको छस्। मानिसहरूलाई सत्यको अगाडि आउन नेतृत्व गर्नु मात्र तिनीहरूलाई परमेश्‍वरको अगाडि आउन नेतृत्व गर्नु हो। अगुवाहरू र कामदारहरूले सही मार्ग हिँडे पनि गलत मार्ग हिँडे पनि, परमेश्‍वरका चुनिएका मानिसहरूप्रति तिनीहरूको प्रत्यक्ष प्रभाव हुन्छ। यदि परमेश्‍वरका चुनिएका अधिकांश मानिसहरूले सत्यता बुझ्‍न बाँकी नै छ भने, तिनीहरूले अन्धाधुन्ध पछ्याउँछन्। अगुवा असल व्यक्ति हुन सक्छ, र तिनीहरूले उसलाई पछ्याउन सक्छन्; अगुवा खराब व्यक्ति हुन सक्छ, र तिनीहरूले उसलाई पनि पछ्याउन सक्छन्—तिनीहरूले फरक छुट्याउन सक्दैनन्। अगुवा जोसुकै भए पनि, अगुवाइ गरिएमा तिनीहरूले पछ्याइहाल्छन्। यसकारण, मण्डलीहरूले आफ्नो अगुवा बनाउनको लागि असल मानिसहरूलाई छान्‍नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्ने हरेक व्यक्तिले कुन मार्ग हिँड्छ त्यो कुरा उसका अगुवाहरूले हिँडेको मार्गसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ, र यो कुरालाई अगुवा र कामदारहरूले फरक-फरक हदसम्‍म प्रभाव पार्न सक्छन्। हामी अगुवा र कामदारहरूको कर्तव्यसँग सम्बन्धित विभिन्‍न सत्यताहरूका बारेमा रहेका यी दुई वटा हरफहरूबाट सङ्गति सुरु गरौं—एकातिर सही मार्ग, र अर्कोतिर गलत मार्ग। यी दुईमध्ये कुन बारेमा हामीले सुरुमा सङ्गति गर्नुपर्छ? (गलत मार्ग।) तैँले किन यो छनौट गरिस्? पहिले सही मार्गको बारेमा छलफल गर्नु राम्रो हो कि गलत मार्गको बारेमा छलफल गर्नु राम्रो हो? (गलतको बारेमा।) वास्तवमा दुवै सही हुन्—तर हामीले सुरुमा कुन छलफल गर्छौं भन्ने कुराले फरक असर पार्नेछ। यदि हामीले गलत मार्गको बारेमा छलफल गरेर सुरु गऱ्यौँ भने, मानिसहरूले गलत मार्गभित्र रहेको सही मार्गको बारेमा अझ बढी पत्ता लगाउन सक्छन् र धेरै नकारात्मक कुराहरू वा ज्ञानहरू पनि पत्ता लगाउन सक्छन्, जुन कुरालाई तिनीहरूले आफैलाई चेतावनी दिन प्रयोग गर्न सक्छन्। तिनीहरूले यसबाट केही सकारात्मक कुरा प्राप्त गर्न सक्छन्, र त्यसपछि यदि हामीले सही मार्गको बारेमा छलफल गऱ्यौँ भने, मानिसहरूले अझै गहन रूपमा र अझै चाँडै सकारात्मक कुरालाई बुझ्न सक्‍नेछन्। आधारभूत रूपमा, यो शैली व्यावहारिक छ, र मानिसहरूका लागि फाइदाजनक छ। त्यसकारण हामी गलत मार्गको बारेमा छलफल गरेर सुरु गरौँ।

मानिसहरूलाई नियन्त्रण गर्न ख्रीष्ट-विरोधीहरूले प्रयोग गर्ने विधिहरू

जब कुनै व्यक्ति अगुवा वा कामदारको रूपमा छनौट हुन्छ र उसले आफ्नो कर्तव्य निर्वाह गर्न थाल्छ, के उसले निश्‍चित व्यवहार अपनाउनुपर्छ? कतिपयले सोध्छन्, “कस्तो व्यवहार? तिनीहरूले बादल चढ्नुपर्छ कि बतास र वर्षालाई नियन्त्रण गर्नुपर्छ?” ती दुवै सही छैनन्। तिनीहरूले बादल चढ्न वा बतास र वर्षालाई नियन्त्रण गर्न, र तिनीहरू पक्कै पनि छतबाट चिच्याउन नहुने भए पनि, तिनीहरू शैतानको भ्रष्ट स्वभाव र सार भएका भ्रष्ट मानव हुन्, यस्तो बेला हरेक व्यक्तिले आफू भित्र गहिराइमा डगमगाइदिने शक्ति अनुभव गर्छ। तिनीहरू सबैसँग उच्च महत्त्वाकाङ्क्षाहरू हुन्छन्, र तिनीहरूलाई आफ्नो करियरमा सफल हुने, आफ्नो सीप देखाउने, ठूलो कुरा गर्ने, र लागिपर्ने जोस महसुस हुन्छ। यस किसिमको जोस सही हुन्छ कि गलत हुन्छ भनेर अहिलेका लागि छलफल नगरौँ। जब कुनै व्यक्तिलाई अगुवा वा कामदारको रूपमा छनौट गरिन्छ, तब उसले आफू भित्र गहिराइमा अत्यन्तै जटिल भावनाहरू पाल्न थाल्छ। जटिल भन्‍नुको मेरो अर्थ के हो? कतिपय मानिसहरूले अगुवाको रूपमा छनौट हुनु सजिलो छँदै छैन भन्‍ने विश्‍वास गर्छन्, र तिनीहरू आफूले राम्रो काम गर्न सक्छन् कि सक्दैनन् भनी निश्चित नभए पनि, र तिनीहरूको भविष्यको मार्ग के हुनेछ भन्‍ने तिनीहरूलाई थाहा नभए पनि, तिनीहरूको अन्तर्निहित प्रकृति यस्तो हुन्छ कि तिनीहरू यो अवसर पाएकोमा अत्यन्तै खुशी हुन्छन्, यो सम्मानजनक जिम्मेवारी र भारी बोझलाई स्वीकार गर्न पाउँदा निकै खुशी हुन्छन्। यसको साथै, तिनीहरूलाई आफू भित्र गहिराइमा, अलिक आत्मसन्तुष्टि र सौभाग्यशाली भएको महसुस हुन्छ। तिनीहरू के कुरामा सौभाग्यशाली भएको महसुस गर्छन्? तिनीहरूले यस्तो विश्‍वास गर्छन्, “म अरू दर्जनौँ मानिसहरू मध्येबाट चुनिएको हुँ—म निकै प्रतिभाशाली र सक्षम हुनुपर्छ। म पक्‍कै पनि साधारण मानिसहरूभन्दा असल छु, र मसँग धेरैजसो मानिसहरूमा भन्दा राम्रो बुझाइ र आत्मिक बुझाइ रहेको हुनुपर्छ। मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको छ, र म धेरै समर्पित भएको छु अनि मैले धेरै परिश्रम गरेको छु। तथ्यहरूले के प्रमाणित गर्छन् भने म मण्डलीमा नेतृत्व लिन, मानिसहरूलाई परमेश्‍वरका वचनहरूमा प्रवेश गर्न र सत्यता बुझ्नका लागि मार्गदर्शन गर्न योग्य छु। मभन्दा चलाख, शिक्षित, र बोल्ने क्षमता राम्रो भएका मानिसहरू धेरै छन्, तर पनि किन तिनीहरूको सट्टा मलाई छनौट गरियो? यसले म सक्षम छु र ममा असल मानवता छ भन्‍ने देखाउँछ। यो परमेश्‍वरको अनुग्रह हो।” यो तिनीहरूको भित्री आत्म-संवाद हो। अन्तिममा “परमेश्‍वरको अनुग्रह” जोडिएको हुन्छ, तर वास्तवमा तिनीहरूको साँचो विचार र साँचो बुझाइ तिनीहरूको आत्म-संवादको पहिलो भागमा हुन्छ। तिनीहरूले सोच्छन्, “मैले यसका लागि प्रतिस्पर्धा वा लडाइँ नगरेको भए पनि, मलाई नै चुनियो। अनि अब मैले के गर्नुपर्छ? मैले सबैलाई निराश तुल्याउनु हुँदैन, म पूर्ण रूपमा लागिपर्नुपर्छ!” अनि तिनीहरू कसरी पूर्ण रूपमा लागिपर्छन्? कामको पहिलो दिन, तिनीहरूले हरेक टोलीका सुपरिवेक्षकहरूलाई भेलामा बोलाउँछन्, र तिनीहरूमा निश्‍चित आचरण र ऊर्जा हुन्छ। कस्तो ऊर्जा? तिनीहरूले द्रुत र निर्णायक रूपमा काम गर्छन्, र तिनीहरूले जे भन्छन् त्यही गर्छन्, र प्रभावशाली सुरुवात गर्न उत्सुक हुन्छन्। सुरुमा, तिनीहरूले आफू कति सक्षम छु भनेर सबैलाई देखाउने प्रयास गर्छन्, त्यसपछि तिनीहरूले मानिसहरूलाई पहिलेका अगुवाहरूलाई खुट्टयाएर त्याग्‍न लगाउने प्रयास गर्छन्। तिनीहरूले भन्छन्: “आज, हामी सुरुमा मभन्दा पहिलेको अगुवाको बारेमा चिरफार गर्न केही समय बिताउनेछौँ, उदाहरणका लागि, तिनले मानिसहरूलाई कसरी बन्धनमा राखे, तिनको कामका कुन-कुन पक्षहरूमा तिनी त्रुटिपूर्ण वा उपेक्षापूर्ण थिए, र इत्यादि—हामी यी सबै कुराहरूका बारेमा सङ्गति गर्न सक्छौँ। जब हामीले सङ्गति गरिसकेका हुन्छौँ, र तिमीहरूले यसभन्दा अघिल्लो अगुवालाई स्पष्ट रूपमा खुट्टयाएर, तिनलाई त्याग्‍न सक्‍ने, तिनको बन्धनबाट मुक्त हुने, र तिनको तृष्णा गर्न छोड्ने अवस्थामा पुग्छौ, तब तिमीहरूलाई समझशक्ति भएको, र परमेश्‍वरप्रति बफादार र समर्पित रहेको मानिसहरूका रूपमा लिन सकिन्छ। आजको भेला हामी यसभन्दा पहिलेका झूटा अगुवा र ख्रीष्ट-विरोधीलाई आलोचना गरेर सुरु गर्नेछौँ। हामी तिनलाई खुलासा गरौँ।” यसको प्रतिक्रियामा, सबैले के भन्छन् भने तिनीहरूले यस बारेमा पहिले नै सङ्गति गरिसकेका छन्, र पहिलेको व्यक्ति झूटा अगुवा र ख्रीष्ट-विरोधी थिए भन्‍ने थाहा पाएका छन्, त्यसकारण तिनीहरूले खुलासा गर्नुपर्ने केही पनि छैन। तर यी नयाँ अगुवाहरू सहमत हुँदैनन्, र तिनीहरूले मानिसहरूलाई एक-एक गरी मानिसहरूलाई तोक्दै तिनीहरूलाई सङ्गति गर्न लगाउन थाल्छन्। कतिपय मानिसहरूको सङ्गति तिनीहरूलाई मन पर्दैन, त्यसकारण तिनीहरूले पहिलेको अगुवाको सबैभन्दा नजिकको एक जना दाजुभाइ-दिदीबहिनीलाई तिनको खुलासा र चिरफार गर्न लगाउँछन्, तर यो सङ्गति सुनेपछि, यी नयाँ अगुवाहरूले यसो सोच्छन्, “यस व्यक्तिले मभन्दा पहिलेको अगुवालाई खुट्ट्याएको छैन रहेछ, र तिनीहरूले तिनलाई त्यागेका पनि रहेनछन्। यो व्यक्तिको हृदयमा अझै पनि तिनको लागि स्थान छ जस्तो देखिन्छ। यसरी त पटक्‍कै हुँदैन; आज मैले मेरो पूर्ववर्तीलाई पूर्ण रूपमा खुलासा गर्ने उपाय खोज्नैपर्छ।” त्यसपछि, तिनीहरूले अघिल्लो अगुवासँग सबैभन्दा खराब सम्बन्ध भएको कसैलाई खडा भएर खुलासा गर्न बोलाउँछन्। त्यो व्यक्तिले अघिल्लो अगुवालाई खुलासा गरेपछि, तिनीहरू सन्तुष्ट हुन्छन्, र यो व्यक्ति संवर्धन गर्न लायकको छ भन्‍ने सोच्छन्। अनि तिनीहरूले के कुराको संवर्धन गर्न चाहन्छन्? तिनीहरूले एक जना सहकर्मीलाई संवर्धन गर्न, आफ्नै शक्तिहरूको संवर्धन गर्न चाहन्छन्। पहिलो भेला यसरी नै अघि बढ्छ। अनि के तिनीहरूले यो भेलापछि आफ्नो उद्देश्य हासिल गर्न सक्छन्? त्यति राम्ररी वा त्यति चाँडै सक्दैनन्। तिनीहरूले आफ्नो हृदयमा के षड्यन्त्र गरिरहेका हुन्छन्? “मानिसको हृदयभन्दा अस्पष्ट कुरा केही हुँदैन, र योभन्दा कुटिल कुरा केही हुँदैन। मैले मेरो पूर्ववर्तीको बारेमा हरेक व्यक्तिले के सोच्छ भन्‍ने कुरालाई निर्धारित गर्नुपर्छ, र तिनीहरूले मेरो बारेमा के सोच्छन्, मेरो विगतको बारेमा तिनीहरूलाई थाहा छ कि छैन, र मेरो नालीबेली तिनीहरूलाई थाहा छ कि छैन भन्‍ने कुरामा म स्पष्ट हुनुपर्छ, र अन्तिममा मैले तिनीहरू सबैलाई मसँग निहुँ खोज्नु हुँदैन भन्ने कुरा देखाउनुपर्छ। तर मैले आफ्नो विधि र रणनीति ध्यान दिएर चुन्नुपर्छ। मैले मेरा अभिप्रायहरूलाई खुलासा गर्नु हुँदैन; मैले तिनलाई लुकाउनुपर्छ।” अनि यी सबै विचार, कामका विधि, र मनसायहरू कहाँबाट आउँछन्? तिनीहरूको शैतानी प्रकृतिबाट। के तिमीहरूमा यस्ता प्रकटीकरणहरू छन्? तिमीहरूलाई अगुवा वा कामदारको रूपमा छनौट गरिएकै दिन, तिमीहरूले आफूलाई गलत मार्ग नलिन, झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूको मार्गमा नजान चेतावनी दिएर सुरु गरेका हुन सक्छौ। तिमीहरूले आफूलाई, मैले हैसियत त्याग्‍नुपर्छ, र मैले आफ्नो ख्याति, प्राप्ति, वा हैसियतका खातिर काम गर्नु हुँदैन, वा काम गर्ने क्रममा चाहनाको पछि लाग्‍नु हुँदैन, बरु आफ्नो कर्तव्य निर्वाह गर्न, र परमेश्‍वरप्रति बफादार हुन मेहनत गर्नुपर्छ भनेर भनेको हुन सक्छौ। तैपनि, समय बित्दै जाँदा, कतिपय मानिसहरूले आफूलाई रोक्न सक्दैनन्, र तिनीहरूले बोल्ने वा काम गर्ने बित्तिकै तिनीहरूको उद्देश्य निकै स्पष्ट हुन्छ—तिनीहरूले तुरुन्तै आफ्नो हैसियतलाई दह्रिलो बनाउने र मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्। कसैले असन्तुष्टि वा अवज्ञाको अलिकति पनि सङ्केत प्रकट गर्ने बित्तिकै, यसले तिनीहरूलाई चिढ्याउँछ, र तिनीहरूले त्यस व्यक्तिलाई खुला रूपमा बहिष्कार वा आक्रमण नगरे पनि, तिनीहरूको हृदयको गहिराइमा तिनीहरूलाई त्यस व्यक्तिप्रति निकै घृणा महसुस गर्छन्। तिनीहरूले यो घृणाको भावनालाई कसरी प्रकट गर्छन्? (तिनीहरूले त्यो व्यक्तिलाई बेवास्ता गर्छन्।) तिनलाई बेवास्ता गर्नु मौन प्रकटीकरण हो, त्यसकारण घृणामा के-कस्ता निश्‍चित कार्यहरू समावेश हुन्छन्? उदाहरणका लागि, तिनीहरूले भेलाहरूमा आफूले मन पराएका मानिसहरूलाई आफूसामु बसाउँछन्, र आफूले मन नपराएका मानिसहरूलाई छेउमा बसाउने कारण खोज्छन्। के यो आक्रमण हो? (हो।) यो तिनीहरूको आक्रमणको सुरुवात हो। तिनीहरूले कार्य गरिरहेका हुन्छन्, होइन र? (हो।) शब्‍दहरू वा विचारहरूभन्दा कार्यहरू अझै गम्भीर र कठोर हुन्छन्। किन ती अझै कठोर हुन्छन्? कुनै कुराको बारेमा सोच्नु तर त्यस अनुसार कार्य नगर्नु—यो कुरा व्यक्तिको मन र विचारबाट आएको हुन्छ। तर त्यसलाई व्यवहारमा लागू गर्नेबित्तिकै, यो तथ्य बन्छ। जब यो व्यवहार बन्छ, तब यो शैतानको भ्रष्ट स्वभाव मात्र हुँदैन बरु दुष्ट कार्य पनि हुन्छ। मानिसहरूलाई अगुवाको रूपमा छनौट गरिएपछि, तिनीहरूले आफूले गर्ने काम र आफूले निर्वाह गर्ने कर्तव्यमा आफ्नै चाहना, महत्त्वाकाङ्क्षा, र आकाङ्क्षा ल्याउँछन्। तर शैतानको भ्रष्ट स्वभाव भएका सबै मानिसहरूमा हुने आम प्रकटीकरण के हो? तिनीहरू सबैको के कुरा मिल्दो हुन्छ? तिनीहरूले शक्ति हातमा लिने र आफ्नो हैसियतलाई दह्रिलो बनाउने प्रयास गर्छन्। तिनीहरूले कुन माध्यमद्वारा शक्ति हातमा लिन खोज्छन्? सुरुमा, तिनीहरूले समूहमा तिनीहरूको चापलुसी गर्न र तिनीहरूसँग नजिक हुन खोज्ने को-को हुन् भनेर अवलोकन गर्छन्। त्यसपछि, तिनीहरू सक्रिय रूपमा ती मानिसहरूसँग नजिक हुन्छन्, र चाहे चापलुसी गरेर होस् वा साना-साना कृपाहरू गरेर होस्, तिनीहरूले तिनीहरूसँग गुप्त रूपमा सम्बन्धहरू सिर्जना गर्छन् र तिनीहरूसँग घुलमेल हुन्छन्, ताकि यी मानिसहरू—जससँग तिनीहरूका रुचि, हित, र उन्मत्त महत्त्वाकाङ्क्षा, वा प्रकृति मिल्छ—तिनीहरू उनीहरूको कट्टर अनुयायी बनून्, र उनीहरूको शक्तिमा संलग्‍न होऊन्। अनि यी मानिसहरूलाई आफ्‍नो शक्तिमा आबद्ध गराउनको पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? आफ्नो हैसियतलाई दह्रिलो बनाउनु र आफ्नो शक्तिको दायरालाई बढाउनु। शक्ति प्राप्त गरेपछि, तिनीहरूले अन्तिम निर्णय गर्ने, र यतिमा नै सीमित हुने मात्र हुँदैन—तिनीहरू आफूलाई पछ्याउने, समर्थन गर्ने र आफ्नो पक्षमा बोल्ने अझै धेरै मानिसहरू पनि चाहन्छन्, ताकि तिनीहरूले गलत कुरा बोल्दा पनि, खराब कुराहरू गर्दा पनि, वा मानिसहरूलाई आक्रमण र सीमित गर्दा पनि, तिनीहरूले भनेको कुरा गर्ने र तिनीहरूलाई अनुमोदन गर्ने मानिसहरू रहून्। तिनीहरूको उद्देश्य यही हो। त्यसपछि, यदि माथिले कुनै दिन तिनीहरूको समस्या पत्ता लगाएर तिनीहरूलाई बर्खास्त गरे पनि, तिनीहरूको पक्षमा बोल्न सक्दो प्रयास गर्ने, तिनीहरूको प्रतिरक्षा गर्न आउने, र तिनीहरूको प्रतिष्ठाको रक्षा गर्न खोज्ने मानिसहरू अझै पनि हुनेछन्। अनि यस्तो परिणाम हासिल गर्नका लागि तिनीहरूले यी कार्यहरूका लागि कुन विधि प्रयोग गरिरहेका हुन्छन्? मानिसहरूको हृदय जित्ने। तिनीहरूले आफ्नो हैसियतलाई दह्रिलो बनाउन र आफ्नो शक्तिको दायरालाई बढाउनका लागि मानिसहरूको हृदय जित्ने विधि प्रयोग गर्छन्। ख्रीष्ट-विरोधीहरूले शक्ति हातमा लिने प्रयोग गर्ने एउटा विधि यही हो।

ख्रीष्ट-विरोधीहरूले आफ्नो हैसियतलाई दह्रिलो बनाउन प्रयोग गर्ने विधिहरूका हकमा भन्दा, पहिलो विधि भनेको मानिसहरूको हृदय जित्नु हो र दोस्रो विधि भनेको मतविरोधीहरूलाई आक्रमण गर्नु र बहिष्कार गर्नु हो। मानिसहरूको हृदय जित्नुको अर्थ तिनीहरूले तिनीहरूको चापलुसी गर्ने, तिनीहरूको नजिक आउने, तिनीहरूलाई भरोसा गर्ने, र तिनीहरू सही भए पनि वा गलत भए पनि तिनीहरूलाई पछ्याउने मानिसहरूमा मानिसहरूको मन जित्ने विधि प्रयोग गर्छन् भन्‍ने हुन्छ। मतविरोधीहरूलाई आक्रमण गर्ने र बहिष्कार गर्ने कार्यको अर्थ सत्यता बुझ्ने, र फलस्वरूप तिनीहरूलाई चिन्‍न सक्‍ने, तिनीहरूलाई पछ्याउनबाट अलग बस्‍न सक्‍ने, र तिनीहरूबाट टाढा बस्न सक्‍ने सबैलाई तिनीहरूले शत्रुको रूपमा हेर्छन् भन्‍ने हुन्छ। तिनीहरूले यी मानिसहरूलाई आँखाको कसिङ्गर र शरीरको काँडाको रूपमा लिन्छन्, र तिनीहरूले यी मानिसहरूमा प्रयोग गर्ने विधि भनेको तिनीहरूलाई आक्रमण गर्नु र बहिष्कार गर्नु हो। उदाहरणका लागि, मानौँ कुनै ख्रीष्ट-विरोधीले उसले हरेक पटक सङ्गति गर्दा, मानिसहरू निकै उत्साहित हुन्छन्, र कतिपयले नोटहरू लिन्छन् वा टेप रेकर्डरमा रेकर्ड गर्छन् भन्‍ने याद गर्छ। एक जवान बहिनीले मात्रै कहिल्यै नोट लिँदिनन् वा बोल्दिनन्। त्यसकारण, तिनीहरूले मनमनै सोच्छन्: “के तिनलाई मसँग समस्या छ? कि मैले राम्ररी सङ्गति गर्दिनँ भन्‍ने तिनलाई लाग्छ? यति मात्र होइन, हरेक पटक म आइपुग्दा, अरूले मलाई स्वागत गर्छन् र मित्रवत् रूपमा शिर हल्लाउँछन्, मेरा लागि पानी हालिदिन्छन् र मलाई बस्‍न भन्छन्, तर तिनले मलाई कहिल्यै पनि त्यसरी व्यवहार गरेकी छैनन्। तिनी मसँग झुकिरहेकी छैनन् जस्तो देखिन्छ—तिनलाई पाठ सिकाउने उपाय र अवसर खोज्नुपर्छ! मैले कस्तो अवसर खोज्नुपर्छ त? म तिनलाई कुनै त्यस्तो काम गर्न लगाउँछु, जुन काम तिनले पक्कै पनि राम्ररी गर्नेछैनन्—त्यसपछि मैले तिनलाई भाषण दिने कारण पाउनेछु। तिनलाई मसामु झुकाउने सबैभन्दा राम्रो मौका यही हो।” त्यसपछि, तिनीहरूले यी बहिनीलाई खतरनाक ठाउँमा काम गर्न पठाउने बन्दोबस्त मिलाउँछन्। तिनीहरूले सोच्छन्: “म तिनलाई धर्ममा रहेका एक जना वृद्ध पाष्टरलाई सुसमाचार प्रचार गर्न पठाउनेछु, जो अलिक व्यभिचारी छ र जसले सत्यतालाई स्वीकार गर्दैन। तिनले ती पाष्टरलाई विश्‍वासमा ल्याउन सक्छिन् कि सक्दिनन् हेरौं। तिनले सकिनन् भने आफ्‍नो पक्षमा के भन्‍नेरहेछिन्? यदि तिनी मसामु झुकिनन् भने, म तिनलाई निकालेर पठाउनेछु!” त्यसपछि, तिनीहरूले तिनलाई यसो भन्छन्: “अहिले अरू धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूले तिम्रो निकै तारिफ गर्छन्। तिमीले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको छ, र तिमीले धेरै सत्यताहरू बुझेकी छौ। बाइबल राम्ररी जानेको एक जना धर्ममा रहेका पाष्टर छन्, र गएर तिनलाई सुसमाचार प्रचार गर्नका लागि सबैभन्दा उपयुक्त व्यक्ति तिमी नै हौ।” जब त्यस बहिनीले पाष्टरलाई भेट्छिन्, तब पाष्टरले तिनी जवान र सुन्दर छिन् भन्‍ने देख्छन्, र तिनलाई मन पराउँछन्—तिनले कहीँ-कतै तिनको गलत फाइदा पनि उठाउँछन्। तिनी फर्केपछि, त्यस सिस्टरले म फेरि त्यहाँ जान चाहन्नँ भनेर भन्छिन्, र ख्रीष्ट-विरोधीले यस्तो प्रतिक्रिया दिन्छ: “मण्डलीले तिमीलाई त्यो व्यक्तिलाई सुसमाचार प्रचार गर्न खटाएको छ। यो तिम्रो कर्तव्य हो, तिमी जानैपर्छ!” यो सुनेपछि, ती बहिनीसँग पालन गर्ने बाहेक कुनै विकल्प हुँदैन, र परिणाम स्वरूप तिनी हरेक पटक पाष्टरसँगको भेटपछि रुन्छिन्। यो अगुवाले अरूलाई आक्रमण गर्न र अरूसँग बदला लिनका लागि यस्ता कुराहरू गर्न सक्छ। यो कस्तो व्यक्ति हो? दुष्ट व्यक्ति। यदि तिनीहरू महिला भएका भए, के तिनीहरू यस्तो परिस्थितिमा जानेथिए? (जानेथिएनन्।) अवश्य नै जानेथिएनन्। तिनीहरू अरू सबैभन्दा बढी यसबाट टाढा बस्‍नेथिए। तिनीहरूले तिनीहरूलाई बेखुसी तुल्याउने, सजिलै हेप्‍न सकिने, तिनीहरूको अघि नझुक्‍ने र तिनीहरूको चापलुसी नगर्ने व्यक्तिलाई देख्छन्, त्यसपछि यी मानिसहरूको विरुद्धमा षड्यन्त्र गर्ने र बदला लिने अवसरहरू खोज्छन्। मलाई भन, जब कुनै व्यक्तिमा खराब र दुष्ट अभिप्रायहरू हुन्छन्, तब के ऊ हरप्रकारका भयानक कुराहरू गर्न सक्षम छैन र? अनि यी खराब र दुष्ट अभिप्रायहरू कसरी पैदा हुन्छन्? एउटा मुख्य कारण के हो भने तिनीहरूको प्रकृति सार अत्यन्तै खराब र दुर्भावनापूर्ण हुन्छ, र अर्को कारण के हो भने तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन। जब मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन, तब तिनीहरूले आँट नगर्ने कुनै कुरा हुँदैन; तिनीहरूले अरूलाई हानि गर्ने मात्र होइन, तर तिनीहरूले परमेश्‍वरलाई आलोचना र विश्वासघात गर्ने जस्ता कामहरू समेत गर्न सक्छन्—मानिसहरूलाई हानि गर्नु त तिनीहरूका लागि कान्छी औँलाको खेल हो। तिनीहरूले अरूलाई जति नै हानि गरे पनि यो ठूलो कुरा हो भन्‍ने सोच्दैनन्; तिनीहरूले अरूप्रति कुनै सहानुभूति राख्दैनन् र तिनीहरू भित्रैबाट अत्यन्तै दुर्भावनापूर्ण हुन्छन्। अनि यो ख्रीष्ट-विरोधीले यस जवान बहिनीलाई आगोको कुण्डमा धकेल्दा उसको उद्देश्य के थियो? उसले सुसमाचार प्रचार गर्न र मानिसहरू प्राप्त गर्न यसो गरेन; उसले तिनलाई कष्ट दिनका लागि मात्रै यसो गऱ्यो। तिनीहरूले कस्तो प्रकारका मानिसहरूलाई यातना दिन्छन्? यदि यो तिनीहरूको आज्ञा पालना गर्ने र भनेको मान्‍ने व्यक्ति हो भने, के तिनीहरूले उसलाई सास्ती दिनेछन्? अहँ, दिनेछैनन्। त्यसोभए किन त्यस बहिनीलाई त्यस्तो व्यवहार गरियो? (किनभने तिनी तिनीहरूको अघि झुकिनन्।) किनभने तिनी तिनीहरूको अघि झुकिनन्, तिनले तिनीहरूको चापलुसी गर्ने, तिनीहरूले भने अनुसार गर्ने, वा तिनीहरूलाई ठूला-ठालु जस्तो व्यवहार गर्ने गरिनन्, बरु तिनीहरूको तिरस्कार गरिन्, त्यसकारण परिणामस्वरूप तिनलाई यसरी व्यवहार गरियो र हानि गरियो। जब ख्रीष्ट-विरोधीहरूले यसरी मानिसहरूलाई हानि गर्छन्, तब सानो कद भएका र सत्यता नबुझ्ने मानिसहरूले सामान्यतया कस्तो प्रतिक्रिया दिन्छन्? तिनीहरूले मनमनै सोच्छन्: “राज्यका अधिकारीहरू भन्दा स्थानीय अधिकारीहरूसँग नियन्त्रण गर्ने क्षमता बढी हुन्छ। अहिले, हामी यो व्यक्तिको नियन्त्रणमा छौँ, त्यसकारण हामीले उसले भनेको मान्नुपर्छ र उसले हामीलाई जहाँसुकै जान भने पनि जानुपर्छ। अरूले तिनीहरूप्रति जसरी व्यवहार गर्छन्, हामीले पनि तिनीहरूप्रति त्यस्तै व्यवहार गर्नुपर्छ। हामी समूहमा समाहित हुनुपर्छ। हामीले पनि अरूले गरे जस्तै तिनीहरूको चापलुसी गर्नुपर्छ, र हामीले अरूको तुलनामा अझै राम्ररी र बढी ध्यान दिएर त्यसो गर्नुपर्छ। तब मात्रै हामीले यो अगुवालाई हामीलाई आक्रमण गर्नबाट टाढा राख्‍न सक्छौं। यो अगुवाको सेवा गर्न सजिलो छैन—हामीले तिनीसँग निहुँ खोज्नु हुँदैन!” अनि के ख्रीष्ट-विरोधीले हेर्न चाहने परिणाम ठ्याक्कै यही होइन र? (हो।) यसमा, तिनीहरूले आफ्नो उद्देश्य हासिल गरेका हुन्छन्। के यो मानिसहरूलाई दुर्व्यवहार गर्न शैतानले प्रयोग गर्ने विधि जस्तै छैन र? (छ।) यसले के देखाउँछ? यसले तिनीहरूको व्यवहारले शैतानलाई प्रतिनिधित्व गर्छ भन्ने देखाउँछ। तिनीहरू शैतानको माध्यम र प्रतिनिधि बनेका छन्; तिनीहरूले यसको पक्षबाट काम गर्छन्। के त्यसरी कर्तव्य गर्नु कर्तव्यको साँचो निर्वाह हो? के यो परमेश्‍वरको सेवा गर्नु हो? (होइन।) त्यस्ता अगुवाहरू अगुवा भन्‍न लायक हुँदैनन्—तिनीहरू दुष्ट मानिसहरू र शैतानहरू हुन्।

ख्रीष्टविरोधीहरू अगुवा बन्‍ने बित्तिकै, तिनीहरूले गर्ने पहिलो कुरा भनेको मानिसहरूको हृदय जित्ने प्रयास गर्नु, मानिसहरूलाई तिनीहरूको विश्‍वास गर्ने, भरोसा गर्ने, र सहयोग गर्ने तुल्याउनु हो। जब तिनीहरूको हैसियत सुरक्षित हुन्छ, तब तिनीहरू असामान्य बन्‍न थाल्छन्। आफ्नो हैसियत र शक्तिको रक्षा गर्न, तिनीहरूले विरोधीहरूलाई आक्रमण गर्न र बहिष्कार गर्न थाल्छन्। विरोधीहरूप्रति—विशेष गरी सत्यतालाई पछ्याउने मानिसहरूप्रति—तिनीहरूलाई दमन गर्न र आक्रमण गर्न, सास्ती दिनका लागि, स्थिर, सटीक र निर्मम विधिहरू प्रयोग गर्दै, तिनीहरूले जेसुकै प्रयास गर्नेछन्। आफ्नो हैसियतलाई खतरामा पार्ने जोकोहीलाई तिनीहरूले नीच तुल्याएपछि र अपमानित गरेपछि मात्रै तिनीहरूलाई सहज महसुस हुन्छ। हरेक ख्रीष्टविरोधी यस्तै हुन्छ। मानिसहरूको मन जित्न र तिनीहरूलाई दमन गर्नका लागि यी असङ्ख्य युक्तिहरू प्रयोग गर्नुको पछाडि तिनीहरूको उद्देश्य के हो? तिनीहरूको उद्देश्य शक्ति प्राप्त गर्नु, आफ्नो हैसियतलाई दह्रिलो बनाउनु, मानिसहरूलाई बहकाउनु र नियन्त्रण गर्नु हो। तिनीहरूको अभिप्राय र मनसायले के प्रतिनिधित्व गर्छन्? तिनीहरू आफ्नै, स्वतन्त्र राज्य स्थापना गर्न चाहन्छन्, र परमेश्‍वरको विरुद्धमा खडा हुन चाहन्छन्। यस्तो सार त भ्रष्ट स्वभावभन्दा पनि गम्भीर हुन्छ: शैतानका उन्मत्त महत्त्वाकाङ्क्षा र धोकेबाज युक्तिहरू पूर्ण रूपमा खुलासा भएका हुन्छन्। यो भ्रष्ट स्वभाव प्रकट गर्ने समस्या मात्रै होइन। उदाहरणका लागि, जब मानिसहरू अलिक अहङ्कारी र आत्म-धर्मी हुन्छन्, वा कहिलेकहीँ अलिक छली र झूटा हुन्छन्, तब यी कुराहरू भ्रष्ट स्वभावका प्रकटीकरण मात्रै हुन्। यस बीच, ख्रीष्टविरोधीहरूले गर्ने सबै कुरा मानिसहरूको हृदय जित्न, विरोधीहरूलाई आक्रमण गर्न र बहिष्कार गर्न, तिनीहरूको हैसियतलाई दह्रिलो बनाउन, शक्ति कब्जा गर्न, र मानिसहरूलाई नियन्त्रण गर्नका लागि हुन्छ। यी कार्यहरूको प्रकृति के हो? के तिनीहरूले सत्यता अभ्यास गरिरहेका हुन्छन्? के तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरका वचनहरूमा प्रवेश गर्न र परमेश्‍वरको अघि आउन अगुवाइ गरिरहेका हुन्छन्? (हुँदैनन्।) त्यसोभए तिनीहरूले के गरिरहेका हुन्छन्? तिनीहरूले परमेश्‍वरसँग उहाँको चुनिएका मानिसहरूका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्, मानिसहरूको हृदयका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्, र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास गरिरहेका हुन्छन्। मानिसहरूको हृदयमा कसका लागि स्थान हुनुपर्छ? परमेश्‍वरका लागि स्थान हुनुपर्छ। तर ख्रीष्टविरोधीहरूले गर्ने सबै कुरा यसको ठीक विपरीत हुन्छ। तिनीहरूले मानिसहरूको हृदयमा परमेश्‍वर वा सत्यतालाई स्थान लिन दिँदैनन्; बरु, तिनीहरूले मानिस, अर्थात् अगुवाका रूपमा रहेको आफूलाई, र शैतानलाई मानिसहरूको हृदयमा स्थान लिन दिन चाहन्छन्। तिनीहरूले कसैको हृदयमा तिनीहरूको स्थान छैन, यो व्यक्तिले तिनीहरूसँग अगुवाका रूपमा व्यवहार गर्दैन भन्‍ने पत्ता लगाउने बित्तिकै, तिनीहरू अत्यन्तै असन्तुष्ट हुन्छन्, र सायद तिनीहरूले उनीहरूलाई दमन गर्ने र सास्ती दिने प्रयास गर्ने गर्छन्। ख्रीष्टविरोधीहरूले गर्ने र भन्‍ने सबै कुरा तिनीहरूको हैसियत र प्रतिष्ठाको वरिपरि घुम्छ, र मानिसहरूलाई तिनीहरूलाई उच्च मान्ने लगाउन, तिनीहरूको डाहा गर्न र आराधना गर्न लगाउनका लागि हुन्छ—यहाँसम्म कि मानिसहरूलाई तिनीहरूदेखि डर मान्ने लगाउनका लागि पनि हुन्छ। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई तिनीहरूसँग परमेश्‍वरसँग जस्तै व्यवहार गर्न लगाउन चाहन्छन्, र सोच्छन्, “म जुनसुकै मण्डलीमा भए पनि, मानिसहरूले मेरो कुरा सुन्नुपर्छ, तिनीहरूले मबाट आफ्नो सुझाव लिनुपर्छ। जोसुकैले जुनसुकै समस्याको बारेमा माथिलाई रिपोर्ट गरे पनि, यो कुरा मबाट भएर नै जानुपर्छ, तिनीहरूसँग मकहाँ आएर मात्रै रिपोर्ट गर्ने अनुमति छ, माथिलाई सीधै रिपोर्ट गर्न पाइँदैन। यदि कसैले मलाई ‘नाइँ’ भन्छ भने, म उसलाई दण्ड दिनेछु, ताकि मलाई देख्‍ने सबैले आफ्नो हृदयमा डर, हैरानी, र कम्पन अनुभव गरून्। यति मात्र होइन, यदि मैले आदेश दिएँ वा कुनै कुरालाई जोड दिएँ भने, कसैले पनि असहमत हुने आँट गर्नु हुँदैन; मैले जे भने पनि, मानिसहरू त्यसअनुरूप हुनुपर्छ। तिनीहरूले मेरो कुरा पूर्ण रूपमा सुन्‍नुपर्छ, सबै कुरामा मेरो पालन गर्नुपर्छ, र हैकम चलाउने व्यक्ति म नै हुनुपर्छ।” ख्रीष्टविरोधीहरूले बोल्ने शैली ठीक यस्तै हुन्छ, यो ख्रीष्टविरोधीहरूको आवाज हो, ख्रीष्टविरोधीहरूले मण्डलीमाथि प्रभुत्व जमाउने प्रयास यसरी नै गर्छन्। यदि परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूले भनेको कुरा मान्छन् र तिनीहरूको पालना गर्छन् भने, के त्यस्ता मण्डलीहरू ख्रीष्टविरोधीहरूका राज्यहरू बन्दैनन् र? तिनीहरू भन्छन्, “माथिले जारी गरेका कामका प्रबन्धहरूलाई मैले नै जाँच गर्नुपर्छ, मैले तिमीहरूका लागि जिम्मेवारी लिनुपर्छ, सही र गलतलाई विश्लेषण गर्ने व्यक्ति म नै हुनुपर्छ, परिणाम निर्णय गर्ने म नै हुनुपर्छ। तिमीहरूको कद पर्‍याप्त छैन, र तिमीहरू पर्याप्त रूपमा योग्य छैनौ। म मण्डलीको अगुवा हुँ र सबै कुरा ममा निर्भर हुन्छ।” के यी कुराहरू बोल्ने मानिसहरू अत्यन्तै दम्भी हुँदैनन् र? तिनीहरू साँच्‍चै नै यति अहङ्कारी हुन्छन् कि तिनीहरूमा कुनै समझ नै हुँदैन! के तिनीहरूले आफ्नै, स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास गरिरहेका हुँदैनन् र? कस्तो प्रकारका मानिसहरूले आफ्नै राज्य निर्माण गर्ने प्रयास गर्ने सम्भावना हुन्छ? के तिनीहरू वास्तविक ख्रीष्टविरोधीहरू होइनन् र? के ख्रीष्टविरोधीहरूले भन्‍ने र गर्ने सबै कुरा आफ्नो हैसियतको सुरक्षा गर्नका लागि हुँदैन र? के तिनीहरूले मानिसहरूलाई बहकाउने र नियन्त्रण गर्ने प्रयास गरिरहेका हुँदैनन् र? तिनीहरूलाई किन ख्रीष्टविरोधी भनिन्छ? “विरोधी” को अर्थ के हो? यसको अर्थ विपरीतता र घृणा हो। यसको अर्थ ख्रीष्टप्रतिको शत्रुता, सत्यताप्रतिको शत्रुता, र परमेश्‍वरप्रतिको शत्रुता हो। “शत्रुता” को अर्थ के हो? यसको अर्थ विपरीत पक्षमा उभिनु, तँलाई शत्रुका रूपमा व्यवहार गर्नु, मानौँ ऊ ठूलो र गहन घृणाले भरिएको छ; यसको अर्थ तँप्रति पूर्ण विरोधी हुनु हो। ख्रीष्टविरोधीहरूले परमेश्‍वरलाई यस्तो मानसिकताले व्यवहार गर्छन्। परमेश्‍वरलाई घृणा गर्ने यस्ता मानिसहरूमा सत्यताप्रति कस्तो मनोवृत्ति हुन्छ? के तिनीहरू सत्यतालाई प्रेम गर्न सक्छन्? के तिनीहरू सत्यतालाई स्वीकार गर्न सक्छन्? अवश्य नै सक्दैनन्। त्यसकारण, परमेश्‍वरको विरोधमा खडा हुने मानिसहरू सत्यतालाई घृणा गर्ने मानिसहरू हुन्। तिनीहरूमा देखा पर्ने पहिलो कुरा भनेको सत्यताप्रतिको वितृष्णा र सत्यताप्रतिको घृणा हो। तिनीहरूले सत्यता वा परमेश्‍वरका वचनहरू सुन्‍ने बित्तिकै, तिनीहरूको हृदयमा घृणा पैदा हुन्छ, र जब कसैले तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउँछ, तब मानिसहरूले सुसमाचार प्रचार गर्दा परमेश्‍वरका वचनहरू पिशाचलाई पढेर सुनाएको जस्तै गरी, तिनीहरूको अनुहारमा रिस र क्रोधको अभिव्यक्ति देखा पर्छ। सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने मानिसहरूले हृदयमा परमेश्‍वरका वचनहरू र सत्यताप्रति अत्यन्तै वितृष्णा महसुस गर्छन्, तिनीहरूमा प्रतिरोधको मनोवृत्ति हुन्छ, र तिनीहरू, तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउने वा सत्यता सङ्गति गर्ने जोकोहीलाई घृणा गर्ने हदसम्म समेत पुग्छन्, अनि तिनीहरूले त्यो व्यक्तिलाई शत्रुका रूपमा समेत लिन्छन्। तिनीहरूमा विभिन्‍न सत्यताहरूप्रति, र सकारात्मक कुराहरूप्रति चरम वितृष्णा हुन्छ। परमेश्‍वरमा समर्पित हुने बफादारीसाथ आफ्नो कर्तव्य पूरा गर्ने, इमानदार व्यक्ति बन्‍ने, सबै कुरामा सत्यता खोज्ने, आदि जस्ता सबै सत्यताहरूमा—के तिनीहरूमा अलिकति पनि व्यक्तिगत तृष्णा वा प्रेम हुन्छ? हुँदैन, अलिकति पनि हुँदैन। त्यसकारण, तिनीहरूमा यस किसिमको प्रकृति सार भएकोले तिनीहरू पहिले नै परमेश्‍वर र सत्यताको प्रत्यक्ष विरोधमा उभिएका हुन्छन्। अवश्य नै, यस्ता मानिसहरूले भित्री मनमा सत्यतालाई वा कुनै सकारात्मक कुरालाई प्रेम गर्दैनन्, भित्री मनमा, तिनीहरूलाई सत्यताप्रति वितृष्णा हुन्छ र तिनीहरूले यसलाई घृणा समेत गर्छन्। उदाहरणका लागि, नेतृत्वको पदमा बस्ने मानिसहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका फरक-फरक विचारहरूलाई स्वीकार गर्न सक्नुपर्छ, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको अघि खुलस्त कुरा गर्न र आफूलाई उदाङ्गो पार्न सक्नुपर्छ, र तिनीहरूको निन्दालाई स्वीकार गर्नुपर्छ, र तिनीहरूले आफ्‍नो हैसियतलाई जोड दिनु हुँदैन। अभ्यास गर्ने यी सबै सही तरिकाहरूको बारेमा ख्रीष्टविरोधीले के भन्नेथियो? उसले यसो भन्‍नेथियो, “यदि मैले दाजुभाइ-दिदीबहिनीहरूका रायहरू सुनेँ भने, के म अझै पनि अगुवा नै रहनेथिएँ? के मसँग अझै पनि हैसियत र इज्जत हुनेथियो? यदि मेरो कुनै इज्जत हुँदैन भने मैले के नै काम गर्न सक्छु?” ख्रीष्टविरोधीसँग ठीक यस्तै प्रकारको स्वभाव हुन्छ; तिनीहरूले सत्यतालाई सबैभन्दा सानो रूपमा समेत स्वीकार गर्दैनन्, र अभ्यास गर्ने तरिका जति सही हुन्छ, तिनीहरूले उति नै बढी त्यसको प्रतिरोध गर्छन्। सिद्धान्त अनुसार काम गर्नु भनेको सत्यता अभ्यास गर्नु हो भन्‍ने कुरालाई तिनीहरूले स्वीकार गर्दैनन्। तिनीहरूलाई सत्यता अभ्यास गर्नु भनेको के हो भन्ने लाग्छ? तिनीहरूले परमेश्‍वरका वचनहरू, सत्यता, र प्रेममा भर पर्नुको सट्टा सबैसँग षड्यन्त्र, चलाकी, र हिंसाको प्रयोग गर्नुपर्छ भन्‍ने सोच्छन्। तिनीहरूको हरेक माध्यम र मार्ग दुष्ट हुन्छ। यो सबैले ख्रीष्टविरोधीहरूको प्रकृति सारलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्छ। तिनीहरूले प्रायजसो प्रकट गर्ने मनसाय, राय, दृष्टिकोण, र अभिप्रायहरू सबै सत्यताप्रतिको वितृष्णा र घृणाको स्वभाव हुन्, जुन ख्रीष्टविरोधीहरूको प्रकृति सार हो। त्यसोभए, सत्यता र परमेश्‍वरको विरुद्धमा खडा हुनु भनेको के हो? यसको अर्थ सत्यता र सकारात्मक कुराहरूलाई घृणा गर्नु हो। उदाहरणका लागि, जब कसैले “सृजित प्राणीका रूपमा, व्यक्तिले सृजित प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। परमेश्‍वरले जे भन्‍नुभए पनि, मानिसहरू समर्पित हुनुपर्छ, किनभने हामी सृजित प्राणीहरू हौँ” भनेर भन्छ, तब ख्रीष्टविरोधीले के सोच्छन्? “समर्पित हुने? म सृजित प्राणी हुँ भन्‍ने कुरा गलत होइन, तर जब समर्पित हुने कुरा आउँछ, तब त्यो कुरा परिस्थितिमा भर पर्छ। सर्वप्रथम, त्यसमा मेरा लागि केही फाइदा हुनुपर्छ, मलाई बेफाइदा हुनु हुँदैन, र मेरा हितहरू सुरुमा आउनुपर्छ। यदि इनाम वा महान् आशिष्‌हरू प्राप्त हुन्छन् भने, म समर्पित हुन सक्छु, तर इनाम र गन्तव्यविना, किन समर्पित हुने? म समर्पित हुन सक्दिनँ।” यो सत्यतालाई स्वीकार नगर्ने मनोवृत्ति हो। परमेश्‍वरप्रतिको तिनीहरूको समर्पणता ससर्त हुन्छ, र यदि तिनीहरूको सर्तहरू पूरा गरिएनन् भने, तिनीहरू समर्पित नहुने मात्र होइन, तर तिनीहरूले परमेश्‍वरको विरुद्धमा लड्ने र प्रतिरोध गर्ने सम्भावना पनि हुन्छ। उदाहरणका लागि, परमेश्‍वरले मानिसहरूलाई इमानदार बन्‍न लगाउनुहुन्छ, तर यी ख्रीष्टविरोधीहरू मूर्खहरूले मात्रै इमानदार बन्‍ने प्रयास गर्छन्, र चलाख मानिसहरूले इमानदार बन्‍ने प्रयास गर्दैनन् भन्‍ने विश्‍वास गर्छन्। त्यस्तो मनोवृत्तिको सार के हो? त्यो सत्यताप्रतिको घृणा हो। ख्रीष्टविरोधीहरूको सार यस्तै हुन्छ, र तिनीहरूको सारले तिनीहरू कुन मार्ग हिँड्छन् भन्‍ने कुरा निर्धारित गर्छ, र तिनीहरूले हिँड्ने मार्गले तिनीहरूले गर्ने सबै कुरालाई निर्धारित गर्छ। जब ख्रीष्टविरोधीहरूमा सत्यता र परमेश्‍वरलाई घृणा गर्ने प्रकृति सार हुन्छ, तब तिनीहरूले कस्तो प्रकारका कुराहरू गर्न सक्छन्? तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्ने, विरोधीहरूलाई आक्रमण र बहिष्कार गर्ने, र मानिसहरूलाई सास्ती दिने सम्भावना हुन्छ। यी कुराहरू गर्ने क्रममा तिनीहरूले हासिल गर्न खोजेको उद्देश्य भनेको शक्ति वहन गर्नु, परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्नु, र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्नु हो। यसमा कुनै शङ्का छैन। हैसियत पाएपछि, परमेश्‍वरमा पूर्ण समर्पित हुन नसक्‍ने, र परमेश्‍वरलाई पछ्याउन वा सत्यता पछ्याउन नसक्‍ने कुनै पनि व्यक्ति ख्रीष्टविरोधी हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्