विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन् (खण्ड तीन)

चौथो विषयवस्तु, अर्थात् आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु ख्रीष्टविरोधीहरूको एकनासे तौरतरिका हो। तिमीहरू ख्रीष्टविरोधीहरूले आफूलाई उच्च पार्न र आफूबारे गवाही दिन प्रयोग गर्ने प्रस्ट माध्यम, तरिका, र विधिहरू खुट्ट्याउन सक्छौ, तर के तिमीहरू बढी गुप्त व्यवहार र प्रकटीकरणहरू खुट्ट्याउन सक्छौ त? आफूलाई उच्च पार्न र आफूबारे गवाही दिन बोली प्रयोग गर्नेजस्ता प्रस्ट कुराहरूको सवालमा तिमीहरूले यी कुराहरू प्रकट गर्छौ, अरूले पनि यी कुराहरू प्रकट गरेको देखेका छौ, र तिमीहरूले तिनीहरूलाई खुट्ट्याउन सक्छौ। तर कुनै बोली प्रयोग गरिएन र व्यवहारसम्बन्धी प्रकटीकरणहरू मात्र भए भने, के तिमीहरू अझै पनि तिनीहरूलाई खुट्ट्याउन सक्छौ? यो भन्‍न सकिन्छ कि अधिकांश मानिसहरूले खुट्ट्याउन सक्दै सक्दैनन्। त्यसोभए, ख्रीष्टविरोधीहरूले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने व्यवहारका विशेषताहरू के-के हुन्? तिनीहरूको व्यवहार निश्‍चय नै मान्छेका धारणा, कल्पना, नैतिकता, विवेक, र भावनाहरूसँग मेल खान्छन्। अरू के? (यसले मानिसहरूको अनुमोदन र आराधना बटुल्छ।) यसले अनुमोदन र आराधना बटुल्छ; यसले पैदा गर्ने परिणाम नै यही हो। यदि हामीले यसलाई परिणामको दृष्टिकोणबाट हेर्ने हो भने, यो व्यवहारमा बहकाउने गुण हुन्छ। यो कार्यको प्रकृतिको दृष्टिकोणबाट हेर्दा, यो निकै उद्देश्यपूर्ण हुन्छ। उदाहरणको लागि, यदि कुनै व्यक्ति बिरामी भयो भने र उसले मानिसहरूलाई बहकाउन र आफूलाई राम्रो सोच्ने तुल्याउन चाहन्छ भने, उसले मानिसहरूको अगाडि आफ्नो औषधि खानेछ कि आसपास कोही पनि नभएको बेलामा? (मानिसहरूको अगाडि।) के यसको पछाडि कुनै मनसाय छैन र? यसको अर्थ ऊ निकै उद्देश्यपूर्ण भइरहेको छ भन्‍ने हो। उसले यसरी औषधि खानुको उद्देश्य के हो? उसले यसो गरेर आफैँ श्रेय लिन चाहन्छ, र तँलाई यसो भन्छ: “हेर, म आफ्नो कर्तव्य निर्वाह गरेर यति थाकेको छु कि म बिरामी नै परेको छु, तापनि मैले गुनासो गरेको वा एक थोपा आँसु झारेको छैन। मैले आफ्नो बिमारको उपचार गरिरहेको छु, तर औषधि लिँदै गर्दा पनि म आफ्नो कर्तव्य निर्वाहमा लागिरहन्छु।” वास्तवमा, यस्ताहरूले कर्तव्य निर्वाह गर्दै थकित भएर वा परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि नै यो रोग लागेको हो भन्‍ने हुँदैन। तिनीहरूले मानिसहरूमाझ एउटा सन्देश प्रवाह गर्नका लागि मात्र हरप्रकारका व्यवहार प्रयोग गर्ने प्रयास गरिरहेका हुन्छन्, र त्यो सन्देश के हो भने, तिनीहरूले कष्ट भोगिरहेका र मूल्य चुकाइरहेका छन्, तिनीहरूले यो वातावरणमा धेरै कष्ट भोगेका छन् तर एकपटक पनि गुनासो गरेका छैनन्, र अझै पनि सक्रिय रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्, र तिनीहरूमा कष्ट भोग्ने सङ्कल्प छ। यसले मानिसहरूलाई अप्रत्यक्ष रूपमा के भनिरहेको छ? यो कि परमेश्‍वरप्रतिको तिनीहरूको बफादारिता निस्सन्देह छ। तिनीहरूले व्यक्त गर्न खोजेको कुरा के हो भने, तिनीहरू बफादार र मूल्य चुकाउन इच्छुक छन्। के यो गोप्य रूपमा आफूलाई उच्च पार्नु होइन र? यदि तिनीहरूमा समझ भएको भए, तिनीहरूले यो मामिला उठाउनेथिएनन्, तिनीहरूले आसपास कोही नभएको बेला परमेश्‍वरलाई प्रार्थना गर्नेथिए, आफ्नो अठोट व्यक्त गर्नेथिए, र आफूलाई जान्‍ने प्रयास गर्नेथिए वा सामान्य रूपमा आफ्नो औषधि खानेथिए। छोटकरीमा भन्‍नुपर्दा, तिनीहरूले मानिसहरूलाई आफूले कष्ट भोगिरहेको छु, बफादारीपूर्वक कर्तव्य निर्वाह गरिरहेको छु, र आफूले इनाम पाउनुपर्छ भनेर भन्‍नको लागि ती बाहिरी व्यवहारहरू प्रयोग गर्नेथिएनन्। तिनीहरूले यी अभिप्रायहरू राख्नेथिएनन्। तर यदि तिनीहरूले निकै देखावटी व्यवहार गरे भने, र आफूबारे मानिसहरूले राम्रो सोचून् र आफूलाई प्रशंसा गरून् भन्‍ने चाहना राखे भने, त्यो पनि निकै उद्देश्यपूर्ण हुन्छ। अनि तिनीहरूको उद्देश्य के हो? त्यो तिनीहरूले मानिसहरूलाई प्रवाह गर्ने सन्देशमार्फत आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने परिणाम हासिल गर्नु हो। यदि तिनीहरू बफादार छन् भने परमेश्‍वरले त्यो थाहा पाउनुहुनेछ, त्यसैले तिनीहरूले किन अरू मानिसहरूलाई यसको धाक देखाउनु र सबैलाई यसबारे जान्‍ने तुल्याउनुपर्छ र? तिनीहरूले सबैलाई यसबारे जान्‍ने तुल्याउनुको उद्देश्य के हो? यसको उद्देश्य मानिसहरूलाई तिनीहरूबारे उच्च सोच्ने तुल्याउनु हो। यदि तिनीहरूले यो उद्देश्य नराखेको भए, तिनीहरूले बिनाकुनै अभिप्राय कार्य गर्नेथिए, र अरूले तिनीहरूले यी काम गरेको देख्नेथिएनन्। यदि तिनीहरू निकै उद्देश्यपूर्ण हुन्छन् भने, तिनीहरूले आफ्ना कार्यको परिमाण मापन गर्नेछन्, र समय र स्थानबारे बन्दोबस्त गर्न आफ्नो दिमाग लगाउनेछन्, सबैजना वरपर भएपछि मात्र कसैलाई आफ्नो औषधि ल्याउन लगाउनेछन्, र तामझामसाथ सार्वजनिक रूपमै त्यो कुरा खोल्नेछन्। यसमा निकै स्पष्ट उद्देश्य छ। यदि तिनीहरूसँग यो उद्देश्य नभएको भए, तिनीहरूले आफ्नो औषधि खान छेउछाउमा कोही नहुन्जेल पर्खिनेथिए। तेरो कष्ट भोग्ने र मूल्य चुकाउने इच्छा परमेश्‍वरसँगको तेरो सम्बन्धसँग सम्बन्धित छ; तैँले त्यसलाई प्रस्ट पार्नु वा अरूलाई बताउनु आवश्यक छैन। यदि तैँले अरूलाई त्यसबारे स्पष्ट पारिस् भने, तिनीहरूले तँलाई के दिन सक्नेछन्? तिनीहरूको सहानुभूति र प्रशंसा पाउनुबाहेक, के तैँले तिनीहरूबाट पाउन सक्ने अरू केही छ र? अहँ, केही पनि छैन। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा केही कष्ट भोग्दा र कुनै मूल्य चुकाउँदा, एक हिसाबले यी तैँले गर्नुपर्ने कुराहरू हुन् र तँ यी कुराहरू गर्न इच्छुक छस्, र तैँले आफ्नै कर्तव्य निर्वाह गरिरहेको छस्। अर्को हिसाबले, यी तैँले एउटा सृजित प्राणीको नाताले सृष्टिकर्ताप्रति देखाउनुपर्ने प्रकटीकरणहरू हुन्, त्यसैले तैँले किन तिनलाई प्रचार गर्नुपर्छ र? जब तैँले तिनलाई प्रचार गर्छस्, ती घिनलाग्दो बन्छन्; त्यस्तो व्यवहारको प्रकृति कस्तो बन्छ? त्यो आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु र अरूलाई बहकाउनु बन्छ—प्रकृति बदलिन्छ। उदाहरणको लागि, कति मानिसहरूले सधैँ अरूसामु आफ्नो टाउको कन्याउँछन्, र कसैले तिनीहरूलाई यसबारे सोध्दा यसो भन्छन्: “मैले दस दिनभन्दा बेसीदेखि कपाल धोएको छैन—मैले एकपछि अर्को गर्दै सम्भावित सुसमाचार ग्रहणकर्ताहरूसँग भेट्दै आइरहेको छु। एकदिन मैले कपाल धुन समय निकाल्ने प्रयास गरेँ, तर एक सम्भावित सुसमाचार ग्रहणकर्ता अनुसन्धान गर्न आइपुगे र म उठेर हिँड्नै सकिनँ।” वास्तवमा तिनीहरूले मानिसहरूलाई आफू कर्तव्य निर्वाह गर्नमा निकै व्यस्त रहेको देखाउन जानीजानी कपाल नधोएका हुन्। यसलाई नाटक देखाउनु भनिन्छ। तिनीहरूले नाटक देखाउनुको उद्देश्य के हुन्छ? यसको उद्देश्य मानिसहरूलाई आफूबारे उच्च सोच्ने तुल्याउनु हुन्छ, र यो व्यवहारको प्रकृति भनेको आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु हो। तिनीहरूले यस्तो सानो मामिलालाई समेत त्यत्तिकै छोड्दैनन्, तिललाई पहाड बनाउन चाहन्छन्, र यसलाई आफ्नो प्रदर्शन गर्न, आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न, मानिसहरूलाई आफूबारे उच्च सोच्ने र आफूलाई आराधना गर्ने तुल्याउने उद्देश्य पूरा गर्न प्रयोग गर्न मिल्ने एक खालको मूल्यवान्‌ संसाधनमा परिणत गर्छन्। के यो लाजमर्दो कुरा होइन र? यो लाजमर्दो र घिनलाग्दो कुरा हो। यी सब कुराहरू कहाँबाट आउँछन्? यी शैतानको भ्रष्ट स्वभावबाट आउँछन्, जसभित्र ढोँग, छलीपन, दुष्टता, र महत्त्वाकाङ्क्षा हुन्छन्। यस्ता मानिसहरूले लगातार आफ्नो छवि, हैसियत, र प्रतिष्ठाबारे सोचिरहेका हुन्छन्। तिनीहरूले कुनै कुरालाई पनि खेर जान दिँदैनन्, तिनीहरू सधैँ ती कुराहरूलाई मानिसहरूलाई आफूबारे उच्च सोच्ने र आफूलाई आराधना गर्ने तुल्याउन प्रयोग गर्न मिल्ने पूँजी र संसाधनमा परिणत गर्ने उपायहरू खोजिरहेका हुन्छन्। अन्त्यमा आफ्नो उद्देश्य पूरा गरेपछि तिनीहरू त्यसबारे वास्ता नै नगर्नेजस्तो व्यवहार गर्छन्। यो पनि एकप्रकारको छद्मभेष हो, र भित्रभित्रै तिनीहरू गोप्य रूपमा उत्सव मनाइरहेका र आफूदेखि सन्तुष्ट भइरहेका हुन्छन्। के यो झनै घिनलाग्दो कुरा होइन र? तिनीहरूसँग पहिल्यै निकै उच्च हैसियत हुन्छ, सबैले तिनीहरूलाई सम्मान गर्छन्, आदरको नजरले हेर्छन्, तिनीहरूको आज्ञा मान्छन्, र तिनीहरूलाई पछ्याउँछन् भन्‍ने कुरा स्पष्ट छ, तर बाहिरबाहिर तिनीहरू अझै पनि हैसियत मन नपराउनेजस्तो नाटक गर्छन्। यो त झनै पाखण्डी कुरा हो। अन्त्यमा सबैजना तिनीहरूको बहकाउमा पर्छन्, र तिनीहरू विनाकुनै महत्त्वाकाङ्क्षा जन्मेका र कर्मशील मानिसहरू हुन् भनेर भन्छन्। वास्तवमा एउटा सानो परीक्षाले नै यसलाई खुलासा गर्न सक्छ: यदि तिनीहरूबाट तिनीहरूको हैसियत खोसियो भने, तिनीहरूले तुरुन्तै आफ्नो कर्तव्य निर्वाह गर्न छोड्नेछन्। यो झट्टै हुनेछ; एउटा सानो कुराले नै तिनीहरूका महत्त्वाकाङ्क्षाहरू खुलासा गर्नेछ। शैतानको भ्रष्ट स्वभावले मानिसहरूमा ल्याउने व्यवहार र तौरतरिकाहरू, साथै मानिसहरूका विभिन्‍न कुरूप स्थितिहरू यिनै हुन्। यी प्रकटीकरणहरूबाट देख्न सकिन्छ कि मानिसहरूले हैसियत मन पराउँछन् र अरूको हृदयमा ठाउँ ओगट्न चाहन्छन्। तिनीहरू अरूको हृदय ओगट्न, अरूको मन जित्न, अरूलाई आफूलाई आराधना गर्ने, सम्मानको नजरले हेर्ने, र पछ्याउने तुल्याउन, र त्यसरी अरू मानिसहरूको हृदयमा परमेश्‍वरको ठाउँ प्रतिस्थापित गर्न चाहन्छन्। हरेक व्यक्तिले जन्मेदेखि नै राख्ने चाहना यही हो। अनि यसले के प्रमाणित गर्छ? यो कि, मानिसहरूको जीवनमा तिनीहरूलाई नियन्त्रण गर्ने कुरा भनेको शैतानको स्वभाव हो। भ्रष्ट मानवजातिमाझ हैसियत मन नपराउने एक जना पनि हुँदैन—मूर्खहरूसमेत अधिकारी बन्‍न चाहन्छन्, र मन्द बुद्धिवालहरूसमेत अरूलाई व्यवस्थापन गर्न चाहन्छन्। सबैले हैसियत मन पराउँछन्, र सबैले हैसियतकै खातिर काम गर्छन्, र हैसियतकै लागि परमेश्‍वरसँग होड गर्छन्। सबैसँग यस्तो खालको व्यवहार र तौरतरिका, साथै यस्तो खालको स्वभाव हुन्छन्। त्यसैले जब हामी ख्रीष्टविरोधीहरूले आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनुको खुलासा गरिरहेका हुन्छौँ, हामीले हरव्यक्तिका भ्रष्ट स्वभावहरू पनि खुलासा गरिरहेका हुन्छौँ। यो खुलासा गर्नुको उद्देश्य के हो? यो उद्देश्य आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने यी व्यवहार र प्रकटीकरणहरू सामान्य मानवतामा हुनुपर्ने कुरा होइनन्, बरु भ्रष्ट स्वभावहरूका प्रकटीकरण, अनि नकारात्मक, घृणास्पद हुन् भनेर मानिसहरूलाई बुझाउनु हो। आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तेरा विधिहरू जतिसुकै चतुर भए पनि, अनि तेरा कार्यहरू जतिसुकै गोप्य भए पनि, यीमध्ये कुनै पनि कुरा सामान्य मानवतामा हुनुपर्ने कुरा होइनन्, र यी सबलाई परमेश्‍वरले घृणा, निन्दा, धिक्‍कार गर्नुहुन्छ। त्यसकारण मानिसहरूले यी सब तौरतरिका पन्छाउनुपर्छ। आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु भनेको परमेश्‍वरले मानिसहरूको लागि सिर्जना गर्नुभएको अन्तर्निहित प्रवृत्ति होइन—बरु यो त शैतानको भ्रष्ट स्वभावका ठेट प्रकटीकरणहरूमध्येको एक हो, र त्योभन्दा पनि बढी, यो त शैतानको भ्रष्ट सारका सबैभन्दा ठेट र विशिष्ट स्वभाव र तौरतरिकामध्येको एक हो।

के आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने विविध प्रकटीकरणहरू, चाहे बोल्ने र कार्य गर्ने स्पष्ट वा अलिक गुप्त तरिका जेसुकै भए पनि, तिनलाई बुझ्ने सम्बन्धमा केही विशिष्ट उदाहरणहरूबारे सङ्गति गर्नु तिमीहरूको लागि मद्दतगार हुन्छ? (हो, मद्दतगार हुन्छ।) यसले केमा मद्दत गर्छ? यसले मानिसहरूलाई आफू र अरूलाई खुट्ट्याउन मद्दत गर्छ। मैले कुरा गरिरहेका ती स्थिति, प्रकाश, र प्रकटीकरणहरू तिमीहरूले प्रायः प्रदर्शन गरिरहने कुराहरू हुन्, र तिमीहरूले ती कुराहरूसँग आफ्नो स्थिति दाँज्नुपर्छ, र आफू ठ्याक्कै के हो भनेर बुझ्नुपर्छ, बाँच्नको लागि आफू निर्भर हुने र भर पर्ने जीवन ठ्याक्कै के हो, यो जीवनभित्र ठ्याक्कै के छ, र यी स्वभावहरूले मानिसहरूलाई ठ्याक्कै के गर्ने, र के जिउने तुल्याउँछन् भनेर बुझ्नुपर्छ। यी खास व्यवहार, प्रकटीकरण, तौरतरिका, र स्वभावहरू बुझेर मानिसहरूले बिस्तारै आफूलाई चिरफार गर्न र आफूलाई, आफ्नो सार, र परमेश्‍वरविरुद्ध रहेको आफ्नो प्रकृति बुझ्न, र त्यसरी यी तौरतरिकाहरू त्याग्न, परमेश्‍वरसामु आउन र साँचो रूपमा आफूलाई फनक्क फर्काउन, र सत्यताअनुरूप अभ्यास गर्न र त्यसमा जिउन सक्छन्। कति मानिसहरूले यसो भन्छन्: “आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु सत्यतासँग मेल नखाने, अनि शैतान र ख्रीष्टविरोधीहरूको तौरतरिका भएकोले, यदि मैले केही बोलिनँ वा गरिनँ भने, के त्यसको अर्थ मैले आफूलाई उच्च पारिरहेको र आफूबारे गवाही दिइरहेको छैन भन्‍ने हुँदैन र?” यो सही होइन। त्यसोभए, कसरी कार्य गर्नुचाहिँ आफूलाई उच्च नपार्नु र आफूबारे गवाही नदिनु हो? यदि तैँले कुनै मामलाको सम्बन्धमा रवाफ देखाउँछस् र आफूबारे गवाही दिन्छस् भने, तैँले केही मानिसहरूलाई तँलाई राम्रो ठान्‍न र तेरो आराधना गर्न लगाउने परिणाम प्राप्त गर्नेछस्। तर यदि तैँले त्यही मामलाका सम्बन्धमा आफूलाई उदाङ्गो पार्छस् र आफ्नो आत्मज्ञान बाँड्छस् भने, यसको प्रकृति फरक हुन्छ। के यो साँचो होइन र? आफ्नो आत्मज्ञानबारे कुरा गर्नका लागि आफूलाई उदाङ्गो पार्नु भनेको सामान्य मानवतामा हुनुपर्ने कुरा हो। यो एउटा सकारात्मक कुरा हो। यदि तँ आफूलाई साँच्चिकै जान्दछस् र आफ्नो स्थितिबारे सही, साँचो र प्रस्ट रूपले बोल्छस् भने; यदि तँ पूर्णतया परमेश्‍वरका वचनहरूमा आधारित ज्ञानबारे बोल्छस् भने; यदि तेरो कुरा सुन्‍नेहरूलाई त्यसबाट शिक्षा र लाभ मिल्छ भने; अनि यदि तँ परमेश्‍वरको कामको गवाही दिन्छस् र उहाँको महिमा गाउँछस् भने, त्यो नै परमेश्‍वरबारे गवाही दिनु हो। यदि, आफूलाई उदाङ्गो पारेर, तैँले आफ्ना सबल पक्षहरू, तैँले कति कष्ट भोगेको छस् र मूल्य तिरेको छस्, अनि आफ्नो गवाहीमा दृढ रहेको छस् भन्‍नेबारे धेरै कुरा गर्छस्, र फलस्वरूप, मानिसहरूले तँलाई राम्रो ठान्छन् र तेरो आराधना गर्छन् भने, यो आफूबारे गवाही दिनु हो। तैँले यी दुई व्यवहारहरूबीचको भिन्‍नता बताउन सक्नुपर्छ। उदाहरणका लागि, परीक्षाहरू सामना गर्दा तँ कति कमजोर र नकारात्मक थिइस्, र प्रार्थना गर्नुका साथै सत्यता खोजेपछि कसरी तैँले अन्ततः परमेश्‍वरको अभिप्राय बुझिस्, आस्था प्राप्त गरिस्, र आफ्नो गवाहीमा दृढ रहिस् भनी व्याख्या गर्नुचाहिँ परमेश्‍वरलाई उच्च पार्नु र उहाँबारे गवाही दिनु हो। यो रवाफ देखाउनु र आफूबारे गवाही दिनु कदापि होइन। त्यसकारण, तँ रवाफ देखाइरहेको र आफूबारे गवाही दिइरहेको छस् कि छैनस् भन्‍ने कुरा प्रमुख रूपमा तँ आफ्ना वास्तविक अनुभवहरूबारे कुरा गरिरहेको छस् कि छैनस्, र तैँले परमेश्‍वरबारे गवाही दिने परिणाम हासिल गर्छस् कि गर्दैनस् भन्‍नेमा भर पर्छ; तैँले आफ्नो अनुभवात्मक गवाहीबारे बोल्दा तेरा अभिप्राय र उद्देश्यहरू के हुन् भन्‍ने कुरा हेर्न पनि जरुरी छ। त्यसो गर्दा तँ कस्तो व्यवहारमा लागिरहेको छस् भनी खुट्ट्याउन सजिलो हुनेछ। तैँले गवाही दिँदा तेरो अभिप्राय सही छ भने, मानिसहरूले तँलाई राम्रो ठानेर तेरो आराधना गरे पनि, त्यो खासै समस्या होइन। यदि तेरो अभिप्राय गलत छ भने, कसैले पनि तँलाई राम्रो नठाने पनि र तेरो आराधना नगरे पनि, त्यो समस्या नै हो—अनि यदि मानिसहरूले तँलाई राम्रो ठान्छन् र तेरो आराधना गर्छन् भने, त्यो झनै समस्या हो। त्यसकारण, कुनै व्यक्तिले आफूलाई उच्च पारिरहेको र आफूबारे गवाही दिइरहेको छ कि छैन भनी निर्धारण गर्न तैँले नतिजाहरू मात्र हेर्न मिल्दैन। तैँले मूल रूपमा उसको अभिप्राय हेर्नैपर्छ; यी दुई व्यवहारहरूबीच भिन्‍नता छुट्ट्याउने सही उपाय अभिप्रायहरूमा आधारित हुन्छ। यदि तैँले यसलाई नतिजाहरूका आधारमा मात्र खुट्ट्याउने कोसिस गर्छस् भने, तैँले असल मानिसहरूलाई झूटो आरोप लगाउने सम्भावना हुनेछ। कतिपय मानिसहरूले अत्यन्तै साँचो गवाही दिन्छन्, र अरू केही मानिसहरूले फलस्वरूप उनीहरूलाई राम्रो मान्छन् र उनीहरूको आराधना गर्छन्—के तैँले ती मानिसहरू आफूबारे गवाही दिइरहेका छन् भन्‍न मिल्छ? अहँ, मिल्दैन। ती मानिसहरूमा समस्या छैन, तिनीहरूले दिने गवाही र गर्ने कर्तव्यले अरूलाई फाइदा गर्छ, र विकृत बुझाइ भएका मूर्ख र अज्ञानी मानिसहरूले मात्र अरू मानिसहरूको आराधना गर्छन्। मानिसहरूले आफूलाई उच्च पारिरहेका र आफूबारे गवाही दिइरहेका छन् कि छैनन् भनी खुट्ट्याउने कडी नै वक्ताको अभिप्रायलाई हेर्नु हो। यदि तेरो भ्रष्टता कसरी प्रकाश भयो, र तँ कसरी बदलिएको छस् भनी सबैलाई देखाउनु, र अरूलाई यसबाट लाभ लिन सक्षम पार्नु नै तेरो अभिप्राय हो भने, तेरा शब्दहरू गम्भीर र साँचो हुन्, र ती तथ्यहरूसँग मिल्दो छन्। यस्ता अभिप्रायहरू सही हुन्, र तैँले रवाफ देखाइरहेको वा आफूबारे गवाही दिइरहेको छैनस्। यदि तेरो अभिप्राय नै तिनीहरूले तँलाई राम्रो मानून् र तेरो आराधना गरून् भन्‍नका लागि तँसित वास्तविक अनुभवहरू छन्, तँ बदलिएको छस् र तँसित सत्यता वास्तविकता छ भनेर सबैलाई देखाउनु हो भने, यी अभिप्रायहरू गलत छन्। त्यो रवाफ देखाउनु र आफूबारे गवाही दिनु हो। यदि तैँले भन्‍ने गरेको अनुभवात्मक गवाही झूटो, दूषित छ, र त्यसको उद्देश्य मानिसहरूलाई छल्ने, तिनीहरूलाई तेरो साँचो स्थिति हेर्नबाट रोक्ने, र तेरा अभिप्रायहरू, भ्रष्टता, कमजोरी, वा नकारात्मकता अरूसामु खुलासा हुनबाट रोक्ने हो भने, यस्ता शब्दहरू छली र भ्रामक हुन्छन्। यो झूटो गवाही हो, यो परमेश्‍वरलाई झुक्याउनु र परमेश्‍वरलाई बेइज्जत गर्नु हो, र परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्ने कुरा यही हो। यी स्थितिहरूबीच प्रस्ट भिन्‍नताहरू छन्, र ती सबैलाई अभिप्रायका आधारमा खुट्ट्याउन सकिन्छ। यदि तँ अरूलाई खुट्ट्याउन सक्छस् भने, तैँले तिनीहरूको स्थिति छर्लङ्ग देख्न सक्नेछस्, र त्यसपछि तैँले आफूलाई खुट्ट्याउन, र आफ्नो स्थिति छर्लङ्ग देख्न सक्नेछस्।

यी सब प्रवचनहरू सुनिसकेपछि पनि मानिसहरूले पहिलेजसरी नै आफूलाई उच्च पार्न र आफूबारे गवाही दिन जारी राख्छन्। तिमीहरूले त्यस्ता मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ? तिनीहरूलाई खुट्ट्याउनुपर्छ, तिनीहरूको खुलासा गर्नुपर्छ, र तिनीहरूबाट टाढा बस्नुपर्छ। यदि सन्दर्भका रूपमा तिनीहरूका शब्दहरूको कुनै मूल्य छ भने, तैँले ती शब्दहरू ग्रहण गर्न सक्छस्, तर यदि तिनीहरूको कुनै सन्दर्भगत मूल्य छँदै छैन भने, तैँले तिनीहरूलाई त्याग्नुपर्छ र तँ तिनीहरूद्वारा प्रभावित हुनु हुँदैन। यदि ती मानिसहरू अगुवा हुन् भने, तिनीहरूको खुलासा गर्, तिनीहरूलाई रिपोर्ट गर्, तिनीहरूलाई त्याग्, र तिनीहरूको अगुवाइ अस्वीकार गर्। यसो भन्: “तँ सधैँ आफूबारे गवाही दिन्छस् र आफूलाई उच्च पार्छस्, तँ सधैँ हामीलाई चेतनाशून्य बनाउँछस् र नियन्त्रण गर्छस्, र बहकाउँछस्। हामी सबै परमेश्‍वरबाट झनै टाढिएका छौँ, र हाम्रो हृदयमा परमेश्‍वरसमेत हुनुहुन्‍न—यसमा त केवल तँ छस्। अब हामी खडा हुनेछौँ र तँलाई त्याग्नेछौँ।” तिमीहरूले यसरी नै व्यवहार गर्नैपर्छ, तिमीहरूले एकअर्काको सुपरिवेक्षण गर्नैपर्छ, आफ्नो पनि र अरूको पनि सुपरिवेक्षण गर्नैपर्छ। के तिमीहरूले प्रायः अरूको अगाडि आफ्नो टाउको कन्याएका, वा मानिसहरूको पिठ्यूँपछाडि साँच्चै टन्‍नै खाजा खाइरहेर पनि तिनीहरूलाई आफूले धेरै छाक छोडेको छु भनेर भनेका छैनौ? कहिलेकाहीँ वातावरणको कारणले मानिसहरूले काममा व्यस्तता हुनगई एक महिनासम्म ननुहाउनु, वा नुहाउने वा टाउको धुने कामलाई थाती राख्‍नु सामान्य कुरा हो। यी सब सामान्य घटना हुन्, र ती मानिसहरूले चुकाउनुपर्ने मूल्य हुन्। ती ठूला कुरा होइनन्—तिललाई पहाड नबनाओ। यदि कसैले त्यस्ता मामिलालाई ती जत्रा छन्, त्योभन्दा ठूलो बनाउँछ, र जानीजानी अरूसामु टाउको कन्याउँछ र आफूले धेरै दिनसम्म कपाल नधोएको भनेर भन्छ, जानीजानी अरूसामु औषधि खान्छ, वा आफू थकित र निकै खराब शारीरिक अवस्थामा रहेको नाटक गर्छ भने, उसको खुलासा गर्न सबै जना खडा हुनुपर्छ र ऊप्रति अप्रसन्‍नता व्यक्त गर्नुपर्छ। यसरी त्यो निर्लज्ज व्यक्तिलाई रोक्न सकिन्छ। ऊ पाखण्डी भइरहेको छ, उसले अरूले देखून् भनी नाटक देखाइरहेको छ, र अझै पनि मानिसहरूलाई आफ्नो व्यवहार अनुमोदन गर्ने, आफूलाई ईर्ष्या, प्रशंसा, र सराहनाको नजरले हेर्ने तुल्याउने प्रयास गरिरहेको छ। के उसले मानिसहरूलाई छल गरिरहेको छैन र? यी तौरतरिका त फरिसीहरूले हातमा धर्मशास्‍त्र बोकेर सडक किनारमा परमेश्‍वरलाई प्रार्थना गरेसमान हो। यी कुरा योभन्दा फरक होइनन्। कसैले फरिसीहरूले हातमा धर्मशास्‍त्र बोकेर सडक किनारमा उभिएर धर्मशास्‍त्र पढिरहेको वा प्रार्थना गरिरहेको कुरा उल्लेख गर्नेबित्तिकै यी मानिसहरूले सोच्छन्, “यो निकै लज्जाजनक कुरा हो। मैले त त्यस्तो केही गर्नेथिइनँ।” तैपनि तिनीहरू जानीजानी अरूसामु औषधि खान्छन् वा आफ्नो टाउको कन्याउँछन्, र आफूले गरिरहेको कुरा उस्तै प्रकृतिको छ भन्‍नेबारे अनभिज्ञ रहन्छन्। तिनीहरूले यसलाई छर्लङ्ग देख्न सक्दैनन्। पछि त्यस्ता मामिलाहरू सामना गर्दा, तिमीहरूले यस्ता मानिसहरूलाई खुट्ट्याउन र खुलासा गर्न सिक्नुपर्छ, तिनीहरूको सबै पाखण्ड खुलासा गर्नुपर्छ—त्यसपछि तिनीहरूले त्यसरी व्यवहार गर्ने आँट गर्नेछैनन्। तिमीहरूले तिनीहरूलाई अलिअलि दबाब दिनुपर्छ, र तिनीहरूलाई त्यस्ता तौरतरिका, व्यवहार, र स्वभावहरू लज्जास्पद, र सबैप्रति एकदमै घृणित छन् भनेर सोच्ने तुल्याउनुपर्छ। यदि मानिसहरूले तिनलाई यत्तिको घृणा गर्छन् भने, के परमेश्‍वरले पनि तिनलाई घृणा गर्नुहुन्छ? उहाँले झनै बढी घृणा गर्नुहुन्छ। भित्री रूपमा तँ केही पनि होइनस्। तैँले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने काम नगरे पनि, तँ पहिल्यै पर्याप्त रूपमा दयनीय छस्, त्यसैले यदि तँ त्यति दयनीय भएर पनि आफूलाई उच्च पार्छस् र आफूबारे गवाही दिन्छस् भने, के मानिसहरूले यसलाई घिनाउनेछैनन् र? तैँले कहिल्यै बफादारीपूर्वक कर्तव्य निर्वाह गरेको छैनस्, तैँले कहिल्यै सिद्धान्तअनुरूप कार्य गरेको छैनस्, र तैँले कुनै पनि हिसाबमा परमेश्‍वरका मापदण्डहरू पूरा गरेको छैनस्। तँ समस्यामा परिसकेको छस्, त्यसैले यदि तैँले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने काम पनि गर्छस् भने, तेरो लागि परिस्थिति झनै कठिन हुनेछैन र? तँ परमेश्‍वरका मापदण्डहरू, र मुक्ति पाउने मानक पूरा गर्नबाट झनै टाढा पुग्‍नेछस्।

मलाई भन त, आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने समस्याको प्रकृति कस्तो हुन्छ? शैतानले मानिसहरूलाई त्यो हदसम्म भ्रष्ट पारेको छ; तिनीहरूको मानवता र समझ अब सामान्य छैन, होइन र? के तिमीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनुका प्रकटीकरणहरू देखाएका छौ? यसबारे कसले बोल्न सक्छ? (मैले त्यस्तो एउटा प्रकटीकरण देखाएको छु। अबेर रातसम्म आफ्नो कर्तव्य निर्वाह गरिरहँदा म भेला समूहलाई एउटा सन्देश पठाउँछु, ताकि अरूले म यो बेलासम्म पनि सुतेको छैन भनेर जानून्, र मैले कष्ट सहन र मूल्य चुकाउन सक्छु भनेर सोचून्। मैले यो आफैले गरेको छु र अरूले पनि प्रायः गरेको देखेको छु।) यस्ता मानिसहरू टन्‍नै छन्, र अल्पसङ्ख्यामा छैनन् जस्तो देखिन्छ। के त्यस्तो कुरा गर्नु अनावश्यक कुरा होइन र? यो कति मूर्खतापूर्ण छ! अरू कसले केही भन्‍नचाहन्छ? (मैले त्यस्तो प्रकटीकरण देखाएको छु। जब म मण्डलीको काममा केही समस्या देख्छु, तब तिनलाई सुल्झाउनमा जोश देखाउँछु, र मानिसहरूमा म निकै उत्साही रहेको झूटो छाप छोड्छु, तर अधिकांश समय म बोलेपछि वास्तवमा केही पनि गर्दिनँ। मेरा कार्यहरू अगाडि बढ्दैनन् र ती प्रभावकारी हुँदैनन्, र अन्त्यमा समस्या समाधान हुँदैन, र मामिला ज्यूँ को त्यूँ रहन्छ। म मानिसहरूलाई छल्न र म सत्यता अभ्यास गर्दिनँ भन्‍ने तथ्य ढाकछोप गर्न आफ्नो सतही उत्साह प्रयोग गर्छु।) तैँले खोक्रा शब्दहरू बोलिरहेको छस्, ठूलो कुरा गरिरहेको छस्, र कुनै वास्तविक कदम उठाइरहेको छैनस्। तँ मानिसहरूलाई आफ्नो जोश देखाउँछस्, मानौँ तैँले सत्यता अभ्यास गरिरहेको छस्, तर कुनै काम गर्ने समय आउँदा तँ त्यो व्यावहारिक रूपमा गर्दैनस् र नाराहरू मात्र फलाक्छस्। तैँले धूमधमाकाबाट सुरु गरेर अन्ततः काम फासफुस पार्छस्, मामिलाहरू अपूर्ण छोड्छस्। त्यस्तो प्रकटीकरण पनि बहकाउने खालको हुन्छ। अनि भविष्यमा त्यस्तै केही आइपर्दा के तैँले यसलाई खुट्ट्याउनेछस् त? (अब म यसलाई धेरथोर रूपमा खुट्ट्याउन सक्छु।) त्यसोभए के तँमा आफ्‍नो मार्ग परिवर्तनको दिशा छ त? यदि तँमाथि फेरि त्यस्तै कुरा आइपर्‍यो भने, तैँले दुई पाइला पछ्याउन सक्छस्: पहिलो पाइला हो, तैँले यो मामिला सम्हाल्न सक्छस् कि सक्दैनस् भनी मूल्याङ्कन गर्नु। यदि तैँले सक्छस् भने, तँ गम्भीरतापूर्वक र व्यावहारिक रूपमा यसमा लाग्नुपर्छ। दोस्रो पाइला चाहिँ परमेश्‍वरसामु प्रार्थना गर्नु र उहाँलाई यस मामिलामा मार्गदर्शन माग्नु हो, र तैँले कार्य गर्दा सबैको सुपरिवेक्षण स्विकार्नुका साथसाथै आफ्नो भाग गर्न सङ्कल्प गर्नुपर्छ र यो कार्य पूरा गर्न सबैसँग सहकार्य पनि गर्नुपर्छ। यदि तैँले चरणबद्ध र व्यावहारिक रूपमा कामकुराहरू गर्न सिकिस् भने, तैँले यो समस्या समाधान गर्नेछस्। यदि तँ सधैँ खोक्रा वचनहरू बोल्छस्, ठूला कुरा गर्छस्, चिच्याउँछस्, तर कुनै काम गर्दा सतही रूपमा झारा मात्र टार्छस्, र व्यावहारिक हुँदै हुँदैनस् भने, तँ लुच्चो व्यक्ति होस्। तैँले मण्डलीको काममा समस्या छ भनेर देख्न र त्यो समस्या कसरी समाधान गर्न सकिन्छ भनेर सुझाव दिन सक्नुले तँमा सामर्थ्य हुन सक्छ र यो मामिला हल गर्ने कार्य सामर्थ्य हुन सक्छ भनेर प्रमाणित गर्छ। यति मात्र हो, तेरो स्वभावमा समस्या छ—तँ हडबडे व्यवहार गर्छस्, मूल्य चुकाउन इच्छुक छैनस्, र खोक्रा नाराहरू फलाक्नमै केन्द्रित हुन्छस्। कुनै समस्या पत्ता लगाइस् भने, सुरुमा तैँले त्यसलाई समाधान गर्न सक्छु कि सक्दिनँ भनी हेर्, र यदि सक्छस् भने त्यो कार्य सम्हाल् र अन्त्यसम्मै त्यसमा लाग्, समस्या समाधान गर्, अनि त्यसो गरेर आफ्नो जिम्मेवारी कार्यान्वयन र पूरा गर्, र परमेश्‍वरलाई त्यसको हिसाबकिताब दे। आफ्नो कर्तव्य पूरा गर्नु र व्यावहारिक तरिकाले कार्य गर्नु र आफूलाई आचरणमा ढाल्नुको अर्थ यही हो। यदि तैँले यो समस्या समाधान गर्न सक्दैनस् भने, त्यसलाई आफ्नो अगुवाकहाँ रिपोर्ट गर् र यो मामिला सम्हाल्न कोचाहिँ सबैभन्दा उपयुक्त छ भनी हेर्। सबभन्दा पहिला, तैँले आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ; यसरी तँ आफ्नो कर्तव्यमा कायम रहेको र सही स्थानमा खडा भएको हुनेछस्। समस्या पत्ता लगाएपछि यदि तँ त्यसलाई समाधान गर्न सक्दैनस् तर रिपोर्ट गर्न सक्छस् भने, तैँले आफ्नो पहिलो जिम्मेवारी पूरा गरेको हुनेछस्। यदि तँलाई यो आफूले निर्वाह गर्नुपर्ने कर्तव्य हो र यो गर्न आफू सक्षम छु भन्‍ने लाग्छ भने, तैँले आफ्ना ब्रदर-सिस्टरहरूको सहयोग माग्नुपर्छ, सुरुमा सिद्धान्तहरूबारे सङ्गति गर्नुपर्छ र योजना बनाउनुपर्छ, अनि त्यसपछि यो मामिला पूरा गर्न सौहार्दपूर्वक सँगै सहकार्य गर्नुपर्छ। यो तेरो दोस्रो जिम्मेवारी हो। यदि तैँले यी दुवै जिम्मेवारी वहन गर्न सक्छस् भने, आफ्नो कर्तव्य राम्ररी पूरा गरेको हुनेछस्, र तँ मानकअनुरूपको सृजित प्राणी हुनेछस्। मानिसहरूका कर्तव्यहरू यी दुई पक्षबाहेक अरू केहीले बनेको हुँदैन। यदि तैँले आफूले देख्ने र गर्न सक्ने कामहरू आफ्नो हातमा लिन सक्छस्, र तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम छस् भने, तँ परमेश्‍वरको अभिप्रायअनुरूपको छस्।

के आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनुका अन्य केही प्रकटीकरणहरू छन्? (ममा हालसालै यस्तै एउटा प्रकटीकरण देखिएको थियो। कर्तव्य निर्वाह गरिरहेको बेला, मैले सारा दिन आफूलाई कामकाजमा व्यस्त राखेँ, र मण्डलीमा त्यस्ता केही समस्या आइपरे, जसलाई मैले व्यावहारिक रूपमा हल गरिनँ, बरु झाराटारुवा तरिकाले सम्हालेँ। तर केही मानिसहरूले म हरदिन आफ्नो कर्तव्य निर्वाह गर्नमा व्यस्त रहेको देखे, त्यसैले तिनीहरूले मप्रति आदरभाव राखे र मेरो प्रशंसा गरे। के यो व्यवहारमा पनि आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनुका तत्त्वहरू छैनन् र? म यो मामिला स्पष्टसँग देख्न सक्दिनँ र सधैँ अलिअलि बाँधिएको महसुस गर्छु।) के यो आफूबारे गवाही दिनु हो? यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्नमा व्यस्त रहन्छस्, कष्ट भोग्न सक्छस् र गुनासो गर्दैनस्, अनि परमेश्‍वरका चुनिएका जनले तँलाई आदरभावले हेर्छन् र तेरो प्रशंसा गर्छन् भने, यो सामान्य हो र आफूबारे गवाही दिएकोले भएको होइन। तँ केवल आफ्नो कर्तव्य निर्वाह गर्नमा व्यस्त छस् र तडकभडक वा रबाफ देखाइरहेको छैनस्, र तँ आफ्ना कष्टका अनुभवबारे पनि लगातार बोलिरहँदैनस्, त्यसैले यो आफूबारे गवाही दिनुसँग सम्बन्धित छैन। तर धेरै मानिसहरू आफ्नो कर्तव्य निर्वाह गरिरहँदा व्यस्त देखिन्छन्, जबकि वास्तवमा तिनीहरूको कामले कुनै परिणाम ल्याएको हुँदैन र तिनीहरूले कुनै समस्या समाधान गरेका हुँदैनन्। के परमेश्‍वरले त्यसरी व्यस्त हुने मानिसहरूलाई अनुमोदन गर्नुहुन्छ? यदि तैँले सत्यता बुझ्ने र सिद्धान्तहरू बोध गर्ने मानिसहरूले दुई घण्टामै समाधान गर्न सक्ने सरल समस्याहरूमा दिनभर लगाएर व्यस्त रहन्छस्, र निकै थकित भएको र धेरै कष्ट भोगेको महसुस गर्छस् भने, के तैँले बेकाममै आफूलाई व्यस्त राखिरहेको, र कुनै उद्देश्यबिना दौडधुप गरिरहेको हुँदैनस् र? के तैँले यसरी कर्तव्य निर्वाह गरेर परमेश्‍वरको अनुमोदन पाउन सक्छस्? (सक्दिनँ।) तँ निकै कम कुशलतासाथ काम गरिरहेको छस्! यो मामिलामा तैँले सत्यता सिद्धान्तहरू खोज्नुपर्छ। कहिलेकाहीँ मानिसहरूको हातमा धेरै काम हुन्छन् र तिनीहरू साँच्चै व्यस्त हुन्छन्, जुन सामान्य कुरा हो, तर कहिलेकाहीँ तिनीहरूसँग गर्नका लागि खासै केही हुँदैन, तैपनि तिनीहरू व्यस्त हुन्छन्। यो के कारणले हुन्छ? एउटा कारण के हो भने, तेरो कामको योजना र प्रबन्ध उचित रूपमा गरिएका छैनन्। तैँले प्रमुख कामका कर्तव्यहरू बोध गर्नुपर्छ, उचित रूपमा तिनको योजना र प्रबन्ध गर्नुपर्छ, र अझ बढी कुशलतासाथ कर्तव्य निर्वाह गर्नुपर्छ। बिनाकुनै उद्देश्य दौडधुप गर्नु र व्यर्थमै आफूलाई व्यस्त राख्‍ने कार्यलाई परमेश्‍वरले अनुमोदन गर्नुहुनेछैन। अर्को परिस्थितिचाहिँ के हो भने, तेरो अभिप्राय मानिसहरूलाई तँ व्यस्त छस् भनेर देखाउने हुन्छ, र तैँले यो माध्यम र छद्मभेषलाई अरूलाई छल्न प्रयोग गर्छस्। भेला हुँदा कतिपय अगुवा र कामदारहरूले वास्तविक समस्या समाधान गर्दैनन् र बरु अर्थहीन टिप्पणी गर्छन्, लगातार विषयबाहिर जान्छन् र मुख्य बिन्दुमा नपुगी बोलेको बोल्यै गर्छन्। व्यस्त हुने यो तरिका—कार्यकुशलता वा प्रगतिमा प्रयास नलगाउनु—लाई केही न काममा व्यस्त राख्नु भनिन्छ। अनि यो कस्तो मनोवृत्ति हो? के यो आफ्नो काममा झारा टार्नु, लापरवाह हुनु, समय काट्नु, र अन्त्यमा यस्तो सोचिरहनु हो, “अन्य मानिसहरू वा परमेश्‍वरले जे सोचे पनि, मेरो विवेक प्रस्ट हुन्जेल म ठीकै हुनेछु। कम्तीमा मैले आलस्यमा दिन काटिरहेको त छैनँ, कम्तीमा मैले सित्तैमा भात खाइरहेको त छैन।” बाहिरबाट हेर्दा तैँले आलस्यमा दिन काटिरहेजस्तो, र सित्तैमा भात खाइरहेजस्तो नदेखिन सक्छ, र तँ हरदिन भेलाहरूमा सहभागी भइरहेको वा कर्तव्य निर्वाह गरिरहेको, र तैँले गर्ने सबथोक मण्डलीसँग सम्बन्धित भएजस्तो देखिन सक्छ, तर वास्तवमा भित्रभित्रै तँलाई आफूले गर्ने कामकुराहरू उपयोगी वा मूल्यवान् छैनन्, र तैँले केवल झारा टारिरहेको छस् भनेर थाहा हुन्छ। यो समस्याजनक कुरा हो। अनि, तैँले आफ्नो कर्तव्य कत्तिको राम्ररी निर्वाह गरिरहेको छस् त? तँलाई आफूमा समस्या छ भनेर राम्ररी थाहा छ, तर तँ त्यसलाई समाधान गर्न सत्यता खोज्दैनस्—यो झाराटारुवा, चेतनाशून्य, र हठी हुनु हो। कर्तव्य निर्वाह गर्दा झाराटारुवा हुनु र ढिलाइ गर्नुको परिणाम के हुन्छ? तैँले निश्‍चय नै परमेश्‍वरको अनुमोदन पाउनेछैनस्, किनकि तँ सिद्धान्त वा कुशलतासाथ कार्य गर्दैनस्, र यसरी कर्तव्य निर्वाह गर्नु भनेको विशुद्ध रूपमा श्रम गर्नु हो। यदि तँलाई काटछाँट र मद्दत गरिन्छ, र पनि तैँले पश्‍चात्ताप गर्दैनस्, र गुनासोसमेत गर्छस् र काम गर्दा नकारात्मक हुन्छस् र सुस्ताउँछस् भने, तँलाई हटाउन मात्र सकिन्छ। त्यसैले, यदि तँ झाराटारुवा हुनुको समस्या समाधान गर्न सत्यता पछ्याउँदैनस् भने, तैँले जतिसुकै समय कर्तव्य निर्वाह गरे पनि, त्यो काम लाग्नेछैन, र तैँले बफादारीसाथ आफ्नो कर्तव्य निर्वाह गर्ने मानक पूरा गर्नेछैनस्। यो मनन गर्न योग्य समस्या हो। परमेश्‍वरले मानिसहरू सिद्धान्तसाथ कार्य गरून्, तिनीहरूले सत्यता अभ्यास गरून्, र तिनीहरू इमानदार होऊन् भन्‍ने मापदण्ड दिनुहुन्छ। यदि व्यक्ति यी सत्यताहरूमा प्रवेश गर्न सक्छ भने, उसले आफ्नो कर्तव्य निर्वाहमा फल प्राप्त गर्नेछ, र कम्तीमा पनि उसले सिद्धान्तसाथ कार्य गर्न सक्नेछ। आफ्नो कार्यकुशलता बढाउनुको जग र कडी यहीँ हुन्छ। यदि व्यक्तिसँग सत्यता सिद्धान्तहरू छैनन् भने, उसले जति व्यस्ततासाथ कर्तव्य निर्वाह गरे पनि, र उसले हरदिन जति लामो समयसम्म काम गरे पनि, साँचो नतिजा पाउनेछैन। मानिसहरूले आफ्नो कर्तव्य बफादारीसाथ निर्वाह गरिरहेका छन् कि छैनन् भनेर मूल्याङ्कन गर्दा, परमेश्‍वरले तिनीहरू कति समयसम्म कर्तव्य निर्वाह गर्छन् भनेर हेर्नुहुन्‍न, बरु तिनीहरूका व्यावहारिक नतिजा र कार्यकुशलता हेर्नुहुन्छ, र तिनीहरूले सिद्धान्तसाथ र सत्यताअनुरूप कार्य गरिरहेका छन् कि छैनन् भनेर हेर्नुहुन्छ। सामान्य भाषामा भन्‍नुपर्दा, उहाँले मानिसहरूको कर्तव्य निर्वाहमा साँचो अनुभवात्मक गवाही र जीवन प्रवेश छ कि छैन भनेर हेर्नुहुन्छ। यदि मानिसहरूसँग कुनै सत्यता वास्तविकता छैन भने, तिनीहरू केवल श्रमिकहरू हुन्, तर यदि तिनीहरूले सत्यता अभ्यास गर्न र सिद्धान्तसाथ कार्य गर्न सक्छन् भने, त्यो तिनीहरूले परमेश्‍वरका मानिसहरूको रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् भन्‍ने कुराको सङ्केत हो। यो तुलनामार्फत के बुझ्न सकिन्छ भने, आफ्नो कर्तव्य निर्वाह गर्नमा मानकअनुरूपका व्यक्तिहरू मात्र परमेश्‍वरका मानिस हुन्। आफ्ना कर्तव्यमा मानकअनुरूप नभएकाहरू, सधैँ झाराटारुवा हुनेहरू श्रमिक हुन्। यदि व्यक्तिले सत्यता बुझ्न र सिद्धान्तसाथ कार्य गर्न सक्छ भने, उसका लागि कुनै पनि कर्तव्य निर्वाह गर्नु समस्या हुनेछैन, र केही समयसम्म छामछामछुमछुम गऱ्यो भने, उसले अन्ततः मानकअनुरूप हुने तरिकामा आफ्नो कर्तव्य निर्वाह गर्नेछ। कमजोर क्षमता भएका वा सधैँ झारा टार्नेहरूको लागि भने मापदण्डहरू पूरा गर्न गाह्रो हुनेछ, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नु श्रम गर्नुबाहेक अरू केही हुनेछैन। जहाँसम्म उचित काम नगर्ने, सत्यता जेजसरी सङ्गति गरे पनि त्यसलाई नस्विकार्ने, र लापरवाहीपूर्वक कार्य गरिरहने अलमलमा परेका, मूर्ख, र कमजोर मानवता भएका मानिसहरूको कुरा छ, तिनीहरूलाई हटाउन मात्र सकिन्छ, र तिनीहरूले चाहेअनुसार परमेश्‍वरमा विश्‍वास गर्नको लागि छाड्न मात्र सकिन्छ। त्यसैले, यदि व्यक्तिले आफ्नो कर्तव्य सिद्धान्तसाथ निर्वाह गर्दैन र बिनाकुनै उद्देश्य दौडधुप गरिरहन्छ र हरदिन केही न कामको कुरामा व्यस्त रहन्छ भने, उसले यसलाई समाधान गर्न र सिद्धान्तसाथ कार्य गर्न तत्कालै सत्यता खोज्नुपर्छ। उसले हरदिन सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्नुपर्छ र उसले लामो समयसम्म काम गर्दा त्यसमै सन्तुष्ट हुनु हुँदैन, र कार्यकुशलता र पूर्ण तयार वस्तु उत्पादन गर्नमा महत्त्व दिनुपर्छ—त्यस्ता मानिसहरूले मात्र परमेश्‍वरको अनुमोदन पाउँछन् र बफादारीपूर्वक कर्तव्य निर्वाह गर्छन्।

अचेल परमेश्‍वरलाई पछ्याउने र कर्तव्य निर्वाह गर्ने धेरै मानिसहरू छन्, तर तिनीहरूमध्येको एउटा जमातले कहिल्यै सत्यता पछ्याएका छैनन्, र कर्तव्य निर्वाह गर्दा तिनीहरू सधैँ लापरवाह तरिकाले र आफ्नै इच्छाअनुसार कार्य गर्छन्, र आफूलाई जे मन लाग्यो त्यही गर्छन्। तिनीहरू ठूला गल्तीहरू त गर्दैनन्, तर हरसमय सानातिना गल्तीहरू गरिरहेका हुन्छन्, विशेष गरी हरदिन निकै व्यस्त रहेजस्तो देखिन्छन्, जबकि वास्तवमा तिनीहरूले कुनै पनि उचित मामिला मुस्किलले सम्हालिरहेका हुन्छन्, र सुस्ताएर आफ्नो समय बिताइरहेका हुन्छन्। यो पनि भन्न सकिन्छ कि तिनीहरू जसोतसो अघि बढ्नको लागि मात्र आफ्नो काम गर्छन्। के त्यस्ता मानिसहरू खतरामा छैनन् र? यदि कुनै व्यक्तिले आफ्नो कर्तव्य र परमेश्‍वरको आज्ञालाई सधैँ त्यस्तो श्रद्धाहीन मनोवृत्तिले लिन्छ भने, त्यसले कस्ता दुष्परिणामहरू निम्त्याउन सक्छ? अप्रभावकारी रूपले काम गर्नु र कर्तव्यबाट बर्खास्त गरिनु भनेको त हल्का परिणाम हो—यदि कुनै व्यक्तिले विभिन्न किसिमका दुष्ट कार्यहरू गर्छ भने, उसलाई निकाल्नुपर्छ, र त्यस्तो व्यक्तिलाई परमेश्‍वरले शैतानको हातमा सुम्पनुहुनेछ। शैतानको हातमा सुम्पिइनुको अर्थ के हो? यसको अर्थ परमेश्‍वरले उप्रान्त तिनीहरूको हेरचाह गर्नुहुनेछैन, परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन, र तिनीहरूले गलत मार्ग लिन थाल्नेछन् र त्यसपछि दण्डित हुनेछन् भन्ने हो। तैँले यो बुझ्छस्, बुझ्दैनस् र? अहिले परमेश्‍वरले मानिसहरूलाई खुलासा गर्ने समय हो, र यदि तैँले अस्थायी रूपमा सही मार्ग पछ्याइरहेको छैनस् भने, परमेश्‍वरले तँलाई आफ्ना समस्याहरू पहिचान गर्ने मौका दिन व्यावहारिक वातावरण प्रयोग गर्नुहुनेछ। तर यदि तँ परमेश्‍वरले तँलाई आत्मचिन्तन गर्न केही समय दिनुभएको छ, परमेश्‍वरले तँलाई अन्तिम मौका दिइरहनुभएको छ भनेर जानेपछि पनि पछि फर्कँदैनस् र जिद्दीपूर्वक झाराटारुवा तरिकाले कर्तव्य निर्वाह गर्न जारी राख्छस् भने, परमेश्‍वरले कार्य गर्नुहुनेछ। परमेश्‍वरले निनवे सहरलाई नष्ट गर्ने अभिप्राय राख्नुहुँदा, के उहाँले तुरुन्तै त्यसो गर्नुभयो? गर्नुभएन। परमेश्‍वरले कार्य गर्नुहुँदा उहाँको पहिलो कदम के थियो? उहाँले पहिले योनालाई सूचित गर्नुभयो, र सारा प्रक्रिया कसरी अघि बढ्नेछ र उहाँका अभिप्राय के हुन् भनेर उसलाई स्पष्ट रूपमा बताउनुभयो। त्यसपछि योना निनवे गयो र सहरको चारैतिर डुल्यो, र यस्तो घोषणा गर्‍यो: “अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ” (योना ३:४)। यो सन्देश सबैको कानमा पुग्यो; पुरुष र महिला, युवा र वृद्ध, र सबै क्षेत्रका मानिसहरूले यसबारे सुने—हरेक घरले यसबारे जानकारी पाए, र तिनीहरूका राजाले समेत यो समाचार सुने। परमेश्‍वरले किन त्यस्तो तरिकाले कार्य गर्नुभयो? यो मामिला हेरेर कुनै पनि व्यक्तिले उहाँले मानिसहरूलाई मुक्ति दिइरहनुभएको छ कि, कि प्रकट गरिरहनुभएको वा दण्डित गरिरहनुभएको छ भनेर देख्न सक्छ, साथै उहाँले मानिसहरूसँग व्यवहार गर्ने तरिकाहरूका प्रक्रिया र सिद्धान्तहरू छन् भनेर पनि देख्न सक्छ। उहाँले एक्कासी सनकमा आएर कार्य गरिरहनुभएको, र कसैको रूप मन नपराएर तत्कालै उसलाई नष्ट पारिरहनुभएको छैन। बरु उहाँ केही समय बित्न दिनुहुन्छ। उहाँले यो समय बित्न दिनुको उद्देश्य के हो? (मानिसहरूलाई पश्‍चात्ताप गर्न दिनु।) यसको उद्देश्य निनवेका मानिसहरूलाई उहाँले के गर्न लाग्नुभएको छ भनेर जानकारी दिनु, र तिनीहरूलाई आत्मचिन्तन गर्न र अलिअलि गर्दै उहाँका अभिप्रायहरू बुझ्न र बिस्तारै पछाडि फर्कन दिनु हो। मानिसहरूले यो कुरा पहिचान गर्ने एउटा प्रक्रिया हुन्छ, र यी ४० दिन भनेको परमेश्‍वरले मानिसहरूलाई पछाडि फर्कन दिनुभएको समय हो। यदि तिनीहरू ४० दिनपछि पनि फर्किएका र उहाँसामु पाप कबुल गरेका हुँदैनन् भने, परमेश्‍वरले यो मामिलामा उहाँले जे गर्नेछु भनेर भन्‍नुभएको थियो, त्यसैअनुसार काम पूरा गर्नुहुनेछ। किनभने परमेश्‍वर जे भन्नुहुन्छ, त्यो त्यत्तिकै भनिएको हुँदैन, उहाँ जे भन्नुहुन्छ त्यो भएरै छाड्छ—यी कुराहरूमा कुनै असत्यता छैन। त्यसोभए, यो समाचार पाएपछि निनवेका मानिसहरूको प्रतिक्रिया के थियो? के तिनीहरूले आफूलाई तुरुन्तै भाङ्ग्राले ढाके र खरानी धसे? होइन, त्यसमा पनि एउटा प्रक्रिया थियो। सुरुमा त मानिसहरूलाई शङ्का लाग्यो: “परमेश्‍वरले हामीलाई नष्ट गर्न लाग्नुभएको छ; के उहाँले साँच्चै त्यसो भन्नुभयो? हामीले के गर्‍यौँ र?” अनि, त्यसपछि सबै घरपरिवारले यो मामिलाबारे एकअर्कालाई जानकारी गराए र सँगसँगै छलफल गरे। तिनीहरूलाई सङ्कट आइपरेको र आफूहरू जीवन र मृत्युको दोबाटो पुगेको महसुस भयो। त्यसैले तिनीहरूले के गर्नुपर्थ्यो? तिनीहरूले कबुल र पश्‍चात्ताप गर्नुपर्थ्यो कि शङ्कालु भई प्रतिरोध गर्नुपर्थ्यो? यदि तिनीहरूले साँच्चै शङ्कालु भई प्रतिरोध गर्ने छनौट गर्थे भने, त्यसको परिणामस्वरूप तिनीहरू ४० दिनपछि नष्ट पारिन्थे, तर यदि तिनीहरूले पाप स्वीकार गरेर पछाडि फर्कन्थे भने, तिनीहरूसँग अझै पनि एउटा जीवनडोरी हुनेथ्यो। यो मामिलाबारे धेरै दिनसम्म हरेक तहमा छलफल गरेपछि, जनताको अत्यन्तै सानो अल्पसङ्ख्यक भागले पाप स्विकार्ने र पछाडि फर्किने मनोवृत्ति अपनाउन सके। तिनीहरूले आराधनामा आफ्नो शिर झुकाउन, बलि चढाउन, वा केही असल व्यवहार र प्रकटीकरणहरू देखाउन सके। तर यो सहरलाई बचाउने एउटा सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्व थियो—त्यो को थियो? त्यो निनवेको राजा थियो। उसले राजादेखि रङ्कसम्म सारा देशलाई आफूलाई भाङ्ग्रा र खरानीले ढाक्न, आफ्नो पाप स्विकार्न र यहोवा परमेश्‍वरसामु पश्‍चात्ताप गर्न आदेश दियो। त्यस्तो आदेश जारी भएपछि के सहरको कसैले आज्ञापालन नगर्ने आँट गर्न सक्थ्यो र? राजासँग यस्तो खालको शक्ति हुन्छ। यदि उसले आफूसँग भएको शक्ति केही खराब काम गर्न प्रयोग गरेको भए, देशका जनताले ठूलो विपत्ति भोग्नुपर्नेथ्यो, तर उसले यो शक्ति असल कार्य गर्नमा, परमेश्‍वरलाई आराधना गर्ने र पुनः उहाँतिर फर्कने काममा प्रयोग गर्‍यो, र सहर सुरक्षित भयो, सारा देशका जनता बचे, र तिनीहरूसँग दोषमुक्त हुने आशा रह्यो। के यो यस राजाको एउटा सोचबाटै निर्धारित भएको थिएन र? यदि उसले यसो भनेको भए, “तिमीहरू पश्‍चात्ताप गर्न इच्छुक भए नि वा नभए नि म त्यो गर्नेछैनँ; तिमीहरू आफ्नो ख्याल आफैँ राख। म त्यस्ता कुराहरूमा विश्‍वास गर्दिनँ, र मैले कुनै दुष्टता गरेको छैन। अझ, मसँग हैसियत छ, त्यसैले परमेश्‍वरले मलाई के नै गर्न सक्नुहुन्छ र? के उहाँले मलाई सिंहासनबाट प्रतिबन्ध लगाउन सक्नुहुन्छ र? सहर नष्ट हुन्छ भने होओस्। यी जनताबिना पनि म पहिलेजस्तै राजै हुन्छु!” यदि ऊसँग यस्तो विचार, यस्तो सोचाइ भएको भए के हुन्थ्यो? झनै कम जनता बच्नेथिए, र परमेश्‍वरले सायद अन्ततः पश्‍चात्ताप गर्न इच्छुक मानिसहरूलाई मात्र छानेर बाहिर निकाल्नुहुनेथ्यो। अनि उहाँले तिनीहरूलाई बाहिर निकाल्‍नुभएपछि, पश्‍चात्ताप गर्नुभन्दा मर्न रोज्नेहरू सहरसँगै नष्ट पारिन्थे, र त्यो राजा पनि अवश्यै तिनीहरूमध्येकै एक हुनेथ्यो। पश्‍चात्ताप गर्न इच्छुकहरूचाहिँ परमेश्‍वरले तिनीहरूलाई सहरबाट बाहिर निकाल्‍नुभएपछि जिइरहन सक्नेथिए। तर यसको सबैभन्दा सुन्दर कुरा के थियो भने, निनवेका राजाले आफूलाई भाङ्ग्रा र खरानीले ढाक्नमा अगुवाइ गर्न, र सहरका आम जनता, चाहे ती महिला वा पुरुष, युवा वा वृद्ध जो भए नि—तिनीहरू जो भए नि, चाहे ती उच्चपदस्थ अधिकारी वा निम्नवर्गीय किसान जो भए नि—अभिजात वर्गदेखि साधारण जनतासम्म सबैलाई आफूलाई भाङ्ग्रा र खरानीले ढाक्‍न र यहोवा परमेश्‍वरसामु आराधनामा घुँडा टेक्‍न, लम्पसार परेर आफ्नो पाप स्विकार्न, पछाडि फर्कने मनोवृत्ति व्यक्त गर्न, दुष्ट मार्गबाट तर्कन, र आफ्ना हातका दुष्टता त्याग्‍न, परमेश्‍वरसामु पश्‍चात्ताप गर्न, र उहाँले तिनीहरूलाई नष्ट नगर्नुहोओस् भनी प्रार्थना गर्न आदेश दिन पनि सके। निनवेका राजाले पश्‍चात्ताप गर्दै र परमेश्‍वरसामु आफ्नो पाप स्विकार्दै अगुवाइ गरे, र त्यसो गरेर सहरका सारा जनतालाई बचाए, र उनीसँगै धेरै मानिसहरूले लाभ पाए। यसो गर्न अगुवाइ गरेर उसको शक्ति निकै मूल्यवान्‌ बन्यो। यस राजाले आफ्ना मानिसहरूलाई परमेश्‍वरतिर फर्कन अगुवाइ गरेको कुरालाई परमेश्‍वर सम्झनुहुन्छ।

के ख्रीष्टविरोधीहरूले आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनुका विषयवस्तुबारे यति मिहिन ढङ्गले सङ्गति गर्नुले तिमीहरूलाई कुनै फाइदा पुर्‍याउँछ? यसरी बारम्बार सङ्गति गर्दा, उदाहरणहरू दिँदा, कथाहरू सुनाउँदा, यसलाई वर्णन र परिभाषित गर्न विभिन्न माध्यम र पदावली प्रयोग गर्दा पनि—यदि मानिसहरूले अझै बुझेनन् भने तिनीहरूमा साँच्चै आत्मिक बुझाइ हुँदैन, र यस्ता मानिसहरू छुटकारायोग्य हुँदैनन्। यस्तो मिहिन ढङ्गले सङ्गति गर्नुको उद्देश्य के हो? यसको उद्देश्य मानिसहरूले यी वचनहरू सुनेपछि तिनीहरूले बुझ्ने र स्विकार्ने कुरा धर्मसिद्धान्तहरू हुनेछैनन्, शाब्दिक अर्थ हुनेछैनन्, र कुनै निश्‍चित अभिव्यक्ति हुनेछैनन्, बरु विभिन्‍न कुराहरू जे-जस्ता हुन्छन् सोबारेको सत्यता हुनेछन् र मानिसहरूको सार, तिनीहरूको अस्तित्व, र तिनीहरूको जीवनसँग सम्बन्धित केही सत्यता र सिद्धान्तहरू हुनेछन् भन्ने कुरा सुनिश्‍चित गर्नु हो। यदि तिमीहरू मैले कुरा गरेका यी भनाइ वा यी उदाहरणहरूलाई आफ्नो वास्तविक स्थिति वा आफूले जीवनमा प्रकट गर्ने कुराहरूसँग तुलना गर्न सक्छौ भने, तिमीहरू सत्यता बुझ्‍न सक्छौ र आत्मिक बुझाइ भएका मानिसहरू हौ। तुलना गर्नुको अर्थ छलफल गरिएका हरेक उदाहरण र मामिलालाई आफ्नो स्थितिसँग जोड्नु, सङ्गति गरिएको सत्यताको हरेक पक्षलाई आफ्नो आफ्नै स्थिति र प्रकटीकरणसँग जोड्नु हो। यदि तँ यी कुराहरूलाई एकसाथ जोड्न र लागु गर्न जान्दछस् भने, तँसँग आत्मिक बुझाइ छ, तँसँग सत्यता वास्तविकतामा प्रवेश गर्ने आशा छ, र तँ सत्यता बुझ्न सक्छस्। यदि तँ जे भनिए पनि बुझ्दैनस् भने, यदि तँ यी मामिला आफूसँग जोड्न सक्दैनस् भने, यदि तँलाई आफूले जे सुने पनि त्यो तैँले प्रकट गर्ने कुरा र तेरो आफ्नो प्रकृति सारसँग सम्बन्धित छैन भन्ने महसुस हुन्छ भने, र यदि तैँले सहसम्बन्ध पत्ता लगाउन सक्दैनस् भने, तँ पूर्णतः अज्ञानी होस् र तँ आफ्नो दिमागमा केही पनि छिराउन सक्दैनस्; तँमा आत्मिक बुझाइ छँदै छैन। आत्मिक बुझाइ नभएका यस्ता मानिसहरू श्रम गर्नको लागि मात्रै उपयुक्त हुन्छन् र तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन्। मुक्ति पाउन चाहने मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्नैपर्छ, र सत्यता वास्तविकतामा प्रवेश गर्नको लागि व्यक्तिले मैले बताएका यी वचन र यी कथा तथा परिस्थितिहरू, साथै हरेक मामिला, हरेक प्रकारका प्रकटीकरण, र हरेक किसिमका व्यक्तिका सार र तिनीहरूका प्रकटीकरण र स्थिति के कस्ता छन् भनेर बुझ्नैपर्छ, र यी सबलाई आफूसँग तुलना गर्न सक्षम बन्नैपर्छ। यसरी मात्र तिनीहरूले सत्यता बुझ्न सक्छन्; यदि तिनीहरू यो बिन्दुसम्म पुगेनन् भने, तिनीहरूले यो बुझ्न सक्दैनन्। यो मानिसहरूले कुखुरा पालेजस्तै कुरा हो—यदि व्यक्तिले छ महिनासम्म एउटा कुखुरा पाल्यो, तैपनि त्यसले अण्डा पारेन भने, के त्यो कुखुराले अण्डा पार्दैन भनेर भन्न सकिन्छ? (सकिँदैन।) यदि मालिकले तीन वर्षदेखि त्यो कुखुरा पालेको छ र त्यसलाई दानापानी र सागपात खुवाएको छ, तर त्यसले जे खाए पनि अण्डा पार्दैन भने, के त्यो कुखुराले अण्डा पार्दैन भनेर भन्न सकिन्छ? (सकिन्छ।) त्यसैले कति मानिसहरूले जुनसुकै प्रवचन सुने पनि वा तैँले तिनीहरूलाई सत्यताबारे जे-जसरी सङ्गति गरे पनि, तिनीहरू बुझ्दैनन्। यी आत्मिक बुझाइ नभएका व्यक्ति हुन्। अर्को खालका व्यक्ति पनि हुन्छन्, जसले सुनेको कुरा बुझ्न सक्छन् तर त्यसलाई अभ्यास गर्दैनन्, पछाडि फर्कँदैनन्। यस्ता खालका व्यक्तिहरू सक्‍किसकेका व्यक्तिहरू हुन् र तिनीहरू सदोम सहरका मानिसहरूजस्तै—विनाशका वस्तु हुन अभिशप्त भएकाहरू हुन्। ख्रीष्टविरोधीहरू यही वर्गका मानिसहरू हुन्; तैँले सत्यताबारे जे-जसरी सङ्गति गरे पनि तिनीहरू पछाडि फर्कनेछैनन्। के यो केवल हठी स्वभाव हो र? (होइन।) तिनीहरूमा परमेश्‍वरको विरोध गर्ने र सत्यताप्रति शत्रुभाव राख्ने प्रकृति सार हुन्छ, र त्यस्ता व्यक्तिहरूले सत्यता बुझ्नु त हुँदै नहुने कुरा हो। तिनीहरू सत्यतालाई शत्रु बनाउँछन्, सत्यता र परमेश्‍वरको विरोध गर्छन्, र सकारात्मक कुराहरूप्रति शत्रुवत्‌ हुन्छन्, त्यसैले तैँले सत्यताबारे सङ्गति गर्दा तिनीहरूले त्यसलाई सत्यताको रूपमा लिँदैनन्, बरु एकप्रकारको सिद्धान्त, विद्वत्ता वा धर्मसिद्धान्तको रूपमा लिन्छन्। तिनीहरू सङ्गति सुनेपछि आफ्नो हृदयलाई त्यसले सुसज्जित गर्छन्, ताकि त्यसपछि तिनीहरूले फुर्ति लाउन र आफ्नो स्वार्थ, हैसियत, ख्याति र प्राप्ति कमाउन सकून्। तिनीहरूको उद्देश्य यही हो। तैँले सत्यताबारे जे-जसरी सङ्गति गरे नि र जुनै उदाहरणबारे छलफल गरे नि, तँ तिनीहरूलाई सुधार्न सक्दैनस्, र तिनीहरूका अभिप्राय उल्ट्याउन र तिनीहरूको काम गर्ने तरिका बदल्न सक्दैनस्। तिनीहरू सत्यता नपछ्याउने मानिसहरू हुन्। सत्यता सुनेपछि त्यो नस्विकार्ने र अभ्यास नगर्ने मानिसहरूलाई सत्यताद्वारा बदल्न सकिँदैन, र परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुनेछैन। यस्ता मानिसहरूलाई मूलतः सत्यताप्रति शत्रुभाव राख्ने मानिसका रूपमा चित्रण गर्न सकिन्छ, र तोकेरै भन्नुपर्दा, तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। ख्रीष्टविरोधी र साधारण मानिसहरूबीचको भिन्नता यही हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्