विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग नौ) खण्ड तीन

(३) किन ख्रीष्टविरोधीहरू सेवाकर्ता बन्न अनिच्छुक हुन्छन्

ख्रीष्टविरोधीहरू सेवाकर्ता बन्‍न अनिच्छुक हुन्छन् र सेवाकर्ता हुन मान्दैनन्। तिनीहरूले सोच्छन्, सेवाकर्ता बनेर तिनीहरूले ठूलो अपमान र भेदभाव भोग्‍नेछन्। त्यसोभए, तिनीहरू ठ्याक्‍कै के बन्‍न चाहन्छन् त? तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थाल्दा र परमेश्‍वरको घर आउँदा तिनीहरूको उद्देश्य के हुन्छ? के तिनीहरू परमेश्‍वरका मानिसहरू, परमेश्‍वरका अनुयायीहरू बन्‍न तयार हुन्छन्? के तिनीहरू सिद्ध पारिने व्यक्ति बन्‍न तयार हुन्छन्? के तिनीहरू पत्रुस र अय्यूबजस्तै बन्‍नमा खुसी हुन्छन् र यसलाई असल भन्छन्? (भन्दैनन्।) के कसैले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा आफू परमेश्‍वरका चुनिएका मानिसहरूमध्येको एक हुन पाउँदा खुसी छु, र त्यो नै मेरो लागि पर्याप्त छ भनेर भन्छ? के कोही परमेश्‍वरको हातको खेलौना बन्‍न तयार हुन्छ? अहँ, मानिसहरू विशेषगरी यस्तो व्यक्ति बन्‍न इच्छुक हुँदैनन्। जब कुनै व्यक्ति परमेश्‍वरको घर आउँछ, तब ऊ लाभ, आशिष्, इनाम, र मुकुट प्राप्त गर्ने उद्देश्य लिएर आउँछ। अनि उसले परमेश्‍वरका वचनहरूले गर्ने खुलासा र न्याय स्विकार्ने क्रममा, उसले परमेश्‍वरमाथिको विश्‍वासमा त्यस्ता अभिप्रायहरू राखेर सत्यता बुझ्न सक्‍नेछैन र अन्त्यमा मुक्ति प्राप्त गर्न सक्‍नेछैन भन्‍ने कुरा थाहा पाउँछ। त्यसकारण, धेरै मानिसहरूले आशिष् र मुकुट र इनाम पाउने आफ्नो इच्छा त्याग्‍ने, यी सबै फाइदाहरू त्याग्‍ने र सुरुमा परमेश्‍वरले के भन्‍नुहुन्छ, मान्छेप्रतिका उहाँका मापदण्डहरू के-के हुन्, र उहाँले मानिसलाई के भन्‍नुहुन्छ भनेर सुन्‍ने निर्णय गर्छन्। परमेश्‍वरका वचनहरू सुन्‍ने धेरै मानिसहरूले हृदयमा गुप्त आनन्द महसुस गर्छन् र यसो भन्छन्: “परमेश्‍वरले हाम्रो भ्रष्टता खुलासा गर्नुहुन्छ, उहाँले हाम्रो कुरूप साँचो रङ्ग खुलासा गर्नुहुन्छ, र उहाँले परमेश्‍वरको विरोध गर्ने र सत्यताप्रति वितृष्णा राख्‍ने हाम्रो सार खुलासा गर्नुहुन्छ—यी सबै तथ्य हुन्। भाग्यवश, मैले सम्पत्ति, अनुग्रह, र आशिष् माग्दै प्रार्थना गर्न परमेश्‍वरसामु हतारहतार हात पसारिनँ; भाग्यवश, मैले यी कुराहरू पहिले नै त्यागेँ। यदि मैले यी कुराहरू नत्यागेको भए, के मैले आफूलाई मूर्ख तुल्याउनेथिइनँ र? परमेश्‍वरले भन्‍नुहुने सबै कुराले मानिसको प्रकृति र सार खुलासा गर्छन्, त्यसैले मैले ती कुराहरू कसरी त्याग्‍न सक्छु? मानिसहरूले सुरुमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ र परमेश्‍वरको व्यवस्थापन योजनाभित्रको काममा सहकार्य गर्नुपर्छ भनेर परमेश्‍वरले भन्‍नुभएको छ। यस प्रक्रियामा, यदि मानिसहरू सत्यता बुझ्ने र स्विकार्ने मार्ग हिँड्न सके भने, तिनीहरूले मुक्ति पाउने आशा पाउनेछन् र भविष्यमा धेरै फाइदाहरू प्राप्त गर्न सक्‍नेछन्।” यस विन्दुमा, धेरै मानिसहरूले यी कुराहरूबारे सोच्न छोड्छन्। तिनीहरूको सुन्दर इच्छा, भविष्यको लागि तिनीहरूले गर्ने तृष्णा र आशाहरू अब त्यति वास्तविक देखिँदैनन्। तिनीहरूलाई लाग्छ कि, यस क्षणमा आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने, परमेश्‍वरका अभिप्रायहरू कसरी सन्तुष्ट पार्ने, र सत्यता कसरी बुझ्ने र दह्रिलो गरी कसरी खडा हुने भन्‍ने कुराहरू ती इच्छा र आकाङ्क्षाहरूभन्दा वास्तविक, महत्त्वपूर्ण र अत्यावश्यक छन्। त्यसैले, यो महत्त्वपूर्ण विन्दुमा, धेरैजसो मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने, परमेश्‍वरको काम अनुभव गर्ने, सत्यता प्राप्त गर्ने, आफ्नो समय र जवानी समर्पित गर्ने, र परमेश्‍वरको लागि र कर्तव्य निर्वाह गर्नको लागि आफ्नो परिवार, जागिर, र सांसारिक सम्भावनाहरू त्याग्‍ने निर्णय गर्छन्, र कति मानिसहरूले त यसको लागि आफ्नो विवाहसमेत छोड्छन्। मानिसहरूमा हुने यस्ता प्रकटीकरण, व्यवहार, र कार्यहरू पक्कै पनि सकारात्मक कुराहरूप्रतिका र परमेश्‍वरले बताउनुभएका सबै मापदण्डहरूप्रतिका आज्ञाकारी र समर्पित मनोवृत्ति हुन्, र यही मनोवृत्ति नै सत्यता बुझ्न, सत्यता अभ्यास गर्न, परमेश्‍वरमा समर्पित हुन र अन्त्यमा मुक्ति प्राप्त गर्नको लागि मानिसहरूमा हुनुपर्ने अत्यावश्यक सर्त हो। कर्तव्य निर्वाह गर्न परमेश्‍वरको घर आउनुभन्दा पहिले, हरेक सामान्य व्यक्तिमा हुने विभिन्‍न प्रकटीकरण र सोचहरू यिनै हुन्। यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयदेखि अहिलेसम्म, तिनीहरूका सोच र दृष्टिकोणहरू निरन्तर परिवर्तन भइरहेका हुन्छन्, र सत्यता र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्ति पनि निरन्तर रूपान्तरित भइरहेको हुन्छ। मानिसका यी पहिलेका इच्छा र महत्त्वाकाङ्क्षाहरू एकातिर निरन्तर नाश भइरहेका हुन्छन्, र अर्कोतिर तिनीहरूले यी कुराहरूलाई बिस्तारै र सक्रिय रूपमा छोडिरहेका र त्यागिरहेका हुन्छन्। परमेश्‍वरसँग सहकार्य गर्ने र उहाँमा समर्पित हुने मानिसहरूको चाहनाले अन्त्यमा पैदा गर्ने असल फल यही हो। यो सकारात्मक र असल प्रकटीकरण हो, र यो राम्रो परिणाम हो। मानिसहरूले निरन्तर प्रगति गर्ने क्रममा, साँचो रूपमा सत्यता पछ्याउनेहरूले आशिष्‌हरू प्राप्त गर्ने आफ्नो इच्छा र अभिप्राय लगभग त्यागिसकेका हुन्छन्, त्यसकारण धेरैजसो मानिसहरू परमेश्‍वरले मानिसलाई पहिले दिनुभएका विभिन्‍न प्रतिज्ञाहरूप्रति त्यति संवेदनशील हुँदैनन् वा त्यति चासो राख्‍दैनन्। किनभने, सामान्य व्यक्तिको समझअनुसार मापन गर्दा, यदि कसैले मानकअनुरूप हुनेगरी आफ्नो कर्तव्य पूरा गर्न सक्दैन र ऊ सत्यता बुझ्न असफल हुन्छ भने, उसले परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका सबै आशिष्‌हरू प्राप्त गर्ने मौका गुमाउनेछ र ऊसँग यसको कुनै सम्बन्ध हुनेछैन। यो सबैभन्दा सरल तर्कलाई सबैले बुझ्नैपर्छ। अहिले धेरै मानिसहरूले यस्तो तथ्यलाई अवश्य नै पहिल्यै बुझिसकेका हुन्छन्, र तिनीहरूले यो तथ्यलाई मान्छन् र स्वीकार पनि गर्छन्; ख्रीष्टविरोधीहरूले मात्रै यसलाई स्विकार्दैनन्। तिनीहरूले किन यसलाई स्विकार्दैनन्? किनभने तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले यो तथ्य स्विकार्दैनन्, त्यसोभए तिनीहरूले के गर्न चाहन्छन्? जब तिनीहरू परमेश्‍वरको घर आउँछन्, तब तिनीहरूले परमेश्‍वरका वचनहरूको छानबिन गर्छन् र तिनमा विभिन्‍न पदनाम र हैसियतहरू भेट्टाउँछन्, जस्तै “परमेश्‍वरको व्यक्तित्व,” “ज्येष्ठ पुत्र,” “परमेश्‍वरका पुत्रहरू,” “परमेश्‍वरका मानिसहरू,” र “सेवाकर्ताहरू” अनि तिनीहरूको आँखा उज्यालो हुन्छ। तिनीहरूका इच्छा र महत्त्वाकाङ्क्षाहरू तुरुन्तै सन्तुष्ट हुन्छन्, र तिनीहरूले सोच्छन्, “परमेश्‍वरका पुत्रहरूमध्ये एक हुनु अत्यन्तै साधारण कुरा हो; धेरैजसो मानिसहरू परमेश्‍वरका पुत्रहरू नै हुन्। परमेश्‍वरका मानिसहरूमध्ये एक हुनु भनेको साधारण व्यक्ति, ठूलो भीडको भाग, कुनै शक्ति वा प्रभाव नभएको साधारण व्यक्ति हुनु हो। अनि, मलाई ‘सेवाकर्ता’ बनाउनेबारे त विचारसमेत नगर। म बाँचुन्जेल सेवाकर्ता बन्‍नुसँग मेरो कुनै सम्बन्ध हुनेछैन; मसँग यो पूरै असम्बन्धित हुनेछ।” त्यसकारण, तिनीहरूले “परमेश्‍वरको व्यक्तित्व” र “ज्येष्ठ पुत्र” भन्‍ने दुई वटा पदनामहरूमा ध्यान दिन्छन्। तिनीहरूका धारणाहरूमा, तिनीहरूलाई के विश्‍वास हुन्छ भने, “परमेश्‍वरको व्यक्तित्व” परमेश्‍वर स्वयम् हुनुहुन्छ, “ज्येष्ठ पुत्रहरू” परमेश्‍वरका प्रथम पुत्रहरू हुन्, र यी दुईले शक्ति र प्रभाव ल्याउँछन्, र तिनीहरूले मानवजातिमाझ राजाको रूपमा शासन गर्न सक्छन्, मानिसहरूलाई नियन्त्रण गर्न सक्छन्, परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न सक्छन्, तिनीहरूमा पूर्ण शक्ति हुन्छ, र तिनीहरूसँग निर्णय गर्ने शक्ति हुन्छ, अगुवा बन्‍ने शक्ति हुन्छ, र मानिसहरूलाई योजनाबद्ध गर्ने र मानिसहरू बाँच्छन् कि मर्छन् भनेर निर्णय गर्ने शक्ति हुन्छ—तिनीहरूले यी शक्तिहरूलाई अत्यन्तै महान् ठान्छन्। त्यसैले तिनीहरूलाई सेवाकर्ता बन्‍न लगाउनु असम्भव हुन्छ। यदि तिनीहरूलाई आफै छनौट गर्न दिइयो भने, तिनीहरूले ज्येष्ठ पुत्र वा परमेश्‍वरको व्यक्तित्व बन्‍न छनौट गर्नेछन्; अन्यथा, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न छोड्नेछन्। जब तिनीहरूले कर्तव्य निर्वाह गर्छन् वा परमेश्‍वरको घरमा अगुवा र कामदारहरूका रूपमा काम गर्छन्, तब तिनीहरूले यी दुई उद्देश्य पछ्याउँदै काम गर्छन्, मूल्य चुकाउँछन्, कष्ट भोग्छन्, र दौडधूप गर्छन्। यो अवधिमा, तिनीहरूले दौडधूप गर्दै आफू कति टाढासम्‍म गएँ, सुसमाचार प्रचार गर्दा आफूले कति जना मानिसहरूलाई विश्‍वासमा ल्याएँ, आफूलाई कति जना मानिसहरूले श्रद्धा गर्छन् र उच्‍च ठान्छन्, आफूले मण्डलीको नेतृत्व गर्दा समस्याहरू सामना गर्ने दाजुभाइ-दिदीबहिनीहरू अरूकहाँ जान्छन् कि आफूकहाँ आउँछन्, र आफूले अरूका विचार र दृष्टिकोणहरू नियन्त्रित र प्रभावित पार्न सक्छु कि सक्दिनँ भनेर निरन्तर हिसाबकिताब गर्छन्। तिनीहरूले आफूले चाहेको कुरा हासिल गर्ने, अर्थात् परमेश्‍वरको घरमा राजाको रूपमा शासन गर्ने उद्देश्यले निरन्तर यी कुराहरू हिसाबकिताब, नापतौल र अवलोकन गर्छन्। धेरैजसो मानिसहरूले परमेश्‍वरको घर आएपछि र केही सत्यताहरू बुझेपछि, सृजित प्राणीको कर्तव्य सामान्य रूपमै पूरा गर्न सक्छन्—तर ख्रीष्टविरोधीहरूले सक्दैनन्। तिनीहरूले आफू कुलीन वंशबाट आएको हुँ, आफू कुलीन र विशेष समूहको भाग हुँ, र आफूलाई परमेश्‍वरको घरमा महान् भनिनुपर्छ भन्‍ने विश्‍वास गर्छन्; अन्यथा, तिनीहरूले परमेश्‍वरमा विश्‍वास नै गर्दैनन्। यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु छ भने, तिनीहरूलाई परमेश्‍वरको घरमा महान् भनेर आदर गरिनुपर्छ र तिनीहरू सबैभन्दा ठू्ला मानिसहरू बन्‍नुपर्छ। साथै, तिनीहरूले परमेश्‍वरको नोटबुकमा आफ्नो निम्ति कति धेरै श्रेय छ, र आफू परमेश्‍वरसँग राजाको रूपमा शासन गर्न पर्याप्त रूपमा योग्य छु कि छैन भनेर पनि हिसाबकिताब र आकलन गर्छन्। त्यसकारण, परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्न आउने केही ख्रीष्टविरोधीहरूको स्रोत, सुरुवातको बिन्दु, र उत्प्रेरणा भनेकै राजाको रूपमा शासन गर्न उहाँको घर आउनु हो। तिनीहरू साधारण र सबैभन्दा कम महत्त्वका अनुयायीहरू हुनलाई कर्तव्य निर्वाह गर्न पक्‍कै पनि तयार हुँदैनन्, र तिनीहरूको महत्त्वाकाङ्क्षा र इच्छा निभ्‍नेबित्तिकै, तिनीहरू अचानक शत्रुवत्‌ बन्छन् र कर्तव्य निर्वाह गर्न इन्कार गर्छन्।

अहिले परमेश्‍वरको घरमा कति यस्ता मानिसहरू छन् जसले धेरै वर्षदेखि कर्तव्य निर्वाह गरिरहेका छन्, तर सबै कुरा नराम्ररी गरिरहेका छन्, र तिनीहरू जहाँ गए नि तिनीहरूलाई हटाइन्छ। तिनीहरूमा भयानक मानवता र न्यून निष्ठा भएकोले, तिनीहरूले सत्यता नपछ्याउने हुनाले, र तिनीहरूमा सत्यताप्रति वितृष्ण रहने क्रूर र दुष्ट स्वभाव भएकोले, तिनीहरूलाई अन्ततः दाजुभाइ-दिदीबहिनीहरूले इन्कार गर्छन्। तिनीहरूले आशिष्‌हरू पाउने आफ्नो इच्छा धुवाँ बन्‍न लागेको, र राजाको रूपमा शासन गर्ने र परमेश्‍वरको घरमा अरूभन्दा माथि उठ्ने आफ्नो सपना अब पूरा हुन नसक्‍ने देख्‍नेबित्तिकै, तिनीहरू आफ्नो निजी जीवनमा कसरी जिउँछन्? तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दैनन्, भजनहरू सुन्दैनन्, भेलाहरूमा सहभागी हुँदैनन्, कर्तव्य निर्वाह गर्न लगाउँदा तिनीहरूले परमेश्‍वरको घरलाई बेवास्ता गर्छन्, र भेला हुने समयमा दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई बोलाउनु, निमन्त्रणा दिनु, र सम्झाउनु समेत पर्छ। तिनीहरूमध्ये कति जना त मन नलागीनलागी भेलाहरूमा सहभागी भइरहन्छन्, तर भेलाहरूमा तिनीहरूले एक शब्द पनि बोल्दैनन्, सङ्गति गर्दै गर्दैनन्, र अरूले भनेको सबै कुराप्रति तिनीहरूलाई घृणा लाग्छ र तिनीहरू ती कुरा सुन्न चाहँदैनन्। जब दाजुभाइ-दिदीबहिनीहरूले प्रार्थना गर्छन्, तब तिनीहरूले पनि आँखा बन्द गर्छन्, तर केही भन्दैनन्—तिनीहरूसँग परमेश्‍वरलाई भन्‍ने कुरा केही हुँदैन। अनि अरू मानिसहरूले भेलाहरूमा हुँदा, प्रवचनहरू सुन्दा, वा दाजुभाइ-दिदीबहिनीहरूले सत्यता सङ्गति गर्दा के गर्छन्? कति जना सुत्छन्, कतिले आफ्नो फोन हेर्छन् र समाचार पढ्छन्, कतिले अरूसँग च्याट गर्छन्, र कतिले अनलाइन गेमहरू खेल्छन्। तिनीहरूले के सोच्छन् भने, परमेश्‍वरमा विश्‍वास गरेर, यदि अरूले तिनीहरूलाई त्यति मन पराउँदैनन्, तिनीहरूप्रति अरू खुसी र राम्रो सम्बन्धमा हुन सक्दैनन्, तिनीहरूको वरिपरि कुनै समर्थकहरू जम्‍मा हुँदैनन्, र तिनीहरूलाई महत्त्वपूर्ण कामहरू दिन सकिँदैन भने, भविष्यमा तिनीहरूले परमेश्‍वरसँग राजाको रूपमा शासन गर्न सक्‍नेछैनन्, र त्यसैले तिनीहरूको लागि परमेश्‍वर अस्तित्वमा हुनुहुन्‍न। तिनीहरूको नजरमा, परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुन्न भन्‍ने कुरा तिनीहरूले आशिष्‌हरू प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरासँग जोडिएको हुन्छ। के ख्रीष्टविरोधीहरूले यसरी नै व्यवहार गर्दैनन् र? यदि परमेश्‍वरले तिनीहरूलाई आशिष्‌हरू प्राप्त गर्न दिन सक्‍नुहुन्‍न भने, तिनीहरूले विश्‍वास गर्छन् कि उहाँ परमेश्‍वर हुनुहुन्‍न र उहाँसँग सत्यता छैन, र तिनीहरूलाई लापरवाह रूपमा काम गर्न, मण्डलीमा शक्ति हातमा लिन, र भविष्यमा राजाको रूपमा शासन गर्न दिन सक्‍ने परमेश्‍वर मात्रै परमेश्‍वर हुनुहुन्छ। यो शैतानको तर्क हो—यो सही र गलतलाई उल्टोपाल्टो पार्नु र तथ्यहरू बङ्ग्याउनु हो। परमेश्‍वरका विश्‍वासीका रूपमा, तिनीहरूले परमेश्‍वरका पाइलाहरू पछ्याउन नसक्नु र आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक हुनुको कारण के हो भने, तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, र तिनीहरू आफ्नो हृदयमा शैतानका दर्शनहरू, ज्ञान, ख्याति, प्राप्ति, र पदलाई मात्रै श्रद्धा गर्छन्। तिनीहरू परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर इन्कार गर्छन्, तिनीहरू परमेश्‍वरको कामप्रति ध्यान दिँदैनन्, त्यसकारण तिनीहरू भेलाहरूमा आफ्नो फोन हेर्छन्, गेम खेल्छन्, खाजा खान्छन्, र गफ गर्छन्—तिनीहरू जे मन लाग्यो त्यही गर्छन् र आफैसँग खुसी हुन्छन्। आशिष् पाउने तिनीहरूको आशा चकनाचुर हुनेबित्तिकै, तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासमा कुनै अर्थ भेट्टाउँदैनन्, र परमेश्‍वरमाथिको विश्‍वासमा कुनै अर्थ नभेट्टाएपछि, तिनीहरूले मण्डलीलाई—दाजुभाइ-दिदीबहिनीहरू भेला हुने ठाउँलाई—खेल मैदानको रूपमा लिन्छन्, तिनीहरूले भेला हुने समयलाई खाली समयको रूपमा लिन्छन्, र तिनीहरूले भेलाहरू र प्रवचनहरू सुन्‍ने समयलाई दमनकारी, थकाइलाग्दो, र न्यास्रोलाग्दो ठान्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले सुन्‍ने प्रवचन र सत्यतालाई केको रूपमा लिन्छन्? तिनीहरूले तिनलाई नारा, आधारहीन बकवासको रूपमा लिन्छन्, र दाजुभाइ-दिदीबहिनीहरूसँग भेला हुने समयलाई समयको बरबादीको रूपमा लिन्छन्। के यी मानिसहरू प्रकट भएका छैनन् र? तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासमा आफ्ना महत्त्वाकाङ्क्षा, चाहना, र भ्रमहरू ल्याउँछन्, र यो तिनीहरूले अन्त्यसम्‍मै बाटो पछ्याउन सक्दैनन्, र तिनीहरू परमेश्‍वरको काम र परमेश्‍वरको व्यवस्थापन योजनाको लागि सेवा दिनसमेत योग्य छैनन् भन्‍ने कुरा निर्धारित गर्ने सङ्केत हो। तिनीहरूले प्रवचन सुन्‍नेहरूलाई र सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूलाई तिरस्कारको नजरले हेर्छन्, र अझै बढी रूपमा, तिनीहरूले परमेश्‍वरको काम, परमेश्‍वरको अस्तित्व, र परमेश्‍वरको व्यवस्थापन योजनाको कामको तथ्यको अस्तित्वलाई इन्कार गर्छन्।

जब ख्रीष्टविरोधीहरूले—सत्यताप्रति वितृष्णा राख्‍ने मानिसहरूले—परमेश्‍वरमा विश्‍वास गर्दा तिनीहरूलाई कुनै फाइदा प्राप्त हुँदैन भन्‍ने सोच्न थाल्छन्, तब तिनीहरूको दुष्ट रूप पर्दाफास हुन्छ। कतिपय महिला ख्रीष्टविरोधीहरूले भूतजस्तो देखुन्जेलसम्म घरमा बसेर मेकअप लगाउँछन्। तिनीहरूले विपरीतलिङ्गीहरूको लागि फेशनेबल वा आकर्षक वस्‍त्रहरू लगाउँछन्, र कतिपय त लुकेर माजोङ र जुवातास खेल्दै, र धूम्रपान गर्दै हिँड्छन्—ती मानिसहरू अत्यन्तै भयानक र घृणित हुन्छन्। तिनीहरू नाटक गरेर परमेश्‍वरको घर आउँछन्, र अन्त्यमा के हुन्छ? तिनीहरूले त्यो नाटक कायम राख्‍न सक्दैनन्, सक्छन् त? सत्यताले मात्रै मानिसहरूलाई प्रकट गर्न सक्छ, र यदि कसैले सत्यतालाई प्रेम गर्दैन, सत्यताप्रति वितृष्णा राख्छ, र उसमा क्रूर स्वभाव छ भने, ऊ सत्यताप्रति शत्रुवत्‌ रहने र टिकिरहन नसक्‍ने व्यक्ति बन्‍ने पक्‍का हुन्छ। के मण्डलीले अझै पनि त्यस्ता मानिसहरूलाई हटाउनुपर्छ? के परमेश्‍वरले अझै पनि तिनीहरूलाई दोषी ठहराउनुपर्छ? के परमेश्‍वरले अझै पनि त्यस्तो व्यक्तिलाई इन्कार्नुपर्छ? पर्दैन, परमेश्‍वरले तिनीहरूप्रति कुनै ध्यान दिनुहुन्न। परमेश्‍वरको लागि त यी मानिसहरू कीराहरू मात्रै हुन्, सेवाकर्ता बन्‍न समेत लायक नभएका किराहरू हुन्—तिनीहरू यो स्तरका समेत हुँदैनन्। जब भेलाहरू, मण्डली जीवन, र कर्तव्यप्रति तिनीहरूमा यस्तो हेलाको मनोवृत्ति हुन्छ, यसले के प्रमाणित गर्छ? परमेश्‍वरले तिनीहरूको रेखदेख वा रक्षा गर्नुहुन्न, न त उहाँले तिनीहरूलाई अगुवाइ नै गर्नुहुन्छ। उहाँले तिनीहरूलाई अन्तर्दृष्टि दिने, अगुवाइ गर्ने, वा अनुशासनमा राख्‍ने कुनै काम गर्नुहुन्न, त्यसकारण तिनीहरूले त्यस्तो अप्रिय र कुरूप जीवन जिउँछन्। तैपनि, तिनीहरू आफैले भने यस्तो सोच्छन्, “म परमेश्‍वरमा विश्‍वास गर्दिनँ; म स्वतन्त्र छु। परमेश्‍वरमा विश्‍वास गर्ने तिमीहरूले कष्ट भोग्‍नुपर्छ र मूल्य चुकाउनुपर्छ, आफ्नो परिवार र करियर त्याग्‍नुपर्छ, जबकि मैले केही पनि भोग्‍नु पर्दैन। म घरमा बसेर फुर्सतको आनन्द लिन सक्छु, देहका सुखहरूमा रमाउन सक्छु, र जीवनका सुखहरूको आनन्द लिन सक्छु।” तिनीहरूले आफूले खुशी र स्वतन्त्रता प्राप्त गरेको छु भन्‍ने विश्‍वास गर्छन्। के परमेश्‍वरले तिनीहरूलाई कुनै ध्यान दिनुहुन्छ र? (दिनुहुन्‍न।) किन दिनुहुन्‍न? परमेश्‍वरको लागि, यी मानिसहरू मानव होइनन् बरु कीराहरू हुन्, र तिनीहरू उहाँको ध्यान पाउन लायक हुँदैनन्। यदि परमेश्‍वरले तिनीहरूलाई ध्यान दिनुभएन भने, के उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछ? परमेश्‍वरले तिनीहरूलाई मुक्ति नदिनुहुने भएपछि, के तिनीहरूले गर्ने कुराको परमेश्‍वरसँग कुनै सम्बन्ध हुन्छ? के परमेश्‍वरको घरका प्रशासनिक आदेशहरूसँग यसको कुनै सम्‍बन्ध हुन्छ? अहँ, हुँदैन। त्यसकारण, तिनीहरू बाहिरी रूपमा हरदिन अत्यन्तै सहज, स्वतन्त्र र ढुक्क भएर, निकै खुशी भएर जिउँछन् भन्‍ने देखिन्छ। के तँलाई त्यो राम्रो कुरा हो भन्‍ने लाग्छ? तिनीहरूले जे कुरा जिउँछन् त्यो कुरालाई र तिनीहरूले पछ्याउने मार्गलाई झलक्‍क हेर्दा नै तिनीहरू सक्‍किसके, अबदेखि परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्न भन्‍ने कुरा थाहा हुन्छ। यी कीराहरू साँच्‍चै दुर्गन्धित किराहरू हुन्! परमेश्‍वरले यस्ता मानिसहरूलाई कुनै ध्यान दिनुहुन्न।

वातावरण र परिस्थितिहरू जस्तोसुकै भए पनि, राजाको रूपमा शासन गर्न र आउने संसारमा परमेश्‍वरसँग समान स्थानमा रहनको लागि सक्दो प्रयास गर्ने मानिसहरू भनेका ख्रीष्टविरोधीहरूमाझ रहेका अत्यन्तै जिद्दी तत्त्वहरू हुन्। त्यस्ता मानिसहरू पावलजस्तै हुन्छन्; तिनीहरूले आफ्नो देहमा काँडा बोक्छन्, तिनीहरूले परमेश्‍वरबारे शङ्का गर्छन्, तिनीहरूले परमेश्‍वरलाई प्रतिरोध गर्छन् र धम्की दिन्छन्, र तिनीहरूले काम गर्दा, आफूलाई समर्पित गर्दा, कठिनाइ भोग्दा, र मूल्य चुकाउँदा ठूलो अनिच्छा देखाउँछन्। तिनीहरूले मुकुट पाउन र आउने संसारमा राजाको रूपमा शासन गर्ने मौका पाउन मात्रै यी कुराहरू गर्छन्। के यो सम्पूर्ण प्रक्रियाले ख्रीष्टविरोधीहरूलाई अति दयनीय देखाउँदैन र? वास्तवमा, तिनीहरू दयनीय हुँदैनन्। तिनीहरू दयनीय नहुने मात्र होइन, बरु वास्तवमा अलिक हास्यास्पद हुन्छन्। परमेश्‍वरले यति धेरै कुरा बोल्नुभएपछि पनि, यदि तिनीहरूले अझै सत्यता बुझेका छैनन् भने यो कुरै बिर्सिदेओ; तिनीहरूले कसरी मानव भाषासमेत बुझ्न सक्दैनन् र? तिनीहरूले कसरी यस्तो सरल सिद्धान्तसमेत बुझ्न सक्दैनन् र? यदि तैँले सत्यता अभ्यास गरिनस् भने, तैँले स्वभाव परिवर्तन हासिल गर्न वा मुक्ति प्राप्त गर्न सक्‍नेछैनस्; र परमेश्‍वरले तेरो लागि प्रतिज्ञा गर्नुभए पनि, तैँले त्यो प्राप्त गर्न सक्‍नेछैनस्। परमेश्‍वरले मानिसलाई दिनुहुने जुनसुकै पनि प्रतिज्ञा सशर्त हुन्छ; उहाँले कारण वा सर्तहरूविना मानिसहरूको लागि प्रतिज्ञा गर्नुहुन्न। परमेश्‍वरले मानिसको लागि तोक्‍नुभएका उहाँका मापदण्डहरू छन्, र यी मापदण्डहरू कहिल्यै परिवर्तन हुँदैनन्। परमेश्‍वरले सत्यता उल्लङ्घन गर्नुहुनेछैन, न त उहाँले उहाँका अभिप्रायहरू नै परिवर्तन गर्नुहुनेछ। यदि तैँले यो कुरा बुझिस् भने, के तँ अझै पनि आफ्ना इच्छा र महत्त्वाकाङ्क्षाहरूमा जिद्दी भएर लागिरहनेछस्? मूर्ख र तर्कहीन मानिसहरू मात्रै यी कुराहरूमा जिद्दी भएर लागिरहन्छन्। सामान्य चेतना र सामान्य मानवता भएका मानिसहरूले यी कुराहरू त्याग्‍नुपर्छ र तिनीहरूले खोजी गर्नुपर्ने, प्राप्त गर्नुपर्ने, र प्रवेश गर्नुपर्ने कुराहरू पछ्याउनुपर्छ—सर्वप्रथम, तिनीहरूले परमेश्‍वरका मापदण्डहरू पूरा गर्नुपर्छ। दोस्रोमा, सामान्य चेतना भएका मानिसहरूले के कुरा पनि बुझ्नुपर्छ? बाइबलमा हामीले परमेश्‍वरसँग अनन्तकालसम्म राजाको रूपमा शासन गर्नेछौँ भनेर भनिएका अगमवाणीहरू छन्, र परमेश्‍वरको वर्तमान काममा, उहाँले मानिसहरूको लागि विभिन्‍न स्तर र पदनामहरू वर्गीकरण गर्दै परमेश्‍वरको व्यक्तित्व, ज्येष्ठ पुत्र, परमेश्‍वरका पुत्रहरू, परमेश्‍वरका मानिसहरू, आदि इत्यादि कुराहरू पनि उल्लेख गर्नुभएको छ। परमेश्‍वरले मान्छेको लागि यी कुराहरू प्रतिज्ञा गर्नुभएको भए पनि, मानिसहरूले किन तिनलाई पछ्याउन सक्दैनन्? त्यसोभए, सही बुझाइ र सही शैली के हुनुपर्छ? यदि कसैले राजाको रूपमा शासन गर्ने कार्य र परमेश्‍वरले दिनुभएका प्रतिज्ञाहरूलाई पछ्याउने उद्देश्यहरूको रूपमा लिन्छ भने, के यो सही मार्ग हुन्छ? अवश्यै हुँदैन; यो सकारात्मक छैन, यो मानव इच्छाद्वारा अति दूषित भएको हुन्छ, र यो मार्ग सत्यतासँग बाझिन्छ। कति मानिसहरूले भन्छन्, “तपाईँले यो प्रतिज्ञा गर्नुभएको भए पनि, हामीलाई किन यो प्राप्त गर्न दिनुहुन्न? तपाईँले यी सबै कुराहरू भन्‍नुभएको छ र सबै मानवजातिको निम्ति सार्वजनिक रूपमा घोषणा गर्नुभएको छ, र पनि तपाईं किन हामीलाई यो कुरा पछ्याउन दिनुहुन्न?” यो कुरा सत्यतासँग सम्बन्धित छ; सुरुदेखि आजसम्म कसैले पनि यो कुरालाई सही रूपमा बुझेको छैन। सत्यताको कुन पक्षसँग यो सम्बन्धित छ? तैँले यसलाई यसरी हेर्नुपर्छ: परमेश्‍वरले मानिसको लागि प्रतिज्ञा गर्नुभएको छ, र परमेश्‍वरबाट नै मानिसलाई राजाको रूपमा शासन गर्ने विचार, साथै “परमेश्‍वरको व्यक्तित्व”, “ज्येष्ठ पुत्र”, “परमेश्‍वरका पुत्रहरू”, आदि इत्यादिजस्ता विभिन्‍न पदनामहरूबारे थाहा दिइएको हो। तैपनि यी त पदनामहरू मात्रै हुन्। कुन पदनामसँग कस्ता मानिसहरू सम्बन्धित हुन्छन् भन्‍ने कुरा व्यक्तिको पछ्याइ र कार्यप्रस्तुतिमा निर्भर हुन्छ। सृष्टिकर्ताले तँलाई जे-जस्तो पदनाम दिनुहुन्छ, तँ त्यही व्यक्ति होस्। यदि उहाँले तँलाई पदनाम दिनुभएन भने, तँ केही पनि होइनस्; यो त परमेश्‍वरबाट आएको प्रतिज्ञा मात्रै हो, मानिसहरूले पाउनुपर्ने वा मानिसहरू हकदार हुने कुरा होइन। यो प्रतिज्ञा अवश्य नै मानिसहरूले चाहने उद्देश्य हो, तर यो उद्देश्य मानिसहरूले लिनुपर्ने मार्ग होइन, र मानिसहरूले लिने मार्गसँग यसको कुनै सम्बन्ध छैन। यो विषयमा निर्णय गर्ने अधिकार कसको हुन्छ? (परमेश्‍वरको।) ठीक भन्यौ, मानिसहरूले यो कुरा बुझ्नैपर्छ। यदि परमेश्‍वरले तँलाई केही कुरा दिइरहेको छु भनेर भन्‍नुहुन्छ भने, तँसँग केही हुन्छ; यदि उहाँले तँबाट यो कुरा खोस्दै छु भनेर भन्‍नुहुन्छ भने, तँसँग केही हुँदैन, तँ केही पनि होइनस्। यदि तैँले “परमेश्‍वरले मलाई यो कुरा दिनुहुन्न भने पनि म यसलाई पछ्याउनेछु, र परमेश्‍वरले मलाई दिनुहुन्छ भने, म यसलाई स्वाभाविक रूपमै स्विकार्नेछु” भनेर भनिस् भने, यो गलत कुरा हो। यो किन गलत छ? यसले एउटा प्रमुख वर्जना उल्लङ्घन गर्छ। तैँले परमेश्‍वर सधैँ परमेश्‍वर नै हुनुहुनेछ र मानिस सधैँ मानिस नै हुनेछ भन्‍ने तथ्य पहिचान गर्दैनस्—त्यसैले यो गलत छ। कति मानिसहरूले भन्छन्, “बाइबलमा यो कुराको अगमवाणी गरिएको छ। धेरै ठाउँमा, बाइबलले हामी परमेश्‍वरसँग अनन्तकालसम्म राजाको रूपमा शासन गर्नेछौँ भनेर भन्छ। परमेश्‍वरले यसो भन्‍न सक्नुहुन्छ र पनि किन हामीले यसलाई पछ्याउन सक्दैनौँ?” के सृजित प्राणीमा हुनुपर्ने समझ यही हो? मानिसहरूले राजाको रूपमा शासन गर्ने परमेश्‍वरको प्रतिज्ञालाई तँ राम्रो कुराको रूपमा देख्छस् र यसलाई पछ्याउँछस्, तर परमेश्‍वरले सेवाकर्ताहरूबारे पनि कुरा गर्नुभएको छ—के तँ परमेश्‍वरका लागि राम्ररी सेवा प्रदान गर्ने पछ्याइमा छस्? के तँ मानकअनुरूपको सेवाकर्ता बन्‍ने पछ्याइमा छस्? परमेश्‍वरले मानिसहरूलाई आफ्नो कर्तव्य पूरा गर्न पनि लगाउनुहुन्छ—के तैँले आफूलाई आफ्नो कर्तव्य राम्ररी पूरा गर्न लगाउँछस्? परमेश्‍वरले मानिसहरूलाई सृजित प्राणीहरूको रूपमा व्यवहार गर्न पनि आज्ञा गर्नुहुन्छ, र के तैँले त्यसो गर्छस्? के तैँले मानकअनुरूपको सृजित प्राणी बन्‍नुलाई आफ्नो उद्देश्यको रूपमा लिन्छस् र यसलाई पछ्याउँछस्? मानिसहरूले राजाको रूपमा शासन गर्नेछन् भनेर परमेश्‍वरले भन्‍नुभएको कुरा मान्छेलाई दिइएको प्रतिज्ञा हो, र यो प्रतिज्ञाको एउटा आधार र प्रसङ्ग छ: तँ असल सृजित प्राणी हुनुपर्छ, तैँले सृजित प्राणीको कर्तव्य राम्ररी पूरा गर्नुपर्छ, सेवाकर्ताको भूमिका फाल्नुपर्छ, र परमेश्‍वरप्रतिको समर्पण र सृष्टिकर्ताप्रतिको डर हासिल गर्नुपर्छ। जब तिमीहरूले यो सब कुरा हासिल गर्छौ, तब तिमीहरूले परमेश्‍वरसँग सदासर्वदा राजाको रूपमा शासन गर्न सक्‍नेछौ भनेर परमेश्‍वरले भन्‍नुभएको छ—यी वचनहरू बोलिएको प्रसङ्ग यही हो। मानिसहरूमा समझको कमी हुन्छ। यो सुन्‍नेबित्तिकै, तिनीहरूले सोच्छन्, “हामीले परमेश्‍वरसँग राजाको रूपमा शासन गर्न पाउनु राम्रो कुरा हो! यो कहिले हुनेछ? हामीले कसरी राजाको रूपमा शासन गर्नेछौँ? हामी कसरी परमेश्‍वरसँग समान स्थानमा हुनेछौँ? हामी कसका राजाहरू हुनेछौँ? हामीले कसमाथि शासन गर्नेछौँ? हामीले कसरी शासन गर्नेछौँ? हामी कसरी राजा बन्‍नेछौँ?” के मानिसहरूमा समझको कमी छैन र? यो परमेश्‍वरले मानिसलाई दिनुभएको प्रतिज्ञा, मानिसलाई सुनाउन बोल्‍नुभएको कुरा, र मान्छेलाई यो सुन्दर कुरा छ भनेर जानकारी गराउनुभएको कुरा भए पनि, तैँले आफै तेरो मापन गर्नुपर्छ—तँ को होस् त? परमेश्‍वरसँग यो विचार छ र उहाँ मानिसलाई उहाँसँग यसरी बाँच्न दिन तयार हुनुहुन्छ, तर के तँ यो प्राप्त गर्न योग्य छस् त? तैँले परमेश्‍वरलाई किन यस्तो कुरा सोध्दैनस्, “हामीले यो प्रतिज्ञा प्राप्त गर्नुभन्दा पहिले, तपाईँले हामीलाई के-कस्ता मापदण्डहरू दिनुहुन्छ? के त्यस्ता केही कुराहरू छन्, जुन कुरा तपाईं हामीलाई गर्न लगाउन चाहनुहुन्छ? हामीले यो प्रतिज्ञा प्राप्त गर्न सक्नुभन्दा पहिले हामीले सुरुमा के हासिल गर्नुपर्छ?” तैँले यी कुराहरू सोध्दैनस्, तर माग मात्रै गर्छस्। के यो समझको कमी हुनु होइन र? मानिसमा यस्तो समझको कमी हुन्छ। कुनै फाइदाजनक कुरा देख्दा, मानिसहरू हात तन्काएर यसलाई पक्रन खोज्छन्। मानिसहरू डाँकूहरूजस्तै हुन्छन्; यदि तैँले तिनीहरूलाई चाहेको कुरा दिइनस् भने, तिनीहरू रिसाउँछन्, तिनीहरू शत्रुवत्‌ बन्छन्, र तिनीहरूले मनपरी चिच्याउन थाल्छन्। के मानिसहरू यस्तै हुँदैनन् र? मानवजातिको नीचता यही हो।

मानिसमा समझको कमी हुनुको एउटा कारण के हो भने तिनीहरूले अझै पनि सत्यता बुझ्दैनन्; तिनीहरूको भ्रष्ट स्वभावसँग यसको कुनै सम्बन्ध हुँदैन। तर जब तिनीहरूलाई चाहेको कुरा दिइँदैन, तब तिनीहरू रिसाउँछन्, गालीगलौज गर्छन्, घृणा गर्छन्, र बदला लिन्छन्—यो के हो? यो शैतान देखा पर्ने पैशाचिक रूप हो; यो तिनीहरूको शैतानी भ्रष्ट स्वभाव हो। त्यसकारण, परमेश्‍वरले मानवजातिलाई दिनुभएको प्रतिज्ञाको हकमा भन्दा, परमेश्‍वरअघि हरेक व्यक्तिले प्रकट गर्ने कुराले परमेश्‍वरलाई सन्तुष्ट पार्दैन। मानिसहरूले तुरुन्तै आफ्नो स्तर नचिनी, तुरुन्तै माग गर्दै आफ्‍नो हात पसार्छन्, र यदि आफूले माग गरेको कुरा प्राप्त गर्न सकेनन् भने, तिनीहरूले यसलाई साटेर लिन के प्रयोग गर्न सकिन्छ भनेर विचार गर्छन्। तिनीहरूले आफ्नो परिवार र करियर त्याग्छन्, तिनीहरूले कष्ट भोग्छन् र मूल्य चुकाउँछन्, तिनीहरूले दौडधूप र मेहनत गर्छन्, तिनीहरूले सुसमाचार प्रचार गर्छन् र अझै धेरै मानिसहरूलाई प्राप्त गर्छन्, तिनीहरूले अझै धेरै काम गर्छन्, र तिनीहरूले आफूले चाहेको कुरासित साट्न यी कुराहरू प्रयोग गर्छन्। यदि तिनीहरूले यी कुराहरूलाई आफूले चाहेको कुरासँग साट्न सकेनन् भने, तिनीहरू साह्रै क्रोधित हुन्छन्, तिनीहरूको हृदय घृणाले भरिन्छ, र तिनीहरू परमेश्‍वरमाथिको विश्‍वाससँग सम्बन्धित हरकुनै कुराप्रति वितृष्ण बन्छन्। यदि तिनीहरूलाई यी कुराहरू आफूले चाहेको कुरासँग साट्न सक्छु भन्‍ने लाग्यो भने, हरदिन तिनीहरूले परमेश्‍वरको काम चाँडै समाप्त होस्, परमेश्‍वरले शैतानलाई तुरुन्तै नष्ट गर्नुहोस्, मानवजातिलाई तुरुन्तै अन्त्य गर्नुहोस्, विपत्तिहरू तुरुन्तै ल्याउनुहोस् भन्‍ने तृष्णा गर्छन्, नत्र तिनीहरूलाई टिक्‍न सक्दिनँ भन्‍ने लाग्छ। सत्यताको उपस्थितिमा हरव्यक्तिले के कुरा प्रकट गर्छ? तिनीहरूले सत्यताप्रति वितृष्णा राख्‍ने र क्रूरताजस्ता स्वभावहरू प्रकट गर्छन्। अहिले यसलाई हेर्दा त, मानवजातिको सबै भ्रष्ट स्वभावहरूमध्ये मानिसहरूको अहङ्कार, छल, र कहिलेकहीँ देखिने हठीपनलाई हल्का र त्यति गम्भीर नरहेको भनेर भन्‍न सकिन्छ। मानवजातिमा धेरै हुने, अझै गम्भीर र अझै गहन भ्रष्ट स्वभावहरू दुष्टता, सत्यताप्रतिको वितृष्णा, र क्रूरता हुन्—मानिसका भ्रष्ट स्वभावहरूमध्ये घातक तत्त्वहरू यिनै हुन्। जब ख्रीष्टविरोधीहरूको कुरा आउँछ, तब अवश्य नै यी स्वभावहरू अझै गम्भीर हुन्छन्, र तिनीहरूले यी स्वभावहरू प्रकट गर्दा यिनलाई गम्भीरतापूर्वक लिँदैनन्, र यिनलाई जाँच्दैनन्, र परमेश्‍वरप्रति तिनीहरूलाई कुनै ऋणको अनुभूति हुँदैन, झन् तिनीहरूलाई आफूमा कुनै समस्या छ भन्‍ने कुरा महसुस हुनु त धेरै परको कुरा हो; तिनीहरू सत्यता स्विकार्दैनन्, तिनीहरू आफूलाई चिन्दैनन्, र तिनीहरूले पश्‍चात्ताप गर्नु त धेरै परको कुरा हो। त्यसकारण, परिस्थिति, वातावरण, वा प्रसङ्ग जेसुकै भए पनि, तिनीहरूले राजाको रूपमा शासन गर्नुलाई—परमेश्‍वरले दिनुभएको सबैभन्दा उच्च र उत्तम प्रतिज्ञालाई—पछ्याउनुपर्ने आफ्नो उद्देश्यको रूपमा लिन्छन्। तैँले तिनीहरूसँग सत्यता जेजसरी सङ्गति गरे पनि, तिनीहरूले यो पछ्याइ त्याग्‍नेछैनन्, बरु आफ्नो मार्ग पछ्याउन जिद्दी गर्छन्, र यसले तिनीहरूलाई मुक्ति पाउन नसक्‍ने बनाउँछ। यी मानिसहरू कति भयानक छन्! यी मानिसहरूले प्रकट गर्ने कुराहरूबाट, शैतानको स्वभाव र साँचो रूप के हो भनेर तैँले निश्‍चित रूपमा देख्‍न सक्छस्। यति धेरै सत्यता सङ्गति गरिएको छ, र समझ भएका, सत्यता स्विकार्न सक्‍ने, र आज्ञापालन गर्ने र समर्पित हुने चाहना भएका मानिसहरूले वास्तवमा परमेश्‍वरको अभिप्राय के हो भनेर बुझ्छन्। तिनीहरूले अब अटेरी भएर पद, सम्भावना र नियति पछ्याउँदैनन्, बरु परमेश्‍वरका यी वचनहरूको खुलासापछि पश्‍चात्ताप गर्न तयार हुन्छन्, आशिष्‌हरूप्रतिको आफ्नो इच्छा त्याग्‍न, सत्यता पछ्याउन, परमेश्‍वरमा समर्पित हुन र उहाँलाई सन्तुष्ट पार्न, र मुक्ति प्राप्त गर्नमा लागिपर्न तयार हुन्छन्। अहिले धेरैजसो मानिसहरूका भित्री इच्छाहरू हेर्दा, तिनीहरूले पछ्याउने उद्देश्यहरूमा आधारभूत परिवर्तन आएको छ; तिनीहरू आफ्नो कर्तव्य मानकअनुरूप तरिकाले पूरा गर्न, र सच्‍चा सृजित प्राणी बन्‍न इच्छुक छन्, र तिनीहरू मुक्ति प्राप्त गर्न इच्छुक छन्। तिनीहरूले आशिष् पाउनको लागि कर्तव्य निर्वाह गर्दैनन्, र तिनीहरूले परमेश्‍वरको घरमा आशिष् पाउनको लागि झारा टार्दै बस्दैनन्। सधैँ राजाको रूपमा शासन गर्न चाहने ख्रीष्टविरोधीहरू बाहेक, धेरैजसो मानिसहरू सत्यता पछ्याउन इच्छुक छन्। केवल ख्रीष्टविरोधीहरूले सम्‍भावनाहरू, आशिष्‌हरू, र राजाको रूपमा शासन गर्नुलाई परमेश्‍वरमाथिको विश्‍वासमा प्राप्त हुने उद्देश्य र फलको रूपमा लिन्छन्। तैँले जेसुकै भने पनि तिनीहरूले यी कुराहरू त्याग्‍ने वा मार्ग परिवर्तन गर्नेछैनन्—के तिनीहरू ठूलो समस्यामा छैनन् र? तिनीहरूलाई परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने कुरा राम्ररी थाहा हुन्छ, तर तिनीहरू यो कुरा स्विकार्दैनन्, त्यसकारण तिनीहरूलाई बदल्न सक्‍ने कुनै कुरा हुँदैन; तिनीहरूलाई त हटाउन र दण्ड दिन मात्रै सकिन्छ। यही नै परमेश्‍वरमाथिको ख्रीष्टविरोधीहरूको विश्‍वासको अन्तिम परिणाम हो।

के मैले अब मानिसहरूले राजाको रूपमा शासन गर्न खोज्ने यो विषयमा स्पष्ट रूपमा सङ्गति गरेको छु? के तिमीहरूले नयाँ बुझाइ पाएका छौ? के राजाको रूपमा शासन गर्ने यो मार्ग सही छ? (छैन।) त्यसोभए मानिसहरूले यो मामलालाई कसरी लिनुपर्छ? यो मामलामा, मानिसको सार जान्‍नको लागि कुन सत्यता बुझ्नुपर्छ? व्यक्तिको सार र व्यवहार वास्तवमा के हुन् भनेर मूल्याङ्कन गर्ने भनेको परमेश्‍वरकै हातको कुरा हो। परमेश्‍वरले यी सबै कुराबारेमा आफ्नो मूल्याङ्कन केमा आधारित गर्नुहुन्छ? उहाँले यसलाई सत्यतामा आधारित गर्नुहुन्छ। त्यसकारण, व्यक्तिको परिणाम वा गन्तव्य उसको आफ्नै इच्छाद्वारा निर्धारित हुँदैन, न त उसको आफ्नै प्राथमिकता वा कल्पनाहरूद्वारा नै निर्धारित हुन्छ। अन्तिम निर्णय सृष्टिकर्ता, परमेश्‍वरको हुन्छ। यस मामलामा मानिसहरूले कसरी सहकार्य गर्नुपर्छ? मानिसहरूले चुन्न सक्ने एउटा मात्र मार्ग छ: यदि तिनीहरू सत्यताको खोजी गर्छन्, सत्यता बुझ्छन्, परमेश्‍वरका वचन पालन गर्छन्, परमेश्‍वरप्रतिको समर्पणता हासिल गर्छन्, र मुक्ति प्राप्त गर्छन् भने मात्र तिनीहरूले अन्ततः असल अन्त्य र असल भाग्य प्राप्त गर्नेछन्। यदि मानिसहरूले त्यसको विपरीत गर्छन् भने तिनीहरूको सम्भावना र नियति के हुनेछ भनेर कल्पना गर्न कठिन छैन। त्यसैले, यस मामलामा, परमेश्‍वरले मानिसलाई जे प्रतिज्ञा गर्नुभएको छ, मानवजातिको परिणामबारे परमेश्‍वरले जे भन्नुहुन्छ, परमेश्‍वरले मानवजातिका लागि जे तयार पार्नुभएको छ त्यसलाई नहेर्। यी कुराको तँसित कुनै सम्बन्ध छैन, ती परमेश्‍वरका मामला हुन्, ती खोसेर, मागेर, वा साटफेर गरेर प्राप्त गर्न सकिँदैन। सृजित प्राणीका रूपमा, तैँले के गर्नुपर्छ? तैँले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, आफूले जे गर्नुपर्ने हो त्यो तैँले आफ्नो सम्पूर्ण हृदय, मन र सामर्थ्यले पूरा गर्नुपर्छ। बाँकी—सम्भावना र नियति, अनि मानवजातिको भविष्यको गन्तव्यसित सम्बन्धित कुराहरू—यी तैँले निर्णय गर्न सक्ने कुरा होइनन्, ती परमेश्‍वरका हातमा छन्; यो सबै सृष्टिकर्ताको सार्वभौमिकता अन्तर्गत पर्छ, यो उहाँद्वारा प्रबन्ध गरिएको हुन्छ, र कुनै पनि सृजित प्राणीसँग यसको कुनै सम्बन्ध हुँदैन। कतिपय मानिसहरू भन्छन्, “यदि हामीसँग यसको कुनै सम्बन्ध छैन भने हामीलाई यो किन भनिएको?” तिमीहरूसँग यसको कुनै सम्बन्ध नभए पनि परमेश्‍वरसित यसको सम्बन्ध छ। परमेश्‍वरले मात्र यी कुराहरू जान्नुहुन्छ, परमेश्‍वर मात्र ती कुराहरूको बारेमा बोल्न सक्नुहुन्छ, र परमेश्‍वर मात्र मानवजातिलाई यी कुराहरूको प्रतिज्ञा दिने हकदार हुनुहुन्छ। र यदि परमेश्‍वरले ती कुराहरू जान्नुहुन्छ भने के परमेश्‍वरले त्यसको बारेमा बोल्नुपर्दैन र? तैँले आफ्ना सम्भावनाहरू र नियति के-के हुन भनी जान्दैनस् तैपनि अझै ती कुराहरू पछ्याउनु एउटा गल्ती हो। परमेश्‍वरले तँलाई त्यसको पछि लाग्नु भन्नुभएको थिएन, उहाँले तँलाई थाहा मात्र दिइरहनुभएको थियो; यदि तँ परमेश्‍वरले तँलाई त्यो कुरालाई तेरो पछ्याइको लक्ष्य बनाउन लगाउनुभएको थियो भनी गल्तीले विश्‍वास गर्छस् भने तँ पूर्ण रूपमा समझहीन छस्, र तँमा सामान्य मानवताको दिमाग छैन। परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका सबै कुराहरूको बारेमा जान्नु पर्याप्त छ। तैँले एउटा तथ्य मान्नैपर्छ: त्यो प्रतिज्ञा चाहे जस्तो प्रकारको भए पनि, असल वा साधारण, मानिसहरूलाई मन पर्ने वा त्यत्ति रुची नलाग्ने कुरा भए पनि, ती सबै सृष्टिकर्ताका सार्वभौमिकता, प्रबन्ध, र निर्धारणहरूमुनि हुन्छन्। केवल सृष्टिकर्ताद्वारा सङ्केत गरिएको सही दिशा र मार्गअनुसार पछि लाग्नु र पछ्याइमा संलग्न हुनु नै सृजित प्राणीको कर्तव्य र दायित्व हो। तैँले अन्ततः के प्राप्त गर्छस्, र तँ परमेश्‍वरका कुन प्रतिज्ञाहरूको भागीदार हुन्छस् भन्ने कुरा गर्नुपर्दा, त्यो सबै कुरा तेरो पछ्याइमा, तैँले लिने मार्गमा, र सृष्टिकर्ताको सार्वभौमिकतामा आधारित हुन्छ। के यी वचनहरू अहिले तिमीहरूलाई स्पष्ट भयो? (भयो।) अनि यी वचनहरूले तिमीहरूलाई आफ्‍ना महत्त्वाकाङ्क्षा र चाहनाहरू सन्तुष्ट पार्न मद्दत गर्नेछन् कि जीवनमा सत्यता पछ्याउने सही मार्ग लिन मद्दत गर्नेछन्? (तिनले हामीलाई सत्यता पछ्याउन र जीवनको सही मार्ग पछ्याउन मद्दत गर्नेछन्।) सामान्य मानवता र समझ भएका, सकारात्मक कुराहरू र सत्यतालाई प्रेम गर्ने मानिसहरूको हकमा भन्दा, यी वचनहरू सुन्दा तिनीहरू निराश नहुने मात्र होइनन्, बरु तिनीहरू त सत्यता पछ्याउने र परमेश्‍वरको मुक्ति स्विकार्ने आस्थामा पनि अडिग हुन सक्छन्; तर सामान्य चेतना नभएका मानिसहरू, जिद्दीपूर्वक आशिष्‌हरू, देहगत हितहरू, र आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरूको सन्तुष्टि पछ्याउने ती असामान्य मानिसहरूले यी वचनहरू सुन्दा उत्साह गुमाउन, र परमेश्‍वरमा विश्‍वास गर्ने रुचि गुमाउन सक्छन्। कति मानिसहरूलाई त यी वचनहरू सुन्दा अवश्य नै कसरी विश्‍वास गर्ने भन्‍ने पनि थाहा हुँदैन। के मानिसहरूले सत्यता बुझ्नु अत्यन्तै महत्त्वपूर्ण छैन र? के सत्यताले मानिसहरूलाई सही मार्ग पछ्याउन र परमेश्‍वरलाई सन्तुष्ट पार्न अझै राम्ररी डोर्‍याउन सक्दैन र? (सक्छ।) सत्यताले मात्रै मानिसहरूलाई मुक्ति प्राप्त गर्न मद्दत गर्न सक्छ; यदि तैँले सत्यता बुझ्दैनस् भने, मुक्तिको बाटोमा तैँले प्राय बाटो बिराउनेछस्, गल्ती गर्नेछस्, र घाटा भोग्‍नेछस्, र जब तँ आफ्नो विश्‍वासमा बाटोको अन्त्यमा पुग्छस्, तब तँसँग कुनै पनि सत्यता वास्तविकता हुनेछैन र तँ पूर्ण रूपमा सेवाकर्ता बन्‍नेछस्। यदि तैँले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्षको पूरै अवधिभर सेवाकर्ताको भूमिका खेलेको छस् र अन्ततः तँ मानकअनुरूपको सृजित प्राणी बन्‍न सकेको छैनस् भने, त्यो एउटा दुःखद कुरा हो।

मे ९, २०२०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्