विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग आठ) खण्ड चार

जब ख्रीष्टविरोधीहरूले मण्डलीमा बाधा दिइरहेका हुन्छन्, तब त्यो राम्रो कि नराम्रो कुरा हो? (नराम्रो कुरा।) यो कुन हिसाबमा नराम्रो हो? के परमेश्‍वरले गल्ती गर्नुभएको हुन्छ? के परमेश्‍वरले ध्यान नदिनुभएको, र ख्रीष्टविरोधीहरूलाई आफ्‍नो घरमा घुसपैठ हुन दिनुभएको हुन्छ? (होइन।) त्यसो भए के भइरहेको हुन्छ? (परमेश्‍वरले ख्रीष्टविरोधीहरूलाई मण्डलीमा घुसपैठ हुन दिनुहुन्छ, ताकि हामी असल-खराब खुट्ट्याउँदै वृद्धि हुन सकौँ, हामीले तिनीहरूको प्रकृति सारलाई कसरी चिन्‍ने सो सिक्‍न सकौँ, शैतानले फेरि हामीलाई कहिल्यै मूर्ख बनाउन नसकोस्, र हामी परमेश्‍वरप्रति हाम्रो गवाहीमा दृढ रहन सकौँ। यो हाम्रो लागि परमेश्‍वरको मुक्ति हो।) हामी सधैँ शैतान कति दुष्ट, क्रूर, र दुर्भावपूर्ण छ, शैतानले सत्यताप्रति वितृष्णा राख्छ र त्यसले सत्यतालाई घृणा गर्छ भनेर भन्छौँ, तर के तँ यो कुरा देख्‍न सक्छस्? शैतानले आत्मिक क्षेत्रमा के गर्छ देख्‍न सक्छस्? यसले कसरी बोल्छ र व्यवहार गर्छ, सत्यता र परमेश्‍वरप्रति यसको मनोवृत्ति के हुन्छ, यसको दुष्टता कहाँ हुन्छ—तैँले यीमध्ये कुनै पनि कुरा देख्‍न सक्दैनस्। त्यसकारण, शैतान दुष्ट छ, यसले परमेश्‍वरको विरोध गर्छ, र यसले सत्यताप्रति वितृष्णा राख्छ भनेर हामीले जसरी भने पनि, तेरो मनमा, यो एउटा अभिव्यक्ति मात्रै हुन्छ। यसको कुनै साँचो प्रतिरूप हुँदैन। यो अत्यन्तै खोक्रो हुन्छ, र यो अव्यावहारिक हुन्छ; यसले व्यावहारिक सन्दर्भको काम गर्न सक्दैन। तर व्यक्ति ख्रीष्टविरोधीको सम्पर्कमा आएपछि, उसले शैतानको दुष्ट, क्रूर स्वभाव र सत्यताप्रति वितृष्णा राख्‍ने यसको सारलाई अझै स्पष्ट रूपमा देख्छ, र शैतानसम्‍बन्धी उसको बुझाइ अझै स्पष्ट र व्यावहारिक हुन्छ। मानिसहरू सम्पर्कमा आउने र तिनीहरूले देख्‍ने यी वास्तविक व्यक्तिहरू र उदाहरणहरूविना, सत्यतासम्बन्धी मानिसहरूको तथाकथित बुझाइ अस्पष्ट, खोक्रा, र अव्यावहारिक हुन्छन्। तर जब मानिसहरू यी ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूको वास्तविक सम्पर्कमा आउँछन्, तब तिनीहरूले कसरी दुष्कर्म र परमेश्‍वरको विरोध गर्छन् भन्‍ने कुरा मानिसहरूले देख्छन्, र शैतानको प्रकृति सारलाई पहिचान गर्न सक्छन्। तिनीहरूले यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू पुनर्जन्म लिएका शैतान हुन्—तिनीहरू जिउँदा शैतानहरू, जिउँदा दियाबलसहरू हुन् भन्‍ने देख्छन्। ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरू मानिसहरूसँगको सम्पर्कमा आएपछि यस्तो प्रभाव आउँछ। जब शैतानले दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीको रूपमा पुनर्जन्म लिन्छ, तब यसको देहगत शरीरका क्षमताहरू त्यति धेरै हुँदैनन्, तैपनि त्यसले धेरै खराब कुराहरू गर्न सक्छ, र धेरै समस्याहरू पैदा गर्न सक्छ, र त्यो व्यवहारमा अत्यन्तै दुष्ट र कुटिल हुन सक्छ। त्यसकारण, शैतानले आत्मिक क्षेत्रमा गर्ने दुष्टता देहमा जिउने दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू सबैले मिलेर गर्ने कूल दुष्टताभन्दा सय वा हजार गुणा बढी हुन्छ। त्यसकारण, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूसँगको सम्पर्कमा आएपछि मानिसहरूले सिक्‍ने पाठहरूले तिनीहरूलाई समझशक्ति विकास गर्न र शैतानको अनुहार स्पष्ट देख्‍न मद्दत गर्छन्। यी कुराहरूले मानिसहरूलाई के सकारात्मक छन् र के नकारात्मक छन्, परमेश्‍वरले केलाई घृणा गर्नुहुन्छ र केले उहाँलाई खुशी पार्छ, के सत्यता हो र के भ्रामक कुरा हो, के इन्साफ हो र के दुष्टता हो, परमेश्‍वरले ठ्याक्‍कै केलाई घृणा गर्नुहुन्छ र ठ्याक्‍कै केलाई प्रेम गर्नुहुन्छ, र परमेश्‍वरले कस्ता मानिसहरूलाई इन्कार्नुहुन्छ र हटाउनुहुन्छ र कस्ता मानिसहरूलाई अनुमोदन गर्नुहुन्छ र प्राप्त गर्नुहुन्छ भनेर खुट्ट्याउन सिकाउँछन्। यी प्रश्‍नहरूलाई धर्मसिद्धान्तहरूको हिसाबमा मात्रै बुझ्ने प्रयास गर्नु व्यर्थ हुन्छ। व्यक्तिले धेरै कुराहरू अनुभव गर्नुपर्छ, विशेष गरी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको बहकाउ र बाधा अनुभव गर्नुपर्छ। व्यक्तिले साँचो समझशक्ति प्राप्त गरेपछि मात्रै उसले यी धेरै सत्यताहरू बुझ्न र परमेश्‍वरले के माग गर्नुहुन्छ र उहाँले के प्राप्त गर्न चाहनुहुन्छ भन्‍नेबारे अझै गहन र व्यावहारिक बुझाइ प्राप्त गर्न सक्छ। के यसले परमेश्‍वरका अभिप्रायहरूबारे अझै राम्रो बुझाइ प्रदान गर्दैन र? के यसले तँलाई परमेश्‍वर नै सत्यता हुनुहुन्छ र सबैभन्दा प्रेमिलो उहाँ एक हुनुहुन्छ भन्‍ने कुरामा अझै निश्‍चित तुल्याउन सक्दैन र? (सक्छ।) परमेश्‍वरले मानिसहरूलाई परिस्थितिहरू अनुभव गर्ने क्रममा पाठहरू सिक्‍ने र समझशक्ति विकास गर्ने तुल्याउनुहुन्छ, र उहाँले निश्‍चय नै मानिसहरूलाई तालिम दिइरहनुभएको हुन्छ, साथै हरप्रकारका मानिसहरूलाई प्रकट पनि गरिरहनुभएको हुन्छ। जब कतिपय मानिसहरूले दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीलाई भेट्छन्, तब तिनीहरूले उसलाई खुलासा वा पहिचान गर्ने आँट गर्दैनन्, र तिनीहरूसँग सम्पर्क गर्ने आँट पनि गर्दैनन्। तिनीहरू डराउँछन्, र त्यस्ता मानिसहरूबाट टाढा बस्‍ने प्रयास मात्र गर्छन्, मानौँ तिनीहरूले कुनै विषालु सर्प देखेका छन्। त्यस्ता मानिसहरू पाठहरू सिक्‍नै नसक्‍ने गरी पानीमरुवा हुन्छन्, र तिनीहरूले समझशक्ति विकास गर्दैनन्। दुष्ट व्यक्ति वा ख्रीष्टविरोधी सामना गर्ने कतिपय मानिसहरूले पाठहरू सिक्ने वा समझशक्ति प्राप्त गर्ने कार्यमा ध्यान दिँदैनन्; तिनीहरूले आफ्नो गरम मिजासीपनद्वारा तिनीहरूसँग व्यवहार गर्छन्, र जब ख्रीष्टविरोधीलाई खुलासा र पहिचान गर्ने समय आउँछ, तब तिनीहरू उपयोगी हुन वा व्यावहारिक काम गर्न सक्दैनन्। कतिपय मानिसहरूले ख्रीष्टविरोधीले धेरै दुष्कर्म गरेको देख्छन्, र हृदयमा तिनीहरूलाई यसप्रति वितृष्णा हुन्छ, तर तिनीहरूले यसबारे केही गर्न सक्दैनन्, तिनीहरूलाई तिनीहरूको हात बाँधिएको छ जस्तो लाग्छ। परिणामस्वरूप ख्रीष्टविरोधीले तिनीहरूलाई स्वेच्छाचारी रूपमा खेलौना बनाउँछन्, र तिनीहरूले यो कुरा सहिरहन्छन् र यसलाई चुपचाप अङ्गालिरहन्छन्। तिनीहरूले ख्रीष्टविरोधीलाई लापरवाही रूपमा काम गर्न र मण्डलीको काममा बाधा दिइरहन्छन्, र तिनीहरूले उसको बारे रिपोर्ट वा खुलासा गर्दैनन्। तिनीहरू मानवको रूपमा आफ्नो जिम्मेवारी र कर्तव्य निभाउन असफल भएका हुन्छन्। छोटकरीमा भन्दा, जब दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले विनाश निम्त्याउँदै मनपरी गर्छन्, तब यसले हरप्रकारका मानिसहरूलाई प्रकट गर्छ, र अवश्य नै, यसले सत्यता पछ्याउने र इन्साफको बोध भएकाहरूलाई तालिम दिने, र तिनीहरूलाई समझशक्ति र अन्तर्ज्ञान वृद्धि गर्न, यसबाट केही कुरा सिक्न, र परमेश्‍वरका अभिप्रायहरू बुझ्न मद्दत गर्ने कार्य पनि गर्छ। अन्ततः तिनीहरूले परमेश्‍वरका कुन-कुन अभिप्रायहरू बुझ्छन्? यो कि परमेश्‍वरले ख्रीष्टविरोधीहरूलाई मुक्ति दिनुहुन्न, बरु तिनीहरूलाई सेवा गर्न मात्रै प्रयोग गर्नुहुन्छ, र जब ख्रीष्टविरोधीहरूले आफ्नो सेवा दिने काम गरिसकेका हुन्छन्, तब परमेश्‍वरले तिनीहरूलाई प्रकट गर्नुहुन्छ र हटाउनुहुन्छ, र अन्ततः तिनीहरूलाई दण्ड दिनुहुन्छ, किनभने तिनीहरू दुष्ट मानिसहरू हुन् र तिनीहरू शैतानका मानिसहरू हुन्। परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू आफ्‍नो भ्रष्ट स्वभावको बाबजुद पनि सकारात्मक कुराहरूलाई प्रेम गर्ने, र परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर पहिचान गर्ने, र उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुने, र अपराध गरेपछि, साँचो रूपमा पश्‍चात्ताप गर्न सक्‍ने समूहका मानिसहरू हुन्। यी मानिसहरूले काटछाँट, न्याय र सजाय स्विकार्न सक्छन्, र अरूले तिनीहरूलाई खुलासा गर्दा वा तिनीहरूका समस्याहरू औँल्याउँदा यसलाई सही रूपमा लिन सक्छन्। परमेश्‍वरले जसरी काम गर्नुभए पनि, यसलाई स्विकार्ने र यसमा समर्पित हुने, र यसबाट केही सिक्न सक्‍ने मानिसहरू नै परमेश्‍वरलाई साँचो रूपमा पछ्याउने, उहाँको काम अनुभव गर्ने, र उहाँद्वारा प्राप्त गरिने समूहका मानिसहरू हुन्।

ख्रीष्टविरोधीहरूले काटछाँटलाई कसरी लिन्छन् भन्‍ने कुराका प्रकटीकरणहरूबारे हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ। पछि, तिमीहरूले व्यक्तिगत रूपमा देखेका वा अनुभव गरेका केही उदाहरणहरू भेट्‍न सक्छौ, र तिनको सारको आधारमा तिनलाई चिरफार गरेर तीबारे सङ्गति गर्न सक्छौ, ताकि दाजुभाइ-दिदीबहिनीहरूले समझशक्ति प्राप्त गर्न सकून्। तिनीहरूले समझशक्ति प्राप्त गर्नुको उद्देश्य के हो? यो अझै धेरै मानिसहरूलाई ख्रीष्टविरोधीहरूलाई इन्कार्न, मण्डलीमा तिनीहरूका दुष्ट कामहरू रोक्‍न र सीमित गर्न, र मानिसहरूले कर्तव्य निर्वाह गर्ने मण्डली र महत्त्वपूर्ण स्थानहरूमा अवरोध र बाधाहरू ल्याउन, वा मण्डलीको काममा कुनै घाटा ल्याउनबाट तिनीहरूलाई रोक्न सक्षम पार्नको लागि हो। ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूलाई बाँध्नु भनेको यही हो। धेरैजसो ख्रीष्टविरोधीहरूले परमेश्‍वरलाई सार्वजनिक रूपमा आलोचना नगरे पनि वा मण्डलीमा उहाँको विरोध नगरे पनि, तिनीहरूले गुप्त रूपमा धेरै दुष्कर्महरू गर्छन्। तिनीहरूले मण्डली जीवन बिथोल्छन्, र तिनीहरूले सत्यता सङ्गति गर्ने र सिद्धान्तहरू अनुसार काम गर्ने अगुवा र कामदारहरूलाई व्यवधान र बाधा पुर्‍याउँछन्। तिनीहरूले परमेश्‍वरको घरको कामबारे अनुत्तरदायी टिप्पणी गर्छन् र स्वेच्छाचारी आलोचना गर्छन्। तिनीहरूले अगुवा र कामदारहरूलाई दोष दिन्छन्, परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउँछन्, र मण्डलीको काममा बाधाहरू ल्याउँछन्, जसले गर्दा परमेश्‍वरका चुनिएका मानिसहरूले कर्तव्य निर्वाह गर्दा आउने परिणामहरूमा असर हुन्छ। यो परमेश्‍वरको काममा बाधा दिने ठूलो दुष्टता हो। परमेश्‍वरका चुनिएका मानिसहरू सबैले ख्रीष्टविरोधीहरूले गर्ने दुष्टता ठूलो दुष्टता हो, त्यो छुटकारा दिनै नसकिने निन्दनीय दुष्टता हो भनेर जान्नुपर्छ। त्यसकारण, ख्रीष्टविरोधीहरू सधैँ परमेश्‍वरको घरमा बन्धन र प्रतिबन्धमा पर्ने पात्रहरू हुन्। ख्रीष्टविरोधीहरूलाई मण्डलीबाट निष्कासित गरिनैपर्छ—यो परमेश्‍वरको अभिप्रायसँग मिल्‍ने हुन्छ। यदि ख्रीष्टविरोधीहरूलाई कुनै मण्डलीमा मनोमानी र स्वेच्छाचारी हुन, दाजुभाइ-दिदीबहिनीहरू नियन्त्रण गर्न र धम्की दिन वा बहकाउन र झुक्याउन जुनसुकै नारा र तर्कहरू बोल्‍न दिइन्छ भने, र अगुवा र कामदारहरूले यो कुरालाई बेवास्ता गर्छन् र काम गर्दैनन्, र ख्रीष्टविरोधीहरूलाई चिढ्याइएला भन्‍ने डरले तिनीहरूलाई खुलासा वा प्रतिबन्धित गर्ने आँट गर्दैनन्, र यसले गर्दा त्यो मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी रूपमा खेलौना बनाउँछन् र बाधा दिन्छन् भने, त्यो मण्डलीका अगुवाहरू मान्छे खुसी पारिहिँड्ने मानिसहरू हुन्, र तिनीहरू हटाइनुपर्ने कसिङ्गरहरू हुन्। यदि कुनै मण्डलीका अगुवाहरूसँग ख्रीष्टविरोधी र दुष्ट मानिसहरू खुट्टयाउने क्षमता छ, र तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई खडा भएर तिनीहरूलाई खुलासा गर्न, र परमेश्‍वरको घरको काम रक्षा गर्न दियाबलसहरूलाई निकाल्न मदत गर्छन् भने, यसले दियाबलसहरू र शैतानलाई लज्‍जित पार्नेछ, र यसले परमेश्‍वरको अभिप्राय पनि पूरा गर्नेछ। यस्तो मण्डलीका अगुवाहरू मानकअनुरूपका र सत्यता वास्तविकता भएका अगुवाहरू हुन्। यदि मण्डलीले ख्रीष्टविरोधीको बाधा भोगिरहेको छ, र दाजुभाइ-दिदीबहिनीहरूले त्यो ख्रीष्टविरोधीलाई पहिचान गरी इन्कारेपछि, त्यसले दाजुभाइ-दिदीबहिनीहरूसँग आक्रामक रूपमा बदला लिन्छ, तिनीहरूलाई दमन गर्छ, र निन्दा गर्छ भने, तैपनि यदि मण्डली अगुवाहरूले केही पनि गर्दैनन्, आँखा चिम्लिन्छन्, र कसैलाई चिढ्याउने प्रयास गर्दैनन् भने, ती अगुवाहरू झुटा अगुवाहरू हुन्। तिनीहरू कसिङ्गरहरू हुन् र तिनीहरूलाई हटाइनुपर्छ। मण्डली अगुवाको रूपमा, यदि व्यक्तिले समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सक्दैन भने, यदि उसले ख्रीष्टविरोधीहरूलाई पहिचान गर्न, सीमित गर्न, र तह लगाउन सक्दैन भने, यदि उसले ख्रीष्टविरोधीहरूलाई मण्डलीमा बेलगाम आफूले चाहेअनुसार गर्न र बेकाबु हुन दिन्छ भने, र यदि उसले परमेश्‍वरका चुनिएकाहरूलाई बहकाउमा पर्नबाट जोगाउन सक्दैन, र परमेश्‍वरका चुनिएकाहरूलाई सुरक्षा गरेर सामान्य रूपमा कर्तव्य निर्वाह गर्न दिन सक्दैन भने—साथै, यदि उसले मण्डलीको कामको सामान्य प्रगति कायम राख्‍न सक्दैन भने—त्यो अगुवा कसिङ्गर हो र उसलाई हटाइनुपर्छ। यदि मण्डलीका अगुवाहरूले ख्रीष्टविरोधी क्रूर र निर्दयी भएकोले त्यो त्यसलाई खुलासा गर्न, काटछाँट गर्न, सीमित गर्न, र कारबाही गर्न डर मान्छन् भने, र यसरी त्यसलाई मण्डलीमा अनियन्त्रित हुन, अत्याचारी बन्‍न, आफूले चाहेजस्तो गर्न, र मण्डलीका धेरै काम अवरुद्ध र ठप्‍प पार्न दिन्छन् भने, यो मण्डलीका अगुवाहरू पनि कसिङ्गरहरू हुन् र तिनीहरूलाई हटाइनुपर्छ। यदि मण्डलीका अगुवाहरूसँग बदलाको डरले ख्रीष्टविरोधीलाई खुलासा गर्ने साहस कहिल्यै हुँदैन, र तिनीहरूले ख्रीष्टविरोधीका दुष्ट कार्यहरू रोक्ने प्रयास कहिल्यै गर्दैनन् भने, र जसले गर्दा मण्डली जीवन र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा ठूलो व्यवधान, बाधा, र क्षति हुन्छ भने, यो मण्डलीका अगुवाहरू पनि कसिङ्गरहरू हुन् र तिनीहरूलाई हटाइनुपर्छ। के त्यस्ता मानिसहरूको निरन्तर नेतृत्वलाई तिमीहरू समर्थन गर्नेछौ? (गर्नेछैनौँ।) त्यसोभए, त्यस्ता अगुवाहरू भेट्दा तिमीहरूले के गर्नुपर्छ? तैँले तिनीहरूलाई सोध्नुपर्छ, “ख्रीष्टविरोधीहरूले यति ठूलो दुष्कर्म गर्दै छन्, मण्डलीमा तिनीहरूले उत्पात व्यवहार गर्दै छन्, तिनीहरूले मण्डली आफ्‍नो नियन्त्रणमा लिने प्रयास गर्दै छन्—के तपाईँले तिनीहरूलाई नियन्त्रण गर्न सक्‍नुहुन्छ? के तपाईँसँग तिनीहरूलाई खुलासा गर्ने साहस छ? यदि तपाईँले तिनीहरूलाई कारबाही गर्ने आँट गर्नुहुन्‍न भने, राजीनामा दिनुपर्छ। तपाईँ ले समय बरबाद गर्नु हुँदैन, तुरुन्तै राजीनामा दिइहाल्‍नुपर्छ। यदि तपाईँ ले ख्रीष्टविरोधीहरूको डरले आफ्नै देहगत हितहरू रक्षा गर्नुहुन्छ र दाजुभाइ-दिदीबहिनीहरूलाई ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूको हातमा सुम्पिनुहुन्छ भने, तपाईँ ले श्रापित हुनुपर्छ। तपाईँ अगुवा बन्‍न लायक हुनुहुन्‍न—तपाईँ कसिङ्गर हुनुहुन्छ, तपाईँ मरेतुल्य हुनुहुन्छ!” त्यस्ता झुटा अगुवाहरूलाई खुलासा गरेर बर्खास्त गरिनुपर्छ। तिनीहरूले वास्तविक काम गर्दैनन्; दुष्ट मानिसहरू सामना गर्दा, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्दैनन्, बरु दुष्ट मानिसहरूसामु घुँडा टेकेर तिनीहरूसँग सम्झौता गर्छन्, र दयाको भीख माग्छन्, र यसरी आफ्‍नो नीच अस्तित्व कायम राख्छन्। त्यस्ता अगुवाहरू कसिङ्गरहरू हुन्। तिनीहरू विश्‍वासघातीहरू हुन्, र तिनीहरूलाई इन्कार गरिनुपर्छ।

यसपछि हामी अर्को बुँदा सङ्गति गर्नेछौँ, अर्थात्, ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिँदा तिनीहरूको सम्भाव्यता र नियतिप्रतिको मनोवृत्ति कसरी खुलासा हुन्छ भन्‍नेबारे सङ्गति गर्नेछौँ। परमेश्‍वरको घरमा काम गर्ने कतिपय ख्रीष्टविरोधीहरूले गल्तीहरू नगर्न, काटछाँट नभोग्न, माथिको रिस नउठाउन वा आफूले खराब काम गरेको अगुवाहरूलाई थाहा नदिन एकदमै सावधानीसाथ काम गर्ने मनमनै सङ्कल्प गर्छन्, र यदि तिनीहरूले असल कार्य गर्दै छन् भने त्यो कुरा मानिसहरूले देखून् भन्‍ने सुनिश्‍चित गर्छन्। तैपनि, जति नै सावधान भए पनि, तिनीहरूको मनसाय र तिनीहरूले लिने मार्ग गलत हुने भएकाले, अनि तिनीहरूले प्रसिद्धि, प्राप्ति, र हैसियतको लागि मात्र बोल्ने र काम गर्ने र सत्यता कहिल्यै नखोज्ने हुनाले, तिनीहरूले प्राय सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, मण्डलीको काममा बाधा र अवरोध ल्याउँछन्, शैतानका नोकरहरूका रूपमा काम गर्छन् र बारम्बार धेरै अपराधहरूसमेत गर्छन्। त्यस्ता मानिसहरूले प्रायः सिद्धान्तहरू उल्‍लङ्घन गर्नु र अपराधहरू गर्नु एकदमै सामान्य र खाँटी कुरा हो। त्यसकारण, तिनीहरू काटछाँटमा पर्नबाट जोगिन अवश्‍य नै निकै गाह्रो हुन्छ। तिनीहरूले के देखेका छन् भने कतिपय ख्रीष्टविरोधीलाई प्रकट गरेर हटाइएका छन् किनभने तिनीहरूलाई कडाइका साथ काटछाँट गरिएको छ। तिनीहरूले यी कुरा आफ्नै आँखाले देखेका छन्। ख्रीष्टविरोधीहरू किन यति सतर्कतासाथ काम गर्छन्? एउटा कारणचाहिँ पक्‍कै पनि के हो भने, तिनीहरू प्रकट हुने र हटाइने डर मान्छन्। तिनीहरू सोच्ने गर्छन्, “म अत्यन्तै होसियार हुनुपर्छ—आखिर, ‘सतर्कता नै सुरक्षाको आधार हो’ र ‘असल व्यक्तिको जीवनमा शान्ति हुन्छ।’ मैले यी सिद्धान्तहरू पालना गर्नुपर्छ र हरक्षण आफूलाई गलत काम गर्न वा समस्यामा पर्नबाट जोगिन स्मरण गराउनुपर्छ, अनि आफ्ना भ्रष्टता र अभिप्रायहरू दबाउनुपर्छ र ती कुराहरू कसैलाई देख्न लगाउनु हुँदैन। मैले गलत काम गरिनँ र म अन्त्यसम्‍मै दृढ रहेँ भने, आशिष्‌हरू प्राप्त गर्नेछु, र म विपत्तिहरूबाट जोगिनेछु, र परमेश्‍वरमाथिको विश्‍वासमा म सफल हुनेछु!” तिनीहरूले प्राय यसरी नै आफूलाई प्रोत्साहन, उत्प्रेरणा र उत्साह दिन्छन्। भित्री रूपमा, तिनीहरूलाई लाग्छ कि यदि तिनीहरूले गल्ती गरे भने, आशिष्‌हरू पाउने तिनीहरूको मौका उल्लेखनीय रूपमा घट्नेछ। के तिनीहरूको हृदयको गहिराइमा यस्तै हिसाबकिताब र विश्‍वास हुँदैन र? ख्रीष्टविरोधीहरूको यो हिसाबकिताब वा विश्‍वास सही छ कि गलत छ भन्‍ने कुरालाई एकातिर पन्छाएर हेर्दा, यसको आधारमा तिनीहरूले आफ्नो काटछाँट हुँदा सबैभन्दा बढी के कुराको चिन्ता गर्छन्? (आफ्ना सम्‍भाव्यता र नियतिको बारेमा।) तिनीहरूले काटछाँट हुनुलाई आफ्नो सम्‍भाव्यता र नियतिसँग जोड्छन्—यो तिनीहरूको दुष्ट प्रकृतिसँग सम्‍बन्धित हुन्छ। तिनीहरूले मनमनै सोच्छन्: “के म हटाइन लागेको हुनाले मलाई यसरी काटछाँट गरिएको हो? के यो मेरो आवश्यकता नभएकोले गरिएको हो? के परमेश्‍वरको घरले मलाई यो कर्तव्य निर्वाह गर्नबाट रोक्दै छ? के म भरपर्दो देखिँदिनँ र? के मलाई मभन्दा असल व्यक्तिद्वारा प्रतिस्थापित गरिनेछ? यदि म हटाइएँ भने, के मैले अझै आशिष्‌ पाउन सक्‍नेछु? के म अझै पनि स्वर्गको राज्य प्रवेश गर्न सक्‍नेछु? मेरो कार्य प्रदर्शन त्यति सन्तोषजनक छैन जस्तो छ, त्यसकारण भविष्यमा म अझै होशियार हुनुपर्छ, र मैले आज्ञाकारी हुन र राम्रो व्यवहार गर्न सिक्‍नुपर्छ, र कुनै समस्या पैदा गर्नु हुँदैन। मैले धैर्य गर्न र शिर झुकाएर बाँच्न सिक्‍नुपर्छ। हरेक दिन जब म काम गर्छु, तब म तरबारको धारमा हिँडिरहेको छु भन्‍ने कल्‍पना गर्नुपर्छ। मैले आफ्नो सतर्कता त्याग्‍नु हुँदैन। यस पटक मैले लापरवाही रूपमा आफैले आफूलाई उदाङ्गो पारेर काटछाँटमा परेको भए पनि, तिनीहरूको भाव त्यति कडा सुनिएन। समस्या त्यति गम्भीर छैन जस्तो लाग्यो, मसँग अझै पनि मौका छ जस्तो छ—म अझै पनि विपत्तिहरूबाट उम्कन सक्छु र मैले अझै आशिष् पाउन सक्छु, त्यसकारण मैले यसलाई नम्रतासाथ स्वीकार गर्नुपर्छ। मलाई बर्खास्त गरिने, हटाइने वा निष्कासित गरिने जस्तो त पक्‍कै छैन, त्यसैले मैले यसरी नै काटछाँट स्विकार्न सक्छु।” के यो काटछाँट स्विकार्ने मनोवृत्ति हो? के यो साँच्‍चै नै आफ्नो भ्रष्ट स्वभाव चिन्‍नु हो? के यो साँच्‍चै पश्‍चात्ताप गरेर नयाँ बन्‍न चाहनु हो? के यो सिद्धान्तहरूअनुसार काम गर्ने साँचो सङ्कल्प गर्नु हो? अहँ, होइन। त्यसोभए, तिनीहरूले किन यस्तो व्यवहार गर्छन्? तिनीहरूले विपत्तिहरूबाट उम्कन र आशिष् पाउन सकिएला भन्‍ने सानो आशाको कारण यसो गर्छन्। त्यो सानो आशा रहुन्जेलसम्‍म, तिनीहरूले आफ्नो पोल खोल्न सक्दैनन्, तिनीहरूले आफ्नो साँचो रूप प्रकट गर्न सक्दैनन्, तिनीहरूले अरूलाई आफ्नो हृदयभित्र के छ भनेर बताउन सक्दैनन्, र तिनीहरूले आफूभित्र रहेको द्वेषबारे अरूलाई थाहा दिन सक्दैनन्। तिनीहरूले यी कुराहरू लुकाउनैपर्छ, तिनीहरूले पुच्छर खुम्च्याउनैपर्छ, र अरूलाई तिनीहरू वास्तवमा को हुन् भनेर देखाउनै हुँदैन। त्यसकारण, काटछाँट भएपछि तिनीहरू पटक्‍कै परिवर्तन हुँदैनन्, र तिनीहरूले पहिलेकै शैलीमा कामकुरा जारी राख्छन्। त्यसैले, तिनीहरूको व्यवहारपछाडि रहेको सिद्धान्त के हो? सबै कुरामा आफ्नै हितहरू रक्षा गर्नु। तिनीहरूले जे-जस्ता गल्तीहरू गरे पनि, तिनीहरूले अरूलाई थाहा दिँदैनन्; तिनीहरूलाई आफू वरपरका सबैलाई तिनीहरू कुनै त्रुटि वा कमीकमजोरी नभएका सिद्ध व्यक्ति हुन्, र तिनीहरूले कहिल्यै गल्ती गर्दैनन् भनेर सोच्न लगाउनैपर्छ। तिनीहरू आफूलाई यसरी नै ढाकछोप गर्छन्। लामो समयसम्म आफ्नो रूप लुकाएपछि, तिनीहरूलाई विपत्तिहरूबाट उम्कने, आशिष् पाउने, र स्वर्गको राज्य प्रवेश गर्ने कुरा लगभग निश्‍चित छ भन्‍ने आत्मविश्‍वास हुन्छ। तर तिनीहरूले आफ्नो कार्य-व्यवहारमा बारम्बार सिद्धान्तहरू उल्लङ्घन गर्ने हुनाले, अनपेक्षित रूपमा तिनीहरू काटछाँटमा पर्छन्। काटछाँटमा परेपछि तिनीहरूलाई चोट पुग्छ: “मैले धेरै कष्ट भोगेँ; तपाईँ मलाई कसरी काटछाँट गर्न सक्नुहुन्छ? आशिष्‌हरू प्राप्त गर्ने ठूलो घटना किन मेरो जीवनमा घटेको छैन? यो किन मबाट अझै टाढा छ? यो कष्ट कहिले समाप्त हुने हो?” अनि काटछाँटका शब्दहरू सुन्दा, तिनीहरूले यस्तो सोच्छन्, “यदि म फेरि झाराटारुवा भएँ, र मैले सत्यता पछ्याइनँ, र जानीजानी परमेश्‍वरको घरको काममा बाधा दिने दुष्ट कुराहरू गरेँ भने, मलाई हटाइने र निष्कासित गरिनेछ। के त्यसपछि त मैले मेरा सम्भाव्यता र नियति गुमाउनेछैनँ र? परमेश्‍वरमा विश्‍वास गरेका यी वर्षहरूमा मैले भोगेका सबै कष्टहरू व्यर्थ हुनेछन्!” तिनीहरूले बारम्बार धैर्य र आत्मसंयम अभ्यास गर्छन्, र हृदयमा यसो भन्छन्, “मैले यो कुरा भोग्‍नैपर्छ! मैले यो कुरा सहनैपर्छ! यदि मैले यो सहिनँ भने, मैले भोगेका सबै कष्ट र अन्याय खेर जानेछन्। मैले निरन्तर लागिपर्नैपर्छ। यदि म अन्तसम्मै लागिपरिरहेँ भने, मैले मुक्ति पाउनेछु! यदि कसैले मलाई कुनै अप्रिय कुरा भन्यो भने, म नसुनेजस्तो गर्नेछु। तिनीहरूले मेरो बारे होइन, अरू कसैको बारे कुरा गरिरहेका छन् जस्तो व्यवहार गर्नेछु।” तर तिनीहरूले जसरी सुने पनि, तिनीहरूलाई यसको अर्थ तिनीहरूसँग कुनै गन्तव्य छैन भन्‍ने नै लाग्छ। अझै पनि तिनीहरूलाई यस पटक काटछाँट गरेर दोषी ठहराइयो भन्‍ने नै लाग्छ; तिनीहरूलाई आफू निराशाजनक, ज्योति देख्‍न नसकिने, कुनै भोलि र कुनै भविष्य नभएको अवस्थामा पुगेजस्तो महसुस हुन्छ। यस्तो बेला, के यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू धैर्यसाथ बस्‍न सक्छन् त? (अहँ, सक्दैनन्। तिनीहरूले आशिष् पाउने तिनीहरूको आशा छताछुल्ल भएको देख्छन्, त्यसकारण तिनीहरू धैर्यसाथ बस्‍न सक्दैनन्।) के तिनीहरू धैर्यसाथ बस्‍न मात्रै नसक्‍ने हुन् र? के तिनीहरूले केही गर्नेछैनन् र? (हो, तिनीहरूले केही गर्नेछन्।) तिनीहरूले के-कस्ता कार्यहरू गर्न सक्‍नेछन्? (तिनीहरूले नकारात्मकता फैलाउन सक्‍नेछन्, र समझ नभएका केही विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाएर तिनीहरूको पक्ष लिन, तिनीहरूको प्रतिरक्षा गर्न र तिनीहरूको असन्तुष्टिबारे गुनासो गर्न लगाउन सक्‍नेछन्।) ठीक भन्यौ, तिनीहरूलाई निराशा महसुस भएपछि, तिनीहरूले यस्ता कार्यहरू गर्नेछन्। तिनीहरूले यस्तो सोच्नेछन्: “तैँले मलाई संवर्धन गर्न वा महत्त्वपूर्ण पदहरूमा राख्‍न छोडेको छस्, र तँ मलाई हटाउन पनि चाहन्छस्। यदि मैले आशिष् पाउन सक्दिनँ भने, तैँले पनि आफूले आशिष् पाउनेबारे विचार नगर्! यदि यो ठाउँले मलाई राख्दैन भने, मेरो लागि बाहिर कतै ठाउँ छँदै छ, तर म गएँ भने, मैले आफूसँग थप दुई मानिसहरू पनि घिस्याएर लानेछु। तैँले मप्रति निर्दयी व्यवहार गरेको छस्, त्यसकारण म पनि तँलाई दुर्व्यवहार गर्नेछु! के तँ मलाई हटाउन चाहँदैनथिस् र? तैँले यसको लागि मूल्य चुकाउनेछस्!” तिनीहरूले पाखुरा सुर्केर झगडा गर्न सुरु गर्नेछन्, र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति सार खुलासा हुनेछ। त्यसपछि आशिष् पाउने तिनीहरूको आशा छताछुल्ल भएसँगै तिनीहरूको जोश, त्याग, समर्पण, र कष्टभोग र मूल्य चुकाइ सबै हराउनेछन्। त्यो बेला, मानिसहरूले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्ने तिनीहरूको मूल जोश र तिनीहरूको कष्टभोग र मूल्य चुकाइ सबै झुट र नाटक मात्रै थिएछन् भनेर देख्‍न सक्‍नेछन्।

ख्रीष्टविरोधीहरूलाई बर्खास्त गरिएपछि वा हटाइएपछि, तिनीहरूले कुनै संयमबिनै पाखुरा सुर्केर गुनासो गर्छन्, र तिनीहरूको पैशाचिक पाटो खुलासा हुन्छ। कुन पैशाचिक पाटो खुलासा हुन्छ? विगतमा, तिनीहरूले सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न कर्तव्य निभाउने बिलकुलै गर्दैनथिए, बरु आशिष् पाउनलाई कर्तव्य निर्वाह गर्थे, र अहिले तिनीहरूले यसबारे सत्यता बताउँछन् र वास्तविक परिस्थिति प्रकाश गर्छन्। तिनीहरू भन्छन्: “यदि मैले स्वर्गको राज्यमा प्रवेश गर्ने वा पछि आशिष् र ठूलो महिमा प्राप्त गर्ने प्रयास नगरिरहेको भए, के म तिमीहरू गोबरभन्दा नीच मानिसहरूसँग घुलमेल हुनेथिएँ र? के तिमीहरू मेरो उपस्थिति पाउन लायक छौ र? तिमीहरू मलाई संवर्धन गर्दैनौ वा बढुवा दिँदैनौ, र मलाई हटाउन चाहन्छौ। मलाई हटाउँदा तिमीले मूल्य चुकाउनुपर्छ, र यसका परिणाम भोग्‍नुपर्छ भनेर एक दिन म देखाउनेछु।” ख्रीष्टविरोधीहरूले यी विचारहरू फैलाउँछन्, र यी दुष्ट शब्दहरू तिनीहरूको मुखबाट निस्कन्छन्। तिनीहरूले पाखुरा सुर्केपछि, तिनीहरूको दुर्भावपूर्ण प्रकृति र क्रूर स्वभाव खुलासा हुन्छन्, र तिनीहरूले धारणाहरू फैलाउन थाल्छन्। तिनीहरूले नयाँ विश्‍वासीहरूलाई, तुलनात्मक रूपमा सानो कद भएका र समझशक्ति नभएकाहरूलाई, सत्यता नपछ्याउनेहरूलाई, र प्रायजसो नकारात्मक र कमजोर हुनेहरूलाई पनि आफ्‍नो पक्षमा ल्याउन सुरु गर्छन्, र तिनीहरूले आफ्नो कर्तव्यमा निरन्तर झाराटारुवा हुने र परमेश्‍वरमा साँचो रूपमा विश्‍वास नगर्ने मानिसहरूलाई पनि आफ्‍नो पक्षमा ल्याउँछन्। तिनीहरू आफैले भने जस्तै, “यदि तैँले मलाई हटाइस् भने, मैले अरू धेरैलाई पनि आफूसँगै घिस्याउनुपर्छ!” के तिनीहरूको शैतानी प्रकृति उदाङ्गो भएको हुँदैन र? के सामान्य मानिसहरूले यसो गर्नेथिए? सामान्यतया, भ्रष्ट स्वभाव भएका मानिसहरू बर्खास्त हुँदा निराश हुन्छन् र तिनीहरूलाई चोट पुग्छ, तिनीहरूलाई आफू आशारहित लाग्छ, तर तिनीहरूको विवेकले तिनीहरूलाई यस्तो सोच्न लगाउँछ: “यो हाम्रो आफ्नै गल्ती हो, हामीले आफ्नो कर्तव्य पूरा गरेका छैनौँ। भविष्यमा म अझै राम्रो गर्न लागिपर्नेछु, र परमेश्‍वरले मलाई कसरी व्यवहार गर्नुहुन्छ र उहाँले मेरो बारे के-कस्ता निर्धारणहरू गर्नुहुन्छ भन्‍ने कुरा आउँदा, त्यो परमेश्‍वरको मामला हो। मानिसहरूसँग परमेश्‍वरमाथि मागहरू लाद्‍ने कुनै अधिकार छैन। के परमेश्‍वरका कार्यहरू मानिसहरूका प्रकटीकरणहरूमा आधारित हुँदैनन् र? यदि व्यक्ति गलत मार्ग हिँड्छ भने, उसलाई अनुशासनमा राखिनुपर्छ र ताडना दिइनुपर्छ, यो कुरा भनिरहनु जरुरी छैन। अहिले, दुःखको कुरा के हो भने, मेरो क्षमता कमजोर छ र म परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्दिनँ, र मैले सत्यता सिद्धान्तहरू बुझेको छैनँ र मेरो भ्रष्ट स्वभावका आधारमा म मनोमानी र स्वेच्छाचारी रूपमा कार्य गर्छु। म हटाइन लायककै छु, तर मलाई आशा छ भविष्यमा यसको पूर्ति गर्ने मौका मिल्‍नेछ!” अलिअलि विवेक भएका मानिसहरू यस्तै मार्ग हिँड्छन्। तिनीहरूले यो समस्यालाई यसरी विचार गर्ने निर्णय गर्छन्, र अन्त्यमा, तिनीहरूले यो समस्यालाई यसरी नै समाधान गर्ने निर्णय पनि गर्छन्। अवश्य नै, यसभित्र सत्यता अभ्यास गर्ने त्यति धेरै तत्त्व छैनन्, तर यी मानिसहरूमा विवेक हुने हुनाले, तिनीहरू परमेश्‍वरको प्रतिरोध गर्ने, परमेश्‍वरविरुद्ध ईश्‍वरनिन्दा गर्ने, वा परमेश्‍वरको विरोध गर्ने हदसम्‍म पुग्‍नेछैनन्। तर ख्रीष्टविरोधीहरू उस्तै हुँदैनन्। तिनीहरूमा क्रूर प्रकृति हुने हुनाले, तिनीहरू परमेश्‍वरप्रति नैसर्गिक रूपमै विरोधी हुन्छन्। जब तिनीहरूका भविष्य र नियति खतरामा पर्छन् वा ती खोसिन्छ, जब तिनीहरूले बाँच्ने कुनै मौका देख्दैनन्, तब तिनीहरूले धारणाहरू फैलाउने, परमेश्‍वरको कामको आलोचना गर्ने, र आफू समानका अविश्‍वासीहरूलाई आफूसँग मिलेर परमेश्‍वरको घरको काममा बाधा दिन लगाउँछन्। तिनीहरूले आफ्नो विगतका कुनै पनि दुष्कर्म र अपराधहरूका लागि, साथै आफूले परमेश्‍वरको घरको काम वा सम्पत्तिमा ल्याएका कुनै पनि घाटाहरूका लागि पनि जिम्मेवारी लिन मान्दैनन्। जब परमेश्‍वरको घरले तिनीहरूलाई ठेगान लाउँछ र हटाउँछ, तब तिनीहरूले एउटा वाक्य बोल्छन्, जुन प्रायजसो ख्रीष्टविरोधीहरूले बोल्ने वाक्य हो। त्यो के हो? (यदि यो ठाउँले मलाई राख्दैन भने, मेरो लागि बाहिर कतै ठाउँ छँदै छ।) के यो अर्को दुष्ट वाक्य होइन र? यो एउटा यस्तो वाक्य हो, जुन सामान्य मानवता, लाज, र विवेक भएको व्यक्तिले बोल्न सक्दैन। हामी यसलाई दुष्ट शब्दहरू भन्छौँ। ख्रीष्टविरोधीहरूले आफू काटछाँटमा पर्दा र आफ्नो हैसियत र प्रतिष्ठा खतरामा छ, आफ्नो हैसियत र प्रतिष्ठालाई चुनौती दिइएको छ, र विशेषगरी आफू आफ्नो भविष्य र गन्तव्यबाट वञ्चित हुन लागेको छु भन्‍ने महसुस गर्दा प्रकाश गर्ने क्रूर स्वभावहरूका विभिन्‍न प्रकटीकरणहरू यिनै हुन्; साथ-साथै, तिनीहरूको अविश्‍वासी सार पनि खुलासा हुन्छ। वास्तवमा, परमेश्‍वरको घरले मानिसहरूलाई नितान्त रूपमा तिनीहरूले कर्तव्य निर्वाह गर्दा स्वेच्छाचारी र मनोमानी ढङ्गले काम गरेकोले, र यसरी परमेश्‍वरको घरको काममा अवरोध र बाधा ल्याएकोले, र तिनीहरूले मनन वा पश्‍चात्ताप नगरेकोले मात्र काटछाँट गर्छ—तब मात्रै परमेश्‍वरको घरले तिनीहरूलाई काटछाँट गर्छ। यस्तो अवस्थामा, के तिनीहरूलाई काटछाँट गरिनुको अर्थ तिनीहरूलाई हटाइनु भन्‍ने हुन्छ र? (अहँ, हुँदैन।) अवश्य नै हुँदैन, मानिसहरूले यसलाई सकारात्मक रूपमा स्विकार्नुपर्छ। यस प्रसङ्गमा, कुनै पनि काटछाँट, चाहे त्यो परमेश्‍वरले गर्नुभएको होस् वा मानिसले गरेको होस्, चाहे त्यो अगुवा र कामदारहरूबाट आएको होस् वा ब्रदर-सिस्टरहरूबाट आएको होस्, त्यो दुर्भावनाले गरिएको हुँदैन, र त्यो मण्डलीको कामका लागि फाइदाजनक हुन्छ। व्यक्तिले स्वेच्छाचारी र मनोमानी ढङ्गले काम गर्दा र परमेश्‍वरको घरको काममा बाधा दिँदा उसलाई काटछाँट गर्न सक्नु न्यायवान् र सकारात्मक कुरा हो। यो इमानदार मानिसहरू र सत्यतालाई प्रेम गर्ने मानिसहरूले गर्नुपर्ने कुरा हो। तर जब अपराध गरेका कारण काटछाँट गरिएका मानिसहरूले यसलाई स्विकार्दैनन् र यसको सट्टा यसलाई अटेर गर्छन्, र यसरी घृणा र प्रतिकारको मानसिकता पैदा गर्छन्, यो अनुचित र दुष्ट हो। परमेश्‍वरको घरमा धेरै मानिसहरूले कर्तव्य निर्वाह गर्छन्—तिनीहरूमध्ये कसले चाहिँ काटछाँट अनुभव गरेको हुँदैन र? काटछाँटमा परेका कारण कति मानिसहरू नकारात्मक र अवज्ञाकारी बनेका छन्, वा कतिले आशिष् नपाइएला र आफ्नो कुनै आशा छैन भन्‍ने सोच्दै आत्महत्यासमेत गर्ने प्रयास गरेका छन्, त्यसकारण कतिले आफ्नो कर्तव्य त्याग्‍न, अशिष्ट व्यवहार गर्न र झर्कोफर्को गर्न चाहँदै अरूलाई घृणा गर्न थालेका, र तिनीहरूको विरुद्ध प्रतिकार गर्न समेत चाहेका छन्? त्यस्ता मानिसहरू वास्तवमा धेरै छैनन्। दुष्ट मानिसहरूले मात्रै त्यस्ता कुराहरू गर्न सक्छन्। दुष्ट मानिसहरूले मात्रै काटछाँटलाई गरम मिजासका मानिसहरूले गलत व्यवहार गरेको रूपमा लिन सक्छन्। अवश्य नै, परमेश्‍वरको घरले बताउने सबै काटछाँट उचित हुन्छ, त्यो सबै मण्डलीको काम र व्यक्तिहरूको जीवन प्रवेश गर्नका लागि गरिन्छ। यो परमेश्‍वरको अभिप्राय अनुरूप, र पूर्ण रूपमा परमेश्‍वरको वचनसँग मिल्‍ने सकारात्मक कुरा हो। जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरूले सधैँ आफ्नो प्रतिष्ठा, हैसियत, र मर्यादाको प्रतिरक्षा गर्ने प्रयास गर्छन्, र यसलाई आफ्नै हितहरूसँग, र विशेषगरी आफ्नै भविष्य र नियतिसँग जोड्छन्। यदि काटछाँट हुनु तिनीहरूको प्रतिष्ठा, हैसियत, र मर्यादाको प्रतिकूल छ भने, तिनीहरूले यसलाई स्विकार्न सक्दैनन्। यदि तिनीहरूलाई गम्भीर रूपमा काटछाँट गरिन्छ भने, र यदि यसले तिनीहरूको प्रतिष्ठा, हैसियत, र मर्यादा मात्र नष्ट नगरी तिनीहरूको भविष्य र नियतिमा समेत खतरा पुर्‍याउँछ भने, तिनीहरूले यसलाई झनै स्विकार्न सक्दैनन्। छोटकरीमा भन्दा, ख्रीष्टविरोधीहरूलाई चाहे जसले काटछाँट गरे पनि, तिनीहरूले यसलाई परमेश्‍वरबाट आएको हो भनेर स्विकार्न सक्दैनन्, तिनीहरूले आत्म-चिन्तन गर्न र आफूलाई चिन्‍न सक्दैनन्, र तिनीहरूले काटछाँटमा परेको घटनाबाट पाठहरू सिक्न, साँचो पश्‍चात्ताप हासिल गर्न, वा कर्तव्य निर्वाहमा राम्रो कार्यप्रदर्शन गर्न सक्दैनन्। यसको साटो, तिनीहरूले हृदयमा प्रतिरोध गर्छन् र तिनीहरूले यो कुरा स्विकार्न नमान्‍ने र अटेरपनको मनोवृत्ति अपनाउँछन्। यही नै काटछाँटप्रति ख्रीष्टविरोधीहरूले अपनाउने मनोवृत्ति हो, र यसले सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति पनि प्रतिनिधित्व गर्छ।

काटछाँट हुने कुरा आउँदा, मानिसहरूले कम्तीमा पनि जान्‍नुपर्ने कुरा के हो? व्यक्तिले आफ्‍नो कर्तव्य मानक अनुरूप पूरा गर्नका लागि काटछाँट अनुभव गर्नैपर्छ—यो अपरिहार्य कुरा हो। यो मानिसहरूले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा मुक्ति प्राप्त गर्नका निम्ति दैनिक रूपमा सामना गर्नुपर्ने र नियमित अनुभव गर्नुपर्ने कुरा हो। काटछाँट गरिनबाट कोही पनि टाढा हुन सक्दैन। के कसैको काटछाँट गर्नु उसका सम्भाव्यता र भवितव्यसँग सम्‍बन्धित कुरा हो? (होइन।) त्यसो भए, कसैलाई केको लागि काटछाँट गरिन्छ? के यो उसलाई दोष दिनको लागि गरिन्छ? (होइन, यो मानिसहरूलाई सत्यता बुझ्न र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न मदत गर्नलाई गरिन्छ।) त्यो सही हो। यो यसको सबैभन्दा सही बुझाइ हो। कसैलाई काटछाँट गर्नु भनेको एक प्रकारको अनुशासन हो, एक प्रकारको ताडना हो, र स्वाभाविक रूपमा यो मानिसहरूलाई सहायता गर्ने र उद्धार गर्ने तरिका पनि हो। काटछाँट गरिँदा, तैँले समयमै तेरो गलत खोजीलाई परिवर्तन गर्ने मौका पाउँछस्। यसले तँलाई हाल तँभित्र भएका समस्याहरूलाई समयमै पहिचान गर्न, अनि तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई समयमै पहिचान गर्न मदत गर्छ। जे-जस्तो नै भए पनि, काटछाँटले तँलाई तेरा गल्तीहरू चिन्न र सिद्धान्तअनुसार आफ्ना कर्तव्यहरू पूरा गर्न मदत गर्छ, यसले तँलाई विचलनहरू निम्त्याउन र बरालिनदेखि समयमै जोगाउँछ, र यसले तँलाई महाविपत्तिहरू पैदा गर्नदेखि बचाउँछ। के यो मानिसहरूका लागि सबैभन्दा ठूलो सहयोग, सबैभन्दा ठूलो उपचार होइन र? विवेक र समझ भएका व्यक्तिहरूले काटछाँट भोग्नुलाई सही रूपमा हेर्न सक्नुपर्छ। ख्रीष्टविरोधीहरूले किन काटछाँट स्विकार्न सक्दैनन्? किनभने तिनीहरूले काटछाँट परमेश्‍वरबाट आएको होइन, मानिसबाट आएको हो भन्‍ने सोच्छन्। तिनीहरू तिनीहरूलाई काटछाँट गर्नेले तिनीहरूको जीवन कठिन बनाइरहेको र तिनीहरूलाई सास्ती दिइरहेको छ भन्‍ने सोच्छन्। ख्रीष्टविरोधीहरूको मानसिकताको आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूले सत्यता नस्विकार्ने हुनाले नै काटछाँट स्विकार्न नमानेका हुन्। तिनीहरूले काटछाँटबाट पाठ सिक्न सक्दैनन्, र तिनीहरूले आफूलाई चिन्‍न वा सत्यता खोजी गर्न सक्दैनन्। तिनीहरूले काटछाँट नस्विकार्नुको स्रोत यही हो। तिनीहरूको हृदयमा यस्तो ठूलो समस्या हुन्छ, जसले ख्रीष्टविरोधीहरूको प्रकृति सार सत्यताप्रति प्रतिकूल र शत्रुवत्‌ हुन्छ भन्‍ने कुरा पुष्टि गर्छ।

मेइ २, २०२०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्