विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग आठ) खण्ड तीन
आफ्नो दुर्भावपूर्ण प्रकृतिको कारण, ख्रीष्टविरोधीहरू सत्यता पछ्याउने कसैको सामु झुक्दैनन्। तिनीहरू केही वास्तविक काम गर्न सक्ने हरकुनै अगुवा र कामदारहरूलाई हेयको दृष्टिले हेर्छन्, र हरेक अगुवा र कामदारहरूलाई झुटा भनेर समेत भन्छन्, मानौँ तिनीहरू आफैमात्र सही छन्, र अरू सबै गलत छन्। तिनीहरूलाई जेजसरी सत्यता सङ्गति गरिए पनि, तिनीहरू काटछाँट हुन पटक्कै स्विकार्दैनन् र अझै पनि आफ्नै दृष्टिकोण कायम राख्छन्। यदि तिनीहरूलाई काटछाँट गर्ने कसैले तिनीहरूलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन सकेन भने, तिनीहरूले त्यो स्विकार्नेछैनन्। तिनीहरूलाई काटछाँटमा पर्नु व्यर्थ छ र सत्यतासँग यसको कुनै सम्बन्ध छैन भन्ने लाग्छ। तिनीहरूको दृष्टिकोण यही हुन्छ। तिनीहरू सधैँ आफ्नै दृष्टिकोणहरू कायम राख्छन्, त्यसकारण तिनीहरूलाई सत्यता स्विकार्न निकै गाह्रो हुन्छ, र सँगसँगै, तिनीहरू आफूलाई काटछाँट गर्नेहरूलाई आलोचना र निन्दा पनि गर्छन्। ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई जसरी लिन्छन् त्यसमा तिनीहरूले कस्तो स्वभाव प्रकट गर्छन्? के तिमीहरूले ख्रीष्टविरोधीको प्रकृति सार के हो भनेर देख्न सक्छौ? ख्रीष्टविरोधीहरूको प्रकृतिमा रहेका मुख्य तत्त्वहरूमध्ये एउटा हो, क्रूरता। “क्रूरता” को अर्थ के हो? यसको अर्थ यो हो कि सत्यताका सम्बन्धमा तिनीहरूमा अत्यन्तै दुष्ट मनोवृत्ति हुन्छ—तिनीहरू यसमा समर्पित हुन नसक्ने, र यसलाई स्विकार्न नमान्ने मात्र होइन, तिनीहरू त आफूलाई काटछाँट गर्नेहरूलाई निन्दासमेत गर्छन्। ख्रीष्टविरोधीहरूको क्रूर स्वभाव त्यही हो। ख्रीष्टविरोधीहरू सोच्छन् कि काटछाँट हुन स्विकार्ने व्यक्ति सजिलै हेपिने हुन्छ, र सधैँ अरूलाई काटछाँट गर्ने मानिसहरू तिनै हुन् जो सधैँ मानिसहरूलाई गिज्याउन र हेप्न चाहन्छन्। त्यसैले, ख्रीष्टविरोधीले आफूलाई काटछाँट गर्नेविरुद्ध प्रतिरोध गर्नेछ, र त्यो व्यक्तिलाई कठिनाइमा पार्नेछ। अनि जसले ख्रीष्टविरोधीहरूका कमीकमजोरी वा भ्रष्टताहरूको कुरा उठाउँछ, वा तिनीहरूलाई सत्यता र परमेश्वरका अभिप्रायहरूबारे सङ्गति गर्छ, वा आफूलाई चिन्न लगाउँछ, तिनीहरू त्यो व्यक्तिले आफूलाई कठिनाइमा पारिरहेको छ भन्ने सोच्छन् र उसलाई अप्रिय ठान्छन्। तिनीहरू त्यो व्यक्तिलाई हृदयदेखि नै घृणा गर्छन्, ऊसँग बदला लिन्छन् र उसलाई कठिनाइमा पार्छन्। ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई जेजसरी लिन्छन् त्यसको अर्को प्रकटीकरण यही हो, र यसबारे हामी सङ्गति गर्नेछौँ। तिनीहरू आफूलाई काटछाँट र खुलासा गर्ने हरकसैलाई घृणा गर्छन्। यो ख्रीष्टविरोधीहरूमा देखिने अत्यन्तै स्पष्ट प्रकटीकरण हो। कस्तो प्रकारका मानिसहरूमा यस्तो क्रूर स्वभाव हुन्छ? दुष्ट मानिसहरूमा। वास्तवमा ख्रीष्टविरोधीहरू दुष्ट मानिस हुन्। त्यसकारण, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूमा मात्रै यस्तो क्रूर स्वभाव हुन्छ। जब कुनै क्रूर व्यक्तिलाई राम्रो अभिप्रायले अर्ती दिइन्छ, आरोप लगाइन्छ, शिक्षा वा सहयोग प्रदान गरिन्छ, तब उसको मनोवृत्ति कृतज्ञ हुने वा यसलाई नम्रतापूर्वक स्विकार्ने हुँदैन, बरु लाजले क्रोधित हुने, चरम शत्रुता र घृणा महसुस गर्ने, र प्रतिकारसमेत गर्ने हुन्छ। कति मानिसहरूले यसो भन्दै ख्रीष्टविरोधीलाई काटछाँट र खुलासा गर्छन्, “तिमी आजभोलि बेलगाम दौडिरहेको छौ, सिद्धान्तअनुसार काम गरिरहेको छैनौ, र कर्तव्य निर्वाह गर्दा निरन्तर आफ्नो धाक लगाइरहेको हुन्छौ। तिमीले हैसियतका खातिर काम गरिरहेको छौ र कर्तव्य पूरै भद्रगोल पारिरहेको छौ। के तिमीले परमेश्वरका नजरमा सही काम गरेका छौ? तिमीले कर्तव्य निर्वाह गर्दा किन सत्यता खोजी गरेनौ? तिमीले किन सिद्धान्तअनुसार काम गरिरहेको छैनौ? दाजुभाइ-दिदीबहिनीहरूले तिमीसँग सत्यता सङ्गति गर्दा तिमीले किन स्विकारेनौ? तिमीले किन तिनलाई बेवास्ता गर्यौ? तिमीले किन आफूखुसी काम गरिरह्यौ?” यी विभिन्न प्रश्नहरूले, तिनीहरूको भ्रष्टताको प्रकटीकरण खुलासा गर्ने यी वचनहरूले तिनीहरूलाई घोच्छन्: “किन? ‘किन’ भन्ने कुरै छैन—मलाई जे मन लाग्यो म त्यही गर्छु! मलाई काटछाँट गर्ने अधिकार तिमीलाई केले दिन्छ? त्यसो गर्नका लागि तिमी को हौ? म स्वेच्छाचारी छु; तिमीले यसबारे के गर्न सक्छौ? अहिले म यो उमेरको छु, त्यसैले कसैले पनि मसँग यसरी बोल्ने आँट गर्दैन। मैले मात्र अरूसँग यसरी बोल्न पाउँछु; अरू कसैले पनि मसँग यसरी बोल्न मिल्दैन। मसित भाषण छाँट्ने आँट कसले गर्छ? मसित भाषण छाँट्न सक्ने व्यक्ति अहिलेसम्म जन्मेको छैन! के तिमीलाई साँच्चिकै मसित भाषण छाँट्न सक्छु जस्तो लाग्छ?” तिनीहरूको हृदयका गहिराइमा घृणा पैदा हुन्छ, र तिनीहरूले बदला लिने मौका खोज्छन्। तिनीहरूले मनमा यस्तो हिसाबकिताब गरिरहेका हुन्छन्: “के मलाई काटछाँट गर्ने यो व्यक्तिको मण्डलीमा शक्ति छ? यदि मैले ऊविरुद्ध प्रतिकार गरेँ भने, के कसैले उसका पक्षमा बोल्नेछ? यदि मैले उसलाई कष्ट दिएँ भने, के मण्डलीले मलाई निराकरण गर्नेछ? मसँग एउटा समाधान छ। म ऊविरुद्ध प्रतिकार गर्नेछैनँ; म पूरै गोप्य तरिकाले केही कुरा गर्नेछु। म उसलाई कष्ट र लज्जित पार्न उसको परिवारलाई केही गर्नेछु, त्यसरी म यो द्वेषबाट मुक्त हुनेछु। मैले बदला त लिनैपर्छ। मैले अहिले यो कुरालाई त्यतिकै छोड्नु हुँदैन। मैले अन्याय सहिनलाई परमेश्वरमा विश्वास गरेको होइन, र म मानिसहरूको मनपरी हेपाइ सहन यहाँ आएको होइन; म त आशिष्हरू प्राप्त गर्न र स्वर्गको राज्य प्रवेश गर्न आएको हुँ! रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ। मानिसहरूसँग आफ्नो इज्जतका लागि लड्ने साहस हुनुपर्छ। तिमीले मलाई खुलासा गर्ने दुस्साहस कसरी गर्यौ? यो त हेपाइ हो! अहिले तिमीले मलाई एक महत्त्वपूर्ण व्यक्तिलाई जस्तो व्यवहार नगरेकोले, म तिमीलाई नारकीय कष्ट दिनेछु, र परिणामहरू भोग्न लाउनेछु। लडेर हेरौँ न को बढी खतरनाक रहेछ!” खुलासाका केही सरल शब्दहरूले नै ख्रीष्टविरोधीहरूको पारो तात्छ र तिनीहरूमा यस्तो ठूलो घृणा पैदा हुन्छ, र तिनीहरू बदला लिन यति धेरै हदसम्म जान्छन्। तिनीहरूको क्रूर स्वभाव पूर्ण रूपमा उदाङ्गो हुन्छ। जब तिनीहरूले घृणाको कारण अर्को व्यक्तिलाई प्रतिकार गर्छन्, तब त्यो अवश्य नै तिनीहरूसँग त्यस व्यक्तिप्रति घृणा भएकोले वा त्यस व्यक्तिसँग पुरानो ईख भएकोले होइन, तिनीहरूले त त्यो व्यक्तिले तिनीहरूको गल्ती खुलासा गरेकोले यसो गर्छन्। यसले देखाउँछ कि ख्रीष्टविरोधीलाई खुलासा गर्ने काम जसले गरे पनि, र ख्रीष्टविरोधीसँग त्यो व्यक्तिको सम्बन्ध जे भए पनि, त्यो खुलासाले नै तिनीहरूमा घृणा पैदा गर्न र तिनीहरूको बदलाको सिकार बन्न सक्छ। त्यो व्यक्ति जोसुकै भए पनि, उसले सत्यता बुझेको भए पनि नभए पनि, ऊ अगुवा वा कामदार वा परमेश्वरका चुनिएका मानिसहरूको एक साधारण सदस्य भए पनि, उसले ख्रीष्टविरोधीलाई खुलासा र काटछाँट गर्यो भने, ख्रीष्टविरोधीले त्यो व्यक्तिलाई शत्रुकै रूपमा व्यवहार गर्नेछ। तिनीहरूले खुलेआम यसोसमेत भन्नेछन्, “जसले मलाई काटछाँट गर्छ ऊप्रति म कठोर हुनेछु। जसले मलाई काटछाँट गर्छ, मेरो भित्री कुरा खुलासा गर्छ, मलाई परमेश्वरको घरबाट निष्कासित गराउँछ, वा मेरो भागको आशिष् लुट्छ, म उसलाई त्यतिकै कहिल्यै छोड्नेछैन। बाहिरी संसारमा म यस्तै छु: मलाई कष्ट दिने आँट कसैले गर्दैन। मलाई झिज्याउन आँट गर्ने व्यक्ति अहिलेसम्म जन्मेको छैन!” काटछाँट सामना गर्दा ख्रीष्टविरोधीहरूले फलाक्ने निर्मम शब्दहरू यिनै हुन्। जब तिनीहरूले यी निर्मम शब्दहरू फलाक्छन्, तब यो अरूलाई डर देखाउन बोलिएको हुँदैन, न त तिनीहरूले आफ्नो रक्षा गर्नलाई नै यी आवेगहरू पोखाइरहेका हुन्छन्। तिनीहरू त साँच्चै नै दुष्ट काम गर्न सक्षम हुन्छन्, र तिनीहरूले हदैसम्म गिरेर आफूसँग भएको कुनै पनि उपायसमेत प्रयोग गर्नेछन्। ख्रीष्टविरोधीहरूको क्रूर स्वभाव यही हो। यस्ता ख्रीष्टविरोधीहरू सामना गर्नुपर्दा, कतिपय अगुवा र कामदारहरूमा तिनीहरूलाई खुलासा गर्ने वा तिनीहरू विरुद्ध कारबाही गर्ने साहस हुँदैन, र ख्रीष्टविरोधीहरू अझै खराब हुँदै जान्छन्। तिनीहरूले अझ निर्लज्ज तरिकाले दुष्कर्म गर्छन्, मानिसहरूलाई बहकाउने र बाधा दिने प्रयास गरिरहन्छन्, र अन्ततः धेरैजसोलाई बहकाउ र नियन्त्रणमा पारिछाड्छन्। यही कुराले नै विपत्ति निम्त्याउँछ। जब कतिपय ख्रीष्टविरोधीहरूले आफ्ना दुष्ट कार्यहरूबारे दाजुभाइ-दिदीबहिनीहरूद्वारा खुलासा गरिएको वा माथिल्ला तहमा रिपोर्ट गरिएको थाहा पाउँछन्, तब तिनीहरूले बदला लिन्छन् र तिनीहरूलाई ठूलो रातो अजिङ्गरको हातमा राखिदिन्छन्—तिनीहरूलाई शैतानको शासनमा सुम्पिदिन्छन्। यो क्रूर स्वभाव हो, होइन र? अनि ख्रीष्टविरोधीहरू यति क्रूर हुन्छन् भने, के तिनीहरूले साँच्चै परमेश्वरमा विश्वास गर्छन् त? अवश्य नै गर्दैनन्। तिनीहरू शैतानका नोकरहरू हुन्, र तिनीहरू मण्डलीलाई बाधा दिन आएका हुन्छन्; तिनीहरू परमेश्वरका घरमा घुसपैठ भएका दुष्ट पिशाच हुन् र तिनीहरूले परमेश्वरका काममा अवरोध गर्ने र त्यसलाई कमजोर पार्ने बाहेक अरू केही गर्दैनन्, र तिनीहरूले परमेश्वरको विरोध गर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू परमेश्वर र परमेश्वरका चुनिएका मानिसहरूका शत्रु हुन्। ख्रीष्टविरोधी, दुष्ट पिशाचहरूलाई दाजुभाइ-दिदीबहिनीहरूलाई जस्तै व्यवहार गर्नु ठूलो गल्ती हुनेछ; यस्तो काम गर्नलाई त तँ अन्धो नै हुनुपर्छ। यदि कुनै ख्रीष्टविरोधीलाई दाजुभाइ वा दिदीबहिनीका रूपमा मलजल गरियो, खुवाइयो, र सहयोग गरियो भने, वा यदि उसलाई सत्यता पछ्याउने व्यक्तिका रूपमा बढुवा गरी महत्त्वपूर्ण पद दिइयो भने, अगुवाले ठूलो दुष्टता गरिरहेको हुन्छ। उसले ख्रीष्टविरोधीको दुष्टतामा भूमिका खेलिरहेको हुन्छ, र उसलाई हटाइनुपर्छ। त्यस्ता झुटा अगुवाहरू ख्रीष्टविरोधीहरूका मतियार हुन्, र यो भन्न सकिन्छ कि तिनीहरू आफै पनि ख्रीष्टविरोधी हुन् र तिनीहरूलाई निकाल्नु र निष्कासित गरिनुपर्छ।
जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरूमा स्वीकार र आज्ञापालनको मनोवृत्ति हुँदैन। बरु, तिनीहरू त्यसप्रति प्रतिरोधी र वितृष्ण हुन्छन्, र त्यसले घृणा पैदा गर्छ। तिनीहरूलाई काटछाँट गर्ने, तिनीहरूको लुकेका रहस्यहरू खुलासा गर्ने र तिनीहरूको वास्तविक परिस्थिति खुलासा गर्ने हरेकलाई तिनीहरूले आफ्नो हृदयको गहिराइमा घृणा गर्छन्। तिनीहरूले तँलाई कति हदसम्म घृणा गर्छन्? तिनीहरू घृणाले दाँत किट्छन्, तँ तिनीहरूको नजरबाट हराइजा भन्ने कामना गर्छन्, र तिमीहरू दुई जना सहअस्तित्वमा रहन नसक्ने महसुस गर्छन्। यदि ख्रीष्टविरोधीहरू मानिसहरूसँग यस्तो व्यवहार गर्छन् भने, के तिनीहरूले आफ्नो खुलासा र निन्दा गर्ने परमेश्वरका वचनहरू स्विकार्न सक्छन् त? अहँ, सक्दैनन्। जसले तिनीहरूको खुलासा गर्छ, उसलाई तिनीहरूले त्यस्तो खुलासा गरेको र तिनीहरूप्रति प्रतिकूल व्यवहार गरेकै कारण घृणा गर्नेछन् र प्रतिकार गर्नेछन्। तिनीहरू आफूलाई काटछाँट गर्ने व्यक्तिलाई आफ्नो नजरबाट हटाउन सकूँ भन्ने कामना गर्छन्। तिनीहरू यो व्यक्तिले राम्रो गरिरहेको देखिसहँदैनन्। यदि यो व्यक्तिको मृत्यु भयो वा ऊ विपत्तिमा पर्यो भने, तिनीहरू खुसी हुन्छन्; यो व्यक्ति जीवित छ भने र उसले अझै पनि परमेश्वरका घरमा कर्तव्य निर्वाह गरिरहेको छ, र सबै कुरा सामान्य रूपमा अघि बढिरहेको छ भने, तिनीहरूले हृदयमा कष्ट, असहजता, र झिजो महसुस गर्छन्। जब तिनीहरूसँग कसैविरुद्ध प्रतिकार गर्ने उपाय हुँदैन, तब तिनीहरूले गुप्त रूपमा उसलाई श्राप दिन्छन्, वा त्यो व्यक्तिमाथि दण्ड र प्रतिशोध बर्साइदिनुहोस्, र तिनीहरूका गुनासाहरू समाधान गरिदिनुहोस् भनेर परमेश्वरलाई प्रार्थनासमेत गर्छन्। ख्रीष्टविरोधीहरूमा यो घृणा पैदा भएपछि, यसले श्रृङ्खलाबद्ध कार्यहरू पैदा गराउँछ। यी कार्यहरूमा प्रतिकार र श्रापहरू, र अवश्य नै अरूलाई फसाउने, निन्दा गर्ने र दोषी ठहराउने जस्ता घृणाबाट पैदा हुने अरू केही कार्यहरू पनि पर्छन्। यदि कसैले तिनीहरूलाई काटछाँट गर्यो भने, तिनीहरूले त्यो व्यक्तिलाई पिठ्यूँपछाडि खुट्टो काट्छन्। त्यो व्यक्तिले कुनै कुरा सही हो भनेर भन्दा तिनीहरूले त्यो गलत हो भनेर भन्छन्। तिनीहरूले त्यो व्यक्तिले गरेका सबै सकारात्मक कुरालाई विकृत पार्नेछन् र नकारात्मक रूप दिनेछन्, र यसरी उसको पिठ्यूँपछाडि झुटहरू फैलाउँछन् र बाधाहरू ल्याउँछन्। तिनीहरूले अरू अज्ञानी र वास्तविक कुरा देख्न नसक्ने वा खुट्ट्याउन नसक्ने मानिसहरूलाई उक्साउनेछन् र आफ्नो पक्षमा पार्नेछन्, ताकि ती मानिसहरूले तिनीहरूको पक्ष लिई तिनीहरूलाई साथ दिन सकून्। स्पष्ट रूपमा नै तिनीहरूलाई काटछाँट गर्ने व्यक्तिले केही नराम्रो काम गरेको हुँदैन, तर तिनीहरू अझै पनि त्यो व्यक्तिमा केही गलत कार्यको दोष लगाउन चाहन्छन्, ताकि उसले यस्तो काम गर्छ भनेर सबैले गलत विश्वास गरून्, र त्यसपछि त्यो व्यक्तिलाई इन्कार्न लाउन सबैलाई भेला गराउँछन्। ख्रीष्टविरोधीहरूले यसरी मण्डली जीवनमा बाधा दिन्छन् र मानिसहरूलाई कर्तव्य निर्वाह गर्नमा बाधा दिन्छन्। तिनीहरूको लक्ष्य के हो? तिनीहरूलाई काटछाँट गर्ने व्यक्तिलाई समस्यामा पार्नु र सबैलाई यो व्यक्तिलाई त्याग्न लगाउनु हो। कति ख्रीष्टविरोधीहरू त यसो पनि भन्छन्: “तैँले मलाई काटछाँट गरिस् र कष्ट दिइस्, त्यसकारण म तँलाई सजिलै छोड्दिनँ। काटछाँटमा पर्नु र त्यागिनु पर्दा कस्तो हुन्छ भनेर म तँलाई चखाउनेछु। तैँले मसँग जस्तो व्यवहार गरिस्, म पनि तँसँग त्यस्तै व्यवहार गर्नेछु। यदि तैँले मलाई सहजता दिइनस् भने, तँलाई पनि सहजता मिल्नेछ भन्ने नसोच्!” जब ख्रीष्टविरोधीहरूले दुष्टता गर्छन्, तब कतिपय अगुवा र कामदारहरूले तिनीहरूलाई कुरा गर्न बोलाउँछन्, तिनीहरूले पश्चात्ताप गर्नैपर्छ भनेर बताउँछन्, र तिनीहरूलाई सहयोग र साथ दिन परमेश्वरका वचनहरू पढेर सुनाउँछन्। तिनीहरूले यो कुरा नस्विकार्ने मात्र होइन, बरु उल्टै अगुवाले कुनै वास्तविक काम गर्दैन र समस्याहरू सुल्झाउन कहिल्यै परमेश्वरको वचन प्रयोग गर्दैन भनेर आधारहीन अफवाह फैलाउन पनि सुरु गर्छन्। वास्तवमा, अगुवाले भर्खरै त्यही काम गरेको हुन्छ, तर तिनीहरूले तथ्यहरू उल्ट्याउँछन् र बङ्ग्याउँछन् र तिनीहरूलाई सहयोग गर्ने व्यक्तिको अपमान गर्छन्। के यो क्रूर होइन र? यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले देखी-देखी सकारात्मक कुराहरू नकारात्मक हुन्, र तिनीहरूका गलत कार्य, गल्ती, दुष्कर्म, र दुर्भावपूर्ण व्यवहारहरू सत्यता अनुरूपका सकारात्मक कुरा हुन् भनेर दाबी गर्छन्। तिनीहरूले कर्तव्य निर्वाह गर्दा जति ठूलो गल्ती गरे पनि, तिनीहरूले मण्डलीका काममा जति धेरै हानि गरे पनि, तिनीहरूले त्यो स्विकार्दैनन् वा त्यसलाई पटक्कै गम्भीरतापूर्वक लिँदैनन्। त्यसबारे कुरा गर्दा, तिनीहरूले त्यसलाई सानोतिनो देखाएर टारिदिन्छन्। बरु तिनीहरूलाई काटछाँट गर्ने व्यक्ति यस मामलाका कारण तिनीहरूको नजरमा पापी बन्छ र आलोचनाको निसाना बन्छ। के यो सेतोलाई कालो भन्नु होइन र? अगुवा वा कामदारले काटछाँट गर्दा कति ख्रीष्टविरोधीहरूले त यसो भन्दै झुटा प्रत्यारोपहरूसमेत लाउँछन्: “हामी दाजुभाइ-दिदीबहिनीहरूले जे-जस्ता गल्तीहरू गरे पनि ती सबै अज्ञानता र अगुवा र कामदारहरूले राम्रो काम गर्न नसकेको कारण भएका हुन्। यदि अगुवा र कामदारहरूले आफ्नो काम गर्न जानेका भए, हामीलाई तुरुन्तै सम्झाएका भए, र राम्ररी कामकाज सम्हालेका भए, के परमेश्वरको घरका घाटाहरू कम हुँदैनथिए र? त्यसकारण, हामीले जे-जस्ता गल्तीहरू गरे पनि, अगुवा र कामदारहरू नै पूर्ण रूपमा दोषी हुन्छन् र तिनीहरूले नै सबैभन्दा ठूलो जिम्मेवारी लिनुपर्छ।” के यो झूटो प्रत्यारोप लाउनु होइन र? यी झुटा प्रत्यारोपहरूले सेतोलाई कालो भनिरहेका छन् र यो बदलाको एउटा स्वरूप हो।
ख्रीष्टविरोधीहरूमा अत्यन्तै क्रूर स्वभाव हुन्छ। यदि तैँले तिनीहरूलाई काटछाँट वा खुलासा गर्ने प्रयास गरिस् भने, तिनीहरूले तँलाई घृणा गर्नेछन् र तँमाथि विषालु सर्पहरूले जस्तै दाँत गाड्नेछन्। तैँले जति नै धेरै प्रयास गरे पनि तिनीहरूलाई लतारेर वा झट्काएर फ्याँक्न सक्नेछैनस्। त्यस्ता ख्रीष्टविरोधीहरू सामना गर्नुपर्दा, के तिमीहरू डराउँछौ? कति मानिसहरू त डराउँछन् र यसो भन्छन्, “म तिनीहरूलाई काटछाँट गर्ने दुस्साहस गर्दिनँ। तिनीहरू अत्यन्तै उग्र छन्, विषालु सर्पहरूजस्ता छन्, र तिनीहरूले मलाई बेरे भने, म त सिद्धिन्छु।” तिनीहरू कस्ता मानिस हुन्? तिनीहरूको कद अत्यन्तै सानो हुन्छ, तिनीहरू केही न कामका हुन्, तिनीहरू ख्रीष्टका असल सिपाही होइनन्, र तिनीहरूले परमेश्वरको गवाही दिन सक्दैनन्। त्यसैले, त्यस्ता ख्रीष्टविरोधीहरू सामना गर्नुपर्दा, तिमीहरूले के गर्नुपर्छ? यदि तिनीहरूले तँलाई धम्की दिए वा तेरो ज्यान लिने प्रयास गरे भने, के तँ डराउनेथिइस्? त्यस्ता परिस्थितिहरूमा, तँ तुरुन्तै दाजुभाइ-दिदीबहिनीहरूसँग एक हुनुपर्छ र ती ख्रीष्टविरोधीहरूलाई मण्डलीबाट ननिकालिन्जेल तिमीहरूले खडा भएर अनुसन्धान गर्नुपर्छ, प्रमाणहरू जुटाउनुपर्छ, र तिनीहरूलाई खुलासा गर्नुपर्छ। पूर्ण रूपमा समस्या समाधान गर्नु भनेको यही हो। जब तैँले कुनै ख्रीष्टविरोधीलाई पत्ता लगाउँछस् र ऊसँग दुष्ट व्यक्तिका विशेषताहरू छन् र उसले अरूलाई सास्ती दिन र प्रतिकार गर्न सक्छ भनेर प्रस्ट रूपमा पहिचान गर्छस्, तब तैँले उसले पहिले दुष्कर्म गरोस् अनि प्रमाण सङ्कलन गरेर उसलाई तह लाउँछु भनेर पर्खेर नबस्। यो निष्क्रियता हो र यसले पहिले नै केही घाटा निम्त्याइसकेको हुन्छ। जब ख्रीष्टविरोधीहरूले आफूमा दुष्ट व्यक्तिका लक्षणहरू रहेको देखाउँछन् र जब तिनीहरूले आफ्नो धूर्त र दुर्भावपूर्ण स्वभाव प्रकट गर्छन्, र जब तिनीहरूले यस्तो काम गर्न लागेका हुन्छन्, त्यति नै बेला तिनीहरूलाई सम्हाल्नु, सम्बोधन गर्नु, निकाल्नु, र निष्कासित गर्नु सबैभन्दा राम्रो हुन्छ। सबैभन्दा समझदार तरिका यही हो। कतिपय मानिस ख्रीष्टविरोधीहरूको प्रतिकारदेखि डराउँछन् र तिनीहरूको खुलासा गर्ने आँट गर्दैनन्। के यो मूर्खता होइन र? तँ परमेश्वरको घरका हितको रक्षा गर्न सक्दैनस्, यसले अन्तर्निहित रूपमा तँ परमेश्वरप्रति बफादार छैनस् भन्ने देखाउँछ। तँ कुनै ख्रीष्टविरोधीले तँलाई प्रतिकार गर्न फाइदा उठाउँछ कि भनेर डराउँछस्—समस्या के हो? के तैँले परमेश्वरको धार्मिकतामा भरोसा नगरेको हुन सक्छ? के तँलाई परमेश्वरका घरमा सत्यताको शासन चल्छ भन्ने थाहा छैन? कुनै ख्रीष्टविरोधीले तँभित्र भ्रष्टताका केही समस्या भेट्टाएर त्यसबारे साह्रै नाटीकुटी गरे पनि तँ डराउनु पर्दैन। परमेश्वरका घरमा समस्याहरू सत्यता सिद्धान्तका आधारमा हल गरिन्छ। कुनै व्यक्तिले अपराध गर्दैमा ऊ दुष्ट व्यक्ति हुँदैन। परमेश्वरको घरले कुनै व्यक्तिलाई क्षणिक भ्रष्टता देखाएकोमा वा कहिलेकाहीँ अपराध गरेकोमा कहिल्यै तह लगाउने गर्दैन। परमेश्वरको घरले ती ख्रीष्टविरोधी र दुष्ट मानिसहरूलाई निराकरण गर्छ जसले निरन्तर रूपमा बाधा सिर्जना गर्छन् र दुष्टता गर्छन्, अनि जसले अलिकति पनि सत्यता स्विकार्दैनन्। परमेश्वरको घरले असल व्यक्तिलाई कहिल्यै अन्याय गर्नेछैन। यसले हरव्यक्तिलाई निष्पक्ष व्यवहार गर्छ। झुटा अगुवा वा ख्रीष्टविरोधीहरूले असल व्यक्तिलाई गलत आरोप लगाए पनि, परमेश्वरको घरले उसलाई निर्दोष साबित गर्नेछ। ख्रीष्टविरोधीहरूको खुलासा गर्न सक्ने र इन्साफको बोध भएको असल व्यक्तिलाई मण्डलीले कहिल्यै निकाल्ने वा ठिक पार्ने काम गर्नेछैन। मानिसहरू ख्रीष्टविरोधीहरूले आफूविरुद्ध प्रतिकार गर्न फाइदा उठाउँछन् कि भनी सधैँ डराउने गर्छन्। तर के तँलाई परमेश्वरलाई चिढ्याएर उहाँद्वारा तिरस्कृत हुने कुरामा डर लाग्दैन? यदि तँलाई ख्रीष्टविरोधीले तँसँग बदला लिन फाइदा उठाउँछ कि भनेर डराउँछस् भने, ख्रीष्टविरोधीका दुष्ट कार्यहरूको प्रमाण हात पारेर तिनीहरूको रिपोर्ट र खुलासा किन नगर्ने? त्यसो गर्दा, तैँले परमेश्वरका चुनिएका मानिसहरूको अनुमोदन र सहयोग प्राप्त गर्नेछस्, र सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरले तेरा असल कार्य र इन्साफका कार्यहरूलाई सम्झनुहुनेछ। त्यसैले, किन त्यसो नगर्ने? परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरको आज्ञालाई सधैँ ध्यानमा राख्नुपर्छ। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई सफाइ गरी हटाउनु शैतानविरुद्धको युद्धको सबैभन्दा महत्त्वपूर्ण लडाइँ हो। यो लडाइँ जितियो भने, यो विजेताको गवाही बन्नेछ। शैतानहरू र दुष्ट दियाबलसहरू विरुद्ध लडिने युद्ध परमेश्वरका चुनिएका मानिसहरूमा हुनुपर्ने अनुभवात्मक गवाही हो। यो विजेताहरूमा हुनैपर्ने सत्यता वास्तविकता हो। तैँले गवाही दिन्छस् र मण्डलीको कामको रक्षा गर्छस् भन्ने उद्देश्यले परमेश्वरले मानिसहरूलाई यति धेरै सत्यता दिनुभएको छ, तँलाई यति लामो समयदेखि अगुवाइ गर्नुभएको छ, र तेरो यति धेरै भरणपोषण गर्नुभएको छ। तर लाग्छ, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले दुष्ट कार्यहरू गर्दा र मण्डलीको काममा बाधा दिँदा, तँ डरपोक बन्छस् र पछि हट्छस्, र हातले टाउको छोपेर भाग्छस्—तँ केही न कामको छस्। तँ शैतानहरूलाई जित्न सक्दैनस्, तैँले गवाही दिएको छैनस्, र तँलाई परमेश्वरले तिरस्कार गर्नुहुन्छ। यो महत्त्वपूर्ण क्षणमा, तैँले खडा भएर शैतानहरूसँग युद्ध गर्नुपर्छ, ख्रीष्टविरोधीहरूका दुष्कर्महरू खुलासा गर्नुपर्छ, तिनीहरूलाई निन्दा गर्नु र धिक्कार्नुपर्छ, तिनीहरूलाई लुक्ने ठाउँ दिनु हुँदैन र तिनीहरूलाई मण्डलीबाट सफाइ गरी हटाउनुपर्छ। यसलाई मात्र शैतानमाथि विजय हासिल गर्नु र तिनीहरूको भाग्य समाप्त पार्नु भनेर भन्न सकिन्छ। तँ परमेश्वरका चुनिएका मानिसहरू मध्येको एक होस्, परमेश्वरको एक अनुयायी होस्। तैँले चुनौतीहरूको डर मान्नु हुँदैन; तैँले सत्यता सिद्धान्तहरू अनुसार काम गर्नुपर्छ। विजेता बन्नु भनेको यही हो। यदि दुष्ट मानिसहरू वा ख्रीष्टविरोधीहरूले बदला लेलान् भन्ने डरले तँलाई चुनौतीहरूदेखि डर लाग्छ र तैँले सम्झौता गर्छस् भने, तँ परमेश्वरको अनुयायी होइनस्, र तँ परमेश्वरका चुनिएका मानिसहरू मध्येको एक होइनस्। तँ केही न कामको छस्, र तँ सेवाकर्ताहरूभन्दा पनि नीच छस्। कतिपय कायरहरूले यसो भन्न सक्छन्, “ख्रीष्टविरोधीहरू साह्रै भयानक हुन्छन्; तिनीहरूले जे पनि गर्न सक्छन्। तिनीहरूले ममाथि बदला लिए भने के गर्ने?” यो त बेतुका कुरा हो। यदि तँलाई ख्रीष्टविरोधीहरूले लिने बदलाको डर लाग्छ भने, परमेश्वरमाथिको तेरो विश्वास कहाँ छ? के परमेश्वरले तेरो जीवनको यति धेरै वर्ष तँलाई सुरक्षा दिनुभएको छैन र? के ख्रीष्टविरोधीहरू पनि परमेश्वरको हातमा छैनन् र? यदि परमेश्वरले अनुमति दिनुभएन भने, तिनीहरूले तँलाई के गर्न सक्छन् र? यसअलावा, ख्रीष्टविरोधीहरू जति नै दुष्ट भए नि, तिनीहरूले वास्तवमा के गर्न सक्छन् र? के परमेश्वरका चुनिएका मानिसहरूलाई एक भएर तिनीहरूलाई खुलासा गर्न र तह लगाउन झन् सजिलो हुँदैन र? त्यसैले किन ख्रीष्टविरोधीहरूसँग डर मान्ने? त्यस्ता मानिसहरू केही कामका हुँदैनन् र तिनीहरू परमेश्वरलाई पछ्याउन लायक पनि हुँदैनन्। घर फर्केर जाओ, र आफ्ना छोराछोरी हुर्काओ, र आफ्नो जीवन जिओ। ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा दिँदै परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गरिरहेको बेला, परमेश्वरका चुनिएका मानिसहरूले तिनीहरूको दुष्ट कार्यहरूप्रति कस्तो प्रतिक्रिया दिनुपर्छ? परमेश्वरलाई पछ्याउनेहरू कसरी आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुनुपर्छ? तिनीहरूले कसरी शैतान र ख्रीष्टविरोधीहरूका शक्तिहरू विरुद्ध लड्नुपर्छ? तँ परमेश्वरमा समर्पित हुँदै बफादार हुन्छस् कि छेउ लाग्दै तैँले परमेश्वरलाई धोका दिन्छस् भन्ने कुरा ख्रीष्टविरोधीहरूले परमेश्वरलाई बाधा दिँदा, दुष्कर्म गर्दा, र विरोध गर्दा पूर्ण रूपमा प्रकट हुनेछ। यदि तँ परमेश्वरमा समर्पित हुने र उहाँप्रति बफादार रहने व्यक्ति होइनस् भने, तँ उहाँलाई धोका दिने व्यक्ति होस्। अर्को कुनै विकल्प छैन। कतिपय भ्रमित व्यक्तिहरू र समझहीन मानिसहरूले न यताको न उताको अडान लिन्छन् र तिनीहरू तटस्थ बस्छन्। परमेश्वरको नजरमा, यी मानिसहरूमा परमेश्वरप्रति कुनै बफादारी हुँदैन र तिनीहरू उहाँका विश्वासघातीहरू हुन्। कतिपय भ्रमित व्यक्तिहरू आफ्नो कायरताको कारण, ख्रीष्टविरोधीहरूले दिने सास्तीको डर मान्छन्, र तिनीहरूले हृदयमा “मैले के गर्ने?” भनेर निरन्तर सोधिरहन्छन्। तैँले यो प्रश्न सोधेर बस्ने होइन। बरु केचाहिँ तैँले गर्नुपर्छ? (आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरू पूर्ण रूपमा खुलासा गर्नुपर्छ, हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी समझ अभ्यास गर्ने भनेर सिक्न मदत गर्नुपर्छ, र ख्रीष्टविरोधीहरूलाई इन्कार्नुपर्छ। हामीले आफ्नो सुरक्षाबारे चिन्ता गर्नु हुँदैन। हामीले विचार गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको दुष्ट मानिसहरूले मण्डलीको काममा बाधा दिँदा आफ्नो कर्तव्य कसरी पूरा गर्ने भन्ने हो।) यदि यसले तेरो परिवारमा असर पार्छ भने के गर्ने हो? (हामीले कुनै हिचकिचाहटविना आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। हामीले हाम्रो परिवारप्रतिको माया र तिनीहरूको सुरक्षाको चिन्ताले कर्तव्य त्याग्नु वा आफ्नो गवाहीमा दृढ हुन चुक्नु हुँदैन।) ठीक भनिस्। ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूलाई परमेश्वरको घरमा खडा हुने ठाउँ नदिनलाई, सर्वप्रथम तँ आफ्नो गवाहीमा दृढ भई तिनीहरू विरुद्ध अन्त्यसम्मै लड्नुपर्छ। यदि तिनीहरू श्रम गर्न तयार छन् भने, तिनीहरूलाई नियमहरूअनुसार काम गर्न दे, र तिनीहरूले जे गर्न सक्छन् त्यही गर्न दे। यदि तिनीहरू श्रम गर्न अनिच्छुक छन् भने, सबैले मिलेर तिनीहरूलाई निष्कासित गर्नुपर्छ ताकि तिनीहरूले परमेश्वरको घरभित्र मण्डलीको काममा अवरोध, बाधा, वा बरबादी ल्याउन नसकून्। तैँले गर्नुपर्ने पहिलो कुरा र तँ दृढसाथ खडा हुनुपर्ने गवाही यही हो। यसअलावा, तैँले तेरो परिवार र तेरो जीवन सबै परमेश्वरको हातमा छन्, र शैतानले जथाभाबी काम गर्ने आँट गर्दैन भन्ने कुरा बुझ्नुपर्छ। परमेश्वरले भन्नुभएको छ: “परमेश्वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्लाउने स्वतन्त्रता समेत छैन, परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्।” तैँले यी वचनहरूमा कति हदसम्म विश्वास गर्न सक्छस्? ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूविरुद्ध लड्दा त्यसले तेरो विश्वासको मात्रा प्रकट गर्छ। यदि तँसँग परमेश्वरप्रति साँचो विश्वास छ भने, तँसँग साँचो विश्वास हुन्छ। यदि तँसँग परमेश्वरप्रति थोरै मात्र विश्वास छ, र त्यो विश्वास अस्पष्ट र खोक्रो छ भने, तँसँग साँचो विश्वास छैन। यदि तँलाई परमेश्वर यो सबै कुरामाथि सार्वभौम हुन सक्नुहुन्छ र शैतान परमेश्वरको प्रभुत्वमा हुन्छ भन्ने कुरामा विश्वास छैन, र तँ अझै पनि ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूको डर मान्छस्, र तिनीहरूले मण्डलीमा दुष्कर्म गर्दा, मण्डलीको काममा बाधा दिन र त्यसलाई बरबाद गर्दा तैँले सहन सक्छस्, र आफूलाई रक्षा गर्न शैतानसँग सम्झौता गर्न वा त्यसको कृपा माग्न सक्छस्, तर तिनीहरू विरुद्ध खडा हुन र लड्न आँट गर्दैनस्, र तँ भगुवा, मान्छे खुसी पारिहिँड्ने व्यक्ति, र रमिते बनेको छस् भने, तँमा परमेश्वरमाथिको साँचो विश्वास छैन। परमेश्वरमाथिको तेरो विश्वासमा प्रश्न उठ्छ, जसले तेरो विश्वासलाई अत्यन्तै दयनीय बनाउँछ! जब तैँले ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूले परमेश्वरको घरमा अवरोध गर्ने र बाधा दिने गरिरहेको देख्छस् तर उदासीनतामा बस्छस्; जब तैँले आफ्नो जीवन, परिवार र आफ्ना सबै हित रक्षा गर्न परमेश्वरको घर र उहाँका चुनिएका मानिसहरूका हितहरूलाई धोका दिन्छस्, तब तँ एक विश्वासघाती, एक यहूदा बन्छस्। यो सीधा र स्पष्ट कुरा हो। हामी प्रायजसो ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूबारे सङ्गति र चिरफार गर्छौँ, र तिनीहरूलाई कसरी चिन्ने र पहिचान गर्ने भनेर छलफल गर्छौँ, र यो सबै सत्यताबारे स्पष्ट सङ्गति गर्ने उद्देश्यको लागि, र दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न मानिसहरूलाई समझशक्ति दिने उद्देश्यको लागि हो, ताकि तिनीहरूले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न सकून्। यसरी, परमेश्वरका चुनिएका मानिसहरू अबदेखि ख्रीष्टविरोधीहरूबाट बहकाउ वा बाधामा पर्नेछैनन्, र तिनीहरू शैतानको प्रभाव र बन्धनबाट मुक्त हुन सक्नेछन्। तैपनि, कतिपय मानिसहरूको हृदयमा अझै पनि संसारसँग व्यवहार गर्ने दर्शनहरू हुन्छन्। तिनीहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई चिन्ने प्रयास गर्दैनन्; बरु, तिनीहरूले मान्छे खुसी पार्दै हिँड्ने मानिसहरूको भूमिका खेल्छन्। तिनीहरू ख्रीष्टविरोधीहरू विरुद्ध लड्दैनन्, तिनीहरूको लागि स्पष्ट सीमा तोक्ने काम गर्दैनन्, र आफ्नै हितहरू रक्षा गर्न खुकुलो र मध्यमार्गी शैली अपनाउँछन्। तिनीहरूले यी दियाबलसहरू, यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई परमेश्वरको घरमा रहन दिन्छन्, र दियाबलसहरूलाई पालनपोषण गरेर खतरा निम्त्याउँछन्। तिनीहरूले यी दियाबलसहरूलाई मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य निर्वाहमा बेलगाम बाधा दिने अनुमति दिन्छन्। त्यस्ता मानिसहरूले कस्तो भूमिका खेल्छन्? तिनीहरू ख्रीष्टविरोधीहरूका ढाल र मतियार बन्छन्। तैँले ख्रीष्टविरोधीहरूले जस्तै काम नगरे पनि वा उस्तै दुष्ट कार्यहरू नगरे पनि, तँ तिनीहरूको दुष्ट कार्यहरूमा सहभागी भएको हुन्छस्—तँ दोषी ठहरिन्छस्। तैँले ख्रीष्टविरोधीहरूलाई सहन्छस् र आश्रय दिन्छस्, र कुनै कारबाही वा अरू केही नगरी तिनीहरूलाई तेरो वरिपरि बरबादी ल्याउन दिन्छस्। के तैँले ख्रीष्टविरोधीहरूको दुष्टतामा सहभागिता जनाएको हुँदैनस् र? त्यसैले कतिपय झुटा अगुवा र मान्छे खुसी पार्दै हिँड्ने मानिसहरू ख्रीष्टविरोधीहरूका मतियार बन्छन्। ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा दिइरहेको देखेर पनि तिनीहरूलाई खुलासा नगर्ने वा तिनीहरूको निम्ति स्पष्ट सीमा नतोक्ने जोकोही तिनीहरूको नोकर र मतियार बन्छ। तिनीहरूसँग परमेश्वरप्रति समर्पण र बफादारीको कमी हुन्छ। परमेश्वर र शैतानबीचको युद्धका महत्त्वपूर्ण क्षणहरूमा, तिनीहरू शैतानको पक्षमा खडा हुन्छन्, र यसरी ख्रीष्टविरोधीहरूलाई रक्षा गर्छन् र परमेश्वरलाई धोका दिन्छन्। त्यस्ता मानिसहरू परमेश्वरको लागि घृणित हुन्छन्।
जब ख्रीष्टविरोधीहरूले काटछाँट सामना गर्छन्, तब तिनीहरूले प्राय ठूलो प्रतिरोध देखाउँछन्, त्यसपछि तिनीहरूले आफ्नो पक्षमा तर्क गर्न, र मानिसहरूलाई बहकाउन शब्दजाल र वाक्पटुता प्रयोग गर्न सक्दो प्रयास गर्न थाल्छन्। यो निकै आम कुरा हो। सत्यता स्विकार्न नमान्ने ख्रीष्टविरोधीहरूको प्रकटीकरणले सत्यतालाई घृणा गर्ने र सत्यताप्रति वितृष्ण रहने तिनीहरूको शैतानी प्रकृति पूर्ण रूपमा खुलासा गर्छ। तिनीहरू विशुद्ध रूपमा शैतानको प्रकारमा पर्छन्। ख्रीष्टविरोधीहरूले जे गरे नि, तिनीहरूको स्वभाव र सार उदाङ्गो भइहाल्छ। विशेषगरी परमेश्वरको घरमा, तिनीहरूले गर्ने सबै कुरा सत्यता विरुद्ध जान्छ, ती सबै कुरालाई परमेश्वरले निन्दा गर्नुहुन्छ, र ती सबै परमेश्वरको विरोध गर्ने दुष्ट कार्यहरू हुन्, र तिनीहरूले गर्ने ती सबै कुराहरूले ख्रीष्टविरोधीहरू शैतान र दुष्ट दियाबलसहरू हुन् भनेर पूर्ण रूपमा पुष्टि गर्छन्। त्यसकारण, काटछाँटमा पर्ने कुरामा, तिनीहरूले यसलाई खुसीसाथ मान्ने र इच्छुक हुने तरिकाले पटक्कै स्वीकार गर्दैनन्; बरु, प्रतिरोध र विरोध बाहेक, तिनीहरू काटछाँटलाई पनि घृणा गर्छन्, आफूलाई काटछाँट गर्नेहरूलाई घृणा गर्छन्, र आफ्नो प्रकृति सार र दुष्ट कार्यहरू खुलासा गर्नेहरूलाई घृणा गर्छन्। ख्रीष्टविरोधीहरू जसले तिनीहरूलाई खुलासा गर्छ उसले तिनीहरूलाई कठिनाइमा पारिरहेको हुन्छ भन्ने सोच्छन्, त्यसकारण तिनीहरू तिनीहरूलाई खुलासा गर्ने जोकोहीसँग प्रतिस्पर्धा र लडाइँ गर्छन्। ख्रीष्टविरोधीहरूको यस्तो प्रकृतिको कारण, तिनीहरू तिनीहरूलाई काटछाँट गर्ने कसैलाई पनि कहिल्यै दया गर्दैनन्, न त तिनीहरूले त्यसो गर्ने कसैलाई सहने वा धैर्य देखाउने नै गर्नेछन्, त्यसो गर्ने कसैप्रति कृतज्ञता महसुस गर्ने वा उसलाई प्रशंसा गर्नु त परै जाओस्। बरु यसको ठीक उल्टो रूपमा, यदि कसैले तिनीहरूलाई काटछाँट गर्छ र यसले गर्दा तिनीहरूको प्रतिष्ठा र इज्जत गुम्छ भने, तिनीहरूले हृदयमा यो व्यक्तिप्रति घृणा राख्नेछन्, र ऊसँग बदला लिने मौका खोज्नेछन्। अरूप्रति तिनीहरूमा कति घृणा हुन्छ! अरूसामु तिनीहरूले यस्तो सोच्छन्, र खुलेआम यस्तो भन्छन्, “आज तैँले मलाई काटछाँट गरिस्, त्यसकारण अब हाम्रो दुश्मनी हुन्छै-हुन्छ। तँ आफ्नो बाटो लाग्, र म आफ्नो बाटो लाग्छु, तर कसम खान्छु, म बदला लिएरै छोड्छु! यदि तैँले मसँग आफ्नो गल्ती स्विकारिस्, मेरो अघि शिर झुकाइस्, वा घुँडा टेकेर बिन्ती गरिस् भने, म तँलाई क्षमा दिनेछु, नत्रभने म यो कुरा कहिल्यै बिर्सनेछैनँ!” ख्रीष्टविरोधीहरूले जे भने नि वा जे गरे नि, तिनीहरू आफूलाई कसैले दयापूर्वक गरेको काटछाँटलाई वा कसैले इमानदारिताको साथ गरेको सहयोगलाई परमेश्वरको प्रेम र मुक्तिको आगमनको रूपमा कहिल्यै हेर्दैनन्। बरु, तिनीहरू यसलाई अपमानको चिन्हको रूपमा, र आफूलाई सबैभन्दा बढी लज्जित पारिएको क्षणको रूपमा लिन्छन्। यसले ख्रीष्टविरोधीहरूले सत्यता पटक्कै स्विकार्दैनन्, र तिनीहरूको स्वभाव सत्यताप्रति वितृष्ण रहने र घृणा गर्ने स्वभाव हो भन्ने देखाउँछ। के तिमीहरूले कहिल्यै अरूले काटछाँट गरेको कारण अरू विरुद्ध बदला लिने कोही दुष्ट मानिसहरू वा ख्रीष्टविरोधीहरू भेटेका छौ? (छौँ।) तिनीहरूले कसरी बदला लिए? के तिनीहरूको बदला लिने विधि भयानक थियो? (हो, यो भयानक थियो। एक पटक मैले मण्डलीमा एउटा ख्रीष्टविरोधी भेटेको थिएँ, जसले मण्डलीमा केही दुष्ट कार्यहरू गरेको थियो, र त्यसपछि मण्डली अगुवाले उसको व्यवहार खुलासा गरेपछि, उसले यो अगुवाले कुनै वास्तविक काम गरेको छैन, र मानिसहरूलाई आफू अघि ल्याउन उसले शब्द र धर्मसिद्धान्तहरू बोल्छ भनेर भन्दै मण्डलीमा आधारहीन अफवाह फैलाउन थाल्यो। पछि, जब हामीले यो ख्रीष्टविरोधीलाई खुलासा गर्न उसको घरमा गयौँ, तब सुरुमा उसले आफूलाई ढाकछोप गर्न सफल भयो, तर हामीले उसलाई निरन्तर खुलासा गरिरहन थालेपछि, उसले “मेरो घरपछाडि प्रहरी चौकी छ, तिनीहरू प्राय मेरो घर आइरहन्छन्” भनेर भन्दै हामीलाई धम्की दियो। उसको तात्पर्य यो थियो कि, यदि हामीले उसलाई फेरि खुलासा गर्यौँ भने, उसले हाम्रो बारे प्रहरीमा उजुरी गर्नेछ। उसको क्रूरता प्रकट भएको थियो।) (मैले एक पटक एउटा ख्रीष्टविरोधी भेटेको थिएँ। एक विश्वासी बहिनीले उसको बारे रिपोर्ट गर्दै पत्र लेखेकी थिइन्, र उसले यो पत्र देखेपछि, ती सिस्टर बस्ने ठाउँमा खतरनाक परिस्थिति पैदा भएको थियो, त्यसकारण उसले मण्डलीका सबै मुख्य सहकर्मीहरू भेला गरेर भन्यो, “यो सिस्टरले मलाई रिपोर्ट गर्ने पत्र लेखेपछि किन अचानक यो सिस्टर बस्ने ठाउँमा खतरनाक परिस्थिति पैदा भयो? परमेश्वरले अवश्य नै व्यर्थको काम गर्नुहुन्न; सायद उनले कसैलाई प्रकट गर्न लागेका छन्!” त्यसपछि उसले केही भड्काउने कुराहरू बोल्यो जसले गर्दा सबैले ती विश्वासी बहिनीमा समस्या छ भन्ने विश्वास गर्दै तिनीमाथि औँला उठाउन थाले। अन्ततः ती बहिनीलाई बर्खास्त गरियो र अर्कै ठाउँ पठाइयो, र तिनले लेखेको पत्रलाई पन्छाइयो, त्यसमा कुनै कामकारबाही भएन। त्यसपछि, हामीले त्यो ख्रीष्टविरोधीले सुरुदेखि अन्त्यसम्मै भनेका कुराहरू तुलना गर्यौँ र उसले हामी प्रत्येकलाई फरक-फरक कुरा भनेको छ भन्ने पत्ता लगायौँ। उसले अत्यन्तै कुटिल र छली व्यवहार गरिरहेको छ भन्ने हामीले देख्यौँ। अन्ततः सङ्गतिमार्फत हामीले उसलाई चिन्यौँ, र यो मामला न्यायोचित रूपमा समाधान भयो।) अब, सबै ख्रीष्टविरोधीहरू दुष्ट मानिसहरू हुन्, र जबसम्म दुष्ट मानिसहरूले शक्ति प्रयोग गर्छन्, तबसम्म तिनीहरू सबै ख्रीष्टविरोधीहरू नै हुन्छन् भन्ने कुरा पुष्टि भएको छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।