विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्न आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग तीन) खण्ड चार
२. ख्रीष्टविरोधीहरू आफूभन्दा बलियाहरूलाई कसरी व्यवहार गर्छन्
जब ख्रीष्टविरोधीहरूको प्रतिष्ठा र हैसियत रक्षा गर्ने इच्छाको कुरा आउँछ, तब तिनीहरूलाई काटछाँट गरिँदा तिनीहरूले आफ्नो प्रकृति सार प्रदर्शन र खुलासा मात्रै गर्दैनन्—तिनीहरूले अरू धेरै प्रकारका परिस्थिति र मामलाहरू सामना पनि गर्छन्। त्यसकारण हामीले सङ्गति गर्ने दोस्रो विषय भनेको ख्रीष्टविरोधीहरूले मानिसहरूको समूहभित्र आफ्नो हैसियत र प्रतिष्ठा कसरी कायम राख्छन् भन्ने हो। मानिसहरूको समूहमा हुँदा ख्रीष्टविरोधीहरूले त्यस्ता के-कस्ता व्यवहारहरू प्रदर्शन गर्छन् जसले तिनीहरू आफूले गर्ने सबै कुरामा आफ्नो प्रतिष्ठा र हैसियत रक्षा गर्ने प्रयास गरिरहेका हुन्छन् भन्ने कुरा चित्रण गर्न सक्छन्? यो विषय स्पष्ट छ कि छैन? यसको दायरा ठूलो छ कि सानो? यो प्रतिनिधिमूलक छ कि छैन? (यो प्रतिनिधिमूलक कुरा हो।) यो विषय ख्रीष्टविरोधीहरूको प्रकृति सारसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ। मानिसहरूको समूहमा जिउँदा ख्रीष्टविरोधीहरूले के-कस्ता प्रकटीकरणहरू देखाउँछन्? तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियत रक्षा गर्न कस्ता मनोवृत्ति र कार्य-व्यवहारहरू प्रयोग गर्छन्? सर्वप्रथम त यदि ख्रीष्टविरोधीहरूको कुनै हैसियत छैन भने के तिनीहरू अझै पनि ख्रीष्टविरोधीहरू नै हुन् त? (हुन्।) तँसँग यो अवधारणाबारे स्पष्ट बुझाइ हुनुपर्छ। हैसियत भएका मानिसमा मात्रै ख्रीष्टविरोधीहरूको सार हुन सक्छ र तिनीहरू मात्रै ख्रीष्टविरोधीहरू बन्न सक्छन् वा हैसियत नभएका साधारण मानिसहरू ख्रीष्टविरोधी हुँदैनन् भन्ने नसोच्। यसको दायरा वास्तवमा निकै ठूलो छ। ख्रीष्टविरोधीहरूको सार भएको कुनै पनि व्यक्तिमा हैसियत भए नि नभए नि, ऊ अगुवा भए नि वा साधारण विश्वासी भए नि ऊ ख्रीष्टविरोधी नै हुन्छ; यो उसको सारले निर्धारित गर्छ। त्यसोभए ख्रीष्टविरोधीहरूको सार भएका मानिसले साधारण अनुयायी हुँदा के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छन्? प्रकृति सारका कुन-कुन खुलासाहरूले तिनीहरू वास्तवमा ख्रीष्टविरोधीहरू हुन् भन्ने पर्याप्त प्रमाणको काम गर्छन्? पहिला हामी मानिसको समूहमा तिनीहरू कसरी जिउँछन्, तिनीहरूले अरूसँग कसरी व्यवहार गर्छन् र सत्यताप्रति तिनीहरूले राख्ने मनोवृत्ति कस्तो हुन्छ, त्यो हेरौँ। ख्रीष्टविरोधीहरूले के खान्छन्, के लगाउँछन्, तिनीहरू कहाँ बस्छन् वा तिनीहरू कसरी घुम्छन् भन्ने कुरा हामीले सबैभन्दा धेरै सङ्गति गर्ने विषय होइन, बरु त्यो त तिनीहरूले समूहमा हुँदा आफ्नो प्रतिष्ठा र हैसियत कसरी रक्षा गर्छन् भन्ने कुरा हो। तिनीहरू साधारण विश्वासीहरू नै भए पनि तिनीहरूले निरन्तर आफ्नो प्रतिष्ठा र हैसियत रक्षा गर्ने प्रयास गरिरहेका हुन्छन्, निरन्तर यस्तो स्वभाव र सार प्रकट गरिरहेका हुन्छन् र यस्ता कुराहरू गरिरहेका हुन्छन्। त्यसैले यसले हामीलाई ख्रीष्टविरोधीहरूको स्वभाव र सारको हाम्रो बुझाइमा एक कदम अघि बढ्न सहयोग गर्छ। ख्रीष्टविरोधीहरूको हैसियत भए नि नभए नि, र तिनीहरू जहिले वा जहाँ भए नि, ख्रीष्टविरोधीहरूको स्वभाव र सार सधैँ तिनीहरूमा खुलासा वा प्रकट भइरहेको हुन्छ। यो कुनै पनि ठाउँ, भूगोल, मानिस, घटना र कामकुराहरूमा सीमित हुँदैन।
जब ख्रीष्टविरोधीहरूले कर्तव्य निर्वाह गर्छन्, यो जे भए पनि र तिनीहरू जुनै समूहमा रहे पनि तिनीहरूले फरक किसिमको आचरण देखाउँछन्, अर्थात् सबै कुरामा तिनीहरू सधैँ माथि उठ्न र आफूलाई प्रदर्शन गर्न चाहन्छन्, तिनीहरू सधैँ मानिसहरूलाई बन्धनमा पार्न र नियन्त्रित गर्न चाहन्छन्, तिनीहरू सधैँ मानिसहरूलाई नेतृत्व गर्न र आफै अन्तिम निर्णय गर्न चाहन्छन्, सधैँ चर्चाको शिखरमा रहन चाहन्छन्, सधैँ मानिसहरूको आँखा र ध्यान आफूतिर आकर्षित गर्न चाहन्छन् र सबैको प्रशंसा पाउन चाहन्छन्। जब ख्रीष्टविरोधीहरू कुनै समूहमा आबद्ध हुन्छन्, तब यसको सदस्य सङ्ख्या जति भए नि, समूहका सदस्यहरू जोसुकै भए नि वा तिनीहरूको पेसा वा पहिचान जेसुकै भए नि, ख्रीष्टविरोधीहरू सुरुमा को शानदार र उत्कृष्ट छ, को बोल्न सिपालु छ, को प्रभावशाली छ र को योग्य छ वा को प्रतिष्ठित छ भनेर हेर्न परिस्थिति मूल्याङ्कन गर्छन्। तिनीहरू कसलाई हराउन सकिन्छ र कसलाई हराउन सकिँदैन, साथै कसले तिनीहरूलाई उछिन्छन् र को कमसल छन् भनेर मूल्याङ्कन गर्छन्। तिनीहरूले हेर्ने पहिला कुराहरू यिनै हुन्। तिनीहरूले तुरुन्तै परिस्थिति मूल्याङ्कन गरेपछि कार्य गर्न थाल्छन्, तत्कालका लागि आफूभन्दा तलकाहरूलाई पन्छाउँछन् र बेवास्ता गर्छन्। तिनीहरू सबभन्दा पहिले श्रेष्ठ, केही प्रतिष्ठा र हैसियत वा वरदान र प्रतिभा भएका भनेर आफूले ठान्ने मानिसकहाँ जान्छन्। तिनीहरूले सुरुमा आफूसँग तुलना गर्ने मानिसहरू यिनै हुन्। यदि यीमध्ये कसैलाई दाजुभाइ-दिदीबहिनीहरू उच्च सम्मान गर्छन् वा तिनीहरूले लामो समयदेखि परमेश्वरमा विश्वास गरेका छन् र तिनीहरूको प्रतिष्ठा राम्रो छ भने तिनीहरू ख्रीष्टविरोधीहरूको ईर्ष्याको तारो बन्छन् र तिनीहरूलाई अवश्य नै प्रतिस्पर्धीका रूपमा पनि हेरिन्छन्। त्यसपछि ख्रीष्टविरोधीहरू प्रतिष्ठा भएका, हैसियत भएका र दाजुभाइ-दिदीबहिनीहरूको आदर पाउने यी मानिससँग आफूलाई चुपचाप तुलना गर्छन्। तिनीहरू त्यस्ता मानिसबारे मनन गर्न थाल्छन्, उनीहरू के गर्न सक्छन् र उनीहरू के कुरामा पोख्त छन् र किन केही मानिस उनीहरूलाई आदर गर्छन् भनेर जाँच्न थाल्छन्। ख्रीष्टविरोधीहरू नियाल्दै र अवलोकन गर्दै यी मानिस निश्चित पेसाका विज्ञ हुन्, तिनीहरूले परमेश्वरमा विश्वास गरेको लामो समय भएको हुनाले र तिनीहरूले केही अनुभवात्मक गवाही बाँड्न सक्ने हुनाले सबैले तिनीहरूलाई उच्च आदर गर्छन् भन्ने कुरा थाहा पाउँछन्। ख्रीष्टविरोधीहरू त्यस्ता मानिसहरूलाई “सिकार” ठान्छन् र तिनीहरूलाई विरोधीका रूपमा पहिचान गर्छन् र त्यसपछि तिनीहरू कार्ययोजना बनाउँछन्। कस्तो कार्ययोजना? तिनीहरू ती विरोधीहरूसँग आफ्ना नमिल्ने पक्षहरू हेर्छन् र त्यसपछि ती पक्षहरूमा काम गर्न थाल्छन्। उदाहरणका लागि यदि तिनीहरू निश्चित पेसामा उनीहरू जतिका सिपालु छैनन् भने तिनीहरू त्यो पेसा अध्ययन गर्छन्, अझै धेरै पुस्तकहरू पढ्छन्, हरप्रकारका अझ धेरै जानकारीहरू खोज्छन् र अरूलाई विनम्रतासाथ थप निर्देशन माग्छन्। तिनीहरू त्यस पेसासँग सम्बन्धित हरप्रकारका काममा सहभागिता जनाउँछन् र बिस्तारै अनुभव बटुल्छन् र आफ्नो शक्ति वृद्धि गर्छन्। अनि जब तिनीहरूलाई आफ्ना विरोधीहरूसँग प्रतिस्पर्धा गर्ने पूँजी आफूसँग छ भन्ने लाग्छ, तब तिनीहरू आफ्ना “उत्कृष्ट दृष्टिकोणहरू” व्यक्त गर्न बारम्बार अघि सर्छन्, अनि प्रायजसो जानाजानी विरोधीहरूलाई खण्डन गर्छन् र होच्याउँछन्, लज्जित तुल्याउँछन् र बदनाम गर्छन्, यसरी आफू कति चलाख र असाधारण छु भनेर जोड दिन्छन् र विरोधीहरूलाई दमन गर्छन्। स्पष्ट दृष्टिकोण भएका मानिसले यी सबै कुरा देख्न सक्छन्, मूर्ख, अज्ञानी र समझहीन मानिसहरूले मात्रै देख्न सक्दैनन्। धेरैजसो मानिसले ख्रीष्टविरोधीहरूको जोस, तिनीहरूको पछ्याइ, तिनीहरूको कष्ट, मूल्य चुकाइ र बाहिरी असल व्यवहार मात्रै देख्छन्, तर वास्तविक अवस्था ख्रीष्टविरोधीहरूको हृदयभित्र लुकेको हुन्छ। तिनीहरूको चूरो उद्देश्य के हुन्छ? हैसियत प्राप्त गर्नका लागि। तिनीहरूको सबै काम, सबै परिश्रम र तिनीहरूले चुकाउने सबै मूल्यको लक्ष्य तिनीहरूले हृदयमा सबैभन्दा बढी आराधना गर्ने कुरामा केन्द्रित हुन्छ, र त्यो हो: हैसियत र शक्ति।
ख्रीष्टविरोधीहरूले शक्ति र हैसियत प्राप्त गर्नका लागि मण्डलीमा गर्ने पहिलो कुरा भनेको अरूको भरोसा र उच्च सम्मान जित्ने प्रयास गर्नु हो, ताकि तिनीहरूले अझै धेरै मानिसलाई विश्वस्त गराउन अनि आदर र आराधना गर्ने बनाउन सकून्, यसरी मण्डलीमा हैकम चलाउने र शक्ति हातमा लिने आफ्नो उद्देश्य हासिल गर्न सकून्। जब शक्ति प्राप्त गर्ने कुरा आउँछ, तब तिनीहरू अरूसँग प्रतिस्पर्धा र लडाइँ गर्न सबैभन्दा बढी सिपालु हुन्छन्। सत्यता पछ्याउने, मण्डलीमा प्रतिष्ठा भएका र दाजुभाइ-दिदीबहिनीहरूले प्रेम गर्ने मानिसहरू नै तिनीहरूको प्राथमिक प्रतिस्पर्धी हुन्छन्। तिनीहरूको हैसियत खतरामा पार्ने जोकोही तिनीहरूको प्रतिस्पर्धी हुन्छ। तिनीहरू नडराई आफूभन्दा बलिया मानिसहरूसँग प्रतिस्पर्धा गर्छन्; र तिनीहरू कुनै दया नदेखाई आफूभन्दा कमजोर मानिसहरूसँग प्रतिस्पर्धा गर्छन्। तिनीहरूको हृदय युद्धको दर्शनले भरिएको हुन्छ। तिनीहरू यदि मानिसहरूले प्रतिस्पर्धा र लडाइँ गरेनन् भने कुनै फाइदा प्राप्त गर्न सकिनेछैन, प्रतिस्पर्धा र लडाइँ गरेर मात्रै आफूले चाहेका कुरा प्राप्त गर्न सक्नेछु भन्ने विश्वास गर्छन्। तिनीहरू हैसियत प्राप्त गर्न र मानिसहरूको समूहमा प्रमुख स्थान लिनका लागि अरूसँग प्रतिस्पर्धा गर्न जेसुकै गर्नुपरे पनि गर्छन् र तिनीहरूको हैसियत खतरामा पार्ने एउटै व्यक्तिलाई पनि छोड्दैनन्। तिनीहरूले जोसँग अन्तरक्रिया गरे पनि तिनीहरू युद्ध गर्ने चाहनाले भरिएका हुन्छन् र तिनीहरू वृद्ध हुँदा पनि लडाइँ गर्छन्। तिनीहरू प्रायजसो “के मैले त्यस व्यक्तिसँग प्रतिस्पर्धा गरेँ भने त्यसलाई जित्न सक्छु?” भनेर प्रायः सोध्छन्। बोल्न सिपालु, तर्कसङ्गत, संरचनात्मक र विधिवत् तरिकाले बोल्न सक्ने व्यक्ति तिनीहरूको डाहा र नक्कलको निसाना बन्छ। त्योभन्दा पनि, ऊ तिनीहरूको प्रतिस्पर्धी बन्छ। सत्यता पछ्याउने र विश्वास भएका, दाजुभाइ-दिदीबहिनीहरूलाई बारम्बार सहयोग र साथ दिन सक्ने, र तिनीहरूलाई नकारात्मकता र कमजोरीबाट निस्कन सक्षम बनाउने व्यक्ति पनि तिनीहरूको प्रतिस्पर्धी बन्छ, त्यसैगरी कुनै निश्चित पेसामा विज्ञ र दाजुभाइ-दिदीबहिनीहरूले केही हदसम्म आदर गर्ने व्यक्ति पनि तिनीहरूको प्रतिस्पर्धी बन्छ। आफ्नो काममा परिणामहरू प्राप्त गर्ने र माथिबाट मान्यता प्राप्त गर्ने व्यक्ति स्वाभाविक रूपमै तिनीहरूको प्रतिस्पर्धाको झनै ठूलो स्रोत बन्छ। ख्रीष्टविरोधीहरू जुनसुकै समूहमा भए पनि, तिनीहरूको आदर्शवाक्य के हुन्छ? आफ्ना विचारहरू बताऊ त। (अरू मानिस र स्वर्गसँग लडाइँ गर्नु अनन्त रमाइलोको स्रोत हो।) के यो पागलपन होइन र? यो पागलपन हो। अरू केही छ? (परमेश्वर, के तिनीहरूले यस्तो सोच्दैनन् र: “समस्त ब्रह्माण्डमा सर्वोच्च शासक म मात्र हुँ?” अर्थात्, तिनीहरू सबैभन्दा उच्च हुन चाहन्छन् र तिनीहरू जोसँग भए पनि सधैँ अरूलाई उछिन्न चाहन्छन्।) यो तिनीहरूका विचारमध्ये एउटा हो। अरू केही छ? (परमेश्वर, मलाई चार शब्द याद आयो: “विजेता नै राजा हो।” मलाई लाग्छ तिनीहरू जहाँ भए नि सधैँ अरूभन्दा श्रेष्ठ र उत्कृष्ट हुन चाहन्छन् र तिनीहरू सबैभन्दा उच्च हुने प्रयास गर्छन्।) तिमीहरूले बोलेका धेरैजसो कुरा विचारका प्रकार हुन्; तिनलाई व्याख्या गर्न एक प्रकारको व्यवहार प्रयोग गर्ने प्रयास गर। ख्रीष्टविरोधीहरू जहाँ भए नि सबैभन्दा उच्च पद ओगट्न चाहन्छन् नै भन्ने हुँदैन। कुनै ठाउँमा जाँदा तिनीहरूसँग एउटा स्वभाव र मानसिकता हुन्छ जसले तिनीहरूलाई कुनै काम गर्न बाध्य पार्छ। त्यो मानसिकता के हो? त्यो हो: “मैले प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ!” किन एउटा “प्रतिस्पर्धा” नभई, तीनवटा “प्रतिस्पर्धा”? (प्रतिस्पर्धा तिनीहरूको जीवन बनेको हुन्छ र तिनीहरू यसैअनुसार जिउँछन्।) यो तिनीहरूको स्वभाव हो। तिनीहरू अत्यन्तै अहङ्कारी र काबुमा राख्न कठिन स्वभावका साथ जन्मेका हुन्छन्, अर्थात् तिनीहरू आफूलाई कोहीभन्दा कम ठान्दैनन् र तिनीहरू अत्यन्तै घमण्डी हुन्छन्। तिनीहरूको यस्तो अहङ्कारी स्वभावलाई कसैले कम गर्न सक्दैन; तिनीहरू आफैले पनि यसलाई नियन्त्रण गर्न सक्दैनन्। त्यसकारण तिनीहरूको जीवन नै लडाइँ र प्रतिस्पर्धा हुन्छ। तिनीहरू केका लागि लडाइँ र प्रतिस्पर्धा गर्छन्? स्वाभाविक रूपमै तिनीहरू ख्याति, प्राप्ति, हैसियत, इज्जत र आफ्नै हितहरूका लागि प्रतिस्पर्धा गर्छन्। तिनीहरूले जस्तोसुकै विधिहरू प्रयोग गर्नु परे पनि, सबै जना तिनीहरूप्रति समर्पित हुन्छन् भने, तिनीहरूले आफ्ना लागि फाइदा र हैसियत प्राप्त गर्न सक्छन् भने, तिनीहरूले आफ्नो लक्ष्य हासिल गरिसकेका हुन्छन्। प्रतिस्पर्धा गर्ने तिनीहरूको इच्छा क्षणिक रमाइलो होइन; यो शैतानी प्रकृतिबाट आउने स्वभाव हो। यो त स्वर्ग, पृथ्वी र मानिसहरूसँग लडाइँ गर्ने ठूलो रातो अजिङ्गरको जस्तो स्वभाव हो। अहिले, मण्डलीमा ख्रीष्टविरोधीहरूले अरूसँग लडाइँ र प्रतिस्पर्धा गर्दा तिनीहरू के चाहन्छन्? निस्सन्देह, तिनीहरूले प्रतिष्ठा र हैसियतका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्। तर हैसियत प्राप्त गरे पनि तिनीहरूका लागि यसको के काम? यदि अरूले तिनीहरूको कुरा सुन्छन्, तिनीहरूलाई उच्च सम्मान गर्छन् र उपासना गर्छन् भने यसको फाइदा के हुन्छ? ख्रीष्टविरोधीहरू आफै यो कुरा व्याख्या गर्न सक्दैनन्। वास्तवमा तिनीहरूलाई प्रतिष्ठा र हैसियतमा रमाउन, अनि सबै जना तिनीहरूसँग मुस्कुराएको र सबैले तिनीहरूलाई चापलुसी र जीहजुरी गर्दै अभिवादन गरेको मन पर्छ। त्यसकारण ख्रीष्टविरोधीले मण्डलीमा जाँदैपिच्छे, एउटा कुरा गर्छ र त्यो हो अरूसँग लडाइँ र प्रतिस्पर्धा गर्ने। शक्ति र हैसियत प्राप्त गरे पनि तिनीहरूलाई चित्त बुझ्दैन। तिनीहरू आफ्नो हैसियत र शक्ति जोगाउन अरूसँग निरन्तर लडाइँ र प्रतिस्पर्धा गर्छन्। तिनीहरूले आफू जीवित रहिन्जेल यसै गर्नेछन्। त्यसकारण ख्रीष्टविरोधीहरूको दर्शन यस्तो हुन्छ, “जीवित रहिन्जेल लडाइँ गर्न नछोड।” यदि यस्तो दुष्ट मानिस मण्डलीमा छ भने के यसले दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा पुग्नेछ? उदाहरणका लागि मानौँ सबैले शान्तिसित परमेश्वरका वचनहरू खाने र पिउने अनि सत्यतामा सङ्गति गर्ने गरिरहेका छन्, र वातावरण शान्त र माहोल आनन्दमय छ। यस्तो बेला कुनै ख्रीष्टविरोधी असन्तुष्टिले क्रोधित हुन्छ। उसले सत्यतामा सङ्गति गर्नेहरूलाई डाहा र घृणा गर्नेछ। उसले तिनीहरूलाई आक्रमण र आलोचना गर्न थाल्नेछ। के यसले शान्तिपूर्ण वातावरण खलबल्याउनेछैन र? ऊ अरूलाई बाधा दिन र घिन महसुस गराउने दुष्ट मानिस हो। ख्रीष्टविरोधीहरू यस्तै हुन्छन्। कहिलेकाहीँ ख्रीष्टविरोधीहरूले आफूले प्रतिस्पर्धा र दमन गर्ने मानिसहरूलाई नष्ट गर्न वा जित्न खोजिरहेका हुँदैनन्; यदि तिनीहरूले प्रतिष्ठा, हैसियत, आडम्बर र अभिमान प्राप्त गरे, र मानिसहरूलाई आफ्नो आदर गराउन सके भने तिनीहरूले आफ्नो उद्देश्य हासिल गरिसकेका हुन्छन्। तिनीहरूले प्रतिस्पर्धा गर्दा, एक प्रकारको स्पष्ट शैतानी स्वभाव प्रकट गर्छन्। यो कस्तो स्वभाव हो? त्यो के हो भने, तिनीहरू जुनसुकै मण्डलीमा देखिए पनि सधैँ अरू मानिससँग प्रतिस्पर्धा र लडाइँ गर्न चाहन्छन्, तिनीहरू सधैँ ख्याति, प्राप्ति र हैसियतका लागि प्रतिस्पर्धा गर्न चाहन्छन्, अनि मण्डली भताभुङ्ग र भद्रगोल हुँदा, आफूले हैसियत प्राप्त गर्दा र सबै जना तिनीहरूको अघि झुक्दा मात्रै तिनीहरूलाई आफूले उद्देश्य हासिल गरेको छु भन्ने लाग्छ। ख्रीष्टविरोधीहरूको प्रकृति यही हो, अर्थात् तिनीहरू आफ्नो उद्देश्य हासिल गर्न प्रतिस्पर्धा र लडाइँ प्रयोग गर्छन्।
ख्रीष्टविरोधीहरू जुनसुकै समूहमा भए पनि तिनीहरूको आदर्श वाक्य के हुन्छ? “मैले प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! सबैभन्दा उच्च र सबैभन्दा महान् हुन मैले प्रतिस्पर्धा गर्नैपर्छ!” ख्रीष्टविरोधीहरूको स्वभाव यही हो; तिनीहरू जहाँ जान्छन्, त्यहाँ तिनीहरू प्रतिस्पर्धा गर्छन् र आफ्नो उद्देश्य हासिल गर्ने कोसिस गर्छन्। तिनीहरू शैतानका नोकर हुन् र तिनीहरूले मण्डलीको कामलाई बिथोल्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव यस्तो हुन्छ: तिनीहरूले सुरुमा मण्डलीमा लामो समयसम्म परमेश्वरमा विश्वास गरेको र पुँजी भएको, केही वरदान वा विशेष प्रतिभा भएको, दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा फाइदा पुर्याउने क्षमता भएको, राम्रो प्रतिष्ठा भएको, वरिष्ठता भएको, दाजुभाइ-दिदीबहिनीहरूमाझ राम्रोसित कुरा गर्ने गरिएको र सकारात्मक कुराहरू धेरै भएको व्यक्तिलाई खोज्छन्। त्यस्तो व्यक्ति तिनीहरूको प्रतिस्पर्धी बन्छ। सारांशमा ख्रीष्टविरोधीहरूले मानिसको समूहमा हुँदा हरेक पटक यही गर्छन्: तिनीहरूले हैसियतको लागि प्रतिस्पर्धा गर्छन्, उच्च प्रतिष्ठाको लागि प्रतिस्पर्धा गर्छन्, मामलाहरूमाथिको अन्तिम निर्णय र समूहमा निर्णय गर्ने अधिकारको लागि प्रतिस्पर्धा गर्छन् र यी कुराहरू प्राप्त गरेमा तिनीहरू खुसी हुन्छन्। के तिनीहरूले यी कुराहरू प्राप्त गरेपछि वास्तविक काम गर्न सक्छन्? अवश्यै सक्दैनन्, वास्तविक काम गर्न तिनीहरू प्रतिस्पर्धा र लडाइँ गर्दैनन्; तिनीहरूको उद्देश्य अरू सबैलाई जित्नु हो। “तँ मेरो अघि झुक्न तयार छस् कि छैनस् भन्ने कुराप्रति मलाई वास्ता छैन; पूँजीको हिसाबमा म सबैभन्दा ठूलो छु, बोल्ने सीपको हिसाबमा म सबैभन्दा उत्कृष्ट छु, वरदान र प्रतिभाको हिसाबमा मसँग यी कुराहरू सबैभन्दा बढी छन्।” जुनसुकै क्षेत्र भए पनि तिनीहरू सधैँ पहिलो स्थानको लागि प्रतिस्पर्धा गर्न चाहन्छन्। यदि विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई सुपरिवेक्षकहरूका रूपमा छनौट गरे भने तिनीहरूले अन्तिम निर्णय आफै गर्न र निर्णय गर्ने अधिकार पाउन आफ्ना सहकर्मीहरूसँग प्रतिस्पर्धा गर्छन्। यदि मण्डलीले तिनीहरूलाई निश्चित कामको इन्चार्ज बनायो भने तिनीहरू त्यो काम कसरी अघि बढाउने भन्नेबारे आफै निर्णय गर्ने जिद्दी गर्छन्। तिनीहरू आफूले भनेको सबै कुरा र आफूले निर्णय गर्ने सबै कुरा सफल बनाउन र वास्तविकतामा परिणत गर्न लागिपर्न चाहन्छन्। यदि विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले अरू कसैको विचार अपनाए भने के यो कुरा तिनीहरूदेखि पार हुन्छ त? (हुँदैन।) यसको मतलब समस्या हो। यदि तैँले तिनीहरूको कुरा सुनिनस् भने तिनीहरूले तँलाई पाठ सिकाउँछन्, तिनीहरूविना तँ केही गर्न सक्दैनस् भन्ने अनुभव गराउँछन् र तिनीहरूको आज्ञापालन नगर्दा के-कस्ता परिणामहरू आउनेछन् भन्ने कुरा देखाउँछन्। ख्रीष्टविरोधीहरूको स्वभाव त्यति अहङ्कारी, घृणास्पद र अमनासिब हुन्छ। तिनीहरूसँग न त विवेक, न त समझ, न त सत्यताको सानो अंश नै हुन्छ। ख्रीष्टविरोधीका व्यवहार र कार्यहरूबाट यो देख्न सकिन्छ कि तिनीहरूले जे गर्छन् त्यसमा सामान्य व्यक्तिको कुनै पनि समझ हुँदैन, तिनीहरूलाई कसैले सत्यताबारे सङ्गति दिए पनि तिनीहरूले त्यो स्वीकार गर्दैनन्। तैँले जतिसुकै सही कुरा भनिस् भने पनि त्यो तिनीहरूका लागि केही कामको हुँदैन। तिनीहरूलाई पछि लाग्न मनपर्ने एकमात्र कुरा प्रतिष्ठा र हैसियत हो, जसलाई तिनीहरू श्रद्धा गर्छन्। हैसियतका लाभहरू उठाउन सकुञ्जेलसम्म तिनीहरू सन्तुष्ट नै हुन्छन्। तिनीहरू यही नै तिनीहरूको अस्तित्वको महत्त्व हो भन्ने विश्वास गर्छन्। तिनीहरू मानिसहरूको जुनसुकै समूहमा भए पनि तिनीहरूले मानिसहरूलाई आफूले प्रदान गर्ने “ज्योति” र “न्यानोपन”, आफ्ना प्रतिभाहरू र आफ्नो अद्वितीयपन देखाउनुपर्छ। अनि तिनीहरूले आफू विशेष भएको विश्वास गर्ने हुनाले प्राकृतिक रूपमै तिनीहरूले आफूलाई साधारण मानिसभन्दा राम्रो व्यवहार गरिनुपर्छ, आफूले मानिसहरूको सहयोग र आदर प्राप्त गर्नुपर्छ, आफूलाई मानिसहरूले उच्च रूपमा हेर्नुपर्छ र आराधना गर्नुपर्छ भन्ने सोच्छन्—तिनीहरूले यी सबै कुराहरू तिनीहरूले पाउनु पर्ने कुरा हुन् भन्ने सोच्छन्। के त्यस्ता मानिस ढिट र बेसरम हुँदैनन् र? त्यस्ता मानिस मण्डलीमा हुँदा समस्या हुँदैन र? जब कुनै घटना हुन्छ, तब मानिसहरूले सही कुरा बोल्ने जोकोहीको कुरा सुन्नुपर्छ, परमेश्वरको घरको कामको लागि फाइदाजनक सुझाव दिने जोकोहीप्रति समर्पित हुनुपर्छ र सत्यता सिद्धान्तहरूअनुरूप भए जोकसैको सुझाव अपनाउनुपर्छ भन्ने त सामान्य समझको कुरा हो। यदि ख्रीष्टविरोधीहरूले सिद्धान्तहरूअनुरूप नरहेको कुरा बोले भने अरू सबैले तिनीहरूको कुरा नसुन्न वा तिनीहरूको सुझाव नअपनाउन सक्छन्। त्यस हकमा ख्रीष्टविरोधीहरूले के गर्छन्? तिनीहरूले आफूलाई रक्षा गर्ने र सही साबित गर्ने प्रयास गरिरहन्छन्, अनि अरूलाई विश्वस्त पार्ने र दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूको कुरा सुन्न र तिनीहरूको सुझाव अपनाउन लाउने उपाय सोचिरहन्छन्। तिनीहरूको सुझाव अपनाइँदा यसले मण्डलीको काममा कस्तो असर पार्छ भनेर तिनीहरू विचार गर्दैनन्। यो तिनीहरूको विचारको क्षेत्रभित्र पर्दैन। तिनीहरू के मात्रै विचार गर्छन्? “यदि मेरो सुझाव अपनाइएन भने मैले कहाँ आफ्नो अनुहार देखाउन सक्छु? त्यसैले मैले प्रतिस्पर्धा गर्नुपर्छ र मेरो सुझाव अपनाइयोस् भनेर लागिपर्नुपर्छ।” जब कुनै घटना घट्छ, तब तिनीहरू यसरी नै विचार र व्यवहार गर्छन्। तिनीहरू यो सिद्धान्तहरूअनुरूप छ छैन भनेर कहिल्यै चिन्तन गर्दैनन्, तिनीहरू कहिल्यै सत्यता स्वीकार गर्दैनन्। यही नै ख्रीष्टविरोधीहरूको स्वभाव हो।
ख्रीष्टविरोधीहरूमा समझको पूर्ण कमी हुन्छ भन्ने कुराको प्राथमिक प्रकटीकरण के हो? तिनीहरूले तिनीहरूसँग वरदान छ, तिनीहरू सक्षम छन्, तिनीहरूमा राम्रो क्षमता छ, तिनीहरूलाई अरूले आराधना गर्नुपर्छ, साथ दिनुपर्छ र परमेश्वरको घरले महत्त्वपूर्ण पद दिनुपर्छ भन्ने विश्वास गर्छन्। यसको साथै तिनीहरू आफूले अघि सार्ने सबै सुझाव र विचारहरूलाई परमेश्वरको घरले अपनाउनुपर्छ र प्रवर्धन गर्नुपर्छ भन्ने विश्वास गर्छन्, यदि परमेश्वरको घरले ती कुराहरू अपनाएन भने तिनीहरू अत्यन्तै रिसाउँछन्, परमेश्वरको घरविरुद्ध उभिन्छन् र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्छन्। के ख्रीष्टविरोधीहरूको स्वभाव र सारको यो प्रकटीकरणले मण्डलीमा अवरोध र बाधाहरू पैदा गर्दैन र? यो भन्न सकिन्छ कि ख्रीष्टविरोधीहरूका सबै कार्यहरूले मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा ठूलो अवरोध र बाधाहरू ल्याउँछन्। जब ख्रीष्टविरोधीहरूले परमेश्वरका चुनिएका मानिसहरूमाझ मण्डली नेतृत्वका पदहरू तथा प्रतिष्ठाको निम्ति प्रतिस्पर्धा गर्छन्, तब तिनीहरू आफूले सक्ने सबै विधिहरू प्रयोग गरेर अरूलाई आक्रमण गर्ने र आफूलाई माथि उठाउने गर्छन्। तिनीहरू परमेश्वरको घरको काम तथा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई तिनीहरूले कति नराम्रोसित क्षति पुर्याउन सक्लान् भनी विचार गर्दैनन्। तिनीहरूले आफ्ना महत्त्वाकाङ्क्षाहरू र चाहनाहरूलाई सन्तुष्ट गर्न सकिन्छ कि सकिँदैन, अनि तिनीहरूका आफ्नै हैसियत र प्रतिष्ठा सुरक्षित पार्न सकिन्छ कि सकिँदैन भनेर मात्र विचार गर्छन्। मण्डलीहरूमा अनि परमेश्वरका चुनिएका मानिसहरूको माझमा तिनीहरू पिशाच र दुष्ट मानिसको भूमिका खेल्छन् र शैतानका नोकरहरूको काम गर्छन्। तिनीहरू साँचो रूपमा परमेश्वरमा विश्वास गर्ने मानिस हुँदै होइनन्, न त परमेश्वरलाई पछ्याउने मानिसहरू नै हुन्, झन् सत्यतालाई प्रेम र स्वीकार गर्ने मानिसहरू हुने त परको कुरा हो। जब तिनीहरूका अभिप्राय र लक्ष्य अझै पूरा हुन बाँकी हुन्छ, तब तिनीहरू कहिल्यै आत्मचिन्तन गरेर आफूलाई चिन्ने गर्दैनन्, आफ्ना अभिप्राय र लक्ष्य सत्यताबमोजिम छन् कि छैनन् भनी कहिल्यै चिन्तन गर्दैनन्, तिनीहरू मुक्ति प्राप्त गर्न सत्यता पछ्याउने मार्गमा कसरी हिँड्ने भनी कहिल्यै खोजी गर्दैनन्। तिनीहरू समर्पित मनस्थितिले परमेश्वरमा विश्वास गर्ने वा आफूले हिँड्नुपर्ने मार्ग रोज्ने गर्दैनन्। बरु, तिनीहरू यस्तो सोच्दै आफ्नो दिमाग खियाउँछन्: “अगुवा वा कामदारको पदमा म कसरी पुग्न सकुँला? मण्डलीका अगुवा र कामदारहरूसँग मैले कसरी प्रतिस्पर्धा गर्न सकुँला? कसरी मैले परमेश्वरका चुनिएका मानिसलाई बहकाउन र नियन्त्रण गर्न र ख्रीष्टलाई नाममात्रको बनाउन सकुँला? कसरी मैले मण्डलीमा आफ्नो ठाउँ सुरक्षित गर्न सकुँला? कसरी मैले मण्डलीमा आफ्नो दरिलो पकड सुनिश्चित गर्न, हैसियत प्राप्त गर्न, आफू सफल हुने निश्चित गर्न र असफल नहुन, अन्त्यमा परमेश्वरका चुनिएका मानिसलाई नियन्त्रणमा राख्ने र आफ्नै राज्य स्थापना गर्ने आफ्नो लक्ष्य हासिल गर्न सकुँला?” ख्रीष्टविरोधीहरू यिनै कुराहरूबरे सोच्दै दिनरात बिताउँछन्। यो कस्तो स्वभाव र प्रकृति हो? उदाहरणको लागि जब साधारण विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले गवाही लेख्छन्, तब तिनीहरूले लेखमा विश्वासयोग्य ढङ्गले आफ्नो अनुभव र बुझाइ कसरी व्यक्त गर्ने भनेर सोच्छन्। त्यसैले तिनीहरू उहाँले तिनीहरूलाई सत्यताबारे अझै धेरै अन्तर्दृष्टि दिनुहुनेछ, यसबारे अझै ठूलो र गहन बुझाइ प्राप्त गर्न मदत गर्नुहुनेछ भन्ने आशा गर्दै परमेश्वरको अघि प्रार्थना गर्छन्। तर जब ख्रीष्टविरोधीहरूले लेखहरू लेख्छन्, तब तिनीहरूले अझै धेरै मानिसले तिनीहरूलाई बुझून्, तिनीहरूलाई चिनून् र आदर गरून्, यसरी अझै धेरै मानिसको मनमा तिनीहरूले हैसियत प्राप्त गरून् भन्ने हिसाबले कसरी लेख्ने भनेर सोच्दै आफ्नो दिमाग खियाउँछन्। तिनीहरू यो सबैभन्दा साधारण र सानो कुरालाई पनि आफ्नो ख्याति बढाउन प्रयोग गर्न चाहन्छन्। तिनीहरू यस्तो अवसर गुमाउनसमेत मान्दैनन्। तिनीहरू कस्ता प्रकारका मानिस हुन्? कति ख्रीष्टविरोधीहरू त अरूले अनुभव गवाही लेखहरू लेख्न सकेको देखेर हैसियत र प्रतिष्ठाको लागि प्रतिस्पर्धा गर्ने प्रयासमा हरकसैको अनुभव गवाहीभन्दा शानदार कुरा लेख्न चाहन्छन्। त्यसकारण तिनीहरू झूटा कथाहरू बनाउँछन् र चोरेर लेख्छन्। तिनीहरू झूटो गवाही दिनेजस्तो काम गर्नसमेत आँट गर्छन्। ख्रीष्टविरोधीहरू आफ्नो नाम कमाउन, आफ्नो बारेमा धेरै मानिसलाई थाहा दिन, आफ्नो नाम फैलाउन र हरकिसिमका लाजमर्दा कुराहरू गर्न पनि हिचकिचाउँदैनन्। तिनीहरू प्रसिद्ध बन्ने, हैसियत प्राप्त गर्ने र मानिसहरूको समूहमा आदर पाउने र विशेष आदरसाथ हेरिने व्यक्ति बन्ने सानोभन्दा सानो अवसरसमेत गुमाउँदैनन्। विशेष आदरसाथ हेरिने व्यक्ति बन्नुको उद्देश्य के हो? ख्रीष्टविरोधीहरू के-कस्ता परिणाम र उद्देश्यहरू हासिल गर्न चाहन्छन्? ख्रीष्टविरोधीहरू अरूले तिनीहरूलाई असाधारण मानिसहरू र अरूभन्दा श्रेष्ठ अनि निश्चित क्षेत्रका उत्कृष्ट मानिसहरूको रूपमा हेरेको चाहन्छन्; तिनीहरू अरूको मनमा राम्रो, गहन छाप छोड्न चाहन्छन्, बिस्तारै अरूलाई तिनीहरूको ईर्ष्या गर्ने, प्रशंसा गर्ने र आदर्श मान्ने समेत बनाउन चाहन्छन्। यो उद्देश्य हासिल गर्न तिनीहरू आफ्नो सबै शक्तिले लागिपर्छन् र त्यो सँगसँगै पहिलेकै बाटोमा पनि हिँडिरहन्छन्।
ख्रीष्टविरोधीहरू जुनसुकै समूहमा भए नि, तिनीहरूले नाटक गरे नि वा मेहनत गरे नि, तिनीहरूको हृदयको गहिराइमा लुकेको कुरा हैसियत पाउने चाहना बाहेक अरू केही हुँदैन। तिनीहरूले प्रकट र प्रदर्शन गर्ने कुराको सार भनेको झगडा र प्रतिस्पर्धा बाहेक अरू केही हुँदैन। ख्रीष्टविरोधीहरूले जे गरे नि, तिनीहरू हैसियत, इज्जत र हितहरूकै लागि अरूसँग प्रतिस्पर्धा गरिरहेका हुन्छन्। यसको सबैभन्दा आम प्रकटीकरण भनेको मानिसहरूको मनमस्तिष्कमा राम्रो नाम, राम्रो मूल्याङ्कन र हैसियत पाउनका लागि प्रतिस्पर्धा गर्नु हो, ताकि मानिसहरूले तिनीहरूलाई आदर र आराधना गरून्, उनीहरू तिनीहरूका वरिपरि घुमून् र तिनीहरूलाई केन्द्र बनाएर बसून्। ख्रीष्टविरोधीहरूले हिँड्ने मार्ग यही हो; ख्रीष्टविरोधीहरूले प्रतिस्पर्धा गर्ने कुरा यही हो। परमेश्वरका वचनहरूले यी कुरालाई जसरी निन्दा र चिरफार गरे नि, ख्रीष्टविरोधीहरू सत्यता स्विकार्ने, वा परमेश्वरका वचनहरूको न्याय र सजाय स्विकार्ने, वा परमेश्वरले न्याय र निन्दा गर्नुहुने यी कुराहरू त्याग्ने गर्दैनन्। यस विपरीत परमेश्वरले यी कुरा जति धेरै खुलासा गर्नुहुन्छ, ख्रीष्टविरोधीहरू त्यति नै धूर्त बन्छन्। यिनै कुराहरू पछ्याउन तिनीहरू अझै बढी गुप्त र धूर्त माध्यमहरू अपनाउँछन्, ताकि तिनीहरूले के गरिरहेको छन् भन्ने कुरा मानिसहरूले नदेखून् र तिनीहरूले यी कुराहरू त्यागिसकेका छन् भन्ने गलत विश्वास गरून्। परमेश्वरले यी कुराहरू जति धेरै खुलासा गर्नुहुन्छ, यिनै कुराहरू पछ्याउन र प्राप्त गर्न ख्रीष्टविरोधीहरू त्यति नै धेरै अझै धूर्त र चलाख विधिहरू प्रयोग गर्ने तरिकाहरू खोज्छन्। अझ, तिनीहरूले आफ्नो गुप्त मनसाय लुकाउन मनमोहक सुनिने शब्दहरू पनि प्रयोग गर्छन्। समग्रमा भन्नुपर्दा ख्रीष्टविरोधीहरू सत्यता पटक्कै स्वीकार गर्दैनन्, आफ्नो व्यवहारबारे चिन्तन गर्दैनन्, वा प्रार्थना गर्न र सत्यता खोजी गर्न परमेश्वरसामु आउँदैनन्। यस विपरीत तिनीहरू परमेश्वरले गर्नुहुने खुलासा र न्यायप्रति हृदयमा अझै बढी असन्तुष्ट हुन्छन्, यहाँसम्म कि तिनीहरूले यी कुराहरूप्रति शत्रुवत् मनोवृत्तिसमेत अपनाउँछन्। तिनीहरूले प्रतिष्ठा र हैसियतको खोज नत्याग्ने मात्र होइन, बरु यी कुरालाई त अझै बढी प्रिय ठान्ने, यो खोजलाई लुकाउने र ढाकछोप गर्ने, मानिसहरूलाई यस कुरा देख्न र पत्ता लगाउनबाट रोक्ने उपायहरूबारे विचारसमेत गर्छन्। परिस्थिति जेसुकै भए नि, ख्रीष्टविरोधीहरू सत्यता अभ्यास गर्न नसक्ने मात्र होइन, जब तिनीहरूका साँचो रङहरू प्रकट हुन्छन्, अर्थात् जब तिनीहरूले आकस्मिक रूपमा आफ्ना यी महत्त्वाकाङ्क्षा र इच्छाहरू प्रकट गर्छन्, तब तिनीहरूलाई अरूले परमेश्वरका वचनहरू र सत्यताको आधारमा तिनीहरूको सार र साँचो रूप देख्लान् भनेर अझै बढी चिन्ता लाग्छ, त्यसकारण तिनीहरूले यसलाई ढाकछोप गर्ने प्रयास गर्छन् र आफूलाई रक्षा गर्न दिलोज्यान लगाउँछन्। तिनीहरूले यो कुरा लुकाउनुको उद्देश्य के हो? यो तिनीहरूको हैसियत र प्रतिष्ठामा घाटा हुनबाट जोगाउन र तिनीहरूको अर्को लडाइँको लागि आफ्नो शक्ति जोगाउनलाई हो। ख्रीष्टविरोधीहरूको सार यही हो। जहिलेसुकै भए नि, वा परिस्थिति जेजस्तो भए नि तिनीहरूको आत्म-आचरणका उद्देश्य र दिशाहरू परिवर्तन हुनेछैनन्, न त तिनीहरूका जीवनका उद्देश्यहरू, वा तिनीहरूका कार्यपछाडिका सिद्धान्तहरू, वा हैसियत पछ्याउने तिनीहरूको हृदयको गहिराइमा लुकेका इच्छा, महत्त्वाकाङ्क्षा र उद्देश्य नै परिवर्तन हुनेछन्। तिनीहरूले हैसियत प्राप्त गर्न सक्दो रूपमा लागिपर्ने मात्र होइन, हैसियत प्राप्तिका खातिर आफ्नो प्रयासलाई अत्यन्तै तीव्रसमेत बनाउनेछन्। परमेश्वरको घरले सत्यताबारे जति धेरै सङ्गति गर्छ, तिनीहरू त्यति नै धेरै चलाकीसाथ अरूले देख्न र चिन्न सक्ने केही स्पष्ट व्यवहार र प्रकटीकरणहरू प्रयोग गर्नबाट टाढा बस्छन्। त्यसको सट्टामा तिनीहरूले फरक तरिका अपनाउँछन्, तिनीहरू आफ्ना गल्तीहरू स्विकार्ने र आफूलाई दोषी ठहराउने क्रममा नराम्ररी रुन्छन्, मानिसहरूको सहानुभूति जित्छन्, यसले गर्दा मानिसहरूलाई तिनीहरूले पश्चात्ताप गरेका छन् र तिनीहरू परिवर्तन भएका छन् भन्ने गलत विश्वास हुन्छ, र यसले गर्दा तिनीहरूलाई खुट्टयाउन मानिसहरूलाई गाह्रोसमेत हुन्छ। ख्रीष्टविरोधीहरूको यो सार के हो? के यो अलिक कपटी कुरा होइन र? (हो।) जब मानिसहरू यति कपटी हुन्छन्, तब तिनीहरू दियाबलस हुन्छन्। के दियाबलसहरूले साँच्चै पश्चात्ताप गर्न सक्छन्? के तिनीहरूले साँचो रूपमा हैसियत पछ्याउने आफ्ना महत्त्वाकाङ्क्षा र इच्छा पन्छाउन सक्छन्? दियाबलसहरू यो महत्त्वाकाङ्क्षा पन्छाउनुको सट्टा मर्न तयार हुन्छन्। तैँले तिनीहरूसँग जे-जसरी सत्यता सङ्गति गरे नि व्यर्थ हुनेछ र तिनीहरूले यो महत्त्वाकाङ्क्षा पन्छाउनेछैनन्। यदि यो परिस्थितिमा तिनीहरूले लडाइँ हारे र विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई खुलासा गरे भने तिनीहरूले अझै पनि लडाइँ जारी राख्नेछन्, अर्को समूहमा सर्दा हैसियत र इज्जतका लागि आफ्नै कुरा सदर हुनुपर्ने अवस्थाका लागि र निर्णय गर्ने अधिकारका लागि प्रतिस्पर्धा गर्नेछन्। तिनीहरूले यी कुराका लागि प्रतिस्पर्धा गर्नेछन्। परिस्थिति जस्तोसुकै भए नि, वा तिनीहरू मानिसहरूको जुनै समूहमा भए नि, तिनीहरूले सधैँ पालना गर्ने सिद्धान्त भनेको प्रतिस्पर्धा गर्नु नै हो: “मैले मात्रै नेतृत्व गर्न सक्छु; अरू कसैले मलाई नेतृत्व गर्न सक्दैन!” तिनीहरू साधारण अनुयायी बन्न वा अरूको नेतृत्व वा सहयोग स्विकार्न पूर्ण रूपमा अनिच्छुक हुन्छन्। ख्रीष्टविरोधीहरूको सार यही हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।