विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्न आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग तीन) खण्ड तीन

ख्रीष्टविरोधीहरू सधैँ हैसियतको आनन्द लिने र अन्तिम निर्णय सदैव आफैले गर्ने आफ्नो उद्देश्य हासिल गर्न मानिसहरूलाई प्राय बहकाउँछन्, तिनीहरूलाई आफ्नो पक्षमा पार्छन् र नियन्त्रण गर्छन्, त्यसो गर्नलाई तिनीहरूले आफू परमेश्‍वरको घरको लोकप्रिय मान्छे हुँ, आफूलाई परमेश्‍वरले महत्त्वपूर्ण पदमा राख्‍नुभएको छ, र आफूलाई परमेश्‍वरले आदर र भरोसा गर्नुहुन्छ भन्‍ने दाबी प्रयोग गर्छन्। ख्रीष्टविरोधीहरू सबैभन्दा बढी के कुराको डर मान्छन्? तिनीहरूलाई सबैभन्दा बढी आफ्नो हैसियत गुमाउने र खराब प्रतिष्ठामा पर्ने डर हुन्छ। तिनीहरूलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरू सत्यता पछ्याउँदैनन्, तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ, तिनीहरूमा आत्मिक बुझाइ छैन वा तिनीहरूले कुनै वास्तविक काम गर्दैनन् र तिनीहरूमा कुनै वास्तविक काम गर्ने क्षमता छैन भनेर सोच्लान् भन्‍ने डर हुन्छ। ख्रीष्टविरोधीहरूलाई यी कुराहरू सुन्न सबैभन्दा बढी डर लाग्छ। जब ख्रीष्टविरोधीहरू त्यस्ता अभिव्यक्ति र घोषणाहरू सुन्छन्, तब तिनीहरू आत्तिन्छन् र झिजो मान्छन्, कहिलेकहीँ त यसो भन्दै आक्रोशसमेत पोख्छन्, “मेरो क्षमता कमजोर छ, त्यसैले तिमीले प्रयोग गर्न सक्‍ने जोकोहीलाई प्रयोग गर; आखिर म यो काम गर्न सक्दिनँ! के परमेश्‍वर धर्मी छैनन् र? मैले उनीमा विश्‍वास गरेको यति वर्ष भयो, मैले आफ्‍नो परिवार र करियर उनको लागि त्यागेको छु र तिमीहरू सबै मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका लागि धेरै लगाव दिएको छु। किन तिमीहरूले मेरो बारे निष्पक्ष शब्दसमेत बोल्न सक्दैनौ?” तब तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतप्रति ध्यान दिन सक्दैनन्, न त तिनीहरूले आफूलाई ढाकछोप गर्ने वा नाटक गर्ने प्रयास नै गर्छन्; तिनीहरूको कुरूपता पूरै छताछुल्‍ल हुन्छ। आफ्नो रिस पोखाएपछि तिनीहरू आँसु पुछ्छन् र सोच्छन्, “अहो, हुँदैन; मैले आफूले आफैलाई अपमानित गरेको छु। म पुनरागमन हुनुपर्छ!” त्यसपछि तिनीहरू नाटक गरिरहन्छन्, असल नारा र धर्मसिद्धान्तहरू सिकिरहन्छन्, अनि सुनिरहन्छन्, पढिरहन्छन्, प्रचार गरिरहन्छन् र मानिसहरूलाई बहकाइरहन्छन्। तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियत बचाउनुपर्छ भन्‍ने महसुस गर्छन्, एक दिन निर्वाचनको बेला आउँदा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले अझै पनि तीनहरूबारे विचार गर्नेछन्, तिनीहरूले गरेका असल कुराहरू याद गर्नेछन्, तिनीहरूले चुकाएका मूल्यहरू र तिनीहरूले भनेका कुराहरू याद गर्नेछन् भन्‍ने आशा गर्छन्। यो पूर्णतया लाजमर्दो कुरा हो, होइन र? तिनीहरूको त्यो पुरानो प्रकृति कति पनि परिवर्तन भएको हुँदैन, होइन र? किन ख्रीष्टविरोधीहरू कहिल्यै परिवर्तन हुँदैनन्? यो तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ, र तिनीहरू परिवर्तन हुन सक्दैनन्; तिनीहरू यस्तै हुन्छन्। जब तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरै धुवाँमा उडेका हुन्छन्, तब तिनीहरूले आवेग पोख्छन्, र त्यसपछि तिनीहरूको व्यवहार निकै राम्रो हुन्छ। मैले हालै एउटा व्यक्तिको हालखबर के छ भनेर सोधेको थिएँ, र केही विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले उसले निकै राम्रो व्यवहार गरिरहेको छ भनेर भने। “राम्रो व्यवहार” भन्‍नुको अर्थ के हो? यसको अर्थ उसले पछिल्लो समय आफूलाई निकै सुधारेको थियो र पहिलेभन्दा निकै राम्रो व्यवहार गरिरहेको थियो; उसले अब समस्या पैदा गर्न, मानिसहरूलाई आक्रमण गर्न वा हैसियतको लागि होड गर्न छोडेको थियो, उसले मानिसहरूसँग अझै कोमल, विनम्र र शान्त रूपमा कसरी बोल्ने भनेर सिक्दै आएको थियो। अनि उसले अरूलाई मदत गर्न सही वचनहरू प्रयोग गरिरहेको थियो, दैनिक जीवनमा अरू मानिसप्रति विशेष चिन्ता र वास्ता गरिरहेको थियो। ऊ पूर्ण रूपमा नयाँ व्यक्तिमा रूपान्तरित भएजस्तो थियो। तर के ऊ साँच्‍चै रूपान्तरण भएको थियो त? अहँ। त्यसोभए ती अभ्यासहरू के थिए? (बाहिरी असल व्यवहार।)

केही ख्रीष्टविरोधीहरू खुलासा भएपछि र तिनीहरूका सबै दुष्ट कार्यहरू पर्दाफास भएपछि, जब तिनीहरू विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्छन्, तब तिनीहरू यसो भन्छन्, “मलाई भर्खरै परमेश्‍वरले अन्तर्दृष्टि र ज्योति दिनू भएजस्तो महसुस गरेको छु र म निकै राम्रो स्थितिमा छु। मलाई मेरा विगतका कार्यहरूप्रति गहन घृणा लाग्छ र मैले मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूप्रति पुर्‍याएका घाटाहरू म कहिल्यै बिर्सने वा मनबाट हटाउन सक्नेछैन। मलाई निकै दुःख लाग्छ।” यसो भन्‍ने क्रममा तिनीहरू आँसु पनि झार्छन् र आफूलाई काटछाँट गर्न विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्दै अनुरोधसमेत गर्छन्, “म कमजोर हुँला भनेर चिन्ता नगर्नुहोस्। यदि तपाईंहरूले मलाई कुनै गलत काम गरिरहेको देख्‍नुभयो भने मलाई काटछाँट गर्नुहोस् र म त्यो स्विकार्न सक्छु—म त्यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्छु; म तपाईंहरूप्रति कुनै ईख राख्‍नेछैन।” तिनीहरू विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले काटछाँट गर्दा जिद्दी भई इन्कार गर्ने, प्रतिरोध गर्ने, अवज्ञा गर्ने, आफ्नै पक्षमा तर्क गर्ने र कटुताले भरिने व्यक्तिहरूबाट सक्रिय रूपमा काटछाँट हुन खोज्ने व्यक्तिहरूमा परिवर्तन भएका हुन्छन्। यो अलिक द्रुत रूपले आएको मनोवृत्ति परिवर्तन हो, होइन र? के यसको अर्थ तिनीहरूले पछुतो गर्छन् भन्‍ने हुन्छ? यो मनोवृत्तिको आधारमा हेर्दा तिनीहरू फर्किएका छन् जस्तो देखिन्छ, त्यसकारण तैँले तिनीहरूलाई काटछाँट गर्नुपर्छ। यसो गर्दा तिनीहरू विगतमा गरेका गल्तीहरू महसुस गर्न सक्षम हुन सक्छन्, र तिनीहरूलाई आफूलाई चिन्‍न सहयोग गर्न सक्छ। त्यो बेला तैँले तिनीहरूलाई केही इमानदारी देखाएर यसो भन्दै सहयोग गर्नुपर्छ, “म देख्‍न सक्छु, हिजोआज तपाईंले निकै राम्रो व्यवहार गरिरहनुभएको छ। म तपाईंसित मनैबाट कुरा गर्नेछु। यदि मैले भनेको कुरा गलत छ र तपाईंले यसलाई स्वीकार गर्न सक्‍नुहुन्‍न भने यसबारे ध्यान नदिनुहोस्; यदि मैले भनेको कुरा सही छ भन्‍ने विश्‍वास लाग्छ भने यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुहोस्। मेरो अभिप्राय तपाईंलाई सहयोग गर्नु हो, तपाईं निराश हुँदा तपाईंलाई कुल्चिनु वा आक्रमण गर्नु होइन। हामी एकअर्काप्रति हृदय खोली सङ्गति गरौँ। पहिले अगुवाको रूपमा सेवा गर्दा तपाईं गजक्‍क पर्नुहुन्थ्यो र आफ्नो गल्ती स्विकार्न मान्‍नुहुन्‍नथियो; बाहिरी रूपमा केही गल्ती स्विकारे पनि तपाईं वास्तवमा भित्री रूपमा गल्ती स्विकार्नुहुन्‍नथियो—अनि पछि त्यस्तै समस्या सामना गर्दा तपाईं पहिलेजस्तै व्यवहार गर्नुहुन्थ्यो। उदाहरणको लागि हामी त्यो अस्तिको घटनाबारे कुरा गरौं। तपाईं गैरजिम्मेवार हुनुभएकोले केही कुरा गलत भयो र परमेश्‍वरको घरका सम्पत्तिहरूमा ठूलो घाटा भयो। तपाईंको गैरजिम्मेवार व्यवहारले गर्दा धेरै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परी जेल परे र तिनीहरूले यसको मूल्य चुकाए। के तपाईंले यसको जिम्मेवारी लिनुपर्छ भन्‍ने तपाईंलाई लाग्दैन? त्यो घटनाको प्रत्यक्ष जिम्मेवार व्यक्ति तपाईं नै हुनुहुन्थ्यो, त्यसकारण तपाईं परमेश्‍वरको अघि आउनुपर्छ, आफ्नो पाप स्विकार्नु र पश्‍चात्ताप गर्नुपर्छ। वास्तवमा यदि तपाईंले आफ्नो गल्ती स्वीकार गर्नुभयो भने परमेश्‍वरले बढीमा यसलाई एउटा अपराधको रूपमा हेर्नुहुनेछ र यसले भविष्यमा तपाईंको सत्यता पछ्याइमा असर गर्नेछैन। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले पनि तपाईंसँग उचित व्यवहार गर्न र तपाईंलाई परमेश्‍वरको घरको सदस्यको रूपमा हेर्न सक्‍नेछन्; तिनीहरूले तपाईंलाई बहिष्कार वा आक्रमण गर्नेछैनन्। यो साँचो हो कि व्यक्तिको सबै कुरा परमेश्‍वरको हातमा हुन्छ, तर यदि तपाईं कहिल्यै सत्यता पछ्याउनुहुन्‍न भने तपाईंलाई परमेश्‍वरले अवश्यै घिनाउनु र त्याग्‍नुहुनेछ, त्यसपछि तपाईं विनाशको पात्र बन्‍नुहुनेछ। यदि तपाईं परमेश्‍वरको काम स्विकार्नुहुन्छ र त्यसमा समर्पित भई साँचो रूपमा पश्‍चात्ताप गर्न सक्‍नुहुन्छ भने परमेश्‍वरले तपाईंका विगतका अपराधहरू याद गर्नुहुनेछैन र तपाईं अझै पनि परमेश्‍वरको अघि सत्यता पछ्याउने व्यक्ति बन्‍नुहुनेछ। हामी उहाँको माफी वा क्षमादान माग्दैनौँ, तर कम्तीमा हामीले मानिसहरूले गर्नुपर्ने काम गर्नुपर्छ; यो हरेक सृजित प्राणीको जिम्मेवारी र कर्तव्य हो र यो हामी सबैले हिँड्नुपर्ने मार्ग हो।” यी साँचो वचनहरू हुन्, होइन र? के तिनमा कुनै गिल्ला वा छल छ? के तिनमा कुनै व्यङ्ग्य वा गिल्‍ला छ? (छैन।) यी त शान्त भएर मानिसहरूलाई सहयोग गर्ने र सुधार गर्ने सिद्धान्त अनुरूप बोलिने हृदयदेखिका वचनहरू हुन्। यी वचनहरू सही छन्; यीभित्र अभ्यासको मार्गका साथै खोजी गर्नुपर्ने सत्यता पनि छ। तर के ख्रीष्टविरोधीहरूले यी वचनहरू स्विकार्न सक्छन् त? के तिनीहरूले यिनलाई सत्यताको रूपमा बुझ्न र अभ्यास गर्न सक्छन् त? (सक्दैनन्।) तिनीहरूले यी वचनहरूप्रति कस्तो प्रतिक्रिया दिनेछन्? “अहिले पनि तिमीहरू सबै मेरो गल्ती पक्रिरहेका छौ र यसलाई छोड्न मान्दैनौ, होइन त? परमेश्‍वरले समेत मानिसहरूका अपराधहरू याद गर्दैनन्, तैपनि किन तिमीहरू सधैँ मेरो अपराधबारे जाँचबुझ गरिरहन्छौ? तिमीहरू मसँग हृदयदेखि कुरा गर्न चाहन्छौ र मलाई सहयोग गर्दै छौ भनेर भन्छौँ। यो कस्तो सहयोग हो? यो त अवश्यै मेरो विगतमा अल्झि बसेर मलाई जिम्मेवार बनाउने प्रयास हो। तिमीहरू मलाई जिम्मेवार तुल्याउने प्रयास गरिरहेका छौ, होइन र? के त्यो घटनाको लागि म एक्लै जिम्मेवार छु? सबै कुरा परमेश्‍वरकै हातमा हुन्छ, मतलब जिम्मेवार पनि उनी नै हुन्छन्। त्यो घटना हुँदा परमेश्‍वरले हामीलाई यसबारे किन कुनै सङ्केत दिएनन्? के यो परमेश्‍वरले नै खडा गरेको होइन र? त्यसैले तिमीहरू मलाई कसरी दोष दिन सक्छौ?” यो तिनीहरूले आफ्नो मनको कुरा गरेको हो, होइन र? तिनीहरूको समस्या केमा छ? झट्ट हेर्दा तिनीहरू परिवर्तन भएका र नम्र बनेका झैँ देखिन्थे; तिनीहरू पहिलेभन्दा निकै राम्रो व्यवहार गरिरहेका देखिन्थे, मानौँ तिनीहरू अब पद र प्रतिष्ठा पछ्याउँदैनन् र शान्त भएर बस्‍न अनि जोसुकैसँग कुरा गर्न र हृदयदेखि बोल्‍न सक्छन्। त्यसैले तिनीहरू अझै पनि कसरी यस्तो कुरा बोल्न सक्छन्? यसमा के समस्या देख्‍न सकिन्छ? (तिनीहरूको व्यवहार गर्ने तरिका तिनीहरूले पुनरागमन गर्न सकूँ भनेर देखावटी रूपमा प्रस्तुत गरेको भ्रम मात्रै थियो।) अरू के छ? (तिनीहरू आफूलाई साँचो रूपमा चिन्दैनन् र ती साँचो पश्‍चात्तापका प्रकटीकरणहरू होइनन्। ती एक प्रकारका ढोङ्गी अभ्यास मात्रै हुन्। अरू मानिसले तिनीहरूका समस्याहरूबारे तिनीहरूसँग सङ्गति गर्दा तिनीहरू अझै पनि सत्यता स्विकार्न असमर्थ हुन्छन्। स्पष्ट रूपमा नै तिनीहरूको प्रकृति सार सत्यताप्रति शत्रुवत् छ।) यसमा दुइटा कुराहरू स्पष्ट छन्। सर्वप्रथम त आफ्नो हैसियत गुमाउँदा ख्रीष्टविरोधीहरूको एउटा स्थिति भनेको “सास भइञ्‍जेल आस हुन्छ” भन्‍ने हुन्छ—तिनीहरू सधैँ पुनरागमन गर्न तयार हुन्छन्। दोस्रो कुरा के हो भने ख्रीष्टविरोधीहरूले पहिले हिँडेको गलत मार्ग र तिनीहरूले गरेका अपराधहरूको हकमा कहिल्यै साँचो रूपमा चिन्तन गर्नेछैनन्। तिनीहरूले आफ्ना गल्तीहरू मान्‍ने वा सत्यता स्विकार्नेछैनन्, तिनीहरूले आफ्नो दुष्कर्मका तथ्यहरूबाट आफ्नो सार बुझ्ने वा सत्यताअनुसार कसरी अभ्यास गर्ने भनेर सारांश तयार पार्ने त झनै गर्नेछैनन्। बर्खास्त भएपछि र आफ्नो हैसियत गुमेपछि तिनीहरूले “मैले वास्तवमा के गल्ती गरेँ? मैले कसरी पश्‍चात्ताप गर्नुपर्छ? यदि यस्तो कुरा फेरि भयो भने म परमेश्‍वरको अभिप्राय अनुरूप हुन सकूँ भनेर मैले कसरी व्यवहार गर्नुपर्छ?” भनेर सोच्दैनन्। तिनीहरूमा आफूलाई परिवर्तन गर्ने यस्तो मनोवृत्ति हुँदैन। तिनीहरूलाई काटछाँट गरिए पनि, तिनीहरूलाई बर्खास्त गरिए पनि, तिनीहरू पछाडि फर्केर सत्यता पछ्याउँदैनन् र अभ्यासको मार्ग खोज्‍ने वा आफ्नो पछ्याइको दिशा बदल्‍ने गर्दैनन्। तिनीहरूले परमेश्‍वरको घरमा जति ठूलो घाटा ल्याए पनि र तिनीहरूले जति ठूलो पतन सामना गरे पनि तिनीहरूले कहिल्यै आफ्नो पाप स्विकार्दैनन्। तिनीहरूलाई तिनीहरूको असफलताले त्यसपछिको समयमा सत्यता पछ्याउन र खोजी गर्न लगाउँदैन; तिनीहरूले सबै कुरा बचाउन र आफ्नो गुमेको हैसियत फर्काउन के गर्न सकिएला भनेर मात्र हिसाबकिताब गरिरहेका हुन्छन्। ती दुइटा कुराहरू हुन्। पहिलो तिनीहरूले आफ्नो हैसियत गुमाएपछि प्राप्त गर्ने स्थिति हो, जुन निरन्तर पुनरागमन गर्न तयार हुनु हो। दोस्रो तिनीहरू जुन गलत मार्गमा थिए त्यसलाई स्विकार्न वा बुझ्न इन्कार गर्नु हो। यो दोस्रो कुरामा तिनीहरू जुन गलत मार्गमा थिए त्यो नबुझ्नु भन्‍ने एउटा भाग हो; यस अलावा तिनीहरूले साँचो रूपमा पश्‍चात्ताप गर्दैनन्, न त सत्यता नै स्विकार्छन्, आफूले परमेश्‍वरको घरमा गरेको क्षतिको पूर्ति पछुतोको हृदयले गर्दैनन्। तिनीहरूले कसरी रूपान्तरित हुने, सत्यता नपछ्याउने मानिसहरूबाट कसरी सत्यता पछ्याउने र सत्यता अभ्यास गर्ने मानिसहरूमा परिणत हुने भनेर सोच्दैनन्। यी दुई बुँदाहरूले ख्रीष्टविरोधीहरू प्रकृतिले नै सत्यताप्रति वितृष्णा गर्छन् र दुष्ट हुन्छन् भन्‍ने कुरा स्पष्ट पार्छन्; तिनीहरू आफूलाई ढाकछोप गर्न र छेपारोजस्तै वातावरण अनुकूल हुन विशेष सिपालु हुन्छन्। तिनीहरूको सार चञ्चल हुन्छ, तिनीहरूको हृदयको गहिराइमा हैसियतको पछ्याइ र तिनीहरूका महत्त्वाकाङ्क्षाहरू र चाहनाहरूको पछ्याइ कहिल्यै कम हुँदैन, न त कहिल्यै परिवर्तन नै हुन्छ। यी मानिसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। यी प्रकटीकरणहरू हेर्दा यस्तो व्यक्तिको प्रकृति सार के हो? के ख्रीष्टविरोधी दाजुभाइ वा दिदीबहिनी हो? के ख्रीष्टविरोधी वास्तविक व्यक्ति हो? (होइन।) यदि तिमीहरूले यी मानिसलाई दाजुभाइ-दिदीबहिनीहरूको रूपमा हेर्‍यौ भने के तिमीहरू गम्भीर रूपमा मूर्ख छौ भन्‍ने हुँदैन र? यी प्रकटीकरणहरू ख्रीष्टविरोधीको सारका प्रकटीकरणहरू हुन्। जब ख्रीष्टविरोधीहरूको कुनै हैसियत हुँदैन, तब तिनीहरू यस्तो स्थितिमा हुन्छन्; तिनीहरूले हृदयमा गर्ने हिसाबकिताबहरू, तिनीहरूले प्रकट गर्ने कुराहरू र तिनीहरूले बाहिरी रूपमा गर्ने व्यवहारहरू, अनि सत्यता र आफ्ना अपराधहरूप्रति तिनीहरूको हृदयको गहिराइमा रहेको मनोवृत्ति यस्तै हुन्छ र तिनीहरूको दृष्टिकोण परिवर्तन हुँदैन। तैँले सत्यता जति धेरै सङ्गति गरे पनि वा अभ्यासका सही र सकारात्मक मार्गहरूबारे जति धेरै कुरा भने पनि तिनीहरूले त्यसलाई कहिल्यै हृदयबाट स्विकार्दैनन्; बरु, त्यसको प्रतिरोध गर्नेछन्। तिनीहरूले यस्तोसमेत विश्‍वास गर्नेछन्, “अँ, अब त मेरो हैसियत छैन, त्यसकारण मैले भनेको कुराको कुनै महत्त्व हुँदैन। कसैले पनि मलाई अब समर्थन गर्दैन; तिमीहरू मलाई हाँसोमा उडाउन र पाठ सिकाउन मात्रै चाहन्छौ। तर के तँ मलाई पाठ सिकाउन योग्य छस्? तैँले आफूलाई को ठानेको छस्? म अगुवा बनेको बेला तैँले हिँड्न समेत जानेको थिइनस्! के तैँले बोल्‍ने केही कुराहरू मबाट सिकेको होइनस् र? अनि तँ मलाई पाठ सिकाउन खोज्दै छस्। तँलाई त ब्रह्माण्डमा रहेको तेरो स्थान पनि थाहा रहेनछ!” तिनीहरू आफूलाई काटछाँट गर्न, आफूसँग बोल्‍न, कुरा गर्न वा हृदयदेखि अन्तरक्रिया गर्नलाई मानिसहरूसँग निश्‍चित वरिष्ठता हुनुपर्छ भन्‍ने सोच्छन्। यी मानिस कस्ता चीजहरू हुन्? ख्रीष्टविरोधीहरूले मात्रै यस्ता कुराहरू भन्‍न सक्छन्; सामान्य मानिस र केही लाजको बोध र अलिक चेतना भएका मानिसले कहिल्यै पनि यी कुराहरू भन्दैनन्। यदि कसैले तिमीहरूलाई प्रवचन दिइरहेको छ, तिमीहरूसँग शान्त भएर हृदयदेखि कुरा गरिरहेको छ, तिमीहरूका समस्याहरू औँल्याइरहेको छ र केही सुझाव दिइरहेको छ भने के तिमीहरू त्यो स्विकार्न सक्छौ? कि तिमीहरूसँग ख्रीष्टविरोधीको जस्तै मानसिकता हुन्छ? उदाहरणको लागि मानौँ तँ विश्‍वासी भएको १० वर्ष भयो तर तैँले कहिल्यै पनि अगुवाको रूपमा सेवा गरेको छैनस् रे। अर्को व्यक्तिले चाहिँ विश्‍वास गरेको दुई वर्ष मात्रै भएको छ तर उसको हैसियत तेरो भन्दा माथि छ, अनि तँ यसप्रति व्याकुल हुन्छस्। मानौँ तँ परमेश्‍वरमा विश्‍वास गरेको २० वर्ष भएपछि मात्रै जिल्‍ला अगुवा बनिस् रे। अर्को कोही व्यक्तिचाहिँ विश्‍वास गरेको पाँच वर्ष भएपछि नै क्षेत्रीय अगुवा बन्छ र तँलाई अगुवाइ गर्न थाल्छ, अनि तँलाई यो कुरा स्विकार्न गाह्रो हुन्छ। तिनीहरूले तँलाई काटछाँट गरे भने तँलाई असहज लाग्छ, तँलाई काटछाँट गर्दा तिनीहरू सही नै भए पनि तँ त्यो स्विकार्न चाहँदैनस्। के तिमीहरूमा कहिल्यै यस्तो मनोवृत्ति वा प्रकटीकरणहरू आएको छ? (छ।) यो ख्रीष्टविरोधी स्वभाव हो। के तँलाई ख्रीष्टविरोधीहरूमा मात्रै ख्रीष्टविरोधी स्वभाव हुन्छ भन्‍ने लाग्छ? ख्रीष्टविरोधी स्वभाव भएको जोकोही व्यक्ति खतरामा हुन्छ, ऊ ख्रीष्टविरोधीहरूको मार्गमा लाग्‍न सक्छ र यो स्वभावले उसलाई नष्ट गर्न सक्छ। अवस्था यस्तै हुन्छ। जब हामी कुनै ख्रीष्टविरोधीको सारबारे सङ्गति र चिरफार गर्छौं, तब यसमा ख्रीष्टविरोधी स्वभाव भएका मानिस पनि पर्छन्। यसमा पर्ने यी मानिस अल्पसंख्यक हुन्छन् कि बहुसंख्यक, तिमीहरू के भन्छौ? कि यसमा सबै जना पर्छन्? (यसमा सबै जना पर्छन्।) ठीक भन्यौ, त्यस्तो किन हो भने ख्रीष्टविरोधी स्वभाव भनेकै शैतानको स्वभाव हो र सबै भ्रष्ट मानिसहरूमा शैतानको स्वभाव हुन्छ। अहिले हामीले ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई कसरी लिन्छन् भन्‍ने विषयमा थोरै सङ्गति गरेका छौं। अझै विस्तृत रूपमा कुरा गर्न केही ठोस उदाहरणहरू दिन सकिन्छ। म यो कुरा तिमीहरूले तिमीहरूका भेलाहरूमा सङ्गति गर भनेर तिमीहरूलाई नै जिम्‍मा दिन्छु। तिमीहरूले सङ्गति गर्दा अरू मानिस कस्ता छन् भनेर मात्र सधैँ भन्ने कुरा नगर। अरूका प्रकटीकरणहरूबारे सङ्गति गर्नु अवश्यै अपरिहार्य छ, तर तिमीहरूले मुख्य रूपमा आफ्नै प्रकटीकरणहरूबारे सङ्गति गर्नुपर्छ। यदि तिमीहरूले आफूभित्र ख्रीष्टविरोधी स्वभावसँग सम्बन्धित केही प्रकटीकरण वा प्रकाशहरू भेट्टाउन सक्यौ भने यो तिमीहरूको आत्मज्ञानको लागि उपयोगी र फाइदाजनक हुनेछ र यसले तिमीहरूलाई त्यो स्वभाव त्याग्‍न सहयोग गर्नेछ।

हामीले ख्रीष्टविरोधी स्वभावका विभिन्‍न प्रकटीकरणहरूको विषयमा यसभन्दा पहिले सङ्गति गरिसकेका छौं—के तिमीहरूले अहिले ती कुराहरूसँग आफूलाई तुलना गर्न सक्छौ? के तिमीहरू केही बुझाइ प्राप्त गर्न सक्षम भएका छौ? के तिमीहरू केही वास्तविक समस्याहरू सुल्झाउन सक्छौ? तिमीहरूले आफ्नो भ्रष्ट स्वभावको जुनसुकै पक्ष परिवर्तन गरे पनि यो सबै सत्यता बुझ्ने, आफूलाई सत्यतासँग तुलना गर्ने र त्यसपछि आफूलाई बुझ्‍न थाल्ने जगमा हासिल गरिन्छ। त्यसकारण भ्रष्ट स्वभावका विभिन्‍न प्रकटीकरणहरू चिन्‍न र चिरफार गर्न सक्नु भनेको तैँले आफूलाई चिन्‍ने र स्वभाव परिवर्तन हासिल गर्ने क्रममा हिँड्नुपर्ने मार्ग हो। के तिमीहरूले यो कुरा बुझिसकेका छौ? तिमीहरूमध्ये कतिले बुझेका छैनौ होला र सायद यस्तो सोच्छौ होला, “तपाईं सधैँ यी सानातिना विषय र कुराहरूबारे सङ्गति गरिरहनुहुन्छ; तपाईं कहिल्यै पनि केही गहन सत्यताहरूबारे कुरा गर्ने वा कुनै गहन रहस्यहरू प्रकट गर्ने गर्नुहुन्‍न। यो कति अल्छीलाग्दो र थकानपूर्ण छ! हामीले स्वर्गको राज्य प्रवेश गर्नु, ठूलो आशिष् प्राप्त गर्नु र भविष्यमा सिद्ध पारिनुसँग तपाईंले सङ्गति गरिरहनुभएका यी कुराहरूको के सम्बन्ध छ?” यी मानिसले कहिल्यै बुझ्दैनन्; यी कुराहरू सुन्दा तिनीहरू निदाउँछन्। आत्मिक बुझाइ नभएका मानिसले यो कुरा बुझ्दैनन्; हरेक सत्यताले छुने विभिन्‍न मानव स्थितिहरू वा विभिन्‍न सत्यताहरू बीचका सम्बन्धहरू तिनीहरूले बुझ्दैनन्। तिनीहरूले यी कुराहरू बुझ्दैनन्। तैँले तिनीहरूलाई जति विस्तृत व्याख्या दिन्छस्, त्यति नै तिनीहरू अन्योल पर्छन् र त्यति नै कम कुरा बुझ्छन्, त्यसकारण तिनीहरू सधैँ झुल्छन्। जब पहिलो पटक भेला सुरु हुन्छ, तब तिनीहरू गीत गाइरहेका र नाचिरहेका हुन्छन्, यी नियम र रीतिरिवाजहरू जति नै अल्छीलाग्दा वा दोहोरिने किसिमका भए पनि तिनीहरू झुल्दैनन्। तैपनि, तैँले सत्यता र मानिसहरूका फरक-फरक स्थितिहरूबारे सङ्गति गर्नेबित्तिकै तिनीहरू झुल्न थाल्छन्। सधैँ यसरी निदाउने मानिसहरूमा के भइरहेको हुन्छ? के तिनीहरू खुलासा भएका हुँदैनन् र? यो सत्यतालाई प्रेम नगर्नुको प्रकटीकरण हो, होइन र? जब जीवन प्रवेशसँग सम्बन्धित विभिन्‍न सत्यताका विवरणहरूको कुरा आउँछ, साँचो रूपमा सत्यता पछ्याउने र निश्‍चित क्षमता भएका मानिसले तिनको बारेमा जति धेरै सुन्छन्, त्यति नै राम्ररी बुझ्छन्, जबकि सत्यतालाई प्रेम नगर्ने र आत्मिक बुझाइ नभएका मानिस तिनको बारेमा जति धेरै सुन्छन् त्यति नै अन्योल पर्छन्। तिनीहरूले जति धेरै सुन्छन्, तिनीहरूलाई त्यति नै अल्छीलाग्दो लाग्छ, तिनीहरूले जति धेरै सुने पनि तिनीहरूलाई पहिलेको जस्तै महसुस हुन्छ; तिनीहरूले तिनमा कुनै मार्ग सुन्‍न सक्दैनन्। तिनीहरूलाई जीवन प्रवेशसँग सम्बन्धित कुराहरू वास्तवमा त्यति जटिल छैनन्, त्यसकारण तिनको बारेमा धेरै सङ्गति गर्नुपर्दैन भन्‍ने लाग्छ। आत्मिक बुझाइ नभएका मानिस यस्तै हुन्छन्। स्वभाव परिवर्तनसँग धेरै सत्यताहरू संलग्‍न हुन्छन्। यदि आफ्नो स्वभाव परिवर्तन गर्ने प्रयासको मार्गमा मानिसहरूले हरेक सत्यतामा समय र प्रयास लगाउँदैनन्, हरेक सत्यताबारे बुझ्दैनन्, जान्दैनन्, ज्ञान प्राप्त गर्दैनन् र अभ्यासको मार्ग भेट्टाउँदैनन् भने तिनीहरू कुनै पनि सत्यतामा प्रवेश गर्न सक्‍नेछैनन्। त्यो कुन तरिका हो जसमार्फत मानिसहरूले परमेश्‍वरलाई चिन्‍न पुग्छन्? यो तरिका सबै विविध सत्यताहरू बुझ्‍नु र त्यसमा प्रवेश गर्नु हो; एउटै मात्र तरिका यही हो। यसको साथै हरेक सत्यता कुनै प्रकारको सिद्धान्त वा ज्ञान वा दर्शन होइन; यो मानिसहरूको जीवन र तिनीहरूको अस्तित्वको अवस्था, तिनीहरू जुन स्थितिमा छन् ती स्थितिहरू र तिनीहरूले हरेक दिन सोच्ने कुराहरू, तिनीहरूको भ्रष्ट सारको प्रभुत्वमा तिनीहरूभित्र उत्‍पन्‍न हुने विभिन्‍न सोच, विचार, अभिप्राय र मनोवृत्तिहरूसँग सम्बन्धित कुरा हो। त्यसकारण हामीले कुरा गरिरहेका विषयहरू यिनै हुन्। जब तैँले यी विषयहरू पत्ता लगाई तिनलाई आफूसँग जोडेको हुन्छस्, जब अभ्यासका सिद्धान्तहरू पत्ता लगाएको हुन्छस्, जब तेरा फरक-फरक स्वभावले पैदा गर्ने विभिन्‍न स्थिति र दृष्टिकोणहरू चिनेको हुन्छस्, तब तैँले तीसँग सम्बन्धित सत्यताहरू साँच्‍चै बुझेको हुनेछस् र त्यसपछि मात्रै तैँले सत्यता सिद्धान्तहरू अनुसार सही रूपमा अभ्यास गर्न सक्‍नेछस्। यदि तैँले शाब्दिक रूपमा मात्रै यी वचनहरू बुझेको छस्, र ख्रीष्टविरोधीहरूको स्वार्थीपन र घृणितता परमेश्‍वरले खुलासा गर्नुभएको देख्‍दा तैँले यस्तो सोच्छस् भने “ख्रीष्टविरोधीहरू स्वार्थी र घृणित हुन्छन्, तर म अलिक निस्वार्थ छु; मसित दिनको लागि एकदमै धेरै प्रेम छ, म सहनशील छु, म विद्वानहरूको परिवारमा जन्मेको हुँ, मैले उच्च शिक्षा प्राप्त गरेको छु, म प्रसिद्ध व्यक्तित्व र उत्कृष्ट लेखहरूको प्रभावमा परेको छु, म स्वार्थी व्यक्ति होइन”—के यी कुराहरू भन्‍नु सत्यता स्विकार्नु हो? के यो आफूलाई चिन्‍नु हो? यो एकदमै स्पष्ट छ, तैँले यो खास सत्यता वा यो खास सत्यताले समावेश गर्ने विभिन्‍न स्थितिहरू बुझ्दैनस्। जब तैँले कुनै निश्‍चित सत्यतामा समेटिएका परमेश्‍वरले बोल्नु र खुलासा गर्नुभएका विभिन्‍न स्थितिहरू बुझ्छस्, जब तिनलाई आफूसँग तुलना गरेर अभ्यासका सही सिद्धान्तहरू पत्ता लगाउन सक्छस्, तब तैँले सत्यता अभ्यास गर्ने मार्ग हिँड्न थालेको हुनेछस् र तँ सत्यता वास्तविकतामा प्रवेश गरेको हुनेछस्। यदि तैँले यसो गरेको छैनस् भने तैँले केवल धर्मसिद्धान्त मात्रै बुझेको छस्; तैँले सत्यता बुझेको छैनस्। यो त हामीले भर्खरै कुरा गरेको विषय अर्थात् ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई कसरी लिन्छन् भन्‍ने कुराजस्तै हो। हामीले सङ्गति गरेका विभिन्‍न स्थिति, प्रकटीकरण र प्रकाशहरू सबै ख्रीष्टविरोधीका प्रकृति सार र स्वभावसँग सम्बन्धित छन्। यीमध्ये कति कुरा तैँले बुझ्छस्? तैँले तीमध्ये कतिलाई आफूसँग तुलना गरेको छस्? यो विषयभित्र समावेश रहेका तैँले बुझेका अभिव्यक्ति, विवरण र स्थितिहरू अरूसँग सम्बन्धित छन् कि तँ आफैसँग सम्बन्धित छन्? के यी स्थितिहरूसँग तेरो आफ्नो कुनै सम्बन्ध छ? के तैँले साँच्‍चै तिनलाई आफूसँग तुलना गरेको छस्, कि तैँले मन नलागी-नलागी तिनलाई स्विकारेको र तिनमा सहमति जनाएको मात्र छस्? यो कुरा सत्यताप्रतिको तेरो बुझाइ र मनोवृत्तिमा निर्भर हुन्छ। यी स्थितिहरूलाई आफूसँग जोड्नु भनेको तैँले सत्यता अभ्यास गर्न सक्‍ने हुनको लागि पूरा गर्नुपर्ने पूर्वसर्त मात्रै हो; यसको अर्थ तैँले पहिले नै यस्तो अभ्यास गर्न थालेको छस् भन्‍ने होइन। तर यदि तैँले यी स्थितिहरूलाई आफूसँग जोड्न सक्दैनस् भने सत्यता अभ्यास गर्ने कार्यसँग तेरो कुनै सम्बन्ध हुनेछैन। त्यसो भएको हुनाले जब तैँले प्रवचनहरू सुन्छस्, तब के सुन्छस्? तैँले नाटक मात्रै गर्नेछस्; तैँले परमेश्‍वरमा विश्‍वास गरेजस्तो देखिनेछ, तर तैँले वास्तवमा उहाँका वचनहरू अनुसार अभ्यास गरिरहेको हुनेछैनस्, र तँ उहाँका वचनहरूको वास्तविकतामा प्रवेश गर्न सक्‍नेछैनस्। तँ एक बाहिरी मानिस, सेवा गर्ने वस्तु र प्रतिभार मात्रै हुनेछस्। जब तिमीहरूले आफूलाई यी स्थितिहरूसँग कसरी तुलना गर्ने र मैले भनेका कुराहरूसँग सम्बन्धित विभिन्‍न स्थितिहरूलाई कसरी चिरफार गर्ने भन्‍ने सवाल आउँछ, यो तिमीहरूको आफ्नै ज्ञानमा निर्भर हुन्छ। मैले त गर्न सक्‍ने भनेकै तिमीहरूलाई यी वचनहरू बताउनु र यी वचनहरू प्रदान गर्नु मात्रै हो, बाँकी कुराको हकमा त तिमीहरू आफैले प्रयास गर्नुपर्छ। तिमीहरूले यी वचनहरू स्विकार्न सक्छौ कि सक्दैनौ भन्‍ने कुरा तिमीहरूको मनोवृत्तिमा निर्भर हुन्छ। कतिपय मानिस हृदयमा हठी हुन्छन्; तिनीहरूले सधैँ बहाना गरिरहेका हुन्छन् र आफ्नो हैसियत र प्रतिष्ठा रक्षा गर्ने प्रयास गरिरहेका हुन्छन्। तिनीहरूसँग स्पष्ट रूपमै समस्याहरू हुन्छन्, तर तिनीहरूले यी समस्याहरू देख्‍न सक्दैनन् र तिनलाई स्वीकार गर्दैनन्, तिनीहरूले अरूलाई खुलासा र चिरफार गर्ने कामसमेत आफ्‍नो हातमा लिन्छन्। परिणामस्वरूप ती अरू मानिसले चाहिँ यसबाट फाइदा पाउँछन्, तर तिनीहरू आफैले भने केही पनि प्राप्त गर्दैनन्। यी मानिस मूर्ख हुन्, होइनन् र? यो मूर्ख व्यवहार हो। प्रवचनहरू सुन्नुको उद्देश्य अरू मानिसलाई कसरी चिन्‍ने भनेर सिक्‍नु होइन, न त यो अरूको खातिर सुनिदिनु नै हो; यो त जे भनिएको छ त्यो कुरा तैँले नै सुन्‍न र प्राप्त गर्न सक् भनेर हो। तैँले परमेश्‍वरका वचन, सत्यता र प्रवचनहरू सुन्छस्, यसबाट तैँले सत्यता बुझ्छस्, जीवन प्राप्त गर्छस् र स्वभाव परिवर्तन हासिल गर्छस्। के अरू मानिससँग यसको कुनै सम्बन्ध हुन्छ र? यी वचनहरू तँसँग सम्बन्धित हुन्छन्। यदि तैँले यस्तो मनोवृत्ति अपनाइस् भने यी वचनहरूले तँलाई परिवर्तन गर्न सक्छन्, ती तेरो वास्तविकता बन्‍न सक्छन् र तिनले तँलाई स्वभाव परिवर्तन हासिल गर्न मदत गर्न सक्छन्।

यो पहिलो विषयमा हामीले ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई कसरी लिन्छन् भन्‍ने कुराका विभिन्‍न प्रकटीकरणहरूबारे कुरा गर्‍यौँ। एक हिसाबमा यो विषय सङ्गति गर्दा यसले तिमीहरूलाई ख्रीष्टविरोधीहरूको मनोवृत्ति कस्तो हुन्छ र यो मामिलामा तिनीहरूको प्रकृति सारका प्रकटीकरणहरू के-के हुन् भनेर बुझ्न मदत गर्छ; अर्को हिसाबमा यसले तिमीहरूलाई केही सकारात्मक मार्गदर्शन र चेतावनी दिन्छ। तिमीहरूले आफै सङ्गति गरेर बाँकी समस्याहरू समाधान गर्न सक्छौ; ती तिमीहरूका आफ्नै मामलाहरू हुन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्