विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग दस) खण्ड चार

मण्डलीमा कर्तव्य निर्वाह गरिरहेका कतिपय मानिसहरू प्राविधिक रूपमा कठिन रहेका काम लिन स्पष्ट रूपमा असक्षम हुन्छन्, तैपनि तिनीहरू त्यही समूहमा रहन जिद्दी गर्छन्। तिनीहरूले यससँग सम्बन्धित पेसागत सीप आफूले पहिले नै सिकेको छु, आफूले यो विशेषज्ञता बुझेको छु, र आफूलाई यो काम गर्न आउँछ भन्‍ने विश्‍वास गर्छन्, त्यसकारण तिनीहरू यो काम लिन जिद्दी गर्छन्। तिनीहरूले सत्यता बुझ्दैनन्, र त्यसमाथि, सत्यता नबुझेका कारणले तिनीहरूले अरूसँग सङ्गति वा काम गर्ने गर्दैनन्, झन् तिनीहरूले सत्यता सिद्धान्तहरू खोज्नु त धेरै परको कुरा हो, तिनीहरूले यसबारे बुझेको र जानेको जिद्दी गर्छन्। त्यसोभए, एकातिर पेसागत सीप जान्नु र काम कसरी गर्ने भन्‍ने थाहा हुनु, र अर्कोतिर सत्यता सिद्धान्तहरू बुझ्नुबीच के भिन्‍नता छ? पेसागत सीप र काम कसरी गर्ने भन्‍ने थाहा हुनुको अर्थ, व्यक्तिले सत्यता सिद्धान्तहरू बुझ्छ भन्‍ने हुन्छ? (हुँदैन।) कुनै आत्मिक बुझाइ नभएका यी मानिसहरूले पेसागत सीप जान्‍नु भनेको सत्यता सिद्धान्तहरू बुझ्‍नु हो भन्‍ने विश्‍वास गर्छन्, त्यसकारण तिनीहरूले पूर्ण साहसका साथ कार्य गर्न अग्रसरता जनाउने, कसैको कुरा नसुन्‍ने, र परमेश्‍वरको घरका नियमहरूअनुसार कार्य नगर्ने दुस्साहस गर्छन्। तिनीहरूले के विश्‍वास गर्छन् भने, यो तिनीहरूको आफ्‍नो मामला हो र यसमा अरू कसैले पनि हस्तक्षेप गर्न वा यसबारे कसैले सोध्न पाउँदैन—यो कार्य तिनीहरूले जस्तो गर्‍यो त्यस्तै हुनेछ, र तिनीहरूले जे गर्छन् त्यसैलाई नै मानकका रूपमा लिइन्छ। के ख्रीष्टविरोधीहरूले यसरी नै व्यवहार गर्दैनन् र? के यो गम्भीर समस्या होइन र? यदि व्यक्तिले पेसागत सीप मात्रै जानेको हुन्छ र सत्यता बुझेको हुँदैन भने, तिनीहरूले कर्तव्य निर्वाह गर्दा के-कस्ता परिणामहरू आउनेछन्? (तिनीहरूले मण्डलीको काममा बाधा ल्याउनेछन्।) बाधा मात्रै? के तिनीहरू अहङ्कारी र अभिमानी बन्नेछैनन् र? के तिनीहरूले परमेश्‍वरलाई लज्‍जित पार्ने कुराहरू गर्नेछैनन् र? (गर्नेछन्।) कर्तव्य निर्वाह गरेर, तैँले हासिल गर्नुपर्ने प्रभाव भनेको परमेश्‍वरको गवाही दिनु हो; तँ विशुद्ध रूपमा कुनै पेसामा मात्रै संलग्‍न हुँदैनस्, बरु तैँले कर्तव्य निर्वाहमार्फत परमेश्‍वरको गवाही दिने प्रभाव हासिल गर्छस्, र त्यसकारण त्यो पेसागत सीप तैँले निर्वाह गरिरहेको कर्तव्यको सेवामा मात्रै रहेको हुन्छ। पेसागत सीप सत्यताको प्रतिनिधित्व होइन, र पेसागत सीपमा दक्ष हुनुको अर्थ तैँले सत्यता बुझ्छस् वा तैँले सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्न सक्छस् भन्‍ने हुँदैन। कतिपय मानिसहरूले यसो भन्दै यसको विरोध गर्छन्, “म परमेश्‍वरको घरमा आएँ, मलाई यो पेसागत सीप थाहा छ, यसमा कसरी काम गर्ने मलाई थाहा छ, त्यसकारण परमेश्‍वरको घरले मलाई महत्त्वपूर्ण कार्यहरू दिनुपर्छ र मलाई उच्च मान्नुपर्छ। यसले मलाई लज्‍जित पार्नु वा मेरो पेसागत सीपको दायराभित्र पर्ने कुनै पनि कुरामा हात लाउनु हुँदैन। अरूलाई सिकाउने व्यक्ति म नै हुनुपर्छ। परमेश्‍वरको घरले मसँग सहकार्य गर्नको लागि काम गर्न नआउने मानिसहरूलाई काममा लगाउनु हुँदैन। यी मानिसहरू मसँग सहकार्य गर्न लायक छैनन्।” के यो सोच्ने सही तरिका हो त? (होइन।) अरू मानिसहरू तिनीहरूसँग सहकार्य गर्न लायक हुँदैनन्—के ख्रीष्टविरोधीले यसरी नै सोच्दैन र? यदि परमेश्‍वरको घरमा तँसँग सहकार्य गर्न लायक कोही छैन भने, के तँचाहिँ यो कर्तव्य निर्वाह गर्न लायक छस् त? तैँले आफूलाई को हुँ भन्ठान्छस्? के तँलाई सिद्ध पारिएको छ र? तँ यो कर्तव्य निर्वाह गर्न लायक छैनस्! परमेश्‍वरले तँलाई उत्थान गर्नुभएकोले मात्रै तैँले यो कर्तव्य निर्वाह गर्ने मौका पाएको होस्। तैँले कर्तव्य निर्वाह गर्ने सिद्धान्तहरू बुझ्नुपर्छ। तैँले अहिले परमेश्‍वरको गवाही दिइरहेको छस्, तँ कुनै पेसामा संलग्‍न भइरहेको छैनस्। तैँले जानेको त्यो थोरै पेसागत सीपलाई त सेवा प्रदान गराउनका लागि र यो कर्तव्यको सेवामा लगाउनका लागि मात्रै प्रयोग गरिन्छ। त्यसकारण, तैँले निर्वाह गर्ने कर्तव्य प्राविधिक रूपमा जति नै कठिन भए पनि, तैँले परमेश्‍वरको गवाही दिने प्रभाव हासिल गर्न सक्‍ने बन्‍नका लागि यसको हरेक भागमा सधैँ सत्यता सिद्धान्तहरूमा ध्यान दिनुपर्छ। यदि तैँले यो प्रभाव हासिल गर्न सक्दैनस् र तैँले निर्वाह गर्ने कर्तव्यले परमेश्‍वरलाई लज्‍जित पार्छ भने, तेरा प्राविधिक क्षमताको के काम हुनेछ र? के तिनको कुनै मूल्य हुनेछ र? अहँ, हुनेछैन। त्यसकारण, त्यो थोरै पेसागत सीप र प्राविधिक क्षमतालाई सत्यताका रूपमा नलिई—ती सत्यता होइनन् र ती कदर गरिन लायक हुँदैनन्। यदि परमेश्‍वरको घरले तँलाई प्रयोग नगरेको भए, यदि परमेश्‍वरले तँलाई नउठाउनुभएको भए, तेरो त्यो थोरै पेसागत सीप र प्राविधिक क्षमता व्यर्थ हुनेथ्यो। सत्यताका तुलनामा, ती कुराहरूको मूल्य एक पैसाको पनि हुँदैन!

ख्रीष्टविरोधीहरूको छलपूर्ण ढोँग मानिसहरूको हृदयमा स्थान पाउनका लागि तिनीहरूले प्रयोग गर्ने माध्यम हो भनेर भन्‍न सकिन्छ—तिनीहरूले मानिसहरूलाई बहकाउन र गलत मार्गनिर्देशन गर्नका लागि ढोँगका माध्यमहरू प्रयोग गर्छन्। यी मानिसहरूले ढोँग गर्न सक्छन् भन्‍ने कुराले तिनीहरूले आधारभूत रूपमा सत्यता स्वीकार गर्दैनन् वा मान्दैनन् भन्‍ने देखाउने मात्र होइन, बरु एउटा अझै वास्तविक व्याख्यासमेत यी मानिसहरूमा लागू गर्न सकिन्छ: तिनीहरूसँग कुनै आत्मिक बुझाइ हुँदैन। “तिनीहरूसँग कुनै आत्मिक बुझाइ हुँदैन” भन्‍नुको अर्थ के हो? यसको अर्थ तिनीहरूले परमेश्‍वरका वचनहरू वा सत्यता बुझ्दैनन्। अनि तिनीहरूले सत्यता नबुझ्‍ने हुनाले, परमेश्‍वरले कस्तो प्रकारका मानिसहरूलाई प्रेम गर्नुहुन्छ भन्‍ने तिनीहरूलाई थाहै हुँदैन, त्यसकारण तिनीहरूले यस्तो आत्मिक व्यक्तिको कल्पना गर्छन्, र त्यसपछि तिनीहरू नक्‍कल र ढोँगमा संलग्‍न हुन्छन्। तिनीहरूले यस्तो व्यक्तिले जस्तै व्यवहार गर्छन्, र त्यसो गर्दा मात्र तिनीहरूलाई परमेश्‍वर र अरूले मन पराउँछन् भन्‍ने विश्‍वास गर्छन्। वास्तवमा, यसको विपरीत भइदिन्छ, किनभने परमेश्‍वरले घृणा र निन्दा गर्नुहुने मानिसहरू ठ्याक्कै यस्तै मानिसहरू हुन्। त्यसकारण यस्तो व्यक्ति नबन्। यदि तँ पनि यस्तै व्यक्ति बन्‍न चाहन्छस् भने, यदि तँ यसरी प्रायजसो नक्‍कल र ढोँगमा संलग्‍न हुन्छस्, र यसरी मानिसहरूलाई बहकाउँछस् भने, तैँले ख्रीष्टविरोधीको मार्ग पछ्याइरहेको हुन्छस्। तैँले यसो भन्‍न सिक्‍नुपर्छ, “ममा कमजोरी छ, ममा नकारात्मकता छ, ममा भ्रष्ट स्वभावहरू छन्। म साधारण व्यक्ति हुँ, म कुनै विशेष व्यक्ति होइनँ। मैले नबुझ्ने र गर्न नजान्‍ने कुराहरू धेरै छन्। म बारम्बार कमजोर हुन्छु र शैतानको बहकाउमा पर्छु जसले गर्दा म शैतानको परीक्षामा पर्छु। प्राविधिक सीपहरू अध्ययन गर्ने विषयमा भन्दा, म बढीमा एक-दुई वटा सीपहरूमा निपुण हुन सक्छु, र मैले ती साधारण स्तरमा मात्र सिक्न सक्छु। मलाई यो थोरै पेसागत सीप थाहा छ, र मसँग यो थोरै विशेष सीप छ। म साधारण व्यक्ति हुँ, म उच्च क्षमता भएको व्यक्ति होइनँ, र मेरो बोधक्षमता पनि ठिकठिकै छ। सत्यताका हिसाबमा भन्दा, म सङ्गतिमा परमेश्‍वरले दिनुभएका कुराहरूजति मात्रै बुझ्छु। परमेश्‍वरले उदाङ्गो नपार्नुभएका वा स्पष्ट रूपमा व्याख्या नगर्नुभएका कुनै कुरा म बुझ्न सक्दिनँ, र मेरो क्षमता ठीकठीकै मात्र छ। दाजुभाइ-दिदीबहिनीहरूले मलाई मण्डली अगुवा वा टोली अगुवाका रूपमा छनौट गर्छन्, र यो परमेश्‍वरले मलाई उत्थान गर्नुभएको हो, र म अरूभन्दा असल भएकोले होइन। मसँग घमन्ड गर्ने केही छैन।” के तिमीहरूले यस्तो कुरा भन्‍न सक्छौ? के तिमीहरूले कहिल्यै यस्तो कुरा भनेका छौ? के तैँले हृदयमा यस्तो तरिकाले विचार गर्छस्? यदि तँलाई सधैँ हृदयमा तँ महान्, असाधारण, अरूभन्दा माथि रहेको, लाखौँमा एक भएको, जुनसुकै समूहमा भए पनि तँ विशेष, र उत्कृष्ट रहेको महसुस हुन्छ भने, तैँले एक-दुई महिना मानिसहरूको समूहमा बिताएमा, तेरा विशेष सीप, प्रतिभा, क्षमता, र बोधक्षमता सबैले देख्‍न सक्छन् र ती साधारण मानिसहरूको भन्दा राम्रा छन् भनेर थाहा पाउन सक्छन् भन्‍ने लाग्छ भने—यदि तैँले सधैँ यसरी आफ्नो हृदयमा आफूलाई मापन गर्छस् र स्थान दिन्छस् भने, तँ ठूलो खतरामा र धेरै समस्यामा हुन्छस्।

सारा मानवजातिमाझ सत्यतालाई साँचो रूपमा बुझ्न सक्‍ने मानिसहरू अत्यन्तै थोरै हुन्छन्, कुनै पनि सिद्ध मानिसहरू हुनु वा सबै कुरा गर्न सक्‍ने मानिसहरू हुनु त झन् परको कुरा हो—सबै जना साधारण मानिसहरू नै हुन्छन्। कतिपय मानिसहरूले आफू साधारण व्यक्ति होइनँ भन्‍ने सोच्छन्, त्यसोभए यो विचार कसरी आउँछ? तिनीहरू कुनै कुरामा दक्ष भएको तथ्यबाट यो कुरा आएको हुन्छ; कति जना गायनमा, कति जना अभिनयमा, कति जना प्राविधिक सीपमा, कति जना शारीरिक श्रममा, कति जना सामाजिक अन्तरक्रियामा, कति जना राजनीतिमा, कति जना व्यापार, र आदि इत्यादि कुरामा दक्ष हुन्छन्। यीमध्ये कुनै पनि कुरासँग सत्यताको कुनै सम्बन्ध हुँदैन, तैपनि तिनले प्रायजसो तँलाई गलत बुझाइ प्रदान गर्छन् र तँ अरूभन्दा माथि छस् भनेर गलत रूपमा सोच्‍न लगाउँछन्। यी कुराहरूले तँलाई अरूभन्दा माथि छस् भनेर गलत रूपमा सोच्ने बनाउनु किन गलत हो? तँ दक्ष रहेका यी कुराहरू र यो तथाकथित “अरूभन्दा माथि उठ्नु” को अर्थ तैँले सत्यता बुझ्न सक्छस्, सत्यता बुझ्नमा तैँले साधारण मानिसहरूलाई उछिन्न सक्छस्, वा परमेश्‍वरको मुक्ति र सिद्ध पारिने कार्य पछ्याउने सन्दर्भमा तैँले अनुकूल सर्तहरू पूरा गरेको छस् भन्‍ने हुँदैन—तिनको अर्थ यी कुराहरू हुँदैनन्। यो मामला तिमीहरूले स्पष्ट रूपमा पहिचान गर्नुपर्छ! परमेश्‍वरले आफ्ना वचनहरू बोल्न र आफ्नो काम गर्न सुरु गर्नुभएको समयदेखि अहिलेसम्म, उहाँले अनगिन्ती वचनहरू बोल्नुभएको छ र अनगिन्ती कामहरू गर्नुभएको छ, तर पनि के सारा भ्रष्ट मानवजातिमध्येबाट एउटा व्यक्तिले समेत उहाँ सृष्टिकर्ता हुनुहुन्छ र उहाँले बोल्नुहुने वचनहरू सत्यता हुन् भन्‍ने कुरा परमेश्‍वरका वाणीहरूबाट देखेको छ र? के एउटा व्यक्तिले समेत परमेश्‍वरका वचनहरूमा उहाँको पहिचान र हैसियत देख्न र परमेश्‍वरको पहिचान र हैसियतको गवाही दिन खडा हुन सक्छ र? एक जनाले पनि सक्दैन! यो तथ्यले के प्रमाणित गर्छ भने, सारा मानवजातिको क्षमता, दिमाग, र धारणाका हिसाबमा भन्‍नुपर्दा, तिनीहरूले सत्यता बुझ्‍नका लागि आवश्यक पर्ने सर्तहरू पूरा गर्दैनन्, सबै मानवजातिमा शैतानको भ्रष्ट स्वभाव हुन्छ भन्‍ने तथ्यलाई त उल्‍लेख नै नगरौँ। कतिपय मानिसहरूले भन्छन्, “यदि हामी सत्यता बुझ्ने आवश्यक सर्तहरू पूरा गर्दैनौँ भने, अहिले हामीले कसरी अलिकति सत्यता बुझेका छौँ त?” के मैले यसबारे अति धेरै कुरा बताएकोले होइन र? मैले यति धेरै कुरा बोलेको छु कि मलाई बोल्‍नसमेत मन लाग्दैन र म बोल्दा-बोल्दा दिक्क भएको छु। जबजब म तिमीहरूसँग बोल्छु र सङ्गति गर्छु, तबतब मैले विषयहरूलाई मुख्य विषयहरू, मध्य विषयहरू, र उपविषयहरूमा विभाजित गरेर, निरन्तर विस्तृत रूपमा कुराहरूको व्याख्या गर्नुपर्छ, र पनि तिमीहरूले बुझ्दैनौ, त्यसकारण तिमीहरूको क्षमता कस्तो होला त? कतिपय मानिसहरू त अझै पनि अत्यन्तै अहङ्कारी र आत्मधर्मी हुन्छन्, तर तँसँग अहङ्कारी हुनका लागि के नै छ र? मलाई थाहा छ, तिमीहरूमध्ये धेरैजसोमा कुनै पनि प्रशंसनीय कुरा छैन। यति धेरै वर्षदेखि प्राविधिक काम गरिसकेपछि, तिमीहरूमध्ये कति जनाले साँचो रूपमा सत्यता सिद्धान्तहरू बुझ्छौ, सत्यता सिद्धान्तहरू पछ्याउन सक्छौ, र सत्यता सिद्धान्तहरू अनुसार आफ्ना कार्य गर्न सक्छौ? तिमीहरूले कुनै पनि कार्य राम्ररी गर्दैनौ, चाहे त्यो काम जेसुकै होस्, र सधैँ कामकुराहरू कसरी गर्ने भनेर माथिले तिमीहरूलाई व्यक्तिगत रूपमा निर्देशन दिनुपर्छ। यदि दिएनन् भने, केही पनि सही हुँदैन, र यदि माथिले फलोअप नगरी र कसरी गर्ने भनेर निर्देशन नदिई कुनै काम अघि बढ्यो भने, समस्याहरू देखा पर्छन्। मलाई भन् त, के त्यस्ता मानिसहरूमा घमन्ड गर्ने कुनै कुरा हुन्छ? अहँ, हुँदैन, तैपनि तिनीहरूले हरेक हिसाबमा म सिद्ध छु, आत्मिक छु, महान् छु, र सर्वोच्च मानिस हुँ भनेर ढोँग गर्छन्—के तिनीहरू लाज पचेका मानिसहरू होइनन् र? तिमीहरू साँच्‍चै नै झन्झटिला छौ! मैले जुनसुकै विषय सङ्गति गरे पनि, मैले यसलाई विस्तृत रूपमा सङ्गति गर्नुपर्छ, जति विस्तृत रूपमा सङ्गति गर्‍यो त्यति राम्रो हुन्छ। कुनै कुरालाई अलिक सरल रूपमा व्याख्या गरेर हुँदैन। मानिसहरूको क्षमता र थोरै बोधक्षमता यस्तै हुन्छ; तिनीहरू चरम रूपमा दयनीय हुन्छन् र पनि तिनीहरूले अझै आफू महान् छु भन्‍ने विश्‍वास गर्छन्। म यो पक्षबारे मेरो सङ्गति यहीँ समाप्त गर्छु।

(३) सबैमाथि हाबी भएर

अब हामी तेस्रो पक्ष: सबैमाथि हाबी भएर भन्‍नेबारे सङ्गति गर्नेछौँ। ख्रीष्टविरोधीहरूले चाहे जे गरे पनि, तिनीहरू सधैँ सबैमाथि हाबी हुन चाहन्छन्—तिनीहरूको प्रकृतिको सबैभन्दा प्रमुख प्रकटीकरण यही हो। जब कोही सबैमाथि हाबी हुन चाहन्छ, तब यो समस्या अत्यन्तै गम्भीर हुन्छ, र त्यस्ता सबै मानिसहरू वास्तविक ख्रीष्टविरोधीहरू हुन्। “सबैमाथि हाबी हुनु” को अर्थ के हो? ख्रीष्टविरोधीहरूसँग शैतान, अर्थात् प्रधान स्वर्गदूतको सार हुन्छ; तिनीहरू जन्मजात रूपमै सामान्य वा साधारण मानिसहरू बन्‍न अनिच्छुक हुन्छन्। यदि तिनीहरूलाई साधारण मानिसहरू बन्‍न, साधारण जीवन जिउन लगाइयो भने, तिनीहरू त्यसो गर्न अनिच्छुक हुनेछन् र त्यसप्रति असन्तुष्ट हुनेछन्, र तिनीहरू निरन्तर सङ्घर्षमा हुनेछन्। तिनीहरू किन निरन्तर सङ्घर्षमा हुनेछन्? किनभने तिनीहरूले अरू मानिसहरूलाई देखाउनका लागि तरङ्ग पैदा गर्न र केही चलाकीहरू प्रयोग गर्न चाहन्छन्, ताकि स्वर्ग र पृथ्वीबीच तिनीहरूजस्तो शीर्षस्तरको व्यक्ति छ भन्‍ने कुरा अरूलाई थाहा होस्। तिनीहरू नाम कमाउन चाहन्छन्, ताकि गैरविश्‍वासीहरूले भनेजस्तै, तिनीहरू कुवामा नअटाउने ठूला माछा हुन् भन्‍ने कुरा अरूलाई थाहा होस्। कुवामा नअटाउने यी माछाहरू कस्ता चीजहरू हुन्? तिनीहरू दुष्ट आत्माहरू, अशुद्ध पिशाचहरू, प्रधान स्वर्गदूतहरू, शैतानहरू, र दियाबलसहरू हुन्। ख्रीष्टविरोधीहरू अन्तर्निहित रूपमै आफ्नो जीवनको नियतिमा सन्तुष्ट भएर, साधारण व्यक्तिको जीवन जिउँदै आफ्‍ना दिनहरू बिताउन चाहँदैनन्; तिनीहरू चुपचाप आफ्नो कर्तव्य गर्दैनन् वा शिष्ट व्यवहार गर्ने साधारण मानिसहरूजस्तो व्यवहार गर्दैनन्—तिनीहरू त्यस्तो हुनमा सन्तुष्ट हुँदैनन्। त्यसकारण, तिनीहरूले बाहिरी रूपमा, जस्तो व्यवहार गरे पनि, आफ्नो गहनतम हृदयमा तिनीहरू आफूले जीवनमा पाएको भाग्यप्रति सधैँ असन्तुष्ट महसुस गर्छन् र तिनीहरूले केही निश्‍चित कुराहरू गर्नेछन्। के कुराहरू? तिनीहरूले सामान्य मानिसहरूले कहिल्यै सोच्न नसक्‍ने निश्चित कुराहरू गर्नेछन्। तिनीहरू चर्चामा हुन मन पराउँछन् र तिनीहरू केही कष्ट सहन र अलिकति मूल्य चुकाउन हिचकिचाउने छैनन्। एउटा भनाइ छ: “नयाँ म्यानेजर आफ्‍नो प्रभाव छोड्न साह्रै इच्छुक हुन्छ।” ख्रीष्टविरोधीहरू अगुवा बनेपछि, तिनीहरूलाई आफू साधारण व्यक्ति होइन भन्‍ने प्रमाणित गर्न केही चमत्कार गर्नुपर्छ र “आफ्‍नो करियरमा केही उपलब्धिहरू” प्राप्त गर्नुपर्छ भन्‍ने लाग्छ। यहाँ सबैभन्दा गम्भीर समस्या के हो? तिनीहरूले मण्डलीमा काम गरिरहेका भए पनि, र तिनीहरूले कर्तव्य पूरा गरेको नाटक गरे पनि, तिनीहरूले कसरी कर्तव्य पूरा गर्ने वा मण्डलीको काम कसरी राम्ररी गर्ने भनेर परमेश्‍वरबाट कहिल्यै पनि खोजी गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरको घरका नियमहरू के-के हुन्, सत्यता सिद्धान्तहरू के-के हुन्, वा परमेश्‍वरको घरको काम र दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुग्‍ने, परमेश्‍वरलाई लज्‍जित नपार्ने, परमेश्‍वरको गवाही दिने, मण्डलीको काम सहज रूपमा अघि बढ्ने तुल्याउने, र आफ्नो काममा कुनै लापरवाह गल्तीहरू देखा नपर्ने कुरा सुनिश्‍चित गर्ने तरिकाले कसरी काम गर्ने भनेर निधो गर्ने प्रयास गम्भीरतापूर्वक नै गर्छन्। तिनीहरूले यी कुराहरूबारे कहिल्यै प्रश्‍न सोध्दैनन् र यी कुराहरूबारे कहिल्यै सोधपुछ गर्दैनन्—तिनीहरूको हृदयमा यी कुराहरू हुँदैनन्, र तिनीहरूको हृदय यी कुराहरूले भरिएको हुँदैन। त्यसोभए, तिनीहरूले केबारे सोधपुछ गर्छन् त? तिनीहरूको हृदय के कुराले भरिएको हुन्छ? यो तिनीहरूले कसरी आफ्नो प्रतिभा प्रदर्शन गर्न, आफू अरूभन्दा फरक रहेको देखाउन, र मण्डलीमा आफ्नो अगुवाइ शैली प्रदर्शन गर्न सक्छन् भन्‍ने सोचले भरिएको हुन्छ, ताकि अरू मानिसहरूले तिनीहरू मण्डलीका खम्बा हुन्, र मण्डली तिनीहरूविना रहन सक्दैन, र तिनीहरू भए मात्रै मण्डलीको सबै काम सहज रूपमा अघि बढ्न सक्छन् भन्‍ने कुरा देख्‍न सकून्। ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरू, र तिनीहरूका कार्यहरूको प्रेरणा र मौलिक आवेगका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूले आफूलाई कुन स्थानमा राख्छन्? तिनीहरूले आफूलाई सबै कुरामाथि हाबी हुने स्थानमा राख्छन्। अनि यो कुरा कसरी प्रकट हुन्छ? (तिनीहरू सबैप्रति अवज्ञाकारी हुन्छन् र सधैँ अन्तिम निर्णय आफै गर्न, र अरूलाई आफूले भनेकै कुरा गर्न लगाउँछन्।) तिनीहरू सबैप्रति अवज्ञाकारी हुनुमा एउटा समस्या छ; यसमा एउटा लुकेको अर्थ छ। त्यो के हो भने, जब तिनीहरूले मण्डलीको काम गर्छन्, तब तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका हुँदैनन्, न त तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गरिरहेका हुन्छन्, त्यसकारण तिनीहरूलाई सत्यता सिद्धान्तहरू खोजी गर्नु, र मण्डलीका नियमहरू के-के हुन् वा परमेश्‍वरको घरले के-कस्ता सिद्धान्तहरू माग गर्छ भनेर पत्ता लगाउने झमेला लिनु आवश्यक छैन भन्‍ने लाग्छ—तिनीहरूले मैले भनेको कुनै पनि कुरामा समेत कुनै ध्यान दिँदैनन्। तिनीहरूले के-कस्ता सिद्धान्तहरू पालना गर्छन्? तिनीहरूले आफ्नो उद्यम अघि बढाउन मण्डलीको सेवा गर्ने र दाजुभाइ-दिदीबहिनीहरूको सेवा गर्नेजस्ता सिद्धान्त र प्रेरनाहरू पालना गर्छन्। जबसम्‍म तिनीहरूले मण्डली र दाजुभाइ-दिदीबहिनीहरूमाझ स्थान पाउन, र प्रतिष्ठा पाउन अनि निर्णय गर्ने शक्ति हात पार्न सक्छन्, तबसम्‍म त्यो नै पर्याप्त हुन्छ, र तिनीहरूले कर्तव्य पूरा गर्नुको तथाकथित “नतिजा” हासिल गरेका हुन्छन्। अनि, तिनीहरूको उद्देश्य के हुन्छ? यो सृजित प्राणीको कर्तव्य पूरा गर्नु वा परमेश्‍वरको बोझलाई ख्याल गर्नु होइन, बरु मण्डलीको सेवा गर्नु र दाजुभाइ-दिदीबहिनीहरूको सेवा गर्नु, र यसो गर्दै गर्दा, यी सबै कामकुराहरू नियन्त्रण गर्नु भन्‍ने हुन्छ। तिनीहरूले यी सबै कुराहरू नियन्त्रण गर्न चाहन्छन् भनेर म किन भन्छु त? किनभने जब तिनीहरूले कामकुरा गरिरहेका हुन्छन्, तब सुरुमा तिनीहरूले आफ्नै लागि दह्रिलो ठाउँ प्राप्त गर्ने गर्छन्, निश्‍चित प्रसिद्धि प्राप्त गर्ने गर्छन्, अनि तिनीहरूको प्रतिष्ठा बढ्छ, र तिनीहरूले हुकुम दिने र निर्णय गर्ने शक्ति प्राप्त गर्छन्, र त्यसपछि तिनीहरूले परमेश्‍वरलाई केवल थपना बनाएर परमेश्‍वरको स्थान लिन सक्छन्। आफ्नो प्रभावको दायराभित्र, तिनीहरूले देहधारी परमेश्‍वरलाई एउटा थपना, र कठपुतली मात्रै बनाउँछन्, र यही नै “सबैमाथि हाबी हुनु” को अर्थ हो। के ख्रीष्टविरोधीहरूले यही गर्दैनन् र? ख्रीष्टविरोधीहरूले यसरी नै व्यवहार गर्छन्। मानिसहरूको अनुमोदन पाउन र अझै धेरै मानिसहरूको ध्यान आकर्षित गर्नका लागि, ख्रीष्टविरोधीहरूले कर्तव्य पूरा गर्ने अवसरलाई आफ्नो वरदान र प्रतिभा पूर्ण रूपमा देखाउन, र आफ्नो अद्वितीय सोच र कार्यहरू प्रदर्शन गर्नमा प्रयोग गर्छन्। त्यसपछि तिनीहरूले मण्डलीमा हुकुम दिने, निर्णय गर्ने, र विभिन्‍न कुरा नियन्त्रण गर्ने शक्ति प्राप्त गर्छन्, र यसले धेरै मानिसहरूलाई तिनीहरूलाई पालन गर्ने र तिनीहरूमा समर्पित हुने बनाउँछ, अनि परमेश्‍वरचाहिँ बाहिरिया व्यक्ति बन्‍नुहुन्छ—के यसो गरेर तिनीहरूले परमेश्‍वरलाई थपना बनाइरहेका हुँदैनन् र? ख्रीष्टविरोधीहरूले आफ्नो व्यवहारद्वारा हासिल गर्न चाहने उद्देश्य यही हो, र ख्रीष्टविरोधीहरूले शासन गर्ने कुनै पनि स्थानमा अन्ततः हुने पनि यही हो।

यदि कुनै मण्डलीमा ख्रीष्टविरोधी शक्तिमा छ भने, त्यहाँका दाजुभाइ-दिदीबहिनीहरू कस्तो स्थितिमा हुनेछन्? तिनीहरूले ख्रीष्टविरोधीले भनेको कुरा मात्रै गर्नेछन्, तिनीहरू आफूले गर्ने सबै कुरामा प्रावधानहरूमा टाँसिने मात्रै गर्नेछन्, तिनीहरूले सत्यता बुझ्नेछैनन्, र सत्यता खोजी गर्नेछैनन्। तिनीहरूले जति धेरै कष्ट भोगे पनि वा तिनीहरूले जति ठूलो मूल्य चुकाए पनि, तिनीहरूले जीवन प्रवेशमा कुनै प्रगति गर्नेछैनन्। यदि म त्यस्तो मण्डलीमा गएँ भने मलाई पनि इन्कार गरिनेछ। तिनीहरूमाझ, यो ख्रीष्टविरोधी नामको अगुवा त हुन्छ, तर वास्तवमा यो ख्रीष्टविरोधी तिनीहरूको मालिक र तिनीहरूको देवता बनिसकेको हुन्छ। ख्रीष्टविरोधीले नियन्त्रण गरेको कुनै पनि मण्डलीमा, सत्यता र परमेश्‍वरलाई केवल थपनामा परिणत गरिएको हुन्छ। ख्रीष्टविरोधी सबै कुरामाथि हाबी हुनु भनेको यही हो। के यो गम्भीर कुरा होइन र? जब मण्डलीका मानिसहरूलाई ख्रीष्टविरोधीले नियन्त्रण गर्छ, र जब बाहिरी मानिसहरू त्यहाँ काम गर्न जान्छन्, तब के यी मानिसहरूले बोल्दा र व्यवहार गर्दा आफ्नो मालिकको इशाराअनुसार चल्‍नुपर्दैन र? तिनीहरू एकीकृत कमानअन्तर्गत हुन्छन्, तिनीहरू एकमत भई काम गर्छन्, र कसैले पनि बढी बोल्ने आँट गर्दैन। तिनीहरूको मालिकले एकपटक मात्रै हेरेपछि नै, यी मानिसहरूलाई त्यसको अर्थ के हो भन्‍ने थाहा भइहाल्छ, र त्यसपछि तिनीहरूले त्यहीअनुसार काम गर्छन्। यदि मैले तिनीहरूलाई कुनै कुरा सोधेँ भने, तिनीहरूले एकअर्कासँग आफ्नै छुट्टै भाषामा कुराकानी गर्छन्। यसको अर्थ तिनीहरूले के भनिरहेका हुन् भन्‍ने कुरा मलाई थाहा दिन चाहँदैनन्, तिनीहरू मबाट तर्कन चाहन्छन्, र तिनीहरूले मलाई बाहिरिया व्यक्तिका रूपमा लिन्छन्। के यो समस्या होइन र? तिनीहरू मबाट तर्कन चाहनुको प्रकृति के हो? यो ख्रीष्टविरोधीको स्वभाव र सार हो—तिनीहरू मण्डली र मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छन्। ख्रीष्टविरोधीहरूले जेसुकै गरे पनि, तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार बिलकुलै काम गर्नेछैनन्, परमेश्‍वरको घरका हितहरूलाई ख्याल गर्नु त झन् धेरै परको कुरा हो; तिनीहरूले आफ्नै राज्य स्थापना गर्ने र आफ्नै उद्यममा संलग्‍न हुने प्रयास मात्र गरिरहेका हुन्छन्। यो कसरी आफ्नो कर्तव्य पूरा गर्नु भयो त? यो त तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने बहानामा आफ्नै राज्य स्थापना गर्नु हो। ख्रीष्टविरोधीहरूमा यस्तो प्रकृति हुने भएकोले, तिनीहरूले व्यक्तिपरक रूपमा हैसियतलाई प्रेम गर्छु र हैसियत चाहन्छु भनेर नभने पनि, तिनीहरूले कुनै काम गर्नेबित्तिकै र हात फैलाउनेबित्तिकै, तिनीहरू हतार-हतार ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिहाल्छन्, तिनीहरूको पैशाचिक प्रकृति प्रकाश भइहाल्छ, र तिनीहरूले आफ्नै राज्यहरू स्थापना गर्ने प्रयास गरिहाल्छन्। तिनीहरूले कुनै कुरा गर्नेबित्तिकै, तिनीहरू आफ्नै उद्यममा संलग्‍न हुन खोजिहाल्छन्; तिनीहरूले कुनै काम गर्नेबित्तिकै, तिनीहरू आफ्नै माध्यम र विधिहरू अनुसार अघि बढ्न खोजिहाल्छन्। जब माथिले कुनै प्रबन्ध मिलाउँछन् र यो कुरा तिनीहरूकहाँ पुग्छ, ख्रीष्टविरोधीहरूले यसलाई लागू गर्दैनन्, बरु यसबारे अध्ययन गर्छन्, विचार-विमर्श गर्छन्, र सङ्गति गर्छन्। यसबारे सङ्गति गर्नुको पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? यसलाई लागू गर्ने कि नगर्ने, र यो गर्न मिल्छ कि मिल्दैन भनेर हेर्न सबैसँग छलफल गर्न लगाउनु—यसलाई लागू गर्न होइन। परमेश्‍वरले भन्‍नुहुने र गर्नुहुने सबै कुरा सत्यता हो, तर यो कुरा ख्रीष्टविरोधीकहाँ पुगेपछि बदलिन्छ, र यो उसले अध्ययन गर्ने कुरा बन्छ। उसले यसबारे अध्ययन, विश्‍लेषण, र छलफल गर्छ, र अन्त्यमा, सबैलाई परमेश्‍वरले मानिसबाट गर्नुहुने मागहरू अनि परमेश्‍वरका प्रबन्धहरू नकार्न लगाउँछ। तिनीहरूले हृदयमा सोच्छन्, “तपाईँ सत्यता हुनुहुन्न, साधारण व्यक्ति मात्रै हुनुहुन्‍छ। तपाईँले भनेको कुराको कुनै महत्त्व हुँदैन, र यदि तपाईँले मेरो अधिकार क्षेत्रमा पर्ने कुराबारे अन्तिम निर्णय गर्न चाहनुहुन्छ भने, यो कुरा बिर्सिनुहोस्! अहिले यहाँको प्रमुख म हुँ, त्यसकारण सबैले मैले भनेको मान्नुपर्छ। हुकुम चलाउने र निर्णय गर्ने पूर्ण शक्ति मसँग छ, र तपाईँ त यहाँ थपना मात्र बन्न सक्‍नुहुन्छ। मेरो काम र प्रभावको दायराभित्र रहेका सबै कुरामा मैले नै अन्तिम निर्णय गर्नुपर्छ। तपाईँले सत्यता बुझ्‍नुभए पनि, र तपाईँले भन्‍नुभएको सबै कुरा सत्यता नै भए पनि, त्यसले ममा काम गर्नेवाला छैन!” यो एउटा ख्रीष्टविरोधी र दियाबलस हो, होइन र? त्यसकारण, जब मण्डलीका कामका प्रबन्धहरू, माथिका मागहरू, र सत्यता सिद्धान्तहरू ख्रीष्टविरोधीको क्षेत्रमा पुग्छन्, तब ती किमार्थ लागू हुँदैनन्। ती कुराहरू लागू नहुने अवस्थाबारे के गर्न सकिन्छ? जब कुनै मण्डलीले तिनलाई लागू गर्दैन, तब यसको अर्थ त्यहाँका अगुवा र कामदारहरूमा केही समस्या छ, र ती ठेस लाग्‍ने ढुङ्गा र अवरोधहरूलाई तह लगाइनुपर्छ भन्‍ने हुन्छ। के तँलाई परमेश्‍वरको घरले तँलाई केही गर्न सक्दैन भन्‍ने लाग्छ? यदि परमेश्‍वरको घरले तँलाई प्रयोग गर्न सक्छ भने, यसले तँलाई तह पनि लगाउन सक्छ। के तँलाई यो ठाउँ बाह्य संसार हो जस्तो लाग्छ? तँलाई के लाग्छ, यदि तँसँग प्रभाव छ, तैँले तानाशाहले जस्तो व्यवहार गरिस्, र तँ पर्याप्त रूपमा क्रूर, निरङ्कुश, र द्वेषपूर्ण भइस् भने, के कसैले पनि तँलाई केही गर्न सक्दैन? यदि त्यस्तो लाग्छ भने, तँ गलत छस्! यो परमेश्‍वरको घर हो, परमेश्‍वरको घर सत्यताद्वारा शासित हुन्छ, र यसले सिद्धान्तअनुसार मानिसहरूलाई व्यवहार गर्छ। परमेश्‍वरको घरले तँलाई प्रयोग गर्न सक्छ, र परमेश्‍वरको घरले तँलाई प्रयोग नगर्न र हटाउन पनि सक्छ—तँलाई प्रयोग गरिन्छ कि गरिँदैन भन्‍ने कुरा परमेश्‍वरको एउटा वचनले निर्धारित गर्छ। यदि तैँले यहाँ अनुचित तरिकाले बाधा र अवरोध दिइस् भने, तँलाई अन्ततः हटाइनेछ; यदि तैँले सेवा प्रदान गर्ने प्रयास गरिस् भने, यदि तैँले यहाँ बसेर आफ्नो स्थान चिनिस् र उचित व्यवहार गरिस् भने, परमेश्‍वरको घरले सेवा प्रदान गर्न लगाउनका लागि तँलाई राख्नेछ र तैँले दिने सेवा कस्तो हुन्छ भनेर हेर्नेछ।

ख्रीष्टविरोधीहरूले आफ्नै राज्य स्थापना गर्नुको सार भनेको सबैमाथि हाबी हुनु, परमेश्‍वरलाई बेवास्ता गर्नु, सत्यतालाई बेवास्ता गर्नु, र मण्डलीका नियमहरूलाई बेवास्ता गर्नु हो। तिनीहरूले “मण्डली” भन्‍ने नामलाई मात्रै सेवा गर्छन्, “परमेश्‍वरको घर” भन्‍ने पदनामलाई मात्रै सेवा गर्छन्, र तिनीहरूले “दाजुभाइ-दिदीबहिनीहरू” भनिने मानिसहरूको समूहलाई मात्रै सेवा गर्छन्, तर तिनीहरूले सृजित प्राणीको कर्तव्य कहिल्यै पूरा गर्दैनन्, तिनीहरूले परमेश्‍वरलाई पछ्याउने वा तिनीहरू उहाँका वचनहरूमा समर्पित हुने त कुरै नगरौँ—यो त तिनीहरूले आफ्नै राज्य स्थापना गरिरहेका हुन्। ख्रीष्टविरोधीहरूको सार यही हो, र यो सार सबैमाथि हाबी हुने सार हो। अब, के यो सारलाई निन्दा गरिन्छ कि अनुमोदन गरिन्छ? (निन्दा गरिन्छ।) अनि यसलाई निन्दा गरिने हुनाले, तिमीहरूमाझ ती मानिसहरूलाई इन्कार गरिनुपर्छ। कतिपय अलमल्ल, अज्ञानी, र अन्धा मानिसहरूले त्यस्ता मानिसहरू देख्दा तिनीहरूलाई पछ्याउँछन्, प्रशंसा गर्छन्, आदर गर्छन्, र आराधना गर्छन्, र तिनीहरूअघि झुक्न समेत चाहन्छन्—तिनीहरू कति मूर्ख हुन्छन्! ख्रीष्टविरोधीहरूले तँलाई कहाँ अगुवाइ गर्न सक्छन्? जब तिनीहरूले तँलाई अगुवाइ गर्छन्, तब यो ठूलो रातो अजिङ्गरले तँलाई अगुवाइ गरेजस्तै हुन्छ, र तिनीहरूले तँलाई खाडलमा वा अतल कुण्‍डमा नहालुन्जेल रोकिनेछैनन्। तिनीहरूले तँलाई पूर्ण रूपमा बरबाद गरेपछि, तिनीहरूले तँलाई लात हान्‍नेछन्; तैँले केही पनि प्राप्त गर्नेछैनस्, र तैँले परमेश्‍वरमा विश्‍वास गरेको व्यर्थ हुनेछ। यदि तिमीहरू अन्धा छौ र यी मानिसहरूलाई छर्लङ्गै देख्‍न सक्दैनौ, र तिमीहरूले यी मानिसहरूलाई पालन गर्छौ, तिनीहरूमा समर्पित हुन्छौ, र तिनीहरूलाई पछ्याउँछौ भने, तिमीहरू अत्यन्तै अज्ञानी छौ, र तिमीहरू मर्न लायक छौ। त्यसोभए, यदि तिमीहरूले त्यस्तो व्यक्तिलाई सामना गऱ्यौ भने, के गर्नुपर्छ? जब तिमीहरूले मण्डलीमा ढोँग र नक्‍कल गर्ने, कुनै पनि काम गर्दा सबैमाथि हाबी हुने, सत्यतालाई तिरस्कार गर्ने, परमेश्‍वरलाई तिरस्कार गर्ने, र मण्डलीका नियमहरूलाई तिरस्कार गर्ने कसैलाई भेट्छौ, तब सबैले त्यसलाई काटछाँट र इन्कार गर्ने अडान लिनुपर्छ। यदि त्यसले परमेश्‍वरको घरमा शिष्ट रूपमा श्रम गर्न सक्छ भने, त्यसलाई श्रम गराउनका लागि राख; यदि त्यसले शिष्ट व्यवहार गर्दैन र सधैँ अनुचित रूपमा अवरोध दिइरहेको हुन्छ भने, तिमीहरूले परमेश्‍वरको घरका प्रशासनिक आदेशहरू लागू गरेर त्यसलाई पखाल्नुपर्छ।

मे २३, २०२०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्