विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग दस) खण्ड एक

आ. ख्रीष्टविरोधीहरूका हितहरू

घ. तिनीहरूका सम्भावना र नियति

हामीले हाम्रो पछिल्‍लो भेलामा कुन विषयबारे सङ्गति गर्‍यौँ? (परमेश्‍वरले ख्रीष्टविरोधीहरूले “सेवाकर्ता” पदनामलाई लिने तरिकाहरू भन्‍नेबारे सङ्गति गर्नुभयो। सर्वप्रथम, परमेश्‍वरले “सेवाकर्ता” भन्‍ने पदनामको परिभाषा कसरी दिनुहुन्छ भन्‍नेबारे सङ्गति गर्नुभयो। परमेश्‍वरले सेवाकर्ताको स्थितिलाई पछि छोडेको व्यक्ति र अझै पनि सेवाकर्ता रहेको व्यक्तिबीच रहेको भिन्‍नताबारे पनि सङ्गति गर्नुभयो, र अन्तिममा परमेश्‍वरले “सेवाकर्ता” पदनामबारे ख्रीष्टविरोधीहरूका दृष्टिकोण र पछ्याइहरू चिरफार गर्नुभयो।) त्यसोभए, “सेवाकर्ता” पदनामप्रति ख्रीष्टविरोधीहरूको दृष्टिकोण र मनोवृत्ति कस्तो हुन्छ त? तिनीहरूले के भन्छन् र के गर्छन्? (“सेवाकर्ता” पदनामप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति अस्वीकार र वितृष्णाको हुन्छ। तिनीहरूले यो पदनाम जोसुकैबाट आएको भए पनि यसलाई स्वीकार गर्दैनन्, र तिनीहरूले सेवाकर्ता बन्‍नु अपमानजनक कुरा हो भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले सेवाकर्ताहरूलाई परमेश्‍वरले मानवजातिको सारको आधारमा परिभाषित गर्नुहुन्न, बरु यो त परमेश्‍वरले मानव पहिचान र मूल्यलाई चुनौती दिनुभएको र तिरस्कार गर्नुभएको हो भन्‍ने विश्‍वास गर्छन्।) (ख्रीष्टविरोधीहरूले यो प्रसिद्ध वाक्यांश बोल्छन्: “अरूले लोकप्रियता पाउँदा मचाहिँ पर्दापछाडि मेहनत गरेर बस्दिनँ।” ख्रीष्टविरोधीहरूले अरूलाई तिनीहरूको सेवामा लगाउन मात्रै चाहन्छन् र तिनीहरूले परमेश्‍वरलाई सेवा दिनु लाजमर्दो कुरा हो भन्‍ने सोच्छन्, त्यसकारण तिनीहरू आफै सेवाकर्ताहरू हुन् भन्‍ने महसुस गर्दा तिनीहरूले परमेश्‍वरको घरमा सेवा गर्न जारी राख्‍न चाहँदैनन्, बरु उम्कने बाटो खोज्न थाल्छन्, र अवरोध र बाधाहरू ल्याउने, र विनाशकारी कुराहरू गर्ने समेत गर्छन्।) “सेवाकर्ता” पदनामप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति हेर्दा, हामीले तिनीहरूको सार के हो भन्‍ने देख्छौँ? (तिनीहरूको सार परमेश्‍वरप्रति शत्रुवत् र सत्यतालाई घृणा गर्ने सार हो।) अनि तिनीहरूको सार परमेश्‍वर र सत्यताप्रति शत्रुवत्‌ छ भने यो कस्तो स्वभाव हो? (यो दुष्ट र क्रूर स्वभाव हो।) ठीक भन्यौ, यो दुष्ट र क्रूर स्वभाव हो। परमेश्‍वरमाथिको विश्‍वासमा ख्रीष्टविरोधीहरूको पहिलो उत्प्रेरणा र अभिप्राय के हुन्छ? तिनीहरूले के प्राप्त गर्न चाहन्छन्? तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू के-के हुन्? के तिनीहरू सेवाकर्ता बन्‍न आउँछन्? के तिनीहरू असल व्यक्ति बन्‍ने र परमेश्‍वरमा विश्‍वास गरेर सही मार्ग पछ्याउने मनोवृत्तिको आधारमा आउँछन्? (आउँदैनन्।) त्यसोभए तिनीहरू केको लागि आउँछन्? ठ्याक्‍कै रूपमा भन्दा, तिनीहरू आशिष् पाउन आउँछन्, र अझै निश्‍चित रूपमा भन्दा, तिनीहरूले राजाको रूपमा शासन गर्न, परमेश्‍वरसँग राजाको रूपमा शासन गर्न खोजिरहेका हुन्छन्, र तिनीहरूले उच्च र महान् कुराहरू खोजिरहेका हुन्छन्। त्यसकारण, जब परमेश्‍वरले मानिसहरूलाई सेवाकर्ताहरू भनेर भन्‍नुहुन्छ, तब यो आशिष्‌हरू खोज्ने र राजाको रूपमा शासन गर्ने ख्रीष्टविरोधीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरूसँग पूर्ण रूपमा बाझिन्छ र तिनको विरुद्धमा हुन्छ, यो तिनीहरूको अपेक्षाहरूभन्दा बाहिर जान्छ, र परमेश्‍वरले मानिसहरूलाई यो पदनाम दिनुहुनेछ भनेर तिनीहरूले कहिल्यै सोचेका हुँदैनन्। ख्रीष्टविरोधीहरूले यो तथ्य स्विकार्न सक्दैनन्। अनि तिनीहरूले यो तथ्य स्विकार्न नसक्दा के-कस्ता कुराहरू गर्न सक्छन्? के तिनीहरूले यो तथ्य स्विकार्दै आफूलाई परिवर्तन गर्ने प्रयास गर्छन्? तिनीहरूले यो तथ्य स्विकार्न खोजी गर्दैनन्, न त तिनीहरूले आफ्ना महत्त्वाकाङ्क्षा र स्वभाव परिवर्तन गर्ने खोजी नै गर्छन्। त्यसकारण, यदि तिनीहरूलाई तिनीहरू सेवाकर्ताहरू हुन् भनेर भनियो भने र आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको अभिप्राय र इच्छा खोसियो भने, तिनीहरू उप्रान्त मण्डलीमा दह्रिलो गरी खडा हुन सक्दैनन्। तिनीहरूले वास्तविकता बुझ्नेबित्तिकै र यस्ता प्रकटीकरण भएका तिनीहरू सेवाकर्ताहरू हुन् भनेर थाहा पाउनेबित्तिकै, तिनीहरूले सबै आशा त्यागेर आफ्नो साँचो रङ्ग प्रकट गरिहाल्छन्। तिनीहरूले सेवाकर्ताको रूपमा रहेको आफ्नो परिस्थिति परिवर्तन गर्न खोज्दैनन्, न त तिनीहरूले सेवाकर्ता पदनामप्रतिको आफ्नो गलत मनोवृत्ति र दृष्टिकोण परिवर्तन गरेर सत्यता पछ्याउने मार्गमा हिँड्न नै खोज्छन्। त्यसकारण, परमेश्‍वरले जेसुकै बन्दोबस्तहरू गर्नुभए पनि, त्यस्ता मानिसहरू तिनमा समर्पित हुँदैनन् वा तिनलाई स्वीकार गर्दैनन्, र तिनीहरूले सत्यताको खोजी गर्दैनन्। बरु, तिनीहरूले यो नामबाट आफूलाई मुक्त गर्ने मानव उपाय सोच्दै आफ्नो दिमाग खियाउँछन्, र तिनीहरूले यो पहिचान मिल्काउन सक्दो गर्छन्। ख्रीष्टविरोधीहरूले देखाउने यो प्रकटीकरणका आधारमा हेर्दा, ख्रीष्टविरोधीहरू भित्रैदेखि नै सत्यताप्रति वितृष्ण हुन्छन्। तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, सत्यता स्वीकार गर्दैनन्, र सत्यताबारे आफ्नै विचार र धारणाहरू राख्छन्, तर त्यो सब सामान्य तरिकामा हुँदैन। तिनीहरूले सकारात्मक कुराहरू र सत्यताप्रति गहन वितृष्णा, घृणा, र शत्रुतासमेत महसुस गर्छन्—ख्रीष्टविरोधीहरूको सार यही हो।

अहिले तिमीहरूले दिएको जबाफबाट, मैले के देखेँ भने, तिमीहरूले हरेक सङ्गतिको विषयवस्तुलाई सारांशित गरेका छैनौ, र पछि तिमीहरूले प्रार्थनार्थ पढ्ने गरेका वा मनन पनि गरेका छैनौ। पछिल्‍लोपटक हामीले तीन वटा मुख्य पक्षहरूबारे सङ्गति गर्‍यौँ: पहिलो, सेवाकर्ताहरू के हुन् भनेर परिभाषित गर्नु थियो; दोस्रो, ख्रीष्टविरोधीहरूले “सेवाकर्ता” पदनामलाई लिने तरिकाहरू वा अझ विशिष्ट रूपमा भन्दा, तिनीहरूको सेवाकर्ता बन्‍ने अनिच्छाका प्रकटीकरण र व्यवहार के-के हुन्, र ती कुरापछाडिका कारणहरू के-के हुन् भन्‍ने कुरा थियो; अनि तेस्रो, ख्रीष्टविरोधीहरू सेवाकर्ता बन्‍न अनिच्छुक हुने भएकाले तिनीहरूको अभिप्राय के हो भन्‍ने थियो, अर्थात्, तिनीहरूले के गर्न चाहन्छन्, तिनीहरूको महत्त्वाकाङ्क्षा के हो, र परमेश्‍वरमा विश्‍वास गर्नुको तिनीहरूको उद्देश्य के हो भन्‍ने कुरा थियो। आधारभूत रूपमा भन्दा, हामीले “‘सेवाकर्ता’ पदनामलाई ख्रीष्टविरोधीहरूले लिने तरिकाहरू” भन्‍ने उपविषयबारे यी तीन पक्षबाट सङ्गति गर्‍यौँ, र यी तीन पक्षहरूमार्फत हामीले ख्रीष्टविरोधीहरूले “सेवाकर्ता” भन्‍ने पदनामलाई हेर्ने तिनीहरूको शैलीमा तिनीहरूले प्रयोग गर्ने विभिन्‍न अभ्यास र व्यवहारहरू, साथै यसबारेमा रहेका तिनीहरूका विचार र दृष्टिकोणहरू चिरफार गर्‍यौँ। तिमीहरूले सुनेपछि हरेक सङ्गतिको विषयवस्तुबारे मनन गर्दैनौ। तिमीहरूले यी कुराहरू छोटो समयसम्‍म मात्रै याद गर्छौ, तर लामो समय बित्यो भने, यी कुराहरू समेत याद गर्न सक्दैनौ। यदि तँ सत्यता बुझ्न र प्राप्त गर्न चाहन्छस् भने, तैँले हृदयमा प्रयास गर्नुपर्छ र बारम्बार प्रार्थनार्थ पढ्नुपर्छ र मनन गर्नुपर्छ—तैँले यी कुराहरू हृदयमा राख्‍नैपर्छ। यदि तैँले त्यसो गरिनस् भने, यदि तैँले यी कुराहरू हृदयमा लिइनस् र कुनै प्रयास गरिनस्, र तैँले यी कुराहरूबारे हृदयमा विचार गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। कति मानिसहरूले भन्छन्, “ख्रीष्टविरोधीहरूको मामिला मबाट धेरै टाढा छ। मैले ख्रीष्टविरोधी बन्‍ने योजना बनाइरहेको छैनँ र म तिनीहरूजस्तो खराब व्यक्ति होइनँ। म कर्तव्यनिष्ठ रूपमै सबैभन्दा महत्त्वहीन व्यक्ति बन्‍नेछु, र मेरा लागि त्यही नै पर्याप्त हुन्छ। मलाई जे गर्न भनिन्छ म त्यही गर्नेछु र म ख्रीष्टविरोधीको मार्ग पछ्याउनेछैनँ। अझ भन्‍ने हो भने, मसँग थोरै ख्रीष्टविरोधी स्वभाव भए पनि, म यसलाई समय बित्दै जाँदा क्रमिक रूपमा परिवर्तन गर्नेछु, र यो साधारण भ्रष्ट स्वभाव मात्रै हो र त्यति गम्भीर होइन। यो कुरा सुन्‍नुको कुनै अर्थ छैन।” के यो दृष्टिकोण सही छ? (छैन।) किन छैन? यदि कसैले स्वभाव परिवर्तन हासिल गर्न चाहन्छ भने, सबैभन्दा महत्त्वपूर्ण रूपमा उसले हरप्रकारका परिस्थितिहरूमा उसको भ्रष्ट स्वभावबाट के-कस्ता स्थिति, विचार र दृष्टिकोणहरू पैदा हुन सक्छन् भन्‍ने कुरा बुझ्नुपर्छ। यी कुराहरू बुझेपछि मात्रै तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव के हो, कुन क्षेत्रमा आफूले परमेश्‍वरको प्रतिरोध गर्छु र सत्यताविरुद्ध जान्छु, र आफूभित्र सत्यतासँग नमिल्ने के-कस्ता कुराहरू छन् भन्‍ने कुरा जान्न सक्छन्; यी कुराहरू थाहा पाएपछि, तिनीहरूले यी समस्या र भ्रष्ट स्वभावहरू समाधान गर्न, र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। यदि तँसँग खुलासा गरिएका यी विभिन्‍न भ्रष्ट स्वभावहरूबारे वा विभिन्‍न परिस्थितिहरूमा देखा पर्ने यी विभिन्‍न स्थितिहरूबारे कुनै बुझाइ छैन, र यी कुराहरूले कुन तरिकाले सत्यताको विरोध गर्छन् भन्‍नेबारे वा समस्याहरू कहाँ देखा पर्छन् भन्‍नेबारे तँसँग कुनै बुझाइ छैन भने, तैँले यी समस्याहरू कसरी समाधान गर्नेछस्? यदि तँ यी समस्याहरू समाधान गर्न चाहन्छस् भने, तैँले सुरुमा यी समस्याहरूको स्रोत कहाँ छ, यिनका स्थितिहरू के-के हुन्, यी निश्‍चित समस्याहरू कहाँ पैदा हुन्छन् भन्‍ने कुरा बुझ्नुपर्छ, र त्यसपछि तैँले कसरी प्रवेश गर्ने भन्‍ने कुरा समाधान गर्ने प्रयास गर्नुपर्छ। यो तरिकाले, तेरा भ्रष्ट स्वभावहरू र पैदा हुने विभिन्‍न स्थितिहरू एकएक गरी समाधान गर्न सकिन्छ। तिमीहरू अझै पनि सत्यता वास्तविकतामा प्रवेश गर्ने वा भ्रष्ट स्वभावहरू समाधान गर्ने र स्वभाव परिवर्तन हासिल गर्नेबारेमा स्पष्ट छैनौ जस्तो देखिन्छ; लाग्छ, तिमीहरू अझै पनि सही मार्गमा पुगेका छैनौ।

५. ख्रीष्टविरोधीहरूले मण्डलीमा आफ्नो हैसियतलाई कसरी लिन्छन्

आज, हामी ख्रीष्टविरोधीहरूका हितहरूसँग सम्बन्धित अन्तिम विषय: ख्रीष्टविरोधीहरूले मण्डलीमा आफ्नो हैसियतलाई कसरी लिन्छन् भन्‍नेबारे सङ्गति गर्नेछौँ। जब मण्डलीमा ख्रीष्टविरोधीहरूको हैसियत के हो भन्‍ने कुरा आउँछ, तिनीहरूले के-कस्ता प्रकटीकरणहरू देखाउँछन्, तिनीहरूले के-कस्ता कुराहरू गर्छन्, र ती कुराहरू गर्दा तिनीहरूको दृष्टिकोण र स्वभाव सार के हुन्छ भन्‍ने कुराको हकमा भन्दा—हामी यी कुरालाई तीनवटा पक्षमा विभाजन गर्नेछौँ र एकएक गरी चिरफार गर्नेछौँ। पहिलो पक्ष “ढोँग गरेर,” दोस्रो पक्ष “नाटक गरेर,” र तेस्रो पक्ष “सबैमाथि हाबी भएर” हो। यी तीनवटा पक्षहरू हरेकलाई केही शब्दहरूमा लेखिएको छ र तिनलाई संक्षेप व्याख्या मान्‍न सकिन्छ, तर ती हरेकमा ख्रीष्टविरोधीहरूका विभिन्‍न कार्य, प्रकटीकरण, र भनाइहरू, साथै तिनीहरूको मनोवृत्ति र स्वभावहरू समावेश छन्। आजको विषय सङ्गति गर्न मैले किन यी तीन पक्ष परिभाषित गरेँ भनेर अहिले विचार गर। तिमीहरूले यसलाई पढिसकेपछि ख्रीष्टविरोधीहरू मण्डलीमा आफ्नो हैसियतलाई कसरी लिन्छन् भन्‍ने विषयलाई मनमा कसरी परिभाषित गर्‍यौ? तिमीहरूमा के-कस्ता विचारहरू आए? धेरैजसो मानिसहरूले मनमा निस्सन्देह नै मण्डलीमा ख्रीष्टविरोधीहरूको अत्याचार, हैसियतको दाबी, मानिसहरूलाई आफ्नो पक्षमा ल्याउने तिनीहरूको प्रयास, र शक्ति हातमा लिने कार्यबारे, अर्थात् तिनीहरू सधैँ पदाधिकारी बन्‍न, हैसियत दाबी गर्न, शक्ति हातमा लिन, र मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छन् भन्‍नेबारे विचार गर्छन्—आधारभूत रूपमा, मानिसहरूले यी कुराहरूबारे नै विचार गर्छन्। यी त ख्रीष्टविरोधीहरूले मण्डलीमा प्रायजसो प्रकट गर्ने तुलनात्मक रूपमा अलि स्पष्ट रहेका पक्षहरू हुन्, तर यीबाहेक मानिसहरूले देख्‍न नसक्‍ने अरू के-कस्ता प्रकटीकरणहरू हुन्छन्? मण्डलीमा दह्रिलो स्थान बनाउन, हैसियत र उच्च प्रतिष्ठा प्राप्त गर्न, र शक्ति लिन र अझै धेरै मानिसहरूलाई नियन्त्रण गर्न ख्रीष्टविरोधीहरूले अरू के गर्छन्? तिनीहरूमा अरू के-कस्ता प्रकटीकरणहरू हुन्छन्? यी कुराहरू ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने अझै भ्रामक, भित्र-भित्रै अनिष्टकारी, र गुप्त तरिका र माध्यमहरू हुन्, र यी तिनीहरूको हृदयको अन्तस्करणमा रहेका अज्ञात विचार र गुप्त अभिप्राय र उद्देश्यहरू पनि हुन सक्छन्, होइन र? त्यसकारण, हामी यीबारे एकएक गरी सङ्गति गरौँ।

(१) ढोँग बनाएर

पहिलो पक्ष “ढोँग बनाएर” भन्‍ने हो। “ढोँग” भन्‍ने शब्दको शाब्दिक अर्थ बुझ्न सजिलो छ र यो स्पष्ट रूपमै तारिफ गर्न लायक कुरा होइन। जब कुनै व्यक्ति ढोँग गर्न सिपालु छ भनेर भनिन्छ, जब उसले गर्ने सबै कुरा ढोँग हो, उसले गर्ने सबै कुरा अरूका लागि अभेद्य छ, र उसले अरूसँग सतही स्तरमा मात्रै व्यवहार र कुराकानी गर्छ भनेर भनिन्छ, तब त्यस्तो काम र व्यवहार गर्ने व्यक्ति अवश्य नै अत्यन्तै छली व्यक्ति हुन्छ। तिनीहरू इमानदार व्यक्ति होइनन्, र तिनीहरू सरल र निष्कपट हुँदैनन्, बरु तिनीहरू त दिमागी खेलहरू खेल्‍न निकै सिपालु हुन्छन्, तिनीहरू अत्यन्तै सुक्ष्मचालका हुन्छन्, र अरूलाई छल गर्न निकै सिपालु हुन्छन्। “ढोँग” भन्‍ने शब्दको सबैभन्दा आधारभूत बुझाइ यही हो। त्यसोभए, ख्रीष्टविरोधीहरूको व्यवहार र कार्य र यस्तो व्यवहारबीच के सम्बन्ध छ? तिनीहरूमा बहानाको सार छ भन्‍ने देखाउने गरी तिनीहरूले के गर्छन्? बहानामा संलग्‍न हुनुपछाडि वास्तवमा तिनीहरूको उद्देश्य के हुन्छ? तिनीहरूको अभिप्राय ठ्याक्‍कै के हुन्छ? तिनीहरूले किन ढोँग गर्नुपर्छ? यी कुराहरू आज हामीले सङ्गति गर्ने विषयसँग निकट रूपले सम्बन्धित छन्।

ख्रीष्टविरोधीहरू अरूभन्दा पछि पर्न नचाहने मानिसहरू हुन्। तिनीहरू अरूमा भर पर्न, र अरूका आदेश, निर्देशन, र आज्ञाहरू स्विकार्न अनिच्छुक हुन्छन्, र तिनीहरू साधारण बन्‍न र अरूको हेला सहन पनि अनिच्छुक हुन्छन्। बरु यसको साटो, तिनीहरू त प्रतिष्ठा प्राप्त गर्न चाहने, अरूले तिनीहरूलाई उच्च आदर गरून्, र अरूले तिनीहरूलाई निकै बहुमूल्य ठानून् भनी चाहने मानिसहरू हुन्। यसबाहेक, तिनीहरू मण्डली र अरू मानिसहरूमाझ अरूलाई आफ्नालागि काम गर्न आदेश र निर्देशन दिने मानिसहरू बन्‍न चाहनेहरू हुन्। तिनीहरू आफ्नो प्रतिष्ठा, प्रभाव, र आफूले चलाउने शक्तिद्वारा आफ्ना इच्छाहरू लागू गर्न चाहन्छन्, र तिनीहरू जोसुकैले आदेश दिने र काम अह्राउने साधारण मानिसहरू बन्‍न चाहँदैनन्। अरू मानिसहरूका माझमा ख्रीष्टविरोधीहरूसँग हुने पछ्याइ र चाहनाहरू यिनै हुन्। अरू मानिसहरूमाझ रहेको आफ्नो हैसियतबारे ख्रीष्टविरोधीहरू निकै संवेदनशील हुन्छन्। समूहमा हुँदा, तिनीहरूले आफ्नो उमेर र शारीरिक स्वास्थ्यको कुनै महत्त्व हुन्छ भन्‍ने विश्‍वास गर्दैनन्। तिनीहरूले महत्त्वपूर्ण ठान्‍ने कुराहरू त के मात्र हुन् भने, बहुसङ्ख्यकले तिनीहरूलाई कसरी हेर्छन्, बहुसङ्ख्यकले तिनीहरूलाई समय दिन्छन् कि दिँदैनन् र आफ्‍नो बोली र व्यवहारमा तिनीहरूलाई स्थान दिन्छन् कि दिँदैनन्, बहुसङ्ख्यकको हृदयमा रहेको तिनीहरूको हैसियत र पद उच्च छ कि साधारण छ, बहुसङ्ख्यकले तिनीहरूलाई उच्च ठान्छन् कि साधारण वा खासै विशेष नरहेको ठान्छन्, र आदि इत्यादि कुराहरू; बहुसङ्ख्यकले परमेश्‍वरमाथिको तिनीहरूको आस्थाको योग्यतालाई के ठान्छन्, मानिसहरूमाझ तिनीहरूका शब्दहरू कति वजनदार हुन्छन्, अर्थात् कति मानिसहरूले तिनीहरूलाई अनुमोदन गर्छन्, कतिले तिनीहरूलाई प्रशंसा गर्छन्, स्याबास दिन्छन्, ध्यान दिएर सुन्छन्, र तिनीहरूले केही कुरा भनेपछि त्यसलाई हृदयमा राख्छन्; साथै, बहुसङ्ख्यकले तिनीहरूलाई ठूलो आस्था भएको व्यक्तिको रूपमा हेर्छन् कि थोरै आस्था भएको व्यक्तिको रूपमा हेर्छन्, कष्ट सहने तिनीहरूको सङ्कल्प कस्तो छ, तिनीहरूले कति कुरा त्याग्छन् र समर्पित गर्छन्, परमेश्‍वरको घरमा तिनीहरूले दिने योगदानहरू के-के हुन्, परमेश्‍वरको घरमा तिनीहरूले लिने पद उच्च छ कि न्यून छ, तिनीहरूले विगतमा के-कस्ता कष्ट भोगेका छन्, र तिनीहरूले के-कस्ता महत्त्वपूर्ण कुराहरू गरेका छन्—तिनीहरूले सबैभन्दा बढी चासो लिने कुराहरू यिनै हुन्। ख्रीष्टविरोधीहरूले प्रायजसो आफ्नो मनमा पद र क्रमको वर्गीकरण गर्छन्, र प्रायजसो मण्डलीमा सबैभन्दा बढी वरदान प्राप्त गर्ने व्यक्ति को हो, मण्डलीमा सबैभन्दा स्पष्ट बोल्‍ने र धाराप्रवाह व्यक्ति को हो, व्यावसायिक सीपमा दक्ष को हो र प्रविधिमा सबैभन्दा कुशल को हो भनेर तुलना गर्छन्। यी कुराहरू तुलना गर्ने क्रममा, तिनीहरूले विभिन्‍न व्यावसायिक सीपहरू अध्ययन गर्न निरन्तर मेहनत गरिरहेका हुन्छन्, ती सीपमा पोख्त हुन र तिनमा विशेषज्ञ हुन सक्दो प्रयास गरिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरूले मुख्य रूपमा प्रवचन दिने कार्यमा र परमेश्‍वरका वचनहरू यस्तो तरिकाले व्याख्या गर्ने कुरामा ध्यान दिन्छन् जसले उनीहरूलाई प्रदर्शित गरोस् र अरूको नजरमा उच्‍च बनाओस्। तिनीहरूले यस्तो प्रयास गरिरहेको बेला, सत्यता कसरी बुझ्ने वा सत्यता वास्तविकतामा कसरी प्रवेश गर्ने भनेर खोजी गरिरहेका हुँदैनन्, बरु तिनीहरूले यी वचनहरू कसरी याद गर्ने र कसरी अझै धेरै मानिसहरूलाई आफ्नो सबल पक्ष देखाउन सकिन्छ भनेर मनन गरिरहेका हुन्छन्, ताकि अझै धेरै मानिसहरूले तिनीहरू साँच्‍चै नै केही न केही त हुन्, तिनीहरू साधारण मानिसहरू मात्र होइनन्, तिनीहरू सक्षम छन्, र तिनीहरू साधारण मानिसहरूभन्दा माथि छन् भनेर जानून्। यस्ता विचार, अभिप्राय, र दृष्टिकोणहरू राखेर, ख्रीष्टविरोधीहरू विभिन्‍न किसिमका कामकुराहरू गर्दै मानिसहरूमाझ जिउँछन्। तिनीहरूमा यी दृष्टिकोणहरू हुने हुनाले, र तिनीहरूमा यी पछ्याइ र महत्त्वाकाङ्क्षाहरू हुने हुनाले, तिनीहरूले ठूलासाना हरकिसिमका असल व्यवहार, सही भनाइ, र असल कार्यहरू प्रदर्शन नगरी बस्‍न सक्दैनन्। यी व्यवहार र कार्यहरूले आत्मिक बुझाइ नभएका, आधारभूत रूपमा सत्यता नपछ्याउने र असल व्यवहारमा मात्रै ध्यान दिने मानिसहरूलाई ख्रीष्टविरोधीहरूको डाहा र आदर गर्ने, र तिनीहरूलाई अनुकरण गर्ने र पछ्याउने समेत बनाउँछन्, र यसरी ख्रीष्टविरोधीहरूको उद्देश्य पूरा हुन्छ। जब ख्रीष्टविरोधीहरूले यस्ता अभिप्राय र महत्त्वाकाङ्क्षाहरू बोकेका हुन्छन्, तब तिनीहरूले कस्तो व्यवहार गर्छन्? आज हामी यही विषयमा सङ्गति गर्नेछौँ। यो सङ्गति गर्न लायक विषय हो, र अझै बढी रूपमा यो तिमीहरू प्रत्येकले ध्यान दिन र जान्न लायक विषय पनि हो।

ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, तिनीहरू सत्यतालाई बिलकुलै स्विकार्दैनन्—यसले प्रस्ट रूपमा एउटा तथ्य देखाउँछ: ख्रीष्टविरोधीहरू कहिल्यै पनि सत्यता सिद्धान्तहरूअनुसार काम गर्दैनन्, तिनीहरू सत्यता कहिल्यै अभ्यास गर्दैनन्—जुन ख्रीष्टविरोधीको सबैभन्दा स्पष्ट प्रकटीकरण हो। प्रतिष्ठा र हैसियत, अनि आशिष् र इनाम पाउन बाहेक, तिनीहरूले खोजी गर्ने अर्को कुरा देहको सहजता र हैसियतका लाभहरूको आनन्द लिने मात्रै हो; यसले गर्दा, तिनीहरूले स्वाभाविक रूपमै अवरोध र बाधा निम्त्याउँछन्। यी तथ्यहरूले के देखाउँछन् भने तिनीहरूले पछ्याउने कुरा, तिनीहरूका व्यवहार र प्रकटीकरणहरूलाई परमेश्‍वरले प्रिय ठान्‍नुहुन्न। अनि यी कुरा अवश्य नै सत्यता पछ्याउने मानिसहरूका कार्य र व्यवहार होइनन्। उदाहरणका लागि, पावलजस्ता कतिपय ख्रीष्टविरोधीहरूले कर्तव्य निभाउँदा तिनीहरूमा कष्ट भोग्‍ने अठोट हुन्छ, काम गर्दा तिनीहरू रातभरि नसुती बस्‍न र खाना नखाई बस्‍न सक्छन्, तिनीहरूले आफ्ना शरीरलाई काबुमा राख्‍न, साथै कुनै पनि रोग र असहजतालाई जित्‍न सक्छन्। अनि यो सब गर्नुका पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? परमेश्‍वरको आज्ञा पूरा गर्दा तिनीहरूले आफूलाई पन्छाउन—आत्म-इन्कार गर्न—सक्छन् भनेर सबैलाई देखाउनु हो; तिनीहरूका लागि कर्तव्य मात्र हो भन्‍ने देखाउनु हो। तिनीहरूले यो सब अरू मानिसका अगाडि प्रदर्शन गर्छन्। वरिपरि मानिसहरू हुँदा, तिनीहरू विश्राम गर्नुपर्ने बेलामा विश्राम गर्दैनन्, जानीजानी काम गर्ने समय बढाउँछन्, सबेरै उठ्छन् र राति ढिलो सुत्छन्। तर ख्रीष्टविरोधीहरूले यसरी बिहानदेखि रातिसम्‍म परिश्रम गर्दा तिनीहरूको कार्य कुशलता र प्रभावकारिता कस्तो हुन्छ? यी कुरा तिनीहरूको विचारभन्दा बाहिर हुन्छन्। तिनीहरूले यो सब अरूका अगाडि मात्रै गर्ने प्रयास गर्छन्, ताकि तिनीहरूले कष्ट भोगेको अरू मानिसले देख्‍न सकून्, र तिनीहरूले आफ्‍नो बारेमा नसोची कसरी परमेश्‍वरका लागि समर्पण गरिरहेका छन् भन्‍ने देख्‍न सकून्। जहाँसम्‍म तिनीहरूले निर्वाह गरेको कर्तव्य र तिनीहरूले गर्ने काम सत्यता सिद्धान्तहरूअनुसार भएका छन् कि छैनन् भन्‍ने कुरा छ, तिनीहरू यसबारे सोच्दै सोच्दैनन्। तिनीहरूले आफ्नो बाहिरी असल व्यवहार सबैले देखेका छन् कि छैनन्, सबैलाई यो कुरा थाहा छ कि छैन, तिनीहरूले सबैमा छाप छाडेका छन् कि छैनन्, र यो छापले गर्दा तिनीहरूमा आदर र अनुमोदनको भाव पैदा हुन्छ कि हुँदैन, तिनीहरूको पिठ्यूँपछाडि यी मानिसहरूले तिनीहरूलाई स्याबास भन्छन् कि भन्दैनन् र “उसले साँच्‍चै कठिनाइ भोग्‍न सक्छ, उसको सहने क्षमता र असाधारण धैर्य हामी कसैको भन्दा माथि छ। यो त सत्यता पछ्याउने, कष्ट भोग्‍न र ठूलो बोझ लिन सक्‍ने व्यक्ति हो, यो व्यक्ति मण्डलीको खम्‍बा हो” भनेर प्रशंसा गर्छन् कि गर्दैनन् भन्‍ने मात्रै विचार गर्छन्। यो सुनेपछि, ख्रीष्टविरोधीहरू सन्तुष्ट हुन्छन्। तिनीहरू हृदयमा यस्तो सोच्छन्, “मैले यसरी बहाना गरेँ, म कति बाठो छु, मैले यस्तो गर्न सकेँ, म कति चलाख छु! सबैले बाहिरी कुरा मात्रै हेर्छन्, र तिनीहरूलाई यी असल व्यवहार मन पर्छ भन्‍ने मलाई थाहा थियो। मैले यस्तो व्यवहार गरेँ भने, यसबाट मानिसहरूको अनुमोदन प्राप्त हुन्छ, यसले गर्दा तिनीहरूले मलाई स्याबासी दिन्छन्, मलाई हृदयदेखि नै आदर गर्छन्, मलाई पूरै नयाँ दृष्टिकोणले हेर्छन्, र मलाई कसैले पनि फेरि कहिल्यै हेयको दृष्टिले हेर्नेछैनन् भन्‍ने मलाई थाहा थियो। अनि यदि कुनै दिन मैले वास्तविक काम गरेको छैन भन्‍ने कुरा माथि थाहा भयो र मलाई बर्खास्त गरियो भने, मेरो पक्षमा खडा हुने, मेरालागि रुने, र मलाई बस भन्‍ने, अनि मेरो पक्षमा बोल्ने मानिसहरू धेरै हुने कुरामा कुनै शङ्का छैन।” तिनीहरू आफ्नो झूटो व्यवहारप्रति मनमनै रमाउँछन्—अनि यसरी रमाउनाले ख्रीष्टविरोधीको प्रकृति सार पनि प्रकट गर्दैन र? अनि यो कस्तो सार हो? (दुष्टता।) ठीक हो—यो दुष्टताको सार हो। दुष्टताको यो सार हाबी भएका कारण, ख्रीष्टविरोधीहरूले आत्मगौरव र आत्मप्रशंसाको स्थिति पैदा गर्छन् जसले तिनीहरूलाई हृदयमा गुप्त रूपले परमेश्‍वरविरुद्ध होहल्ला गर्ने र उहाँको विरोध गर्ने तुल्याउँछ। बाहिरी रूपमा हेर्दा तिनीहरूले ठूलो मूल्य चुकाएजस्तो र तिनीहरूको देहले धेरै कष्ट भोगेजस्तो देखिन्छ, तर के तिनीहरूले साँच्‍चै नै परमेश्‍वरको बोझलाई ख्याल गर्छन् त? के तिनीहरूले परमेश्‍वरका लागि साँचो रूपमा आफूलाई समर्पित गर्छन् त? के तिनीहरूले आफ्नो कर्तव्य बफादार रूपमा निर्वाह गर्न सक्छन् त? अहँ, सक्दैनन्। तिनीहरू हृदयमा गुप्त रूपले परमेश्‍वरसँग प्रतिस्पर्धा गर्छन् र सोच्छन्, “के तिमीले ममा सत्यता छैन भनेर भनेनौ र? के तिमीले ममा भ्रष्ट स्वभावहरू छन् भनेर भनेनौ र? के तिमीले म अहङ्कारी र अभिमानी छु, र म आफ्नै राज्य स्थापना गर्ने प्रयास गर्छु भनेर भनेनौ र? के तिमीले मसँग कुनै आत्मिक बुझाइ छैन, मैले सत्यता बुझेको छैनँ, त्यसैले म सेवाकर्ता हुँ भनेर भनेनौ र? म तिमीलाई म कसरी सेवा दिन्छु, र मैले यसरी सेवा दिँदा र यसरी व्यवहार गर्दा दाजुभाइ-दिदीबहिनीहरूले मलाई के सोच्छन् भन्‍ने कुरा देखाउनेछु। म तिमीलाई यसरी काम गरेर मैले अझै धेरै मानिसहरूको आदर जित्न सक्छु कि सक्दिनँ भन्‍ने कुरा देखाउनेछु। अनि एक दिन जब तिमीले मलाई टाढा पठाउन र दोषी ठहर्‍याउन चाहनेछौ, तब तिमीले त्यो काम कसरी गर्दो रहेछौ, म पनि हेरौँला!” ख्रीष्टविरोधीहरू हृदयमा यसरी परमेश्‍वरसँग प्रतिस्पर्धा गर्छन् र सत्यता पछ्याउने कार्यलाई यी असल व्यवहारहरूद्वारा प्रतिस्थापन गर्ने प्रयास गर्छन्। त्यसो गर्ने क्रममा, तिनीहरू परमेश्‍वरले काम गर्नुहुँदै मानिसहरूले स्वभाव परिवर्तन हासिल गरून् भनी सत्यता अभ्यास गर्न तिनीहरूलाई गर्नुभएको अगुवाइको व्यावहारिक प्रभावलाई नकार्ने प्रयास गर्छन्। सारमा, तिनीहरू मानिसलाई न्याय र सजायमार्फत मुक्ति दिने परमेश्‍वरको कामलाई नकार्न र निन्दा गर्न यो व्याख्या प्रयोग गर्छन्, र तिनीहरू परमेश्‍वरले मानिसहरूलाई न्याय गर्नु गलत र अप्रभावकारी हुन्छ भन्‍ने विश्‍वास गर्छन्। ख्रीष्टविरोधीहरूका यी विचार र दृष्टिकोणहरू दुष्ट, अन्तर्घाती, परमेश्‍वरको प्रतिरोध गर्ने किसिमका, र परमेश्‍वरविरोधी हुन्छन्। जब परमेश्‍वरले तिनीहरूलाई स्पष्ट रूपमा दोषी ठहर्‍याउनुभएको हुँदैन, तब तिनीहरू हृदयमा परमेश्‍वरसँग प्रतिस्पर्धा गर्न थाल्छन्; जब परमेश्‍वरले तिनीहरूलाई खुलासा गर्नुभएको हुँदैन र तिनीहरूको व्यवहारलाई दोषी ठहर्‍याउनुभएको हुँदैन, तब तिनीहरूले परमेश्‍वरका वचनहरूलाई इन्कार गर्नका लागि र सत्यता पछ्याएर मात्रै स्वभाव परिवर्तन गर्न र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सकिन्छ भन्‍ने तथ्यलाई इन्कार गर्नका लागि बहाना प्रयोग गरेर अरूलाई बहकाउन र मानिसहरूका मन जित्न थाल्छन्। के तिनीहरूको व्याख्याको सार यही होइन र? के ख्रीष्टविरोधीहरूमा दुष्ट स्वभाव हुँदैन र? तिनीहरूको कष्टपछाडि, तिनीहरूसँग यस्ता महत्त्वाकाङ्क्षा र अशुद्धताहरू हुन्छन्, त्यसैले त परमेश्‍वरले त्यस्ता मानिसहरू र त्यस्तो स्वभावलाई घृणा गर्नुहुन्छ। तर ख्रीष्टविरोधीहरूले यो तथ्यलाई कहिल्यै देख्दैनन् वा स्विकार्दैनन्। परमेश्‍वरले मानिसको अन्तस्करणलाई नियाल्नुहुन्छ, जबकि मान्छेले मान्छेको बाहिरी रूप मात्रै देख्‍न सक्छ—ख्रीष्टविरोधीहरूको सबैभन्दा मूर्ख कुरा यही हो कि तिनीहरूले यो तथ्य नै स्विकार्दैनन्, न त तिनीहरूले यसलाई देख्‍न नै सक्छन्। त्यसकारण तिनीहरूले आफूलाई बाहिरी रूपमा राम्रो र भव्य देखाउनका लागि असल व्यवहार प्रयोग गर्न सक्दो प्रयास गर्छन् ताकि अरूले तिनीहरू कष्ट र कठिनाइ भोग्न सक्छन्, आम मानिसहरूले सहन नसक्ने कष्ट भोग्न, र आम मानिसहरूले गर्न नसक्ने काम गर्न सक्छन् भनी सोचून्, र ताकि अरूले तिनीहरूसँग तागत छ, तिनीहरूले आफ्नो शरीर काबुमा राख्न सक्छन्, र तिनीहरूले आफ्ना देहगत हित वा आनन्दबारे कुनै विचार गर्दैनन् भन्ने सोचून्। कहिलेकहीँ तिनीहरूले जानीजानी आफ्नो लुगा अलिक फोहोर हुन्जेल नधोई लगाउँछन्, दुर्गन्ध आए पनि धुँदैनन्; तिनीहरू अरूले आफूलाई आराधना गर्ने जुनसुकै कामकुरा पनि गर्छन्। तिनीहरू जति बढी अरूका अगाडि रहन्छन्, तिनीहरूले आफूलाई त्यति नै बढी प्रदर्शन गर्न सक्छन् ताकि अरूले तिनीहरू साधारण मानिसहरूभन्दा फरक छन्, परमेश्‍वरमा समर्पित हुने तिनीहरूको चाहना साधारण मानिसहरूको भन्दा ठूलो छ, कष्ट भोग्‍ने तिनीहरूको सङ्कल्प आम मानिसहरूको भन्दा ठूलो छ, र कष्ट भोग्‍ने तिनीहरूको तागत साधारण मानिसहरूको भन्दा ठूलो छ भनेर देखून्। यस्ता परिस्थितिहरूमा ख्रीष्टविरोधीहरूले यस्ता व्यवहारहरू देखाउँछन्, र यी व्यवहारहरूपछाडि ख्रीष्टविरोधीहरूको हृदयको गहिराइभित्र मानिसहरूले आफूलाई आराधना गरून् र उच्च सम्मान गरून् भन्ने चाहना हुन्छ। अनि जब तिनीहरूले आफ्नो उद्देश्य हासिल गर्छन्, जब तिनीहरूले मानिसहरूको प्रशंसा सुन्छन्, र जब तिनीहरूले आफूलाई मानिसहरूले डाहा, आदर, र सराहनाको नजरले हेरेको देख्छन्, तब तिनीहरूले हृदयमा खुशी र सन्तुष्टि महसुस गर्छन्।

ख्रीष्टविरोधीहरूले कष्ट भोग्‍ने र मूल्य चुकाउने सतही असल व्यवहार अनि परमेश्‍वरका अभिप्रायहरूलाई साँचो रूपमा ख्याल गर्ने, बफादार रहने, र आफूलाई परमेश्‍वरमा इमानदारीपूर्वक समर्पित गर्ने व्यवहारबीचको भिन्‍नता के हो? (नियत फरक हुन्छ। परमेश्‍वरका लागि आफूलाई साँचो रूपमा समर्पित गर्नेहरूले सिद्धान्तहरू खोजी गर्नमा, कामका परिणामहरू, र कार्यको प्रभावकारितामा ध्यान दिनेछन्। ख्रीष्टविरोधीहरूले बाहिरी रूपमा आफूलाई परमेश्‍वरमा समर्पित गर्छन् जस्तो देखिन्छ, तर त्यो अरूले तिनीहरूलाई आदर गरून् भन्नका लागि मात्रै हो। तिनीहरूले कार्यको प्रभावकारिता वा कामका परिणामहरूबारे पटक्‍कै विचार गर्दैनन्।) ठीक भन्यौ, तिनीहरूको बोली र व्यवहारको नियत, उत्प्रेरणा, र स्रोतमा भिन्‍नता हुन्छ—यो पूर्ण रूपमा फरक हुन्छ। तिनीहरू जस्तै कष्ट भोग्‍ने मानिसहरूमध्ये सत्यता पछ्याउनेहरूले यो कष्ट भोग्ने क्रममा सिद्धान्तहरू खोजी गर्छन्। सिद्धान्तहरू खोजी गर्नुले कम्तीमा पनि तिनीहरूमा समर्पणको मानसिकता छ भन्‍ने देखाउँछ; तिनीहरू आफ्नै कामकुरा गर्ने वा आफ्नै लागि कामकुरा गर्ने प्रयास गर्दैनन्, तिनीहरूको कार्य-व्यवहारमा समर्पण र परमेश्‍वरको डर मान्ने हृदय हुन्छ, र तिनीहरूलाई आफू आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु र मानिसको उद्यममा संलग्‍न भइरहेको छैनँ भन्‍ने स्पष्ट रूपमा थाहा हुन्छ। ख्रीष्टविरोधीहरूले पनि त्यसरी नै कष्ट भोग्‍ने गरेजस्तो देखिए पनि, तिनीहरू बस् झारा मात्रै टार्छन् र मानिसहरूलाई देखाउन मात्रै यसलाई प्रदर्शन गर्छन्; तिनीहरूले सत्यता सिद्धान्तहरू खोजी गर्दैनन्, तिनीहरूको कार्य-व्यवहारमा कुनै समर्पण वा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन, तिनीहरूको हृदय परमेश्‍वरसामु जिउँदैन, र तिनीहरू यस्ता व्यवहार र प्रकटीकरणहरू प्रयोग गरेर मानिसहरूलाई आफ्नो पक्षमा ल्याउने र मानिसहरूको समर्थन प्राप्त गर्ने प्रयास गर्छन्। यसमा एउटा भिन्‍नता छ, होइन र? ख्रीष्टविरोधीहरूको व्यवहारको सारलाई हेर्दा, के हामी तिनीहरूको कष्ट भोगाइ बहाना हो भनेर भन्‍न सक्छौँ? (सक्छौँ।) तिनीहरूको व्यवहार र कष्ट भोग्‍ने प्रकटीकरण केवल तिनीहरूको झारा टार्ने र मानिसहरूलाई देखाउने काम मात्रै हो भनेर प्रमाणित गर्न यो नै काफी छ—तिनीहरू परमेश्‍वरसामु काम गरिरहेका हुँदैनन्। यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने, बहाना र छलमा ख्रीष्टविरोधीहरूजत्ति सिपालु अरू कोही हुँदैन—त्यसकारण तिनीहरू अत्यन्तै लचकदार हुन्छन्, र मानिसहरूलाई तिनीहरूको आराधना गर्न लगाउने उद्देश्य हासिल गर्न प्रायः निश्‍चित किसिमका कुटिल माध्यमहरू प्रयोग गरी मानिसहरूलाई बहकाउँछन् र छल्छन्। तिनीहरू यही कुरामा सबैभन्दा सिपालु हुन्छन्, यो तिनीहरूको नशानशामा हुन्छ, तिनीहरूसँग जन्मजात यो धूर्त र परिवर्तनशील सार हुन्छ। उदाहरणका लागि, कतिपय ख्रीष्टविरोधीहरू यस्ता हुन्छन्, जसका बोलीवचन र व्यवहार अत्यन्तै दयालु र विनम्र देखिन्छन्, जसले अरूका कमजोरीहरू कहिल्यै खुलासा गर्दैनन्, जो मिलनसार हुन्छन्, जो अरूलाई आलोचना गर्न वा दोष दिन हतार गर्दैनन्, र जो मानिसहरू नकारात्मक र कमजोर हुँदा तुरुन्तै सहयोगको हात बढाउँछन्। तिनीहरूले आफूलाई हृदयवान् र दयालु र असल व्यक्तिको रूपमा प्रस्तुत गर्छन्। जब मानिसहरू कठिनाइमा हुन्छन्, तब तिनीहरूले कहिलेकहीँ बोलीवचनले, र कहिलेकहीँ व्यवहारले सहयोग गर्छन्; कहिलेकहीँ तिनीहरूले तिनीहरूलाई सहयोग गर्न केही पैसा वा भौतिक कुराहरूसमेत प्रदान गर्छन्। बाहिरी रूपमा हेर्दा, तिनीहरूको व्यवहार राम्रै देखिन्छ। धेरैजसो मानिसहरूको मनमा, तिनीहरूले भेट्न र सङ्गत गर्न चाहने व्यक्ति यस्तै हुन्छ; त्यस्ता मानिसहरूले तिनीहरूलाई धम्की वा बाधा दिँदैनन्, र तिनीहरूले त्यस्ता मानिसहरूबाट धेरै सहयोग प्राप्त गर्न सक्छन्—जस्तै, भौतिक वा मानसिक सहयोग, यहाँसम्म कि उच्च आत्मिक सिद्धान्तहरू, आदि इत्यादिको सहयोग। बाहिरी रूपमा, त्यस्ता मानिसहरूले केही पनि खराब काम गर्दैनन्: तिनीहरूले मण्डलीमा अवरोध वा बाधा ल्याउँदैनन्, र तिनीहरू जुन समूहमा भए पनि तिनीहरूले सद्भाव नै ल्याउँछन् जस्तो देखिन्छ; तिनीहरूको कार्यसञ्‍चालन र मध्यस्थतामा, सबै जना खुसी देखिन्छन्, मानिसहरू मिलेर बस्छन्, र कुनै झगडा वा विवाद हुँदैन। तिनीहरू त्यहाँ हुँदा, सबैले एकअर्कासँग अति राम्ररी मिलेर बसेको, एकअर्काको अति नजिक रहेको महसुस गर्छन्। तर तिनीहरू गएपछि, कतिपय मानिसहरूले एकअर्कासँग कुरा काट्न, एकअर्कालाई बहिष्कार गर्न, डाहा गर्न र विवाद गर्न थाल्छन्; यी ख्रीष्टविरोधीहरूले तिनीहरूमाझ रहेर शान्ति आह्वान गर्दा मात्रै सबैले भनाभन गर्न छोड्छन्। यी ख्रीष्टविरोधीहरू आफ्नो काममा अत्यन्तै सक्षम देखिन्छन्, तर तिनीहरूले वास्तवमा के योजना बनाएका हुन्छन् भन्‍ने कुरा एउटा कुराले देखाउँछ: तिनीहरूले सिकाउने र अगुवाइ गर्ने हरेक व्यक्तिले शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्छन्, तिनीहरू सबैले ठालु पल्टेर अरूलाई भाषण दिने तरिका जानेका हुन्छन्, तिनीहरू सबैले मानिसहरूलाई चापलुसी गर्न र तिनीहरूको निगाह पाउन जानेका हुन्छन्, तिनीहरूलाई कसरी धूर्त र छली बन्‍ने, र कसलाई के भन्‍ने भनेर थाहा हुन्छ, तिनीहरू अरूलाई खुसी पारिहिँड्‍ने व्यक्ति बन्छन्, र बाहिरबाट हेर्दा, तिनीहरू पूर्ण रूपले शान्त स्थितिमा देखिन्छन्। यी ख्रीष्टविरोधीहरूले मण्डलीलाई के बनाएका छन्? धार्मिक संस्था। अनि परिणाम के भएको छ? मानिसहरू आफ्नो शैतानी दर्शनअनुसार जिउँछन्, तिनीहरू सत्यता पछ्याउन इच्छुक हुँदैनन्, तिनीहरूसँग जीवन प्रवेश हुँदैन, र तिनीहरूले पवित्र आत्माको काम पूरै गुमाएका हुन्छन्। ख्रीष्टविरोधीहरूले यसरी नै दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुर्‍याउँछन् बर्बादीतर्फ डोर्‍याउँछन्—तैपनि तिनीहरूले ठूलो योगदान दिएका छन्, दाजुभाइ-दिदीबहिनीहरूका लागि ठूला कामहरू गरेका छन्, र तिनीहरूको जीवनमा ठूलो आशिष् ल्याएका छन् भन्‍ने सोच्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई नम्र र धैर्य हुनुपर्छ, कुनै दाजुभाइ वा दिदीबहिनीलाई समस्या छ भन्‍ने देख्दा सहनशील र विचारशील हुनुपर्छ, कठोर बोल्‍ने वा अरूलाई चोट दिने गर्नु हुँदैन भनेर बारम्बार सिकाउँछन्, र तिनीहरूले अरूलाई बस्दा वा उठ्दा कस्तो हाउभाउ अपनाउनुपर्छ वा कस्तो कपडा लगाउनुपर्छ भनेर निर्देशन दिन्छन्। तिनीहरूले बारम्बार दाजुभाइ-दिदीबहिनीलाई सिकाउने कुरा भनेको सत्यता कसरी बुझ्ने वा सत्यता वास्तविकतामा कसरी प्रवेश गर्ने भन्‍ने होइन, बरु प्रावधानहरू कसरी पालना गर्ने र राम्रो व्यवहार कसरी गर्ने भन्‍ने हो। तिनीहरूको अगुवाइमा, मानिसहरूको अन्तरक्रिया परमेश्‍वरका वचनहरूमा आधारित हुँदैन, सत्यता सिद्धान्तहरूमा आधारित हुँदैन, बरु मान्छे खुसी पारिहिँड्नुसँग सम्‍बन्धित संसारसँग व्यवहार गर्ने दर्शनमा आधारित हुन्छ। बाहिरी रूपमा त कसैले पनि एकअर्कालाई चोट पुर्‍याउँदैन, कसैले पनि अरूका असफलताहरू औँल्याउँदैन, तर कसैले पनि आफूले वास्तवमा के सोचिरहेको छु भनेर कसैलाई बताउँदैन, र तिनीहरू कसैले पनि हृदय खोलेर आफ्नो भ्रष्टता, विद्रोहीपन, कमीकमजोरी, र अपराधहरूबारे सङ्गति गर्दैनन्। बरु त्यसको साटो, तिनीहरूले सतही स्तरमा कसले कष्ट भोगेको र मूल्य चुकाएको छ, को आफ्नो कर्तव्य निर्वाह गर्दा बफादार बनेको छ, कसले दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा गरेको छ, कसले परमेश्‍वरको घरमा ठूलो योगदान दिएको छ, को सुसमाचार प्रचार गरेका कारण पक्राउ र सजायमा परेको छ भन्‍नेबारे बकबकाउँछन्—तिनीहरूले यस्तै मात्र कुरा गर्छन्। ख्रीष्टविरोधीहरूले आफूलाई राम्रो देखाउन र भेष बदल्‍न राम्रो व्यवहार मात्र प्रयोग गर्दैनन्, अर्थात् बाहिरी रूपमा नम्र बन्‍ने, धैर्य बन्‍ने, सहनशील, र सहयोगी बन्‍ने नाटक मात्रै गर्दैनन्; तिनीहरूले त अरूलाई यो असल व्यवहारले सङ्क्रमित गर्न व्यक्तिगत उदाहरण देखाउने, र यसलाई अनुकरण गर्न उक्साउने प्रयास पनि गर्छन्। तिनीहरूको असल व्यवहारपछाडिको उद्देश्य आफूलाई मानिसहरूको ध्यानको केन्द्रविन्दु बनाउनु, र आफ्नो बारेमा तिनीहरूलाई उच्च सोच राख्‍ने तुल्याउनुबाहेक अरू केही हुँदैन। जब परमेश्‍वरका चुनिएका जनहरूले आफ्नो आत्मज्ञानबारे कुरा गर्छन् र आफ्ना भ्रष्ट स्वभावहरू विश्‍लेषण गर्छन्, तब तिनीहरू चुप बस्छन्, र आफ्नो भ्रष्टता विश्‍लेषण गर्ने कुनै प्रयास गर्दैनन्। दाजुभाइ-दिदीबहिनीहरूले एकअर्काको भ्रष्टताका प्रकटीकरणहरू खुलासा र काटछाँट गर्दा, सबैप्रति नम्रता, धैर्य, र सहनशीलता अभ्यास गर्ने ख्रीष्टविरोधीहरू मात्रै हुन्छन्; तिनीहरू कसैले प्रकट गरेको भ्रष्टता पनि खुलासा गर्दैनन्, बरु दाजुभाइ-दिदीबहिनीहरूलाई असल व्यवहार देखाएकोमा, र परिवर्तन भएकोमा तारिफ र प्रशंसासमेत गर्छन्; तिनीहरूले मान्छे खुसी पारिहिँड्नेहरूको भूमिका खेल्छन्, र आफू प्रेमिलो, विचारशील, सहनशील, र सान्त्वनादायी भएको नाटक गर्छन्। ख्रीष्टविरोधीहरू बहाना गर्नमा र मानिसहरूलाई छल्ने र बहकाउने कार्यमा अत्यन्तै सिपालु हुन्छन् भन्‍ने प्रकटीकरणहरू यिनै हुन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्