विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग चार) खण्ड एक
आ. परमेश्वर देहधारी हुनुभएको देहलाई तिरस्कार गर्नु
पछिल्लो सङ्गतिमा, हामीले ख्रीष्टविरोधीहरूको दसौँ प्रकटीकरणको दोस्रो उपशीर्षकबारे सङ्गति गर्यौँ—त्यो हो, परमेश्वर देहधारी हुनुभएको देहलाई तिरस्कार गर्नु। हामी हाम्रो सङ्गतिमा कहाँ पुगेका थियौँ? (ख्रीष्टविरोधीहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन्, त्यो तिनीहरूको मुडमा भर पर्छ।) हामी “तिनीहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन्, त्यो तिनीहरूको मुडमा भर पर्छ” भन्ने विषयवस्तुमा पुगेका थियौँ। पहिला कुन पक्षहरू सङ्गति गरिएका थिए भनी समीक्षा गरौँ। “तिनीहरूको मुडअनुसार” भन्ने सम्बन्धमा कतिवटा परिस्थितिहरू चिरफार गरियो? (पाँचवटा परिस्थितिहरू: काटछाँट भोग्नुपर्दा तिनीहरूको व्यवहार, ख्रीष्टको खेदो हुँदा, तिनीहरूले देहधारी परमेश्वरबारे धारणाहरू जन्माउँदा, तिनीहरू बढुवा वा बरखास्त हुँदा, र विभिन्न वातावरणहरू सामना गर्दा, ख्रीष्टप्रति तिनीहरूको व्यवहार।) धेरथोर कुरा त्यही हो। जब तिमीहरूले यी पक्षहरूको विषय सामग्री सुन्छौ, के तिमीहरूले त्यसभित्रका घटनाहरूबारे मात्र सुन्छौ, कि तिनलाई आफूसँग दाँजेर यी घटनाहरूमार्फत सत्यता प्राप्त गर्ने र बुझ्ने पनि गर्छौ? तिमीहरू कस्तो दृष्टिकोणले सुन्छौ? (जब परमेश्वरले यी स्थिति र प्रकटीकरणहरू खुलासा र चिरफार गर्नुहुन्छ, म तिनलाई आफूसँग दाँज्न सक्छु। कहिलेकाहीँ, मेरो व्यवहार पूर्ण रूपमा ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूजस्तै नहुन सक्छ, तर प्रकट हुने स्वभाव र प्रकृति सार उस्तै हुन्छन्।) ती खुलासा भएका स्थिति, प्रकटीकरण, र सारहरू धेरथोर मात्रामा सबैमा हुन्छन्। जब मानिसहरूले पहिलोपटक परमेश्वरमा विश्वास गर्छन्, उनीहरूलाई आफूमा यी भ्रष्ट स्वभावहरूका प्रकटीकरणहरू देख्न कठिन हुन्छ, तर जब परमेश्वरमा विश्वास गर्ने तिनीहरूको अनुभव बिस्तारै गहन बन्दै जान्छ, तब उनीहरू अचेतन रूपमै निश्चित स्वभाव र व्यवहारहरूबारे सचेत बन्छन्। त्यसकारण, अहिले हामीले छलफल गर्ने विषयवस्तुले समेट्ने विशिष्ट प्रकटीकरणहरू तँसित सम्बन्धित भए पनि नभए पनि वा विगतमा तँ यस्तो व्यवहारमा संलग्न भए पनि नभए पनि, यसको मतलब यी मामलाहरू तँसित सम्बन्धित छैनन् भन्ने होइन; यसको मतलब तैँले भविष्यमा यस्ता कुरा गर्नेछैनस् भन्ने होइन, न त यसको अर्थ तँमा यस्ता स्वभाव र व्यवहारहरू छैनन् भन्ने नै हो। हामीले अहिले एक वर्षभन्दा बढी समयदेखि ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरू सङ्गति र खुलासा गर्दै आएका छौँ। कुनै शीर्षकमा एक वर्षभन्दा बढी सङ्गति गरेर अझै पनि नसकिँदा, तिमीहरूलाई के लाग्छ, के हाम्रो सङ्गतिको विषयवस्तु विशिष्ट र पूर्ण छ? (यो पूर्ण छ।) यो अत्यन्तै विशिष्ट र पूर्ण छ! सङ्गति यो स्तरमा पुग्दासमेत, धेरै मानिसहरू अझै आफ्ना पुरानै व्यवहारहरू देखाउँछन्, अलिकति पनि बदलिएका छैनन्। भन्नुको मतलब, यी वचनहरू बोलेर अनि यी स्थिति, स्वभाव र सारहरू खुलासा गर्दा पनि, त्यसले तिनीहरूलाई थोरै पनि मदत गर्दैन। यो अवधिमा, अझै पनि केही मानिसहरू छन्, जो असावधान र नैतिकहीन व्यवहार गर्छन्, स्वेच्छाचारी र तानासाहीपूर्वक कार्य गर्छन्, साथै मनोमानी र लहडी व्यवहार गर्छन्। तिनीहरू पहिलेजस्तै रहन्छन्, वा हैसियत प्राप्त गरेपछि झन् बढी उग्र बन्छन्, र आफूलाई झनै पूर्ण रूपमा खुलासा गर्छन्। यसअलावा, केही मानिसहरू सधैँ बर्खासी र निकालामा परिरहेका हुन्छन्—यहाँ के भइरहेको हो? (यस्तो किन हुन्छ भने, यी मानिसहरूले कहिल्यै सत्यता स्विकारेका हुँदैनन्; उनीहरूले धेरै प्रवचनहरू सुनेका हुन्छन् तर तिनलाई हृदयमा लिएका हुँदैनन्।) एउटा कारण यो हो कि यी मानिसहरूले कहिल्यै सत्यता स्विकार्दैनन्; उनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्। अर्को कारण यो हो कि उनीहरूमा अन्तर्निहित रूपमै ख्रीष्टविरोधी सार हुन्छ र उनीहरूले सत्यता वा सकारात्मक कुराहरू स्विकार्न सक्दैनन्। त्यसकारण, मैले ख्रीष्टविरोधीहरूका विभिन्न सार र प्रकटीकरणहरूबारे यति विशिष्ट रूपमा सङ्गति र खुलासा गरेको भए पनि, यी ख्रीष्टविरोधी र दुष्ट मानिसहरू अझै पनि बिनाडर र बेकाबु रूपमा काम गर्छन्, र आफूले चाहेको जे पनि गर्छन्। के यो तिनीहरूको सारद्वारा निर्धारित हुँदैन र? यी मानिसहरूले आफ्नो प्रकृति बदल्नु साँच्चिकै असम्भव छ; तिनीहरूले जतिसुकै प्रवचनहरू सुने पनि तिनले तिनीहरूलाई प्रभाव पार्दैनन्, साथै तिनीहरू अपश्चात्तापी नै रहन्छन्। तिनीहरूका दैनिक जीवन, कर्तव्य गराइप्रतिको तिनीहरूको मनोवृत्ति, र तिनीहरूको कर्तव्य गराइ शैली हेर्दा, तिनीहरू सत्यता बिलकुलै स्विकार्दैनन् र तिनीहरूका स्वभावहरू कति पनि बदलिएका छैनन्; यी वचनहरू बहिरोलाई सुनाएजस्तै पूर्णतया प्रभावहीन भएका छन्। यी वचनहरूले ख्रीष्टविरोधीहरूलाई त प्रभाव पार्दैनन्, तर के यी वचनहरूले तिमीहरूलाई कुनै निरोधात्मक प्रभाव पारेका छन्? के यिनले केही निश्चित व्यवहारहरूलाई वशमा राख्ने र तिमीहरूको विवेक र नैतिकताका स्तरहरू माथि उठाउने काम गरेका छन्? (अलिअलि गरेका छन्।) यदि यिनले कुनै व्यक्तिमाथि यस्तो प्रभाव पारेका छैनन् भने, के ऊ मानव नै हो त? होइन; ऊ दियाबलस हो। अवश्य, यी वचनहरू सुनेपछि, धेरैजसो मानिसहरूले ख्रीष्टविरोधीहरूका विभिन्न स्वभाव सारहरू केही मात्रामा खुट्ट्याएका छन्, र भित्रैदेखि ख्रीष्टविरोधीहरूका स्वभावहरूप्रति घृणा विकास गरेका छन्, र त्यो सँगसँगै तिनीहरूका आफ्नै भ्रष्ट स्वभाव सारहरूबारे पनि केही बुझाइ र ज्ञान प्राप्त गरेका छन्। यो एउटा राम्रो सङ्केत, अर्थात् राम्रो कुरा हो। तर के जति धेरै सुन्यो उति धेरै नकारात्मक बन्ने मानिसहरू हुन्छन्? यी वचनहरू सुनेपछि, तिनीहरू सोच्छन्, “सकियो। ख्रीष्टविरोधीहरूका प्रकटीकरण, स्थिति, र स्वभावहरू खुलासा हुँदैपिच्छे ती पूर्ण रूपमा मेरासँग मिल्छन्। ती मेरो लागि कहिल्यै असान्दर्भिक हुँदैनन्। मैले कहिले आफूलाई ख्रीष्टविरोधीहरूको स्वभावबाट अलग गर्न सक्ने होला? मैले कहिले परमेश्वरका मानिसहरूका अर्थात् परमेश्वरका प्रिय पुत्रहरूका केही प्रकटीकरणहरू देखाउन सक्ने होला?” तिनीहरू जति बढी सुन्छन्, त्यति नै नकारात्मक बन्छन्, र त्यति नै पछ्याउनको लागि आफूसँग मार्ग नभएको महसुस गर्छन्। के यो प्रतिक्रिया सामान्य हो? (होइन।) के तिमीहरूलाई नकारात्मक महसुस हुन्छ? (हुँदैन।) तिमीहरूले हरेकपटक मैले ख्रीष्टविरोधीहरूका यी प्रकटीकरण र घटनाहरू खुलासा गरेको सुन्दा, के त्यसले घोच्ने वा असहजता निम्त्याउने गर्छ? के तिमीहरूलाई लाज लाग्छ? (त्यसले घोच्छ, हामीलाई लाज लाग्छ।) तिमीहरूलाई जस्तो अनुभूति भए पनि, त्यसले नकारात्मकतातिर नडोर्याउनु राम्रो कुरा हो; तिमीहरू अडिग भएर बसेका छौ। तर नकारात्मक नभएर मात्र पुग्दैन; त्यसले उद्देश्य हासिल गर्दैन, त्यो नै अन्तिम लक्ष्य होइन। तिमीहरू यी वचनहरूमार्फत आफूबारेको ज्ञानसम्म पुग्नुपर्छ। यो व्यवहारको एउटा पक्ष बुझ्ने कुरा होइन, यो त तिमीहरूको आफ्नै स्वभाव र सार जान्ने कुरा हो। यस बुझाइले तँलाई जीवनमा अभ्यास गर्ने मार्ग भेट्टाउन र आफ्नो कर्तव्य गर्ने क्रममा कस्ता कार्यहरू ख्रीष्टविरोधीहरूको व्यवहारसँग मिल्दो छन्, कस्ता कार्यहरूले ख्रीष्टविरोधीको स्वभाव प्रकट गर्छन्, र कस्ता कार्यहरू सिद्धान्तअनुरूप हुन् भनी जान्न सक्षम तुल्याउनुपर्छ। यदि तैँले यो कुरा हासिल गर्न सकिस् भने, तैँले यी वचनहरू सुनेको व्यर्थ भएको छैन; यिनले तँमाथि प्रभाव पारेका छन्। यसपछि, हामी ख्रीष्टविरोधीहरूले देहधारी परमेश्वरलाई कस्तो व्यवहार गर्छन् भन्ने कुराको चौथो प्रकटीकरणबारे सङ्गति गर्न जारी राख्नेछौँ—त्यो हो, ख्रीष्टले भन्नुभएको कुरा केवल सुन्ने, तर न त आज्ञापालन गर्ने न त समर्पित हुने।
घ. ख्रीष्टले भन्नुभएको कुरा केवल सुन्ने, तर न त आज्ञापालन गर्ने न त समर्पित हुने
ख्रीष्टविरोधीहरू ख्रीष्टले भन्नुभएको कुरा केवल सुन्ने, तर न त आज्ञापालन गर्ने न त समर्पित हुने गर्छन्; त्यसोभए, तिनीहरूले कसरी सुन्छन्? तिनीहरूले जुन मनोवृत्तिले सुन्छन् त्यसलाई मूलतः यस वाक्यांशले सारांशीकृत गर्छ: त्यसमा कुनै अनुपालन र साँचो समर्पण हुँदैन; तिनीहरूले हृदयदेखि स्विकार्दैनन्, तर कानले मात्र सुन्छन्, हृदयले सुन्ने वा बुझ्ने गर्दैनन्। त्यसलाई शाब्दिक रूपमा हेर्दा, यस सम्बन्धमा ख्रीष्टविरोधीहरूको व्यवहार र स्वभाव यिनै आधारभूत तत्त्वहरूद्वारा सारांशीकृत गर्न सकिन्छ। ख्रीष्टविरोधीहरूको स्वभाव सारको दृष्टिकोणबाट, यस्ता मानिसहरूले परमेश्वरबाट आउने कुनै पनि कुरा वा परमेश्वर वा मानवहरूद्वारा राम्रो र सकारात्मक ठानिएका कुनै पनि कुरा, साथै प्राकृतिक नियमहरूअनुरूपका कुनै पनि कुरा न त पालन गर्छन् न त तिनको अधीनता स्विकार्छन्; बरु तिनीहरूले यस्ता कुराहरूलाई हेयको दृष्टिले हेर्छन्, र तिनीहरूका आफ्नै दृष्टिकोण र विचारहरू हुन्छन्। के तिनीहरूका दृष्टिकोणहरू सकारात्मक कुराका नियम र व्यवस्थाहरूअनुरूप हुन्छन्? हुँदैनन्। तिनीहरूका दृष्टिकोणहरू दुइटा पक्षहरूमा सीमित छन्: एउटाचाहिँ शैतानका व्यवस्थाहरू हो, अनि अर्कोचाहिँ शैतानको स्वार्थहरू र शैतानको प्रकृति सारअनुरूप छ। त्यसकारण, परमेश्वर देहधारी हुनुभएको देहको सन्दर्भमा, ख्रीष्टविरोधीहरूको दृष्टिकोण र मनोवृत्ति अन्ततः दुइटा कुरामा सीमित हुन्छन्: एउटाचाहिँ शैतानका तर्क र व्यवस्थाहरू हो, अनि अर्कोचाहिँ शैतानको स्वभाव सार हो। ख्रीष्टले धर्तीमा एक चरणको काम गर्नुहुँदा, उहाँ परमेश्वरको प्रवक्ता हुनुहुन्छ, उहाँले धर्तीमा एक चरणको काम गर्नुहुँदा, उहाँ परमेश्वरको अभिव्यक्ति र देहधारण हुनुहुन्छ। यस्तो भूमिकाको लागि, ख्रीष्टविरोधीहरूसित जिज्ञासा र छानबिन गर्ने रुचिको अलावा, र कुनै हैसियत भएको व्यक्तिलाई झैँ उहाँलाई खुसामद र चापलुसी गर्ने व्यवहारको अलावा, तिनीहरूको हृदयमा कुनै साँचो विश्वास र पछ्याइ हुँदैन, साँचो प्रेम र समर्पण हुने त झन् कुरै नगरौँ। भ्रष्ट मानवजातिको नजरमा महत्त्वहीन देखिने पात्र ख्रीष्टको सन्दर्भमा भन्नुपर्दा, उहाँको रूप साधारण र सामान्य छ; उहाँको बोली, व्यवहार, र चालढाल, साथै उहाँको मानवताका सबै पक्षहरू पनि साधारण र सामान्य छन्। त्योभन्दा पनि बढी, उहाँले गर्नुहुने कामको स्वरूप, शैली, र विधि सबैको नजरमा अत्यन्तै साधारण, सामान्य, र व्यवहारिक देखिन्छन्। ती अलौकिक, खोक्रा, अस्पष्ट, र वास्तविक जीवनबाट अलग छैनन्। छोटकरीमा भन्नुपर्दा, बाहिरबाट ख्रीष्ट निकै उच्च देखिनुहुन्न। उहाँका बोली, कार्य, र चालढाल गहन वा अमूर्त छैनन्। मानव नजरले हेर्दा, कुनै रहस्यहरू देखिँदैनन्, न त बुझ्नै नसकिने केही नै देखिन्छन्; उहाँ अत्यन्तै व्यवहारिक, अत्यन्तै सामान्य हुनुहुन्छ। देहधारी परमेश्वरले गर्नुहुने सम्पूर्ण कामका सार र प्रकृतिबारे छलफल गर्नुअघि, अब हामी देहधारी परमेश्वरको यो भूमिकाबारे बाहिरी रूपमा मानिसहरूले देख्ने सबै कुराबारे विचार गरौँ: उहाँको बोली, व्यवहार, चालढाल, दिनचर्या, व्यक्तित्व, रुचि, शैक्षिक स्तर, उहाँले चासो राख्ने र छलफल गर्ने मामलाहरू, उहाँले मानिसहरूसँग गर्ने व्यवहार र अन्तरक्रिया, साथै उहाँले जेबारे ज्ञान सुनाउनुहुन्छ ती कुराहरू, आदि इत्यादि। मानिसको दृष्टिकोणमा, यी सबै अलौकिक, उच्च, वा खोक्रा हुँदैनन्, बरु अत्यन्तै व्यावहारिक हुन्छन्। यी सबै पक्षहरू ख्रीष्टलाई पछ्याउने सबैको लागि एउटा परीक्षा हुन्; तर जो साँचो रूपले परमेश्वरमा विश्वास गर्छन्, जोसँग समझ र विवेक छ, तिनीहरूले केही सत्यता बुझेपछि ख्रीष्टका सारा सामान्य र व्यवहारिक बाह्य प्रकटीकरणहरूलाई बुझ्न, स्विकार्न, र समर्पित हुन देहधारी परमेश्वरको वर्गमा सारांशीकृत गर्छन्। तथापि, ख्रीष्टविरोधीहरूले मात्र यसो गर्दैनन्; तिनीहरूले यो गर्नै सक्दैनन्। तिनीहरूलाई तिनीहरूको हृदयको गहिराइमा ख्रीष्टजस्तो अत्यन्तै साधारण व्यक्तित्वमा केही कमी भएझैँ लाग्छ। ठ्याक्कै केचाहिँ कमी हुन्छ त? भित्री रूपमा, ख्रीष्टविरोधीहरूलाई अक्सर यस्तो साधारण व्यक्ति परमेश्वरजस्तो देखिँदै देखिँदैन भन्ने लाग्छ। तिनीहरूले यस्तो साधारण व्यक्तिले तिनीहरूको साँचो परमेश्वर अर्थात् तिनीहरूले कल्पना गरेको ख्रीष्टलाई सुहाउँदो हुने गरी बोल्नु, काम गर्नु र व्यवहार गर्नुपर्छ भनेर पनि बारम्बार माग गर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको हृदयको गहिराइमा हेर्दा, तिनीहरू यस्तो साधारण व्यक्तिलाई आफ्नो प्रभु र आफ्नो परमेश्वरको रूपमा स्विकार्न अनिच्छुक हुन्छन्। ख्रीष्टको कुनै पक्ष जति सामान्य, व्यावहारिक र साधारण हुन्छ, त्यति नै यसलाई ख्रीष्टविरोधीहरूले तिरस्कार र खिसी गर्छन्, र शत्रुतापूर्वक हेर्नेसमेत गर्छन्। यसर्थ, उहाँका वचनहरूलगायत ख्रीष्टको व्यवहारको कुनै पनि पक्षको सन्दर्भमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरू भित्री रूपमा तिनलाई स्विकार्न सक्दैनन्, र तिनीहरू तीप्रति प्रतिरोधीसमेत हुन्छन्।
ख्रीष्टको बोलीमा के समावेश हुन्छ? त्यो कहिलेकाहीँ कार्य बन्दोबस्तहरू गर्नेबारेमा हुन्छ, कहिलेकाहीँ कसैका कमीकमजोरी औँल्याउनेबारेमा, कहिलेकाहीँ कुनै निश्चित प्रकारको व्यक्तिको भ्रष्ट सार खुलासा गर्नेबारेमा हुन्छ, कहिलेकाहीँ कुनै मामलाका सार र त्यसका सारा विवरणहरू विश्लेषण गरेर त्यसका समस्याहरू चिरफार गर्नेबारेमा, कहिलेकाहीँ कुनै मामलाको सही र गलत छुट्ट्याउनेबारेमा हुन्छ, कहिलेकाहीँ एकखाले व्यक्तिको परिणाम निर्धारण गर्नेबारेमा, कहिलेकाहीँ केही मानिसहरूलाई बढुवा गर्नेबारेमा हुन्छ, कहिलेकाहीँ केही मानिसहरूलाई बरखास्त गर्नेबारेमा, अनि कहिलेकाहीँचाहिँ त्यो केही मानिसहरूलाई काटछाँट गर्नेबारेमा र कहिलेकाहीँ केही मानिसहरूलाई सान्त्वना र अर्ती दिनेबारेमा हुन्छ। अवश्य नै, ख्रीष्टले उहाँको कामको बेलामा मानिसहरूको जीवन स्वभावसँग सम्बन्धित जुन सत्यताहरू चर्चा गर्नुहुन्छ, त्यसअलावा, उहाँले हरप्रकारका कुराहरू, साथै मानव ज्ञान र विभिन्न व्यावसायिक क्षेत्रहरूसँग सम्बन्धित केही विषयहरूलाई पनि बारम्बार उल्लेख गर्नुहुन्छ। ख्रीष्ट एक सामान्य र व्यावहारिक व्यक्ति हुनुहुन्छ; उहाँ शून्यतामा जिउनुहुन्न। उहाँसँग मानव अस्तित्वसम्बन्धी र जीवनसम्बन्धी सारा मामलाहरूबारे सोच र दृष्टिकोणहरू छन्, र उहाँले यी मामलाहरूलाई सिद्धान्तपरक ढङ्गले सम्हाल्नुहुन्छ। यदि यी सिद्धान्तहरू मानिसहरूको अस्तित्व, मानिसहरूको जीवन प्रवेश, र परमेश्वरको आराधनाजस्ता विषयहरूसँग सम्बन्धित छन् भने, के ती सबै सत्यता हुन् भनेर भन्न मिल्छ? (मिल्छ।) मानव ज्ञान, दर्शन, र केही व्यावसायिक मामलाहरूसम्बन्धी ख्रीष्टले बोल्नुहुने वचनहरूलाई सिधै सत्यता भन्न मिल्दैन, बरु ती कुराहरू दृष्टिकोण, मनोवृत्ति, र सिद्धान्तको हिसाबले मानिसहरूलाई यी विषयहरूमा थाहा भएका कुराभन्दा फरक हुन्छन्। उदाहरणका लागि, मानवहरू एउटा ज्ञानप्रति आदरपूर्ण मनोवृत्ति अपनाएर त्यसद्वारा जिउन सक्छन्, तर ख्रीष्टले हरप्रकारका ज्ञानलाई चिरफार गर्न र खुट्ट्याउन अनि तिनलाई सही तरिकाले व्यवहार गर्न सक्नुहुन्छ। उदाहरणको लागि कुनै एउटा पेशामा तिमीहरूको दक्षता र त्यससँग सम्बन्धित ज्ञानबारे तिमीहरूको निपुणताकै कुरा गरौँ। तिमीहरूले यस ज्ञानलाई प्रयोग गरेर के हासिल गर्न सक्छौ? तिमीहरूले आफ्नो कर्तव्य गर्ने क्रममा यस ज्ञानलाई कसरी प्रयोग गर्छौ? के त्यसमा कुनै सत्यता सिद्धान्तहरू संलग्न हुन्छन्? यदि तैँले सत्यता बुझ्दैनस् भने, त्यस्ता कुनै सिद्धान्तहरू हुँदैनन्, र तँ आफ्नो कर्तव्य गर्दा ज्ञानमाथि मात्र भर पर्छस्। म त्यस पेशामा विज्ञ नहुँला वा ममा त्यस ज्ञानबारे गहन बुझाइ नहोला, म मोटामोटी अवधारणा र केही मूलभूत कुराहरू मात्र बुझ्छु र जान्दछु होला, तर म यस ज्ञानलाई एक तरिकाले र सिद्धान्तपरक ढङ्गले प्रयोग गर्न जान्दछु जसले गर्दा त्यस ज्ञानले प्रभावकारी रूपमा परमेश्वरको काममा सेवाप्रदान गर्न मदत गर्न सक्छ। भिन्नता यही हो। ख्रीष्टविरोधीहरूले सत्यता नस्विकार्ने हुनाले, तिनीहरूले यो कुरा कहिल्यै देख्नेछैनन् र ख्रीष्टको सार साँच्चिकै के हो भनेर कहिल्यै बुझ्नेछैनन्। ख्रीष्टमा परमेश्वरको सार छ—यो भनाइ ठ्याक्कै कहाँ वास्तविकता बन्छ र प्रकट हुन्छ, त्यसलाई मानिसहरूले कसरी व्यवहार गर्नुपर्छ, अनि त्यसबाट मानिसहरूले कस्ता फाइदा र लाभहरू प्राप्त गर्छन्? ख्रीष्टविरोधीहरूले यो पक्ष कहिल्यै देख्नेछैनन्। किन त्यस्तो हुन्छ? एउटा सबैभन्दा महत्त्वपूर्ण कारण छ: ख्रीष्टविरोधीहरूले परमेश्वर देहधारी हुनुभएको देहलाई जसरी हेरे पनि, तिनीहरूले एउटा व्यक्ति मात्र देख्छन्। तिनीहरूले मानव दृष्टिकोणबाट मापन गर्छन्, मानव ज्ञान, अनुभव, बुद्धि, षड्यन्त्र, र छलकपट प्रयोग गरेर हेर्छन्, तर तिनीहरूले जसरी हेरे पनि यस व्यक्तिमा त्यस्तो विशेष केही पनि देख्दैनन्, न त तिनीहरूले उहाँमा परमेश्वरको सार छ भनेर खुट्ट्याउन नै सक्छन्। ल भन, के तिनीहरूले त्यसलाई नाङ्गो आँखाले देख्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले सूक्ष्मदर्शक यन्त्र वा एक्स-रे प्रयोग गरेर देख्न सक्छन्? त्यसो गरेमा तिनीहरूले त्यो कुरा देख्ने सम्भावना झनै कम हुन्छ। कतिपय मानिसहरू सोध्छन्: “यदि त्यसलाई नाङ्गो आँखाले वा सूक्ष्मदर्शक यन्त्रले देख्न सकिँदैन भने, के आत्मिक क्षेत्रसँग सम्पर्कमा भएकाहरूले देख्न सक्छन् त?” (सक्दैनन्।) आत्मिक क्षेत्रसँग सम्पर्कमा भएकाहरूले त्यस क्षेत्रलाई देख्न र आत्माहरूलाई देख्न सक्छन्, तर देहधारी परमेश्वरलाई किन खुट्ट्याउन सक्दैनन्? के तिमीहरूलाई शैतानले परमेश्वरलाई आत्मिक क्षेत्रमा देख्न सक्छ जस्तो लाग्छ? (लाग्छ।) परमेश्वरजस्तै शैतान पनि आत्मिक क्षेत्रमै हुन्छ, तर के त्यसले परमेश्वरलाई परमेश्वरको रूपमा मान्छ? (मान्दैन।) के त्यसले परमेश्वरलाई पछ्याउने वा उहाँमा विश्वास गर्ने गर्छ? (गर्दैन।) शैतानले परमेश्वरलाई हरदिन देख्न सक्छ, तर त्यसले न त उहाँमा विश्वास गर्छ न त उहाँलाई पछ्याउँछ। त्यसैले, आत्मिक क्षेत्रसँग सम्पर्कमा हुनेहरूले परमेश्वरको आत्मा देख्न सक्ने भए पनि, के तिनीहरूले यस आत्मालाई परमेश्वरको रूपमा मान्नेछन् र? (मान्नेछैनन्।) के यो व्याख्याले यो समस्याको जड समाधान गर्छ? (गर्छ।) यसको जड के हो? (तिनीहरू परमेश्वरलाई मान्दैनन् र उहाँको डर मान्दैनन्।) भित्री रूपमा, ख्रीष्टविरोधीहरू परमेश्वरलाई मान्दैनन्। तिनीहरूका पुर्खाहरूले, तिनीहरूका कुलवंशहरूले परमेश्वरलाई मानेनन्। आफ्नै आँखासामु परमेश्वर हुनुहुँदा पनि, तिनीहरूले उहाँलाई न त मान्यता दिन्छन् न आराधना गर्छन्। यस्तोमा, तिनीहरूले यति साधारण र मामुली देखिनुहुने देहधारी परमेश्वरलाई कसरी आराधना गर्न सक्थे र? कदापि सक्दैनन्। त्यसैले, ख्रीष्टविरोधीहरूले जस्तोसुकै माध्यमहरू प्रयोग गरेर हेरे पनि, त्यो व्यर्थ छ। परमेश्वरले उहाँको काम सुरु गर्नुभएको समयदेखि अहिलेसम्म, परमेश्वरले धेरै वचनहरू बोल्नुभएको छ र यति महान् काम गर्नुभएको छ। के यो मानव संसारको सबैभन्दा ठूलो चिन्ह र अचम्मको कार्य होइन र? यदि ख्रीष्टविरोधीहरूले त्यो कुरा मान्न सक्थे भने, तिनीहरूले धेरै पहिले नै विश्वास गरेका हुन्थे; तिनीहरू अहिलेसम्म पर्खिरहेका हुन्नथे। के “ख्रीष्टविरोधीहरूले परमेश्वरका वास्तविक कार्यहरू पर्याप्त मात्रामा नदेखेर मात्र हो, त्यसैले तिनीहरू विश्वस्त छैनन्; यदि परमेश्वरले केही चिन्ह र अचम्मका कार्यहरू देखाउने, र तिनीहरूलाई आत्मिक क्षेत्र साँच्चिकै कस्तो छ भनी हेर्न दिने हो भने, र यदि तिनीहरूले परमेश्वरको वास्तविक व्यक्तित्व र उहाँका सारा वचनहरू पूरा भएको देखे भने, तिनीहरूले परमेश्वरलाई मान्यता दिनेथिए र उहाँलाई पछ्याउनेथिए” भनेर भन्ने मानिसहरू पनि छन्? के कुरा त्यही हो त? परमेश्वरसित आत्मिक क्षेत्रमा यतिका वर्ष जोरी खोजेर पनि विश्वस्त भएनन् भने, के ख्रीष्टविरोधीहरू केही वर्षमै अचानक समर्पित होलान् त? त्यो असम्भव छ; तिनीहरूको प्रकृति सार अपरिवर्तनीय छ। देहधारी परमेश्वरले यति धेरै काम गर्नुभएको र यति धेरै वचनहरू बोल्नुभएको छ, तर यी कुनैले पनि तिनीहरूमाथि विजय गर्न सक्दैन, न त तिनीहरूले परमेश्वरको पहिचान र सारलाई मान्यता दिन नै सक्छन्। यो तिनीहरूको जन्मसिद्ध प्रकृति हो। यो प्रकृतिले के सङ्केत गर्छ? यसको अर्थ ख्रीष्टविरोधी मानिसहरूले परमेश्वर, सत्यता, र सकारात्मक कुराहरूविरुद्ध सदैव युद्ध चलाइरहनेछन्, अन्तिम अवस्थासम्म लडिरहनेछन्, र मृत्युपर्यन्त कहिल्यै रोकिनेछैनन्। के तिनीहरू विनाशयोग्य पात्र होइनन् र? “मृत्युपर्यन्त कहिल्यै नरोकिनु” भन्नुको अर्थ के हो? त्यसको अर्थ तिनीहरू परमेश्वरका वचनहरूलाई सत्यताको रूपमा मान्नुभन्दा मर्न तयार हुन्छन्, तिनीहरू परमेश्वरप्रति समर्पित हुनुभन्दा मर्न तयार हुन्छन्। यो त मृत्युलायक कुरा हो।
ख्रीष्टविरोधीहरू ख्रीष्ट अर्थात् यस साधारण व्यक्तिलाई बाहिरबाट मात्र नभई भित्रैदेखि पनि सूक्ष्मजाँच गर्छन्। यसर्थ, ख्रीष्टले बोल्नु वा कार्य गर्नुहुँदा, ख्रीष्टविरोधीहरूले विभिन्न प्रकारका व्यवहारहरू प्रस्तुत गर्छन्। अब हामी ख्रीष्टका बोली र कार्यहरूको प्रतिक्रियास्वरूप ख्रीष्टविरोधीहरूले देखाउने विभिन्न प्रकटीकरणहरूमार्फत तिनीहरूको प्रकृति सार खुलासा गरौँ। उदाहरणको लागि, काम र सत्यता सिद्धान्तहरूबारे ख्रीष्टले मानिसहरूसित सङ्गति गर्नुहुँदा, उहाँले केही विशिष्ट अभ्यासहरू उल्लेख गर्नुहुन्छ। यी अभ्यासहरू मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा कुनै काम विशिष्ट रूपले कसरी कार्यान्वयन र लागु गर्नुपर्छ भन्नेबारे सम्बन्धित छन्। सामान्य रूपमा भन्नुपर्दा, कुनै पनि काम भनेको प्रतिपादित सिद्धान्तबारे छलफल गर्नु, नाराहरू फलाक्नु, सबैलाई ऊर्जा प्रदान गर्नु, र सबैलाई शपथ खुवाउनु, अनि त्यतिमै कुरा सक्नु होइन; कर्तव्यसँग सम्बन्धित हरेक काम जटिल हुन्छ र त्यसमा निश्चित विवरणहरू संलग्न हुन्छन्। उदाहरणको लागि: कसरी सही व्यक्ति छान्ने; विभिन्न मानिसहरूका फरकफरक स्थितिहरूलाई कसरी सम्हाल्ने र कुन रूपमा हेर्ने; कर्तव्य गर्ने क्रममा उत्पन्न हुने विभिन्न समस्याहरूलाई कसरी सिद्धान्तहरूअनुसार सम्हाल्ने; कसरी स्वेच्छाचारी र तानासाही रूपमा कार्य नगरी, वा मनोमानी र लहडी व्यवहार नगरी, मानिसहरूमाझ सौहार्दपूर्ण सहकार्य गर्ने; आदि इत्यादि, जसले विभिन्न विषयहरू समेट्छन्। मानिसहरूले ख्रीष्टले सङ्गति गरेको विशेष कार्य कार्यान्वयन गर्नुपर्दा र विशेष परियोजनाहरूको जिम्मेवारी लिनुपर्दा कठिनाइहरू सामना गर्लान्। नाराहरू फलाक्नु र धर्मसिद्धान्तहरू प्रचार गर्नु सजिलो छ, तर वास्तविक कार्यान्वयन त्यति सजिलो छैन। यी कामहरू गएर वास्तवमै कार्यान्वयन गर्नको लागि, कम्तीमा पनि, मानिसहरूले प्रयत्न गर्नुपर्छ, मूल्य चुकाउनुपर्छ, र समय खर्चनुपर्छ। यो एकातिर उपयुक्त व्यक्तिहरू खोज्ने कार्यसँग सम्बन्धित छ, र अर्कोतिर, संलग्न पेशाबारे सिक्ने, विभिन्न व्यावसायिक पक्षहरूसँग सम्बन्धित आम ज्ञान र सिद्धान्तहरू, र कार्यसञ्चालनका विशिष्ट विधि र शैलीहरू अनुसन्धान गर्ने कार्यसँग सम्बन्धित छ। यसअलावा, तिनीहरूले केही चुनौतीपूर्ण समस्याहरू पनि सामना गर्न सक्छन्। सामान्यतया, यी कठिनाइहरूबारे सुनेपछि सामान्य मानिसहरूले अलि त्रसित, र केही दबाब महसुस गर्छन्, तर जो परमेश्वरप्रति बफादार र समर्पित छन्, तिनीहरूले कठिनाइहरू सामना गर्दा र दबाब महसुस गर्दा मौन रूपमा हृदयमा प्रार्थना गर्नेछन्, र तिनीहरूको आस्था बढाउन र अन्तर्दृष्टि र सहयोगको लागि परमेश्वरलाई मार्गदर्शन माग्छन्, साथै गल्तीहरू गर्नबाट जोगाइमाग्छन्, ताकि तिनीहरूले प्रस्ट विवेक हासिल गर्नहेतु बफादारी निभाउन र सक्दो मेहनत लगाउन सकून्। तर ख्रीष्टविरोधी मानिसहरू यस्ता हुँदैनन्। जब तिनीहरूले काममा ख्रीष्टद्वारा मिलाइएका केही विशिष्ट प्रबन्धहरूबारे सुन्छन्, र जसलाई तिनीहरूले लागु गर्नुपर्ने हुन्छ र जुन काममा केही कठिनाइहरू हुन्छन्, तब तिनीहरू भित्री रूपमा प्रतिरोधी महसुस गर्न थाल्छन्, र अघि बढ्न अनिच्छुक हुन्छन्। यो अनिच्छा कस्तो देखिन्छ? तिनीहरू भन्छन्: “मलाई किन कहिल्यै राम्रा कुराहरू आइपर्दैनन्? मलाई किन सधैँ समस्याहरू दिइन्छ र मापदण्डहरू थोपरिन्छ? के मलाई निष्क्रिय ठानेर कामहरू अह्राइन्छ कि दास ठानेर? ममाथि चालबाजी गर्न त्यति सजिलो छैन! तिमी यति हल्का रूपमा भन्दै छौ, तिमी किन आफै कोसिस गर्दैनौ!” के यो समर्पण हो? के यो स्वीकारको मनोवृत्ति हो? तिनीहरूले के गरिरहेका छन्? (प्रतिरोध र विरोध गरिरहेका छन्।) यो प्रतिरोध र विरोध कसरी पैदा हुन्छ? उदाहरणका लागि, यदि “एकदुई पाउ सुँगुरको मासु लिएर आइज अनि सबैलाई छोइला बनाएर दे” भनेर अह्राइएमा, के तिनीहरूले यो कुरामा विरोध गर्थे र? (गर्थेनन्।) तर यदि “आज, गएर त्यो बारी जोत्, र त्यो जोत्दाखेरि, तैँले सबै ढुङ्गाहरू पन्साइसकेपछि मात्र खाना खान पाउँछस् है” भनेर भनिएमा, तिनीहरू अनिच्छुक बन्नेथे। त्यसमा शारीरिक कठिनाइ, गाह्रो, वा दबाब हुनेबित्तिकै तिनीहरूको रुष्टता देखा पर्छ, र तिनीहरू अघि बढ्न अनिच्छुक बन्छन्; तिनीहरू प्रतिरोध र गुनासो गर्न थाल्छन्: “मलाई किन राम्रा कुराहरू हुँदैनन्? सजिला र हल्का कामहरू आउँदा मलाई किन बेवास्ता गरिन्छ? मलाई किन कठिन, थकाइलाग्दो, वा फोहोरी काममा छानिन्छ? के म निष्कपट र सजिलै हेप्न सकिनेजस्तो देखिएर हो?” भित्री प्रतिरोध यहीबाट सुरु हुन्छ। तिनीहरू किन यति प्रतिरोधी हुन्छन्? कस्तो “फोहोरी र थकाइलाग्दो काम”? कस्ता “कठिनाइहरू”? के यो सब तिनीहरूको कर्तव्यको पाटो होइन र? जसलाई अह्राइएको हो उसले गर्नुपर्छ; रोजीछानी गर्नुपर्ने त्यस्तो के छ र? के यो जानीजानी तिनीहरूको लागि परिस्थिति कठिन बनाइएको हो र? (होइन।) तर तिनीहरू जानीजानी तिनीहरूको लागि परिस्थिति कठिन बनाइएको हो, तिनीहरूलाई अप्ठेरोमा जाकिएको हो भन्ठान्छन्, त्यसैले तिनीहरू परमेश्वरबाट यो कर्तव्य स्विकार्दैनन् र त्यसलाई स्विकार्न अनिच्छुक हुन्छन्। यहाँ के भइरहेको छ? के तिनीहरूले कठिनाइहरू सामना गर्नुपर्दा, शारीरिक कष्ट सहनुपर्दा, र अबउप्रान्त सहजतामा जिउन नसक्दा तिनीहरू प्रतिरोधी बन्ने हो? के यो निःसर्त, गुनासोरहित समर्पण हो? थोरै गाह्रो हुनेबित्तिकै तिनीहरू अनिच्छुक बन्छन्। तिनीहरू जे गर्न चाहँदैनन्, तिनीहरूलाई जुन काम गाह्रो, गर्न मन नलाग्ने, अपमानजनक, वा अरूद्वारा हेयको दृष्टिले हेरिने भन्ने लाग्छ, तिनीहरू त्यसलाई उग्र रूपमा प्रतिरोध, विरोध र अस्वीकार गर्छन्, अलिकति पनि समर्पण देखाउँदैनन्। ख्रीष्टविरोधीहरूले ख्रीष्टका वचनहरू, आदेशहरू, वा उहाँले सङ्गति गर्ने सिद्धान्तहरू सामना गर्नुपर्दा—त्यसले तिनीहरूलाई कठिनाइहरू निम्त्याउनेबित्तिकै वा दुःख भोग्नुपर्ने वा मूल्य चुकाउनुपर्ने तुल्याउनेबित्तिकै—तिनीहरूको पहिलो प्रतिक्रिया प्रतिरोध र इन्कार हुन्छ, र तिनीहरू हृदयमा घिन महसुस गर्छन्। तर तिनीहरूलाई गर्न इच्छा भएको वा फाइदा हुने कुराको सन्दर्भमा, तिनीहरूको मनोवृत्ति त्यस्तो हुँदैन। ख्रीष्टविरोधीहरू आराममा लिप्त हुने र अरूभन्दा अलग देखिने चाहना राख्छन्, तर तिनीहरूले दैहिक कष्टहरू सामना गर्नुपर्दा, मूल्य चुकाउनुपर्दा, वा अरूलाई चिढ्याउने जोखिम लिनुपर्दा, के तिनीहरू प्रसन्न र खुसीसाथ स्विकार्न इच्छुक हुन्छन्? के त्यसपछि तिनीहरूले पूर्ण समर्पण हासिल गर्न सक्छन्? कति पनि सक्दैनन्; तिनीहरूमा पूर्णतः अनाज्ञाकारिता र अवज्ञाको मनोवृत्ति हुन्छ। जब ख्रीष्टविरोधी मानिसहरूले आफूले गर्न नचाहेका काम, र तिनीहरूका अभिरूचि, रुचि, वा स्वार्थसँग नमिल्ने कुरा सामना गर्छन्, तब ख्रीष्टका वचनहरूप्रति तिनीहरूको मनोवृत्ति पूर्ण इन्कार र प्रतिरोध बन्छ, र त्यसमा एकै थोपा पनि समर्पण हुँदैन।
कतिपय मानिसहरू, ख्रीष्टले बोल्नुभएको सुन्दा, यस्ता सोचहरू बनाउन थाल्छन्: “ख्रीष्टले किन यसो भन्नुहुन्छ? उहाँले कसरी यो मामलालाई यस्तो दृष्टिकोणले व्यवहार गर्न मिल्छ? उहाँले यस्तो राय बोक्न कसरी मिल्छ, उहाँले कुनै कुरालाई कसरी यो तरिकाले परिभाषित गर्न मिल्छ? के यो पनि सत्यता नै हो? के यी पनि परमेश्वरका वचनहरू नै हुन्? मलाई त त्यस्तो लाग्दैन। बाइबलमा परमेश्वरले जुन तरिकाले बोल्नुभएको छ त्यसलाई यी विस्तृत र मामुली कुराहरूमा नगई, एक निश्चित तर्कसङ्गतता र फरक तरिकाले रेकर्ड गरिएको छ। ख्रीष्टले किन यसरी बोल्नुहुन्छ? यो सधैँ विवरणहरू, अनि विवरणहरूलाई चिरफार गर्ने कार्यमा केन्द्रित हुन्छ; के परमेश्वरले साँच्चिकै यस्तो बोल्न मिल्छ?” तिनीहरूले परमेश्वरका वचनहरू पढ्दैपिच्छे तिनीहरूसँग धारणाहरू हुँदैनन्, र तिनीहरू यस्तो सोच्छन्, “यी परमेश्वरका वचनहरू हुन्; मैले जीवन, मुक्ति र आशिष्हरू प्राप्त गर्न तिनमा भर पर्नैपर्छ।” तर जब तिनीहरूले वास्तवमै ख्रीष्टसँग अन्तरक्रिया गर्छन्, तब केही मामलाबारे उहाँका विचार, टिप्पणी, र मनोवृत्तिहरू, साथै निश्चित मानिसहरूलाई सम्हाल्ने उहाँका तरिकाहरूबारे राय बनाउन थाल्छन्, अनि यी रायहरूलाई मानव धारणा मान्न सकिन्छ। जब ख्रीष्टविरोधीहरूले हृदयमा धारणाहरू विकास गर्छन्, के तिनीहरूले तिनीहरूका धारणाहरूलाई काटछाँट गर्न भनी परमेश्वरलाई प्रार्थना गर्छन्? कदापि गर्दैनन्। तिनीहरू एक थोपा पनि समर्पणको हृदयबिना आफ्नै धारणाहरूद्वारा निरन्तर ख्रीष्टका वचनहरू मापन गरिरहन्छन्। यसर्थ, जब तिनीहरूले ख्रीष्टबारे धारणाहरू विकास गर्छन्, तब तिनीहरू भित्री रूपमा प्रतिरोधी महसुस गर्न थाल्छन् र बिस्तारै ख्रीष्टप्रति प्रतिद्वन्द्वात्मक बन्छन्। यस्तो प्रतिद्वन्द्विता सिर्जना हुँदा, के ख्रीष्टविरोधीहरू अझै पनि समर्पित हुने योजनामा हुन्छन्? के तिनीहरू अझै पनि स्विकार्ने योजनामा हुन्छन्? तिनीहरू हृदयमा यस्तो सोच्दै प्रतिरोध गर्न थाल्छन्, “हम्म्, अब तिमीमाथि मेरो केही हैकम चल्छ। के तिमी परमेश्वर हुनुपर्ने होइन र? के तिम्रा सारा वचनहरू सत्यता होइनन् र? तिमीले पनि काम गर्दा तार्किक रूपमा तर्क गर्ने, र मामलाहरूलाई आफ्नै आँखाले देखेको आधारमा मूल्याङ्कन गर्ने रहेछौ। तिम्रा कार्यहरू परमेश्वरको सारसँग मिल्दैनन्!” तिनीहरू भित्री रूपमा अनाज्ञाकारी हुन थाल्छन्। जब यो अनाज्ञाकारिता उत्पन्न हुन्छ, त्यो बाहिरै प्रकट हुन्छ। तिनीहरूले यसो भन्न सक्छन्, “तिमीले भनेको कुरा सही देखिन्छ, तर त्यसबारे परमेश्वरले के भन्नुहुन्छ भनेर हेर्न मैले उनका वचनहरू जाँच्नुपर्छ। परमेश्वरले मलाई कसरी अगुवाइ गर्छन्, त्यो हेर्न मैले उनलाई प्रार्थना गर्नुपर्छ। परमेश्वरले मलाई कसरी मार्गदर्शन र अन्तर्दृष्टि दिन्छन् भनेर हेर्न मैले पर्खन र खोजी गर्न आवश्यक छ। जहाँसम्म तिमीले भनेको कुरा छ, त्यसबारे म सोच्दा पनि सोच्दिनँ, र त्यसलाई मेरा कार्यहरूको आधार बनाउन मिल्दैन।” यो कस्तो प्रकटीकरण हो? (ख्रीष्टलाई नकार्नु।) तिनीहरू ख्रीष्टलाई नकार्छन्, तर तिनीहरू किन अझै “वचन देहमा देखा पर्नुहुन्छ” भन्ने पुस्तक पढ्छन्? (परमेश्वर, मलाई लाग्छ तिनीहरू स्वर्गको अस्पष्ट परमेश्वरलाई मात्र मान्छन् र धर्तीका ख्रीष्टलाई सिधै नकार्छन्।) ख्रीष्टविरोधीहरू निरन्तर खोक्रा शब्द र धर्मसिद्धान्तहरूमा जिउँछन्, उच्च र अदृश्य परमेश्वरलाई श्रद्धा गर्छन्। त्यसकारण, ती लिखित वचनहरूलाई उच्च श्रद्धा र सम्मान गर्छन् जुन ख्रीष्टका रेकर्ड गरिएका भनाइहरू हुन्, तर तिनीहरूले सबैभन्दा साधारण रहनुभएका ख्रीष्टलाई हृदयमा कुनै प्रकारको हैसियत नभएको व्यक्तिका रूपमा लिन्छन्। के यो विरोधाभासी छैन र? जब तिनीहरूले ख्रीष्टबारे धारणाहरू बनाउँछन्, तब तिनीहरू यसो भन्छन्, “मैले परमेश्वरका वचनहरूले के भन्छन् भनी हेर्न प्रार्थना र खोजी गर्नुपर्छ।” परमेश्वरका वचनहरू मात्र मान्ने तर ख्रीष्टलाई नमान्ने तिनीहरू को हुन्? (ख्रीष्टविरोधीहरू।) ख्रीष्टका वचनहरूबारे तिनीहरूका धारणाहरू जतिसुकै ठूला वा गहन होऊन्, ती वचनहरू छापिएपछि, तिनीहरूका धारणाहरू हराउँछन्। ती वचनहरू लेख बनेपछि, तिनीहरूले तिनलाई परमेश्वरको रूपमा आराधना गर्छन्। के फरिसीहरू र धार्मिक वृत्तका मानिसहरूले पनि यही गल्ती गरेका होइनन् र? सत्यता नबुझ्दा यी प्रकटीकरण र धारणाहरू सजिलै उत्पन्न हुन्छन्। ख्रीष्टविरोधीहरूले धारणाहरू विकास गरेपछि, तिनीहरूको हृदय समर्पित हुन सक्दैन; कुनै समर्पण हुँदैन, प्रतिरोध मात्र रहन्छ।
कस्ता परिस्थितिहरूमा साधारण मानिसहरूले धारणाहरू विकास गर्छन्, वा कस्ता मानिसहरूले धारणाहरू विकास गर्ने सम्भावना हुन्छ? एकखाले ती हुन् जो परमेश्वरका वचनहरू बुझ्दैनन्, र अर्कोखाले ती हुन् जसमा आत्मिक बुझाइ हुँदैन र जो सत्यता स्विकार्दैनन्; तिनीहरू धारणाहरू विकास गर्न प्रवृत्त हुन्छन्। धारणाहरू उत्पन्न भएपछि तिनीहरूले हृदयमा प्रतिरोध गर्न थाल्छन्। उदाहरणको लागि, मैले मानिसहरूलाई कुनै काम त्यस समयमा त्यसको पृष्ठभूमि, वातावरण, र मानव आवश्यकताहरूका आधारमा निश्चित तरिकाले गर्न भन्न सक्छु। पछि, समय बित्दै जाँदा र परिस्थिति बदलिँदै जाँदा, त्यस मामला सम्हाल्ने तरिका र विधि पनि बदलिन सक्छ। तर यस बदलावले ख्रीष्टविरोधीहरूलाई यस्ता धारणाहरू विकास गर्ने अवसर दिन्छ: “तिमीले पहिले यसो भन्यौ, त्यो नै सत्यता हो भनेर घोषणा गर्दै मानिसहरूलाई त्यस तरिकाले अभ्यास गर्न भन्यौ। हामीले बल्लतल्ल बुझ्यौँ र त्यसलाई अभ्यास र पालना गर्न सक्यौँ, र हामीले आशिष्हरू पाउने आशा छ भन्ने सोच्यौँ, तर अहिले तिमी हामीलाई यो काम फरक तरिकाले गर्न भनिरहेका छौ—यसको मतलब के हो? के तिमीले हामीलाई पीडा दिइरहेका छैनौ र? के तिमीले हामीलाई मानवभन्दा तल्लो स्तरको व्यवहार गरिरहेका छैनौ र? यो काम गर्ने सही तरिका ठ्याक्कै के हो त?” विधि, शैली, वा भनाइमा केही फेरबदल हुनेबित्तिकै त्यसले केही मानिसहरूलाई आक्रोशित बनाउन सक्छ—यी व्यक्तिहरू सत्यता बिलकुलै बुझ्न र बोध गर्न नसक्ने मानिसहरू हुन्। तिनीहरू परमेश्वरले जे गर्नुहुन्छ ती सबैलाई पुराना दृष्टिकोणहरू, पुराना सिद्धान्तहरू, केही मानव नैतिकताका मानकहरू, विवेकका मानकहरू, र तार्किक सोचाइ र मानव ज्ञानसमेतद्वारा मापन गर्छन्। जब यो सब कुरा ख्रीष्टको कुरासँग बाझिन्छ वा जब बीचमा अन्तरहरू आउँछन्, तब तिनीहरू त्यसलाई कसरी सम्हाल्ने भनी जान्दैनन्। कसरी अघि बढ्ने भनेर अनिश्चित हुँदा, साधारण मानिसहरूले पहिला शान्त भएर स्विकार्न सक्नुपर्छ, र त्यसपछि बिस्तारै बुझ्न खोज्नुपर्छ। तर ख्रीष्टविरोधीहरू यस्ता हुँदैनन्। तिनीहरू पहिला प्रतिरोध गर्छन् र त्यसपछि अस्पष्ट परमेश्वरसामु प्रार्थना गर्छन्, जसले गर्दा तिनीहरू सत्यता अभ्यास गर्ने र परमेश्वरलाई अत्यन्तै प्रेम गर्नेझैँ देखिन्छन्। तिनीहरूले प्रार्थना गर्नुको उद्देश्य के हो? त्यसको उद्देश्य ख्रीष्टका वचनहरूलाई नकार्ने पर्याप्त प्रमाण खोज्नु, ख्रीष्टले भन्नुभएका कुरालाई निन्दा र आलोचना गर्नु, अनि मनको शान्ति प्राप्त गर्नु हो। तिनीहरूले आफ्ना धारणाहरूलाई यसरी समाधान गर्छन्। के यसले तिनीहरूका धारणाहरू समाधान गर्न सक्छ त? (सक्दैन।) किन सक्दैन? (किनकि तिनीहरू सत्यता स्विकार्दैनन्। तिनीहरू परमेश्वरका वचनहरूबाट सत्यता खोजिरहेका हुँदैनन्, बरु परमेश्वरलाई नकार्ने कोसिस गरिरहेका हुन्छन्।) ठिक भनिस्, तिनीहरू सत्यता स्विकार्ने मनोवृत्तिले वा सत्यता स्विकार्ने शैलीमा आफ्ना धारणाहरू समाधान गरिरहेका हुँदैनन्। तिनीहरूका धारणाहरू फालिँदैनन्; ती तिनीहरूका हृदयमा रहिरहन्छन्। त्यसकारण, यस्तो शैलीले तिनीहरूका धारणाहरू कहिल्यै समाधान हुनेछैनन्, र यसले तिनीहरूलाई आफ्ना धारणाहरू त्याग्न कहिल्यै दिनेछैन। त्यसको साटो, यी धारणाहरू समयक्रममा थुप्रँदै जान्छन्; जब समय बित्दै जान्छ र तिनीहरूले परमेश्वरमाथि विश्वास गरेको वर्ष बढ्दै जान्छ, तिनीहरूका धारणा र कल्पनाहरू पनि बढ्दै जान्छन्। फलस्वरूप, ख्रीष्टप्रति अर्थात् यस साधारण व्यक्तिप्रति तिनीहरूको मनोवृत्ति अपरिहार्य रूपमै यी धारणाहरूको बोझले थिचिन्छ। त्यो सँगसँगै, तिनीहरूको हृदयमा ख्रीष्टप्रतिको अवरोध र उहाँप्रतिको तिनीहरूको खिन्नता पनि बढ्दै जान्छ। यी अवरोध र धारणाहरू बोक्दै आफ्ना कर्तव्यहरू गरेर, भेलाहरूमा सहभागी भएर, साथै परमेश्वरका वचनहरू खाएर पिएर, तिनीहरूले अन्त्यमा केचाहिँ हासिल गर्न सक्छन् र? आशिष्हरूप्रतिका चाहनाहरू दिनानुदिन बढ्नेबाहेक तिनीहरूले केही पनि हासिल गर्दैनन्।
के तिमीहरूसँग ख्रीष्टबारे कुनै धारणाहरू छन्? परमेश्वरप्रतिका मानिसहरूका मागहरूले ख्रीष्टबारेका तिनीहरूका धारणाहरू तय गर्छन्। यी मागहरू कहाँबाट आउँछन्? ती मानिसहरूका महत्त्वाकाङ्क्षा, चाहना, धारणा, र कल्पनाहरूबाट उत्पन्न हुन्छन्। त्यसोभए, मानिसहरूले कस्ता धारणाहरू विकास गर्छन्? तिनीहरू ख्रीष्टले यसो भन्नुपर्छ वा उसो भन्नुपर्छ, उहाँले निश्चित तरिकाले बोल्ने र काम गर्ने गर्नुपर्छ भन्ठान्छन्। उदाहरणको लागि, जब कसैले नकारात्मक वा कमजोर महसुस गर्छ, तब उसले सोच्न सक्छ, “परमेश्वर भनेको प्रेम होइन र? परमेश्वर एक प्रेमिलो माताजस्तै हुन्, एक करुण पिताजस्तै हुन्; परमेश्वरले मानिसहरूलाई सान्त्वना प्रदान गर्नुपर्छ। स्वर्गको परमेश्वरबारे बिर्सिदेऊ; उहाँ पहुँचभन्दा बाहिर हुनुहुन्छ। अब त परमेश्वर धर्तीमा आउनुभएकोले, मानिसहरूसँग यस्तो सहज पहुँच छ। मलाई नकारात्मक महसुस भइरहेकोले, मैले परमेश्वरसामु गएर आफ्नो हृदयको कुरा खोल्नुपर्छ।” अनि आफ्नो हृदयका कुरा खोल्ने क्रममा तिनीहरूले आँसु झार्छन्, आफ्ना कठिनाइ र कमजोरीहरूबारे कुरा गर्छन्, र आफ्ना भ्रष्ट स्वभावबारे खुलस्त रूपमा छलफल गर्छन्। मानिसहरू आफ्नो हृदयमा साँच्चिकै के खोजिरहेका हुन्छन्? तिनीहरू सान्त्वना प्राप्त गर्न चाहन्छन्, मिठा शब्दहरू सुन्न चाहन्छन्, तिनीहरू परमेश्वरले तिनीहरूको निराशा कम गर्ने, तिनीहरूलाई खुसी पार्ने, सहजता दिने, र नकारात्मक महसुस गर्नबाट रोक्ने वचनहरू बोल्नुहोस् भन्ने चाहन्छन्। के कुरा त्यही होइन र? विशेषगरी निश्चित प्रकारका व्यक्तिहरूले यस्तो कल्पना गर्छन्: “मानवहरूको हकमा, कमजोरी र नकारात्मकता नै त्यही हो, तर परमेश्वरको हकमा, एउटा वाक्यले नै व्यक्तिलाई पूर्ण रूपमा स्फूर्त बनाउन सक्छ, र यसरी उसको हृदयका सारा चिन्ता र वेदनाहरू तुरुन्तै हराएर जान्छन्। कमजोरी र नकारात्मकता धुवाँझैँ बिलाउँछन्, र उसले जे सामना गर्नुपरे पनि ऊ बलियो भएर रहन सक्छ, अब ऊ कमजोर वा नकारात्मकतामा डुबेको हुँदैन, र ऊ आफ्नो गवाहीमा अडिग रहन्छ। ठिकै छ अब, ख्रीष्टलाई नै बोल्न देऊ!” ल भन् त, यस्तो परिस्थिति आइपर्दा मैले के भन्नुपर्छ? एकातिर, मैले यो व्यक्तिलाई किन नकारात्मक महसुस भइरहेको छ र उसले के कर्तव्य गरिरहेको छ भनेर पत्ता लगाउनुपर्छ; अर्कोतिर, मैले व्यक्तिले आफ्नो कर्तव्य गर्ने क्रममा पालना गर्नुपर्ने सिद्धान्तहरूबारे सङ्गति गर्नुपर्छ। यसो भन्दा प्रस्ट हुँदैन र? जो मूर्ख र जिद्दी छन् र सत्यता स्विकार्दैनन्, तिनीहरूलाई उक्साउन र हौसला दिनको लागि केही अनुशासनात्मक कुरा भन्न जरुरी छ। त्यो सँगसँगै, यस्तो व्यक्तिको प्रकृति सार खुलासा गर्न पनि जरुरी हुन्छ, ताकि तिनीहरूले सधैँ नकारात्मक हुनु भनेको के हो र तिनीहरू किन सदैव नकारात्मक हुन्छन् भनी बुझून्। यदि मैले सधैँ नकारात्मक हुनेहरू सत्यता नस्विकार्ने र सत्यतालाई प्रेम नगर्ने मानिसहरू हुन् भनेर भनेँ भने, यो सुनेपछि के तिनीहरूले सान्त्वना पाउन सक्छन्? (सक्दैनन्।) मानौँ मैले यसो भनेँ रे: “निरन्तर नकारात्मक हुनु सामान्य हो। यो बच्चाको जस्तो प्रकटीकरण हो; यो कुनै बालकले कुनै वयस्कका बोझहरू बोकेर त्यसको भारको कारण ऊ सदाको लागि नकारात्मक बन्नुजस्तै हो। तँ सानो कदको छस्, कलिलो छस्, र तैँले धेरै अनुभव गरेको छैनस्, त्यसकारण तैँले बिस्तारै सिक्दै जानुपर्छ। यसअलावा, तेरा आमाबुबासँग पनि एउटा जिम्मेवारी छ; तिनीहरूले तँलाई राम्ररी सिकाएका छैनन्, त्यसैले यो तेरो गल्ती होइन।” त्यसपछि उसले सोध्न सक्छ, “त्यसोभए यो मेरो भ्रष्ट स्वभावचाहिँ के हो?” “यो कुनै भ्रष्ट स्वभाव होइन; तँ सानै छस् र राम्रो पारिवारिक वातावरणबाट आएको होस्, त्यति मात्र हो; तँ पुलपुलिएको र मात्तिएको छस्। एकदुई वर्षमा, तँ बढेपछि, तँ सुध्रिनेछस्।” के यो सुनेर उसलाई सान्त्वना मिल्थेन र? यदि मैले उसलाई अँगालो हालेर केही सकारात्मक ऊर्जा दिएँ भने, के उसलाई भित्री रूपमा न्यानो महसुस हुन्थेन र? यसो गरिएमा, उसलाई आफूले परमेश्वरको प्रेम र न्यानोपन अनुभव गरेको महसुस हुनेथ्यो। तर ख्रीष्टले सामान्यतया यस्तो व्यवहार गर्नुहुन्न। उहाँले हुर्केका बालकहरूलाई सान्त्वनास्वरूप त्यसो गर्न सक्नुहोला, तर हरेक वयस्क व्यक्तिप्रति उहाँले यस्तो व्यवहार गर्नुहुन्न; त्यसलाई त मूर्खलाई छल गर्नु भनिन्छ। त्यसको साटो, उहाँले जे हो त्यही बोल्ने, तँलाई मार्ग देखाउने, साँच्चिकै के भइरहेको छ भनी स्पष्ट पार्ने, र तँलाई स्वतन्त्र रूपमा रोज्न दिने गर्नुहुन्छ। तँ कस्तो व्यक्ति होस् भन्ने कुराले तैँले हिँड्ने मार्ग निर्धारण गर्छ। ख्रीष्टले गर्नुहुने सबथोकको सार हेर्दा, उहाँ मानिसहरूलाई छल वा खेलबाड गरिरहनुभएको हुँदैन, तर तिनीहरूले यसलाई स्विकार्न सक्दैनन्। तिनीहरू तथ्यहरूको सामना गर्दैनन्, तर ख्रीष्टको सार यही हो; उहाँले यस तरिकाले मात्र कार्य गर्न सक्नुहुन्छ। यदि मानिसहरूले यसलाई स्विकार्न सक्दैनन् भने, के यसले मानिसहरू र परमेश्वरबीच द्वन्द्व सिर्जना गर्दैन र? यदि तिनीहरूले आफ्नो लक्ष्य हासिल गर्न सक्दैनन् र सत्यता पनि स्विकार्दैनन् भने, के यसले अवरोध सिर्जना गर्दैन र? (गर्छ।) यो मानिसहरूको हृदयमा टाँसिइरहन्छ। मानिसहरूले सुरुमा परमेश्वर अत्यन्तै प्रेमिलो र आमा वा हजुरआमाजस्तै नम्र हुनुहुन्छ भन्ठाने। तर अहिले परिस्थिति त्यस्तो नभएको देखेर, अनि अलिकति पनि न्यानोपन महसुस नभएकोले, तिनीहरू निराश महसुस गर्छन्। के “ख्रीष्टको एउटै वाक्यले मलाई नकारात्मकताबाट बाहिर निकाल्न सक्छ” भन्ने तिनीहरूको कल्पना पूरा हुन सक्छ? “यदि ख्रीष्ट मेरा समस्याहरू समाधान गर्न आउनुहुन्छ भने, म ढुक्क हुन्छु कि मलाई तुरुन्तै भित्री रूपमा न्यानो महसुस हुनेछ, र म फेरि कहिल्यै नकारात्मक बन्नेछैन; सबथोक प्रस्ट बन्नेछ, र एउटा मार्ग खुल्नेछ।” के यो कल्पना व्यवहार्य छ? के यो लक्ष्य हासिल गर्न सकिन्छ? (सकिँदैन।) त्यसकारण, यस मामलामा, यदि मानिसहरू सधैँ आफ्ना धारणा र कल्पनाहरूमा भर पर्छन् भने, त्यो काम लाग्नेछैन; तिनीहरूले समस्या समाधान गर्नको लागि सत्यता खोज्नैपर्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।