विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग दुई) खण्ड एक
आज, हामी ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको दसौँ विषयवस्तु: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् भन्नेबारे सङ्गति गर्न जारी राख्छौँ। पछिल्लोपटक, हामीले सत्यतालाई तिरस्कार गर्नेबारे लक्षित केही निर्दिष्ट सङ्गति गर्यौँ, त्यसैले पहिला यसको समीक्षा गरौँ। पछिल्लोपटक तिमीहरूले “तिरस्कार गर्नु” लाई कसरी व्याख्या गर्यौ? (हामीले त्यसलाई सत्यतालाई महत्त्व नदिने, सत्यतालाई हेयको दृष्टिले हेर्ने, अवहेलना गर्ने र अनादर गर्ने, साथै सत्यतालाई तिरस्कार गर्ने रूपमा व्याख्या गर्यौँ।) के तिमीहरूले व्यावहारिक शब्दहरू प्रयोग गरेर प्रस्ट रूपमा यस शब्दको सार व्याख्या गरेका छौ? (हाम्रो व्याख्यामा तिरस्कार गर्नुका पर्यायवाचीहरू मात्र थिए; त्यो सतही थियो र त्यसले सत्यतालाई तिरस्कार गर्नुका विस्तृत पक्षहरू प्रस्ट पारेको थिएन, न त सत्यतालाई कसरी लिने भन्नेबारेका हाम्रा मनोवृत्ति र प्रकटीकरणहरू नै प्रस्ट पारेको थियो। हामीले त्यसको सार व्याख्या गर्न सकेनौँ।) यस्तो व्याख्याको प्रकृति कस्तो हुन्छ? यो कुन वर्गअन्तर्गत पर्छ? (शब्द र धर्मसिद्धान्तहरू।) अरू केही छ? के यो ज्ञानअन्तर्गत पर्छ? (पर्छ।) यो ज्ञान कसरी हासिल भएको हो? यो विद्यालय, शिक्षक, साथै शब्दकोश र पुस्तकहरूबाट पनि हासिल भएको हो। त्यसोभए, मेरो र तिमीहरूको व्याख्याबीचको भिन्नता के छ? (परमेश्वरको सङ्गति हरव्यक्तिको सत्यताप्रतिको मनोवृत्तिबारे हुन्छ—अर्थात्, मानिसहरू हृदयको गहिराइदेखि त्यसको प्रतिरोध गर्छन्, त्यसप्रति घिन मान्छन् र त्यसलाई घृणा गर्छन्, त्यसलाई अस्वीकार गर्छन्, र निन्दा पनि गर्छन्, अनि त्यसलाई शत्रुवत् आलोचना र अपमान गर्नेसमेत गर्छन्। परमेश्वरको व्याख्या सत्यताप्रति मानिसहरूको मनोवृत्तिको सारबाट आउँछ।) म “तिरस्कार गर्नु” शब्दको सार विभिन्न अत्यावश्यक व्यवहार, अभ्यास, मनोवृत्ति र दृष्टिकोणहरूको परिप्रेक्ष्यबाट व्याख्या गर्छु। कुन व्याख्याचाहिँ वास्तवमै सत्यता हो? (परमेश्वरको व्याख्या नै सत्यता हो।) त्यसोभए तिमीहरूको व्याख्यामा के कुराको कमी छ? (हामी सत्यता बुझ्दैनौँ। हामी कामकुराहरूलाई सतही रूपमा मात्र हेर्छौँ र तिनलाई मामलाहरू हेर्ने ज्ञान र धर्मसिद्धान्तहरूको भरमा शाब्दिक रूपमा मात्र व्याख्या गर्छौँ।) तिमीहरू यो शब्दलाई आफूले प्राप्त गरेको ज्ञानको आधारमा र आफ्नो शाब्दिक अर्थ बुझाइअनुसार व्याख्या गर्छौ, तर तिमीहरूलाई यो शब्द कसरी कुनै व्यक्तिको प्रकृति सार र भ्रष्ट स्वभावसित जोडिएको हुन्छ भनेर बिलकुलै थाहै हुँदैन। यही नै ज्ञान र धर्मसिद्धान्तहरू अनि सत्यताबीचको भिन्नता हो। के तिमीहरूले परमेश्वरका वचनहरू पढ्दा र सत्यता सङ्गति गर्दा पनि प्रायजसो यही विधि र दृष्टिकोण प्रयोग गर्छौ? (गर्छौँ।) अचम्म मान्नैपर्दैन, धेरैजसो मानिसहरूले परमेश्वरका वचनहरू जसरी पढे पनि, वास्तवमा तीभित्रको सत्यता के हो बुझ्न सक्दैनन्। त्यसैले, धेरै मानिसहरूले वर्षौँ परमेश्वरमा विश्वास गरेर पनि सत्यता वास्तविकता बुझेका वा त्यसमा प्रवेश गरेका हुँदैनन्। यसैले नै सधैँ भन्ने गरिन्छ, “मानिसहरूले सत्यता बुझ्दैनन् र सत्यता बुझ्ने क्षमता राख्दैनन्।”
हामी ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूको दसौँ विषयवस्तु: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् भन्नेबारे सङ्गति गर्न जारी राख्नेछौँ। पछिल्लो भेलामा, हामीले सत्यतालाई तिरस्कार गर्नुलाई तीनओटा विषयवस्तुमा विभाजन गर्यौँ। ती तीन विषयवस्तु के-के थिए? (पहिलो, परमेश्वरको पहिचान र सारलाई तिरस्कार गर्नु; दोस्रो, परमेश्वर देहधारी हुनुभएको देहलाई तिरस्कार गर्नु; तेस्रो, परमेश्वरका वचनहरूलाई तिरस्कार गर्नु।) अब हामी यी तीन विषयवस्तुका आधारमा “ख्रीष्टविरोधीहरूले सत्यतालाई तिरस्कार गर्नु, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्नु, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्नु” भन्ने विषयलाई चिरफार गरौँ। पछिल्लोपटक, हामीले मूलतः पहिलो विषयबारे धेरथोर कुरा गर्यौँ, तर परमेश्वरको सारको पवित्रता र अद्वितीयपनबारे धेरै विस्तारमा सङ्गति गरेनौँ, जसको उद्देश्य तिमीहरूलाई मनन गर्ने केही ठाउँ दिने र तिमीहरूलाई विशेषगरी मैले सङ्गति गरेका परमेश्वरका धार्मिकता र सर्वशक्तिमान्ताका पक्षहरूका आधारमा सङ्गति गराउनु हो। आज, हामी कसरी ख्रीष्टविरोधीहरूले सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् भन्ने विषयलाई चिरफार गर्न ख्रीष्टविरोधीहरूले परमेश्वर देहधारी हुनुभएको देहलाई कुन रूपमा लिन्छन् भन्ने कुरा समेट्ने दोस्रो विषयवस्तु सङ्गति गर्नेछौँ।
आ. परमेश्वर देहधारी हुनुभएको देहलाई तिरस्कार गर्नु
देहधारी परमेश्वर—ख्रीष्टबारे—ख्रीष्टविरोधीहरूका दृष्टिकोण र धारणाहरू, साथै उहाँसित तिनीहरूको सम्बन्धका पनि केही विशिष्ट प्रकटीकरण र अत्यावश्यक प्रकाशहरू छन्। यदि हामीले नीरस रूपमा मानिसहरूका केही विशिष्ट प्रकटीकरणहरू वा केही मानिसहरूका विशिष्ट अभ्यासहरू मात्र प्रस्तुत गर्ने हो भने, तिमीहरूलाई त्यो प्रस्तुति अलि अस्पष्ट लाग्न सक्छ। बरु अब त्यसलाई धेरै विषयवस्तुहरूमा विभाजन गरौँ, र त्यसबाट परमेश्वर देहधारी बन्नुभएको देहप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति ठ्याक्कै के छ भनी बुझौँ, अनि ख्रीष्टविरोधीहरूले कसरी सत्यतालाई तिरस्कार गर्छन् भनेर पुष्टि र चिरफार गरौँ। पहिलो विषयवस्तु हो, खुसामद, चापलुसी, र मिठा शब्दहरू; दोस्रो हो, छानबिन र विश्लेषण, अनि साथमा जिज्ञासा; तेस्रो हो, तिनीहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन्, त्यो तिनीहरूको मुडमा भर पर्छ; चौथो हो, ख्रीष्टले भन्नुभएको कुरा केवल सुन्ने, तर न त पालन गर्ने न त समर्पित हुने। यी प्रत्येक विषयवस्तुका अभिव्यक्तिहरू, साथै तिनका शाब्दिक अर्थबाट तिमीहरूले बुझ्न सक्ने विचार र प्रकटीकरणहरूलाई हेर्दा, के ती सबै सकारात्मक छन्? के त्यस्तो कुनै विषयवस्तु छ जुन अत्यन्तै सकारात्मक छ? “सकारात्मक” ले के जनाउँछ? त्यसले कम्तीमा मानवता र समझ हुनुलाई जनाउँछ। यसलाई उचालेर सृजित प्राणीमा हुनुपर्ने समर्पण वा मनोवृत्ति र दृष्टिकोण हुनुको स्तरसम्म लैजानु आवश्यक छैन। मानव समझको मानक मात्र प्रयोग गर्दा, यीमध्ये कुनचाहिँ सन्तोषजनक छ?
सर्वप्रथम, पहिलो विषयवस्तुलाई हेरौँ: खुसामद, चापलुसी, र मिठा शब्दहरू। के यी तीन शब्दहरू मानव भाषामा प्रशंसनीय वा सकारात्मक मानिन्छन्? (मानिँदैनन्।) सामान्यतया, यी शब्दहरूले कस्तो खाले मानिसहरूका बोली र व्यवहारहरू जनाउँछन्? (छली, गद्दार, नीच, र चापलुस मानिसहरू।) गद्दार, नीच, र धर्मत्यागी मानिसहरू; छलीपन, नीचता, र दुष्टतासँग जोडिएका मानिसहरू। अरूको नजरमा यस्ता मानिसहरूका कार्यहरू बढीजसो घृणास्पद र नीच, मानिसहरूप्रति बेइमान, र दयालु मन नभएका देखिन्छन्। तिनीहरूले प्रायः खुसामद, चापलुसी गर्छन्, र मिठा शब्दहरू बोल्छन्, र प्रभाव वा उच्च हैसियत भएकाहरूलाई चाकडी र चाटुकारी गर्छन्। यस्तो व्यक्तिलाई अरूले तिरस्कार गर्छन् र प्रायजसो नकारात्मक पात्रका रूपमा हेर्छन्।
दोस्रो विषयवस्तु हेरौँ: छानबिन र विश्लेषण, अनि साथमा जिज्ञासा। के यी शब्दहरू प्रशंसनीय मानिन्छन् कि अपमानजनक? (अपमानजनक।) अपमानजनक? मलाई बुझा त, तैँले किन तिनलाई अपमानजनक भनेर वर्गीकरण गर्छस्? विनाप्रसङ्ग, यी शब्दहरू निष्पक्ष हुन्छन् र यिनलाई प्रशंसनीय वा अपमानजनक भन्न मिल्दैन। उदाहरणको लागि, कुनै वैज्ञानिक परियोजनाप्रति छानबिन अपनाउनु, कुनै समस्याको सार विश्लेषण गर्नु, केही कुराहरूबारे उत्सुक हुनु—यी प्रकटीकरणहरूलाई मूलतः सकारात्मक वा नकारात्मक भन्न मिल्दैन र यी केही हदसम्म निष्पक्ष हुन्छन्। तर यहाँ एउटा प्रसङ्ग छ: यहाँ मानिसहरूले सूक्ष्म जाँच र विश्लेषण गर्ने, साथै उत्सुकता राख्ने त्यो चिज मानव अनुसन्धानको कुनै उचित विषय होइन, बरु परमेश्वर देहधारी हुनुभएको देह हो। त्यसैले, यो प्रसङ्ग जोडेपछि, यस्ता मानिसहरूले गरेका कामकुराहरू, साथै तिनीहरूका प्रकटीकरण र व्यवहारहरूको आधारमा, यी शब्दहरू यहाँ आएर प्रस्ट रूपमै अपमानजनक बन्छन्। परमेश्वर देहधारी हुनुभएको देहलाई प्रायः कस्ता मानिसहरूले छानबिन र विश्लेषण गर्छन्? के त्यो सत्यता पछ्याउनेहरूले हो, कि नपछ्याउनेहरूले हो? के त्यो हृदयदेखि नै ख्रीष्टलाई साँच्चै विश्वास गर्नेहरूले हो, कि ख्रीष्टप्रति संशयी मनोवृत्ति राख्नेहरूले हो? संशयी मनोवृत्ति बोक्नेहरूले हो भन्ने प्रस्ट छ। तिनीहरूमा ख्रीष्टमाथि साँचो आस्था हुँदैन, साथै छानबिन र विश्लेषण गर्नुबाहेक, तिनीहरू अत्यन्तै उत्सुक पनि हुन्छन्। तिनीहरू ठ्याक्कै के कुराबारे उत्सुक हुन्छन्? हामी चाँडै यी प्रकटीकरण र सारहरूका विस्तृत कुराहरूबारे विशिष्ट रूपमा सङ्गति गर्नेछौँ।
अब, तेस्रो विषयवस्तु हेरौँ: तिनीहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन्, त्यो तिनीहरूको मुडमा भर पर्छ। प्रशंसनीय वा अपमानजनक अर्थ विश्लेषण गर्न यस विषयवस्तुमा कुनै विशेष शब्दहरू छैनन्। यस्ता मानिसहरूको यस्तो प्रकारको प्रकटीकरण र विशिष्ट अभ्यासले कस्तो तथ्य प्रकाश गर्छ? यस्ता काम गर्ने र यस्ता प्रकटीकरणहरू देखाउने व्यक्तिमा कस्तो स्वभाव हुन्छ? पहिलो कुरा त, के ऊ अरूलाई गर्ने व्यवहारमा निष्पक्ष हुन्छ? (हुँदैन।) कुन वाक्यांशबाट यो कुरा बुझ्न सकिन्छ? (“तिनीहरूको मुडमा भर पर्छ।”) यस वाक्यांशको अर्थ के हो भने, यस्ता मानिसहरूले सिद्धान्तहरूविना, कुनै न्यूनतम मानकविना, र खासगरी कुनै विवेक वा समझविना कार्य गर्ने र अरू मानिस र मामलाहरूलाई व्यवहार गर्ने गर्छन्—तिनीहरू पूर्णतया आफ्नो मुडद्वारा निर्देशित हुन्छन्। यदि कसैले कुनै साधारण व्यक्तिलाई आफ्नो मुडअनुसार व्यवहार गर्छ भने, त्यो ठूलो समस्या नहोला; त्यसले प्रशासनिक आदेशहरू उल्लङ्घन गर्नेछैन वा परमेश्वरको स्वभाव चिढ्याउनेछैन, र यो व्यक्ति मनमौजी छ, उसले सत्यता पछ्याउँदैन, सिद्धान्तहरूविना कार्य गर्छ, र आफ्नो मुड र रूचिको आधारमा जे मन लाग्छ त्यही गर्छ, आफ्ना दैहिक चाहना र भावनाहरूबारे मात्र सोच्छ र अरूका भावनाहरूबारे सोच्दैन, र अरूप्रति कुनै सम्मान देखाउँदैन भन्ने कुरा मात्र चित्रण गर्छ। यो तिनीहरूले कुनै साधारण व्यक्तिलाई गर्ने व्यवहारमा आधारित व्याख्या हो—तर यहाँ तिनीहरूको मुडमा आधारित व्यवहार भोग्ने व्यक्ति को हो? त्यो कुनै साधारण व्यक्ति होइन, त्यो त परमेश्वर देहधारी हुनुभएको देह—ख्रीष्ट हो। यदि तैँले आफ्नो मुडअनुसार ख्रीष्टलाई व्यवहार गर्छस् भने, यो गम्भीर समस्या हो, तर कति हदसम्म गम्भीर हो भनेर हामी अहिले छलफल गर्नेछैनौँ।
अब, चौथो विषयवस्तु हेरौँ: ख्रीष्टले भन्नुभएको कुरा केवल सुन्ने, तर न त पालन गर्ने न त समर्पित हुने। यो ठ्याक्कै के हो भनी चित्रण गर्ने कुनै निश्चित शब्दहरू छैनन्; यो मानिसहरूले विभिन्न कुराहरूप्रति कसरी व्यवहार गर्छन्, त्यसको एकप्रकारको प्रकटीकरण हो, एकप्रकारको स्वाभाविक स्थिति र निश्चित मनोवृत्ति हो, तर यो व्यक्तिको स्वभावसँग सम्बन्धित छ। यस्ता मानिसहरूको स्वभाव कस्तो हुन्छ? तिनीहरू सुन्छन्, तर न त पालन गर्छन् न त समर्पित हुन्छन्। बाहिरी रूपमा, तिनीहरूले अझै सुन्न सक्छन्, तर के तिनीहरूले बाहिरी रूपमा जे देखाउँछन् त्यो तिनीहरूले जे सोच्छन् वा तिनीहरूको भित्री मनोवृत्ति जे छ त्यही हो त? (होइन।) बाहिरी रूपमा त तिनीहरू सुशील लाग्लान् र सुनिरहेजस्तो देखिएलान्, तर भित्री स्थिति त्यस्तो हुँदैन। भित्री रूपमा, त्यहाँ अवज्ञाको मुड र मनोवृत्ति, साथसाथै प्रतिरोधको मुड र मनोवृत्ति हुन्छ। तिनीहरूले यस्तो सोच्छन्: “म हृदयमा तिम्रो पालन गर्दिनँ; म पालन गर्दिनँ भनेर तिमीलाई कसरी प्रस्ट पारूँ? म तिमीले भनेका वचनहरूलाई बस कानले सुन्छु, तर तिनलाई मनमा लिने वा लागु गर्ने बिलकुलै गर्दिनँ। म आफूलाई तिम्रो विरुद्धमा उभ्याउनेछु र तिम्रो विरोध गर्नेछु!” न त पालन गर्नु न त समर्पित हुनु भन्नुको अर्थ यही हो। यदि यस्ता मानिसहरू साधारण व्यक्तिहरूको सम्पर्कमा आउँछन् र उनीहरूसँग अन्तरक्रिया गर्छन्, साधारण मानिसहरूले भन्ने कुरालाई यस्तो स्थिति, दृष्टिकोण, र मनोवृत्तिले हेर्छन् भने, त्यो प्रस्ट र चिन्न सकिने प्रकटीकरण भए पनि नभए पनि, यस्ता मानिसहरूको स्वभाव कस्तो हुन्छ? के तिनीहरूलाई अरू मानिसहरूले भन्ने गरेको मानवता र चेतना भएका असल मानिसहरू मानिन्छ त? के तिनीहरूलाई सकारात्मक पात्रका रूपमा वर्गीकृत गरिन्छ त? गरिँदैनन् भन्ने प्रस्ट छ। “केवल सुन्ने, तर न त पालन गर्ने न त समर्पित हुने” भन्ने वाक्यांशको आधारमा मात्र भन्नुपर्दा, ती मानिसहरू अहङ्कारी हुन्। तिनीहरू कति अहङ्कारी हुन्? अत्यन्तै चरम, र चेतना गुमाउने, पूर्ण रूपले पागल हुने, कसैको पालन नगर्ने र कसैलाई पनि कुनै ध्यान नदिने हदसम्म अहङ्कारी छन्। अरूसँग अन्तरक्रिया गर्दा तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ: “म तिमीसँग बोल्न सक्छु, म तिमीसँग जोडिन सक्छु, तर मेरो मनमा कसैको कुरा पस्न सक्दैन, न त कसैका शब्दहरू मेरा कार्यहरूका सिद्धान्त र मार्गदर्शन नै बन्न सक्छन्।” तिनीहरू मनमा आफ्नै सोचहरू मात्र बोक्छन्, र आफूभित्रको आवाजलाई मात्र चासो दिन्छन्। तिनीहरूले कुनै पनि सही वा सकारात्मक भनाइ र सिद्धान्तहरूलाई न त सुन्छन् न त स्विकार्छन्, बरु हृदयमा तिनको प्रतिरोध गर्छन्। के मानिसहरूको भीडमा यस्ता मानिसहरू हुन्छन्? समूहमा, यस्ता मानिसहरू विवेकशील मानिन्छन् कि अविवेकी? तिनीहरूलाई सकारात्मक पात्रका रूपमा कि नकारात्मक पात्रका रूपमा वर्गीकृत गरिन्छ? (नकारात्मक पात्रका रूपमा।) त्यसोभए, समूहका धेरैजसो मानिसहरूले तिनीहरूलाई प्रायजसो कसरी हेर्छन् र कस्तो व्यवहार गर्छन्? तिनीहरूलाई व्यवहार गर्दा उनीहरूले कस्ता विधिहरू प्रयोग गर्छन्? के धेरैजसो मानिसहरू यस्ता व्यक्तिहरूसँग सम्पर्कमा आउन र अन्तरक्रिया गर्न इच्छुक हुन्छन्? (हुँदैनन्।) मण्डलीमा, धेरैजस्तो मानिसहरू यस्ता व्यक्तिहरूसँग मिलेर बस्न सक्दैनन्—यसको कारण के हो? किन सबैले यस्ता मानिसहरूलाई मन पराउँदैनन् र तिनीहरूसँग विकर्षित हुन्छन्? यो समस्यालाई दुइटा वाक्यहरूले प्रस्ट्याउन सक्छन्। पहिलो, यी मानिसहरू कसैसँग पनि सहकार्य गर्दैनन्, तिनीहरू आफै अन्तिम निर्णय गर्न चाहन्छन्, र तिनीहरू कसैको कुरा सुन्दैनन्; तिनीहरूलाई अरू कसैको कुराप्रति ध्यान दिन लगाउनु अत्यन्तै गाह्रो हुन्छ, र तिनीहरूले अरूका राय र विचारहरू लिन खोज्नु, वा अरूका कुरा सुन्नु असम्भव छ। दोस्रो, तिनीहरू कोहीसँग पनि सहकार्य गर्न सक्षम हुँदैनन्। के यी दुई वाक्यहरू यस्तो व्यक्तिका सबैभन्दा विशिष्ट प्रकटीकरणहरू होइनन् र? के यस्तो व्यक्तिको सार तिनै होइनन् र? (हुन्।) पहिलो कुरा, तिनीहरूको स्वभाव हेर्दा, तिनीहरू कसैको कुरा सुन्दैनन् र कसैप्रति समर्पित हुँदैनन्। तिनीहरू आफै अन्तिम निर्णय गर्न चाहन्छन्, अरूका कुरा सुन्न चाहँदैनन्, र अरूसित सहकार्य गर्दैनन्। तिनीहरूको हृदयमा अरूको लागि कुनै ठाउँ हुँदैन, न त सत्यता वा मण्डलीका सिद्धान्तहरूको लागि नै कुनै ठाउँ हुन्छ—यस्ता मानिसहरूको ख्रीष्टविरोधी स्वभाव यस्तै हुन्छ। त्यसअलावा, तिनीहरू कसैसँग सहकार्य गर्न वा मिलेर बस्न सक्दैनन्, र हृदयमा हिचकिचाहटपूर्वक इच्छुक भए पनि, समय आउँदा तिनीहरू अझै पनि सहकार्य गर्न सक्दैनन्। यहाँ के भइरहेको छ? के त्यसमा कुनै निश्चित स्थिति संलग्न छैन र? तिनीहरू अरूलाई हेयको दृष्टिले हेर्छन्, उनीहरूको कुरा सुन्दैनन्, र अरूका शब्दहरू सिद्धान्तहरूसित जतिसुकै मिले पनि, तिनलाई तिनीहरूले स्विकार्दैनन्। अरूसँग सहकार्य गर्नुपरे पनि, तिनीहरूकै तरिकाले मात्र गर्न सकिन्छ। के यो सौहार्दपूर्ण सहकार्य हो त? यो सहकार्य होइन; यो स्वेच्छाचारी कदम हो, जहाँ एक जनाले निर्णयहरू लिन्छ। अरूसँगका अन्तरक्रियाहरूमा यस्ता मानिसहरूको स्वभाव यस्तै हुन्छ, र तिनीहरूले ख्रीष्टलाई पनि उही रूपमा व्यवहार गर्छन्। के यो चिरफार गर्न लायक छ? यो समस्या गम्भीर र चिरफार गर्न लायक छ! अब, प्रत्येक विषयवस्तुमा ख्रीष्टविरोधीहरूका विशिष्ट प्रकटीकरण र अभ्यासहरूबारे कुरा गरौँ, र यी विशेष प्रकटीकरण र अभ्यासहरूमार्फत ख्रीष्टविरोधीहरूको सार बुझौँ—सत्यतालाई तिरस्कार गर्नु, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्नु, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्नु। पहिलो विषयवस्तुबाट चिरफार गर्न सुरु गरौँ।
क. खुसामद, चापलुसी, र मिठा शब्दहरू
खुसामद, चापलुसी, र मिठा शब्दहरू—बाहिरी रूपमा, यी शब्दहरूको अर्थ सबैले बुझ्नुपर्छ, र यी कुराहरू सन्निहित भएका व्यक्तिहरू यत्रतत्र भेटिन्छन्। खुसामदी र चापलुसीमा लाग्नु, र मिठा शब्दहरू बोल्नु भनेको प्रायजसो अरूको निगाह, प्रशंसा, वा कुनै लाभ प्राप्त गर्नहेतु अपनाइने बोलीको शैली हो। चापलुसी र चोचोमोचो गर्नेहरूले सबैभन्दा बढीजसो यस्तै बोल्छन्। यो भन्न सकिन्छ कि सारा भ्रष्ट मानवहरूले केही हदसम्म यही प्रकटीकरण देखाउँछन्, जुन शैतानी दर्शनअन्तर्गत पर्ने बोलीको शैली हो। त्यसोभए, के मानिसहरूले केही लाभहरू प्राप्त गर्नहेतु, देहधारी परमेश्वरसामु पनि उस्तै प्रकटीकरण र अभ्यासहरू देखाउँछन्? यो अवश्य नै त्यति सरल कुरा होइन। परमेश्वर जुन देहमा देहधारी हुनुभएको छ, त्यो देहप्रति मानिसहरू खुसामदी र चापलुसीमा लाग्दा, तिनीहरूको हृदयमा ख्रीष्टबारे कस्तो दृष्टिकोण वा सोचाइले यस्तो व्यवहार निम्त्याउँछ? मानिसहरूले प्रायजसो अरू मानिसहरूप्रति देखाउने व्यवहार यही हो। यदि मानिसहरूले देहधारी परमेश्वरप्रति पनि यस्तै व्यवहार गर्छन् भने, त्यसले अन्तर्निहित रूपमा एउटा समस्या प्रकाश गर्छ: तिनीहरूले देहधारी परमेश्वर अर्थात् ख्रीष्टलाई भ्रष्ट मानवजातिमध्येकै एक साधारण व्यक्तिको रूपमा लिन्छन्। बाह्य दृष्टिकोणले हेर्दा, ख्रीष्टसँग हड्डी र देह छन् र मानवको रूप छ। यसले मानिसहरूलाई भ्रममा पार्छ, ख्रीष्ट केवल एउटा मानव हो भन्ने विश्वास गराउँछ, र मानवहरूप्रति गरिने व्यवहारको तर्क र सोचाइको आधारमा ख्रीष्टप्रति निर्लज्जपूर्वक व्यवहार गर्न लगाउँछ। मानवहरूप्रति गरिने व्यवहार, खासगरी हैसियत र ख्याति भएको व्यक्तिप्रति गरिने व्यवहारको तर्क र सोचाइअनुसार, सहज रूपमा लाभहरू वा भावी बढुवा प्राप्त गर्नको निम्ति राम्रो छाप छोड्ने सर्वोत्तम रणनीति भनेको मधुर र कुशल शब्दहरू प्रयोग गरेर सुन्ने व्यक्तिलाई सहज र खुसी महसुस गराउनु हो। तसर्थ व्यक्तिले नम्र भावभङ्गी देखाउन जरूरी छ, र डरलाग्दो वा गम्भीर मुहार देखाउनु हुँदैन, साथै भाषामा पनि कुनै आवेगपूर्ण, दुर्भावपूर्ण, वा कठोर शब्दहरू, वा व्यक्तिको गर्वमा चोट पुर्याउने शब्दहरू हुनु हुँदैन। यस्ता प्रकटीकरण र वचनहरूद्वारा मात्र यस्तो व्यक्तिसामु राम्रो छाप छोड्न र उसमा घिन पैदा नगराउन सकिन्छ। यस्तो लाग्छ, मिठासपूर्वक बोल्नु, र चापलुसी र चोचोमोचो गर्नुलाई नै अरूप्रति सबैभन्दा साँचो सम्मान मानिन्छ। त्यसैगरी, मानिसहरू ठान्छन् कि, तिनीहरूले ख्रीष्टप्रति सम्मान देखाउन, र सौहार्दता कायम राख्न हदैसम्म यस्तो व्यवहार देखाउनुपर्छ, र तिनीहरूका कुरामा कुनै चित्त दुख्ने भाषा वा सामग्री हुनु हुँदैन, र निश्चय नै कुनै अप्रिय शब्द पनि हुनु हुँदैन। मानिसहरू ख्रीष्टसँग अन्तरक्रिया र कुराकानी गर्ने यो नै उत्तम तरिका हो भन्ठान्छन्। तिनीहरू परमेश्वर देहधारी हुनुभएको देहलाई सामान्य भ्रष्ट स्वभाव भएको सबैभन्दा साधारण मानवको रूपमा लिन्छन्, र उहाँलाई व्यवहार गर्ने योभन्दा राम्रो अर्को तरिका नै छैन भन्ठान्छन्। त्यसकारण, जब कुनै ख्रीष्टविरोधी ख्रीष्टसामु आउँछ, उसको हृदयमा कुनै डर, सम्मान, वा सच्चा इमानदारी हुँदैन, बरु मिठासपूर्ण र कुशल भाषा प्रयोग गर्ने चाहना हुन्छ, र यसरी परमेश्वर देहधारी हुनुभएको देहप्रति खुल्लमखुल्ला खुसामदी र चापलुसी गर्न भ्रामक कुराहरूमा शरण पर्नेसमेत गर्छ। तिनीहरू सारा मानिसहरू यही शैलीको प्रभावमा पर्छन्, र परमेश्वर देहधारी हुनुभएको देह पनि मानव भएकोले, उहाँले पनि यही शैलीलाई स्विकार्नुहुनेछ र यही शैली रुचाउनुहुनेछ भन्ने विश्वास गर्छन्। यसर्थ, ख्रीष्ट, अर्थात् परमेश्वर देहधारी हुनुभएको देहसित व्यवहार गर्दा, आफ्नो हृदयभित्र ख्रीष्टविरोधीहरू ख्रीष्टसँग परमेश्वरको सार छ भन्ने तथ्य स्विकार्दैनन्। बरु, तिनीहरू त केही मानवीय रणनीतिहरू, संसारसँग व्यवहार गर्ने मानव दर्शनहरू, र अरूलाई लिने र आफूअनुकूल प्रयोग गर्ने सामान्य मानव चालबाजीहरू प्रयोग गरेर परमेश्वर देहधारी हुनुभएको देहसित व्यवहार गर्छन्। के यी व्यवहारहरूको सारले ख्रीष्टविरोधीहरूले परमेश्वर देहधारी हुनुभएको देहलाई घृणा गर्छन् भन्ने तथ्य देखाउँदैन र? (देखाउँछ।)
ख्रीष्टविरोधीहरू ख्रीष्टलाई भ्रष्ट मानवहरूलाई झैँ व्यवहार गर्छन्, र यसरी ख्रीष्टलाई देखेपछि खुसामदी र चापलुसीका शब्दहरू मात्र बोल्छन्, र त्यसपछि ख्रीष्टका प्रतिक्रियाहरू हेर्छन् र उहाँका रूचिहरू पूरा गर्ने कोसिस गर्छन्। कतिपय मानिसहरू ख्रीष्टलाई देखेपछि यसो भन्छन्: “मैले तिमीलाई टाढैदेखि चिनेँ। तिमी भिडभन्दा अलग छौ। तिमीसँग टाउकोमा एउटा प्रभामण्डल छ जुन अरूसँग छैन। तिमी साधारण व्यक्ति हैनौ भनेर मैले तुरुन्तै थाहा पाएँ। परमेश्वरको घरमा ख्रीष्टबाहेक अरू को साधारण होइन र? मैले तिमीलाई देख्नेबित्तिकै यो साँचो हो भन्न सक्थेँ। जुन देहमा परमेश्वरको देहधारण भयो, त्यो वास्तवमै अरूभन्दा फरक छ।” के यो भद्दा बकवास होइन र? मेरो रूप साधारण, आम मानिसकै जस्तो छ। यदि मैले कुनै पनि भिडमा केही पनि नगर्ने वा नभन्ने हो भने, मलाई कसैले पनि एकदुई वर्षपछि समेत चिन्न सक्दैन। कुनै पनि समूहमा, म एक साधारण सदस्य मात्र हुन्छु; ममा कसैले पनि केही विशेष कुरा देख्न सक्दैन। अहिले, म मण्डलीमा काम गरिरहेको छु, र परमेश्वरको गवाहीको कारण, मैले तिमीहरूमाझ बोल्दा तिमीहरूले सुन्छौ। तर परमेश्वरको गवाही नहुने हो भने, मलाई कति जनाले सुन्लान् वा ध्यान देलान्? त्यो एउटा प्रश्नकै रूपमा रहेको छ र थाहा पाउन बाँकी नै छ। कतिपय मानिसहरू भन्छन्: “म उसलाई परमेश्वरजस्तै देख्छु। मलाई सधैँ ऊ असाधारण छ, र अरूभन्दा फरक छ भन्ने लाग्थ्यो।” म कसरी फरक छु? के मसँग तीनओटा टाउका र छओटा हातहरू छन्? तैँले कसरी फरक बताउन सक्छस्? एकपटक परमेश्वरले भन्नुभयो: म जानाजानी मानिसहरूलाई ममा ईश्वरत्वको कुनै सुइँको पनि पाउन दिन्नँ। यदि परमेश्वरले मानिसहरूलाई उहाँको ईश्वरत्व थाहा पाउन दिनुहुन्न भने, तैँले त्यो कुरा कसरी देख्न सक्छस्? के यी मानिसहरूले भनेको कुरामा समस्या छैन र? यो घृणास्पद चापलुसहरूको बकवास कुराबाहेक अरू केही होइन, जसका शब्दमा कुनै अर्थ हुँदैन भन्ने प्रस्ट छ। देहधारी परमेश्वरको बाह्य रूप साधारण व्यक्तिकै जस्तो छ। मानव आँखाले ख्रीष्टको ईश्वरत्व कसरी खुट्ट्याउन सक्छन्? यदि ख्रीष्टले काम नगर्ने र नबोल्ने हो भने, कसैले पनि उहाँलाई चिन्नेथिएन वा उहाँको पहिचान र सार थाहा पाउनेथिएन। यो तथ्य हो। त्यसोभए “तिमी परमेश्वर देहधारी हुनुभएको देह हौ, तिमी अरूभन्दा भिन्न छौ भनेर मैले एकै नजरमा थाहा पाएँ” वा “मैले तिमीलाई देख्नेबित्तिकै, तिमीले महान् काम गर्न सक्छौ भन्ने थाहा पाएँ” भनेर भन्नेहरूलाई चाहिँ के भन्ने नि? यी कस्ता भनाइहरू हुन्? ती पूर्णतया बकवास हुन्! जब परमेश्वरले उहाँको गवाही दिनुभएको थिएन, तब तैँले किन जतिपटक हेरे पनि खुट्ट्याउन नसकेको त? परमेश्वरले गवाही दिनुभएपछि, जब मैले आफ्नो काम सुरु गरेँ, तब तैँले कसरी अचानक एकै नजरमा देख्न सकिस्? यो प्रस्टै छ, यी छली शब्दहरू हुन्, पूर्णतया पागल कुराहरू हुन्।
कतिपय मानिसहरू मसित भेट्दा वा अन्तरक्रिया गर्दा आफ्नो प्रदर्शन गर्न चाहन्छन्। तिनीहरू सोच्छन्: “देहधारी परमेश्वरलाई बारम्बार भेट्न पाइँदैन; यो त जीवनमा एकैपटक आउने अवसर हो। मैले राम्रो गर्नुपर्छ, र परमेश्वरलाई थाहा दिन मैले परमेश्वरमा विश्वास गरेका वर्षहरूमा प्राप्त मेरा नतिजाहरू, र परमेश्वरको हालको चरणको काम स्विकारेपछि मैले हासिल गरेका राम्रा उपलब्धिहरू देखाउनुपर्छ।” मलाई थाहा दिन भनेर तिनीहरूले के भन्न खोजेका हुन्? तिनीहरू बढुवाको मौका पाउने आशा गर्छन्। मण्डलीमा भए त, तिनीहरूले आफ्नो जीवनकालमा अलग देखिने वा बढुवा पाउने मौका कहिल्यै नपाउन सक्थे; तिनीहरूलाई कसैले पनि चयन गर्थेन। तिनीहरू अब अवसर आएको छ भन्ठानेर कसरी कुनै समस्याहरू प्रकाश नगरी र आफ्नो प्रदर्शन गर्न खोजेको सुइँको नदिई बोल्ने भनी मनन गर्छन्। अनि, तिनीहरूलाई अझ बढी कुशल र चतुर भएर केही युक्ति र चालबाजीहरू प्रयोग गर्नुपर्छ, र ससाना छलहरू अपनाउनुपर्छ। तिनीहरू भन्छन्: “परमेश्वर, हामीले यतिका वर्षसम्म तिमीमा विश्वास गरेर निश्चय नै धेरै लाभ प्राप्त गरेका छौँ! हाम्रो सम्पूर्ण परिवारले विश्वास गर्छ, हामी सबैले आफूलाई परमेश्वरमा समर्पित गर्नहेतु सबथोक त्यागेका छौँ। तर त्यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा होइन। सबैभन्दा महत्त्वपूर्ण त तिम्रा वचनहरू अत्यन्तै महान् छन्, र तिमीले अत्यन्तै धेरै काम गरेका छौ। हामी सबैजना कर्तव्यहरू निर्वाह गर्दै परमेश्वरमा समर्पित हुन इच्छुक छौँ।” जसको म यस्तो जवाफ दिन्छु: “तर यसमा वास्तवमा कुनै फाइदा छैन।” “छ नि—परमेश्वरले दिएको अनुग्रह प्रचुर छ। परमेश्वरका वचनहरूमा हामीले धेरै नयाँ ज्योति, अन्तर्ज्ञान, र बुझाइहरू प्राप्त गरेका छौँ। दाजुभाइ-दिदीबहिनीहरू सबैले धेरै ऊर्जा प्राप्त गरेका छन्, उनीहरू सबै आफूलाई परमेश्वरप्रति समर्पित गर्न इच्छुक छन्।” “कमजोर र नकारात्मक कोही छन् कि? बाधा र अवरोध सिर्जना गर्नेहरू पनि छन् कि?” “छैनन्, हाम्रो मण्डली जीवन एकदमै राम्रो छ। दाजुभाइ-दिदीबहिनीहरू सबै जना परमेश्वरलाई प्रेम गर्न, र सबथोक त्यागेर सुसमाचार प्रचार गर्न पछि लाग्छन्। परमेश्वरले भन्ने सबथोक राम्रो हुन्छ। हामी सबै जना उत्प्रेरित छौँ, र अब हामीले पहिलेझैँ अनुग्रह र धित मरुञ्जेल खान खोज्दै विश्वास गर्न मिल्दैन। हामीले परमेश्वरको निम्ति सबथोक त्याग्न, आफूलाई परमेश्वरसामु चढाउन, र आफूलाई परमेश्वरप्रति समर्पित गर्न जरूरी छ।” “त्यसोभए, विगत केही वर्षमा, तिमीहरूले परमेश्वरका वचनहरूबारे कुनै बुझाइ प्राप्त गरेका छौ त?” “हो, प्राप्त गरेका छौँ। परमेश्वर, तिम्रा वचनहरू अत्यन्तै महान् छन्, ती प्रत्येक वाक्यले हाम्रा मूल समस्या छुन्छन्, र हाम्रो प्रकृति सार खुलासा गर्छन्! हामीले आफूलाई बुझ्दा र तिम्रा वचनहरूमा ठूलो ज्योति प्राप्त गरेका छौँ। परमेश्वर, तिमी हाम्रो पूरै परिवारको र हाम्रो पूरै मण्डलीको जीवन रक्षक हौ। तिमी नभएको भए, हामी धेरै पहिले कहीँकतै नष्ट भएका हुनेथ्यौँ। तिमी नभएको भए, कसरी अघि बढ्ने भनेर हामीलाई थाहा हुन्थेन। हाम्रो मण्डलीका सबैले तिमीलाई हेर्ने अभिलाषा राख्छन्, सपनामा तिमीलाई भेटूँ भनेर हरदिन प्रार्थना गर्छन्, र हरदिन तिमीसँगै हुने आशा राख्छन्!” के तिनीहरूको बोलीमा सारगत रूपमा कुनै हृदयस्पर्शी वा सच्चा शब्दहरू बोलिएका हुन्छन् त? (हुँदैनन्।) त्यसो भए ती कस्ता शब्दहरू हुन्? ती पाखण्डी, खोक्रा, र बेकार हुन्। जब म तिनीहरूलाई आत्मज्ञानबारे बोल्न भन्छु, तब तिनीहरूले भन्छन्, “परमेश्वरको काम स्विकारेदेखि, मलाई आफू मानवतारहित दियाबलस र शैतान भएको महसुस हुन्छ।” “तँसित कसरी मानवता छैन?” “म सिद्धान्तहरूविना कार्य गर्छु।” “कस्ता कार्यहरूमा तँसित सिद्धान्तहरू हुँदैनन्?” “म अरूसित सौहार्दपूर्ण सहकार्य गर्न सक्दिनँ, अनि अरूसँगका अन्तरक्रियाहरूमा र मानिसहरूसँग व्यवहार गर्दा, मसित सिद्धान्तहरू हुँदैनन्। म दियाबलस र शैतान हुँ, म शैतानबाट उत्पत्ति भएको हुँ, म शैतानद्वारा गहिरो रूपमा भ्रष्ट तुल्याइएको छु। म हरमोडमा परमेश्वरको प्रतिरोध गर्छु, र निरन्तर परमेश्वरको विरोध र मुकाबिला गर्छु।” यी शब्दहरू बाहिरी रूपमा राम्रा सुनिन्छन्। जब म तिनीहरूलाई “तिमीहरूको मण्डलीको फलानोलाई अहिले कस्तो छ?” भनेर सोध्छु, तब तिनीहरू भन्छन्, “अहिले उसलाई राम्रो छ। उसलाई यसअघि मण्डलीको अगुवाइ गर्नबाट बर्खास्त गरिएको थियो, तर उसले पश्चात्ताप गर्यो, र दाजुभाइ-दिदीबहिनीहरूले उसलाई फेरि चयन गरे।” “के त्यो सत्यता पछ्याउने व्यक्ति हो?” “यदि उसले सत्यता पछ्याउँछ भनेर परमेश्वरले भन्छन् भने उसले सत्यता पछ्याउँछ; यदि उसले पछ्याउँदैन भनेर परमेश्वरले भन्छन् भने उसले सत्यता पछ्याउँदैन।” “यो व्यक्ति उत्साहित देखिन्छ, तर उसको क्षमता निकै कमजोर छ, हैन र?” “कमजोर? हो, अलि कमजोर नै हो। नत्र, पछिल्लोपटक दाजुभाइ-दिदीबहिनीहरूले उसलाई किन बर्खास्त गर्थे र?” “यदि उसको क्षमता कमजोर छ भने, के उसले ठोस काम गर्न सक्छ? के उसले मण्डलीको अगुवाइको दायित्व पूरा गर्न सक्छ?” मेरो कुरा सुनेपछि, तिनीहरू मेरो कुराले कमजोर क्षमताको व्यक्तिले दायित्व पूरा गर्न सक्दैन भन्ने सङ्केत गरेको अर्थ्याउँछन्, र यसो भन्छन्, “त्यसोभए उसले त्यो पूरा गर्न सक्दैन। दाजुभाइ-दिदीबहिनीहरूले उसलाई सबैभन्दा खराबमध्येको उत्तम भनेर रोजेका हुन्; ऊभन्दा राम्रो कोही पनि नभएकोले उनीहरूले उसलाई रोजे। सारा दाजुभाइ-दिदीबहिनीहरूले उसको क्षमता औसत छ, तर उसले हामीलाई अगुवाइ गर्न सक्छ भन्छन्। यदि उसको क्षमता कमजोर छ भने, मलाई लाग्छ दाजुभाइ-दिदीबहिनीहरूले उसलाई अर्कोपटक चयन नगर्न सक्छन्। परमेश्वर, के मैले दाजुभाइ-दिदीबहिनीहरूलाई प्रभाव पार्ने कोसिस गर्नुपर्छ?” “यो मामला तेरो मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको कदमा भर पर्छ। उनीहरूले सिद्धान्तहरूको आधारमा आफूलाई राम्रो लागेको व्यक्ति चयन गर्छन्—यो प्रक्रिया सही हो, तर कतिपय मानिसहरू मूर्ख हुन्छन् र मानिस र मामलाहरूलाई छर्लङ्गै बुझ्न सक्दैनन्, र कहिलेकाहीँ तिनीहरूले गलत व्यक्ति चयन गर्छन्।” मैले यसो भन्नुको मतलब के थियो? म त एउटा तथ्य मात्र भनिरहेको थिएँ, जानाजानी यस व्यक्तिलाई बर्खास्त गर्न खोजिरहेको थिइनँ। तर ख्रीष्टविरोधीले यो कुरा सुनेपछि त्यसलाई कसरी बुझ्यो? उसले बोलेन, बरु मनमनै यस्तो सोच्यो, “के यो परमेश्वरले यस व्यक्तिलाई बर्खास्त गर्न गरेको सङ्केत हो? त्यसो हो भने, परमेश्वरले साँच्चै के भन्न खोजेको हो, मैले थप छानबिन गर्नुपर्छ। यदि यो व्यक्तिलाई बर्खास्त गरियो भने, मण्डलीलाई अरू कसले अगुवाइ गर्न सक्छ, यो काम कसले गर्न सक्छ?” ख्रीष्टविरोधीहरू परमेश्वरप्रति अन्धा हुन्छन्, र तिनीहरूको हृदयमा उहाँको निम्ति कुनै ठाउँ हुँदैन। ख्रीष्टलाई भेट्दा, तिनीहरूले उहाँसँग साधारण व्यक्तिभन्दा फरक व्यवहार गर्दैनन्, उहाँको अभिव्यक्ति र स्वर-शैलीबाट निरन्तर सङ्केत लिन्छन्, परिस्थितिअनुसार आफ्नो शैली बदल्छन्, वास्तविक रूपमा भइरहेको कुरा कहिल्यै भन्दैनन्, इमानदार कुरा कहिल्यै बोल्दैनन्, खोक्रा शब्दहरू र धर्मसिद्धान्त मात्रै बोल्छन्, तिनीहरूको अगाडि उभिरहनुभएका व्यावहारिक परमेश्वरलाई धोका दिने र छल्ने प्रयास गर्छन्। तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय बिलकुलै हुँदैन। तिनीहरू हृदयबाट परमेश्वरसँग बोल्न र कुनै पनि वास्तविक कुरा भन्नसमेत सक्षम हुँदैनन्। तिनीहरू सर्पको घिस्राइजस्तै घुमाउरो र अप्रत्यक्ष तरिकाले कुरा गर्छन्। तिनीहरूका वचनहरूको शैली र दिशा थाङ्ग्रोमा बेरिएर माथितिर गएको लहरोजस्तै हुन्छ। उदाहरणको लागि, जब तैँले कुनै व्यक्ति राम्रो क्षमता भएको व्यक्ति हो र उसको पदोन्नति गरिनुपर्छ भनेर भन्छस्, तब तिनीहरू तुरुन्तै ऊ कति असल छ, र उसमा के कुराको प्रकटीकरण र प्रकाश भएको छ भन्नेबारे कुरा गर्न थाल्छन्; र यदि तैँले कुनै व्यक्ति खराब हो भनेर भनिस् भने, तिनीहरू तुरुन्तै त्यो मान्छे कति खराब र दुष्ट छ, र उसले मण्डलीमा कति बाधा र अवरोधहरू ल्याएको छ भन्नेबारे कुरा गर्न थाल्छन्। जब तैँले केही वास्तविक परिस्थितिहरूबारे सोधपुछ गर्छस्, तिनीहरूसँग भन्ने कुरा केही पनि हुँदैन; तिनीहरू घुमाउरो तरिकाले कुरा गरेर तेरो निर्णयको प्रतीक्षा गर्छन्, तेरा वचनहरूमा अर्थ छन् कि भनी राम्ररी सुन्छन्, तेरा अभिप्रायहरू पत्ता लगाउने प्रयास गर्छन्, ताकि तिनीहरूका शब्दहरू तेरो सोचसँग मिलून्। तिनीहरूले भन्ने हरेक कुरा मिठो सुनिने, चापलुसी, र खुसामदीका शब्दहरू मात्र हुन्; तिनीहरूको मुखबाट एउटै इमानदार वचन निस्कँदैन। तिनीहरूले मानिसहरूसँग यसरी नै अन्तरक्रिया गर्छन् र परमेश्वरसँग पनि यसरी नै व्यवहार गर्छन्—तिनीहरू त्यति धेरै छली हुन्छन्। यही नै ख्रीष्टविरोधीको स्वभाव हो।
कतिपय मानिसहरू मलाई कस्ता शब्द र मामलाहरू सुन्न मन पर्छ भन्ने थाहै नपाई मेरो सम्पर्कमा आउँछन्; तर थाहा नहुँदा पनि तिनीहरूले कुनै न कुनै उपाय भेटाइहाल्छन्। तिनीहरू मसित छलफल गर्न केही विषयहरू रोज्छन्, र सोच्छन्, “यी विषयहरू तिम्रो रूचिका हुन सक्छन्, यी तिमीले जान्न वा सुन्न चाहेका तर तिमीलाई सोध्न अत्यन्तै लाज लागेका कुरा हुन सक्छन्, त्यसैले म नै तिमीलाई बताउने पहल गर्नेछु।” जब हामी भेट्छौँ, तिनीहरूले भन्छन्, “हालसालै, हाम्रो क्षेत्रमा भारी वर्षा भयो र पूरै सहरमा बाढी पस्यो। सार्वजनिक व्यवस्था पनि खस्किरहेको छ; अहिले चोरहरूको बिगबिगी छ। कोही बाहिर निस्कँदा, चोरिने वा लुटिने जोखिम हुन्छ। मैले सुनेँ कि कतिपय ठाउँहरूमा, धेरै बालबच्चाहरू अपहरित भएका छन्, र मानिसहरू त्रासको स्थितिमा छन्। गैरविश्वासीहरू समाज अत्यन्तै अस्तव्यस्त र पूरै असामान्य बनेको छ भन्छन्। धर्मका मानिसहरू अझै पनि बाइबल समातेर सुसमाचार प्रचार गरिरहेका छन्, र भनिरहेका छन् कि आखिरी दिनहरू आएका छन्, र परमेश्वर ओर्लन लाग्नुभएको छ, र हामीमाथि महाविपत्तिहरू आइपरेका छन्।” अनि कतिपय मानिसहरू यस्ता छन्, जो मलाई भेटेपछि तुरुन्तै यसो भन्छन्, “केही दिनअघि, तीनओटा चन्द्रमाहरू आकाशमा एकै ठाउँमा देखिए, र धेरै मानिसहरूले फोटो खिचे। कतिपय लोक दैवज्ञहरू आकाशमा महान् दर्शनहरू देखिन लागे, र साँचो प्रभु देखा परे भन्छन्।” तिनीहरू यस्ता कुराहरू भन्छन्—यस्ता सामाजिक अस्तव्यस्तता, विपत्ति, र विभिन्न असाधारण घटना र खगोलीय कुराहरू देखा पर्नुमा अत्यन्तै चासो राख्छन् र तिनका बारेमा जानकारी लिन्छन्। मलाई भेट्दा तिनीहरूले मसित निकट सम्बन्ध गाँस्न यसलाई कुराकानीको विषय बनाउँछन्। कतिपयले यस्तो विश्वास गर्छन्, “देहधारी परमेश्वर एक साधारण व्यक्ति हो। ऊ र अरूबीचको भिन्नता भनेको उसले परमेश्वरको काम गर्छ र परमेश्वरलाई प्रतिनिधित्व गर्छ। यसर्थ, धेरैजसो मानिसहरूले विश्व शान्तिको आशा गर्दै मानवहरू सौहार्दता र सन्तुष्टिमा जिऊन् भन्ने आशा गर्छन्, तर देहधारी ख्रीष्ट भने सामान्य मानिसहरूभन्दा फरक छ। ऊ आफूले बोलेका वचनहरू पूरा गर्नका लागि संसारमा ठूलो अस्तव्यस्तता होस्, दर्शन र महाविपत्तिहरू आऊन्, परमेश्वरको महान् काम तत्काल पूरा होस्, साथै परमेश्वरको व्यवस्थापनको कार्य चाँडो समापन होस् भन्ने आशा गर्छ। उसले चासो र रुचि राख्ने विषयहरू यिनै हुन्। त्यसैले, उसलाई भेट्दा, म यिनै कुराहरूबारे कुरा गर्नेछु, र ऊ अत्यन्तै खुसी हुनेछ। ऊ खुसी भएपछि सायद मेरो बढुवा हुनेछ, र ऊसित थप दिन बिताउने मौका मिल्न सक्छ।” के यस्ता मानिसहरू हुन्छन्? मैले एकपटक एउटी जवान केटी भेटेँ जसको बोली मिठो थियो; ऊ वाक्पटु, र तेज बुद्धिकी थिई, उसलाई कसलाई के भन्ने भनेर ठ्याक्कै थाहा हुन्थ्यो, ऊ चर्चामा आउने काम गर्न र हरेक रूपमा चम्किन माहिर थिई, र खासगरी शक्ति र हैसियत भएकाहरूसित अन्तरक्रिया गर्न निकै सिपालु थिई। मलाई भेटेर मसित अन्तरक्रिया गर्दा, उसले तुरुन्तै भनी: “फलानो ठाउँमा आपराधिक घटनाहरूको बिगबिगी छ; स्थानीय प्रहरीमा समेत गुण्डाहरू छन्। एउटा गुण्डा नाइके थियो जसले आफ्नो ठाउँमा धेरै खराब कामहरू गर्थ्यो। एकदिन, उसले एउटा उच्च अधिकारी, एउटा प्रमुख पिशाचलाई बाटोमा भेट्यो। उसको गाडीले उक्त प्रमुख पिशाचको गाडीलाई उछिन्यो, अनि प्रमुख पिशाचले आफ्नो अङ्गरक्षकलाई भन्यो, ‘त्यो कसको गाडी हो? म त्यसलाई फेरि हेर्न चाहन्नँ!’ अनि, भोलिपल्ट, उसलाई मारियो।” के समाजमा यस्ता कुराहरू हुन्छन्? (हुन्छन्।) यस्ता कुराहरू हुन्छन्, तर के मलाई भेटेपछि त्यसलाई नै कुराकानीको मुख्य विषय बनाउनु उपयोगी हुन्छ? यी मैले चासो राख्ने वा सुन्न चाहने विषयहरू होइनन्, तर उसलाई त्यो कुरा थाहा थिएन। उसले मलाई यी डरलाग्दा कथाहरू सुन्न मन लाग्छ भन्ने सोची। ल भन् त, के विपत्ति, दर्शन, अनि प्राकृतिक र मानव-निर्मित सङ्कटहरू मैले चासो राख्ने र सुन्न चाहने विषयहरू हुन्? (होइनन्।) यी कुराहरू सुनेर समय काट्नु ठिकै हो, तर यदि तैँले मलाई ती कुराहरू सुन्न मन लाग्छ भन्ने सोच्छस् भने, तँ गलत छस्। मलाई यी कुराहरूमा रुचि छैन, म यी कुराहरू सुन्न चाहन्नँ। कतिपय मानिसहरू सोध्छन्, “मानिसहरूले यी कुराहरूबारे कुरा गर्दा तिमीले सुन्छौ?” सुन्नुमा मेरो आपत्ति छैन, तर त्यसको मतलब मलाई सुन्न मन लाग्छ भन्ने होइन, न त म यो जानकारी र यी कथाहरू बटुल्न चाहन्छु भन्ने नै हो। यसको मतलब के हो? यसको मतलब मेरो हृदयको गहिराइमा, मसित यी मामलाहरूबारे कुनै उत्सुकता छैन, कुनै प्रकारको रुचि छैन। कतिपय मानिसहरूले त यस्तोसमेत सोच्छन्, “तिमीले हृदयमा ठूलो रातो अजिङ्गरलाई अत्यन्तै घृणा गर्दैनौ र? यदि तिमी ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौ भने, म तिमीलाई ठूलो रातो अजिङ्गरमाथि आइपरेको दण्डबारे बताउनेछु: तेता ठूलो रातो अजिङ्गरभित्रकै उच्च अधिकारीहरूबीच आन्तरिक द्वन्द्व थियो, धेरै गुटहरू एकअर्कासँग लडिरहेका थिए, र एउटा नाइके राक्षसलाई झण्डै मारेका थिए। यी नाइके राक्षसहरू थुप्रैपटक हत्याको प्रयासबाट बाँचेका छन्, स्थिति साँच्चिकै खतरनाक छ! यो कुरा सुन्दा तिमी खुसी हुन्नौ र?” के यस्ता कुराहरूबारे सुन्दा तिमीहरू सबै खुसी हुनेथियौ? यदि तिमीहरू खुसी हुनेथियौ भने, खुसी होऊ; यदि तिमीहरूलाई सुन्न मन लाग्दैन भने, नसून—यो मसँग सम्बन्धित छैन। छोटकरीमा, यी मामलाहरूबारे भन्नुपर्दा, चाहे त्यो कुनै देशको महामारी होस्, वा चाहे कसरी उक्त महामारी पैदा भयो, कति मानिसहरू मरे, कुन देशले ठूलो विपत्ति सामना गर्यो, कुनै देशको सरकारको स्थिति कस्तो छ, कुनै देशका उपल्लो तहका आन्तरिक सङ्घर्षहरू कति क्रूर छन्, वा सामाजिक उतारचढावहरू कस्ता छन्, ती कुरा मेरो कानमा पुगेमा मैले सुन्न सक्छु, तर मलाई तिनका बारेमा थाहा नभएकै कारण मैले ती घटनाहरूबारे विशेष विवरणहरू खोज्ने, समाचार सुन्ने, अखबार पढ्ने, वा अनलाइनमा यी घटनाहरूसँग सम्बन्धित सामग्री खोज्ने प्रयत्न गर्नेछैन। म कदापि त्यसो गर्नेछैन, म त्यस्तो काम कहिल्यै गर्दिनँ। मलाई यी मामलाहरूमा रुचि छैन। कति मानिसहरू भन्छन्: “यो सबै तपाईँको नियन्त्रणमा छ, यो सबै तपाईँले गर्दा भएको हो; त्यसैले तपाईँलाई रुचि नभएको हो।” के यो भनाइ सही हो? धर्मसिद्धान्तको सन्दर्भमा यो सही हो, तर सारमा, कुरा त्यस्तो होइन। मानव नियति, हरेक वर्ण, हरेक समूह, र हरेक उमेरका मानिसहरूमाथि परमेश्वरको सार्वभौमिकता हुन्छ। हरेक युगमा कुनै न कुनै विपद् वा असामान्य घटनाहरू देखापर्नु सामान्य हो—यो सबै परमेश्वरको हातमा हुन्छ। जुनसुकै युग भए पनि, ठूला वा साना जे-जस्ता घटनाहरू घटे पनि, जब युग परिवर्तन हुने समय आउँछ, तब घाँस वा रूखले पात नफेरे पनि, त्यो युगको अन्त्य हुनैपर्छ। यो परमेश्वरको सार्वभौमिकताको मामला हो। यदि कुनै युग अन्त्य हुनु छैन भने, आकाशीय वस्तुहरूमा वा पृथ्वीका सारा चिजहरूमा ठूला परिवर्तनहरू भए पनि, त्यो युगको अन्त्य हुँदैन। यी सबै परमेश्वरका मामलाहरू हुन्, जुन मानव हस्तक्षेप वा मदतभन्दा बाहिर छन्। मानिसहरूले सबैभन्दा बढी गर्नुपर्ने भनेको यी कुराहरूमा चासो नराख्नु, आफ्नो कौतूहलता पूरा गर्न प्रमाण र जानकारी नबटुल्नु हो। परमेश्वरले गर्नुहुने कामकुराहरूबारे भन्नुपर्दा, तैँले सक्दो बुझ्नुपर्छ, तर बुझ्न सम्भव नहुँदा जबर्जस्ती बुझ्न खोज्नु हुँदैन। भ्रष्ट मानवजातिमाझ, यी मामलाहरू अत्यन्तै सामान्य र अत्यन्तै आम कुरा हुन्। यी सबै मामलाहरू—युगहरूको परिवर्तन, विश्व व्यवस्थाको रूपान्तरण, कुनै जातिको नियति, कुनै सरकारको शासन र हैसियत, आदि इत्यादि—सबै परमेश्वरका हातमा, सबै उहाँको सार्वभौमिकतामा हुन्छन्। बस मानिसहरूले विश्वास, स्वीकार, र समर्पण मात्र गर्नुपर्छ; त्यो नै पर्याप्त हुन्छ। परमेश्वरमा विश्वास गरेर तँमा ठूलो कद र आत्मिकता भएझैँ जति धेरै रहस्यहरू बुझियो, त्यति धेरै फेशनेबल देखिने सोचेर अझ बढी रहस्यहरू बुझ्ने सोच नराख्। यस्तो मानसिकता राख्नुको अर्थ परमेश्वरमा विश्वास गर्नेबारे तेरो दृष्टिकोण गलत छ भन्ने हुन्छ। यी मामलाहरू महत्त्वपूर्ण होइनन्। साँच्चिकै महत्त्वपूर्ण मामला, अर्थात् मानिसहरूले सबैभन्दा धेरै चासो दिनुपर्ने कुरा भनेको त परमेश्वरको व्यवस्थापन योजनाको मूलतत्त्व—मानवताको मुक्ति हो, मानवजातिलाई परमेश्वरको व्यवस्थापन योजनाको कामभित्रै मुक्ति प्राप्त गर्न सक्षम तुल्याउने कार्य हो। यो नै सबैभन्दा ठूलो र केन्द्रीय मामला हो। यदि तँ यो मामलासँग सम्बन्धित सत्यता र दर्शनहरू बुझ्छस् भने, परमेश्वरले तँमा जे गर्नुहुन्छ र तँलाई जुन सत्यता प्रदान गर्नुहुन्छ त्यसलाई स्विकार्, साथै हरेक काटछाँट, न्याय, र सजाय स्विकार्, यदि तैँले यी सबै स्विकारिस् भने, यो आकाशीय घटना, रहस्य, विपत्ति, वा राजनीतिको अनुसन्धान गर्नुभन्दा बढी मूल्यवान् हुन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।