विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रण गर्छन् (खण्ड छ)
ई. ख्रीष्टविरोधीहरू मानिसहरूलाई कसरी नियन्त्रण गर्छन् भन्ने कुराको विश्लेषण
मानिसहरूलाई नियन्त्रण गर्नु ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने तरकिबहरूमध्ये एक हो। तिनीहरू मानिसहरूलाई कसरी नियन्त्रण गर्छन्? ख्रीष्टविरोधीहरूसँग मानिसहरूलाई नियन्त्रण गर्ने एकभन्दा अधिक विधि हुन्छन्, तिनीहरूसँग धेरै विधि हुन्छन्। के तिमीहरूले यो कहिल्यै अनुभव गरेका छौ? कतिपय व्यक्तिले अगुवाका रूपमा कहिल्यै काम नगरेका होलान्, तर तिनीहरूले अरूलाई नियन्त्रण गर्ने चाहना बोकेका हुन्छन्—यो ख्रीष्टविरोधी बन्ने लक्षण हो। तिनीहरूको उमेर, स्थान, वा परिस्थितिहरूका बाबजुद, तिनीहरू मानिसहरूमाथि नियन्त्रण जमाउन चाहन्छन्। तिनीहरू खाने, काम गर्ने मामला, वा विविध दक्षताका क्षेत्र वा व्यावसायिक मामलाहरूमा, मानिसहरूले तिनीहरूको कुरा सुनून् भन्ने चाहन्छन्, र जसले सुन्दैन उसलाई सहनेछैनन्। तिनीहरू मण्डलीमा शक्ति जमाउने आफ्नो चाहनासमेत नियन्त्रण गर्न सक्दैनन्। तिनीहरू यसलाई आफ्नो जिम्मेवारी र दायित्व पूरा गरेको ठान्छन्, आफूले अपेक्षित काम गरिरहेको सोच्छन्, र यो आफ्नो महत्त्वाकाङ्क्षा र चाहना हो, यो आफ्नो भ्रष्ट स्वभाव हो भनेर थाहा पाउँदैनन्। त्यसोभए, कुनै ख्रीष्टविरोधीले मानिसहरूलाई कसरी नियन्त्रण गर्छ? उदाहरणका लागि, जब ऊ अगुवाका रूपमा चुनिन्छ, तब पहिलो दिन नै ऊ सोच्न थाल्छ, “यी मानिसहरूको खाने बानी र दिनचर्या अनियमित छन्; धेरै काम गर्नु छ। अगुवा हुनुमा महत्त्वपूर्ण जिम्मेवारीहरू पर्छन्—यो ठूलो जिम्मेवारी हो!” ख्रीष्टविरोधीले पूरै दिन आफ्नो कोठामा बसेर दुईतीन पन्ना लेख लेखेर बिताउँछ। त्यस लेखमा के लेखिएको हुन्छ? पहिलो कुरा, यो खानेसँग सम्बन्धित हुन्छ। खाना निश्चित समयमा, निश्चित स्थानमा, निश्चित मात्रामा नै खानुपर्छ। बिहान ६:३० मा नास्ता, अपराह्न १२:३० मा दिउँसोको खाना, र साँझ ६:३० मा बेलुकाको खाना—खाना एक मिनेट पनि अघिपछि नगरी यी समयमा खाइनेछ। परिस्थितिहरू जस्तोसुकै भए पनि तँ समयनिष्ठ हुनैपर्छ, चाहे पानी परोस् वा आँधी चल्न थालोस्, र यदि तैँले यी नियमहरू उल्लङ्घन गरिस् भने, खाना पाउनेछैनस्। त्यसपछि दिनचर्याको कुरा पनि छ, जुन धेरै महत्त्वपूर्ण छ। तँ हरेक बिहान ६:०० बजे उठ्नैपर्छ, चाहे तँ अघिल्लो रात जतिसुकै अबेर सुतेको किन नहोस्। तैँले दिउँसोको खाना खाएपछि अपराह्न १:०० बजे आराम गर्नुपर्छ, र राती ठ्याक्कै १०:०० बजे सुत्नुपर्छ। तिनीहरूले खाने र दिनचर्याका नियमहरू बनाइसकेपछि, अझै पनि अन्य धेरै निर्दिष्ट नियमहरू हुन्छन्। उदाहरणका लागि, तैँले तोकिएकै स्थानमै खानुपर्छ र खाने बेला होहल्ला गर्नै हुँदैन। हरव्यक्तिले विशेष कपडा लगाउन आवश्यक छ आदि। यी नियमहरू अत्यन्तै विस्तृत हुन्छन्, परमेश्वरको घरका प्रशासनिक आदेशहरूभन्दा पनि विस्तृत। यी स-साना दैनिक विवरणहरूको सत्यतासँग कुनै सम्बन्ध छैन। यदि कसैको दैनिक जीवन र खाने बानी व्यवस्थित र उचित छ, त्यसले आफ्नो स्वास्थ्यलाई हानि गर्दैन भने, यो सिद्धान्त पछ्याए पुग्छ। यस्ता विस्तृत नियमहरूको आवश्यकता छैन। त्यसोभए किन ख्रीष्टविरोधीले यस्ता विस्तृत नियमहरू सिर्जना गर्छ? ऊ भन्छ, “मानिसहरूलाई अव्यवस्थित छोड्नु राम्रो होइन। यी मामलाहरू परमेश्वरका वचनमा कहिल्यै उल्लेख गरिँदैन, र यी विशेष वृत्तान्तविना, हाम्रो जीवन अनुशासनहीन, अव्यवस्थित, र मानव रूपरहित हुनेछ। अब म अगुवा हुँ, तिमीहरू सबै ठिक हुन सक्छौ। तिमीहरू अब भौँतारिने भेडा रहेनौ; तिमीहरूको ख्याल राख्ने कोही छ।” गाँस, बास, कपास, र यातायातजस्ता दैनिक जीवनका महत्त्वपूर्ण र महत्त्वहीन दुवै मामला सबै होसियारीसाथ व्यवस्थित गरिएका छन्। त्यसपछि उसले तँलाई यसो भन्दै एउटा “गोप्य कुरा” बताउँछ, “परमेश्वरका वचनहरूले दैनिक जीवनका यी विशेष विवरणहरूबारे कहिल्यै बताएका छैनन्। परमेश्वरले त्यसबारे बोल्नुभएन भन्दैमा हामीले त्यो थाहा पाउनु पर्दैन भन्ने होइन। हामी मानवले ती सम्पूर्ण विस्तृत मामलाको काम सम्हाल्नुपर्छ जसबारे परमेश्वरले कहिल्यै कुरा गर्नुभएन।” उसले सत्यतालाई प्रतिस्थापित र अरूलाई अगुवाइ गर्न परमेश्वरका वचनबाहिर गएर विस्तृत र स्पष्ट शब्दहरूमा प्रस्टसित परिभाषित गरिएका देखिने नियम र नियमावलीहरू बनाउँछ। यी निर्दिष्ट र प्रस्टसित परिभाषित नियमावलीहरू जारी भएपछि, उसका तथाकथित नियमहरू मानिसहरूले पालना गरेको अपेक्षा गरिन्छ। यदि कसैले यी नियमहरू पालना गर्न सकेन, अवज्ञा, बेवास्ता, वा उल्लङ्घन गऱ्यो भने, ख्रीष्टविरोधीले उसलाई काटछाँट गर्छ। काटछाँट गरेपछि, त्यस व्यक्तिले यी नियमहरू स्विकारेको र परमेश्वरबाट आएको भनी स्विकारेको उसले पक्का गर्छ। उसले यी कुरा प्रयोग गरेर सत्यतालाई प्रतिस्थापित गर्छ र मानिसहरूलाई अगुवाइ गर्छ, त्यसैले ती मानिसहरूले कस्तो मार्ग लिनेछन्? उनीहरूले प्रावधानहरू र अनुष्ठानहरू मात्र पालना गर्नेछन्, विधि मात्र पछ्याउनेछन्। यस्तो अगुवाइमा, मानिसहरूले आफ्नै धारणाहरूमार्फत गलत विश्वास गर्न सक्छन्, “यदि मैले बाह्य प्रावधान र औपचारिकताहरू कायम राख्न सकेँ भने, यदि मैले उठ्ने, सुत्ने, र खाने समयलाई पालना गर्न सकेँ भने, के त्यसको अर्थ मैले सत्यता अभ्यास गरिरहेको होइन र? मैले त्यसपछि मुक्ति पाउनेछैनँ र?” के मुक्ति साँच्चै त्यति सजिलो छ? के सत्यता यति सजिलै प्राप्त हुन्छ? के सत्यता मानव व्यवहारसँग मात्र सम्बन्धित छ? अहँ, छैन। ख्रीष्टविरोधीले मानिसहरूको स्वभाव, सत्यताबारे उनीहरूको बुझाइ, र सत्यताको अभ्यासमा आउने परिवर्तनहरूप्रति कस्तो व्यवहार गर्छ? उसले यी कुरालाई सार्वजनिक आदेश पालना गर्नु वा देशको कानुन मान्नुसरह ठान्छ। उसले मानिसहरूलाई यी नियम र नियमावलीहरू परमेश्वरका वचनभन्दा उच्च, ठोस र व्यावहारिक छन् भन्ने गलत विश्वाससमेत गराउँछ। वास्तवमा, उसले यी कुराहरू प्रयोग गरेर मानिसहरूलाई भ्रममा पार्ने र नियन्त्रण गर्ने गर्छ, उनीहरूको व्यवहारलाई कडा नियन्त्रण गर्छ। उसले सत्यताद्वारा समस्याहरू समाधान गर्दैन, न त मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार जिउन, कार्य गर्न, र आफ्ना कर्तव्यहरू निर्वाह गर्न नै प्रोत्साहन दिन्छ। बरु, उसले मानिसहरूले पालना गर्नुपर्ने बनावटी नियम, नियमावली र प्रणालीहरू बनाउँछ। उसको उद्देश्य के हो? ऊ मानिसहरूले उसको कुरा मानून्, ऊ चलाख छ भन्ने ठानून्, अनि यी नियम र प्रावधानहरू अभ्यास र पालना गरेर उसको नेतृत्व मानून् भन्ने चाहन्छ। यसरी, उसले आफ्ना लक्ष्यहरू हासिल गर्छ। उसले मानिसहरूको व्यवहारलाई काबुमा राखेर अनि व्यवस्थित गरेर हरव्यक्तिबारे हरकुरा नियन्त्रण गर्ने आफ्नो लक्ष्य हासिल गर्ने उद्देश्य राख्छ। उसले कार्य गर्नुका मनसायहरूका सम्बन्धमा भन्नुपर्दा, सायद उसमा हैसियतप्रति स्पष्ट चाहना नहुन सक्छ, तर अन्तिम परिणाम भनेको उसले मानिसहरूलाई नियन्त्रण गर्छ, र मानिसहरू पूर्ण रूपले उसले बनाएका नियम र नियमावलीबमोजिम नै जिउँछन् र कार्य गर्छन्। यस्तो परिस्थितिमा, के सत्यताले अझै पनि मानिसहरूको हृदयमा स्थान पाउँछ? पाउँदैन। ख्रीष्टविरोधीहरूमा आत्मिक बुझाइ हुँदैन, र तिनीहरू सत्यता बुझ्दैनन्। यदि तैँले तिनीहरूसँगै मण्डली जीवन जिइस् भने, तिनीहरूले तँलाई आज यो गर् र भोलि त्यो गर् भन्छन्, मूलतः सत्यता सिद्धान्तहरूबारे सङ्गति गर्न सक्दैनन्। बरु, तिनीहरूले तँलाई एक चाङ प्रावधानहरू पालन गर्न मात्र दिनेछन्। ती पछ्याएर तँ पूर्ण रूपमा लखतरान हुन सक्लास्, तर ती पालन नगर्नु विकल्प होइन। तिनीहरूले तँलाई स्वतन्त्र रूपमा कार्य गर्न दिनेछैनन्। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्ने एउटा तरिका यो हो।
कुनै ख्रीष्टविरोधीले मुख्यतः मानिसहरूको के कुरालाई नियन्त्रण गर्छ? (उनीहरूका सोचलाई।) ठिक भनिस्; तिनीहरूले मुख्यतः मानिसहरूका सोचलाई नियन्त्रण गर्छन्। यो मानिसहरू के भन्छन् र गर्छन् भन्ने कुरालाई नियन्त्रण गर्नेबारे मात्र होइन। उसले सत्यताबारे सङ्गति गर्ने निहुँमा तेरो सोच नियन्त्रण गर्ने उद्देश्यले खोक्रो सिद्धान्त र चलाखीपूर्ण कुतर्क प्रयोग गरेर तँलाई भ्रममा पार्छ, र उसको आज्ञापालन गर्न र उसको अगुवाइ पछ्याउन लगाउँछ। मानिसहरूलाई भ्रममा पार्नु र नियन्त्रण गर्नु भनेको यही हो। यदि तैँले उसका निर्देशनहरू पालना गरिनस् भने, तँलाई आफू सत्यताविरुद्ध गइरहेको महसुस हुन सक्छ, र तँलाई आफू ऊप्रति ऋणी भएको वा आफूले उसको सामना गर्न नसक्ने महसुससमेत होला। यो तँ उसको नियन्त्रणमा परिसकेको छस् भन्ने सङ्केत हो। तर, यदि तँ सत्यता अभ्यास गर्दैनस् वा परमेश्वरप्रति समर्पित हुँदैनस् भने, के तँलाई हृदयमा परमेश्वरप्रति ऋणी महसुस हुन्छ? यदि हुँदैन भने, तँमा विवेक र मानवता छैन। यदि तैँले सत्यता अभ्यास गर्नुको साटो हृदयमा कुनै असहजता वा ग्लानि महसुस नगरी ख्रीष्टविरोधीको आज्ञापालन गर्न सक्छस्, भने, यसको मतलब तँ उसको नियन्त्रणमा छस्। ख्रीष्टविरोधीले नियन्त्रण गर्दा हुने सबैभन्दा सामान्य घटना भनेको उसले नै आफ्नो अख्तियारको दायराभित्र, अन्तिम निर्णय गर्न पाउँछ। यदि ऊ उपस्थित छैन भने, कसैले पनि निर्णय गर्ने वा कुनै मामला सुल्झाउने आँट गर्दैन। ऊविना, अरू मानिस हराएका बालबालिकाजस्तै बन्छन्, प्रार्थना गर्न, खोजी गर्न, वा एकअर्कासँग छलफल गर्न जान्दैनन्, कठपुतली वा मरेका मानिसहरूझैँ व्यवहार गर्छन्। ख्रीष्टविरोधीहरू मानिसहरूलाई भ्रममा पार्न र नियन्त्रण गर्न प्रायः के भन्छन् भन्ने सम्बन्धमा हामी यहाँ विस्तारमा जानेछैनौँ। तिनीहरूले प्रयोग गर्ने भनाइ र तरकिबहरू निश्चय नै धेरै छन्, र त्यसबाट आउने परिणामहरू भ्रममा परेकाहरूमा खुल्दै जान सक्छन्। म एउटा उदाहरण दिन्छु। औसत क्षमताका केही व्यक्ति छन्, अति खराब छैनन्, जो बफादारीपूर्वक आफ्ना कर्तव्य पूरा गर्छन् र विरलै नकारात्मक बन्छन्। तर, केही समय आफ्नो कर्तव्य पूरा गर्न कुनै ख्रीष्टविरोधीसँग काम गरेपछि, उनीहरू ख्रीष्टविरोधीमा निर्भर हुन्छन्। उनीहरू सबै कुरामा ख्रीष्टविरोधीको अगुवाइ पछ्याउन रुचाउँछन्, अनि ख्रीष्टविरोधी नै उनीहरूको मुख्य आड बन्छ। उनीहरूलाई यस ख्रीष्टविरोधीबाट अलग पार्नेबित्तिकै उनीहरू आफूले गर्ने सबै कुरामा प्रभावहीन बन्छन्। ख्रीष्टविरोधीको उपस्थितिविना, उनीहरू आफ्नो कर्तव्य निर्वाहमा प्रगति गर्न छोड्छन्, अनि कुनै समस्या सामना गर्दा पनि, उनीहरूले सङ्गतिमार्फत नतिजाहरू प्राप्त गर्न सक्दैनन्। उनीहरू ख्रीष्टविरोधीले फर्की आई त्यो समाधान गरिदेओस् भनेर प्रतीक्षा मात्र गर्न सक्छन्। वास्तवमा, ख्रीष्टविरोधीले नियन्त्रण गर्नुअघि सुरुमा यी व्यक्तिहरूमा उनीहरूका क्षमता, बौद्धिकता, अनुभव, र पृष्ठभूमिका कारण यस्ता कुरा सम्हाल्ने क्षमता थियो, तर ऊद्वारा नियन्त्रित भएपछि, अहिले मामलाहरू सम्हाल्न ख्रीष्टविरोधी नभई कसैले पनि निर्णय गर्ने वा स्पष्ट समाधान दिने आँट गर्दैन। उनीहरूको सोच कैद भएको जस्तो देखिन्छ, जुन इन्तु न चिन्तु स्थितिका मानिसहरूका विशेषताहरूसमान हुन्। यी मानिसहरूलाई नियन्त्रण गर्ने ख्रीष्टविरोधीले उनीहरूलाई यस्ता व्यवहार देखाउने बनाउन के कुरा गरेको छ? निश्चय नै, उनीहरूलाई हृदय र मनमा पालन गर्न लगाउने केही स्पष्ट भनाइ वा कथनहरू प्रयोग गरिएको हुनुपर्छ। त्यहाँ यी मानिसहरू सहमत भएका निश्चित कथन, दृष्टिकोण, वा कार्यहरू पनि पक्कै हुनुपर्छ। तर, ख्रीष्टविरोधीहरूमा सत्यता वास्तविकता बिलकुलै हुँदैन। तिनीहरूका कथन र दृष्टिकोण सही भए पनि, तिनको उद्देश्य मानिसहरूलाई भ्रममा पार्नु हो र तिनले तिनीहरूभित्रको कुनै सत्यता वास्तविकतालाई प्रतिविम्बित गर्दैनन्। कतिपय मानिसहरू ख्रीष्टविरोधीहरूको प्रशंसा गर्छन् किनकि तिनीहरूमा वास्तवमै केही वरदान र प्रतिभाहरू हुन्छन्। तर, यी गुणहरूले तिनीहरूमा सत्यता वास्तविकता छ भन्ने सङ्केत गर्दैनन्। ख्रीष्टविरोधीहरूलाई आराधना गर्नेहरूले आफूमा सत्यता नभएकाले र आफूले मानिसहरूलाई खुट्ट्याउन नसक्ने भएकाले त्यसो गर्छन्, यसैकारण उनीहरू ख्रीष्टविरोधी अनि केही प्रसिद्ध र महान् आत्मिक व्यक्तिहरूलाई समेत आराधना गर्न सक्छन्। कतिपय मानिस ख्रीष्टविरोधीहरूको भ्रममा पर्लान्, तर यो अस्थायी मात्र हुन्छ, र उनीहरूले ख्रीष्टविरोधीहरू आत्मिक सिद्धान्तबारे कुरा गर्न मात्र सक्छन् र सत्यता अभ्यास गर्न सक्दैनन्, तिनीहरूले मण्डलीको कामको रक्षा गर्न केही पनि गरेका छैनन् र तिनीहरू साँच्चै पाखण्डी फरिसी हुन् भन्ने थाहा पाएपछि, तिनीहरूलाई अस्वीकार र घृणा गर्नेछन्। ख्रीष्टविरोधीहरूले आफ्ना प्रतिभा र वाक्पटुता प्रयोग गरेर सत्यता नबुझ्नेहरूलाई भ्रममा पारेका घटनाहरू धेरै छन्। उदाहरणका लागि, यदि तैँले कुनै उचित सुझाव प्रस्ताव गरिस् भने, सबैले यो सही प्रस्तावलाई अँगाल्नुपर्छ र त्यसबारे सङ्गति गरिरहनुपर्छ, अनि यो नै सही मार्ग हो र यसले उनीहरूको कर्तव्यप्रतिको बफादारी र जिम्मेवारीलाई देखाउँछ, तर कुनै ख्रीष्टविरोधीले मनमा सोच्छ, “मैले पहिले नै त्यो प्रस्तावबारे किन सोचिनँ?” उसले भित्री रूपमा उक्त प्रस्ताव सही हो भनी मानिलिन्छ, तर के उसले त्यसलाई स्विकार्न सक्छ? उसको प्रकृतिका कारण, उसले तेरो सही सुझावलाई कदापि स्विकार्नेछैन। उसले तेरो प्रस्ताव अस्वीकार गर्न सम्भव भएको सबथोक गर्नेछ, त्यसपछि वैकल्पिक योजना बनाएर तँलाई तेरो प्रस्ताव बिलकुलै कामको छैन र उसको योजना राम्रो छ भन्ने महसुस गराउनेछ। ऊ तँलाई ऊविना तैँले केही गर्न सक्दैनस् र ऊसँग काम गरे मात्र सबै जना प्रभावकारी हुन सक्छन् भन्ने महसुस गराउन चाहन्छ। ऊविना कुनै पनि काम सही रूपमा गर्न सकिँदैन, अनि सबै जना बेकामे बन्छन् र कुनै कुरा फत्ते गर्न सक्दैनन्। ख्रीष्टविरोधीको रणनीति सधैँ नवीन र अद्वितीय देखिनु र ठुलठुला दाबीहरू गर्नु हो। अरू कसैका कथनहरू जति नै सही भए पनि, उसले ती अस्वीकार गर्नेछ। अरू मानिसका सुझावहरू उसकै विचारसँग मिले पनि, यदि ती उसले पहिला प्रस्ताव नगरेको हो भने, उसले ती कहिल्यै स्विकार्ने वा अपनाउनेछैन। बरु, उसले उनीहरूलाई होच्याउन सक्दो प्रयास गर्नेछ, त्यसपछि उनीहरूलाई अस्वीकार र निन्दा गर्नेछ, सुझाव प्रस्ताव गर्ने व्यक्तिलाई आफ्ना विचार गलत लागेर आफ्नो गल्ती नस्विकारिञ्जेल निरन्तर उनीहरूको आलोचना गर्नेछ। अन्ततः त्यसपछि मात्र ख्रीष्टविरोधीले त्यसलाई छोड्नेछ। ख्रीष्टविरोधीहरू आफूलाई स्थापित गरेर अरूलाई होच्याउन, अरूलाई आफ्नो आराधना गराउन र आफूलाई केन्द्रमा राख्न रुचाउँछन्। तिनीहरू आफूलाई मात्र चम्कन दिन्छन्, अरूचाहिँ पृष्ठभूमिमा उभिन मात्र सक्छन्। तिनीहरू जे भन्छन् वा गर्छन् त्यो सही हुन्छ, अनि अरूले जे भन्छन् वा गर्छन् त्यो गलत हुन्छ। तिनीहरू प्रायः नवीन दृष्टिकोणहरू प्रस्ताव गरेर अरूका दृष्टिकोण र कार्यहरूलाई अस्वीकार गर्छन्, अरूका सुझावमा गल्ती निकाल्छन् र अरूका प्रस्तावहरूलाई बिथोल्छन् र अस्वीकार गर्छन्। यसरी, अरू मानिसले तिनीहरूको कुरा सुन्नैपर्ने र तिनीहरूका योजनाअनुसार कार्य गर्नैपर्ने हुन्छ। तिनीहरू यी विधि र रणनीतिहरू प्रयोग गरेर निरन्तर तँलाई नकार्छन्, आक्रमण गर्छन्, र तँ अयोग्य छस् भन्ने महसुस गराउँछन्, यसरी तँलाई तिनीहरूप्रति झन्-झन् समर्पित, तिनीहरूको झनै प्रशंसा गर्ने र उच्च सम्मान गर्ने बनाउँछन्। त्यसरी, तँ तिनीहरूद्वारा पूर्ण रूपले नियन्त्रित हुन्छस्। ख्रीष्टविरोधीहरूले यही प्रक्रियामार्फत मानिसहरूलाई वशमा राख्छन् र नियन्त्रण गर्छन्।
ख्रीष्टविरोधीले मानिसहरूलाई भ्रममा पार्न र नियन्त्रण गर्न विभिन्न विधि अपनाउँछ; आँखा झिम्काएर वा केही शब्द बोलेर नै मानिसहरूलाई उसको पछि लगाउन सकिने होइन—यो त्यति सरल छँदै छैन। चाहे त्यो मानिसहरूलाई नियन्त्रण गर्ने होस्, वा अख्तियारको एउटा पक्षलाई नियन्त्रण गर्ने होस्, जस्तै कर्मचारीसम्बन्धी निर्णय, आर्थिक मामला, वा अन्तिम निर्णयको अधिकार, उसले फरक-फरक तरकिबहरू प्रयोग गर्नेछ, र उसले कहिलेकाहीँ मात्र पक्कै त्यसो गर्ने नभई मानिसहरूले उसलाई प्रशंसा र चयन नगरूञ्जेल आफ्नो प्रदर्शन गर्ने र आफ्नो साक्षी दिने निरन्तर प्रयास गर्नेछ, त्यसपछि अख्तियार उसैको हुन्छ। उसलाई यो लक्ष्य हासिल गर्न केही समय लाग्यो। ख्रीष्टविरोधीले मानिसहरूलाई भ्रममा पार्न र नियन्त्रण गर्न प्रयोग गर्ने अर्को विधि भनेको निरन्तर रूपमा आफ्नो प्रदर्शन गर्नु र सबैलाई उसका बारेमा जान्न लगाउनु र अझ धेरै मानिसहरूलाई परमेश्वरको घरप्रति उसका योगदानहरूबारे जान्न लगाउनु हो। उदाहरणका लागि, उसले यसो भन्न सक्छ, “मैले यसअघि सुसमाचार प्रचार गर्ने केही विधिहरू अघि सारेँ, र त्यसले सुसमाचार प्रचारको प्रभावकारितामा सुधार ल्याएको छ। हिजोआज, अन्य केही मण्डलीले पनि यी विधिहरू अपनाइरहेका छन्।” वास्तवमा, विभिन्न मण्डलीहरूले सुसमाचार प्रचार गरेको धेरै अनुभव सारांशीकृत गरेका छन्, तर ख्रीष्टविरोधीले निरन्तर रूपमा आफ्नो सही निर्णय र उपलब्धिहरूबारे फाइँफुट्टी लाउँछ, मानिसहरूलाई तीबारे जानकारी दिन्छ, तिनलाई जोड दिन्छ, र जहाँ गए पनि सबैले थाहा नपाउञ्जेल तिनै कुराहरू दोहोऱ्याइरहन्छ। उसको लक्ष्य के हो? आफ्नै छवि बनाउनु र प्रतिष्ठा कमाउनु, अझ धेरै मानिसहरूबाट प्रशंसा, समर्थन, र आदर पाउनु, अनि मानिसहरूलाई सबथोकका लागि ऊतिर फर्कने बनाउनु हो। के यसबाट ख्रीष्टविरोधीको मानिसहरूलाई भ्रममा पार्ने र नियन्त्रण गर्ने लक्ष्य हासिल हुँदैन र? धेरैजसो ख्रीष्टविरोधी यस तरिकाले कार्य गर्छन्, मानिसहरूलाई भ्रममा पार्ने, जालमा पार्ने, र नियन्त्रण गर्ने भूमिका निभाउँछन्। मण्डली, मानिसहरूको समूह, वा कार्यस्थल जहाँसुकै होस्, जब कुनै ख्रीष्टविरोधी देखा पर्छ, तब अधिकांश मानिस थाहै नपाई उसलाई आराधना र आदर गर्न थाल्छन्। उनीहरूलाई दुविधा हुने र मार्गदर्शन चाहिने कठिनाइहरू आइपर्दा, विशेष गरी कुनै निर्णय गर्नुपर्ने महत्त्वपूर्ण परिस्थितिहरूमा, उनीहरूले प्रतिभाशाली ख्रीष्टविरोधीलाई सम्झिनेछन्। उनीहरू मनमा विश्वास गर्छन्, “ऊ यहाँ भइदिएको भए ठिक हुनेथ्यो। उसले मात्र हामीलाई यो कठिनाइ पार गर्नमा मद्दत गर्ने सल्लाह-सुझाव दिन सक्छ; ऊसँग सबैभन्दा धेरै जुक्ती र समाधान छन्, उसमा सबैभन्दा धेरै अनुभव छन्, र उसको दिमाग सबैभन्दा चुस्त छ।” के यी मानिसहरूले ख्रीष्टविरोधीलाई त्यो हदसम्म आराधना गर्न सक्ने तथ्य र उसले प्रायः देखावा गर्ने, तमाशा लगाउने र प्रदर्शन गर्ने तरिकाबीच प्रत्यक्ष सम्बन्ध छैन र? यदि उसले राम्रो बोली र व्यवहार देखाएको भए, यदि ऊ नम्र भएर मेहनत गर्ने व्यक्ति भएको भए, यदि उसले कम बोलेर लगनशील भई काम गरेको, कहिल्यै आफ्नो प्रचार नगरेको वा देखावा नगरेको भए, अझ रबाफ नदेखाएको भए, उसले मानिसहरूलाई भ्रममा पार्न अनि उनीहरूलाई आफ्नो आदर र सम्मान गराउन सक्नेथिएन। त्यसोभए तुलनात्मक रूपमा अलि इमानदार र सत्यता अभ्यास गर्न सक्ने अनि लगनशील भई काम गर्ने मानिसहरू किन अगुवा र कामदारका रूपमा विरलै चयन हुन्छन्? किनभने धेरैजसो मानिसमा सत्यता वास्तविकता हुँदैन र उनीहरू खुट्ट्याउन सिपालु हुँदैनन्। मानिसहरूको प्रवृत्ति नै प्रतिभावान् र वाक्पटु अनि देखावा गर्ने झुकाउ भएकाहरूलाई रुचाउने हुन्छ। उनीहरू यस्ता मानिसहरूप्रति अत्यन्तै आसक्त हुन्छन् र तिनीहरूलाई अनुमोदन गर्छन्, अनि तिनीहरूसित कुराकानी गर्न मन पराउँछन्। परिणामस्वरूप, ख्रीष्टविरोधीहरू स्वाभाविक रूपमा धेरै मानिसको आराधना र सम्मानका पात्र बन्छन्। त्यसको बाबजुद, ख्रीष्टविरोधीहरूसँग मानिसहरूलाई नियन्त्रण गर्ने विधिहरू हुन्छन्, र तिनीहरू मानिसहरूमाथि नियन्त्रण जमाउने अन्तिम उद्देश्यसहित उनीहरूको हृदयमा आफ्नो हैसियत र छवि कायम राख्न समय र शक्ति लगाउन हिचकिचाउँदैनन्। कुनै ख्रीष्टविरोधीले यो लक्ष्य हासिल गर्नुअघि के गर्छ? हैसियतप्रति उसको मनोवृत्ति कस्तो हुन्छ? यो सामान्य अनुराग वा ईर्ष्या होइन; यो दीर्घकालीन योजना, त्यो प्राप्त गर्ने जानाजानीको अभिप्राय हो। उसले शक्ति र हैसियतलाई विशेष महत्त्व दिन्छ अनि हैसियतलाई मानिसहरूलाई भ्रममा पार्ने र नियन्त्रण गर्ने लक्ष्य हासिल गर्ने पूर्वशर्त ठान्छ। उसले हैसियत प्राप्त गरेपछि, त्यसका सबै लाभ लिनु स्वाभाविक हो। त्यसकारण, कुनै ख्रीष्टविरोधीले मानिसहरूलाई भ्रममा पार्न र नियन्त्रण गर्न सक्नु भनेको लगनशील व्यवस्थापनको नतिजा हो। उसले संयोगवश त्यो मार्ग कदापि लिँदैन; उसले गर्ने सबथोक जानाजानी, पूर्वनियोजित, र राम्ररी हिसाब लगाएर गरिएको हुन्छ। ख्रीष्टविरोधीहरूका लागि शक्ति प्राप्त गर्नु र मानिसहरूलाई नियन्त्रण गर्ने लक्ष्य हासिल गर्नु त पुरस्कार प्राप्त हुनु हो—यो तिनीहरूले सबैभन्दा बढी चाहना गर्ने परिणाम हो। तिनीहरू प्रेरित भएर, उद्देश्य राखेर, जानाजानी, र अत्यन्तै व्यवस्थित रूपमा शक्ति र हैसियत पछ्याउँछन्; अर्थात्, जब तिनीहरू बोल्छन् वा कार्य गर्छन्, तब तिनीहरूमा प्रबल उद्देश्य र अभिप्राय हुन्छ, र तिनीहरूको लक्ष्य अत्यन्तै निर्दिष्ट हुन्छ। उदाहरणका लागि, तिनीहरू निश्चित तहको अगुवा वा कामदार भएकामा, आफूले सुसमाचार प्रचार गरेर निश्चित सङ्ख्यामा मानिसहरू प्राप्त गरेकामा, वा सुसमाचार प्रचार गर्नका लागि विभिन्न उदाहरणीय विधिहरू विकास गरेकामा घमण्ड गर्छन्; तिनीहरू आफ्ना अनुभव र योग्यताहरूको धाक लगाउँछन्। तिनीहरूले घमण्ड गर्दा के सोचेका हुन्छन्? तिनीहरूको भित्री मनसाय के हुन्छ? के तिनीहरूले कस्ता शब्दहरू प्रयोग गर्ने र सत्यतालाई कसरी झूटसँग मिसाउने भनेर सोचविचार गर्दैनन् र? तिनीहरूका शब्दहरू जथाभावी बोलिएका हुँदैनन्; तिनीहरूले भन्ने सबै कुराको उद्देश्य हुन्छ, र त्यो केवल आत्मप्रशंसा मात्र हुँदै होइन। तिनीहरूका शब्दहरू अत्यन्तै नापजोख गरिएको र लक्षित देखिन सक्छन्, जसले तिनीहरूको उचित व्यवहारको तीक्ष्ण बोध देखाउँछ। उदाहरणका लागि, यदि तिनीहरूले सत्यता बुझ्ने व्यक्तिहरू भेटेमा, तिनीहरूको हृदय सावधान हुन्छ, तिनीहरू आफूलाई खुट्ट्याउला भन्ने डरले उनीहरूको अगाडि सामान्य तरिकाले केही भन्दैनन् वा गर्दैनन्। तिनीहरू अझ धेरै सजग हुनेछन्। तर, यदि तिनीहरू नयाँ विश्वासी वा साधारण विश्वासीहरूसँग व्यवहार गर्दा, यी व्यक्तिहरूलाई के भन्ने भनेर राम्ररी सोचविचार गर्छन्। तिनीहरूले अगुवा र कामदारहरूसँग व्यवहार गर्दा, यो समूहलाई के भन्ने भनेर मनन गर्नेछन्। यदि तिनीहरू व्यावसायिक ज्ञान बुझ्नेहरूसित व्यवहार गर्दै छन् भने, यी मानिसहरूलाई के भन्ने भनेर सोचविचार गर्नेछन्। तिनीहरू बाहिरी मामलाहरूमा अत्यन्तै बाठो हुन्छन्, कोसित कस्ता शब्दहरू चलाउने र कसरी आफ्नो कुरा प्रभावकारी रूपमा बुझाउने भनेर जान्दछन्—तिनीहरूलाई यो सबै कुराबारे अत्यन्तै प्रस्ट थाहा हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरूले कार्य गर्दा सधैँ निश्चित अभिप्रायहरू राखेका हुन्छन्। तिनीहरूका शब्द, कार्य, र आचरण, बोल्दा प्रयोग गरिने विशेष शब्दहरूसमेत जानाजानी रोजिएका हुन्छन्; तिनीहरू भ्रष्टता, सानो कद, मूर्खता वा अज्ञानताको क्षणिक प्रकटीकरणका कारण कार्य गरिरहेका, जहाँ गए पनि बकवास कुरा ओकलिरहेका हुँदैनन्—कुरा यस्तो हुँदै होइन। ख्रीष्टविरोधीहरूका विधि, तिनीहरूले कामकुरा गर्ने तरिका, र तिनीहरूका शब्द चयनलाई जाँच्दा, तिनीहरू निकै कुटिल र दुष्ट देखिन्छन्। तिनीहरू आफ्नो हैसियतका निम्ति र मानिसहरूलाई नियन्त्रण गर्ने लक्ष्य हासिल गर्न हरेक अवसर छोपेर देखावा गर्छन्, हर सानो मौका प्रयोग गर्छन्, र एउटा पनि मौका गुमाउँदैनन्। ल भन्, के यस्ता मानिसहरूले मेरो अगाडि यी विशेषताहरू प्रकट गर्नेथिए? (गर्नेथिए।) किन तँ तिनीहरूले प्रकट गर्नेथिए भनेर भन्छस्? (किनभने तिनीहरूको प्रकृति सार नै देखावा गर्नु हो।) के कुनै ख्रीष्टविरोधीको अन्तिम लक्ष्य नै देखावा गर्नु हो? उसले देखावा गर्नुको उद्देश्य के हो? तिनीहरू हैसियत प्राप्त गर्न चाहन्छन्, अनि तिनीहरूले यस्तो भन्न खोजेका हुन्छन्: “के तिमीलाई म को हुँ भनेर थाहा छैन? मैले गरेका कामकुरा हेर, यी असल कामकुरा गर्ने व्यक्ति म नै थिएँ; मैले परमेश्वरको घरका लागि धेरै योगदान गरेको छु। अब तिमीले थाहा पाइसकेपछि, के तिमीले मलाई अझ महत्त्वपूर्ण काम दिनुपर्दैन र? के तिमीले मलाई उच्च सम्मान गर्नुपर्दैन र? के तिमीले गर्ने सबै काममा ममाथि भर पर्नु पर्दैन र?” के यो जानाजानी भनिएको होइन र? ख्रीष्टविरोधीहरू जोकोहीलाई नियन्त्रण गर्न चाहन्छन्, चाहे त्यो जोसुकै होस्। नियन्त्रणलाई अर्को शब्दमा के भनिन्छ? चालबाजी गर्नु, खेलाउनु—तिनीहरू केवल तँलाई शासन गर्न चाहन्छन्। उदाहरणका लागि, दाजुभाइ-दिदीबहिनीहरूले कुनै कुरा राम्ररी गरिएको रहेछ भनेर प्रशंसा गर्दा, कुनै ख्रीष्टविरोधीले तुरुन्तै त्यो आफूले गरेको भन्छ, यसरी उसले सबैको धन्यवाद पाउँछ। के साँच्चिकै समझदार व्यक्तिले यस्तो व्यवहार गर्नेछ त? कदापि गर्नेछैन। जब ख्रीष्टविरोधीहरू अलिकति राम्रो काम गर्छन् तब त्यो सबैले थाहा पाऊन्, आफूलाई उच्च सम्मान र प्रशंसा गरून् भन्ने चाहन्छन्—यसले तिनीहरूलाई सन्तुष्टि दिन्छ। तिनीहरू आफूले जे गरे पनि, मानिसहरूबाट तारिफ र आराधना पाउन चाहन्छन्, र त्यो पाउन तिनीहरू कुनै पनि कुरा सहन इच्छुक हुन्छन्। ख्रीष्टविरोधीहरूले हैसियत र शक्तिका निम्ति देखावा गर्ने कुनै अवसर गुमाउँदैनन्, तिनीहरूले देखावा गर्नु मूर्खता देखिए पनि, वा तिनीहरूका विधि कच्चा भए पनि र अरूले तिरस्कार गरे पनि—तिनीहरूले अझै यस्ता मौकाहरू गुमाउनेछैनन्। त्यसै गरी, तिनीहरू मानिसहरूलाई नियन्त्रण गर्ने लक्ष्य हासिल गर्न आवश्यक कुनै पनि माध्यम अपनाउँछन्, र यो हासिल गर्न कुनै कसर बाँकी राख्दैनन्। तिनीहरू आफ्ना योजनाहरू बनाउन दिलोज्यान लगाउँछन् र दिमाग खियाउँछन्। जब तिनीहरू केही राम्रो काम गर्छन्, तब निरन्तर रूपमा सान देखाउँछन् र त्यो कुरा सबैतिर प्रदर्शन गर्छन्। यदि अरू कसैले केही राम्रो काम गरेको छ भने, तिनीहरूले डाह गर्छन् र त्यसको श्रेय आफूलाई दिने, वा त्यसमा तिनीहरूको भूमिका थियो भनेर आफूले श्रेय लिने सक्दो कोसिस गर्छन्। छोटकरीमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरूसित मानिसहरूलाई नियन्त्रण गर्ने तरकिबहरू हुन्छन्। त्यो बिलकुलै क्षणिक छलीपन होइन, न त त्यो एकदुइपल्टका फाट्टफुट्ट हुने कार्य नै हो। बरु, तिनीहरू धेरै थोक गर्छन् र भन्छन्। तिनीहरूका शब्दहरू भ्रामक हुन्छन्, तिनीहरूका कार्यहरू भ्रामक हुन्छन्, अनि तिनीहरूले यी कुराहरू गर्नु र भन्नुको अन्तिम लक्ष्य भनेको मानिसहरूलाई नियन्त्रण गर्नु हो।
कुनै ख्रीष्टविरोधीले मानिसहरूलाई नियन्त्रण गर्नुको उद्देश्य के हो? मानिसहरूको हृदयमा हैसियत र अख्तियार जमाउनु हो। उसले अख्तियार र हैसियत पाइसकेपछि, हैसियतका लाभहरू र त्यसले ल्याउने विभिन्न फाइदाहरू प्राप्त गर्न सक्छ। उदाहरणका लागि, गर्मी मौसममा अरू एयर कन्डिसनविनाको कोठामा बस्छन् भने ऊचाहिँ एयर कन्डिसन कोठामा बस्न पाउँछ। खानामा, अरूले भात र तरकारी मात्र पाउँछन्, तर उसले थप अलिकति मासु र सुप पाउँछ। बस्ने ठाउँ नभएको कोठामा प्रवेश गर्दा, अरू मानिस भुइँमा बस्नुपर्छ, उसका लागि मात्र बस्ने कुर्सी सुरक्षित हुन्छ। यो विशेष व्यवहार उसको हैसियतको नतिजा हो, र ऊ त्यसबाट आउने लाभहरूमा लिप्त हुन रमाउँछ। अवश्य नै, यी फाइदा र आनन्दहरू उसका महत्त्वाकाङ्क्षाहरू पूरा गर्न पर्याप्त छँदै छैनन्। उसलाई आफ्नो हैसियतले दिने यी भौतिक लाभहरू मात्र नभई, त्यसले उसको भित्री संसारमा ल्याउने अभिमान, सन्तुष्टि, र सुरक्षा बोध पनि आवश्यक पर्छ। ख्रीष्टविरोधीहरूद्वारा भ्रममा पारिएका, लोभ्याइएका र नियन्त्रित व्यक्तिहरूका व्यवहार कस्ता हुन्छन्? उनीहरू एकअर्काका हैसियत, शक्ति, प्रतिभा र क्षमताहरू, साथै पारिवारिक र वर्गीय पृष्ठभूमिहरू तुलना गर्छन्, अनि कसले बढी दुष्ट विचारहरू अघि सार्छ र कसको दिमाग बढी चुस्त छ भनेर प्रतिस्पर्धा गर्छन्। धर्मका ख्रीष्टविरोधीहरू कसले सबैभन्दा लामो प्रार्थना गर्छ भनेर पनि प्रतिस्पर्धा गर्छन्। यदि कुनै व्यक्तिले दश मिनेट प्रार्थना गऱ्यो भने, अर्कोले बिस मिनेट गर्नेछ, र उनीहरू कुनै भेलाका क्रममा, बौद्ध गुम्बामा मानिसहरूले निरन्तर गुनगुन गर्दै धर्मशास्त्र पढेझैँ, अरू केही नगरी निरन्तर रूपमा प्रार्थना गर्लान्। के परमेश्वरले यस्तो प्रार्थना सुन्नुहुन्छ? उनीहरूले प्रार्थना गर्ने तरिकालाई नियाल्दा, पवित्र आत्माले तिनीहरूमाथि काम गर्नुहुनेछैन। उनीहरू कसले सबैभन्दा लामो प्रार्थना गर्न सक्छ, कसले अरूलाई उछिन्ने गरी सबैभन्दा चर्को सोरमा प्रार्थना गर्न सक्छ भनी हेर्छन्। के यो हदै पागलपन होइन र? तिनीहरूका कार्यहरू अविश्वासनीय र अव्यावहारिक हुन्छन्। ख्रीष्टविरोधीहरूद्वारा भ्रमित र नियन्त्रित व्यक्तिहरूमा मुख्यतः देखिने प्रकटीकरणहरू यिनै हुन्; ख्रीष्टविरोधीहरूले मानिसहरूलाई अगुवाइ गर्दाको नतिजा यही हो। त्यसकारण, यदि तँ कुनै ख्रीष्टविरोधीको भ्रम र नियन्त्रणमा परेको छस् भने, तैँले उसलाई आदर गर्नेछस्, पछ्याउनेछस्, र हर कुरामा उसको आज्ञापालन गर्नेछस्। तैँले अरू कसैको कुरा सुन्नेछैनस्, चाहे परमेश्वर नै बोलिरहनुभएको किन नहोस्। तैँले देखाउने व्यवहारहरू यिनै हुनेछन्। जब ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्छन्, तब यस्तो लाग्छ, शैतानले तिनीहरूमाथि शासन गरिरहेको छ। यदि तँ शैतानको नियन्त्रणमा छस्, र यदि तेरो हृदयमा मान्छे र शैतानका लागि ठाउँ छ भने, पवित्र आत्माले तँमाथि काम गर्नुहुनेछैन—उहाँले तँलाई त्याग्नुहुनेछ। के तँलाई ख्रीष्टविरोधीहरूलाई पछ्याउन मन लाग्दैन र? के तँलाई तिनीहरूको मान गर्न मन लाग्दैन र? के तँलाई तिनीहरूको नियन्त्रण र चालबाजी स्विकार्न मन लाग्दैन र? त्यसो हो भने, तँ तिनीहरूको हातमा सुम्पिइनेछस्। यदि तँलाई ख्रीष्टविरोधीहरू जे भन्छन् त्यो नै सत्यता हो भन्ने विश्वास लाग्छ भने, तैँले तिनीहरूको कुरा सुन्न र तिनीहरूलाई पछ्याउन सक्छस्, अनि तँलाई तिनीहरूको हातमा सुम्पिइनेछ। तर, परिणामहरूको जिम्मेवार तँ आफै हुनैपर्छ। यदि कुनै दिन तैँले मुक्ति प्राप्त गरिनस् भने, परमेश्वरलाई जिम्मेवार नठहरा वा उहाँबारे गुनासो नगर्; परमेश्वरसित यसको कुनै सम्बन्ध छैन। त्यो तेरो आफ्नै निर्णय हो, र तैँले आफ्नो निर्णयको मूल्य चुकाउनैपर्छ।
हामीले ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्नुका प्रकटीकरणबारे आफ्नो सङ्गति लगभग पूरा गरेका छौँ। मानिसहरूले नियन्त्रित हुनुको अर्थ बुझ्नैपर्छ। बाहिरबाट हेर्दा, कतिपय मानिसले परमेश्वरलाई पछ्याइरहेका, उहाँका प्रवचनहरू सुनिरहेका, उहाँका वचनहरू खाइरहेका र पिइरहेका, मण्डली जीवन जिइरहेका, आफ्ना कर्तव्य निर्वाह गरिरहेका, अनि परमेश्वरको घर नछोडेका देखिएला। त्यसोभए उनीहरू किन ख्रीष्टविरोधीहरूद्वारा नियन्त्रित हुन्छन्? यो मुख्यत: उनीहरूमा सत्यता नभएकाले हो। पहिलो कुरा, यी मानिसहरू ख्रीष्टविरोधीहरूको भ्रममा परे, र त्यसपछि उनीहरूले तिनीहरूलाई एकदमै आराधना गर्न थाले, जसले गर्दा उनीहरू तिनीहरूद्वारा नियन्त्रित भए। नियन्त्रित हुनु भनेको के हो? यसको अर्थ तिनीहरूद्वारा बहकाइनु र बन्धनमा पारिनु हो। तैँले आफ्ना कर्तव्यहरू गरिरहेको भए पनि, तँ आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू खोज्ने क्रममा ख्रीष्टविरोधीहरूको भ्रममा पर्छस्। तिनीहरूका भनाइ र दृष्टिकोणहरू तेरा धारणा र कल्पनासित जति धेरै मिल्छन्, त्यति नै धेरै तँ ती सही र सत्यतासँग मिल्दा छन् भन्ठान्छस्, र तैँले सत्यता सिद्धान्तहरू खोज्न छोड्छस्, त्यसउप्रान्त तँ स्वतन्त्र रूपमा सोच्न इच्छुक हुँदैनस्, र तबउसो परमेश्वरका वचनहरूका आधारमा अभ्यास गर्दैनस्। तँलाई ख्रीष्टविरोधीहरूका दृष्टिकोणहरू बिलकुलै गलत छैनन् भन्ने विश्वास लाग्छ, र तिनलाई सम्पूर्ण हृदयले पुष्टि गर्छस्। यस्तो भइसकेपछि, यदि तैँले साँच्चै परमेश्वरका वचनबमोजिम अभ्यास गरिस् भने, तँलाई असहज र छटपटी महसुस हुनेछ। तँलाई आफूले ख्रीष्टविरोधीहरूलाई निराश तुल्याएको र आफूले कदापि यस्तो व्यवहार गर्न नमिल्ने महसुस हुन्छ। के तँ ख्रीष्टविरोधीहरूका भनाइ र दृष्टिकोणद्वारा पूर्ण रूपमा बाँधिइरहेको छैनस् र? तैँले कामकुरा गर्दा, परमेश्वरका वचनहरूका आधारमा मूल्याङ्कन, खोजी र आज्ञापालना गर्न जान्दैनस्। तैँले त्यो कसरी गर्ने जान्दैनस्, न त त्यसो गर्ने आँट नै गर्छस्। तैँले किन नजानेको र आँट नगरेको? ख्रीष्टविरोधीहरूले अझै खुलेर बताएका छैनन्; तिनीहरूले तँलाई निर्णय दिएका छैनन् वा निष्कर्ष निकालेका छैनन्, अनि तिनीहरूले तँलाई परिणाम बताएका वा तँलाई कुनै दिशा देखाएका छैनन्। त्यही कारण तँ आफ्नो बुझाइअनुसार कार्य गर्ने आँट गर्दैनस्, र तँलाई गलत मार्गमा जाने, केही गलत गर्ने डर लाग्छ। के तँ नियन्त्रित भइरहेको छैनस् र? किन तँ सधैँ यति धेरै डराउँछस्? के परमेश्वरका वचनहरू साँच्चै प्रस्ट थिएनन् र? के परमेश्वरका वचनहरूले तँलाई सिद्धान्तहरू बताउन वा के गर्ने भनी बताउन नसकेका हुन् र? किन तँ परमेश्वरका वचनहरूलाई बेवास्ता गर्न र ख्रीष्टविरोधीहरूको कुरा सुन्न जिद् कस्छस्? तँ ख्रीष्टविरोधीहरूद्वारा भ्रमित र नियन्त्रित भइरहेको छस्। उदाहरणका लागि, मैले कसैलाई उचाइ, लम्बाइ, र स्थान तोकेर एउटा पर्खाल बनाउनू भनेँ। त्यसपछि, एक ख्रीष्टविरोधीले आएर भन्यो: “यस पर्खालको उचाइ ठिक छ, तर यसमा एउटा समस्या छ। यदि तिमीले यसलाई यसरी बनायौ भने, के हावा चल्दा यो ढल्नेछ?” यो सुनेपछि, त्यस व्यक्तिले भन्यो, “त्यो त जायज कुरा हो, के त्यो भत्किन सक्छ? परमेश्वरले भन्नुभएन, त्यसैले म त्यो अहिले नै बनाउँदिनँ।” पछि त्यो जाँच्न जाँदा मैले उसलाई सोधेँ, “तिमीले किन पर्खाल नबनाएको? धेरै दिन भइसक्यो, अझै पनि बनाएको रहेनछ—के तिमीले मामलाहरू ढिलाइ गरिरहेका छैनौ र?” कसैले त्यो पर्खाललाई हावाले ढाल्नेछ भनी चिन्ता देखाएको थियो भनेर उसले जवाफ दियो। मैले उसलाई हावाको चिन्ता छ भने त्यसलाई थेग्न खम्बा प्रयोग गर्नू भनेँ, र उसले यो कुरा दिमागमा राख्यो। पछि, ख्रीष्टविरोधी फेरि यसो भन्दै उसलाई बाधा दिन आइपुग्यो: “एउटा खम्बाले पुग्छ त? दुइटा लगाउनुपर्दैन?” त्यस व्यक्तिले परमेश्वरले त दुइटा नभएर एउटा मात्र खम्बा लगाउनू भन्नुभएको छ भनेर सोच्यो, र फेरि के गर्ने भनेर उसलाई थाहा भएन। ख्रीष्टविरोधीले ज्यादै भ्रममा पारेपछि र बाधा दिएपछि, मैले त्यसअघि भनेका सबै कुराहरू व्यर्थ भए, र उसले यो कामलाई अघि बढाउन सकेन। के यो ख्रीष्टविरोधीद्वारा नियन्त्रित हुनु बराबर होइन र? यस मामलामा उसले कसको कुरा सुन्नुपर्छ? (परमेश्वरको।) त्यसोभए उसले किन परमेश्वरका वचनहरू सुनेन? के उसले सुन्न नचाहेको हो? उसले चाहेको हो, तर ऊ ख्रीष्टविरोधीको झूटो शिक्षा र भ्रमद्वारा भ्रमित भयो। ऊ भ्रममा परेपछि, उसले ख्रीष्टविरोधीको आज्ञापालन गऱ्यो, जुन ख्रीष्टविरोधीद्वारा अपहरित हुनुसरह हो। यदि उसका व्यवहार र सोचहरू ख्रीष्टविरोधीको बन्धन र जन्जिरमा छन् भने, ऊ ख्रीष्टविरोधीको नियन्त्रणमा छ। अन्त्यमा, यस व्यक्तिले आफ्नो कर्तव्य पूरा गरेन, अनि ऊ परमेश्वरप्रति समर्पित भएन वा उसले उहाँका वचनहरू सुनेन। यो परिणाम कसले निम्त्याएको हो? यो उसको अज्ञानताले निम्त्याएको हो र यसलाई ख्रीष्टविरोधीको भ्रम, बाधा र नियन्त्रणबाट छुटाउन सकिँदैन। त्यसोभए, ख्रीष्टविरोधीले यसरी हस्तक्षेप गर्यो भन्नुको अर्थ के हो? ऊ आफ्नो खुबी देखाउन चाहन्थ्यो, र उसले साँच्चै भनिरहेको कुरा यो थियो, “परमेश्वरले यहाँ यो पर्खाल बनाउनू भन्दा तिमीले किन आँखा चिम्लेर उहाँको कुरा सुनेको? तिम्रो सोचाइ किन यति सरल छ? यदि तिमीले यहाँ पर्खाल बनायौ भने, हावा चल्न थाल्नेबित्तिकै त्यो ढल्दैन र? परमेश्वरको कुरा सुन्नु मेरो कुरा सुन्नुजति सही होइन; तिमीले मेरो कुरा सुन्नुपर्छ। तिमीले मेरो कुरा सुन्यौ भने, म खुसी हुनेछु, तर परमेश्वरको कुरा सुन्यौ भने, त्यो मलाई राम्रो लाग्दैन र म खुसी हुनेछैन। तिमीले परमेश्वरको कुरा सुन्यौ भने त्यसो गर्नु ठिक हुनेछैन—मेरो हालत के होला?” उसले यो कुरा सिधै भनेन; उसले हस्तक्षेप गर्यो र जानाजानी अवरोध पुऱ्यायो। उसले हस्तक्षेप गरेपछि, काम पूरा हुन सकेन, र ऊ बुद्धिमान् देखियो, यसले उसलाई खुसी तुल्यायो। जब परमेश्वरले कसैलाई पर्खाल बनाउन निर्देशन दिनुहुन्छ, तब उसले त्यो तुरुन्तै बनाउनुपर्छ, तर अहिलेको नतिजामा त पर्खाल बनाइएन। यो नतिजा कसले निम्त्याएको थियो? यो ख्रीष्टविरोधीद्वारा निम्त्याइएको थियो—यस व्यक्ति ख्रीष्टविरोधीद्वारा भ्रमित, बाधित र नियन्त्रित भएको थियो। यो कुरा सर्पले आदम र हव्वालाई लोभ्याउनुजस्तै हो। परमेश्वरले आदम र हव्वालाई भन्नुभयो, “असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्चय नै मर्नेछस्।” के परमेश्वरका यी वचनहरू सत्यता हुन्? ती सत्यता हुन्, र तैँले तिनको महत्त्व बुझ्न आवश्यक छैन; तँ केवल सुनेर समर्पित भए पुग्छ। परिस्थिति जे भए पनि, परमेश्वरको वचन बद्लिन सक्दैन, र यदि परमेश्वरले तँलाई केही गराउन चाहनुहुन्छ भने, त्यो गर्। त्यसलाई विश्लेषण नगर्। तैँले त्यो नबुझे पनि परमेश्वरको वचन सही हुन्छ भनेर जान्नैपर्छ; तैँले हृदयमा यो परिभाषा बुझ्नैपर्छ। अर्को शब्दमा भन्नुपर्दा, तैँले सबैभन्दा पहिला यो सत्यता जान्नैपर्छ। परमेश्वरका वचनहरू तेरा धारणासँग मिले पनि नमिले पनि, तैँले ती बुझे पनि नबुझे पनि, र तँ जतिसुकै अन्योलमा भए पनि, तँ उहाँका वचनहरूमा अडिग हुनैपर्छ। यो तेरो जिम्मेवारी र कर्तव्य हो। तैँले यो कुरामा मन लगाइसकेपछि, शैतान तँलाई फकाउन आयो भने तैँले के गर्नुपर्छ? तैँले परमेश्वरका वचनहरूमा अडिग रहेर उहाँको मार्ग पछ्याउनुपर्छ—यो नै सर्वमहत्त्वपूर्ण सिद्धान्त हो। शैतानले भनेको कुरालाई बेवास्ता गर्। आदम र हव्वाले सर्पका कुरा सुन्नुको अन्तिम नतिजा के थियो? उनीहरू शैतानद्वारा भ्रमित र नियन्त्रित भएका थिए। मिथ्यापूर्ण, अस्पष्ट र दुष्ट शब्दहरूको एउटै वाक्यांशद्वारा शैतानले आदम र हव्वालाई बहकाउन र उनीहरूको व्यवहारलाई नियन्त्रण गर्न सक्यो। यो नतिजा परमेश्वरले हेर्न चाहनुभएको थिएन। सर्पले ती शब्दहरू भन्नुको उद्देश्य के थियो? त्यसले यी शब्दहरूमार्फत मानिसहरूका सोच गोलमाल पारिदिन, उनीहरूका व्यवहारलाई बहकाउन, अनि उनीहरूलाई परमेश्वरका वचनहरू नसुन्न र त्याग्न लगाउन चाहन्थ्यो। यो सोच मानिसहरूको दिमागमा गाडिएपछि, उनीहरूले देखाइएको मार्ग पछ्याए। शैतानको उद्देश्य के थियो? त्यसको उद्देश्य यसो भन्ने थियो, “परमेश्वरको कुरा नसुन। तिमीले मेरो कुरा सुन्नुपर्छ; तिमीले यो फल खानुपर्छ।” परमेश्वरले उनीहरूलाई त्यो नखानू भन्नुभयो, तर शैतानले खानू भन्यो। अन्त्यमा, के आदम र हव्वाले त्यो फल खाए त? (खाए।) शैतानले मानिसहरूलाई यसरी नै नियन्त्रण गर्यो। जब तँ कुनै ख्रीष्टविरोधीका दुष्ट शब्दहरू सुन्छस्, तब अलमलिएर तैँले दिशा गुमाउन सक्छस्, र तैँले परमेश्वरका वचनहरू पालन नगर्ने सम्भावना हुन्छ। के यसको अर्थ तेरा व्यवहार र सोचहरू यस ख्रीष्टविरोधीका बहकाउ र नियन्त्रणमा परेका छन् भन्ने होइन र? नियन्त्रणको अर्थ यही हो। के तिमीहरूले कहिल्यै यस्ता परिस्थितिहरू सामना गरेका छौ? कतिपय खराब नियतका मानिसले तैँले कुनै कठिनाइविना काम सम्पन्न गरेको र नतिजा हासिल गर्न लागेको, तैँले आफ्नो उपस्थिति जमाउन लागेको देख्छन्, अनि यसमा आफ्नो खासै संलग्नता नरहेको महसुस गर्छन्। यदि तेरो उपस्थिति जम्यो भने, तिनीहरू देखिनेछैनन्, त्यसैले तिनीहरू विश्वसनीय लाग्ने दृष्टिकोण वा प्रश्नहरू अगाडि सारेर तँलाई भ्रममा पार्ने, बाधा दिने र नियन्त्रण गर्ने गर्छन्। फलस्वरूप, तँ तिनीहरूका कुरा पनि अर्थपूर्ण छन् भन्ने सोचेर अन्योलमा पर्छस्। तँलाई अब के गर्ने भन्ने थाहा हुँदैन र तैँले आफ्नो कर्तव्यलाई अघि बढाउन सक्दैनस् र त्यसलाई रोक्छस्। के यो मूर्खता होइन र? सुरुमा, जब तँ भ्रममा परिसकेको थिइनस्, तँ निकै प्रस्ट थिइस् र के गर्ने भनेर तँलाई थाहा थियो, तर ख्रीष्टविरोधीले तँलाई बाधा दिनेबित्तिकै तँ अन्योलमा परिस् र तैँले कामकुरा सही तरिकाले सम्हाल्न जानिनस्। यसमा के समस्या छ? (भ्रममा पर्नु।) सजिलै ख्रीष्टविरोधी वा शैतानको भ्रम र नियन्त्रणमा पर्ने मानिसहरू अज्ञानी र अलमलिएका व्यक्ति हुन्। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्नु र नियन्त्रण गर्नुका प्रकटीकरणहरूका सन्दर्भमा, के हाम्रो सङ्गति पर्याप्त रूपमा विस्तृत भएको छ? तैँले बुझ्न सक्नुपर्छ, र आफूलाई परिस्थितिहरू आइपर्दा, तैँले तिनलाई विभिन्न सत्यतासित तुलना गरेर तेरा शब्द, कार्य र सारबारे चिन्तन गर्नुपर्छ। त्यो सँगसँगै, तैँले सत्यताबारे अझ प्रस्ट बुझाइ र फरक-फरक मानिसहरूका प्रकृति सारहरूको अझ सही बुझाइ प्राप्त गर्न आफू वरिपरिका मानिस, घटना र वस्तुहरूलाई बुझ्ने र खुट्ट्याउने प्रयास गर्नुपर्छ।
आजभोलि, तिमीहरू धेरैले भर्खरै विभिन्न सत्यताका विशेष स्थिति र प्रकटीकरणहरूको सम्पर्कमा आएका छौ। किन म तिमीहरू भर्खरै तिनको सम्पर्कमा आएका छौ भन्छु? किनभने तिमीहरूले भर्खरै केही विवरण बुझेका छौ, तर साँचो प्रवेशमा पुग्नअघि अझै लामो यात्रा तय गर्नु छ। बुझाइ भनेको प्रवेश बराबर होइन। तैँले बुझ्नुको अर्थ के मात्र हो भने, तेरो दिमागमा यी मामलाहरूका अवधारणा र परिभाषाबारे तेरो बुझाइ अपेक्षाकृत शुद्ध र सत्यतासित अझ मिल्दो छ, तर तँ अझै व्यक्तिगत प्रवेशबाट टाढा छस्। बुझाइ, पहिचान, र यी मामलाहरूलाई तेरो स्थिति अनि तेरो वरिपरिका मानिस, घटना र कामकुरासित जोड्न सक्नुको अर्थ तैँले प्रवेश प्राप्त गरिस् भन्ने होइन। यी दुई अलग कुराहरू हुन्। कुनै व्यक्तिको मुक्ति प्राप्ति र स्वभाव परिवर्तन विभिन्न सत्यताहरू बुझ्नुबाट सुरु हुन्छ, अनि सत्यता वास्तविकतामा प्रवेश यी सत्यताहरू अभ्यास गर्नुबाट सुरु हुन्छ। यदि तिमीहरूसित विभिन्न सत्यताको बुझाइ र प्रवेशमा कुनै निश्चित जग भएको भए, मैले उदाहरणहरू सोध्दा, तिमीहरूले तुरुन्तै आफ्ना प्रकटीकरणहरू वा आफूले देखेका वा अनुभव गरेका केही कुराबारे सोच्न सक्थ्यौ। यसले मेरो सङ्गति निकै धेरै सजिलो बनाउनेथ्यो, र मैले यस्तो विस्तारमा बोल्नुपर्दैनथ्यो किनकि तिमीहरूले पहिल्यै अनुभवहरू बटुलिसकेका हुनेथ्यौ र तिमीहरू त्यो स्तरमा पुग्न सक्थ्यौ। तर, मैले अहिले सोध्दा, तिमीहरूले ठाउँको ठाउँ सोच्नुपर्छ, अनि तिमीहरूले झट्टै आफ्नो स्मरण खोतलखातल पनि गर्नुपर्छ। जब म तिमीहरूलाई यी कुराहरू थाहा नभएको र तिमीहरूले ती अनुभव नगरेको देख्छु, तब मैले ती विस्तृत रूपमा व्याख्या गर्नुपर्छ, यी मामलाहरूका चुरो र मूल पक्षहरू अनि मूलभूत समस्याहरू प्रस्ट्याउनुपर्छ, अनि विभिन्न सत्यताका विवरणहरू आधारभूत तवरमा बुझाउनुपर्छ ताकि तिमीहरूले अभ्यास गर्दा तिमीहरूलाई अवधारणा वा परिभाषाका पक्षहरूमा दुविधा नहोस्, अनि यसो गर्दा तिमीहरूले एउटा अवधारणालाई अर्कोद्वारा प्रतिस्थापित गर्नेछैनौ वा यी कुराहरू ज्यादै जटिल छन् भन्ठान्नेछैनौ—तिमीहरूले फरक-फरक पक्षहरूलाई प्रस्ट रूपमा छुट्याउन सक्नेछौ। यसरी, मलाई यी कुराहरूबारे अर्कोपटक सङ्गति गर्दा सजिलो हुनेछ। अहिले, तिमीहरूले अझै पनि मानक पूरा गर्दैनौ, त्यसैले मैले तिनलाई सधैँ विस्तारमा व्याख्या गर्नुपर्छ। तिमीहरू हाम्रा भेलाका सङ्गतिहरूको विषयवस्तुलाई कति मनन गर्न र पचाउन सक्छौ? यदि दस प्रतिशत मात्र हो भने, तिमीहरूसित मुश्किलले अलिकति कद छ भन्न सकिन्छ, र यदि तिस प्रतिशत हो भने, तिमीहरूले केही मात्र बुझेका छौ। यदि तिमीहरू पचास प्रतिशत पुग्यौ भने, तिमीहरूमा केही कद र प्रवेश छ, तर यदि तिमीहरू त्यहाँसम्म पुग्न सक्दैनौ भने, तिमीहरूमा कुनै प्रवेश छैन। तिमीहरूले बुझ्यौ नि, होइन? यदि मैले यसरी सङ्गति गर्दा पनि तिमीहरू बुझ्न सक्दैनौ भने, त्यसको मतलब तिमीहरूको क्षमता अत्यन्तै कमजोर छ र तिमीहरूले कुनै हालतमा सत्यता बुझ्दैनौ। लौ त, आजको हाम्रो सङ्गति यहीँ टुङ्गिन्छ। फेरि भेटौँला!
अप्रिल १७, २०१९
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।