विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रण गर्छन् (खण्ड चार)

के ख्रीष्टविरोधीहरू मानिसहरूलाई लोभ्याउन कुनै सर्तहरू खोज्छन्? के तिनीहरूले सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरप्रति साँचो रूपमा समर्पित हुनेहरूलाई लोभ्याउँछन्? (लोभ्याउँदैनन्।) सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरप्रति समर्पित हुनेहरूमा केही समझशक्ति हुन्छ, उनीहरूलाई लोभ्याउन सकिँदैन, र उनीहरूले ख्रीष्टविरोधीहरूलाई पछ्याउनेछैनन्। त्यसोभए, ख्रीष्टविरोधीहरू कसलाई लोभ्याउँछन्? ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा हैसियत भएका मानिसहरूलाई चिप्लो घस्न सक्ने, आफूलाई कृपापात्र तुल्याउन र मिठो बोल्न सक्ने, अनि खराब कामकुरा गरेर निष्कासित हुने डरले ख्रीष्टविरोधीहरूलाई खुसी पार्न सक्दो गर्ने मानिसहरूलाई सबैभन्दा बढी मन पराउँछन्। ख्रीष्टविरोधीहरू मानिसहरूलाई लोभ्याउन र उनीहरूको मन जित्न उनीहरूको रक्षा गर्ने, नजिकिन दिने सर्त प्रयोग गर्छन्। ख्रीष्टविरोधीहरूले लोभ्याउने धेरैजसो मानिस, सत्यता नबुझ्ने नयाँ विश्‍वासीहरूबाहेक, सत्यतालाई प्रेम नगर्ने मानिसहरू हुन्। के सत्यतालाई प्रेम नगर्ने सबैमा विवेक र समझ हुन्छ? ती कोही पनि राम्रा हुँदैनन्, अनि परमेश्‍वरले यस्ता मानिसहरूलाई रोज्नुहुन्न। ख्रीष्टविरोधीहरूले यी मानिसहरूलाई लोभ्याउँछन् र जोकरजस्तै चलाउँछन्। तिनीहरू आफूले कुनै आधिकारिक पद पाएका छन् र आफूसँग हैसियत छ भन्नेसमेत सोच्छन्, र हृदयमा अत्यन्तै सन्तुष्ट हुन्छन्। के यो निर्लज्ज कुरा होइन? ख्रीष्टविरोधीहरूले अरू कस्ता मानिसहरूलाई लोभ्याउँछन्? (केही मात्रामा दुष्ट मानवता भएका मानिसहरूलाई।) ठ्याक्कै भनिस्, दुष्ट मानिसहरूलाई। ख्रीष्टविरोधीहरूले दुष्ट मानिसहरूलाई कसरी व्यवहार गर्छन्? तिनीहरूले उनीहरूको रक्षा गर्छन्। उदाहरणका लागि, मानौँ मण्डलीमा एक दुष्ट व्यक्ति छ, अनि दाजुभाइ-दिदीबहिनीहरू सबैले यो व्यक्ति अत्यन्तै खराब छ, ऊ मण्डलीमा हुँदैपिच्छि उसले त्यहाँ अशान्ति मच्चाउँछ, सबैलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा दिन्छ, र मण्डलीको काममा बाधा पुऱ्याउँछ भनेर रिपोर्ट गर्छन्। यदि उसलाई कुनै कर्तव्य निर्वाह गराउन ल्याइयो भने, मण्डलीको काममा क्षति पुग्नेछ। तर ख्रीष्टविरोधीहरू यस्ता दुष्ट मानिसहरूलाई उपयोगी देख्छन् र उनीहरूलाई आफ्नो सेवा गर्न लगाउनका लागि आफूतिर तान्छन्। ख्रीष्टविरोधीहरू दुष्ट मानिसहरूलाई निष्कासित गर्दैनन्; बरु उनीहरूको रक्षा गर्छन्। कुनै दुष्ट मानिसहरूले ख्रीष्टविरोधीलाई समर्थन गरेनन् वा उसलाई खुट्ट्याउन सके भनेचाहिँ—उसले उनीहरूलाई निराकरण गर्नेछ। जबसम्म कुनै दुष्ट व्यक्तिले ख्रीष्टविरोधीको चापलुसी गर्छ, उसलाई समर्थन गर्छ, र विरोध गर्दैन, तबसम्म उसले उनीहरूलाई लोभ्याउँछ र उनीहरूको मन जितेर आफ्नो शक्ति बलियो बनाउँछ। त्यसोभए, ख्रीष्टविरोधीहरू सत्यता नपछ्याउने मानिसहरूसित कसरी मिलेर बस्छन्? तिनीहरूको अन्तरक्रिया गर्ने शैली मूलत: एकअर्कालाई चापलुसी गर्ने र मिठो बोली हुन्छ। ख्रीष्टविरोधीहरू जहाँ जान्छन्, यी दुष्ट मानिसहरू झिँगाझैँ तिनीहरूसँगै भीड लाग्छन्। तिनीहरू निश्चय नै सत्यताबारे सङ्गति गर्न भेटघाट गर्दैनन्, किनकि तिनीहरू सबै त्यसप्रति वितृष्णा राख्छन्, र तिनीहरू कसैले पनि सत्यताबारे सङ्गति गरेर समस्याहरू समाधान गर्न खोज्दैनन्। तिनीहरू गैरविश्‍वासीहरूले भन्ने कुराहरू मात्र भन्छन्, तिनीहरू बढीजसो अफवाहद्वारा कलहको बीजारोपण गर्छन्, अरूलाई होच्याउँछन् र आफूलाई उच्च पार्छन्, अनि मानिसहरूलाई सास्ती दिने उपायबारे परामर्श गर्छन्। यसका अलावा, तिनीहरू परमेश्‍वरको घरदेखि कसरी जोगिने भनी अध्ययन गर्छन्, माथिलाई कसरी सामना गर्ने, तिनीहरूका समस्याबारे कतै कसैले रिपोर्ट गर्न चाहन्छ कि भनी कसरी पहिल्यै थाहा पाउने र थाहा पाएपछि कसरी प्रतिक्रिया जनाउने भनी छलफल गर्छन्। दुष्ट मानिसहरूको यो गिरोहले छलफल गर्ने मामलाहरू यिनै हुन्। तिनीहरू एकसाथ हुँदा, आफ्ना कर्तव्य निर्वाह गर्नेजस्ता कामकुराबारे कहिल्यै सङ्गति गर्दैनन्, र समस्याहरू समाधान गर्नका लागि सत्यताबारे कहिल्यै सङ्गति गर्दैनन्। उदाहरणका लागि, तिनीहरू नकारात्मक र कमजोर बनेका अनि आफ्ना कर्तव्य निर्वाह गर्न ऊर्जा नपाएका दाजुभाइ-दिदीबहिनीहरूलाई साथ र सहयोग दिने, वा मण्डलीको कामका निश्चित पक्षहरूको प्रभावकारितालाई सुधार्न समाधान र मार्गहरू खोज्नेजस्ता वैध मामलाहरूबारे कहिल्यै छलफल गर्दैनन्। तिनीहरू माथिलाई कसरी झुक्याउने र परमेश्‍वरको घरलाई कसरी झुक्याउने भनेर कुरा गर्छन्, परमेश्‍वरको घरले तिनीहरूबारे तथ्यहरू थाहा नपाउने सुनिश्चित गर्छन्। कुनै व्यक्ति माथिसँग सम्पर्कमा छ वा उसले तिनीहरूको परिस्थितिबारे रिपोर्ट गरेको छ भन्ने थाहा पाएपछि, तिनीहरू त्यसलाई आफ्नो पदका लागि खतरा र आफ्ना मामलालाई बरबाद पार्ने कुरा ठान्छन्। तिनीहरू को जिम्मेवार छ भनेर खुरन्धार छानबिन गर्छन्, संदिग्धहरू खोज्छन्, र उनीहरू भेटिएपछि, तिनीहरू त्यस व्यक्तिलाई अलग्याउँछन्, अन्यत्र पठाउँछन्, र त्यसपछि माथिलाई तिनीहरूको परिस्थितिबारे रिपोर्ट गर्न रोक्ने आदेश जारी गर्छन्। यसो गर्दा तिनीहरूबारे कसैले पनि रिपोर्ट गर्न आँट नगर्ने सुनिश्चित हुन्छ। ख्रीष्टविरोधीहरू यसरी मण्डलीलाई पूर्ण रूपमा नियन्त्रण गर्छन्। माथिले तिनीहरू पर्दापछाडि कस्तो दुष्ट कार्य गर्छन् भनेर तबसम्म थाहा पाउँदैनन्, जबसम्म माथिले तिनीहरूको परिस्थितिबारे जान्दैनन् र तिनीहरूको कमजोर पक्ष भेट्टाउँदैनन्, त्यसपछि माथिले तिनीहरूको अनुसन्धान गर्ने आदेश दिन्छन् र अन्त्यमा तिनीहरूलाई बर्खास्त वा निष्कासन गर्छन्। ख्रीष्टविरोधी र दुष्ट मानिसहरूको यो समूहले केही महिनामै मण्डलीको काम लथालिङ्ग पार्न सक्छ, र दाजुभाइ-दिदीबहिनीहरूलाई आपसमा शङ्का गर्ने, एकअर्कालाई कमजोर पार्ने, एकअर्काको खुलासा गर्ने, र एकअर्कालाई आक्रमण गर्ने तुल्याउन सक्छ, मण्डलीलाई विभाजित पार्छ। यो नै ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्नु र मण्डलीलाई नियन्त्रण गर्नुको परिणाम हो। यसरी ख्रीष्टविरोधीहरूले सत्यता नपछ्याउने सबैलाई भ्रममा पार्छन् र मण्डलीलाई नियन्त्रण गर्न केही उपयोगी दुष्ट मानिसहरूलाई लोभ्याउँछन् पनि, आफ्नो पद र अख्तियारलाई बलियो बनाउँछन्। यदि दुष्ट मानिसहरूले तिनीहरूको कुरा सुन्छन् भने, तिनीहरू उनीहरूको रक्षा गर्छन्। यदि सुन्दैनन् भने, तिनीहरू पहिला दुष्ट मानिसहरूलाई निराकरण गर्छन्। यदि दुष्ट मानिसहरू तिनीहरूलाई पछ्याउँछन् अनि उनीहरूलाई सूचीमा राख्न र लोभ्याउन सकिन्छ भने, तिनीहरू उनीहरूलाई तिनीहरूका दाहिने हात, खराब कामहरू गर्नका लागि तिनीहरूका पाखुरा र आँखा बन्न, दाजुभाइ-दिदीबहिनीहरूलाई घुसपैठ गर्ने, तिनीहरूको विरोध गर्ने व्यक्ति, तिनीहरूका कार्यहरू खुट्ट्याउने व्यक्ति, तिनीहरूका कुन खराब कार्यहरू पत्ता लागेका छन्, र कसले तिनीहरूका समस्याहरू रिपोर्ट गर्न माथिलाई सधैँ सम्पर्क गर्न चाहन्छ भनी पत्ता लगाउन दिन्छन्। ख्रीष्टविरोधी र दुष्ट मानिसहरू विशेष गरी यी मामलाहरू अनुसन्धान गर्छन्, जसबारे तिनीहरू सबैभन्दा बढी चिन्तित हुन्छन्। तिनीहरू प्रायः सँगै प्रतिरोधी उपायहरूबारे छलफल गर्छन्, र तिनीहरूलाई खुट्ट्याउन वा शङ्का गर्न सक्नेहरूलाई शत्रु ठान्छन्। तिनीहरूले आज एक व्यक्तिलाई सास्ती दिने बहानाहरू खोज्छन् र भोलि अर्को व्यक्तिलाई सास्ती दिन उसको कमजोरीको फाइदा उठाउँछन्; तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूलाई यी व्यक्तिहरूलाई निकाल्न र निष्कासित गर्नका लागि उक्साउन विभिन्न कारण र बहानाहरू प्रयोगसमेत गर्छन्। ख्रीष्टविरोधीहरू अगुवा वा सेवक बनेपछि, यी कार्यहरूमा संलग्न हुन्छन्। केही महिनामै, तिनीहरूले मण्डलीलाई डामाडोल पार्न सक्छन्, नवविश्‍वासीहरूको मण्डलीप्रतिको उत्कट जोसलाई पानीले आगो निभाएझैँ निभाउनसमेत सक्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू साँच्चै परमेश्‍वरका र उहाँका चुनिएका जनहरूका शत्रु हुन्। यो बिलकुलै बढाइचढाइ होइन—यो एकदमै सही कुरा हो! जहाँ ख्रीष्टविरोधी वा दुष्ट मानिसहरूको हातमा शक्ति हुन्छ, त्यहाँ मण्डलीको वातावरण दूषित हुन्छ। त्यहाँ मण्डली जीवन बिलकुलै हुँदैन, परमेश्‍वरको वचनको सामान्य खुवाइ र पियाइ हुँदैन, अनि सत्यतामा सङ्गति गर्ने वातावरण हुँदैन। बरु, त्यो षड्यन्त्र र बेलगाम दुराचारले भरिएको हुन्छ। दियाबलसले नियन्त्रण गर्नु भनेको यही हो। के दियाबलसले नियन्त्रण गर्दा कुनै राम्रो नतिजा आउन सक्छ? यसले परमेश्‍वरका चुनिएका जनहरूलाई विपत्ति मात्र ल्याउन सक्छ—निस्सन्देह, यो निश्चित छ।

कतिपय ख्रीष्टविरोधी कुनै मण्डलीमा नेतृत्वको भूमिका निभाउन आउँदा, मण्डली भित्रको कसले विगतमा माथिलाई समस्याहरू प्रायः रिपोर्ट गरेको छ भनी पहिला अनुसन्धान गर्छन्। तिनीहरू यस्ता मानिसहरूलाई आफूबाट टाढा राख्न चाहन्छन्, अनि उनीहरूले तिनीहरूलाई अतिथिसत्कार गर्न सक्ने भए पनि उनीहरूको घरमा गएर बस्दैनन्। यदि कुनै व्यक्ति अरूलाई चापलुसी गर्न माहिर छ, निरन्तर अगुवाको वरिपरि रहन्छ, र आफूलाई कृपापात्र बनाउँछ भने, तिनीहरू त्यही व्यक्तिको घरमा बस्ने योजना बनाउँछन्। कसैले भन्छ, “उनीहरूले दुईजना सिस्टरलाई पाहुना राखिरहेका छन्।” ख्रीष्टविरोधीले जवाफ दिन्छ, “यो राम्रो होइन, उनीहरूलाई अरू कतै सार।” त्यस व्यक्तिले भन्छ, “तपाईंले मानिसहरूलाई आफूखुसी सार्न मिल्दैन; ती दुई सिस्टरहरू त्यो ठाउँका लागि एकदमै ठिक छन्—उनीहरूलाई सार्दा उनीहरूको कर्तव्य निर्वाहमा असर पर्न सक्छ।” उसले जवाफ दिन्छ, “अगुवाको नाताले, म जे भन्छु त्यही हुन्छ, र तिमीले मेरो आज्ञापालन गर्नैपर्छ!” त्यसपछि तिनीहरूले ती दुई सिस्टरलाई सर्न बाध्य पार्छन्। ऊ किन यो घरमा बस्न जिद्दी गर्छ? किनभने यो परिवार निष्कपट र कमजोर छ, उनीहरूबाट ख्रीष्टविरोधीलाई कुनै खतरा हुँदैन। उसले जे गलत कार्यहरू गरे पनि वा मानिसहरूको पिठ्यूँपछाडि उसको व्यवहार जति नै अनियन्त्रित बने पनि, त्यस परिवारले उसको रिपोर्ट गर्नेछैन। त्यसैले, बस्नका लागि ऊ यस्तो ठाउँ खोज्छ। केही समयपछि, उसले आफ्ना दुष्ट साथीहरूलाई सँगै ल्याउँछ, अनि तिनीहरू त्यहीँ आफ्ना दुष्कर्महरू गर्छन्, प्रतिरोधी उपायहरूबारे छलफल गर्छन् र यो-त्यो व्यक्तिहरूलाई कसरी सास्ती दिने भनी षड्यन्त्र गर्छन्। जब कुनै ख्रीष्टविरोधी वा दुष्ट व्यक्ति मण्डलीमा देखा पर्छ, तब उसले पहिला आफूलाई मन पर्ने र आफूले फाइदा उठाउन सक्ने मानिसहरू खोज्छ, र सर्वप्रथम आफ्नो शक्तिको विस्तार र सुरक्षा गर्छ। उसले सत्यता बुझ्नेहरूलाई अहिलेका लागि एक्लै छोड्छ, ताकि आफ्नो पद जोखिममा नपरोस्। उसले अहिले नै हालको व्यवस्थामा अवरोध पुऱ्याउँदैन। उसले आफ्नो पदलाई बलियो बनाएर उचित मतियारहरू भेटेपछि, सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूलाई सास्ती दिने र निराकरण गर्ने प्रतिरोधी उपायहरूबारे छलफल गर्न थाल्छ। उसले उनीहरूलाई कसरी सास्ती दिन्छ र निराकरण गर्छ? पहिला, ऊ उसलाई अनुमोदन गर्ने, उसलाई नखुट्ट्याउने र आफूले प्रयोग गर्न सक्नेहरूलाई लोभ्याउँछ। यदि उसले लोभ्याउन नसक्ने वा उसलाई खुट्ट्याउने मानिसहरू छन् भने, ऊ उनीहरूलाई अलग्याउने वा निकाल्ने कुनै बहाना वा कारण खोज्छ। यी ख्रीष्टविरोधीहरूको व्यवहारले कस्तो स्वभाव प्रकट गर्छ? (क्रूरता।) जहाँ तिनीहरू नेतृत्वका भूमिका निभाउँछन्, त्यस ठाउँको वातावरण नै दूषित हुन्छ। मण्डली जीवनको व्यवस्थामा अवरोध पुग्छ। यदि तैँले तिनीहरूको कुरा सुनिनस् भने, तैँले दमन, प्रतिबन्ध भोग्छस्, वा तँलाई निकाला वा निष्कासनसमेत गरिन्छ। कतिपय ख्रीष्टविरोधीहरू बदमास, गुण्डा जस्तो, वा रुखो व्यवहार गर्छन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, पद प्राप्त गर्न, परमेश्‍वरको घरमा दम्भपूर्वक हुकुम चलाउन, र परमेश्‍वरका चुनिएका जनहरूलाई नियन्त्रण गर्न चाहन्छन्। यसरी, तिनीहरू मण्डलीलाई लथालिङ्ग पार्छन्। यदि मानिसहरूमा समझशक्ति छैन भने, उनीहरूलाई तिनीहरूले भ्रममा पार्नेछन् र नियन्त्रण गर्नेछन्, अन्त्यमा उनीहरूले आफूलाई मृत्युमा पुऱ्याउनेछन्।

हामीले कसरी ख्रीष्टविरोधीहरू मानिसहरूलाई लोभ्याउँछन् भन्नेबारे हाम्रो छलफल लगभग सकाएका छौँ। तिमीहरूले मैले छलफल गरेका मामलाहरू सुन्दै आएकाले, के तिमीहरूलाई ती दुर्लभ कुरा लाग्छ? के तिमीहरू चकित परेर यस्तो सोच्छौ, “के यो साँच्चिकै हुन सक्छ? त्यो असम्भव छ, होइन र? कसरी विश्‍वासीहरूमाझ यस्ता मानिसहरू हुन सक्छन्?” म त भन्छु, योभन्दा अझ खराब हुन सक्छ। सबैले अरूका अगाडि हुँदा, मानवरूपी खोल ओड्छन्, तर तिनीहरू पर्दापछाडि कस्ता छन् त्यसैले तिनीहरूको साँचो रूप प्रकट गर्छ। अरूका अगाडि हुँदा तिनीहरूले प्रस्तुत गर्ने बोली र व्यवहार छद्मभेष, झूटो प्रभाव मात्र हुन्। तिनीहरूले पर्दापछाडि भन्ने र गर्ने कुराले तिनीहरूको साँचो रूप झल्काउँछ। यदि कुनै व्यक्ति मानिसहरूको अगाडि एक रूपमा देखा पर्छ र पर्दापछाडि अर्कै रूपमा देखा पर्छ भने, तैँले कुन साँचो र कुन झूटो हो भनेर खुट्ट्याउन सक्नुपर्छ, होइन र? कुनै ख्रीष्टविरोधी मानिसहरूको अगाडि एकदमै शिष्ट देखिएला, तर यदि उनीहरूलाई ख्रीष्टविरोधीले पर्दापछाडि के गरेको छ भनेर थाहा भएको भए, उनीहरूलाई त्यो घृणास्पद लाग्नेथ्यो। उनीहरूलाई ख्रीष्टविरोधीसँग व्यवहार गर्नु अपमानजनक, ऊ निष्ठा भएको व्यक्ति होइन तर नीच र तुच्छ हो भन्ने लाग्नेथ्यो। त्यो अवस्थामा, के ख्रीष्टविरोधी सामान्य मानिसहरूसित मिल्न सक्छ? अहँ, सक्दैन। यो सामान्य व्यक्तिमा केही खराब बानी हुने कुरा नभएर उसको स्वभावको कुरा हो। तैँले उसको स्वभाव देख्नेबित्तिकै, तँलाई ऊ मानव नभएर पशु, दियाबलस हो भन्ने महसुस हुन्छ। ल भन् त, मानवले जनावरसँग अन्तरक्रिया गर्दा कस्तो अनुभूति हुन्छ? त्यो त सुँगुरलाई घरभित्र ल्याउनु, त्यसलाई धोइपखाली गरेर कट्टु र गन्जी लगाइदिनु, अनि पाल्तु जनावरको रूपमा व्यवहार गर्नु जस्तै हो। भोलिपल्ट, तैँले घर सुँगुरको खोर बनेको पाउँछस्। त्यसले सरसफाइबारे कुनै वास्ता नगरी घरभित्रै खाने, पिउने, र फोहोर गर्ने गर्छ। त्यतिबेला तँलाई सुँगुरलाई यसरी राख्नु हुँदैन रहेछ भन्ने थाहा हुन्छ—त्यो जनावर हो! ख्रीष्टविरोधी जस्ता मानिसहरू बाहिरबाट केही क्षमता भएका र राम्रो संस्कार पाएका जस्ता देखिएलान्, वा तिनीहरू कुनै बेला समाजका प्रतिष्ठित व्यक्ति हुन सक्लान्, जसका कारण तिनीहरूले केही सम्मान पाएका हुन सक्छन्। तर तिनीहरूमध्ये धेरैजसो विवेक र समझसमेत नभएका ठ्याक्कै जनावरजस्तै हुन्छन्। के तिनीहरूमा सामान्य मानवता हुन्छ? (हुँदैन।) सामान्य मानवताविना पनि के तिनीहरूलाई मानव मान्न सकिन्छ? के तिमीहरू तिनीहरूको नेतृत्व स्विकार्न सक्छौ? यदि दाजुभाइ-दिदीबहिनीहरू यस्ता मानिसहरूको हातमा परेमा के हुनेछ? तिनीहरू बहकाइनेछन् र लोभ्याइनेछन्, र उनीहरूले पक्कै पनि कष्ट भोग्नेछन्। ख्रीष्टविरोधीहरू दियाबलस हुन्, र तिनीहरूमा विवेक वा समझ हुँदैन। यसो हेर्दा, तिनीहरू एकदमै प्रेमिलो, बुझकी र कतिपय मानिसका कठिनाइ, कमजोरी, र भावनात्मक आवश्यकताप्रति सहानुभूति देखाउने खालका देखिन्छन्। वास्तवमा, यी मानिसहरू तिनीहरूले निगाह गर्ने र तिनीहरूलाई चिप्लो घस्नेहरू हुन्। तर यदि यी मानिसहरूले तिनीहरूको हैसियत वा ख्यातिलाई खतरामा पारे भने, उनीहरूलाई समेत दयालु व्यवहार गरिनेछैन, बरु झनै दुर्भावनापूर्ण विधिहरू प्रयोग गरेर, अलिकति पनि सहानुभूति वा सहनशीलता नदेखाई बेइमान तरिकाले व्यवहार गरिनेछ। ख्रीष्टविरोधीहरूको प्रेम र सहनशीलता सबै खोल मात्र हो, र तिनीहरूको लक्ष्य मानिसहरूलाई परमेश्‍वरसामु ल्याउनु कदापि होइन, बरु उनीहरूलाई तिनीहरूको आराधना गर्न र पछि लाग्न लगाउनु हो। तिनीहरूले मानिसहरूलाई यसरी जालमा पार्नुको उद्देश्य आफ्नो पद सुरक्षित गर्नु अनि मानिसहरूलाई तिनीहरूको आराधना गर्न र तिनीहरूलाई पछ्याउन लगाउनु हो। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई जुनै विधिहरू प्रयोग गरेर भ्रममा पार्ने र लोभ्याउने गरे पनि, एउटा कुरा चाहिँ निश्चित छ: तिनीहरूले आफ्नो शक्ति र हैसियतका लागि दिमाग खियाउँछन् र आवश्यक कुनै पनि माध्यमहरू अपनाउनेछन्। अर्को निश्चित कुरा के हो भने तिनीहरूले जे गरे पनि, त्यो आफ्ना कर्तव्य निर्वाह गर्न गरिरहेका हुँदैनन्, अनि निश्चय नै आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्न गरिरहेका हुँदैनन्; बरु, तिनीहरू मण्डलीमा प्रभुत्व जमाउने आफ्नो लक्ष्य हासिल गर्न त्यसो गर्छन्। यसका अलावा, तिनीहरू आफूले जे गरे पनि, परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, र निश्चय नै परमेश्‍वरका चुनिएका जनहरूका हितहरूलाई विचार गर्दैनन्। ख्रीष्टविरोधीहरूको शब्दकोषमा, यी दुई कुरा अस्तित्वहीन छन्; तिनीहरूमा ती कुरा जन्मजातै हुँदैनन्। तिनीहरू जुनसुकै तहका अगुवा भए पनि, तिनीहरूले परमेश्‍वरको घर वा परमेश्‍वरका चुनिएका जनहरूका हितप्रति अलिकति पनि चासो देखाउँदैनन्। तिनीहरूका सोच र दृष्टिकोणमा, मण्डलीको काम र परमेश्‍वरको घरका हित असान्दर्भिक र आफूभन्दा तुच्छ हुन्छन्। तिनीहरू आफ्नो पद र आफ्ना हितबारे मात्र सोच्छन्। यसबाट, ख्रीष्टविरोधीहरूको प्रकृति सार, दुष्ट हुनुका अलावा, अत्यन्तै स्वार्थी र घृणित हुन्छ भन्ने देख्न सकिन्छ। तिनीहरू अरूको जीवन र मृत्युप्रति अलिकति पनि ध्यान नदिई, आफ्नै ख्याति, प्राप्ति, र हैसियतका लागि मात्र कार्य गर्छन्। तिनीहरूको पदलाई धरापमा पार्ने जो कोही बेइमानीपूर्ण दमन र बहिष्कारमा पर्छ, र उसलाई हदैसम्म सास्ती दिइन्छ। कहिलेकाहीँ, जब निकै दुष्टता गरेकोमा ख्रीष्टविरोधीहरूको रिपोर्ट गरिन्छ र माथिले तिनीहरूबारे थाहा पाउँछ, र तिनीहरूलाई आफ्नो पद गुम्न लागेको महसुस हुन्छ, तब तिनीहरू भक्कानिएर रुन थाल्छन्। बाहिरी रूपमा, तिनीहरू पश्चात्तापी र परमेश्‍वरतिर फर्किरहेकोझैँ देखिन्छन्, तर तिनीहरू रुनुको साँचो कारण के हो? तिनीहरू साँच्चै के कुरामा पछुताउँछन्? तिनीहरूलाई आफूले मानिसहरूको हृदय, आफ्नो पद, र ख्याति गुमाएकाले दुःख लाग्छ र पीडा हुन्छ। तिनीहरूको आँसुमा यही कुरा हुन्छ। त्यो सँगसँगै, तिनीहरूले आफ्नो पदलाई बलियो बनाउन, आफ्ना गल्तीहरूबाट सिक्न र फेरि फर्कन आफ्ना त्यसपछिका कदमहरूको योजना बुन्न थालिसकेका हुन्छन्। ख्रीष्टविरोधीहरूको यो व्यवहारका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूलाई आफूले गरेका अपराध र प्रकट गरेका भ्रष्ट स्वभावहरूका कारण कहिल्यै पछुतो वा पीडा हुँदैन, अनि तिनीहरू निश्चय नै आफूलाई साँचो रूपमा चिन्ने वा पश्चात्ताप गर्नेछैनन्। तिनीहरू परमेश्‍वरसामु घुँडा टेक्लान्, भक्कानिएर रोइकराइ गर्लान्, चिन्तन गरेर आफूलाई धिक्कार्लान्, तर यो त मानिसहरूलाई भ्रममा पार्ने खोल हो, र कतिपय मानिसले त यसलाई साँचोसमेत ठान्लान्। सम्भवतः त्यस क्षणमा, तिनीहरूका भावनाहरू साँचो हुन्। तर, ख्रीष्टविरोधीहरूले कहिल्यै साँचो पछुतो अनुभव गर्नेछैनन् भन्ने कुरा याद राख्न जरुरी छ। तिनीहरूलाई कुनै दिन प्रकट गरेर हटाइए पनि, साँचो रूपमा पछुतो महसुस हुनेछैन। तिनीहरूले आफ्नो असफलता, आफूले आफ्नो कार्यप्रस्तुति नराम्रो तरिकाले बिगारेको र आफ्ना सारा दुष्ट कार्यहरू खुलासा गरेको भनेर मात्र स्विकार्नेछन्। किन म यसो भन्छु? किनभने, सत्यता र परमेश्‍वरलाई घृणा गर्ने ख्रीष्टविरोधीहरूको प्रकृतिका आधारमा भन्नुपर्दा, तिनीहरूले सत्यता कहिल्यै स्विकार्नेछैनन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको आत्मज्ञान सदैव झूटो हुन्छ। तिनीहरूले आफूले शक्ति हत्याउने र आफ्नो पद बलियो बनाउने अवसरहरू छोप्न नसकेकाले मानिसहरूको हृदय गुमाए भनेर मात्र स्विकार्नेछन्। यिनै कारणहरूले तिनीहरूलाई पछुतो हुन्छ र दुःख लाग्छ। ख्रीष्टविरोधीहरू वेदनामा हुँदा, तिनीहरू रुन पनि सक्लान्, तर किन रुन्छन्? तिनीहरू रुनुको कारण के हो? तिनीहरू आफ्ना अनेकौँ दुष्ट कार्यहरू खुलासा भएकाले र आफ्नो पद गुमाएका कारण रुन्छन्। यदि तिनीहरूले गल्ती गरेकोमा र परमेश्‍वरप्रति ऋणी महसुस भएर साँच्चै पछुताउन र रुन सकेका भए, यति बिघ्न दुष्टता गर्नेथिएनन्। तिनीहरू ग्लानि महसुस गर्दैनन् र आफ्ना दुष्ट कार्यहरू स्विकार्दैनन्—साँचो पछुतो कसरी हुन सक्छ त? दुष्टता गरेपछि, तिनीहरूलाई पछुतो हुँदैन; तिनीहरू पूर्णतया उदासीन हुन्छन्, तिनीहरूलाई आफूले इज्जत गुमाएको र आफूलाई तमासा बनाएको मात्र महसुस हुन्छ। तिनीहरूको मुड अलि बिग्रिएला। बाहिरबाट हेर्दा सबै ठिकै देखिए पनि, वास्तवमा, भित्र भने तिनीहरू तितो औषधी खाएर केही भन्न नसक्ने गुँगो व्यक्तिजस्तै हुन्छन्—चुपचाप कष्ट भोगिरहेका हुन्छन्। तिनीहरूको हृदयमा भावनाका छालहरू उर्लिरहेका हुन्छन् र तिनीहरू भक्कानिएर रुन्छन्, तैपनि तिनीहरूलाई साँचो पछुतो हुँदैन। साँचो स्थिति यही हो। कहिलेकाहीँ, ख्रीष्टविरोधीहरूले केही मिठा कुरा भन्लान्, जस्तै, “मेरो क्षमता कमजोर भएकाले मैले काम राम्ररी गरिनँ अनि बाधा र अवरोध गर्ने केही कार्य गरेँ; मैले अगुवाइ गर्न सकिनँ र म नेतृत्वको लायक छैनँ। परमेश्‍वरले मलाई ताडना दिनुहोओस् र श्राप दिनुहोओस्। यदि तिमीहरूले भविष्यमा मलाई नेतृत्वका लागि चयन नगर्ने निर्णय गऱ्यौ भने, म गुनासो गर्नेछैनँ।” यसलगत्तै, ऊ आँसु झार्न थाल्छ। समझशक्ति नभएका कतिपय मानिसमा ऊप्रति करुणा जाग्छ र उनीहरू भन्छन्, “नरुनुस्, हामी तपाईंलाई भविष्यमा फेरि पनि चयन गर्नेछौँ।” यो कुरा सुनेपछि, ऊ तुरुन्तै रुन छोड्छ। अब त तिमीहरूले तिनीहरूको साँचो रूप देख्यौ? जब तिनीहरू केही मिठा शब्दहरू बोल्छन्, त्यो मानिसहरूको मन जित्न, उनीहरूलाई भ्रममा पार्न, र झुक्याउनका लागि हुन्छ, अनि कतिपय त त्यसमा फस्छन् पनि। जब ख्रीष्टविरोधीहरू आँसु झार्छन्, निस्सन्देह त्यसको पछाडि कुनै आशय हुन्छ। जब तिनीहरूलाई आराधना गर्नेहरूले तिनीहरूलाई प्रश्न गर्न थाल्छन्, र तिनीहरूको हैसियत धरमराउँछ, तब तिनीहरू रुन्छन्। तिनीहरू यति चिन्तित हुन्छन् कि खान वा सुत्न नै सक्दैनन्, र बारम्बार आफ्नो परिवारलाई भन्छन्, “यदि म नेतृत्वको भूमिकामा रहिनँ भने म कसरी जिउनु?” तिनीहरूको परिवारले जवाफ दिन्छ, “यसअघि हैसियत नहुँदा तपाईँ राम्ररी नै जिउनुभएको होइन र? तपाईँ किन जिउन सक्नुहुन्न र?” तिनीहरू जवाफ दिन्छन्, “यदि मसँग हैसियत नहुँदो हो त, के मैले यी लाभहरू प्राप्त गरेको हुन्थेँ र? के हामी यति सम्पन्न हुनेथियौँ र? तिमीहरू किन यति मूर्ख भएको?” घरमा, कतिपयले खुल्लमखुल्ला भन्छन्, “हैसियतविना जिउनुको के अर्थ? जीवनको के अर्थ? हाम्रो परिवारमा थोरै मात्र मानिस छन्, र घरमा म यी थोरैको मात्र रेखदेखकर्ता हुन सक्छु। म त घरमुली मात्र हुन्छु, र मेरो हैसियत उच्च हुँदैन। मैले मण्डलीमा पदभार लिनुपर्छ; नत्र, मेरो जीवन व्यर्थ हुन्छ। त्यसबाहेक, मण्डलीको यो पदविना, के हाम्रो परिवारले यति राम्रो जीवन जिउन सक्थ्यो त?” कसैले थाहा नपाउने स्थितिमा तिनीहरू इमानदारीसाथ बोल्छन्, र तिनीहरूका महत्त्वाकाङ्क्षाहरू उदाङ्गो हुन्छन्। के यो निर्लज्ज व्यक्ति होइन र? ख्रीष्टविरोधीहरूले भ्रममा पार्नु कहिलेकाहीँ हुने अपराध होइन—यो अनजानमा हुँदैन। यदि यी कहिलेकाहीँ हुने र अनजानमा गरिने खराब कार्यहरू भएका भए, तिनीहरूलाई ख्रीष्टविरोधी मानिनेथिएन। ख्रीष्टविरोधीहरू मानिसहरूलाई जानाजानी भ्रममा पार्छन्; तिनीहरू शैतानको प्रकृतिद्वारा नियन्त्रित हुन्छन्। यही कारण तिनीहरू मानिसहरूलाई निरन्तर रूपमा भ्रममा पार्छन्, जानाजानी यो विधि प्रयोग गरेर उनीहरूलाई नियन्त्रण गर्छन् र अन्त्यमा शक्ति प्राप्त गर्छन्। खासमा, कुनै ख्रीष्टविरोधीले मानिसहरूलाई भ्रममा पार्नु र नियन्त्रण गर्नुको उद्देश्य भनेको उनीहरूलाई उसको कुरा सुन्न, उसको अगुवाइ पछ्याउन, र उनीहरूलाई परमेश्‍वरबाट टाढा राख्न लगाउनु हो। ख्रीष्टविरोधीका अभिप्रायहरू प्रस्टै हुन्छन्; तिनीहरू मानिसहरूका निम्ति परमेश्‍वरसित प्रतिस्पर्धा गर्न चाहन्छन्। तिनीहरूका कार्यहरू भ्रष्टताका क्षणिक प्रकटीकरण होइनन्, न त ती आवेगमा, आफूले नचाहे पनि, र निश्चय नै विशेष परिस्थितिहरूको बाध्यतामा परेर नै गरिएका हुन्छन्। यो पूर्णतया तिनीहरूको दुष्ट प्रकृति, तिनीहरूका ठुलठुला महत्त्वाकाङ्क्षा र चाहनाहरू, तिनीहरूको अन्तर्घाती स्वभाव, र तिनीहरूका अनेकौँ योजनाहरूका कारणले गर्दा भएको हुन्छ। अहिले तिनीहरूले यी कुरा गर्न सक्नु तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ: तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेपछि यी अभिप्राय र योजनाहरू राखे, अगुवा बनेर यी सपनाहरू पूरा गर्ने र आफ्ना लक्ष्यहरू हासिल गर्ने प्रतीक्षा मात्र गरे। ख्रीष्टविरोधीको हृदयको साँचो स्थिति यही हो, र यो अलिकति पनि यताउता हुँदैन।

माथि छलफल गरिएको विषयवस्तुबाट तिमीहरूले आफू प्रवेश गर्नुपर्ने सत्यता बुझ्नुपर्छ। एकातिर, तिमीहरूले यस्ता व्यवहारहरू र प्रकृति सार देखाउने ख्रीष्टविरोधी र दुष्ट मानिसहरूलाई खुट्ट्याउनुपर्छ। अर्कोतिर, तिमीहरूले आफूलाई तुलना गरेर तिमीहरूले यी व्यवहारहरू देखाउँछौ कि देखाउँदैनौ भनी हेर्नुपर्छ। अब, यदि तिमीहरूले आफ्नो कुरा र ख्रीष्टविरोधीहरूको बोलीबीच कुनै समानता भेट्टाउन सक्यौ, वा यदि तिमीहरू दुवैले उस्तै परिस्थितिहरूमा एउटै व्यवहारहरू देखाउँछौ भने, के तिमीहरू आफ्नो प्रकटित स्वभाव वा अभ्यासमा आफू र ख्रीष्टविरोधीहरूबीचका समानताहरू खुट्ट्याउन सक्छौ? के तिमीहरू मैले छलफल गरेका केही उदाहरण वा ती उदाहरणमा व्याख्या गरिएका वृत्तान्त, शब्द, र कार्यहरूमार्फत यहाँ सङ्गति गरिएको सत्यता बुझ्न सक्छौ, वा के तिमीहरू यहाँ खुलासा गरिएका मानिसहरूका भ्रष्ट स्वभावहरू बुझ्न सक्छौ? के तिमीहरू यसरी सुन्न सक्छौ? तिमीहरू कुन दृष्टिकोणबाट सुनिरहेका छौ? यदि तिमीहरूले पूर्ण रूपमा दर्शकको दृष्टिकोणबाट ख्रीष्टविरोधीहरूका यी स्वभाव र सारहरू खुट्ट्याइरहेका छौ र यी व्यवहार र अभ्यासहरूलाई हेरिरहेका छौ भने, के तिमीहरूले सत्यता प्राप्त गर्न सक्छौ? (सक्दैनौँ।) त्यसोभए तिमीहरूले कुन दृष्टिकोणबाट सुन्नुपर्छ? (आफूलाई तुलना गरेर।) आफूलाई तुलना गर—यो सबैभन्दा आधारभूत कुरा हो। अरू के छ? (आफूलाई सत्यताले सुसज्जित पारेर।) ठिक भन्यौ, मैले छलफल गर्ने हरेक उदाहरणमा तिमीहरूले बुझ्नुपर्ने सत्यता तिमीहरूले बुझ्नैपर्छ। आत्मिक बुझाइ नहुनेहरूले तथ्यहरू मात्र बुझ्न सक्छन्, तर आत्मिक बुझाइ र राम्रो क्षमता हुनेहरूले ती उदाहरणबाट सत्यता बुझ्न र प्राप्त गर्न सक्छन्। के तिमीहरू छलफल गरिएका कथा र उदाहरणहरूमा समावेश सत्यताहरूको सारांश भन्न सक्छौ? निश्चित कथा वा उदाहरणहरूबारे सङ्गति गर्नुको उद्देश्य मानिसहरूलाई वास्तविकतासँग जोडिन, वास्तविकतामा देखिएका विभिन्न समस्याहरूलाई राम्ररी बुझ्न, अनि सत्यताको यो पक्षसँग सम्बन्धित विभिन्न प्रकटीकरण र सारहरूबारेको विचारलाई गहन बनाउन मद्दत गर्नु हो। अर्को शब्दमा, सत्यताको यो पक्ष वा प्रकृति सारको सन्दर्भमा भन्नुपर्दा, तैँले कुनै विशेष उदाहरण वा परिदृश्य सम्झिनेछस्। त्यसरी, जब तैँले आफूलाई बुझ्छस् वा अरूलाई खुट्ट्याउँछस्, तब तँसित दृश्यात्मक बुझाइ हुनेछ जुन सिद्धान्त वा लेखोट मात्र पढ्नुभन्दा बुझ्न सजिलो, बढी व्यावहारिक, र बढी वास्तविक हुन्छ। यदि त्यो लेखोट मात्र हो र तँलाई त्यसको अनुभव छैन भने, त्यस लेखोटबारे तेरो बुझाइ शब्दमै सीमित, सधैँ तेरो आफ्नै सीमित अनुभवहरूद्वारा नियन्त्रित होला, अनि त्यही सीमाभित्रै रहन सक्छ। तर, यदि मैले मेरो सङ्गतिमा निश्चित उदाहरणहरू थपेँ, केही कथा, केही दृश्य, विशेष शब्द र कार्य, अनि व्यवहारहरू मिलाएँ भने, त्यसले यस पक्षमा सत्यताबारे तेरो बुझाइमा सहयोगी प्रभाव पार्नेछ। यदि यो नतिजा हासिल भयो भने, यसको अर्थ तैँले सत्यताको यो पक्ष बुझेको हुन्छस्। त्यसलाई बुझाइ मान्नका लागि तैँले कुन हदसम्म बुझ्नैपर्छ? त्यो १००% हुनुपर्दैन, तर सत्यताको यो पक्षबारे तेरो बुझाइ, परिभाषा, अवधारणा, र ज्ञान कम्तीमा सुदृढ भएको हुनुपर्छ। यो सुदृढीकरणको अर्थ के हो? यसको अर्थ यो मूलत: कुनै मानव ज्ञान, धारणा, कल्पना, वा अडकलबाजी नमिसिएको, वा यी कुरा थोरै मिसिएको अपेक्षाकृत शुद्ध बन्छ भन्ने हो। त्यस्ता उदाहरणहरूले ल्याउने नतिजाहरू यिनै हुन्। तँलाई मैले यी केही उदाहरणमा उल्लेख गरेका मानिस वा घटनाहरू थाहा हुन सक्छ, वा तँ यस्ता मानिसहरूसित सम्पर्कमा र निकै परिचितसमेत हुन सक्छस्, वा तँ यस्ता घटनाहरूको सम्पर्कमा आएको र तैँले यी मानिसहरूले यस्ता कामकुरा गरेको पूरै प्रक्रिया देखेकोसमेत हुन सक्छस्। तर तेरो सत्यताको बुझाइ र पहिचानप्रति यसका फाइदाहरू के-के हुन्? सम्भवतः तँ यस्ता मानिसहरूसँगै जिएको होलास्, तैँले यस्ता कथाहरू प्रकट भएको देखेको छस्, र यी कथाहरूमा घटेको सबै कुरा आफै अनुभव गरेको छस्, तर त्यसको अर्थ तँ सत्यताको यो पक्ष बुझ्छस् नै भन्ने होइन। मैले यसो भन्नुको अर्थ के हो? मैले कुरा गरिरहेको व्यक्ति वा घटना तँलाई त्यो थाहा छ वा तँ त्योसित परिचित छस् भन्दैमा, तैँले वृत्तान्त वा यहाँ सङ्गति गरिएको सत्यता र निर्दिष्ट विषयवस्तुलाई सुन्नुपर्दैन भन्ने नठान्। त्यो ठूलो भूल हुनेछ। त्यो तैँले घनिष्ठ रूपले चिनेको व्यक्ति नै भए पनि, त्यसको अर्थ तैँले यसको सत्यता बुझिसकेको र बोध गरिसकेको छस् भन्ने होइन। किन म तँलाई यसबारे सम्झाइरहेको छु? तिमीहरूलाई वृत्तान्तमा अल्झिरहन नदिनका लागि। जब तैँले कसैले यस्तो केही गरेको र परमेश्‍वरले उसलाई उदाहरणका रूपमा लिनुभएको देख्छस्, तब तँ उसको खिल्ली उडाउँछस् र यस्ता मानिसहरूलाई तिरस्कार गर्छस्। के सत्यताप्रति राख्नुपर्ने सही मनोवृत्ति यही हो? (होइन।) यो कस्तो मनोवृत्ति हो? के यो बाटो बिराउनु होइन र? यो पूर्वाग्रही बुझाइ हो। यी प्रस्ट उदाहरण, कथा, अनि विशिष्ट मानिस र घटनाहरूको कारणले गर्दा सबैले मानिसहरूको भ्रष्ट स्वभावको प्रकाश कस्तो हुन्छ भनी साँच्चै बुझ्न सक्छन्, त्यसको अर्थ उनीहरूले मानिसहरूको भ्रष्ट स्वभाव र प्रकृति सारको प्रकाश कस्तो हुन्छ, मानिसहरूको प्रकृति सार भनेको के हो, भ्रष्ट स्वभाव भनेको के हो, कुनै निश्चित प्रकारको भ्रष्ट स्वभाव र प्रकृति सार भएका मानिसहरू कस्तो मार्ग लिन्छन्, उनीहरू केलाई प्रेम गर्छन्, उनीहरूको संवेगको दायरा कस्तो हुन्छ, उनीहरू कसरी आफूलाई आचरणमा ढाल्छन् र संसारसँग कसरी व्यवहार गर्छन्, अनि जीवनबारे उनीहरूको दृष्टिकोण कस्तो छ, कामकुरालाई सम्हाल्ने उनीहरूका सिद्धान्तहरू के-के हुन्, अनि परमेश्‍वर र सत्यताप्रति उनीहरूको मनोवृत्ति कस्तो होला भन्ने कुरा साँच्चै देख्न सक्छन्। ठ्याक्कै यी उदाहरण, यी विशिष्ट व्यक्ति र ठोस घटनाहरूकै कारण मानिसहरू सत्यता वास्तविकतालाई मानव सारबारे परमेश्‍वरको प्रकाशसित अझ राम्ररी मिलान गर्न सक्छन्, तीबारे अझ प्रस्ट र सही दृष्टिकोण हासिल गर्न सक्छन्। त्यसोभए, मैले यी शब्दहरू भन्नुको अर्थ के हो? त्यसको अर्थ तैँले यी कथाहरूलाई कम आँक्नु हुँदैन भन्ने हो। मैले जस्तो प्रकारको कथा बताए पनि, त्यो जसको कथा भए पनि, वा त्यो जस्तो प्रकारको व्यक्तिको कथा भए पनि, त्यसको एउटै मात्र लक्ष्य छ, र त्यो तँलाई सत्यता बुझ्न मद्दत गर्नु हो। यदि तैँले त्यसबाट सत्यता प्राप्त गरिस् भने, चाहेको नतिजा हासिल भएको हुन्छ। त्यसकारण, पहिलोपटक सुन्दा यी कथाहरूले तँलाई केही सतही सत्यताहरू बुझ्न, सतही अर्थ वा शाब्दिक व्याख्या बुझ्न मात्र मद्दत गर्न सक्लान्। तर, जब तेरो कद बढ्दै जान्छ, जब तेरो उमेर बढ्दै जान्छ, जब तँ विभिन्न परिस्थितिहरूमार्फत जीवनमा बढ्दै जान्छस्, तब तेरो जीवन पनि बिस्तारै परिपक्व बन्छ, अनि तैँले यी कथाका विभिन्न घटना र यसमा देखिने विभिन्न व्यक्तिहरूको प्रकृति सार, व्यवहार र प्रकटीकरणबारे फरक-फरक बुझाइहरू प्राप्त गर्नेछस्। यी बुझाइहरू कसरी आउँछन्? ती यी कथाहरूमा समावेश सत्यताहरूबाट आउँछन्, कथाहरूबाटै त होइन। यदि त्यो “ब्वाँसो र गोठालोको कथा” जस्तै कुनै कथा भन्नु मात्र हो भने, त्यो सुन्यो, सकियो हुन्छ; सत्यतासँग त्यसको कुनै सम्बन्ध हुँदैन। यसले मानिसहरूलाई कसरी कार्य गर्ने भनेर मात्र निर्देशन दिन्छ: यो अत्यन्तै सिधा र सतही हुन्छ। तर सत्यताको सन्दर्भमा, यस्तो कथाको गहिराइ कुनै व्यक्तिले सजिलै बुझ्न सक्ने सतही अर्थभन्दा बेग्लै हुन्छ। यसले मानिसहरूको भ्रष्ट स्वभाव र प्रकृति सारलाई समेट्छ, त्यसमा मानिसहरूलाई कसरी खुट्ट्याउने, आफ्नो मार्ग कसरी रोज्ने, सत्यतालाई कसरी लिने, र परमेश्‍वरका मागहरूको जवाफमा मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ भन्ने कुराहरू समावेश हुन्छन्। यसमा मानिसहरूले केलाई अस्वीकार गर्ने र केलाई अपनाउने भन्ने कुरा समावेश हुन्छ। यदि तिमीहरूले यसरी सुन्न सक्यौ भने, प्रवचनहरू सुन्दैपिच्छे केही कुरा प्राप्त गर्नेछौ, तिमीहरूले सत्यताका विभिन्न पक्षहरूका सम्बन्धमा अझ धेरै ज्योति पाउनेछौ र अझ धेरै सिद्धान्तहरू बुझ्नेछौ, र केही जीवन प्रवेश अनुभव गर्नेछौ। मानिसहरूको उमेर ढल्कँदै जाँदा, समय बित्दै जाँदा, सामाजिक परिस्थितिहरू बद्लिँदै जाँदा, प्रवृत्तिहरू फेरिँदै जाँदा, सत्यताले मानिसहरूको हृदयमा काम गर्न जारी राख्छ, र उनीहरूले सत्यता अभ्यास गर्ने, र सत्यताका आधारमा मानिस र वस्तुहरूलाई हेर्ने तरिका जान्नेछन्। जीवन प्राप्त गर्नु भनेको यही हो—सत्यता व्यक्तिको जीवन बन्न सक्छ। त्यसकारण, कथा जहिले भनिरहेको भए पनि, एकपटक सुनेर सकियो भन्ने नठान्। सुनिराख्, र यदि तैँले बुझिनस् भने, त्यसबारे सङ्गति गर्दा हुन्छ। यदि तँलाई आफ्नो हालको चरणमा त्यो बुझ्न कठिन लाग्यो भने, त्यो तेरो कद अपर्याप्त भएकाले हुन सक्छ। त्यो अवस्थामा, तैँले जे बुझ्न सक्छस् त्यो सुन् अनि तेरो अहिलेको कदलाई जे सुहाउँछ त्यो छान्। यदि कुनै कथा सुन्दा प्रस्ट लाग्छ तर पछि गहन देखिन्छ, यदि त्यो तेरो लागि बुझ्न नसक्ने छ, वा तेरो यो चरणका अनुभव र जीवन परिस्थितिहरूसँग मिल्दैन भने, त्यसलाई आफ्नो हृदयमा राख् अनि त्यसलाई तँमाथि प्रभाव पार्न दे। पछि, जब तैँले त्यस्तै परिस्थितिहरू सामना गर्छस्, तब तैँले हृदयमा राखेको कुरा सतहमा देखिन सक्छ। यो त तैँले अध्ययन गरेका शब्दावली र शब्दहरू वा तेरो मस्तिष्कले आत्मसात् गरेको जानकारीजस्तै हो। के तँ तीबारे हरदिन सोच्छस्? सायद सोच्दैनस्। तँ सामान्यतया तीबारे सोचिरहँदैनस्, तर जब तँ यी शब्द, शब्दावली, वा जानकारी सान्दर्भिक हुने वातावरणमा हुन्छस्, तब तीमध्ये केही दिमागमा आउँछन्। मानिसहरूमा स्मृतिहरू हुन्छन्, र उनीहरू आफ्ना दिमागमा केही कुराहरू स्वतः सञ्चय गर्छन्। यी कुराहरू तँलाई दैनिक जीवनमा प्रयोग गर्नका लागि पर्याप्त हुन्छन् र अलि लाभदायी पनि हुन सक्छन्, तर यदि तैँले तिनलाई जानाजानी प्रयोग गर्ने कोसिस गरिस् र कडिकडाइसाथ प्रावधानहरू लागु गरिस् भने, तैँले गल्तीहरू गर्ने बढी सम्भावना हुन्छ। तैँले आफ्नो कद र आफूले अनुभव गरेका परिस्थितिहरूका आधारमा छानेर सुन्नुपर्छ। यसरी, तेरो प्रगति चाँडो हुनेछ। सुन्न जान्नेहरूले बढी प्राप्त गर्नेछन्, तर सुन्न नजान्नेहरूले कम प्राप्त गर्नेछन्, वा बिलकुलै केही पनि प्राप्त गर्नेछैनन्। उनीहरूलाई आफूले यी कुनै कथाहरू सुन्न नचाहेको, ती कुनैमा पनि सत्यता संलग्न नभएको समेत लाग्न सक्छ, अनि किन म सधैँ बेकारको कुराकानी र गफगाफ गर्नुको साटो सत्यताबारे कुरा गर्दिनँ भन्ने सोचाइ आउन सक्छ। कस्तो प्रकारका मानिसहरू यस्तो व्यवहार देखाउँछन्? (आत्मिक बुझाइ नहुनेहरू।) आत्मिक बुझाइ नहुने मानिसहरू यस्तो सोच्न सक्छन्। उनीहरू म प्रवचनहरू दिँदा यी दैनिक मामलाहरूबारे मात्र कुरा गर्छु भनेर सोच्न सक्छन्; हो, उनीहरूले त्यसै गर्न सक्छन्, त्यसैले अरू केही काम नहुँदा, उनीहरू अरूसँग बेकारका कुराकानी गर्छन्। तँलाई मैले भनेका कथाहरूभन्दा बढी गफहरू थाहा होला, तर के तेरा कुराकानीमा सत्यता समावेश हुन्छ? (अहँ, हुँदैन।) यदि त्यसमा सत्यता समावेश छैन भने, जथाभावी नबोल्न होसियार हो, नत्र तैँले सत्यतासँग असम्बन्धित कुराहरूबारे छलफल गर्न सक्छस्। म मानिसहरूलाई सत्यता बुझ्न मद्दत गर्न कथाहरू भन्छु। तिमीहरूले अन्धाधुन्ध मेरो नक्कल गर्नु हुँदैन। तिमीहरूले सत्यता खोज्न, सत्यता बुझ्न, र सिद्धान्तअनुसार मामलाहरू सम्हाल्न प्रयास गर्नमा मात्र ध्यान दिनुपर्छ। आफ्नो बोलीमा होस् या व्यवहारमा, सत्यता सिद्धान्तहरूसँग मिल्दो हुने कुरालाई प्राथमिकता देओ। यसरी, तिमीहरू बिस्तारै सत्यता वास्तविकतामा प्रवेश गर्नेछौ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्