विषयवस्तु तेह्र: तिनीहरूले मानिसहरूको हृदयका साथै मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्छन् (खण्ड दुई)

एउटा अगुवाले तल उल्लेखित कार्य गर्‍यो। उसले गरेको काम कतिको राम्रो छ भनेर खुट्ट्याउने, र त्यसलाई चिरफार गर्ने कोसिस गर। एकदिन, मैले एक प्याकेट चिनियाँ जडिबुटीको पौष्टिक पूरक प्राप्त गरेँ। मैले मनमनै सोचेँ, “मैले त यो किनिदेऊ भनेर कसैलाई भनेको थिइनँ, त्यसैले यो कहाँबाट पठाइयो? यो कसले किन्यो? मैले कसरी थाहा पाइनँ?” पछि, सोधखोज गरेपछि, मैले थाहा पाएँ कि एउटा अगुवाले माथि नसोधी आफैले किनेको रहेछ। उसले यो चिज माथिलाई चाहिएको छ भनेर भन्यो। यो सुनेपछि, तलका दाजुभाइ-दिदीबहिनीहरूले भने, “यो किनियोस् भनेर माथिकै चाहना भएकोले, यो सरल छ, हामीले मण्डलीको पैसा प्रयोग गरेर यो किने हुन्छ। माथिको जे किन्‍ने चाहना भए पनि ठिकै हुन्छ, र विशेषगरी यो परमेश्‍वरको लागि भएकोले, हामीलाई कुनै आपत्ति छैन।” अनि, खर्च गरिएको त्यो पैसा कसको थियो? (परमेश्‍वरको भेटी।) उसले किन परमेश्‍वरका भेटीहरू त्यसरी मनपरी खर्च गरेको हो? के यो खरिद गर्ने अधिकार माथिले दिएको हो? मलाई नसोधी, उसले गोप्य रूपमा आफैले औषधी किन्ने निर्णय गरेको थियो। अनि, खरिद गर्ने क्रममा, उसले रोकिएर सोचेन, “के यो माथिको लागि उपयोगी हुनेछ? के मैले किनिरहेको चिज उचित छ? मैले कति किन्नुपर्छ? के माथिबाट मलाई यो पैसा खर्च गर्न अनुमति हुनेछ?” के उसले यी कुराहरू मसँग सोधेको थियो? (थिएन।) उसले सोध्दै नसोधी सिधै यो सामान किनेको थियो। यो दानशीलता कहाँबाट आयो? यो कस्तो व्यक्तिगत बफादारी हो? उसले परमेश्‍वरको लागि केही चिज किन्न परमेश्‍वरकै पैसा प्रयोग गर्‍यो, र यसलाई आफूले गर्नुपर्ने कर्तव्यको रूपमा लियो, र त्यो चिज किनेर परमेश्‍वरलाई सन्तुष्ट पार्न उसले गर्नुपर्ने सबै गर्‍यो र सारा कठिनाइहरू पार गर्‍यो। यहाँ परमेश्‍वरलाई सन्तुष्ट पार्नुको अर्थ के हो? त्यसको अर्थ हो: “म तपाईंलाई नसोधी तपाईंलाई राम्रो सरप्राइज दिन सक्छु। हेर्नू त, ममा यो क्षमता छ! मैले यसो गर्न सक्छु भनेर तपाईंलाई थाहा थियो? तपाईंलाई के लाग्छ? के यो राम्रो सरप्राइज होइन र? तपाईं खुसी हुनुहुन्न र? के तपाईंलाई आराम महसुस भयो?” यो तैँले खर्च गरेको पैसा कसको थियो? के त्यो तेरो थियो? यदि तैँले परमेश्‍वरको पैसा खर्च गरेको होस् भने, के तैँले परमेश्‍वरको मन्जुरी लिइस्? तैँले परमेश्‍वरबाट पैसा चोरिस् र खर्च गरिस्, अनि परमेश्‍वरलाई राम्रो सरप्राइज दिन चाहेको भनिस्: यो कस्तो तर्क हो? तँ कसको पैसाले त्यस्तो दानशील बनिरहेको थिइस्? (परमेश्‍वरको घरको पैसाले।) परमेश्‍वरको घरको पैसाले दानशील बन्नु भनेको परमेश्‍वरका भेटीहरूले दानशील बन्नु हो। के यो घिनलाग्दो कुरा होइन र? (हो।) यो सुनेपछि तिमीहरूलाई घृणा महसुस हुन सक्छ, तर त्यो व्यक्तिले घृणा महसुस गर्नु त कहाँ हो कहाँ, ऊ आफूप्रति निकै खुसी थियो। उक्त सामान डेलिभर भएपछि, उसले मनन गर्‍यो: “जवाफ किन नआएको? मैले तपाईंको लागि यति राम्रो कार्य गरेको छु, तर तपाईंले मलाई किन धन्यवाद दिनुभएन? तपाईंलाई त्यो सामान कस्तो लागिरहेको छ? तपाईं त्यसमा सन्तुष्ट हुनुहुन्छ? तपाईं मैले भविष्यमा तपाईंका लागि अझ धेरै किनूँ भन्ने चाहनुहुन्छ? तपाईंले मेरो कस्तो मूल्याङ्कन गरिरहनुभएको छ? के तपाईंले मलाई अबदेखि महत्त्वपूर्ण पदमा राख्नुहुनेछ? तपाईं मैले गरेको काममा सन्तुष्ट हुनुहुन्छ? मैले तपाईंको पैसा खर्च गरेर तपाईंको लागि केही गरेँ—मेरो दयाबारे तपाईंलाई के लाग्छ? के तपाईं खुसी हुनुहुन्छ? कृपया, केही त भन्नोस्। किन कुनै जवाफ नदिनुभएको?” के मैले उसलाई जवाफ दिनुपर्ने थियो त? (थिएन।) किन थिएन? यो घटना निकै पहिले घटेको हो, तर यतिका समयसम्म मलाई त्यसप्रति घृणा लाग्न छोडेको छैन—हरेकपटक उसले किनेको त्यो चिज हेर्दा मलाई घृणा लाग्छ। तिमीहरू नै भन त, घृणा लाग्नु मनासिब हो? के यो घटनालाई चिरफार गर्नु सार्थक हुनेछ? (हजुर, हुनेछ।) यो कस्तो आचरण हो? के यो बफादारीको अभिव्यक्ति हो? दयाको अभिव्यक्ति हो? कि परमेश्‍वरको डर मान्ने हृदयको अभिव्यक्ति हो? (यीमध्ये कुनै पनि होइन।) यसलाई कसैसित चापलुसी र खेलबाड गर्नु भनिन्छ, र यसको अर्थ हो: “म तपाईंका चाहनाहरू पूरा गर्न र तपाईंमा मेरो राम्रो छाप छोड्नको लागि म तपाईंको पैसाले केही किन्छु, ताकि तपाईंले मलाई अझ धेरै निगाह देखाउनुहोस्।” त्यो अगुवाले मलाई खुसी पार्न, चापलुसी गर्न र चिप्लो घस्न चाहन्थ्यो, तर ऊ अन्त्यमा असफल भयो, र उसको भित्री वास्तविकता छर्लङ्गै देखियो। उसले के-के गल्तीहरू गर्‍यो? पहिलो कुरा त, मैले उसलाई मेरो लागि त्यसो गर्ने आज्ञा दिएको थिइनँ; मैले उसलाई यसो गर्नू भनेर भनेकै थिइनँ। दोस्रो कुरा, यदि उसले आफ्नो हृदयको दयाले यसो गर्न चाहेको थियो भने पनि, उसले पहिला सोधेर मन्जुरी लिएर त्यसपछि मात्र अघि बढ्नुपर्थ्यो। अनि, उसले त्यो काम गरिरहँदा, के उसले थाहा पाउनुपर्ने मामलाहरूमा सोधपुछ गर्नुपर्दैनथ्यो र? उदाहरणको लागि, कति किन्ने, कति पैसाले किन्दा ठिक हुने, कुन गुणस्तरका सामानहरू किन्ने, पैसा कसरी खर्चने—के उसले यी कुराहरू सोधपुछ गर्नुपर्दैनथ्यो र? यी कुराहरू सोधपुछ गरेको भए सत्यता सिद्धान्तहरूबमोजिम कार्य गरेको हुनेथ्यो। त्यसोभए, उसले यी कुराहरू सोधपुछ गर्न नसक्नुको प्रकृति कस्तो हो? सानो स्तरमा हेर्दा, उसले आफूलाई निकै चलाख ठानिरहेको थियो, तर ठूलो स्तरमा हेर्दा, यसलाई मनोमानीपूर्वक कार्य गर्नु, परमेश्‍वरलाई कुनै वास्ता नगर्नु, र लापरवाहीपूर्वक कार्य गर्नु भनेर भनिन्छ! मैले उसलाई त्यो सामान किन्नू भनेर कहिल्यै भनेको थिइनँ, त्यसैले उसले केको लागि असल अभिप्रायको नाटक गरिरहेको थियो त? के उसले आफैलाई समस्यामा पार्न खोजिरहेको थिएन र? यसअलावा, ख्रीष्टविरोधीहरूले सम्पत्तिलाई जुन रूपमा लिन्छन् त्यो नै उसको सबैभन्दा ठूलो समस्या थियो, र आज हामी त्यसैबारे सङ्गति र चिरफार गरिरहेका छौँ। उसलाई ऊ मण्डली अगुवा भएकोले मण्डलीमा परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरलाई चढाएका भेटीहरू चलाउन ऊ योग्य भएको, परमेश्‍वरलाई चढाइएका ती भेटीहरू प्रयोग गर्ने र राख्ने शक्ति उसमा निहित रहेको, र तिनका बारेमा अन्तिम निर्णय गर्ने अधिकार उसकै रहेको विश्‍वास लाग्थ्यो। त्यो मण्डलीमा उसले राजाकै शक्ति चलाउँथ्यो र ऊ रैथाने तानाशाह बनेको थियो। उसले सोच्थ्यो: “आफूले किन्ने चिजबारे मैले तपाईंलाई जानकारी गराउन वा सोध्न जरुरी छैन, म तपाईंको लागि त्यो त्यतिकै गरिदिहाल्छु। तपाईं मन्जुर हुनुहोस् वा नहुनुहोस्, यदि मलाई यो तरिकाले त्यसो गर्नु उचित हुन्छ भन्ने लाग्यो र मैले यही तरिकाले गर्न चाहेँ भने, म यसरी नै गर्नेछु।” त्यो मान्छे कस्तो चिज हो? के ऊ ख्रीष्टविरोधी होइन र? ख्रीष्टविरोधीहरू त्यति धेरै निर्लज्ज हुन्छन्। जब त्यो व्यक्तिलाई हैसियत दिइयो र जब ऊ अगुवा बन्यो, तब उसले राजा बन्‍न चाह्यो, र मण्डलीको सम्पत्ति हत्याउन चाह्यो। उसलाई मण्डलीको सम्पत्तिबारे उसले मात्र निर्णय गर्न पाउँछ, र सो सम्पत्ति स्वामित्वमा राख्ने र प्रयोग गर्ने शक्ति उसमा मात्र छ भन्ने लाग्यो। उसलाई मेरो लागि सरसामान किन्ने र कुन सामान किन्ने भन्नेबारे अन्तिम निर्णय उसले नै गर्नुपर्छ भन्ने पनि लाग्यो। तर के मलाई तैँले सरसामान किनिदिनुपर्छ र? मैले जे प्रयोग गरे पनि र जसरी प्रयोग गरे पनि, के मैले तँलाई संलग्न गराउनुपर्छ र? के यो समझ नहुनु होइन र? के यो निर्लज्ज हुनु होइन र? के तैँले तँ को होस् भन्ने बिर्सेको छस्? के यो ठ्याक्कै हैसियत दिइएपछि प्रधान स्वर्गदूतले परमेश्‍वरसँग समान स्तरमा रहन चाहेजस्तै भएन र? यसो गर्ने व्यक्तिले कतिवटा गल्तीहरू गर्‍यो? पहिलो त उसले मण्डलीको सम्पत्तिलाई आफ्नै व्यक्तिगत सम्पत्तिझैँ विनियोजन गर्‍यो; दोस्रो, उसले आफैले मेरो लागि सरसामान किन्‍ने निर्णय गर्‍यो; तेस्रोचाहिँ, उसले आफैले यो निर्णय गरेपछि, यसबारे माथि जानकारी गराएन, न त माथि सोधखोज नै गर्‍यो न त रिपोर्ट नै गर्‍यो। यी सबै आफैमा निकै गम्भीर थिए। त्यो ख्रीष्टविरोधीले त्यहाँ दक्षतापूर्वक कार्य सञ्चालन गरिरहेजस्तो देखिन्थ्यो। उसले आदेश दिएलगत्तै, उसका नोकरहरूले उसका आदेशहरू सुशीलसाथ कार्यान्वयन गरिहाल्थे। तिनीहरूले रोकिएर यस्तो सोध्दैनथे: “हामी यो सामान किन्न धेरै पैसा खर्चिरहेका छौँ—के परमेश्‍वरले यो मगाउनुभएको हो त? यस तरिकाले पैसा खर्च गर्न मिल्छ त? के यसो गर्नु उचित हुन्छ त? खासमा यो कसले मगाएको हो?” ती नोकरहरूले यी कुराहरूसमेत सोध्दैनथे। के तिनीहरूले कुनै जिम्मेवारी लिए त? के तिनीहरूमा कुनै बफादारी थियो त? अहँ, तिनीहरूमा कुनै बफादारी थिएन, र त्यसैले तिनीहरूलाई हटाइनुपर्छ। यो आफ्नै इच्छाहरूअनुसार कुनै सिद्धान्तविना भेटीहरू प्रयोग गर्ने विगतको उदाहरण हो। मेरो अनुमोदनविना परमेश्‍वरका भेटीहरू प्रयोग गरेर परमेश्‍वरको लागि सरसामान किन्नु: यसो गर्नु गम्भीर त्रुटि गर्नु हो।

अर्को एउटा उदाहरण छ, र म चाहन्छु, यी मानिसहरूले के गरे त्यो तिमीहरूले सुन अनि तिमीहरूलाई त्यो रिसउठ्दो लाग्छ लाग्दैन त्यो हेर। मण्डली भेलाहरूमा, म बसिरहेको कुर्सी अत्यन्तै नरम थियो, र त्यसमा बस्दा म निकै तल पुग्थेँ। टेबुल पनि निकै अग्लो भएकोले मैले ढाड सिधा पार्नुपर्थ्यो, र यसरी लामो समय बस्दा मलाई थकान हुन्थ्यो। त्यसैले, मैले तिनीहरूलाई अलि अग्लो र कम नरम सिट भएको कुर्सी किन्नू भनेँ। के यसो गर्नु सजिलो हुनुपर्ने होइन र? (हजुर, हो।) यो वास्तवमा निकै सामान्य मामला हो। सुरुमा, तिनीहरूले त्यो समयमा म बसिरहेको कुर्सीको उचाइ नाप्नुपर्थ्यो, र दुई इन्च बढी उचाइको वा सायद त्योभन्दा अलि अग्लो कुर्सी खोज्नुपर्थ्यो, र त्यसपछि सिट कति नरम छ भनी जाँच्नुपर्थ्यो, र अलि कडा सिट भएको खोज्नुपर्थ्यो। सुरुमा, तिनीहरूले पसलहरूमा खोज्न सक्थे, र यदि तिनीहरूले कुनै मिल्दो देखेनन् भने, तिनीहरूले अनलाइनमा पनि खोज्न सक्थे। के यो सजिलै गर्न सकिने काम होइन र? के यसमा कुनै कठिनाइहरू छन् र? पैसा खर्च गरेर केही किन्नुलाई चुनौती भन्न मिल्दैन, यसअलावा, यदि धेरै मानिसहरूले आफ्ना विचारहरू राखेमा यो काम गर्न सजिलै हुनुपर्छ। त्यसैले, केही समयपछि, म त्यो मण्डलीको अर्को भेलामा गएँ र मैले तिनीहरूलाई गएर नयाँ कुर्सी किन्यौ किनेनौ भनेर सोधेँ। तिनीहरूले भने, “हामीले हेर्‍यौँ, तर कुनै पनि मिल्दो देखेनौँ, र हामीलाई तपाईंले कस्तो कुर्सी चाहनुभएको भनेर पनि थाहा थिएन।” यो सुनेर म झस्किएँ। मैले सोचेँ, “मैले बुझेअनुसार, यहाँ सबैखाले र सबै गुणस्तरका सरसामान बेच्ने धेरै थरीका पसलहरू छन्, त्यसैले एउटा कुर्सी किन्नु त्यस्तो कठिन नहुनुपर्ने हो। मैले धेरै अपेक्षा पनि त गरिरहेको छैन।” तर खरिद इन्चार्जले भन्यो, “यो किन्न सजिलो छैन; तपाईंले चाहनुभएको जस्तो एउटा पनि बिक्रीमा छैन। सायद तपाईंले यहाँ भएको कुर्सीले नै काम चलाउन सक्नुहुन्छ।” मैले मनमनै सोचेँ, “तिमीहरूले किनेनौ भने ठिकै छ, अलिकति पैसा नै बच्छ, अहिलेको लागि म यसैले काम चलाउनेछु।” केही समय बितेपछि, म अर्को ठाउँमा गएँ, जहाँ केही राम्रा कुर्सीहरू थिए जुन बस्नको लागि आरामदायी थिए, र ती पुराना शैलीका र राम्रा गुणस्तरका छन् भनेर एकै नजरमा भन्न सकिन्थ्यो। त्यसैले, मैले एउटा फोटो खिचेँ र तिनीहरूलाई त्यो फोटोलाई गाइडको रूपमा प्रयोग गरेर कुर्सी किन्न आग्रह गरेँ, त्यो यही रङ्गको हुनुपर्छ भनिनँ, र यदि कुनै स्टोरमा पनि त्यो पाइएन भने, अनलाइनमा हेर्नू भनेँ। मैले तिनीहरूलाई किटेरै अफिसका सरसामान बेच्ने ठाउँहरूमा खोज्नू समेत भनेँ। पछि तिनीहरूले यस्तो जवाफ दिए: “हामीले अनलाइनमा गएर खोज्यौँ, तर एउटा पनि थिएन। सबै उत्पादकहरूले भने कि यो पुरानो मोडल हो, र आजकल यस्तो स्टाइलका कुर्सीहरू कसैले बनाउँदैन, त्यसैले हामीले किन्न सकेनौँ।” यो सुनेपछि मलाई अर्को झट्का लाग्यो र मैले सोचेँ, “यी मानिसहरू कामकुरा सम्हाल्नमा साँच्चिकै कमजोर छन्, तिनीहरूमाथि साँच्चै भर पर्न सकिँदैन। तिनीहरूलाई यो सानो काम मात्र त सुम्पिइएको थियो, तर तिनीहरूले दुईपटक मैले चाहेको चिज किन्न सक्दैनौँ भने र मलाई नकारे।” मैले तिनीहरूलाई खोजी जारी राख्न र अरू वेबसाइटहरूमा भेटिन्छ कि भनी हेर्न आग्रह गरेँ। यसैबीच पर्खने क्रममा, मैले मण्डलीको सरसामान राख्ने एउटा कोठामा एउटा कुर्सी फेला पारेँ। गुलाबी फूलहरूको चित्रवाला खोल लगाइएको र फोमको कुसन भएको त्यो कुर्सी पूरै बनिसकेको थिएन। त्यसको पछाडिको भाग, हात राख्ने ठाउँ, त्यसको खुट्टा, र बस्ने ठाउँ अत्यन्तै सिधा थिए। कुर्सीको प्रत्येक भाग सिधा थियो; त्यसका सबैतिर नब्‍बे डिग्री र वर्गाकार छेउहरू थिए। मैले भनेँ, “के यो कुर्सी कसैले आफैले बनाएको हो?” एउटा व्यक्तिले हतारहतार अगाडि आएर जवाफ दियो, “तपाईंलाई एउटा कुर्सी चाहिएको थिएन र? हामीले तपाईंको लागि यो कुर्सी बनायौँ, र हामी तपाईंलाई त्यसबारे बताउन र त्यसमा एकपटक बसिहेर्न आग्रह गर्न लागिरहेका थियौँ।” तिनीहरू अति नै दयालु बनिरहेका थिए, त्यसैले मैले सोचेँ: “म यसमा अवश्यै बसिहेर्नेछु।” म त्यो कुर्सीमा ढ्याक्क बसेँ, र मलाई ढुङ्गामाथि बसेझैँ अत्यन्तै असहज महसुस भयो, किनकि कुसनभित्रको फोम निकै कडा थियो। “ठिकै छ,” मेरो छेउमा उभिरहेको व्यक्तिले भन्यो, “यसलाई अलि नरम बनाउन सकिन्छ। यो अझै बनिसकेको छैन। हामीले यसलाई अझ राम्रो बनाएपछि तपाईंले फेरि बसेर हेर्न सक्नुहुन्छ।” त्यसमा फेरि बसेर हेर्नु? त्यो कुर्सीमा बस्नुभन्दा त काठको सानो पिरामा बस्नु राम्रो हुनेथ्यो; कम्तीमा मलाई ढुङ्गामाथि बसेजस्तो महसुस त हुँदैनथ्यो। मैले भनेँ, “अहँ, यसले हुँदैन। सक्छौ भने खोज्न जारी राख। यदि केही पनि पाउन सकेनौ भने, त्यसलाई बिर्सिदेऊ।” त्यसैले, मैले तिनीहरूलाई खोज्न जारी राख्न लगाएँ। सायद कुर्सी बनाउने मानिसहरूले बुझेनन् होला। तिनीहरूले सोचेका होलान्, “हामीले तपाईंप्रति धेरै दयालु व्यवहार देखाउँदै, सामग्री, स्टाइल, र साइज छानेर तपाईंको लागि छुट्टै कुर्सी बनाएका छौँ। तपाईं किन यो दयालु व्यवहारको कदर गर्नुहुन्न? अनि यतिमात्र नभएर, तपाईं आफूलाई ढुङ्गामाथि बसेजस्तो लागेको र यो कडा भएको भनेरसमेत भन्नुहुन्छ। तपाईं किन यति रोजीछानी गर्नुहुन्छ? हामीले तपाईंको लागि जे बनाउँछौँ तपाईंले त्यो प्रयोग गर्नुहोस्, त्यसपछि त कुरै सकियो त। तर तपाईं अझै पनि एउटा कुर्सी किन्न चाहँदै हुनुहुन्छ। हामीले तपाईंलाई तपाईंले चाहनुभएको स्टाइलको कुर्सी कतै पनि भेटिँदैन भनेर केही पटक भनिसक्यौँ, तर तपाईं जिद्‌ कसेर हामीलाई त्यस्तै कुर्सी नै किन्न लगाउनुहुन्छ। त्यसलाई पैसा लाग्दैन र? अलिकति पैसा बचाउँदा हुँदैन र? आफै कुर्सी बनाउँदा एकदमै कम मात्र खर्च हुन्छ; कच्चा पदार्थहरू खासै महङ्गो हुँदैनन्। हामीले जे चिज आफै बनाउन सक्छौँ, त्यो किन्नुको साटो हामीले आफै बनाउनुपर्छ। तपाईंलाई पैसा बचाउनुको महत्त्व कस्तो थाहा नभएको?” तिमीहरू नै भन त, के मैले त्यो कुर्सी प्रयोग गर्नु राम्रो हुन्थ्यो कि हुन्‍नथ्यो? (तपाईंले त्यो प्रयोग नगर्नु नै राम्रो हुन्थ्यो।) तिनीहरूले आफूले बनाएको कुर्सी मैले प्रयोग गर्दिनँ भन्ने बुझेपछि, त्यसलाई एक ठाउँमा थन्काए, र तिनीहरूमध्येबाट पनि कसैले त्यसलाई प्रयोग गरेन। भन त, यदि मैले त्यसलाई प्रयोग गरिनँ भने, के मैले मानिसहरूको मन दुखाइरहेको थिएँ त? (अहँ, हुनुहुन्थेन।) यतिका वर्षसम्म म त्यति कडा कुसन भएको कुर्सीमा कहिल्यै बसेको छैन—यो त निकै नै अनौठो अनुभव थियो। यी मानिसहरूले मलाई देखाएको ठूलो “दयालु व्यवहार” त्यही थियो। केही समयपछि, केही अनपेक्षित परिस्थितिवश, मेरो लागि वास्तवमै एउटा कुर्सी किनियो, त्यसैले मानिसहरूले आखिरमा मलाई केही “दयालु व्यवहार” देखाइछाडे। मैले तिनीहरूलाई मेरो लागि केही किन्न लगाएको त्यो नै पहिलोपटक थियो, र तिनीहरूले यो कुरा सिधै मबाट सुने, साथै तिनीहरूले जुन तरिकाले यो काम गरे, त्यो एकदमै घिनलाग्दो थियो। मलाई त्यो एउटा कुर्सी खरिद गर्न अत्यन्तै गाह्रो र कष्टकर थियो, सबथोक तिनीहरूमार्फत जानुपर्थ्यो र तिनीहरूसँग छलफल गरिनुपर्थ्यो, र त्यसको साथै म तिनीहरूको मुडबारे पनि सावधान हुनुपर्थ्यो। यदि तिनीहरू राम्रो मुडमा थिए भने तिनीहरूले मलाई किनिदिन सक्थे, र राम्रो मुडमा थिएनन् भने, तिनीहरूले नकिनिदिन सक्थे, र त्यसपछि त मैले प्रयोग गर्न पनि पाउँदिनथेँ। “ए तपाईं आरामदायी कुर्सी पो प्रयोग गर्न चाहनुहुन्छ, हामीले त प्रयोग गर्न पाएका छैनौँ, सपना देख्दै गर्नुस्। सिकर्मीले बनाएको यही प्रयोग गर्नुस्। हामीले आरामदायी कुर्सीहरू प्रयोग गर्न पाएपछि तपाईंले नि प्रयोग गर्न सक्नुहुन्छ।” के ती मानिसहरू ठ्याक्कै यस्तै चिज होइनन् र? ती कस्ता मानिसहरू हुन्? के ती निकृष्ट चरित्रका मानिसहरू होइनन् र? मैले त तिनीहरूलाई केही भेटी खर्च गरेर केही चिज किन्नु मात्र भनिरहेको थिएँ, तिनीहरूले आफ्ना हात र आँखा अलिकति चलाए पुग्थ्यो, तर त्यो काम गर्न तिनीहरूलाई त्यति गाह्रो र त्यति समस्या भयो। तिनीहरूलाई आफ्नै पैसा खर्च गर्न लगाइएको भए त झन् के हुन्थ्यो होला? सुरुमा, मैले कसको पैसा खर्च गर्ने भनेर भनिनँ—के तिनीहरूले मैले तिनीहरूको आफ्नै पैसा खर्च गराउन खोजेको सोचेर अन्त्यमा अति डर मान्दै खरिद गर्नै अस्वीकार गरेको हो त? के त्यो एउटा कारण हुन सक्छ? तँलाई केही चिज किन्‍न लगाउँदा म तँलाई कसरी तेरो आफ्नै पैसा खर्च गराउन सक्छु? यदि मण्डलीको कोषमा पैसा छ भने, खरिद गर्, यदि छैन भने, नगर्। मैले कुनै पनि हालतमा तँलाई तेरो आफ्नो पैसा खर्च गराउने कुरा हुँदैन। त्यसोभए, तिनीहरूलाई यो सानो काम गर्न पनि किन यति धेरै मेहनत लागेको हो? यी मानिसहरूमा त कुनै मानवता नै छैन! जब तिनीहरू कुनै काम फत्ते गराउन खोजिरहेका हुँदैनन्, साथै जब म तिनीहरूसँग कुराकानी गरिरहेको हुँदिनँ, त्यसबेला तिनीहरू दयालु र समझदार छन् जस्ता देखिन्छन्, तर तिनीहरूले कुनै काम गर्न थालेपछि, त्यो दया र समझ देखिँदैन। ती मानिसहरू अलमल्ल छन्! म तिनीहरूसित कसरी मिलेर रहन सक्छु र?

भेटीको विषय समेट्ने यहाँ अर्को उदाहरण छ। एउटा सानो किचन भएको ठाउँ छ, जहाँ पकाउने भाँडाकुँडा र थालबटुको सबै साझा रूपमा प्रयोग गरिन्छ, र कहिलेकाहीँ, जाडो याममा, त्यहाँका मानिसहरूलाई फ्लु लागिछाड्छ। मैले तिनीहरूलाई एउटा निसङ्क्रमण मेसिन वा ओजोन डिसइन्फेक्टर किनेर पकाउने भाँडाकुँडा र सबै साझा थालबटुकाहरू किटाणुरहित बनाउनू भनेँ। त्यसो गर्नु सुरक्षित र स्वच्छ हुन्थ्यो। के यो ठूलो माग थियो र? (अहँ, हुनुहुन्थेन।) मैले कसैलाई यो काम सुम्पेँ, र छोटो समयमै, एउटा ओजोन डिसइन्फेक्टर किनियो भन्ने सुनेँ। मेरा चिन्ता हटे, र त्यसपछि मैले त्यो मामलाबारे थप सोधपुछ गरिनँ। तर पछि थाहा पाउँदा, त्यसमा गल्ती भइसकेको रहेछ। त्यो व्यक्तिले किनेको मेसिन ओजोन डिसइन्फेक्टर नभएर एयर ड्रायर रहेछ। त्यो छली शैलीमा खरिद गरिएको थियो, र त्यो असाध्यै कमसल स्तरको थियो, र त्यसमा निसङ्क्रमण उपयोगिता बिलकुलै थिएन। के त्यो काम गर्ने व्यक्तिलाई त्यो कुरा थाहा थिएन र? (उसलाई थाहा हुनुपर्ने हो।) तर सायद त्यो दुर्जनलाई थाहै थिएन। त्यस्तो किन नि? मैले जुन व्यक्तिलाई त्यो काम सुम्पेको थिएँ, ऊ आफैले त्यो काम नगरेर एउटा दलाल खोजेर त्यो काम गराएको थियो, त्यसैले उसले ठ्याक्कै के सामान किनियो, वा त्यो राम्रो थियो कि कमसल थियो भनेर कहिल्यै थाहा पाएन। त्यो काम जसरी गरियो त्यसबारे तँ के सोच्छस्? के त्यो सद्‌विवेकले गरिएको थियो, कि थिएन? के त्यो व्यक्तिमा कुनै विश्‍वसनीयता थियो? के ऊ भर पर्न योग्य थियो? (अहँ, हुनुहुन्थेन।) त्यो कस्तो व्यक्ति थियो? के त्यो निष्ठा र मानवता भएको व्यक्ति थियो? (थिएन।) त्यो त गोलमाले, पूरै दुर्जन व्यक्ति थियो। अनि, त्यो कुरा त्यतिमै पनि टुङ्गिएन। त्यसलगत्तै, त्यो कामको जिम्मेवारी लिने व्यक्तिले मनन गर्न थाल्यो: “ओजोन डिसइन्फेक्टर प्रयोग गरेर सरसामान निर्मलीकरण गर्नु निकै प्रभावकारी हुने रहेछ। हाम्रा डाइनिङ् हलहरू धेरै मानिसहरूले प्रयोग गर्ने भएकाले सायद हामीले त्यहाँ पनि ओजोन डिसइन्फेक्टर किन्नुपर्छ। तपाईंले एउटा किन्नु भयो, हामी पनि केही किन्नेछौँ। तपाईंले सानो किचनको लागि सानो डिसइन्फेक्टर किन्नुभयो, हामी हाम्रा ठूला डाइनिङ् हलहरूका लागि ठूला डिसइन्फेक्टरहरू किन्नेछौँ।” उसले त्यस्तो विचार गरिसकेपछि त्यसबारे अरू धेरै दुर्जनहरूसँग छलफल गर्‍यो, र त्यसपछि त्यो किन्‍ने निर्णय गरियो। ती ओजोन डिसइन्फेक्टरहरू किनिएपछि, दाजुभाइ-दिदीबहिनीहरूले भने कि सबैले आआफ्नै थालबटुका प्रयोग गर्ने र कुनै पनि भाँडाकुँडा साझा रूपमा प्रयोग नगर्ने गरेकाले, तिनलाई निर्मलीकरण गर्नु जरुरी छैन, र निर्मलीकरण गर्नु वाहियात हुन्छ। अनि अन्त्यमा, ती मेसिनहरू त्यतिकै थन्काइए, र अहिले पनि केही त भँडार कोठामा प्याकेजसमेत नखोली जस्ताको तस्तै राखिएका छन्। त्यो मामला त्यसरी सम्हालिनु तिमीहरूलाई कस्तो लाग्छ? के त्यो विवेकशील तरिकाले गरिएको हो? के त्यो प्रशस्त समय भएको र काम नभएको व्यक्तिले जथाभावी रूपमा पैसा खर्च गरेको होइन र? कतिपय मानिसहरूले यी खरिदहरूको आदेश माथिबाटै आएको भन्ठाने, र यस्तोसमेत भने, “रिसाउनु हुँदैन! हामीले यो परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ। परमेश्‍वरले मानिसहरूलाई यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँले हामीलाई कामै नलाग्ने चिजहरू पनि किनिदिनुहुन्छ। उहाँ हामीमाथि ठूलो खर्च गर्न इच्छुक हुनुहुन्छ। परमेश्‍वर हामीलाई अत्यन्तै राम्रो व्यवहार गर्नुहुन्छ!” तर अब तिनीहरूले ती खरिदहरू केही दुर्जनहरूको गोप्य कार्यहरूका परिणाम हुन् भनेर थाहा पाएका छन्। तिनीहरूले भेटीहरू यसरी दुरुपयोग गरे, कसैले पनि जिम्मेवारी लिएन, कसैले पनि ती कुरा हेरेन, र कसैले पनि ती खरिदहरू उचित थिए थिएनन् भनेर जाँच्‍ने वा खरिदपछि तिनको रिपोर्ट गर्ने काम गरेन। त्यो व्यक्तिले के आधारमा ती सामानहरू किनेको थियो? मैले उसलाई किचनको लागि एउटा निसङ्क्रमण मेसिन किन्न लगाएको आधारमा। के मैले उसलाई सारा डाइनिङ् हलहरूको लागि किन्नु भनेको थिएँ र? मैले उसलाई कहिल्यै त्यस्तो कामको आज्ञा दिइनँ। त्यसोभए, उसले सारा डाइनिङ् हलहरूको लागि किन्नुमा उसको मनसाय के थियो? के त्यो उसले भेटीहरूलाई आफ्नो व्यक्तिगत सम्पत्ति ठानेको, र जसरी मन लाग्यो त्यसरी विनियोजन गरेको होइन र? के ऊसँग ती भेटी विनियोजन गर्ने अख्तियार थियो? (थिएन।) ती मेसिनहरू किन्नुअघि, उसले मलाई “हामीले सानो किचनको लागि एउटा किनेकाले, ठूला डाइनिङ् हलहरूको लागि पनि किन्नुपर्छ कि?” भनेर कहिल्यै सोधेन। अनि उसले खरिद गरेपछि कतिवटा ओजोन डिसइन्फेक्टर किनियो, र तिनको कूल मूल्य कति पर्‍यो भनेर पनि रिपोर्ट गरेन, न त उसले दाजुभाइ-दिदीबहिनीहरूलाई ती काम नलागेको तथ्य नै रिपोर्ट गर्‍यो। त्यो मामला सम्हालिएको घिनलाग्दो तरिका त्यही थियो। अनि त्यो गोलमाले व्यक्तिले काटछाँट गर्दासमेत अझै प्रतिरोध गरिरहेको थियो। त्यस्तो व्यक्तिलाई कस्तो व्यवहार गर्नुपर्छ? (मण्डलीबाट निष्कासन गरिनुपर्छ।) त्यो घटनाको प्रकृतिको आधारमा भन्नुपर्दा, उसलाई मण्डलीबाट निष्कासन गर्नु अतिशयोक्ति हुँदैन, किनभने यो भेटीहरूसम्बन्धी मामला हो, र भेटीहरू चलाउँदा त्यसले प्रशासनिक आदेशहरू उल्लङ्घन गर्‍यो। त्यो लापरवाहीपूर्वक गरिएको काम थियो! के त्यो पैसा उसले आफ्नै ठानेको हो? के ऊसँग त्यसलाई प्रयोग गर्ने र जथाभावी चलाउने अख्तियार थियो? मैले मानिसहरूलाई जे चिज खरिद गर्न आज्ञा दिएको थिएँ त्यसमा तिनीहरूले अनेक कठिनाइहरू सिर्जना गरे, र त्यो काम फत्ते गर्नु तिनीहरूको लागि ठूलो सङ्घर्ष थियो, र त्यसअलावा मैले तिनीहरूसित सबथोकबारे छलफल पनि गर्नुपरेको थियो। तर मैले मानिसहरूलाई जे गर्न वा जे चिज किन्न आज्ञा दिएको थिइनँ, ती चिजहरू तिनीहरूले नहिचकिचाई किने, साथमा तिनीहरूले ती सामग्रीहरू उपयोगी हुनेछन् कि छैनन् भनेर योजना बनाउने वा अधिकांश मानिसहरूको परामर्श लिने काम कहिल्यै गरेनन्—तिनीहरूले बस आफूखुसी पैसा खेर फाले। केही समयअघि, केही विशेष परिस्थितिहरू थिए जसले गर्दा पर्याप्त खान नपाइने डरले कतिपय मानिसहरूलाई छ महिनादेखि एक वर्षसम्म पुग्ने खाद्यान्न किन्न लगाइयो। उक्त मामलाबारे तिनीहरूलाई यसरी संक्षिप्त र सरल तरिकाले बुझाइयो, र तिनीहरूले तीन दिनमै खरिद कार्यहरू सकाएको भनी एक हप्ताभित्रै रिपोर्ट गरे, र तिनीहरूले अर्गानिक उत्पादनहरू र अर्गानिक भनेर प्रमाणित हुने क्रममा रहेका उत्पादनहरू किनेका थिए। तिनीहरूको काम कस्तो थियो? के तिनीहरूले उत्कृष्ट काम गरेका थिएनन् र? मैले अरू केही भन्नुपर्ने आवश्यकता नै थिएन, उक्त मामला पार लगाइसकिएको थियो। तिनीहरूले आफ्ना लागि तत्परतासाथ यो काम सम्हाले, र विशेष दक्षता, तीव्रता, बौद्धिकता, र विचारशीलता देखाए। तिनीहरूले आफूलाई चाहिने खाद्यान्न मात्र नभई दैनिक आवश्यकताका कुराहरू पनि किनेका थिए। ती दैनिक आवश्यकताका कुराहरूमा तिनीहरूलाई आवश्यक पर्ने सबथोक थिए, तिनीहरूले तैँले कल्पना गर्न सक्ने सबथोक, र मिठाई, तरबूजाको बीउ, र अन्य खाजाहरूसमेत किन्न सकेका थिए। मलाई मनमनै यी मानिसहरूले साँच्चिकै जिउन जानेका छन् भन्ने लाग्यो; तिनीहरूले पैसा कसरी खर्च गर्ने भनेर जानेका थिए, र पैसा खर्च गर्न आँट पनि गर्थे। तिनीहरू सक्षम थिए, तिनीहरूको अस्तित्वजीवी कला निकै बलियो थियो, जङ्गली जनावरहरूको भन्दा बलियो, र तिनीहरूको गति निकै तीव्र थियो, मैले अपेक्षा गरेभन्दा तीव्र। जीवन अस्तित्वमा रहनको निम्ति, तिनीहरूले पहाड र समुद्र नै बोक्न सक्थे—तिनीहरूले गर्न नसक्ने केही थिएन। यो घटनाबाट मैले देखेँ कि यी मानिसहरू पूर्णतया दिमागहीन वा कार्यहरू सम्पन्न गर्न पूर्ण असक्षम होइनन्, बरु मुख्यगरी त्यो कुरा तिनीहरूले ती कार्यहरू कसको लागि गरिरहेका छन् भन्नेमा भर पर्ने रहेछ। यदि तिनीहरू आफ्नै लागि काम गरिरहेका हुन्थे भने, तिनीहरू निकै सक्रिय, चलाख, कार्यमा तीब्र, र दक्ष देखिन्थे—तिनीहरूलाई अह्राउनु पर्दैनथ्यो, र मैले तिनीहरूबारे चिन्ता लिनु पर्दैनथ्यो। तर जब तिनीहरू परमेश्‍वरको घरमा कर्तव्य पूरा गरिरहेका हुन्थे, तिनीहरूलाई जुनसुकै काम सम्हाल्न गाह्रो लाग्थ्यो, तिनीहरूले कहिल्यै सिद्धान्तहरू भेट्टाउन सक्दैनथे र काम सधैँ लथालिङ्ग पार्थे। यसको एउटा कारण थियो, र तिनीहरूले आफ्नो लागि काम गर्नु र परमेश्‍वरको घरको लागि काम गर्नुबीच ठूलो भिन्नता थियो। अहिलेको लागि, यी मानिसहरूमा कस्तो स्वभाव वा सार थियो भन्नेबारे कुरा नगरौँ। काम सम्हाल्नेबारेमा ती मानिसहरूले बोकेका ती दुई पूर्ण फरक मनोवृत्तिहरूले तिनीहरूमा साँच्चिकै निकृष्ट चरित्र थियो भन्ने प्रकाश गर्थ्यो। अनि, तिनीहरूको चरित्र कति निकृष्ट थियो त? म तिमीहरूलाई परिभाषा बताउँछु, ती मानिसहरू मानव थिएनन्, तिनीहरू पशुको हूल थिए! के यो परिभाषा तिनीहरूलाई सुहाउँछ? (हजुर, सुहाउँछ।) यी शब्दहरू स्विकार्न कठिन होला, र यी सुन्दा निराश लाग्‍ला, तर ती मानिसहरूले कामकुराहरू ठ्याक्कै यही तरिकाले सम्हाले, र तिनीहरू यस्तै चिज हुन्। मैले भनेको कुरा तथ्यहरूमा आधारित छ र यो आधारहीन बदनामी होइन। जब परमेश्‍वरको घरले केही मानिसहरूलाई प्रयोग गरिरहेको हुन्छ, तिनीहरूको कम उमेर, अलि कमजोर क्षमता, साथै जग र कदको कमीलाई ध्यानमा राख्दै, यसले निरन्तर तिनीहरूलाई मद्दत गर्नेछ, र तिनीहरूसित सत्यता र सिद्धान्तहरू सङ्गति गर्नेछ। तर अन्त्यमा, कमजोर चरित्र कमजोर चरित्र नै हुन्छ, पशु पशु नै हुन्छ, र ती मानिसहरू कहिल्यै बदलिनेछैनन्। तिनीहरूले सत्यता अभ्यास नगर्ने मात्र नभई तिनीहरू झन्झन् खराब बन्नेछन्, औँलो दिँदा डुँडुलो निल्नेछन्, र तिनीहरूमा सामान्य मानवतामा हुनुपर्ने सानो लाजको भावनासमेत हुनेछैन। तिनीहरूले परमेश्‍वरको घरको लागि केही चिज किन्दा वा कुनै काम गर्दा, कसरी यी चिजहरू सस्तोमा किनेर पैसा बचत गर्ने र कसरी व्यावहारिक चिज पनि पाउने भन्नेबारे कहिल्यै सल्लाह माग्दैनन्। तिनीहरूले कहिल्यै यसो गर्दैनन्। तिनीहरूले अन्धाधुन्ध पैसा खर्च गर्छन्, जथाभावी सरसामान किन्छन्, र बस बेकारका केही उत्पादनहरू मात्र खरिद गर्छन्। तर जब व्यक्तिगत रूपमा मेरो लागि कुनै काम सम्पन्न गर्ने वा केही चिज किन्ने समय आउँछ, तिनीहरूले त्यसलाई गम्भीर रूपमा लिन थाल्छन् र खर्च कटौती गर्ने अनि कम खर्च गरेर धेरै काम फत्ते गर्नेबारे सोच्छन्। तिनीहरू यस तरिकाले काम गर्नु सिद्धान्तहरू पालना गर्नु र सत्यता अभ्यास गर्नु हो भन्ठान्छन्। के यी मानिसहरूमा अलिकति पनि समझ छ त? यो पैसा कसको हो, र यो कसको लागि खर्च गरिनुपर्छ—यी कुराहरूसमेत तिनीहरूलाई स्पष्ट छैन। के यो कुनै दुर्जनले झैँ कामकुरा सम्हाल्नु होइन र? के तिमीहरूका वरपर यस्ता मानिसहरू छन्? मण्डलीको लागि मूल्यवान् र महङ्गा सरसामान खरिद गर्दा वित्तीय कर्मचारी वा आफूसँगै सहकार्य गर्ने दाजुभाइ-दिदीबहिनीहरूसित छलफल नगर्ने, आफूलाई इच्छा लाग्दा भेटीहरू दुरुपयोग गरिहाल्ने, आफ्नै पैसा खर्च गर्दाचाहिँ पैसा बचत गर्न र खर्चहरू कम गर्न जरूरी छ भनी थाहा हुने, तर परमेश्‍वरका भेटीहरू खर्च गर्दा स्वेच्छाचारीपूर्वक पैसा उडाउनेहरू—यस्ता मानिसहरू अत्यन्तै तिरस्कारयोग्य हुन्छन्! तिनीहरू अत्यन्तै घिनलाग्दा हुन्छन्! होइन र? (हो।) यस्ता कुराबारे सोच्नेबित्तिकै मलाई घृणा लाग्छ। ती पशुहरू गार्ड कुकुरहरूभन्दा पनि तल्लो स्तरका हुन्छन्। के तिनीहरू परमेश्‍वरको घरमा जिउन योग्य हुन्छन् र?

एउटा अगुवा थियो जसले दाजुभाइ-दिदीबहिनीहरूले विभिन्न ठाउँहरूमा परमेश्‍वरलाई चढाएका मूल्यवान् वस्तु, साधारण लत्ताकपडा, खाने स्वास्थ्य सामग्री र अन्य कुराहरू उसको आफ्नै “सुरक्षामा” राख्थ्यो। अनि, ब्रान्डेड झोलाहरू ऊ आफै बोक्थ्यो, छालाको जुत्ता आफ्नै खुट्टामा, औँठी आफ्नै औँलामा, हारहरु आफ्नै घाँटीमा, र अन्य कुराहरू आफै लगाउँथ्यो—उसले प्रयोग गर्न सक्ने कुनै पनि वस्तु, कसैको सहमति नलिई आफ्नो कब्जामा लिन्थ्यो र प्रयोग गर्थ्यो। एकदिन, माथिका ब्रदरले उसलाई दाजुभाइ-दिदीबहिनीहरूले विभिन्न ठाउँहरूमा परमेश्‍वरलाई चढाएका सबै वस्तुहरू किन हस्तान्तरण नगरेको भनेर सोध्यो। उसले जवाफ दियो: “दाजुभाइ-दिदीबहिनीहरूले भने कि यी कुराहरू मण्डलीलाई दिइएको हो, तिनीहरूले परमेश्‍वरलाई चढाइएको हो भनेनन्।” उसले ती कुराहरू मण्डलीलाई नै दिइएको हो भनी विशेष जोड पनि दियो, र उसको अव्यक्त आशय यो थियो कि, ऊ आफै मण्डलीको पूर्णाधिकार प्राप्त प्रतिनिधि भएकोले, परमेश्‍वरले यी वस्तुहरू प्राप्त गर्ने आशा त्याग्दा नै बेस हुन्छ, साथै ती वस्तुहरू परमेश्‍वरको लागि नभई मण्डलीको उपयोगको लागि हो। यसलाई अझ ठोस रूपमा भन्नुपर्दा, उसको आशय यस्तो थियो: “यी वस्तुहरू मेरो प्रयोजनको लागि हो, परमेश्‍वरले प्रयोग गर्नको लागि चढाइएको होइन। तिमीले के मागिरहेका छौ? के तिमी यो माग्न योग्य छौ?” यो सुन्दा के तिमीहरूलाई रिस उठ्दैन? (उठ्छ।) यो सुन्दा जो कसैलाई रिस उठ्छ। ल भन त, दाजुभाइ-दिदीबहिनीहरूले मण्डलीलाई दिने वस्तुहरू मण्डलीका अगुवाहरूलाई दिइएका हुन् भनेर विश्‍वास गर्ने कोही छ? मण्डलीलाई वस्तुहरू चढाउँदा, ती चढाइएका वस्तुहरू फलानो-फलानो मण्डली अगुवालाई दिइएको हो भनेर भन्ने कोही छ? के कसैसँग यस्तो अभिप्राय छ? (छैन।) यदि वस्तुहरू चढाउँदा तिनीहरूले “कृपया यो फलानो-फलानोलाई दिनुहोस्” भनेर लेख्छन् भने—तब मात्र त्यो वस्तु उक्त अगुवाको निजी स्वामित्वमा जान्छ। नत्र, चढाइएका सबै वस्तुहरू, चाहे त्यो पैसा होस् वा वस्तु, ती सबै दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरलाई दिएका हुन्। परमेश्‍वरलाई चढाइएका वस्तुहरूलाई सामूहिक रूपमा भेटी भनिन्छ। ती कुराहरूलाई भेटीको रूपमा तोकिसकिएपछि, ती परमेश्‍वरको प्रयोजनको लागि हुन्। अनि, जब ती परमेश्‍वरको प्रयोजनको लागि हुन्छन्, तब परमेश्‍वरले तिनलाई कसरी प्रयोग गर्नुहुन्छ? परमेश्‍वरले ती कुराहरू कसरी वितरण गर्नुहुन्छ? (उहाँले मण्डलीको काममा प्रयोग गर्न भनी मण्डलीलाई दिनुहुन्छ।) ठिक भनिस्। तिनलाई मण्डलीको काममा प्रयोग गर्ने सिद्धान्त र निर्दिष्ट विवरणहरू छन्, जसमा मण्डलीमा पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नेहरूको जिउने खर्च र मण्डलीको कामका विभिन्न खर्चहरू पर्छन्। परमेश्‍वरको देहधारणको अवधिमा, यो प्रयोजनमा यी दुई विषयहरू पर्छन्: ख्रीष्टका दैनिक खर्चहरू, र मण्डलीको कामका सबै लागतहरू। अब, यी दुई बुँदाहरूमा, भेटीहरूलाई व्यक्तिगत तलब, इनाम, खर्च, र पारिश्रमिकमा रूपान्तरण गर्न सकिन्छ भन्ने कुनै बुँदा छ? (अहँ, छैन।) भेटीहरू कुनै एक व्यक्तिका हुँदैनन्। भेटीहरूको प्रयोग र बाँडफाँड परमेश्‍वरको घरद्वारा नै बन्दोबस्त गरिनुपर्छ, र ती मुख्य रूपमा मण्डलीको काममा प्रयोग गरिनुपर्छ: जो मण्डली अगुवा हो उसलाई भेटीहरू कब्जा वा प्रयोग गर्ने अख्तियार हुनेछ भन्‍ने कुरा यहाँ समावेश गरिएको छैन। त्यसकारण, तिनलाई ठ्याक्कै कसरी प्रयोग गरिनुपर्छ? यी भेटीहरू मण्डलीको सम्पत्ति प्रयोगमा लागू हुने सिद्धान्तहरूअनुसार नै बाँडफाँड गरिनुपर्छ। यस दृष्टिकोणबाट हेर्दा, ख्रीष्टविरोधीहरूले भेटीहरूलाई सधैँ आफ्नो स्वामित्वमा राख्न र प्रयोग गर्नमा प्राथमिकता दिन चाहनेकुरा लाजमर्दो छैन र? ख्रीष्टविरोधीहरू सधैँ दाजुभाइ-दिदीबहिनीहरूले चढाएका पैसा र वस्तुहरू उसैका हुन्छन् जो अगुवाइको पदमा छ भन्ने सोच्छन्। के यो लाजमर्दो सोचाइ होइन र? (हजुर, हो।) यो अत्यन्तै लाजमर्दो कुरा हो! ख्रीष्टविरोधीहरू आफ्नो स्वभावमा दुष्ट र क्रूर हुने मात्र होइनन्, तिनीहरूको चरित्र एकरत्ती पनि लाजको भावना नभएको नीच र निकृष्टसमेत हुन्छ।

यी विषयहरूबारे सङ्गति गरेर अनि यी मामलाहरूबारे कुरा गरेर, मानिसहरूले बुझ्नुपर्ने र अभ्यास गर्नुपर्ने सत्यताहरू स्पष्ट हुनेछन्। तर यदि हामीले यी कुराहरुमा सङ्गति गरेनौँ भने, कतिपय सत्यताहरूबारे मानिसहरूको बुझाइ शाब्दिक र धर्मसिद्धान्तको स्तरमै सीमित र अलि खोक्रो हुनेछ। यदि हामीले सत्यताबारेको हाम्रो सङ्गतिमा केही वास्तविक मामलाहरू समाविष्ट गर्‍यौँ भने, मानिसहरूलाई स्पष्ट रूपमा कुराहरू बुझ्न धेरै सजिलो हुनेछ, र सत्यताबारे तिनीहरूको बुझाइ अझ ठोस र व्यावहारिक हुनेछ। त्यसकारण, यी कुराहरू सङ्गति गर्नुको उद्देश्य कुनै पनि हिसाबले कसैलाई बदनाम गर्ने वा कठिनाइमा पार्ने होइन। यी वास्तवमै घटित भएका कुराहरू हुन्, र यी कुराहरू हामीले सङ्गति गरिरहेका विषयवस्तुसँग जोडिएका छन्। त्यसैले, केही मानिसहरू जीवित शिक्षण सामग्री बनेका छन्, र हामीले सङ्गति र चिरफार गरिरहेका ठेट उदाहरणहरूका व्यक्तित्व र पात्रहरू भएका छन्। यो एकदमै सामान्य कुरा हो। सत्यताको परिभाषाअनुसार, यो मानव जीवनको क्रममा प्रकट हुने वचन, विचार, दृष्टिकोण, कार्य र स्वभावहरूसँग जोडिएको हुन्छ। यदि हामीले सत्यताको शाब्दिक अर्थलाई वास्तविक जीवनबाट अलग राखेर त्यसको मात्र सङ्गति र व्याख्या गर्ने हो भने, मानिसहरूले सत्यताको वास्तविक बुझाइ कहिले प्राप्त गर्न सक्नेछन् र? यस तरिकाले काम गर्दा मानिसहरूलाई सत्यता बुझ्न एकदमै गाह्रो हुनेछ, र मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न कठिन हुनेछ। सङ्गति र चिरफारको लागि केही ठेट उदाहरणहरू बाहिर ल्याउँदा मानिसहरूलाई सत्यता बुझ्न, र तिनीहरूले अभ्यास गर्नुपर्ने सिद्धान्तहरू, परमेश्‍वरका अभिप्रायहरू र तिनीहरूले अनुसरण गर्ने तरिकाहरू बुझ्न अझ अनुकूल हुनेछ। यस कारणले गर्दा, कुरा जे भए पनि, यो विधि मानिसहरूको लागि उपयुक्त र लाभदायक दुवै छ। यदि यी मामलाहरूले सत्यता छुँदैनथे, वा हामीले चिरफार गरिरहेका ख्रीष्टविरोधीहरूको स्वभाव समावेश गर्दैनथे भने, म यीबारे कुरा गर्न अनिच्छुक हुनेथेँ। तर यस्ता कामकुराहरू गरेका मानिसहरूका स्वभाव र सारहरूले हामीले सङ्गति गरिरहेका विषयवस्तु छुन्छन्, र त्यसैले आवश्यक पर्दा हामीले यी कुराहरूबारे सङ्गति गर्नैपर्छ। यस विषयमा सङ्गति गर्नुको उद्देश्य मानिसहरूलाई दबाउनु वा कठिनाइमा पार्नु होइन, न त तिनीहरूलाई सार्वजनिक अपमानमा पार्नु नै हो; बरु, यो त मानवजातिको स्वभाव र सार चिरफार गर्नको लागि हो, र अझ महत्त्वपूर्ण कुरा, मानवजातिभित्रका ख्रीष्टविरोधीहरूको स्वभाव चिरफार गर्नको लागि हो। हाम्रो सङ्गतिले यी विषयहरू समेट्दा, यदि तिमीहरूको दिमागमा फलानो-फलानो व्यक्तिले यस्तोउस्तो काम गर्‍यो भन्ने कुरा मात्र आउँछ, तर तिमीहरूले यो कसरी सत्यता र मानिसहरूको भ्रष्ट स्वभावहरूसँग सम्बन्धित छ भन्नेबारे सोच्न सकेनौ भने, के यसले तिमीहरूले सत्यता बुझेका छौ भनेर प्रमाणित गर्छ र? (गर्दैन।) यदि तिमीहरू केवल एउटा कुरा, वा एक विशेष व्यक्ति मात्र सम्झन्छौ, र तिमीहरूमा त्यस व्यक्तिप्रति पक्षपात, राय र पूर्वाग्रहहरू उब्जिन्छन् भने, के तिमीहरू सत्यताको बुझाइमा पुगेका छौ भन्न मिल्छ? यो सत्यता बुझ्नु होइन। त्यसोभए, कस्ता परिस्थितिहरूमा तिमीहरू सत्यताको बुझाइमा पुगेका छौ भनेर मान्न सकिन्छ? हामीले ख्रीष्टविरोधीहरूको सारका विभिन्न प्रकटीकरणहरूबारे सङ्गति र चिरफार गर्दा, म लगभग हरेकपटक नै ठेट उदाहरणहरूको रूपमा केही कथाहरू उल्लेख गर्छु, र तिमीहरूसँग यी कथाहरूमा त्रुटिहरू कहाँ छन् र मानिसहरूले पछ्याउनुपर्ने मार्ग के हो भन्नेबारे सङ्गति गर्छु। यदि तिमीहरूले यसप्रकारको सङ्गति गरेपछि पनि बुझ्दैनौ भने, यसको मतलब तिमीहरूको बुझाइमा समस्या छ, तिमीहरूको क्षमता धेरै कमजोर छ र तिमीहरूमा आत्मिक बुझाइको कमी छ। त्यसोभए, कस्ता अवस्थाहरूमा तिमीहरूमा बुझ्ने क्षमता र आत्मिक बुझाइ रहेको र तिमीहरूले हामीले सङ्गति गरेका उदाहरणहरूका सत्यता बुझेको मान्न सकिन्छ? सर्वप्रथम त, तिमीहरू हामीले सङ्गति गरिरहेका उदाहरणहरूसँग आफूलाई तुलना गर्न र आफूलाई चिन्न सक्षम हुनुपर्छ, र आफूसँग पनि यस्तो स्वभाव छ छैन भनेर हेर्न, आफूसँग हैसियत र अख्तियार भएको भए त्यस्ता कामकुराहरू गर्न सक्षम हुन्थ्यौ हुँदैनथ्यौ, र आफूसँग पनि त्यस्ता सोच र रायहरू छन् छैनन्, वा आफूले यसप्रकारको स्वभाव प्रकट गर्छौ गर्दैनौ भनेर हेर्न सक्षम हुनुपर्छ। यो एउटा पक्ष हो। यसअलावा, हामीले सङ्गति गरिरहेका उदाहरणहरूमा, तिमीहरूले आफूले बुझ्नुपर्ने र पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरूलाई सकारात्मक तरिकाले खोज्‍नुपर्छ। यसको मतलब तिमीहरूले अभ्यास गर्नुपर्ने मार्ग पत्ता लगाउनु, र यी परिस्थितिहरूमा तिमीहरूले कस्तो स्थान लिने र कसरी सही र परमेश्‍वरका अभिप्रायहरूसँग मिल्दो तरिकामा अभ्यास गर्ने भनेर जान्नु हो। यसबाहेक, चिरफारमार्फत तिमीहरूले आफ्नो स्वभाव ख्रीष्टविरोधीहरूको जस्तै छ भनेर चिन्न सक्‍नुपर्छ, र त्यो सम्बन्ध बुझेर त्यसलाई कसरी समाधान गर्ने भनेर जान्नुपर्छ। यस तरिकाले, तिमीहरू सत्यताको बुझाइमा पुगेका हुनेछौ, र तिमीहरू आत्मिक बुझाइ भएको र सत्यता बुझ्ने क्षमता भएको व्यक्ति हुनेछौ। यदि तिमीहरूले कुनै कथा सुनिसकेपछि, सबै तथ्य र विवरणहरू, सबै कारण र प्रभावहरू सम्झिन्छौ, र तिनलाई व्याख्या गर्न सक्छौ, तर तिमीहरू मानिसहरूले अभ्यास र प्रवेश गर्नुपर्ने सत्यता सिद्धान्तहरू बुझ्दैनौ, र कुनै परिस्थिति सामना गर्नुपर्दा, मानिसहरू र वस्तुहरूलाई प्रस्ट बुझ्न र आफैलाई चिन्न सक्षम हुन यी सत्यताहरू कसरी लागु गर्ने भनेर थाहा पाउँदैनौ भने, यसको मतलब तिमीहरूमा बोध क्षमताको कमी छ। यस्तो बुझ्ने क्षमता नभएको व्यक्ति आत्मिक बुझाइ नभएको व्यक्ति हो।

म तिमीहरूलाई अर्को उदाहरण दिन्छु। एउटा मान्छे भर्खरै अगुवा चुनिएको थियो। उसले कामका विभिन्न पक्षहरूको वास्तविक अवस्था साँच्चै बुझ्नु र बोध गर्नुअघि नै, अर्थात् कामका हरेक पक्षहरूमा आफूलाई राम्ररी होम्‍नुअघि नै, उसले व्यक्तिगत सोधपुछहरू गर्न थालेको थियो: “हाम्रो मण्डलीमा परमेश्‍वरलाई चढाइएका भेटीहरू सुरक्षित राख्न को-को जिम्मेवार छन्? तिनीहरूको नामको सूचीसहित मलाई रिपोर्ट गर्नुहोस्। साथै, मलाई सबै खाता नम्बर र पासवर्डहरू दिनुहोस्। म कति पैसा छ भनेर बुझ्न चाहन्छु।” उसले कुनै पनि काममा चासो दिएन। उसलाई सबैभन्दा बढी चासो लागेको, र सबैभन्दा धेरै घत लागेको एउटै कुरा भनेको, भेटीहरू सुरक्षित राख्ने मानिसहरूका नाम, साथै खाता नम्बर र पासवर्डहरू थिए। के त्यहाँ केही गडबड हुन लागेको थिएन र? ऊ भेटीहरू आफ्नो हातमा पार्न चाहन्थ्यो, होइन र? यस्तो परिस्थिति सामना गर्नुपर्दा, तिमीहरूले के गर्नुपर्छ? के ऊ अगुवा बनेकोले उसलाई मण्डलीको सम्पत्ति सुम्पिइनुपर्छ, र उसलाई यसबारेमा जान्ने अधिकार र नियन्त्रण गर्ने शक्ति दिइनुपर्छ? (अहँ, उसलाई यो जानकारी दिइनु हुँदैन।) किन हुँदैन? यदि तिमीहरूले उसलाई यो दिएनौ भने, के तिमीहरू अवज्ञाको दोषी हुँदैनौ र? (उसले यी प्रकटीकरणहरू देखाएको तथ्यले उसमा केही समस्या छ भन्ने प्रमाणित गर्छ, र त्यसकारण परमेश्‍वरलाई चढाइएका भेटीहरू सुरक्षित गर्न, हामी उसलाई यो जानकारी दिन सक्दैनौँ।) त्यो ठिक हो: उसमा केही समस्या भएकोले, तिमीहरूले उसलाई यो जानकारी दिन मिल्दैन। तिमीहरूको जवाफले मेरो अघिल्लो सङ्गति व्यर्थ भएको छैन र तिमीहरूले कुरा बुझेका छौ भन्ने प्रमाणित गर्छ। अनि, किन तिमीहरूले उसलाई यो जानकारी दिन मिल्दैन? कुनै पनि अगुवाको जिम्मेवारी र कर्तव्य भनेको भेटीहरूमा ध्यान केन्द्रित गर्ने, वा भेटीहरूसँग सम्बन्धित कुनै पनि जानकारी प्राप्त गर्न प्रयास गर्ने होइन। यी कुराहरू अगुवाका कर्तव्य वा जिम्मेवारीहरू होइनन्। हरठाउँका मण्डलीहरूमा भेटीहरू व्यवस्थित गर्न र सुरक्षित राख्न तोकिएका मानिसहरू हुन्छन्। यसअलावा, भेटीहरूको प्रयोगलाई नियन्त्रण गर्न मण्डलीसँग कडा नियम र सिद्धान्तहरू हुन्छन्। कसैसँग पनि भेटीहरू आफूले नै प्रयोग गर्न प्राथमिकता दिने शक्ति हुँदैन, भेटीहरूको स्वामित्व आफूले लिन प्राथमिकता दिने शक्ति हुने त झन् कुरै नगरौँ। यो कुरा बिनाकुनै अपवाद सबैमा लागु हुन्छ। के यो तथ्य होइन र? के यो सहि होइन र? (हजुर, हो।) ख्रीष्टविरोधीहरूले भेटीहरूमाथिको स्वामित्व र तिनको प्रयोगलाई प्राथमिकता दिन चाहने कुरा आफैमा गलत हो। तिनीहरू आफू अगुवा भएकोले आफूले निर्बाध रूपमा भेटीहरू प्रयोग गर्न सक्नुपर्छ भन्ने सोच्छन्: के यो सत्यता हो त? यो पैसा परमेश्‍वरको हो—तिनीहरू किन यसको दुरुपयोग गर्छन्? तिनीहरू किन यसलाई मनलागी प्रयोग गर्छन्? के तिनीहरू यसो गर्न योग्य छन्? के परमेश्‍वर तिनीहरूले यसरी भेटीहरू प्रयोग गरून् भनेर सहमत हुनुहुन्छ? के परमेश्‍वरका चुनिएका मानिसहरूले यसलाई अनुमोदन गर्छन्? ख्रीष्टविरोधीहरूले भेटीहरू कब्जा गरेर फजुलमा उडाउनु: यो तिनीहरूको क्रूर स्वभावद्वारा निर्धारण गरिएको हुन्छ, यो कुराहरू हेर्ने तिनीहरूको लोभसिर्जित तरिका हो, र यो परमेश्‍वरको वचनले तोकेको कुरा होइन। यो ख्रीष्टविरोधी सधैँ सबै भेटीहरू नियन्त्रण गर्न, र भेटी सुरक्षाको जिम्मामा रहेका मानिसहरूबारे सबै जानकारी, र सबै खाता नम्बर र पासवर्डहरू नियन्त्रण गर्न चाहन्थ्यो। यो गम्भीर समस्या हो, होइन र? के उसले परमेश्‍वरका भेटीहरूबारेका अन्तर्निहित तथ्यहरू जान्न र तिनलाई राम्रोसँग सुरक्षित राख्‍न चाहन्थ्यो, र के तिनलाई ऊ स्वतन्त्र रूपमा कसैलाई पनि लापरवाहीपूर्वक खर्च गर्न अनुमति नदिई, उचित तरिकामा बाँडफाँड गर्न र तिनलाई अक्षुण्ण राख्न चाहन्थ्यो? के उसलाई यस्तो गर्ने मन थियो? के उसका कार्यहरूबाट राम्रो नियतको कुनै संकेत देख्न सकिन्छ? (सकिँदैन।) त्यसोभए, यदि कुनै व्यक्तिले साँच्चै भेटीहरूको लालच गर्दैन भने, अगुवाको रूपमा चुनिएको खण्डमा उसले के गर्नेछ? (उसले पहिले मण्डलीका कामका विभिन्न पक्षहरूको प्रभावकारिताबारे पत्ता लगाउनेछ, साथै भेटीहरू कसरी सुरक्षित राखिन्छन् र ती राखिएको ठाउँ सुरक्षित छन् छैनन् भनेर पत्ता लगाउनेछ। तर खाता नम्बर, पासवर्ड, वा राखिएको रकमबारे सोधपुछ गर्नेछैन।) ठीक भनिस्, तर अर्को पनि कुरा छ। साँच्चिकै भेटीको लोभ नगर्ने व्यक्तिलाई अगुवाको रूपमा छनोट गरिएपछि, उसले भेटीहरू राखिएको ठाउँ सुरक्षित छ छैन, साथै तिनको सुरक्षाको जिम्मा लिने मानिसहरू उपयुक्त र भरपर्दा छन् छैनन्, उनीहरूले भेटीहरू हिनामिना गर्छन् कि गर्दैनन्, र उनीहरूले सिद्धान्तहरूअनुसार भेटीहरू सुरक्षित राखिरहेका छन् छैनन् भनेर जाँच गर्नेछ। उसले पहिले यी कुराहरू विचार गर्नेछ। भेटीहरूको परिमाण र पासवर्डहरूजस्ता संवेदनशील जानकारीको हकमा, ती लोभ नगर्ने मानिसहरू—ती सभ्य र सम्मानित मानिसहरू—यसबाट टाढै रहनेछन्। तर लोभी व्यक्तिले यसलाई पन्छाउनेछैन, उसले यस्तो बहाना प्रयोग गर्नेछ: “म अगुवा हुँ। के मैले कामको हरेक पक्षको जिम्मा लिनुपर्दैन र? अरू सबै कुराहरू मलाई सुम्पिइयो, तर भेटीहरू चाहिँ किन नसुम्पिइएको?” आफूसँग भएको शक्ति प्रयोग गरेर, उसले यस बहानामा मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्न चाहन्छ। त्यो समस्या हो। उसले आफ्नो काम गरिरहेको वा आफ्ना जिम्मेवारीहरू राम्ररी पूरा गरिरहेको हुनेछैन, न त उसले सामान्य प्रक्रिया र सिद्धान्तहरूअनुसार नै मण्डलीको आर्थिक पक्षहरू व्यवस्थापन गरिरहेको हुनेछ। बरु, उसले ती कुराहरूबारे आफ्नै योजनाहरू बनाउनेछ। सामान्य मानिसले जसरी सोच्न सक्ने जोकोहीले यो कुरा बुझ्न सक्छ। त्यो अगुवाले यस्तो गर्न थालेलगत्तै कसैले उसको रिपोर्ट गर्‍यो र उसलाई रोकियो। पछि, त्यो व्यक्तिले मलाई रिपोर्ट गर्‍यो, अनि के यसो गर्नु सही थियो भनेर सोध्यो, र मैले यो सही थियो भनिदिएँ। यसलाई परमेश्‍वरको घरका हितहरू रक्षा गर्नु भनिन्छ; त्यो सूचना त्यस्तो मानिसलाई दिन मिल्दैन। अलिकति पनि काम नगरी सुरुमै परमेश्‍वरको घरको पैसा नियन्त्रण गर्न चाहनु—के यो अलि ठूलो रातो अजिङ्गरजस्तै हुनु होइन र? जब ठूलो रातो अजिङ्गरले दाजुभाइ-दिदीबहिनीहरूलाई गिरफ्तार गर्छ, त्यसले गर्ने पहिलो काम उनीहरूलाई पिट्ने भन्‍ने हुँदैन, किनकि उनीहरूलाई मूर्ख हुनेगरी पिटेपछि तिनीहरू स्पष्ट रूपमा बोल्न सक्दैनन् भन्ने त्यसलाई डर हुन्छ—त्यसले पहिले मण्डलीको पैसा कहाँ राखिएको छ, त्यो पैसा कसले सुरक्षित राखिरहेको छ, र त्यो पैसा कति छ भनेर सोध्छ। अनि, त्यसपछि मात्र त्यसले मण्डलीका अगुवाहरू को हुन् भनेर सोध्नेछ। त्यसको उद्देश्य पैसा कब्जा गर्ने मात्र हुन्छ। त्यो अगुवाले जे गर्‍यो र ठूलो रातो अजिङ्गरले जे गर्छ, दुवैको प्रकृति उस्तै छ। त्यो अगुवाले कुनै पनि कामबारे सोधपुछ गरेन, उसले एउटा कुराको पनि बोझ लिएन, र उसले आर्थिक पक्षहरूमा मात्र ध्यान दियो—के यो निकृष्ट हुनु होइन र? त्यो निकृष्ट मान्छेका कार्यव्यवहारहरू एकदमै प्रस्ट थिए! उसको हैसियत सुरक्षित हुनुअघि नै, ऊ पैसा हडप्न चाहन्थ्यो। के ऊ अत्यन्तै हतारमा थिएन र? अरू मानिसहरूले उसलाई चिन्नसक्‍नेछन् भन्नेबारे उसलाई खासै थाहा थिएन, र उसलाई चाँडै बरखास्त गरियो। यस्तो प्रस्ट रूपमा व्यवहार गर्ने यसप्रकारको व्यक्तिको हकमा, तिमीहरूले यो कुरा याद गर: उसलाई चाँडै बरखास्त गर। यसप्रकारका व्यक्तिबारे अरू केही खुट्ट्याउन आवश्यक छैन, जस्तै उसको स्वभाव, मानवता, शिक्षा, पारिवारिक पृष्ठभूमि, उसले परमेश्‍वरमा विश्‍वास गरेको समयावधि, उसको जग छ वा छैन, उसका जीवन अनुभवहरू कस्ता छन्—तिमीहरूले यी कुनै पनि कुराहरू खुट्ट्याउन आवश्यक छैन, यो एउटै कुरा त्यस्तो व्यक्ति ख्रीष्टविरोधी हो भनी निर्धारण गर्न काफी छ। त्यो व्यक्तिलाई बरखास्त गर्न र हटाउन तिमीहरू सबै मिल्नुपर्छ। तिमीहरूलाई अगुवाको रूपमा उसको आवश्यकता पर्दैन। किन? यदि तैँले उसलाई नेतृत्व गर्न अनुमति दिइस् भने, उसले मण्डलीमा भएजति सबै पैसा फजुलमा उडाउनेछ, त्यो सबै हिनामिना गर्नेछ, र त्यसपछि मण्डलीको काम रोकिनेछ र त्यो पूरा गर्न असम्भव हुनेछ। यदि तैँले यस्तो किसिमको व्यक्ति भेटिस् जो पैसा हडप्नमा लिप्त छ, जसको ध्यान सधैँ अडिग रूपमा धनमा गाडिएको छ, र जो लालची छ भने, र यदि उसको वास्तविक प्रकृतिका लक्षणहरू देखा पर्न बाँकी नै छन्, र सबैले ऊसँग केही वरदानहरू छन्, उसमा केही कार्य सामर्थ्य छ, ऊ सबैलाई सत्यता वास्तविकतामा प्रवेश गराउन नेतृत्व गर्न सक्षम छ भन्ने सोच्दै अन्योलमा उसलाई चुनेका छन्, र अगुवा बन्नेबित्तिकै, उसले पैसा आफ्नै खल्तीमा भर्छ भनेर अपेक्षा गरेनन् भने, तैँले चाँडोभन्दा चाँडो उसलाई लात्ताले भकुरेर त्यो पदबाट हटाउनुपर्छ। गर्नुपर्ने सही कुरा बिलकुलै यही हो। पछि तिमीहरूले अरू कसैलाई चुन्‍न सक्छौ। एकदिन अगुवा नहुँदा मण्डली टुट्दैन। परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, कुनै विशेष अगुवामा होइन। ल भन त, दाजुभाइ-दिदीबहिनीहरूले गर्ने मूल्याङ्कनमा गल्ती हुने अवस्थाहरू हुँदैनन् र? त्यो व्यक्ति अगुवा बन्नुअघि, ऊ लोभी थियो भनेर भन्ने कुनै ठाउँ थिएन। अरूसँग अन्तरक्रिया गर्दा, उसले फाइदा उठाउने प्रयास गर्दैनथ्यो, उसले सरसामान किन्दा आफ्नै पैसा खर्च गर्थ्यो, र भिक्षा पनि दिन्थ्यो। तर अगुवा बनेपछि उसको पहिलो काम मण्डलीको आर्थिक पक्षहरूबारे जानकारी लिनु थियो। धेरैजसो मानिसहरूले यसप्रकारको दुष्ट इच्छा दबाउन सक्दैनन्—यो एकदमै अविश्‍वसनीय कुरा हो! ऊ कसरी रातारात बदलिन सक्यो? ऊ रातारात बदलिएको होइन, बरु ऊ सुरुमै त्यसप्रकारको प्राणी थियो, फरक यति मात्र हो कि, पहिले ऊ उसको प्रकाश गर्ने परिस्थितिहरूमा थिएन, तर अहिले उसलाई यो परिस्थितिले प्रकाश गरेको छ। यो व्यक्तिको प्रकाश त भइसक्यो, तैपनि तिमीहरू किन अझै ऊप्रति कृपालु हुन्छौ? बस उसलाई लात्तले हानेर बाहिर निकाल्देओ, ऊ जति टाढा पुग्यो उति राम्रो! के तिमीहरू यसो गर्ने आँट गर्छौ? (गर्छौँ।) मण्डलीको सम्पत्तिबारे षडयन्त्र रचिरहने व्यक्तिको हकमा, तिमीहरूले उसलाई पूर्ण रूपले नबुझी चयन नगर। यदि अज्ञानताको क्षणमा तिमीहरूले उसलाई राम्ररी नबुझी छनोट गर्‍यौ, र त्यसपछि ऊ एक लोभी प्राणी र यहूदा हो भन्‍ने पत्ता लाग्यो भने, तिमीहरूले उसलाई चाँडोभन्दा चाँडो लात हानेर हटाउनु र निकाल्नुपर्छ। कृपालु नबन, र नहिचकिचाओ। कोही यस्ता छन् जो यसो भन्छन्: “त्यो व्यक्ति लोभी भए पनि, उसको अरू सबै पक्ष ठिक छ। उसले मानिसहरूलाई परमेश्‍वरको वचनको बुझाइमा पुर्‍याउन सक्छ, र उसले मानिसहरूलाई आफ्ना कर्तव्यहरू सामान्य रूपमा पूरा गर्न लगाउन सक्छ।” तर ऊ केही क्षणको लागि मात्र यस्तो हुन्छ। समय बित्दै जाँदा, ऊ त्यस्तो रहनेछैन। उसको पैशाचिक अनुहार बाहिर आउन केही दिन पनि लाग्दैन। हामीले विगतमा सङ्गति गरेका ख्रीष्टविरोधीका सबै प्रकटीकरण र स्वभावहरू अलिअलि गरेर उसमा खुलासा हुँदै जानेछन्। तर के त्यतिबेलासम्म उसलाई बर्खास्त गर्न ढिलो हुँदैन र? मण्डलीको काम त पहिले नै प्रभावित भइसकेको हुनेछ। यदि तैले मैले भनेका कुराहरू विश्‍वास गर्दैनस् र तँ हिचकिचाउँछस् भने, पछुतो लाग्दा सुँकसुँक गर्न नथाल्। पहिले कुनै व्यक्तिले भेटीहरूलाई कस्तो व्यवहार गर्छ त्यो हेर्: त्यही नै सबैभन्दा सरल रणनीति हो, साथै कुनै व्यक्तिमा ख्रीष्टविरोधीहरूको सार छ छैन भनेर बुझ्ने सबैभन्दा सीधा र स्पष्ट रणनीति त्यही हो। हामीले विगतमा सङ्गति गरेका विषयहरूमा, हामीले केही प्रकटीकरण, प्रकाश, दृष्टिकोण, वचन र कार्यहरूमार्फत ख्रीष्टविरोधीहरूको स्वभाव पहिचान गर्नुपर्थ्यो, र तिनीहरूको स्वभावको आधारमा तिनीहरूमा ख्रीष्टविरोधी सार छ छैन भनेर हेर्नुपर्थ्यो। यो एउटै मात्र मामलामा, यी कुराहरू गर्न आवश्यक छैन: यो सीधा, स्पष्ट र सरल छ, र यसको लागि कम प्रयास र समय भए पुग्छ। व्यक्तिले यस्तो प्रकटीकरण देखाउन्जेल—निरन्तर रूपमा भेटीको स्वामित्व आफै लिनमा प्राथमिकता दिन वा जबरजस्ती भेटीहरू कब्जा गर्न चाहन्छ भने—तँ निश्‍चित हुन सक्छस् कि ऊ शतप्रतिशत ख्रीष्टविरोधी हो। उसलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न मिल्छ, र उसले अगुवाको रूपमा सेवा गर्न मिल्दैन, बरु उसलाई बर्खास्त गर्नैपर्छ र दाजुभाइ-दिदीबहिनीहरूद्वारा अस्वीकार गरिनुपर्छ।

हामीले भर्खरै भेटीहरू स्वामित्वमा लिन र प्रयोग गर्न प्राथमिकता दिने ख्रीष्टविरोधीहरूको प्रकटीकरणहरूबारे सङ्गति गर्‍यौँ, र यसलाई मण्डलीका आर्थिक पक्षहरू नियन्त्रण गर्ने प्रयासमा ख्रीष्टविरोधीहरूले व्यक्त गर्ने स्वभाव र सारहरू व्याख्या र चिरफार गर्न प्रयोग गर्‍यौँ। यो पहिलो बुँदा हो। स्वामित्व र प्रयोग—मण्डलीको सम्पत्तिको सम्बन्धमा ख्रीष्टविरोधीहरूको सबैभन्दा प्रारम्भिक र आधारभूत शैली यही हो। यो बुँदामा, हामीले ख्रीष्टविरोधीहरूले मण्डलीको सम्पत्ति कसरी राख्छन् र प्रयोग गर्छन् भन्नेबारे ठोस रूपमा सङ्गति गरेनौँ। हामी अर्को बुँदामा अझै ठोस रूपमा कुरा गर्नेछौँ, र त्यो बुँदा ख्रीष्टविरोधीहरूले भेटीहरू फजुलमा उडाउने, दुरुपयोग गर्ने, सापट दिने, जालसाजीपूर्वक प्रयोग गर्ने, र चोर्ने कुरा हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्