विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक) खण्ड दुई
अब यसपछि, हामी अलि सजिलो विषय सङ्गति गर्नेछौँ। के तिमीहरूलाई कथा सुन्न मन पर्छ? (पर्छ।) त्यसोभए म एउटा कथा सुनाउँछु। कस्तो कथा सुनाऊँ? तिमीहरू कस्तो विषय सुन्न चाहन्छौ? तिमीहरू कथा सुन्न चाहन्छौ, कि समसामयिक मामिला वा राजनीतिबारे छलफल गर्न चाहन्छौ, कि इतिहासबारे सुन्न चाहन्छौ? हामी ती विषयबारे चर्चा गर्दैनौँ, किनकि तीबारे कुरा गर्नु बेकार हो। म तिमीहरूलाई परमेश्वरमा विश्वास गर्ने मानिसहरूको व्यवहार, मानिसहरूको स्वभाव, र मानिसहरूले दैनिक जीवनमा अनुभव गर्ने विभिन्न स्थितिहरूबारे एउटा कथा सुनाउन गइरहेको छु।
पूरक:
पूँजीबारे चर्चा:
“जेसुकै होस्!”
पाँच जना मानिस आपसमा कुराकानी गरिरहेका थिए, र तीमध्ये विश्व नाम गरेको व्यक्तिले भन्यो, “मलाई आफू विश्वविद्यालयमा छँदाको क्याम्पस जीवन सबैभन्दा धेरै याद आउँछ। क्याम्पस परिसर सबै प्रकारका बोटबिरुवाले भरिएको हुन्थ्यो, अनि वसन्त र शरद ऋतुमा दृश्य साह्रै सुन्दर हुन्थ्यो, त्यसले मेरो मन बहलाउँथ्यो र मलाई खुसी लाग्थ्यो। त्यतिबेला म जवान थिएँ अनि आकाङ्क्षाहरूले भरिपूर्ण र सोझो थिएँ, मलाई त्यति साह्रो दबाब थिएन। विश्वविद्यालयमा मेरो तीन वर्ष निकै सजिलैसित बित्यो। यदि म दस वा बीस वर्षपछाडि गएर क्याम्पस जीवनमा फर्कन सक्ने भए मलाई लाग्छ त्यो जीवनकै सबैभन्दा राम्रो कुरा हुनेथ्यो…।” यो पहिलो व्यक्ति थियो, जसको नाम विश्व थियो। विश्वको अर्थ के हो? यसको अर्थ विश्वविद्यालयको विद्यार्थी हो; विश्व भन्ने नाम यसैबाट आएको हो। विश्वको अद्भुत जीवनलाई पूर्ण रूपमा सम्झेर त्यसमा रम्न नपाउँदै स्नातक नामको व्यक्ति प्वाक्क बोलिहाल्यो, “के तीन वर्षको पाठ्यक्रमलाई विश्वविद्यालयको पाठ्यक्रम मान्न सकिन्छ? त्यो त व्यावसायिक पाठ्यक्रम हो। विश्वविद्यालयमा स्नातक डिग्री सामान्यतः चार वर्षको हुन्छ; त्यसलाई मात्र विश्वविद्यालय पाठ्यक्रम मान्न सकिन्छ। म विश्वविद्यालयमा चार वर्ष पढेँ। म विश्वविद्यालयमा छँदाको दौरान, मैले रोजगार बजार विश्वविद्यालयका विद्यार्थीहरूले भरिएको पाएँ, र जागिर पाउन गाह्रो थियो। त्यसैले, मैले स्नातकोत्तर गर्नुअघि यसबारे सोचेँ र स्नातकोत्तर डिग्री लिने निर्णय गरेँ। त्यतिबेला स्नातकोत्तर गरेका विद्यार्थी धेरै नभएकाले जागिर खोज्न सजिलो हुन्थ्यो। अपेक्षा गरेअनुरूप नै मैले स्नातकोत्तर गरेपछि राम्रो कमाइ हुने दामी जागिर पाएँ, र मजाले जीवन जिएँ। यो स्नातकोत्तर विद्यार्थी हुनुको फल थियो।” यो सुनेर तिमीहरूले के सन्देश पायौ? विश्वले व्यावसायिक शिक्षाको डिग्री पास गरेको थियो भने, स्नातकोत्तरले विश्वविद्यालय शिक्षाबाट स्नातकोत्तर तह पूरा गरेर राम्रो कमाउने व्यक्ति भएर समाजमा हैसियत र सम्मान पाएको थियो। स्नातकले खुसी हुँदै आफ्ना कुरा भन्दै थियो, र त्यसपछि प्रबन्धक नामको व्यक्तिले भन्यो, “तिमीहरू अझै केटाकेटी, बच्चा नै छौ! तिमीहरूले समाजमा कुनै अनुभव नै प्राप्त गरेका छैनौ। तिमीहरूले स्नातकोत्तर गर वा विद्यावारिधि, त्यसले केही फरक पर्दैन, विश्वविद्यालयमा राम्रो मूल विषय छानेर पढ्नुभन्दा उत्तम कुरा केही हुन सक्दैन। मैले विश्वविद्यालय पढ्नुअघि बजारको अनुसन्धान गरेँ अनि साना-ठूला सबै प्रकारका व्यापार व्यवसायमा व्यवस्थापन सिप भएका मानिसहरूको खाँचो देखेँ, त्यसैले विश्वविद्यालय गएपछि मैले बजार व्यवस्थापन विषय रोजेँ, र स्नातक पास गरेपछि म कुनै न कुनै कम्पनीको एक उच्च प्रबन्धक हुन्थेँ, जसलाई प्रमुख कार्यकारी अधिकृत पनि भनिन्छ। मैले स्नातक गरेको बेला साना-ठूला सबै खाले व्यवसायहरूमा मजस्तो प्रतिभाहरूको खाँचो थियो। बजार ठूलो थियो, र मैले जागिरको लागि आवेदन दिन सुरु गरेपछि धेरै कम्पनीले मलाई जागिरमा लिने प्रयास गरे। अन्त्यमा, मैले तीमध्ये एउटा छानेँ। मैले सबैभन्दा राम्रो विदेशी कम्पनी रोजेँ र तत्कालै धेरै तलब भएको प्रबन्धक बनेँ। पाँच वर्षभित्रै मैले कार किनेँ। एकदमै चलाख, हैन त? योभन्दा राम्रो छनौट पनि हुन सक्छ र?” प्रबन्धकले कुरा गरिरहँदा, ऊअघिका दुई जनामा केही विरोध जाग्यो तर तिनीहरूले केही भनेनन्। तिनीहरूले मनमनै सोचे, “ऊ उच्च प्रबन्धक हो र दूरदर्शी छ। ऊसँग हाम्रोभन्दा धेरै पूँजी छ। हामीमा अलि विरोध जागे पनि, हामी केही भन्नेछैनौँ। हामी पराजय नै स्वीकार गर्नेछौँ।” प्रबन्धकले बोलिसकेपछि ऊ आफैमा एकदमै मक्ख थियो; उसले यी युवाहरू आफूजति अनुभवी छैनन् भनी सोच्दै थियो। ऊ अति मक्ख परिरहँदा, अधिकारी नाम गरेको व्यक्ति बोल्न थाल्यो। अधिकारीले अरू तीन जनाले के भनेका थिए, त्यसबारे त्यति विचार गरेको थिएन। उसले आरामले चियाको कप समात्यो, त्यसको एक चुस्की लियो, यताउता हेर्यो र भन्यो, “अचेल सबै जना विश्वविद्यालयका विद्यार्थी हुन्छन्। विश्वविद्यालय जान नसक्ने को छ र? विश्वविद्यालय गएर मात्र पुग्दैन, र व्यवसायमा हात हाल्नु पनि पर्याप्त हुँदैन। भलै तिमीहरू उच्च प्रबन्धक हौ, त्यो जीवनभर चल्ने जागिर होइन, त्यो स्थिर छैन। मुख्य कुरो त सुरक्षित जागिर भेट्टाउनु हो र त्यसपछि जीवनमा निर्धक्क हुन सकिन्छ!” यो सुनेर अरूले भने, “जीवनभर चल्ने जागिर? अचेल यस्तो कुरा कसले गर्छ र? यो त उहिलेको कुरा हो!” अधिकारीले भन्यो, “उहिलेको कुरा? अँ, तिमीहरूले त्यसो भन्नुको कारण तिमीहरू अदूरदर्शी हुनु र अन्तर्दृष्टिको कमी हुनु हो! कमाइ थोरै भए पनि जीवनभर चल्ने जागिर छ भने त्यसले स्थिर जीवन दिन्छ, अख्तियारी पाइन्छ अनि हरकुरामा हात हाल्न सकिन्छ! मैले लोक सेवाको परीक्षा दिँदा धेरै मानिसले वस्तुस्थिति नबुझेर यति कलिलो केटो पनि किन सरकारी जागिरे हुन खोजेको भनेर सोध्थे। मैले लोक सेवा परीक्षा पास गरेर सरकारी जागिरे भएपछि जागिरको खाँचो भएका वा मुद्दामामिलामा फसेका धेरै साथीसँगी र आफन्तहरूले मलाई खोज्दै आउन थाले। यो त धेरै अख्तियारी हुनु हो नि, हैन र? भलै आम्दानी राम्रो छैन, तर मैले आवास र कार पाएको छु। मैले तिमीहरूले भन्दा धेरै सुविधा पाएको छु। त्यसबाहेक, म कतै बाहिर गएर खाना र किनमेलमा खर्च हुँदा त्यसको सोधभर्ना लिन पनि सक्छु, अनि म आफ्नो पैसा खर्च नगरी ट्याक्सी वा हवाइजहाजबाट यात्रा गर्न सक्छु। तिमीहरूका जागिर त्यति राम्रा छैनन्; तिमीहरू सबैको असुरक्षित जागिर छ। मेरो त तिमीहरूको भन्दा धेरै राम्रो छ!” उसको यो कुरा सुनेर अरूलाई असहज महसुस भयो र तिनीहरूले भने, “भलै तिमीले राम्रै सुविधा पाएका होलाऊ, तर तिम्रो नाम खराब छ। तिमी बेइमान काम गर्छौ र चारैतिर तानाशाहले जस्तो व्यवहार गर्छौ, अनि जनताको सेवा गर्दैनौ। तिमी केवल मानिसहरूलाई हानि गर्छौ र सबै प्रकारका खराब काम गर्छौ।” यो सुनेर अधिकारीले भन्यो, “मेरो नाम खराब भएर के भो त? मलाई त्यसमा राम्रै छ!” सबै जना यस विषयमा बहस गर्न लागिपरे, अन्त्यमा अन्तिम व्यक्तिले आफूलाई रोक्नै नसकेपछि उठेर यसो भन्न लाग्यो, “हेर, तिमीहरू विश्वविद्यालय गएका छौ, तिमीले स्नातकोत्तर गरेका छौ, तिमी उच्च व्यवसाय प्रबन्धक हौ, तिमी अधिकारी हौ अनि मसँग तिमीहरूको जस्तो अनुभव छैन। म एक नगण्य व्यक्ति हुँ, तैपनि मेरा अनुभवहरू तिमीहरूलाई बताउन चाहन्छु। जब म ‘आफ्नै ठाउँ’ मा फर्किएँ…।” अरूले अचम्म मानेर सोधे, “यो ‘आफ्नै ठाउँ’ के हो? लोक सेवा परीक्षा पास गरेर निजामती कर्मचारी बनिन्छ, स्नातकोत्तर डिग्री पढेर स्नातकोत्तर व्यक्ति बनिन्छ, कुनै कम्पनीको उच्च प्रबन्धक बनेर प्रमुख कार्यकारी अधिकृत भइन्छ, त्यसोभए यो ‘आफ्नै ठाउँ’ को अर्थचाहिँ के हो? हामीलाई बताऊ त?” त्यस व्यक्तिले भन्यो, “तिमीहरू विश्वविद्यालय जान सक्छौ, स्नातकोत्तर डिग्री अध्ययन गर्न सक्छौ, उच्च व्यवसाय प्रबन्धक बन्न सक्छौ र निजामती कर्मचारी बन्न सक्छौ, तर के म पनि आफू पहिला पढेको ठाउँमा फर्केर जान सक्दिनँ र?” देख्यौ त? ऊ रिसायो। यो नगण्य व्यक्तिसँग थोरै शिक्षा थियो, तर अझै पनि घमण्ड थियो। अरूले भने, “पहिला पढेको ठाउँमा फर्कनु भनेको के हो त्यो हामी सबैलाई थाहा छ। तिमीले आफू ‘आफ्नै ठाउँ’ मा फर्किएँ भन्नु पर्दैन नि। पहिला आफू पढेको ठाउँमा फर्किएँ भने भइहाल्यो त।” त्यसपछि अरूले उसलाई उसको पहिला पढेको ठाउँ उच्च माध्यमिक विद्यालय, प्राविधिक कलेज, विश्वविद्यालय, वा स्नातकोत्तर विद्यालय कुन शैक्षिक स्तरको हो भनेर सोधे। उसले जवाफ दियो, “म कहिल्यै विश्वविद्यालय गइनँ, मैले कहिल्यै स्नातकोत्तर डिग्री पढिनँ, र मैले सरकारी जागिरे हुन लोक सेवा परीक्षा दिइनँ। के प्राथमिक विद्यालयसम्म मात्रै पढ्नु ठिक होइन र? जेसुकै होस्!” उसलाई झट्ट लाज लाग्यो; उसले आफ्नो पृष्ठभूमि खुलाएको थियो, र त्यसलाई अब ढाकछोप गर्न सकिँदैनथ्यो। उसले सुरुदेखि नै ढाकछोप गर्दै आएको थियो। अरूसँग सङ्गत गर्दा उसले आफूले कतिसम्म पढेको भनेर कहिल्यै खुलाएको थिएन। अब त्यो सबै उदाङ्ग भएको थियो, उसले आफ्नो इज्जत गुमाएको थियो, अनि उसले घरक्क ढोका तानेर त्यहाँबाट सुइँकुच्चा ठोक्यो। ऊ किन भाग्यो भनेर अरूले बुझेनन् र तिनीहरू सबैले एकसाथ भने, “तिमीले प्राथमिक विद्यालयसम्म मात्रै पढेको होइनौ त? तिमी केको लागि भागिरहेको? अनि तिमी त त्यसमा धेरै गर्व गर्ने गर्थ्यौ त!” म यो कथा यहीँ टुङ्ग्याउँछु; यसले विषयवस्तुलाई लगभग समेट्छ।
यस कथामा पाँच जना छन्। उनीहरू के विषयमा चर्चा गरिरहेका छन्? (उनीहरूको शैक्षिक पृष्ठभूमिका बारेमा।) अनि मानिसहरूका लागि शैक्षिक पृष्ठभूमिले के अर्थ राख्छ? (यसले तिनीहरूको सामाजिक हैसियत बताउँछ।) व्यक्तिको शैक्षिक पृष्ठभूमिले उसको सामाजिक हैसियत बताउँछ—यो एक वस्तुपरक वास्तविकता हो। त्यसोभए, किन मानिसहरू आफ्नो सामाजिक हैसियतबारे चर्चा गर्न चाहन्छन्? किन उनीहरू आफ्नो सामाजिक हैसियत र पहिचानलाई चर्चाको विषय बनाएर प्रकाशमा ल्याउन चाहन्छन्? उनीहरू के गरिरहेका हुन्छन्? (उनीहरू देखावा गरिरहेका हुन्छन्।) त्यसोभए, यो कथाको शीर्षक के हुनुपर्ने हो? (शैक्षिक पृष्ठभूमिहरूको तुलना।) यदि कथाको शीर्षक “शैक्षिक पृष्ठभूमिहरूको तुलना” राखिएको भए के त्यो अति नै ठाडो हुने थिएन र? (हो, हुने थियो। “हैसियतको धाक देखाउनु” नि, यो कस्तो सुनिन्छ?) योचाहिँ अलि निकै नै ठाडो भयो, भित्री अर्थ बताउँदैन, अनि त्यो त्यति गहन छैन। यदि हामी मुख्य शीर्षक “पूँजीबारे चर्चा” अनि उपशीर्षक “जेसुकै होस्” राख्छौँ भने नि? यो अलि व्यङ्ग्यात्मक हुन्छ, हैन र? “पूँजीबारे चर्चा” भन्नुको अर्थ सबैले आफ्नो शैक्षिक पृष्ठभूमि र सामाजिक हैसियतलगायत आ-आफ्नो पूँजीबारे चर्चा गरिरहेका छन् भन्ने हो। अनि “जेसुकै होस्” को अर्थ के हो? (यसको अर्थ अरू कोही उत्तम छन् भनेर स्वीकार नगर्नु हो।) कुरा सही हो, यसमा एकप्रकारको स्वभाव छ। “तिमी स्नातकोत्तर विद्यार्थी भएर के भो त? तिमीले मैले भन्दा उच्च शिक्षा हासिल गरेका छौ त के भो र?” कसैले पनि आफूभन्दा अरू उत्तम छ भनेर स्वीकार गर्दैन। पूँजीबारे चर्चा गर्नु भनेको यही हो। के मानिसहरूले प्रायजसो यस्तै प्रकारको कुराकानी गरेको सुनिँदैन र? आफ्नो परिवारको पूँजीको धाक लगाउने, आफ्नो परिवारको प्रतिष्ठित पृष्ठभूमिको धाक देखाउने, केही शासक र सेलिब्रेटीहरूको थर आफूसँग मिलेकामा धाक लगाउने मानिसहरू हुन्छन् र कतिपय मानिसचाहिँ आफूले कुन विश्वविद्यालयबाट स्नातक गरेको हो, आफू कति गौरवशाली थिएँ भनेर बताउँछन्, अनि ब्यूटी पार्लरमा मसाज गर्ने केटीसमेत यसो भन्छे, “मैले प्रसिद्ध शिक्षकको विशेष सुधार र व्यक्तिगत निगरानीमा मसाज गर्न सिकेँ। अन्त्यमा, म प्रथम श्रेणीको व्यावसायिक मसाज थेरापिस्ट बनेँ अनि २००० को दशक मेरा निम्ति सबैभन्दा गौरवशाली समय थियो…।” यो “गौरवशाली” शब्द गलत ठाउँमा प्रयोग भएको छ। सेवा उद्योगमा मसाजको काम गर्ने केटीले समेत आफ्नो “सबैभन्दा गौरवशाली समय” बारे कुरा गरिरहेकी थिई—यो वास्तवमा उसको फुर्ती र धाक थियो। हामी मुख्यतः यस शीर्षकमा वास्तविक जीवनमा अक्सर सुनिने निश्चित वार्तालाप, प्रायः देखिने व्यवहार अनि मानिसहरूमाझ प्रायः प्रकट हुने स्वभावहरूबारे कुरा गर्दै छौँ। मानिसहरू किन यस्तो पूँजीबारे कुरा गर्छन्? यहाँ कस्तो प्रकारको स्वभाव वा उत्प्रेरणा क्रियाशील छ? के यहाँ चर्चा गरिएका कुराहरूलाई गौरवशाली मान्न सकिन्छ? यससँग गौरवको कुनै सम्बन्ध छैन। त्यसोभए, मानिसहरूलाई त्यस्ता कुराहरूबारे चर्चा गरेर फाइदा हुन्छ? (हुँदैन।) अनि के तिमीहरू पनि यी कुराहरूबारे चर्चा गर्छौ? (गर्छौँ।) तिमीहरूलाई थाहा छ, तीबाट कुनै फाइदा हुँदैन, त्यसोभए किन तिमीहरू यसबारे कुरा गर्छौ? किन मानिसहरू त्यस्ता कुराबारे चर्चा गर्न रमाइलो मान्छन्? (यी कुराहरू मानिसहरूले धाक देखाउने पूँजी हुन्।) ती कुराहरूको धाक देखाउनुको उद्देश्य के हो? (अरूबाट उच्च सम्मान पाउनु।) किनभने कोही पनि साधारण, सामान्य व्यक्ति हुन चाहँदैन। प्राथमिक विद्यालय उत्तीर्ण गर्ने व्यक्तिले पनि अरूले आफूलाई उच्च सम्मान गरून् भनेर आफ्नो “ठाउँ” मा फर्केर जाने र त्यहाँको वातावरण हेर्नेबारे कुरा गर्छ, यस प्रकारको साहित्यिक भाषा प्रयोग गरेर अरूलाई मूर्ख बनाउँछ र लट्ठ पार्छ। अरूलाई आफ्नो उच्च सम्मान गर्न लगाउनुको उद्देश्य के हो? यसको उद्देश्य नै आफूलाई अरूभन्दा माथि देखाउन खोज्नु, अरूमाझ स्थान र पद पाउनु, आफ्नो शिरमा ताज पहिराउनु, आफ्नो कुरामा अख्तियार जमाउनु, अरूको समर्थन पाउनु र प्रतिष्ठा कमाउनु हो। यदि तिमीहरू यी कुराहरू लत्याएर एक साधारण, मामुली व्यक्ति बन्ने हो भने, तिमीहरूमा के हुनुपर्छ? पहिलो, तिमीहरूमा सही दृष्टिकोण हुनुपर्छ। यो सही दृष्टिकोण कसरी प्राप्त हुन्छ? यो परमेश्वरको वचन पढेर अनि उहाँको अभिप्रायअनुरूपका र मानिसहरूमा उनीहरूको सामान्य मानवतासहित हुनुपर्ने निश्चित कुराहरूप्रति तिमीहरूको मनोवृत्ति कस्तो हुनुपर्छ भन्ने कुरा बुझेर प्राप्त हुन्छ—यही नै सही दृष्टिकोण हो। त्यसोभए, एक सामान्य, साधारण र मामुली व्यक्तिका रूपमा, यी सबै कुरा, सामाजिक हैसियत, सामाजिक पूँजी वा पारिवारिक पृष्ठभूमि इत्यादिप्रति राख्नुपर्ने सबैभन्दा उपयुक्त र सही दृष्टिकोण के हो? के तिमीहरूलाई थाहा छ? मानिलिऊँ, कुनै व्यक्तिले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएको छ, ऊ आफूले धेरै सत्यता बुझेको विश्वास गर्छ, ऊ आफूले परमेश्वरको मार्ग पछ्याउने, र आफू परमेश्वर र आफ्नो कर्तव्यप्रति बफादार रहेको विश्वास गर्छ, तैपनि ऊ समाजमा र मानिसहरूमाझ आफ्नो हैसियत र आफ्नो मूल्यलाई धेरै महत्त्वपूर्ण ठान्छ अनि यी कुराहरूको धेरै कदर गर्छ, र ऊ प्रायः आफ्नो पूँजी, गौरवशाली पृष्ठभूमि र मूल्यको धाक लगाउँछ—के यस्तो व्यक्ति वास्तवमा सत्यता बुझ्ने व्यक्ति हो र? निश्चय होइन। त्यसोभए, सत्यता नबुझ्ने व्यक्ति सत्यतालाई प्रेम गर्ने व्यक्ति हो त? (होइन।) होइन। पूँजीबारे चर्चा गर्नु अनि कुनै व्यक्तिले सत्यता बुझ्छ कि बुझ्दैन र सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्नुबीच के सम्बन्ध छ? किन म आफ्नो मूल्यलाई कदर गर्ने र आफ्नो पूँजीको धाक देखाउने व्यक्ति सत्यतालाई प्रेम गर्ने र सत्यता बुझ्ने व्यक्ति होइन भनेर भन्छु? सत्यतालाई साँच्चै प्रेम गर्ने र सत्यता बुझ्ने व्यक्तिले सामाजिक हैसियत, व्यक्तिगत पूँजी र मूल्यका यी मामिलाहरूलाई कसरी लिनुपर्छ? सामाजिक हैसियतमा के-के कुरा समावेश छन्? पारिवारिक पृष्ठभूमि, शिक्षा, प्रतिष्ठा, समाजमा हासिल गरेका उपलब्धिहरू, व्यक्तिगत प्रतिभा, र आफ्नो जातियता समावेश छन्। त्यसोभए तिमीहरू आफू सत्यता बुझ्ने व्यक्ति हुँ भनी प्रमाणित गर्न यी कुराहरूलाई कसरी लिन्छौ? यो प्रश्नको जवाफ दिन सजिलो हुनुपर्ने हो, हैन? तिमीहरूले सैद्धान्तिक रूपमा यस पक्षबारे धेरै बुझ्नुपर्छ। तिमीहरूको मनमा जे फुर्छ त्यही भन। यस्तो नसोच, “ओह, मैले यसबारे सोचेको छैनँ, त्यसैले केही भन्न सक्दिनँ।” यदि तिमीहरूले यसबारे सोचेका छैनौ भने अहिले के सोच्दै छौ, त्यही भन। तिमी सोचिसकेपछि मात्र बोल्न सक्छौ भने, त्यसलाई लेख लेख्नु भनिन्छ। अहिले हामी कुराकानी मात्र गरिरहेका छौँ; मैले तिमीलाई लेख लेख्नू भनिरहेको छैनँ। पहिले सैद्धान्तिक दृष्टिकोणअनुसार बोल। (मैले परमेश्वरको वचन पढेर परमेश्वरले कुनै व्यक्तिले कति उच्च शिक्षा हासिल गरेको छ वा उसको सामाजिक हैसियत कस्तो छ भनेर हेर्नुहुन्न, बरु मुख्यतः ऊ सत्यता पछ्याउँछ कि पछ्याउँदैन, उसले सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन, र ऊ साँच्चै परमेश्वरप्रति समर्पित हुन्छ कि हुँदैन र आफ्नो कर्तव्य मापदण्डअनुरूप निर्वाह गर्छ कि गर्दैन भनी हेर्नुहुन्छ भन्ने कुरा बुझेको छु। यदि कसैको सामाजिक हैसियत उच्च छ र उसले उच्च शिक्षा हासिल गरेको छ तर ऊसँग आत्मिक बुझाइ छैन, ऊ सत्यता पछ्याउने मार्गमा हिँड्दैन, र परमेश्वरको डर मान्दैन वा दुष्टताबाट अलग बस्दैन भने, ऊ अन्त्यमा हटाइने नै छ र परमेश्वरका घरमा दह्रिलो भई रहन सक्नेछैन। त्यसैले, कुनै व्यक्तिको शैक्षिक पृष्ठभूमि र हैसियत महत्त्वपूर्ण होइन। महत्त्वपूर्ण कुरा त व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भन्ने हो।) अत्युत्तम, यो सबैभन्दा मौलिक अवधारणा हो। किन म यसलाई सबैभन्दा मौलिक भन्छु? किनभने यी विषयहरू र यो विषयवस्तु मानिसहरूले सामान्यतया चर्चा गर्ने कुरा हुन्। अरू कसैको फरक बुझाइ छ कि? पहिले नै भनिसकेका कुरामा कसैले थप्दा हुन्छ। (यदि कसैले सत्यता पछ्याउन सक्छ भने, उसले ख्याति, प्राप्ति र हैसियत पछ्याउनु वास्तवमा एक प्रकारको बन्धन, आफू बाँधिने जन्जिर हो भनेर बुझ्न सक्छ, र उसले जति धेरै यी कुराहरू पछ्याउँछ, त्यति नै खोक्रो महसुस गर्नेछ, अनि उति नै ख्याति, लाभ र हैसियतको कारण हुने क्षति र पीडा अनुभव गर्नेछ। उसले यो कुरा बुझेपछि यी चीजहरूलाई पूँजी ठान्ने व्यक्तिहरू देख्दा तिनीहरू साँच्चै दयनीय छन् भनी सोच्नेछ।) (सत्यतालाई साँच्चै प्रेम गर्ने र बुझ्ने व्यक्तिले परमेश्वरका वचन प्रयोग गरेर सामाजिक हैसियत र प्रतिष्ठालाई मापन गर्नेछ, उसले परमेश्वर के भन्नुहुन्छ र के माग गर्नुहुन्छ, परमेश्वर मानिसहरूले के पछ्याएको चाहनुहुन्छ, मानिसहरूले यी चीजहरू पछ्याएर अन्त्यमा के पाउनेछन्, अनि तिनीहरूले पाउने कुरा परमेश्वरले अपेक्षा गर्ने नतिजाहरूसित मेल खान्छ कि खाँदैन भनेर हेर्नेछ।) तिमीहरूले यसबारे त चर्चा गर्यौ, तर तिमीहरूले भन्ने कुरा कत्तिको सत्यतासँग मेल खान्छ? के तिमीहरू यसको मूल्याङ्कन गर्न सक्छौ? धेरैजसो मानिससँग केही अनुभूतिपरक ज्ञान त हुन्छ, तर यदि मैले तिमीहरूलाई एउटा उपदेश दिन अह्राएँ भने त्यो अर्तीको उपदेश हुनेछ। किन म त्यो अर्तीको उपदेश हुनेछ भनेर भन्छु? अर्तीको उपदेश भनेको यस्तो उपदेश हो जसमा तिमीहरू मानिसहरूलाई सल्लाह र प्रोत्साहन दिने कुराहरू भन्छौ—त्यसले वास्तविक समस्याहरू समाधान गर्न सक्दैन। हरेक वाक्य सही र तार्किक, मानव समझ र बुद्धिसङ्गत मापदण्डअनुरूपको लाग्ला, तैपनि त्यसको सत्यतासँग कुनै सम्बन्ध हुँदैन, बरु त्यो त मानिसमा हुने अलि सतही र अनुभूतिपरक ज्ञान मात्र हो। यदि तिमीहरूले यी वचनहरूमा अरूसँग सङ्गति गर्ने हो भने, के मानिसहरूका समस्या र कठिनाइहरू जरैसँग उखेलेर फाल्न सक्नेथियौ? अहँ, सक्नेथिएनौ, त्यसैले त म यो अर्तीको उपदेश हुनेछ भनेर भन्छु। यदि तिमीहरू मानिसहरूको कठिनाइ र समस्या जरैसँग उखेलेर फाल्न सक्दैनौ भने, तिमीहरूले सत्यता प्रयोग गरेर मानिसहरूको समस्या समाधान गरिरहेका हुँदैनौ। सत्यता नबुझ्नेहरूले सधैँ ज्ञान, प्रतिष्ठा र हैसियतको वकालत गर्नेछन्, अनि तिनीहरू यी कुराहरूको नियन्त्रण र बन्धनबाट उम्कन असमर्थ हुनेछन्।
यसबारे सोच त—तिमीहरूले मानिसको मूल्य, सामाजिक हैसियत र पारिवारिक पृष्ठभूमिलाई कसरी लिनुपर्छ? तिमीहरूमा हुनुपर्ने सही मनोवृत्ति के हो? सबैभन्दा पहिले, तिमीहरूले परमेश्वर यो मामिलालाई कसरी लिनुहुन्छ भनेर उहाँका वचनहरूबाट हेर्नुपर्छ; यसरी मात्र तिमीहरूले सत्यता बुझ्नेछौ र सत्यताविरुद्धका कुनै पनि कुरा गर्नेछैनौ। त्यसोभए, परमेश्वर कुनै व्यक्तिको पारिवारिक पृष्ठभूमि, सामाजिक हैसियत, उसले प्राप्त गरेको शिक्षा र समाजमा ऊसँग हुने सम्पत्तिलाई कसरी लिनुहुन्छ? यदि तँ यी कुराहरूलाई परमेश्वरका वचनहरूको आधारमा हेर्दैनस् र परमेश्वरको पक्षमा खडा हुन अनि परमेश्वरबाट आउने कुराहरू स्विकार्न सक्दैनस् भने, विभिन्न कुराहरू हेर्ने तेरो तरिका निश्चित रूपले परमेश्वरले जे अभिप्राय राख्नुहुन्छ त्योभन्दा केही मात्रामा फरक हुनेछ। यदि त्यति टाढा छैन, थोरै मात्र भिन्नता छ भने, त्यो समस्या होइन; यदि विभिन्न कुराहरू हेर्ने तेरो तरिका परमेश्वरले राख्नुभएको अभिप्रायभन्दा पूर्णतया भिन्न छ भने, त्यो सत्यताविपरित छ। जहाँसम्म परमेश्वरको कुरा छ, उहाँ मानिसहरूलाई के दिनुहुन्छ र कति दिनुहुन्छ, त्यो उहाँमै निर्भर हुन्छ, र समाजमा मानिसहरूसँग हुने हैसियत पनि परमेश्वरद्वारा नै निर्धारित हुन्छ, त्यो कुनै व्यक्तिले बनाउने कुरा हुँदै होइन। यदि परमेश्वरले कसैलाई पीडा र गरिबी भोग्न लगाउनुभयो भने, के यसको मतलब ऊसँग मुक्ति पाउने कुनै आशा छैन भन्ने हो? यदि ऊ कम मूल्यको र कम सामाजिक पदको हो भने, के परमेश्वरले उसलाई मुक्ति दिनुहुनेछैन र? यदि समाजमा उसको हैसियत कम छ भने, के ऊ परमेश्वरका नजरमा पनि कम हैसियतको हुन्छ त? त्यस्तो हुन्छ भन्ने जरुरी छैन। त्यो केमा निर्भर गर्छ त? त्यो कुरा यो व्यक्ति हिँड्ने मार्ग, उसको पछ्याइ, अनि सत्यता र परमेश्वरप्रतिको उसको मनोवृत्तिमा निर्भर गर्छ। यदि कसैको सामाजिक हैसियत एकदमै कम छ, उसको परिवार निकै गरिब छ, र उसको शैक्षिक स्तर कम छ, तैपनि ऊ व्यावहारिक रूपमा परमेश्वरमा विश्वास गर्छ, अनि सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छ भने, परमेश्वरका नजरमा उसको मूल्य उच्च हुन्छ कि न्यून, के त्यो कुलीन हुन्छ कि नीच? ऊ मूल्यवान् हुन्छ। त्यसलाई यस दृष्टिकोणबाट हेर्दा, कुनै व्यक्तिको मूल्य—उच्च वा न्यून, कुलीन वा नीच—केमा निर्भर हुन्छ? यो कुरा परमेश्वरले तँलाई कसरी हेर्नुहुन्छ, त्यसमा निर्भर हुन्छ। यदि परमेश्वर तँलाई सत्यता पछ्याउने व्यक्तिका रूपमा हेर्नुहुन्छ भने, तेरो मूल्य छ र तँ मूल्यवान् होस्—तँ मूल्यवान् पात्र होस्। यदि परमेश्वरले तँ सत्यता पछ्याउँदैनस् र निष्कपट रूपमा उहाँप्रति आफूलाई समर्पित गर्दैनस् भन्ने देख्नुहुन्छ भने, तँ बेकार होस् र मूल्यवान् होइनस्—तँ नीच पात्र होस्। तँ चाहे जति नै उच्च शिक्षित भए पनि वा समाजमा तेरो हैसियत चाहे जति नै उच्च भए पनि, यदि तँ सत्यता पछ्याउँदैनस् वा सत्यता बुझ्दैनस् भने, तेरो मूल्य कहिल्यै उच्च हुन सक्दैन; धेरै मानिसहरूले तँलाई साथ दिए पनि, उच्च पारे पनि, र पुजे पनि, तँ अझै पनि घृणायोग्य वस्तु नै होस्। त्यसोभए, किन परमेश्वर मानिसहरूलाई यसरी हेर्नुहुन्छ? यस्तो “कुलीन” व्यक्ति, समाजमा यति उच्च ओहोदा भएको, यति धेरै मानिसले उच्च पार्ने र मान गर्ने, प्रतिष्ठासमेत यति उच्च भएको व्यक्तिलाई परमेश्वरले किन नीच देख्नुहुन्छ? किन परमेश्वरले मानिसहरूलाई हेर्ने तरिका मानिसहरूले अरूलाई हेर्ने दृष्टिकोणभन्दा पूर्णतया भिन्न छ? के परमेश्वर आफूलाई जानाजान मानिसहरूविरुद्ध राख्दै हुनुहुन्छ? बिलकुलै होइन। किनभने, परमेश्वर सत्यता हुनुहुन्छ, परमेश्वर धार्मिकता हुनुहुन्छ, जबकि मानिस भ्रष्ट छ र उसमा सत्यता वा धार्मिकता छैन, र परमेश्वर मानिसलाई आफ्नो मानकअनुसार मापन गर्नुहुन्छ, अनि मापन गर्ने उहाँको मानक सत्यता हो। त्यसो भन्दा अलि अमूर्त लाग्ला, त्यसैले यसलाई अर्को तरिकाले भन्नुपर्दा, परमेश्वरको मापन गर्ने मानक उहाँप्रतिको व्यक्तिको मनोवृत्ति, सत्यताप्रतिको उसको मनोवृत्ति, र सकारात्मक कुराहरूप्रतिको उसको मनोवृत्तिमा आधारित हुन्छ—यो अब अमूर्त छैन। मानौँ, समाजमा उच्च हैसियत भएको, उच्च शैक्षिक स्तर भएको, धेरै शिक्षित र परिष्कृत, अनि एकदमै गौरवशाली र सानदार पारिवारिक पृष्ठभूमि भएको कुनै व्यक्ति छ, यद्यपि त्यहाँ एउटा समस्या छ: ऊ सकारात्मक कुराहरूलाई मन पराउँदैन, ऊ परमेश्वरलाई हृदयदेखि नै रुचाउँदैन, र उहाँलाई घृणा र तिरस्कार गर्छ, परमेश्वरसँग, परमेश्वरको विषय वा परमेश्वरको कामसित सम्बन्धित कुनै कुरा आउँदा ऊ घृणाले दाँत किट्छ, आँखा तर्छ, र अरू मानिसहरूलाई हिर्काउनसमेत खोज्छ। जब पनि कसैले परमेश्वर वा सत्यतासँग सम्बन्धित विषय उठाउँछ, उसमा घृणा र शत्रुता जाग्छ, अनि उसको पशुवत् स्वभाव बाहिर निस्कन्छ। यस्तो व्यक्ति मूल्यवान् हो कि मूल्यहीन? उसको शैक्षिक पृष्ठभूमि, अनि उसको तथाकथित सामाजिक हैसियत र सामाजिक प्रतिष्ठा परमेश्वरको नजरमा कति मूल्यवान् हुन्छ? कति पनि हुँदैन। परमेश्वर यस्ता मानिसहरूलाई कस्तो नजरले हेर्नुहुन्छ? परमेश्वर यस्ता मानिसहरूको चित्रीकरण कसरी गर्नुहुन्छ? यस्ता मानिसहरू दियाबलस र शैतान हुन्, र तिनीहरू सबैभन्दा मूल्यहीन घृणित नीच व्यक्ति हुन्। अब त्यसलाई हेर्दा, कसैको मूल्य कुलीन हो कि नीच हो भनेर परिभाषित गर्ने आधार के हो? (त्यो परमेश्वर, सत्यता र सकारात्मक कुराहरूप्रति तिनीहरूको मनोवृत्ति हो।) त्यो सही हो। सर्वप्रथम, परमेश्वरको मनोवृत्ति के हो भनेर बुझ्नैपर्छ। परमेश्वरको मनोवृत्ति अनि परमेश्वरले मानिसहरूको फैसला सुनाउने सिद्धान्त र मानकहरू बुझ्नुपर्छ, अनि त्यसपछि परमेश्वरले मानिसहरूलाई व्यवहार गर्ने सिद्धान्त र मानकका आधारमा तिनीहरूलाई मापन गर्नुपर्छ—यो मात्र सबैभन्दा सही, उचित र निष्पक्ष हुन्छ। अब हामीसित मानिसको लेखाजोखा गर्ने आधार छ, त्यसोभए हामीले यसलाई विशिष्ट रूपमा कसरी अभ्यास गर्नुपर्छ? उदाहरणको लागि, कुनै व्यक्ति एकदमै उच्च शिक्षित छ र जहाँ गए पनि लोकप्रिय बन्छ, सबैले उसको प्रशंसा गर्छन्, अनि अरूको अगाडि ऊसित धेरै सम्भाव्यताहरू भएजस्तो देखिन्छ—के तब ऊ परमेश्वरको नजरमा निश्चित रूपले कुलीन देखिनेछ त? (त्यस्तो हुन्छ नै भन्ने हुँदैन।) त्यसोभए हामीले यस व्यक्तिको कसरी मापन गर्नुपर्छ? व्यक्तिको उच्चपन वा निम्नपन समाजमा हुने उसको हैसियतमा आधारित हुँदैन, न त उसको शैक्षिक पृष्ठभूमिमै आधारित हुन्छ, उसको जातीयतामा त झनै कम आधारित हुन्छ, अनि अवश्य नै त्यो उसको राष्ट्रियतामा पनि आधारित हुँदैन, त्यसोभए त्यो केमा आधारित हुनुपर्छ? (त्यो पक्कै पनि परमेश्वरको वचनमा अनि परमेश्वर र सत्यताप्रतिको व्यक्तिको मनोवृत्तिमा आधारित हुनुपर्छ।) सही भनिस्। उदाहरणको लागि, तिमीहरू चीनको मूलभूमिबाट अमेरिका आएका छौ, र एकदिन अमेरिकी नागरिक बने पनि, के तिमीहरूको मूल्य र हैसियत फेरिन्छ? (फेरिँदैन।) फेरिँदैन, त्यो फेरिनेछैन; तँ तँ नै रहनेछस्। यदि तँ परमेश्वरमा विश्वास गर्छस्, तर सत्यता प्राप्त गर्न सक्दैनस् भने, तँ अझै पनि नाश हुने खालको होस्। कतिपय सतही मानिसहरू परमेश्वरमा साँचो विश्वास गर्दैनन् वा सत्यता पछ्याउँदैनन्, तिनीहरू बाह्य संसार पछ्याउँछन्, अनि अमेरिकी नागरिक बनेपछि यसो भन्छन्, “तिमी चिनिया मान्छेहरू” र “तिमीहरू मूलभूमि चीनका मान्छेहरू।” मलाई भन त, यस्ता मानिसहरू कुलीन हुन् कि नीच हुन्? (निम्न।) तिनीहरू अति निम्न हुन्! तिनीहरू अमेरिकी नागरिक बनेपछि आफूलाई कुलीन ठान्छन्—के तिनीहरू सतही होइनन् र? तिनीहरू धेरै सतही हुन्। यदि व्यक्तिले ख्याति र प्राप्ति, सामाजिक हैसियत, धन र शैक्षिक उपलब्धिहरूलाई सामान्य हृदयले लिन सक्छ भने—र अवश्य नै, यो सामान्य हृदयको अर्थ, तैँले पहिले नै यी चीजहरू अनुभव गरिसकेको छस्, र तँ भावशून्य भइसकेको छस् भन्ने होइन, बरु तँसँग मापन स्तर छ र तँ यी कुराहरूलाई आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण ठान्दैनस्, र तैँले यी कुराहरू मापन गर्ने र हेर्ने मापदण्ड र सिद्धान्तहरू, साथै तेरा मूल्यहरू परिवर्तन भएका छन्, र तँ यी कुराहरूलाई सही रूपमा लिन र सामान्य हृदयले हेर्न सक्छस् भन्ने हो—यसले के प्रमाणित गर्छ? यसले तँ तथाकथित सामाजिक हैसियत, मानिसको मूल्य, आदि इत्यादिजस्ता बाहिरी कुराहरूबाट मुक्त भएको छस् भन्ने प्रमाणित गर्छ। सायद अहिले तिमीहरूले यो हासिल गर्न नसकौला, तर जब साँच्चै सत्यता बुझ्न सक्छौ, तब तिमीहरूले यी कुराहरू छर्लङ्गै बुझ्न सक्छौ। म तिमीहरूलाई एउटा उदाहरण दिन्छु। एउटा व्यक्तिले धनी दाजुभाइ-दिदीबहिनीहरू भेट्छ र उनीहरूले ब्रान्डेड कपडा मात्र लगाएको देख्छ, उनीहरू सम्पन्न देखिन्छन्, र उनीहरूसित कसरी कुराकानी वा सङ्गत गर्ने उसलाई थाहा हुँदैन, त्यसैले ऊ नम्र बन्छ, अनि ती धनी दाजुभाइ र दिदीबहिनीहरूलाई लोलोपोतो र चापलुसी गर्छ अनि घिनलाग्दो तरिकाको व्यवहार गर्छ—के यो आफ्नै अवमूल्यन गर्नु होइन र? यहाँ ऊमाथि केही कुरा हाबी भइरहेको छ। कति मानिसहरू धनी महिलालाई भेट्दा “ठूल्दिदी” र धनी पुरुषलाई भेट्दा “ठूल्दाइ” भनेर बोलाउँछन्। उनीहरू सधैँ यी मानिसहरूको लोलोपोतो गर्न र आफ्नो सिफारिस गर्न चाहन्छन्। तिनीहरू ग्रामीण इलाकाबाट आउने कम शिक्षित, गरिब र मामुली व्यक्तिलाई देख्दा तुच्छ नजरले हेर्छन् र ध्यान दिन मान्दैनन्, र तिनीहरूको मनोवृत्ति परिवर्तन हुन्छ। के त्यस्ता सामान्य अभ्यासहरू मण्डलीमा हुने गर्छन्? गर्छन्, र तिमीहरू त्यो नकार्न सक्दैनौ, किनभने तिमीहरूमध्ये कतिपयले यस्तो व्यवहार प्रकट गरेका छौ। कोहीले “ठूल्दाइ” भनेर बोलाउँछन्, कोहीले “ठूल्दिदी” अनि कोहीले “आन्टी” भनेर बोलाउँछन्—यी सामाजिक अभ्यासहरू गम्भीर छन्। यी मानिसहरूको व्यवहार मूल्याङ्कन गर्दा, तिनीहरू सत्यता पछ्याउने मानिसहरू होइनन् र तिनीहरूमा अलिकति मात्र पनि सत्यता वास्तविकता छैन। यसप्रकारका व्यक्तिहरू तिमीहरूमाझ थुप्रै छन्, र यदि तिनीहरू परिवर्तन हुँदैनन् भने, तिनीहरू सबै अन्त्यमा हटाइनेछन्। यी गलत विचारहरूले मानिसहरूलाई साँचो मार्ग स्वीकार्न असर नगरे पनि, मानिसहरूको जीवन प्रवेश र कर्तव्यनिर्वाहमा भने असर गर्न सक्छन्; यदि तिनीहरू सत्यता स्विकार्ने व्यक्ति होइनन् भने, तिनीहरूले मण्डलीमा बाधा ल्याउने सम्भावना हुनेछ। यदि तँ परमेश्वरको अभिप्राय बुझ्न सक्छस् भने, यी कुराहरू मापन गर्ने सिद्धान्त र मापदण्डहरू बुझ्न सक्छस्। यहाँ अर्को पक्ष पनि छ, र त्यो के हो भने, कुनै व्यक्तिको सामाजिक हैसियत वा शैक्षिक पृष्ठभूमि वा पारिवारिक पृष्ठभूमि जुनै प्रकारको भए पनि, त्यसमा तैँले स्वीकार गर्नैपर्ने एउटा तथ्य छ: तेरो शैक्षिक उपलब्धि र पारिवारिक पृष्ठभूमिले तेरो चरित्र बदल्न सक्दैन, न त तेरो स्वभाव नै प्रभावित पार्न सक्छ। के त्यस्तै होइन र? (हो, त्यस्तै हो।) किन म यसो भन्छु त? व्यक्ति जुनै परिवारमा जन्मेको होस् वा उसले जुनै प्रकारको शिक्षा आर्जन गरेको होस्, ऊ जति नै शिक्षित बनोस् वा नबनोस्, अनि ऊ जुनै प्रकारको सामाजिक पृष्ठभूमिमा जन्मेको होस्, उसको सामाजिक हैसियत उच्च होस् कि निम्न होस्, उसको भ्रष्ट स्वभाव अरू जोकोहीकै जस्तो हुन्छ। हरव्यक्ति उस्तै हुन्छ—यो अपरिहार्य कुरा हो। तिमीहरूको सामाजिक हैसियत र मूल्यले तिमीहरू शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिको सदस्य हौ भन्ने तथ्य बदल्न सक्दैन, न त भ्रष्ट स्वभाव भएको परमेश्वरविरोधी भ्रष्ट मानवजाति हौ भन्ने तथ्य नै बदल्न सक्छ। मैले यसो भन्नुको मतलब के हो? मैले यो भन्नुको मतलब के हो भने, तँ जति नै धनी परिवारमा जन्मे पनि वा तैँले जति नै उच्च शिक्षा हासिल गरेको भए पनि, तँमा अझै पनि भ्रष्ट स्वभाव हुन्छन्; तँ कुलीन होस् वा नीच होस्, धनी होस वा गरीब, उच्च हैसियको होस् वा निम्न हैसियतको, तँ अझै पनि भ्रष्ट मानवजाति नै होस्। त्यसैले, परमेश्वरको काम स्वीकार गरिसकेपछि, तिमीहरू सबै समान हौ, र परमेश्वर सबैप्रति निष्पक्ष र धर्मी हुनुहुन्छ। के यो मानिसहरूमा हुनुपर्ने बुझाइ होइन र? (हो।) कुन व्यक्तिचाहिँ समाजमा उच्च हैसियत भएकोले र सबै मानवजातिको सबैभन्दा कुलीन वंशमा जन्मेकोले शैतानद्वारा भ्रष्ट नपारिएको र भ्रष्ट मनोवृत्ति नभएको छ र? के यो भन्न मिल्ने कुरा हो? के यो कुरा मानवजातिको इतिहासमा कहिल्यै भएको छ? (छैन।) छैन, यस्तो भएको छैन। वास्तवमा अय्यूब, अब्राहाम, र ती अगमवक्ता र प्राचीन सन्तहरू, साथै ती इस्राएलीहरूलगायत कुनै पनि मानवजाति यस संसारमा जिउँदा सम्पूर्ण मानवजाति शैतानद्वारा भ्रष्ट पारिएको हुन्छ भन्ने निर्विवाद तथ्यसित जिउनबाट उम्किन सक्दैन। शैतानले मानिसलाई भ्रष्ट बनाउँदा, तँ उच्च शिक्षित होस् कि होइनस्, तेरो पारिवारिक इतिहास के हो, तेरो थर के हो, वा तेरो पारिवारिक वंशज कति ठूलो छ भन्ने कुरालाई वास्ता गर्दैन, र अन्तिम परिणाम यस्तो हुन्छ: यदि तँ मानिसजातिमाझ जिउँछस् भने, तँ शैतानद्वारा भ्रष्ट पारिएकै हुन्छस्। त्यसैले, तेरो मूल्य र शैक्षिक पृष्ठभूमिले तँमा शैतानी भ्रष्ट स्वभाव छ र तँ शैतानी भ्रष्ट स्वभावसहित जिउँछस् भन्ने तथ्य बदल्न सक्दैन। के यो मानिसहरूमा हुनुपर्ने बुझाइ होइन र? (हो नि।) तैँले यी कुराहरू बुझिसकेपछि, कसैले भविष्यमा आफ्नो प्रतिभा र पूँजीको धाक देखाउँदा वा तैँले फेरि तिमीहरूमध्ये कसैलाई “श्रेष्ठ” पाउँदा, तँ तिनीहरूसित कस्तो व्यवहार गर्छस्? (म तिनीहरूलाई परमेश्वरको वचनअनुसार व्यवहार गर्नेछु।) सही भनिस्। अनि कसरी तँ तिनीहरूलाई परमेश्वरको वचनअनुसार व्यवहार गर्नेछस्? यदि तँसँग गर्नलाई अरू केही छैन, र तँ तिनीहरूलाई तुच्छ ठान्दै “हेर्नुहोस् तपाईँ कति शिक्षित हुनुहुन्छ, तपाईँ केको धाक देखाउँदै हुनुहुन्छ? तपाईँ फेरि आफ्नो पूँजीको कुरा गर्दै हुनुहुन्छ, तर के तपाईँ आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्नुहुन्छ? तपाईँ जति नै उच्च शिक्षित भए पनि शैतानद्वारा भ्रष्ट पारिएकै हुनुहुन्छ होइन र?” भनेर गिल्ला गर्छस् भने, के यो तिनीहरूलाई व्यवहार गर्ने राम्रो तरिका हो? यो सिद्धान्तअनुरूप होइन, र यो सामान्य मानवता भएको व्यक्तिले गर्ने कुरा होइन। त्यसोभए, तैँले तिनीहरूलाई सिद्धान्तअनुरूप कस्तो तरिकाले व्यवहार गर्नुपर्छ? तैँले तिनीहरूलाई मान गर्नु हुँदैन, न त तुच्छ नै ठान्नु हुन्छ—के यो एक सम्झौता होइन र? (हो।) के सम्झौता गर्नु सही हो? होइन, यो सही होइन। तैँले तिनीहरूलाई सही रूपमा व्यवहार गर्नुपर्छ, र यदि तैँले तिनीहरूलाई आफूले बुझेको सत्यता प्रयोग गरेर मद्दत गर्न सक्छस् भने, तिनीहरूलाई मद्दत गर्। यदि तँ तिनीहरूलाई मद्दत गर्न सक्दैनस् भने, र यदि तँ अगुवा होस् र तिनीहरूलाई कुनै खास कर्तव्यको लागि उपयुक्त देख्छस् भने, तिनीहरूलाई त्यो कर्तव्य गर्न लगा। तिनीहरू उच्च शिक्षित भएकाले, “हुँ, उच्च शिक्षित भएर के काम? के तिमी सत्यता बुझ्छौ? म उच्च शिक्षित छैनँ, तैपनि म अगुवा हुँ। ममा राम्रो क्षमता छ, म तिमीभन्दा उत्तम छु, त्यसैले म तिमीलाई तुच्छ ठान्नेछु र तिमीलाई लज्जित तुल्याउनेछु!” भन्ने सोच्दै तिनीहरूलाई तुच्छ नठान्। यो त क्षुद्र र मानवताहीन हुनु हो। “तिनीहरूलाई उचित व्यवहार गर्” भन्नुको अर्थ के हो? यसको अर्थ, सत्यता सिद्धान्तअनुसार मामिलाहरू सम्हाल्नु हो। अनि यहाँ सत्यता सिद्धान्त भनेको के हो? यो भनेको मानिसहरूलाई निष्पक्ष व्यवहार गर्नु हो। मानिसहरूलाई उच्च सम्मान नदे र तिनीहरूलाई मान नगर्, र आफूलाई तुच्छ ठान्दै तिनीहरूसामु नझुक्, र तिनीहरूको चापलुसी पनि नगर्, अनि तिनीहरूलाई कुल्चीमिल्ची नगर्, र तिनीहरूलाई तुच्छ नठान्; तिनीहरूले आफ्नो मोल धेरै उच्च नठान्न र धाक नलाउन पनि सक्छन्। के तिनीहरूले धाक लाउँछन् भनेर सधैँ डराउनु र त्यसैगरी तिनीहरूलाई कुल्चिमिल्ची गर्नु सही हो? होइन, यो सही होइन। यो त क्षुद्र र मानवताहीन हुनु हो—तँ एकापट्टि अति झुक्दैनस् भने पनि अर्कोपट्टि अति झुकिरहेको हुन्छस्। मानिसहरूलाई सही व्यवहार गर्नु, मानिसहरूलाई निष्पक्ष व्यवहार गर्नु—यही नै सिद्धान्त हो। यो सिद्धान्त सरल लाग्छ, तर यसलाई अभ्यास गर्नु सजिलो छैन।
पहिले, कुनै अगुवा बस्नका लागि कतै सर्न लागेको थियो। मैले उसलाई आफूसँगै सम्बन्धित टोली अगुवाहरू र सदस्यहरूलाई लैजान भनेँ, यसो गर्दा उनीहरूलाई सँगै कामकुरा छलफल गर्न सजिलो हुनेथ्यो। मैले भनेको कुरा बुझ्न गाह्रो थिएन—यो सुन्नेबित्तिकै बुझिने कुरा हो। आखिर, उसले आफूसँगै लिएर गएका सम्बन्धित कर्मचारीहरूमा केही राम्रै “खुबी” थिए: कसैले उसलाई चिया ल्याइदिन्थे, कसैले उसको खुट्टा धोइदिन्थे र कसैले ढाड मालिस गर्दिन्थे—तिनीहरू सबै चम्चेहरूको झुन्ड थिए। यो अगुवा कति घृणित थियो? एउटा सरुवा रोग भएको व्यक्तिले उसको लोलोपोतो गर्थ्यो र हरदिन उसको चापलुसी गर्थ्यो, उसको पछिपछि लागिहिँड्थ्यो र उसको सेवा गरिरहन्थ्यो। त्यो अगुवा चापलुसी पाउन त्यो रोग सर्ने जोखिम उठाउनसमेत इच्छुक थियो। अन्ततः, तिनीहरू सरेपछि त्यो सरुवा रोग भएको व्यक्तिको रोग फेरि बल्झियो, र त्यो झूटो अगुवाको पनि प्रकाश भयो। त्यसैले, मानिसहरूले सत्यता बुझे पनि वा नबुझे पनि, तिनीहरूले खराब कामहरू गर्नै हुँदैन, आफ्नो महत्त्वाकाङ्क्षा र चाहनाहरूमा भर परेर काम गर्नै हुँदैन, र अवसरवादी मानसिकता राख्नै हुँदैन, किनकि परमेश्वर मानिसको हृदय छानबीन गर्नुहुन्छ र सारा पृथ्वी छानबीन गर्नुहुन्छ। “सारा पृथ्वी” मा के समावेश छ? यसमा भौतिक र अभौतिक दुवै कुराहरू समावेश छन्। आफ्नो दिमाग प्रयोग गरेर परमेश्वर, परमेश्वरको अख्तियार, वा परमेश्वरको सर्वशक्तिमान्तालाई मापन गर्ने प्रयास नगर्। मानिसहरू सृष्टि गरिएका प्राणी हुन् र तिनीहरूको जीवन अति नगण्य छ—तिनीहरूले कसरी सृष्टिकर्ताको महान्ता नाप्न सक्छन्? उहाँले गर्नुभएको सबै कुराको सृष्टिमा र यावत् थोकमाथिको उहाँको सार्वभौमिकतामा तिनीहरूले कसरी सृष्टिकर्ताको सर्वशक्तिमान्ता र बुद्धि मापन गर्न सक्छन्? तैँले अज्ञानी काम वा दुष्टता पटक्कै गर्नु हुँदैन। दुष्टता गर्दा अवश्यै दण्ड पाइनेछ, र जब एकदिन परमेश्वरले तँलाई प्रकट गर्नुहुन्छ, तब तैँले मोलतोल गरेको भन्दा बढी पाउनेछस्, र त्यो दिन तँ रुनेछस् र दाह्रा किट्नेछस्। तैँले आत्म-सचेतनाका साथ आफूलाई आचरणमा ढाल्नुपर्छ। निश्चित मामिलाहरूमा, परमेश्वरले तँलाई प्रकट गर्नुअघि नै तैँले आफूलाई परमेश्वरका वचनहरूसित तुलना गर्नु, आफूबारे चिन्तन गर्नु, र लुकाइछिपाइ राखेका कुराहरू प्रकाशमा ल्याउनु, आफ्ना समस्याहरू पत्ता लगाउनु, र त्यसपछि ती समाधान गर्न सत्यता खोज्नु राम्रो हुनेछ—परमेश्वरले तँलाई प्रकाश गर्नुहुन्जेल नपर्खी। परमेश्वरले तँलाई प्रकाश गर्नुभएपछि, के त्यसले तँलाई निष्क्रिय बनाउँदैन र? त्यतिबेला तैँले पहिले नै अपराध गरिसकेको हुनेछस्। परमेश्वरले तेरो छानबीन गर्नुभएदेखि तेरो प्रकाश गर्नुहुन्जेलसम्म, तेरो मूल्य र तँप्रतिको परमेश्वरको रायमा ठूलो परिवर्तन आउन सक्छ। यस्तो किन हुन्छ भने, परमेश्वरले तेरो छानबिन गर्नुहुँदा, तेरो प्रकाश नहुन्जेल तँलाई मौका दिइरहनुभएको र तँमाथि आशा राखिरहनुभएको हुन्छ। परमेश्वरले कसैलाई आफ्नो आशा राख्नुहुँदा अनि अन्त्यमा त्यो आशा व्यर्थ भइदिँदा, परमेश्वरको मनस्थिति कस्तो हुन्छ? यसमा ठूलै गिरावट हुन्छ। अनि तैँले कस्तो नतिजा भोग्नेछस्? त्यति गम्भीर नभएका मामिलामा, तँ परमेश्वरको घृणाको पात्र बन्न सक्छस्, र तँलाई एकातिर राखिनेछ। “एकातिर राखिनु” भनेको के हो? यसको अर्थ तँलाई राखिनेछ र अवलोकन गरिनेछ भनेको हो। अनि अधिक गम्भीर मामिलामा चाहिँ कस्तो नतिजा हुनेछ? परमेश्वरले भन्नुहुनेछ, “यो व्यक्ति विपत्ति हो र सेवा चढाउन पनि योग्य छैन। म यो मानिसलाई पटक्कै मुक्ति दिनेछैनँ!” परमेश्वरले यो विचार बनाउनुभएपछि, तैँले बिलकुलै कुनै पनि परिणाम पाउनेछैनस्, अनि त्यस्तो भएपछि, तैँले जति नै निधार धसे पनि वा रोइकराइ गरे पनि केही हुनेछैन, किनभने परमेश्वरले तँलाई यथेष्ट अवसरहरू दिइसक्नुभएको हुनेछ तर कहिल्यै पश्चात्ताप नगरेर तँ धेरै टाढा पुगिसको हुनेछस्। तसर्थ, तेरो जे समस्या भए पनि वा तैँले जे भ्रष्टता प्रकट गरे पनि, तैँले सदैव परमेश्वरको वचनको ज्योतिमा आफूबारे चिन्तन गर्नुपर्छ र आफैलाई चिन्नुपर्छ वा दाजुभाइ-दिदीबहिनीहरूलाई यी कुराहरू औँल्याई माग्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तैँले परमेश्वरको छानबीन स्विकार्नुपर्छ, तँ परमेश्वरसमक्ष आउनुपर्छ, र उहाँसित अन्तर्दृष्टि र ज्योति माग्नुपर्छ। तैँले जुनै विधि प्रयोग गरे पनि, समस्याहरू चाँडै पत्ता लगाएर ती समाधान गर्नु नै आत्मचिन्तनबाट पाइने नतिजा हो, र यो तैँले गर्न सक्ने सबैभन्दा उत्तम कुरा हो। तैँले आफूलाई पछुतो हुनुअघि नै परमेश्वरले तँलाई खुलासा गरेर हटाउनुहुने हदसम्म पर्खनु हुँदैन, किनकि त्यतिन्जेल पछुतो गर्न धेरै ढिलो भइसकेको हुनेछ! जब परमेश्वर कसैलाई प्रकाश गर्नुहुन्छ, तब उहाँ अत्यन्तै क्रोधित हुनुहुन्छ कि यथेष्ट रूपमा कृपालु? यो भन्न गाह्रो छ, यो अज्ञात कुरा हो, र म तँलाई यसको ग्यारेन्टी दिनेछैनँ—तँ हिँड्ने मार्ग तैँमाथि निर्भर छ। के तिमीहरूलाई मेरो जिम्मेवारी के हो, थाहा छ? मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुरा, मैले भन्नुपर्ने हरेक शब्द एउटा पनि नछोडी भनिरहेको छु। मैले जुनै विधि प्रयोग गरे पनि, चाहे त्यो लिखित शब्दहरू होस्, कथावाचन होस्, वा स-साना कार्यक्रमहरूको निर्माण होस्, कुनै पनि विधिमा, परमेश्वरले विभिन्न माध्यमहरूद्वारा तिमीहरूले बुझ भनेर चाहनुहुने सत्यता बताइरहेको छु, र त्यससँगसँगै मैले देख्न सक्ने समस्याहरूबारे पनि जानकारी दिइरहेको छु। म तिमीहरूलाई चेतावनी, सम्झाइरहेको र अर्ती दिइरहेको छु, अनि केही आपूर्ति, मद्दत र सहयोग प्रदान गरिरहेको छु। कहिलेकाहीँ म पनि कठोर कुराहरू भन्छु। यो मेरो जिम्मेवारी हो, र बाँकी बाटो कसरी हिँड्ने, त्यो तिमीहरूमा नै निर्भर छ। तैँले मेरो बोली र अनुहारको भाव जाँच्न आवश्यक छैन, अनि तँबारे मेरो धारणा के हो भनेर ध्यानपूर्वक नियाल्नु जरुरी छैन—तैँले यी कुराहरू गर्न आवश्यक छैन। तेरो भावी परिणाम कस्तो हुनेछ, त्यससित मेरो केही सरोकार छैन; यो त तैँले पछ्याउने कुरासँग मात्र सम्बन्धित छ। आज, म खुल्लमखुल्ला र स्पष्ट रूपमा बोल्दै छु, म एकदमै प्रष्टसित बोल्दै छु। के तिमीहरूले मैले बोलेको प्रत्येक शब्द र प्रत्येक वाक्य, र मैले नभनी नहुने, मैले भन्नैपर्ने, र मैले विगतमा भनेका कुराहरू सुनेका र बुझेका छौ? मैले भन्ने कुनै पनि कुरा अमूर्त छैन, त्यसमा तिमीहरूले नबुझ्ने केही छैन; तिमीहरूले सबै बुझेका छौ, र त्यसैले मेरो जिम्मेवारी पूरा भएको छ। मैले बोलिसकेपछि पनि मैले तिमीहरूमाथि नजर राखी नै राख्नुपर्छ र अन्त्यसम्मै सँगसँगै तिमीहरूको लागि जिम्मेवार भई नै रहनुपर्छ भन्ने नसोच। तिमीहरू सबैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएका छौ, तिमीहरू सबै वयस्कहरू हौ, साना बच्चाहरू होइनौ। तिमीहरूले काम गर्दा तिमीहरूको लागि जिम्मेवारी लिने अगुवाहरू छन्, त्यो मेरो जिम्मेवारी होइन। मेरो कामको आफ्नै दायरा छ, मेरो जिम्मेवारीहरूको आफ्नै दायरा छ; तिमीहरू प्रत्येकको पछि लाग्दै र रेखदेख गर्दै आग्रह गरिरहनु सम्भव छैन, न त यो मैले गर्नुपर्ने कुरा नै हो—त्यो मेरो दायित्व होइन। तिमीहरूले पछ्याउने, भन्ने र एकान्तमा गर्ने कुरा, अनि पछ्याउने मार्गबारे भन्नुपर्दा, यी कुनै कुराको मसँग कुनै सम्बन्ध छैन। यी कुराको मसँग कुनै सम्बन्ध छैन भनेर किन म भन्छु त? यदि तिमीहरू परमेश्वरको घरमा आफ्नो कर्तव्य सही र उचित तरिकाले पूरा गर्न सक्छौ भने, अन्त्यसम्मै परमेश्वरको घर तिमीहरूका निम्ति जिम्मेवार हुनेछ। यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्न, मूल्य चुकाउन, सत्यता स्विकार्न र सिद्धान्तअनुसार काम गर्न इच्छुक छस् भने, परमेश्वरको घरले तँलाई डोऱ्याउनेछ, आपूर्ति गर्नेछ, र साथ दिनेछ; यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक छैनस् र बाहिर गएर काम गर्न र पैसा कमाउन चाहन्छस् भने, परमेश्वरको घरको ढोका खुला छ र तँलाई बिदाइ गरिनेछ। तर यदि तैँले परमेश्वरका घरमा बाधा दिइस्, दुष्ट्याइँ गरिस्, र उथलपुथल मच्चाइस् भने, दुष्ट्याइँ गर्ने जोसुकै होस्, परमेश्वरको घरमा प्रशासनिक आदेश र कार्य व्यवस्था छ, अनि तँलाई यी सिद्धान्तहरूअनुसार तह लगाइनेछ। कुरो बुझिस्? तिमीहरू सबैले वर्षौँदेखि परमेश्वरमा विश्वास गर्दै आएका छौ, परमेश्वरका धेरै वचनहरू पढेका छौ, र यत्तिका वर्ष भेलाहरूमा गएर प्रवचनहरू सुनेका छौ, तब पनि किन अलिकति पनि पश्चात्ताप गरेका वा परिवर्तन भएका छैनौ? वर्षौँदेखि प्रवचन सुन्दै आएका र केही सत्यता बुझ्दै आएका धेरै मानिसहरू छन्, तैपनि तिनीहरूले अझै पश्चात्ताप गरेका छैनन्, तिनीहरू अझै पनि झारा टार्ने हिसाबले मात्र आफ्नो कर्तव्य पूरा गर्छन्, र यिनीहरू खतरामा रहेका मानिसहरू हुन्। म तिमीहरूलाई वास्तविक कुरा बताउँछु: तिमीहरूले सधैँ कुनै कुरा व्यावहारिक र प्रभावकारी ढङ्गले गर्न सक भनेर मैले तिमीहरूमाथि नजर राखिरहूँ, तिमीहरूको ख्याल गरिरहूँ, र तिमीहरूलाई हात समाएर सिकाइरहूँ भन्ने अपेक्षा नगर। यदि मैले तिमीहरूलाई ख्याल वा रेखदेख गरिनँ र प्रोत्साहन दिइनँ, अनि तिमीहरू झाराटारुवा बनेर कामको गति सुस्त भयो भने, तिमीहरू समाप्त हुनेछौ। यसले तिमीहरू कुनै निष्ठाविना आफ्नो कर्तव्य गर्छौ र तिमीहरू सबै श्रमिक हौ भन्ने देखाउँछ। म तिमीहरूलाई भन्छु, मेरो सेवकाइ सम्पन्न भएको छ, र म तिमीहरूको ख्याल गर्न बाध्य छैनँ। यस्तो किन हो भने, यी मामिलाहरूमा पवित्र आत्माले काम गरिरहनुभएको छ र तिमीहरूलाई छानबीन गरिरहनुभएको छ; मैले जे गर्नुपर्ने थियो त्यो गरिसकिएको छ, मैले जे भन्नुपर्ने थियो त्यो भनिसकिएको छ, मैले आफ्नो सेवकाइ परिपालन गरेको छु, मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु, र अब केवल तिमीहरूले आफ्नो कार्य र व्यवहारको जिम्मेवारी लिन बाँकी छ। यदि तिमीहरू सत्यता स्विकार्दैनौ र निरन्तर झारा टार्छौ र पश्चात्ताप गर्नेबारे कहिल्यै सोच्दैनौ भने, तिमीहरूको दण्ड र हटाइसँग मेरो कुनै सम्बन्ध रहनेछैन।
मैले भर्खरै बताएको कथाको एउटा पक्ष, मानिसहरूको सामाजिक हैसियत, मूल्य, पारिवारिक पृष्ठभूमि र शैक्षिक पृष्ठभूमि आदि इत्यादि कुराहरूलाई कसरी लिने, अनि यी कुराहरूसम्बन्धी मापदण्ड र सिद्धान्तहरू केके हुन् भन्नेबारे थियो; अर्को पक्षचाहिँ, यी कुराहरूलाई कसरी लिने र तिनीहरूको सारलाई कसरी छर्लङ्गै बुझ्ने भन्ने थियो। तैँले यी कुराहरूको सार छर्लङ्गै बुझेपछि पनि अझै तेरो हृदयमा यी कुरा हुन सक्ने भए पनि, तँ यी कुराको बन्धनमा पर्नेछैनस् र यी कुराअनुसार जिउनेछैनस्। अनि जब तैँले कुनै गैरविश्वासीले आफू विश्वविद्यालय गएर स्नातकोत्तर वा विद्यावारिधिको अध्ययन गरेको सानदार विगतको धाक देखाएको देख्छस्, तब तेरो दृष्टिकोण र मनोवृत्ति कस्तो हुन्छ? यदि तैँले “विश्वविद्यालयमा पूर्वस्नातक अध्ययन गर्नु केही होइन। मैले वर्षौँअघि स्नातकोत्तर डिग्री हासिल गरेको छु,” भनेर भन्छस् भने, यदि तँमा यस्तो मानसिकता छ भने, यो तेरो लागि समस्याको कुरा हुनेछ, र यसले परमेश्वरमा विश्वास गरेर तँमा परिवर्तन आएको छैन भन्ने देखाउँछ। यदि उसले तँलाई तेरो शैक्षिक पृष्ठभूमि सोध्यो, अनि तैँले “मैले त प्राथमिक विद्यालयबाट समेत पढाइ पूरा गरेको छैनँ र एउटा निबन्धधरि लेख्न सक्दिनँ” भनेर भन्छस् र उसले तँलाई निकम्मा ठान्छ र बेवास्ता गर्न थाल्छ भने, के त्यो एकदमै उत्तम होइन र? तैँले अझ धेरै परमेश्वरका वचनहरू पढ्न र अझ धेरै कर्तव्य निर्वाह गर्न समय बचाउन सक्छस्, र गर्नुपर्ने सही कुरा नै यही हो। अविश्वासी र गैरविश्वासीहरूसँग गफ हाँकेर के फाइदा? यदि तँ आफ्नो शैक्षिक स्तर कम छ र समाजमा कुनै हैसियत छैन भनेर भन्छस्, अनि कसैले तँलाई तुच्छ ठान्छ भने, तैँले के गर्नेछस्? यसलाई मनमा नले र बन्धनमा परेको महसुस नगर्, तिनीहरूलाई कुरा गर्न दे, तिनीहरूलाई जे मन लाग्छ त्यो भन्न दे, यो तेरो लागि केही होइन। यसले परमेश्वरप्रतिको तेरो विश्वासमा सत्यता पछ्याउन ढिलाइ गराउँदैन भने, त्यो ठिकै छ। वास्तवमा यो सानो विषय हो, तर दैनिक जीवनमा, मानिसहरू यी पूँजीका कुराहरूलाई धेरै महत्त्व दिन्छन् र तिनलाई सधैँ आफ्नो हृदयमा राख्छन् भन्ने कुरा तिनीहरूको अभिव्यक्तिमा देख्न सकिन्छ। यसले मानिसहरूको बोली र व्यवहारलाई मात्र असर गर्दैन, यसले त तिनीहरूको जीवन प्रवेश र परमेश्वरप्रति विश्वासको सही मार्गको चयनमा पनि असर पुर्याउन सक्छ। ल ठिक छ, म फेरि यसप्रकारका विषयमा कुरा गर्नेछैनँ। अब हामी हामीले पछिल्लोपटक सङ्गति गरेको विषयमा फर्कौँ र ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणबारे सङ्गति र विश्लेषण गर्न जारी राखौँ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।