विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक) खण्ड एक

पूरक: क्यानडाको ख्रीष्टविरोधी घटना सम्हाल्दा

अहिले क्यानडेली मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्ने मानिसहरूको परिस्थिति कस्तो छ? के तिमीहरूले ख्रीष्टविरोधी यानको भित्री रूप चिनेका छौ? यानले जेजसरी बोल्थ्यो र व्यवहार गर्थ्यो, के त्यसमा तिमीहरू कुनै समस्या देख्न सक्छौ? (त्यतिबेला मैले कुनै समस्या देखिनँ, मलाई त उसले कामको अनुगमन गरिरहेको छैन भन्ने मात्र लाग्यो। मलाई खासै अरू कुनै कुराबारे त्यति थाहा भएन।) अब अर्को व्यक्तिले बताओ त। (मेरो यानसँग त्यति सम्पर्क थिएन। म दुई वर्षअघि केही भेलामा ऊसँग गएको थिएँ, तर त्यसपछि ऊसँग मेरो सम्पर्क भएन।) यान तिमीहरूको मण्डली अगुवा थियो, अनि कसरी तिमीहरूको कुनै पनि टोलीको ऊसँग कुनै सम्पर्क रहन सकेन? के अहिले उसका समस्याहरू पत्ता लागेकोले तिमीहरू आफ्ना जिम्मेवारीबाट पन्छिने कोसिस गरिरहेका हौ, कि तिमीहरूको साँच्चै ऊसँग सम्पर्क थिएन? मैले सुनेको कसैको यानसँग अनुचित सम्बन्ध थियो अरे—के कुरा यही हो? (हो।) के तिमीहरूले यो देख्यौ? (देखेनौँ।) त्यसोभए तिमीहरू एकदमै अन्धा हौ। अब अरू कसैले बताओ त। (मेरो यानसँग अलि बढी सम्पर्क थियो। त्यतिबेला, मलाई ऊ अलि अहङ्कारी र आत्मधर्मी छ, अनि आफूलाई उच्च पार्न र देखावा गर्न मन पराउँछ भन्ने मात्र लाग्यो। तर मैले उसमा ख्रीष्टविरोधी सार छ भनेर कहिल्यै खुट्ट्याइनँ।) ऊ महिलाहरूलाई ललाइफकाइ गर्न मन पराउँथ्यो अरे; के तँलाई त्यो थाहा थियो? (अहँ। उसले सङ्गतिमा सधैँ सख्त रूपले पुरुष र स्‍त्रीहरू यौन लम्पट बन्नु एकदमै खराब हो भनेर भन्थ्यो र हामीले त्यस्ता व्यवहार त्याग्नुपर्छ भनेर प्रायः सङ्गति गर्थ्यो। मैले ऊ पर्दापछाडि त्यस्तो होला भनेर कहिल्यै सोचिनँ।) अब अर्को व्यक्तिले बताओ त। (मैले यानसँग एक वर्षजति सङ्गत गरेँ, तर ऊसँग मेरो सम्बन्ध राम्रो रहेन र हामीबीच सद्भावपूर्ण सहकार्य भएन। कामबारे कुराकानी गर्दा मात्र मेरो ऊसँग सम्पर्क हुन्थ्यो र त्यसबाहेक त्यति सम्पर्क हुँदैनथ्यो। त्यसैले, मैले उसको भित्री रूप त्यति धेरै चिनिनँ।) तैँले उसको भित्री रूप त्यति धेरै चिनिनस्? त्यसको मतलब तैँले के भइरहेको छ भनेर देखिनस् कि त्यो खुट्ट्याइनस्? उसको भित्री रूप तँलाई कसरी त्यति धेरै थाहा नभएको हो? यस्तो परिणाम कसरी आयो? (किनभने म हिँडेको मार्ग गलत थियो, र मैले प्रतिभावान्‌ मान्छेलाई आदर्श मानेँ र अत्यधिक महत्त्व दिएँ। यान राम्रो वक्ता थियो, र उसले हरेक सङ्गतिमा परमेश्‍वरका वचन र माथिका प्रवचन तथा सङ्गतिहरू उद्धृत गर्थ्यो। यस्तो लाग्थ्यो, उसलाई समस्याहरू हल गर्न आउँछ, अनि मण्डलीमा समस्याहरू खडा हुँदैपिच्छे ऊ त्यो समाधान गर्ने प्रयास गर्थ्यो।) यदि उसलाई समस्याहरू समाधान गर्न आउँथ्यो भने, कसरी क्यानडेली मण्डलीको चलचित्र निर्माण टोलीमा त्यति धेरै समस्या आए जुन अहिलेसम्म पनि समाधान भएका छैनन्? तँ उसलाई साँच्चै समस्या हल गर्न आउँथ्यो भनेर भन्छस्, तर के त्यो बकवास कुरा होइन र? के त्यो छली छैन र? (छ।) के तिमीहरू प्रवचनहरू सुन्छौ? के तिमीहरू हरेक हप्ता भेलामा जान्छौ? (जान्छौँ।) त्यसोभए, के तिमीहरू मैले ख्रीष्टविरोधीहरूलाई कसरी खुट्याउने भन्नेबारे प्रवचनहरू दिँदा मेरो कुरा सुन्छौ? (सुन्छौँ।) अब मेरो कुरा सुनेपछि, के तिमीहरू यानको साँचो रूप चिन्छौ त? के तिमीहरू यानले जसरी काम गर्थ्यो, त्यसमा कुनै समस्या देख्न सक्छौ? तिमीहरू त्यो ख्रीष्टविरोधी भएकै ठाउँमा प्रवचन सुनिरहेका र भेला भइरहेका थियौ, तैपनि तिमीहरूले यस्तो प्रस्ट ख्रीष्टविरोधीलाई समेत देख्न सकेनौ—यसमा समस्या के हो? यान दुई वर्ष पाँच महिनादेखि अगुवा थियो; को ऊसँग सबैभन्दा धेरै सम्पर्कमा थियो? उसले कुन टोलीमा सबैभन्दा लामो समय बितायो? त्यस टोलीका कति जनाले उसको वास्तविक रूप चिने? कति जनाले उसमा समस्या छ भनेर थाहा त पाए तर त्यो बताएनन्? अनि, कसले उसमा समस्या छ भनेर पत्ता लगाए र त्यो बताउन अघि सरे? के तिमीहरूलाई यी प्रश्‍नहरूको उत्तर थाहा छ? (ऊ वास्तवमा कस्तो हो भनेर कसैले खुट्ट्याएन।) त्यसोभए कसरी पछि तिमीहरूले ऊ ख्रीष्टविरोधी हो भनेर पत्ता लगायौ त? (गलत सम्बन्धमा रहेकी एक सिस्टरले आफू खराब स्थितिमा भएको बताइन्, र हामीले त्यो परिस्थितिबारे थप जान्न खोज्दा महिलाहरूसँग यानका सम्बन्धहरूको समस्या थाहा पायौँ।) त्यो सिस्टरले त त्यो समस्या उदाङ्गो पारी, अनि के अरू कसैले त्यसको रिपोर्ट गऱ्यो त? (अहँ, गरेन।)

यस अवधिमा हामीले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूबारे सङ्गति र चिरफार गर्नमा समय बिताएका छौँ, के तिमीहरूले यानमा भएका अन्य कुनै समस्याहरू पत्ता लगाएका छौ? (ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउनेबारे सङ्गति गरिएपछि, मैले के पत्ता लगाएको छु भने, यान मानिसहरूबीच फूट गराउन निकै खप्पिस थियो। उसले प्रायः मेरो अगाडि केही दाजुभाइ र दिदीबहिनीहरूको आलोचना गर्थ्यो र मसँग सहकार्य गर्ने सिस्टर त सत्यता अभ्यास नगर्ने र मान्छे खुसी पारिहिँड्ने व्यक्ति मात्र हो भन्‍नेजस्ता नानाथरी कुरा भन्दै ती सिस्टरसँगको मेरो सम्बन्धमा कलहको बीजारोपण गर्थ्यो। यसले गर्दा ममा ती सिस्टरबारे निश्चित धारणाहरू आए, र समय बित्दै जाँदा मैले उनीसँग सद्भावपूर्ण सहकार्य गर्नै सकिनँ।) वास्तवमा, तिमीहरू सबैमा नै यानबारे आ-आफ्नै धारणाहरू थिए, तर कसैले पनि त्यो बताउने वा रिपोर्ट गर्ने काम गरेन। तिमीहरू सबै नै मान्छे खुसी पारिहिँड्ने व्यक्ति हौ, जसले बरु मण्डलीको काममा ढिलाइ गराउँछ तर त्यसको वास्ता बिलकुलै गर्दैन। माथिबाट उसको लागि बन्दोबस्त गरिएको काम उसले गरेन, तर यो देखेर पनि तिमीहरूले उसको रिपोर्ट गरेनौ, बरु यो ख्रीष्टविरोधीलाई जोगायौ र उसलाई आफूखुसी गर्न दियौ। किन तिमीहरूले उसको रिपोर्ट गरेनौ? के तँलाई ऊ बेखुसी होला भन्‍ने डर लागेको थियो, कि तैँले उसलाई छर्लङ्गै देख्न सकिनस्? (मैले उसलाई छर्लङ्गै देख्न सकिनँ। कहिलेकाहीँ मलाई केही समस्या आइपर्दा उसलाई भेट्नेबाहेक, सामान्यतया म ऊसँग सङ्गत गर्दिनँथेँ। ऊ आफू काममा व्यस्त छु भन्थ्यो, तर उसले सत्य बोल्दैथ्यो वा थिएन, हामीलाई थाहा हुन्‍नथ्यो।) उसले नदेख्ने गरी के गरिरहेको थियो भनेर अनुसन्धान गर्नु त जरुरी थिएन; तर तैँले तेरो आँखैअगाडि उसले के गरिरहेको छ भनेर केही भेउ पाउन सक्नुपर्थ्यो। ख्रीष्टविरोधीहरूले काम गर्दा निश्चित प्रकटीकरणहरू हुन्छन्। उसले कसैले नदेख्ने गरी मात्र काम गरिरहेको थिएन; तैँले ती कुराहरू प्रत्यक्ष रूपमा चिन्न सक्नुपर्थ्यो। यदि तिमीहरूले ती प्रकटीकरणहरू देख्न सकेनौ भने, के तिमीहरू अन्धा थिएनौ र? (थियौँ।) त्यसोभए यदि अब फेरि कोही यस्तो बन्यो भने, के तिमीहरू तिनीहरूलाई खुट्याउन सक्छौ? के यानजस्तो व्यक्तिले वास्तविक काम गर्न सक्छ? के उसले सत्यता सङ्गति गर्न र समस्याहरू समाधान गर्न सक्छ? (सक्दैन।) किन तँ सक्दैन भन्‍छस्? (कामको नतिजाबारे भन्नुपर्दा, मण्डलीमा लामो समयदेखि समाधान नगरिएका धेरै समस्या थिए, सबै कामको प्रगति अति सुस्त थियो, र हामीले छायाङ्कन गरेका चलचित्रहरूले परमेश्‍वरको घरका मापदण्डहरू पूरा गरेका थिएनन्।) यानको मामिला सम्हाल्नुअघि, के तिमीहरूले यो समस्या हो भनेर देख्यौ? (देखेनौँ।) त्यसोभए, तिमीहरू प्रवचन सुनेर के बुझ्छौ त? तिमीहरू त्यस्ता गम्भीर समस्याहरू देख्न सक्दैनौ, र त्यसपछि तिमीहरू सधैँ यसो भन्दै बहाना बनाउन खोज्छौ, “हामीले ऊसँग सङ्गत गरेनौँ। हामीले नदेख्ने गरी उसले गरिरहेका कामहरू हामीले कसरी जान्न सक्थ्यौँ र? हामी त साधारण विश्‍वासी मात्र हौँ, ऊ त अगुवा थियो। हामी सधैँ उसलाई पछ्याउन सक्दैनथ्यौँ, त्यसैले हामीले उसलाई चिन्न नसक्नु र उसको रिपोर्ट नगर्नु त मनासिबै हो नि।” के तिमीहरूले भन्न खोजेको यही हो? (हो।) यो कुराको प्रकृति के हो? (हामी आफ्नो जिम्मेवारीबाट पन्छिन खोजिरहेका छौँ।) त्यसोभए, यदि भविष्यमा फेरि यस्तो मान्छे भेट्यौ भने, के तिमीहरू यस मामिलालाई यसरी नै सम्हाल्नेछौ? (अहँ, म त फेरि यस्तो मामिला यसरी सम्हाल्दिनँ। मैले त्यो पत्ता लगाएपछि, त्यसको रिपोर्ट गर्नुपर्छ।) म पक्का छैन कि तैँले त्यस्तो गर्नेछस्। झूटा नेता र ख्रीष्टविरोधीहरूबारे रिपोर्ट गर्ने मानिसहरू धेरै मण्डलीमा छन्, तर क्यानडाको मण्डलीमा भने त्यस्तो मानिस एउटा पनि छैन। यो ख्रीष्टविरोधी यति लामो समयदेखि सक्रिय थियो, तर उसको रिपोर्ट कसैले गरेन, कसैले भनेन। हालै अमेरिकाको चलचित्र निर्माण टोलीले कसैको रिपोर्ट गर्दै पत्र पठायो। यो पत्र एकदमै व्यवस्थित र प्रमाणमा आधारित थियो, अनि यो एकदमै निर्दिष्ट र सटीक पनि थियो, मूलतः यो तथ्यमूलक भएर लेखिएको थियो। यसले देखाउँछ, हरेक मण्डलीमा झूटा नेता र ख्रीष्टविरोधीहरूलाई खुट्याउन सक्ने कोही न कोही हुन्छन्—यो राम्रो कुरा हो। कहिलेकाहीँ झूटा नेता र ख्रीष्टविरोधीहरूले केही समय नाटक गर्छन्, अनि केही समस्या प्रकाश गर्छन्। कतिपय मानिसहरू समस्याहरू देख्न त सक्षम हुन सक्छन्, तर ती समस्याहरूको सार र सत्यता देख्न असमर्थ हुन्छन्, न त ती समस्या कसरी समाधान गर्ने भनेर नै जान्दछन्—यो पनि खुट्ट्याइ क्षमता नहुनुसित सम्बन्धित कुरा हो। तैँले यस्तो अवस्थामा के गर्नुपर्छ? यस्तो बेला, तिनीहरूको वास्तविकता खुट्ट्याउन तैँले सत्यता बुझ्ने कसैलाई भेट्नुपर्छ। यदि जिम्मेवारी वहन गर्न सक्ने केही व्यक्ति छन् र सबैले सँगै मिलेर खोजी, सङ्गति, र छलफल गर्छन् भने, तिमीहरू सबै जना कुनै सहमतिमा पुग्न सक्छौ र समस्याको सार देख्न सक्छौ, अनि तिमीहरूले तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरू हुन् कि होइनन् भनेर खुट्याउन सक्नेछौ। झूटा अगुवा र ख्रीष्टविरोधीहरूको समस्या समाधान गर्न त्यति गाह्रो छैन; झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन् र तिनीहरूलाई सजिलै पत्ता लगाउन र प्रस्टै देख्न सकिन्छ; ख्रीष्ट विरोधीहरूले मण्डलीको काममा बाधा र अवरोध पुर्‍याउँछन् अनि तिनीहरूलाई पनि सजिलै पत्ता लगाउन र प्रस्टै देख्न सकिन्छ। यो सब परमेश्‍वरका चुनिएका मानिसहरूलाई कर्तव्य निर्वाह गर्नमा बाधा पुर्‍याउनुसित सम्बन्धित छ, र तैँले त्यस्ता मानिसहरूलाई रिपोर्ट गरी खुलासा गर्नुपर्छ—तैँले त्यसो गरेर मात्र मण्डलीको काम ढिलो हुनबाट रोक्न सक्छस्। झूटा अगुवा र ख्रीष्टविरोधीहरूको रिपोर्ट र खुलासा गर्नु महत्त्वपूर्ण काम हो, जसबाट परमेश्‍वरका चुनिएका मानिसहरूले कर्तव्य राम्रोसँग पूरा गर्न सक्‍ने सुनिश्‍चितता आउँछ, अनि परमेश्‍वरका सबै चुनिएका मानिसहरूले त्यो जिम्मेवारी वहन गर्छन्। चाहे त्यो जोसुकै होस्, यदि त्यो झूटो अगुवा वा ख्रीष्टविरोधी हो भने, परमेश्‍वरका चुनिएका मानिसहरूले त्यसलाई खुलासा गर्नुपर्छ र पर्दाफास गर्नुपर्छ, र यसरी तैँले आफ्नो जिम्मेवारी पूरा गर्नेछस्। रिपोर्ट गरिएको समस्या साँचो हो र साँच्चै झूटो अगुवा वा ख्रीष्टविरोधीको मामिला हो भने, परमेश्‍वरको घरले त्यसलाई समयमै र सिद्धान्तहरूअनुसार सम्हाल्नेछ। तर के त्यसोभए तिमीहरूले ख्रीष्टविरोधी यानको समस्याबारे रिपोर्ट गर्यौ त? अहँ, तिमीहरूले रिपोर्ट गरेनौ। तिमीहरूलाई त्यस दियाबलसले लामो समयसम्म बहकाइरह्यो र खेलाइरह्यो, मानौँ कि तिमीहरूमा चेतना नै छैन। यतिका समयसम्म तिमीहरूकै छेउमा यस्तो प्रस्ट ख्रीष्टविरोधीले मनपरी काम गर्नु र तिमीहरूले त्यसलाई कुनै चुनौती नदिई त्यसो गरिरहन दिनु, के तिमीहरूमा साँच्चै चेतना नै थिएन त? के तिमीहरू सामान्य रूपमा मण्डली जीवन जिउँछौ त? के तिमीहरू पवित्र आत्माको काममा रमाउन सक्छौ त? के हरेकपटक भेलामा उपस्थित हुँदा तिमीहरूले लाभ उठाउँछौ त? तिमीहरूलाई यी सबै महसुस हुन सक्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, ख्रीष्टविरोधी यानले कुनै पनि वास्तविक काम गरेन, उसले चलचित्र निर्माण कार्यमा ढिलाइ गरायो, र उसले मण्डलीको काम पूरै लथालिङ्ग पारिदियो। हृदय हुने जोकोहीले यी कुरा देख्न सक्नुपर्थ्यो, तर तिमीहरू कसैले पनि त्यो ख्रीष्टविरोधीको मुखौटा खोल्ने वा रिपोर्ट गर्ने काम गरेनौ। यस्तो लाग्छ, तिमीहरू फोहोरी दियाबलस र दुष्ट आत्माहरूसँग घुलमिल हुन मन पराउँछौ, र तिमीहरूलाई सत्यताप्रति कुनै प्रेम छैन। तिमीहरू यो कुरा स्विकार्न इच्छुक नहौला, तर यो तथ्य हो। तिमीहरू दियाबलससँग घुलमिल भएका छौ, तैपनि यसलाई राम्रो मान्छौ। तिमीहरूलाई लाग्छ, तिमीहरूले अब परमेश्‍वरका वचनहरू पढ्न वा सत्यता पछ्याउनुपर्दैन र आफ्नो कर्तव्य निर्वाह गर्ने औपचारिकता मात्र पूरा गरे पुग्छ; र तिमीहरूले मुक्ति प्राप्त गर्ने, सत्यता अभ्यास गर्ने, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुने, वा आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्ने अब कुनै कष्ट उठाउनुपर्दैन। तिमीहरूलाई लाग्छ, तिमीहरू त्यो बेलाका सदोमका मानिसहरूजस्तै, कुनै जिम्मेवारी नलिई खाइरहने, पिइरहने, मोजमस्ती गरिरहने, र कुनै पनि उचित काम नगरी अनि कसैले पनि ख्रीष्टविरोधीको खुलासा वा रिपोर्ट नगरी आफ्नो देहमा लिप्त हुन र मनमौजी भई जिउन सक्छौ। त्यही कारणले गर्दा मण्डली लामो समयसम्म पवित्र आत्माको कामरहित भयो। तर तिमीहरूलाई यसको वास्तै छैन, तिमीहरू पतन भइसकेका छौ, तिमीहरू अविश्‍वासी र गैरविश्‍वासीहरूभन्दा केही फरक छैनौ। तिमीहरूले वर्षौँदेखि प्रवचनहरू सुन्दै आएका छौ, तर अहिले पनि झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्याउन सक्दैनौ, बरु ख्रीष्टविरोधीहरूसँग घुलमिल भएर कुनै पनि कुरामा गम्भीर विचार नगरी दिनभर खाँदै-पिउँदै बस्न इच्छुक छौ। यस्तो व्यवहारले तिमीहरू परमेश्‍वरका साँचो विश्‍वासी होइनौ भनेर छर्लङ्गै देखाउँछ। पहिलो कुरा त, तिमीहरू सत्यतालाई प्रेम गर्ने वा सत्यता स्विकार्ने गर्दैनौ; दोस्रो कुरा, तिमीहरूमा कर्तव्यप्रतिको जिम्मेवारीबोध छैन, तिमीहरूले कर्तव्य बफादारीपूर्वक निभाउन सक्छौ भनेर त भन्‍नै सकिँदैन, र तिमीहरूले मण्डलीको कामलाई सरासर बेवास्ता गर्छौ। तिमीहरूले कर्तव्य निभाएजस्तो त देखिन्छ, तर कुनै परिणाम प्राप्त गर्दैनौ; तिमीहरूले केवल औपचारिकता पूरा गर्छौ। झूटा अगुवा र ख्रीष्टविरोधीहरूले मण्डलीको कामलाई जति नै बाधा र क्षति पुर्‍याए पनि, तिमीहरूलाई यसबारे केही थाहा हुँदैन, र यसमा तिमीहरूलाई कुनै वास्ता लाग्दैन। ख्रीष्टविरोधी पूर्ण रूपमा प्रकाश भएपछि मात्र तिमीहरूले आफू खुट्याउने क्षमता नभएको स्विकार्छौ, अनि मैले विवरण माग्दा तिमीहरू “मलाई थाहा छैन, म जिम्मेवार छैनँ!” भन्छौ। तिमीहरू यस मामिलाबाट पूरै पन्छिन्छौ। के तिमीहरूलाई यसो भनेर मामिला सकिन्छ र आफू जिम्मेवारीबाट उम्कन सक्छु भन्ने लाग्छ? के परमेश्‍वरको मण्डलीले यसलाई अब जाँच्नेछैन र? परमेश्‍वरको घरले तिमीहरूलाई यतिका समय मलजल गरेको छ र तिमीहरूले धेरै प्रवचन सुनेका छौ, तर परिणाम के भयो? यसमा यो गम्भीर समस्या छ, मण्डलीमा ख्रीष्टविरोधी देखा पर्छ, तर तिमीहरूलाई यसबारे थाहै हुँदैन। यसले देखाउँछ कि तिमीहरूले फिटिक्कै प्रगति गरेका छैनौ, तिमीहरू भावशून्य र मन्दबुद्धिका छौ, र तिमीहरू आफ्नो देहमा लिप्त हुन्छौ। तिमीहरू मुर्दाहरूको डँगुर हौ, जसमा जिउँदो कोही छैन, सत्यता पछ्याउने कोही छैन, छन् भने बढीमा केही श्रमिक मात्र हुन्छन्। यत्तिका समय परमेश्‍वरमा विश्‍वास गरेर र प्रवचनहरू सुनेर पनि ख्रीष्टविरोधीसँग घुलमिल हुनु, उसको खुलासा वा रिपोर्ट नगर्नु—तिमीहरू र परमेश्‍वरमा विश्‍वास नगर्ने व्यक्तिमा के नै फरक छ र? तिमीहरू ख्रीष्टविरोधीहरूका पक्षमा छौ, परमेश्‍वरका मानिसहरू होइनौ; तिमीहरू ख्रीष्टविरोधीहरूलाई पछ्याउँछौ, शैतानलाई पछ्याउँछौ, तर परमेश्‍वरलाई पटक्कै पछ्याउँदैनौ। तिमीहरूले ख्रीष्टविरोधीले गरेका नराम्रा कुराहरू नगरेका भए पनि, उसलाई पछ्यायौ र जोगायौ, किनकि तिमीहरूले उसको खुलासा वा रिपोर्ट गरेनौ, अनि ख्रीष्टविरोधीसँग त्यति सङ्गत गरेको छैन र उसले के गरिरहेको थियो भन्ने पत्तै पाएनौँ भनेर फतरफतर गरिरह्यौ। यसो गरेर, के तिमीहरूले जानाजानी ख्रीष्टविरोधीलाई जोगाइरहेको थिएनौ र? ख्रीष्टविरोधीले यति धेरै दुष्ट काम गऱ्यो र मण्डलीको काम ठप्‍प बनायो, अवरोध पुऱ्याएर मण्डली जीवन पूरै तहसनहस पाऱ्यो, तैपनि तिमीहरू अझै पनि ख्रीष्टविरोधीले के गरिरहेको थियो, त्यो थाहै भएन भन्छौ—त्यो कसले विश्‍वास गर्छ? तिमीहरूले आफ्नै आँखाअगाडि ख्रीष्टविरोधीले मण्डलीको काममा अवरोध र क्षति पुर्‍याइरहेको देख्यौ तैपनि तिमीहरू उदासीन भयौ र कति पनि प्रतिक्रिया दिएनौ। कसैले पनि उसको खुलासा वा रिपोर्ट गरेन—तिमीहरू सबैले यति सानो जिम्मेवारी निभाउनसमेत सकेनौ, त्यसैले तिमीहरू विवेकहीन र समझहीन छौ! विभिन्‍न ठाउँका मण्डलीहरूले झूटा अगुवा र ख्रीष्टविरोधीहरूको रिपोर्ट गर्दै बारम्बार रिपोर्ट पत्रहरू पठाउँछन्—के तिमीहरूले यो कुरा कहिल्यै देखेका छैनौ र? क्यानडेली मण्डली मात्रै यस्तो एउटा जमेको पोखरी हो जसले यस अवस्थाबारे रिपोर्ट गर्न माथि कहिल्यै सम्पर्क गरेको छैन। तिमीहरू केवल मुर्दाहरूको थुप्रो हौ, जसमा एक जना पनि जीवित छैन! परमेश्‍वरले यस्तो मण्डली स्विकार्नुहुनेछैन, र यदि तिमीहरू पश्‍चात्ताप गर्दैनौ भने, पूर्ण रूपमा समाप्त हुनेछौ र तिमीहरू सबैलाई हटाइनेछ।

आज जुलाई १०, २०१९ हो। आजदेखि सुरु गरेर क्यानडेली चलचित्र निर्माण टोली एक वर्षको लागि औपचारिक रूपमा अलग बस्ने र चिन्तन गर्ने अवधिमा रहनेछ। त्यो चलचित्र निर्माण टोलीमा कति जना छन्? (परमेश्‍वर, त्यो चलचित्र निर्माण टोलीमा ३४ जना छन्।) अनि कति जना अगुवा छन्? (दुई जना।) ठिक छ, त्यसोभए तिमीहरू दुईजना उभ त, मैले तिमीहरूलाई देखिनँ। तिमीहरू चलचित्र निर्माण टोलीका मानिसहरू, यो दिन अर्थात् जुलाई १० सम्झनू। आजदेखि क्यानडेली चलचित्र निर्माण समूहलाई औपचारिक रूपमा एक वर्षका लागि समूह ‘ख’ मा राखिनेछ। यदि तिमीहरू पश्‍चात्ताप गर्छौ भने, सामान्य मण्डलीमा फर्कन सक्छौ; यो एक वर्षभर हामी तिमीहरूको व्यवहार कस्तो हुन्छ हेर्नेछौँ—यदि तिमीहरू निरन्तर कर्तव्य निभाइरहन्छौ, र पश्‍चात्ताप प्रदर्शन गर्छौ भने, तिमीहरूले मण्डलीको जीवन पुनः सुरु गर्न सक्‍नेछौ। बुझ्यौ? (बुझ्यौँ।) यो अवधिमा तिमीहरूका कर्तव्यहरू उही रहनेछन्। यदि तिमीहरूमध्ये कतिपय निकालिन र निष्कासित हुन चाहन्नौ भने, यो अलग्याइ र चिन्तन विधि अपनाउनेबारे के सोच्छौ? के तिमीहरू यसमा सन्तुष्ट छौ? (छौँ।) किन म एक वर्ष दिँदै छु? (हामीलाई पश्‍चात्ताप गर्ने मौका दिन।) तिमीहरूलाई पश्‍चात्ताप गर्ने मौका दिनका लागि। यदि एक वर्षपछि पनि तिमीहरूको आचरण अझै लज्जाजनक रह्यो, कार्यकुशलता अझै अपेक्षाअनुरूप राम्रो भएन, कर्तव्य निभाउँदा तिमीहरूले अझै आलटाल गर्‍यौ र तिमीहरूको कर्तव्य पहिलेजस्तै भद्रगोल भयो, तिमीहरूले आफ्नो व्यावसायिक काम र जीवन प्रवेशमा कुनै प्रगति गरेनौ, र कुनै पनि परिणाम प्राप्त गरेनौ भने, तिमीहरूलाई थप अर्को एक वर्ष अलग राखिनेछ, र एवम् रीतले यो अवधि एकएक वर्ष गर्दै बढाइनेछ। जब तिमीहरूले प्रगति गरेका हुनेछौ, अर्थात् जब तिमीहरूले केही अनुभवात्मक गवाही लेखहरू लेख्न सक्‍नेछौ, र जब तिमीहरूको व्यवहार, समझ, र कामको नतिजा वास्तवमै मापदण्डबमोजिम हुनेछ, तब तिमीहरूले पुनः मण्डली जीवन जिउन सुरु गर्न सक्‍नेछौ। क्यानडेली मण्डलीका अन्य टोलीले मण्डली जीवन जिउन जारी राख्न सक्‍नेछन्। हामी भविष्यमा कर्तव्य निर्वाहप्रति तिमीहरूको मनोवृत्ति कस्तो हुन्छ, त्यो हेर्नेछौँ। यदि तिमीहरूको आचरण अझै पनि लाजमर्दो रह्यो भने, क्यानडेली मण्डलीका सबैजनालाई अलग राखिनेछ। कुरो बुझ्यौ? (बुझ्यौँ।) तिमीहरूलाई यो मामिला सम्हाल्दाको यो नतिजा कस्तो लाग्यो? (राम्रो लाग्यो।) यो साँच्चै राम्रो कि त्यत्तिकै भनेको हो? (यो साँच्चै राम्रो छ।) ठिक छ, त्यसोभए तिमीहरू यसमा सन्तुष्ट छौ। त्यसकारण आजको यो प्रवचन तिमीहरूले सुन्‍ने अन्तिम प्रवचन हो। मेरो मूल अभिप्राय तिमीहरूलाई पूर्ण रूपमा अलग पार्ने र हटाउने, र तिमीहरूलाई यो प्रवचन सुन्‍न नदिने भन्‍ने थियो। यत्तिका वर्ष तिमीहरूले सुनेका प्रवचनहरू व्यर्थ भए र तिमीहरूले केही पनि हासिल गरेका छैनौ, तब तिमीहरू अझै किन सुन्दै छौ? तिमीहरूलाई देख्दा मेरो मन साह्रै दुख्छ! तिमीहरू सबै एकदमै भावशून्य र मन्दबुद्धिका छौ।

यसअघि क्यानडेली मण्डलीकी एउटी सिस्टरसँग कुरा गरिरहेको बेला, मैले त्यहाँको अवस्था उत्ताउलो र चरम लम्पटपूर्ण, र टाइप गर्न नसक्ने गरी हल्लीखल्ली रहेको, र ऊ कुनै अति नै चहलपहल भएको क्षेत्रमा रहेजस्तो सुनेँ। त्यसपछि मलाई त्यसबाट विकर्षित महसुस हुन थाल्यो र मैले क्यानडेली मण्डलीका मानिसहरू भक्त रहेनछन्, बरु अविश्‍वासीहरूजस्तै लम्पट रहेछन्, र तिनीहरूले सत्यता पछ्याउँदैन रहेछन् भनेर भनेँ। पछि, मैले यी मानिसहरूसँग चलचित्र निर्माणबारे सङ्गति गरेँ तर तिनीहरू पूर्णतया भावशून्य थिए। यो “भावशून्य” को अर्थ के हो? मैले तिनीहरूसँग कुरा गरिरहेको बेला, तिनीहरूले कुनै पनि प्रतिक्रिया वा अनुहारको भाव देखाएनन्, एक ठाउँमा ट्वाल्ल हेरिरहेका थिए, मानौँ तिनीहरूमा दुष्टात्मा बसेका छन्—तिनीहरूले कुनै कुराबारे पनि कुनै प्रतिक्रिया वा मनोवृत्ति देखाएनन्। के यो घिनलाग्दो कुरा होइन र? यी मानिसहरूको मानसिक अवस्था र रूपलाई हेर्दा, यी कुनै पनि टोली राम्रा देखिन्‍नन्, ती सबै अस्तव्यस्त छन्, र विशेषगरी यो चलचित्र निर्माण टोलीमा त छाडा यौनसम्बन्धको घटना नै घट्यो, तर पनि तिनीहरू अझै आफूलाई केही थाहा छैन भनेर भन्छन्। के तिनीहरूले भनेको कुरा सही हो त? के यो भ्रामक छैन र? वास्तवमा, ख्रीष्टविरोधी यानको यो मामिला अगुवाहरू र कामदारहरूले सम्हालिसकेका छन्, तर यो एकदमै गम्भीर र घिनलाग्दो भएकोले, मैले व्यक्तिगत रूपमा हस्तक्षेप गर्नुपर्‍यो। अनि, किन मैले हस्तक्षेप गर्नुपर्‍यो त? किनभने तिनीहरूले यसलाई राम्रोसँग सम्हालेनन्। तिनीहरूले केही कुराहरू घटाएर भने, तिनीहरूले समस्या सुल्झाउन सकेनन्, र तिनीहरूले मामिला चिरफार गर्न पटक्कै सकेनन्। तिमीहरू कति भावशून्य रहेछौ त? तिमीहरूलाई त अनुहारमा सियोले घोचे पनि रगत आउँदैन; तिमीहरूले बिलकुलै केही पनि महसुस गर्न सक्दैनौ। अगुवाहरू र कामदारहरू सबैलाई काटछाँट गरियो, तर पछि तिनीहरू फेरि उस्तै भए, परिवर्तन भएनन्। त्यसकारण मैले हस्तक्षेप गर्नुपर्‍यो र तिमीहरूप्रतिको “व्यवहार” बदल्नुपर्‍यो। तिमीहरूले यो मामिलाबाट के पाठ सिक्यौ? तिमीहरूले हृदयमा असहज महसुस गर्छौ, हैन त? के तिमीहरूलाई मैले यसरी मामिलाहरू सम्हाल्नु न्यायसंगत हो जस्तो लाग्छ? (लाग्छ।) यो कसरी न्यायसंगत हो? स्पष्टसँग बताउनुपर्दा: यदि तैँले सही मार्ग पछ्याइनस् वा सत्यता अभ्यास गरिनस् भने, यदि तँ परमेश्‍वरमा विश्‍वास गरेको खोल ओड्छस् तर गैरविश्‍वासीहरूजस्तै जीवन जिउन र मनपरी चाल चल्न चाहन्छस् भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वास अर्थहीन छ। किन म यो अर्थहीन छ भन्दै छु? परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ केमा हुन्छ? यसको अर्थ मानिसहरू हिँड्ने मार्ग, जीवनप्रति तिनीहरूको दृष्टिकोण, अनि परमेश्‍वरमा विश्‍वास गरेपछि तिनीहरूको जीवन दिशा र लक्ष्यहरूमा पूर्ण परिवर्तन आउनुमा हुन्छ, अनि यी कुराहरू परमेश्‍वरमा विश्‍वास नगर्नेहरू, सांसारिक मानिसहरू, र दियाबलसहरूभन्दा बिलकुलै फरक हुनुमा हुन्छ, अनि विश्‍वासीहरू हिँड्ने मार्ग ती मानिसहरूको भन्दा बिलकुलै विपरीत हुनुमा हुन्छ। यो विपरीत दिशा के हो? यो तँ असल व्यक्ति बन्न चाहनु, अनि परमेश्‍वरप्रति समर्पित हुने र मानव स्वरूप भएको व्यक्ति बन्न चाहनु हो। त्यसोभए, तँ यो कुरा कसरी हासिल गर्न सक्छस्? तैँले सत्यताप्रति लागिपर्न ध्यान केन्द्रित गर्नुपर्छ, र तब मात्र तँ परिवर्तन हुन सक्नेछस्। यदि तँ सत्यता पछ्याउँदैनस् वा सत्यता अभ्यास गर्दैनस् भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वासको कुनै अर्थ वा महत्त्व हुँदैन, तेरो विश्‍वास रित्तो खबटा, छल गर्ने उद्देश्यले बोलिएका दुष्ट शब्द, र खोक्रो शब्द हुन्छ, जसको कुनै प्रभाव हुँदैन। तिमीहरूले म के भन्दै छु, त्यो मनन गर्नुपर्छ। यी वचनहरू सबैभन्दा सरल र आधारभूत सत्यता हुन्, तिमीहरूले पहिले यी वचनहरूबारे मनन गरेका छैनौ होला। के कुरा यही होइन त? यदि तँ “म परमेश्‍वरमा विश्‍वास गर्छु। मैले जे गर्नुपर्ने हो, त्यो गर्नेछु, म जे चाहन्छु, त्यो गर्नेछु, अनि परमेश्‍वरप्रति समर्पित हुने, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने, अनि परमेश्‍वरप्रति बफादार हुने, र मानवतासहितको व्यक्ति बन्ने सन्दर्भमा मेरो ती कुरासँग कुनै लेनादेना छैन,” भनेर भन्छस् भने, यदि यी कुराहरूसँग तेरो कुनै लेनादेना छैन भने, तैँले परमेश्‍वरमा विश्‍वास गरेर के गर्दै छस्? किन तँ परमेश्‍वरमा विश्‍वास गर्छस्? तँ उहाँमा कसरी विश्‍वास गर्न चाहन्छस्? परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ कस्तो व्यक्ति बन्‍न चाहन्छस्? यदि यी कुराहरूसँग तेरो कुनै सरोकार छैन भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वासको कुनै अर्थ छैन। यदि तँ सधैँ आफ्नै धारणा र कल्पनामा भर परेर परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तँ सधैँ आफ्नै रुचिअनुसार काम गर्छस् भने, तँ जे चाहन्छस् त्यही गर्छस् र आफ्नै देहमा लिप्त हुन्छस् भने, तेरा विचार र दृष्टिकोण, अनि तेरा कार्यहरूको सत्यता र परमेश्‍वरले माग गर्नुभएको कुरासँग कुनै सम्बन्ध छैन, र परमेश्‍वरप्रतिको तेरो विश्‍वास अर्थहीन छ र तैँले विश्‍वास गरिरहनु जरुरी छैन। यदि तैँले विश्‍वास गरी नै रहन्छस् भने पनि, त्यो प्रयास खेर फाल्नु मात्र हुनेछ, र परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेछैन।

यो विषय एकदमै गहकिलो छ, र यो मामिला सम्हाल्न तिमीहरू सबै असहज मान्छौ; यो अलि अनपेक्षित कुरा हो। तर कुरा जेसुकै होस्, भविष्यमा यस्ता घटना दोहोरिनेछन्। अहिले त हामीले यो मामिलालाई यसरी सम्हालेका छौँ, तर यदि भविष्यमा यस्तो घटना दोहोरियो भने, त्यसलाई यसरी सम्हालिनेछैन, बरु अझै कडाइसाथ सम्हालिनेछ। मलाई भन त, के यो उचित हो? (हो।)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्