अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (९) खण्ड तीन

च. सम्पत्ति व्यवस्थापन

छैठौँ विषयवस्तु, सम्पत्ति व्यवस्थापन। सम्पत्ति व्यवस्थापनको काममा सुसमाचारको काम वा विभिन्‍न प्रकारका पेसागत कामहरूमा जस्तो बारम्बार कामका प्रबन्धहरू जारी नगरिने भए पनि, परमेश्‍वरको घरसित त्यसका लागि अझै पनि विशिष्ट कामका प्रबन्धहरू हुन्छन्। सम्पत्ति व्यवस्थापनमा के-के समावेश हुन्छन् त? त्यसमा सम्पत्तिहरू कसरी राखिन्छ, कहाँ राखिन्छ, तिनको व्यवस्थापन कसले गर्छ, र खतरा वा प्रतिकूल वातावरणहरू, साथै त्यस्तै अन्य विशेष परिस्थितिहरू आइ पर्दा, तिनलाई कसरी बाँडफाँड, व्यवस्थापन, र हस्तान्तरण गरिन्छ भन्‍ने कुराहरू समावेश हुन्छन्। कामका प्रबन्धहरूमा वास्तवमा यी सबै कुराहरूसम्बन्धी विनियमहरू हुन्छन्, र यो कामको कुरा आउँदा, अगुवा र कामदारहरूले माथिले सिधै आदेशहरू देलान् वा कामका प्रबन्धहरू जारी गर्लान् भनेर पर्खेर बस्नु, अनि त्यसपछि मात्र निष्क्रिय रूपमा सम्पत्तिहरूको व्यवस्थापन गर्न थाल्नु हुँदैन। तैँले निश्चित तरिकाले सम्पत्तिलाई सम्हाल्नुपर्ने भनी माग गर्ने कुनै तात्कालिक कामका प्रबन्धहरू छैनन् भने, र विशेष परिस्थितिहरूमा तँलाई सम्पत्ति कसरी सम्हाल्ने भनी थाहा नहुँदा र तैँले माथिबाट सामयिक प्रतिक्रियाहरू प्राप्त गर्न नसक्दा, तैँले के गर्नुपर्छ? सुरक्षा नै पहिलो प्राथमिकता हो, र परमेश्‍वरको घरको सम्पत्तिको रक्षा गर्नु तेरो जिम्मेवारी हो। परमेश्‍वरको घरले छापेका परमेश्‍वरका वचनका पुस्तकहरू, साथै विभिन्‍न प्रकारका सबै यन्त्र, खानेकुरा, पैसा, र त्यस्तै अन्य सम्पत्तिहरूको कुरा आउँदा, अगुवा र कामदारहरूले ती सबैलाई परमेश्‍वरको घरका प्रबन्धहरूअनुरूप सुरक्षित स्थानहरूमा राख्नुपर्छ, र यी कुराहरूलाई ओसिन, ढुसी लाग्न, वा कीराले खान दिनु हुँदैन, तिनलाई दुष्ट मानिसहरू वा ठूलो रातो अजिङ्गरद्वारा खोसिन दिनु त झनै हुँदैन। त्यसमाथि, परमेश्‍वरको घरका यी सम्पत्तिहरूलाई राम्ररी व्यवस्थापन गर्नुबाहेक, अगुवा र कामदारहरूले कडाइका साथ गोपनीयता पनि कायम राख्नुपर्छ; यी मामलाहरूसँग सम्बन्ध नभएका मानिसहरूलाई समान रूपमा तीबारे थाहा पाउनबाट टाढै राख्नुपर्छ, र तीबारे थाहा हुनेहरूले मुख बन्द राख्नुपर्छ र अविवेकी रूपमा बोल्नु हुँदैन। परमेश्‍वरको घरसित यो कामसम्बन्धी विशिष्ट कामका प्रबन्धहरू छन्, र तीमध्ये केहीलाई लिखित रूपमा जारी वा खुलासा गर्नु उचित हुँदैन। यदि अगुवा र कामदारहरूले सम्पत्ति व्यवस्थापन गर्ने अझ राम्रा उपाय र विधिहरू निकाल्छन् भने, अवश्य नै, परमेश्‍वरको घरका सम्पत्तिहरूलाई कुनै क्षतिबाट जोगाउन राम्रोसँग व्यवस्थापन र रक्षा गर्ने सिद्धान्तलाई पालना गर्दै गर्दा, उनीहरूले उक्त मामलाबारे अन्य अगुवा र कामदारहरूसँग छलफल गरेर स्वतन्त्र रूपमा निर्णय गर्न सक्छन्। यो एउटा विशेष काम हो, र मुख बन्द नराख्ने, जिम्मेवारीको बोध नहुने, अनुचित मनसायहरू बोकेका, भर्खरै मात्र विश्‍वास गर्न थालेका र आफ्नो आस्थामा जग नभएका, अनि सधैँ लालच गर्दै परमेश्‍वरको घरका सम्पत्तिहरूमा आँखा लगाउनेहरूलाई समान रूपमा त्यसबारे थाहा पाउन दिनु हुँदैन। यी कुराहरू परमेश्‍वरको घरका कामका प्रबन्धहरूमा खुलस्त रूपमा उल्लेख गर्न सकिँदैन, तर के अगुवा र कामदारहरू अनि भरपर्दा संरक्षकहरू यसबारे सचेत हुनुपर्दैन र? (पर्छ।) यहाँ एउटा विशेष परिस्थिति छ। मानौँ एक जना नवनिर्वाचित अगुवाले तीन वर्षदेखि मात्र परमेश्‍वरमा विश्‍वास गर्दै आएको छ, ऊसँग असल क्षमता छ, ऊ निकै उत्साहित छ, र सतहमा ऊ ठिकै देखिन्छ, तैपनि उसको चरित्र कस्तो छ, उसले सम्पत्तिलाई कसरी हेर्छ, वा ऊ लोभी छ कि छैन भन्‍ने कुरा थाहा पाइएको छैन। यी कुराहरू अज्ञात र अनिश्चित छन्, अनि लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका दाजुभाइ-दिदीबहिनीहरूले यस व्यक्तिलाई राम्ररी चिन्दैनन्, उनीहरूले यस व्यक्तिलाई पूर्ण रूपमा चिन्दैनन्। यस्तो अवस्थामा के गरिनुपर्छ? उसलाई उक्त काम हस्तान्तरण गर्ने समय आएपछि, अरू सबै काम हस्तान्तरण गरिन्छ—के उसलाई सम्पत्तिको काम हस्तान्तरण गरिनुपर्छ? (पर्दैन।) किन पर्दैन? अगुवा र कामदारहरूको मुख्य काम सम्पत्तिको व्यवस्थापन गर्नु मात्र होइन; सम्पत्ति त उनीहरूको कामको एउटा पाटो मात्र हो। यदि साँच्चिकै कुनै उचित व्यक्तिले सम्पत्तिको व्यवस्थापन गरिरहेको छ र यो नवनिर्वाचित अगुवा भरपर्दो छैन भने, अहिलेका लागि उसलाई यो काम हस्तान्तरण नगर्नु नै ठीक हुन्छ, किनभने उसले लामो समयसम्म परमेश्‍वरमा विश्‍वास गर्नेछ कि गर्नेछैन वा ऊ दृढ रहन सक्छ कि सक्दैन भन्‍ने कुरा थाहा अझैसम्म भएको हुँदैन। विगतमा, एक जना व्यक्तिलाई भर्खरै मण्डली अगुवाका रूपमा चयन गरिएको थियो, आफ्नो पदभार ग्रहण गरेपछि, उसले सुरुमै परमेश्‍वरका चुनिएका मानिसहरूलाई भेटीहरू राखिएको ठाउँका बैँक खाता नम्बर र पासवर्डहरू सोध्यो। उसले यी बैङ्क खाता नम्बर र पासवर्डहरू कोसँग छ भनेर सोध्यो, र उनीहरूलाई यो काम तुरुन्तै आफूलाई हस्तान्तरण गर्न दबाब दियो। यो अवस्थामा, के यो काम उसलाई हस्तान्तरण गरिनुपर्छ? उसलाई अरू कुनै पनि कामको चिन्ता वा चासो थिएन, तर ऊ यस मामलाबारे अत्यन्तै गम्भीर र चिन्तित थियो—के ऊ भरपर्दो व्यक्ति थियो त? कोही अगुवा वा कामदार हो भन्दैमा ऊ भरपर्दो हुन्छ भन्‍ने नसोच्। वास्तवमा, साँच्चै सिद्धान्तहरूअनुसार चुनिएका संरक्षकहरू मात्र भरपर्दा हुन्छन्—उनीहरू परमेश्‍वरको घरका सम्पत्तिहरूको रक्षा गर्न आफ्नो जीवन बलिदान गर्न सक्छन्। यस्ता मानिसहरू सबैभन्दा भरपर्दा हुन्छन्। त्यसोभए, के सबै अगुवा र कामदारहरू यसो गर्न सक्षम हुन्छन् त? हुन्छन् नै भन्‍ने छैन। विगतमा, एक जना क्षेत्रीय अगुवा ठूलो रातो अजिङ्गरद्वारा पक्राउ गरिएको थियो, र उसले मण्डलीका सबै सम्पत्तिहरूबारे कुरा खोलिदियो, जसले गर्दा त्यसमध्ये ठूलो मात्राको सम्पत्ति गुम्न पुग्यो। यदि उसलाई मण्डलीका सम्पत्तिहरू कहाँ छन् भन्‍ने कुरा थाहा नभएको भए, उसलाई मरूञ्जेल कुटिएको भए पनि, उसले यो कुरा प्रकाश गर्न सक्नेथिएन, अनि त्यसपछि के परमेश्‍वरको घरका सम्पत्तिमा क्षति नपुगेको हुन्थेन र? उसलाई अति धेरै कुरा थाहा भएकाले नै उसले यातना र दर्दनाक कुटाइ सहन नसकेपछि सबै कुरा खोलेको, र यो पैसा ठूलो रातो अजिङ्गरको हातमा परेको थियो। यदि उसलाई यी सम्पत्तिहरू कहाँ छन् भनेर थाहा पाउन नदिइएको भए, र यदि त्यसको रक्षा गर्ने व्यक्ति भरपर्दो भइदिएको भए, के परमेश्‍वरको घरको पैसामा क्षति पुग्ने र त्यो ठूलो रातो अजिङ्गरद्वारा जबरजस्ती जफत गरिने थियो त? अहँ, थिएन। यो एउटा गम्भीर पाठ हो। त्यसकारण, यस कामको प्रबन्धको कुरा आउँदा सबैभन्दा महत्त्वपूर्ण बुँदा भनेको सुरक्षा नै पहिलो प्राथमिकता हो, क्षतिहरूलाई अत्यन्तै न्यूनतम मात्रामा राख्नैपर्छ, र काम जुनसुकै तरिकाले गर्दा सुरक्षित हुन्छ त्यसरी नै गरिनुपर्छ। परमेश्‍वरको घरको सम्पत्ति व्यवस्थापन गर्नका लागि त्यसलाई व्यवस्थापन गर्नमा बफादारी देखाउने व्यक्ति फेला पार्—यो नै सबैभन्दा भरपर्दो कदम हो। यस व्यक्तिले अरू केही गर्न नसके पनि, ऊ बफादार हुनेछ र पैसाको सुरक्षा गर्ने कुरामा ऊ निश्चित रूपमा नै सक्षम हुनेछ, त्यसैले सम्पत्तिको सुरक्षा गर्न यस व्यक्तिलाई प्रयोग गर्नु नै सही कुरा हो। यो काममा एक समयमा एउटा मात्र कार्य गरिने भएकाले, त्यसका लागि गरिने प्रबन्धहरू निकै सरल छन्: सम्पत्तिको सुरक्षा गर्न सही मानिसहरू खोज्ने र त्यसलाई राख्नका लागि सुरक्षित स्थान खोज्ने। त्यसका साथै, परमेश्‍वरको घरका सम्पत्तिहरू बाँडफाँड र खर्च गर्ने सम्बन्धी परमेश्‍वरको घरका कामका प्रबन्धहरूमा विशिष्ट विनियमहरू पनि रहेका छन्; पैसा आवश्यक खर्चहरूमा व्यय गर्न मिल्छ, तर अनावश्यक खर्चहरूमा मिल्दैन। अर्को एउटा कुरा के छ भने, सम्पत्तिहरूसम्बन्धी खर्चहरूका लागि कडा नियामक प्रणाली छ, र परमेश्‍वरको घरसँग विभिन्‍न प्रक्रिया र कार्यविधिहरूका लागि विशिष्ट विनियमहरू छन्, जसका लागि कैयौँ व्यक्तिहरूको हस्ताक्षर आवश्यक हुन्छ, आदि। व्यवस्थापन, सुरक्षा, खर्च, र लेखा पनि हुन्छ—यी सबै कुराहरूका लागि विशिष्ट कामका प्रबन्धहरू हुन्छन्।

छ. पखाल्ने काम

सातौँ विषयवस्तु, पखाल्ने काम। परमेश्‍वरको घरले यस कामका लागि पनि निरन्तर विशिष्ट कामका प्रबन्धहरू गरिरहेको हुन्छ। कामका प्रबन्धहरू, एकातिर, परमेश्‍वरको घरको कामका आवश्यकताका आधारमा गरिन्छन् र, अर्कोतिर, विभिन्‍न प्रकारका मानिसहरूको वर्गीकरण र परिभाषाका आधारमा, साथै विभिन्‍न प्रकारका मानिसहरू प्रकाश भएपछि उनीहरूका प्रकटीकरणहरूअनुसार हरेकलाई आफ्नै प्रकारअनुसार अलग गर्ने आधारमा गरिन्छ। परमेश्‍वरको घरसित हर प्रकारका ख्रीष्टविरोधी, दुष्ट मानिस, र अविश्‍वासीहरूलाई सम्हाल्ने सिद्धान्तहरू छन्; कतिपयलाई कर्तव्य निर्वाह गर्नेहरूको दर्जाबाट पखालिन्छ, कतिपयलाई पूर्णकालीन कर्तव्य मण्डलीहरूबाट पखालेर अल्पकालीन कर्तव्य मण्डली वा साधारण मण्डलीहरूमा पठाइन्छ, कतिपयलाई साधारण मण्डलीहरूबाट पखालेर समूह “ख” मा पठाइन्छ, र कतिलाई त सिधै निकाला वा निष्कासन गरिन्छ। परमेश्‍वरको घरले मण्डलीलाई पखाल्ने कामका लागि बारम्बार कामका प्रबन्धहरू गरिरहेको हुन्छ, र त्यसले पखालिने सर्त पूरा गर्ने मानिसहरूका लागि पनि विशिष्ट कामका प्रबन्धहरू गरेको छ। आफ्ना कर्तव्यहरू पूरा गर्नमा मानिसहरूमा हुने मनोवृत्तिहरू र आफ्ना कर्तव्यहरू पूरा गर्दा तिनीहरूले गरेका अपराधहरू, साथै विभिन्‍न प्रकारका मानिसहरूमा प्रकाश हुने भ्रष्ट सारका आधारमा, परमेश्‍वरको घरले अन्ततः यी मानिसहरूलाई सम्हाल्ने निश्चित योजनाहरू बनाउँछ। त्यसकारण, परमेश्‍वरको घरले विभिन्‍न प्रकारका दुष्ट मानिस, अविश्‍वासी, र ख्रीष्टविरोधीहरूलाई सम्हाल्ने काम पूर्णतया परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार गरिन्छ, र यो पूर्णतया परमेश्‍वरका अभिप्रायहरूअनुरूप गरिन्छ। यी कामका प्रबन्धहरूको कुरा आउँदा, एकातिर सत्यता सिद्धान्तहरूमा सङ्गति गर्न जरुरी हुन्छ ताकि मानिसहरूले तिनलाई बुझून् र विभिन्‍न प्रकारका मानिसहरूलाई खुट्ट्याउन सिकून्, जबकि अर्कोतिर मण्डलीहरूलाई यी कामका प्रबन्धहरू जारी गर्न जरुरी हुन्छ ताकि तिनको सङ्गति र कार्यान्वयन गर्न सकियोस्। जे भए पनि, मण्डलीलाई पखाल्ने काम सकेसम्म चाँडो कार्यान्वयन गरिनुपर्छ, र त्यसलाई कहिल्यै अवरुद्ध गर्नै हुँदैन। मण्डलीमा उप्रान्त कुनै पनि दुष्ट मानिसहरू बाँकी नरहेसम्म त्यो जारी रहनैपर्छ। यस्तो होइन कि माथिले मण्डलीलाई पखाल्नू भनी आदेश दिएर कामको प्रबन्ध जारी गरेपछि अगुवा र कामदारहरूले केही समयका लागि मात्र पखाल्ने काम गर्नुपर्छ, र त्यो पखाल्ने काम गरिएको केही समयपछि फेरि पनि दुष्ट मानिसहरूले बाधा दिइरहेका छन् भन्‍ने पत्ता लाग्यो, तर माथिले त्यसबारे कुनै कामका प्रबन्धहरू गरेका छैनन् भने, अगुवा र कामदारहरूले ती दुष्ट मानिसहरूका बारेमा चिन्ता गर्न वा तिनीहरूलाई पखाल्न आवश्यक हुँदैन—त्यसो गरेर हुँदै हुँदैन। मण्डलीको पखाल्ने कामलाई व्यवस्थित ढङ्गले अघि बढाउन जारी राख्नैपर्छ; निकाल्नुपर्ने वा निष्कासित गर्नुपर्ने मानिसहरू हुञ्जेल, पखाल्ने काम जारी रहनैपर्छ। माथिले आदेश देलान् वा माथिल्लो तहका अगुवाहरूले तँलाई ती कुराहरू सञ्चार गर्लान् भनेर निष्क्रिय रूपमा पर्खेर नबस्, अनि अझ धेरै दाजुभाइ-दिदीबहिनीहरूले कसैको रिपोर्ट गर्लान् भनेर निष्क्रिय रूपमा पर्खेर नबस्। परमेश्‍वरका चुनिएका मानिसहरूले कसैको खुलासा र रिपोर्ट गर्नेबित्तिकै, अगुवा र कामदारहरूले त्यो मामलाको अनुसन्धान गर्न र त्यसलाई सम्हाल्न सुरु गर्नुपर्छ। यदि अगुवा र कामदारहरूले उक्त रिपोर्ट पत्र अड्काएर राख्छन् र त्यस मामलालाई सम्हाल्दैनन् भने, तिनीहरूको अनुसन्धान गरेर तिनीहरूलाई तह लगाउनुपर्छ, र यदि तिनीहरूले कुनै दुष्ट व्यक्तिको रक्षा गरिरहेको पाइएमा, तिनीहरूलाई त्यो दुष्ट व्यक्तिसँगै मण्डलीबाट निकाल्नैपर्छ। मण्डली पखाल्ने काम नगर्ने जुनसुकै अगुवा वा कामदार झूटो अगुवा वा कामदार हो र उसलाई तुरुन्तै बर्खास्त गरिनुपर्छ। यदि उसले दुष्ट मानिसहरूको संरक्षण र रक्षा समेत गर्छ भने, उसलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरेर मण्डलीबाट निकाल्न र निष्कासित गर्न सकिन्छ। मण्डलीलाई पखाल्ने कामका सम्बन्धमा परमेश्‍वरको घरले बनाएका विशिष्ट विनियमहरू यिनै हुन्। मण्डलीलाई पखाल्ने काम अत्यन्त जरुरी प्राथमिकतामा पर्छ र यसको गहन महत्त्व हुन्छ। ल भन्, के मण्डलीलाई पखाल्ने काम मण्डलीको शुद्धीकरण गर्नका लागि गरिने होइन र? यदि मण्डलीलाई शुद्ध गरिएको छ—अर्थात्, यदि त्यसभित्र कुनै पनि दुष्ट मानिसहरूले बाधाहरू दिइरहेका छैनन् र त्यसका सदस्यहरूमा अविश्‍वासीहरू मिसिएका छैनन् भने—तब त्यो साँचो मण्डली हुनेछ, र त्यसले मण्डली जीवनका लागि उत्कृष्ट नतिजाहरू पनि निकाल्नेछ। के यो ख्रीष्टको राज्य साकार हुनु तर्फको अर्को ठूलो कदम हुने थिएन र? यस्तो शुद्ध मण्डली राज्यको सुसमाचार फैलाउनमा सबैभन्दा लाभदायक हुने थियो, किनभने सबैसँग सत्यता वास्तविकता हुने थियो, सबै जना परमेश्‍वरलाई गवाही दिन र परमेश्‍वरका मानिसका रूपमा पूर्ण पारिन सक्षम हुने थिए, र उप्रान्त कुनै पनि दुष्ट मानिसहरूले बाधाहरू दिइरहेका हुने थिएनन्। प्राकृतिक रूपमा नै, यस्तो मण्डली सबैभन्दा आशिषित् हुने थियो। त्यसकारण, मण्डलीलाई पखाल्नु भनेको एउटा सबैभन्दा अर्थपूर्ण काम हो र यो पूर्णतया परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्ना कर्तव्यहरू पूरा गर्ने वातावरणलाई थप शान्तिपूर्ण, र दुष्ट मानिसहरूको बाधारहित बनाउनका लागि गरिन्छ। त्यसमाथि, परमेश्‍वरको घरले आवारा र केही न कामका मानिसहरूलाई समर्थन गर्दैन, र सुखसयलमा लिप्त हुने अनि आफ्नो पेट भरिञ्जेल खाने परजीवीहरूलाई समर्थन गर्दैन। कर्तव्यहरू बिलकुलै पूरा नगर्ने र आफ्नो कर्तव्य पूरा गरिरहेका अरू मानिसहरूलाई बाधा दिने र असर पार्ने ती सबैलाई, र गैरजिम्मेवार टिप्पणीहरू गर्ने, हस्तक्षेप गर्ने, र मण्डलीमा आफूले गर्नुपर्ने काम नगर्ने ती सबैलाई पनि निकाल्नुपर्छ। विभिन्‍न प्रकारका सबै मानिसहरू अब पूर्ण रूपमा प्रकाश भएका छन्, मण्डलीको पखाल्ने काम अनिवार्य हो, र त्यो पूर्ण रूपमा र राम्रोसँग गरिनुपर्छ। प्रकाश भएका यी सबै दुष्ट मानिस, ख्रीष्टविरोधी, अविश्‍वासी, केही न कामका मानिस, र परजीवीहरू तिनै हुन् जो परमेश्‍वरद्वारा तिरस्कृत हुन्छन्, र तिनीहरूले मुक्ति पाउनै सक्दैनन्। यदि मण्डलीले पखाल्ने काम नगरेको भए, यसले सुसमाचार फैलाउने कामलाई असर पार्ने थियो। त्यसकारण, मण्डली पखाल्ने काम एउटा महत्त्वपूर्ण काम हो, जुन वर्तमानमा तत्काल राम्रोसँग पूरा गरिनु आवश्यक छ। मण्डली पखाल्ने काम राम्रोसँग गर्न सक्ने ती अगुवा र कामदारहरू मात्र संवर्धन गर्न लायक हुन्छन् र तिनीहरू मात्र अगुवा र कामदार रहिरहन सक्छन्। मण्डलीलाई पखाल्ने काममा अवरोध पुर्‍याउने जुनसुकै अगुवा वा कामदार एउटा बाधा वा व्यवधान हो, र परमेश्‍वरका चुनिएका मानिसहरूले उसको खुलासा र रिपोर्ट गर्नैपर्छ। सबै तहका अगुवा र कामदारहरूले सुरुमा मण्डलीका यी सबै बाधा र व्यवधानहरूलाई राम्रोसँग निकालेर समाधान गर्नैपर्छ—यो परमेश्‍वरका अभिप्रायहरूसँग मेल खान्छ। यो मात्र मण्डलीको विभिन्‍न कामहरूको सहज प्रगतिका लागि, र परमेश्‍वरले सबै महिमा प्राप्त गर्न सक्नुहोस् भनी मण्डलीले परमेश्‍वरको इच्छालाई अघि बढाउनका लागि अनुकूल हुन्छ।

ज. बाह्य मामलाहरू

आठौँ विषयवस्तु, बाह्य मामलाहरू। बाह्य मामलाहरूको काम न त ठूलो काम हो न त सानो, र बाह्य मामलाहरूका सम्बन्धमा परमेश्‍वरको घरका कामका प्रबन्धहरूअन्तर्गत कैयौँ सिद्धान्तहरू छन्। एउटा त स्थानीय कानुन र विशिष्ट स्थानीय प्रावधानहरूबारे जान्‍नु हो। भन्‍नुको मतलब, मण्डलीले कुनै निश्चित ठाउँमा जेसुकै गरे पनि, तैँले पहिला स्थानीय कानुनहरूबारे जान्‍नैपर्छ—यो एउटा सिद्धान्त हो। अर्को सिद्धान्त के हो भने, तैँले आफूले नबुझ्ने वा आफू प्रस्ट नभएका बाह्य मामलाहरूसँग सम्बन्धित समस्याहरू सामना गर्दा, कुनै वकिल र सम्बन्धित कानुन व्यवसायीहरूको परामर्श लिनैपर्छ, र आफैले जानकारीरहित निर्णयहरू लिनु हुँदैन; तैँले फरक-फरक देशहरूका फरक-फरक राष्ट्रिय अवस्थाहरूअनुसार मामलाहरू सम्हाल्नका लागि निश्चित योजनाहरू बनाउनैपर्छ। त्यसोभए, यी योजनाहरू कसरी बन्छन् त? वकिलले जे भन्छ तैँले त्यो मान्‍नैपर्छ र वकिललाई नै निर्णयहरू गर्न दिनुपर्छ—आफैले स्वेच्छाचारी मूल्याङ्कन वा निर्णयहरू नगर्। हरेक देशका राष्ट्रिय अवस्था, नीति, कानुन, र प्रावधानहरू फरक हुन्छन्, त्यसैले आफ्नो कल्पनाका आधारमा व्यवहार नगर्। उदाहरणका लागि, मानौँ तैँले चीनमा बाटोमा कुनै व्यक्ति लुटपाटमा परेको देखिस्। चीनको कानुनले कुनै पनि बटुवाले यस्तो घटना देखेमा उसले साहसपूर्वक हस्तक्षेप गर्न सक्ने, पहिला चोरलाई समात्न, र त्यसपछि उसलाई प्रहरीकहाँ बुझाउन सक्ने प्रावधान गरेको छ। यदि तैँले यसो गरिस् भने, तँ एक साहसी नायक बन्‍नेछस्, तैँले कुनै कानुनी जिम्मेवारी वहन गर्नुपर्ने छैन, र तेरो प्रशंसा गरिनुपर्छ। चीनको राष्ट्रिय अवस्था र पद्धति यही नै हो, र यो चीनको एक प्रकारको परम्परागत संस्कृति हो—चिनियाँ मानिसहरू यसलाई “परम्परागत सद्गुण” भन्‍ने मीठो नाम दिएर वर्णन गर्छन्। तर, पश्चिममा, विशेषगरी संयुक्त राज्य अमेरिका र क्यानडा जस्ता देशहरूमा, यदि, तैँले कुनै चोरले केही कुरा चोरिरहेको देखिस् र उसलाई तुरुन्तै समातेर प्रहरी आएर उसलाई पक्राउ गरूञ्जेल पर्खिस् भने, त्यो गलत हो, त्यो कानुन तोड्नु हो। किनभने तँ एक साधारण नागरिक मात्र होस् र कानुन कार्यान्वयन गर्ने अधिकारी होइनस्, र तँसित कसैलाई पक्राउ गर्ने कुनै अधिकार हुँदैन; प्रहरीसँग मात्र कसैलाई पक्राउ गर्ने अधिकार हुन्छ। तैँले कुनै चोरले केही कुरा चोरिरहेको देख्दा, तैँले त्यो कुरा प्रहरीकहाँ रिपोर्ट गर्न सक्छस्, तर तँ आफैले चोरलाई पक्राउ गर्न मिल्दैन। यदि तैँले जथाभावी चोरलाई पक्राउ गरिस् भने, तैँले गैरकानुनी कार्य गरिरहेको हुन्छस्—पश्चिमा राष्ट्रहरूको कानुन यही नै हो। चिनियाँ मानिसहरूको “परम्परागत सद्गुण” पश्चिमा राष्ट्रहरूमा अभ्यास गर्नु उचित हुँदैन; पश्चिमा राष्ट्रहरूका आफ्नै कानुनहरू हुन्छन्। यदि तैँले कुनै कुनै पश्चिमा देशमा कोही लडेको देखिस् भने, कानुनले के तोकेको हुन्छ? तैँले गएर यस्तो सोध्नुपर्छ, “के तपाईँ ठीक त हुनुहुन्छ? के तपाईँलाई सहयोग चाहिन्छ?” यदि त्यस व्यक्तिले उसलाई कुनै सहयोग चाहिँदैन भन्यो भने, तँ जान सक्छस्। यदि तैँले कोही लडेको देखिस् तर उसलाई ठीक छ कि छैन भनेर सोधिनस् वा उसको जाँच-बुझ गरिनस्, र तँ बस हिँडिरहिस् भने, तैँले कानुन तोडिरहेको हुन्छस्। यदि तैँले चीनमा यस्तो अवस्थाको सामना गरिस् भने, त्यो ठगी हुन सक्छ, र यदि तैँले त्यसलाई बेवास्ता गरिस् भने केही पनि हुनेछैन। यदि तैँले, “के तपाईँ ठीक त हुनुहुन्छ? के तपाईँलाई सहयोग चाहिन्छ?” भनेर सोधिस् भने, त्यो तेरा लागि समस्याजनक हुन सक्छ, त्यस व्यक्तिले तँलाई ठग्न सक्छ, र त्यसपछि तैँले फेरि कहिल्यै राम्रो जीवन जिउनेबारे बिर्सिदिए हुन्छ। यी दुई मामलाहरूले तिमीहरूलाई के बताउँछन्? फरक-फरक देशहरूमा र फरक-फरक जातिहरूमा शिक्षा पूर्णतः फरक हुन्छ, अनि सामाजिक वातावरण र सामाजिक प्रणालीहरू, र अवश्य नै, कानुन र प्रावधानहरू पनि फरक हुन्छन्। जब बाह्य मामलाहरूको कामको कुरा आउँछ, एकातिर, यो काम गरिरहेका मानिसहरूले मण्डलीको कामसँग सम्बन्धित कानुन, प्रावधान, र विधानहरूलाई सही रूपमा बुझ्नुपर्छ, र, अर्कोतिर, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले जान्‍नुपर्ने सामान्य जीवनसम्बन्धी केही ज्ञान वा कानुनी विधानहरू प्रसार पनि गर्नुपर्छ। त्यसकारण, परमेश्‍वरको घरसित यो कामसम्बन्धी कामका प्रबन्धहरू छन्, जसले यो काम गर्नेहरूबाट तिनीहरूले जे गर्दा पनि सुरुमा सधैँ सान्दर्भिक कानुन र सरकारी प्रावधानहरूको परामर्श लिनुपर्ने माग गर्छन्। विशेषगरी समाधान गर्न कठिन समस्याहरू सामना गर्दा, तिनीहरूले कुनै वकिलको परामर्श लिनैपर्छ र अन्धाधुन्ध आफैले मूल्याङ्कन गर्ने वा चिनियाँ मानिसहरूको सोचाइ र तर्कअनुसार समाधानहरू निकाल्ने गर्नु हुँदैन—यो मूर्ख र अज्ञानी तरिकाले कार्य गर्नु हो। यी कुराहरू बुझिसकेपछि, त्यसपछि तैँले बाह्य मामलाहरूको कामको महत्त्व, त्यसले हासिल गर्नुपर्ने नतिजाहरू, साथै परमेश्‍वरको घरलाई यी कामका प्रबन्धहरू गर्नु कति जरुरी छ भन्‍ने कुरा थाहा पाउनुपर्छ। यस कामको दायरा त्यति ठूलो छैन, त्यसैले धेरैजसो परिस्थितिहरूमा यस काममा संलग्न कर्मचारीलाई त्यसका कामका प्रबन्धहरूबारे स्पष्ट बुझाइ प्राप्त गर्न लगाउनु नै काफी हुन्छ। यदि त्यो दाजुभाइ-दिदीबहिनीहरूले जान्‍नुपर्ने कुरा हो भने, उनीहरूलाई त्यो कुरा बुझ्न र बोध गर्न मदत गर्। बाह्य मामलाहरूको काम निकै महत्त्वपूर्ण पनि छ, किनभने दाजुभाइ-दिदीबहिनीहरूले उनीहरू विदेशमा बस्ने र काम गर्ने सम्बन्धी कानुन र प्रावधानहरू नबुझी हुँदैन। परमेश्‍वरको घरसँग यस सम्बन्धमा आवश्यक पर्ने कुरासम्बन्धी विशिष्ट कामका प्रबन्धहरू हुन्छ, र यसलाई कामका प्रबन्धहरूका आधारमा कार्यान्वयन गर्न नै जरुरी छ। यदि विशेष परिस्थितिहरू देखा परेमा, परमेश्‍वरको घरले केही आपत्‌कालीन समाधानहरू सृजना गर्नेछ। यदि कुनै काम बाह्य मामलाहरूको कामसँग सम्बन्धित छ भने, तैँले बाह्य मामलाहरूका कर्मचारीहरूसँग परामर्श गर्नैपर्छ र परमेश्‍वरको घरले उक्त कार्यसम्बन्धी कस्ता विशिष्ट प्रबन्धहरू गरेको छ भनी हेर्नुपर्छ, अन्धाधुन्ध आफ्नै कल्पनामा भर परेर जानकारीरहित कार्य नगर्। त्यस तरिकाले कार्य गर्नाले समस्या निम्तिने सम्भावना हुन्छ, र परिणामहरू अकल्पनीय हुनेछन्। बाह्य मामलाहरूको काम एक समयमा एउटा मात्र गरिने काम पनि हो, यो जटिल हुँदैन, र तैँले धेरैजसो विशिष्ट कामका मामलाहरू कामका प्रबन्धहरूमा भेट्टाउन सक्नुपर्ने हो। जब मानिसहरूले पहिलो पटक विदेशमा बाह्य मामलाहरूको काम गर्न थाल्छन्, त्यो अलि जटिल लाग्न सक्छ, तर केही समय गरेपछि, उनीहरूले ढाँचा र विधिहरू पत्ता लगाउँछन्, र उप्रान्त त्यो त्यति जटिल लाग्दैन। सुरुमा, विदेश गएका चिनियाँ मानिसहरूबारे उनीहरूले फोहोर गरेको, राती अति अबेला सुतेको, बिहान अति चाँडो उठेको, उनीहरूका भुक्ने कुकुरहरूले मानिसहरूलाई बाधा दिएको, बरन्डामा कपडा सुकाएको, र अनुचित तरिकाले पार्किङ् गरेकोमा रिपोर्टहरू गरिन्थ्यो—तिनीहरूबारे धेरै कुराका लागि रिपोर्ट गरिन्थ्यो। अन्ततः तिनीहरूबारे धेरै पटक रिपोर्ट गरियो, प्रहरी सधैँ तिनीहरूलाई मार्गदर्शन दिन तिनीहरूको ढोका ढकढक्याउन आइपुगे, र लामो समय बितेपछि मात्र तिनीहरूले आफू चीनमा नभई विदेशमा छु भन्‍ने कुरा महसुस गरे। अलिअलि गर्दै, तिनीहरू सचेत बने, तिनीहरू कानुनबारे अलिकति सचेत भए, र तिनीहरूले जीवन, काम, ड्राइभिङ, आदिसम्बन्धी केही नियमहरू बुझे। चिनियाँ मानिसहरू पहिलो पटक विदेश जाँदा, तिनीहरूले आफूलाई कसरी आचरणमा ढाल्ने भन्‍नेबारे केही आधारभूत शिष्टाचार मात्र बुझेका थिए र तिनीहरूसँग धेरैजसो कानुनी मामलाहरूसम्बन्धी कुनै सामान्य ज्ञान थिएन; तिनीहरू जङ्गली जनावर जस्तै थिए, तिनीहरूमा कानुनबारे कुनै सचेतना थिएन। केही वर्षपछि, तिनीहरूले केही ज्ञान प्राप्त गरे र केही नियमहरू बुझे, मानौँ तिनीहरू घरपालुवा भएका थिए, र तिनीहरू अलि सुध्रिए।

झ. मण्डलीको कल्याण

नवौँ विषयवस्तु, मण्डलीको कल्याण। परमेश्‍वरको घरले यसअघि मण्डलीको कल्याणका सन्दर्भमा कामका प्रबन्धहरू बनाएको थियो, र यदि पूर्णकालीन रूपमा कर्तव्य पूरा गर्नेहरू वा तिनीहरूका परिवारलाई हातमुख जोड्नमा सहयोग चाहिएमा, मण्डली अगुवाहरूले यो समस्यालाई समाधान गर्नैपर्छ। यी कामका प्रबन्धहरूमा कार्यान्वयनका विशिष्ट योजना र सिद्धान्तहरू पाउन सकिन्छ, र परमेश्‍वरको घरले विशिष्ट निर्देश र सर्तहरू प्रदान गरेको छ। परमेश्‍वरमा विश्‍वास गरेकाले जेल परेका, र यसरी आफ्ना परिवारको दैनिक जीवनमा कठिनाइ सृजना भएका दाजुभाइ-दिदीबहिनीहरू; घरबाट टाढा रहेर लामो समयसम्म आफ्ना कर्तव्यहरू पूरा गरिरहेका र आफ्ना छोराछोरीको रेखदेख गर्ने कोही नभएका आमाबुबाहरू; र धेरै वर्षदेखि आफ्ना कर्तव्य पूरा गरेका बिरामी दाजुभाइ-दिदीबहिनीहरूका सम्बन्धमा, मण्डलीले यी र अन्य यस्ता कठिनाइहरूका लागि सहायता र समाधानहरू प्रदान गर्नुपर्छ। यो कामसँग सम्बन्धित एउटा विशेष परिस्थिति छ, र त्यो के हो भने, जब केही परिवारहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना घरमा अतिथि राख्ने सर्तहरू पूरा गर्छन्, तर तिनीहरूसँग आम्दानीको स्रोत छैन भने—तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको अतिथिसत्कार गर्दा लाग्ने खर्च कसरी सम्हालिनुपर्छ? यो मण्डलीको कल्याणको काम अन्तर्गत पर्छ। यस सम्बन्धी सर्तहरू कामका प्रबन्धहरूमा पाउन सकिन्छ, अथवा अगुवा र कामदारहरूले अतिथिसत्कार गर्ने कामलाई सञ्चालन गर्नका निम्ति मण्डलीका स्रोत-साधनहरूलाई स्थानीय अवस्थाअनुसार समझदारीपूर्वक बाँडफाँड गर्न सक्छन्—यी सबै कुराहरूका लागि मण्डलीसँग विशिष्ट सर्तहरू हुन्छन्। यदि यी विशिष्ट सर्तहरूको दायराभन्दा बाहिर केही विशेष परिस्थितिहरू उत्पन्‍न हुन्छन् भने, अगुवा र कामदारहरूले उक्त मामलाबारे सङ्गति र छलफल गर्न, र त्यस इलाकाका सामान्य जीवन स्तरहरूका आधारमा ठोस र समझदारीपूर्ण प्रबन्धहरू गर्न सक्छन्। यो ठूलो-स्तरको काम नभए पनि, र अत्यन्तै महत्त्वपूर्ण कार्य पनि नभए पनि, यो अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै पर्ने काम हो, र यसलाई बेवास्ता गर्न मिल्दैन। यदि हातमुख जोड्नका लागि सहयोग चाहिने वा आर्थिक सहयोग चाहिने कोही पनि छैन भने, अगुवा र कामदारहरूले यस्तो खाँचो भएका मानिसहरू खोज्न विशेष प्रयास गर्नु आवश्यक छैन। यदि त्यस्ता मानिसहरू छन् भने, अगुवा र कामदारहरूले तिनीहरूबाट हच्किनु हुँदैन, र झन् तिनीहरूलाई बेवास्ता गर्नु, निष्क्रिय रूपमा उभिइरहनु, वा तिनीहरूलाई नदेखेको ढोँग गर्नु त झनै हुँदैन। उनीहरूले सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्छ—यो उनीहरूको जिम्मेवारी हो।

ञ. आपत्‌कालीन योजनाहरू

दसौँ विषयवस्तु, आपत्‌कालीन योजनाहरू। आपत्‌कालीन योजनाहरूले परमेश्‍वरको घरको कामको कुनै पनि भागमा देखा पर्ने विशेष समस्याहरूलाई सम्बोधन गर्छन्। तुरुन्त समाधान गर्नुपर्ने समस्याहरू चाहे सुसमाचारको काममा, वा प्रशासनिक काममा, वा पेसागत काममा देखा परे पनि, वा यदि ख्रीष्टविरोधी वा झूटा अगुवाहरू संलग्न मुद्दा सम्हालिइरहेको भए पनि, वा मानिसहरूलाई भ्रममा पारिएको कुनै विशेष अवस्था खुट्ट्याइँदै गरिएको भए पनि, यी सबै आपत्‌कालीन योजनाहरूको वर्गमा पर्छन्। उदाहरणका लागि, यदि कसैले बाधा र अवरोधहरू पुर्‍यायो, वा यदि कुनै ख्रीष्टविरोधी स्वेच्छाचारी र तानाशाही भइरहेको छ र उसले आफ्नै राज्य स्थापना गर्ने कोसिस गरिरहेको छ भने, अनि आदि-इत्यादि, परमेश्‍वरको घरले यीमध्ये एउटा अवस्थासम्बन्धी विशिष्ट योजनाका लागि कामको प्रबन्ध सिर्जना गर्नु सार्थक हुन्छ भनी पत्ता लगाउनेबित्तिकै, त्यसले सोहीअनुसार लिखित सञ्चार तयार पार्नेछ। आपत्‌कालीन योजनाहरू त्यसबखत मण्डलीमा घटिरहेका केही आपत्‌कालीन अवस्थाहरूमा आधारित हुन्छन्, र माथिले परिस्थितिहरूको गम्भीरताअनुसार विशिष्ट कामका प्रबन्धहरू सिर्जना गर्दछन्, र त्यसपछि तिनलाई जारी र सञ्चार गर्दछन्। त्यो विशिष्ट योजना अगुवा र कामदारहरूले गर्नुपर्ने जुनै कामसँग सम्बन्धित हुन सक्छ, त्यो माथिले प्रबन्ध गरेको भएसम्म र माथिले अगुवा र कामदारहरूबाट उनीहरूले त्यो कुरा कार्यान्वयन गर्नुपर्ने माग गरेसम्म, अगुवा र कामदारहरूले माथिका कामका प्रबन्धहरू अनुसार नै त्यसलाई जारी र कार्यान्वयन गर्नैपर्छ। उनीहरूले यी कामका प्रबन्धहरूलाई हल्का रूपमा लिनु हुँदैन। जब माथिले यस किसिमका कामका प्रबन्धहरू बनाउँछन्, ती कुनै प्रशासनिक काम वा कुनै विशिष्ट पेसागत कामभन्दा कम हुँदैनन्। यी कामका प्रबन्धहरू अस्थायी मात्र भए पनि, अगुवा र कामदारहरूले तिनलाई अझै पनि औपचारिक कामका प्रबन्धहरूझैँ जारी, सञ्चार, कार्यान्वयन र अनुगमन गर्नुपर्छ, र पछि माथिलाई विवरण र प्रतिवेदन उपलब्ध गराउनुपर्छ—यो अगुवा र कामदारहरूको जिम्मेवारी हो। आपत्‌कालीन योजनाहरू कुनै विशिष्ट कामप्रति लक्षित हुँदैनन्, अर्थात्, कुनै पनि समयमा माथिले सबै क्षेत्रमा रहेका सबै तहका अगुवाहरूलाई काम तोक्न, उनीहरूबाट माग गर्न, वा उनीहरूलाई कामको प्रबन्ध दिन सक्छन्, र अगुवा र कामदारहरूले यस प्रकारको कामलाई बेवास्ता गर्नै हुँदैन। ती कामका प्रबन्धहरू भएकाले, र ती सबै तहका अगुवाहरूलाई र सबै क्षेत्रलाई जारी गरिने हुनाले, ती अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै पर्ने काम हुन्। अगुवा र कामदारहरूले निष्क्रिय रूपमा उभिने वा कामलाई दायराका हिसाबमा, वा त्यो तिनीहरूमाथि आइपर्ने काम हो कि होइन भन्‍ने हिसाबमा वर्गीकरण गर्ने, वा कामका प्रबन्धहरूलाई सामयिक रूपमा कार्यान्वयन गर्ने कि नगर्ने भनेर निर्धारण गर्न माथिको बोली र तात्कालिकताको आकलन गर्ने गर्नु हुँदैन। त्यस्ता कुराहरू हुनु हुँदैन, बरु अगुवा र कामदारहरूले उक्त कामलाई औपचारिक कामझैँ अघि बढाउनुपर्छ, र त्यसलाई महत्त्वपूर्ण कार्य र आज्ञाका रूपमा लिएर पूरा गर्नुपर्छ—यो अगुवा र कामदारहरूको जिम्मेवारी हो। विशेष परिस्थितिहरूमा आपत्‌कालीन योजनाहरू हुने गर्छन्, र यो विशेष सन्दर्भहरूमा गरिने काम हो। जब केही विशिष्ट र विशेष घटनाहरू घट्छन्, तब माथिले अगुवा र कामदारहरू वा दाजुभाइ-दिदीबहिनीहरूलाई यो अवसरको सदुपयोग गरेर सत्यतालाई अझ व्यावहारिक तरिकाले प्रयोग गरी मानिस र कामकुराहरूलाई खुट्ट्याउने, मानिस र कामकुराहरूलाई छर्लङ्गै देख्न सिक्ने, र सत्यताबारे अझ ठूलो बुझाइ हासिल गर्ने तुल्याउन यी सन्दर्भ र घटनाहरू प्रयोग गर्नेछन्। यसो गर्नुको उद्देश्य मानिसहरूलाई झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरू खुट्ट्याउन सक्षम तुल्याउनु हो। यसबाहेक, यो दाजुभाइ-दिदीबहिनीहरूलाई मण्डली जीवनका लागि शान्त, उचित, र बाधारहित वातावरण पाउन सक्षम बनाउनका लागि गरिन्छ। अर्कोतर्फ, यो मानिसहरूलाई सामयिक रूपमा विभिन्‍न पाठहरू सिक्न र प्रशिक्षण प्राप्त गर्न सक्षम तुल्याउनका लागि गरिन्छ; एक पटक यस तरिकाले प्रशिक्षित भएपछि, मानिसहरूले आफ्ना जीवनमा अत्यन्तै प्रगति गर्नेछन्। माथिले सबै तहका अगुवा र कामदारहरूलाई र दाजुभाइ-दिदीबहिनीहरूलाई, र खासगरी सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूलाई प्रशिक्षण दिने यो एउटा तरिका हो। त्यसमा कुनै द्वेषभाव हुँदैन, माथिले मानिसहरूलाई यातना दिइरहेका, वा सानो कुरालाई ठूलो बनाइरहेका हुँदैनन्। ती आपत्‌कालीन योजनाहरू हुन्, जुन अस्थायी कामका प्रबन्धहरू हुन्, तैपनि ती अझै महत्त्वपूर्ण र मूल्यवान् छन्, र मलाई आशा छ कि सबै तहका अगुवा र कामदारहरू अनि दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा बुझ्न र तिनलाई सही तरिकाले लिन सक्छन्।

हामीले जम्मा १० वटा कामका प्रबन्धहरूको विषयवस्तुको सूचि बनाएका छौँ, र अब मैले मूलतः यी दसवटा विषयवस्तुहरूबारे सङ्गति गरिसकेको छु। मैले तिनका बारेमा धेरै विस्तृत रूपमा सङ्गति गरेको छैनँ, तर मैले जे-जति सङ्गति गरेको छु, त्यो नै तिमीहरूलाई कामका प्रबन्धहरू ठ्याक्कै के हुन् र परमेश्‍वरको घरले गर्ने विशिष्ट काम के हो भन्‍ने कुरा बुझ्ने र बोध गर्ने तुल्याउन काफी छ। अर्को हिसाबले, तिमीहरू परमेश्‍वरले मण्डलीमा र उहाँले यी विशिष्ट विषयवस्तुहरूमार्फत चयन गर्नुभएका मानिसहरूमाझ ठ्याक्कै के गरिरहनुभएको छ भनी बुझ्न सक्षम तुल्याइएका छौ। परमेश्‍वरको घरको काम भनेको कुनै उद्यममा, वा राजनीतिमा, वा मानव अधिकारमा संलग्न हुनु होइन, न त कुनै व्यावसायिक गतिविधिमा संलग्न हुनु नै हो; परमेश्‍वरको घरले गर्ने कामहरू कामका प्रबन्धहरूमा पाइनेहरू नै हुन्। अनि त्यसैले, केही सत्तारूढ दलहरू र सामाजिक संस्थाहरूले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीमा के भइरहेको छ भनी सधैँ अनुगमन, शोध, र अनुसन्धान गरिरहेका हुन्छन्, र सायद यसलाई जाँच गरेर—परमेश्‍वरको घरका भिडियो र वेबसाइटहरू हेरेर—तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरको मण्डली एउटा साँचो आस्था हो, र यो कुनै पनि देशका राजनीतिक गतिविधिहरूमा संलग्न छैन भन्‍ने पुष्टि गरेका छन्। सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीले धेरै वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको उन्मत्त दमन र आक्रमणहरूको कष्ट भोग्दै आइरहेको भए पनि, यसले सुसमाचार प्रचार गर्न र परमेश्‍वरको गवाही दिन जारी राख्छ, र यसले परमेश्‍वरका वचनहरू, सत्यता, र हर प्रकारका गवाही भिडियोहरू अनलाइनमा अपलोड गरेको छ, जसले मानव समाजलाई अत्यन्तै ठूला र धेरै फाइदाहरू पुर्‍याएको छ र आखिरी दिनहरूमा परमेश्‍वरले निरन्तर सत्यता व्यक्त गरिरहनुभएको छ र मानवजातिलाई मुक्ति दिइरहनुभएको छ भन्‍ने कुरालाई पूर्ण रूपमा प्रमाणित गरेको छ। तिनीहरूले निरन्तर अनुसन्धानमाथि अनुसन्धान गरिरहन्छन्, अनि तिनीहरूले आफ्नो अनुसन्धानबाट के नतिजा पाउँछन् त? के तिनीहरू अत्यन्तै निराश हुँदैनन् र? तिनीहरूले हाम्रो मण्डलीलाई “कट्टर पन्थ” को संज्ञा दिन, र मण्डलीलाई पार्टी-विरोधी र राष्ट्र-विरोधीको संज्ञा दिन के गलचेप भेट्टाउन सकिन्छ भनेर समेत मनन गरे। तर अब तिनीहरूले यसो गर्न नसकिने देखेका छन्—मण्डलीले वर्षौँदेखि जारी गर्दै आएका कामका प्रबन्धहरूलाई मूल्याङ्कन गर्दा, तिनीहरूसँग मण्डलीलाई यस्ता संज्ञाहरू दिने कुनै उपाय नै छैन, र तिनीहरूको अनुसन्धान सबै व्यर्थ भएको छ। यो ठ्याक्कै ती दिनहरूमा यहूदीहरूले प्रभु येशूको अध्ययन गरेसरह हो। शास्त्री, फरिसी, र वरिष्ठ सरकारी अधिकारीहरूले प्रभु येशूले भन्‍नुभएका र गर्नुभएका कुराहरू अध्ययन गरे अनि उहाँले गर्नुभएको कुनै पनि कुरा पनि कानुनविपरीत वा राजनैतिक थिएन, प्रभु येशूले भन्‍नुभएको र गर्नुभएको सबथोक सही थियो, सत्यता थियो, र पूर्णतया धर्मशास्त्रहरूअनुसारको थियो भन्‍ने थाहा पाए, र अन्त्यमा तिनीहरू निराश भए। धार्मिक संसारले अहिले परमेश्‍वरको घरले धेरैभन्दा धेरै चलचित्र र अनुभवात्मक गवाही भिडियोहरू निर्माण गरिरहेको छ, र विशेषगरी परमेश्‍वरका वचनका पुस्तकहरू र वाचनहरूको सङ्ख्या बढिरहेको छ भन्‍ने देख्छ, र त्यसैले तिनीहरूले के सोच्छन्? यदि तिनीहरूले यी सबै कुराहरू परमेश्‍वरबाट आइरहेका छन् भनेर देख्न सक्दैनन् भने, तिनीहरू साँच्चै अत्यन्तै मूर्ख छन्! जुन कुरा परमेश्‍वरबाट आउँछ त्यो फस्टाउनैपर्छ—यो पवित्र आत्माको कामको नतिजा हो, र यसलाई कसैले पनि लुकाउन सक्दैन। परमेश्‍वरका वचनहरू अहिले संसारभरि फैलिएका छन् र उहाँले व्यक्त गर्नुहुने सत्यताहरू सारा मानवजातिका अगाडि राखिएका छन्; परमेश्‍वरको देखापराइ र काम शक्तिशाली रूपमा अघि बढ्छ, कुनै पनि राष्ट्र वा बलले त्यसको विरोध गर्न सक्दैन। ठूलो रातो अजिङ्गर पूर्ण रूपमा लज्जित र पराजित भइसकेको छ! धार्मिक संसारले परमेश्‍वरको कामको जतिसुकै निन्दा गर्न सक्ने भए पनि, तिनीहरूले त्यसको प्रतिरोध गर्न सक्दैनन्, र अन्त्यमा, तिनीहरू हटाइन र त्यसको ज्वारभाटामा डुब्न मात्र सक्छन्।

अब मैले कामका प्रबन्धहरूका विषयवस्तुबारे सङ्गति पूरा गरिसकेको छु। मैले जे कुराका बारेमा सङ्गति गरेको छु, के ती सबै परमेश्‍वरको घरले गर्ने काम होइनन् र? तिमीहरूका आँखाले देख्ने, तिमीहरूका कानले सुन्‍ने, र तिमीहरूले व्यक्तिगत रूपमा अनुभव र सराहना गर्ने काम यही हो—यसमा गोप्य कुरा केही पनि छैन। ठूलो रातो अजिङ्गरसँग मण्डलीका वर्षौँदेखिका सबै कामका प्रबन्धहरू छन्—तिनीहरूसँग भएका कामका प्रबन्धहरू धेरै र वृहत् छन्। तिनीहरूले तिनलाई हरेक दिन अध्ययन गर्छन्, र अन्ततः यो निष्कर्षमा नपुगेसम्म बारम्बार अध्ययन गरिरहन्छन्: “यदि यी मानिसहरूले निरन्तर परमेश्‍वरका वचनहरू फैलाउने र यसरी परमेश्‍वरको कामको गवाही दिने हो भने, त्यो त विकराल हुनेछ! यी सबै मानिसहरूलाई नष्ट पार्नै पर्छ, र भागेर विदेश गए पनि तिनीहरूलाई बाँकी राख्नु हुँदैन।” देखिस् नि, दियाबलसहरू साधारण भ्रष्ट मानिसहरूसरह हुँदैनन्—तिनीहरूले दुःखद अन्त्यसम्म नै परमेश्‍वरको विरोध गर्नेछन्। यदि साधारण भ्रष्ट मानिसहरूले मण्डलीका गवाहीहरू देखेमा, तिनीहरूले ती बुझ्न सक्छन्, तिनीहरूलाई ती व्यावहारिक लाग्छ, र तिनीहरू कुनै सतावटमा संलग्न हुनेछैनन्। तर, शैतान र दियाबलसहरू यस्ता हुँदैनन्। तिनीहरूले तैँले परमेश्‍वरलाई पछ्याइरहेको र परमेश्‍वरको गवाही दिइरहेको देख्दा, तँलाई घृणा गर्छन्, तँलाई मार्न चाहन्छन्, र तँलाई जिउने अनुमति दिँदैनन्। यदि तैँले तिनीहरूले भनेको गरिनस् र तिनीहरूको आराधना गरिनस् भने, तिनीहरूले कहिल्यै तेरो पिछा छोड्नेछैनन्, र तिनीहरूले तँलाई जिउन दिनेछैनन्। तँ चाहे जहाँ गए पनि तिनीहरूले मृत्युसम्मै तँलाई लखेट्नेछन्; तँ चाहे पृथ्वीको अन्त्यसम्मै गए पनि, तिनीहरूले तँलाई छोड्नेछैनन्। ठूलो रातो अजिङ्गरले यही गर्छ। यो शैतानको दुष्टता हो, र त्यो साधारण भ्रष्ट मानिसहरूभन्दा फरक हुन्छ। तँ यसबारे प्रस्ट हुनैपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्