अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८) खण्ड तीन

आ. कमजोर क्षमता भएका झुटा अगुवाहरू

हामीले भर्खरै काममा आइपर्ने अन्योल र कठिनाइहरूको तुरुन्तै रिपोर्ट गर्ने र तिनलाई कसरी समाधान गर्ने भनेर खोजी गर्ने सन्दर्भमा एक प्रकारको झुटो अगुवाका प्रकटीकरणहरूबारे, साथै यस्ता मानिसहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरू किन पूरा गर्न सक्दैनन् भन्‍नेबारे सङ्गति गर्‍यौँ। त्यस्ता मानिसहरू छद्म-आत्मिक हुन्छन्; तिनीहरूले काममा हुने अन्योल र कठिनाइहरू पत्ता लगाउन नसक्ने हुनाले तिनीहरूले यो जिम्मेवारी पूरा गर्न नै सक्दैनन्। यो एक प्रकारको व्यक्ति हो। अर्को प्रकारको व्यक्ति पनि हुन्छ: तिनीहरू ती छद्म-आत्मिक मानिसहरूसरह नै हुन्छन्—तिनीहरूले पनि काममा हुने समस्याहरू पत्ता लगाउन सक्दैनन्, र त्यसैले तिनीहरू माथिलाई तीबारे तुरुन्तै रिपोर्ट गर्न अनि माथिबाट समाधानहरू खोज्न पनि सक्दैनन्। त्यस्ता मानिसहरू पनि काममा व्यस्त हुन्छन्, तिनीहरू अल्छी नगरी दिनभर आफूलाई व्यस्त राख्छन्। तिनीहरू प्रवचन दिनमा, दाजुभाइ-दिदीबहिनीहरूलाई विभिन्‍न ठाउँमा बोलाउनमा, कामका लागि प्रबन्धहरू गर्नमा, अनि मण्डलीको कामका लागि हर प्रकारका सरसामान किन्‍नमा समेत व्यस्त हुन्छन्। यदि कोही बिरामी भयो भने, तिनीहरूले उसलाई डाक्टर खोज्न मदत गर्छन्; यदि कसैलाई घरमा कठिनाइहरू परेका छन् भने, तिनीहरूले आर्थिक राहतको प्रबन्ध गरेर उसलाई सहयोग गर्छन्; यदि कोही खराब स्थितिमा छ भने, तिनीहरूले उसलाई सहयोग गर्ने पहल गर्छन् र सक्रिय रूपमा उसका समस्याहरू समाधान गर्न मदत गर्छन्। छोटकरीमा, तिनीहरू जहिले पनि केही साधारण मामलाका काममा व्यस्त हुन्छन्। तिनीहरू मण्डलीको वास्तविक कामप्रति, सुसमाचारको कामप्रति, र मण्डली जीवनमा हुने समस्याहरूप्रति उदासीन हुन्छन्। हरदिन, तिनीहरू दौडधुप गर्दै आफूलाई थकाउँछन्, र मण्डलीका मामलाहरू अनि दाजुभाइ-दिदीबहिनीहरूका निजी मामलाहरू सम्हाल्दै र समाधान गर्दै आफूलाई व्यस्त राख्छन्। तिनीहरू अगुवाका रूपमा आफूले यी कार्यहरू निर्वाह गर्नुपर्छ भन्‍ने सोच्छन्, तर तिनीहरूले अगुवाको मूलभूत काम के हो भनेर कहिल्यै बुझ्दैनन्, र तिनीहरूले चाहे जति मेहनतका साथ काम गरे पनि, तिनीहरूले मण्डलीमा हुने वास्तविक र महत्त्वपूर्ण समस्याहरू अझै पनि भेट्टाउन सक्दैनन्। त्यसैले, मण्डली जीवनमा बाधा र व्यवधानहरू पैदा हुँदा, र परमेश्‍वरका चुनिएका मानिसहरूले जीवन प्रवेशमा कठिनाइहरू सामना गर्दा, यी अगुवाहरूले तुरुन्तै यी कामकुराहरू समाधान गर्न सक्दैनन्। तिनीहरू काममा व्यस्त रहे पनि र हरदिन आलस्य नगरी बिताए पनि, यति व्यस्त भएर तिनीहरूले के चाहिँ हासिल गर्न सक्छन् त? मण्डलीको काममा धेरै समस्याहरू हुन्छन्, तर तिनीहरू ती पत्ता लगाउन सक्दैनन्। बाहिरबाट हेर्दा, तिनीहरू लगनशील, निष्ठावान् भएको, र आलसी नभएको जस्तो देखिन्छ, तैपनि काममा एकपछि अर्को समस्या उत्पन्‍न हुन्छ, र तिनीहरू प्वालहरू टाल्नमै व्यस्त हुन्छन्, हर प्रकारका “जटिल र कठिन समस्याहरू” समाधान गर्नमा र हर प्रकारका दुष्ट मानिसहरू र मण्डलीमा देखा पर्ने बाधा र अवरोधहरू निम्त्याउने मानिसहरूलाई निराकरण गर्नमा व्यस्त हुन्छन्। तिनीहरू आफूलाई यस्तो काममा व्यस्त राख्छन्, तैपनि तिनीहरूले सबैभन्दा आधारभूत समस्याहरू नै खुट्ट्याउन सक्दैनन्। तिनीहरू असल मानवता के हो र खराब मानवता के हो, राम्रो क्षमता के हो र कमजोर क्षमता के हो, वास्तविक प्रतिभा र ज्ञान हुनु भनेको के हो र वरदानहरू हुनु भनेको के हो भनेर प्रस्ट रूपमा खुट्ट्याउन सक्दैनन्। तिनीहरू परमेश्‍वरको घरले कस्ता मानिसहरूको संवर्धन गर्छ र कस्ता प्रकारका मानिसहरूलाई हटाउँछ, कुन मानिसहरूले सत्यता पछ्याउँछन् र कुन मानिसहरूले पछ्याउँदैनन्, कुन मानिसहरूले स्वेच्छाले आफ्नो कर्तव्य पूरा गर्छन् र कुन मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दैनन्, कुन मानिसहरूलाई परमेश्‍वरका मानिसका रूपमा सिद्ध पार्न सकिन्छ, र कुन मानिसहरू श्रमिक हुन्, इत्यादि कुराहरू छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरू ठुलो कुरा गर्ने र रित्ता सिद्धान्तहरू फलाक्ने तर वास्तविक काम गर्न नसक्नेहरूलाई संवर्धनका मुख्य लक्षित मानिस बनाउँछन्, र तिनीहरूलाई महत्त्वपूर्ण काम गर्ने अनि सुम्पने प्रबन्ध गर्छन्, जबकि तिनीहरूले विशुद्ध बुझाइ, क्षमता, र सत्यता बुझ्ने सक्षमता भएका मानिसहरूले परमेश्‍वरमा धेरै लामो समयदेखि विश्‍वास नगरेका वा अहङ्कारी स्वभाव प्रकाश गरेका कारणले नै तिनीहरूको प्रवर्द्धन र संवर्धनमा ढिलाइ गर्छन्। यस्ता समस्याहरू मण्डलीमा बारम्बार उत्पन्‍न हुन्छन् र यसले मण्डलीको कामको प्रगतिमा असर गर्छ। यी वास्तविक समस्याहरू हुन्, तैपनि यस्तो प्रकारको अगुवाले तिनलाई देख्न वा पत्ता लगाउन सक्दैन र ऊ तीबारे पूर्ण रूपमा अनभिज्ञ समेत हुन्छ। दुष्ट मानिसहरूले बाधा र अवरोधहरू निम्त्याउँदा तिनीहरूले उनीहरूलाई अवलोकनमा पर्ने र आत्म-चिन्तन गर्ने मौका दिन्छन्, जबकि दुष्ट मानिस नरहेका अरूले अपरिपक्वता र अज्ञानताका कारण कहिलेकाहीँ साना गल्तीहरू गर्दा र सिद्धान्तरहित कार्य गर्दा—सिद्धान्त सम्बन्धी समस्या नरहेका गल्तीहरू गर्दा—यस्तो प्रकारको अगुवाले ती साना गल्तीहरूलाई अक्षम्य पापका रूपमा लिन्छ र यी मानिसहरूलाई घर पठाइदिन्छ। यस्तो प्रकारको झुटो अगुवा हरदिन काममा व्यस्त हुन्छ र, बाहिरबाट हेर्दा, उसले निकै मेहनत गरिरहेको र आफ्नो निकै समय अर्पण गरिरहेको जस्तो देखिन्छ, तैपनि उसले चाहे जसरी काम गरे पनि, कसैले पनि त्यसबाट वास्तविक जीवन आपूर्ति पाउँदैन। परमेश्‍वरका चुनिएका मानिसहरूलाई चाहे जे समस्या र कठिनाइहरू भए पनि, यस्तो प्रकारको झुटो अगुवाले सत्यताबारे सङ्गति गरेर तिनलाई समाधान गर्न सक्दैन, र उसले तिनीहरूलाई प्रेमिलो हृदयले अर्ती दिने र परमेश्‍वरका चुनिएका मानिसहरूलाई प्रोत्साहित गर्न शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्ने मात्र गर्न सक्छ। त्यसकारण, त्यस्ता मानिसहरूको अगुवाइमा परमेश्‍वरका चुनिएका मानिसहरूले कुनै जीवन आपूर्ति पाउँदैनन्, तिनीहरू केवल परमेश्‍वरमा विश्‍वास गर्छन् र जोसका आधारमा आफ्ना कर्तव्य पूरा गर्छन्, र कुनै जीवन प्रवेश हासिल गर्दैनन्—तिनीहरू कति समयसम्म यसरी नै चलिरहन सक्छन्? फलस्वरूप, कतिपय मानिसहरू प्रायः नकारात्मक र कमजोर हुन्छन् र सधैँ परमेश्‍वरको आगमनको दिनको तृष्णा गरिरहेका हुन्छन्, र तिनीहरूलाई दर्शनहरू झन्-झन् अस्पष्ट बन्छन्, र तिनीहरूले समस्या सामना गर्दा परमेश्‍वरबारे धारणा र गलतफहमीहरू राख्न पुग्छन्, र कति त परमेश्‍वरलाई शङ्का गर्न र उहाँविरुद्ध सावधानी अपनाउन समेत पुग्छन्। यी समस्याहरू सामना गर्दा, झुटा अगुवाहरू तिनलाई समाधान गर्न पूर्ण रूपमा असमर्थ हुन्छन्, र तीबाट जोगिने मात्र गर्छन्। तिनीहरू सत्यता खोज्न र समस्याहरू समाधान गर्न कहिल्यै परमेश्‍वरका वचनहरू पढ्ने वा परमेश्‍वरका चुनिएका मानिसहरूसँगै परमेश्‍वरलाई प्रार्थना गर्ने गर्दैनन्—तिनीहरू यो काम कहिल्यै गर्दैनन्। हरदिन, तिनीहरू केवल केही साधारण मामलाका काम र निश्चित बाहिरी मामलाहरू, जीवन प्रवेश वा सत्यतासँग कुनै सरोकार नराख्ने मामलाहरूमा आफूलाई व्यस्त राख्छन्। तिनीहरू आफू कामकुरा गर्नमा व्यस्त भएसम्म, त्यसको अर्थ तिनीहरूले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गरिरहेका छन्, र तिनीहरू सम्भवतः झुटा अगुवा हुन सक्दैनन् भन्ठान्छन्। वास्तवमा, तिनीहरूले आफूलाई यी साधारण मामलाहरूमा व्यस्त राख्नुले दाजुभाइ-दिदीबहिनीहरूलाई जीवनमा प्रगति गर्न बिलकुलै मदत गर्दैन, परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम त झनै बनाउँदैन। ल भन्, के यस्तो प्रकारको झुटो अगुवाको क्षमतामा समस्या हुँदैन र? तिनीहरूले कुनै पनि कुरालाई छर्लङ्ग देख्न सक्दैनन्, र तिनीहरू काम गर्दै व्यस्त रहेसम्म, सबै समस्याहरू बिलाउने र अप्रत्यक्ष रूपमा समाधान हुने भन्ठान्छन्। के यी मानिसहरू निकै अन्योलमा छैनन् र? के तिनीहरूको क्षमता अत्यन्तै कमजोर छैन र? तिनीहरूले कुनै पनि कुरालाई छर्लङ्ग देख्न सक्दैनन्, कुनै वास्तविक काम गर्न सक्दैनन्, र यसले तिनीहरूलाई खाँटी झुटा अगुवा र झुटा कामदार बनाउँछ। यो खुट्ट्याउन सबैभन्दा सजिलो मामला हो।

अहिले झुटा अगुवा र झुटा कामदारहरू मण्डलीहरूमा जताततै छन्। तिनीहरू केवल आफ्नो जोसमा भर परेर काम गर्छन् र तिनीहरूसँग सत्यताको बुझाइ बिलकुलै हुँदैन। तिनीहरूलाई अगुवा वा कामदारको काम के हो भन्‍ने थाहा हुँदैन, न त तिनीहरू समस्याहरू समाधान गर्नका लागि सत्यताबारे सङ्गति गर्न नै सक्छन्—तिनीहरू केही साधारण मामलाका काममा आफूलाई अन्धाधुन्ध व्यस्त राख्दै दिन बिताउँछन्। उदाहरणका लागि, मानौँ मण्डलीलाई एउटा सामान किन्‍नु छ। यो ठूलो कार्य होइन; गएर त्यो किन्‍न सम्बन्धित क्षेत्रमा जानकार व्यक्तिको प्रबन्ध मात्र गरिनुपर्छ। तर एउटा झुटो अगुवा अति धेरै पैसा खर्च होला भनेर डरायो, त्यसैले उसले सबैभन्दा सस्तो सामान खरिद गर्न कसैलाई कैयौँ पसलहरू चहार्ने प्रबन्ध गर्‍यो। फलस्वरूप, उसले एउटा सस्तो वस्तु किन्यो, जुन केवल केही दिन प्रयोग गरेपछि बिग्रियो, र उसले गएर अर्को किन्‍नुपर्ने भयो। उसले पैसा त बचाएन नै, बरु त्यसको उल्टो, झन् बढी पैसा खर्च गर्न पुग्यो। के यो त्यो कार्य सम्हाल्ने सिद्धान्तनिष्ठ तरिका हो? सामान खरिद गर्दा ख्यातिप्राप्त ब्रान्डको किन्‍नु जरुरी छैन, तर गर्नुपर्ने उचित कुरा भनेको कम्तीमा पनि उचित गुणस्तरको र प्रयोग योग्य सामान खरिद गर्नु हो। झुटा अगुवाहरू साधारण मामलाहरूका कामबारे निकै चिन्ता लिन्छन्, र त्यसमा केही गलत छैन। तर, तिनीहरूले मण्डलीको महत्त्वपूर्ण कामलाई गम्भीरतापूर्वक लिँदैनन्, र यो ठुलो गल्ती हो; यो तिनीहरूले मूलभूत काम नगर्नु हो। सुसमाचारको काम, चलचित्र निर्माणको काम, लेखन-पठनको काम, अनुभवात्मक गवाहीको भिडियोको काम, र अगुवा र कामदार कर्मचारीलाई समायोजन गर्ने कामजस्ता सबै कामहरू महत्त्वपूर्ण हुन्छन्, तैपनि झुटा अगुवाहरूले तिनलाई महत्त्वपूर्ण ठान्दैनन्, र यी कामहरूलाई पाखा लगाएर बेवास्ता गर्छन्। तिनीहरू अपर्याप्त क्षमताका हुन्छन् र तिनीहरूलाई काम कसरी गर्ने भनेर थाहा हुँदैन, तर तिनीहरू सिक्न पनि खोज्दैनन्, बरु यस्तो सोच्छन्, “यो कामको जिम्मेवारी लिने कोही छ भने भइहाल्यो नि। मेरो पनि खाँचो त पक्कै छैन होला नि? म महत्त्वपूर्ण कार्यहरू सम्हाल्छु। यी त साना कामकुराहरू मात्र हुन् जसका बारेमा मैले चिन्ता लिनु आवश्यक छैन। मैले तिनीहरूलाई सिद्धान्तहरू बताइसकेपछि, मेरो काम त सक्कियो।” झुटा अगुवाहरू बाहिरबाट निकै व्यस्त भएझैँ देखिन्छन्, तर तिनीहरू व्यस्त भइरहने कामलाई हेर्दा, तीमध्ये एउटा पनि मण्डलीको महत्त्वपूर्ण काम हुँदैन, तीमध्ये एउटा पनि मानिसहरूको जीवनलाई आपूर्ति गर्ने काम हुँदैन, र तीमध्ये एउटा पनि सत्यता प्रयोग गरेर समस्याहरू समाधान गर्ने काम हुँदैन। तिनीहरूले आफूलाई व्यस्त राख्ने कामकुराहरूको कुनै पनि प्रकारको महत्त्व हुँदैन, र यी झुटा अगुवाहरूले आफूलाई अन्धाधुन्ध व्यस्त मात्र राखिरहेका हुन्छन्। तिनीहरूलाई परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुनका निम्ति अगुवा र कामदारहरूले के काम गर्नुपर्छ भन्‍ने थाहा हुँदैन; तिनीहरू केवल आफ्नो जोसको भरमा आफूलाई गर्न रमाइलो लाग्ने निश्चित कार्यहरूमा व्यस्त रहन्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले के-‍कस्ता कपडा लगाउँछन्, तिनीहरूको हेयरस्टाइल कस्तो छ, तिनीहरू अरूसँग कसरी अन्तरक्रिया गर्छन्, साथै तिनीहरू कसरी बोल्छन् र व्यवहार गर्छन् भन्‍ने जस्ता मण्डलीको कामसँग असम्बन्धित मामुली मामलाहरूबारे विस्तृत रूपमा सोधपुछ गर्छन्। तिनीहरू के भन्ठान्छन् भने, यो भनेको तिनीहरू मित्रवत् र मिलनसार हुनु हो, र मानिसहरूको वास्तविक जीवनमा भएका समस्याहरू समाधान गर्नु भनेको अगुवाले गर्नुपर्ने कुरा हो, सामान्य मानवतासँग हुनुपर्ने कुरा हो। तैपनि तिनीहरू सुसमाचारको काम, चलचित्र निर्माणको काम, भजनको काम, लेखन-पठनको काम, प्रशासनिक काम, नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम, मण्डलीहरू स्थापना गर्ने काम, मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्ने काम, इत्यादि जस्ता महत्त्वपूर्ण कामलाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरू यीमध्ये कुनै पनि काममा सहभागी हुँदैनन्, र त्यसको अनुगमन गर्दैनन्; मानौँ तिनीहरूसँग यो कामको कुनै सरोकार नै छैन। यी झुटा अगुवाहरू मण्डलीमा थपिँदै गइरहेका धेरै समस्याहरूलाई समाधान नै गर्दैनन्, बर्खास्त गरिनुपर्ने झुटा अगुवाहरूलाई बर्खास्त गर्दैनन्, दुष्टता गर्ने र खराब कार्यहरू गर्दै छाडा दौडने दुष्ट मानिसहरूलाई रोक्ने वा सम्हाल्ने गर्दैनन्, र केही मानिसहरू झाराटारुवा, अनियन्त्रित र अनुशासनहीन हुने, अनि कर्तव्य निर्वाह गर्दा अल्याङटल्याङ गर्ने समस्यालाई समाधान गर्न सत्यताबारे सङ्गति गर्दैनन्। यो कस्तो समस्या हो? तिनीहरू यी वास्तविक समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्दैनन्—के तिनीहरू वास्तविक काम गर्ने मानिस हुन् त? तिनीहरूलाई आफूले निर्वाह गर्ने महत्त्वहीन र असान्दर्भिक कार्यहरू आफ्नो हृदयमा महत्त्वपूर्ण लाग्छन्। तिनीहरू दिनभरि ती निरर्थक कुराहरूमा व्यस्त रहन्छन्, र तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको र आफू बफादार भइरहेको विश्‍वास गर्छन्, तर तिनीहरू परमेश्‍वरले तिनीहरूलाई सुम्पनुभएको एउटा पनि मूलभूत काम गर्दैनन्—के यस्ता मानिसहरू झुटा अगुवा होइनन्? तिनीहरू समाजका उप-जिल्ला कार्यालयका निर्देशकसरह हुन्, तिनीहरू छिमेकका लाउके मात्र हुन्—के त्यसोभए तिनीहरू अझै पनि परमेश्‍वरको घरका अगुवा र कामदार हुन् त? तिनीहरू खाँटी झुटा अगुवा र झुटा कामदार हुन्। के कारणले यी मानिसहरूलाई झुटा अगुवा र झुटा कामदारका रूपमा चित्रण गरिन्छ? (तिनीहरूको क्षमता अत्यन्तै कमजोर भएकाले तिनीहरू वास्तविक काम गर्न सक्दैनन्, र केही मामुली मामलाहरू सम्हाल्न मात्र सक्छन्।) विशिष्ट कारण यही हो। यी मानिसहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ; तिनीहरूले चाहे जति धेरै प्रवचनहरू सुने पनि, चाहे जति धेरै कामका प्रबन्धहरू पढे पनि, परमेश्‍वरको घरमा चाहे जति धेरै वर्ष कर्तव्य पूरा गरे पनि, वा चाहे जति धेरै वर्ष अगुवा भए पनि, तिनीहरूले के गरिरहेका छन्, तिनीहरूले गरिरहेको कुरा सही छ कि गलत छ, वा तिनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गरिरहेका छन् कि छैनन् भन्‍ने कुरा तिनीहरूलाई कहिल्यै थाहा हुँदैन। तिनीहरूका लागि अगुवा र कामदारहरूको संज्ञा र उपाधिको परिभाषा भनेको तिनीहरू व्यस्त रहेसम्म त्यो नै काफी हुन्छ भन्‍ने हो। तिनीहरू गधाले चक्की घुमाएझैँ तिनीहरू हल्लिन नसक्ने नभएसम्म चक्की घुमाइरहन्छन्, र यसलाई आफ्ना जिम्मेवारीहरू पूरा गरेको भन्ठान्छन्। तिनीहरूले जुन दिशामा घुमाए पनि, र तिनीहरूले घुमाउन प्रयोग गर्ने ऊर्जा सही भए पनि वा नभए पनि, तिनीहरू आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको नै भन्ठान्छन्। तिनीहरूले छर्लङ्ग देख्न नसक्ने धेरै समस्याहरू हुन्छन्, तर तिनीहरू ती समाधान गर्ने वा माथिलाई तीबारे रिपोर्ट गरेर माथिबाट समाधानहरू खोज्ने प्रयास गर्दैनन्। तिनीहरूले चाहे जति धेरै वर्ष काम गरे पनि वा तिनीहरू मानिसहरूसँग चाहे जति धेरै वर्षदेखि सम्पर्कमा रहे पनि, तिनीहरूलाई व्यक्तिका प्रकटीकरण आस्थामा सतही जग भएको र सत्यता नबुझ्ने नयाँ विश्‍वासीको जस्तो छ कि अविश्‍वासीको जस्तो छ भन्‍ने समेत थाहा हुँदैन, र तिनीहरू उसलाई कसरी खुट्ट्याउनु वा चित्रण गर्नुपर्छ भन्‍ने पनि जान्दैनन्। जब दुई जना मानिस हुन्छन् र दुवै जना नकारात्मक स्थितिमा हुन्छन्, तब तिनीहरूलाई कुन चाहिँ संवर्धन गर्न योग्य छ र कुन चाहिँ छैन भन्‍ने थाहा हुँदैन; दुई जना मानिस आफ्ना कर्तव्य पूरा गर्नमा अलिक झाराटारूवा हुँदा, तिनीहरूले कुन चाहिँ सत्यता पछ्याउने व्यक्ति हो र कुन चाहिँ श्रमिक हो, कुन चाहिँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम छ र कुनसँग सत्यता वास्तविकता नै छैन भनेर थाहा पाउन सक्दैनन्। तिनीहरूले वर्षौँदेखि यी मानिसहरूको सङ्गत गरेका भए पनि, तिनीहरू कुन मानिसहरूले अगुवा बनेपछि सम्भवतः ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउनेछन् भन्‍ने जान्दैनन्। तिनीहरू चाहे जति धेरै अर्थहीन अभ्यासहरूमा संलग्न भए पनि वा तिनीहरूले चाहे जति धेरै व्यर्थका कार्यहरू निर्वाह गरे पनि वा तिनीहरू वरपर चाहे जति धेरै समस्याहरू भए पनि, तिनीहरू तीबारे अनभिज्ञ हुन्छन्, र यी समस्या हुन् भनेर महसुस गर्दैनन्। यस्ता मानिसहरूको क्षमता कमजोर हुने, तिनीहरूको सोचमा अन्योल हुने, अनि तिनीहरू काम निर्वाह गर्न असक्षम हुने भएकाले, तिनीहरूलाई अगुवा वा कामदारको जिम्मेवारी पूरा गर्न निकै कठिन हुन्छ। साधारण मामलाका केही सरल काम गर्न सक्नु बाहेक, यी अगुवा र कामदारहरू मण्डलीको मूलभूत कामसँग सम्बन्धित केही पनि गर्न सक्षम हुँदैनन्, र तिनीहरूले काममा हुने कुनै पनि वास्तविक समस्याहरू देख्न वा समाधान गर्न सक्दैनन्। के यस किसिमको क्षमता भएको यस प्रकारको अगुवा संवर्धन गर्न योग्य हुन सक्छ? उसलाई त अन्योल वा कठिनाइहरू के हुन् भन्‍नेसमेत थाहा हुँदैन, र तिनलाई सिद्धान्तहरूअनुसार सम्हाल्न त ऊ झनै असमर्थ हुन्छ। मण्डलीको काममा आइपर्ने समस्याहरू अत्यन्तै आम कुरा भए पनि, तिनीहरू अझै पनि तिनलाई सारांश र वर्गीकृत गर्न सक्दैनन्, न त सत्यताबारे सङ्गति गरेर तिनलाई समाधान गर्न नै जान्दछन्—यस्तो प्रकारको झुटो अगुवा मण्डलीमा बारम्बार उत्पन्‍न हुने यी समस्याहरू सम्हाल्न वा समाधान गर्न सधैँ असक्षम हुन्छ। उसको सबैभन्दा ठुलो समस्या यो होइन कि ऊ मूल्य तिर्न अनिच्छुक हुन्छ वा ऊ व्यस्त हुन र थकित महसुस गर्न डराउँछ, बरु यो हो कि उसको क्षमता कमजोर, मन अस्पष्ट हुन्छ र उसले मण्डलीको महत्त्वपूर्ण काम र वास्तविक काम गर्न सक्दैन। बरु उसले केही साधारण मामलाका काम मात्र गर्छ वा केही असान्दर्भिक कुराहरूमा रुचि राख्छ, र त्यसपछि ऊ अगुवा र कामदारको भूमिका निर्वाह गर्न चाहन्छ—के तिनीहरू अति नै ठुला महत्त्वाकाङ्क्षा र चाहना भएका अलमल्ल परेका मानिस होइनन्? कमजोर क्षमता भएका अगुवाहरू मण्डलीको मुख्य काम, अर्थात् सत्यता सिद्धान्तहरूसँग सम्बन्धित काम, वा जटिल व्यावसायिक काम, जस्तै सुसमाचार फैलाउने काम, मण्डलीमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम, चलचित्र निर्माणको काम, लेखन-पठनको काम, अनि विभिन्‍न तहका अगुवा र कामदारहरू समावेश हुने कर्मचारीसम्बन्धी काम गर्न असक्षम हुन्छन्। तिनीहरू यो काम गर्न किन असक्षम हुन्छन्? किनभने तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ र तिनीहरूले सिद्धान्तहरू बोध गर्न सक्दैनन्; तिनीहरू सधैँ यी सबै काम गर्न असमर्थ हुन्छन् र त्यो कसरी गर्ने भनी सिक्न असक्षम हुन्छन्। उदाहरणका लागि, मानौँ एउटा यस्तै खालको अगुवालाई पाँच जना मानिसहरू दिइयो र यी पाँच जनालाई तिनीहरूको शैक्षिक स्तर, क्षमता र सामर्थ्य, अनि चरित्रका आधारमा काम बाँडफाँट गर्न भनियो। के यो कार्य गर्न सजिलो हुन्छ? के यस कार्यको अगुवा र कामदारहरूको क्षमतासँग कुनै सम्बन्ध हुन्छ? (हुन्छ।) औसत क्षमता भएका अगुवा र कामदारहरूले केही समय ती पाँच जनालाई अवलोकन गरेपछि, तिनीहरूसँग सङ्गत गरेपछि, र अलिकति परिचित भएपछि तुलनात्मक रूपमा सही तरिकाले नै काम बाँडफाँट गर्छन्। कमजोर क्षमता भएका अगुवा र कामदारहरूले पाँच जना भनेको त एकदम धेरै हो भन्ठान्छन्; धेरै मानिसहरू हुँदा, तिनीहरू अन्योलमा पर्छन् र तिनीहरूले उनीहरूलाई काम बाँडफाँट गर्न जान्दैनन्, र तिनीहरूले उनीहरूलाई काम बाँडफाँट गरे पनि, तिनीहरूलाई आफ्नो हृदयमा उनीहरूले त्यो उचित रूपमा गरिरहेका छन् कि छैनन् भन्‍ने नै थाहा हुँदैन। यो कर्मचारीहरूसँग सम्बन्धित पक्षका सन्दर्भमा हो। जब मामलाहरू सम्हाल्ने कुरा आउँछ, उदाहरणका लागि, यदि तिनीहरूले दुई वा तीन वटा मामलाहरू सँगसँगै सम्हाल्नु र समाधान गर्नुपर्‍यो भने, तिनीहरूलाई यी मामलाहरूबीचको सम्बन्ध कसरी मूल्याङ्कन गर्ने र खुट्ट्याउने भनेर थाहा हुँदैन, न त तिनीहरूले कुन समस्यालाई पहिला समाधान गर्नुपर्छ, र कुन समस्यालाई चाहिँ पछि ढिलाइ नहुनेगरी समाधान गर्न सकिन्छ भनेर तौलन नै सक्छन्। भन्‍नुको अर्थ, तिनीहरूलाई फाइदा र बेफाइदाहरू तौलन नै आउँदैन, तिनीहरूलाई महत्त्व र आकस्मिकताका आधारमा कार्यहरूलाई प्राथमिकता दिन आउँदैन, र समस्याहरू कसरी समाधान गर्ने भन्‍ने थाहा हुँदैन। तर, तिनीहरू अगुवा र कामदार भएकाले तिनीहरूले कुनै कुरा नबुझे पनि बुझेको ढोँग गर्नैपर्छ, कुनै कुरा बोध नगरे पनि बोध गरेको ढोँग गर्नुपर्छ, र आलटाल गर्नका लागि त्यहीँ रहेर केही धर्मसिद्धान्तहरू प्रचार गर्ने, अनि केही कर्णप्रिय शब्दहरू बोलेर हतार-हतार कामकुरा टुङ्ग्याउने बाहेक तिनीहरू केही गर्न सक्दैनन्। तिनीहरूले भनेको कुरा सही छ कि छैन, त्यो सिद्धान्तहरूअनुरूप छ कि छैन, त्यसले समस्याहरू समाधान गर्न सक्छ कि सक्दैन भन्‍नेबारे तिनीहरू पूर्णतः स्पष्ट हुन्छन्, तर तिनीहरू केवल आलटाल गर्न चाहन्छन्। तिनीहरूलाई आफूले गरिरहेको कुराले समस्याहरू समाधान गर्न सक्नेछैनन् भन्‍ने कुरा निकै राम्ररी थाहा हुन्छ, तर तिनीहरूले माथिलाई ती समस्याबारे अझै पनि रिपोर्ट गर्दैनन्, र त्यसैले तिनीहरू अन्तिममा काममा ढिलाइ गर्न अनि बर्खास्त हुन पुग्छन्। ल भन्, के यी मानिसहरू मूर्ख होइनन्? जब केही अगुवा र कामदारहरूले समस्याको रिपोर्ट गर्छन्, तिनीहरूले आजसम्म भइआएका सबै पुराना, महत्त्वहीन घटनाहरू बताउँछन्, र तिनीहरूले केही कुरा बताइसकेपछि, तैँले अझै पनि तिनीहरूलाई के-के समस्याहरू छन् भनेर विश्लेषण र मूल्याङ्कन गर्न मदत गर्नुपर्छ। तिनीहरूले त समस्याको उठान कसरी गर्ने भन्‍ने समेत बुझेका हुँदैनन्, र तिनीहरू समस्याको केन्द्र र सार के हो भन्‍ने कुरा स्पष्ट रूपमा व्याख्या नगरी घन्टौँ बोल्न सक्छन्। तिनीहरूले भन्‍ने सबथोक सतही कुरासँग मात्र सम्बन्धित हुन्छ र त्यो केवल बकवास मात्र हुन्छ! के यो तिनीहरूको क्षमता अत्यन्तै कमजोर अनि तिनीहरूको दिमागको तार अलि खुकुलो भएको अवस्था होइन र? के क्षमता भएका मानिसहरू यी कुरा सुन्‍न इच्छुक हुन्छन् र? तिनीहरू जो व्यक्तिसँग बोलिरहेका छन्, ऊ केवल तिनीहरूले रिपोर्ट गरिरहेको व्यक्तिको हालको अवस्था र उसका प्रकटीकरणहरू के-के हुन्, र तिनीहरू कुन स्थितिबारे अन्योलमा छन् र त्यसलाई समाधान गर्न सकिरहेका छैनन् भन्‍ने कुरा मात्र जान्‍न चाहन्छ। तैपनि, यी मानिसहरू जहिल्यै त्यो व्यक्तिले विगतमा के काम गर्‍यो भन्‍नेबारे कुरा गर्छन्, र त्यस व्यक्तिको वर्तमान अवस्थाबारे कुरा गर्दैनन्, वा तिनीहरू आफैसँग के-कस्ता अन्योल र समस्याहरू छन् भनी भन्दैनन्। तिनीहरू केही कुरा गर्छन्, तर तिनीहरू केका बारेमा कुरा गरिरहेका छन् भनेर कसैले पनि ठ्याक्कै बताउन सक्दैन। तिनीहरूलाई प्रश्न सोध्न मन भए पनि कहाँबाट सुरु गर्ने भन्‍ने थाहा हुँदैन, प्रभावकारी हुन र मानिसहरूले तिनीहरूलाई बुझ्न सक्ने गरी त्यसलाई कसरी व्यक्त गर्ने भनेर थाहा हुँदैन—तिनीहरूसँग त आफ्नो भाषा सुव्यवस्थित गर्ने क्षमता समेत हुँदैन। के यो अत्यन्तै कमजोर क्षमता हुनुको प्रकटीकरण होइन? कतिपय झुटा अगुवाहरूमा कमजोर क्षमता हुन्छ, र तिनीहरूले समस्या रिपोर्ट गर्दा वाहियात र बुझ्न नसकिने थुप्रै कुराहरू भन्छन्, अनि यसो सोच्छन्, “मैले तिमीलाई पुग्ने गरी अत्यन्तै धेरै जानकारी दिएको छु, होइन? मैले तिमीलाई यस समस्याबारे विगत र वर्तमानका सबै कुरा समेत भनेको छु, त्यसैले के अब तिमी मैले सोध्न चाहेको प्रश्न थाहा पाउन सक्दैनौ र?” तैँले तिनीहरूलाई चाहे जे सोधे पनि वा जसरी मार्गदर्शन गरे पनि, तिनीहरूलाई के भन्‍ने भनेर थाहा नै हुँदैन र तिनीहरूले समस्याको चुरो कहिल्यै भन्‍न सक्दैनन्। तिनीहरूसँग आफ्ना कुरा व्यक्त गर्ने शब्दहरू नभएको वा तिनीहरूको शैक्षिक स्तर कमजोर भएको होइन, बरु तिनीहरूको क्षमता कमजोर भएको हो र तिनीहरू दिमागरहित भएका हुन्, त्यसैले तिनीहरूलाई यी कुराहरू व्यक्त गर्न नै आउँदैन, तिनीहरूको मन अलमल्ल परेको हुन्छ, र तिनीहरू अरूले बुझ्ने गरी आफ्ना कुरा स्पष्ट रूपमा व्याख्या गर्न नै सक्दैनन्। तिनीहरूसँग केही बोझको बोध हुन्छ, र समय बित्दै जाँदा, तिनीहरू निश्चित समस्याहरूबारे केही सचेत हुन्छन्, तर तिनीहरूलाई ती कसरी व्यक्त गर्ने भन्‍ने थाहा हुँदैन, तिनीहरू समस्याको सार के हो भनेर बुझ्न सक्षम हुँदैनन्, तिनीहरूले समस्यालाई सारांश गर्न त झनै सक्दैनन्। के यति कमजोर क्षमता भएका मानिसहरूले काम गर्न सक्छन् त? के तिनीहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सक्छन् त? अहँ, सक्दैनन्। तैँले तिनीहरूलाई समय र मौकाहरू दिए पनि र समस्याहरूको रिपोर्ट र व्याख्या गर्न दिए पनि, तिनीहरूले त्यो गर्न सक्दैनन्, त्यसोभए के तैँले त्यस्ता मानिसहरूसँग अझै पनि बातचित गर्न सक्छस्? के तिनीहरूलाई अझै पनि प्रयोग गर्न सकिन्छ? (सकिँदैन।) तिनीहरूलाई किन प्रयोग गर्न सकिँदैन? तिनीहरू प्रस्ट रूपले बोल्न समेत सक्दैनन्, र तिनीहरूसँग आफ्ना सोच, विचार र मनोवृत्तिहरू व्यक्त गर्न भाषा प्रयोग गर्ने मानवको न्यूनतम नैसर्गिक प्रवृत्ति समेत हुँदैन, त्यसोभए तिनीहरूले के काम गर्न सक्छन् त? तिनीहरूसँग केही सामर्थ्य, वास्तविक जोस, अलिकति जिम्मेवारीको बोध, र निकै सोझो हृदय भए पनि, तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ, तैँले तिनीहरूलाई चाहे जसरी सिकाए पनि तिनीहरूले केही सिक्न सक्दैनन्, अनि तैँले तिनीहरूलाई बोल्न सिकाइस् भने पनि तिनीहरूले सिक्न सक्नेछैनन्, त्यसैले तँ उत्तेजित र क्रोधित हुनेछस्। तिनीहरूले बोल्दा गडबड गर्छन् र तँलाई अन्योलमा पार्छन्; तिनीहरूले केही पनि स्पष्ट रूपमा भन्‍न सक्दैनन्, र तिनीहरूले अर्थहीन बकवास मात्र बोल्छन्। तिनीहरूको सबैभन्दा दयनीय कुरा के हो भने, तिनीहरूले मानव भाषा बुझ्दैनन् तैपनि अझै अन्धाधुन्ध कार्य गरिरहन्छन्, अझै पनि आफू सक्षम भएको सोच्छन्, र तैँले तिनीहरूलाई काटछाँट गर्दा तिनीहरूले अवज्ञा गर्छन्। तिनीहरूले कसरी अगुवाइको काम राम्ररी गर्न सक्छन्? जब अगुवा वा कामदारको क्षमता यति कमजोर हुन्छ कि तिनीहरूले आफूलाई भाषामार्फत व्यक्त नै गर्न सक्दैनन्, तब के तिनीहरू अझै पनि आफ्नो काममा दक्ष हुन सक्छन् त? (सक्दैनन्।) अनि काममा दक्ष नहुनुले केलाई इङ्गित गर्छ? त्यसले तिनीहरू काममा आइपर्ने कठिनाइ र समस्याहरू तुरुन्तै पत्ता लगाउन असक्षम हुन्छन् भन्‍ने कुरालाई इङ्गित गर्छ, र अवश्य नै, त्यसले काममा चाहे जे समस्याहरू देखा परे पनि तिनीहरूले कहिल्यै तिनलाई तुरुन्तै समाधान गर्न सक्दैनन्, न त माथिलाई तीबारे तुरुन्तै रिपोर्ट गर्न र माथिबाट समाधानहरू खोजी गर्न नै सक्छन् भन्‍ने कुरालाई इङ्गित गर्छ—यो तिनीहरूका लागि अत्यन्तै कठिन हुन्छ, र तिनीहरू त्यो गर्न असक्षम हुन्छन्। यस्ता कमजोर क्षमता भएका मानिसहरूको कुरा गर्नुपर्दा, तिनीहरूका लागि यो काम अत्यन्तै कठिन हुन्छ; यो त माछालाई जमिनमा जिउन वा सुँगुरलाई उड्न बाध्य पार्नु जस्तै हो—तिनका लागि यो काम गर्न अत्यन्तै गाह्रो हुन्छ।

कतिपयले यसो भन्छन्, “मलाई ती मानिसहरूप्रति नराम्रो लाग्छ। तिनीहरू हर प्रकारका कार्यहरू सम्हाल्दै निकै दौडधुप गर्छन्, तर कमजोर क्षमताका कारण अन्त्यमा झुटा अगुवाका रूपमा चित्रित हुन्छन्। त्यसोभए, के त्यसको अर्थ तिनीहरूले सहेको कष्ट सबै व्यर्थ भएको छ भन्‍ने हुन्छ त? के त्यो मानिसहरूलाई अन्यायपूर्ण व्यवहार गर्नु होइन र?” झुटा अगुवाहरूलाई बर्खास्त गर्नुको अर्थ परमेश्‍वरका चुनिएका मानिसहरू र मण्डलीको कामका लागि जिम्मेवारी लिनु हो, त्यसैले त्यो कसरी मानिसहरूलाई अन्यायपूर्ण व्यवहार गरेको हुन सक्छ? यदि तँ झुटा अगुवाहरूलाई अगुवाका रूपमा तिनीहरूको भूमिका जारी राख्न दिनुपर्छ भनी अड्डी कस्छस् भने, के यो परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्नु होइन र? के तँ परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्नु मानिसहरूलाई अन्यायपूर्ण व्यवहार गर्नु होइन भनेर भन्‍न खोज्दैछस्? कुनै झुटो अगुवालाई बर्खास्त गरेर, परमेश्‍वरको घरले त्यो झुटो अगुवालाई निन्दा गरिरहेको हुँदैन, न त त्यो झुटो अगुवालाई नरकमा पठाइरहेको नै हुन्छ, बरु त्यसले त्यो व्यक्तिलाई मुक्ति प्राप्त गर्ने मौका दिइरहेको हुन्छ। यदि ऊ झुटो अगुवा रहिरह्यो भने के उसले मुक्ति प्राप्त गर्न सक्छ? उसको अन्तिम परिणाम के हुनेछ? तँ किन यस मामलालाई यसरी विचार गर्दैनस्? त्यसमाथि, परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य के हो? अवश्य नै, अगुवा बन्‍नु नै अघि बढ्ने एक मात्रै मार्ग त होइन होला? व्यक्ति अगुवा नभएमा उसले पूरा गर्नुपर्ने अरू कुनै कर्तव्य हुँदैन र? अगुवा नरहेका र कमजोर क्षमता भएकाहरूको बाँच्ने मार्ग नै छैन र? (होइन, त्यो साँचो होइन।) त्यसोभए, अभ्यासको मार्ग के हो त? हामीले अहिले चिरफार गरिरहेको भनेको यस प्रकारको कमजोर क्षमता भएको झुटो अगुवाका प्रकटीकरणहरू र उसमा भएका समस्याहरू हुन्; हामी तिनीहरूलाई निन्दा गरिरहेका वा सरापिरहेका छैनौँ, केवल तिनीहरूको चिरफार गरिरहेका छौँ। तिनीहरूको चिरफार गर्नुको उद्देश्य भनेको यस प्रकारको व्यक्तिलाई सही रूपमा आफूलाई चिन्‍ने र दिशानिर्देश गर्ने, आफ्नो ल्याकत जान्‍ने, अगुवा र कामदारहरू के हुन्, अगुवा र कामदारहरूले के काम गर्नुपर्छ भनेर सही रूपमा बुझ्ने, र त्यसपछि तिनीहरू अगुवा वा कामदार हुन उपयुक्त छन् कि छैनन् भनी हेर्न यी कुराहरूसँग आफैलाई तुलना गर्ने तुल्याउनु हो। यदि तेरो क्षमता साँच्चै अत्यन्तै कमजोर छ, यति कमजोर छ कि तँसँग भाषामार्फत आफूलाई व्यक्त गर्ने, वा आफ्ना सोच र विचार व्यक्त गर्ने, वा समस्याहरू पत्ता लगाउने क्षमता छैन भने, तँ अगुवा वा कामदार हुन उपयुक्त छैनस्, अगुवा वा कामदारको कर्तव्य पूरा गर्न योग्य छैनस्, र तँ अगुवा वा कामदारको काम गर्न असक्षम छस्। तँ कमजोर क्षमताको भएकाले, तँसँग यस प्रकारको आत्म-सचेतना हुनुपर्छ। कतिपय मानिसहरू यसो भन्छन्, “मेरो क्षमता कमजोर छ—अनि के भयो त? मसँग असल मानवता छ, त्यसैले म अगुवा हुनुपर्छ।” के सिद्धान्त यही हो त? अरूले यसो भन्छन्, “असल मानवता हुनु बाहेक, म कष्ट सहन र मूल्य तिर्न पनि इच्छुक छु, म प्रवचनहरू प्रचार गर्न सक्छु, मेरो आस्थामा एउटा जग छ, र म परमेश्‍वरमाथि विश्‍वास गरेका कारण कैदमा परेको छु। के यी कुराहरू मलाई अगुवा वा कामदार बन्‍ने पुँजीका रूपमा गनिँदैनन् र?” के अगुवा वा कामदार हुन व्यक्तिसँग पुँजी हुनुपर्छ भन्‍ने कुरा सत्य हो? (होइन।) हामी अहिले अगुवा र कामदारहरूका जिम्मेवारीहरूबारे छलफल गरिरहेका छौँ र, यसै विषयभित्र, हामी क्षमताको मुद्दाबारे कुरा गरिरहेका छौँ। यदि तेरो क्षमता कमजोर छ र तँ यी जिम्मेवारीहरू पूरा गर्न सक्षम छैनस् भने, तँमा हुनुपर्ने आत्म-सचेतना यो हो: “मसँग यो क्षमता छैन र म अगुवा वा कामदार बन्‍न सक्दिनँ। मसँग चाहे जे पुँजी भए पनि, त्यो बेकार छ।” तँ आफूसँग असल मानवता छ, तँ भरपर्दो छस्, तँसँग कष्ट सहने सङ्कल्प छ, र तँ मूल्य तिर्न इच्छुक छस् भनेर भन्छस्—के त्यसोभए परमेश्‍वरको घरले तँलाई अन्यायपूर्ण व्यवहार गरेको छ त? परमेश्‍वरको घरले सबैलाई सर्वोत्तम तरिकाले प्रयोग गर्ने गरी मानिसहरूलाई प्रयोग गर्छ, हरेक व्यक्तिलाई उपयुक्त भूमिका दिन्छ, र ठ्याक्कै सही तरिकाले त्यसो गर्छ। यदि तँसँग असल मानवता छ तर तेरो क्षमता कमजोर छ भने, तैँले आफ्नो सम्पूर्ण हृदय र शक्तिका साथ आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ; परमेश्‍वरद्वारा अनुमोदित हुनका लागि तँ अगुवा वा कामदार हुनैपर्छ भन्‍ने छैन। तँ कष्ट भोग्न इच्छुक भए पनि, तर तँ अगुवाले भोग्नैपर्ने तरिकाले कष्ट भोग्न सक्दैनस्, तँसँग अगुवा बन्‍न हुनुपर्ने क्षमता छैन, र तँ त्यस कुरामा चुक्छस् भने, तैँले के गर्न सक्छस्? आफूलाई जोर-जबरजस्ती गर्ने वा कठिनाइमा पार्ने काम नगर्; यदि तँ २५ किलो बोक्न सक्छस् भने, २५ किलो नै बोक्। आफूलाई आफ्नो सीमाबाहिर धकेलेर “२५ किलोले पुग्दैन। म अझै बढी बोक्न चाहन्छु। म ५० किलो बोक्न चाहन्छु। म थाकेर मरे नै भने पनि म त्यो गर्न इच्छुक छु!” भन्दै धाक देखाउने प्रयास नगर्। तँ अगुवा वा कामदार बन्‍न सक्षम छैनस्, तर यदि तँ धाक देखाउन आफूलाई अझै पनि आफ्नो सीमाबाहिर धकेलिरहन्छस् भने, तँ थकित नभए पनि, तैँले मण्डलीको काममा ढिलाइ गर्नेछस्, कामको प्रगति र प्रभावकारितामा असर पार्नेछस्, र धेरै मानिसहरूको जीवन प्रगतिमा ढिलाइ गर्नेछस्—यो तैँले वहन गर्न सक्ने जिम्मेवारी होइन। तँसँग अपर्याप्त क्षमता भएकाले, यदि तँसँग आत्म-सचेतना छ भने, तैँले सक्रिय रूपमा राजीनामा दिने र असल क्षमता भएको, सत्यतालाई प्रेम गर्ने, र अगुवा वा कामदार बन्‍न तँभन्दा जिम्मेवार व्यक्तिलाई मनोनयन गर्ने प्रस्ताव गर्नुपर्छ। यो समझदार कार्य हुनेछ, र त्यसो गरेर मात्र तँ साँच्चै मानवता र समझ भएको, अनि साँच्चै सत्यता बुझ्ने र अभ्यास गर्ने व्यक्ति हुनेछस्। यदि तँ अगुवाइको काम गर्न असक्षम भएकाले तैँले पदबाट राजीनामा दिइस्, र त्यसपछि परमेश्‍वरद्वारा अनुमोदित हुन सक्न आफूलाई उपयुक्त हुने कर्तव्य छनोट गरिस् र आफ्नो बफादारी अर्पण गरिस् भने, तँ अत्यन्तै बुद्धिमान व्यक्ति होस्। तँ सधैँ यस्तो सोच्छस्, “मेरो क्षमता कमजोर भए पनि, मसँग असल मानवता छ, र म आफैलाई दुःख दिन, कष्ट सहन, र मूल्य तिर्न इच्छुक छु, ममा सङ्कल्प छ, मैले गर्ने सब थोकमा म तिमीहरू भन्दा बढी दृढ छु, र मसँग खुला मन छ अनि मलाई काटछाँट वा जाँचमा पर्ने डर छैन। मेरो क्षमता अलिक कमजोर नै भए पनि, म अझै पनि अगुवा बन्‍न सक्छु।” कमजोर क्षमता हुनु समस्या होइन। यो तँलाई निन्दा गर्नका लागि होइन, केवल तँलाई वर्गीकरण गरेर तँ ठ्याक्कै के गर्न सक्छस् र कस्तो प्रकारको कर्तव्यका लागि उपयुक्त छस् भनी बुझाउनलाई मात्र हो। तर हालको समस्या के हो भने, तेरो क्षमता कमजोर छ र तँ अगुवा वा कामदार बन्‍न सक्षम छैनस्। तँ अगुवा वा कामदार बन्‍न छनोट भए पनि, तँ यो काम राम्ररी गर्न सक्दैनस्, र कामलाई भद्रगोल पार्न मात्र सक्छस्। यदि तँसँग असल मानवता छ, विवेक र समझ छ, र तँ कष्ट भोग्न र मूल्य तिर्न इच्छुक छस् भने, तैँले गर्ने उपयुक्त कार्य र तैँले पूरा गर्नुपर्ने कर्तव्य हुनेछ, र परमेश्‍वरको घरले तेरा लागि मनासिब प्रबन्धहरू गर्नेछ। तँलाई अगुवा बन्‍ने अनुमति नदिनु परमेश्‍वरको घरका प्रावधान र सिद्धान्तहरूमा आधारित कुरा हो। तर, परमेश्‍वरको घरले तेरो क्षमता कमजोर भएकाले तँलाई आफ्नो कर्तव्य पूरा गर्ने अधिकार वा परमेश्‍वरलाई विश्‍वास गर्ने र पछ्याउने अधिकारबाट वञ्चित गर्नेछैन। के यो उचित होइन र? (हजुर, हो।) के हामीले यस मामलाबारे अझ विस्तृत रूपमा सङ्गति गर्नु जरुरी छ त? कमजोर क्षमता भएका कतिपय मानिसहरूले यो सुन्छन् र यस्तो मनन गर्छन्, “अबदेखि यसबारे सङ्गति नगर्नुहोस्। मलाई कसैको सामु पर्न अत्यन्तै लज्जित महसुस हुन्छ। मलाई मेरो क्षमता कमजोर छ भन्‍ने थाहा छ, र म आइन्दा मण्डली अगुवा वा कामदार हुनेछैन। म केवल समूह अगुवा वा सुपरिवेक्षक हुनेछु, या खाना पकाउने वा सफा गर्ने जस्ता सानातिना कामहरू गर्नेछु। जे भए पनि हुन्छ। म गुनासो नगरी आफ्ना पदका कष्टहरू भोग्नेछु, परमेश्‍वरको घरका प्रबन्धहरूमा समर्पित हुनेछु, र परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुनेछु। मेरो क्षमता कमजोर हुनु परमेश्‍वरको अनुग्रहले गर्दा हो, र त्यसमा परमेश्‍वरका असल अभिप्रायहरू छन्। परमेश्‍वरले गर्नुहुने सब थोक सही हुन्छ।” यदि तैँले कामकुरालाई यसरी हेर्न सक्छस् भने, त्यो राम्रो हो, र त्यसको अर्थ तँसँग केही आत्म-सचेतना छ। म यस मामलाबारे विस्तृत रूपमा सङ्गति गर्नेछैनँ। समग्रमा, कमजोर क्षमता हुने यी मानिसहरूका सन्दर्भमा, हामी केवल समस्यालाई चिरफार र तथ्यहरूको सत्यता खुलासा गरिरहेका छौँ ताकि यी मानिसहरूका सम्बन्धमा अझ बढी मानिसहरूले सही मनोवृत्ति र दृष्टिकोण राखून्, र यी मानिसहरूले आफ्नै कमजोर क्षमतासम्बन्धी समस्याका सम्बन्धमा सही मनोवृत्ति र दृष्टिकोण राखून्, र त्यसपछि तिनीहरूले आफूलाई सही रूपमा दिशानिर्देश गर्न, आफूलाई सुहाउने पद र कर्तव्य भेट्टाउन सकून्, जसले तिनीहरूको मूल्य चुकाउने धैर्य र कष्ट सहने सङ्कल्पलाई उचित रूपमा प्रयोग गर्न र सक्रिय बनाउन मदत गरोस्। यसले तेरो सत्यताको बुझाइ र सत्यता अभ्यासलाई असर गर्दैन, न त यसले परमेश्‍वरको घरमा तेरो छविलाई नै असर गर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्