अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (६) खण्ड तीन

केही विशेष प्रकारका मानिसहरूलाई कसरी व्यवहार गर्ने

अ. आफ्नो उचित काममा ध्यान नदिने मानिसहरूलाई कसरी व्यवहार गर्ने

कतिपय मानिसहरूमा सन्तोषजनक मानवता हुन्छ, तिनीहरूसँग सबलता र तेज दिमाग हुन्छ, तिनीहरू सामान्य रूपमा बोल्छन्, तिनीहरू सामान्यतया निकै आशावादी हुन्छन्, र तिनीहरू कर्तव्य निर्वाह गर्नमा निकै सक्रिय हुन्छन्, तर तिनीहरूमा एउटा खोट हुन्छ, र त्यो के हो भने, तिनीहरू अत्यन्तै भावुक हुन्छन्। परमेश्‍वरलाई पछ्याउँदा र मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरूले निरन्तर आफ्ना परिवार र आफन्तहरूलाई याद गर्ने, वा आफ्नो गृहनगरमा मिठो खाना खाएकोबारे सोच्‍ने गर्छन्, र ती खानेकुरा खान नपाउँदा तिनीहरूलाई पीडा हुन्छ, र त्यसले तिनीहरूको कर्तव्य निर्वाहमा असर गर्छ। अर्को प्रकारका व्यक्ति पनि हुन्छ, जो आफ्नै निजी ठाउँमा, एक्लै एउटै स्थानमा जिउन मन पराउँछ। जब ऊ दाजुभाइ-दिदीबहिनीहरूसँग हुन्छ, उसलाई कामको गति अति तीव्र भएको अनि जिउनका लागि ऊसँग निजी स्थान नै नभएको महसुस हुन्छ। उसले निरन्तर दबाब महसुस गर्छ, र दाजुभाइ-दिदीबहिनीहरूसँग जिउँदा सधैँ बन्धनमा परेको र असहज महसुस गर्छ। ऊ सधैँ आफूखुसी गर्न अनि लिप्त हुनका लागि स्वतन्त्र हुन चाहन्छ। ऊ अरू सबैसँग कर्तव्य निर्वाह गर्न चाहँदैन, र ऊ घर फर्कनेबारे निरन्तर सोच्छ। उसलाई परमेश्‍वरका घरमा आफ्नो कर्तव्य निर्वाह गर्नु सधैँ अप्रिय लाग्छ। दाजुभाइ-दिदीबहिनीहरूसँग सजिलै मिल्न सक्ने भए पनि र परमेश्‍वरका घरमा उसलाई कसैले नहेप्ने भए पनि, उसलाई काम र आरामको तालिकामा अडिग रहन अलिक गाह्रो नै हुन्छ—बिहान सबै जना उठिसकेपछि, ऊ सुतिरहन नै चाहन्छ, तर उसलाई त्यसो गर्न लाज लाग्छ, र जब राति सबै जनाले आराम गर्न थालिसकेका हुन्छन्, ऊ सुत्न जान चाहँदैन र आफूलाई चाख लाग्ने केही कुरा गर्न चाहन्छ। कहिलेकाहीँ उसलाई कुनै कुरा निकै खान मन लागेको हुन्छ, तर त्यो चमेनागृहमा उपलब्ध हुँदैन, र उसलाई त्यो माग्न निकै लाज लाग्छ। कहिलेकाहीँ ऊ हिँडडुल गर्न जान चाहन्छ, तर अरू कसैले पनि त्यसो गरौँ भनेर भन्दैन, त्यसैले उसले आफै त्यसो गर्ने आँट नै गर्दैन। ऊ सधैँ होसियार र सावधान रहन्छ, र हाँसोको पात्र हुन, हेयको दृष्टिले हेरिन, वा बचकाना कहलिन डराउँछ। यदि उसले आफ्नो कर्तव्य राम्ररी पूरा नगरेमा, कहिलेकाहीँ ऊ काटछाँटमा पर्छ। ऊ हरदिन बेचैन महसुस गर्छ, मानौँ उसले पातलो बरफमा टेकिरहेको छ, र ऊ अत्यन्तै बेखुसी हुन्छ। उसले यसो सोच्छ, “मलाई याद छ जब म घरमा थिएँ, म परिवारको सानो बाबु थिएँ, स्वतन्त्र र नबाँधिएको, एउटा सानो स्वर्गदूतजस्तै थिएँ। म कति खुसी थिएँ! म अहिले परमेश्‍वरका घरमा कर्तव्य निर्वाह गरिरहेको छु, मेरो पुरानो अस्मिताका चिन्हहरू कसरी मेटिए? म उप्रान्त, मैले गर्ने गरेको जस्तो, जे मन लाग्यो त्यो गर्न सक्दिनँ,” र त्यसैले ऊ यस प्रकारको जीवन जिउन चाहँदैन। तर उसले यो कुरा आफ्नो अगुवालाई सुनाउने आँट नै गर्दैन, र आफू वरपरका मानिसहरूमा यी सोचहरू निरन्तर फैलाउँछ, उसलाई सधैँ घरको याद आउँछ, र ऊ राति खाटमा अरूले थाहा नपाउनेगरी रुन्छ। यस्ता प्रकारका मानिसहरूलाई के गर्नुपर्छ? यो मामलाबारे सचेत हुने जोकोहीले ढिलाइ नगरी यसको रिपोर्ट गर्नुपर्छ, अगुवाले त्यो रिपोर्ट साँचो हो कि होइन भनेर तुरुन्तै निश्‍चित गर्नुपर्छ, र हो भने, त्यस व्यक्तिलाई घर जाने अनुमति दिन सकिन्छ। उसले परमेश्‍वरको घरको खानपान, र सत्कारमा रमाइरहेको हुन्छ, तर ऊ अझै पनि आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक हुन्छ र सधैँ आफ्नै मुडमा हुन्छ, दुखी र अप्रसन्न महसुस गर्छ, त्यसैले उसलाई सक्दो चाँडो आफ्नो बाटो लगाइदे। यस्ता खालका मानिसहरूका यी मुडहरू क्षणिक हुँदैनन्, र तिनीहरूले सोचविचार गरेर यी मुड समाधान गर्दैनन्—तिनीहरूको अवस्था त्यस्तो हुँदैन। कति मानिसहरूको आत्मगत इच्छा भनेको दृढतापूर्वक कर्तव्य निर्वाह गर्ने हुन्छ, र घरको याद आए पनि तिनीहरूलाई त्यो कस्तो खालको समस्या हो भन्ने थाहा हुन्छ, र तिनीहरू सत्यता खोजेर त्यसलाई समाधान गर्न सक्षम हुन्छन्। यी मानिसहरूका हकमा, तिनीहरूलाई जान दिनु वा तिनीहरूबारे चिन्ता गर्नु जरुरी हुँदैन। हामीले कुरा गरिरहेको अवस्थाचाहिँ आफ्नो जीवनको तेस्रो दशकमा हुँदा पनि अझै बच्चाजस्तै व्यवहार गर्ने, कहिल्यै वयस्क नहुने, र सधैँ अस्थिर रहने मानिसहरूको हो। तिनीहरू अह्राइएको कुरा मात्र गर्छन्, र केही काम नहुँदा, रमाइलो गर्ने र असान्दर्भिक विषयहरूबारे गफगाफ गर्नेबारे सोच्छन्, तर आफ्नो उचित काममा ध्यान दिन कहिल्यै चाहँदैनन्। गैरविश्‍वासीहरू ३० वर्षको उमेरमा स्थापित भइसक्नेबारे कुरा गर्छन्। स्थापित हुनु भनेको आफ्नो उचित काममा ध्यान दिनु, कार्य वहन गर्न र आफ्नो भरणपोषण आफै गर्न सक्षम हुनु, आफ्नो उचित व्यवसायमा ध्यान दिन जान्नु, रमाइलोमा कम समय बिताउनु, र आफ्नो उचित काममा ढिलाइ नगर्नु हो। “बच्चाजस्तै व्यवहार गर्नु” भन्नुको अर्थ के हो? त्यसको अर्थ कुनै पनि उचित काम वहन गर्न असक्षम हुनु, सधैँ मनलाई बरालिन दिन चाहनु, र निरन्तर डुल्न, घुम्‍न, मस्ती गर्न, खाजा खान, नाटक हेर्न, असान्दर्भिक कुराहरूबारे गफ गर्न, गेम खेल्‍न, र इन्टरनेटमा असामान्य घटना र असाधारण कथाहरू खोज्न चाहनु हो। त्यसको अर्थ भेलाहरूमा सहभागी हुने झुकाव कहिल्यै नराख्‍नु, भेलाहरू हुँदा सधैँ सुत्न चाहनु, निन्द्रा लाग्नेबित्तिकै ढल्कन चाहनु, र भोक लाग्नेबित्तिकै खान चाहनु, स्वेच्छाचारी हुनु र उचित काममा ध्यान नदिनु हो। यस्ता मानिसहरूमा खराब मानवता नै हुन्छ भनेर भन्न सकिँदैन, यति मात्र हो कि, तिनीहरू कहिल्यै वयस्क हुँदैनन् र सधैँ अपरिपक्व रहिरहन्छन्। तिनीहरू ३० वर्षको उमेरमा पनि यस्तै हुन्छन्, र ४० वर्षको उमेरमा पनि अझै यस्तै नै हुन्छन्; तिनीहरू परिवर्तन हुन सक्दैनन्। यदि तिनीहरूले छोडी जाने अनुरोध गर्छन् र उप्रान्त आफ्नो कर्तव्य निर्वाह गर्न चाहँदैनन् भने, यसलाई कसरी सम्हाल्नुपर्छ? परमेश्‍वरको घरले तिनीहरूलाई बस्न अनुरोध गर्दैन। तैँले तिनीहरूलाई तुरुन्त जबाफ दिनुपर्छ—तिनीहरूलाई तुरुन्तै जान दे र गैरविश्‍वासीहरूमाझ फर्कन दे, र तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्छु भनेर बिलकुलै नभन्‍नू भनेर भन्दे। के आफ्ना उचित कामहरूमा ध्यान नदिने मानिसहरूले सत्यता प्राप्त गर्न सक्छन् त? यदि तँ तिनीहरूले परमेश्‍वरका घरमा कर्तव्य निर्वाह गर्दै आफ्नो मानवताको हिसाबले परिपक्व हुने र आफ्नो उचित काममा ध्यान दिने, कुनै महत्त्वपूर्ण काम काँधमा लिन सक्षम हुने, र त्यसपछि सत्यता बुझ्ने र अभ्यास गर्ने र मानव रूपमा जिउने अपेक्षा राख्छस् भने, तँ त्यसमा बिलकुलै ढुक्क हुनु हुँदैन। तैँले कुनै पनि समूहमा यस्ता मानिसहरू भेट्नेछस्। गैरविश्‍वासीहरूसँग यस्ता मानिसहरूको उपनाम हुन्छ: “लाठे बच्चाहरू।” यस्ता मानिसहरू त आफ्नो उचित काममा कहिल्यै ध्यान नदिई ६० वर्ष पुगेका हुन सक्छन्। तिनीहरूले अनुचित रूपमा बोल्ने र कामकुरा सम्हाल्ने गर्छन्, तिनीहरू जहिल्यै हाँसिरहने, जिस्किरहने, र यताउता उफ्रिरहने गर्छन्, तिनीहरू कुनै पनि कुरा गम्भीरतापूर्वक गर्दैनन्, र रमाइलो गर्न मात्र विशेष चाख राख्छन्। परमेश्‍वरको घरले यस्ता मानिसहरूलाई प्रयोग गर्न सक्दैन।

के तिमीहरूलाई यी “लाठे बच्चाहरू” खराब हुन्छन् जस्तो लाग्छ? के तिनीहरू दुष्ट मानिस हुन्? (होइनन्।) तीमध्ये केहीचाहिँ दुष्ट मानिस होइनन्, र तिनीहरू निकै सरल हुन्छन्, र खराब हुँदैनन्। तीमध्ये केहीचाहिँ निकै दयालु हृदयका अनि अरूलाई मदत गर्न इच्छुक हुन्छन्। तर तिनीहरू सबैमा एउटा खोट हुन्छ—तिनीहरू स्वेच्छाचारी हुन्छन्, रमाइलो गर्न मन पराउँछन्, र आफ्नो उचित काममा ध्यान दिँदैनन्। उदाहरणका लागि, मानौँ कि एउटी महिलाले विवाह गरेपछि घरगृहस्थीको काम गर्न सिक्दिन। उसले खुसी हुँदा मात्र खाना पकाउँछे, बेखुसी हुँदा पकाउँदिन—उसलाई हरसमय फकाउनुपर्छ। यदि कसैले उसलाई केही गराउन चाहन्छ भने, ऊसँग सम्झौता गर्नुपर्ने, र उसको निगरानी गर्नुपर्ने हुन्छ। उसलाई सधैँ राम्रोसँग सजिन मन पर्छ ताकि ऊ किनमेल गर्न, कपडाहरू र सौन्दर्य सामाग्रीहरू किन्न अनि सौन्दर्य उपचार गर्न बाहिर जान सकून्। जब ऊ घर फर्किन्छे, उसले एउटा पनि काम गर्दिन, तास र माह्जोंग खेल्न मात्र चाहन्छे। यदि तैँले उसलाई एक किलो बन्दाको कति मूल्य पर्छ भनेर सोधिस् भने, उसलाई थाहा हुँदैन; यदि तैँले उसलाई भोलि उसले के खाने हो भनेर सोधिस् भने, उसलाई त्यो पनि थाहा हुँदैन; र यदि तैँले उसलाई केही पकाउन भनिस् भने, उसले त्यसलाई भद्रगोल पार्छे। त्यसोभए ऊ के कुरामा चाहिँ सबैभन्दा पोख्त हुन्छे? ऊ कुन रेस्टुराँले सर्वोत्तम खाना बनाउँछ, कुन पसलमा सबैभन्दा फेसनेबल कपडाहरू पाइन्छ, र कुन पसलले किफायती र प्रभावकारी सौन्दर्य-सामाग्री बेच्छ भन्नेजस्ता कुरामा पोख्त हुन्छे, तर उसले कसरी दिन बिताउने, वा सामान्य मानव जीवनमा आवश्यक सीपहरू के-के हुन् भन्नेजस्ता अरू कुराहरू बुझ्दिन वा सिक्दिन। के उसमा अपर्याप्त क्षमता भएकोले उसले यी कुराहरू नसिक्ने हो त? होइन, त्यस्तो होइन। ऊ जे कुरामा पोख्त छे त्यो मूल्याङ्कन गर्दा, ऊसँग क्षमता छ, तर ऊ आफ्नो उचित काममा ध्यान दिँदिन। ऊसँग खर्च गर्नका लागि पैसा भएसम्म, ऊ रेस्टुराँमा खान र मेकअपका सरसामान र कपडा किन्न बाहिर जान्छे। यदि घरमा दिउरी र तावा नभएर उसलाई ती किन्न भनियो भने, उसले भन्छे, “मीठो खाना बाहिर नै किन्न पाइन्छ, मैले त्यो सबै किन किन्नुपर्‍यो?” यदि घरमा भ्याक्युम क्लिनर बिग्रिएको छ, र उसलाई नयाँ भ्याक्युम क्लिनर किन्ने पैसा जोगाउन एउटा कपडा कम किन्न भनियो भने, उसले भन्छे, “जब म भविष्यमा पैसा कमाउँछु, म घर सफा गर्न कामदार राख्नेछु, त्यसैले भ्याक्युम क्लिनर किन्नु पर्दैन।” सामान्यतया, यदि ऊ गेम वा माह्जोंग खेलिरहेकी छैन भने, ऊ चलेको पहिरन किनिरहेकी हुन्छे, र उसले कहिल्यै घर सफा गर्दिन। यो आफ्नो उचित काममा ध्यान नदिनु हो, होइन र? अनि केही पुरुषहरू पनि छन्, जो अलिकति पैसा कमाउनेबित्तिकै त्यो पैसाले कार किन्छन् वा जुवा खेलेर उडाउँछन्। यदि घरमा केही बिग्रिएको छ भने, तिनीहरूले त्यसलाई मर्मत गर्दैनन्। तिनीहरूले उचित तरिकाले दिन बिताउँदैनन्। तिनीहरूका घरमा, फ्रिज चल्दैन, न वासिङ् मेसिन नै चल्छ, नालीहरू जमेका हुन्छन्, र पानी पर्दा छाना चुहिन्छ, र तिनीहरूले यी कुराहरू लामो समयसम्म मर्मत गर्दैनन्। तिमीहरू यस्ता पुरुषहरूबारे के सोच्छौ? तिनीहरूले आफ्नो उचित काममा ध्यान दिँदैनन्। पुरुष होऊन् वा महिला, परमेश्‍वरको घरले अति स्वेच्छाचारी र आफ्नो उचित काममा ध्यान नदिने मानिसहरूलाई प्रयोग गर्न सक्दैन।

कति मानिसहरूले आमाबाबुका रूपमा आफ्नो उचित काममा ध्यान दिँदैनन्, र तिनीहरू छोराछोरीको उचित हेरचाह गर्न असफल हुन्छन्। फलस्वरूप, तिनीहरूका छोराछोरीहरूलाई उम्लेको पानीले पोल्छ वा ठक्कर वा घर्षणको चोट लाग्छ; कति छोराछोरीहरूले नाक भँचाउँछन्, कति अरूले तातो चुलोमा बसेर नितम्ब पोल्छन्, र कति अरूले उम्लेको पानी पिएर घाँटी पोल्छन्। यस्ता मानिसहरूले आफूले गर्ने कुनै पनि कुरामा ध्यान दिँदैनन्, र कुनै पनि कुरा उचित तरिकाले गर्न सक्दैनन्। तिनीहरूले आफ्नो उचित काममा ध्यान दिँदैनन्, नौटङ्की गर्छन्, र तिनीहरू स्वेच्छाचारी हुन्छन् र रमाइलो गर्न मन पराउँछन्, र तिनीहरू एउटा व्यक्तिले वहन गर्नुपर्ने जिम्मेवारी वहन गर्न असक्षम हुन्छन्। तिनीहरू आमाबाबुका रूपमा आफ्ना जिम्मेवारी पूरा गर्न असक्षम हुन्छन् र ध्यानशील हुँदैनन्। त्यसैले, के त्यस्ता मानिसहरूले परमेश्‍वरका घरमा सामान्य मानिसहरूले वहन गर्नुपर्ने जिम्मेवारी वहन गर्न सक्छन् त? अहँ, पटक्कै सक्दैनन्। आफ्नो उचित काममा ध्यान नदिने मानिसहरूलाई प्रयोग गर्न सकिँदैन। यदि तिनीहरूले अबउप्रान्त आफ्नो कर्तव्य निर्वाह गर्न चाहँदिनँ भनेर भन्छन् र घर फर्कने अनुरोध गर्छन् भने, तिनीहरूलाई तुरुन्तै जान दे। कसैले पनि तिनीहरूलाई बस भनेर जोड दिनु वा आग्रह गर्नु हुँदैन, किनकि यो तिनीहरूको प्रकृतिसँग सम्बन्धित समस्या हो, यो कहिलेकाहीँ हुने, अस्थायी प्रकटीकरण होइन। परमेश्‍वरका घरमा कर्तव्य निर्वाह गर्न आउँदा ती मानिसहरू भ्रमहरूले भरिएका थिए; तिनीहरूले कर्तव्य निर्वाह गर्नु र परमेश्‍वरलाई पछ्याउनु भनेको अदनको बगैँचामा आउनु, र कनानको असल भूमिमा हुनुजस्तै हो भन्ठान्थे। तिनीहरूले कल्पना गरेको जीवन अद्भुत थियो, त्यहाँ दिनभर खानपिन गर्नका लागि राम्रा कुराहरू हुन्थे, स्वतन्त्रता हुन्थ्यो र कुनै बन्धन हुन्थेन, र कुनै पनि काम बिलकुलै गर्नुपर्थेन। तिनीहरू फुर्सदै फुर्सदको मस्त जीवन जिउन चाहन्थे, तर त्यो त तिनीहरूको कल्पनाभन्दा एकदम फरक हुन पुग्यो। यी मानिसहरूले चाहिँदोभन्दा बढी अनुभव गरिसकेका छन्, र तिनीहरूलाई यो ठाउँ झ्याउलाग्दो र निरस लाग्छ, र तिनीहरू छोडिजान चाहन्छन्, त्यसैले ढिलाइ नगरी तिनीहरूलाई जान दे, परमेश्‍वरको घरले ती मानिसहरूलाई बस्न आग्रह गर्दैन। परमेश्‍वरको घरले मानिसहरूलाई जोरजबर्जस्ती गर्दैन, र तिमीहरूले पनि गर्नु हुँदैन; यो नै सत्यता अभ्यास गर्नु र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्नु हो। तिमीहरूले सत्यता सिद्धान्तहरूअनुरूप काम गर्नुपर्छ, तिमीहरू परमेश्‍वरका अभिप्रायहरू बुझ्ने, बुद्धिमान्‌ व्यक्ति बन्नुपर्छ—अन्योलमा परेको व्यक्ति नबन, वा अन्धाधुन्ध मान्छे खुसी पारिहिँड्ने व्यक्ति नबन। आफ्नो उचित काममा ध्यान नदिने मानिसहरूलाई यसरी सम्हाल—के यसलाई प्रेमिलो नहुनु वा मानिसहरूलाई पश्‍चात्ताप गर्ने मौका नदिनु मान्न सकिन्छ? (अहँ, सकिँदैन।) परमेश्‍वर सबैप्रति निष्पक्ष हुनुहुन्छ, र परमेश्‍वरको घरसँग तँलाई प्रवर्द्धन, संवर्धन र प्रयोग गर्ने अधिकार हुन्छ। यदि तँ कर्तव्य निर्वाह गर्न अनिच्छुक छस्, र तैँले मण्डली छोड्ने अनुरोध गर्छस् भने, त्यो तेरो स्वतन्त्र छनोटको कुरा हो, त्यसैले मण्डली तेरो अनुरोधसँग सहमत हुनुपर्छ, त्यसले तँलाई पटक्कै जोरजबर्जस्ती गर्नेछैन। यो नैतिकताअनुरूप हुनु हो, मानवताअनुरूप हुनु हो, र अवश्य नै, यो विशेष रूपले सत्यता सिद्धान्तहरूअनुरूप हुनु हो। यो एकदम उचित कार्यविधि हो! यदि कसैले निश्‍चित समयसम्म कर्तव्य निर्वाह गर्छ, र उसलाई त्यो थकाइलाग्दो र कठिन लाग्छ, र अब ऊ त्यो कर्तव्य निर्वाह गर्न खुसी छैन, र फलस्वरूप कर्तव्य त्याग्न र परमेश्‍वरमा विश्‍वास गर्न छोड्न चाहन्छ भने, आज म तँलाई यसको स्पष्ट जबाफ दिन्छु, र त्यो के हो भने, परमेश्‍वरको घर यसमा सहमत हुनेछ, र यसले कहिल्यै तँलाई जबरजस्ती बस्न लगाउनेछैन, वा तेरो लागि परिस्थिति कठिन बनाउनेछैन। यसमा कुनै दुबिधा छैन, र तैँले आफू अप्ठ्यारोमा परेको, वा आफूले इज्जत गुमाएको महसुस गर्नुपर्दैन। यो परमेश्‍वरको घरका लागि त झन् समस्या नै बन्दैन, र परमेश्‍वरको घरले तँमाथि पनि कुनै मागहरू थोपर्दैन। अझ भन्‍ने हो भने, यदि तँ छोडी जान चाहन्छस् भने, परमेश्‍वरको घरले तेरो निन्दा गर्ने वा तेरो बाटो छेक्‍नेछैन, किनकि यो तैँले रोजेको मार्ग हो, र परमेश्‍वरको घरले तेरा मागहरू पूरा गरिदिन मात्र सक्छ। के यो उचित कार्यविधि हो? (हो।)

मैले भर्खरै मानिसहरूले आफ्ना काममा ध्यान नदिने कैयौँ अवस्थाहरूको सूची प्रस्तुत गरेको छु। परमेश्‍वरको घरले यी मानिसहरूलाई जोरजबर्जस्ती गर्नेछैन; यदि तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक छन् वा तिनीहरूका कुनै व्यक्तिगत कठिनाइहरू छन् र तिनीहरूले उप्रान्त कर्तव्य निर्वाह नगर्ने अनुरोध गर्छन् भने, परमेश्‍वरको घर सहमत हुनेछ। यसले उप्रान्त तिनीहरूलाई प्रयोग गर्नेछैन, र तिनीहरूलाई कर्तव्य निर्वाह गर्न दिनेछैन। त्यस्ता मानिसहरूलाई यसरी नै सम्हालिन्छ, र यो पूर्ण रूपमा उचित कार्यविधि हो।

आ. यहूदाहरूलाई कसरी व्यवहार गर्ने

कति मानिसहरू अत्यन्तै कमजोर हृदयका हुन्छन्, र तिनीहरू कुनै दाजुभाइ वा दिदीबहिनी पक्राउ परेको खबर सुन्दा आफू पक्राउ परिन्छ भनेर अत्यन्तै डराउँछन्। यो स्पष्ट छ कि, यदि तिनीहरू पक्राउ परे भने, तिनीहरूले मण्डलीलाई घात गर्ने खतरा हुन्छ। त्यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? के यी मानिसहरू केही महत्त्वपूर्ण कर्तव्य निभाउन उपयुक्त हुन्छन्? (अहँ, हुँदैनन्।) कति मानिसहरूले यस्तो भन्न सक्छन्, “कसले चाहिँ आफू यहूदा बन्नेछैन भनेर प्रत्याभूति दिन सक्छ र?” यदि यातना दिइयो भने, कसैले पनि तिनीहरू कहिल्यै यहूदा बन्नेछैनन् भनेर प्रत्याभूति दिन सक्दैन। त्यसोभए, परमेश्‍वरको घरले यहूदा बन्न सक्ने डरपोक मानिसहरूलाई किन प्रयोग गर्दैन? किनकि जो मानिसहरू स्पष्ट रूपमा डरपोक हुन्छन्, तिनीहरूले कुनै पनि बेला पक्राउ परेर विश्वासघात गर्न सक्छन्; यदि त्यस्ता मानिसहरूलाई महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्न प्रयोग गरियो भने, कामकुरा बिग्रने अत्यन्तै धेरै सम्भावना हुन्छ। मूलभूमि चीनको खतरनाक वातावरणमा मानिसहरू छनोट र प्रयोग गर्दा, यो बुझ्नैपर्ने एउटा सिद्धान्त हो। एउटा विशेष परिस्थिति छ, त्यो के हो भने, कतिपय मानिसहरूलाई गम्भीर रूपमा लामो समयसम्‍म यातना दिइएको छ, जसले तिनीहरूको जीवन खतरामा पारेको छ, र अन्ततः तिनीहरूले त्यो साँच्चै सहनै सकेनन्, त्यसैले तिनीहरू कमजोरीका कारण यहूदा बने र तिनीहरूले केही नगण्य कुराहरूमा विश्वासघात गरे। त्यस्ता मानिसहरूलाई कसैले पनि छर्लङ्ग देख्न सक्दैन, र ती मानिसहरूलाई अझै पनि प्रयोग गर्न सकिन्छ। तर पक्राउ पर्नुअघि नै आफू उम्किने बाटो तयार पारेर राखेका मानिसहरू पनि हुन्छन्। तिनीहरूले पक्राउ परेपछि कुनै पनि यातना भोग्नु नपर्ने गरी कसरी तुरुन्तै रिहाइ सुरक्षित गर्ने—पहिलो कुरा, यातनाबाट जोगिने, दोस्रो कुरा, सजाय सुनाइनबाट जोगिने, र तेस्रो कुरा, कैद पर्नबाट जोगिने—भनेर लामो समय गहन रूपमा सोचविचार गरेका हुन्छन्। तिनीहरूले सोच्ने भनेकै यसरी नै हो। तिनीहरूमा यहूदा बन्नुभन्दा त बरु कष्ट वा कैद भोग्‍छु भन्‍ने सङ्कल्प हुँदैन। तिनीहरू त यातना नै नभोगी विश्वासघातमा लाग्न सक्छन्, त्यसैले के तिनीहरू पक्राउ र कैद पर्नुअघि नै यहूदा भइसकेका हुन्छन् भनी भन्न सकिन्छ? (सकिन्छ।) वास्तविक यहूदाहरू यिनै हुन्। के मण्डलीले यस प्रकारका मानिसहरूलाई प्रयोग गर्ने आँट गर्छ? (अहँ, गर्दैन।) यदि तिनीहरूलाई पहिचान गर्न सकियो भने, तिनीहरूलाई संवर्धन र प्रयोग बिलकुलै गर्नु हुँदैन। यी मानिसहरू सामान्यतया कसरी प्रकट हुन्छन्? तिनीहरू अत्यन्तै कमजोर हृदयका हुन्छन्। केही गडबड हुनेबित्तिकै, तिनीहरू पहिलो मौकामै आफ्ना जिम्मेवारीहरूबाट पन्छिन्छन्, र अलिकति जोखिम सामना गर्दैमा तिनीहरू कर्तव्य त्यागेर भाग्छन्। हरेक पटक वातावरण खतरनाक बनेको छ भन्ने सुन्दा, तिनीहरूले लुक्नका लागि सुरक्षित ठाउँ खोज्छन्; कसैले पनि तिनीहरूलाई भेट्टाउन सक्दैन, र तिनीहरू कसैको सम्पर्कमा रहँदैनन्। तिनीहरूले अत्यन्तै राम्ररी गर्ने कार्य भनेकै लुकेर बस्‍नु हो। तिनीहरू मण्डलीको कामले के-कस्ता कठिनाइहरू भोगिरहेको छ भनेर वास्ता गर्दैनन्, र तिनीहरू हरप्रकारको महत्त्वपूर्ण काम पन्छाउन सक्षम हुन्छन्; तिनीहरू आफ्नो सुरक्षालाई अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। त्यसमाथि, खतरा सामना गर्दा, जबजब केही कुरा आइपर्छ, तिनीहरूले अरूलाई खतरा र जोखिम उठाउन लगाउँछन्, जबकि तिनीहरू चाहिँ आफ्नै सुरक्षा गर्छन्। तिनीहरूले अरूलाई चाहे जति नै धेरै खतरामा पारे पनि आफ्नो सुरक्षाका खातिर यसो गर्नु सार्थक र उचित हुन्छ भन्ने सोच्छन्। साथै, खतरा सामना गर्नुपर्दा, तिनीहरू प्रार्थना गर्न हतारिँदै परमेश्‍वरसामु आउने गर्दैनन्, न त तिनीहरूले खतरामा हुन सक्ने दाजुभाइ-दिदीबहिनी वा मण्डलीको सम्पत्ति स्थानान्तर गर्ने प्रबन्ध नै गर्छन्। बरु, तिनीहरूले सुरुमा कसरी उम्किने, कसरी लुक्ने र कसरी आफूलाई खतराबाट निकाल्ने भनेर निकै गहन रूपमा सोचविचार गर्छन्। तिनीहरूसँग त उम्केर भाग्‍ने योजना—अर्थात् पक्राउ परेमा सुरुमा कसलाई घात गर्ने, यातनामा पर्नबाट कसरी जोगिने, कैद सजाय हुनबाट कसरी जोगिने, र सङ्कष्टबाट कसरी जोगिने—भन्‍ने युक्ति पहिल्यै तयार हुन्छ। जबजब तिनीहरूलाई कुनै प्रकारको सङ्कष्ट आइपर्छ, तिनीहरू अत्यन्तै डराउँछन् र तिनीहरूसँग एकरत्ती पनि आस्था हुँदैन। के यस प्रकारका मानिसहरू खतरनाक हुँदैनन् र? यदि तिनीहरूलाई जोखिमयुक्त काम लिन आग्रह गरियो भने, तिनीहरू त्यसबारे गनगन गरिरहन्छन्, तिनीहरू डराउँछन् र भागेर जानेबारे निरन्तर सोच्छन्, र त्यो काम गर्न अनिच्छुक हुन्छन्। यस्ता खालका मानिसहरूले पक्राउ पर्नुभन्दा अघि नै यहूदा बन्ने सङ्केत देखाइसक्छन्। अनि पक्राउ परेपछि, तिनीहरूले मण्डलीलाई घात गर्ने कुरा शतप्रतिशत निश्चित हो। परमेश्‍वरका घरमा आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरू आफूलाई जोखिममा नपारी चर्चामा ल्याउने सबथोकमा निकै सक्रिय हुन्छन्; तर जोखिम लिने कुरा आउँदा, तिनीहरू पछि हट्छन्, र तैँले तिनीहरूलाई कुनै जोखिमपूर्ण कार्य गर्न भनिस् भने, तिनीहरूले त्यो गर्नेछैनन्, जिम्मेवारी नै लिनेछैनन्। एक पटक कतै भएको खतराबारे सुनेपछि, उदाहरणका लागि, ठूलो रातो अजिङ्गरले पक्राउ गरिरहेको छ, वा केही विश्‍वासीहरू पक्राउ परेका छन् भन्ने कुरा सुनेपछि, तिनीहरू भेलाहरूमा सहभागी हुन छोड्छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग सम्पर्क गर्न छोड्छन्, र तिनीहरूलाई कसैले भेट्टाउन सक्दैन। अफवाहहरू सेलाएपछि र सबथोक ठिक भए पछि, तिनीहरू फेरि देखा पर्छन्। के यस प्रकारका मानिसहरू भरपर्दा हुन्छन्? के तिनीहरूले परमेश्‍वरका घरमा कर्तव्य निर्वाह गर्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? तिनीहरूसँग यहूदा नबन्ने सङ्कल्प वा कामनासमेत हुँदैन; तिनीहरू डरपोक, रुन्चे, र केही न कामका हुन्छन्। यस्ता खालका मानिसहरूको एउटा स्पष्ट विशेषता हुन्छ, र त्यो के हो भने, तिनीहरूसँग जेसुकै सबलता वा क्षमताहरू भए पनि, यदि परमेश्‍वरको घरले तिनीहरूलाई प्रयोग गर्छ भने, तिनीहरूले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न कहिल्यै सम्पूर्ण हृदयले आफूलाई समर्पित गर्नेछैनन्। के तिनीहरू परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न असक्षम हुने हुनाले तिनीहरूले त्यसो नगर्ने हुन् त? अहँ, कुरो त्यो होइन; तिनीहरूसँग यो क्षमता भए पनि तिनीहरूले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नेछैनन्। तिनीहरू खाँटी यहूदाहरू हुन्। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जबजब तिनीहरूले गैरविश्‍वासीहरूसँग व्यवहार गर्नुपर्ने हुन्छ, तबतब तिनीहरूले तिनीहरूसँग सामञ्जस्यपूर्ण सम्बन्ध कायम राख्छन् र आफूलाई तिनीहरूले उच्च ठान्ने, सम्मान र प्रशंसा गर्ने कुरा सुनिश्‍चित गर्छन्। त्यसोभए यो सब प्राप्त गर्नका लागि तिनीहरूले तिर्ने मूल्य के हो त? त्यो भनेको, व्यक्तिगत महिमा र स्वार्थको सट्टामा परमेश्‍वरको घरका हितहरूमा घात गर्नु हो। यस प्रकारको व्यक्ति पक्राउ पर्नुअघि नै अत्यन्तै डरपोक हुन्छ, र पक्राउ परेपछि त ऊ विश्वासघातमा लाग्ने शतप्रतिशत निश्‍चित हुन्छ। परमेश्‍वरको घरले यस्ता मानिसहरू—यी यहूदाहरूलाई बिलकुलै प्रयोग गर्न मिल्दैन—र त्यसले तिनीहरूलाई सक्दो चाँडो हटाउनैपर्छ।

यहूदा प्रकारका मानिसहरूको कुरा गर्नुपर्दा, बाहिर दुष्ट मानिसझैँ नदेखिए पनि, तिनीहरू वास्तवमै अत्यन्तै कम निष्ठा र दुष्ट चरित्र भएका मानिसहरू हुन्। तिनीहरूले जति धेरै प्रवचन सुने पनि वा परमेश्‍वरका वचनहरू पढे पनि सत्यता बुझ्नै सक्दैनन्, न त तिनीहरूले परमेश्‍वरको घरका हितहरूमा हानि पुऱ्याउनु सबैभन्दा लज्जास्पद, दुष्ट, र दुर्भावपूर्ण कुरा हो भन्ने नै महसुस गर्छन्। तिनीहरू त्यस्ता कामकुरामा अघि सर्न इच्छुक हुन्छन् जसले तिनीहरूलाई अरूका नजरमा पार्छन्, तर जब कामकुरा जोखिमपूर्ण, वा सम्हाल्न जटिल हुन्छ, तब तिनीहरूले ती अरूलाई जिम्मा लिन र सामना गर्न दिन्छन्। तिनीहरू कस्ता प्रकारका मानिस हुन्? के तिनीहरू अत्यन्तै कम निष्ठा भएका मानिस होइनन् र? कति मानिसहरूले परमेश्‍वरको घरका लागि सामानहरू किन्छन्, र त्यसो गर्दा, तिनीहरूले परमेश्‍वरको घरका हितहरूलाई ख्याल गर्नुपर्ने, अनि निष्पक्ष र समझदार हुनुपर्ने हुन्छ। तर, यहूदा प्रकारका मानिसहरू परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न असफल हुने मात्र हुँदैनन्, बरु उल्टै परमेश्‍वरको घरलाई घाटा हुनेगरी गैरविश्‍वासीहरूलाई सहयोग गर्छन्, र हरेक मौकामा गैरविश्‍वासीहरूका मागहरू पूरा गर्छन्, र यदि त्यसले तिनीहरूलाई गैरविश्‍वासीहरूको चापलुसी गर्न मदत गर्छ भने बरु परमेश्‍वरको घरका हितहरूमा हानि पुग्न दिन्छन्। यसलाई जुन थालमा खानु त्यही थालमा चुठ्नु भनिन्छ, र यो सद्‌गुणहीन हुनु हो! के यो घृणास्पद मानवता हुनु होइन र? यो यहूदाले प्रभु र आफ्ना मित्रहरूलाई घात गर्नु भन्दा त्यति राम्रो कुरा होइन। परमेश्‍वरको घरले तिनीहरूलाई चाहे जे सुम्पे पनि तिनीहरूले परमेश्‍वरको घरका हितहरूलाई ख्याल गर्दैनन्। केही कुरा किन्न लगाउँदा, तिनीहरू ठगीबाट जोगिन, परमेश्‍वरको घरको अलिकति भए पनि पैसा जोगाउन, र परमेश्‍वरको घरका हितहरूलाई हानि हुन नदिन विभिन्‍न पसलहरू घुमेर विभिन्न विक्रेताहरूले प्रस्ताव गर्ने मूल्य, गुणस्तर र बिक्रीपछिका सेवाहरू तुलना गर्ने, र त्यसपछि विकल्पहरूबारे ध्यानपूर्वक सोचविचार गर्ने र उचित जाँच गर्ने गर्दैनन्—तिनीहरूले कहिल्यै त्यसो गर्दैनन्। यदि कुनै दाजुभाइ वा दिदीबहिनीले पसलहरू घुम्नु उत्तम हुन्छ भनेर सुझाव दियो भने, तिनीहरूले यसो भन्छन्, “पसलहरू घुमिरहनु आवश्यक छैन; विक्रेताले उसको समान सर्वोत्कृष्ट छ भनेको छ।” त्यो दाजुभाइ वा दिदीबहिनीले तिनीहरूलाई “त्यसोभए तिमीले ऊसँग मोलतोल गर्न सक्छौ?” भनेर सोध्दा, तिनीहरूले यस्तो जबाफ दिन्छन्, “किन मोलतोल गर्नु? उसले मलाई मूल्य भनिसकेको छ, र मैले ऊसँग मोलमोलाइ गर्न थालेँ भने, त्यो त निश्‍चय नै लाजमर्दो हुनेछ, र हामीसँग पैसा नै छैन जस्तो देखिनेछ। परमेश्‍वरको घर धनवान् छ, होइन र?” कुनै वस्तुको मूल्य चाहे जतिसुकै नै होस् वा त्यसको गुणस्तर जस्तोसुकै होस्, तिनीहरूलाई त्यो उपयुक्त लागेसम्म, तिनीहरूले तुरुन्तै कसैलाई त्यो किन्न लगाउनेछन्, र त्यो किन्न ढिलाइ गर्ने जोकोहीलाई आलोचना, गाली वा निन्दासमेत गर्नेछन्। तिनीहरूको अगाडि कसैले पनि “हुँदैन” भन्ने आँट गर्दैन, र कसैले पनि कुनै राय राख्ने आँट गर्दैन। चाहे तिनीहरूले परमेश्‍वरको घरका लागि कुनै ठूलो काम गरिरहेका होऊन् वा सानो कार्य गरिरहेका होऊन्, तिनीहरूका सिद्धान्तहरू के हुन्छन्? “परमेश्‍वरको घरले त केवल पैसा तिर्नुपर्छ, र परमेश्‍वरको घरका हितहरूमा हानि पुग्छ कि पुग्दैन भन्ने कुराको मसँग कुनै सरोकार हुँदैन। म यसरी नै कामकुराहरू पूरा गर्छु; मैले गैरविश्‍वासीहरूसँग राम्रो सम्बन्ध स्थापित गर्नुपर्छ। गैरविश्‍वासीहरूले जे भन्छन्, त्यो सही हुन्छ, र म त्यसमा सहमत हुनेछु। म परमेश्‍वरको घरका मागहरूअनुसार मामलाहरू सम्हाल्नेछैनँ। यदि तिमी मलाई प्रयोग गर्न चाहन्छौ भने, प्रयोग गर; यदि तिमी मलाई प्रयोग गर्न चाहँदैनौ भने, प्रयोग नगर—त्यो तिमीमै भर पर्ने कुरा हो। म यस्तै नै छु!” के यो दुष्ट प्रकृति होइन र? त्यस्ता मानिसहरू गैरविश्‍वासी र अविश्‍वासी हुन्। के तिनीहरूलाई परमेश्‍वरको घरका लागि मामलाहरू सम्हाल्न प्रयोग गर्न सकिन्छ? यस प्रकारको व्यक्तिसँग केही शिक्षा, केही सबलताहरू, र केही बाहिरी क्षमताहरू हुन्छन्, ऊ बोल्न सिपालु हुन्छ, र उसले केही मामलाहरू सम्हाल्न सक्छ। तर उसले परमेश्‍वरको घरका लागि चाहे जे मामलाहरू सम्हाले पनि अपरिहार्य रूपमै त्यो जथाभाबी र स्वेच्छाचारी शैलीमा गर्छ, जसले गर्दा परमेश्‍वरको घरका हितहरूमा हानि पुग्छ। उसले निरन्तर परमेश्‍वरको घरलाई छल्ने र वास्तविक परिस्थितिलाई लुकाउने काम पनि गर्छ, र उसले एक पटक कामकुरा भद्रगोल पारेपछि, त्यो सफा गर्न परमेश्‍वरको घरले कोही प्रबन्ध गर्नुपर्छ। यो परमेश्‍वरको घरका हितहरूमा घात गर्न बाहिरी मानिसहरूसँग मिलेमतो गर्नुको ठेट उदाहरण हो। यो यहूदाले प्रभु र आफ्ना मित्रहरूलाई घात गरेकोभन्दा कसरी फरक छ र? जब यस प्रकारका मानिसहरूलाई कर्तव्य निर्वाह गर्न प्रयोग गरिन्छ, तिनीहरू परमेश्‍वरको घरलाई सेवा प्रदान गर्न असफल हुने मात्र नभई अन्त्यमा निकम्मा र दुर्भाग्यको संवाहकसमेत बन्छन्। तिनीहरू सेवाकर्ता हुनसमेत योग्य हुँदैनन्; तिनीहरू पूर्णतया पतित हुन्! त्यस्ता मानिसहरू ठ्याक्कै शैतानका नोकर र ठूलो रातो अजिङ्गरका सन्तान हुन्, र एक पटक खुलासा भएपछि, तिनीहरूलाई तुरुन्तै निकाल्नु र हटाउनुपर्छ। परमेश्‍वरको विश्‍वासी र परमेश्‍वरको घरको सदस्यका रूपमा, तिनीहरूले परमेश्‍वरको घरका हितहरू रक्षा गर्ने जिम्मेवारीसमेत पूरा गर्न सक्दैनन्, के तिनीहरूमा अझै पनि विवेक र समझ हुन्छ? तिनीहरू त चौकीदार कुकुरभन्दा पनि खराब हुन्छन्!

यहूदा प्रकारका मानिसहरूको निधारमै “यहूदा” भन्ने शब्द पोतिएको त हुँदैन, तर तिनीहरूका गतिविधि र व्यवहार ठ्याक्कै यहूदाकै प्रकृतिका हुन्छन्, र तैँले कहिल्यै पनि यस प्रकारका मानिसहरूलाई प्रयोग गर्नु हुँदैन। मैले “कहिल्यै पनि प्रयोग गर्नु हुँदैन” भन्नुको अर्थ के हो? त्यसको अर्थ के हो भने, तिनीहरूलाई कहिल्यै महत्त्वपूर्ण मामलाहरू सुम्पनु हुँदैन। यदि त्यो मामुली मामला हो जसले परमेश्‍वरको घरका हितहरूमा कुनै प्रभाव पार्दैन भने, तिनीहरूलाई अस्थायी रूपमा प्रयोग गर्दा हुन्छ, तर यस प्रकारको व्यक्ति पक्कै पनि मानिसहरूलाई प्रयोग गर्ने परमेश्‍वरको घरका सिद्धान्तहरूअनुरूप हुँदैन, किनभने ऊ यहूदा भएरै जन्मेको हुन्छ, र ऊ जन्मजात रूपमै खराब हुन्छ। छोटकरीमा भन्दा, यी मानिसहरू खतरनाक चरित्रका हुन्छन्, र तिनीहरूलाई बिलकुलै प्रयोग गरिनु हुँदैन। तैँले जति लामो समय यस प्रकारका मानिसहरूलाई प्रयोग गर्छस्, तँलाई त्यति नै असहज महसुस हुनेछ, र भविष्यमा त्यसले त्यति नै धेरै दुष्परिणामहरू ल्याउनेछन्। त्यसकारण, यदि तैँले पहिले नै तिनीहरू यहूदा प्रकारका मानिसहरू हुन् भनेर स्पष्ट देख्छस् भने, तैँले तिनीहरूलाई बिलकुलै प्रयोग गर्नु हुँदैन—यो सबै सत्य हो। के तिनीहरूप्रति यस्तो व्यवहार गर्नु उचित हुन्छ? कति मानिसहरूले भन्न सक्छन्: “तिनीहरूप्रति यस्तो व्यवहार गर्नु प्रेमहीन कुरा हो। तिनीहरूले कसैलाई घात गरेका छैनन्; तिनीहरू कसरी यहूदा हुन सक्छन् र?” के तैँले तिनीहरूले कसैलाई घात गरुन्जेल कुर्नु जरुरी छ? यहूदाले आफूलाई कसरी प्रकट गऱ्यो? के उसले प्रभुलाई घात गर्न लागेको छ भन्ने कुनै सङ्केतहरू थिए? (हो, उसले प्रभु येशूको पैसाको थैलीबाट पैसा चोरेको थियो।) परमेश्‍वरको घरका हितहरूमा निरन्तर घात गर्ने मानिसहरूको प्रकृति थैलीको पैसा चोर्ने यहूदाको जस्तै हुन्छ। एक पटक यस्ता मानिसहरू पक्राउ परेपछि, तिनीहरू विश्वासघात गर्नतिर लाग्छन्, र कुनै पनि कुरा बाँकी नराखी आफूलाई थाहा भएको सबथोक शैतानलाई सुम्पिदिन्छन्। यस प्रकारको व्यक्तिमा यहूदाको सार हुन्छ। उसको सार पहिले नै स्पष्ट रूपमा प्रकाश र खुलासा भएको हुन्छ; तैपनि यदि तैँले उसलाई प्रयोग गरिस् भने, के तैँले समस्या निम्त्याइरहेको हुँदैनस् र? के यो जानाजान परमेश्‍वरको घरलाई हानि गर्नु होइन र? कति मानिसहरूले खुल्लमखुल्ला यसो भन्छन्, “यदि कसैले मलाई काटछाँट गर्छ, वा यदि कसैले मेरा हितहरूलाई हानि गर्छ वा मैले यहाँ गरिरहेका राम्रा कामकुराहरू बिगार्छ भने, उसले त्यसको परिणाम भोग्नुपर्नेछ!” विशेषगरी यस प्रकारको व्यक्तिमा यहूदाको सार हुने गर्छ; यो सब एकदम स्पष्ट छ। तिनीहरू यहूदा भएको कुरा तिनीहरू आफैले अरूलाई भन्छन्, त्यसैले यस प्रकारको व्यक्तिलाई पक्कै प्रयोग गर्न मिल्दैन।

इ. मण्डलीका मित्रहरूलाई कसरी व्यवहार गर्ने

अर्को खाले मानिसहरू हुन्छन्, जसलाई न त राम्रो न नराम्रो नै मान्न सकिन्छ, र जो नाम मात्रका विश्‍वासी हुन्छन्। यदि तैँले कहिलेकाहीँ तिनीहरूलाई केही गर्न भनिस् भने, तिनीहरूले गर्न सक्छन्, तर यदि तैँले नै तिनीहरूका निम्ति कर्तव्यको बन्दोबस्त गरिनस् भने, तिनीहरूले सक्रिय रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नेछैनन्। फुर्सद हुनेबित्तिकै तिनीहरू भेलाहरूमा सहभागी हुन्छन्, तर आफ्नो निजी समयमा, तिनीहरूले परमेश्‍वरका वचनहरू खाने र पिउने, भजनहरू सिक्ने, वा प्रार्थना गर्ने गर्छन् कि गर्दैनन् भन्‍ने कुरा थाहा हुँदैन। तर, तिनीहरू परमेश्‍वरको घर र मण्डलीप्रति तुलनात्मक रूपमा मित्रवत् हुन्छन्। तुलनात्मक रूपमा मित्रवत् भन्‍नुको अर्थ के हो? यसको अर्थ के हो भने, यदि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई केही गर्न भनेमा, तिनीहरू त्यो काम गर्न सहमत हुनेछन्; सँगैका विश्‍वासी हुनका खातिर, तिनीहरूले आफ्नो क्षमताले भ्याएसम्म केही कामहरू फत्ते गर्न मदत गर्न सक्छन्। तर, यदि तिनीहरूलाई ठूलो मेहनत लगाउन वा कुनै प्रकारको मूल्य चुकाउन भनियो भने, तिनीहरूले कदापि त्यसो गर्नेछैनन्। यदि कुनै दाजुभाइ वा दिदीबहिनी कुनै कठिनाइमा परेको छ र उसलाई तिनीहरूबाट कहिलेकाहीँ घरको रेखदेख गरिदिने, खाना पकाइदिने, वा कहिलेकाहीँ सानातिना घरायसी कामहरू गरिदिने जस्ता मदतहरू चाहिएको छ—अथवा तिनीहरूले कुनै विदेशी भाषा जानेका छन् र दाजुभाइ-दिदीबहिनीहरूलाई चिठीहरू पढ्न मदत गर्न सक्छन् भने—तिनीहरूले यस्ता कुरामा मदत गर्न सक्छन् र तिनीहरू तुलनात्मक रूपमा मित्रवत् हुन्छन्। तिनीहरू सामान्यतया अरूसँग राम्ररी मिलेर बस्छन् र मानिसहरूसँग हिसाबकिताब राख्दैनन्, तर तिनीहरू भेलाहरूमा नियमित रूपमा सहभागी हुँदैनन् र कुनै कर्तव्य निर्वाह गरूँ कि भनेर सोध्दैनन्, कुनै महत्त्वपूर्ण वा खतरनाक कामको जिम्मा लिने त कुरै छाडौँ। यदि तैँले तिनीहरूलाई कुनै खतरनाक काम गर्न भनिस् भने, तिनीहरूले पक्कै पनि तेरो अनुरोधलाई यसो भन्दै नकार्नेछन्, “म त शान्ति खोज्नका निम्ति परमेश्‍वरमा विश्‍वास गर्छु, त्यसकारण मैले कसरी खतरनाक कामहरू गर्न सक्छु त? के त्यो मैले आफैलाई समस्यातिर धकेलिरहेको हुनेछैन र? म कदापि त्यसो गर्न सक्दिनँ!” तर यदि दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीले तिनीहरूलाई कुनै सानो काम गर्न अनुरोध गरे भने, तिनीहरू साथीले जस्तै सानो सहयोग र नाम मात्रको प्रयास गर्न सक्छन्। यसरी लागिपर्नु र सहयोग गर्नुलाई कर्तव्य निर्वाह गरेको भन्‍न मिल्दैन, न त यसलाई सत्यता सिद्धान्तहरूबमोजिम कार्य गरेको नै भन्‍न मिल्छ, र यसलाई सत्यता अभ्यास गरेको त झन् भन्नै मिल्दैन; यो त केवल तिनीहरूमा परमेश्‍वरका विश्‍वासीहरूको राम्रो छाप बसेको र तिनीहरू उनीहरूप्रति मित्रवत् भएको, र कसैलाई सहायता चाहिएमा तिनीहरूले सहयोग गर्न सक्ने कुरा हो। यस्ता खाले मानिसहरूलाई के भनिन्छ? परमेश्‍वरको घरले तिनीहरूलाई मण्डलीका साथीहरू भन्छ। मण्डलीका साथी हुने खालका मानिसहरूलाई कस्तो व्यवहार गरिनुपर्छ? यदि तिनीहरूमा क्षमता र केही सबलता छ र तिनीहरूले मण्डलीलाई केही बाह्य मामलाहरू सम्हाल्न मदत गर्न सक्छन् भने, तिनीहरू पनि सेवाकर्ता र मण्डलीका साथी हुन्। किनभने यस्ता खाले मानिसहरूलाई परमेश्‍वरका विश्‍वासीका रूपमा लिइँदैन, र परमेश्‍वरको घरले तिनीहरूलाई मान्यता दिँदैन। अनि यदि तिनीहरूलाई परमेश्‍वरको घरले मान्यता दिँदैन भने, के परमेश्‍वरले तिनीहरूलाई विश्‍वासीका रूपमा मान्यता दिन सक्नुहुन्छ? (सक्नुहुन्‍न।) त्यसकारण, यस्ता खालका मानिसहरूलाई कहिल्यै कतै पनि पूर्णकालीन रूपमा कर्तव्य निर्वाह गर्नेहरूका पङ्क्तिमा सामेल हुन अनुरोध नगर्। यस्तो भन्‍नेहरू पनि छन्: “कतिपय मानिसहरूले पहिलोपटक विश्‍वास गर्न थाल्दा थोरै आस्था बोकेका हुन्छन् र तिनीहरू मण्डलीका साथी बन्‍न मात्र चाहन्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेबारे धेरै कुरा बुझ्दैनन्, त्यसकारण तिनीहरू कसरी कुनै कर्तव्य निर्वाह गर्न इच्छुक हुन सक्छन् त? तिनीहरू कसरी सम्पूर्ण हृदयले आफूलाई समर्पित गर्न इच्छुक हुन सक्छन् त?” हामी तीनदेखि पाँच महिना वा एक वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेका मानिसहरूबारे कुरा गरिरहेका छैनौँ, बरु भन्‍नका लागि मात्र परमेश्‍वरमा तीन वर्षभन्दा बढी वा पाँचदेखि दश वर्षसम्म समेत विश्‍वास गरेका मानिसहरूबारे कुरा गरिरहेका छौँ। यस्ता मानिसहरूले परमेश्‍वर मात्र एउटै साँचो परमेश्‍वर हुनुहुन्छ र सर्वशक्तिमान् परमेश्‍वरको मण्डली मात्र साँचो मण्डली हो भनेर मुखले जतिसुकै स्विकारे पनि, यसले तिनीहरू साँचो विश्‍वासी हुन् भन्‍ने कुरा प्रमाणित गर्दैन। यस्ता खाले मानिसहरूका विभिन्‍न प्रकटीकरणहरू र तिनीहरूको आस्थाको तरिकालाई आधार मानेर, हामी तिनीहरूलाई मण्डलीका साथीहरू भन्छौँ। तिनीहरूलाई दाजुभाइ वा दिदीबहिनीका रूपमा व्यवहार नगर्—तिनीहरू दाजुभाइ वा दिदीबहिनी होइनन्। यस्ता मानिसहरूलाई पूर्णकालीन मण्डली कर्तव्यमा आबद्ध हुन नदे, र तिनीहरूलाई पूर्णकालीन कर्तव्य निर्वाह गर्नेहरूको पङ्क्तिमा सामेल हुन नदे; परमेश्‍वरको घरले यस्ता मानिसहरूलाई प्रयोग गर्दैन। कतिपयले भन्लान्: “के तपाईँ यस्ता खाले मानिसहरूविरुद्ध पक्षपाती हुनुहुन्छ? तिनीहरू बाहिरबाट हेर्दा कम जोसिला देखिए पनि, वास्तवमा तिनीहरू भित्री रूपमा निकै जोसिला हुन्छन्।” सच्चा विश्‍वासीहरूले पाँच-दस वर्ष परमेश्‍वरमा विश्‍वास गरेर पनि तिनीहरू कम जोसिला हुनु असम्भव छ; यस्ता खाले मानिसहरूको व्यवहारले नै तिनीहरू अविश्‍वासी हुन्, परमेश्‍वरका वचनहरूभन्दा बाहिरका मानिस हुन्, र गैरविश्‍वासी हुन् भनेर पूर्ण रूपमा प्रकाश गर्छ। यदि तैँले अझै पनि तिनीहरूलाई दाजुभाइ-दिदीबहिनी भनेर बोलाउँछस्, र अझै तिनीहरूलाई अनुचित व्यवहार गरिँदै छ भनेर भन्छस् भने, त्यो तेरा धारणा र भावनाहरू बोलेको हो।

हामीले जो मण्डलीका मित्र हुन् त्यस प्रकारका मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ? तिनीहरू न्यानो हृदयका हुन्छन् र थोरथोरै मामलाहरू सम्हाल्ने कुरामा मदत गर्न इच्छुक हुन्छन्। यदि तिनीहरूको आवश्यकता पर्छ भने, तैँले तिनीहरूलाई थोरथोरै मामलाहरू सम्हाल्ने अवसर दिन सक्छस्। यदि तिनीहरूले केही गर्न सक्छन् भने, गर्न दे। तिनीहरूले राम्ररी गर्न नसक्ने, र भद्रगोलसमेत पार्न सक्ने कामकुराहरू निश्‍चित रूपमै तिनीहरूको जिम्मामा नछोड्, ताकि समस्या सिर्जना नहोस्—तिनीहरूका असल अभिप्रायहरूको कारण तैँले तिनीहरूलाई काम गर्न दिन बाध्य महसुस गर्नु हुँदैन। तिनीहरूले सत्यता बुझ्दैनन्, न त सिद्धान्तहरू नै बुझ्छन्। यदि तिनीहरूले सम्हाल्न सक्ने बाहिरी मामलाहरू छन् भने, तिनीहरूलाई ती काम गर्न दे। तर तिनीहरूलाई मण्डलीको काममा प्रभाव पार्ने ठूला मामलाहरू कहिल्यै सम्हाल्न नदे—त्यस्तो अवस्थामा, तिनीहरूका असल अभिप्राय र उत्साहजनक सहयोग अस्वीकार गर्नुपर्छ। जब तैँले यस प्रकारको व्यक्ति भेट्छस्, तिनीहरूसँग सतही रूपमा मात्र व्यवहार गर्; तर त्यसलाई त्यतिमै सीमित राख्; तिनीहरूसँग गम्भीर नबन्। तँ तिनीहरूसँग किन गम्भीर बन्नु हुँदैन? किनभने तिनीहरू मण्डलीका मित्र मात्र हुन्, र तिनीहरू दाजुभाइ वा दिदीबहिनी बिलकुलै होइनन्। के त्यस्ता मानिसहरू मानिसहरूलाई प्रयोग गर्ने परमेश्‍वरको घरका सिद्धान्तहरूअनुरूप हुन्छन्? (अहँ, हुँदैनन्।) त्यसकारण, यदि यस्तो व्यक्ति भेलाहरूमा सहभागी हुँदैन, उसले प्रवचनहरू सुन्दैन, वा कर्तव्य निर्वाह गर्दैन भने, उसलाई आमन्त्रित गर्नुपर्ने कुनै आवश्यकता छैन। यदि उसले परमेश्‍वरका वचनहरू खाने र पिउने वा प्रार्थना गर्ने गर्दैन भने, यदि उसलाई कामकुराहरू आइपर्दा उसले सत्यता सिद्धान्तहरू खोज्दैन भने, र यदि ऊ दाजुभाइ-दिदीबहिनीहरूसँग संलग्न हुन अनिच्छुक हुन्छ भने, उसलाई साथ दिनुपर्ने वा मदत गर्नुपर्ने कुनै आवश्यकता छैन। बस तीन वटा शब्द—उसलाई ध्यान नदे। मण्डलीका मित्र र अविश्‍वासी प्रकारका मानिसहरूसँग गम्भीर नबन्, र तिनीहरूलाई ध्यान नदे। तिनीहरूबारे चिन्तित हुनुपर्ने, र तिनीहरूको हालखबर सोध्नुपर्ने कुनै आवश्यकता छैन। तिनीहरूको हालखबर किन नसोध्ने? हामीसँग सरोकार नै नरहेका मानिसहरूको हालखबर सोधेर के अर्थ हुन्छ? त्यो वाहियात हो, होइन र? के तिमीहरू यस प्रकारका मानिसहरूलाई ध्यान दिन चाहन्छौ? सायद तिमीहरू लाउके हुन मन पराउँछौ चिन्तित हुन चाहन्छौ, र सोच्छौ, “तिनीहरूलाई अहिले कस्तो छ? तिनीहरूले विवाह गरे कि गरेनन्? के तिनीहरू ठिकै छन्? तिनीहरूले अहिले के काम गरिरहेका छन्?” तिनीहरूलाई चाहे जस्तो भए पनि त्यो तेरो सरोकारको कुरा होइन। तैँले त्यसबारे चिन्ता गरेर के अर्थ हुन्छ? तिनीहरूलाई कुनै ध्यान नदे, र तिनीहरूबारे कुनै टिप्पणी पनि नगर्। कति मानिसहरू टिप्पणी गर्न मन पराउँछन्, जस्तै: “देख्यौ? तिनीहरू परमेश्‍वरमा राम्ररी विश्‍वास गर्दैनन्, तिनीहरू हरदिन निराशाजनक र दुर्बल अस्तित्व जिउँछन्, र तिनीहरू हरसमय निकै थकित र ऊर्जाहीन देखिन्छन्,” वा “देख्यौ? तिनीहरू परमेश्‍वरमा राम्ररी विश्‍वास गर्दैनन्, त्यसैले तिनीहरूमा शान्ति छैन, र तिनीहरूको परिवारमा फेरि केही नराम्रो घटना घट्यो।” यो सब बकवास हो, र यो अनावश्यक छ। तिनीहरूले आफ्नो जीवन कसरी जिउँछन् र आफ्नो मार्ग कसरी हिँड्छन् भन्ने कुरा तेरो सरोकारको विषय होइन। तिनीहरूलाई उल्लेखसमेत नगर्; तँ तिनीहरूसँग एउटै मार्गमा छैनस्। तँ सच्चा रूपमा आफूलाई परमेश्‍वरप्रति समर्पित गर्छस् र पूरै समय आफ्नो कर्तव्य निर्वाह गर्छस्, तँ केवल सत्यता प्राप्त गर्ने र मुक्ति हासिल गर्ने पछ्याइ गर्न चाहन्छस्, र परमेश्‍वरले चाहे जे भन्नुभए पनि तँ उहाँलाई सन्तुष्ट पार्नका लागि सक्दो कोसिस गर्न चाहन्छस्; ती मानिसहरूका हृदयमा यी कुराहरू हुँदैनन्। जब तैँले दुष्ट प्रचलनहरू देख्छस्, तँ तीबाट विकर्षित र घिन महसुस गर्छस्, तँलाई यो संसारमा जिउँदा खुसी मिल्दैन भन्ने लाग्छ, र तैँले परमेश्‍वरमा विश्‍वास गरेर मात्र खुसी भेट्टाउन सक्छस्; जबकि तिनीहरू तँभन्दा ठ्याक्कै विपरीत हुन्छन्: यसले तिनीहरू तँसँग एउटै मार्गमा छैनन् भन्ने प्रमाणित गर्छ। यस प्रकारको व्यक्तिलाई सम्हाल्ने परमेश्‍वरको घरको सिद्धान्त के हो भने, यदि ऊ मदत गर्न इच्छुक छ भने, कुनै सम्भावित दुष्परिणामहरू नभएसम्म परमेश्‍वरको घरले उसलाई एउटा अवसर दिन सक्छ। यदि परमेश्‍वरको घरका लागि उसको उपयोग बिलकुलै छैन भने, विनम्रतापूर्वक इन्कार्नु नै उत्तम हुन्छ—आफ्नै लागि समस्या सृजना नगर्। विश्‍वासीहरूले हरदिन सत्यतामा सङ्गति गर्छन् र काटछाँट स्विकार्छन्, तैपनि झाराटारुवा तरिकाले काम गर्न सक्छन्, त्यसैले के मण्डलीका मित्रहरूले बदलामा कुनै पारिश्रमिक नलिई मामलाहरू राम्ररी सम्हाल्न सक्छन् त? (अहँ, सक्दैनन्।) मलाई भन् त, के यो मानिसहरूबारे झन् खराब सोच्नु हो? के यो मानिसहरूलाई अत्यन्तै नकारात्मक रूपमा हेर्नु हो? (अहँ, होइन।) यो त तथ्यमा आधारित भएर, मानिसहरूको सारमा आधारित भएर बोल्नु हो। अज्ञानी नहो, मूर्ख नहो, र कुनै मूर्खतापूर्ण काम नगर्। विश्‍वासीहरूले अझै काटछाँट, न्याय र सजाय, कठोर अनुशासन, ताडना, र खुलासा भोग्नुपर्ने हुन्छ, अनि मात्र तिनीहरूको कर्तव्य निर्वाह परमेश्‍वरको अभिप्रायअनुरूप हुन सक्छ। मण्डलीको मित्र वा गैरविश्‍वासीले सत्यता बिलकुलै स्विकार्दैन, र उसले केवल आफ्नै स्वार्थहरूबारे सोच्छ, त्यसैले उसले परमेश्‍वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूका लागि मामलाहरू सम्हाल्दा त्यसबाट राम्रो नतिजा के आउन सक्छ र? त्यो पूरै असम्भव छ! यस प्रकारका मानिसहरूलाई कुनै ध्यान नदिनु नै उचित हुन्छ, होइन र? (हो।) “तिनीहरूलाई कुनै ध्यान नदिनु” भन्नुको अर्थ के हो? त्यसको अर्थ परमेश्‍वरको घरले तिनीहरूलाई विश्‍वासी मान्दैन भन्ने हो। तिनीहरूले जसरी मन लाग्यो त्यसरी परमेश्‍वरमा विश्‍वास गर्न सक्छन्, तर परमेश्‍वरको घरका काम र मामलाहरू तिनीहरूसँग कहीँकतै सम्बन्धित हुँदैनन्। तिनीहरू मदत गर्न इच्छुक हुन्छन्, तर हामीले परिस्थितिलाई तौलनुपर्छ र तिनीहरू त्यो गर्न उपयुक्त छन् कि छैनन् भनेर मापन गर्नुपर्छ, र यदि तिनीहरू उपयुक्त छैनन् भने, हामीले तिनीहरूलाई यो अवसर दिन मिल्दैन। मलाई भन् त, के यसरी काम गर्नु सिद्धान्तअनुरूप हुन्छ? के हामीसँग यस्ता मानिसहरूलाई यसरी व्यवहार गर्ने अधिकार छ? एकदमै छ!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्