अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५) खण्ड चार

हामीले भर्खरै विभिन्न प्रकारका योग्य प्रतिभाहरूको प्रवर्द्धन र संवर्धन गर्नुका मापदण्ड र उद्देश्यहरूबारे, साथै परमेश्‍वरको घरले विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूलाई गर्ने प्रवर्द्धन र संवर्धनका सन्दर्भमा व्यक्तिमा हुनुपर्ने बुझाइ र दृष्टिकोणबारे सङ्गति गऱ्यौँ। अझै अर्को पक्ष भनेको प्रवर्द्धन र संवर्धन गरिने विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूप्रति व्यक्तिमा हुनुपर्ने मनोवृत्ति र तौर-तरिका हो। विषयवस्तु छमा सङ्गति गरिनुपर्ने केही मामलाहरू यिनै हुन्। त्यसकारण, यसपछि, विशेष गरी विषयवस्तु छका सन्दर्भमा, झूटा अगुवाहरूले विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूलाई कसरी प्रवर्द्धन र संवर्धन गर्छन् भनी खुलासा र चिरफार गरौँ। हामीले सङ्गति गर्ने मुख्य विषयसामग्री यही हुनेछ।

सबै प्रकारका प्रतिभावान् मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्ने सन्दर्भमा झूटा अगुवाहरूका मनोवृत्ति र प्रकटीकरणहरू

झूटा अगुवाहरूले सत्यता बुझ्दैनन् र सत्यता खोज्दैनन्। त्यसकारण, परमेश्‍वरको घरमा सबै प्रकारका योग्य प्रतिभाहरूलाई प्रवर्द्धन र संवर्धन गर्ने महत्त्वपूर्ण कामको कुरा आउँदा, तिनीहरूले त्यसलाई भद्रगोल पनि पारिदिन्छन्, पूर्ण रूपमा अस्तव्यस्त बनाइदिन्छन्, र परमेश्‍वरको घरका मागहरू पूरा गर्नै सक्दैनन्। विभिन्न प्रकारका योग्य प्रतिभाहरूलाई प्रवर्द्धन र संवर्धन गर्ने सन्दर्भमा तिनीहरूले मापदण्ड नबुझ्ने, परमेश्‍वरका अभिप्रायहरू त झनै नबुझ्ने हुनाले, अनि विभिन्न प्रकारका योग्य प्रतिभाहरूलाई प्रवर्द्धन र संवर्धन गर्नुको महत्त्व पनि नबुझ्ने हुनाले, तिनीहरूलाई मानकअनुरूप र सिद्धान्तअनुसार यो काम गर्न निकै गाह्रो हुन्छ। झूटा अगुवाहरूले आफ्नो कामका दौरान संवर्धन गर्ने विभिन्न प्रकारका “प्रतिभावान्” मानिसहरू निश्चित रूपमा मिश्रित खालका हुन्छन्। योग्य प्रतिभाहरूलाई प्रवर्द्धन र संवर्धन गर्नुको सट्टा, झुटा अगुवाहरूले कुनै पनि हालतमा अगुवा वा कामदारका रूपमा सेवा प्रदान गर्न प्रवर्द्धन र संवर्धन गर्न नहुने मानिसहरूलाई प्रवर्द्धन गर्छन्, र यी मानिसहरूलाई मण्डलीमार्फत गुजारा चलाउन र परमेश्‍वरका भेटीहरू फजुलमा उडाउन दिन्छन्। सबै झुटा अगुवाहरूले यस्तै कामकुरा गर्छन्, जसले गर्दा सत्यता पछ्याउने र इन्साफको बोध भएका कतिपय मानिसहरू पैतालामुनि कुल्चिन्छन् र तिनीहरूलाई प्रवर्द्धन र प्रयोग नै गरिँदैन। बरु, यी झुटा अगुवाहरूका नजरमा, केही न कामका मानिसहरू तथाकथित प्रतिभावान् मानिस बन्छन्, र तिनीहरूद्वारा प्रवर्द्धन र संवर्धन गरिन्छन्। त्यसोभए यो काम गर्दा झुटा अगुवाहरूका प्रकटीकरणहरू के-के हुन्छन्? मानौँ कि, उदाहरणका लागि, परमेश्‍वरको घरको कामका आवश्यकताहरूका कारण, त्यसले बाहिरी मामलाहरू सम्हाल्नका लागि केही मानिसहरू खोज्नैपर्ने छ। त्यसोभए, त्यसले कुन मानिसहरू खोज्नुपर्छ? मैले भर्खर केही मापदण्डहरूको सूची बनाएँ, किटेरै भन्नुपर्दा, काम गर्ने सक्षमता हुनु, परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूअनुसार आफ्ना कर्तव्य पूरा गर्न सक्षम हुनु, र परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गर्न सक्षम हुनु। के झूटा अगुवाहरूलाई यी सिद्धान्तहरू थाहा हुन्छ? पक्कै पनि थाहा हुँदैन, त्यसोभए तिनीहरूले बाहिरी मामलाहरू सम्हाल्न मानिसहरू कसरी खोज्छन् त? तिनीहरू मनमनै यस्तो सोच्छन्: “बाहिरी मामलाहरू कसले सम्हाल्न सक्छ? तेज बुद्धि र छिटो प्रतिक्रिया दिने एउटी बहिनी छे, ऊ कुशल वक्ता हो र मानिसहरूलाई सम्हाल्न जान्दछे। बोल्दा उसका आँखा लेखाजोखा गर्दै यता-उता फन्को मारिरहन्छन्, र औसत व्यक्तिले उसलाई बुझ्न सक्दैन। ऊ मण्डली अगुवा हुन त अलिकति अनुपयुक्त नै हुन्छे, तर बाहिरी मामलाहरू सम्हाल्न उनी गज्जबकी हुन्छे, त्यसैले म उसलाई नै छान्छु। कुरा यति मात्र हो कि, मलाई उसको शैक्षिक स्तर अलि कम भएकाले गैरविश्‍वासीहरूले उसलाई हेयको दृष्टिले हेर्नेछन् भन्ने चिन्ता छ, त्यसैले ऊसँग सहकार्य गर्न म एउटा विश्‍वविद्यालय स्नातक खोज्छु—जो उसको विद्यार्थी सङ्गठनकी अध्यक्ष थिई। यो व्यक्ति अलि चलाख नै छे, तर समाजमा उसको अनुभव तुलनात्मक रूपमा कम छ र उसले संसार तुलनात्मक रूपमा कम देखेकी छे, त्यसैले उसले आफ्नो सहकर्मीबाट सिक्न सक्छे। यी दुई मानिसहरूमध्ये, एउटीको शैक्षिक स्तर कम छ र अर्की उच्च शिक्षा हासिल गरेकी छे, समाजमा एउटीको अनुभव छ र अर्कीको छँदै छैन—तिनीहरू एकअर्कासँग सहकार्य गर्न उपयुक्त छन्, होइन र?” एउटी कुशल-वक्ता र वाक्पटु छे, तेज बुद्धिकी छे, र समाजमा अत्यन्तै लोकप्रिय छे; जब ऊ गैरविश्‍वासीहरूसँग अन्तरक्रिया गर्छे, तिनीहरूले ऊ विश्‍वासी हो भनेर भन्नै सक्दैनन्। अर्कीले उच्च शिक्षा हासिल गरेकी छे र उसको सामाजिक हैसियत छ; जब ऊ गैरविश्‍वासीहरूसँग अन्तरक्रिया गर्छे, तिनीहरूले उसलाई हेयको दृष्टिले हेर्दैनन्। झूटा अगुवाहरूले मानिसहरू छनोट गर्ने यी दुई सिद्धान्तहरूका बारेमा तिमीहरूलाई के लाग्छ? झूटा अगुवाहरूले के विश्‍वास गर्छन् भने, जबसम्म कसैसँग वक्तृत्वकलाको वरदान, तीक्ष्ण बुद्धि, र द्रुत प्रतिक्रिया दिने क्षमता हुन्छ, उसले परमेश्‍वरको घरका साधारण मामलाहरू सम्हाल्न सक्छ। के यो मानिसहरू छनोट गर्ने उपयुक्त तरिका हो? (होइन।) यो कसरी उपयुक्त होइन? (त्यस्ता मानिसहरू प्रायः अलि धूर्त हुन्छन्; तिनीहरू संसारसँग व्यवहार गर्ने दर्शनहरूमा अरूसँग संलग्न हुन सके पनि, र तिनीहरूले मानिसहरूलाई सम्हाल्न जाने पनि, तिनीहरू परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गर्न सक्षम हुन्छन् नै भन्ने हुँदैन।) ठीक हो। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, व्यक्तिले परमेश्‍वरको घरका लागि चाहे जे मामलाहरू सम्हाले पनि, ऊ कम्तीमा सोझो र परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गर्न सक्षम हुनुपर्छ। के बोलीले लट्ठै पार्ने र मरेकालाई ब्युँताउने गरी बोल्न सक्नुको अर्थ उसले परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गर्न सक्छ भन्ने हुन्छ र? के तीक्ष्ण-बुद्धि भएको, कुशल वक्ता, र वाक्पटु हुनुको अर्थ उसले परमेश्‍वरको घरको प्रतिरक्षा गर्न सक्छ भन्ने हुन्छ र? (अहँ, हुँदैन।) उसले कसम नै खाए पनि, त्यो बेकार हुन्छ, र यदि तैँले ऊसामु मागहरू राखिस् भने, त्यो पनि त्यत्तिकै निरर्थक हुन्छ—उसमा त्यो चरित्र हुनैपर्छ। तर झूटा अगुवाहरूले यी कुराहरूको अनुसन्धान गर्दैनन्, तिनीहरूले समाजमा कसको अनुभव छ, को चतुर, तीक्ष्ण बुद्धिको, कुशल वक्ता र वाक्पटु छ, कसलाई परिस्थिति सुहाउँदो व्यवहार गर्न आउँछ, र को छेपारोजस्तो छ, अनि समाजमा लोकप्रिय छ भन्ने कुरा मात्र हेर्छन्। तिनीहरू त्यस्ता मानिसहरूले परमेश्‍वरका घरमा साधारण मामलाहरू सम्हाल्न सक्छन् भन्ने सोच्छन्। के यो गल्ती होइन? मानिसहरूलाई छनोट गर्ने सिद्धान्तहरू र मानकहरूको हिसाबले यो गल्ती हो। तथ्य के हो भने, यस्तो प्रकारको व्यक्तिले बोलेर अति नै लट्ठ पार्छ: उसले चाहे जोसुकैसँग व्यवहार गरिरहेको भए पनि, उसले भन्ने सबै कुरा झूट हुन्छ, र उसले जतिसुकै कसम खाए पनि ऊ परिवर्तन हुन सक्दैन। कामकुरा गर्दा, उसले आफ्नै स्वार्थहरूको मात्र प्रतिरक्षा गर्छ, र विशेष गरी खतराको सामना गर्दा, उसले सबभन्दा पहिले आफ्नै सुरक्षा गर्छ, र एक पटक पनि परमेश्‍वरको घरका हितहरूको ख्याल गर्दैन। गैरविश्‍वासीहरूसँग राम्रो सम्बन्ध भएसम्म, उसका लागि त्यो नै पर्याप्त हुन्छ; परमेश्‍वरको घरका हितहरूलाई हानि पुग्यो कि पुगेन भन्ने कुरालाई उसले वास्ता नै गर्दैन। उसले न त दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाको ख्याल गर्छ, न परमेश्‍वरको नाम अपमानित हुन्छ कि भनेर नै वास्ता गर्छ; उसले आफ्नै मात्र हेरविचार गर्छ। झूटा अगुवाहरूले यस्तो प्रकारको व्यक्तिलाई छर्लङ्ग देख्न सक्दैनन् र परमेश्‍वरको घरका बाहिरी मामलाहरू सम्हाल्नका लागि त्यस्तो व्यक्ति सबैभन्दा उपयुक्त हुन्छ भन्ने सोच्छन्। के यो मूर्खता होइन? उसले परमेश्‍वरको घरका हितहरूलाई विश्वासघात गर्छ तर झूटा अगुवाहरूलाई त्यो थाहा समेत हुँदैन, तैपनि तिनीहरू उसलाई महत्त्वपूर्ण कामहरू अह्राउँछन्, र सबै थोकका लागि उसमा निर्भर हुन्छन्। के यो चरम मूर्खता होइन? के कुशल वक्ता, वाक्पटु, र तीक्ष्ण बुद्धि भएका मानिसहरू सोझा अभिप्रायहरू बोकेका मानिस हुन्? यदि तैँले तिनीहरूसँग व्यवहार गरेको वा तिनीहरूलाई ध्यान दिएर नियालेको छैनस् भने, तैँले थाहा पाउनेछैनस्। तैँले तिनीहरूसँग व्यवहार गर्दा र मामलाहरू सम्हाल्दा, तिनीहरूले बोल्ने कुरा तिनीहरूको कार्यसँग मेल खान्छ कि खाँदैन भन्ने मात्र हेर्। यसलाई एउटा घटनामार्फत जाँच्न सकिन्छ। उदाहरणका लागि, मानौँ तैँले वस्तुहरू सारिरहेको छस्। तिनीहरूले यो देख्दा, तँलाई सहयोग गर्नेछैनन्। तैँले काम सक्काइसकेपछि मात्र तिनीहरूले आएर यसो भन्नेछन्, “यस्तो थकाइलाग्दो काम तिमी एक्लैले कसरी गर्न सकेको? मलाई भनेको मात्रै भए, म जतिसुकै व्यस्त भए पनि सहयोग गरिहाल्थेँ नि। तिमी निकै थकित देखिन्छौ। म भरै तिम्रा लागि खाना पकाइदिन्छु, आज तिमीले पकाउनुपर्दैन।” त्यसो भनेपछि, तिनीहरू गायब हुन्छन्। तँ पूरै थकित हुन्छस्, तैपनि तैँले खाना पकाउनुपर्ने हुन्छ। अनि तैँले खाना पकाइसकेपछि, तिनीहरू खान आइपुग्छन् र यस्तो समेत भन्छन्, “तिमीले खाना पकाउन सुरु गर्नै लाग्दा मलाई किन नबोलाएको? तिमी पूरै थकित छौ, तैपनि तिमी मेरा लागि खाना पकाउँदैछौ—त्यो कसरी सही भयो र? अब तिमीले पकाइसकेकाले, म खाइदिऊँला। अर्को छाकको खाना म पकाउँछु, र भविष्यमा कुनै काम गर्नुपर्‍यो मलाई भन।” तिनीहरूलाई छर्लङ्ग देख्न यो एउटा घटना नै काफी हुन्छ। तिनीहरू निकै चतुर वक्ता, तीक्ष्ण बुद्धिका हुन्छन्, र के बोल्ने भनेर तिनीहरूलाई थाहा हुन्छ। तिनीहरूलाई परिस्थिति सुहाउँदो व्यवहार गर्न आउँछ, र तिनीहरूले गर्ने भनेकै कर्णप्रिय कुराहरू बोल्ने मात्र हो, कहिल्यै कुनै वास्तविक काम गर्दैनन्। के त्यस्ता मानिसहरू भरपर्दा हुन्छन्? यदि तैँले तिनीहरूलाई परमेश्‍वरको घरका साधारण मामलाहरू सम्हाल्न आग्रह गरिस् भने, के तिनीहरूले त्यसका हितहरूको प्रतिरक्षा गर्न सक्छन् त? के तिनीहरूले मण्डलीको ख्याति कायम राख्न र दाजुभाइ-दिदीबहिनीहरूको हिफाजतको सुरक्षा गर्न सक्छन् त? (सक्दैनन्।) के परमेश्‍वरको घरको सम्पत्ति र त्यसका सबै हितहरू तिनीहरूको पहिलो प्राथमिकता हो? पटक्कै होइन। झुटा अगुवाहरूका आँखा र मन यस्ता सजिलै पत्ता लगाउन सकिने समस्याहरूप्रति अन्धा हुन्छन्, तिनीहरूले ती देख्नै सक्दैनन्। बरु, तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्न सक्छन्। परमेश्‍वरले कसलाई प्रेम गर्नुहुन्छ र कसलाई प्रेम गर्नुहुन्न, कसले सत्यतालाई प्रेम गर्छ र कसले सत्यतालाई प्रेम गर्दैन, व्यक्तिको परमेश्‍वरमाथिको आस्थामा जग हुनुको अर्थ के हो र कस्ता प्रकारका मानिसहरूको जग हुँदैन, आफ्नो कर्तव्य पूरा गर्नमा कस्ता किसिमका मानिसहरू बफादार हुन्छन् र कस्ता किसिमका मानिसहरू बफादार हुँदैनन्—तिनीहरू यी कुराहरूबारे व्यावहारिक र तर्कसङ्गत तरिकाले बोल्छन्, र तिनीहरूले ती कुरा साँच्चै बुझेझैँ देखिन्छ, तर त्यो सब खोक्रा कुरा र धर्मसिद्धान्तहरू हुन्। जब पनि तिनीहरूलाई मानिसहरूलाई खुट्टयाउन आग्रह गरिन्छ, तिनीहरूका आँखा र मन अन्धा हुन्छन्; तिनीहरूलाई मानिसहरूको भित्री कुरा पढ्न आउँदै आउँदैन। तिनीहरूले यस्ता मानिसहरूसँग चाहे जति लामो समयसम्म अन्तरक्रिया गरे पनि, तिनीहरूले अझै तिनीहरूलाई छर्लङ्ग देख्न सक्दैनन्, र तिनीहरूलाई महत्त्वपूर्ण कार्यहरूमा समेत खटाउँछन्।

झूटा अगुवाहरूले गलत मानिसहरू प्रयोग गर्नु नै घिनलाग्दो कुरा हो, तैपनि तिनीहरूले झन् बढी घिनलाग्दा कुराहरू गरेर थप दुष्कर्म गर्छन्। मानौँ कि, उदाहरणका लागि, मानौँ कुनै झुटो अगुवाले गलत व्यक्तिलाई प्रयोग गऱ्यो। यो व्यक्ति सुपरिवेक्षक हुन बिलकुलै उपयुक्त छैन र प्रवर्द्धन र संवर्धन गरिनका लागि उसले परमेश्‍वरको घरका मापदण्डहरू पूरा गर्दैन। तैपनि त्यो झुटो अगुवाले उसलाई प्रयोग गर्नमा जिद कस्छ र यस्तो विश्‍वास गर्दै त्यस व्यक्तिको कामलाई कहिल्यै निरीक्षण गर्दैन, “आफूले प्रयोग गरेकालाई शङ्का नगर्नु र शङ्का गरेकालाई प्रयोग नगर्नु। मैले तिमीलाई छनोट गरेर प्रवर्द्धन गरेकाले, तिमीले यो काम राम्ररी गर्न सक्नेछौ, त्यसैले अघि बढ र आफूलाई जसरी उचित लाग्छ, त्यसरी नै काम गर। तिमीले चाहे जे गरे पनि म तिमीलाई समर्थन गर्नेछु, र कसैले यसमा आपत्ति जनाउनुको कुनै तुक छैन!” उसले गलत व्यक्तिलाई प्रयोग गऱ्यो, तैपनि उसले अन्त्यसम्मै आफ्नो गल्तीलाई कायम रहन दियो—उसले आफूमा त्यति विश्‍वास गर्छ। झूटा अगुवाहरू सबै अन्धा हुन्छन्। तिनीहरूले कुनै समस्या देख्न सक्दैनन्, कुन मानिसहरू दुष्ट मानिसहरू वा अविश्‍वासीहरू हुन् भनेर चिन्न सक्दैनन्, र मण्डलीका काममा चाहे जसले बाधा दिए वा अवरोध पुऱ्याए पनि, तिनीहरूमा त्यसबारे कुनै सचेतना हुँदैन, र तिनीहरूले अन्योलमा परेका मानिसहरूलाई महत्त्वपूर्ण कार्यमा समेत खटाउँछन्। झूटा अगुवाहरू आफूले प्रवर्द्धन गरेका जोसुकैमाथि ठूलो भरोसा राख्छन्, सहर्ष तिनीहरूलाई महत्त्वपूर्ण काम सुम्पन्छन्। फलस्वरूप, ती मानिसहरूले मण्डलीको काम बिगार्छन्, सुसमाचारको प्रचारलाई गम्भीर रूपमा असर गर्छन् र परमेश्‍वरको घरका हितहरूलाई हानि पुऱ्याउँछन्। झूटा अगुवाहरूले तिनीहरूलाई यसबारे केही थाहा नभएको ढोँगसमेत गर्छन्। माथिले तिनीहरूलाई यसो सोध्नुहुन्छ, “तिमीले प्रवर्द्धन गरेको त्यो व्यक्तिले आफ्नो काममा कस्तो गरिरहेको छ? के ऊ यो काम गर्न उपयुक्त छ? के उसले मण्डलीको कामको र परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गरिरहेको छ? महत्त्वपूर्ण क्षणहरूमा, उसले आफ्नो सुरक्षा गर्नेछ कि मण्डलीको कामको प्रतिरक्षा गर्नेछ?” यी झूटा अगुवाहरूले यस्तो प्रतिक्रिया दिन्छन्: “उसले मण्डलीको कामको प्रतिरक्षा गर्ने कसम खाएको छ। त्यसबाहेक, उसले २० वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छ। उसले कसरी आफ्नै सुरक्षा गरेर परमेश्‍वरको घरका हितहरूलाई घात गर्न सक्थ्यो र? उसले सम्भवतः परमेश्‍वरको घरका हितहरूको नै प्रतिरक्षा गर्नेछ।” माथिले प्रत्युत्तरमा भन्नुहुन्छ: “के तिमीले भनेको कुरा सही छ? के तिमीले उसको कामको निरीक्षण गरेका छौ?” यी झूटा अगुवाहरूले यस्तो जबाफ दिन्छन्, “मैले उसको कामको निरीक्षण गरेको त छैन, तर मैले उसलाई आफ्ना स्वार्थहरूको प्रतिरक्षा नगर्नु, र उसले मण्डलीको कामको प्रतिरक्षा गर्नुपर्छ भनेर भनेको छु, र उसले त्यसो गर्ने वाचा गरेको छ।” उसले तँलाई वाचा गर्नुको के फाइदा? उसले परमेश्‍वरसामु खाएको कसमसमेत पूरा गर्न सक्दैन। के उसले वाचा गऱ्यो भन्दैमा, तँलाई ऊ भरपर्दो छ भन्ने लाग्छ? के उसले वाचा गरेको कुरा निश्चित रूपमै गर्न सक्छ? तैँले उसको कामको निरीक्षण नगरेका हुनाले, ऊ परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गर्ने व्यक्ति हो कि होइन भनेर तँलाई कसरी थाहा हुन्छ? तँ किन आफैमाथि त्यति धेरै विश्‍वास गर्छस्? के त्यस्ता झूटा अगुवाहरू बदमास होइनन्? गलत व्यक्तिलाई प्रयोग गरेर तिनीहरूले ठूलो गल्ती गरिसकेका हुन्छन्, र त्यसपछि यस व्यक्तिको कामका बारेमा कहिल्यै सोधपुछ, अनुसन्धान, वा निगरानी नगरेर, र त्यसको सुपरिवेक्षण वा अवलोकन नगरेर तिनीहरूले आफ्‍नो गल्ती अझै बढाउँछन्। तिनीहरू केवल यस व्यक्तिले जथाभाबी काम गरेको र दुष्कर्म गरेको सहिरहन्छन्। झूटा अगुवाहरूले यसरी नै काम गर्छन्। जब कुनै काममा मानिसहरूको कमी हुन्छ, तब झूटा अगुवाहरूले खुसीसाथ कसैलाई त्यसको जिम्मेवारी लिने प्रबन्ध मिलाउँछन् र त्यसपछि त कामै सकिन्छ; तिनीहरूले कामको निरीक्षण कहिल्यै गर्दैनन्, वा त्यस व्यक्तिसँग अन्तरक्रिया गर्न, उसलाई अवलोकन गर्न, र ऊबारे अझै बढी कुरा पत्ता लगाउने कोसिस गर्न वास्तवमै कार्यस्थलमा जाने गर्दैनन्। कतिपय ठाउँमा त्यस व्यक्तिलाई भेट्ने र ऊसँग समय बिताउने अनुकूल वातावरण हुँदैन, तर तैँले उसको कामबारे सोधखोज गर्नैपर्छ, र उसले के गरिरहेको छ, र कसरी गरिरहेको छ भनेर अप्रत्यक्ष प्रश्नहरू सोध्नुपर्छ—तैँले दाजुभाइ-दिदीबहिनीहरू वा उसको नजिकको कसैलाई सोध्न सक्छस्। के यसो गर्न सकिँदैन? तर झूटा अगुवाहरूले कुनै प्रश्‍न सोध्ने कष्ट समेत गर्दैनन्, तिनीहरू यति ढुक्‍क हुन्छन्। आफ्ना काममा, तिनीहरू केवल भेला आयोजना गरेर धर्मसिद्धान्तहरू प्रचार गर्ने गर्छन्, र जब भेला सकिन्छ र कामको प्रबन्ध हुन्छ, त्यसपछि तिनीहरूले अरू केही गर्दैनन्; तिनीहरू आफूले छनौट गरेको व्यक्तिले वास्तविक काम गर्न सक्छ कि सक्दैन भनेर अनुगमन गर्न वा पत्ता लगाउन जाँदैनन्। सुरुमा, तैँले त्यो व्यक्तिलाई बुझेको थिइनस्, तर उसको क्षमता, अनि सतही प्रकटीकरण र जोसका आधारमा, तँलाई ऊ यो कामका लागि उपयुक्त भए झैँ महसुस भयो अनि तैँले उसलाई प्रयोग गरिस्—यसमा कुनै गल्ती छैन, किनकि मानिसहरू कस्ता भएर निस्किन्छन् भनेर कसैलाई थाहा हुँदैन। तर उसलाई प्रवर्धन गरेपछि, के तैँले, उसले वास्तविक काम गर्छ कि गर्दैन, उसले कसरी काम गर्छ, र ऊ लापरवाह, ठग, वा अल्छे भएको छ कि छैन भनेर अनुगमन गर्ने र हेर्ने गर्नुपर्दैन र? तैँले गरिरहेको हुनुपर्ने काम यही हो, तर तैँले यी मध्ये कुनै पनि गर्दैनस्, तैँले कुनै जिम्‍मेवारी लिँदैनस्। तँ झूटो अगुवा होस्, र तँलाई बर्खास्त गरिनुपर्छ र हटाइनुपर्छ।

झूटा अगुवाहरूले एउटा गम्भीर गल्ती गर्छन्, जुन के हो भने, तिनीहरूले मानिसहरूलाई प्रवर्द्धन गरेपछि, उनीहरूलाई काम बुझाउँछन्, त्यसपछि अलिकति धर्मसिद्धान्त फलाक्छन्, अलिकति प्रोत्साहनका शब्दहरू भन्छन् अनि त्यसलाई त्यत्तिमै छोडिदिन्छन्, कहिल्यै निश्चित कार्यहरूको अनुगमन गर्ने वा तिनमा संलग्न हुने गर्दैनन्। यदि तैँले तिनीहरूको क्षमता कमजोर छ र तिनीहरूमा मानिसहरूलाई बुझ्ने क्षमताको कमी छ भनेर भन्छस् भने, तैँले अनुगमन गर्न र विशिष्ट कार्यहरू कसरी अघि बढिरहेका छन् भनेर पत्ता लगाउन सक्थिस्, र परिस्थितिलाई पूर्ण रूपमा सम्हाल्न सक्थिस्। तर, झूटा अगुवाहरूले अनुगमन गर्ने र काम कसरी अघि बढिरहेको छ भनेर पत्ता लगाउने गदै गर्दैनन्। उदाहरणका लागि, पुस्तकहरू छाप्ने कार्यलाई लिऊँ, जुन एउटा विशिष्ट काम हो। एउटा झुटो अगुवाले कुनै व्यक्तिलाई यस कामको प्रभारीका रूपमा खटायो, तर छ महिनामा एक पटक पनि उसको अनुगमन गरेन। फलस्वरूप, छ महिनापछि, छापिएका सबै पुस्तकहरू त्रुटिपूर्ण निस्किए—कस्तो बिजोग! झूटा अगुवाहरू यस्तै नै हुन्छन्—तिनीहरू कुनै निश्चित काम गर्दै गर्दैनन्। यदि तैँले पुस्तक छाप्ने प्रबन्ध गरिरहेको छस् भने, तैँले के गर्नुपर्छ? तैँले सुरुमा उपयुक्त सुपरिवेक्षक तोक्नुपर्छ, अनि उसले त्यो कार्य कति राम्ररी गरिरहेको छ, र उसले त्यो बिगार्न पो सक्छ कि भनेर सुपरिवेक्षण र अनुगमन गर्नुपर्छ। तैँले कामको सुपरिवेक्षण र अनुगमन गर्नुपर्छ, र कुनै समस्या पत्ता लागेमा सिधै समाधान गर्नुपर्छ—यसले मात्र कुनै समस्या देखा नपर्ने कुरा सुनिश्चित गर्न सक्छ। तर झूटा अगुवाहरूले यसो गर्दैनन्। तिनीहरू सोच्छन् कि तिनीहरूको जिम्मेवारी भनेको केवल मानिसहरूलाई धर्मसिद्धान्तहरू फलाक्नु, र तिनीहरूलाई धर्मसिद्धान्तहरू बुझ्ने तुल्याउनु हो, अनि मानिसहरूले धर्मसिद्धान्तहरू बुझेसम्म, समस्याहरू समाधान गर्न सकिन्छ। त्यसकारण, तिनीहरूले धर्मसिद्धान्तहरू फलाक्ने र नाराहरू चिच्याउने कार्यमा मात्र ध्यान दिन्छन्, र निश्चित कार्यहरूमा संलग्न हुँदैनन्। जहाँसम्म झूटा अगुवाहरूको कुरा छ, तिनीहरूले निश्चित कार्यहरूमा संलग्न हुनु तिनीहरूको सरोकारको विषय होइन, र यो त तिनीहरूभन्दा मुनिका मानिसहरूको चासोको विषय हुनुपर्ने हो भन्ने सोच्छन्। त्यसोभए, तिनीहरू आफैले चाहिँ के गर्छन् त? तिनीहरू माथिबाट समग्र परिस्थितिलाई नियन्त्रण गर्छन् र अप्रभावकारी अधिकारी बन्छन्। काम जेसुकै भए पनि, तिनीहरू त्यसमा उपस्थित वा संलग्न हुँदैनन्। मानिसहरूलाई सिद्धान्तहरू भनेपछि, यदि तिनीहरूलाई मामलाको विस्तृत समस्या वा निश्चित मार्गबारे सोधियो भने, तिनीहरूले यसो भन्नेछन्, “यो निश्चित काम तिमीहरूमै निर्भर छ, म यो कुरा बुझ्दिनँ।” त्यसकारण, तिनीहरूलाई आफूमुनिका मानिसहरूले काम कसरी गरिरहेका छन् भन्ने कुरा थाहै हुँदैन। सुपरिवेक्षक दक्ष र काम वहन गर्न सक्षम छ कि छैन, वा उसको मानवता कस्तो छ, वा ऊ सत्यता पछ्याउने व्यक्ति हो कि होइन, वा ऊ कर्तव्य पूरा गर्नमा जिम्मेवार छ कि छैन, वा ऊ झाराटारुवा छ कि छैन या उसले खराब कामकुरा गर्दै उपद्रो मच्चाउँछ कि मच्चाउँदैन, वा काममा ढिलाइ भएको छ कि छैन, इत्यादि जस्ता कुरा आउँदा—झूटा अगुवाहरूलाई यीमध्ये कुनै कुराबारे थाहा हुँदैन, तिनीहरू गैरविश्‍वासी संसारका कलम चलाउने अधिकारीहरूजस्तै, कुनै वास्तविक काम नगरी आरामसँग हिँडडुल मात्रै गर्छन्। झूटा अगुवाहरू काम गर्ने मण्डलीमा, कतिपय सुपरिवेक्षकहरूले काम ठप्प पार्दा, वा कतिपय सुपरिवेक्षकहरूले आफ्नै स्वतन्त्र राज्य स्थापना गरिरहँदा, वा कतिपय सुपरिवेक्षकहरू आफ्ना उचित कर्तव्यहरूमा संलग्न नभई, बरु खान-पान गर्दै र रमाउँदै दिन बिताउँदा, तिनीहरूले त्यो कुरा थाहै पाउँदैनन्, र यहाँसम्म कि कतिपय सुपरिवेक्षकहरूको क्षमता निकै कमजोर हुँदा, बुझाइ विकृत हुँदा, र उनीहरूले बिलकुलै काम गर्न नसक्दा, त्यसप्रति आँखा चिम्लिन्छन्। त्यस्ता झूटा अगुवाहरू केवल खोक्रा खोल हुन्, तिनीहरू नाम मात्रका अगुवा हुन्, र तिनीहरूले अगुवाले गर्नुपर्ने कुनै महत्त्वपूर्ण काम गर्दैनन्। बाहिरबाट हेर्दा, यी झूटा अगुवाहरू निकै शिष्ट देखिन्छन्। तिनीहरूले हरेक कामका लागि सुपरिवेक्षक खटाउँछन्, ती मानिसहरूलाई बेला-बेला भेलाका लागि जम्मा गर्छन्, र बाँकी समय आत्मिक भक्तिमा संलग्न हुँदै, प्रार्थना गर्दै, परमेश्‍वरका वचनहरू पढ्दै, प्रवचनहरू सुन्दै, भजनहरू सिक्दै, र आफ्नै भजनहरू लेख्दै बिताउँछन्। कतिपय झूटा अगुवाहरू हप्ताभर आफ्नो कोठाबाट समेत निस्किँदैनन्। यस्ता झूटा अगुवाहरू पनि छन्, जो अनलाइन भेला गर्नेबाहेक अरू केही गर्दैनन्, परिस्थिति बुझ्नका लागि कार्यस्थलहरूमा कहिल्यै जाँदैनन्। दाजुभाइ-दिदीबहिनीहरूले लामो अवधिसम्म तिनीहरूलाई व्यक्तिगत रूपमा देख्दैनन्, र ती झूटा अगुवाहरूका जीवन अनुभव वा कद कस्तो छ भन्नेबारे उनीहरूलाई केही थाहा हुँदैन। भेलाहरूको दौरान, झूटा अगुवाहरूले केही साधारण मामलाहरू मात्र सम्हाल्छन्, तर हरेक सुपरिवेक्षकले खास के गरिरहेको छ, र उनीहरूले प्रवर्द्धन र संवर्धन गरेका मानिसहरू तिनीहरूलाई सुम्पिइएको कामका लागि उपयुक्त छन् कि छैनन्, वा आफ्नो कर्तव्य पूरा गर्नमा तिनीहरूको मनोवृत्ति कस्तो छ, वा तिनीहरू आफ्नो काममा एकाग्र र मिहिन छन् कि छैनन्, वा तिनीहरू नकारात्मक र झाराटारुवा छन् कि छैनन्, वा यी मानिसहरूले सही मार्ग पछ्याइरहेका छन् कि छैनन्, वा तिनीहरू सही मानिस हुन् कि होइनन् भन्ने कुराका हकमा, झूटा अगुवाहरूले यीमध्ये कुनै पनि मामलाहरूबारे वास्ता वा सोधपुछ गर्दैनन्, र तीबारे जान्न पनि चाहँदैनन्। के यो समस्याको प्रकृति गम्भीर छैन र? (छ।)

परमेश्‍वरको घरलाई निश्चित पेसागत क्षेत्र बुझ्ने र निश्चित सीप भएका केही प्रतिभावान् मानिसहरूको आवश्यकता हुन्छ, र त्यसले यी मानिसहरूले परमेश्‍वरको घरमा कुनै कर्तव्य पूरा गर्न सकून् भनेर तिनीहरूलाई ती पेसाहरू अध्ययन गर्नका लागि संवर्धन गर्छ। तिमीहरूलाई झूटा अगुवाहरूले कस्ता प्रकारका मानिसहरू भेट्टाउँछन् जस्तो लाग्छ? तिनीहरूले, विश्‍वविद्यालयमा अध्ययन गरेका र आफ्ना आमाबाबुलाई पछ्याएर परमेश्‍वरमा विश्‍वास गरेका सबै युवाहरूलाई सँगै भेला गर्छन्, र को वाक्पटु छ र कसलाई ध्यानको केन्द्र हुन मन पर्छ भनी हेर्छन्, र तिनीहरूलाई यसो भन्छन्, “परमेश्‍वरको घरले तिमीहरूलाई संवर्धन गर्न चाहन्छ; तिमीहरू जगेडा सेना र नयाँ बल हौ।” त्यसपछि, तिनीहरूले यी मानिसहरूलाई कुनै कर्तव्य पूरा गर्न खटाउँछन्। वास्तवमा, यी मानिसहरूले कहिल्यै कुनै कर्तव्य निर्वाह गरेका हुँदैनन्, तिनीहरूमा विविध प्रकारका अनुभवको कमी हुन्छ, र तिनीहरूले फिटिक्कै सत्यता बुझ्दैनन्। तर झूटा अगुवाहरूले तिनीहरूलाई निगाह गर्छन् र मन पराउँछन्, त्यसैले तिनीहरूलाई संवर्धन गर्न थाल्छन्। तिनीहरूले यी मानिसहरूलाई तिनीहरूको विशेषज्ञताका आधारमा तिनीहरू जे सिक्न उपयुक्त छन्, तिनै कर्तव्य पूरा गर्न खटाउँछन्; कतिपयलाई लेखन-पठनका काममा खटाइन्छ, कतिपयलाई चलचित्र निर्माणमा खटाइन्छ, कतिपयलाई भिडियोहरू बनाउन खटाइन्छ, र कतिपयलाई अभिनेता बन्न खटाइन्छ। झूटा अगुवाहरूका निम्ति, यी मानिसहरूसँग पूरा गर्नका लागि कर्तव्य भएसम्म, त्यो पर्याप्त हुन्छ। झूटा अगुवाहरूले यी मानिसहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन् वा तिनीहरूले सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भन्ने कुराको अनुसन्धान गर्दैनन्, न त यी मानिसहरूले के पछ्याइरहेका छन् वा तिनीहरूका उद्देश्यहरू के हुन् भन्ने नै हेर्छन्। अन्त्यमा के हुन्छ? तीमध्ये कतिपय मानिसहरू हटाइन्छन्। किनकि तिनीहरू लम्पट र अनियन्त्रित हुन्छन्, अनि तिनीहरूले सांसारिक प्रचलनहरू पछ्याउँछन्, र सिँगारपटार गरेर र अरूसँग लसपस गरेर नै दिन बिताउँछन्, साथै तिनीहरूले कुनै पनि नियम बुझ्दैनन् वा तिनीहरूमा शिष्टाचार पटक्कै हुँदैन—यो स्पष्ट छ कि तिनीहरू अविश्‍वासी र गैरविश्‍वासी हुन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा उचित काममा ध्यान दिँदैनन्, र तिनीहरूले सबै कुरा झाराटारुवा तरिकाले गर्छन्, तर झूटा अगुवाहरूले यो बिलकुलै देख्न सक्दैनन्। के झूटा अगुवाहरू आँखाका अन्धा हुँदैनन् त? (हुन्छन्।) यो आँखाको अन्धोपनको कारण के हो? के यो झूटा अगुवाहरू मनका अन्धा भएकाले भएको होइन र? आँखाको अन्धो हुनु र मनको अन्धो हुनु झूटा अगुवाहरूका दुई विशेषता हुन्। झूटा अगुवाहरूका आँखा पूर्णतः खुला भए पनि, तिनीहरूले कुनै पनि कुरा बुझ्न वा कसैलाई छर्लङ्ग देख्न सक्दैनन्—अर्थात्, तिनीहरूका आँखा अन्धा हुन्छन्। मनमा, तिनीहरूसँग कुनै पनि व्यक्ति वा कामकुराबारे सुझबुझ वा दृष्टिकोण हुँदैन, र तिनीहरूले चाहे जे देखे पनि, तिनीहरूसँग सही र गलत छुट्टयाउने क्षमता हुँदैन, र तिनीहरूमा कुनै मनोवृत्ति, कुनै राय र कुनै परिभाषा हुँदैन—यो मनको अन्धो हुनुको एउटा गम्भीर अवस्था हो। सबै झूटा अगुवाहरू वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरेका र प्रायः प्रवचनहरू सुन्ने मानिस हुन्, त्यसोभए, तिनीहरूले किन ती अविश्‍वासीहरूलाई चिन्न सक्दैनन् त? यो झूटा अगुवाहरू कमजोर क्षमताका हुन्छन्, तिनीहरू सत्यता बुझ्न असक्षम हुन्छन्, र तिनीहरूले चाहे जति सत्यताहरू सुने पनि त्यो व्यर्थ हुन्छ, र तिनीहरूले ती बुझ्दैनन् भन्ने कुराको थप प्रमाण हो। तिनीहरू आँखाका र मनका अन्धा हुन्छन्, र मानिसहरूलाई खुट्टयाउन पूर्ण रूपमा असक्षम हुन्छन्। तिनीहरू कसरी मण्डलीमा अगुवा वा कामदार हुन उपयुक्त हुन सक्थे त? तिनीहरू राम्रा वक्ताहरू प्रतिभावान् मानिस हुन्, र नाचगान गर्न सक्ने मानिसहरू पनि प्रतिभावान् व्यक्ति हुन् भन्ने विश्‍वास गर्छन्; तिनीहरूले चस्मा लगाएका वा विश्‍वविद्यालयमा पढेका मानिसहरू देख्दा, तिनीहरूलाई प्रतिभावान् व्यक्ति भन्ठान्छन्, र समाजमा हैसियत भएका मानिसहरू, धनी मानिसहरू, व्यापार गर्न जान्ने र छली कार्यमा संलग्न हुने मानिसहरू, अनि समाजमा कुनै प्रकारको महत्त्वपूर्ण काम गर्ने मानिसहरू देख्दा, झूटा अगुवाहरूले तिनीहरूलाई प्रतिभावान् व्यक्ति भन्ठान्छन्। तिनीहरू परमेश्‍वरको घरले यस्ता मानिसहरूलाई संवर्धन गर्नुपर्छ भन्ने विश्‍वास गर्छन्। तिनीहरूले यी मानिसहरूको चरित्र वा परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको जग छ कि छैन भनी हेर्दैनन्, र यी मानिसहरूले परमेश्‍वर र सत्यतासँग व्यवहार गर्दा कस्तो मनोवृत्ति अपनाउँछन् भनेर त झनै हेर्दैनन्। तिनीहरूले मानिसहरूको सामाजिक हैसियत र पृष्ठभूमि मात्र हेर्छन्। के झूटा अगुवाहरूले मानिस र कामकुराहरूलाई यसरी हेर्नु हास्यास्पद कुरा होइन? झूटा अगुवाहरूले मानिस र कामकुराहरूलाई गैरविश्‍वासीहरूले हेर्ने तरिकाले नै हेर्छन्—कामकुराहरूप्रति तिनीहरूको दृष्टिकोण त्यही नै हुन्छ, जुन गैरविश्‍वासीहरूको हुन्छ। झूटा अगुवाहरू सत्यतालाई प्रेम गर्ने र त्यसलाई बुझ्ने मानिस होइनन्, र तिनीहरूमा कुनै सुझबुझ हुँदैन भनी पुष्टि गर्न यो नै पर्याप्त छ। के तिनीहरू अति सतही छैनन् र? तिनीहरू साँच्चै अन्धा छन्—अत्यन्तै अन्धा छन्!

विगतमा, मैले एउटा झुटो अगुवालाई भेटेको थिएँ, जो मसँग कुराकानी गर्दा बोल्ने र हाँस्ने गर्थ्यो, तर मैले उसलाई कामका बारेमा सोध्ने बित्तिकै, ऊ भावशून्य हुन्थ्यो र वाल्ल परेर टोलाउँथ्यो, र उसले मैले भनेको कुनै पनि कुराप्रति प्रतिक्रिया जनाउँदैनथ्यो। यस व्यक्तिको क्षमता अत्यन्तै कमजोर भएकाले उसलाई प्रयोग गर्न सकिँदैन। मैले उसलाई भनेको कुनै पनि कुरा उसले बुझ्न र गर्न नसक्नु कुनै आश्चर्यको कुरा होइन। मैले ऊसँग जे कुराका बारेमा कुरा गरे पनि, उसले यसो भनिरह्यो, “मैले केही दिन अघि एउटा भेला राखेँ र कामको निरीक्षण गरेँ।” मैले भनेँ, “के भेला राख्नुबाहेक तिम्रो अरू कुनै काम छैन? मण्डलीमा गर्नुपर्ने काम कति धेरै छ, तिमी किन अरू कुनै काम खोजेर गर्दैनौ?” उसले भन्यो: “अगुवा वा कामदार हुनु भनेको त भेलाहरू राख्नु मात्रै होइन र? भेला राख्नुबाहेक गर्नुपर्ने अरू कुनै काम नै छैन, मलाई अरू कुनै काम गर्नै आउँदैन!” यसले के देखाउँछ भने, उसले पद धारण गर्दा नै ऊ झुटो अगुवा बन्ने पूर्वनिर्धारित थियो, र उसले कुनै वास्तविक काम गर्न सक्दैन, किनकि उसको क्षमता अत्यन्तै कमजोर छ! अत्यन्तै कमजोर क्षमताले आँखाको अन्धोपन र मनको अन्धोपनतर्फ डोऱ्याउँछ। आँखाको अन्धोपन भनेको के हो? त्यो भनेको के हो भने, व्यक्तिले चाहे जे देखे पनि, उसले विशिष्ट समस्याहरू पत्ता लगाउन सक्दैन, र त्यसैले उसका आँखा केही न कामका हुन्छन्। मनको अन्धोपन भनेको के हो? त्यो भनेको के हो भने, चाहे जे भए पनि, व्यक्ति त्यसभित्र रहेको समस्याबारे अनभिज्ञ र त्यसलाई बुझ्न असक्षम हुन्छ, र उसले समस्याको सार कहाँ छ भनेर देख्न सक्दैन—मनको अन्धो हुनु भनेको यही हो। यदि कुनै व्यक्ति मनको अन्धो छ भने, ऊ पूर्णतः बरबाद हुन्छ। झूटा अगुवाहरू यसरी नै आँखाका र मनका अन्धा हुन्छन्। के तिमीहरू झूटा अगुवाहरूले यी वचनहरू सुन्दा, तिनीहरूलाई खिन्न महसुस हुन्छ भनी भन्नेथियौ? तिनीहरूले यस्तो सोच्छन्, “मेरा आँखा ठुला नै छन्, तर उहाँ त मलाई आँखाको अन्धो भन्नुहुन्छ; र मेरा मनमा असल अभिप्रायहरू नै छन्; तैपनि उहाँ मलाई मनको अन्धो भन्नुहुन्छ—उहाँको परिभाषा त्यति सही छैन, होइन र? मलाई झुटो अगुवा मात्र भन्दा हुँदैनथ्यो? म आँखाको र मनको अन्धो छु भनेर किन थप्नु पऱ्यो?” यदि मैले त्यसरी भनिनँ भने त, झूटा अगुवाहरूको क्षमताअनुसार मूल्याङ्कन गर्दा, के तिनीहरूले तिनीहरू कमजोर क्षमताका छन् भनेर महसुस गर्न सक्थे? (अहँ, सक्दैनथे।) के यी झूटा अगुवाहरू आँखा र मनका अन्धा हुन्छन् भनेर भन्दा, त्यसले मामलालाई एकदम राम्ररी व्याख्या गर्दैन र? उदाहरणका लागि, मानौँ कि एउटा ख्रीष्टविरोधीले मण्डलीमा आफ्नै स्वतन्त्र राज्य स्थापना गरिरहेको छ। तर झूटा अगुवाहरूले यसो भन्छन्, “यो व्यक्ति निकै सक्षम छ। ऊ विश्‍वविद्यालयको प्राध्यापक हुने गर्थ्यो, र ऊ स्पष्ट, विधिगत, र सुव्यवस्थित अनि सुस्पष्ट रूपमा बोल्छ। अझ भन्नुपर्दा, दर्शक चाहे जति नै धेरै भए पनि, उसलाई मञ्चमा बोल्न डर लाग्दैन।” उसले उल्लेख गरेको व्यक्ति आफ्नै स्वतन्त्र राज्य स्थापना गरिरहेको फरिसी हो भन्ने कुरा घामजस्तै छर्लङ्ग छ, तैपनि झूटा अगुवाहरू अझै उसकै प्रशंसा गर्छन्। के त्यो आँखाको अन्धोपन होइन र? (हो।) यदि कसैले बेसुरा गाइरहेको छ र तैँले त्यो सुन्दैनस् भने, के त्यसलाई आँखाको अन्धोपन मान्न सकिन्छ? (अहँ।) त्यो क्षमताको समस्या भन्दा पनि पेसागत समस्या हो। तर यति धेरै सत्यता सुनिसकेपछि, झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूको वास्तविकता खुट्टयाउन समेत सक्दैनन्, र व्यक्तिको मानवता असल छ कि खराब, वा कुनै व्यक्ति परमेश्‍वरको घरले गर्ने प्रवर्द्धन र संवर्धनको उम्मेदवार हो कि होइन, वा कुनै व्यक्ति अविश्‍वासी हो कि उसले परमेश्‍वरमा इमानदारीपूर्वक विश्‍वास गर्छ, अनि कुनै व्यक्ति आफ्नो कर्तव्य पूरा गर्नमा बफादार छ कि छैन भनेर पहिचान गर्न सक्दैनन्—त्यसोभए, तिनीहरूले यत्तिका वर्ष प्रवचनहरू सुनेर के प्राप्त गरेका हुन्छन् त? तिनीहरूले कुनै सत्यता प्राप्त गरेका हुँदैनन्, जसको अर्थ तिनीहरू अन्धा मूर्खहरू हुन् भन्ने हुन्छ; अन्धा झूटा अगुवाहरू यस्तै नै हुन्छन्। तिनीहरू विश्‍वास गर्छन् कि एउटा अगुवाको मुख्य काम भनेको प्रवचन प्रचार गर्न सक्नु, र दुई-तीन घण्टासम्म प्रचार गर्नु हो, अनि उसले शब्द र धर्मसिद्धान्तहरू बोल्न, नाराहरू चिच्याउन, र मानिसहरूलाई उत्तेजित पार्न सकेसम्म, ऊ मानकअनुरूपको अगुवा हो, उसले काम वहन गर्न सक्छ, ऊसँग सत्यता वास्तविकता छ, र परमेश्‍वर ऊसँग सन्तुष्ट हुनहुन्छ। यो कस्तो खालको तर्क हो? झूटा अगुवाहरूले सत्यता नबुझ्ने र तिनीहरू अत्यन्तै कमजोर क्षमताका, अनि आँखाका र मनका अन्धा हुने हुनाले, तिनीहरूसँग विभिन्न प्रकारका मानिसहरूलाई खुट्टयाउने क्षमता पटक्कै हुँदैन, र तिनीहरूले विभिन्न प्रकारका मानिसहरूलाई छर्लङ्ग देख्न सक्दैनन्। त्यसोभए, के तिनीहरूले विभिन्न प्रकारका मानिसहरूलाई व्यावहारिक तरिकाले प्रयोग गर्न सक्छन् त? (सक्दैनन्।) तिनीहरूको एउटै रणनीति हुन्छ: पहिले शिक्षकका रूपमा काम गरेकाहरूलाई प्रवचन प्रचार गर्न खटाइन्छ, वैदेशिक व्यापारमा संलग्न भएकाहरूलाई साधारण मामलाहरू सम्हाल्न खटाइन्छ, अङ्ग्रेजी बोल्न सक्नेहरूलाई अनुवादक हुन खटाइन्छ, र जो बोल्न कुशल छ र जसले आलोचना खेप्न सक्छ, उसलाई सुसमाचार प्रचार गर्न खटाइन्छ; डरपोकहरूलाई घरमै अनुभवात्मक गवाही लेखहरू लेख्न खटाइन्छ, आँटिला र अभिनय गर्न मन पराउनेलाई अभिनेताका रूपमा नियुक्त गरिन्छ, र अधिकारी बन्न चाहनेहरूलाई अगुवा वा निर्देशकका रूपमा नियुक्त गरिन्छ। झूटा अगुवाहरूले कुनै प्रकारको सिद्धान्तबिना मानिसहरूलाई यसरी नै प्रयोग गर्छन्।

झूटा अगुवाहरू जिम्मेवार रहेका कामको दायराभित्र, प्रायजसो केही मानिसहरू हुन्छन्, जसले साँच्चै सत्यता पछ्याउँछन् र प्रवर्द्धन र संवर्धनका मापदण्डहरू पूरा गर्छन् जसलाई पछाडि नै अड्काएर राखिन्छ। यीमध्ये कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्छन्, र कतिपयलाई अतिथिसेवा कर्तव्यमा खटाइन्छ। तथ्य के हो भने तिनीहरू सबैमा क्षमता हुन्छ, र सबैले केही सत्यताहरू बुझ्छन्, साथै तिनीहरू अगुवा र कामदारका रूपमा संवर्धन गर्न लायक हुन्छन्, यति मात्र हो कि तिनीहरू शान देखाउन वा ध्यानको केन्द्रमा पर्न रुचाउँदैनन्। तैपनि, झूटा अगुवाहरूले यी मानिसहरूलाई कुनै प्रकारको ध्यान दिँदैनन्। तिनीहरूले उनीहरूसँग सम्पर्क गर्ने वा उनीहरूबारे सोधपुछ गर्ने गर्दैनन्, साथै तिनीहरूले परमेश्‍वरको घरका लागि प्रतिभावान् मानिसहरूलाई कहिल्यै संवर्धन गर्दैनन्। तिनीहरू, आफ्नै स्वार्थी चाहनाहरू पूरा गर्नका निम्ति, सधैँ आफ्नो खुसामद गर्नेहरूलाई जालमा पार्नमा मात्र केन्द्रित हुन्छन्। फलस्वरूप, साँचो रूपमा सत्यता पछ्याउने मानिसहरूले प्रवर्द्धन वा संवर्धन हुन पाउँदैनन्, जबकि जो ध्यानको केन्द्र बन्‍न रुचाउँछन्, जो वाक्पटु छन्, जो मानिसहरूलाई चिल्लो घस्न जान्दछन्, र जो ख्याति, लाभ र हैसियत रुचाउँछन्—ती सबैले प्रवर्द्धन पाउँछन्, साथै बाहिर समाजमा अधिकारी, संस्थाका प्रमुख कार्यकारी अधिकृत रहेका, वा व्यवसाय व्यवस्थापन अध्ययन गरेकाहरूलाई समेत महत्त्वपूर्ण पदहरूमा खटाइन्छन्। ती मानिसहरू चाहे साँचो विश्‍वासी भए पनि या नभए पनि, वा तिनीहरू सत्यता पछ्याउने मानिस भए पनि या नभए पनि, झूटा अगुवाहरू जिम्मेवार रहने कामको दायराभित्र प्रवर्द्धन पाउने र प्रयोग हुने मानिसहरू तिनै हुन्। के यो मानिसहरूलाई सिद्धान्तहरूअनुरूप प्रयोग गर्नु हो? के झूटा अगुवाहरूले यस्ता मानिसहरूलाई मात्रै बढुवा दिनु ठ्याक्कै गैरविश्‍वासी समाजजस्तो होइन र? झूटा अगुवाहरूले काम गरिरहेको अवधिमा, जसले कर्तव्य पूरा गर्ने क्रममा कामकुरा वास्तवमै फत्ते गर्न सक्छन्, जोसित इन्साफको भावना छ, र जो सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छन्—तिनीहरूले प्रवर्द्धन वा संवर्धन पाउँदैनन्, र तिनीहरूलाई तालिमका अवसरहरू पाउन कठिन हुन्छ। बरु, जो वाक्पटु छन्, जो शान देखाउन मन पराउँछन् र मानिसहरूलाई चिल्लो घस्न जान्दछन्, साथै जो ख्याति, लाभ, र हैसियत रुचाउँछन्, तिनीहरूलाई नै महत्त्वपूर्ण पदहरूमा खटाइन्छ। ती मानिसहरू निकै अक्कली भएझैँ देखिन्छन्, तर वास्तवमा तिनीहरूमा कुनै बुझ्ने क्षमता हुँदैन, निकै खराब क्षमता र कमजोर मानवता हुन्छ, तिनीहरूले आफ्ना कर्तव्यप्रति कुनै वास्तविक बोझ वहन गर्दैनन्, र तिनीहरू पटक्कै संवर्धन गर्न लायक हुँदैनन्। तर, मण्डलीमा अगुवा र कामदारका पदहरू ओगट्ने तिनीहरू नै हुन्छन्। फलस्वरूप, मण्डलीको धेरैजसो काम समयमै सहज रूपमा सुरु हुन सक्दैन, वा कार्यप्रगति ढिलो हुन्छ, र परमेश्‍वरको घरका कामका प्रबन्धहरू कार्यान्वयन हुन अत्यन्तै लामो समय लाग्छ। झूटा अगुवाहरूले मानिसहरूलाई अनुचित रूपमा प्रयोग गरेर मण्डलीको काममा पारेका असर र ल्याएका परिणामहरू यिनै हुन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्