अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२९) खण्ड दुई

इ. अगुवा र कामदारहरूले कर्मचारीहरूका लागि स्थानको बन्दोबस्त गर्ने काम कसरी गर्नुपर्छ

महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको जिउने वातावरणको हकमा, चाहे यो आन्तरिक वातावरणसँग सम्बन्धित होस् वा बाहिरी वातावरणसँग, अगुवा र कामदारहरूले सबै पक्षहरूबारे राम्ररी विचार गर्नुपर्छ। तिनीहरूले सधैँ हामीले बाहिरी संसारसँग अन्तरक्रिया गरेनौँ भने, केही हुनेछैन भन्‍ने अनुमान गर्दै आफ्नो सोचाइमा सरलता अपनाउनु हुँदैन। आजको समाज अत्यन्तै जटिल छ, हरप्रकारका पिशाचहरूले भरिएको छ, र ठाउँ जुनसुकै भए पनि तेरो चियो गर्ने मानिसहरू सधैँ हुन्छन्, जसले गर्दा तिनीहरूको छानबिनबाट जोगिन असम्भव हुन्छ। तैँले यस्तो सोच्न सक्छस्, “मैले परमेश्‍वरमा विश्‍वास गरेर कुनै पनि कानुन तोडेको वा कुनै पनि गलत काम गरेको छैनँ। मैले आफ्नो कर्तव्य मात्रै निर्वाह गरिरहेको छु; मलाई केही हुनु नपर्ने हो, होइन र?” तर तथ्यहरू तैँले कल्पना गरेजस्तो सरल छैनन्। चिनियाँ कम्युनिस्ट पार्टीले किन परमेश्‍वरको विरोध गर्न र परमेश्‍वरको मण्डलीमाथि दमन गर्न यति धेरै जनशक्ति र स्रोतसाधनहरू खर्च गर्छ? के तैँले त्यो बुझ्न सक्छस्? तैँले कहिल्यै बुझ्‍न सक्‍नेछैनस्। तैँले दियाबलसहरू र शैतानहरूको प्रकृति कति हदसम्म छर्लङ्गै देख्‍न सक्छस्? तैँले दियाबलस र शैतानहरूबारे अत्यन्तै थोरै कुरा बुझेको छस्। यो समाज अत्यन्तै जटिल छ, र दियाबलस र शैतानहरू दुष्ट कार्य गर्ने खराब मानिसहरू हुन्। तिनीहरूले सबैभन्दा बढी गर्न चाहेको कुरा भनेको परमेश्‍वरका चुनिएका मानिसहरूलाई पक्राउ गरेर मण्डलीको काममा बाधा दिनु हो। यदि तँ सधैँ शैतानहरूलाई साधारण मानिसहरू मात्रै ठान्छस् भने, तँ साँच्‍चै नै अज्ञानी छस्; यसले तैँले यो समाजको दुष्टता छर्लङ्गै देखेकै छैनस्, र तैँले अवश्य नै दियाबलस र शैतानहरूको घृणितपन पनि छर्लङ्ग देखेकै छैनस् भन्‍ने कुरा देखाउँछ। त्यसकारण, अगुवा र कामदारहरूले मण्डलीको काम राम्ररी गर्नका लागि, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नेहरूको सुरक्षा सुनिश्‍चित गर्नैपर्छ—सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। कुनै विश्‍वासको स्वतन्त्रता नभएको तानाशाही शासनमा रहेको देशमा, आफ्नो कर्तव्य निर्वाह गरिरहेकाहरूको सुरक्षालाई सुनिश्‍चित गर्नु निकै गाह्रो हुन्छ। तर जति नै गाह्रो भए पनि, उचित बस्‍ने ठाउँहरू होसियारीसाथ छनौट गरिनैपर्छ; यसमा कुनै पनि हेलचेक्र्याइँ हुनु हुँदैन। परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूमा यी कुराहरूबारेको सङ्गति पनि समावेश छ। अगुवा र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूले बाहिरी संसारको बाधा र हस्तक्षेपबाट मुक्त भएर आफ्नो कर्तव्य निर्वाह गर्न सक्‍ने कुरा सुनिश्‍चित गर्नैपर्छ—तिनीहरूले यसमा आफ्नो हृदय लगाए भने, यो कुरा हासिल गर्न सक्छन्। तिनीहरूले झाराटारुवा र गैरजिम्मेवार रूपमा काम गर्छन् भने, र यसरी दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षालाई बेवास्ता गर्दै आफ्नै सुरक्षाबारे मात्रै वास्ता गर्छन् भने मात्रै यो चिन्ताको विषय हुन्छ। यसले मण्डलीको काम राम्ररी गर्न असम्भव तुल्याउँछ। यदि तेरो हेलचेक्र्याइँ, गम्भीरताको कमी, गैरजिम्मेवारी, वा वातावरण र समस्याको डरका कारण, तँ यी कुराहरू गर्न असफल भइस्, जसले गर्दा महत्त्वपूर्ण कर्तव्य निर्वाह गरिरहेका व्यक्तिहरू पक्राउ पर्छन् र दाजुभाइ-दिदीबहिनीहरूको ज्यान खतरामा पर्छ—र यसले मण्डलीको काममा ढिलाइ गराउँछ र दाजुभाइ-दिदीबहिनीहरूमा हानि पुर्‍याउँछ भने—अगुवा वा कामदारका रूपमा, यसको जिम्मेवारी तैँले नै वहन गर्नुपर्छ। क्षतिपूर्तिमा केही पैसा खर्च गरेर वा प्रार्थनाद्वारा पाप स्वीकार गरेर मात्रै यो जिम्मेवारी समाधान गर्न सकिँदैन; यो त्यति सरल छैन। त्यसोभए, यो कुराको प्रकृति के हो? यो हटाउन नसकिने कलङ्क, एक अनन्त अपराध हो—तँलाई एउटा दोष दिइएको हुन्छ। यो “दोष” ले साधारण गल्तीलाई जनाउँदैन; परमेश्‍वरको नजरमा, यो एउटा अपराध हो। यदि तेरा अपराधहरू धेरै छन् भने—तैँले विगतमा अपराधहरू गरेको थिइस्, आज पनि गरिरहेको छस्, र पछि भविष्यमा पनि अझै धेरै अपराध गर्नेछस् भने—कैयौँ ठूला अपराधहरू सबै जम्‍मा भएर तैँले अनन्त विनाश र बरबादी भोग्‍नेछस्। परमेश्‍वरले त्यसउप्रान्त तँलाई मुक्ति दिनुहुनेछैन, र परमेश्‍वरमाथिको तेरो विश्‍वास व्यर्थ हुनेछ। तँसँग मुक्तिको कुनै आशा नहुने मात्र होइन, तैँले दण्ड पनि सामना गर्नेछस्। त्यसकारण, अगुवा र कामदारहरूले सिद्धान्तहरूअनुसार आफ्नो काम गर्नु महत्त्वपूर्ण हुन्छ! के तैँले यो कुरा कण्ठ गरेको छस्? (गरेको छु।) अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, र वातावरण जति नै प्रतिकूल वा खतरनाक भए पनि, तिनीहरूले महत्त्वपूर्ण कार्य कर्मचारीहरूको सुरक्षाको रक्षा गर्न र तिनीहरूका लागि उचित स्थानको बन्दोबस्त गर्नका लागि स्थानीय अवस्थाहरूअनुसार सक्दो प्रयास गर्नैपर्छ। यसको लक्ष्य भनेको मण्डलीको काम सामान्य रूपमा अघि बढ्न सकोस् भन्‍ने कुरा सुनिश्‍चित गर्नु हो।

महत्त्वपूर्ण कार्य-कर्मचारीहरूका लागि बन्दोबस्त गरिएका ठाउँहरू बाहिरी संसारको हस्तक्षेपबाट मुक्त हुने कुरा सुनिश्‍चित गर्नका लागि, अगुवा र कामदारहरूले निवास र त्यसको वातावरणप्रतिका माग र सिद्धान्तहरूका साथै, अतिथिसत्कारक परिवारको परिस्थितिका विभिन्‍न पक्षहरूसँग सम्‍बन्धित माग र सिद्धान्तहरू पनि छन्। जब अगुवा र कामदारहरूले सम्भावित अतिथिसत्कारक परिवार भेट्टाउँछन्, तब तिनीहरूले सुरुमा परिवारको वातावरण र अवस्थाहरू कस्ता छन्, यसका सदस्यहरूको अवस्था कस्तो छ, अरूसँग तिनीहरूको कुनै विवाद छ कि छैन, तिनीहरूका कोही शत्रुहरू छन् कि छैनन्, सरकारसँग तिनीहरूको कुनै उल्झन छ कि छैन, तिनीहरू बारम्बार मुद्दामा संलग्‍न हुन्छन् कि हुँदैनन्, तिनीहरूका जटिल सामाजिक सम्बन्धहरू छन् कि छैनन् भन्‍नेजस्ता कुराहरूबारे सोधपुछ गर्नुपर्छ। यी सबै आधारभूत परिस्थितिहरूबारे राम्ररी सोधपुछ गर्नु र जानकारी लिनुपर्छ। यदि अतिथिसत्कारक वा तिनीहरूका छोराछोरी र अरू पारिवारिक सदस्यहरूको सामाजिक सम्बन्ध जटिल छ, र परिवार निरन्तर अस्थिर हुन्छ भने—समस्या पैदा गर्न वा ऋण उठाउन बारम्बार संदिग्ध व्यक्तिहरू घर आउँछन्, वा डाँकू वा लुटेराहरूबाट धम्कीका पत्रहरू, साथै सरकार वा अदालतबाट बोलावटहरू आइरहन्छन् भने—यी सबै अत्यन्तै समस्याजनक कुराहरू हुन्। यदि तँ यो घरमा भेला भइरहेको वा आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुन्थिस् भने, के यी कुराहरू बाधा बन्‍ने थिएनन् र? त्यसकारण, जब तिमीहरूले यो अतिथिसत्कारक परिवार भेट्टाउँछौ, तब तिमीहरूले सुरुमा प्रश्‍नहरू सोधेर तिनीहरूको आधारभूत परिस्थितिबारे जानकारी लिनुपर्छ। यदि यी समस्याहरू छैनन् भने राम्रो हुन्छ, तर यदि छन् र अहिले अझै उपयुक्त ठाउँ भेट्टाउन सकिँदैन भने, अतिथिसत्कारकले यी समस्याहरू प्रभावकारी रूपमा सम्हाल्न सक्छ कि सक्दैन भन्‍ने कुरा विचार गर्। यदि अतिथिसत्कारकले ती समस्याहरू प्रभावकारी रूपमा सम्हाल्न सक्दैन र यी अराजक कुराहरू हटाउन सक्दैन भने, यो घर दाजुभाइ-दिदीबहिनीहरूलाई राख्नका लागि उपयुक्त हुँदैन, किनभने यहाँ बस्दा तिनीहरूले कुनै पनि बेला बाहिरी संसार र बाहिरी मानिस, घटना, र कामकुराहरूको हस्तक्षेपबाट कष्ट भोग्‍न सक्छन्। यी वातावरणहरूले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई सीधै निसाना बनाइरहेका हुँदैनन्। तर, धर्ममाथि सतावट हुने देशमा विश्‍वासीहरू विशेष संवेदनशील समूह हुन्, र अझ भन्‍ने हो भने, सरकारले व्यापक रूपमा प्रोपागाण्डा प्रचार गर्ने, मगजधुलाई गर्ने, अफवाहहरू सिर्जना गर्ने, र बदनामी गर्ने अथक प्रयासहरू गरेपछि, गैरविश्‍वासीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई बुझ्न नसक्‍ने मात्र होइन, बरु उल्टै चिनियाँ कम्युनिस्ट पार्टीको शब्दजालमै विश्‍वास गर्नसमेत थाल्छन्, र यसले गर्दा विश्‍वासीहरूप्रति तिनीहरूमा निश्‍चित घृणा र शत्रुता पैदा हुन्छ। त्यसकारण, यदि तिनीहरूले कुनै निश्‍चित परिवारले विश्‍वासीहरूको अतिथिसत्कार गरिरहेको छ भनेर पत्ता लगाए भने, त्यो स्थिति अतिथिसत्कारक परिवार र दाजुभाइ-दिदीबहिनीहरू दुवैका लागि अत्यन्तै खतरनाक हुन्छ। जब दाजुभाइ-दिदीबहिनीहरू त्यस्तो वातावरणमा जिउँछन्, तब तिनीहरूले बारम्बार हस्तक्षेप भोग्‍ने मात्र नभई, तिनीहरूको सुरक्षा पनि सुनिश्‍चित हुन सक्दैन। त्यसोभए, किन तिनीहरूलाई त्यहाँ बस्‍न लगाइरहने त? त्यो स्पष्ट रूपमै खतरनाक ठाउँ हो, जहाँ बस्‍न उपयुक्त हुँदैन—तिनीहरूलाई तुरुन्तै स्थानान्तर गरिनुपर्छ। अगुवा र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूका लागि स्थानको बन्दोबस्त गरेर यस्तो सोच्दै आफ्नो हात टकटक्याउने गर्नु हुँदैन “तिनीहरूसँग खाने र बस्‍ने ठाउँ, र घामपानीबाट सुरक्षित हुने ठाउँ छ भने, ठीकै हुन्छ। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन् भने, कुनै समस्या हुँदैन। आखिर हामीले यति धेरै उपयुक्त ठाउँ कहाँ नै पो भेट्टाउनेछौँ र?” यो अत्यन्तै गैरजिम्मेवार कार्य हो! यदि त्यो बेला उपयुक्त ठाउँ उपलब्ध छैन भने, तिनीहरू त्यहाँ अस्थायी रूपमा रहन सक्छन्, तर तैँले तिनीहरूलाई जतिसक्दो चाँडो स्थानान्तर गर्नका लागि तुरुन्तै कुनै उपयुक्त स्थान खोज्नुपर्छ; यसलाई दीर्घकालीन निवासका रूपमा नलि।

कतिपय अगुवा र कामदारहरूले वास्तविक काम गर्दैनन्। तिनीहरूले निश्‍चित ठाउँमा महत्त्वपूर्ण कार्य-कर्मचारीहरूका लागि स्थानको बन्दोबस्त गर्छन्, खाने-पिउने र विश्रामका अवस्थाहरू कस्ता छन् भनेर सोध्छन्, र कुनै गैरविश्‍वासीहरूले तिनीहरूको निगरानी गरिरहेका छन् कि छैनन् भनेर सोध्छन्। केही दिनसम्‍म कुनै असामान्य कुरा देखिएको छैन भन्‍ने सुनेपछि, तिनीहरूले त्यो मामलालाई त्यतिकै छोडिदिन्छन्, र छ महिना वा त्योभन्दा बढी समयसम्म तिनको अवस्था जाँच गर्दैनन्। तिनीहरू आफूले राम्ररी स्थानको बन्दोबस्त नै गरेको छु र आफ्नो जिम्मेवारी पूरा गरेको छु भन्‍ने विश्‍वास गर्छन्, र यसरी तिनीहरूले सबै कुरा पूरा भएको र ठीकै भएको सोच्छन्। जहाँसम्‍म पछि वातावरणमा हस्तक्षेप हुनेछ कि छैन वा सुरक्षाका कुनै सम्भावित खतराहरू छन् कि छैनन् भन्‍ने कुरा छ, तिनीहरूले यसमा थप ध्यान दिँदै दिँदैनन्। के यो उचित हो त? (होइन।) यो किन उचित होइन? (स्थानहरूको बन्दोबस्त गरेपछि, अगुवा र कामदारहरूले अनुगमन गर्नुपर्छ। यदि तिनीहरूले अनुगमन गरेनन्, र दाजुभाइ-दिदीबहिनीहरू खतरनाक परिस्थितिमा परे अनि तिनीहरू स्थानान्तर हुन सकेनन् भने, तिनीहरू पक्राउ पर्न सक्छन्।) तर कतिपय अगुवा र कामदारहरू सोच्छन्, “तिमीहरू सबै वयस्क हौ—के मैले साँच्‍चै अनुगमन गर्नुपर्छ? के तिमीले खतरा छ कि छैन भनेर देख्‍न सक्दैनौ र? सक्दैनौ भने, तिम्रो दिमागले काम गरिरहेको छैन! यदि तिमीले खतरा देख्यौ भने, आफै अर्को ठाउँमा सर—के मैले तिमीलाई साँच्‍चै भनिरहनुपर्छ र?” तिनीहरूले यसरी तर्क गर्छन्। के तिमीहरूलाई यो तर्क उचित छ जस्तो लाग्छ? (छैन।) किन छैन? (किनभने महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्नेहरूको सुरक्षा सुनिश्‍चित गर्नु अन्तर्निहित रूपमै अगुवा र कामदारहरूको जिम्मेवारी हो; यो तिनीहरूले पूरा गर्नुपर्ने तिनीहरूको भूमिकामा समावेश भएको काम हो।) तिनीहरूले यसलाई अगुवा र कामदारहरूले गर्नुपर्ने कामको भागका रूपमा लिँदैनन्; तिनीहरूले यो दाजुभाइ-दिदीबहिनीहरूलाई सहयोग गर्नु मात्रै हो, असल कामकुरा गर्ने ली फेङको उदाहरण पछ्याउनुजस्तै हो भन्‍ने सोच्छन्। तिनीहरूले यसलाई मण्डलीको कामको रक्षा गर्न गरिएको कार्यका रूपमा पनि लिँदैनन्, बरु यसलाई मण्डलीको कामसँग सम्बन्धित नभएको, कर्मचारीहरूको स्थानको बन्दोबस्तका रूपमा मात्रै लिन्छन्। के तैँले यो मूर्खतापूर्ण कुरा हो भनेर भन्दैनस्? कस्तो व्यक्तिले यसरी सोच्ने गर्छ? (जिम्मेवारीबोध नभएको व्यक्तिले।) ती अल्छी, बेइमान, र गैरजिम्मेवार झूटा अगुवाहरूले यसरी नै सोच्छन्। तिनीहरूले परमेश्‍वरको घरको कामलाई कायम राख्ने गर्दैनन्; दाजुभाइ-दिदीबहिनीहरूका लागि ठाउँको बन्दोबस्त गरेपछि, तिनीहरूले सोच्छन्, “मैले तिमीहरूका लागि यति राम्रो स्थानमा बस्‍ने ठाउँ मिलाएँ—मैले तिमीहरूलाई कति ठूलो उपकार गरेको छु!” तिनीहरूले यसलाई मण्डलीको कामलाई कायम राख्ने कार्यका रूपमा लिँदैनन्। अगुवा र कामदारहरूका रूपमा, यदि तैँले महत्त्वपूर्ण कार्य-कर्मचारीहरूका लागि उचित रूपमा स्थानको बन्दोबस्त गर्दैनस् र तिनीहरूको सुरक्षा प्रभावकारी रूपमा सुनिश्‍चित गर्दैनस् भने, यदि तिनीहरूले खतरा सामना गर्छन् र आफ्नो कर्तव्य सामान्य रूपमा निर्वाह गर्न सक्दैनन् भने, के मण्डलीको काममा ढिलाइ हुनेछैन र? तैँले सुरुमा तिनीहरूका लागि उचित रूपमा बस्‍ने स्थानहरू मिलाउनुपर्छ ताकि तिनीहरूको सुरक्षा सुनिश्‍चित होस्, अनि त्यसपछि मात्रै तिनीहरूले सामान्य रूपमा काम गर्न अघि बढ्न सक्छन्। तर ती झूटा अगुवाहरूले त्यसरी सोच्दैनन्; तिनीहरूले यी मानिसहरूलाई कुनै स्थानमा छोडिदिन्छन् र त्यसपछि बेवास्ता गर्छन्, र लामो समयसम्म तिनीहरूको अवस्थाबारे कुनै जाँच गर्दैनन्। जब खतरनाक परिस्थिति पैदा हुन्छ र तिनीहरूले आफ्नो अगुवालाई सम्पर्क गर्न सक्दैनन्, तब तिनीहरूसँग आफै स्थानान्तर हुनेबाहेक अरू कुनै विकल्प हुँदैन। अगुवाले यो कुरा थाहा पाएर जाँच गर्न जाऊञ्जेल ती मानिसहरू धेरै पहिले गइसकेका हुन्छन्, र तिनीहरू कहाँ गएका छन् भन्‍ने कुरा अगुवालाई थाहै हुँदैन। यो कस्तो व्यक्ति हो? यो कस्तो अगुवा वा कामदार हो? झूटो अगुवा। विशेषगरी अरू क्षेत्रबाट आएका र स्थानीय वातावरणसँग अपरिचित रहेका दाजुभाइ-दिदीबहिनीहरूका हकमा, अगुवा र कामदारहरूले नियमित रूपमा भेटेर अनुगमन गर्नु अझै बढी आवश्यक हुन्छ। अगुवा र कामदारहरूले तिनीहरूका लागि एक पटक स्थानको बन्दोबस्त गरिसकेपछि यसले सबै कुरा स्थायी रूपमा समाधान गर्छ भन्‍ने अनुमान गर्नु हुँदैन; वास्तवमा, यो काम पूरा भएकै हुँदैन। तिनीहरूले उनीहरूलाई बारम्बार भेट्नु र अनुगमन गर्नुपर्छ। यदि अगुवा र कामदारहरूलाई त्यो स्थानमा आफै जान असहज हुन्छ भने, तिनीहरूले जाँच गर्न अरूलाई खटाउनुपर्छ। कम्तीमा पनि, तिनीहरूले यो कामको अनुगमन गर्नुपर्छ—यी महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको जिउने वातावरणको मूल्याङ्कन गर्नुपर्छ, कुनै खतरा छ कि वा कुनै असामान्य कुरा छ कि, वा कुनै विशेष परिस्थितिहरू देखा परेका छन् कि, र स्थानान्तर गर्नु आवश्यक छ कि भनेर जाँच गर्नुपर्छ। यो सबै कुराबारे जानकारी लिनु र अनुगमन गर्नुपर्छ। यदि छोटो अवधिका लागि यो ठाउँ सबैभन्दा उपयुक्त देखिन्छ भने, ठीकै छ, तर केही समयपछि, तिनीहरू उनीहरूको वातावरण र सुरक्षाबारे जाँच गर्न, र उनीहरूसँग पर्याप्त खाना र आपूर्ति छ कि छैन भनेर जाँच गर्न फेरि जानुपर्छ—यी सबै विवरणहरूबारे सोधखोज गर्नुपर्छ। अगुवा र कामदारहरूले महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको काम नबुझ्ने सम्भावना पनि हुन्छ, र त्यस्तो अवस्थामा तिनीहरूले त्यो पक्षमा हस्तक्षेप गर्नु हुँदैन, तर तिनीहरूका लागि उचित रूपमा स्थानको बन्दोबस्त गर्ने काम अगुवा र कामदारहरूको जिम्मेवारी हो—त्यो काम नगर्नु भनेको आफ्‍नो जिम्मेवारीबाट च्युत हुनु हो र यसले तिनीहरू वास्तविक काम नगर्ने झूटा अगुवाहरू हुन् भन्‍ने देखाउँछ। विशेषगरी अरू क्षेत्रका दाजुभाइ-दिदीबहिनीहरूका हकमा, तिनीहरूलाई थप, र नजिकबाट ध्यान दिइनुपर्छ र तिनीहरूप्रति लापरवाह व्यवहार गर्नु हुँदैन। अगुवा र कामदारहरूले बेलाबेलामा तिनीहरूको हालखबर बुझ्‍नुपर्छ, र तिनीहरूले समाधान गर्नुपर्ने कुनै कठिनाइहरू छन् कि, र यस अवधिमा तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेको वातावरणमा कुनै समस्या वा विशेष परिस्थितिहरू आएका छन् कि, उदाहरणका लागि, स्थानीय सरकार, टोल समिति, वा पुलिस चौकीसँग सम्बन्धित कुनै असामान्य क्रियाकलाप भएको छ कि भनेर हेर्नुपर्छ। अगुवा र कामदारहरूले पूर्ण जानकार रहनका लागि यी कुराहरूबारे जाँचबुझ र सोधखोज गरिरहनुपर्छ। त्यसपछि, अगुवा र कामदारहरूले आफ्नो कर्तव्य निर्वाह गर्नेहरूको उचित रूपमा अतिथिसत्कार गर्ने र रक्षा गर्नेसम्बन्धी सिद्धान्त र अभ्यास मार्गहरूबारे अतिथिसत्कारकसँग सङ्गति गर्नुपर्छ, ताकि अतिथिसत्कारकले अभ्यासका यी सिद्धान्त र मार्गहरू पूर्ण रूपमा बुझ्‍न सकोस्। तर यति गरेपछि सबै कुरा सक्‍कियो भन्‍नेचाहिँ हुँदैन। अगुवा र कामदारहरूले बेलाबेलामा अतिथिसत्कारक परिवारलाई भेटेर परिस्थितिबारे सोधखोज पनि गर्नुपर्छ। कुनै पनि समस्याहरू पैदा नहुने कुरा सुनिश्‍चित गर्नका लागि तिनीहरूले आफूले पत्ता लगाएका कुनै पनि मामला तुरुन्तै समाधान गरिहाल्‍नुपर्छ। त्यसपछि मात्रै काम साँच्‍चिकै राम्ररी पूरा हुन्छ। यदि अतिथिसत्कारकले अतिथिसत्कार गर्ने कार्यमा कठिनाइहरू सामना गर्‍यो, जस्तै पैदा हुने परिस्थितिहरूमा आर्थिक सीमितता वा बुद्धिको कमीले गर्दा तिनीहरूले प्रतिक्रिया दिन वा त्यसलाई सम्हाल्न नसक्‍ने परिस्थिति आइपर्यो भने, अगुवा र कामदारहरूले ती समस्याहरू समाधान गर्न सहयोग गर्नैपर्छ। आर्थिक सीमितताहरू समाधान गर्न सजिलो छ—परमेश्‍वरको घरले अतिथिसत्कारका लागि पैसा प्रदान गर्न सक्छ, जबकि अतिथिसत्कारक परिवारले जनशक्ति योगदान मात्रै दिनुपर्छ। यदि अतिथिसत्कारकमा बुद्धिको कमी छ भने, त्यो ठूलो समस्या हो। अगुवा र कामदारहरूले यो क्षेत्रसँग सम्बन्धित आवश्यक बुद्धि र अभ्यासका केही सिद्धान्तहरू स्पष्ट रूपमा व्याख्या गर्नैपर्छ। यदि अतिथिसत्कारकमा अझै पनि कमी रह्यो भने, अगुवा र कामदारहरूले यो काम राम्ररी अघि बढाउनका लागि अतिथिसत्कारकसँग सहकार्य गर्न नजिकैको कोही बुद्धिमानी दाजुभाइ वा दिदीबहिनी खोज्नुपर्छ। यदि समस्या अतिथिसत्कारक आफैमा छ भने—जस्तै ऊ डरपोक छ वा उसले गिरफ्तारीको डर मान्छ भने—अगुवा र कामदारहरूले साथ र सहयोग प्रदान गर्न सत्यतामा सङ्गति गर्नुपर्छ, र परमेश्‍वरका अभिप्रायहरू साथै यो कर्तव्य निर्वाह गर्नुको मूल्य र महत्त्वबारे सङ्गति गर्नुपर्छ। यदि यो वस्तुगत वातावरणको समस्या हो भने, यसमा ढिलाइ गर्ने वा यसलाई त्यतिकै छोड्‍ने गर्नु हुँदैन, र यसलाई अवश्यै लापरवाहीपूर्वक लिनु पनि हुँदैन; यसलाई तुरुन्तै समाधान गरिनुपर्छ। उदाहरणका लागि, यदि यो ठाउँप्रति मानिसहरूको ध्यान आकर्षित भइसकेको छ, शङ्कास्पद अपरिचित मानिसहरू प्रायजसो त्यो क्षेत्रमा आउनेजाने गर्छन्, र कसैले त्यो स्थानको निगरानी गर्ने सम्भावना छ भने, यसले गुप्त खतरा पैदा गर्छ। त्यसकारण, तुरुन्तै दाजुभाइ-दिदीबहिनीहरूलाई स्थानान्तर गर—कुनै घटना घटुञ्जेल पर्खिँदा ढिला भइसकेको हुनेछ। यदि परिस्थिति अस्थायी हो र यो सामान्य र नियमित प्रक्रिया मात्रै हो भने, यसलाई अझै पनि मुस्किलले मात्र निप्टाउन सकिन्छ: यसबाट जोगिनका लागि दाजुभाइ-दिदीबहिनीहरूलाई एकदुई दिनसम्म अस्थायी रूपमा अन्त कतै पठाओ, अनि पछि तिनीहरू फर्केर आउन सक्छन्। यदि यसप्रति मानिसहरूको ध्यान आकर्षित भइसकेको छ भने, त्यहाँ बस्‍नु उपयुक्त विकल्प हुँदैन, र स्थायी रूपमा अन्त सर्नु जरुरी हुन्छ। यी अगुवा र कामदारहरूले यो काममा सम्हाल्नुपर्ने र समाधान गर्नुपर्ने केही विस्तृत समस्याहरू यिनै हुन्। यो काम भनेको मानिसहरूलाई खाने र बस्‍ने बन्दोबस्तसहित कुनै ठाउँमा राखेर काम पूरा भयो भनेर भन्‍नु मात्रै होइन; यसमा धेरै मिहिन कुराहरू समावेश हुन्छन्। विशेषगरी चीनजस्तो देशमा, जहाँ वातावरण विशेष रूपमा शत्रुवत् छ र धार्मिक सतावट गम्भीर छ, त्यहाँ अगुवा र कामदारहरूले महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको जिउने वातावरण र सुरक्षा समस्याहरूप्रति अझै बढी ध्यान दिनुपर्छ र नजिकबाट निगरानी गर्नुपर्छ। तिनीहरू लापरवाह हुनु हुँदैन। यी महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति हुने र तिनीहरूले मनमा शान्ति लिएर आफ्नो कर्तव्य निर्वाह गर्न सक्‍ने कुरा सुनिश्‍चित गर्नका लागि निश्‍चित कामका सबै पक्षहरू राम्ररी पूरा गरिनैपर्छ। यसरी, काम राम्ररी पूरा हुन्छ। अतिथिसत्कारक परिवारहरूका हकमा अगुवा र कामदारहरूले गर्नैपर्ने काम यही हो, र यसमा निकै धेरै कुराहरू समावेश छन्।

कतिपय अगुवा र कामदारहरूले निश्‍चित महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई उचित अतिथिसत्कारक घरमा राख्‍ने बन्दोबस्त गरेपछि, तिनीहरूलाई पूर्ण रूपमा बेवास्ता गर्छन् र अतिथिसत्कारक परिवारहरूको परिस्थितिबारे निरन्तर अनुगमन गर्दैनन्। तिनीहरू भन्छन्, “म हरेक दिन मण्डलीको काममा व्यस्त हुन्छु—मसँग यी मानिसहरूलाई भेट्ने समय कसरी हुन सक्छ र? यसबाहेक, अरू धेरै कामहरू छन्, र यो निकै खतरनाक पनि छ। हाम्रो काम गर्नु त्यति सजिलो छैन!” तिनीहरूले निरन्तर वस्तुगत कारणहरूमा जोड दिन्छन्, तैपनि आफ्नै जिम्मेवारीहरू पूरा गर्न तिनीहरू चाहँदै चाहँदैनन्। तिमीहरूलाई के लाग्छ—के तिनीहरूको यो अभिव्यक्ति जायज छ? (छैन।) किन छैन? (वास्तवमा, यो काम गर्नका लागि अगुवा र कामदारहरूको धेरै समय र ऊर्जा चाहिँदैन। तिनीहरूले बाहिर जाँदा उनीहरूलाई भेट्न सक्छन्। अनि यदि तिनीहरूसँग समय छैन भने, तिनीहरूले नजिकका दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्न लगाउन पनि सक्छन्।) यदि अगुवा र कामदारहरूले यो काम राम्ररी गर्न चाहन्छन् भने, तिनीहरूलाई आफ्नो प्राथमिक कामले अलिक व्यस्त राखे पनि, तिनीहरूले अझै पनि यो काममा ध्यान दिन समय निकाल्नेछन्। यदि तिनीहरूसँग आफै जाने समय छैन भने, तिनीहरूले अरूलाई पठाउन सक्छन्। तिनीहरूले अरूलाई पठाउने बन्दोबस्त गरे पनि वा आफै गए नि, अन्ततः यो काम अगुवा र कामदारहरूको जिम्मेवारीको दायराभित्रै पर्छ। यो काम राम्ररी गर्नु अगुवा र कामदारहरूको महत्त्वपूर्ण जिम्मेवारी हो, र यसलाई बेवास्ता गर्नु हुँदैन। यदि अगुवा र कामदारहरू अत्यन्तै व्यस्त छन् र तिनीहरूसँग समय छैन, र तिनीहरूले अरूलाई पठाउने बन्दोबस्त पनि गर्दैनन् भने, कसैले पनि यो मामलालाई सम्हाल्नेछैन। यदि केही गलत भयो भने, यो अगुवा र कामदारहरूको जिम्मेवारीच्युतता हुन्छ। महत्त्वपूर्ण कर्तव्य निर्वाह गरिरहेकाहरूलाई बाहिरी संसारको हस्तक्षेप भोग्‍नबाट रोक्नको लागि, अगुवा र कामदारहरूले समस्याहरूका सबै पक्षहरूलाई ध्यान दिनैपर्छ, र उनीहरूले आफ्नो कर्तव्य शान्तिपूर्वक पूरा गर्न र आफूले हातमा लिएको काम व्यवस्थित रूपमा अघि बढाउन सक्‍ने कुराको हरसम्भव प्रत्याभूति गर्नुपर्छ। यदि महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई राम्ररी रक्षा गरियो भने, यो महत्त्वपूर्ण कामको रक्षा गर्नुसरह हो। जब महत्त्वपूर्ण कार्य-कर्मचारीहरूले सामान्य रूपमा काम गर्न सक्छन्, तब महत्त्वपूर्ण काम पनि व्यवस्थित रूपमा अघि बढ्न सक्छ। त्यसकारण, अगुवा र कामदारहरूले महत्त्वपूर्ण कार्य-कर्मचारीहरू रक्षा गर्नुको उद्देश्य वास्तवमा हरेक महत्त्वपूर्ण कामको रक्षा गर्नु हो। यदि कतिपय अगुवा र कामदारहरूले “तपाईँले महत्त्वपूर्ण कर्तव्य निर्वाह गरिरहनुभएको छ र मलाई तपाईँको रक्षा गर्न लगाइएको छ, तर म अगुवाइको पदमा छु, र म पनि सुरक्षित छैनँ। मैले आफ्नै सुरक्षाको समेत प्रत्याभूति गर्न सक्दिनँ, त्यसकारण मैले कसरी तपाईँहरूको रक्षा गर्न सक्छु र?” भनेर भन्छ भने—तब के यो अभिव्यक्ति सही हुन्छ? (यो सही हुँदैन।) त्यस्ता अगुवा र कामदारहरूमा कस्तो बुझाइ हुन्छ? (तिनीहरूको बुझाइ कमजोर हुन्छ; त्यस्ता मानिसहरू स्वार्थी हुन्छन् र तिनीहरूमा कुरा बङ्ग्याउने प्रवृत्ति हुन्छ।) तिनीहरू कुरा बङ्ग्याउने प्रवृत्ति भएकाहरू नै हुन्। के कुरा बङ्ग्याउने प्रवृत्ति भएका व्यक्तिहरूमा तर्कसङ्गतताको कमी हुन्छ? (हुन्छ।) यदि यी दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्थेनन्, बरु बाह्य संसारमा जागिर गरिरहेका र जीवन जिइरहेका हुन्थे भने, के तिनीहरूलाई अझै पनि सुरक्षा आवश्यक हुनेथ्यो? तिनीहरूले मण्डलीको काम र परमेश्‍वरको घरका महत्त्वपूर्ण कर्तव्यहरू निर्वाह गरिरहेका हुनाले, र तिनीहरूलाई पक्राउ गरियो भने तिनीहरूलाई जेल सजाय हुने वा तिनीहरूमाथि चोट पुग्ने वा अङ्गभङ्ग हुनेगरी कुटपिट हुन सक्ने हुनाले, र यसले मण्डलीको काममा गम्भीर असर पार्ने हुनाले नै, महत्त्वपूर्ण कार्य कर्मचारीहरूलाई राम्ररी रक्षा गरिनुपर्छ। यसरी मात्रै मण्डलीको काम व्यवस्थित रूपमा अघि बढ्न सक्छ। यदि तिनीहरू कुनै लोकतान्त्रिक देशमा छन् जहाँ धार्मिक विश्‍वासको स्वतन्त्रता छ र परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई सताउने गरिँदैन भने, यो काम अगुवा र कामदारहरूका लागि सरल बन्छ। तिनीहरूले केवल उपयुक्त घर मात्र खोज्नुपर्छ, र कर्तव्य निर्वाह गर्नेहरूका लागि केवल स्थानीय कानुन र प्रावधानहरूअनुसार उचित रूपमा स्थानको बन्दोबस्त मात्र गर्नुपर्छ। बढीमा, तिनीहरूले उनीहरूको हालैको दैनिक जीवन कसरी अघि बढिरहेको छ र जिउने वातावरणले कुनै सरकारी प्रावधानहरू उल्लङ्घन गर्छ कि गर्दैन भनेर मात्रै सोधखोज गर्नुपर्छ। यदि उल्लङ्घन भएको छ भने, समस्या के हो, साथै यसलाई कसरी सुधार र समाधान गर्ने भनेर स्पष्ट पार्नु आवश्यक हुन्छ। यदि कुनै उल्लङ्घन भएको छैन, तर सरकारले समस्या पैदा गरिरहेको छ, वा दुष्ट मानिसहरू वा अज्ञात व्यक्तिहरूले दुर्व्यवहार गरिरहेका छन् भने, यी कुराहरू उचित रूपमा सम्हाल्न वकीलसँग परामर्श लिनु आवश्यक हुन्छ। कतिपय स्वतन्त्र र लोकतान्त्रिक देशमा, बढीमा यस्तो काम मात्रै गर्नुपर्ने हुन्छ। तर, धार्मिक विश्‍वासको कुनै स्वतन्त्रता नभएका तानाशाही देशहरूमा, अतिथिसत्कारक परिवारहरूका वातावरण र अवस्थाहरूसम्बन्धी मागहरू अझै कडा हुनुपर्छ, अनि सुरक्षाबारे अझै धेरै र अझै विस्तृत काम गरिनुपर्छ। अवश्य नै, त्यस्तो काममा संलग्‍न हुने कठिनाइ पनि अझै ठूलो नै हुन्छ। महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट रक्षा गर्ने कामको हकमा भन्‍नुपर्दा, यदि वातावरणको हरेक पक्षलाई राम्ररी विचार गरियो भने, त्यो वातावरणबाट आउने हस्तक्षेपहरू तुलनात्मक रूपमा कम हुनेछन्। यदि बाहिरी वातावरण र आन्तरिक वातावरण दुवैलाई पूर्ण रूपमा ध्यान दिइयो भने, एउटा वास्तविक र व्यवहारिक मार्ग भेट्टाउन सकिन्छ। यसरी, वातावरणलाई केही हदसम्म सुधार गर्न सकिन्छ, र हस्तक्षेपहरूलाई घटाउन सकिन्छ। यो शैली तुलनात्मक रूपमा अलिक उचित हुन्छ।

महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई सुरक्षित राख्‍ने

अ. आस्थालाई सताइने देशहरूमा परमेश्‍वरका चुनिएका मानिसहरूको सुरक्षा कसरी सुनिश्‍चित गर्ने

अगुवा र कामदारहरूको पन्ध्रौँ जिम्मेवारी भनेको, सर्वप्रथम, महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट रक्षा गर्नु हो; यसअलावा, अगुवा र कामदारहरूले यी मानिसहरूलाई सुरक्षित पनि राख्‍नैपर्छ। तिनीहरूलाई सुरक्षित राख्‍नेसम्बन्धी मागहरू अझै कडा छन्। सुरुमा हामी सुरक्षामा कुन-कुन पक्षहरू संलग्‍न हुन्छन् भन्‍ने कुरालाई हेरौँ—तिमीहरूले सुरक्षासँग सम्बन्धित कुन-कुन कुराहरूबारे सोच्न सक्छौ? महत्त्वपूर्ण कर्तव्य पूरा गर्नेहरूको सुरक्षा सुनिश्‍चित गर्नका लागि, सुरुमा तिनीहरूलाई बाहिरी संसारको हस्तक्षेपले असर नगर्ने कुराको प्रत्याभूति गर्नु जरुरी हुन्छ—न्यूनतम रूपमा हासिल गर्नैपर्ने कुरा यही हो, र यही जगमा मात्रै अन्त्यमा तिनीहरूको सुरक्षा सुनिश्‍चित गर्न सकिन्छ। हामीले यहाँ कुरा गरिरहेको सुरक्षा भनेको कर्तव्य पूरा गरिरहेकाहरूलाई बाधा नदिइने वा पक्राउ नगरिने र तिनीहरूले सामान्य रूपमा कर्तव्य पूरा गर्न सक्‍ने कुराको प्रत्याभूति गर्न सक्नु हो। यो यति सरल कुरा हो। यदि अगुवा र कामदारहरूले कर्तव्य पूरा गरिरहेकाहरूलाई हस्तक्षेप र गिरफ्तारीबाट रक्षा गरिने कुराको प्रत्याभूति गर्न सक्दैनन् भने, तिनीहरूको सुरक्षा सुनिश्‍चित हुने कुनै उपाय हुँदैन। यसबारे विचार गर त—महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको सुरक्षा सुनिश्‍चित गर्नका लागि अगुवा र कामदारहरूले के कुरामा ध्यान दिनुपर्छ? पहिला त तिनीहरूले महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई उपयुक्त स्थानमा राख्‍ने बन्दोबस्त गर्नुपर्छ। उपयुक्त स्थान भनेको के हो? यसले कम्तीमा पनि दुईवटा सर्तहरू पूरा गर्नुपर्छ। पहिलो, यो स्थान वातावरणको हस्तक्षेपबाट मुक्त हुनुपर्छ। दोस्रो, यसले ध्यान आकर्षित गर्नु हुँदैन; यो परिवारले परमेश्‍वरमा विश्‍वास गर्छ र अरूलाई अतिथि सत्कार गर्छ भन्‍ने कुरा केही स्थानीय दाजुभाइ-दिदीबहिनीहरूलाई मात्रै थाहा हुनुपर्छ, र अरू कसैलाई थाहा हुनु हुँदैन। यस्तो ठाउँ मात्रै महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेकाहरूलाई अतिथि सत्कार गर्नका लागि उपयुक्त हुन्छ। यी महत्त्वपूर्ण कार्य-कर्मचारीहरू त्यहाँ सरेपछि, हरेक व्यक्तिको नाम र जन्मस्थान जस्ता व्यक्तिगत जानकारी, साथै ऊ संलग्न हुने मण्डलीको कामको प्रकार र उसलाई सरकारले पहिले पक्राउ गरेको वा हाल खोजिरहेको छ कि छैन भन्‍नेजस्ता खास परिस्थितिहरू यत्तिकै अरूलाई खुलासा गर्नु हुँदैन। यस्ता कुराहरू जति कम मानिसहरूलाई थाहा हुन्छ, त्यति नै राम्रो हुन्छ। मानिसहरूको कद अत्यन्तै सानो हुने भएकाले र तिनीहरूलाई पक्राउ गरेर जेल हालियो भने तिनीहरू दह्रिलो गरी खडा हुन सक्छन् कि सक्दैनन् भन्‍ने कुरा अनिश्‍चित हुने भएकाले, तिनीहरूमा आत्म-चेतना हुनुपर्छ र तिनीहरूले भविष्यमा आफैलाई समस्यामा पार्नबाट जोगिनका लागि दाजुभाइ-दिदीबहिनीहरूको व्यक्तिगत जानकारीबारे यत्तिकै सोधखोज गर्नबाट टाढै बस्‍नुपर्छ। यससम्बन्धी सिद्धान्त र बुद्धिहरूबारे बारम्बार सङ्गति गरिनुपर्छ ताकि सबैले ती कुरा बुझून्। यो परमेश्‍वरको घरको कामका लागि मात्रै फाइदाजनक नभई हरेक व्यक्तिका लागि पनि फाइदाजनक हुन्छ। त्यसकारण, अगुवा र कामदारहरूले अतिथि सत्कारक परिवारका दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो जिब्रो काबुमा राख्‍न र अरू दाजुभाइ-दिदीबहिनीहरू वा तिनीहरूको गैरविश्‍वासी पारिवारिक सदस्यहरूलाई महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेकाहरूको व्यक्तिगत जानकारी खुलासा नगर्न निर्देशन दिनुपर्छ। के यो काम गर्नु जरुरी हुन्छ? (हुन्छ।) अतिथि सत्कारक परिवारका कतिपय दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो जिब्रो काबुमा राख्‍न सक्दैनन्। उदाहरणका लागि, कसैले केही अगुवा र कामदारहरूलाई अतिथि सत्कार गरेको थियो, र त्यसपछि ऊ ती मानिसहरूका व्यक्तिगत परिस्थिति, पारिवारिक पृष्ठभूमि, र तिनीहरूले पूरा गरिरहेका कर्तव्यहरूसँग परिचित भयो। अनि त्यसपछि, उसले आफ्ना छोराछोरीलाई भन्यो, “हेर, ऊ पनि तिमीहरूकै उमेरको हो। उसले परमेश्‍वरमा विश्‍वास गरेको दश वर्ष भयो र उसले आफ्नो कर्तव्य पूरा गर्न आफ्नो जागिरसमेत छोडेको छ। उसले फलानो सहरको सरकारी विभागमा काम गर्थ्यो, र उसको वार्षिक आम्दानी दशौँ हजार युआन हुन्थ्यो!” हेर् त, उसले त्यतिकै कुरा गरिरहेझैँ गरी महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेकाहरूको अवस्था आफ्नो गैरविश्‍वासी पारिवारिक सदस्यहरूसामु खुलासा गर्‍यो। कति मानिसहरूले त यसभन्दा पहिले पक्राउ गरिएका र जेल हालिएका दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथि सत्कार गर्दा, आफ्नो परिवारका सदस्यहरूलाई यसो समेत भन्छन्, “हेर् त, तिनीहरू वर्षौँ जेल बसेका थिए र तिनीहरू कहिल्यै यहूदा बनेनन्। रिहा भएपछि पनि तिनीहरूले कर्तव्य निर्वाहलाई निरन्तरता दिइरहेका छन्। अहिले सरकारले तिनीहरूलाई फेरि पक्राउ गर्न चाहन्छ, त्यसकारण तिनीहरू आफ्नो परिवारलाई भेट्न घर जान सक्दैनन्, तैपनि तिनीहरू नकारात्मक हुँदैनन्। तिनीहरूको आस्था कति ठूलो छ, देखिस्? तैँले चाहिँ किन उचित रूपमा विश्‍वास गर्न नसकेको?” यसरी, तिनीहरूले आफ्ना छोराछोरीलाई निर्देशन दिने विधिमार्फत यत्तिकै दाजुभाइ-दिदीबहिनीहरूका महत्त्वपूर्ण जानकारी खुलासा गर्छन्। के यसले भविष्यमा समस्याहरू ल्याउन सक्छ? (सक्छ।) के यो समस्या हो? (हो।) यदि यसका कारण केही भएन भने, ठीकै छ; तर ठूलो रातो अजिङ्गरले पक्राउ सुरु गरेपछि, बाहिर निस्‍केर विश्‍वासी दाजुभाइ-दिदीबहिनीको रिपोर्ट गर्ने पहिलो व्यक्ति तिनीहरूको गैरविश्‍वासी पारिवारिक सदस्य नै हुन्छ: “अफिसर! फलानो व्यक्ति अगुवा हो—तपाईँले खोज्नुभएको व्यक्ति उही हो।” त्यसपछि धोका दिइएको त्यो व्यक्तिलाई ठूलो रातो अजिङ्गरले पक्राउ गर्छ र ऊ कुटपिटले गर्दा अधमरो हुन्छ, र त्यसपछि उसले आफ्नो कर्तव्य निर्वाह गर्न जारी राख्न वा सामान्य जीवन जिउन सक्छ कि सक्दैन भन्‍नेबारेमै प्रश्‍नहरू उठ्छन्। धोकाको परिणाम यही हुन्छ। के यो अतिथि सत्कारकको बेपरवाह बोलीले पैदा भएको होइन र? (हो।) यदि महत्त्वपूर्ण कार्य-कर्मचारीहरूले त्यस्ता सुरक्षा जोखिमहरू सामना गर्नुपर्छ भने, के यसको अर्थ अगुवा र कामदारहरूले आफ्नो काम राम्ररी गरेका छैनन् भन्‍ने होइन र? (हो।) अतिथि सत्कारकले सोच्छ, “हाम्रो परिवारका सदस्यहरू सबै असल मानिसहरू हुन्; तिनीहरूले तपाईँलाई धोका दिनेछैनन्। तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासलाई समर्थन गर्छन्—तपाईँहरू आउँदा तिनीहरूले तरकारी र मासुसमेत किन्छन्!” तिनीहरूले आफ्ना गैरविश्‍वासी पारिवारिक सदस्यहरूलाई दाजुभाइ-दिदीबहिनीहरूजस्तै व्यवहार गर्छन्, र आफ्नो परिवारले केसम्‍म गर्न सक्छ वा आफ्नो परिवारका सदस्यहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिए भने परिणामहरू कति गम्भीर हुन सक्छन् भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्दैनन्। तिनीहरू विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको अवस्थाबारे अत्यन्तै जिज्ञासु पनि हुन्छन्, र सोध्छन्, “तपाईँ कति वर्षदेखि यो कर्तव्य पूरा गर्दै आइरहनुभएको छ? के तपाईँले कहिल्यै कुनै खतरनाक कर्तव्य पूरा गर्नुभएको छ? के तपाईँ परमेश्‍वरको विश्‍वासीका रूपमा स्थानीय स्तरमा प्रसिद्ध हुनुहुन्छ? के तपाईँलाई कहिल्यै पक्राउ गरिएको छ?” विशेषगरी परमेश्‍वरमाथिको विश्‍वासका कारण खोजीसूचीमा परेका वा पुलिस रेकर्ड भएका अनि अर्को क्षेत्र वा देशमा सुसमाचार प्रचार गरिरहेका मानिसहरूको हकमा, अतिथि सत्कारकले सधैँ यस्तो सोध्दै जानकारी मागिरहेको हुन्छ, “के तपाईँ खोजीसूचीमा पर्नुभएको हो? यो स्थानीय पक्राउ पुर्जी हो कि प्रान्तीय पक्राउ पुर्जी हो कि राष्ट्रिय पक्राउ पुर्जी हो?” “तपाईँको रेकर्ड छ—तपाईँलाई कति पटक पक्राउ गरिएको छ? तपाईँलाई कति वर्षको जेल सजाय भएको थियो?” तिनीहरूले यी कुराहरूबारे अत्यन्तै विस्तृत रूपमा सोधखोज गर्छन्। तिनीहरूको घरमा बस्‍ने दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरू अतिथि सत्कार गर्नमा निकै उत्साहित रहेको र तिनीहरू खराब मानिसहरू नरहेको देख्छन्। तिनीहरूलाई यो जानकारी नबाँड्दा अलि अशिष्ट देखिएला जस्तो लाग्छ, जसले तिनीहरूलाई कठिन स्थितिमा पार्छ। कतिपय मानिसहरूलाई त केही कुरा भन्‍नैपर्ने विवशता महसुस हुन्छ, र बोलिसकेपछि त्यसले कहिलेकाहीँ अपरिहार्य रूपमै गम्भीर परिणामहरू निम्त्याउँछ। त्यसकारण, अगुवा र कामदारहरूले अतिथि सत्कारकलाई सिधै यस्तो निर्देशन दिनुपर्छ: “दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथि सत्कार गर्ने क्रममा तपाईँले पालना गर्नैपर्ने केही नियमहरू छन्। लापरवाही रूपमा सोधपुछ नगर्नुहोस् वा प्रश्‍नहरू नगर्नुहोस्—उनीहरूबारे धेरै थाहा पाउँदा तपाईँलाई फाइदा हुँदैन। यदि कुनै केही भयो र तपाईँले यातनाको कष्ट सहन सक्‍नुभएन भने, तपाईँ यहूदा बन्‍न सक्‍नुहुन्छ। त्यस्तो अवस्थामा, तपाईले जानेको र बुझेको जानकारीले मूलभूत रूपमै तपाईँ यहूदा बन्‍ने बाटो खुलाइदिन्छ। यदि त्यसो भयो भने, यसले तपाईँलाई आजीवन पछुतोमा पार्नेछ, र तपाईँले अन्त्यमा दण्ड सामना गर्नुहुनेछ। यदि तपाईँलाई यी विवरणहरू थाहा छैन भने, तपाईँ यहूदा बन्‍नुहुनेछैन। त्यसकारण, तपाईँले यी कुराहरूबारे सोधपुछ गर्ने वा जान्‍ने प्रयास गर्नै हुँदैन। यी कुराहरूको अज्ञानताले तपाईँलाई रक्षा गर्छ र यसले तपाईँलाई तपाईँको अतिथि सत्कारको काममा वा परमेश्‍वरमाथिको विश्‍वासमा गरिने सत्यता प्राप्तिमा असर गर्दैन। तपाईँलाई यी कुरा थाहा नभएकै राम्रो हुन्छ। तपाईँलाई यी दाजुभाइ-दिदीबहिनीहरू आफ्नो कर्तव्य पूरा गर्न आएका हुन् र तिनीहरू खराब मानिसहरू वा दुष्ट मानिसहरू होइनन् भन्‍ने कुरा स्पष्ट रूपमा थाहा छँदै छ, त्यसकारण थप सोधपुछ गर्नु आवश्यक छैन। तपाईँले तिनीहरूलाई अतिथि सत्कार गर्ने आफ्नो कर्तव्य पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र तिनीहरूको सुरक्षाको प्रत्याभूति गर्नु नै पर्याप्त हुन्छ।” यो अगुवा र कामदारहरूले गर्नैपर्ने एउटा काम हो। यसका साथै, आफ्नो आस्थामा जग नभएका र नाममात्रका स्थानीय विश्‍वासीहरू, प्याच्‍च बोल्ने र सोधखोज गर्ने प्रवृत्ति भएका, सरकारी कर्मचारीहरूसँग नजिकको सम्पर्कमा रहने, र समस्या आइपर्दा तुरुन्तै कछुवाले टाउको लुकाएजस्तै लुक्‍ने—र मण्डलीलाई धोका समेत दिन र यहूदा बन्‍न सक्‍नेहरूलाई—अतिथि सत्कारक परिवारहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथि सत्कार गरिरहेका छन् भन्‍ने कुरा पटक्‍कै थाहा पाउन दिनु हुँदैन। यदि महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई अतिथि सत्कार गर्ने काममा सहयोग गर्न केही दाजुभाइ-दिदीबहिनीहरूको आवश्यकता पर्‍यो भने, सहकार्य गर्नका लागि परमेश्‍वरमाथिको विश्‍वासमा जग बसालेका र बुद्धि भएका मानिसहरूलाई मात्रै छनौट गर्नुपर्छ। जग वा बुद्धि नभएका मानिसहरू पटक्‍कै उपयुक्त हुँदैनन्। त्यसोभए सहयोग ठ्याक्‍कै कसरी प्रदान गरिनुपर्छ? अतिथि सत्कारक परिवारका दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो घरमा अतिथि सत्कार गर्ने कार्यमा ध्यान दिनुपर्छ, जबकि बुद्धि र आस्था भएका स्थानीय दाजुभाइ-दिदीबहिनीहरूले बाहिरबाट ढाकछोप गर्दै र वातावरणको रक्षा गर्दै सहयोग गर्नुपर्छ। तिनीहरूले प्रभावशाली मानिसहरूसँग सङ्गत गर्नुपर्छ, र सरकारी नीति, प्रचलन, र सम्भावित कार्बाहीहरूबारे जानकार हुनुपर्छ, र अतिथि सत्कारक परिवारका दाजुभाइ-दिदीबहिनीहरूलाई तुरुन्तै सूचित गर्नुपर्छ। यसरी, यदि सरकारले कुनै पक्राउ अभियान सुरु गर्‍यो भने, तुरुन्तै रोकथामका उपायहरू अपनाउन सकिन्छ, र अझै पनि निकासी गर्ने र ठाउँ सर्ने, वा लुक्‍ने समय हुनेछ, यसरी कुनै पनि खतराबाट जोगिन सकिनेछ। यसरी मात्रै महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेकाहरूको सुरक्षा आधारभूत रूपमा सुनिश्‍चित गर्न सकिन्छ। छोटकरीमा भन्दा, अगुवा र कामदारहरूले यो कामलाई सरल मानसिकताले लिनु ठीक हुँदैन; यस विषयमा जटिल रूपमा सोच्नु नै सरल रूपमा सोच्नुभन्दा सधैँ राम्रो हुन्छ, किनभने सुरक्षाका मामिलाहरूलाई बेवास्ता गर्न मिल्दैन—यदि केही गलत भयो भने, त्यो सानो समस्या हुनेछैन!

महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको सुरक्षा सुनिश्‍चित गर्ने काममा ध्यान दिनुपर्ने खास परिस्थितिहरू पनि छन्। कति मानिसहरूले परमेश्‍वरका वचनका पुस्तकहरू ढुवानी गर्ने, वा असुरक्षित भइसकेका क्षेत्रहरूमा कार्य निर्देशनहरू पुर्‍याउने वा परिणामहरू सम्हाल्‍नेजस्ता जोखिमपूर्ण कर्तव्यहरू सम्हाल्छन्। यस्तो खतरनाक काम गरिरहेकाहरू महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेकाहरूसँग कहिल्यै सँगै बस्‍नु हुँदैन, र तिनीहरूलाई ती व्यक्तिहरू कहाँ बस्छन् वा कुन परिवारले तिनीहरूलाई अतिथि सत्कार गरिरहेको छ भन्‍ने कुरा नै थाहा हुनु हुँदैन। किनभने खतरनाक काम गरिरहेकाहरू कुनै पनि बेला पिछा गरिएर पक्राउ पर्ने जोखिममा हुन्छन्। यदि तिनीहरूलाई पक्राउ गरियो र यातना दिइयो भने, तिनीहरूले मण्डलीलाई धोका दिन सक्छन्, जसले गर्दा महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेकाहरू र अतिथि सत्कारक परिवारहरू पनि मुछिनेछन्। के यसमा सुरक्षाको समस्या संलग्‍न हुँदैन र? यदि महत्त्वपूर्ण कर्तव्य निर्वाह गरिरहेका कतिपय मानिसहरू मामलाहरू सम्हाल्न बाहिर गए, अनि तीन दिनभित्र फर्किआउने सहमति गरे, तर तीन दिनपछि फर्किआएनन् भने, के तिमीहरू यो परिस्थिति खतरनाक हुन्छ भनेर भन्छौ? के कर्तव्य निर्वाह गर्ने अरू व्यक्तिहरू अन्यत्र सर्नुपर्छ? (पर्छ।) त्यस्ता अवस्थाहरूमा, तुरुन्तै सर्नु जरुरी हुन्छ; कुनै ढिलाइ गर्नु हुँदैन र कुनै जोखिम लिनु हुँदैन—तिनीहरूले भाग्यमा भर पर्ने मानसिकता राख्‍नु हुँदैन। कतिपय मानिसहरू अल्छी हुन्छन्, तिनीहरूलाई ठाउँ सर्नु समस्याजनक लाग्छ, अनि तिनीहरू ठाउँ सर्न अनिच्छुक हुँदै भन्छन्, “अझै एक दिन पर्खँदा के हानि हुन्छ र? सायद कुनै विशेष परिस्थितिले गर्दा तिनीहरूलाई ढिलाइ भएको हुन सक्छ।” थप एक दिन प्रतीक्षा गर्दा त्यसले खतरा बढाउने काम मात्र गर्छ। यदि तँ ठाउँ सरिस् र केही भएन भने, तँ सधैँ फर्केर आउन सक्छस्, र त्यो गल्ती हुँदैन। तर यदि तँ ठाउँ सरिनस् र तैँले थप एक दिन प्रतीक्षा गरिस् भने, कुनै घटना घट्न सक्छ, र त्यो घटना घट्दासम्‍ममा, पछुतो गर्नलाई ढिला भइसकेको हुन्छ। त्यसकारण, यदि मामलाहरू सम्हाल्न गएका दाजुभाइ-दिदीबहिनीहरू भनेको तोकिएको समयभित्र फर्किआएनन् भने, केही गलत भएको हुन सक्छ। कुनै पनि अनिष्ट घटनाबाट जोगिनका लागि, सम्बन्धित दाजुभाइ-दिदीबहिनीहरू तुरुन्तै निस्‍केर तुलनात्मक रूपमा सुरक्षित स्थानमा सर्नुपर्छ। उपयुक्त स्थान भेट्टाएपछि, तिनीहरूले धेरै ढिला नगरी आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्ने कामलाई सुचारु गर्न सक्छन्। अर्को परिस्थिति भनेको, कर्तव्य पूरा गरिरहेका दाजुभाइ-दिदीबहिनीहरूको बासस्थानको बन्दोबस्त गर्ने कामका लागि जिम्मेवार स्थानीय मण्डलीको व्यक्तिलाई ठूलो रातो अजिङ्गरले पक्राउ गर्नु हो। त्यस्ता अवस्थाहरूमा के गर्नुपर्छ? (महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई तुरुन्तै अन्यत्र सार्नुपर्छ।) अगुवा र कामदारहरूको पहिलो प्राथमिकता भनेको यी महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई तुरुन्तै तुलनात्मक रूपमा सुरक्षित स्थानमा सार्नु हो। सबैभन्दा माथि तिनीहरूको सुरक्षाको प्रत्याभूति गर्नैपर्छ। तिनीहरू कुनै पनि जोखिममा पर्नु हुँदैन। तिनीहरूलाई सारिएपछि, त्यसपछिको काम अघि बढाउन सकिन्छ। कतिपय अन्योलग्रस्त मानिसहरूमा सधैँ भाग्यमा भर पर्ने मानसिकता हुन्छ: “फलानो-फलानी पक्राउ परे, तर ठीकै छ; तिनीहरूको आस्था निकै दह्रिलो छ, र प्रतिकूल परिस्थितिहरूमा तिनीहरू सधैँ निकै दह्रिला हुन्छन्। तिनीहरू कहिल्यै धोकामा संलग्‍न हुँदैनन्। त्यसकारण, म कुनै खतरा छैन भन्‍ने कुराको प्रत्याभूति गर्न सक्छु—कोही पनि सर्नुपर्ने कुनै आवश्यकता छैन।” के यी शब्दहरू सही छन्? (छैनन्।) यसो भन्‍ने मानिसहरू पनि हुन्छन्, “तिनीहरू धोकामा संलग्‍न भए पनि छानेर मात्र धोका दिनेछन्—तिनीहरूले महत्त्वहीन कुराहरूसम्बन्धी जानकारी मात्रै खोल्नेछन्, जसले पक्‍कै पनि तपाईँहरूको सुरक्षामा असर पार्नेछैन।” के यी शब्दहरू सही छन्? (छैनन्।) यी शब्दहरू सही छैनन्! के मानिसहरूले अरूलाई छर्लङ्गै देख्‍न सक्छन्? सम्बन्धित व्यक्तिको कद भए पनि, हामी अति आत्मविश्‍वाससाथ बोल्नबाट जोगिनुपर्छ, किनभने केही गलत भयो भने कसैले पनि परिणामहरू वहन गर्न सक्दैन। महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेका कर्मचारीहरूको सुरक्षा गर्न अरू के काम गर्नुपर्छ? जब तिनीहरूले आफ्नो कर्तव्य सुरु गर्छन्, तब अगुवा र कामदारहरूले कर्तव्य पूरा गर्ने कार्यसँग सम्बन्धित सत्यता सिद्धान्तहरूबारे, साथै परिस्थितिहरू आइपर्दा कुनकुन सिद्धान्त र बुद्धि लागू गर्ने भन्‍नेबारे स्पष्टसँग सङ्गति गर्नुपर्छ। यसका साथै, जब तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न बाहिर जान्छन्, तब अगुवा र कामदारहरूले तिनीहरूसँग सहकार्य गर्न सामाजिक अनुभव र बुद्धि भएका एक-दुई जना मानिसहरू खटाउनुपर्छ। यो तरिका मात्रै सुरक्षित र भरपर्दो हुन्छ। यसरी अभ्यास गर्दा यसले एकतर्फ तिनीहरूको व्यक्तिगत सुरक्षा जोगाउन सक्छ। अर्कोतर्फ, यसले तिनीहरूलाई आफैले समाधान गर्न नसक्‍ने केही समस्याहरू सुल्झाउन मद्दत मिल्न सक्छ। यसले निश्‍चित समस्याहरूबाट जोगाउनेछ र कर्तव्य पूरा गर्न बाहिर जानेहरूले सामान्य रूपमा आफ्नो काम गर्न सक्छन् भन्‍ने कुराको प्रत्याभूति गर्छ। अगुवा र कामदारहरूका हकमा, कर्तव्य पूरा गरिरहेकाहरूको सुरक्षाको प्रत्याभूति गर्नु अत्यन्तै महत्त्वपूर्ण काम हो, र विशेषगरी विश्‍वासको स्वतन्त्रता नभएका देशहरूमा यो अत्यन्तै महत्त्वपूर्ण हुन्छ। मण्डलीको काम राम्ररी गर्नका लागि, पहिलो प्राथमिकता भनेको कर्तव्य पूरा गरिरहेकाहरूको सुरक्षा प्रत्याभूति गर्नु हो, चाहे तिनीहरूले स्थानीय स्तरमा कर्तव्य पूरा गरिरहेका होऊन् वा चाहे तिनीहरूले बाहिर गएर सो गरिरहेका होऊन्। सुरक्षाको काम राम्ररी सम्हाल्न सक्‍ने अगुवा र कामदारहरू मात्रै परमेश्‍वरको प्रयोगयोग्य हुन्छन्। यो काम गर्न नसक्‍ने मानिसहरू मानवता अपरिपक्‍व भएका, र अन्तर्ज्ञान र बुद्धि नभएका मानिसहरू हुन्। तिनीहरूलाई परमेश्‍वरको प्रयोगयोग्य बन्‍न गाह्रो हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्