अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२७) खण्ड छ
वास्तवमा, डगमगाउने मानिसहरूले आफू सुरक्षित र स्वस्थ हुँदा पनि शङ्का पाल्छन्, र सधैँ अवलोकन गरिरहेका हुन्छन्। तिनीहरूले सतावट र पक्राउको सामना गरेपछि, तिनीहरू डगमगाउन थाल्छन्। यसले के देखाउँछ भने, परमेश्वरमाथिको तिनीहरूको सामान्य विश्वासमा, तिनीहरूमा साँचो आस्था हुँदैन। जब परिस्थितिहरू उत्पन्न हुन्छन्, तब तिनीहरू प्रकट हुन्छन्। यसले के देखाउँछ भने, तिनीहरू कहिल्यै परमेश्वरको कामका बारेमा निश्चित भएका हुँदैनन् र तिनीहरूले सधैँ प्रश्न र अवलोकन गरिरहेका हुन्छन्। तिनीहरू किन मण्डली छोडेर गएका हुँदैनन्? तिनीहरूले सोच्छन्, “मैले धेरै वर्ष परमेश्वरमा विश्वास गरेको छु र धेरै कष्ट भोगेको छु। यदि म कुनै फाइदा प्राप्त नगरी अहिले नै गएँ भने, के त्यो घाटा हुनेछैन र? के त्यो सबै कष्ट व्यर्थ हुनेछैन र?” तिनीहरूले यही सोच्छन्। तैँले तिनीहरू निश्चित छन्, तिनीहरूसँग आस्था छ, तिनीहरूले सत्यता बुझ्छन् भन्ने सोच्लास्, तर वास्तवमा, तिनीहरू त्यस्ता हुँदैनन्। तिनीहरू अझै पनि शङ्का गर्छन्, अझै पनि अवलोकन गरिरहेका हुन्छन्। हृदयमा, तिनीहरू परमेश्वरको घरको काम साँच्चै नै फस्टाउँछ कि फस्टाउँदैन, हरेक कामले फल दिन्छ कि दिँदैन, र यसले संसारमा ठूलो प्रभाव पारेको छ कि छैन भनेर हेर्न मात्रै चाहन्छन्। तिनीहरूले विशेष रूपमा जान्न चाहने कुराहरू यी हुन्: विभिन्न देशहरूमा मण्डलीहरूले सुसमाचार फैलाउने काम कस्तो भइरहेको छ? के यसको आकार र प्रभाव छ? के यो प्रवाहले अन्तर्राष्ट्रिय मान्यता पाएको छ? के कुनै प्रसिद्ध मानिसहरू वा प्रभावशाली व्यक्तिहरूले कामको यो चरणलाई स्वीकार गरेका छन्? के सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई संयुक्त राष्ट्र सङ्घले स्वीकार वा अनुमोदन गरेको छ? के यसले विभिन्न देशका सरकारहरूको समर्थन पाएको छ? के विभिन्न देशका दाजुभाइ-दिदीबहिनीहरूले राजनीतिक शरणका लागि दिएका आवेदनहरू स्वीकृत भएका छन्? त्यस्ता मानिसहरूलाई सधैँ सरोकार हुने कुराहरू यिनै हुन्, र यो तिनीहरू डगमगाउनुको स्पष्ट प्रकटीकरण हो। तिनीहरूले परमेश्वरको घरले शक्ति प्राप्त गरेको छ र सुसमाचारको काम फैलिएको छ भन्ने देखेपछि, तिनीहरू आफूले परमेश्वरको घर नछोडेकोमा भाग्यमानी महसुस गर्छन्, र तिनीहरूले परमेश्वरमा शङ्का गर्न छोड्छन्। तर तिनीहरूले परमेश्वरको घरको काममा बाधा, अवरोध, वा क्षति भइरहेको छ, दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य निर्वाहमा पनि असर परिरहेको छ, र मण्डलीलाई संसारद्वारा बहिष्कार र इन्कार गरिँदै छ भन्ने देख्ने बित्तिकै, तिनीहरूले परमेश्वरको घर छोड्ने बारेमा सोच्न थाल्छन्। तिनीहरूले सधैँ प्रश्न गरिरहेका हुन्छन्: “के यो सबै कुरामाथि परमेश्वर साँच्चै नै सार्वभौम हुनुहुन्छ? म किन परमेश्वरको सर्वशक्तिमान्तालाई देख्न सक्दिनँ? के परमेश्वरका वचनहरू साँच्चै नै सत्यता हुन्? के तिनले साँच्चै नै मानिसहरूलाई पखाल्न र मुक्ति दिन सक्छन्?” तिनीहरूसँग आत्मिक बुझाइ नभएकाले र तिनीहरूले परमेश्वरका वचनहरू बुझ्न नसक्ने हुनाले तिनीहरूले यी कुराहरूलाई कहिल्यै छर्लङ्ग देख्न सक्दैनन् र तिनलाई प्रश्न गरिरहन्छन्। तिनीहरूले जति धेरै प्रवचनहरू सुने पनि, तिनीहरू यी कुनै पनि कुराको निष्कर्षमा पुग्न सक्दैनन्। परिणामस्वरूप, तिनीहरू सधैँ यताउति सोधिरहेका हुन्छन्, र अत्यन्तै टाढाका कुराहरू सुन्न सक्ने कान र हजार माइल टाढाको कुरा देख्न सक्ने आँखा विकास गर्न सकूँ भनेर कामना गर्छन्, ताकि तिनीहरूले धेरै टाढा के भइरहेको छ भन्ने बारेमा जान्न र खबर प्राप्त गर्न सकून्। त्यसपछि, तिनीहरूले त्यहीँ रहनुपर्छ कि छोडेर जानुपर्छ भनेर चाँडै नै निर्णय गर्न सक्छन्। के त्यस्ता मानिसहरू मूर्ख होइनन् र? (हुन्।) के यस्ता मानिसहरूले थकाइलाग्दो जीवन जिइरहेका हुँदैनन् र? (हुन्छन्।) तिनीहरूमा सामान्य मानवताको सोचाइ हुँदैन, न त तिनीहरूले सत्यता नै बुझ्छन्। जति धेरै घटना घट्छन्, तिनीहरू त्यति नै अत्तालिन्छन् र अन्योलमा पर्छन्। तिनीहरूलाई यी मामिलाहरूलाई कसरी खुट्ट्याउने वा तिनलाई कसरी चित्रण गर्ने भन्ने थाहा हुँदैन; अनि तिनीहरूलाई यी मामलाहरूमा सही र गलतलाई कसरी छुट्ट्याउने वा ती कुराहरूबाट कसरी पाठहरू सिक्ने, त्यसपछि परमेश्वरको वचनभित्र अभ्यासका सिद्धान्तहरू कसरी भेट्टाउने भन्ने अवश्य नै थाहा हुँदैन। तिनीहरूलाई यी कुराहरू कसरी गर्ने भन्ने थाहा हुँदैन। त्यसोभए तिनीहरूले के गर्छन्? उदाहरणका लागि, जब ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरू मण्डलीमा देखा पर्छन् र मानिसहरूलाई बहकाउँछन्, तब तिनीहरूले यस्तो सोच्न थाल्छन्: “आखिर को सही र को गलत हो त? के यो मार्ग साँच्चै साँचो हो? के मैले अन्तसम्म विश्वास गरिरहेँ भने आशिष् पाउनेछु? म धेरै वर्षदेखि आफ्नो कर्तव्य पूरा गर्दै आइरहेको छु—के यो कष्ट भोग्नु सार्थक बनेको छ? के मैले आफ्नो कर्तव्य पूरा गरिरहनुपर्छ?” तिनीहरूले सबै कुरालाई आफ्नै हितहरूको दृष्टिकोणबाट विचार गर्छन् र आफू अगाडिका कुनै पनि मानिस, घटना, र कामकुराहरूलाई बुझ्न सक्दैनन्, र तिनीहरू अत्यन्तै बेढङ्गका देखिन्छन्। तिनीहरूमा सही विचार र दृष्टिकोणहरूको कमी हुन्छ, र तिनीहरू छेउमा बसेर अवलोकन गर्न, र घटनाक्रम कसरी अघि बढ्छन् भनेर हेर्न चाहन्छन्। तिनीहरूलाई हेर्दा, तँलाई तिनीहरू दयनीय र हास्यास्पद दुवै भएको महसुस हुन्छ। केही पनि नभइरहेको अवस्थामा, तिनीहरूले अत्यन्तै सामान्य व्यवहार गर्छन्, तर कुनै ठूलो घटना घट्ने बित्तिकै, यस मामिलालाई कुन दृष्टिकोणबाट हेर्नुपर्छ भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन, र तिनीहरूले भन्ने कुराहरूले गैरविश्वासीहरूका विचार र दृष्टिकोणहरूलाई प्रतिविम्बित गर्छन्। सबै कुरा सकिएपछि, यसबाट तिनीहरूले के प्राप्त गरेका छन् भन्ने कुरा देख्न सकिँदैन। के त्यस्ता मानिसहरू अत्यन्तै मूर्ख होइनन् र? (हुन्।) मूर्ख मानिसहरू ठ्याक्कै यसरी नै व्यवहार गर्छन्। त्यसोभए, यस्ता मानिसहरूलाई सम्हाल्ने सिद्धान्तहरू के-के हुन्? तिनीहरूका प्रकटीकरणहरूका आधारमा, तिनीहरूलाई अत्यन्तै धोकेबाज र दुष्ट मानिस मान्न मिल्दैन। तर, तिनीहरूमा एउटा घातक कमजोरी हुन्छ, जुन के हो भने, यी मानिसहरूमा विचार हुँदैन, आत्मा हुँदैन, र तिनीहरूले कुनै पनि कुरालाई छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरूको वरिपरि जे हुन्छ त्यसले तिनीहरूलाई अन्योलमा पार्छ, र तिनीहरूलाई कसलाई विश्वास गर्ने, कोमाथि भर पर्ने, वा समस्यालाई कसरी हेर्ने वा त्यसलाई समाधान गर्न कहाँबाट सुरु गर्ने भन्ने थाहा हुँदैन—तिनीहरू आत्तिएका स्थितिमा हुन्छन्। आत्तिएपछि, तिनीहरूलाई शङ्का लाग्न सक्छ, वा तिनीहरू अस्थायी रूपमा शान्त हुन सक्छन्, तर तिनीहरूको डगमगाउने बानी अपरिवर्तित नै रहन्छ। तिनीहरूका प्रकटीकरणहरूबाट हेर्दा, तिनीहरूलाई दुष्ट मानिस भनेर वर्गीकरण गर्न नमिल्ने हुनाले, यदि तिनीहरू अहिले थोरै कर्तव्य पूरा गर्न र स्वेच्छाले श्रम गर्न सक्षम छन् भने, तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न जारी राख्न दिन सकिन्छ। तर, यो कुरा तिनीहरूको कर्तव्यले कम्तीमा पनि केही परिणामहरू ल्याउँछ भन्ने आधारमा आधारित हुन्छ। यदि तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्छन् तर सत्यतालाई बिलकुलै स्विकार्दैनन् र तिनीहरू सधैँ झाराटारुवा भइरहेका हुन्छन् भने, तिनीहरूलाई घर पठाइनुपर्छ। तर यदि तिनीहरू आफ्ना गल्तीहरू सच्याउन तयार छन् भने, तिनीहरूलाई परमेश्वरको घरमा रहन र आफ्नो कर्तव्य पूरा गर्न जारी राख्न दिनुपर्छ। तिनीहरूलाई जुन कर्तव्य सुहाउँछ त्यसैमा खटाउनुपर्छ। यदि तिनीहरू कुनै कर्तव्य पूरा गर्न सक्षम छैनन्, र काम नलाग्ने छन् भने, तिनीहरूलाई सुहाउँदो ठाउँमा पठाउनुपर्छ। यस्तो अवस्थामा, अब यो कुरा तिनीहरू श्रम गर्न तयार र इच्छुक छन् कि छैनन् भन्ने कुरामा निर्भर हुन सक्दैन। कामकुरा सम्हाल्ने यो तरिका सरल छैन र? (छ।)
के तिमीहरू डगमगाउने मानिसहरूलाई खुट्ट्याउन सक्छौ? के तिमीहरूका वरिपरि त्यस्ता मानिसहरू छन्? विगतमा कतिपय मानिसहरू मण्डलीबाट पखालिए। मानौँ तिनीहरूमध्ये एक जनाले यसो भन्छ: “म परिवर्तन भएर राम्रो भएको छु। म अब डगमगाउँदिनँ। साँचो मार्गको हकमा म सधैँ डगमगाउँथेँ किनभने, जब परमेश्वरको घरले विदेशमा भर्खरै आफ्नो काम सुरु गरिरहेको थियो, त्यसबेला परिस्थितिहरू निकै कठिन थिए। त्यो बेला, मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई सुसमाचार प्रचार गर्न निकै गाह्रो हुन्थ्यो, र विदेशमा साँचो मार्गलाई स्वीकार गर्ने मानिसहरू थोरै थिए। यसका साथै, सुसमाचारको काम फैलाउनुका कुनै सम्भाव्यताहरू नभए जस्तो देखिन्थ्यो। त्यसकारण, मलाई त्यो बेला परमेश्वरको कामका बारेमा सधैँ शङ्का लाग्थ्यो। अहिले परमेश्वरको घरको सुसमाचारको काम फैलिरहेको छ, विभिन्न कामहरू सुधार हुँदै गइरहेका छन् र तिनले परिणामहरू ल्याइरहेका छन्, र विभिन्न देशका मण्डलीहरू झन्-झन् फस्टाइरहेका छन् भन्ने देखेर, अब ममा कुनै शङ्का छैन वा म डगमगाउँदिनँ। कृपया मलाई आफ्नो कर्तव्य पूरा गर्न दिनुहोस्। मलाई निकालिएका वा निष्कासित गरिएका मानिसहरूको श्रेणीमा नराख्नुहोस्!” के त्यस्तो व्यक्तिलाई मौका दिनु ठीक हुन्छ? (हुँदैन।) किन हुँदैन? (तिनीहरूका शब्दहरू झूटा हुन्छन्। तिनीहरूले परमेश्वरको घरको काम फैलिन थालेको छ र यसले शक्ति प्राप्त गरेको छ भन्ने देखेर मात्रै फेरि आफूलाई मण्डलीसँग जोड्न चाहन्छन्। तर जब तिनीहरूका धारणाहरू विपरीत केही भइदिन्छ, तब तिनीहरू फेरि पनि डगमगाउनेछन्।) के तिमीहरूले यस कुरालाई छर्लङ्ग देखेका छौ? (छौँ।) कतिपय मानिसहरू जन्मिँदै डगमगाउने हुन्छन्। आज बतास एउटा दिशातिर चल्छ र तिनीहरूले त्यही दिशा पछ्याउँछन्; भोलि त्यो अर्को दिशातिर चल्छ र तिनीहरूले त्यही दिशा पछ्याउँछन्—बतास नचल्दा पनि, तिनीहरू आफै डगमगाउँछन्। त्यस्ता मानिसहरूसँग सामान्य मानवमा हुनुपर्ने सोच्ने क्षमता हुँदैन, त्यसकारण तिनीहरूले मानव बन्ने मानक पूरा गर्दैनन्। के यो सही हो? (हो।) यदि कुनै व्यक्तिमा सामान्य मानवको सोच्ने क्षमता छ र उसमा मानवमा हुनुपर्ने बुझ्ने क्षमता छ भने, उसले परमेश्वरले धेरै वटा सत्यता व्यक्त गर्नुभएको छ भन्ने देख्छ र यो परमेश्वरको काम हो भनेर पुष्टि गर्न सक्छ। यति मात्र होइन, परमेश्वरमा विश्वास गर्ने मानिसहरू धेरै छन्—तिनीहरूले हरेक दिन परमेश्वरको काम र पवित्र आत्माको काम, साथै परमेश्वरका अद्भुत कार्यहरू देख्छन्; तिनीहरूको आस्था दह्रिलो बन्दै जान्छ र आफ्नो कर्तव्य पूरा गर्ने तिनीहरूको ऊर्जा बढ्छ। के यी मानिसको कामद्वारा हासिल गर्न सकिने कुरा हुन्? मानवको सोच्ने क्षमता नभएका मानिसहरूका हकमा, तैँले तिनीहरूलाई यी कुराहरू जति नै स्पष्ट रूपमा बुझाए पनि, तिनीहरूले यो परमेश्वरको काम हो भनेर पुष्टि गर्न सक्दैनन्। तिनीहरूमा त्यस्तो मूल्याङ्कन गर्ने क्षमताको कमी हुन्छ। परमेश्वरले अहिले जति नै ठूलो काम गरिरहनुभएको भए पनि, उहाँले जतिसुकै बोल्नुभए पनि, जति नै धेरै मानिसहरूले उहाँलाई पछ्याए पनि, यो परमेश्वरको काम हो भन्ने कुरामा जति जना मानिसहरू निश्चित भए पनि, वा मानवजातिको नियति परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरू अन्तर्गत पर्छ, र परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरामा जति जना मानिसहरू निश्चित भए पनि, तिनीहरूका लागि यी कुनै पनि कुरा महत्त्वपूर्ण हुँदैनन्। त्यसोभए, तिनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? तिनीहरूले स्वर्गबाट आउनुभएका परमेश्वर तिनीहरूसामु देखा पर्नुभएको व्यक्तिगत रूपमा देख्नुपर्छ, र तिनीहरूले परमेश्वरले आफ्नो मुख खोलेर बोल्नुभएको पनि देख्नुपर्छ, उहाँले स्वर्ग, पृथ्वी, र यावत् थोक सृष्टि गर्नुभएको, र सङ्केत र आश्चर्यकर्महरू गर्नुभएको कुरा व्यक्तिगत रूपमा देख्नुपर्छ, र उहाँ बोल्नुहुँदा उहाँका वचनहरू गर्जन जस्तै सुनिनुपर्छ। त्यसपछि मात्रै तिनीहरूले परमेश्वरमा विश्वास गर्नेछन्। तिनीहरू ठ्याक्कै थोमा जस्तै हुन्—प्रभु येशूले जति धेरै वचन बोल्नुभए पनि, उहाँले जति धेरै सत्यता व्यक्त गर्नुभए पनि, वा पृथ्वीमा रहनुभएको समयमा उहाँले जति धेरै सङ्केत र आश्चर्यकर्महरू गर्नुभए पनि, थोमाका लागि त्यो कुनै पनि कुरा महत्त्वपूर्ण थिएन। प्रभु येशूको मृत्युपछि उहाँ बौरी उठ्नुभएको वास्तविक हो कि होइन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण थियो। उसले यो कुरा कसरी पुष्टि गर्यो? उसले प्रभु येशूसामु यस्तो माग राख्यो: “तपाईँको हात फैलाउनुहोस् र मलाई किला ठोकिएको दाग देखाउनुहोस्। यदि तपाईँ साँच्चै नै बौरी उठ्नुभएको प्रभु येशू हुनुहुन्छ भने, तपाईँको हातमा किला ठोकिएको दाग हुनेछ, त्यसपछि म तपाईँलाई प्रभु येशूका रूपमा स्वीकार गर्नेछु। यदि मैले तपाईँको हातमा किलाको दाग महसुस गर्न सकिनँ भने, म तपाईँलाई प्रभु येशूका रूपमा स्वीकार गर्नेछैनँ, न त म तपाईँलाई परमेश्वरका रूपमा नै स्वीकार गर्नेछु।” के ऊ मूर्ख थिएन र? (थियो।) यस्ता मानिसहरू आफ्नै आँखाले देख्न सक्ने तथ्यहरूमा र आफ्नै कल्पना र तर्कमा मात्रै विश्वास गर्छन्। तिनीहरूले परमेश्वरका वचनहरू सुने पनि, परमेश्वरको काम अनुभव गरे पनि, र परमेश्वरको कामको उदय, वृद्धि, र समृद्धि देखे पनि, तिनीहरूले यो परमेश्वरको काम हो भनेर अझै विश्वास गर्दैनन्। तिनीहरूले परमेश्वरको महान् शक्ति देख्न सक्दैनन्, तिनीहरूले परमेश्वरको अख्तियार देख्न सक्दैनन्, र तिनीहरूले परमेश्वरका वचनहरूको शक्ति वा तिनले मानिसहरूमा हासिल गर्न सक्ने परिणामहरूलाई खुट्ट्याउन सक्दैनन्। तिनीहरूले यीमध्ये कुनै पनि कुरा देख्न वा खुट्ट्याउन सक्दैनन्। तिनीहरूले एउटा कुराको मात्रै आशा गर्छन्: “तपाईँले स्वर्गबाट गर्जनको आवाजमा बोल्नुपर्छ, र आफू सृष्टिकर्ता भएको घोषणा गर्नुपर्छ। तपाईँले आफ्नो महान् शक्ति देखाउनका लागि सङ्केत र आश्चर्यकर्महरू पनि गर्नुपर्छ, र व्यक्तिगत रूपमा स्वर्ग, पृथ्वी, र यावत् थोक सृष्टि गर्नुपर्छ। त्यसपछि म तपाईँ परमेश्वर हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्नेछु, म तपाईँलाई परमेश्वरका रूपमा स्वीकार गर्नेछु।” के परमेश्वरले त्यस्तो स्वीकारलाई महत्त्व दिनुहुन्छ? के उहाँले त्यस्तो विश्वासलाई महत्त्व दिनुहुन्छ? (दिनुहुन्न।) के परमेश्वरलाई परमेश्वर बन्नका लागि तेरो स्वीकार आवश्यक छ? के उहाँलाई तेरो अनुमोदन चाहिन्छ? परमेश्वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ, धेरै मानिसहरूले परमेश्वरको कामलाई स्विकारेका छन्, र धेरै अनुभवात्मक गवाहीहरू छन्—पहिलेका कुनै पनि पुस्ताका गवाहीलाई उछिन्ने गवाहीहरू छन्—तैपनि यो परमेश्वरको देखापराइ र काम हो कि होइन भनेर तैँले अझै पुष्टि गर्न सक्दैनस्। तैँले परमेश्वरले हासिल गरिसक्नुभएका तथ्यहरूमा र परमेश्वरका प्रतिज्ञाहरूको पूर्तिमा विश्वास गर्दैनस् वा तिनलाई स्विकार्दैनस्। त्यसोभए, तँ कस्तो कुरा होस्? तँ त मानव समेत होइनस्—तँ मूर्ख होस्! तैपनि तँ अझै परमेश्वरबाट आशिष्हरू प्राप्त गर्न चाहन्छस्—असम्भव! तैँले त सपना मात्रै देखिरहेको छस्! तँ हरेक मोडमा परमेश्वरलाई शङ्का र इन्कार गर्छस्, र परमेश्वरको घरको दुर्भाग्यप्रति सधैँ हाँस्न चाहन्छस्। तैँले कहिल्यै परमेश्वरको अस्तित्वलाई स्वीकार गरेको वा त्यसमा विश्वास गरेको छैनस्, न त तैँले कहिल्यै परमेश्वरका वचन र कामलाई नै मानेको, विश्वास गरेको, वा स्वीकार गरेको छस्। त्यसकारण, तँसँग परमेश्वरका प्रतिज्ञाहरूको बिलकुलै सम्बन्ध छैन, र तैँले केही पनि प्राप्त गर्नेछैनस्। कतिपय मानिसहरूले भन्छन्, “तर तिनीहरूले अझै पनि आफ्नो कर्तव्य पूरा गरिरहेका छन्। तिनीहरूले कसरी केही पनि प्राप्त गर्न सक्दैनन् र?” त्यसो भए हामी तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्नुको उद्देश्य के हो, तिनीहरूले कसका लागि यसो गरिरहेका छन्, र आफ्नो कर्तव्य पूरा गर्दा तिनीहरूले के-कस्ता सिद्धान्तहरू पालना गर्छन् भन्ने बारेमा स्पष्ट हुनुपर्छ। यदि तैँले परमेश्वरका वचनहरू स्वीकार गर्दैनस् भने, तैँले आफ्नो कर्तव्य पूरा गरे पनि, तैँले श्रम मात्रै गरिरहेको हुन्छस्—यो साँचो समर्पण होइन। तैँले जे गर्छस् परमेश्वरले त्यसलाई कर्तव्य पूरा गरेको रूपमा मान्यता दिनुहुन्न। परमेश्वरको नजरमा, तँ आत्मा नभएको मृत व्यक्ति बाहेक केही पनि होइनस्। मृत व्यक्तिले अझै पनि आशिष्हरू प्राप्त गर्ने आशा गर्छ—के त्यो त मनगडन्ते सोच मात्रै होइन र? तँ आशिष्हरू प्राप्त गर्ने तेरो अभिप्रायले उत्प्रेरित भएकाले मात्रै तैँले थोरै भए पनि कर्तव्य पूरा गर्न सक्छस्। अनि तँ निरन्तर शङ्का गर्छस्, सधैँ भित्री रूपमा परमेश्वरको आलोचना गर्छस्, उहाँलाई निन्दा र इन्कार गर्छस्, साथै परमेश्वरका वचनहरू र कामलाई पनि आलोचना र इन्कार गर्छस्। यसले तँलाई परमेश्वरको शत्रु बनाउँछ। जुन व्यक्ति परमेश्वरको शत्रु हो, के ऊ मानकअनुरूपको सृजित प्राणी हुन सक्छ? (सक्दैन।) तैँले आफूलाई हरेक मोडमा परमेश्वरको शत्रुका रूपमा उभ्याउँछस्, गुप्त रूपमा उहाँलाई र उहाँको कामलाई लुकेर अवलोकन गर्छस्, आफ्नो हृदयमा परमेश्वरविरुद्ध गोप्य रूपमा कोलाहल मच्चाउँछस्, उहाँलाई आलोचना र निन्दा गर्छस्, र उहाँका वचन र कामलाई आलोचना र निन्दा गर्छस्। यदि यो परमेश्वरको शत्रु बन्नु होइन भने, यो के हो त? यो खुलेआम परमेश्वरको शत्रु बन्नु हो। अनि तँ गैरविश्वासी संसारभित्र परमेश्वरको शत्रु बनिरहेको हुँदैनस्—तैँले त परमेश्वरको घरभित्रै त्यसो गरिरहेको हुन्छस्। यो अझै अक्षम्य कुरा हो!
चाहे हामीले डगमगाउने यी मानिसहरूको मानवता सारलाई हेरौँ वा तिनीहरूका प्रकटीकरणहरूलाई हेरौँ, तिनीहरूले सत्यतालाई स्वीकार गर्दैनन् र परमेश्वरका वचनहरू र कामलाई स्वीकार गर्दैनन्। तिनीहरू आफूले आशिष्हरू प्राप्त गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुराको मात्रै वास्ता गर्छन्। तिनीहरू परमेश्वर वा उहाँको कामबारे कहिल्यै निश्चित हुँदैनन्, सधैँ पर्दा पछाडि अवलोकन गर्छन्, निरन्तर डगमगाउँछन् र शङ्का गर्छन्। तिनीहरू परमेश्वरको पछि लाग्छन् तर अवलोकन गर्छन्, हिँड्छन् र रोक्छन्, रोक्छन् र फेरि हिँड्छन्। यी मानिसहरू निकै कष्टदायी हुन्छन्! विशेष गरी अहिले, मण्डलीले मानिसहरूलाई बारम्बार पखाल्ने हुनाले, तिनीहरू सधैँ बेचैन हुन्छन्, र सोच्छन्, “म सधैँ डगमगाइरहेको हुन्छु। सायद एक दिन कसैले थाहा पाउनेछ, र मलाई मण्डलीबाट निकालिनेछ। मैले परमेश्वरबारे मेरा भित्री शङ्काहरूलाई बाहिर निस्कन दिनु हुँदैन। मैले यो कुरा कसैलाई पनि सुनाउनु हुँदैन।” त्यसकारण, तिनीहरूले पर्दा पछाडि गुप्त रूपमा अवलोकन गर्छन्; अनि तिनीहरू परमेश्वरले प्रकाश गर्नुहुनेछ भनेर डर मान्दैनन्, किनभने तिनीहरूले परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, परमेश्वरको छानबिनमा विश्वास गर्नु त झन् परको कुरा हो। यी मानिसहरूले प्रायजसो परमेश्वरले दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी मार्गदर्शन गर्नुभएको छ, उहाँले उनीहरूलाई कसरी अनुशासनमा राख्नुभएको छ, उहाँले मानिसहरूलाई कसरी प्रकाश गर्नुभएको छ, उहाँले मानिसहरूलाई कसरी मुक्ति दिनुभएको छ, परमेश्वरले उनीहरूलाई कसरी अनुग्रह र आशिष् प्रदान गर्नुभएको छ, र परमेश्वरलाई पछ्याउने क्रममा, उनीहरूले कसरी उहाँको काम अनुभव गरेका छन्, र उनीहरूले के कुरा अनुभव गरेका, देखेका, वा भोगेका छन्, इत्यादि कुराहरूका बारेमा दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गरेको सुन्छन्। जब तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले यी अनुभवात्मक बुझाइहरूका बारेमा सङ्गति गरेको सुन्छन्, तब तिनीहरूले मनमनै सोच्छन्: “के तिमीहरूले बताइरहेका ती अनुभवहरू तिमीहरूका कल्पना मात्रै हुन्? के यी मानव भावनाहरू मात्रै हुन्? मैले किन ती कुराहरू महसुस गरेको छैनँ? विशेष गरी अनुभवात्मक गवाही लेख लेख्नेहरू—म तिनीहरूलाई चिन्दिनँ, र तिनीहरूले यी अनुभवहरूमार्फत यी कुराहरू कसरी हासिल गरे भन्ने कुरा मैले देखेको छैनँ। तिनीहरूसँग साँच्चै नै सत्यता वास्तविकता छ कि छैन भन्ने कुरा अझै पनि अनिश्चित छ!” कतिपय मूर्खहरूले अझै पनि परमेश्वरको घरको कामलाई अवलोकन र प्रश्न गर्छन्, परमेश्वरका चुनिएका मानिसहरूले लेखेका अनुभवात्मक गवाही लेखहरूमा कुन-कुन सत्यता वास्तविकताहरू समावेश छन् भन्ने कुरा देख्न सक्दैनन्, र आफै डगमगाउनु र आफूमा आस्थाको कमी हुनुका बहाना र आधारहरू खोज्ने प्रयास गर्छन्। तिनीहरू आफू डगमगाइरहेका हुनाले, अरू पनि डगमगाइरहेको हुनुपर्छ भन्ने सोच्छन्। यदि कोही व्यक्ति कहिल्यै डगमगाउँदैन, उसमा कुनै शङ्का हुँदैन, र सत्यताबारे उसले प्रायजसो गर्ने सङ्गति सधैँ निकै व्यावहारिक हुन्छ, र उसलाई जस्तोसुकै समस्याहरू आइपरे पनि, उसले तिनलाई समाधान गर्न सत्यताको खोजी गर्न सक्छ भने, यी मूर्खहरूले हृदयमा असमानता र असहजता अनुभूति गर्छन्। जब तिनीहरूलाई असहज महसुस हुन्छ, तब तिनीहरूले कसरी राहत खोज्छन्? तिनीहरूले आफू जस्तै व्यक्ति खोज्छन्, र मन मिल्ने आत्मा खोज्ने प्रयास गर्छन्। जब तिनीहरूले कसैलाई नकारात्मक र कमजोर महसुस भएको देख्छन्, तब तिनीहरूले उसको मन जाँच्नका लागि आफ्ना विचारहरूतर्फ सङ्केत गर्दै भन्छन्: “कहिलेकहीँ मलाई पनि नकारात्मक महसुस हुन्छ। जब मलाई नकारात्मक महसुस हुन्छ, तब म त्यस्तो हुनु हुँदैन भन्ने मलाई थाहा हुन्छ, तर कहिलेकाहीँ मलाई परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरामा शङ्का लाग्छ।” यदि अर्को व्यक्तिले तिनीहरूलाई जवाफ दिँदैन र तिनीहरूले त्यो व्यक्ति नकारात्मक र कमजोर मात्रै भएको हो तर परमेश्वरप्रति उसमा कुनै शङ्का छैन भन्ने देखे भने, तिनीहरूले त्यस व्यक्तिलाई जाँच्नका लागि झूटो मनले अरू कुनै कुरा भन्छन्: “मलाई के भएको होला, तपाईँलाई के लाग्छ? म परमेश्वरमा राम्ररी नै विश्वास गर्छु, तर पनि म किन सधैँ उहाँबारे शङ्का गर्छु? के त्यो विद्रोही कार्य होइन र? यस्तो हुनु हुँदैन!” तिनीहरूले अर्को व्यक्तिलाई रिझाउन र उसलाई जाँच्नका लागि मात्रै यसो भन्छन्। तिनीहरू अरूले पनि परमेश्वरलाई तिनीहरूले जस्तै प्रश्न गरून् भन्ने उत्कट आशा गर्छन्—त्यसले तिनीहरूलाई खुसी बनाउँछ! यदि तिनीहरूले परमेश्वरबारे सधैँ शङ्का गर्ने र उहाँका बारेमा निरन्तर धारणाहरू राख्ने अरू कोही पत्ता लगाए भने, तिनीहरू मन मिल्ने आत्मा भेटिएकोमा भाग्यमानी महसुस गर्छन्। उस्तै फोहोरी मानसिकता भएका यी दुई जनाले प्रायजसो एक-अर्कालाई विश्वास गरेर कुरा साटासाट गर्छन्। तिनीहरूले जति कुरा गर्छन्, तिनीहरू परमेश्वरबाट त्यति नै टाढिन्छन्। तिनीहरूले जति कुराकानी गर्छन्, त्यति नै कम आफ्नो कर्तव्य पूरा गर्न चाहन्छन्, र परमेश्वरका वचनहरू त्यति नै कम पढ्न चाहन्छन्, साथै तिनीहरू मण्डली जीवनमा सहभागिता जनाउन समेत छोड्न चाहन्छन्। क्रमिक रूपमा, तिनीहरू दुई जना काम गर्न संसारमा जान्छन्, छुट्नै नसक्ने जोडी जस्तै एक-अर्कासँग टाँसिन्छन्, र एक-अर्कालाई अँगालोमा बेरेर सँगै बाहिर जान्छन्। जाने बेलामा, तिनीहरूले परमेश्वरका वचनहरूको एउटा पनि पुस्तक आफूसँग लाँदैनन्। कसैले तिनीहरूलाई “के तपाईँले परमेश्वरमा विश्वास गर्न छोड्नुभएको हो?” भनेर सोध्छ, र तिनीहरूले जवाफ दिन्छन्, “होइन, म विश्वास गर्छु।” तिनीहरूले अझै पनि जिद्दी भएर यस कुरालाई नकार्छन्। अर्को व्यक्तिले सोध्छ, “त्यसोभए तपाईँले किन परमेश्वरका वचनहरूको कुनै पनि पुस्तक ल्याउनुभएन?” अनि तिनीहरूले जवाफ दिन्छन्, “ती अत्यन्तै गह्रौँ छन्, र मसँग ती राख्ने ठाउँ कतै पनि छैन।” तिनीहरूले भन्ने सबै कुरा अर्को व्यक्तिलाई टार्नका लागि मात्रै भनिएको हुन्छ। वास्तवमा, तिनीहरू संसारमा फर्केर जान, जागिर खोज्न, र आफ्नो जीवन जिउनका लागि तयार मात्रै भइरहेका हुन्छन्। म तिमीहरूलाई सत्य कुरा भन्छु: यस्ता मानिसहरू अविश्वासी हुन्, र तिनीहरूको अन्तिम परिणाम यही हुनेछ—तिनीहरू वास्तवमा यस्तै हुन्छन्। परमेश्वरमाथिको तिनीहरूको आस्था लामो समयसम्म रहनेछैन। आफूलाई मन पर्ने, आफ्ना सबैभन्दा भित्री विचारहरू बाँड्न मिल्ने व्यक्ति भेटिने बित्तिकै, तिनीहरूले सोच्छन्, “बल्ल, मैले मलाई साथ दिने कोही पाएको छु, भर पर्न सकिने व्यक्ति भेट्टाएको छु। जाऔँ! परमेश्वरमा विश्वास गर्नु अत्यन्तै पट्यारलाग्दो कुरा हो। यसै पनि यस संसारमा कुनै परमेश्वर छैन। अस्तित्वमै नभएको कुरालाई वास्तविक ठान्नु साह्रै गाह्रो कुरा हो। विगतका वर्षहरू अत्यन्तै कठिन थिए!” तिनीहरू आफै छोडेर जान्छन् र विश्वास गर्न छोड्छन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्दै तिनीहरूलाई नखोज्न समेत भन्छन्, “हामी काम गर्न गएका छौँ। अबदेखि हामीलाई फोन नगर्नुहोस्, नत्र हामी प्रहरीलाई खबर गर्नेछौँ!” यी दुई जना मूर्ख, मूर्ख गधाहरूको जोडी यसरी नै जान्छन्। म त भन्छु, तिनीहरूबाट छुटकारा पाइयो—यसले परमेश्वरको घरलाई तिनीहरूलाई निष्कासित गर्ने वा निकाल्ने झन्झटबाट मुक्त गर्छ। ल भन त, के यस्ता मानिसहरूलाई साथ दिन र सहयोग गर्नका लागि तिनीहरूसँग सत्यता सङ्गति गर्नु पर्ने कुनै आवश्यकता छ? के तिनीहरूसँग तर्क गर्ने र तिनीहरूलाई मनाउने प्रयास गर्नु पर्ने कुनै आवश्यकता छ? (छैन।) यदि तिमीहरूले तिनीहरूलाई मनाउने प्रयास गर्यौ भने, तिमीहरू अत्यन्तै मूर्ख भइरहेका हुन्छौ। यस्ता मानिसहरू भित्रैदेखि अविश्वासी हुन्छन्—तिनीहरू जिउँदा लास र दिमाग नभएका मूर्खहरू हुन्। यदि तँ तिनीहरूलाई मनाउने प्रयास गर्छस् भने, तँ पनि मूर्ख होस्। तैँले यस्ता मानिसहरूलाई तुरुन्तै हाँसीखुसी बिदा गर्नुपर्छ—अनि पछि तिनीहरूलाई खोज्नु पर्दैन। तिनीहरूले अबदेखि परमेश्वरमा विश्वास नगर्ने, र यदि तैँले तिनीहरूलाई फेरि फोन गरिस् भने, तिनीहरूले प्रहरीलाई तेरो बारेमा रिपोर्ट गर्ने भनेर आफैले स्पष्ट पारेका छन्। यदि तैँले अझै पनि तिनीहरूलाई सम्पर्क गर्ने प्रयास गरिस् भने, के तैँले समस्या मात्र निम्त्याइरहेको हुँदैनस् र? यदि तिनीहरूले साँच्चै नै प्रहरीलाई फोन गरे र तँलाई दुर्व्यवहार गरेको आरोप लगाए, र यो कुरा फैलियो भने के त्यसले राम्रो छवि निर्माण गर्छ? (गर्दैन।) तैँले त्यस्तो मूर्ख काम बिलकुलै गर्नु हुँदैन! तिनीहरूले आफ्नो हेरचाह आफै गरून् र तिनीहरू चुपचाप जाऊन्—यो झनै राम्रो तरिका हो! हरेक व्यक्तिले आफ्नै मार्ग पछ्याउँछ; हरेक व्यक्तिको मार्ग ऊ को हो भन्ने कुराले निर्धारित गर्छ। तिनीहरू आशिषित हुँदैनन्, तिनीहरूको जीवन कुहिएको र व्यर्थको मात्रै हुन्छ। यस्तो ठूलो आशिष् प्राप्त गर्ने वा लिने तिनीहरूको क्षमताभन्दा बाहिरको कुरा हो—तिनीहरूसँग यसलाई ग्रहण गर्ने सौभाग्य नै हुँदैन। परमेश्वरका वचनहरूको प्रबन्धलाई स्वीकार गर्नु र सत्यतालाई जीवनका रूपमा स्वीकार गर्नु सम्पूर्ण ब्रह्माण्डमा र सारा मानवजातिमाझ सबैभन्दा ठूलो आशिष् हो। जसले सत्यतालाई स्वीकार गर्न सक्छ, ऊ आशिषित व्यक्ति हो, र जसले सत्यतालाई स्वीकार गर्न सक्दैन, उसले यो आशिष् पाउँदै पाउँदैन। एक दिन, जसले सत्यतालाई स्वीकार गरेका छन् तिनीहरू महाविपत्तिहरूबाट बच्नेछन् र तिनीहरूले धेरै आशिष् प्राप्त गर्नेछन्, जबकि जसले सत्यतालाई स्वीकार गरेका छैनन् तिनीहरू महाविपत्तिहरूमा नष्ट हुनेछन् र तिनीहरूले प्रकोप भोग्नेछन्, त्यस बेला, पछुतो गर्नका लागि ज्यादै ढिला भइसकेको हुनेछ। तैँले अहिले परमेश्वरका वचनहरू सत्यता हुन् र परमेश्वरको काम परमेश्वर स्वयम्ले नै गर्नुहुन्छ भनेर स्वीकार गरे पनि, यदि तैँले सत्यता पछ्याउँदैनस्, सत्यतालाई स्वीकार गर्दैनस्, र तँ सत्यतामा प्रवेश गर्दैनस् भने, तैँले अझै पनि त्यस्तो आशिष् प्राप्त गर्नेछैनस्! के तँलाई यो आशिष् यति सजिलै प्राप्त गर्न सकिन्छ जस्तो लाग्छ? यो त समयको सुरुदेखि अस्तित्वमा नभएको आशिष् हो र फेरि कहिल्यै अस्तित्वमा हुनेछैन—तँलाई कसरी यति सजिलै यो प्राप्त गर्न दिन सकिन्छ र? परमेश्वरले मानवजातिलाई यस्तो आशिष् दिने प्रतिज्ञा गर्नुभएको छ, तर यो साधारण मानिसहरूले प्राप्त गर्न सक्ने कुरा होइन। यो आशिष् परमेश्वरले चुन्नुभएका मानिसहरूका लागि हो, र कुनै मूर्ख गधा, जिउँदो लास, बदमास, वा फटाहाहरू चुनिनु असम्भव छ। परमेश्वरले मानवजातिलाई मुक्ति दिन तीन चरणको काम गर्नुहुन्छ, र अन्त्यमा, उहाँले विजेताहरूको एउटा समूह बनाउनुहुनेछ, र यी मानिसहरूलाई यावत् थोकका मालिक बन्न र नयाँ मानवजाति बन्न सक्षम बनाउनुहुन्छ। मानवजातिका लागि यो कति ठूलो आशिष् हो! आखिरी दिनहरूको न्यायको कामको यो चरण कति वर्षदेखि चलिरहेको छ? (तीस वर्षभन्दा बढी समयदेखि।) यो तीस वर्षभन्दा बढीको समयलाई नै हेर्दा, परमेश्वरले कति धेरै मूल्य चुकाउनुभएको छ र उहाँले कति धेरै काम गर्नुभएको छ भन्ने कुरा देख्न सकिन्छ, त्यसकारण परमेश्वरले अन्तमा प्राप्त गर्नुहुने मानवजाति कति बहुमूल्य र कति महान् हुनेछ, र परमेश्वरको नजरमा यो बहुमूल्य र अत्यन्तै महत्त्वपूर्ण छ भन्ने कुरा स्पष्ट हुन्छ! त्यसोभए तिमीहरू कति भाग्यमानी छौ; तिमीहरूका लागि यो अति ठूलो आशिष् हो! त्यसकारण, कतिपय मानिसहरू जो यस विन्दुमा अझै पनि डगमगाइरहेका छन्, तिनीहरू साँच्चै नै आशिषित हुँदैनन्! तिनीहरू नडगमगाएका र पछ्याउन पूर्ण रूपमा प्रतिबद्ध भएका भए पनि, यदि तिनीहरूले सत्यता नपछ्याएका भए, तिनीहरूले अझै पनि यो आशिष् प्राप्त गर्नेथिएनन्। त्यसकारण अन्तमा जसले यो आशिष् प्राप्त गर्छन् तिनीहरू साधारण मानिस होइनन्—तिनीहरू त परमेश्वरले कडाइका साथ र बारम्बार जाँच्नुभएका र सावधानीपूर्वक छनौट गर्नुभएका मानिस हुन्; परमेश्वरले अन्तिममा प्राप्त गर्न सक्नुहुने मानिसहरू तिनीहरू नै हुन्।
जो डगमगाउँछन् तिनीहरूका मुख्य प्रकटीकरणहरू ठीक यिनै मामिलाहरू हुन्। तिनीहरूको अन्तिम परिणाम जेसुकै भए पनि, त्यस्ता मानिसहरू मण्डलीभित्र पहिचान भएपछि, कुनै पनि हालतमा, तिनीहरूलाई सिद्धान्तहरू अनुसार सम्हाल्नुपर्छ। तिनीहरूलाई दाजुभाइ वा दिदीबहिनीका रूपमा व्यवहार गर्नु हुँदैन। यदि तिनीहरूसँग परमेश्वरमा विश्वास गर्नेप्रति सकारात्मक भावनाहरू छन् वा तिनीहरूले केही मेहनत लगाउन सक्छन् र तिनीहरू केही श्रम प्रदान गर्न इच्छुक छन् भने, तिनीहरू बढीमा मण्डलीका साथी हुन्, र तिनीहरूलाई दाजुभाइ वा दिदीबहिनी मान्न सकिँदैन। त्यसकारण तिनीहरूले “समर्पण” वा “इमानदारी” जस्ता नयाँ नाम लिए पनि, तैँले तिनीहरूलाई दाजुभाइ वा दिदीबहिनी भनेर बोलाउनु हुँदैन—तिनीहरूलाई तिनीहरूको नयाँ नामले बोलाए पुग्छ। किन? किनभने त्यस्ता मानिसहरूले दाजुभाइ वा दिदीबहिनी बन्ने मानक पूरा गर्दैनन्। अब तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।) त्यसोभए, अब तिमीहरूसँग यस्ता मानिसहरूलाई सम्हाल्ने सिद्धान्तहरू छन्, होइन र? (हो।) आजको सङ्गति यति नै। फेरि भेटौँला!
जून २९, २०२४
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।