अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२६) खण्ड पाँच

ग. निरन्तर लम्पट क्रियाकलापहरूमा संलग्न हुनु

सातौँ प्रकार भनेको तिनीहरू हो जो लम्पट क्रियाकलापहरूमा संलग्न हुन्छन्, जुन प्रायजसो उल्लेख गरिने समूह हो। तिनीहरूको मानवताका प्रकटीकरणहरू त्यति दुष्ट नहुने—तिनीहरूले कलह पैदा गर्ने, वा दुष्ट कार्यहरू गर्ने र अवरोध ल्याउने जस्ता कुराहरू नगर्ने—भए पनि, तिनीहरूमा एउटा साझा विशेषता हुन्छ, जुन के हो भने, विपरीत लिङ्गीसँगको तिनीहरूको सम्बन्धमा सधैँ समस्या र घटनाहरू आइपर्छन्। अवसरहरू उपलब्ध भए पनि वा नभए पनि, तिनीहरूका लागि सधैँ त्यस्ता समस्याहरू देखा पर्छन्, र यदि अवसरहरू छैनन् भने, तिनीहरूले नै सिर्जना गर्छन्, ताकि त्यस्ता “कथाहरू” जसरी भए पनि देखा परून्। परिस्थिति जस्तोसुकै भए पनि, अर्को व्यक्ति जो भए पनि, वा त्यो व्यक्ति तिनीहरूबाट जति टाढा भए पनि, तिनीहरूका जीवनमा बारम्बार यस्ता घटनाहरू घटिरहेका हुन्छन्। कस्तो प्रकारका घटनाहरू? तिनीहरूले कसैलाई डेट गर्छन्, वा सधैँ कसैको नजिक हुन चाहन्छन्, वा तिनीहरूमा कसैप्रति भावना पलाउँछ, वा तिनीहरूले कसैलाई आँखा लगाउँछन्, र यस्तै अरू कुराहरू गर्छन्। तिनीहरू सधैँ सामान्य रूपमा जिउन र आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न असफल हुन्छन्, र तिनीहरू निरन्तर कामवासनापूर्ण चाहनाहरूको प्रभावमा हुन्छन्। अर्थात्, साधारण परिस्थितिहरूमा जहाँ सामान्य मानिसहरू त्यस्ता समस्याहरूमा संलग्न हुँदैनन्, तिनीहरू बारम्बार संलग्न हुन्छन्। तिनीहरूलाई आफ्ना लागि अवसरहरू सिर्जना गर्नलाई कुनै विशेष परिस्थिति वा कसैको आवश्यकता पर्दैन; यी घटनाहरू स्वाभाविक रूपमा नै घट्छन्। त्यस्ता घटनाहरू घटेपछि, परिणामहरू जे-जस्तो भए पनि, एउटा समूहका मानिसहरू वा निश्चित व्यक्तिलाई सधैँ यसको मूल्य चुकाउन लगाइन्छ। तिनीहरूले के-कस्ता मूल्य चुकाउँछन्? तिनीहरूको कर्तव्य निर्वाहमा असर पर्छ; मण्डलीको काममा ढिलाइ र व्यवधान हुन्छ; कतिपय जवान मानिसहरू हतोत्साहित हुन्छन् र परीक्षामा फस्छन्, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने रुचि गुमाउँछन्; अनि कतिपय मानिसहरूले त आफ्नो कर्तव्य समेत गुमाउँछन् वा त्याग्छन्। लम्पट क्रियाकलापहरूमा संलग्न हुने मानिसहरू अत्यन्तै कष्टदायी हुन्छन्। हरेक मोडमा, विपरीत लिङ्गका मानिसहरू तिनीहरूका वरिपरि झुम्मिन्छन्, तिनीहरूसँग नजिक हुन्छन्, तिनीहरूसँग जिस्किन्छन्, र ख्यालठट्टा समेत गर्छन्। अत्यावश्यक प्रकृतिका कुनै गम्भीर समस्याहरू उत्पन्न हुन नसक्ने भए पनि, तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा उनीहरूको सामान्य स्थितिमा गम्भीर रूपमा बाधा दिन्छन्। तिनीहरू जहाँ जान्छन्, तिनीहरूले अरूको जीवनमा, काममा, र मण्डलीमा समस्या र बाधा ल्याउँछन्, र अवसर पाउनेबित्तिकै आफूलाई आकर्षक लागेका विपरीत लिङ्गका सदस्यहरूलाई लोभ्याउने काम समेत गर्छन्, र तिनीहरूसँग सम्बन्ध गाँस्छन्। यो ठूलो झन्झट हो। तिनीहरू कसैको प्रेममा परेपछि, त्यो व्यक्ति दुर्भाग्यको सिकार हुन्छै हुन्छ, र उसले त्यस उप्रान्त सामान्य रूपमा परमेश्‍वरमा विश्‍वास गर्न वा आफ्नो कर्तव्य पूरा गर्न सक्दैन। परिणामहरू अकल्पनीय हुन्छन्। त्यो व्यक्ति कामवासनाको प्रलोभनमा पार्ने व्यक्तिलाई सम्पर्क नगरी वा नदेखी बस्नै सक्दैन, र तिनीहरू आफ्नो कर्तव्य पूरा गर्नमा व्यस्त हुँदा, तिनीहरूले विवाह गर्न वा घरजम गर्न सक्दैनन्, र सम्बन्ध अटुट रहन्छ। अन्त्यमा के हुन्छ? तिनीहरूले भयानक कष्ट भोग्न थाल्छन्, र तिनीहरू ठूलो पीडामा पर्छन्! यदि तिनीहरूले विपत्तिहरूमा दण्ड नपाएसम्म सहे भने, तिनीहरूका लागि त्यो सब खत्तम हुन्छ, र मुक्ति पाउने तिनीहरूको आशा नष्ट हुन्छ। कतिपयले एक पटक चिढ्याउँछन् र आफू काटछाँटमा पर्दा पश्चात्ताप गर्दैनन्, तर दोस्रो वा तेस्रो पटक चिढ्याउँछन्, दुई-तीन वर्षमा तीन-चार वटा सम्बन्धमा संलग्न हुन्छन्, जसले गर्दा परमेश्‍वरका चुनिएका मानिसहरू र मण्डली जीवनमा बाधा हुन्छ भने, यसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई तिनीहरूलाई घृणा गर्ने तुल्याउँछ। यसले तिनीहरूमा एउटा दाग लगाइदिन्छ, जसका लागि तिनीहरूले आफ्नो बाँकी जीवनभरि पछुतो गर्छन्।

कतिपय मानिसहरू अलिक सुन्दर देखिने, र तिनीहरूमा निश्चित मात्रामा कोमलता साथै केही वरदान र प्रतिभाहरू हुने भएकाले, वा तिनीहरूले कुनै महत्त्वपूर्ण काम सम्हालेका हुनाले, विपरीत लिङ्गका सदस्यहरू तिनीहरूसँग सधैँ भुसुना जस्तै टाँसिइरहेका हुन्छन्, र तिनीहरूलाई घेरिरहेका हुन्छन्। कतिले तिनीहरूलाई खाना खुवाउँछन्, कतिले तिनीहरूको ओछ्यान मिलाइदिन्छन्, कतिले लुगा धोइदिन्छन्, कतिले तिनीहरूलाई स्वास्थ्य सामग्री र सौन्दर्य सामग्री किनिदिने र स-साना उपहार दिने, इत्यादि गर्छन्। तिनीहरूले आउने सबैलाई स्वागत गर्छन्, अरूको यस्तो व्यवहार अनुचित छ भन्ने थाहा पाए पनि त्यसलाई कहिल्यै इन्कार गर्दैनन्, यसरी विपरीत लिङ्गका धेरै सदस्यहरूलाई एकै पटक कामवासनाको प्रलोभनमा पार्छन्। ती मानिसहरू तिनीहरूको सेवा गर्ने मौकाका लागि एक-अर्कासँग होड गर्छन्, यसरी एक-अर्कासँग प्रतिस्पर्धा गर्छन् र एक-अर्काको डाहा गर्छन्, जबकि लम्पट व्यक्ति आफूलाई अत्यन्तै आकर्षक ठान्दै यो अनुभूतिमा रमाउँछ। वास्तवमा, पुरुष र महिलाका मामलाहरू वयस्कहरूले राम्ररी बुझ्छन्, र कतिपय नाबालिगहरूले समेत ती कुरा बुझ्छन्; मूर्ख, बौद्धिक रूपमा अशक्त, वा मानसिक रोगीहरूले मात्रै ती कुरा बुझ्दैनन्। यी मानिसहरू किन एउटा विपरीत लिङ्गीको सेवा गर्न र उसलाई खुसी पार्न यति जोडदार रूपमा प्रतिस्पर्धा गर्छन्? यो त सबै कामवासनाको प्रलोभनमा पार्न चाहनु मात्र हो, होइन र? यसलाई खुलस्त भन्नु आवश्यक छैन; के भइरहेको छ भन्ने कुरा सबैलाई थाहा छ। यो मानिसहरूलाई राम्ररी थाहा भएको, स्पष्ट रूपमा अनुचित कुरा हो, तैपनि त्यो व्यक्तिले यसलाई इन्कार गर्दैन, बरु चुपचाप सहमति जनाउँछ—त्यसलाई के भनिन्छ? यसलाई जिस्किनु भनिन्छ। तिनीहरूलाई यो पुरुष र महिला बीचमा हुने कामवासनाको प्रलोभन हो भन्ने थाहा छ, तर देहका वासनाहरूलाई सन्तुष्ट पार्दा आउने उत्साहका हकमा, तिनीहरू इन्कार गर्न चाहँदैनन्। तिनीहरूलाई यो अनुभूति एक प्रकारको आनन्द हो, संसारको कुनै पनि स्वादिष्ट खानाभन्दा पनि राम्रो हो भन्ने लाग्छ, त्यसकारण तिनीहरूले इन्कार गर्दैनन्। जब सम्बन्धित व्यक्तिले इन्कार गर्दैन, तब उसलाई कामवासनाको प्रलोभनमा पार्नेहरू झनै खुसी हुन्छन्, र आफूलाई त्यो व्यक्तिले मन पराएको व्यक्ति ठान्छन्, र भित्रभित्रै परिस्थितिको आनन्द लिन्छन्। अनि त्यो व्यक्तिले के सोच्छ भने, कुनै दह्रिलो सम्बन्ध विकास नभएसम्म, यसलाई कुनै गम्भीर कुरा मानिँदैन, गैरविश्‍वासीहरूका बीचमा हुने लम्पटता अझ खराब हुन्छ, र यसलाई बढीमा सामान्य डेटिङ जस्तै कामवासनाको प्रलोभनका रूपमा लिइन्छ। तर के डेटिङ यस्तै हुनुपर्ने हो? आज एउटा व्यक्तिसँग, भोलि अर्कोसँग, जोसुकैसँग डेटिङ र कामवासनाको प्रलोभनमा लापरवाह रूपमा बारम्बार संलग्न हुनु। त्यस्ता लम्पट मानिसहरू जहाँ जान्छन्, तिनीहरूले आफ्ना कामवासनापूर्ण चाहनाहरू पोख्नु, आफ्नो प्रदर्शन गर्नु, र कामवासनाको प्रलोभनमा संलग्‍न हुनुलाई नै प्राथमिकता दिन्छन्। तिनीहरूले जति धेरै मानिसहरूलाई प्रलोभनमा पार्छन्, तिनीहरूलाई त्यति नै खुसी लाग्छ। आखिरमा के हुन्छ? तिनीहरूले बारम्बार आफ्नो प्रदर्शन गरेपछि, केही दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको व्यवहारलाई खुट्ट्याउँछन् र सामूहिक रूपमा माथिल्लो तहका अगुवाहरूलाई पत्र लेख्छन्। अनुसन्धानले तिनीहरूको दाबीलाई पुष्टि गर्छ, र त्यो लम्पट व्यक्तिलाई मण्डलीबाट पखालिन्छ। देख्यौ त, के हुन्छ? के परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको मार्ग त्यहीँ समाप्त हुँदैन र? तिनीहरूको नतिजा खुलासा हुन्छ। मानिसहरूलाई असहनीय लाग्ने तिनीहरूका कार्य र व्यवहार परमेश्‍वरका लागि झनै घृणित हुन्छन्। यी मानिसहरूले प्रदर्शन गर्ने व्यवहारले मानिसहरूबीचका उचित सम्बन्धहरूलाई प्रतिनिधित्व गर्दैन, न त यसले सामान्य मानवका आवश्यकताहरूलाई नै प्रतिबिम्बित गर्छ। तिनीहरूका कार्यलाई एउटै शब्दले व्याख्या गर्न सकिन्छ: “लम्पटता।” लम्पटताले केलाई जनाउँछ? यसको अर्थ विपरीत लिङ्गीसँग लापरवाह रूपमा सम्बन्धमा लाग्नु, गैरजिम्मेवार रूपमा अरूलाई मनोमानी ढङ्गले कामवासनाको प्रलोभनमा पार्नु, र विपरीत लिङ्गका मानिसहरूलाई लोभ्याउनु र सताउनु हो। यो त त्यसको मूल्य वा परिणामहरूबारे नसोची कामवासनासँग खेल्नु हो। यदि अन्तमा कुनै व्यक्ति तिनीहरूको पासोमा पर्छ र प्रणयी रूपमा तिनीहरूसँग जिस्किन्छ भने, तिनीहरूले यसो भन्दै यस कुरालाई स्वीकार गर्न मान्दैनन्, “मैले त ठट्टा मात्रै गरिरहेको थिएँ। के तिमीले यसलाई गम्भीर रूपमा लियौ? मैले वास्तवमा यसो भन्न खोजेको थिइनँ; तिमी यसलाई गम्भीर रूपमा लिइरहेका छौ।” के यो दियाबलसले मानिसहरूलाई परीक्षामा पार्नु होइन र? एक जना व्यक्तिलाई परीक्षामा पारेपछि, तिनीहरूले अर्को निसाना खोज्छन्, र अरूलाई कामवासनाको प्रलोभनमा पार्छन्। तिनीहरू कति भयानक र दुष्ट हुन्छन्! कसैलाई कामवासनाको प्रलोभनमा पारेपछि, तिनीहरूले त्यसलाई स्वीकार गर्न मान्दैनन्। यदि कुनै व्यक्ति त्यस्तो व्यक्तिको बहकाउमा परेर फस्छ भने, के त्यो घिनलाग्दो कुरा होइन र? (हो।) के लापरवाह ढङ्गले अरूलाई कामवासनाको प्रलोभनमा पार्ने मानिसहरू घृणास्पद हुन्छन्? (हुन्छन्।) परमेश्‍वरको घरले सुरुदेखि नै भनेको छ कि यदि कुनै व्यक्ति विवाह गर्ने उमेरमा पुगेको छ र ऊ वयस्क हो भने, उसले सामान्य डेटिङ गर्नु वा विवाह गरेर सामान्य रूपमा दिनहरू सँगै बिताउनुलाई परमेश्‍वरको घरले विरोध गर्दैन, र उसलाई त्यस कार्यमा संलग्न हुन अनुमति र स्वतन्त्रता दिन्छ। तर, केही सर्तहरू छन्: लम्पट क्रियाकलापहरूमा संलग्न हुन पाइँदैन; लापरवाह ढङ्गले विपरीत लिङ्गको व्यक्तिलाई कामवासनाको प्रलोभनमा पार्न र जिस्किन, र यत्तिकै उसलाई सताउन पाइँदैन। परमेश्‍वरको घरले डेटिङमा रोकटोक गर्दैन, तर यसले लापरवाह कामवासनाको प्रलोभनलाई अनुमति दिँदैन। लापरवाह कामवासनाको प्रलोभन भनेको के हो? यसको अर्थ विपरीत लिङ्गको कुनै पनि सदस्यलाई दुर्व्यवहार गर्नु, र त्यसो गरेपछि, दुर्व्यवहार गरेको छु भनेर स्वीकार नगर्नु हो। तिनीहरूले दुर्व्यवहार गर्ने मानिसहरू तिनीहरूका साँचो प्रेमी-प्रेमिका हुँदैनन्; तिनीहरूले दीर्घकालीन सम्बन्धमा रहने वा विवाह गर्ने अभिप्राय राख्दैनन् बरु अर्को व्यक्तिलाई कामवासनाको प्रलोभनमा पार्न, खेलौना बनाउन, तिनीहरूसँग रमाइलो गर्न, रोमाञ्चकता खोज्न, धेरै जनासँग लसपस गर्न, र व्यभिचारीले जस्तो व्यवहार गर्न मात्रै चाहन्छन्—यसलाई लम्पटता भनिन्छ। मण्डलीमा, लम्पट हुन पाइँदैन, र यदि यस्तो देखियो भने, संलग्न व्यक्तिहरूलाई मानिसहरूलाई निकाल्ने सिद्धान्तहरू अनुसार तह लगाउनुपर्छ। अवश्य नै, सुसमाचार समूहभित्र, सुसमाचार प्रचार गर्ने मानिसहरूका हकमा यस्ता परिस्थितिहरू देखा पर्न अनुमति दिइँदैन, चाहे तिनीहरू पूर्णकालीन कर्तव्य मण्डलीहरूबाट आएका हुन् वा साधारण मण्डलीहरूबाट आएका हुन्। यदि कसैले सुसमाचार प्रचार गर्ने भेषमा लापरवाह ढङ्गले अरूलाई कामवासनाको प्रलोभनमा पार्छ, सहकार्य गर्न विपरीत लिङ्गका सदस्यहरूलाई मात्रै छनौट गर्छ, वा विपरीत लिङ्गका सदस्यहरूलाई मात्रै सुसमाचार प्रचार गर्छ, र यसरी अनुचित सम्बन्धहरूमा संलग्न हुने अवसर लिन्छ भने, यसले परमेश्‍वरको सुसमाचारको काममा बाधा र अवरोध ल्याउँछ। अगुवा र कामदारहरूले त्यस्ता मानिसहरूलाई तुरुन्तै पखाल्नुपर्छ।

विपरीत लिङ्गका सदस्यहरूलाई भेट्न र लम्पट क्रियाकलापहरूमा संलग्न हुनका लागि, कतिपय मानिसहरूले उमेरलाई ध्यान दिँदैनन् र तिनीहरूका लागि उमेरको कुनै सीमा हुँदैन। तिनीहरू अलिकति पनि लाज नमानी सके जति धेरैलाई कामवासनाको प्रलोभनमा पार्ने प्रयास गर्छन्। कतिपयले विपरीत लिङ्गका सदस्यहरूलाई कामवासनाको प्रलोभनमा पार्दै आफ्नो देहका वासनापूर्ण चाहनाहरूलाई सन्तुष्ट पार्ने मात्र गर्दैनन्—तिनीहरूले अर्को पक्षलाई आफ्नो जीविकोपार्जनको खर्च तिर्न, तिनीहरूलाई सामान किन्न, आदि इत्यादि गर्न समेत लगाउँछन्। यदि तिमीहरूले त्यस्ता मानिसहरू पत्ता लगायौ वा कसैले त्यस्ता घटनाहरूका बारेमा रिपोर्ट गर्‍यो भने, तिनीहरूलाई तुरुन्तै सम्हाल्नुपर्छ। एउटै मात्र समाधान भनेको यी मानिसहरूलाई निकाल्नु, तिनीहरूलाई सधैँका लागि निकाल्नु हो। किनभने यस्ता समस्या भएका मानिसहरूका हकमा, यो अस्थायी समस्या मात्रै हुँदैन। यो कुरा विशेष गरी विवाह भएका मानिसहरूका हकमा लागू हुन्छ—घरमा श्रीमान-श्रीमती हुँदाहुँदै, तिनीहरूले सुसमाचार प्रचार गर्ने निहुँमा विपरीत लिङ्गीहरूलाई विशेष रूपमा निसाना बनाउँछन्। तिनीहरूले धनी होस् वा गरिब होस्, कुनै पनि प्रकारको व्यक्तिको खोजी गर्छन्, र यदि तिनीहरूले मन पर्ने व्यक्ति भेट्टाए भने, तिनीहरू ऊसँगै भाग्न पनि सक्छन्, र तिनीहरूले सुसमाचार प्रचार गर्न समेत छोड्छन्—परमेश्‍वरमा विश्‍वास नै गर्न छोड्छन्। यदि त्यस्ता मानिसहरूलाई चाँडै पत्ता लगाउन सकियो भने, तिनीहरूलाई अर्को मौका नदिई, र थप निगरानीमा नराखी सुसमाचार प्रचार गर्नेहरूको वर्गबाट तुरुन्तै र स्थायी रूपमा निकाल्नुपर्छ। बुझ्यौ? कतिपयले भन्छन्, “कतिपयका लागि, जीवन कठिन हुन्छ। यदि तिनीहरूले विपरीत लिङ्गको कसैलाई परिवार बनाउन कामवासनाको प्रलोभनमा पार्छन्, र अर्को व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्न र उसलाई साथ दिन सक्छ भने, के त्यो दुवै जनाका लागि फाइदाजनक हुनेछैन र?” म तँलाई भन्छु, त्यस्ता मानिसहरूलाई जति सक्दो चाँडो निकाल्नुपर्छ; तिनीहरूलाई पारिवारिक जीवनमा बिलकुलै रुचि हुँदैन बरु लम्पट क्रियाकलापहरूमा संलग्न हुने रुचि हुन्छ। म किन यति निश्चित छु? यदि तिनीहरू लम्पट क्रियाकलापहरूमा संलग्न हुने किसिमका नभएका भए, परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, विशेष गरी यदि तिनीहरू विवाहित छन् भने, तिनीहरूले त्यस्तो व्यवहारलाई पटक्कै जारी राख्नेथिएनन्। अहिले सारा संसारभरिका प्रचलनहरू लम्पट र दुष्ट छन्; मानिसहरू आफ्नो वासनामा डुब्छन् र कुनै पनि संयमताविना कसले विपरीत लिङ्गका धेरै सदस्यहरूलाई कामवासनाको प्रलोभनमा पार्न सक्छ भनेर प्रतिस्पर्धा गर्छन्, किनभने यो समाज र यो मानवजातिले यी कार्यहरूलाई निन्दा वा गिल्ला गर्दैनन्। त्यसकारण, मानिसहरू आफूले लम्पट क्रियाकलापहरूमा संलग्न भएर र आफ्नो देह बेचेर पैसा कमाउन सकेमा, त्यो सीप वा क्षमताको चिन्ह हो भन्ने सोच्छन्। तिनीहरूले यसलाई गर्व गर्नुपर्ने कुराका रूपमा लिन्छन्। तर, परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, यी कुराहरूप्रति मानिसहरूको दृष्टिकोण पूर्ण रूपमा परिवर्तन हुन्छ। तिनीहरूले देहका वासनाहरूलाई सम्हाल्ने सही तरिका खोज्छन्, जसमा सबैभन्दा पहिला संयमता आउँछ। व्यक्तिले कसरी संयमता अभ्यास गर्न सक्छ? मानिसहरूले लाजलाई थाहा पाउनुपर्छ र तिनीहरूमा लाजको बोध हुनुपर्छ। सामान्य मानवता भनेको त्यही हो। हरेक व्यक्तिमा कामवासना हुन्छ, तर मानिसहरूले आफूलाई नियन्त्रण गर्न र लाजको बोध राख्न जान्नुपर्छ। तिनीहरूसँग यस्ता केही विचारहरू भए पनि, तिनीहरूले आफूलाई रोक्नुपर्छ किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् र तिनीहरूसँग विवेक र समझ हुन्छ। तिनीहरू आफ्नो मनका अनुचित विचारहरूको पछाडि पटक्कै लाग्नु हुँदैन, तिनमा लिप्त हुनु त झनै हुँदैन। तिनीहरूले यी समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्नुपर्छ। तिनीहरू सत्यता नबुझ्ने नयाँ विश्‍वासी भए पनि, तिनीहरूले आफूलाई मानव नैतिकताका सबैभन्दा आधारभूत मानकहरूद्वारा मापन गर्नुपर्छ। यदि तँमा यो स्तरको संयमता समेत छैन भने, तँमा सामान्य मानवता र सामान्य मानवताको विवेक र समझको कमी छ। सबै प्रकारका जनावरले यस सम्बन्धमा निश्चित व्यवस्था र नियमहरू पालना गर्छन्, लापरवाह व्यवहार गर्दैनन्; मानवका रूपमा, मानिसहरूमा लापरवाह व्यवहार गर्ने सम्भावना अझै कम हुनुपर्छ, र तिनीहरूमा अझै ठूलो संयमता हुनुपर्छ। यदि तँमा यो स्तरको संयमता र आत्म-नियन्त्रण समेत छैन भने, तैँले कसरी सत्यताको खोजी गर्ने र अभ्यास गर्ने आशा गर्न सक्छस्? यदि तैँले आफ्नो दुष्ट कामवासनालाई समेत समाधान गर्न सक्दैनस् भने, आफ्ना भ्रष्ट स्वभावहरूलाई कसरी समाधान गर्न सक्छस्? परमेश्‍वरलाई प्रतिरोध गर्ने र धोका दिने तेरो प्रकृतिलाई समाधान गर्न झनै असम्भव हुनेछ, होइन र? (हो।) यदि तैँले देहका कामवासनाहरूलाई समेत सम्हाल्न सक्दैनस् भने, तैँले आफ्ना भ्रष्ट स्वभावहरूलाई समाधान गर्ने आशा कसरी गर्न सक्छस्? त्यो सोच्दा पनि नसोच्। तैँले यो हासिल गर्न सक्नेछैनस्।

कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्दा सधैँ डेटिङ गर्ने अवसरहरू खोज्छन्, र यस्ता घटनाहरू बारम्बार घटिरहन्छन्। प्रणयी सम्बन्धमा लाग्ने बानी परेको तर आफ्नो उचित कामलाई बेवास्ता गर्नेहरूलाई निकालिएको र तह लगाइएको छ, जबकि कहिलेकाहीँ अपराध गर्नेहरूलाई चेतावनी दिइन्छ। दुष्ट स्वभाव भएका यी व्यक्तिहरूले सही परिस्थितिहरू भेट्टाएपछि र आफूले प्रेमी मान्ने व्यक्तिलाई भेटेपछि, तिनीहरू परीक्षामा पर्छन्। यसरी परमेश्‍वरमा विश्‍वास गरेर आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको अभिप्राय तिनीहरूको दुष्ट कामवासनाका बीचमा हराउँछ। तिनीहरू प्रणयी सम्बन्धमा प्रवेश गर्ने बित्तिकै, तिनीहरूले अरू सबै कुरालाई बेवास्ता गर्छन्, आशिष् पाउने आफ्नो अभिप्रायलाई समेत त्याग्छन्, र देहको खुसीलाई मात्रै पछ्याउँछन्। एक-दुई पटक अपराध गरेपछि, तिनीहरूलाई अलिक ग्लानि र व्यथित महसुस हुन सक्छ, तर तीन-चार पटक गरेपछि, यो लम्पटता बन्छ। एकपटक लम्पटता सुरु भएपछि, तिनीहरूमा आत्म-आरोप वा व्यथाको अनुभूति रहँदैन, किनभने व्यक्तिको मानवताको आधाररेखा मानिने लाजको तह पहिले नै भङ्ग भइसकेको हुन्छ। तिनीहरूले लम्पटतालाई लाजमर्दो ठान्न छाडेका हुन्छन् र यसरी तिनीहरू यसमा संलग्न भइरहन्छन्। जो लम्पटतामा निरन्तर संलग्न हुन सक्छन् तिनीहरू विशेष गरी आफ्नो कामवासनामा लिप्त हुन्छन्, र तिनीहरूले कुनै संयम देखाउँदैनन्। त्यस्ता व्यक्तिहरूलाई मण्डलीमा आउने अनुमति हुँदैन, र तिनीहरूलाई पखाल्नैपर्छ; तिनीहरूलाई बढावा दिने वा तिनीहरूलाई राख्नका लागि कुनै बहाना बनाउने काम नगर्। परमेश्‍वरको घरमा सुसमाचार प्रचार गर्ने मानिसहरूको कमी छैन; यसलाई ठाउँ मात्रै ओगट्न यस्ता व्यभिचारीहरू चाहिँदैन, किनभने यसले परमेश्‍वरको नाउँको गम्भीर रूपमा अपमान गर्छ। त्यसकारण, यदि कसैले रिपोर्ट गर्‍यो वा तैँले सुसमाचार प्रचार गर्ने समूहभित्र त्यस्ता व्यक्तिहरूलाई व्यक्तिगत रूपमा भेट्टाइस् भने, के गर्ने भनेर तँलाई थाहा हुनुपर्छ। यदि केही नयाँ विश्‍वासीहरूमा यो समस्या छ भने, तिमीहरूले सुरुमा यस समस्यासम्बन्धी सत्यता सङ्गति गर्नुपर्छ, र लम्पट कार्यहरू गर्नेहरूप्रति मण्डलीका सिद्धान्त र मनोवृत्तिहरू के-के हुन् भनेर सबैलाई थाहा दिनुपर्छ। कम्तीमा पनि, तिनीहरूलाई त्यसमा फस्नबाट र सुसमाचारको प्रचारलाई त्यस्ता व्यवहारहरूमा संलग्न हुने अवसरका रूपमा प्रयोग गर्नबाट रोक्नका लागि प्रारम्भिक चेतावनी दिइनुपर्छ, र अन्तिममा अग्रिम रूपमा सान्दर्भिक सत्यता सिद्धान्तहरू सङ्गति नगरेकोमा प्रभारी वा अगुवा र कामदारहरूलाई दोष दिनुपर्छ। त्यसकारण, त्यस्ता घटनाहरू घट्नुभन्दा पहिले, कतिपय मानिसहरूलाई त्यस्ता व्यक्ति र मामलाहरूप्रति परमेश्‍वरको घरको मनोवृत्तिबारे थाहा हुनुभन्दा पहिले, मानिसहरू यी समस्याहरूका बारेमा प्रस्ट नहुँदा, अगुवा र कामदारहरूले तिनीहरूलाई खुलस्त र स्पष्ट रूपमा यी सिद्धान्तहरू सङ्गति गर्नुपर्छ, ताकि तिनीहरूले यी मामलाहरू कस्तो व्यवहार र प्रकृतिमा पर्छन्, र त्यस्ता मामला र व्यक्तिहरूप्रति परमेश्‍वरको घरको मनोवृत्ति कस्तो छ भन्ने कुरा जानून्। यी सिद्धान्तहरू राम्ररी सङ्गति गरिसकेपछि, यदि यी सिद्धान्तहरू थाहा हुनुका बाबजुद तिनीहरू अझै पनि आफ्नै मार्गमा टाँसिइरहन्छन् र आफ्नो मार्गमा लागिरहन्छन् भने, तिनीहरूलाई तह लगाउन र नष्ट गर्न जरुरी हुन्छ, तिनीहरूलाई हटाइनुपर्छ। यदि त्यस्ता व्यक्तिहरू मण्डलीमा देखा पर्छन्, र अरूलाई कामवासनाको प्रलोभनमा पारेर वा विपरीत लिङ्गका मानिसहरूलाई बारम्बार दुर्व्यवहार गरेर प्रायः घटनाहरू घटाउँछन् भने, तिनीहरूमा अवश्य नै समस्याहरू हुन्छन्। कुनै महत्त्वपूर्ण समस्याहरू देखा परेका छैनन् भने पनि, अगुवा र कामदारहरूले यी व्यक्तिहरूलाई चेतावनी दिनुपर्छ र तह लगाउनुपर्छ, वा तिनीहरूलाई मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने ठाउँहरूबाट हटाउनुपर्छ; गम्भीर अवस्थामा, तिनीहरूलाई सिधै निकाल्नुपर्छ। मानिसहरूको मानवताका प्रकटीकरणहरूको सातौँ पक्षबारे हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।

डिसेम्बर १८, २०२१

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्