अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२६) खण्ड दुई

आ. परमेश्‍वरका मानिसहरू

बफादार श्रमिकहरूका प्रकटीकरणहरूका बारेमा सङ्गति गरिसकेपछि, हामी अर्को प्रकारका मानिसहरूका प्रकटीकरणहरूका बारेमा कुरा गरौँ। सबै प्रकारका मानिसहरूका भ्रष्ट स्वभावबारे परमेश्‍वरले गर्नुभएका विभिन्न खुलासा र मूल्याङ्कनहरू सुनेपछि, यी व्यक्तिहरूले तुलनात्मक रूपमा विगतका आफ्नै भ्रष्ट स्वभावका विभिन्न प्रकटीकरणहरू र तिनीहरूको भ्रष्ट स्वभावको प्रभुत्वमा पैदा हुने परमेश्‍वर र सत्यताप्रतिको तिनीहरूका विभिन्‍न मनोवृत्तिहरूबारे बढी सोच्छन्—तिनीहरूले आफ्ना विभिन्‍न प्रकटीकरणहरूका बारेमा मनन गर्न र तिनलाई चिन्न, आफूलाई परमेश्‍वरका वचनहरूसँग भिडाएर हेर्न, आफ्नो कर्तव्यप्रतिको आफ्नो मनोवृत्ति जाँच्न, र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा र परमेश्‍वरले खडा गर्नुभएका विभिन्न मानिस, घटना, र कामकुराहरूका बीचमा तिनीहरूले प्रकट गर्ने विभिन्न भ्रष्टताहरू जाँच्न थाल्छन्। तिनीहरूले परमेश्‍वरको न्याय, खुलासा, र अनुशासनलाई स्वीकार गर्न प्रयास गर्ने क्रममा आफूलाई हरेक विवरणबाट जाँच्छन् र चिन्छन्। यी व्यक्तिहरू कुन-कुन हिसाबमा श्रमिकहरूभन्दा असल हुन्छन्? तिनीहरूले सत्यता, परमेश्‍वरका वचनहरू, र परमेश्‍वरले खुलासा गर्नुभएको हरेक भ्रष्ट स्वभावलाई सक्रिय र सकारात्मक रूपमा स्वीकार गर्न सक्छन्। कहिलेकाहीँ तिनीहरू नकारात्मक बन्ने, पन्छिने, वा तिनीहरूले हरेस खाने विचारसमेत गर्ने भए पनि, जेसुकै भए पनि, तिनीहरूसँग अझै पनि आफूलाई सत्यता स्वीकार गर्न लगाउने हुटहुटी हुन्छ। यो हुटहुटी के हो? यो यस्तो हो: “परमेश्‍वरका वचनहरूले मानिसहरूलाई बदल्न सक्छन्। व्यक्तिले सत्यतालाई स्वीकार गरेसम्म, यी सबै समस्या र भ्रष्ट स्वभावहरूलाई समाधान गर्न सकिन्छ, अनि त्यसपछि व्यक्तिले मुक्ति पाउन सक्छ। यदि म मुक्ति पाउन चाहन्छु भने, मैले परमेश्‍वरको काममा सहकार्य गर्नैपर्छ र सत्यतालाई स्वीकार गर्नैपर्छ।” उदाहरणका लागि, इमानदार व्यक्ति बन्‍नेबारे सत्यता सुनेपछि, कतिपयले आत्मचिन्तन गर्न थाल्छन् र तिनीहरू संलग्न हुने छलीपन र चलाकी, साथै तिनीहरूका कपटी र दुष्ट पक्षहरू अझै स्पष्ट रूपमा देख्न थाल्छन्। तिनीहरूले आफ्ना हृदय वा छापमा बाँकी रहेका विगतका आफ्ना झूट र छलकपटका तरिकाहरू सम्झन्छन्, जुन चलचित्रका दृश्यझैँ तिनीहरूका मनमा घुमिरहन्छन्, जसले गर्दा तिनीहरूलाई झन्-झन् लाज, पीडा, र दुःख महसुस हुन्छ। निरन्तर आत्म-जाँच र आत्म-चिन्तन गरेपछि, तिनीहरूलाई अपराधीझैँ महसुस हुन्छ, तिनीहरू तुरुन्तै पूर्ण रूपमा लत्रिन्छन् र खडा हुन सक्दैनन्। तिनीहरूलाई आफू असल मानिस नभई दुष्ट मानिस हौँ भन्‍ने लाग्छ, र तिनीहरू आफूले परमेश्‍वरलाई प्रत्यक्ष रूपमा विरोध नगर्नु भाग्यमानी कुरा हो भन्‍ने सोच्छन्, जुन साँच्चै नै धन्‍नले बाँच्नु हो! त्यसपछि तिनीहरू होसमा आउन थाल्छन्, व्यक्तिका रूपमा यसरी असफल हुन चाहँदैनन्, र यस्तो सङ्कल्प गर्छन्: “मैले नयाँ सुरुवात गर्नैपर्छ र म इमानदार व्यक्ति हुनैपर्छ, नत्र, मैले परमेश्‍वरको मुक्ति पाउन सक्दिनँ। मुक्ति पाउनका लागि, म इमानदार व्यक्ति हुनैपर्छ। अहिले मैले हरेस खानै मिल्दैन!” यी मानिसहरूले सत्यतालाई ढिलो-चाँडो जहिले स्वीकार गरे पनि, र परमेश्‍वरका वचनहरूबारे तिनीहरूको बुझाइ गहन भए पनि वा सतही भए पनि, परमेश्‍वरका वचनहरूप्रति तिनीहरूमा तिरस्कारको मनोवृत्ति हुँदैन, वितृष्णा वा प्रतिरोधको मनोवृत्ति त झनै हुँदैन। बरु, तिनीहरूले सक्रिय रूपमा परमेश्‍वरका वचनहरूलाई मान्छन् र स्वीकार गर्छन्, अनि त्यसपछि तिनीहरू ती अभ्यास गर्न सधैँ तयार हुन्छन्। कार्य गर्दा वा आफ्नो कर्तव्य पूरा गर्दा, तिनीहरूले परमेश्‍वरका वचनहरूमा सिद्धान्तहरूको खोजी गर्न सक्दो कोसिस गर्छन् अनि त्यसपछि यी सिद्धान्तहरू अनुसार सचेत रूपमा कार्य गर्छन्। कहिलेकाहीँ तिनीहरूले निश्चित सिद्धान्तहरू भेट्टाउन वा दिशा बुझ्न नसके पनि, तिनीहरूको आशय भनेको आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने, परमेश्‍वरका अभिप्रायहरू अनुसार र सत्यता सिद्धान्तहरूसँग मिल्दो तरिकाले गर्ने हुन्छ। यी मानिसहरूको मानवता र श्रमिकहरूको मानवता प्रायः उस्तै हुन्छ; उच्च र निम्न, वा आदर्शमय र तुच्छका बीचमा कुनै भिन्नता हुँदैन। अवश्य नै, यस्ता मानिसहरूमध्ये धेरैले आफूलाई “असल मानवता भएको, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने, र परमेश्‍वरको विश्‍वासीका रूपमा त्याग्ने क्षमता भएको, र आफ्नो कर्तव्य पूरा गर्न मूल्य चुकाउने र कष्ट सहने इच्छा भएको” व्यक्तिका रूपमा हेर्छन्। तर यी मानिसहरू र श्रमिकहरूका बीचमा के भिन्नता छ? तिनीहरूले मानिसहरूलाई न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरू सुनेपछि, तिनीहरूको मनोवृत्ति भनेको बेवास्ता गर्ने, तर्किने हुँदैन, बरु सक्रिय रूपमा र इमानदारीसाथ स्वीकार गर्ने हुन्छ। यी वचनहरू सुनेपछि तिनीहरू व्याकुल र हताश भए पनि, तिनीहरूले प्रकट भएको आफ्नो भ्रष्टताप्रति रिससमेत पोखाए पनि, अन्तमा, तिनीहरूले अझै पनि तिनलाई सही ढङ्गले सामना गर्न, सक्रिय रूपमा स्वीकार गर्न, र सक्रिय रूपमा अभ्यास गर्न र तिनमा प्रवेश गर्न सक्छन्। के यो पनि एक प्रकारको व्यक्ति होइन र? (हो।) के यी मानिसहरू निश्चित हदसम्म प्रतिनिधिमूलक होइनन् र? (हुन्।) के यस्ता मानिसहरू धेरै छन्? (त्यति धेरै छैनन्।) अहिले धेरै नभए पनि, तिनीहरूको सङ्ख्या बढ्ने आशा छ। त्यसोभए, यी मानिसहरूलाई कुन वर्गमा वर्गीकरण गर्नुपर्छ? के यी निश्चित प्रकटीकरणहरूले यी मानिसहरूले सत्यतालाई प्रेम गर्छन् र सत्यतालाई स्वीकार गर्न सक्छन् भन्‍ने कुराको सङ्केत गर्न सक्छन्? (सक्छन्।) तिनले सक्छन्। बुझ्ने क्षमता कम भएका कतिपय मानिसहरूले सत्यतालाई अलिक ढिलो पनि, हृदयको गहिराइमा, तिनीहरूले सत्यतालाई स्वीकार गर्छन् र तिनीहरूसँग त्यसमा सक्रिय रूपमा प्रवेश गर्ने मानसिकता हुन्छ। जब कसैले सत्यता सिद्धान्तहरू अनुरूप रहेका नयाँ ज्योति वा अभ्यासका मार्गहरू सङ्गति गर्छ, तब तिनीहरूको आँखा धपक्क बल्छ, तिनीहरूको हृदय छर्लङ्ग हुन्छ, र तिनीहरू यस्तो सोच्दै हर्षित हुन्छन्, “बल्ल कसैले यो ज्योति सङ्गति गरेको छ। ममा यही कुराको कमी छ।” तिनीहरू सधैँ आफूमा के कुराको कमी छ भन्‍ने कुरा बुझ्न, आफूलाई झट्टै चाहिने तर आफूमा नभएको ज्योति र अन्तर्दृष्टि प्राप्त गर्न, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गरेको साँचो अनुभवात्मक बुझाइबाट आफूलाई चाहिने सत्यता सिद्धान्तहरू पत्ता लगाउन सक्षम हुन्छन्। यी निश्चित प्रकटीकरणहरूका आधारमा हेर्दा, के तिनीहरूको हृदयले सत्यताको तृष्णा गर्दैन र? (गर्छ।) यदि हामीले यी मानिसहरूले सत्यतालाई प्रेम गर्छन् भनेर भन्यौँ भने, यो अभिव्यक्ति त्यति वस्तुगत वा सटीक हुँदैन। तर, यी मानिसहरूका निश्चित प्रकटीकरणका आधारमा हेर्दा, तिनीहरूले सत्यताको तृष्णा गर्छन्। यो तृष्णा कहाँबाट आउँछ? यो आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्ने, आफ्नो जीवन प्रवेशमा तिनीहरूले सामना गर्ने विभिन्न समस्या र कठिनाइहरू समाधान गर्ने, र सत्यतामा प्रगति गर्ने, अझै गहिराइमा जाने तिनीहरूको आशा, साथै साँचो रूपमा सिद्धान्तहरू अनुसार काम गर्ने, एउटा मार्गका साथ अभ्यास गर्ने, आफ्ना भ्रष्ट स्वभावका प्रकटीकरणबाट आफ्नो भ्रष्ट स्वभावको सार के हो, र तिनलाई कसरी समाधान गर्ने र फाल्ने भन्‍ने कुरालाई अझै सटीक रूपमा पहिचान गर्ने तिनीहरूको आशाबाट आउँछ। यी मानिसहरू प्रायजसो हैसियतका लागि प्रतिस्पर्धा गर्ने, जिद्दी भएर आफ्नै मार्गमा लागिरहने, र आत्म-धर्मी, अहङ्कारी, छली, वा हठीसमेत हुने जस्ता भ्रष्ट स्वभावहरूभित्र जिउने भए पनि, निरन्तर परमेश्‍वरका वचनहरू खाएर-पिएर र परमेश्‍वरको काम अनुभव गरेर, यी स्पष्ट समस्याहरूलाई क्रमिक रूपमा जाँचिनेछ र पहिचान गरिनेछ। त्यसपछि, तिनीहरूले यी कुराहरूलाई समस्याहरू, सत्यता अनुरूप नभएका र परमेश्‍वरले घृणा गर्नुहुने भ्रष्ट स्वभावका प्रकटीकरणहरूका रूपमा चिन्न सक्छन्। आफ्ना भ्रष्ट स्वभावहरूबारे थाहा पाएपछि, तिनीहरूले तिनलाई समाधान गर्न र फाल्न अझै बढी तृष्णा गर्छन्। यो सत्यताप्रतिको तिनीहरूको तृष्णाको एउटा स्रोत हो। अर्को शब्दमा भन्दा, तिनीहरूमा आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्ने आवश्यकता, र आफ्नो भ्रष्ट स्वभावलाई फाल्ने आतुर मानसिकता हुन्छ। साथ साथै, आफूले कस्तो भ्रष्ट स्वभाव प्रकट गरेको छु भनेर तिनीहरूले पत्ता लगाए पनि, वा तिनीहरूलाई जस्तोसुकै समस्या वा कठिनाइहरू आइपरे पनि, तिनीहरू परमेश्‍वरका वचनहरूमा सही जबाफहरू खोज्न, र परमेश्‍वरले मानिसबाट के माग गर्नुहुन्छ, र तिनलाई समाधान गर्न कस्ता सत्यता र परमेश्‍वरका वचनहरू प्रयोग गर्नुपर्छ भनी बुझ्न झनै उत्सुक हुन्छन्। सत्यताप्रतिको तिनीहरूको तृष्णाका निश्चित प्रकटीकरण र स्रोतहरू यिनै हुन्। के यो वस्तुगत अभिव्यक्ति हो? (हो।) यी मानिसहरूले सत्यतालाई प्रेम गर्छन् भनेर भन्न सकिँदैन। यदि तिनीहरूले सत्यतालाई प्रेम गर्थे भने, तिनीहरू अत्यन्तै सक्रिय हुनेथिए, र तिनीहरूका विभिन्न प्रकटीकरणहरू झनै सकारात्मक हुनेथिए। तर, यी मानिसहरूका विभिन्न प्रकटीकरणहरू र तिनीहरूको वास्तविक कदका आधारमा हेर्दा, तिनीहरू सत्यतालाई प्रेम गर्ने बिन्दुमा पुगेका हुँदैनन्, तिनीहरूले यसको तृष्णा मात्रै गर्छन्। यो अभिव्यक्ति पहिले नै निकै वस्तुगत छ। त्यसोभए, यी मानिसहरूका विभिन्न प्रकटीकरणहरूलाई हेर्दा, तिनीहरूलाई कुन वर्गमा वर्गीकरण गर्नुपर्छ? सटीक रूपमा भन्दा, यी मानिसहरू परमेश्‍वरका मानिसहरूको वर्गमा पर्छन्। यो दाबीको एउटा आधार छ। कस्तो आधार? यी मानिसहरूका भ्रष्ट स्वभावहरू अरूका जस्तै हुन्छन्। मानवताको हिसाबमा भन्दा, तिनीहरूको मानवता असल छ भनेर भन्न मिल्दैन, न त परमेश्‍वरको नजरमा तिनीहरू सिद्ध छन् भनेर नै भन्न मिल्छ; तिनीहरूमध्ये धेरैजसोमा औसत मानवता हुन्छ। यहाँ “औसत” भन्नुको अर्थ के हो? यसको अर्थ निश्चित स्तरको विवेक र समझ राख्नु हो। तर यो सबैभन्दा महत्त्वपूर्ण पक्ष होइन। सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो? यो के हो भने, परमेश्‍वरका वचनहरू र परमेश्‍वरका मागहरू सुनेपछि, परमेश्‍वरका वचनहरूले खुलासा गरेका सबै प्रकारका मानिसहरूका भ्रष्ट स्वभावहरूबारे सुनेपछि, तिनीहरू उदासीन हुँदैनन्, बरु उत्तेजित हुन्छन् र तिनीहरूले कदम चाल्नेछन्। कदम चाल्नु भनेको के हो? यसको अर्थ परमेश्‍वरका यी वचनहरू र यी सत्यताहरू सुनेपछि, तिनीहरू अब भ्रष्ट स्वभावभित्र जिउन र आफ्नो पहिलेकै जिउने तरिका जारी राख्न अनिच्छुक हुन्छन्। बरु, तिनीहरू आफू पहिले भर परेका विभिन्न विचार, दृष्टिकोण, र अस्तित्वका तरिका र जीवनशैलीलाई परिवर्तन गर्न लागिपर्छन्। साथसाथै, तिनीहरूले लापरवाह र मनोमानी हुनुको सट्टा आफ्नो कर्तव्य पूरा गर्दा र परमेश्‍वरले खडा गर्नुभएका विभिन्न परिस्थितिहरूमा सक्रिय रूपमा सत्यताको खोजी गर्छन्, र परमेश्‍वरका वचनहरूलाई अभ्यासका आधार र सिद्धान्तहरूका रूपमा प्रयोग गर्छन्। तिनीहरूको मानवता, क्षमता, र परमेश्‍वरका वचनहरू, परमेश्‍वरको काम, र परमेश्‍वरका मागहरू, इत्यादिप्रतिको तिनीहरूको मनोवृत्ति र दृष्टिकोणलाई हेर्दा, यी ठ्याक्कै तिनै मानिसहरू हुन् जसलाई परमेश्‍वरले मुक्ति दिने अभिप्राय राख्नुहुन्छ। आफ्नो भ्रष्ट स्वभाव फाल्ने र मुक्ति पाउने तिनीहरूको आशा श्रमिकहरूको भन्दा बढी हुन्छ। सत्यतालाई स्वीकार गर्ने र मुक्ति पाउनका लागि आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्नेहरूलाई मात्रै परमेश्‍वरका मानिस मानिन्छ। के यो परिभाषा निकै उपयुक्त छैन र? (छ।) यो सबैभन्दा उपयुक्त छ। मुक्ति पाउनु भनेको रहन सक्नका लागि थोरै मेहनत लगाउनु र थोरै मूल्य चुकाउनु, अनि त्यसपछि सबै कुरा ठीक हुनु मात्र होइन। जसले मुक्ति पाउन सक्छन् तिनीहरूको हैसियत कस्तो हुन्छ? यो यस्तो हैसियत हो, जसद्वारा परमेश्‍वरका वचनहरू र कामलाई स्वीकार र अनुभव गरेर, तिनीहरूका भ्रष्ट स्वभावहरू समाधान हुन्छन्। यस प्रक्रियामा, तिनीहरूले परमेश्‍वरलाई चिन्न, आफ्नो भ्रष्ट स्वभाव बुझ्न, र परमेश्‍वरका वचनहरूको वास्तविक र ठोस अनुभवहरू प्राप्त गर्न सक्छन्, यसरी तिनीहरू परमेश्‍वरको गवाही दिन सक्षम हुन्छन्—तिनीहरूले परमेश्‍वरको गवाही दिन सक्छन्। तिनीहरूले परमेश्‍वरका कुन-कुन पक्षहरूका बारेमा गवाही दिन्छन्? तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरको स्वभाव, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, परमेश्‍वरको पहिचान, र परमेश्‍वर नै सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुराको गवाही दिन्छन्। मुक्ति प्राप्त गरेपछि व्यक्तिमा प्रकट हुन सक्ने कुरा यही हो। मानिसहरूले मुक्ति पाएपछि किन यी परिणामहरू हासिल गर्न सक्छन्? तिनीहरूले आफूलाई “असल मानवता भएको, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने, र परमेश्‍वरको विश्‍वासीका रूपमा त्याग्ने क्षमता भएको, र आफ्नो कर्तव्य पूरा गर्न मूल्य चुकाउने र कष्ट सहने इच्छा भएको” व्यक्ति ठान्‍ने हुनाले यो हासिल गर्ने होइन। यसको एउटै मात्र कारण—र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने—तिनीहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनका रूपमा स्वीकार गर्न सक्छन्, आफ्नो भ्रष्ट स्वभाव फाल्नका लागि सत्यता अभ्यास गर्न सक्छन्, आफ्नो मूल, र पुरानो जिउने तरिका र जीवनसम्बन्धी दृष्टिकोणहरूलाई पन्छाउन सक्छन्, र परमेश्‍वरका वचनहरूलाई आफ्नो नयाँ जीवनका रूपमा लिन सक्छन्। तिनीहरूले आफूलाई आचरणमा ढाल्न, कामकुरा गर्न, परमेश्‍वरलाई पछ्याउन, परमेश्‍वरमा समर्पित हुन, र परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि परमेश्‍वरका वचनहरूलाई आधारका रूपमा प्रयोग गर्छन्। त्यस्ता मानिसहरूमा हासिल गर्न सकिने परिणाम यही हो। मुक्ति हासिल गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो? (सत्यतालाई स्वीकार गर्न सक्नु।) ठीक भनिस्। सत्यतालाई स्वीकार गर्न सक्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

कतिपय मानिसहरू भन्छन्, “यदि मैले परमेश्‍वरका लागि आफूलाई अन्त्यसम्म समर्पित गरेँ भने, के परमेश्‍वरले मलाई धेरै आशिष् दिनुहुनेछ?” यदि तँ सत्यतालाई स्वीकार गर्दैनस्, तर अझै पनि परमेश्‍वरलाई अन्त्यसम्म पछ्याउन लागिपर्न सक्छस्, अन्तिमसम्म परिश्रम गर्न सक्छस्, जुन अवधिमा कुनै ठूलो अपराध हुँदैन र तैँले परमेश्‍वरको स्वभावलाई चिढ्याउँदैनस् भने, त्यस्ता परिस्थितिहरूमा, परमेश्‍वरले तँलाई रहन पाउने बफादार श्रमिक भन्‍ने ठान्‍नुहुनेछ। कतिपय मानिसहरू सोध्छन्, “रहन पाउनु कस्तो किसिमको आशिष् हो?” यो सानोतिनो आशिष् होइन! यदि मौका र सम्भावना छ भने, तैँले परमेश्‍वरको वास्तविक व्यक्तिलाई देख्न सक्छस्, र यो कुरा परमेश्‍वरले अर्को युगमा के गर्नुहुन्छ भन्ने कुरामा निर्भर हुन्छ। यदि अझै धेरै दशकसम्म रहने र जिउने मौका मिल्यो भने, त्यो आशिष् निकै महत्त्वपूर्ण हुन्छ। यो आशिष् कसरी आउँछ? यो “मसँग असल मानवता छ, म परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्छु, म त्याग्न सक्छु, र म आफ्नो कर्तव्य पूरा गर्नका लागि मूल्य चुकाउन र कष्ट सहन इच्छुक छु” भन्‍ने दृष्टिकोणलाई समातेर बफादारीपूर्वक श्रम गर्दा हासिल हुन्छ। के श्रमिकहरूले सन्तुष्ट हुन जान्‍नु पर्दैन र? (पर्छ।) तिनीहरू यो आशिष् प्राप्त गर्नमा नै सन्तुष्ट हुनुपर्छ। तैँले परमेश्‍वरका वचनहरूसमेत स्वीकार गर्दैनस्, तैपनि यस अवधिमा तँ पछि नहटी, परमेश्‍वरको स्वभावलाई नचिढ्याई वा उहाँका प्रशासनिक आदेशहरू उल्लङ्घन नगरी, ठूला अपराध नगरी परमेश्‍वरले तेरो बफादारी र अन्तसम्मै श्रम गर्ने क्षमता देख्नुहुने हुनाले, उहाँले तँलाई यो आशिष् र अनुग्रह प्रदान गर्नुहुन्छ—मानवजातिको सृष्टि भएदेखि नै, बफादारीपूर्वक श्रम मात्रै गरेका तर मुक्ति प्राप्त नगरेका भ्रष्ट मानिसहरूलाई परमेश्‍वरले दिनुहुने सबैभन्दा ठूलो उपहार यही हो। तैँले केवल थोरै मेहनत गरेको छस्, र तँ परमेश्‍वरका वचनहरूसमेत स्विकार्दैनस्—यस्तो ठूलो आशिष् प्राप्त गर्न सक्नु नै निकै राम्रो कुरा हो; यो परमेश्‍वरको असीम अनुग्रह हो। अर्को वर्गमा परमेश्‍वरका मानिसहरू पर्छन्, जसका बारेमा हामीले भर्खरै कुरा गरेका थियौँ। परमेश्‍वरका मानिसहरूले प्राप्त गर्ने आशिष्‌हरू अवश्य नै श्रमिकहरूले प्राप्त गर्ने आशिष्‌हरूभन्दा ठूला हुन्छन्। त्यसोभए परमेश्‍वरका मानिसहरूको आशिष् के हो? अवश्य नै, यो केवल रहन पाउनु वा परमेश्‍वरको वास्तविक व्यक्तिलाई देख्ने मौका पाउनुजत्तिको सरल कुरा होइन। अरू धेरै आशिष्‌हरू छन्, तर हामी तिनका बारेमा यहाँ छलफल गर्नेछैनौँ। यसबारे कुरा गर्नु यथार्थपरक हुँदैन, र यसबाहेक, मैले तिमीहरूलाई बताएँ भने पनि, तिमीहरूले अहिले ती कुरा बुझ्नेछैनौ वा प्राप्त गर्नेछैनौ। परमेश्‍वरका मानिसहरू तिनै हुन् जसलाई परमेश्‍वरले मुक्ति दिने अभिप्राय राख्नुहुन्छ, र सारा मानवजातिमाझ, तिनीहरूले सबैभन्दा ठूला आशिष्‌हरू प्राप्त गर्छन्; यो कुनै पनि हालतमा अतिशयोक्ति होइन। किन? किनभने, परमेश्‍वरको काममा, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनाको कामभित्र, परमेश्‍वरका मानिसहरूले परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्न सकेर, परमेश्‍वरका वचनहरूलाई सत्यता र आफ्नो अस्तित्वका सिद्धान्तहरूका रूपमा लिन सकेर, र परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवन बनाएर, शैतानको भ्रष्ट स्वभावलाई फालेका हुन्छन् र परमेश्‍वरका वचनहरू अनुसार जिएका हुन्छन्, र परमेश्‍वरका लागि दह्रिलो र जोडदार गवाही दिएका हुन्छन्। तिनीहरूले आफूले जिउने कुरा, अर्थात् आफ्नो जीवनलाई शैतानलाई जवाफी प्रहार गर्न र लज्जित पार्नमा प्रयोग गर्न, र मानवजातिका बीचमा परमेश्‍वरको गवाही दिन सक्छन्, यसरी परमेश्‍वरलाई महिमित पार्न सक्छन्। त्यसकारण, परमेश्‍वरले जसलाई मुक्ति दिने अभिप्राय राख्नुहुन्छ, र जसले मुक्ति प्राप्त गर्छन् तिनीहरू नै परमेश्‍वरका मानिस हुन्। कतिपय मानिसहरू भन्छन्, “यी व्यक्तिहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवन बनाउन, परमेश्‍वरका वचनहरू अनुसार जिउन, र परमेश्‍वरको गवाही दिन सक्ने हुनाले, के त्यसको अर्थ तिनीहरू परमेश्‍वरका प्रिय पुत्रहरू हुन्, परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने मानिसहरू हुन् भन्ने हो?” तैँले धेरै सोचिरहेको छस्; परमेश्‍वरका मानिसहरूमध्येको एक हुनु नै पर्याप्त कुरा हो। यदि परमेश्‍वरले तँलाई आफ्नो पुत्र, आफ्नो सन्तान, वा आफ्नो प्रिय पुत्र भन्‍नुभयो भने, त्यो परमेश्‍वरको मामला हो, तर जुनै पनि बेला होस्, तैँले कहिल्यै परमेश्‍वरको प्रिय पुत्र, परमेश्‍वरको पुत्र, वा परमेश्‍वरको प्रिय भनेर आफैले दाबी गर्नु हुँदैन। आफ्नो बारेमा त्यस्ता दाबीहरू नगर्, र आफूलाई त्यस्तो नठान्; तँ सृजित प्राणी होस्—यो सही कुरा हो। यदि कुनै दिन तँलाई परमेश्‍वरका मानिसहरूमध्येको एक भनेर भनियो, वा तँ मुक्ति पाउने मार्गमा लागिसकेको छस् भने पनि, तँ अझै पनि सृजित प्राणी मात्रै होस्। यदि तैँले यसरी सोच्छस् भने, यसले तैँले समातेको मार्ग सही मार्ग हो भन्‍ने प्रमाणित गर्छ। यदि तँ सधैँ परमेश्‍वरको प्रिय पुत्र बन्न, परमेश्‍वरको प्रेम पाउन, परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने व्यक्ति बन्‍न खोज्छस् भने, तैँले समातेको मार्ग गलत हो; यो मार्गले कहीँ पनि पुर्‍याउँदैन, र तँ त्यस्तो मनोकामनामा लाग्नु हुँदैन। परमेश्‍वरले कहिल्यै यस्ता शब्दहरू बोल्नुभएको, वा मानिसहरूलाई यस्तो प्रतिज्ञा गर्नुभएको भए पनि वा नभए पनि, तैँले आफूलाई यसरी लिनु हुँदैन; तैँले हासिल गर्न प्रयास गर्नुपर्ने कुरा यो होइन। परमेश्‍वरका मानिसहरूमध्येको एक बन्‍नु नै पर्याप्त हो; परमेश्‍वरका मानिसहरू सृजित प्राणीका रूपमा मानकअनुरूप भइसकेका हुन्छन्—तँ अझै पनि त्यस्तो व्यक्ति नहुनु दुःखको कुरा हो। त्यसकारण, ती अस्पष्ट, भ्रामक, र खोक्रा कुराहरूको पछि नलाग्। मुक्ति प्राप्त गर्ने पछ्याइमा लाग्न सक्नु भनेको, केही हदसम्म, मुक्ति पाउने मार्गमा हिँड्न थालिसकेको हुनु हो। परमेश्‍वरका मानिसहरूका प्राथमिक विशेषताहरू के हुन् भने, तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्छन् र सत्यताप्रति प्रेम देखाउँछन्। परमेश्‍वरको काम अनुभव गर्ने र मुक्ति पछ्याउने क्रममा, तिनीहरूका भ्रष्ट स्वभाव, पुराना विचारहरू, र तिनीहरूका भ्रष्ट स्वभावसँग सम्बन्धित विभिन्न नकारात्मक स्थिति र प्रकटीकरणहरूलाई फरक-फरक हदसम्म समाधान गर्न, फाल्न, र परिवर्तन गर्न सकिन्छ। त्यसपछि, तिनीहरू इमानदार व्यक्ति, सत्यता सिद्धान्तहरू बुझ्ने व्यक्ति, बफादारी र समर्पण भएको व्यक्ति, र परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्ने व्यक्ति बन्‍ने परमेश्‍वरका मागहरू अनुसार जिउन सक्छन्। जहाँसम्म मानक अनुरूपको परमेश्‍वरका मानिसहरूमध्ये एक हुने र मानक पूरा गर्ने व्यक्ति कसरी बन्‍ने भन्‍ने कुरा छ, हामी यहाँ त्यसबारे विस्तृत रूपमा व्याख्या गर्नेछैनौँ; आजको हाम्रो सङ्गतिको विषय त्यो होइन।

३. भाडाका कामदारहरू

श्रमिक र परमेश्‍वरका मानिसहरूबाहेक, एउटा अर्को वर्गका व्यक्तिहरू पनि छन्, जो परमेश्‍वरद्वारा चुनिएका मानिसहरूमध्ये सबैभन्दा दयनीय हुन्छन्। परमेश्‍वरले व्यक्त गर्नुभएका विभिन्न सत्यताहरू र उहाँले मानवजातिलाई दिनुभएका खुलासाका विभिन्न वचनहरू सुनेपछि, तिनीहरूको व्यवहार, तिनीहरूले जिउने कुरा, र तिनीहरूका पछ्याइहरूमा पटक्कै परिवर्तन देखिँदैनन्। तैँले तिनीहरूसँग सत्यताबारे जसरी सङ्गति गरे पनि, तिनीहरू उदासीन नै रहन्छन्: “म परिवर्तन हुन चाहन्नँ। म आफूले चाहे अनुसार जिउनेछु, र कसैले पनि मलाई नियन्त्रण गर्न सक्दैन। तपाईँ जे गर्न चाहनुहुन्छ, गर्नुहोस्, मलाई मतलब छैन! अहिले मेरो मुड राम्रो छैन, त्यसकारण तिमीहरू कसैले पनि मलाई चिढ्याउनु हुँदैन। यदि त्यसो गर्‍यौ भने, म नम्र हुनेछैनँ!” तिनीहरूले आफूलाई “मसँग असल मानवता छ, म परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्छु, म त्याग्न सक्छु, र म कष्ट सहन र मूल्य चुकाउन इच्छुक छु” भन्‍ने स्पष्ट मनोवृत्ति वा दृष्टिकोणले हेर्दैनन्, तर तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका बीचमा बढी स्पष्ट मनोवृत्ति देखाउँछन्। यो मनोवृत्ति के हो? यो यस्तो हो, “म जस्तो चाहन्छु त्यस्तै व्यवहार गर्नेछु, जे गर्न मन लाग्छ त्यही गर्नेछु। कसैले पनि मलाई सत्यता स्विकार्न आग्रह गर्नुपर्दैन, कसैले पनि मलाई परिवर्तन गर्ने प्रयास गर्नुपर्दैन। मलाई सत्यता स्वीकार गर्न आग्रह गर्ने जोकोहीले समस्या मात्रै खोजिरहेको हुन्छ, र यदि कसैले मलाई काटछाँट गर्ने प्रयास गर्‍यो भने, म आफ्नो ज्यान दिएर लड्नेछु!” तिनीहरूलाई परमेश्‍वरले बोल्नुभएका कुनै पनि वाक्यप्रति अलिकति पनि चासो हुँदैन, न त परमेश्‍वरले गर्नुहुने कामप्रति नै चासो हुन्छ। अवश्य नै, मानिसहरूका भ्रष्ट स्वभावहरू र कामकुरा गर्ने सिद्धान्तहरू, साथै परमेश्‍वरप्रति मानिसहरूमा हुनुपर्ने मनोवृत्ति र तिनीहरूले अन्तरवैयक्तिक अन्तरक्रियाहरूमा पालना गर्नुपर्ने सिद्धान्तहरू—जसलाई दाजुभाइ-दिदीबहिनीहरूले भेलाहरूमा वा आफ्नो कर्तव्य पूरा गर्दा उल्लेख गर्छन्—तिनीहरूले तिनलाई तिरस्कारको मनोवृत्तिले लिन्छन्। कतिपय व्यक्तिहरू एउटा कर्तव्य पूरा गर्छन्, तर तिनीहरू परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूलाई पूर्ण रूपमा बेवास्ता गर्छन्, र आफूले योजना बनाए अनुसार नै कामकुरा गर्छन्। तैँले तिनीहरूसँग सिद्धान्तहरू सङ्गति गर्नेबित्तिकै, तिनीहरू तेरो अगाडि सहमत त हुन्छन् तर पछाडि फर्केर लापरवाह र स्वेच्छाचारी व्यवहार गर्न थाल्छन्, र आफ्नो दानवीय पक्ष देखाउँछन्। त्यस्ता व्यक्तिहरू पनि हुन्छन् जो बाहिरी रूपमा ठीकठाक मानिसझैँ देखिन्छन्, तर जब तैँले तिनीहरूसँग कुराकानी वा गफ गर्छस्, तब तिनीहरूको दृष्टिकोण गलत हुन्छ, तिनीहरूको लबज गलत हुन्छ, र अझै महत्त्वपूर्ण कुरा त के हो भने, तिनीहरूको स्वभाव गलत हुन्छ, जसले गर्दा तिनीहरूसँग कुराकानी गर्नु असम्भव हुन्छ। तैँले तिनीहरूलाई “के संसारमा परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ?” भनेर सोध्दा, तिनीहरूले “मलाई थाहा छैन” भन्छन्। तैँले भन्छस्, “यो त यसरी गर्नुपर्छ, यो परमेश्‍वरको अभिप्राय हो।” तिनीहरूले जवाफ दिन्छन्, “के तपाईँलाई म अप्रिय लाग्छ? के तपाईँ मलाई समस्यामा पार्न खोजिरहनुभएको छ? के तपाईँ मलाई निष्कासित गर्ने प्रयास गरिरहनुभएको छ?” तैँले भन्छस्, “यसरी व्यवहार गर्नु भनेको धारणाहरू फैलाउनु र नकारात्मकता पोखाउनु हो, जसले गर्दा कतिपय नयाँ विश्‍वासीहरूलाई ठेस लाग्न सक्छ। हामीले परमेश्‍वरको घरका नियमहरू पालना गर्नैपर्छ, र मानिसहरूबीच अन्तरक्रिया र उठबस गर्दा पालना गर्नुपर्ने सिद्धान्तहरूका बारेमा हामी स्पष्ट हुनैपर्छ। यदि जे भनिन्छ र गरिन्छ त्यसले अरूलाई सुधार्न वा सहयोग गर्न सक्दैन भने, केही नभए पनि, यसले अरूलाई नकारात्मक रूपमा चाहिँ असर गर्नु हुँदैन। सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने समझ यही हो।” तिनीहरूले भन्छन्, “मसँग सामान्य मानवताबारे कुरा गर्ने, मलाई नियमहरूबारे भाषण दिने, तपाईँ आफूलाई को ठान्‍नुहुन्छ? मैले नकारात्मकता पोखाउनुमा के गलत छ र? हरेक नयाँ विश्‍वासी जसले ठेस खान्छ भने, त्यसको अर्थ एक जना नयाँ विश्‍वासी घट्नु हो—जसले गर्दा म तिनीहरूलाई भेट्नुपर्ने झन्झटबाट बच्छु!” तिनीहरूसँग नियमहरूको कुरा गर्नु व्यर्थ हुन्छ, र मानवताबारे छलफल गर्नु पनि व्यर्थ हुन्छ। सत्यता सङ्गति गर्दा, परमेश्‍वरका वचनहरू सङ्गति गर्दा के हुन्छ? तिनीहरूले परमेश्‍वरका वचनहरूको सङ्गति पनि सुन्दैनन्। तिनीहरूको आलोचना गर्ने आँट कसैले गर्दैन, तिनीहरूलाई झिँज्याउने वा भड्काउने आँट कसैले गर्दैन। के मण्डलीमा त्यस्ता मानिसहरू हुन्छन्? (हुन्छन्।) निकालिएकाहरूमध्ये, पक्कै पनि त्यस्ता व्यक्तिहरू हुन्छन्। के यी मानिसहरू श्रमिक हुन्, परमेश्‍वरका मानिस हुन् कि के हुन्? (तिनीहरू हटाइएका मानिस हुन्।) तिनीहरूलाई किन हटाइयो? (सत्यतालाई स्वीकार नगरेकोमा; सत्यताप्रति वितृष्ण भएकोमा।) समस्याको सार यही हो। त्यसोभए तिनीहरू किन सत्यतालाई स्वीकार गर्दैनन्? तिनीहरू किन सत्यताप्रति वितृष्ण हुन्छन्? यसको मूल कारण के हो? (यी मानिसहरूको सार अविश्‍वासीहरूको सार हो।) ठीक भनिस्, तिनीहरूको सार अविश्‍वासीहरूको सार हो। मण्डलीमा धेरै अविश्‍वासीहरू हुन्छन्, तर के सबै अविश्‍वासीहरू यस्तै हुन्छन्? (हुँदैनन्।) सबैभन्दा आधारभूत मानव नैतिकता र संस्कार समेत नभएका यी मानिसहरू—के तिनीहरू अविश्‍वासी भएकाले मात्रै हटाइन्छन् त? तिनीहरूलाई किन हटाइन्छ? यसको जडमा, यो मानवताको समस्या हो; यी मानिसहरूमा खराब र दुर्भावनापूर्ण मानवता हुन्छ। यसलाई सटीक रूपमा भन्दा, तिनीहरूमा मानवताको कमी हुन्छ। तिनीहरूमा मानवताको कमी हुने हुनाले, तिनीहरू के हुन्? तिनीहरू दुष्ट प्रकृतिका मानिस हुन्। दुष्ट प्रकृतिका मानिसहरू पशुहरूका तुलनामा कस्ता हुन्छन्? मलाई लाग्छ, तिनीहरू पशुभन्दा पनि खराब हुन्छन्; कतिपय पशुहरू आज्ञाकारी हुन सक्छन् र तिनले दुष्कर्म नगर्न सक्छन्। उदाहरणका लागि, कुकुरहरू निकै राम्रा हुन सक्छन्; कतिपय कुकुरहरू साँच्चै नै उत्कृष्ट घरपालुवा जनावर बन्छन्, र मानिसहरूसँग अति राम्ररी मिल्छन्! तिनीहरू विशेष रूपमा आज्ञाकारी र समझदार हुन्छन्, मानिसहरूले भन्‍ने सबै कुरा बुझ्छन्, र तिनीहरू घरभित्र राख्न उपयुक्त हुन्छन्। त्यस्ता कुकुरहरू अनाज्ञाकारी मानिसहरूभन्दा निकै असल हुन्छन्। धेरै मानिसहरू असल कुकुरहरूभन्दा पनि खराब हुन्छन्। त्यसोभए, के तिनीहरू अझै पनि मानव हुन् त? अहँ, तिनीहरू मानव होइनन्; तिनीहरू गैर-मानव हुन्। धेरै मानिसहरूले मानव भाषा बुझ्दैनन्; तिनीहरूसँग कुराकानी गर्नु असम्भव हुन्छ। सत्यता जसरी सङ्गति गरिए पनि तिनीहरूले त्यसलाई स्वीकार गर्दैनन्, तिनीहरू काटछाँटमा पर्दा गुनासो गर्छन्, र हटाइँदा रिसाएर अपशब्द बोल्छन्, र तिनीहरूले जतिसुकै वर्ष विश्‍वास गरेका भए पनि, तिनीहरूमा पटक्कै परिवर्तन देखिँदैन। के त्यस्ता मानिसहरूलाई अझै पनि परमेश्‍वरको घरमा बस्न दिन मिल्छ? (मिल्दैन।) तिनीहरूलाई बस्न दिन मिल्दैन। त्यस्ता व्यक्तिहरूलाई कुन वर्गमा वर्गीकरण गर्नुपर्छ? सर्वप्रथम, के यी व्यक्तिहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूमा वर्गीकरण गर्नुपर्छ? (गर्नु हुँदैन।) यदि तिनीहरू परमेश्‍वरका चुनिएका जनहरूमा पर्दैनन् भने, तिनीहरूलाई कुन वर्गमा राख्नुपर्छ? परमेश्‍वरका चुनिएका जनहरूमा नपर्नु—यसलाई कसरी अर्थ्याइनुपर्छ? यसको अर्थ तिनीहरूले प्रदर्शन गर्ने र जिउने मानवताको दृष्टिकोणबाट हेर्दा, यो अविश्‍वासी हुने सरल मामला होइन; तिनीहरूको सार मानव हुँदैन। धेरै मानिसहरू अविश्‍वासी हुन्छन्—के तिनीहरू सबै यी व्यक्तिहरूजत्तिकै खराब र दुर्भावनापूर्ण हुन्छन्? हुँदैनन्। गैरविश्‍वासीहरूमध्ये पनि सबै जना त्यति खराब हुँदैनन्; कतिपय मानिसहरूमा सबैभन्दा आधारभूत नैतिक मानकहरू हुन्छन्। त्यसोभए यी व्यक्तिहरूमा हुन्छ कि हुँदैन? तिनीहरूमा गैरविश्‍वासीहरूमा हुने सबैभन्दा आधारभूत नैतिकता र संस्कारको समेत कमी हुन्छ; सटीक रूपमा भन्दा, तिनीहरूको प्रकटीकरण र तिनीहरूले जिउने कुराले मानव नैतिकताका मानकहरू पूरा गर्दैनन्। यी मानिसहरूको सार भनेको दुष्टपन हो। त्यसोभए तिनीहरूको सारको दृष्टिकोणबाट हेर्दा, के परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्छ? (दिनुहुन्‍न।) परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्न। किन? किनभने तिनीहरूको मानवता खराब र दुर्भावनापूर्ण हुन्छ, त्यो दानवीय प्रकृतिको हुन्छ, र यसरी तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र यसको प्रतिरोध गर्छन्। वास्तवमा, यसलाई यसरी भन्नु भनेको तिनीहरूलाई उचाल्नु हो; सटीक रूपमा भन्दा, यी व्यक्तिहरू सकारात्मक कुराहरूप्रति वितृष्ण हुन्छन् र तिनलाई घृणा गर्छन्, तर सत्यताप्रति वितृष्ण हुने र यसलाई स्वीकार नगर्ने स्तरमा पुगेका हुँदैनन्। तिनीहरू सबैभन्दा आधारभूत सकारात्मक कुराहरूप्रति समेत वितृष्ण हुन्छन्, तिनलाई घृणा गर्छन्, र प्रतिरोध गर्छन्; सामान्य मानवता भएको व्यक्तिले पालना गर्नुपर्ने नियमहरू र उसमा हुनुपर्ने संस्कार सबै तिनीहरूलाई घिन लाग्ने कुराहरू हुन्। के तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्छन्? (तिनीहरू त्यो स्तरसम्म पुग्दैनन्।) हो, तिनीहरू त्यो स्तरसम्म पुग्दैनन्; तिनीहरू श्रमिक समेत होइनन्। कतिपय मानिसहरू भन्छन्, “तिनीहरू श्रमिक समेत होइनन् भने, तिनीहरूलाई परमेश्‍वरको घरभित्र के मानिन्छ? तिनीहरू कसरी परमेश्‍वरको घरमा प्रवेश गरे?” यदि हामीले तिनीहरूलाई व्याख्या गर्ने, र वर्गीकरण गर्ने हो भने, सटीक रूपमा भन्दा, यी व्यक्तिहरू गैरविश्‍वासीहरूमध्येबाट ल्याइएका भाडाका कामदारहरू वा अस्थायी कामदारहरू जस्तै हुन्। के यसको अर्थ स्पष्ट छ? तिनीहरूको वर्ग यही हो, साथै परमेश्‍वरको घरमा तिनीहरूले खेल्ने भूमिका पनि यही हो। तिनीहरू श्रमिकसमेत होइनन्; म तिनीहरूलाई श्रमिकका रूपमा लिँदिनँ, तिनीहरू त्यसका लायक हुँदैनन्! श्रमिकहरूमा असल मानवता हुनु, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नु, र मूल्य चुकाउने इच्छा, र कष्ट सहने क्षमता हुनु जस्ता विशेषताहरू हुन्छन्, र तिनीहरूले यी कुराहरू जिउँछन्। यी व्यक्तिहरूमा यी गुणहरूसमेत हुँदैनन्, त्यसकारण तिनीहरूलाई भाडाका कामदारका रूपमा वर्गीकरण गर्नु नै तिनीहरूलाई अत्यधिक दया देखाउनु हो र यो धेरै शिष्ट कुरा हो। भाडाका कामदार वा अस्थायी कामदार हुनु भनेको के हो? यसको अर्थ के हो भने, निश्चित समयहरूमा विशेष आवश्यकताहरूका कारण, परमेश्‍वरको घरले निश्चित कामहरू पूरा गर्नका लागि मुक्ति पाउनुसँग असम्बन्धित केही व्यक्तिहरूलाई भर्ती गर्छ। यी कामहरू पूरा भएपछि, यी व्यक्तिहरूको असली रूप प्रकट हुन्छ। परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूसँग अन्तरक्रिया गरेर पर्याप्त रूपमा कष्ट भोगेका हुन्छन्, उनीहरू तिनीहरूप्रति असहनीय हदसम्म दिक्क भएका हुन्छन्, र उनीहरूले तिनीहरूलाई पर्याप्त रूपमा खुट्ट्याएका पनि हुन्छन्। त्यस्ता परिस्थितिहरूमा, यी व्यक्तिहरूलाई निकाल्नुपर्छ; त्यस्ता कार्यहरूका लागि सबैभन्दा उचित समय यही हो। के यी व्यक्तिहरू कसरी पैदा हुन्छन् भन्‍ने कुरालाई भर्खरै स्पष्ट रूपमा व्याख्या गरिएको थियो? (थियो।) तिनीहरू मुक्ति पाउनुसँग असम्बन्धित भाडाका कामदार हुन्, जो मण्डलीको कामका विशेष अवधिहरूमा ल्याइन्छन्। केही समयसम्म सानातिना काम गरेपछि र सेवा प्रदान गरेपछि, यी व्यक्तिहरूले परमेश्‍वरको घरभित्र लापरवाह दुष्कर्महरू गर्छन्, जसले गर्दा धेरै बाधा र अवरोधहरू सिर्जना हुन्छन्। तिनीहरूले नकारात्मक चरित्रहरूको भूमिका खेल्छन्। तिनीहरूले शैतान र दियाबलसहरूको साँचो अनुहारलाई पूर्ण रूपमा प्रतिबिम्बित गर्छन्, मण्डलीको काममा बाधा दिन्छन्, र मण्डली जीवनको सुव्यवस्थालाई नष्ट गर्छन्। अझै ठोस रूपमा भन्दा, यी व्यक्तिहरूले परमेश्‍वरको घरका हितहरूमा ठूलो हानि गर्छन्, जस्तै परमेश्‍वरको घरका धेरैजसो उपकरण, मेसिन, बहुमूल्य वस्तुहरू, इत्यादि कुराहरूमा क्षति पुर्‍याउँछन् भनेर भन्न सकिन्छ। यी व्यक्तिहरूका कार्य र व्यवहारले व्यापक रिस पैदा गरेको छ भनेर भन्न सकिन्छ। अवश्य नै, तिनीहरूले अझै धेरै मानिसहरूलाई पाठहरू सिक्न र समझशक्ति प्राप्त गर्न, दियाबलस भनेको के हो र मानवताको कमी हुनु भनेको के हो भनेर जान्न, र अविश्‍वासीहरूको साँचो अनुहार स्पष्ट रूपमा देख्न सक्षम तुल्याएका छन्; तिनीहरूले मानिसहरूलाई अविश्‍वासीहरूका विचार र दृष्टिकोणहरू के-के हुन्, तिनीहरूले के कुरा पछ्याउँछन्, तिनीहरूले हृदयको गहिराइमा के कुराको आकाङ्क्षा गर्छन्, परमेश्‍वर र सत्यताप्रति तिनीहरूले कस्तो मनोवृत्ति राख्छन्, र आफ्नो कर्तव्यप्रति र सकारात्मक कुराहरूप्रति तिनीहरूले कस्तो मनोवृत्ति राख्छन्, साथै परमेश्‍वरको घरले बनाएका निश्चित प्रावधानहरूप्रति यी व्यक्तिहरूले राख्ने मनोवृत्तिहरूसमेत के-के हुन्, इत्यादि जस्ता कुरा स्पष्ट र अझै ठोस तरिकाले हेर्न सक्षम तुल्याएका छन्। जब यो कुरा यति विशिष्ट बन्छ, तब यी व्यक्तिहरूले आफ्नो मानवता कसरी जिउँछन्, तिनीहरूको मानवताको सार के हो, र तिनीहरूले के पछ्याउँछन् भन्‍ने कुराहरू पूर्ण रूपमा खुलासा हुन्छन्। त्यसपछि यी व्यक्तिहरूलाई मण्डलीमा राख्नु अनावश्यक देखिन्छ; यसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई ठूलो हानि गर्नेछ र तिनीहरूलाई पटक्कै फाइदा हुनेछैन। तिनीहरू निस्केर जाने समय यही हो। त्यसोभए, यदि हामीले परमेश्‍वरको घरले तिनीहरूलाई सत्यता स्वीकार गर्न र परमेश्‍वरको आराधना गर्नका लागि पर्याप्त समय र अवसरहरू दिएको छ भनेर भन्छौँ भने, के यो अभिव्यक्ति सही हुन्छ? (हुँदैन।) त्यसोभए यो कुरा कसरी भन्नुपर्छ? परमेश्‍वरको घरले तिनीहरूलाई सुध्रिनका लागि प्रशस्त अवसर र पर्याप्त समय दिएको छ, तर अन्तिम परिणामले एउटा तथ्य खुलाउँछ: दियाबलस जुनसुकै बेला जहिले पनि दियाबलस नै हुन्छ र ऊ कहिल्यै परिवर्तन हुन सक्दैन। तथ्य यही हो। के ठूलो रातो अजिङ्गरलाई परमेश्‍वरको हैसियत र पहिचान स्वीकार गर्न लगाउन सकिन्छ? दानवीय प्रकृतिका यी मानिसहरूलाई परिवर्तन हुन र केही नियमहरू पालना गर्न लगाउनु—के यो कुरा हासिल गर्न सकिन्छ? (सकिँदैन।) तिनीहरूले यो कुरा हासिल गर्न सक्दैनन्। तिनीहरूलाई अवसरहरू दिनु भनेको तिनीहरूले सत्यतालाई स्वीकार गर्न, परमेश्‍वरले गर्नुभएको कामलाई चिन्न, वा सत्यता सिद्धान्तहरू अनुसार काम गर्नका लागि नभई तिनीहरूलाई सुध्रिने मौका दिनका लागि हो। यदि तिनीहरू सुध्रिएका छन् भन्‍ने अलिकति पनि सङ्केत देखियो भने, तिनीहरूको अन्तिम परिणाम परिवर्तन हुन सक्छ। तर, यी मानिसहरूलाई तिनीहरूका लागि के राम्रो हो भन्‍ने थाहा हुँदैन; तिनीहरूको दानवीय प्रकृति सधैँ त्यही नै हुनेछ। तिनीहरूलाई जति धेरै समय वा जति धेरै अवसरहरू दिइए पनि, तिनीहरूले जिउने कुरा र तिनीहरूको सार परिवर्तन हुँदैन; यो तथ्य हो। त्यसकारण, यी मानिसहरूलाई तह लगाउने अन्तिम तरिका भनेको तिनीहरूलाई तिनीहरूको कर्तव्यबाट मुक्त गर्नु, तिनीहरूलाई मण्डली छोड्न लगाउनु, र अब परमेश्‍वरको घरसँग तिनीहरूको कुनै नाता वा सम्बन्ध छैन भन्‍ने कुरा सुनिश्चित गर्नु हो। के तिनीहरू गएको हेर्न नचाहने र “यी मानिसहरू अझै पनि निकै कम उमेरका छन्; समय दिइयो भने तिनीहरू उत्कृष्ट बन्‍नेथिए। तिनीहरूको क्षमता यति राम्रो छ, तिनीहरू अत्यन्तै वरदानप्राप्त र प्रतिभाशाली छन्—तिनीहरूले सत्यतालाई स्वीकार गर्न सकेका भए कति राम्रो हुनेथियो! यदि परमेश्‍वरको घर अझै प्रेमिलो र सहनशील हुन सक्यो, र त्यसले तिनीहरूलाई पश्चात्ताप गर्ने अझै धेरै मौका दियो भने, तिनीहरू ठूलो भएपछि, सायद परिस्थिति फरक हुनेछ” भनेर दया देखाउने व्यक्तिहरू छन्? कस्ता मानिसहरूले यसरी सोच्छन्? (भ्रमित मानिसहरू, अन्योलमा परेका मानिसहरू।) ठीक भन्यौ। तिनीहरू सबै भ्रमित, अन्योलमा परेका मानिसहरू हुन्—बदमासहरू हुन्! परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न, र परमेश्‍वरको घरले तिनीहरूलाई रहन दिँदैन—तिनीहरूलाई दया गर्नुपर्ने कुरा के छ र? परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मुक्ति नदिने भनेर भन्‍नुहुन्छ, तैपनि तँ तिनीहरूलाई पश्चात्ताप गर्ने मौका दिने सुझाव दिन्छस्। के तँ मानिसहरूलाई मुक्ति दिन सक्छस्? के यो परमेश्‍वरको विरुद्धमा जानु होइन र? के तैँले अरूलाई तँ परमेश्‍वरभन्दा प्रेमिलो छस् भनेर सोच्न लगाउने प्रयास गरिरहेको छस्? के तँसँग सत्यता वास्तविकता छ? के तैँले व्यक्तिको सारलाई छर्लङ्ग देख्न सक्छस्? मानिसहरूलाई मुक्ति दिन सक्ने कसले हो, परमेश्‍वरले कि तैँले? परमेश्‍वरको विरुद्धमा जाने आँट गर्नु—यो अत्यन्तै अहङ्कारी, आत्म-धर्मी, र समझहीन हुनु हो, होइन र? के यो ठूलो विद्रोह होइन र? के यो सधैँ परमेश्‍वरको विरोध गर्नमै रमाउने शैतान र दुष्ट आत्माहरूको पुनर्जन्म हुनु होइन र? भर्खरै उल्लेख गरिएका अविश्‍वासीहरू पशुहरूभन्दा कम हुन्छन्। तिनीहरूलाई सत्यता जतिसुकै सङ्गति गरिए पनि, यसको कुनै काम हुँदैन; तिनीहरूलाई काटछाँट गर्नु पनि व्यर्थ हुन्छ। तिनीहरूमा शैतानको प्रकृति हुन्छ र तिनीहरू कहिल्यै परिवर्तन हुनेछैनन् भनेर भन्न सकिन्छ। यदि कसैले यी शैतानी प्रकारका मानिसहरूलाई पश्चात्ताप गर्ने मौका दिन चाहन्छ भने, तिनीहरूलाई त्यस्ता मानिसहरूको भरणपोषण गर्न देऊ; तिनीहरूमा साँच्चै प्रेम छ कि छैन भन्‍ने कुरा हामी हेरौँला। सत्यतालाई पटक्कै स्वीकार नगर्ने ती अविश्‍वासीहरू मण्डलीका सबैभन्दा खराब मानिसहरू हुन्; तिनीहरू सबै पशु जस्तै हुन्छन्, जो समझभन्दा बाहिर र मुक्ति पाउन नसक्ने हुन्छन्। चाहे विगतमा होस् वा वर्तमानमा, मण्डलीले तिनीहरूसँग गरेको व्यवहार सबैभन्दा उचित रहिआएको छ; मण्डलीले तिनीहरूप्रति ठूलो धैर्य र सहनशीलता देखाएको छ, र तिनीहरूलाई पर्याप्त अवसरहरू दिएको छ। तर अहिलेसम्म, तिनीहरू पटक्कै परिवर्तन भएका छैनन्, र तिनीहरूको तौर-तरिका झनै तीव्र हुँदै गइरहेको छ। सुरुमा, यी मानिसहरूले आफ्ना धारणा, कल्पना, र आशिष्‌हरूप्रतिको चाहना बोकेर परमेश्‍वरमा विश्‍वास गर्दा, तिनीहरूले अलिक संयमित भएर केही उत्साह र जोशका साथ आफ्नो कर्तव्य पूरा गर्न सक्छन्। तर, अन्तमा, जब तिनीहरूले “परमेश्‍वरमा विश्‍वास गर्नु भनेको सत्यता पछ्याउनु, परमेश्‍वरको काम चिन्‍नु, र परमेश्‍वरमा समर्पित हुनु हो, र यति मात्रै हो” भन्‍ने देख्छन्, तब परमेश्‍वर र सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति, साथै तिनीहरूको असली रूप पूर्ण रूपमा खुलासा हुन्छन्। खुलासा हुने कुरा के हो? तिनीहरूमा मानवता, विवेक, र समझको कमी हुने मात्रै नभई तिनीहरू अत्यन्तै क्रूर, दुष्ट, र पाशविक पनि हुन्छन्। तिनीहरू परमेश्‍वर र सत्यतालाई तिरस्कार गर्छन्, र परमेश्‍वरको घरका माग र नियमहरू—र परमेश्‍वरका प्रशासनिक आदेशहरूलाई समेत—शत्रुता र अवज्ञासाथ व्यवहार गर्छन्। तिनीहरूका यी प्रकटीकरणहरूले परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूप्रति महसुस गर्ने घिन र विकर्षणलाई तीव्र बनाएको छ, र परमेश्‍वरको घरले तिनीहरूलाई पखाल्ने गतिलाई पनि बढाएको छ, अन्त्यमा यसैले तिनीहरू रहन्छन् कि जान्छन् भनेर तीव्र रूपमा तय गर्छ, र तिनीहरूका परिणाम र नियतिको निर्धारण गर्छ। तिनीहरूका परिणाम र नियति तिनीहरूले नै कमाएका हुन्, ती कसैको उक्साहट वा प्रोत्साहनका कारण, वा कसैले यी मानिसहरूलाई जबरजस्ती गरेको वा परीक्षामा पारेका कारण पैदा भएका होइनन्, र ती निश्चय नै वस्तुगत परिस्थितिहरूका कारण पैदा भएका होइनन्; तिनीहरूका परिणाम र नियतिहरू तिनीहरू आफैले आफैमाथि ल्याएका हुन्, ती तिनीहरूका आफ्नै निर्णयका कारण आएका हुन्, र ती तिनीहरूको प्रकृति सार र तिनीहरूले लिएका मार्गहरूद्वारा निर्धारित गरिएका हुन्। यी मानिसहरूका परिणाम र नियतिहरू तय भएका छन्; तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्नेहरूको सूचीबाट निकालिएपछि, तिनीहरू श्रमिकसमेत रहँदैनन्। तिनीहरूले कस्तो नियति पाउनेछन् भन्‍ने कुरा तैँले राम्ररी कल्पना गर्न सक्छस्—त्यो यहाँ उल्लेख गर्न लायक छैन, किनभने तिनीहरू यसका लायक छैनन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्