अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२२) खण्ड दुई

इ. मण्डलीको परिभाषा

मण्डली के हो भन्ने विषयबारे सङ्गति गरेपछि, अब तिमीहरूसित मण्डलीको गठन, मण्डलीले गर्ने काम, र यसले हासिल गर्ने नतिजाहरूबारे केही बुझाइ छ। तिमीहरू मण्डलीको अस्तित्वको केही मूल्य र महत्त्व पनि बुझ्न सक्छौ। त्यसकारण, के अब हामी मण्डली ठ्याक्कै के हो भनी सही परिभाषा दिन सक्छौँ? सर्वप्रथम त, मण्डली भनेको मानिसहरूलाई भावनात्मक सान्त्वना प्रदान गर्ने ठाउँ हुँदै होइन, न त त्यो मानिसहरूले राम्ररी खान र लाउन पाउने कुरा सुनिश्‍चित गर्ने वा मानिसहरूलाई आश्रय दिने ठाउँ नै हो। मण्डली भनेको मानिसहरूका भौतिक अधिकार र हितहरू सुनिश्‍चित गर्ने वा उनीहरूले जीवनमा सामना गर्ने कठिनाइहरू समाधान गर्ने ठाउँ होइन। यो मानिसहरूका आत्मिक रित्तोपनहरू भर्ने र आत्मिक भरणपोषण प्रदान गर्ने ठाउँ होइन। मण्डलीहरू मानिसहरूले आफ्ना धारणा र कल्पनाहरूअनुसार अनुमान गरेका कुरा होइनन्, त्यसैले मण्डलीको निर्दिष्ट परिभाषा केचाहिँ हो त? मण्डली भनेको ठ्याक्कै के हो? बाइबलमा, प्रभु येशूले मण्डली पदवीनामको आधारभूत व्याख्या दिनुभएको छ। उहाँले ठ्याक्कै के भन्नुभयो? (“किनभने जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्छन्, म त्यहाँ तिनीहरूको बीचमा हुन्छु” (मत्ती १८:२०)।) यी वचनहरूको अर्थ के हो भने जति जना मानिसहरू सँगै भेला भए पनि, उनीहरूसँग पवित्र आत्माको काम भएसम्म र परमेश्‍वर उनीहरूसँगै हुनुभएको अनुभूति गरेसम्म, त्यो ठाउँ मण्डली हो—ठ्याक्कै त्यही हो। आखिरी दिनहरूमा, परमेश्‍वर काम गर्न र सत्यता व्यक्त गर्न देखा पर्नुभएको छ। जब मानिसहरू परमेश्‍वरका वचनहरू खान र पिउन, प्रार्थनार्थ पढ्न र सङ्गति गर्न भेला हुन्छन्, तब त्यहाँ परमेश्‍वरको उपस्थिति, र पवित्र आत्माको अन्तर्दृष्टि पनि हुन्छ, त्यसको मतलब के हो भने परमेश्‍वरले त्यसलाई मण्डलीका रूपमा अनुमोदन गर्नुहुन्छ। यदि मानिसहरू भेला हुन्छन् तर उनीहरूले परमेश्‍वरका वचनहरू खाने-पिउने गर्दैनन्, खोक्रा आत्मिक धर्मसिद्धान्तहरू मात्र भट्ट्याउँछन्, र पवित्र आत्माको काम अनुभूत गर्न सक्दैनन् भने, त्यो मण्डली होइन, किनभने त्यो परमेश्‍वरद्वारा अनुमोदन गरिएको हुँदैन, त्यसकारण त्योसँग पवित्र आत्माको काम हुँदैन। जुन भेलाहरूमा परमेश्‍वर उपस्थित हुनुहुन्छ तिनमा उहाँको आशिष् र मार्गदर्शन हुन्छ, र जब मानिसहरू त्यस्ता भेलाहरूमा एकत्रित हुन्छन्, तिनीहरूले परमेश्‍वरका वचनहरू खाइरहेका र पिइरहेका भए पनि, सत्यता सङ्गति गरिरहेका भए पनि, वा समस्याहरू समाधान गर्न सत्यता प्रयोग गरिरहेका भए पनि, यी सबै कुरा परमेश्‍वरका माग र अगुवाइसँग जोडिएका हुन्छन्, र त्यसैले यी सबै कुरा परमेश्‍वरद्वारा आशिषित् हुन्छन्। त्यसकारण, कुनै प्रकारको भेलामा परमेश्‍वरको मार्गदर्शन, अगुवाइ, र उपस्थिति भएसम्म, त्यसलाई मण्डली भन्न सकिन्छ। यो नै मण्डलीको सबैभन्दा सरल, सबैभन्दा आधारभूत परिभाषा हो, र अनुग्रहको युगमा मण्डलीको परिभाषा त्यही थियो। यो त्यो बेलाको परमेश्‍वरको कामको प्रसङ्गबाट उत्पन्न भएको थियो, र त्यसैले यो सही र साँचो हो। तर आखिरी दिनहरूको न्यायको कामको यो चरण दौरान, परमेश्‍वरले अझ बढी वचनहरू बोल्नुभएको र झन् महान् कामहरू गर्नुभएको हुनाले, मण्डलीको परिभाषा अनुग्रहको युगको त्यो आधारभूत परिभाषाभन्दा अझ गहिरो हुनुपर्छ। परमेश्‍वरको काम अघि बढेको छ। मण्डलीको विशेषता उप्रान्त पवित्र आत्माको काम र परमेश्‍वरको उपस्थितिमा मात्र सीमित छैन। अहिले परमेश्‍वरले व्यक्तिगत रूपमै उहाँका मण्डलीहरूमा काम गरिरहनुभएको, तिनीहरूलाई मार्गदर्शन र रखवारी गरिरहनुभएको छ; परमेश्‍वरका चुनिएका मानिसहरू उहाँका वर्तमान वचनहरू खान र पिउन, साथै ख्रीष्टलाई पछ्याउन र उहाँको गवाही दिन सक्षम छन्। त्यसकारण, आखिरी दिनहरूमा मण्डलीको परिभाषा अनुग्रहको युगमा भन्दा अझ विकसित भएको छ; यसको वर्णन पहिलेभन्दा अझ गहन, सही र विशिष्ट छ, र यो अवश्यै सत्यता र परमेश्‍वरका वचनहरूबाट अविभाज्य भएको छ। त्यसोभए, मण्डलीलाई परिभाषित गर्ने सबैभन्दा सही र उचित तरिका के हो? पहिला त, यसको आधारभूत परिभाषा भनेको निष्कपट रूपमा परमेश्‍वरलाई पछ्याउने मानिसहरूको समूह हुनुपर्छ। अझ विशिष्ट रूपमा भन्दा, मण्डली भनेको निष्कपट रूपमा परमेश्‍वरलाई पछ्याउने, उहाँका वचनहरूद्वारा शासित हुने, सत्यता पछ्याउने, उहाँका वचनहरू अभ्यास र अनुभव गर्ने, र परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्न सक्‍ने, उहाँको इच्छा पछ्याउन, र उहाँको मुक्ति प्राप्त गर्न सक्ने मानिसहरूको एउटा समूह हो। यो परिभाषाको मुख्य पाटो “मानिसहरूको एउटा समूह” हो। मण्डली भनेको कुनै ठाउँ, वा सङ्गठन, वा समुदाय होइन, आस्था भएका मानिसहरूको भेला मात्र त झनै होइन। उक्त “समूह” करिब एक दर्जन, वा तीसदेखि पचास जना, वा पक्कै पनि त्योभन्दा ठूलो सङ्ख्याका मानिसहरूले बनेको हुन सक्छ। उनीहरू सँगै भेला हुन, वा स-साना समूहमा बाँडिएर भेला हुन सक्छन्; यो लचकदार र परिवर्तनशील हुन्छ। छोटकरीमा भन्नुपर्दा, जब परमेश्‍वरका यी अनुयायीहरूले उहाँलाई उच्च पार्छन्, उहाँको गवाही दिन्छन्, र उहाँलाई आराधना गर्छन्, र उहाँको इच्छा पछ्याउँछन्, तब उनीहरू एउटा मण्डली हुन्छन्। जति जना भेला भए पनि उनीहरू मण्डली नै हुन्छन्। उदाहरणका लागि, ५० जना मानिसहरूलाई सानो मण्डली भनिन्छ, र १०० जना मानिसहरूलाई ठूलो मण्डली भनिन्छ—मण्डलीको आकार सदस्यहरूको सङ्ख्याद्वारा निर्धारित हुन्छ। मण्डलीहरू ठूला, मध्यम, र साना आकारका हुन्छन्, मण्डलीमा मानिसहरूको सङ्ख्या निश्‍चित हुँदैन। हामी फेरि पनि मण्डलीको परिभाषा हेरौँ: निष्कपट रूपमा परमेश्‍वरलाई पछ्याउने, उहाँका वचनहरूद्वारा शासित हुने, सत्यता पछ्याउने, उहाँका वचनहरू अभ्यास र अनुभव गर्ने, र परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्न सक्‍ने, उहाँको इच्छा पछ्याउन, र उहाँको मुक्ति प्राप्त गर्न सक्ने मानिसहरूको एउटा समूह। किन मण्डलीलाई यसरी परिभाषित गरिन्छ? किनभने परमेश्‍वर मण्डलीहरूमा काम गर्न चाहनुहुन्छ, र परमेश्‍वर मानिसहरूको त्यो समूहलाई मुक्ति दिन चाहनुहुन्छ। यस प्रकारका मानिसहरूको समूहलाई मात्रै मण्डली भन्‍न सकिन्छ। अनि यस्ता मानिसहरू एकसाथ भेला हुँदा मात्रै तिनीहरूले सामान्य रूपमा परमेश्‍वरका वचनहरू खान र पिउन र तिनको अभ्यास गर्न, साथै साँचो रूपमा परमेश्‍वरलाई प्रार्थना गर्न, उहाँमा समर्पित हुन र उहाँको आराधना गर्न सक्छन्। मानिसहरूको यो समूह परमेश्‍वरका वचनहरूद्वारा शासित र मार्गनिर्देशित हुन्छ; त्यसकारण त्यस्ता मानिसहरूको समूहमार्फत नै मण्डलीको परिभाषा उत्पन्न हुन्छ। धर्मका मानिसहरूले सत्यता र परमेश्‍वरको काम नस्विकार्ने, अनि परमेश्‍वरले उनीहरूलाई मुक्ति नदिनुहुने हुनाले, उनीहरू मण्डली होइनन्, उनीहरू एउटा धार्मिक समुदाय हुन्। मण्डली र धर्मबीचको सबैभन्दा प्रस्ट भिन्नता यही हो। मण्डली मात्र परमेश्‍वरका वचनहरूद्वारा शासित हुन्छ, र ख्रीष्टद्वारा व्यक्तिगत रूपमै रखवारी गरिएको मण्डली मात्र परमेश्‍वरका वचनहरूद्वारा शासित हुन्छ। परमेश्‍वरका वचनहरूद्वारा शासित हुनुको अर्थ के हो? के हामीले यहाँ पवित्र आत्माको काम, वा पवित्र आत्माको मार्गदर्शन, अन्तर्दृष्टि, र ज्योति उल्लेख गर्नु आवश्यक छ? (छैन।) मलाई भन, कुन बढी व्यावहारिक हुन्छ: परमेश्‍वरका वचनहरूद्वारा शासित हुनु, कि पवित्र आत्माको काम हुनु? (परमेश्‍वरका वचनहरूद्वारा शासित हुनु।) परमेश्‍वरका वचनहरूद्वारा शासित हुनु बढी व्यावहारिक र ठोस हुन्छ। पवित्र आत्माको कामले मानिसहरूलाई सत्यता बुझ्नमा मदत गर्न र परमेश्‍वरका वचनहरूमा अभ्यासका सिद्धान्तहरू पत्ता लगाउन अगुवाइ गर्नका लागि मानिसहरूलाई केही अन्तर्दृष्टि र ज्योति प्रदान मात्र गर्छ। यसको नतिजास्वरूप उनीहरू परमेश्‍वरका वचनहरूद्वारा शासित हुन्छन्। के पवित्र आत्माले काम नगर्नुभए पनि मानिसहरूले परमेश्‍वरका वचनहरू बुझेर अनि सिद्धान्तहरू बोध गरेर उनीहरूका कर्तव्य पूरा गर्न सक्थे? (सक्थे।) अब त परमेश्‍वरका वचनहरू धेरै बोलिएका छन्; मानिसहरूले प्रायः प्रवचनहरू सुन्छन् र परमेश्‍वरका वचनहरू बुझ्न सक्छन्। पवित्र आत्माको कामविना पनि, मानिसहरूलाई के गर्ने भनेर थाहा हुन्छ। जो सत्यतालाई प्रेम गर्छन् उनीहरूले सत्यता बुझेसम्म परमेश्‍वरका वचनहरू अभ्यास गर्न परमेश्‍वरको काममा समर्पित हुन सक्छन्। जो सत्यतालाई प्रेम गर्दैनन् उनीहरूले परमेश्‍वरका वचनहरू सुने पनि बुझ्नेछैनन्, र थोरथोरै बुझे नै भने पनि उनीहरू ती वचन अभ्यास गर्न अनिच्छुक हुन्छन्, र यसरी हटाइन मात्र सक्छन्। आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसहरूलाई व्यक्तिगत रूपमै अगुवाइ र रखवारी गर्न प्रत्यक्ष रूपमा सत्यता व्यक्त गर्नुहुन्छ। पवित्र आत्माको काम त सहायक मात्र हुन्छ। यो त बच्‍चा भर्खरै हिँड्न सिकिरहेको जस्तै हो; कहिलेकाहीँ वयस्क व्यक्तिले मद्दत गर्न हात अगाडि बढाउनेछ। उक्त बच्चा राम्रोसँग हिँड्न र दगुर्न सक्ने भएपछि, उसलाई अरू कसैको सहयोग चाहिँदैन। त्यसकारण, पवित्र आत्माको काम निर्विकल्प हुँदैन, न त त्यो अत्यावश्यक नै हुन्छ। जब मानिसहरू परमेश्‍वरका वचनहरूद्वारा शासित हुन्छन्, यसको मतलब यो हो कि उनीहरूले परमेश्‍वरका वचनहरू बुझ्छन्, सत्यता बुझ्छन्, र उनीहरूलाई परमेश्‍वरका वचनहरूको अर्थ के हो र परमेश्‍वरले मानिसहरूबाट माग गर्नुहुने सिद्धान्त र मानकहरू के-के हुन् भन्ने कुरा थाहा छ, र उनीहरूले यी सिद्धान्त र मानकहरू बुझ्न र लागु गर्न सक्छन्। मानिसहरूको हृदय परमेश्‍वरका वचनहरूद्वारा शासित हुनुको अर्थ यही हो। परमेश्‍वरले यी कुराहरूबारे पर्याप्त स्पष्टता र प्रस्टतासाथ बोलिसक्नुभएको छ, त्यसकारण यहाँ पवित्र आत्माको काम उल्लेख गर्नु आवश्यक छैन। आखिरी दिनहरूमा, परमेश्‍वरले अत्यन्तै धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, प्रत्येक सत्यता मानिसहरूका लागि प्रस्ट र बुझ्न सकिने तुल्याउनुभएको छ। त्यसकारण, पवित्र आत्माको काम त्यति महत्त्वपूर्ण छैन र सहायक मात्र हो। मानिसहरूले सत्यता नबुझ्दा वा परमेश्‍वरले यति पूर्णता र प्रस्टतासाथ अत्यन्तै धेरै वचनहरू नबोल्नुभएको हुँदा मात्र पवित्र आत्माले सहायक, प्रेरक प्रकृतिको केही काम गर्नुहुन्छ, जसले मानिसहरूलाई केही सरल ज्योति प्रदान गर्छ र उनीहरूलाई अलिअलि उत्प्रेरित गर्ने कार्य गर्छ, उनीहरूलाई सही निर्णय गर्न र जीवन एवं विभिन्न वातावरणहरूमा सही मार्ग हिँड्न मदत गर्छ। अहिले भनेको परमेश्‍वरका वचनहरूको युग हो, जहाँ परमेश्‍वरले मानवजातिलाई अगुवाइ गर्नका लागि व्यक्तिगत रूपमै बोल्नुहुन्छ, र सबै कुरामा परमेश्‍वरका वचनहरू नै हाबी हुन्छन्। पवित्र आत्माको काम सहायक मात्र हो। जब मानिसहरूले सत्यता बुझ्छन्, परमेश्‍वरका वचनहरू अभ्यास गर्न सक्छन्, र परमेश्‍वरका वचनहरूअनुसार जिउँछन्, तब परमेश्‍वरका अभिप्रायहरू पूरा हुन्छन्।

मण्डलीको आधारभूत परिभाषामा रहेको पहिलो वाक्यांश हेरौँ: “निष्कपट रूपमा परमेश्‍वरलाई पछ्याउने।” यो “निष्कपट रूपमा” भन्ने शब्दको विशिष्ट अर्थ छ। यसले ती समय मात्र कटाइरहेका, नामको मात्र ठाउँ भरिरहेका, धित मरुञ्जेल खाने, मुक्तिका लागि अनुग्रहमा भर पर्ने, वा गोप्य मनसाय र उद्देश्यहरू बोकेकाहरूलाई जनाउँदैन। त्यसोभए, “निष्कपट रूपमा” भन्नुको अर्थ के हो त? सबैभन्दा आधारभूत र सरल व्याख्या यस्तो हुन्छ: जबसम्म व्यक्तिले परमेश्‍वर, सत्यता, वा सृष्टिकर्ताबारे सुनिरहन्छ, तबसम्‍म उसले हृदयमा एउटा अभिलाषा महसुस गरिरहन्छ, स्वेच्छापूर्वक त्याग गरिरहन्छ, स्वेच्छापूर्वक आफूलाई अर्पण गरिरहन्छ, स्वेच्छापूर्वक कष्ट सहिरहन्छ, र ऊ परमेश्‍वरको बोलावट स्विकार्नका लागि परमेश्‍वरसामु आउन, र परमेश्‍वरलाई पछ्याउनका लागि सबथोक त्याग्न इच्छुक भइरहन्छ। जबसम्‍म ऊसँग निष्कपट हृदय हुन्छ, तबसम्‍म त्यो नै पर्याप्त हुन्छ। कतिपय मानिसहरू भन्छन्: “तपाईं किन यो आस्थाले भरिपूर्ण परमेश्‍वरलाई पछ्याउने मानिसहरूको समूह हो भन्नुहुन्न?” मानिसहरू त्यो स्तरमा पुग्‍नै सक्दैनन्। अहिले आफ्नो कर्तव्य पूरा गरिरहेकाहरूमध्ये, केहीले करिब दस वर्षदेखि विश्‍वास गरेका छन्, र केहीले बिस वा तीस वर्षदेखि विश्‍वास गरेका छन्; मूलतः यो निष्कपटता हुनु आधारभूत रूपमा पर्याप्त छ। यसलाई आस्थाले भरिपूर्ण हुनु भनी परिभाषित गर्नु सही हुँदैन। हामीले गर्ने मण्डलीको परिभाषा एउटा आधारभूत र विशिष्ट परिस्थितिमा आधारित हुन्छ, जसमा शब्दहरूभित्र स-साना खोटहरू खोज्ने वा परिभाषा र मानक अत्यन्तै उच्च पार्ने काम गर्नु हुँदैन, किनभने त्यो अव्यावहारिक हुनेथियो। कतिपय मानिसहरू भन्छन्, “‘निष्कपट रूपमा’ र ‘आस्थाले भरिपूर्ण’ भनेर मात्र पुग्दैन। यसलाई परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने धर्मी मानिसहरूको समूह भन्नुपर्छ—त्यसो भन्दा उत्तम हुनेथियो!” यदि हामीले मानक यति उच्च बनायौँ भने, त्यसपछिका “सत्यता पछ्याउने, उहाँका वचनहरू अभ्यास र अनुभव गर्ने” भन्ने वाक्यांशहरू सबै अनावश्यक हुनेथिए। मुख्य कुरा के हो भने मण्डलीका सदस्यहरू ती सबै हुन् जसलाई परमेश्‍वरले मुक्ति दिन चाहनुहुन्छ। मानिसहरूको यो समूह शैतानका भ्रष्ट स्वभाव र परमेश्‍वरबारे धारणा र कल्पनाहरूले भरिएको हुन्छ। अझ यथार्थ रूपमा भन्नुपर्दा, उनीहरू विद्रोहले भरिपूर्ण, समर्पण नभएका, सत्यता नबुझ्ने, र परमेश्‍वरबारे बिलकुलै ज्ञान नभएकाहरू हुन्छन्—यो नै सबैभन्दा यथार्थ परिस्थिति हो। त्यसकारण, परमेश्‍वरका नजरमा, मण्डलीका सदस्यहरू त्यस्तो यथार्थ परिस्थिति र वास्तविक आत्मिक स्थितिमा हुन्छन्। परमेश्‍वरले यही आधारभूत सर्तमा आधारित भएर, अर्थात् उनीहरूले निष्कपट रूपमा परमेश्‍वरलाई पछ्याउन सक्छन् कि सक्दैनन्, र साँच्चिकै आफूलाई समर्पित गर्न र त्याग गर्न सक्छन् कि सक्दैनन् भन्‍ने आधारमा मानिसहरू छनोट गर्नुहुन्छ। कतिपय मानिसहरू भन्छन्, “यदि उनीहरू निष्कपट छन् भने, किन उनीहरूसँग अझै पनि विलासी कामनाहरू हुन्छन्? यदि उनीहरू निष्कपट छन् भने, किन अझै आशिष्‌हरू प्राप्त गर्न चाहन्छन्?” मानिसहरूले परमेश्‍वरको काम अनुभव गर्दै गर्दा यी बिस्तारै परिवर्तन हुँदै जानेछन्। यतिखेर, हामी मण्डलीको मूलभूत अवधारणा परिभाषित गरिरहेका छौँ। यो मूलभूत अवधारणा परमेश्‍वरले मानिसहरू छनोट गर्नुका सबैभन्दा न्यूनतम माग र सबैभन्दा तल्लो मानक हो। यी मानकहरू बिलकुलै खोक्रा र बढाइचढाइ गरिएका होइनन्; यी त तिमीहरूको वास्तविक परिस्थितिसँग अत्यन्तै मिल्छन्। अर्को शब्दमा भन्नुपर्दा, तिमीहरूलाई छनोट गर्दा र तिमीहरूमध्ये कसैलाई मुक्ति दिने निर्णय गर्दा, परमेश्‍वरले हेर्नुहुने मापदण्डहरू यिनै हुन्। यदि तैँले यी मागहरू पूरा गर्छस् भने, तँलाई परमेश्‍वरद्वारा परमेश्‍वरको घरमा ल्याइन्छ र तँ मण्डलीको सदस्य बन्छस्। वास्तविक परिस्थिति यही हो। त्यसकारण, मण्डलीको परिभाषाको पहिलो वाक्यांश नै “निष्कपट रूपमा परमेश्‍वरलाई पछ्याउने” भन्ने छ; यो तुलनात्मक रूपमा सही छ। मानिसहरूको यो समूहले परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने, अन्धकारको प्रभावबाट उम्किने, अनि संसार र ठूलो रातो अजिङ्गरविरुद्ध पूर्ण रूपमा विद्रोह गर्ने मापदण्डहरू पूरा गर्न सक्दैनन्। उनीहरूले यी सबै कुराहरू पूरा गर्न सक्दैनन्। किन? किनभने उक्त परिभाषाले परमेश्‍वरका वचनहरू अभ्यास गर्न खोज्न सक्षम हुने कुरा पनि उल्लेख गर्छ। मानिसहरूसँग सत्यतालाई प्रेम गर्ने र सत्यताको अभिलाषा राख्ने हृदय हुने हुनाले, पछ्याउने क्रममा, उनीहरूले परमेश्‍वरका वचनहरू अनुभव र अभ्यास गर्न सक्छन्, र अन्ततः उनीहरूले परमेश्‍वरको आराधना गर्न सक्छन्। परमेश्‍वरको आराधना गर्नुमा परमेश्‍वरमा समर्पित हुने, परमेश्‍वरका वचनहरू सुन्ने, परमेश्‍वरका योजनाबद्ध कार्यहरू स्विकार्ने, र परमेश्‍वरका सार्वभौमिकता र प्रबन्धहरू स्विकार्ने कुराहरू पर्छन्। अन्ततः मानिसहरूको यो समूहले मुक्ति प्राप्त गर्न सक्छ। परमेश्‍वरका नजरमा मण्डलीका सदस्यहरूको खास हैसियत यही हो। के यो सबैभन्दा आधारभूत सर्त होइन र? (हो।) कतिपय मानिसहरू भन्छन्, “तपाईंले शैतानका भ्रष्ट स्वभावहरू फाल्ने र शुद्धीकरण प्राप्त गर्ने कुरा उल्लेख गर्नुभएन। यो परिभाषाले यी कुराहरू समेट्दैन।” के ती कुराहरू यो परिभाषामा समावेश छन्? (छन्।) ती कुन भागमा समावेश छन्? परमेश्‍वरका वचनहरू अभ्यास गर्न खोज्नुमा। यदि तँ परमेश्‍वरका वचनहरू अभ्यास गर्न खोज्न सक्छस् भने, के तेरा भ्रष्ट स्वभावहरू बिस्तारै हल हुँदैनन् र? के तँ शैतानका भ्रष्ट स्वभावहरू फाल्न र स्वभाव परिवर्तन हासिल गर्न सक्षम हुँदैनस् र? (हुन्छु।) स्वभाव परिवर्तन हासिल गर्ने अवधिमा, तैँले बिस्तारै परमेश्‍वरका वचनहरू बुझ्छस् र तेरा आफ्नै भ्रष्ट स्वभावहरू हल गर्छस्। तैँले तेरा केही भ्रष्ट स्वभावहरू हल गर्दै गर्दा, के तेरो परमेश्‍वरमाथिको आस्था र परमेश्‍वरप्रतिको समर्पण बढ्छ? के यी कुराहरूबीच कुनै सम्बन्ध हुन्छ? (हुन्छ।) तैँले परमेश्‍वरको जति बढी आराधना गर्छस्, त्यति बढी तँमा परमेश्‍वरप्रतिको समर्पण हुनेछ। परमेश्‍वरप्रतिको तेरो समर्पण बढ्दै जाँदा, के तँ मुक्ति प्राप्त गर्ने नजिक पुगिरहेको हुँदैनस् र? (हुन्छु।) त्यसोभए, यो समूहका मानिसहरू कस्ता प्रकारका हुन्छन्? उनीहरू मुक्ति प्राप्त गर्न सक्नेहरू हुन्। मण्डलीका सदस्यहरूको खास परिस्थिति यही हो। कतिपयले भन्छन्, “मण्डलीको यो परिभाषाले त मण्डली संलग्न हुने काम उल्लेख नै गर्दैन।” के यसमा मण्डली संलग्न हुने आधारभूत कामसँग सम्बन्धित कुनै भाग छ? (मुक्ति प्राप्ति पछ्याउनु।) यो भाग निकट रूपमा सम्बन्धित छ। मण्डलीले गर्ने काम, चाहे त्यो परमेश्‍वरका वचनहरूको प्रसार होस् वा मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान र पिउन अगुवाइ गर्ने होस्, वा मानिसहरूलाई आफैलाई चिन्न र शैतानका भ्रष्ट स्वभावहरू फाल्न मदत गर्ने होस्, त्यसको अन्तिम उद्देश्य भनेकै मानिसहरूलाई मुक्ति प्राप्त गर्न मदत गर्नु हो। त्यसकारण, के अब तिमीहरूले मण्डलीको यो सबैभन्दा आधारभूत र सरल अवधारणा स्विकार्न सक्छौ? (सक्छौँ।) यो परिभाषा बढाइचढाइ गरिएको वा खोक्रो छैन, र यसमा उच्च सुनिने शब्दावली र वाक्यांशहरू प्रयोग भएका छैनन्, बरु यसले त मण्डलीको निर्माण वा परिभाषाका लागि चाहिने सबैभन्दा आधारभूत आवश्यकताहरू समावेश गरेको छ।

अब मैले तिमीहरूलाई व्याख्या गरिसके पछि, के तिमीहरू मण्डलीको अवधारणाको परिभाषाको पृष्ठभूमि बुझ्छौ? (बुझ्छौँ।) यदि मैले यो तरिकाले व्याख्या नगरेको भए, तिमीहरूले मण्डलीको सारगत काम र मण्डलीको परिभाषा निकै गहन छन् भन्ठान्नेथ्यौ। अब तिमीहरूले मण्डलीको परिभाषा बुझ्ने हुनाले, तिमीहरूलाई मण्डलीबारे आफ्नो बुझाइ अत्यन्तै सतही छ भन्ने लाग्छ। मण्डलीको परिभाषा प्रस्ट पारिएको छ—यो यति व्यावहारिक छ। कुराहरू जति बढी व्यावहारिक हुन्छन्, त्यति नै मानिसहरूलाई प्रायः तिनीहरू सतही रहेछन् भन्ने लाग्छ। वास्तवमा, नजिकबाट हेर्ने हो भने, यो परिभाषाको हरेक शब्द व्यावहारिक र विशिष्ट परिस्थितिहरूसँग जोडिएको र निकट रूपमा सम्बन्धित रहेको छ, र बिलकुलै सतही छैन। मण्डलीको परिभाषाको पहिलो वाक्यांश “निष्कपट रूपमा परमेश्‍वरलाई पछ्याउने” भन्ने हो। परमेश्‍वरले चाहनुहुने भनेकै यो “निष्कपट रूपमा” भन्ने हो। कति मानिसहरूमा यस्तो निष्कपटता हुन्छ? के मानिसहरूलाई यस्तो निष्कपटता धारण गर्न सजिलो छ? सजिलो छैन। “उहाँका वचनहरूद्वारा शासित हुने” बारे कुरा गर्दा, के तैँले त्यो कुरा अहिलेसम्म हासिल गरेको छस्? तँ यो वाक्यांश सतही र हासिल गर्न सजिलो छ भन्ठान्छस्। यदि परमेश्‍वरले “उठ्, मलाई पछ्या, अनि आफ्नो कर्तव्य पूरा गर्” भनेर भन्नुभयो, र मानिसहरूले पालन गरे भने, के यसको अर्थ तिनीहरू परमेश्‍वरका वचनहरूद्वारा शासित छन् भन्ने हुन्छ? यसको अर्थ मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्न र परमेश्‍वरलाई पछ्याउन इच्छुक छन् भन्ने मात्र हुन्छ, तर उनीहरू परमेश्‍वरका वचनहरूद्वारा शासित हुने अवस्थामा पुगिसकेका हुँदैनन्—उनीहरू अझै त्यसबाट धेरै टाढा छन्! परमेश्‍वरका वचनहरूद्वारा शासित हुन तँसँग के हुनु आवश्यक छ? न्यूनतम माग भनेको तैँले परमेश्‍वरका वचनहरू बुझ्‍नुपर्छ; तैँले परमेश्‍वरका वचनहरूका मागहरूले के जनाइरहेका छन्, परमेश्‍वरका वचनहरूले कस्ता सिद्धान्तहरू माग गर्छन्, र विभिन्न मानिस, घटना र कामकुराहरू सामना गर्दा, परमेश्‍वरका वचनहरू कसरी लागु गर्ने, र परमेश्‍वरलाई सन्तुष्ट पार्न परमेश्‍वरका वचनहरूलाई कसरी आफ्नो अभ्यासमा बदल्ने भनेर जान्नुपर्छ। यो सजिलो छैन। बिस्तारै केही हदसम्म परमेश्‍वरका वचनहरूद्वारा शासित गरिएको बन्नका निम्ति, लामो अवधिसम्म परमेश्‍वरका वचनहरू खानु र पिउनु, प्रार्थनार्थ पढ्नु, अनुभव गर्नु, र तिनलाई बुझ्नु, साथै परमेश्‍वरका अभिप्रायहरू र परमेश्‍वरको स्वभावको बुझाइ प्राप्त गर्नु आवश्यक हुन्छ। त्यसकारण, “उहाँका वचनहरूद्वारा शासित हुनु” भन्ने वाक्यांश त्यो सतहमा सरल देखिन्छ, मानौँ धेरैजसो मानिसहरू परमेश्‍वरका वचनहरूद्वारा नै शासित छन्, तर वास्तवमा कुरा त्यस्तो हुँदैन। मानिसहरूका वास्तविक परिस्थितिहरू मूल्याङ्कन गर्दा प्रस्ट हुन्छ कि यो वाक्यांश केवल मानिसहरूबाट परमेश्‍वरले गर्नुहुने माग मात्र हो, जुन उनीहरूले अहिलेसम्म बिलकुलै हासिल गरेकै छैनन्। “उहाँका वचनहरू अभ्यास गर्न खोज्ने” भन्ने त्यसपछिको वाक्यांश पनि मानिसहरूबाट परमेश्‍वरले गर्नुभएको माग हो। तैँले अझै पनि परमेश्‍वरका वचनहरूको अभ्यास हासिल गरेको छैनस्; तँ केवल परमेश्‍वरका वचनहरू अभ्यास गर्न खोजिरहेको छस्। तैँले यो कुराको खोजी कसरी गर्नुपर्छ? तैँले परिस्थितिहरू सामना गर्दा, परमेश्‍वरका मागहरूअनुसार अभ्यास गर्। ढाँट्ने काम नगर्; इमानदार व्यक्ति बन्। के तँ त्यति गर्न सक्छस्? त्यसो गर्न सजिलो छैन। जब तँलाई काटछाँट गरिन्छ, तैँले समर्पित हुन र आत्मचिन्तन गरेर आफूलाई चिन्न, साथै सत्यताअनुसार अभ्यास गर्न सक्नुपर्छ। के तैँले यो हासिल गर्न सक्छस्? यदि यो मुस्किल लाग्यो वा यदि तेरो आफ्नै इच्छा अत्यन्तै बलियो छ, र तँ सधैँ आफ्नो गरम मिजासलाई विस्फोट हुन दिन चाहन्छस् भने, तैँले सिद्धान्तहरूअनुसार कार्य गर्न खोज्नुपर्छ, र आफ्नो उग्रता खुलासा गर्ने वा मनोमानी र स्वेच्छाचारी तरिकाले कार्य गर्ने गर्नु हुँदैन; तैँले परमेश्‍वरका वचनहरूले भनेअनुसार गर्नैपर्छ, र काटछाँट स्विकार्नैपर्छ, आफ्ना अपराधहरू चिन्नैपर्छ, र आफू कहाँ चुकेँ भनेर बुझ्नैपर्छ। यसलाई परमेश्‍वरका वचनहरू अभ्यास गर्न खोज्नु भनिन्छ। के परमेश्‍वरका वचनहरू अभ्यास गर्न थाल्नुको अर्थ व्यक्ति परिवर्तन भएको छ भन्ने हो? यो त्यति सरल छैन। यदि तँलाई अगुवा वा कामदारका रूपमा चुनियो भने, के तैँले मनोमानी र स्वेच्छाचारी रूपमा कार्य गर्नबाट आफूलाई रोक्न सक्छस्? यो सजिलो छैन; यसका लागि तैँले सत्यता बुझ्न जरुरी छ, परमेश्‍वरका वचनहरू अभ्यास गर्न सक्‍ने हुन जरुरी छ, र एक अवधिसम्‍म अनुभव गर्न जरुरी छ; त्यसपछि मात्र तैँले यो हासिल गर्न सक्छस्। यदि तँ परमेश्‍वरका वचनहरू अभ्यास गर्न चाहन्छु भन्छस्, तर तँसित यो मौखिक इच्छा मात्र छ र तेरो हृदयमा कुनै प्रेरणा छैन भने, त्यसले पुग्नेछैन। जब तेरो हृदय इच्छुक हुन्छ, र तँ साँच्चिकै सत्यता अभ्यास गर्न चाहन्छस्, तब तैँले सत्यता अभ्यास गर्न सक्छस्। जब तँ सत्यता अभ्यास गर्न हृदयमा अनिच्छुक हुन्छस्, तैँले कसम नै खाए पनि वा अरूले तँलाई साथ दिए पनि, त्यो काम लाग्नेछैन। तँसित सङ्कल्प हुनुपर्छ, अर्थात्, तँसित परमेश्‍वरको अत्यन्तै ठूलो कामना गर्ने हृदय हुनुपर्छ। तैँले परमेश्‍वरले कुनै मामलालाई कसरी परिभाषित गर्नुहुन्छ र त्यस सन्दर्भमा के माग गर्नुहुन्छ भनेर जान्नुपर्छ, अनि त्यो पक्षसँग सम्बन्धित परमेश्‍वरका सबै वचनहरू खोजेर सङ्कलन गर्नुपर्छ, र तिनलाई प्रार्थनार्थ पढ्नुपर्छ अनि बुझ्नुपर्छ। तिनलाई एउटा नोटबुकमा लेखेर वा सजिलै देखिने ठाउँमा राख्। कामको विश्राम समयमा, तिनलाई हेर् र पढ्, समयसँगै तँलाई परमेश्‍वरका यी वचनहरू याद हुनेछन् र तैँले तिनलाई हृदयमा राख्नेछस्। हरदिन परमेश्‍वरका वचनहरूको साँचो अर्थबारे मनन गर्, अनि कस्तो तरिकाले बोल्नु र कार्य गर्नुलाई परमेश्‍वरका वचनहरू अभ्यास गरेको मानिन्छ भनेर चिन्तन गर्। यसलाई परमेश्‍वरका वचनहरू अभ्यास गर्न खोज्नु भनिन्छ। के यो हासिल गर्न सजिलो छ? यो सजिलो छैन; यो रातारात वा एकै पटकमा धेरै बल लगाएर हासिल गर्न सकिने कुरा होइन। कतिपय मानिसहरू “म रगतको कसम खान्छु” भन्छन्, तर त्यो बेकार हो। तँ “म निराहार र निर्जला व्रत बसेर प्रार्थना गर्नेछु” भन्छस्, तर त्यो बेकार हो। तँ “म रातभरि जागा बसेर कष्ट भोग्नेछु” भन्छस्, तर त्यो पनि बेकार हो। तैँले सत्यता पछ्याउनैपर्छ; तँसित सत्यता पछ्याउने प्रकटीकरणहरू हुनैपर्छ, र सत्यता पछ्याउने मार्ग हुनैपर्छ; तँसित सही माध्यम र विधिहरू हुनैपर्छ। तँसित जस्तो प्रकारका माध्यम वा विधिहरू भए पनि, तँ परमेश्‍वरका वचनहरूबाट बाहिर जान मिल्दैन; तैँले परमेश्‍वरका वचनहरूमा मेहनत लगाउन, हरेक कुरालाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्न, हरेक परिस्थितिमा समस्याहरू समाधान गर्नका लागि परमेश्‍वरका वचनहरू प्रयोग गर्न, र परमेश्‍वरका वचनहरूलाई आफ्नो प्रमुख प्राथमिकता बनाउनैपर्छ। यसलाई सत्यता पछ्याउनु भनिन्छ। उदाहरणका लागि, अरूसँग अन्तरक्रिया गर्ने सम्बन्धमा, तैँले परमेश्‍वरका वचनहरूले यसबारे के भन्छन् भनेर हेर्न र अरूसँग अन्तरक्रिया गर्नुसँग सम्बन्धित परमेश्‍वरका वचनहरू खोज्न आवश्यक हुन्छ। सामञ्जस्यपूर्ण सहकार्यका लागि, यस पक्षसँग सम्बन्धित परमेश्‍वरका वचनहरू पनि खोज्। वफादारीका साथ कर्तव्य निर्वाह गर्ने सम्बन्धमा, मानक पूरा गर्ने तरिकाले कर्तव्य निर्वाह कसरी गर्ने भन्नेबारे परमेश्‍वरका वचनहरू खोज् र परमेश्‍वरका अत्यावश्यक वचनहरू कण्ठ गर्, र तिनलाई हृदयमा राख्। झूटो अगुवा भनेको के हो, झूटा अगुवाहरूमा कस्ता प्रकटीकरणहरू हुन्छन्, तिनीहरूमा विवेक र समझ हुन्छ कि हुँदैन, र परमेश्‍वरले झूटा अगुवाहरूलाई कसरी चित्रण गर्नुहुन्छ भन्ने सम्बन्धमा, परमेश्‍वरका यी प्रमुख वचनहरू खोज्ने र तिनलाई नोटबुकमा लेख्ने, सजिलै देख्न सकिने ठाउँमा राख्ने, अनि समय मिल्नेबित्तिकै तिनलाई प्रार्थनार्थ पढ्ने गर्। आफ्नो जीवन प्रवेश र स्वभाव परिवर्तनसँग सम्बन्धित हरेक मामलामा, यसरी नै अभ्यास गर्ने र मेहनत लगाउने गर्। यसलाई सत्यता पछ्याउनु भनिन्छ। यदि तेरो मेहनत यो स्तरसम्म पुग्दैन भने, त्यसलाई सत्यता पछ्याउनु भनिँदैन; त्यसलाई झारा टार्नु, सतही कार्य गर्नु, र अल्याङटल्याङ गरेर दिन कटाउनु भनिन्छ।

अब “परमेश्‍वरको आराधना गर्ने” भन्ने वाक्यांश हेरौँ। परमेश्‍वरको आराधना गर्नुमा वास्तविक भय, डर, आदर, र निष्कपटता, साथै परमेश्‍वरलाई परमेश्‍वरका रूपमा व्यवहार गर्ने, आफ्नो हृदयमा परमेश्‍वरका लागि ठाउँ राख्ने, परमेश्‍वरले खडा गर्नुभएका वातावरणहरू र उहाँले दिनुभएका आज्ञाहरूप्रति विवेकी रूपमा व्यवहार गर्ने, र परमेश्‍वरले भन्नुभएको हरेक वचनलाई गम्भीरता र जिम्मेवारीपूर्वक व्यवहार गर्ने, आदि इत्यादि कुराहरू पर्छन्। यी सबै प्रकटीकरणहरूलाई आराधना भनिन्छ। चाहे परमेश्‍वरले तेरै आमने-सामने बोल्नुभएका वचनहरू होऊन् वा उहाँले व्यक्त गर्नुभएका सारा वचनहरू होऊन्, तैँले ती वचनहरू जानेसम्म र सम्झेसम्म, र तैँले हृदयमा तिनलाई बुझेसम्म र तँ तीबारे पक्का भएसम्म, तैँले तिनलाई आफूलाई आचरणमा ढाल्ने, र जिउने, र आदि इत्यादि गर्ने मापदण्डहरूका रूपमा लिनुपर्छ—यो नै परमेश्‍वरको आराधना गर्नुको प्रकटीकरण हो। मामलाहरू सामना गर्दा, ती तेरा रुचि, चाहना, वा धारणाहरूअनुरूप भए वा नभए पनि, तैँले आफ्नो हृदय शान्त पारेर यो कुरा ख्याल गर्न सक्नुपर्छ, “के यो परमेश्‍वरले गर्नुभएको हो? के यो परमेश्‍वरबाट उत्पत्ति भएको हो? परमेश्‍वरले किन यसो गर्नुभयो? परमेश्‍वरले ममा के कुरा शोधन गर्न चाहनुहुन्छ, र उहाँले ममा के कुरा रूपान्तरण गर्न चाहनुहुन्छ? परमेश्‍वरको अभिप्राय ठ्याक्कै के हो? म कसरी परमेश्‍वरका प्रबन्धहरूमा समर्पित हुनुपर्छ? मैले परमेश्‍वरको अभिप्राय कसरी पूरा गर्नुपर्छ? एक मानवका रूपमा मैले आफ्नो जिम्मेवारी कसरी पूरा गर्नुपर्छ?” यी सबै र यस्तै अन्य प्रकटीकरणहरू परमेश्‍वरको आराधना गर्नुका प्रकटीकरणहरू हुन्। तैँले बढी सत्यता नबुझे पनि, एक सामान्य व्यक्तिका रूपमा, परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने, निष्कपट रूपमा परमेश्‍वरलाई पछ्याउने व्यक्तिका रूपमा, तँमा कम्तीमा परमेश्‍वरप्रति हुनुपर्ने मनोवृत्ति यही हो। परमेश्‍वरसँग सम्बन्ध राख्‍ने सबै कुरा, परमेश्‍वरका वचनहरूसँग सम्बन्धित सबै कुरा, अनि तँलाई दिइएको परमेश्‍वरको आज्ञा, तेरो कर्तव्य र तेरो जिम्मेवारीबारेका सबै कुरालाई तैँले लापरवाही, असावधानी र अपमानजनक रूपमा नभई होसियारी र सतर्कतासाथ व्यवहार गर्नुपर्छ—यसलाई परमेश्‍वरको आराधना गर्नु भनिन्छ। परमेश्‍वरसँग सम्बन्धित सबै कुरालाई सतर्क, होसियार, अनि परमेश्‍वरको डर र भय मान्ने हृदयले सम्हाल्नु—यसलाई परमेश्‍वरको आराधना गर्नु भनिन्छ। के यो हासिल गर्न सजिलो छ? यो सजिलो छैन। वास्तविक अनुभवविना, “परमेश्‍वरको आराधना गर्ने” भन्ने तीनवटा शब्द बुझ्नसमेत गाह्रो हुन्छ, वास्तवमै परमेश्‍वरको आराधना अभ्यास गर्ने कुरा त झनै गाह्रो हुन्छ। मण्डलीको परिभाषाको अन्तिम वाक्यांश “उहाँको मुक्ति प्राप्त गर्ने” भन्‍ने हो। यसलाई कसरी बुझ्नुपर्छ? मुक्ति प्राप्त गर्ने मार्ग लामो छ, र यसमा अझ धेरै कुरा माग गरिन्छ। सबभन्दा पहिला तँ हिँड्ने मार्ग सही हुनुपर्छ; तँ परमेश्‍वरका वचनहरूमा भएका सबै सत्यताहरू स्विकार्न सक्षम हुनुपर्छ, र तँ परमेश्‍वरका वचनहरू अभ्यास गर्न खोज्ने र परमेश्‍वरमा समर्पित हुने व्यक्ति हुनुपर्छ। तेरो जीवन परमेश्‍वरका वचनहरूद्वारा शासित हुनैपर्छ। तैँले परमेश्‍वरको अस्तित्व अनुमोदन गर्ने मात्र नभई, सत्यतालाई प्रेम गर्ने र सत्यताअनुसार कार्य गर्ने पनि गर्नुपर्छ; तँमा परमेश्‍वरप्रति साँचो डर र साँचो समर्पण हुनुपर्छ, तैँले हृदयमा परमेश्‍वरलाई प्रायः प्रार्थना गर्नुपर्छ, र तँ बिस्तारै परमेश्‍वरको आराधना गर्नतर्फ लाग्नुपर्छ। त्यसपछि तँ सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरमा समर्पित हुने व्यक्ति हुन्छस्; तँ ठ्याक्कै परमेश्‍वरले मुक्ति दिन चाहनुहुने खालको व्यक्ति हुन्छस्। निष्कपट रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति सही व्यक्ति हुनुपर्छ। सही व्यक्ति हुनुको फाइदा के हो? के हो भने, तँलाई मुक्ति प्राप्त गर्न अत्यन्तै गाह्रो हुनेछैन; तँसँग मुक्ति प्राप्त गर्ने आशा रहनेछ। मण्डलीको परिभाषासम्बन्धी विशिष्ट विवरणहरूबारेको हाम्रो सङ्गति यति नै हो।

ई. मण्डलीप्रति मानिसहरूले बोक्ने धारणा र विचारहरू

भर्खरै, हामीले मण्डली भनेको के हो, मण्डलीले गर्ने सारगत काम के हो, र मानिसहरूले आफ्ना धारणाहरूमा मण्डलीबारे के कल्पना गर्छन् र मण्डलीबाट के माग गर्छन् भन्नेबारे सङ्गति गर्‍यौँ। अन्ततः, हामीले मण्डलीको अवधारणाको एउटा परिभाषा दियौँ। यसलाई परिभाषित गरिसकिएकोले, अब तिमीहरूसँग “मण्डली” पदवीनामको सही बुझाइ हुनुपर्छ; तिमीहरूले मण्डलीले गर्नुपर्ने काम, मानिसहरूलाई सत्यता र मुक्ति प्राप्त गर्नका लागि मदत गर्न मण्डलीले खेल्ने भूमिका, र परमेश्‍वरलाई पछ्याउने सबैका लागि मण्डलीको महत्त्वबारे आधारभूत बुझाइ प्राप्त गरेको हुनुपर्छ। हामीले मानिसहरूले आफ्ना धारणाहरूमा मण्डलीको अस्तित्वको मूल्य र मण्डलीले गर्नुपर्ने काम के हो भन्‍ने विश्‍वास गर्छन् भन्नेबारे सङ्क्षेपमा प्रतिनिधिमूलक चिरफार र खुलासा पनि गर्‍यौँ। मानिसहरूका धारणाहरूमा मण्डलीबारे उनीहरूका बुझाइ र व्याख्याहरूबारे तिमीहरूले छर्लङ्गै देख्न वा बुझ्न नसकेको केही छ त? कतिपय मानिसहरू के सोच्छन् भने मण्डली समाजको कुनै न कुनै प्रकारको काममा संलग्न हुनुपर्छ वा समाजमा इन्साफ कायम राख्नेजस्ता कुनै न कुनै भूमिका मण्डलीले खेल्नुपर्छ। मानिसहरूका धारणाअनुसार, मण्डलीले एउटा सकारात्मक छवि प्रतिनिधित्व गर्छ, त्यसोभए यसले किन इन्साफ कायम राख्न सक्दैन? के मण्डलीको काम वा परमेश्‍वरका मागहरूसँग इन्साफ कायम राख्नुको कुनै सम्बन्ध छ? (छैन।) मानिसहरूले चर्चा गर्ने “इन्साफ कायम राख्नु” ले के जनाउँछ? (मानिसहरूले जे कुरालाई इन्साफ कायम राख्नु भन्छन् त्यो साँचो इन्साफ होइन। त्यो त केवल देहका स्वार्थहरू संरक्षण गर्नु हो र त्यो सत्यतासँग मिल्दैन।) के सत्यतासँग यस इन्साफको कुनै सम्बन्ध छ? (छैन।) मानवजातिले यसैलाई इन्साफ भन्छ। उदाहरणका लागि, केही दुष्ट शक्तिहरूलाई धपाउनु, केही अन्यायहरू र मानिसहरूले गलत व्यवहार वा अपमान भोगेका घटनाहरू सच्याउनु, वा दुष्ट मानिसहरूलाई तिनीहरूले पाउनुपर्ने दण्ड दिनु, र निरीह समूहहरूका हितहरूलाई पुनर्स्थापना र सुरक्षा गर्नु, आदि इत्यादि—मानिसहरूले यिनै कुराहरूलाई इन्साफ कायम राख्नु भन्छन्। यस्तो इन्साफ कायम राख्नुको मुख्य उद्देश्य के हो? के मानिसहरूले सत्यता पछ्याउनुसँग यसको कुनै सम्बन्ध छ? के मानिसहरूले मुक्ति पाउनुसँग यसको कुनै सम्बन्ध छ? (छैन।) यो त मानव नैतिक इन्साफ र नैतिकताका आधारमा उब्जिने एउटा भनाइ मात्र हो; सत्यतासँग यसको बिलकुलै कुनै सम्बन्ध छैन। के हामीले यो सत्यताको स्तरमा पुग्दैन भन्न मिल्छ? (मिल्छ।) मिल्छ र? (मिल्दैन; यी दुई असम्बन्धित कुरा हुन्।) ठीक भनिस्, यी पूर्ण रूपमा असम्बन्धित छन्; यी दुई फरक कुराहरू हुन्। मानवजातिले कस्तो प्रकारको इन्साफ कायम राख्छ? त्यस्तो प्रकारको इन्साफ, जहाँ अलि तल्लो सामाजिक हैसियतको आम व्यक्तिलाई दुष्ट मानिसहरूले उत्पीडन दिँदा वा कुनै अधिकार वा हितहरूबाट वञ्चित गर्दा, ती दुष्ट मानिसहरूलाई विधिपूर्वक दण्डित गरिन्छ, अनि आम वा साधारण व्यक्तिले उप्रान्त दुर्व्यवहार भोग्नुपर्दैन। यो मानिसहरूका देहगत हितहरू पुनर्स्थापित र प्रत्याभूत गर्ने, मानिसहरूबीच सापेक्ष समानता हासिल गर्ने, सामाजिक स्तरहरूबीचका खाडलहरू हटाउने, र दुष्ट मानिसहरू आफ्ना दुष्कर्महरूमा सफल नहोऊन्, र अन्यायमा परेकाहरूका गुनासाहरू निवारण होऊन् भनी सुनिश्‍चित गर्ने कुरा हो। मानवजातिले यसैलाई इन्साफ कायम राख्नु भन्छ, र सत्यतासँग यसको बिलकुलै कुनै सम्बन्ध छैन। तिमीहरूले अझै पनि यो सत्यताको स्तरमा पुग्दैन भनेर कसरी भन्न सक्छौ? के यो सत्यतासँग सम्बन्धित छ त? अहँ, छैन। ल भन् त, के कष्ट भोगेका ती आम र साधारण मानिसहरू असल मानिस नै हुन्छन् भन्ने छ? (त्यो जरुरी छैन।) उनीहरूलाई कष्ट भोग्नबाट रोक्नु—के त्यो इन्साफ हो? के त्यो सत्यतासँग मेल खान्छ? के त्यसपछि ती मानिसहरूलाई मुक्ति दिन सकिन्छ? यी प्रस्ट रूपमा दुई भिन्न मामलाहरू हुन्—यी दुई कुरालाई कसरी एकै ठाउँमा राख्न सकिन्छ? त्यसैले यो सत्यताको स्तरमा पुग्न सक्ने प्रश्‍नै उठ्दैन; यो सत्यतासरह कुरा हुँदै होइन। यदि तिमीहरूमा यो विषयबारे केही असहमतिहरू छन् भने, सम्भवतः तिमीहरूमध्ये अधिकांशले इन्साफ कायम राख्ने मामला छर्लङ्गै बुझ्‍नै सक्दैनौ र तिमीहरू अझै पनि यसमा धेरथोर आसक्त छौ, र यस्तो सोच्छौ, “यो कसरी गलत हुन सक्छ? यो कसरी मण्डलीले गर्नुपर्ने काम नहुन सक्छ?” खासमा, मण्डलीको कामसँग यसको कुनै सम्बन्ध छैन। कतिपय यस्ता मानिसहरू पनि छन्, जो के सोच्छन् भने मण्डली भनेको त यस्तो ठाउँ हुनुपर्छ, जहाँ दुष्टलाई दण्ड दिइन्छ र असललाई बढावा दिइन्छ, र यसले दुष्कर्महरू र दुष्ट, अँध्यारा शक्तिहरूलाई दण्डित गर्ने, अनि असल र सद्गुणी कामकुराहरूलाई बढावा दिने कार्य गर्नुपर्छ। के हुनुपर्ने यही हो त? के दुष्टलाई दण्ड दिने र असललाई बढावा दिने कार्य सत्यताको स्तरमा पुग्न सक्छ? दुष्ट के हो र असल के हो भन्ने कुरा आउँदा, मानिसहरूले यी कुराहरूबीच प्रस्टसँग भिन्नता छुट्याउन सक्दैनन्। मानिसहरूले दुष्टलाई दण्डित गर्नु र असललाई बढावा दिनु भन्नुको अर्थ के हो? के यो परमेश्‍वरले भन्नुहुने, दुष्टलाई दण्ड दिने, असललाई इनाम दिने, र सबैलाई आ-आफ्नो प्रकारअनुसार वर्गीकरण गर्नेसँग सम्बन्धित छ? (छैन।) यो असम्बन्धित छ। दुष्ट र असललाई परिभाषित गर्ने मानवजातिको मानक के हो? चिनियाँ मानिसहरूको परिभाषाअनुसार, दुष्ट भनेको के हो र असल भनेको के हो? तिनीहरूले केका आधारमा दुष्ट र असललाई परिभाषित गर्छन्? यो बौद्ध संस्कृति हो। बौद्ध धर्मले संसारलाई मदत गर्ने र मानिसहरूलाई मुक्ति दिने, हत्या नगर्ने, आदि इत्यादि अवधारणाहरूबारे कुरा गर्छ—यिनलाई असल मानिन्छ, जबकि कुखुरा, माछा, गाई, वा भेडाको मासु खानुलाई दुष्ट मानिन्छ र त्यसो गर्ने मानिसहरूलाई दण्ड दिइनुपर्छ। कुनै पनि मासु खानु हुँदैन, र कुनै पनि जिउँदो प्राणीलाई मार्नु हुँदैन। हत्यालाई दुष्ट मानिन्छ, अनि हत्या गर्नेहरूले बुद्धसामु पाप स्विकारेर क्षमा याचना गर्नुपर्छ। बौद्धमार्गीहरूले दिने दुष्टको परिभाषा यही हो; के परमेश्‍वरले भन्नुभएको दुष्टता र यो एउटै हो? (होइन।) यी दुई अलग कुराहरू हुन्, त्यसैले दुष्टताको त्यो परिभाषासँग सत्यताको बिलकुलै कुनै सम्बन्ध छैन र त्यो निश्‍चय नै सत्यताको स्तरमा पुग्न सक्दैन। त्यसोभए, बौद्ध धर्मले असल भन्नुको अर्थ के हो? यो त झनै बेतुका, सतही, र पाखण्डी कुरा हो। बौद्धमार्गीहरूले कुनै पनि प्राणीहरूको हत्या नगर्नु असल हो र बन्दी जनावरलाई आजाद गर्नु असल हो भन्ने विश्‍वास गर्छन्। कुनै दुष्ट व्यक्तिले जतिसुकै मानिसहरूको हत्या गरेको वा जतिसुकै पापहरू गरेको भए पनि, यदि उसले हतियार त्यागेमा, ऊ तत्काल बुद्ध बन्न सक्छ—यसलाई असल मानिन्छ। “साततले मन्दिर बनाउनुभन्दा एउटा जीवन बचाउनु ठूलो हो” भन्ने भनाइ पनि छ, जसको अर्थ निसर्त रूपमा र सिद्धान्तहरूविना मानिसहरूलाई अन्धाधुन्ध रूपले बचाउनु हो—यहाँसम्म कि दियाबलस, दुष्ट मानिसहरू, ठगहरू, गुन्डाहरू, र अरू जोसुकैलाई बचाउनुलाई पनि असल मानिन्छ। यो कस्तो खालको असल हो? त्यस्ता मानिसहरू कुनै सुझबुझ, अडान, वा सिद्धान्तहरू नभएका मूर्ख मानिसहरू हुन्। जोसुकैलाई बचाउने र माफी दिने—के यसलाई असल मान्न मिल्छ? यो त असल शब्दको लायकसमेत छैन; यो त शैतान र दियाबलसहरूको ढोँग हो। तिनीहरूले पशु हत्या गर्दैनन् तर अनगिन्ती आत्माहरू निलेका छन्। यो तिनीहरूको तथाकथित असलपन हो, जुन वास्तवमा एउटा ढोँग मात्र हो। त्यसोभए, के मण्डलीले दुष्टलाई दण्डित गर्ने र असललाई बढावा दिने भूमिका खेल्नुपर्छ भन्ने मानव धारणाको कुनै तुक छ? (छैन।) कुनै पनि जाति वा धर्मको सांस्कृतिक पृष्ठभूमि जेसुकै भए पनि, मण्डलीको काम वा मण्डलीको गवाहीसँग दुष्टलाई दण्डित गर्नु र असललाई बढावा दिनुको कुनै सम्बन्ध हुँदैन। यी शब्दहरू न्यायोचित र प्रशंसापूर्ण देखिन्छन् भन्दैमा यी मण्डलीको कामसँग सम्बन्धित हुनुपर्छ वा मण्डलीले समाजमा खेल्नुपर्ने भूमिका यही हो भन्ने नसोच। यो त मानव धारणा र कल्पना हो। “इन्साफ कायम राख्नु” र “दुष्टलाई दण्डित गर्नु र असललाई बढावा दिनु” बाहेक, “मानिसहरूका अधिकार र हितका लागि लड्नु” र “चिन्ता कम गर्नु र कठिनाइहरू समाधान गर्नु” भन्‍नेजस्ता मानव धारणाहरूअनुसारका अन्य असल वाक्यांशहरूको पनि मण्डलीको काम वा मण्डलीको गवाहीसँग कुनै सम्बन्ध हुँदैन। तिमीहरू सबैले यो कुरा बुझ्न सक्नुपर्छ। मण्डलीको परिभाषा, मण्डलीले गर्नुपर्ने काम, अनि मण्डलीको अस्तित्वको मूल्य र महत्त्वबारे अब धेरथोर रूपमा प्रस्टसित सङ्गति गरिसकिएको छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्