अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२२) खण्ड एक
यसअघि, हामीले अगुवा र कामदारहरूको तेह्रौँ जिम्मेवारी “परमेश्वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीको बाधा, बहकाउ, नियन्त्रण र गम्भीर हानिदेखि जोगाउने र तिनीहरूलाई ख्रीष्टविरोधीलाई खुट्ट्याउन र हृदयबाट त्याग्न सक्ने बनाउने” बारे सङ्गति गर्यौँ। अब, यसको समीक्षा गरौँ: हामीले अगुवा र कामदारहरूको तेह्रौँ जिम्मेवारी सम्बन्धमा ठ्याक्कै कुन-कुन विषयवस्तुबारे सङ्गति गर्यौँ? (हामीले पाँचवटा विषयवस्तुबारे सङ्गति गर्यौँ: खुलासा गर्ने, काटछाँट गर्ने, चिरफार गर्ने, प्रतिबन्ध लगाउने, र निगरानी गर्ने।) यी पाँचवटा विषयवस्तु नै अगुवा र कामदारहरूको यो जिम्मेवारीमा पर्ने निर्दिष्ट कार्यहरू हुन्; ख्रीष्टविरोधीहरू सम्बन्धमा अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने निर्दिष्ट कार्यहरू यिनै हुन्। त्यसोभए, यी कार्यहरू सम्बन्धमा झूटा अगुवाहरूमा के-कस्ता प्रकटीकरणहरू हुन्छन्? के हामीले यसअघि केही विवरणबारे पनि सङ्गति गर्यौँ? (गर्यौँ।) झूटा अगुवाहरूका प्रकटीकरणहरू यसप्रकार छन्: पहिलो, तिनीहरू मानिसहरूलाई चिढ्याइएला कि भनेर डराउँछन् र ख्रीष्टविरोधीहरूलाई निकाल्ने वा निष्कासित गर्ने आँट गर्दैनन्। दोस्रो, तिनीहरू ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्दैनन्। तेस्रो, तिनीहरू ख्रीष्टविरोधीहरूका लागि सुरक्षा कवचका रूपमा काम गर्छन्। चौथो, तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूप्रति गैरजिम्मेवार हुन्छन्। गैरजिम्मेवारी भनेको कस्तो हुन्छ? ख्रीष्टविरोधीहरूबाट बाधा र बहकाउ सामना गर्दा, झूटा अगुवाहरूले दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्न सक्दैनन्, ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरू खुलासा गर्न सक्दैनन्, शैतानका षड्यन्त्रहरू खुलासा गर्न सक्दैनन्, र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन दाजुभाइ-दिदीबहिनीहरूलाई सत्यता सङ्गति गरेर मदत गर्न सक्दैनन्—तिनीहरू त्यस्तो काम गर्दै गर्दैनन्। यसका साथै, सानो कद भएका र सुझबुझको कमी भएका मानिसहरू जो ख्रीष्टविरोधीहरूको बहकाउमा पर्छन्, तिनीहरूले सुधारका कुनै पनि काम गर्न नसक्ने मात्र नभई, “तिनीहरू त्यसकै लायक थिए।” भन्नेजस्ता अमानवीय कुराहरूसमेत बोल्ने गर्छन्। यो गैरजिम्मेवारीको एउटा ठेट प्रकटीकरण हो, जसले झूटा अगुवाहरूमा मण्डलीको कामप्रति कुनै बोझको बोध हुँदैन भन्ने जनाउँछ। यी प्रकटीकरणहरू ख्रीष्टविरोधीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई बहकाउँदा र बाधा दिँदा झूटा अगुवाहरूले अपनाउने निर्दिष्ट व्यवहार र शैलीहरू हुन्। यो कामप्रति तिनीहरूको निर्दिष्ट मनोवृत्ति भनेको गैरजिम्मेवारी हो र बफादारी नहुनु हो। तिनीहरू विभिन्न बहानाहरू बनाउँछन् र ख्रीष्टविरोधीहरूलाई हरियो झन्डा देखाउन विभिन्न विधिहरू प्रयोग गर्छन्, र ख्रीष्टविरोधीहरूको सुरक्षा कवच भएर काम गर्छन्, जबकि मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूका अधिकार र हितहरूको सुरक्षा गर्न सक्दैनन्। यदि झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई बाधा दिने, बहकाउने, नियन्त्रण गर्ने र गम्भीर हानि गर्नेजस्ता समस्याहरू तुरुन्तै समाधान गरेर, त्यसपछि ख्रीष्टविरोधीहरूलाई प्रतिबन्ध गर्न, अलग्याउन, र निकाल्न वा निष्कासित गर्न सक्थे भने, परमेश्वरका चुनिएका मानिसहरूले सबैभन्दा ठूलो सुरक्षा पाउनेथिए। तर अगुवाका रूपमा तिनीहरू यो कामका निम्ति अयोग्य हुन्छन्। एउटा निश्चित दृष्टिकोणबाट, के भन्न सकिन्छ भने तिनीहरूले अप्रत्यक्ष रूपमा ख्रीष्टविरोधीहरूको सुरक्षा गरिरहेका र तिनीहरूका लागि मार्ग निर्माण गरिरहेका हुन्छन्, ताकि तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई बहकाउन, नियन्त्रण गर्न, र हानि गर्न, साथै सामान्य मण्डली जीवन र परमेश्वरका चुनिएका मानिसहरूको कर्तव्यनिर्वाहमा बाधा दिन जारी राख्न सकून्। झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू यिनै हुन्।
विषयवस्तु चौध: सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने (भाग एक)
अगुवा र कामदारहरूको तेह्रौँ जिम्मेवारीबारे सङ्गति गरिसकेपछि, आज हामी चौधौँ विषयवस्तुबारे सङ्गति गर्नेछौँ। चौधौँ जिम्मेवारीको विषयसामग्री कतिपय हिसाबले तेह्रौँ जिम्मेवारीसँग मिल्दोजुल्दो छ। चौधौँ जिम्मेवारीमा अगुवा र कामदारहरूले गर्नुपर्ने विशिष्ट काम ख्रीष्टविरोधीहरूसँग सम्बन्धित मात्र नभई यसले विभिन्न दुष्ट मानिसहरूलाई पनि समेट्छ, जसले यसको दायरा तेह्रौँ जिम्मेवारीभन्दा झन् फराकिलो बनाउँछ। चौधौँ जिम्मेवारीबारे सङ्गति गर्नुअघि, पहिला यसको विषयवस्तु पढौँ। (अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारी: “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने।”) यो वाक्य लामो छैन, तर अगुवा र कामदारहरूले गर्नुपर्ने विशिष्ट कामबारे कुरा गर्नुपर्दा, यो बाहिरबाट देखिएजस्तो सरल छैन। यो वाक्यमा उल्लेखित अगुवा र कामदारहरूका जिम्मेवारीहरू ठ्याक्कै के-के हुन्? अगुवा र कामदारहरूले निर्वाह गर्नुपर्ने कामका लक्षित पात्र को हुन्? (विभिन्न दुष्ट मानिस र ख्रीष्टविरोधीहरू।) यसमा गर्नुपर्ने विशिष्ट काम के हो? (तिनीहरूलाई तुरुन्तै खुट्ट्याउने। खुट्ट्याइसकेपछि तिनीहरूलाई निकाल्ने वा निष्कासित गर्ने।) विलम्ब नगरी तुरुन्तै चिन्ने; सङ्केतहरू पहिचान गरिएपछि, सही मूल्याङ्कन र चित्रण गर्नुपर्छ, र त्यसपछि यसमा संलग्न व्यक्तिहरूलाई निकालेर निराकरण गर्नुपर्छ। वास्तवमा, अगुवा र कामदारहरूले गर्नुपर्ने विशिष्ट काममा दुइटा कार्य पर्छन्: मानिसहरू खुट्ट्याउने र समस्याहरू समाधान गर्ने। सतहमा, यो यति सरल देखिन्छ: पहिला खुट्ट्याउने, र त्यसपछि परमेश्वरको घरले निकाल्न वा निष्कासन गर्न आवश्यक ठानेका दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई लक्षित गरेर, तुरुन्तै समाधान र उपायहरू पत्ता लगाउने। यो दृष्टिकोणबाट हेर्दा, अगुवा र कामदारहरूका लागि यो काम राम्रोसँग गर्न र यो जिम्मेवारी पूरा गर्न सजिलो देखिन्छ, र यसमा खासै कठिनाइ देखिँदैन, किनभने परमेश्वरको घरले यसअघि विभिन्न मानिसहरूलाई खुट्ट्याउने र निकाल्नेसम्बन्धी विस्तृत कुराहरूबारे बृहत् रूपमा सङ्गति गरेको छ, र यो मामलाबारे धेरै कुरा गरिएको छ। सतहमा, चौधौँ जिम्मेवारीमा संलग्न काम कतिपय हिसाबले यसअघि सङ्गति गरिएका बाह्रौँ र तेह्रौँ जिम्मेवारीहरूको विशिष्ट विषयवस्तुसँग मिल्दोजुल्दो नै देखिन्छ, तर चौधौँ जिम्मेवारीमा अगुवा र कामदारहरूले गर्ने कामका लक्षित पात्रहरू ख्रीष्टविरोधीहरूप्रति मात्र नभई विभिन्न दुष्ट मानिसहरू पनि हुन्। यसले विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई समेट्न दायरा फराकिलो बनाउँछ, र यसले व्यवस्थित र विशिष्ट सङ्गति आवश्यक गराउँछ। यो एकप्रकारको दुष्ट व्यक्तिका प्रकटीकरणहरूबारे नभई विभिन्न प्रकारका व्यक्तिका प्रकटीकरणहरूबारे भएकोले, अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीबारे सङ्गति गर्दा, हामी यो कामका लक्षित पात्रहरू किटान गर्न केन्द्रित हुनेछौँ। यो एउटा पक्ष हो। यसका साथै, यी मानिसहरूलाई ठ्याक्कै कस्तो व्यवहार गर्ने—प्रतिबन्ध लगाउने, अलग गर्ने, निकाल्ने, कि निष्कासित गर्ने—भन्नेबारे अब हामी विस्तारमा सङ्गति गर्नेछौँ।
मण्डली भनेको के हो
यो कामबारे विस्तारमा सङ्गति गर्नुअघि, पहिला यससँग सम्बन्धित एउटा अतिरिक्त विषयबारे सङ्गति गरौँ। यो अतिरिक्त विषय चिरपरिचित पनि हुन सक्छ, वा तिमीहरूले निर्दिष्ट रूपमा बुझ्न नसकेको विषय पनि हुन सक्छ। यो विषय के हो? यो हो, “मण्डली भनेको के हो?” यो विषय कस्तो सुनिन्छ? कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “तपाईं अगुवा र कामदारहरूका जिम्मेवारीहरूबारे सङ्गति गरिरहनुभएको छ, त्यसैले विशिष्ट रूपमा त्यसबारे मात्र सङ्गति गर्नुहोस्। मण्डली भनेको के हो भन्नेबारे किन सङ्गति गर्नुहुन्छ? के त्यो यो विषयसँग सम्बन्धित छ र?” सतहमा, त्यो असम्बन्धित देखिएला, र कतिपयले त यसोसमेत भन्न सक्छन्, “यो त पूर्ण रूपमा असम्बन्धित विषय हो। सङ्गतिका लागि किन यो कुरा उठाउने?” तिमीहरूले जसरी सोचे पनि, यी सोचहरू पन्छाउँदै पहिला मण्डली भनेको के हो भन्नेबारे मनन गर। यो “मण्डली” शब्द, यो पदवीनामको परिभाषाबारे प्रस्ट सङ्गति गरिएपछि, तिमीहरूले हामी किन यो विषयबारे सङ्गति गरिरहेका छौँ भनेर थाहा पाउनेछौ।
अ. मण्डलीबारे कैयौँ बुझाइहरू
मण्डली भनेको के हो भन्नेबारे सङ्गति गर्नुको मतलब “मण्डली” पदवीनामबारे स्पष्ट र सही व्याख्या प्रदान गर्नु हो; यसको अर्थ “मण्डली” शब्दको विशिष्ट र सही परिभाषा सम्प्रेषण गर्नु हो। सुरुमा, तिमीहरूले “मण्डली” शब्दलाई कसरी बुझ्छौ र बोध गर्छौ भन्ने कुरा छलफल गर्न सक्छौ। मण्डली भनेको के हो? सैद्धान्तिक व्याख्याबाटै सुरु गरौँ र त्यसपछि अझ विशिष्ट र तुलनात्मक रूपमा व्यावहारिक परिभाषामा प्रवेश गरौँ। (मेरो बुझाइमा निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीहरू परमेश्वरको आराधना गर्नका लागि भेला हुने ठाउँलाई नै मण्डली भनिन्छ।) यो परिभाषाले मण्डली भनेको कस्तो ठाउँ हो भन्ने कुरा जनाउँछ; यो मूलतः एक ठोस र भौतिक संस्था हो। यो एक सैद्धान्तिक परिभाषा हो। के यो परिभाषा सही छ? के यसमा केही त्रुटिहरू छन्? सिद्धान्तको हिसाबले, यो परिभाषा स्वीकार्य छ। अरू कसले थप केही भन्न सक्छ? (म अलिकति थप्छु। परमेश्वरको देखापराइ र काम, साथै उहाँले सत्यता व्यक्त गर्नुहुने हुनाले, परमेश्वरलाई पछ्याउने मानिसहरूको एउटा समूह छ; तिनीहरू मिलेर बनेको जमातलाई नै मण्डली भनिन्छ।) यो परिभाषाले मण्डली कस्तो जमात हो भन्ने वर्णन गर्छ। यो पनि एउटा औपचारिक, सैद्धान्तिक परिभाषा नै हो। (म पनि थप्छु, यो समूहका मानिसहरूसँग पवित्र आत्माको काम हुन्छ, र जब तिनीहरू परमेश्वरका वचनहरू पढ्नका लागि भेला हुन्छन्, त्यहाँ पवित्र आत्माको अन्तर्दृष्टि हुन्छ, र तिनीहरू सत्यता अभ्यास गर्न र जीवनमा वृद्धि हुन सक्षम हुन्छन्। मण्डली भनेको त्यस्तै मानिसहरूको भेला हो।) मण्डलीको परिभाषामा थपिएको यो कुराले यो कस्तो प्रकारको भेला हो भनेर वर्णन गर्छ—यो भेलाका मापदण्डहरू परमेश्वरका वचनहरू खानु र पिउनु, पवित्र आत्माको काम हुनु, र जीवनमा वृद्धि हुनु हो। यो पनि मूलतः मण्डलीको एउटा औपचारिक, सैद्धान्तिक परिभाषा नै हो। अरू केही थप कुराहरू छन्? (यो मानिसहरूको त्यस्तो समूह हो जसले परमेश्वरका वचनहरूलाई अभ्यासको सिद्धान्तका रूपमा लिन्छ, र जो सत्यता र ख्रीष्टद्वारा शासित हुन्छ। यो समूहले परमेश्वरको काम अनुभव गर्न, सत्यता स्विकार्न, जीवनमा वृद्धि हुन, र मुक्ति पाउन सक्छ। यस्तो समूहलाई नै मण्डली भनिन्छ।) यो “समूह” भर्खरै उल्लेखित “जमात” सँग मिल्दोजुल्दो छ। अरू केही थप्नु छ? यदि तिमीहरूले थप्नुपर्ने कुरा छैन भने, माथि उल्लेखित चारवटा बुझाइहरू पुनरुक्ति गर्न सक्छौ; र त्यो भनेको तैँले परमेश्वरमा विश्वास गर्न सुरु गरेदेखि अहिलेसम्म ठ्याक्कै जे कुरालाई मण्डलीको परिभाषा ठानेको छस्, त्यही कुरा हो। यसलाई सैद्धान्तिक रूपमा परिभाषित गर्न सजिलो हुनुपर्छ, होइन र? उदाहरणका लागि, निष्कपट रूपमा परमेश्वरलाई पछ्याउने र आराधना गर्ने मानिसहरूको जमातलाई मण्डली भन्न सकिन्छ; वा परमेश्वरको इच्छा पछ्याउने, परमेश्वरप्रतिको समर्पण पछ्याउने, वा परमेश्वरको आराधना गर्ने समूहलाई मण्डली भन्न सकिन्छ; वा पवित्र आत्माको काम, पवित्र आत्माको मार्गदर्शन, र परमेश्वरको उपस्थिति भएको, साथै परमेश्वरको आराधना गर्न सक्षम समूहलाई मण्डली भन्न सकिन्छ। के यी मण्डलीका सैद्धान्तिक परिभाषा होइनन् र? (हुन्।) तिमीहरू सबैले मण्डलीको परिभाषाका यी मापदण्डहरू बुझेका र जानेका छौ, होइन र? (हजुर।) त्यसोभए, त्यो कुरा दोहोर्याएर भन। (मण्डलीले निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्ने र ख्रीष्टलाई पछ्याउने मानिसहरूको जमातलाई जनाउँछ। एउटा साँचो मण्डलीसँग पवित्र आत्माको काम र परमेश्वरको मार्गदर्शन हुन्छ; यो ख्रीष्ट र सत्यताद्वारा शासित हुन्छ, यो त्यही ठाउँ हो जहाँ परमेश्वरका अनुयायीहरूले परमेश्वरका वचनहरू खाने र पिउने, परमेश्वरको काम अनुभव गर्ने, र जीवन प्रवेश गर्ने गर्छन्। यो एउटा साँचो मण्डली हो। मण्डली धार्मिक समुदायहरूभन्दा फरक हुन्छ। मण्डली धार्मिक कर्मकाण्ड वा परमेश्वरको आराधना गर्ने बाह्य तरिकाहरूमा संलग्न हुँदैन।) यो मूलतः मण्डलीको सैद्धान्तिक परिभाषा हो। उदाहरणका लागि, मण्डलीलाई परमेश्वरले बोलाउनुभएका मानिसहरू भेला हुने ठाउँ भनेर परिभाषित गर्नु, वा मण्डलीलाई निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्ने, उहाँलाई पछ्याउने, उहाँमा समर्पित हुने, र उहाँको आराधना गर्ने मानिसहरूको जमात भनेर परिभाषित गर्नु, वा मण्डलीलाई परमेश्वरले बोलाउनुभएका मानिसहरूको भेला, आदि इत्यादि भनेर परिभाषित गर्नु—यी पदवीनामहरूले मण्डलीबारे विश्वासीहरूका विभिन्न समूहका आधारभूत बुझाइ र परिभाषाहरू प्रतिबिम्बित गर्छन्। फरक-फरक धर्म र सम्प्रदायहरूले मण्डलीलाई ठ्याक्कै कसरी परिभाषित गर्छन् भन्ने कुरामा नजाऔँ—परमेश्वरलाई पछ्याउने हामीजस्ताका लागि, मण्डलीको परिभाषा के हो? यो निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्ने, पवित्र आत्माको काम र परमेश्वरको मार्गदर्शन हुने, र परमेश्वरका वचनहरू खान र पिउन, सत्यता पछ्याउन, परमेश्वरप्रतिको समर्पण पछ्याउन, र परमेश्वरलाई आराधना गर्न सक्ने मानिसहरूको समूहभन्दा बढी अरू केही होइन। यसलाई चाहे कुनै स्थान, जमात, भेला, समूह, समुदाय, वा अरू नै केही भनेर परिभाषित गरिए पनि—जस्तोसुकै शब्द प्रयोग गरिए पनि—परिभाषाका मापदण्डहरू मूलतः यिनै हुन्। मण्डलीसम्बन्धी मानिसहरूको आधारभूत बुझाइ मूल्याङ्कन गर्दा, अर्थात् तिमीहरूले “मण्डली” पदवीनामलाई परिभाषित गर्न प्रयोग गर्ने मापदण्डहरूलाई मूल्याङ्कन गर्दा, के प्रस्ट हुन्छ भने, मानिसहरूले परमेश्वरलाई पछ्याएपछि र केही सत्यताहरू बुझेपछि, तिनीहरूको बुझाइमा त्यस उप्रान्त मण्डली कुनै साधारण समुदाय वा समूह हुँदैन। बरु, यो त परमेश्वरमाथिको निष्कपट विश्वाससँग सम्बन्धित हुन्छ, परमेश्वरका वचनहरू पढ्ने, पवित्र आत्माको काम हुने, साथै परमेश्वरमा समर्पित हुन वा उहाँको आराधना गर्न सक्षम हुने, वा जीवन प्रवेश, स्वभाव परिवर्तन, परमेश्वरको गवाही दिने, आदि इत्यादि पक्षहरूसँग सम्बन्धित हुन्छ। यसलाई यो तरिकाले हेर्दा, परमेश्वरले आफ्नो काम गर्न थाल्नुभएपछि, “मण्डली” पदवीनामले धेरैजसो मानिसहरूको हृदयमा अझ गहन, विशिष्ट बुझाइ र बोध हासिल गरेको छ, जुन मण्डलीसम्बन्धी परमेश्वरको विचारसँग अझ निकट रूपमा अनुरूप छ। यो उप्रान्त कुनै भवन, सामाजिक समुदाय, विभाग, संस्था, वा अरू कुनै कुरा मात्र हुँदैन; बरु, यो परमेश्वरमा विश्वास गर्ने, परमेश्वरका वचनहरू, सत्यता र परमेश्वरको आराधना गर्नेजस्ता कुराहरूसँग सम्बन्धित हुन्छ।
आ. मण्डलीको अस्तित्वको महत्त्व र यसले गर्ने काम
मण्डलीको विशिष्ट अवधारणा र परिभाषाका सन्दर्भमा, हामी हतारमा अहिले नै निष्कर्ष निकाल्नतिर लाग्नेछैनौँ। तिमीहरूले “मण्डली” पदवीनामको आधारभूत अवधारणा वा त्यसको परिभाषा बुझेपछि, के तिमीहरू मण्डलीको अस्तित्वको मूल्य, मण्डलीको अस्तित्वबाट उत्पन्न हुने काम, र मण्डलीले मानिसहरूमाझ खेल्ने भूमिकाबारे प्रस्ट भएका छौ? के यी पक्षहरूको विषयवस्तु पनि मण्डलीको परिभाषासँग सम्बन्धित हुन्छ? सामान्य रूपमा भन्नुपर्दा, कुनै पनि मण्डलीले जे गर्छ त्यो नै त्यसको अस्तित्वको महत्त्व हो। उदाहरणका लागि, एउटा घरलाई नै लिऊँ—यो घरको उद्देश्य के हो? यसमा बस्ने र यसलाई उपयोग गर्ने मानिसहरूका लागि यसको मूल्य र महत्त्व के हुन्छ? यसले कम्तीमा पनि, हावा र पानीमा आश्रय दिन्छ, जुन यसको एउटा महत्त्व हो; अर्को महत्त्व के हो भने, जब तँ साह्रै गलेको र थकित हुन्छस् र तँसित जाने कुनै ठाउँ हुँदैन, तब घर यस्तो स्थान हुन्छ जहाँ तँ विश्राम गर्न र शान्ति र सन्तुष्टिसाथ बस्न सक्छस्। यो घरलाई बस्ने निवास भनिन्छ, तर तेरा लागि यसको काम के हो? यसले तँलाई हावा र पानीमा आश्रय दिन्छ, आराम, विश्राम, स्वतन्त्रताको आनन्द उठाउने क्षमता, आदि इत्यादि कुराहरू प्रदान गर्छ; यी प्रकार्यहरू नै तेरा लागि यो घरको महत्त्व हुन्। अब, फेरि एकपटक भन् त, मण्डलीको भूमिका के हो? यसको निर्माण र अस्तित्वको मूल्य र महत्त्व के हो? सरल रूपमा भन्दा, मण्डलीले के गर्छ, यसले के भूमिका खेल्छ? के तिमीहरू यसबारे प्रस्ट छौ? मण्डलीले ठ्याक्कै के काम वा कस्तो प्रकारको काम गर्नुपर्छ, र यो मण्डली कहलिनका लागि र यो काम साँचो मण्डलीले गर्नुपर्ने काम हुनका लागि यसको कामको दायरामा के समावेश हुनुपर्छ? यो मण्डलीको परिभाषाका सन्दर्भमा सङ्गति गरिनुपर्ने केही विशिष्ट विषयवस्तु हो। सबभन्दा पहिला, मण्डलीले ठ्याक्कै के काम गर्छ? (मुख्यगरी, यसले परमेश्वरका वचनहरू प्रसार गर्छ, परमेश्वरको कामको गवाही दिन्छ, र सुसमाचार फैलाउँछ, र अझ धेरै मानिसहरूलाई परमेश्वरसामु आउने र उहाँको मुक्ति स्विकार्ने तुल्याउँछ।) के यो विशिष्ट कार्य हो? (हो।) यो मण्डलीको अस्तित्वको महत्त्व हो र यसले गर्नुपर्ने एउटा विशिष्ट कार्य हो, तर यो नै सबथोक होइन। परमेश्वरका वचनहरू प्रसार गर्नु र परमेश्वरको कामको गवाही दिनु एउटा विशिष्ट काम हो। यो कामका लागि को जिम्मेवार हुन्छ? हालको सुसमाचार टोली। मण्डलीले अरू के काम गर्छ? (दाजुभाइ-दिदीबहिनीहरूलाई सँगै भेला हुन, परमेश्वरका वचनहरू खान र पिउन, र परमेश्वरका वचनहरू सङ्गति गर्न सङ्गठित पार्ने, उनीहरूलाई निरन्तर रूपमा सत्यता बुझ्न र सामान्य तवरले आफ्ना कर्तव्यहरू पूरा गर्न सक्षम तुल्याउने काम गर्छ।) यो विशिष्ट कामको उद्देश्य मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन, सत्यता बुझ्न, र आफ्ना कर्तव्यहरू सामान्य रूपमा पूरा गर्न अगुवाइ गर्नु हो। परमेश्वरका वचनहरू प्रसार गर्नु भनेको कुनै पनि मण्डलीको मुख्य र महत्त्वपूर्ण कार्य हो। मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन, सत्यता बुझ्न, र सामान्य रूपमा आफ्ना कर्तव्यहरू पूरा गर्न अगुवाइ गर्नु मण्डलीको अत्यावश्यक काम हो; यो भित्री रूपमै निर्देशित हुन्छ। यी दुइटा कार्यहरू—एउटा बाहिरी र एउटा भित्री—मण्डलीको अस्तित्वबाट उत्पन्न हुने काम हुन्। तिनलाई मण्डलीले निर्वाह गर्नुपर्ने दुई महत्त्वपूर्ण कार्य पनि भन्न सकिन्छ। अरू कुनै कार्य छन्? (अर्को कार्य भनेको मानिसहरूलाई परमेश्वरको न्याय अनुभव गर्न अगुवाइ गर्नु हो ताकि उनीहरूले स्वच्छ पारिएर स्वभाव परिवर्तन हासिल गरून्।) यो मण्डलीको एउटा विशिष्ट भित्री काम हो। तिमीहरूले उल्लेख गरेका यी सबै मूलतः प्रतिनिधिमूलक कार्यहरू हुन्। परमेश्वरको काम अनुभव गर्नु, जस्तै विभिन्न वातावरणहरू अनुभव गर्नु, न्याय, सजाय, काटछाँट, आदि इत्यादि अनुभव गर्नु, र अन्ततः स्वभाव परिवर्तन हासिल गर्नु र मुक्ति प्राप्त गर्नु एउटा विशिष्ट काम हो। मण्डलीको निर्माण र अस्तित्वले मानिसहरूमाथि पार्ने असर र प्रभाव नै यही हो। परमेश्वरका वचनहरू प्रसार गर्ने र परमेश्वरको गवाही दिने काम सुसमाचार टोलीले मात्र अघि बढाउने होइन; यो त विभिन्न अनुभवात्मक गवाही लेखहरू, भजनहरू, विभिन्न भिडियो र चलचित्रहरू, आदि इत्यादिमार्फत पनि पूरा हुन्छ, जुन परमेश्वरका वचनहरू प्रसार गर्ने काममा समाविष्ट हुने विशिष्ट सामग्री र परियोजना पनि हुन्। यसका साथै, मण्डली जीवनसँग सम्बन्धित कार्यहरू पनि छन्: सत्यता बुझ्नका लागि परमेश्वरका वचनहरू खानु र पिउनु, परमेश्वरमा समर्पित हुन र परमेश्वरलाई चिन्न सक्षम हुनु, साथै कर्तव्य पूरा गर्दा परमेश्वरको काम र परमेश्वरले खडा गर्नुभएका विभिन्न वातावरणहरू अनुभव गर्नु ताकि स्वभाव परिवर्तन र मुक्ति प्राप्त गर्न सकियोस्। मण्डली निर्माण भएपछि यसको अस्तित्वका आधारमा उत्पन्न हुने केही कार्यहरू यिनै हुन्। यी मुख्य कार्यहरूबाहेक, के अरू परिधिगत कार्यहरू पनि छन्? परिधिगत कार्यहरू भनेका के हुन्? तिनले महत्त्वरहित वा सामान्य मामलाका कामलाई जनाउँछन्, तर, परमेश्वरका चुनिएका मानिसहरूका लागि सत्यता पछ्याउन र आफ्ना कर्तव्यहरू पूरा गर्नमा यस्तो कामका केही फाइदाहरू पनि छन्; यो कामले मानिसहरूको जीवन वृद्धिमा र विभिन्न मामलाहरूबारे तिनीहरूको दृष्टिकोण रूपान्तरण गर्नमा सकारात्मक प्रभाव पार्न सक्छ। विशेष परिस्थितिहरूमा, के मण्डलीको कामबाट उत्पन्न हुने मानिसहरूको भौतिक जीवन अस्तित्वसँग सम्बन्धित सामान्य मामलाका कामलाई मण्डलीको जरुरी काम मानिन्छ? उदाहरणका लागि, खेती, पशुपालन, र आफ्नो कर्तव्य पूरा गर्नेहरूका लागि आवश्यक पर्ने खाद्यपदार्थ उपलब्ध गराउने अन्य गतिविधिहरू—के यिनलाई मण्डलीको अत्यावश्यक काम मानिन्छ? (मानिँदैन।) अनि आफ्नो कर्तव्य पूरा गर्नेहरूका लागि कम्प्युटर, उपकरण, र अन्य वस्तुहरू प्रदान गर्नुलाई के मानिन्छ—के यिनलाई मण्डलीको अत्यावश्यक काम मानिन्छ? (मानिँदैन।) त्यसोभए मण्डलीको अत्यावश्यक कामले के जनाउँछ? यसमा मण्डलीको परिभाषाको कुरा समेटिएको हुन्छ। यसअघि तिमीहरूले दिएका मण्डलीका परिभाषाहरू राम्रा थिए; म तीसँग निकै सन्तुष्ट थिएँ किनभने तिमीहरूका परिभाषामा प्रयोग भएका मापदण्डहरू उच्च सत्यताहरूसँग सम्बन्धित छन्, जस्तै मानिसहरूको जीवन प्रवेश, परमेश्वरमाथिको साँचो विश्वास र उहाँको पछ्याइ, परमेश्वरलाई चिन्नु, अनि स्वभाव परिवर्तन, परमेश्वरप्रतिको समर्पण, र परमेश्वरको आराधना। यो कुरालाई मध्यनजर गर्दा, मण्डलीको अस्तित्व मानिसहरूका दैहिक जीवन र स्वार्थहरूसँग सम्बन्धित कुराहरूका खातिर बिलकुलै होइन, जस्तै उनीहरूलाई न्यानोपन र खाना प्रदान गर्नु, उनीहरूलाई स्वस्थ राख्नु, वा उनीहरूको भविष्यको ख्याल राख्नु। मण्डली मानिसहरूको भौतिक अस्तित्व भरथेग गर्नका लागि वा मानिसहरूलाई दैहिक जीवनको आनन्द उठाउने तुल्याउनका लागि अस्तित्वमा रहँदैन। कतिपय मानिसहरू भन्छन्, “त्यो ठीक होइन। हाम्रो भौतिक जीवन र अस्तित्वबारे परमेश्वरका वचनहरूमा उल्लेख छ, जसले हामीलाई स्वस्थ रहनेबारे केही आधुनिक कला र ज्ञान सिक्न भन्छ। के यी हाम्रो अस्तित्वसँग सम्बन्धित छैनन् र?” के यिनलाई मण्डलीको अत्यावश्यक काम मानिन्छ? (मानिँदैन।) मण्डली परमेश्वरका विश्वासीहरूले बनेकोले र मानिसहरूको जीवनमा स्वतः गाँस, बास, कपास, यातायात, र दैनिक आवश्यकताहरू संलग्न हुने भएकाले, संयोगवश मण्डलीले मानिसहरूलाई यी समस्याहरू समाधान गर्न मदत गर्छ। यी कुराहरू समाधान हुने भएपछि, मानिसहरू सोच्छन्, “मण्डली हाम्रो दैनिक आवश्यकताहरूका लागि पनि जिम्मेवार हुन्छ। यो मण्डलीको नियमित र अत्यावश्यक काम हो।” के यो गलत बुझाइ होइन र? (हो।) के कुराले यस्तो गलत बुझाइ निम्त्याउँछ? (उनीहरू मण्डलीको अत्यावश्यक काम के हो भन्नेबारे प्रस्ट छैनन्।) उनीहरू अहिले पनि किन यसबारे अझै अस्पष्ट छन्? के उनीहरूको बुझाइमा समस्या छैन र? (छ।) उनीहरूको बुझाइमा किन समस्या छ? यो क्षमतासँग सम्बन्धित मामला हो। अन्ततः यो कमजोर क्षमताको कुरा हो।
मण्डलीको अत्यावश्यक कामका सम्बन्धमा, भर्खरै तीन बुँदाहरू उल्लेख भएका छन्: एउटा, परमेश्वरका वचनहरूको गवाही दिनु र तिनलाई प्रसार गर्नु हो। अर्को, मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन, परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्नु, साथै मानिसहरूलाई सत्यता बुझ्न, परमेश्वरका वचन अभ्यास गर्न, र आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्न मदत गर्नु हो। अनि अर्को, मानिसहरूलाई परमेश्वरको काम अनुभव गर्न, परमेश्वरको सार्वभौमिकता अनुभव गर्न, र परमेश्वरका वचनहरूको बुझाइका आधारमा स्वभाव परिवर्तन हासिल गराउनका लागि तिनीहरूको भ्रष्ट स्वभाव फाल्न अगुवाइ गर्नु हो। यी सबैको उद्देश्य मानिसहरूले मुक्ति हासिल गरून् भन्ने हो। तैँले यी तीन बुँदाहरू सोचेर राम्रो काम गरिस्; मण्डलीले गर्नुपर्ने काम तिनै हुन्, र मानवजातिका लागि, मण्डली सदस्यहरूका लागि, र परमेश्वरका चुनिएका मानिसहरूका लागि मण्डलीको अस्तित्वको मूल्य र महत्त्व तिनै हुन्। तर यो पर्याप्त रूपमा व्यापक छैन। यी अत्यावश्यक कार्यहरूबाहेक, मानिसहरूले मण्डलीले निर्वाह गर्ने काम अनुभव गर्नेबाहेक अरू कस्ता अत्यावश्यक फाइदाहरू प्राप्त गर्छन् भन्नेबारे फेरि सोच। (मानिसहरूले विभिन्न मानिस, घटना, र कामकुराहरू खुट्ट्याउन सिक्छन्।) विभिन्न मानिस, घटना र कामकुराहरू खुट्ट्याउनु केही हदसम्म निकट छ; यो मण्डलीको अत्यावश्यक कामसँग सम्बन्धित छ। जब हामी अत्यावश्यक कामबारे कुरा गर्छौँ, हामी प्रतिनिधिमूलक कार्यहरूबारे कुरा गरिरहेका हुन्छौँ। हामीले भर्खरै जे कुराबारे सङ्गति गर्यौँ, ती मानिसहरूले हासिल गर्ने सकारात्मक उपलब्धिहरू, वा मण्डलीहरूले गर्ने केही कामहरू हुन् जसमा मानिसहरूले संलग्नता जनाउने वा अनुभव लिने गर्छन्। यी अत्यावश्यक कार्यहरूबाहेक, मण्डलीको अस्तित्वको अर्को महत्त्व भनेको मानिसहरूलाई मानवजातिबारे, संसारबारे, र अन्धकारको प्रभावबारे बुझ्न मदत गर्नु हो। के यो मण्डलीको, तिमीहरूले सङ्गति गरेका तीन कार्यहरूभन्दा बाहिरको अत्यावश्यक काम हो? के यो विशिष्ट काम हो? (हो।) पहिलो तीन कार्यहरूका तुलनामा, यसलाई परिधिगत कार्य मानिन्छ। यसलाई किन परिधिगत मानिन्छ? किनभने यो मानिसहरूले पहिलो तीनवटा कार्यहरू अनुभव गरेर हासिल हुने नतिजा हो—यो परमेश्वरको काम अनुभव गरेर, परमेश्वरका वचनहरू खाएर-पिएर, सत्यता बुझेर, आफ्नै भ्रष्ट स्वभाव बुझेर, साथै परमेश्वरलाई चिनेर हासिल हुने कुरा हो। त्यो नतिजा के हो भने, मानिसहरूले यो दुष्ट मानवजाति, यो अँध्यारो संसार, र अन्धकारको प्रभाव बुझ्न पुग्छन्। के अब आंशिक रूपमा यो नतिजा हासिल भएको छ? (छ।) के यो मण्डलीको अस्तित्वको महत्त्व होइन र? के यो परमेश्वरलाई पछ्याउनेहरूमाथि मण्डलीको अस्तित्वबाट हुनुपर्ने प्रकार्य र प्रभाव होइन र? (हो।) एकातिर, यसले यस्तो वस्तुगत असर पार्छ; अनि अतिरिक्त रूपमा, मण्डलीहरूले पनि यो कामलाई सकारात्मक र सक्रिय रूपमा अघि बढाइरहेका हुन्छन्। यो काममा कस्ता विशिष्ट परियोजनाहरू पर्छन्? उदाहरणका लागि, परमेश्वरका चुनिएका मानिसहरूले पक्राउ र यातना अनुभव गर्नेसम्बन्धी चलचित्रहरू—एकातिर, यी चलचित्रहरू परमेश्वरलाई पछ्याउनेहरूले शैतानको क्रूर सतावट भोग्दा दिएका गवाहीहरू हुन्; अर्कोतिर, ती चलचित्रहरूले यो दुष्ट मानवजाति, यो अँध्यारो संसार, र अँध्यारो प्रभावहरूले कसरी परमेश्वर र सत्यतालाई प्रतिरोध र निन्दा गर्छन् भन्ने कुराहरू, साथै तिनीहरूले परमेश्वरलाई पछ्याउनेहरूलाई कसरी क्रूर रूपमा सताउँछन् भन्ने विभिन्न तरिकाहरू खुलासा गर्छन्। यी कुराहरू खुलासा गर्दै गर्दा, यी चलचित्रहरूले मानिसहरूलाई मानवजाति, संसार, र अन्धकारको प्रभावलाई यो दृष्टिकोणबाट बुझ्न मदत गर्छन्। कतिपय मानिसहरू भन्छन्, “तपाईंले ‘मानवजाति र संसारलाई बुझ्नु’ भन्नुको अर्थ के हो?” तिमीहरू सबैलाई यसको अर्थ के हो जस्तो लाग्छ? (मानवजाति र संसारको अन्धकार र दुष्टता बुझ्नु, साथै सारा मानवजाति परमेश्वरका शत्रु हुनुको सार बुझ्नु।) ठीक भनिस्। यसको अर्थ मानवजातिका दुष्टता र अन्धकार बुझ्नु, परमेश्वरका शत्रुका रूपमा सारा मानवजातिका कुरूप अनुहार र साँचो रङ्गहरू बुझ्नु हो। यातना र व्यक्तिगत अनुभवात्मक गवाहीका भिडियोहरू मण्डलीहरूले गर्ने यो कामका विशिष्ट उदाहरण हुन्। यसका साथै, परम्परागत संस्कृति, मानव नैतिक दृष्टिकोणहरू, निश्चित जातीय समूह वा वर्णहरूका सोचहरू, र चीनका दाओवाद र कन्फ्युसियसवादका परम्परागत धर्मसिद्धान्तहरू, केही झूटा सत्यताहरू, साथै मानिसहरूलाई बाँध्ने र उनीहरूका सोचहरू सङ्कुचित गर्ने पारिवारिक नियम र लालनपालनहरू खुलासा गर्नु—यी कुराहरू खुलासा गर्नुको उद्देश्य के हो? यो कुन वर्गको कामअन्तर्गत पर्छ? के मैले पहिले “आफैलाई पीडा दिएर विगतको तीतोपन पलपल मनमा गुन्नु” भन्ने कथामा चिरफार गरेको विषयवस्तु पनि संसार, मानवजाति, र अन्धकारको प्रभाव बुझ्नुकै पाटो होइन र? (हो।) यो यस कामको विशिष्ट विषयवस्तुको एउटा उदाहरण हो। त्यसकारण, यो काम पनि मण्डलीले निर्वाह गर्नुपर्ने एउटा विशिष्ट कार्य नै हो। सारांशमा भन्नुपर्दा, मण्डलीको काम भनेको, एक हिसाबले मानिसहरूलाई सकारात्मक रूपमा सत्यतामार्फत सत्यता वास्तविकतामा मार्गदर्शन गर्नु, र उनीहरूलाई परमेश्वरप्रतिको समर्पण हासिल गराउनु हो। अर्को हिसाबले, शैतानी, अँध्यारो संसारलाई खुलासा गर्नु, सत्यता र परमेश्वरप्रति शैतानका विभिन्न शत्रुवत् क्रियाकलापहरूको खुलासा गर्नु, र मानव समाजमा रहेका दुष्ट प्रचलनहरू, भ्रष्ट मानवजातिका विभिन्न विचार र धारणाहरू, साथै उनीहरूका विधर्म, भ्रम, आदि इत्यादि कुराहरूको खुलासा गर्नु हो, ताकि मानिसहरूले यो दुष्ट युगको साँचो प्रकृति र सार बुझ्न सकून्। के यो मण्डलीको अत्यावश्यक काम होइन र? (हो।) वास्तवमा, तिमीहरूले मण्डलीको कामबाट धेरै कुरा र पर्याप्त लाभहरू प्राप्त गरिसकेका छौ। जहाँसम्म मण्डलीमा रहेका मानिसहरूको कुरा छ, चाहे तिनीहरू सत्यतामा रुचि राख्नेहरू होऊन्, वा सत्यतामा रुचि नराख्नेहरू होऊन्, तीनदेखि पाँच वर्षसम्म परमेश्वरलाई पछ्याएपछि, सत्यता सङ्गति गर्ने भेलाहरू, परमेश्वरका वचनहरूको प्रार्थनार्थ पढाइ, गैरविश्वासीहरूको सतावट र अपमान भोगाइ, दुष्ट मानिस र ख्रीष्टविरोधीहरूका बाधाहरू, अनि हरप्रकारका अरू मानिस, घटना, र कामकुराहरूमार्फत, उनीहरूले अनजानमै, यो अँध्यारो संसार, दुष्ट मानवजाति, शासकीय अधिकारीहरू, र सारा संसारको अँध्यारो प्रभाव खुट्ट्याउन र बुझ्न पुग्नेछन्। उनीहरूले हासिल गर्ने लाभहरू यिनै हुन्। अनि यी लाभहरू कसरी पैदा हुन्छन्? के मण्डलीहरूको अस्तित्वले गर्दा हो? के मण्डलीहरूले गर्ने कामले गर्दा हो? (हो।) एकातिर, मानिसहरूले परमेश्वरका वचन, काम र स्वभावबारे केही बुझाइ प्राप्त गरेका हुन्छन्; अर्कोतिर, उनीहरूले संसार, मानवजाति, र अन्धकारको प्रभावसम्बन्धी त्यहीअनुरूपका केही सचेतना र सुझबुझ पनि प्राप्त गरेका हुन्छन्। यी दुई लाभहरूले मानिसहरूमा ल्याउने नतिजा र सकारात्मक प्रभावहरू नै उनीहरूले मुक्ति प्राप्त गर्नका लागि हासिल गर्नुपर्ने कुराहरू हुन्।
कुनै पनि मण्डलीको कामलाई सारांशमा परमेश्वरका वचनहरू र काम प्रसार गर्नु र तिनको गवाही दिनु, र मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन अगुवाइ गर्नु हो ताकि उनीहरूले सत्यता बुझ्न, परमेश्वरका वचनहरू अभ्यास गर्न, र आफ्ना कर्तव्यहरू अझ राम्ररी गर्न सकून्। यसका साथै, सत्यताको बुझाइका जगमा, उनीहरूले परमेश्वरको काम अनुभव गर्न, आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र स्वभाव परिवर्तन हासिल गर्न सक्छन्। यी तीन पक्षहरूबाहेक, यसमा मानिसहरूलाई दुष्ट मानवजाति, अँध्यारो संसार, र अन्धकारको प्रभाव बुझ्न मदत गर्ने कुरा पनि पर्छ। मण्डलीका कामका परियोजनाहरू धेरै नभए पनि, यसको विशिष्ट विषयवस्तुचाहिँ विशाल छ। यी सबै विषयवस्तु परमेश्वरका वचनहरू, सत्यता, भ्रष्ट स्वभावहरू फाल्ने, र परमेश्वरप्रति समर्पित हुने कुरासँग सम्बन्धित हुन्छ; अनि अवश्य नै, यो मुक्ति प्राप्त गर्नुसँग अझ बढी सम्बन्धित हुन्छ। यो नै मण्डलीको प्रकार्य र मण्डलीको अस्तित्वको महत्त्व हो। मण्डलीको कामको हरेक पक्ष परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशसँग घनिष्ठ रूपमा सम्बन्धित हुन्छ, किनभने यसमा परमेश्वरका वचनहरूप्रति मानिसहरूले गर्ने व्यवहार, परमेश्वरप्रति उनीहरूले देखाउने मनोवृत्ति, उनीहरूको मुक्ति, साथै संसार, मानवजाति, र अन्धकारको प्रभावप्रति उनीहरूका दृष्टिकोण र मनोवृत्तिहरू समावेश हुन्छन्। छोटकरीमा भन्नुपर्दा, मण्डलीको अस्तित्व सबैसँग घनिष्ठ रूपमा सम्बन्धित हुन्छ, र मण्डलीले गर्ने काम, साथै त्यसको अस्तित्वको मूल्य र महत्त्व, परमेश्वरको मुक्ति स्विकार्ने कुनै पनि व्यक्तिसँग अविभाज्य हुन्छ।
मण्डलीले गर्नुपर्ने विशिष्ट कामबारे सङ्गति गरिसकेपछि, अब हामी “मण्डली” पदवीनाम र मण्डलीको अस्तित्वको महत्त्वबारे मानिसहरूमा रहेका अनुचित परिभाषा र दृष्टिकोणहरूबारे छलफल गरौँ। सर्वप्रथम त, मानिसहरू मण्डलीलाई तुलनात्मक रूपमा सुखदायी ठाउँ, न्यानोपन र चमकले भरिएको ठाउँ, द्वन्द्व, युद्ध, हत्या, वा रक्तपात नहुने तुलनात्मक रूपमा मैत्रीपूर्ण ठाउँ—मानिसहरूको हृदयले अभिलाषा राख्ने, खुसीले भरिएको आदर्श ठाउँका रूपमा सोच्छन्। यहाँ, कुनै ईर्ष्या वा मनमुटाउ हुँदैन, कुनै षड्यन्त्र रच्ने काम हुँदैन, कुनै दुष्ट प्रचलनहरू वा गैरविश्वासी संसारमा भेटिने अन्य कुनै पनि घटना हुँदैनन्। यसलाई मानिसहरूले हृदय टेको लगाउने आदर्श ठाउँका रूपमा हेरिन्छ। “मण्डली” पदवीनामबारे मानिसहरूले जतिसुकै सुन्दर कल्पनाहरू गरे पनि, समग्रमा मानिसहरूले मण्डलीमा निश्चित मात्राको आत्मिक भरणपोषण पाउँछन्। मानिसहरूका लागि यो आत्मिक भरणपोषणको बढी ठोस उपयोगिता हुन्छ: उनीहरूले कठिनाइहरू सामना गर्दा, उनीहरू आफ्ना समस्या व्यक्त गर्न मण्डली आउन सक्छन्, र मण्डलीले उनीहरूलाई आफ्ना चिन्ताहरू हटाउन र कठिनाइहरू समाधान गर्न मदत गर्न सक्छ। उदाहरणका लागि, उनीहरूलाई काममा वा जीवनमा कठिनाइहरू आइपरेमा, उनीहरूका छोराछोरी अनाज्ञाकारी भएमा, उनीहरूको श्रीमान् वा श्रीमतीले परसम्बन्ध राखेको भएमा, सासू-बुहारीबीच द्वन्द्व भएमा, सहकर्मी वा छिमेकीहरूसँग विवाद भएमा, उनीहरूका छोराछोरी हेपिएमा, उनीहरूको जग्गा कुनै स्थानीय निरङ्कुश शासकले खोसेमा, र यस्तै अरू केही भएमा—जब यी कुराहरू आइपर्छन्, तब मानिसहरू के आशा गर्छन् भने मण्डलीको कोही व्यक्तिले उनीहरूको पक्षमा उभिएर यी मामलाहरू समाधान गर्न र सल्टाउन उनीहरूलाई मदत गरिदियोस्। मानिसहरूको मनमा, मण्डली भनेको त्यस्तो ठाउँ हो। निस्सन्देह नै, मानिसहरूको मनमा मण्डली भनेको एउटा शरण, आदर्श स्वर्ग, चिन्ता हटाउने र कठिनाइहरू समाधान गर्ने, हिंसा अन्त्य गर्ने र दयालु मानिसहरूलाई शान्तिमा जिउन दिने, र न्याय कायम राख्ने ठाउँ हो। जीवन कठिन बनेमा, मण्डलीले राहत दिलाउनुपर्छ; खाने सागपात र पकाउने चामल नभएमा, ती कुराहरू मण्डलीले वितरण गर्नुपर्छ; लत्ताकपडा छैन भने मण्डलीले ती किनिदिनुपर्छ; कोही बिरामी परेमा, मण्डलीले उपचारको खर्च बेहोरिदिनुपर्छ। कसैले काममा कठिनाइहरू सामना गर्दा, मण्डलीमा रहेका दाजुभाइ-दिदीबहिनीहरूले मदत गर्ने, भनसुन गर्ने, चिनजानबाट लाभ उठाउने, वा मार्गदर्शन दिने गर्नुपर्छ। कसैका छोराछोरीहरूले कलेजको प्रवेश परीक्षा दिइरहेका छन् भने, उसले अझ धेरै मानिसहरूलाई उनीहरूका लागि प्रार्थना गराउन मण्डली तर्फ फर्कन्छ, आफ्ना छोराछोरीहरू सफलतापूर्वक कलेजमा प्रवेश सुनिश्चित गर्ने प्रयास गर्छ। जे-जस्ता कठिनाइहरू आइपरे पनि, व्यक्ति मण्डलीमा आएसम्म, यी सबै कठिनाइहरू समाधान गर्न र टुङ्गो लाउन सकिन्छ। यदि कसैले दुष्ट मानिसहरूको हातबाट अभद्र व्यवहार नै भोगे पनि, मण्डलीले त्यसका धेरै मानिसहरू र ठूलो प्रभावका कारण परिस्थिति साम्य पार्न सक्छ। धेरैको हौसला र समर्थन पाएपछि, व्यक्तिले उप्रान्त कायर हुनु वा गुण्डाहरूको थिचोमिचोमा परिने डर मान्नेछैन। समाजमा दमन, बहिष्कार, र निरन्तर सङ्घर्ष गरिरहँदा र आफ्नो जीविकोपार्जन गर्ने कुनै उपाय नहुँदा पनि, व्यक्तिले मण्डलीबाट मदत र असल सल्लाह लिन, र उचित काम खोज्न सक्छ। मानिसहरूले यी सबै, र थप कुराहरू मण्डलीले खेल्नुपर्ने भूमिका र निर्वाह गर्नुपर्ने काम हो भनी विश्वास गर्छन्। मानिसहरूका सोच र धारणाहरू, वा उनीहरूले मण्डलीबाट गर्ने मागलाई मूल्याङ्कन गर्दा, उनीहरूले निस्सन्देह नै मण्डलीलाई एउटा कल्याणकारी संस्था, परोपकारी सङ्गठन, जोडी मिलाइदिने वा काम खोजिदिने एजेन्सी, वा रेड क्रस सोसाइटीका रूपमा हेर्छन् भन्ने कुरा स्पष्ट हुन्छ। कतिपयले त के पनि सोच्छन् भने उनीहरू चाहे जति नै सक्षम भए पनि वा समाजमा र मानवजातिमाझ उनीहरूको हैसियत जे भए पनि उनीहरूलाई भर पार्नका लागि सधैँ कुनै शक्तिशाली संस्थाको खाँचो पर्छ। उनीहरूले समाजमा कठिनाइहरू सामना गर्दा वा सत्तासीन शक्तिहरूसँग आमनेसामने हुँदा, उनीहरूलाई एउटा बलियो शक्तिको आवश्यकता पर्छ, जसले उनीहरूलाई साथ दिइदिन, उनीहरूका लागि बोलिदिन, उनीहरूका लागि नेतृत्व सम्हालिदिन, र उनीहरूका अधिकार र हितहरूका लागि लडिदिन सकून्। उनीहरूका विचारमा, मण्डलीले यो भूमिका पूरा गर्न र उनीहरूले आशा गरेको उद्देश्य हासिल गर्न सक्छ, त्यसकारण मण्डली नै उनीहरूको एउटै रोजाइ बन्छ। प्रस्ट रूपमै, उनीहरूले मण्डलीलाई एउटा सामाजिक सङ्गठन वा सङ्घका रूपमा हेर्छन्, जस्तै शिक्षक सङ्गठन, यातायात सङ्गठन, किसान सङ्गठन, महिला सङ्गठन, प्रौढ सङ्गठन, आदि इत्यादि—यस्तै प्रकारका सामाजिक समूह र सङ्गठनहरू ठान्छन्। मानिसहरूले वास्तवमा मण्डलीलाई जस्तोसुकै परिभाषाहरू दिए पनि, मण्डलीले गर्ने काम र मण्डलीको सही परिभाषा मूल्याङ्कन गर्दा के प्रस्ट हुन्छ भने मण्डलीप्रति मानिसहरूका मनोवृत्ति र मागहरू गलत र अमान्य छन्, र मानिसहरूमा ती हुनु हुँदैन। मण्डली भनेको “धनीलाई लुटेर गरिबलाई खुवाउने,” हिंसा हटाउने र दयालु मानिसहरूलाई शान्तिमा जिउन दिने, वा इन्साफ कायम राख्ने ठाउँ होइन, यो दुनियाँलाई मद्दत गर्ने र मानिसहरूलाई बचाउने वा मानिसहरूका चिन्ता कम गर्ने वा उनीहरूका कठिनाइहरू समाधान गर्ने ठाउँ त झन् हुँदै होइन। मण्डली कुनै परोपकारी सङ्गठन होइन, यो कुनै कल्याणकारी संस्था होइन, र यो कुनै सामाजिक जमघट होइन। मण्डलीको स्थापना वा उपस्थितिले कुनै सामाजिक समूह वा सङ्गठनका रूपमा कार्य गर्नुपर्ने होइन। परमेश्वरका वचनहरूको गवाही दिने र तिनको प्रसार गर्ने, र मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन, परमेश्वरको काम अनुभव गर्न, साथै उनीहरूका भ्रष्ट स्वभावहरू फालेर मुक्ति हासिल गर्न अगुवाइ गर्नेजस्ता मण्डलीले गर्नुपर्ने थोरै आधारभूत कामहरूबाहेक, मण्डलीसँग समाज वा कुनै जातीय समूहलाई कुनै सेवा वा सहयोग प्रदान गर्नुपर्ने दायित्व हुँदैन। यसका साथै, मण्डली भनेको मानिसहरूका अधिकार र हितहरूका लागि लड्ने ठाउँ पनि होइन र मण्डलीसँग मानिसहरूका भौतिक जीवन, सामाजिक हैसियत, कार्यपद, तलब, सामाजिक कल्याण, आदि इत्यादि कुराहरू सुनिश्चित गर्ने कुनै दायित्व पनि हुँदैन। मानिसहरूका धारणामा, तिनीहरू मण्डलीले गर्ने कार्यहरू हिंसा हटाउनु र दयालु मानिसहरूलाई शान्तिपूर्वक जिउन दिनु, इन्साफ कायम राख्नु, मानिसहरूका चिन्ताहरू हल गर्नु र उनीहरूका कठिनाइहरू समाधान गर्नु, संसारलाई सहयोग गर्नु र मानिसहरूलाई बचाउनु, साथै मानिसहरूका अधिकार र हितका लागि लड्नु—मूलतः यिनै कार्यहरू हुन् भन्ने विश्वास गर्छन्। त्यसकारण, मानिसहरूले मण्डली भनेको उनीहरूले तत्काल मदत पाउने ठाउँ हो र जस्तोसुकै कठिनाइ पनि मण्डलीद्वारा समाधान गर्न र टुङ्गो लाउन सकिन्छ भन्ने विश्वास गर्छन्। प्रस्ट रूपमै, मानिसहरूले मण्डलीलाई एउटा सामाजिक संस्था, सङ्गठन, वा समूहका रूपमा लिन्छन्। तर के मण्डली त्यस्तो संस्था हो त? (होइन।) यदि मानिसहरूले विश्वास गरेझैँ मण्डलीको प्रकार्य र भूमिका हिंसा हटाउने र दयालु मानिसहरूलाई शान्तिपूर्वक जिउन दिने, इन्साफ कायम राख्ने, मानिसहरूका चिन्ता हल गर्ने र उनीहरूका कठिनाइहरू समाधान गर्ने, संसारलाई मदत गर्ने र मानिसहरूलाई बचाउने, मानिसहरूका अधिकार र हितका लागि लड्ने, आदि इत्यादि हुन्थ्यो भने, यस्तो मण्डलीलाई मण्डली नै भन्न मिल्दैन, किनभने परमेश्वरका वचनहरू, पवित्र आत्माको काम, वा मानिसहरूलाई मुक्ति दिने परमेश्वरको कामसँग यसको कुनै सम्बन्ध हुँदैन। त्यस्तो समूह वा सङ्गठनलाई त केवल समूह वा सङ्गठन मात्र भनिनुपर्छ, जसको मण्डलीसँग कुनै सम्बन्ध हुँदैन, न त मण्डलीको कामसँग नै कुनै सम्बन्ध हुन्छ। यदि कुनै सङ्गठन, परमेश्वरमा विश्वास गर्ने नाममा कार्यक्रमहरूमा भाग लिने, परमेश्वरको आराधना गर्ने, बाइबल पढ्ने, प्रार्थना गर्ने, भजनहरू गाउने, र प्रशंसा गर्नेजस्ता गतिविधिहरूमा संलग्न हुन्छ भने पनि, वा त्यसले औपचारिक भेलाहरू र आराधना, साथै तथाकथित बाइबल अध्ययन भेला, प्रार्थना भेला, सहकर्मी भेला, आदानप्रदान भेला, आदि इत्यादि गर्छ भने पनि, वा त्यसका सदस्यहरू वा त्यसको संरचना जस्तोसुकै प्रकारका भए पनि, साँचो मण्डलीसँग तिनको कुनै सम्बन्ध हुँदैन। त्यसोभए, साँचो मण्डली भनेको ठ्याक्कै के हो त? त्यो कसरी अस्तित्वमा आउँछ? साँचो मण्डली परमेश्वरको देखापराइ, उहाँको काम, र मानवजातिलाई मुक्ति दिने उहाँको सत्यता अभिव्यक्तिका कारण बनेको हुन्छ। यो मानिसहरूले परमेश्वरको आवाज सुन्दा, परमेश्वरतर्फ फर्कँदा, र परमेश्वरप्रति समर्पित हुँदा उत्पन्न हुन्छ। यो साँचो मण्डली हो। मण्डली मानवहरूद्वारा सङ्गठित र स्थापित हुँदैन बरु परमेश्वरद्वारा व्यक्तिगत रूपमै खडा गरिएको र परमेश्वरद्वारा व्यक्तिगत रूपमै अगुवाइ र रखवारी गरिएको हुन्छ। त्यसैले, परमेश्वरसँग आफ्ना मण्डलीहरूका लागि आज्ञाहरू हुन्छ। मण्डलीको मिसन भनेको परमेश्वरका वचनहरू प्रसार गर्नु, परमेश्वरको कामको गवाही दिनु, र मानिसहरूलाई परमेश्वरको आवाज सुन्न, परमेश्वरको उपस्थितिमा फर्कन, परमेश्वरको मुक्ति स्विकार्न, परमेश्वरको मुक्ति प्राप्त गर्नहेतु परमेश्वरको काम अनुभव गर्न, र परमेश्वरको गवाही दिन मदत गर्नु हो—यो बस यति सरल छ। यो नै मण्डलीको अस्तित्वको मूल्य र महत्त्व हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।