अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१८) खण्ड पाँच

ई. आधारहीन अफवाहहरूले ल्याउने हानि

मण्डलीभित्र फैलिने अफवाहहरू परमेश्‍वरलाई इन्कार्ने वा परमेश्‍वरको कामको आलोचना गर्नेबारे मात्रै हुँदैनन्; अरू प्रकारका अफवाहहरू पनि हुन्छन्। यी अफवाहहरूलाई खुट्ट्याउनु र चिरफार गर्नु आवश्यक छ, र तिनलाई रोक्नु र सीमित गर्नु पनि आवश्यक छ। छोटकरीमा भन्दा, अफवाहहरू अवश्य नै राम्रा कुरा होइनन्; तिनले मानिसहरूलाई कुनै फाइदा दिँदैनन्। कति मानिसहरू भन्छन्, “म तिनीहरू के भनिरहेका छन् भनेर हेर्न, र ती कुराबाट समझशक्ति र बुद्धि प्राप्त गर्नका लागि अफवाहहरू सुन्न चाहन्छु।” यदि तँमा साँच्‍चै नै केही खुट्ट्याउने क्षमता छ र तँलाई अफवाहहरूको बाधामा पर्ने डर छैन भने, तैँले सुन्दा हुन्छ, तर परिणामहरू के हुनेछन्? यदि तैँले अन्योलमा परेर परमेश्‍वर र परमेश्‍वरको कामबारे शङ्का गर्न थालिस् भने, त्यो खतरनाक कुरा हो; यसको अर्थ तँ बहकिएको छस् भन्‍ने हुन्छ। यदि तैँले यो कुरा खुट्ट्याउन सकिनस् बरु तँ बहकाउमा परिस् भने, के त्यो समस्याजनक कुरा होइन र? के तँसँग त्यस्तो कद छ? तँ आफूमा आस्था छ भन्‍ने सोच्छस्, तर के तैँले सत्यता बुझ्छस्? यदि तैँले सत्यता बुझ्दैनस् भने, तेरो आस्था साँचो हुँदैन, र तँ अझै पनि बहकाउमा पर्नेछस्। यदि तैँले केही सत्यता बुझ्छस्, परमेश्‍वरबारे केही साँचो ज्ञान पाएको छस्, र यी अफवाहहरूलाई खुट्ट्याउन र प्रतिरोध गर्न सक्छस् भने, तैँले तिनलाई सुनेर बुद्धि प्राप्त गर्न सक्छस्। यदि तैँले आफूमा आस्था मात्रै छ भन्‍ने सोच्छस्, तर वास्तवमा यो आस्था अझै पनि साँचो कद बनेको छैन, र तैँले अझै सत्यता बुझ्दैनस् भने, म त भन्छु, अफवाहहरूबाट साँच्‍चिकै समझशक्ति र बुद्धि प्राप्त गर्न तँलाई निकै गाह्रो हुनेछ। अफवाहहरू कहाँबाट आउँछन्? ती शैतानबाट आउँछन्। शैतानले हरेक कमजोरीको फाइदा लिन्छ र परमेश्‍वरका वचनहरूमा प्रयोग गरिएका वाक्यांशहरूलाई छानीछानी लिने र परमेश्‍वरका वचनहरूलाई प्रसङ्गबाहिर लगेर परमेश्‍वरका वचनहरूमा आफूले गलचेपका रूपमा प्रयोग गर्न सकिने कुरा खोज्ने हरेक अवसरको फाइदा लिन्छ। यसमा आधार भएजस्तो देखिन्छ, तर वास्तवमा यो कुरा प्रसङ्गबाहिर ल्याएर मानिसहरूलाई भ्रममा पार्नका लागि गरिन्छ। यी अफवाहहरू सुनेपछि, सत्यता नबुझ्नेहरूले मनमनै सोच्छन्: “तिनीहरूले भनेको कुरा परमेश्‍वरका वचनहरूमा आधारित छ। यो सही हुनुपर्छ। यो अफवाह हुन सक्दैन, होइन र?” परिणामस्वरूप, तिनीहरू बहकाउमा पर्छन्। कति अफवाहहरू त स्पष्ट हुन्छन् र तिनलाई खुट्ट्याउन सजिलो हुन्छ। तर, कति अफवाहहरू खुट्ट्याउन गाह्रो हुन्छ; झट्ट हेर्दा, ती तथ्यहरूसँग मिलेजस्तो देखिन्छ, तर तिनको सार त्यस्तो हुँदैन। यी अफवाहहरू सतही रूपमा परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थसँग मिल्दैमा ती सही छन् भन्‍ने नसोच्। वास्तवमा, यस्ता धेरै अभिव्यक्तिहरू खोक्रा सिद्धान्त हुन्, ती त पासो हुन्, र तिनले मानिसहरूलाई कुनै सुधार वा फाइदा प्रदान गर्दैनन्। यी सबै अभिव्यक्तिहरूलाई इन्कार गर्नुपर्छ। मानिसहरूले फरक-फरक मात्रामा परमेश्‍वरका वचनहरू बुझ्ने, र परमेश्‍वरले बोल्नुहुने प्रसङ्गहरू पनि फरकफरक हुने हुनाले, परमेश्‍वरका वचनहरूलाई अन्धाधुन्ध लागू गर्ने र अर्थ्याउने गर्दा त्यसले गल्तीहरू निम्त्याउने सबैभन्दा बढी सम्भावना हुन्छ। शैतानले प्रायजसो परमेश्‍वरका वचनहरूलाई प्रसङ्गबाहिर लगेर अनि गलत रूपमा अर्थ्याएर मानिसहरूलाई बहकाउँछ। बाइबल वा परमेश्‍वरका वचनहरूका आधारमा गरिएको परमेश्‍वरको कामको कुनै पनि निन्दा शैतानको चलाकी हो, त्यो मानिसहरूलाई बहकाउने त्यसको माध्यम हो; ती पासो हुन्, र त्यस्ता सबै अभिव्यक्तिहरूलाई इन्कार्नुपर्छ। झट्ट हेर्दा, अफवाहहरू एकदुई वटा टिप्पणी, वा केही टिप्पणी मात्रै हुन्; तीबाट डराइरहनु पर्दैन, र ती डर मान्नुपर्ने कुरा होइनन्। डर मान्नुपर्ने भनेको त्यस्ता अफवाहहरूको हो जसले बाइबल वा सत्यतालाई प्रसङ्गबाहिर लगेर त्यसका आधारमा निष्कर्ष निकाल्छन्। मानिसहरूलाई सबैभन्दा बढी बहकाउन सक्‍ने यसैले हो; यो नै मानिसहरूको मनमा सबैभन्दा बढी बाधा दिने कुरा हो। यसले गर्दा समझशक्ति नभएका मानिसहरूले ठेस खान्छन्। सत्यता बुझ्ने मानिसहरूले मात्रै यस्तो भ्रामक दुष्ट कुरा खुट्ट्याउन सक्छन्। उदाहरणका लागि, कति मानिसहरूले परमेश्‍वरले यस्ता मानिसहरूलाई प्रेम गर्नुहुन्छ र त्यस्ता मानिसहरूलाई प्रेम गर्नुहुन्न, परमेश्‍वरले यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्छ र त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न, यस्ता मानिसहरूलाई परमेश्‍वरले हटाउनुहुन्छ, र त्यस्ता मानिसहरूले परमेश्‍वरका लागि केही अर्थ राख्दैनन्, आदि इत्यादि भन्ने आधारका रूपमा परमेश्‍वरका केही वचनहरू प्रयोग गर्छन्। के यी अभिव्यक्तिहरू निष्कर्ष होइनन् र? यी निष्कर्षहरू वास्तवमा परमेश्‍वरका वचनहरूअनुरूप हुँदैनन्। तिनीहरूले भेट्टाएका आधारहरू वास्तवमा प्रसङ्गबाहिर लगिएका हुन्छन्; ती फरक प्रसङ्गबाट आएका हुन्छन् र ती फरक अभिव्यक्तिहरू हुन्। यो पूर्ण रूपमा गलत अर्थ लगाउनु हो। तिनीहरूले छर्लङ्गैसित सार देख्दैनन्, र स्वेच्छाचारी ढङ्गले प्रावधानहरू लागू गर्छन्। तर समझशक्ति नभएका मानिसहरू यी भ्रमहरू सुनेपछि विषाक्त हुन्छन् र बहकिन्छन्, हृदयमा नकारात्मक बन्छन्, र यसरी भनिएको कुरा परमेश्‍वरका वचनहरूमा आधारित भएकाले, यो पक्‍कै सही हुनुपर्छ भन्‍ने सोच्छन्। तिनीहरूले पछि यी भ्रमहरूमा रहेका त्रुटिहरू पत्ता लगाउन परमेश्‍वरका वचनहरू ध्यान दिएर पढ्दैनन्, बरु ती सत्य हुन् भनेर पूर्ण रूपमा विश्‍वास गर्छन्। के तिनीहरू बहकाउमा परिरहेका हुँदैनन् र? यदि सत्यता बुझ्‍ने कसैले पनि तिनीहरूसँग सङ्गति गरेन भने, त्यो अत्यन्तै खतरनाक हुन्छ। कम्तीमा पनि, यी मानिसहरू छ महिनादेखि एक वर्षसम्म नकारात्मक बन्‍न सक्छन्; यसले तिनीहरूको जीवन प्रवेशमा ढिलाइ मात्र गर्दैन, यदि तिनीहरूले पछि हटेर विश्‍वास गर्न छोडे भने, तिनीहरू पूर्ण रूपमा बरबाद हुनेछन् र तिनीहरूले परमेश्‍वरको मुक्ति पूर्ण रूपमा गुमाउनेछन्। त्यसकारण, सत्यता नबुझ्ने सानो कद भएका मानिसहरू शैतानद्वारा बहकाइने ठूलो जोखिममा हुन्छन्! जसले सत्यता बुझ्छन् तिनीहरू मात्रै सुरक्षित र स्थिर हुन्छन्। यदि कुनै दिन तैँले मानिसहरूलाई बहकाउन कसैले अफवाह फैलाइरहेको साँच्‍चै भेट्टाइस् भने, सबैभन्दा प्रभावकारी तरिका भनेको तुरुन्तै सत्यता बुझ्ने व्यक्तिलाई भेटेर ऊसँग सङ्गति गर्नु हो; त्यसपछि मात्रै तँलाई यो अवस्थाबाट उद्धार गर्न सकिन्छ। अन्धाधुन्ध प्रावधानहरू लागू गर्ने आत्मिक बुझाइ नभएका मानिसहरूबाट सहयोग खोज्दा, त्यसले समस्या समाधान गर्न नसक्‍ने मात्र होइन, तँलाई थप भ्रममा समेत पार्नेछ। त्यसकारण, बहकाउमा पर्नु धर्ममा मात्रै हुने कुरा होइन—तैँले परमेश्‍वरमा विश्‍वास गरे पनि र मण्डली जीवन जिए पनि, यदि तैँले सत्यता पछ्याउँदैनस् भने, तँ अझै पनि सजिलै बहकाउमा पर्न सक्छस्। तैँले तीनदेखि पाँच वर्ष, वा सातदेखि आठ वर्ष विश्‍वास गरेको भए पनि, यदि तैँले सत्यता प्राप्त गरेको छैनस् भने, तँ अझै पनि बहकाउमा पर्ने जोखिममा हुन्छस्; खासगरी, प्रायजसो धारणाहरू बोक्ने र प्रायजसो नकारात्मक बन्‍ने मानिसहरू बहकाउमा पर्ने खतरा बढी हुन्छ र तिनीहरूले कुनै पनि बेला परमेश्‍वरलाई धोका दिन सक्छन्। किनभने शैतान गर्जने सिंहझैँ कसलाई निल्न सकिन्छ भनेर मानिसहरू खोज्दै पृथ्वीभरि डुल्छ; यो तथ्य हो। यो शैतान को हो? यो सत्यताप्रति वितृष्ण हुने र सत्यतालाई घृणा गर्ने सबै हुन्, जसमा ख्रीष्टविरोधीहरू, झूटा अगुवाहरू, मूर्ख मानिसहरू, र अरूलाई बहकाउने मानिसहरू समेत पर्छन्—ती सबै शैतान हुन्। यी मानिसहरू जताततै डुल्छन्, र जता गए पनि परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउँछन् र बाधा दिन्छन्, त्यसकारण तिनीहरू सबै परमेश्‍वरको प्रतिरोध गर्ने दियाबलस हुन्। परमेश्‍वरका चुनिएका मानिसहरू आफू बहकाउमा नपर्ने र दह्रिलो गरी खडा हुने कुरा सुनिश्‍चित गर्न विशेष सतर्क हुनुपर्छ।

मण्डलीमा कतिपय नयाँ विश्‍वासीहरू वा अत्यन्तै कमजोर क्षमता भएका, परमेश्‍वरका वचनहरू बुझ्ने क्षमता नभएका मानिसहरू प्रायजसो विभिन्‍न अफवाहहरूद्वारा बहकाउ, प्रभाव, र बाधामा पर्छन् भन्‍ने कुरा नकार्न सकिँदैन। अफवाह सिर्जना गर्नेहरूले एउटा सामान्य निष्कर्षका भरमा सजिलै एक समूह मानिसहरूलाई पतन गराउन सक्छन्। तिनीहरूले लापरवाही ढङ्गले फ्याट्टै भन्ने शब्द र अभिव्यक्तिहरूले कतिपय मानिसहरूलाई नकारात्मक, कमजोर, र कर्तव्य निभाउन अनिच्छुक बनाउन सक्छन्। जब परमेश्‍वरको घरले बोलाउँछ, तब यी मानिसहरू डरले भरिन्छन्, र इन्कार्ने र भाग्‍ने विभिन्‍न कारण र बहानाहरू खोज्छन्। प्रस्ट रूपमा भन्नुपर्दा, अफवाह सिर्जना गर्नेहरूले मण्डलीमा कस्तो भूमिका खेल्छन्? तिनीहरूले शैतानका सेवकका रूपमा काम गर्छन्, यसमा कुनै शङ्का छैन। उदाहरणका लागि, कति मानिसहरू भन्छन्, “आफ्नो कर्तव्य निभाउँदा तिमीसँग जगेडा योजना पनि हुनुपर्छ। परमेश्‍वरको घरले तिमीलाई कर्तव्य निभाउन बोलाउँछ, र तिमीले यो काम राम्ररी गरेनौ भने, परमेश्‍वरको घरले कुनै पनि बेला तिमीलाई प्रयोग गर्न छोड्न सक्छ। त्यो बेला, यदि तिमी घर गयौ भने, तिमीलाई जीवन धान्न गाह्रो हुनेछ। त्यो बेला कसैले पनि तिमीलाई साथ दिनेछैन!” के यो “हृदयस्पर्शी” सुनिन्छ? यो मानव भावनाअनुरूप छ र निकै प्रेमपूर्ण र विचारशील सुनिन्छ, तर के तैँले यी शब्दहरूमा परमेश्‍वरको हृदयलाई कुनै ख्याल गरिएको पाउँछस्? के यी शब्दहरूले मानिसहरूलाई कुनै साथ, आपूर्ति, सहयोग, वा प्रोत्साहन दिन्छन्? (दिँदैनन्।) मानिसहरूलाई जगेडा योजना तयार गर्न भन्नु—के यो तिनीहरूलाई पछाडि तान्‍नु होइन र? तिनीहरूले यसो भन्‍नुको अर्थ के हो? “तिमी सावधान हुनुपर्छ; परमेश्‍वर तिमीविरुद्ध खडा हुन सक्छन्!” तिनीहरूले मानिसहरूमा छर्ने विष यही हो। यो सुनेपछि, मानिसहरूले सोच्छन्, “त्यो ठीक हो, म कसरी यति मूर्ख हुन सकेँ? मैले झण्डै आफ्नो घर नै बेचेको थिएँ—यदि मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरिनँ र मलाई बर्खास्त गरियो भने, मसँग फर्केर जाने घरसमेत हुनेथिएन। धन्‍न, तिनीहरूले मलाई याद दिलाए, नत्र मैले मूर्खतापूर्ण काम गरिसकेको हुन्थेँ।” कस्तो “दयालु” ताकेता, तर यसमा धेरै विष छ, र यो भित्रैसम्‍म पुग्छ! के तिमीहरूले यस्ता अफवाहहरू सुनेका छौ? सुन्दा त, तिनीहरूले मानिसहरूप्रति यति राम्रो व्यवहार गरिरहेका छन्, यति विचारशील भएर, यस्तो ठूलो “प्रेम” देखाइरहेका छन् जस्तो लाग्छ। यी मानिसहरू जोसँग कुरा गर्छन् तिनीहरू न त आफन्त हुन्छन् न त साथी नै, तिनीहरूबीच रगतको कुनै नाता हुँदैन—यी मानिसहरूले आफूसित कुराकानी गर्ने मानिसहरूप्रति यस्तो ठूलो “प्रेम” देखाउन सकेको त तिनीहरू सबै परमेश्‍वरमा विश्‍वास गर्नेहरू भएर मात्र हो। मानिसहरूले सोच्छन्, “यो साँच्‍चै नै परमेश्‍वरको सुरक्षा हो! त्यसोभए, मैले पहिले राम्ररी विचार गर्नु नै राम्रो हुन्छ। यदि म आफ्नो कर्तव्य निभाउन जाँदा सधैँ झाराटारुवा भएँ, र मलाई घर पठाइयो भने के गर्ने? त्यसकारण, मैले कर्तव्य निभाउँदा, म सजग हुनुपर्छ; मैले मलाई राम्रो देखाउने काम धेरै गर्नुपर्छ, गल्तीहरू गर्नबाट जोगिनुपर्छ, र मैले गल्ती गरिहाले पनि, अरूलाई थाहा दिनु हुँदैन। त्यसो गरिएमा, मलाई घर पठाइनेछैन, होइन र? मलाई घर पठाइयो भने पनि, ठीकै हुन्छ; मसँग जगेडा योजना हुन्छ, मेरो बचत हुन्छ, र मेरो घर अझै पनि त्यहीँ हुन्छ। के यो परमेश्‍वरले मानिसहरूका भावनाहरूको ख्याल नगर्नुभएको र देहगत भावनाअनुसार नचल्‍नुभएको मात्रै होइन र? चाहे जेसुकै भए पनि, डर मान्नुपर्ने के छ र? मानिसहरू आफ्नो भावनाअनुसार नै चल्छन्, र मानव संसारमा जताततै प्रेम छ!” यो एउटा “हृदयस्पर्शी” अभिव्यक्तिले मानिसहरूमाझ “मित्रता” सिर्जना गर्छ, तर यसले परमेश्‍वरलाई कहाँ राख्छ? यसले परमेश्‍वरलाई तेस्रो वा चौथो प्राथमिकतामा राख्छ, उहाँलाई बाहिरी व्यक्ति बनाउँछ, मानौँ परमेश्‍वर भरोसायोग्य नै हुनुहुन्न र मानिसहरू मात्रै भरोसा गर्न लायक छन्, मानिसहरूले मात्रै अरूको ख्याल गर्छन्। यो एउटा अभिव्यक्तिले यति महत्त्वपूर्ण प्रभाव पार्छ, यो अत्यन्तै “सामयिक” छ! के तिमीहरूलाई यस्ता शब्दहरू सुन्न मन लाग्छ? तँलाई तिनीहरूका शब्दहरूमा द्वेष लुकेको छ भन्ने थाहा भए पनि, तैँले अझै कसैले तँलाई सङ्केत दिन सक्छ, तँलाई मद्दत गर्न सक्छ, अगाडि के छ भनेर थाहा नहुँदा त्यो बाटो हिँडिसकेको व्यक्तिले चेतावनी दिन सक्छ, र तँलाई हार्दिक शब्द बोलिदिन सक्छ भन्‍ने आशा गर्छस्। यो अभिव्यक्ति अत्यन्तै “निर्णायक,” अत्यन्तै “महत्त्वपूर्ण” छ! के यो तिनीहरूको कुरा पूर्ण रूपमा पत्याउनु होइन र? यो अफवाह सिर्जना गर्ने व्यक्तिका “विचारहीन” शब्दहरूले मानिसहरूलाई किनेको र परमेश्‍वरलाई विश्‍वासघात गरेको हुन्छ। यो कदम कस्तो छ? के यो ठिकै छ? (छैन।) तिमीहरूले यो कस्तो व्यक्ति हो भन्छौ? मानिसहरूका नजरमा, ऊ एक असल व्यक्ति, एक दयालु व्यक्ति हो, तर सत्यता बुझ्नेहरूका नजरमा, यो अन्योलमा परेको व्यक्ति हो। उसको कार्य र व्यवहारलाई हेर्दा, उसले पूर्ण रूपमा शैतानको सेवकका रूपमा काम गर्छ, ऊ साँचो दियाबलस हो! के यसो भन्‍नु सही हुन्छ? (हुन्छ।) यो अत्यन्तै सही छ! यो अलिकति पनि गलत छैन। तिनीहरूले सबैलाई परमेश्‍वरविरुद्ध सतर्क हुन, र परमेश्‍वरको विरोध गर्न लगाउँछन्, र तिनीहरूले मानिसहरूलाई सुधार गर्न सक्‍ने एउटा पनि शब्द बोल्दैनन्। किन बोल्दैनन्? किनभने तिनीहरूको हृदय परमेश्‍वरप्रति शत्रुता र घृणाले भरिएको हुन्छ, तिनीहरूमा शैतानी प्रकृति सार हुन्छ, र तिनीहरू अन्तर्निहित रूपमा परमेश्‍वरको प्रतिरोध गर्छन् र उहाँको विरोधमा खडा हुन्छन्। कति मानिसहरू भन्छन्, “तिनीहरू अन्तर्निहित रूपमै परमेश्‍वरको विरोधमा उभिन्छन्, तैपनि तिनीहरू किन अझै परमेश्‍वरलाई पछ्याउँछन्?” आशिष्‌हरू प्राप्त गर्न! तिनीहरू परमेश्‍वरको घरबाट आशिष् पाउने परिणाम ठगेर लिन चाहन्छन्, तर कुनै पनि मूल्य चुकाउन वा सत्यता पछ्याउन चाहँदैनन्। तिनीहरू परमेश्‍वरलाई कमजोर पार्न, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई बाधा दिन, र तिनीहरूलाई परमेश्‍वरबाट टाढा जाने र परमेश्‍वरलाई धोका दिने तुल्याउन पनि चाहन्छन्। यस्तो व्यक्ति पक्कै पनि साँचो दियाबलस नै हो। तर कतिपय मूर्ख मानिसहरू सधैँ यस्ता मानिसहरूको दुष्ट अनुहार छर्लङ्गै देख्‍न र चिन्न असफल हुन्छन्। तिनीहरूले यी मानिसहरूले भन्ने मानव धारणाहरूसित र देहगत भावनाहरूको आवश्यकतासित मिल्ने सबै दुष्ट शब्दहरू स्विकार्न सक्छन्। तिनीहरूले यी मानिसहरूको बहकाउमा परेर कुनै पनि बेला परमेश्‍वरलाई धोका दिन र इन्कार्न सक्छन्—तिनीहरूले उहाँलाई इन्कार्न नचाहे पनि, त्यो तिनीहरूको नियन्त्रणभन्दा बाहिर हुन्छ। शैतान, दियाबलसहरू, र शैतानका सेवकहरू अत्यन्तै घातक र छली हुन्छन्! तिनीहरू आफै परमेश्‍वरको प्रतिरोध गर्छन् र उहाँको विरोधमा खडा हुन्छन्, तिनीहरू सत्यतालाई घृणा गर्छन् र यसलाई स्वीकार गर्दैनन्, साथै तिनीहरू अझ धेरै मानिसहरूलाई परमेश्‍वरलाई पछ्याउन र सत्यता पछ्याउनबाट रोक्नसमेत चाहन्छन्। परमेश्‍वरका घरमा, यी मानिसहरूले शैतानको माध्यम बनेर शैतानका लागि बोल्ने र काम गर्ने भूमिका खेल्छन्। तिनीहरूले मानिसहरूको समझशक्ति वृद्धि गर्नका लागि विशेष रूपमा प्रयोग गरिने प्रतिभारको काम गर्छन्। त्यसैले, तिनीहरूले बोल्ने धेरै कुराहरू झट्ट हेर्दा त्यति समस्याजनक नदेखिन सक्छन्। यहाँसम्म कि तिनीहरूले प्रायः परमेश्‍वरका वचनहरू उद्धृत गर्छन्, परमेश्‍वरका वचनहरूमा केही प्रमाण र भनाइहरू भेट्टाउँछन्, र त्यसपछि तिनमा केही अलङ्कार थप्छन्, जसले गर्दा तिनीहरूको कुरा परमेश्‍वरका वचनहरूसँग धेरै नै मिलेजस्तो देखिन्छ। तर एउटा कुरा निश्‍चित छ: तिनीहरूले जे भन्छन् त्यो सत्यताविपरीत हुन्छ। तिनीहरूको कुरा सुन्दा, त्यो सही लाग्‍न सक्छ, तर यदि तैँले ध्यानपूर्वक त्यसलाई परमेश्‍वरका वचनहरूसँग तुलना गरिस् भने, तैँले त्यो आधारभूत रूपमा सत्यताअनुरूप छैन भनेर खुट्ट्याउन सक्‍नेछस्। तिनीहरूले बोल्ने ती सबै भ्रमपूर्ण शब्दहरू शैतानबाट आएका हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई जाँचिरहेका हुन्छन्, परमेश्‍वरका वचनहरूभित्रै गलचेप खोज्ने कोसिस गरिरहेका हुन्छन्, परमेश्‍वरलाई निन्दा गर्न र परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउनका लागि परमेश्‍वरका वचनहरूलाई गलत अर्थ्याइरहेका हुन्छन्, र यसरी तिनीहरूलाई परमेश्‍वरबारे अनुमान गर्ने, उहाँलाई गलत बुझ्ने, धोका दिने, इन्कार्ने, आदि इत्यादि गर्ने तुल्याइरहेका हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधी र दुष्ट मानिसहरूबाहेक, अरूलाई बहकाउन अफवाह सिर्जना गर्नेहरू पनि मण्डलीमा खुट्ट्याइनुपर्ने, सतर्कता अपनाउनुपर्ने, र हटाइनुपर्ने श्रेणीका मानिसहरू हुन्।

च. आधारहीन अफवाह फैलाउने मानिसहरूलाई खुट्ट्याउने काम र तिनीहरूलाई तह लगाउने सिद्धान्तहरू

मण्डलीमा अरूलाई बहकाउन अफवाह सिर्जना गर्ने मानिसहरूलाई हामीले कसरी खुट्ट्याउनुपर्छ? पहिलो कुरा, जसले अफवाह सिर्जना गर्छन् तिनीहरूले सत्यता पटक्‍कै पछ्याउँदैनन्; तिनीहरू त्यसप्रति वितृष्ण हुन्छन्। यसका साथै, तिनीहरूले प्रायजसो यावत् किसिमका दुष्ट शब्दहरू र हास्यास्पद अभिव्यक्तिहरू सिर्जना गर्छन् र तिनलाई सानो कदका, सतही जग भएका, र सत्यता नबुझ्ने कतिपय दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन र आकर्षित गर्नमा प्रयोग गर्छन्। तिनीहरूले हासिल गर्ने नतिजा मण्डली जीवनको सामान्य सुव्यवस्थामा बाधा र हानि गर्ने, मानिसहरूको सामान्य पछ्याइमा बाधा दिने र तिनीहरूलाई सही मार्गबाट टाढा लैजाने, मानिसहरूलाई नकारात्मक र कमजोर बनाउने, र तिनीहरूलाई आफ्नो कर्तव्य त्याग्‍न र परमेश्‍वरमा विश्‍वास गर्न छोड्न लगाउनेसमेत हुन्छ—यसले तिनीहरूलाई झनै खुसी बनाउँछ। त्यसकारण, अफवाह सिर्जना गर्नेहरूलाई शैतानका सेवकहरू भन्‍नु पूर्ण रूपमा सही व्याख्या हो; त्यस्ता मानिसहरूको साँचो अनुहार र सार यही हो, र यो खुट्ट्याउन सजिलो छ। कतिपय मानिसहरूमा थोरथोरै समझ हुन्छ; तिनीहरू आफैले सत्यतालाई प्रेम नगरे पनि, अरूले कसरी सत्यता पछ्याउँछन् भन्‍नेबारेमा तिनीहरूले राय व्यक्त गर्ने वा हस्तक्षेप गर्ने गर्दैनन्। यी मानिसहरूलाई बेवास्ता गर्न सकिन्छ। तर कति मानिसहरूले भने सत्यता पछ्याउनेहरूलाई डाहा र घृणा गर्छन्; तिनीहरूले निश्‍चित अभिप्रायहरू बोकेर सधैँ तिनीहरूलाई आलोचना र आक्रमण गर्छन्, र तिनीहरूलाई दोष्याउन प्रयोग गर्न सकिने आधारसमेत समात्छन्। त्यस्ता मानिसहरूबाट सावधान रहनुपर्छ। यी मानिसहरूले बोल्ने कुरा एकदम सही, तर्कसङ्गत, र परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थअनुरूप सुनिन सक्ने भए पनि, ध्यानपूर्वक खुट्ट्याउँदा, यो प्रायजसो झूट र अफवाहहरू हुन्छ, विशुद्ध बकवास हुन्छ। यी भ्रमपूर्ण अफवाह र झूटहरूलाई खुट्ट्याइनुपर्छ। कति मानिसहरू भन्छन्, “मैले छोटो समय मात्र परमेश्‍वरमा विश्‍वास गरेको छु, परमेश्‍वरका थोरै मात्र वचनहरू पढेको छु, र सत्यता बुझेको छैनँ। मैले कसरी अफवाह र झूटहरू खुट्ट्याउन सक्छु?” यसको एउटै उपाय भनेको आजदेखि परमेश्‍वरका वचनहरू पढ्नमा थप ध्यान दिनु र परमेश्‍वरका वचनहरूमा बढी सत्यता खोजी गर्नु, र परमेश्‍वरका वचनहरूलाई तेरो हृदयमा जरा गाड्न दिनु हो। परमेश्‍वरका वचनहरूको मार्गदर्शन पाएपछि र सत्यताअनुसार मामलाहरू हेरेपछि, तँमा समझशक्ति आउनेछ। यी मानिसहरूले फैलाउने अफवाहहरूले तँलाई कुनै असर गर्नेछैनन् र तेरो सामान्य पछ्याइमा बाधा दिनेछैनन्। तिनीहरूले जुनसुकै अफवाहबारे छलफल गरे पनि वा जस्तोसुकै बकवास बोले पनि, त्यो सुनेपछि तँ डगमगाउने छैनस्, न त तँ नकारात्मक र कमजोर नै हुनेछस्, वा तँसँग परमेश्‍वरबारे कुनै गलतफहमी झनै हुनेछैन; तैँले सही दिशा पछ्याउनमा मात्रै ध्यान दिनेछस्। यसको अर्थ तँसँग प्रतिरोध क्षमता छ—शैतानका त्यस्ता सेवकहरूले मण्डलीमा अब कुनै प्रभाव पार्नेछैनन्। अफवाहहरूलाई खुट्ट्याउन सिक्‍ने कुनै छोटो विधि छैन। एउटै मात्र तरिका भनेको प्रवचनहरू अझ बढी सुन्नु, परमेश्‍वरका वचनहरू अझ बढी पढ्नु, र अझ बढी सत्यता सङ्गति गर्नु हो। जब तैँले सत्यताको बुझाइ प्राप्त गर्छस्, तब तँसँग स्वाभाविक रूपमा समझशक्ति हुनेछ। परमेश्‍वरका वचनहरू पढ्नु र सत्यता सङ्गति गर्नुको उद्देश्य के हो? यो सत्यतालाई बुझ्नु र परमेश्‍वरका वचनहरू पढेर ती अफवाह र भ्रमहरूलाई खुट्ट्याउनु हो। यदि तैँले ती अफवाहहरू परमेश्‍वरका वचनहरूसँग बाझिन्छन् र तीविरुद्ध जान्छन्, सत्यताको उल्टो छन् भनेर देख्छस् भने, ती अफवाहहरू आफै ढल्नेछन्। अवश्य नै, कतिपय मानिसहरू यसो भन्छन्, “मैले परमेश्‍वरका वचनहरू पढ्नमा मेहनत गरेको छैनँ र परमेश्‍वरका वचनहरूमा भएको सत्यता के हो भनेर बुझेको छैनँ। मलाई एउटा कुरा मात्रै याद छ: आफूलाई आचरणमा ढाल्ने कुरामा, मैले भीडलाई पछ्याउनुपर्छ। धेरैजसो मानिसहरूले जे कुरा इन्कार्छन्, म पनि त्यो इन्कार्छु; धेरैजसो मानिसहरूले जे कुरा स्विकार्छन्, म पनि त्यो स्विकार्छु। म बस भीडलाई पछ्याउँछु।” के यो सही हो त? (होइन।) कहिलेकाहीँ भीड पनि गलत हुन्छ, र भीडलाई पछ्याउनु भनेको तिनीहरूसँगै गल्ती गर्नु हो। तैँले सत्यता बुझेका मानिसहरूलाई पछ्याउन सिक्‍नैपर्छ; यो मात्रै राम्रो तरिका हो।

आधारहीन अफवाहहरू फैलाउनु भनेको मण्डलीमा प्रायजसो भइरहने कुरा हो। यो सवाल ठूलो समस्या नभए पनि, परमेश्‍वरका चुनिएका मानिसहरूलाई यसले पुर्‍याउने बाधा र हानि सानो हुँदैन। कम्तीमा पनि, यसले मानिसहरूलाई नकारात्मक र कमजोर बनाउन सक्छ; सबैभन्दा खराब अवस्थामा, यसले मानिसहरूलाई परमेश्‍वरबाट टाढा जाने र उहाँलाई धोका दिनेसमेत बनाउन सक्छ। त्यसकारण, अफवाह फैलाउने कार्यलाई बेवास्ता गर्न सकिँदैन। यस्तो घटना मण्डलीमा घटेपछि, यसलाई तुरुन्तै रोक्नु र सीमित गर्नुपर्छ। यदि मण्डली अगुवाहरू बोधो र मोटो बुद्धिका छन्, वास्तविक काम गर्न सक्दैनन्, र यो समस्या पत्ता लगाउन सक्दैनन्, तर सत्यता पछ्याउने र बुझ्ने कतिपय राम्रो क्षमताका मानिसहरूले यो पत्ता लगाउँछन् भने, पछिल्ला मानिसहरू नै यो समस्या समाधान गर्न अघि सर्नुपर्छ। सहमतिमा पुग्‍न र पुष्टि प्राप्त गर्न धेरै मानिसहरूसँग खोजी र सङ्गति गरेर, अफवाहहरू फैलाइँदै छ भन्‍ने कुरा निर्धारित भएपछि, मानिसहरूले यो समस्या समाधान गर्न सत्यताको खोजी गर्नुपर्छ। यदि कुनै निश्‍चित टिप्पणी भ्रम हो भन्‍ने स्पष्ट छैन भने, यसलाई अन्धाधुन्ध चित्रण नगर्। प्रस्ट र नझुक्‍किने, अनि अफवाह र भ्रमहरू भनेर सजिलै खुट्ट्याउन सकिने टिप्पणीहरूका हकमा, तिनलाई सबैले खुट्ट्याउन सकून् भनेर तुरुन्तै तिनको खुलासा र चिरफार गरिनुपर्छ। यदि कसैले बोलेको एकदुई वाक्य सुनेपछि तैँले त्यो अफवाह वा भ्रम हो कि होइन भनेर खुट्ट्याउन सक्दैनस् भने, तैँले यसलाई होसियारीसाथ सम्हाल्नुपर्छ र अन्धाधुन्ध निष्कर्ष निकाल्नु हुँदैन। स्पष्ट रूपमा खुट्ट्याउनका लागि उसलाई बोलिसक्‍न दे। यो अफवाह वा भ्रम हो भन्‍ने पुष्टि भएपछि, यो व्यक्तिलाई तुरुन्तै रोक र प्रतिबन्ध लगाउनुपर्छ। यदि बारम्बार दिइएका चेतावनी र प्रतिबन्धहरूले पनि उसलाई प्रतिबन्धित गर्न सकिएन, र उसले निरन्तर अफवाह फैलाइरह्यो भने, उसलाई मण्डलीबाट निकालिनुपर्छ। के मण्डलीमा कसैले अफवाह फैलाउँदै गरेको पत्ता लाग्दा के गर्ने र कसरी अभ्यास गर्ने भन्‍नेबारे सिद्धान्त र मार्ग स्पष्ट भयो? (भयो।)

अफवाहहरूको विषयवस्तुमा मैले उल्लेख गरेका मुख्य समस्याहरू मात्रै समावेश हुँदैनन्; केही अफवाहहरू सानातिना टुक्राटाक्री मात्रै पनि हुन्छन्, जस्तै काटछाँटबारे, वा परमेश्‍वरको घरले कसलाई प्रयोग गर्छ र कसलाई हटाउँछ भन्‍नेबारे गरिएका टिप्पणीहरू, र अन्य झूटा अभिव्यक्तिहरू। मण्डलीलाई पूर्ण रूपमा पखाल्नुभन्दा पहिले, त्यहाँ झूटा अगुवाहरू, ख्रीष्टविरोधीहरू, विभिन्‍न दुष्ट मानिसहरू, अलमल्ल मानिसहरू, र आत्मिक बुझाइ नभएका मूर्खहरू हुन्छन्—त्यसमा सबै किसिमका मानिसहरू हुन्छन्। झूट बोल्‍नेहरू र अफवाह सिर्जना गर्नेहरू आम रूपमै देखिन्छन्, र मानिसहरूमाझ यावत् किसिमका अफवाह र दुष्ट कुरा हुने गर्छन्। यी अफवाहहरूका सन्दर्भमा, एकातर्फ मानिसहरूमा तिनलाई मूल्याङ्कन गर्ने सामान्य समझ हुनुपर्छ; अर्कोतर्फ, परमेश्‍वरको काम, परमेश्‍वरको व्यवस्थापन योजना, परमेश्‍वर स्वयम्‌सँग सम्बन्धित अझै गम्भीर अफवाहहरू, र परमेश्‍वरको घरका प्रशासनिक आदेशहरू र अरू मामलाहरू समेतका हकमा, यी कुराहरू खुट्ट्याउनका लागि मानिसहरूमा सत्यता हुनुपर्छ। बाहिरी मामलाहरूका हकमा, तिनलाई मूल्याङ्कन गर्नका लागि मानिसहरूमा सामान्य मानवताको समझ हुनुपर्छ। परमेश्‍वरको काम र सत्यतासँग सम्बन्धित मामलाहरूका हकमा, ती कुराहरू खुट्ट्याउनका लागि मानिसहरूमा सत्यता वास्तविकता र कद हुनुपर्छ। छोटकरीमा भन्दा, अफवाहहरू जुनसुकै किसिमका भए पनि, मानिसहरूले तिनलाई खुट्ट्याउनु र इन्कार्नुपर्छ, तिनलाई स्विकार्नु हुँदैन। अवश्य नै, कति मानिसहरू सत्यता पछ्याउँदैनन् र तिनीहरू बस यी अफवाहहरूअनुसार नै जिउँछन्। आज, कसैले एउटा भनाइ फैलाउँछ र यसले एकातिर हावा बहाउँछ, र यी मानिसहरू यसकै पछि लाग्छन्। भोलि, अर्को भनाइले हावालाई अर्कै दिशामा बहाउँछ, त्यसपछि तिनीहरू त्यसकै पछि लाग्छन्। उदाहरणका लागि, कुनै अगुवा वा कामदारले गवाही लेखहरू लेख्‍न सक्‍नेहरूलाई सिद्ध पार्न सकिन्छ भनेर भन्छ, त्यसैले तिनीहरूले लेख लेख्‍ने अभ्यास गर्छन्, लेखनबारे अध्ययन गर्छन्, र स्रोतसामग्रीहरू खोज्छन्। भोलिपल्ट, अर्को अगुवा वा कामदारले आफ्नो कर्तव्य निर्वाह गर्नेहरूले मुक्ति पाउन सक्छन् भनेर भन्छ, त्यसैले तिनीहरूले आफूलाई कर्तव्य निभाउने कार्यमा व्यस्त राख्न थाल्छन्। तर जति नै व्यस्त भए पनि, तिनीहरू सबैभन्दा महत्त्वपूर्ण कुरा, अर्थात् सत्यता र जीवन प्रवेशको पछ्याइप्रति कहिल्यै चिन्तित हुने वा चासो लिने गर्दैनन्। मण्डलीका फरक-फरक समूहहरूबीच निर्माण भएका विभिन्‍न दुष्ट प्रचलनहरूले कतिपय मानिसहरूलाई सधैँ बहकाउँछन्। मण्डली सदस्यहरूमाझ पैदा हुने विभिन्‍न अफवाहहरूले कतिपय मानिसहरूलाई सधैँ बहकाउँछन् र प्रभाव पार्छन्। तर, कतिपय मानिसहरू यस्ता पनि हुन्छन् जो उदासीन रहन्छन् र तिनीहरूले सुन्‍ने यी अफवाहहरूप्रति ध्यान दिँदैनन्। परमेश्‍वरको घरले जुनसुकै काम गरिरहेको भए पनि तिनीहरूले कुनै ध्यान दिँदैनन्; तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेबारे चासो राख्दैनन् र तिनीहरू साँचो विश्‍वासी होइनन्। यी मानिसहरू नाममात्रका विश्‍वासी हुन्। मानिसहरूको अर्को समूह पनि हुन्छ, जो अलिक राम्रा हुन्छन्; तिनीहरूले सत्यता खोजी गर्न र सत्यता स्विकार्न सक्छन्, त्यसैले तिनीहरूलाई यी नकारात्मक कुराहरू र नकारात्मक मानिसहरूले असर गर्दैन। सानो कद भएका, जग नभएका, र सत्यता पटक्‍कै नपछ्याउने मानिसहरू मात्रै सधैँ फरक-फरक भनाइ र टिप्पणीहरूद्वारा प्रभावित हुने गर्छन्। यी मानिसहरू सधैँ पछिपछि लाग्ने हुनाले, विभिन्‍न अफवाहहरू सिर्जना गरेर परिस्थितिलाई भड्काउनेहरू सधैँ नै हुन्छन्। तिनीहरूलाई लाग्छ, यसले मात्र परमेश्‍वरमा विश्‍वास गर्ने कार्यलाई जीवन्त र रमाइलो बनाउँछ, र न्यास्रोलाग्दो बनाउँदैन, र यो नै आफूलाई महत्त्वपूर्ण महसुस गराउने एउटै मात्र तरिका हो। यी कुराहरू नयाँ विश्‍वासीहरूमाझ प्रायजसो देखा पर्छन्। यदि कुनै मण्डली अफवाह फैलाउने कार्य र त्यसद्वारा मानिसहरू बहकिने कुराले ग्रस्त छ भने, यसको अर्थ त्यो मण्डलीमा सत्यता बुझ्ने मानिसहरू अवश्य नै अत्यन्तै थोरै छन् भन्‍ने हुन्छ। मण्डलीमा, गोप्य मनसाय भएका मानिसहरूले जे-जस्ता अफवाहहरू र जे-जस्ता उक्साहटहरू सिर्जना गरे पनि माथि उल्लिखित मानिसहरू त्यसैको पछि लाग्छन्, जुन निकै समस्याजनक कुरा हो। यो आंशिक रूपमा कमजोर क्षमताले गर्दा हुने कुरा हो र यो सत्यता नबुझेको साँचो प्रकटीकरण पनि हो। सत्यता नबुझ्ने जोकोहीले भनेको धेरैजसो कुरा व्यावहारिक हुँदैन र त्यसमा अशुद्धताहरू मिसिएको हुन्छ; कडाइका साथ भन्दा, यी सबै झूटसरह हुन्। यदि यसमा मनसाय र उद्देश्यहरू छन् भने, यो झूट मात्र होइन, यो त अझ बढी शैतानको युक्ति र दुष्ट मानिसहरूको षड्यन्त्र हो। त्यसकारण, सत्यता नभएका मानिसहरूले जे भन्छन् त्यो धेरैजसो दुष्ट कुरा हो र त्यसमा विश्‍वास गर्नु हुँदैन।

आधारहीन अफवाह फैलाउने विषयको सङ्गति यहीँ समाप्त हुन्छ। अफवाह फैलाउने यो मामलाले मानिसहरूलाई सबैभन्दा बढी प्रकाश गर्छ, र यसले फरक-फरक मानिसहरूको व्यवहारलाई स्पष्ट रूपमा देखिने तुल्याउँछ। अब तिमीहरूले अफवाहहरू र तिनलाई फैलाउनेहरूप्रति कस्तो मनोवृत्ति राख्‍नुपर्छ, र तिनलाई सम्हाल्न के-कस्ता विधिहरू प्रयोग गर्नुपर्छ भन्‍ने कुरा बुझेको हुनुपर्छ, होइन त? (हो।) यो कुरा बुझेपछि, जब तिमीहरूले फेरि त्यस्ता कुराहरू सामना गर्छौ, तब तिमीहरूले तिनलाई हाम्रो सङ्गतिसँग तुलना गर्नुपर्छ, र यी समस्याहरूलाई सम्बोधन गर्न सबैभन्दा सही विधिहरू प्रयोग गर्नुपर्छ। यो सिद्धान्तहरूअनुरूप हुन्छ।

जुलाई १७, २०२१

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्