अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१७) खण्ड एक

विषयवस्तु बाह्र: परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; तिनलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र कामकुराहरूलाई सुल्टाउने; यसका अतिरिक्त, सत्यता सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत खुट्ट्याइ विकास गरून् र ती कुराहरूबाट सिकून् (भाग पाँच)

मण्डली जीवनमा अवरोध र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरू

ऐ. नकारात्मकता पोखाउनु

आज, हामी अगुवाहरू र कामदारहरूको बाह्रौँ जिम्मेवारीबारेको हाम्रो सङ्गति जारी राख्छौँ: “परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; तिनलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र कामकुराहरूलाई सुल्टाउने; यसका अतिरिक्त, सत्यता सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत खुट्ट्याइ विकास गरून् र ती कुराहरूबाट सिकून्।” मण्डली जीवनमा पैदा हुने विभिन्‍न अवरोध र बाधाहरूबारे भन्‍नुपर्दा, पछिल्‍लोपटक हामीले आठौँ समस्याबारे, अर्थात् धारणाहरू फैलाउनेबारेमा सङ्गति गरेका थियौँ—र आज हामी नवौँ समस्याबारे, अर्थात् नकारात्मकता पोखाउनेबारे सङ्गति गर्नेछौँ। नकारात्मकता पोखाउनु पनि दैनिक जीवनमा प्रायजसो सुनिरहने कुरा हो। त्यही भएर मण्डली जीवनमा देखिने नकारात्मकता पोखाउने कार्य वा अभिव्यक्तिहरूलाई पनि प्रतिबन्धित गर्नु र रोक्नुपर्छ, किनभने नकारात्मकता पोखाउने कार्य कुनै व्यक्तिको लागि पनि सुधारात्मक हुँदैन; बरु उल्टै, यसले त मानिसहरूलाई असर, बाधा, र हानि मात्र पुर्‍याउँछ। त्यसकारण, नकारात्मकता पोखाउनु एउटा नकारात्मक कुरा हो, जुन प्रकृतिको हिसाबमा मण्डली जीवनमा बाधा दिने अरू व्यवहार, कार्य, र अभिव्यक्तिहरूजस्तै हो; यसले मानिसहरूलाई बाधा दिने र प्रतिकूल प्रभावहरू पार्ने पनि गर्न सक्छ। नकारात्मकता पोखाएर कसैले पनि अरूलाई सुधार गर्न वा अरूलाई फाइदा पुर्‍याउन सक्दैन; यसले हानिकारक प्रभावहरू मात्रै ल्याउँछ र मानिसहरूको सामान्य कर्तव्यनिर्वाहमा पनि असर पार्न सक्छ। त्यसकारण, जब मण्डलीमा नकारात्मकता पोखाउने कार्य हुन्छ, तब यसलाई पनि उस्तै रूपमा रोक्नु र प्रतिबन्धित गर्नुपर्छ, अनि यसलाई सहनु वा प्रोत्साहित गर्नु हुँदैन।

क. नकारात्मकता पोखाउनु भनेको के हो

सर्वप्रथम हामी नकारात्मकता पोखाउने कार्यलाई कसरी बुझ्‍ने र खुट्ट्याउने भनी हेर्नेछौँ। नकारात्मकता पोखाउने कार्यलाई हामीले कसरी चिन्‍नुपर्छ? मानिसहरूका कुन-कुन टिप्‍पणी र प्रकटीकरणहरू नकारात्मकता पोखाउनु हो? सबैभन्दा मुख्य कुरा, मानिसहरूले पोखाउने नकारात्मकता सकारात्मक हुँदैन, यो सत्यतासँग बाझिने नकारात्मक कुरा हो, र यो तिनीहरूको भ्रष्ट स्वभावबाट आउने कुरा हो। आफूमा भ्रष्ट स्वभाव छ भने सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन गाह्रो हुन्छ—र यी कठिनाइहरूका कारण, मानिसहरूमा नकारात्मक सोच र अन्य नकारात्मक कुराहरू प्रकट हुन्छन्। तिनीहरूले सत्यता अभ्यास गर्ने सन्दर्भमा यी कुराहरू देखा पर्छन्; यी कुराहरू मानिसहरूले सत्यता अभ्यास गर्ने प्रयास गर्दा तिनीहरूलाई असर र अवरोध गर्ने विचार र दृष्टिकोणहरू हुन्, र यी पूर्ण रूपमा नकारात्मक कुराहरू हुन्। यी नकारात्मक विचार र दृष्टिकोणहरू मानिसका धारणाहरूसँग जति नै मिले पनि र सुन्दा जति नै उचित लागे पनि, यी परमेश्‍वरका वचनहरूको बुझाइबाट आउँदैनन्, ती परमेश्‍वरका वचनहरूको अनुभवात्मक ज्ञान त झनै होइनन्। यसको साटो, यी मानव मनबाट आएका हुन्छन्, र सत्यतासँग पटक्‍कै मिल्दैनन्। त्यसकारण यी नकारात्मकता, नकारात्मक कुराहरूका पाटोहरू हुन्। नकारात्मकता पोखाउने मानिसहरूको अभिप्राय भनेको सत्यता अभ्यास गर्ने आफ्नो असफलताका धेरै वस्तुगत कारणहरू खोज्‍नु हो, ताकि आफूलाई अरूले बुझून् र सहानुभूति दिऊन्। विभिन्‍न हदसम्‍म, यी नकारात्मक अभिव्यक्तिहरूले सत्यता अभ्यास गर्ने मानिसहरूको अग्रसरतामा असर र त्यसलाई दुर्बल बनाउँछ, र धेरै मानिसहरूलाई त सत्यता अभ्यास गर्नबाट समेत रोक्‍न सक्छ। यी परिणाम र नकारात्मक असरहरूले गर्दा यी कुराहरू नकारात्मक, परमेश्‍वरको विरोधी र सत्यताप्रति पूर्ण शत्रुवत् भनेर चित्रण गरिन अझै लायक हुन्छन्। कतिपय मानिस नकारात्मकताको सारलाई छर्लङ्गै देख्‍न नसक्‍ने हुन्छन्, र निरन्तर नकारात्मकता सामान्य कुरा हो, र यसले मानिसहरूको सत्यता पछ्याइमा ठूलो असर गर्दैन भन्‍ने सोच्छन्। यो सोचाइ गलत छ; वास्तवमा, यसले निकै ठूलो असर गर्छ, र कसैको नकारात्मकता उसले सहनै नसक्‍ने गरी ठूलो भयो भने, यसले सहजै धोकामा लैजान सक्छ। यो भयानक परिणाम नकारात्मकताबाटै आउँछ। त्यसोभए, नकारात्मकता पोखाउने कार्यलाई कसरी चिन्‍नु र बुझ्नुपर्छ? सरल रूपमा भन्दा, नकारात्मकता पोखाउनु भनेको मानिसहरूलाई बहकाउनु र तिनीहरूलाई सत्यता अभ्यास गर्नबाट रोक्‍नु हो; यो सामान्य विधिजस्ता देखिने नरम रणनीतिहरू प्रयोग गरेर मानिसहरूलाई बहकाउनु र पासोमा पार्नु हो। के यो तिनीहरूको लागि हानिकारक हुन्छ? यो वास्तवमा तिनीहरूको लागि अत्यन्तै हानिकारक हुन्छ। त्यसकारण, नकारात्मकता पोखाउनु भनेको नकारात्मक कुरा हो, र यसलाई परमेश्‍वरले निन्दा गर्नुहुन्छ; नकारात्मकता पोखाउने कार्यको सबैभन्दा सरल अर्थ यही हो। अनि, नकारात्मकता पोखाउनुको नकारात्मक पक्ष के हो? के-कस्ता कुराहरू नकारात्मक हुन्छन्, र मानिसहरूमा प्रतिकूल असर पार्न र मण्डली जीवनमा बाधा र हानि गर्न सक्छन्? नकारात्मकतामा के कुरा समावेश हुन्छ? यदि मानिसहरूमा परमेश्‍वरका वचनहरूसम्‍बन्धी विशुद्ध बुझाइ छ भने, के तिनीहरूले सङ्गति गर्ने शब्‍दहरूमा कुनै नकारात्मकता हुन्छ? यदि मानिसहरूका निम्ति परमेश्‍वरले खडा गर्नुभएका परिस्‍थितिहरूप्रति तिनीहरूमा साँचो समर्पणको मनोवृत्ति छ भने, यी परिस्‍थितिहरूसम्‍बन्धी तिनीहरूको ज्ञानमा कुनै नकारात्मकता हुन्छ? जब तिनीहरूले आफ्‍नो अनुभवात्मक ज्ञान सबैलाई बताउँछन्, के यसमा कुनै नकारात्मकता हुन्छ? अवश्य नै हुँदैन। मण्डली वा मानिसहरूको वरिपरि हुने कुनै पनि घटनाको हकमा, यदि तिनीहरूले यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्छन्, सही कार्यशैली अपनाउन सक्छन्, अनि खोजी र समर्पणको मनोवृत्ति अपनाउन सक्छन् भने, के तिनीहरूको ज्ञान, बुझाइ, र अनुभवमा कुनै नकारात्मकता हुन्छ? (हुँदैन।) अवश्य नै हुँदैन। त्यसोभए यी कुराहरू हेर्दा, नकारात्मकता भनेको के हो? यसलाई कसरी बुझ्न सकिन्छ? के नकारात्मकतामा यस्ता कुराहरू, जस्तै मानिसहरूको अनाज्ञाकारिता, असन्तुष्टि, गुनासो, र आक्रोश समावेश हुँदैनन् र? नकारात्मकताको अझै गम्भीर मामलाहरूमा प्रतिरोध, अवज्ञा, र तीव्र होहल्लासमेत समावेश हुन्छन्। यी तत्त्वहरू समावेश भएका टिप्पणीहरू व्यक्त गर्नुलाई नकारात्मकता पोखाउने कार्यको रूपमा चित्रण गर्न सकिन्छ। त्यसकारण यी प्रकटीकरणहरूबाट मूल्याङ्कन गर्दा, जब व्यक्तिले नकारात्मकता पोखाउँछ, तब के उसको हृदयमा परमेश्‍वरप्रति कुनै समर्पण हुन्छ त? अवश्य नै हुँदैन। के त्यसमा देहविरुद्ध विद्रोह गर्ने र आफ्नो नकारात्मकता समाधान गर्ने कुनै इच्छा हुन्छ त? अहँ—त्यसमा प्रतिरोध, विद्रोहीपन, र विरोधबाहेक केही पनि हुँदैन। यदि मानिसहरूको हृदय यी कुराहरूले भरिएको छ भने—यदि तिनीहरूको हृदय यी नकारात्मक कुराहरूद्वारा नियन्त्रित छ भने—त्यसले परमेश्‍वरप्रति प्रतिरोध, विद्रोहीपन, र अवज्ञा पैदा गर्छ। अनि यदि त्यसो भयो भने, के तिनीहरूले अझै पनि सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन सक्छन् त? सक्दैनन्; तिनीहरू परमेश्‍वरबाट टाढा जान्छन्, र अझै नकारात्मक बन्छन्, र तिनीहरूले परमेश्‍वरलाई शङ्का, इन्कार, र धोकासमेत दिन सक्छन्। के यो खतरनाक कुरा होइन र? प्रायजसो नकारात्मक हुने जोकोही व्यक्तिले नकारात्मकता पोखाउन सक्छ, र नकारात्मकता पोखाउनु भनेको परमेश्‍वरलाई विरोध र इन्कार गर्नु हो; त्यसकारण, प्रायजसो नकारात्मकता पोखाउने मानिसहरूले कुनै पनि समय वा स्थानमा परमेश्‍वरलाई धोका दिने र त्याग्‍ने सम्भावना हुन्छ।

“नकारात्मकता” भन्‍ने शब्दको अर्थबाट हेर्दा, जब व्यक्ति नकारात्मक बन्छ, तब उसको मनस्थिति अत्यन्तै नीचो स्थितिमा पुग्छ र ऊ खराब मनस्थितिमा प्रवेश गर्छ। उसको मनस्थिति नकारात्मक तत्वहरूले भरिएको हुन्छ, उसमा सक्रिय रूपमा प्रगति गर्ने र अघि बढ्ने मनोवृत्ति हुँदैन, र उसमा सकारात्मक, सक्रिय सहकार्य र खोजीको कमी हुन्छ; यति मात्र होइन, उसले कुनै पनि स्वेच्छिक समर्पण देखाउँदैन, बरु अत्यन्तै निराश मनस्थिति देखाउँछ। निराश मनस्थितिले के प्रतिनिधित्व गर्छ? के यसले मानवताको सकारात्मक पक्षहरू प्रतिनिधित्व गर्छ? के यसले विवेक र समझ हुनुको प्रतिनिधित्व गर्छ? के यसले मर्यादासाथ जिउनु, मानवताको मर्यादामा रहेर जिउनुको प्रतिनिधित्व गर्छ? (गर्दैन।) यदि यसले यी सकारात्मक कुराहरू प्रतिनिधित्व गर्दैन भने, के प्रतिनिधित्व गर्छ? के यसले परमेश्‍वरमाथिको साँचो विश्‍वासको कमी, साथै सत्यता पछ्याउने र सक्रिय रूपमा प्रगति गर्ने दृढता र सङ्कल्पको कमी प्रतिनिधित्व गर्न सक्छ? के यसले व्यक्तिको वर्तमान परिस्थिति र कठिनाइहरूप्रतिको दह्रिलो असन्तुष्टि र ती बुझ्ने कठिनाइ, अनि वर्तमानका तथ्यहरू स्विकार्ने उसको अनिच्छालाई प्रतिनिधित्व गर्न सक्छ? के यसले व्यक्तिको हृदय अनाज्ञाकारिता, अवज्ञा गर्ने इच्छा, र वर्तमान परिस्थितिबाट उम्कने र यसलाई परिवर्तन गर्ने इच्छाले भरिएको अवस्था प्रतिनिधित्व गर्न सक्छ? (सक्छ।) वर्तमान परिस्थितिलाई नकारात्मकताद्वारा सामना गर्दा मानिसहरूले देखाउने स्थितिहरू यिनै हुन्। छोटकरीमा भन्दा, जे भए पनि, जब मानिसहरू नकारात्मक हुन्छन्, तब वर्तमान परिस्थिति र परमेश्‍वरले बन्दोबस्त गरेको कुराप्रतिको तिनीहरूको असन्तुष्टी तिनीहरूसँग केवल गलतफहमीहरू हुनु, नबुझ्नु, बोध नहुनु, वा अनुभव गर्न नसक्नुजस्तो सरल कुरा हुँदैन। बोध नहुनु भनेको क्षमता वा समयसँग सम्‍बन्धित कुरा हुन सक्छ, जुन मानवताको सामान्य प्रकटीकरण हो। अनुभव गर्न नसक्नुको पनि केही वस्तुगत कारणहरू हुन सक्छ, तर यी कुराहरूलाई नकारात्मक कुराहरू मानिँदैन। कति मानिसहरूले त अनुभव गर्न पनि सक्दैनन्, तर तिनीहरूले आफूले नबुझ्ने वा नदेख्ने कुराहरू, वा आफूले बोध गर्न वा अनुभव गर्न नसक्‍ने कुराहरू सामना गर्दा, परमेश्‍वरलाई प्रार्थना गर्नेछन् र उहाँका चाहनाहरू खोजी गर्नेछन्, परमेश्‍वरको अन्तर्दृष्टि र ज्योतिको प्रतीक्षा गर्छन्, र सक्रिय रूपमा अरू सँग खोजी र सङ्गति गर्छन्। तैपनि, कति मानिसहरू भने फरक हुन्छन्; तिनीहरूसँग अभ्यासका यी मार्गहरू हुँदैनन्, न त तिनीहरूसँग त्यस्तो मनोवृत्ति नै हुन्छ। प्रतीक्षा गर्नु, खोजी गर्नु, वा सङ्गति गर्न कसैलाई भेट्‍नुको सट्टा, तिनीहरूले आफ्नो हृदयमा गलतफहमीहरू विकास गर्छन्, र आफूले सामना गरेका घटना र परिस्थितिहरू आफ्ना इच्छा, रुचि, वा कल्पनाहरूसँग मिल्दैनन् भन्‍ने अनुभव गर्छन्, जसले गर्दा तिनीहरूमा अनाज्ञाकारिता, असन्तुष्टि, प्रतिरोध, गुनासो, अवज्ञा, होहल्ला, र अरू त्यस्तै नकारात्मक कुराहरू पैदा हुन्छन्। यी नकारात्मक कुराहरू पैदा भइसकेपछि, तिनीहरूले यी कुराहरूबारे धेरै विचार गर्दैनन्, न त तिनीहरू आफ्नो स्थिति र भ्रष्टताको ज्ञान प्राप्त गर्न प्रार्थना र मनन गर्न परमेश्‍वरअघि नै आउँछन्। तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू खोजी गर्न परमेश्‍वरका वचनहरू पढ्ने वा समस्याहरू समाधान गर्न परमेश्‍वरका वचनहरू प्रयोग गर्ने गर्दैनन्, झन् अरूसँग खोजी र सङ्गति गर्नु त धेरै परको कुरा हो। बरु यसको साटो, तिनीहरूले आफूले विश्‍वास गरेको कुरा सही र सटीक छ भनेर जिद्दी गर्छन्, र हृदयमा अनाज्ञाकारिता र असन्तुष्टि बोकेर, नकारात्मक संवेगहरूमा फसेर बस्छन्। यी संवेगहरूमा फसेपछि, तिनीहरूले यी कुराहरू एकदुई दिनसम्म त थुनेर राख्‍न र सहन सक्छन्, तर लामो अवधिमा तिनीहरूको विचारमा धेरै कुराहरू पैदा हुन्छन्, जसमा मानव धारणा र कल्पनाहरू, मानव नैतिकता र सदाचार, मानव संस्कृति, परम्परा, र ज्ञान, आदि इत्यादि कुराहरू पर्छन्। तिनीहरूले यी कुराहरू आफूले सामना गर्ने समस्याहरू मापन गर्न, हिसाब गर्न, र बुझ्नको लागि प्रयोग गर्छन्, र तिनीहरू पूर्ण रूपमा शैतानको जालमा फसेका हुन्छन्, जसले गर्दा असन्तुष्टि र अनाज्ञाकारिताका विभिन्‍न स्थितिहरू पैदा हुन्छन्। त्यसपछि यी भ्रष्ट स्थितिहरूबाट विभिन्‍न गलत विचार र दृष्टिकोणहरू पैदा हुन्छन्, र त्यसउप्रान्त तिनीहरूको हृदयमा यी नकारात्मक कुराहरू नियन्त्रण गर्न सकिँदैन। अनि तिनीहरूले यी कुराहरू पोखाउने र व्यक्त गर्ने अवसरहरू खोज्छन्। जब तिनीहरूको हृदय नकारात्मकताले भरिएको हुन्छ, तब के तिनीहरूले यसो भन्छन् त, “म भित्री रूपमा नकारात्मक कुराहरूले भरिएको छु; अरूलाई हानि गर्नबाट जोगिन मैले लापरवाही कुरा गर्नु हुँदैन। यदि मलाई बोल्न मन लाग्यो र मैले यो कुरा नियन्त्रण गर्न सकिनँ भने, म पर्खालसँग बोल्छु, वा मानव बोली नबुझ्ने कुनै कुरासँग कुरा गर्छु”? के तिनीहरू यसो गर्न सक्‍ने गरी दयालु हुन्छन् त? (हुँदैनन्।) त्यसपछि तिनीहरूले के गर्छन्? तिनीहरू तिनीहरूका नकारात्मक दृष्टिकोण, टिप्पणी, र संवेग स्विकार्ने श्रोताहरू भेट्टाउने मौका खोज्छन्, र यसलाई प्रयोग गरेर आफ्नो हृदयबाट असन्तुष्टि, अनाज्ञाकारिता, र रोषजस्ता विभिन्‍न नकारात्मक भावनाहरू पोखाउँछन्। तिनीहरू के विश्‍वास गर्छन् भने, मण्डली जीवन अवधि नै यस्तो कुरा पोखाउने सबैभन्दा राम्रो समय हो, र यही नै आफ्नो नकारात्मकता, असन्तुष्टि, र अनाज्ञाकारिता पोखाउने राम्रो अवसर हो, किनभने त्यहाँ सुन्‍नेहरू धेरै हुन्छन् र तिनीहरूका बोलीवचनले अरूलाई नकारात्मक बन्‍न प्रभाव पार्न सक्छन् र मण्डलीका काममा प्रतिकूल परिणामहरू ल्याउन सक्छन्। नकारात्मकता पोखाउनेहरू अवश्य नै पर्दापछाडि बस्‍नसमेत सक्दैनन्; तिनीहरू सधैँ आफ्नो नकारात्मक बोली पोखाइरहन्छन्। जब तिनीहरूको कुरा सुन्‍नेहरू थोरै हुन्छन्, तिनीहरूलाई यो रोमाञ्चक लाग्दैन, तर जब सबै जना भेला हुन्छन्, तब तिनीहरू धेरै ऊर्जाशील हुन्छन्। नकारात्मकता पोखाउने मानिसहरूको संवेग, स्थिति, र अरू पक्षहरूका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूको उद्देश्य मानिसहरूले परमेश्‍वरविरुद्ध विद्रोह वा उहाँको विरोध नगरून् बरु उहाँप्रति समर्पित होऊन् भनेर तिनीहरूलाई सत्यता बुझ्न, सत्य के हो भनेर हेर्न, परमेश्‍वरबारेका गलतफहमी वा शङ्काहरू हटाउन, आफूलाई र आफ्नो भ्रष्ट सारलाई चिन्न, वा आफ्नो विद्रोहीपन र भ्रष्टताका समस्याहरू समाधान गर्न मद्दत गर्नु होइन। तिनीहरूको उद्देश्य त आधारभूत रूपमा दुई पाटोका हुन्छन्: एक हिसाबमा, तिनीहरू आफ्ना संवेगहरू पोखाउन नकारात्मकता पोखाउँछन्; अर्को हिसाबमा, तिनीहरूले अझै धेरै मानिसहरूलाई नकारात्मकतामा डोर्‍याउने, अनि तिनीहरूलाई आफूसँगै परमेश्‍वरविरुद्ध विरोध गर्न र गुनासो गर्न पासोमा पार्ने उद्देश्य राख्छन्। त्यसकारण, मण्डली जीवनभित्र नकारात्मकता पोखाउने कार्यलाई पूर्ण रूपमा बन्द गर्नुपर्छ।

ख. नकारात्मकता पोखाउने मानिसहरूको विभिन्‍न स्थिति र प्रकटीकरणहरू
१. बर्खास्त भएकोमा असन्तुष्ट भएर नकारात्मकता पोखाउनु

नकारात्मकताका भावना र प्रकटीकरणहरू आधारभूत रूपमा यिनै हुन्। मैले यी कुराहरूबारे सङ्गति गरेपछि, मानिसहरूले आफूलाई यी कुराहरूसँग तुलना गर्नुपर्छ र वास्तविक जीवनमा तिनीहरूको कुन व्यवहार, टिप्पणी, र विधिहरू नकारात्मकता पोखाउने व्यवहार हुन्, र कुन-कुन परिस्थितिहरूले तिनीहरूलाई नकारात्मकतामा पार्छन्, जसले गर्दा नकारात्मकता पोखाउने अवस्था आइपर्छ भन्‍ने कुरा हेर्नुपर्छ। मलाई भन त, सामान्य ठेट परिस्थितिहरूमा के-कस्ता अवस्थाहरूले मानिसहरूलाई नकारात्मक तुल्याउँछन्? नकारात्मकताका सामान्य रूपहरू के-के हुन्? (जब कसैलाई बर्खास्त वा काटछाँट गरिन्छ, तब तिनीहरूको हृदयमा केही नकारात्मकता विकास हुन सक्छ।) बर्खास्त हुनु एउटा अवस्था हो, काटछाँट हुनु अर्को अवस्था हो। बर्खास्त हुँदा यसले किन नकारात्मकता ल्याउँछ? (बर्खास्तीमा परेपछि, कति मानिसहरूमा कुनै आत्मज्ञान नै हुँदैन र तिनीहरूको हैसियतले गर्दा नै तिनीहरूको पतन भएको हो भन्‍ने सोच्छन्। त्यसपछि, तिनीहरूले “जति अग्लो चढ्यो, त्यति नै नराम्ररी झरिन्छ” भन्दै केही नकारात्मक दृष्टिकोणहरू व्यक्त गर्छन्। तिनीहरूलाई बर्खास्त हुनुबारेमा विशुद्ध बोध हुँदैन; तिनीहरू हृदयमा अनाज्ञाकारी हुन्छन्।) तिनीहरूको भित्री भागमा, अनाज्ञाकारिता र असन्तुष्टि हुन्छ, जुन नकारात्मक भावनाहरू हुन्। के तिनीहरूले गुनासो गर्छन्? (गर्छन्। तिनीहरूलाई लाग्छ कि, तिनीहरूले कठिनाइ भोगेका र मूल्य चुकाएका छन्, बदलामा केही राम्रो कुरा नपाई सधैँ परिश्रम गरेका छन्, र पनि अझै बर्खास्त भएका छन्। त्यसकारण तिनीहरूले भन्छन्, “अगुवा बन्‍नु गाह्रो छ; जो अगुवा बन्छ त्यो अभागी हो। अन्ततः सबैलाई बर्खास्त गरिन्छ।”) यस्ता टीकाटिप्पणीहरू फैलाउनु भनेको नकारात्मकता पोखाउनु हो। यदि तिनीहरू अवज्ञाकारी र असन्तुष्ट मात्र हुन्छन्, तर यस्ता कुराहरू फैलाउँदैनन् भने, त्यो नकारात्मकता पोखाउनु होइन। यदि अनाज्ञाकारिता र असन्तुष्टिबाट क्रमिक रूपमा गुनासो गर्ने मुड पैदा हुन्छ, र तिनीहरूले आफ्नो क्षमता कमजोर रहेको र काम गर्न नसकेको तथ्य स्वीकार गर्दैनन् भने, त्यसपछि तिनीहरूले हरकिसिमका अभिव्यक्ति, दृष्टिकोण, बहाना, कारण, व्याख्या, औचित्य, आदि इत्यादि कुराहरू सिर्जना गर्दै आफ्नो विकृत तर्क प्रस्तुत गर्न थाल्छन् भने, यस्ता टीकाटिप्पणीहरू गर्नु नकारात्मकता पोखाउनुजस्तै हो। वास्तविक काम नगरेकोमा बर्खास्त भएका कतिपय झूटा अगुवाहरूले हृदयमा अनाज्ञाकारिता र असन्तुष्टि बोक्छन् र कुनै समर्पण देखाउँदैनन्; तिनीहरूले सधैँ यस्तो सोच्छन्, “हेरौँ, अगुवाको रूपमा कसले मेरो स्थान लिन सक्दो रहेछ। अरूहरू मभन्दा असल छैनन्; मैले काम गर्न सकिनँ भने, तिनीहरूले पनि गर्न सक्दैनन्!” तिनीहरूलाई के कुराले अनाज्ञाकारी बनाउँछ? तिनीहरूले सोच्छन् कि तिनीहरूको क्षमता कमजोर छैन र तिनीहरूले धेरै काम गरेका छन्, तैपनि किन तिनीहरूलाई बर्खास्त गरिएको हो? झूटा अगुवाहरूका भित्री विचारहरू यिनै हुन्। तिनीहरूले आफूलाई चिन्‍न र आफूले साँच्‍चिकै कुनै वास्तविक काम गरेको छु कि छैन, आफूले कति वटा वास्तविक समस्याहरू समाधान गरेको छु, वा आफूले मण्डलीको काम ठप्प पारेको कुरा तथ्य हो कि होइन भनेर हेर्न चिन्तन गर्दैनन्। तिनीहरूले यी कुराहरूबारे बिरलै मात्र विचार गर्छन्। तिनीहरूलाई आफूमा सत्यता वास्तविकताको कमी हुनु र आफूले वास्तविक परिस्थिति देख्‍न नसक्‍नु नै समस्या हो भन्‍ने लाग्दैन; बरु, तिनीहरूलाई के विश्‍वास लाग्छ भने, तिनीहरूले धेरै काम गरिसकेका छन्, र त्यसैले तिनीहरूलाई झूटा अगुवाको रूपमा चित्रण गरिनु हुँदैन। तिनीहरूको अनाज्ञाकारिता र असन्तुष्टिको मुख्य कारण यही हो। तिनीहरूले सधैँ यस्तो सोच्छन्: “मैले धेरै वर्षदेखि आफ्नो कर्तव्य निर्वाह गरेको छु, र हरदिन बिहानै उठ्ने र राती अबेरसम्‍म बस्‍ने काम मैले कसको लागि गरेको हुँ? परमेश्‍वरमा विश्‍वास गरेपछि, मैले आफ्‍नो परिवार छोडेँ, करियर त्यागेँ, र आफ्नो कर्तव्य निर्वाह गर्न पक्राउ र जेल पर्ने जोखिमसमेत उठाएँ। मैले कति धेरै कठिनाइ भोगेको छु! अनि अहिले तिनीहरूले मलाई मैले वास्तविक काम गरेको छैनँ भनेर भन्छन् र मलाई बर्खास्त गर्छन्—यो कस्तो अन्यायी कुरा हो! मैले कुनै पनि कुरा हासिल नगरेको भए पनि, कष्ट चाहिँ सहेको छु; कष्ट नभए पनि थकान त सहेकै छु! मेरो सामर्थ्य र काममा मूल्य चुकाउने मेरो क्षमताको आधारमा, यदि मलाई समेत अझै पनि मापदण्डको स्तरमा नपुगेको मानिन्छ र मलाई बर्खास्त गरिन्छ भने, मलाई त लाग्छ, मापदण्डको स्तरमा पुग्‍ने अगुवाहरू कोही पनि नहोलान्!” के तिनीहरूले यी शब्दहरू बोल्दै नकारात्मकता पोखाइरहेका छैनन् र? के यीमध्ये कुनै एउटा वाक्यले पनि समर्पण व्यक्त गर्छ र? के यसमा सत्यता खोजी गर्ने इच्छाको कुनै सङ्केत छ र? के यसमा यस्तो कुनै आत्मचिन्तन छ, जस्तै “तिनीहरू मेरो काम मापदण्डअनुरूप छैन भन्छन्, त्यसकारण ममा ठ्याक्‍कै के कुराको कमी छ? मैले कुनचाहिँ वास्तविक काम गरिनँ? ममा झूटा अगुवाका कुन प्रकटीकरणहरू देखिन्छन्?” के तिनीहरूले यसरी आफ्नो बारे मनन गरेका छन् त? (छैनन्।) त्यसोभए, तिनीहरूले बोल्ने यी शब्‍दहरूको प्रकृति के हो? के तिनीहरूले गुनासो गरिरहेका हुन्? के तिनीहरूले आफ्नै औचित्य साबित गर्न खोजिरहेका हुन्? तिनीहरूले आफ्नै औचित्य साबित गर्न खोज्नुको उद्देश्य के हो? के यो मानिसहरूको सहानुभूति र बुझाइ प्राप्त गर्नको लागि होइन र? के तिनीहरू आफूले भोगेको अन्यायबारे प्रतिरक्षा र विलाप गर्न धेरै मानिसहरू आइदिऊन् भन्‍ने चाहँदैनन् र? (चाहन्छन्।) त्यसोभए तिनीहरूले कोविरुद्ध होहल्ला गरिरहेका हुन्? के तिनीहरूले परमेश्‍वरसँग तर्क र उहाँविरुद्ध होहल्ला गरिरहेका होइनन् र? (हो।) तिनीहरूको बोली परमेश्‍वरबारे गुनासो गर्ने, र उहाँको विरोध गर्ने बोली हो। तिनीहरूको हृदय गुनासो, अनि प्रतिरोध र विद्रोहीपनले भरिएको हुन्छ। यति मात्र होइन, तिनीहरूले नकारात्मकता पोखाएर अझै धेरै मानिसहरूले तिनीहरूलाई बुझून्, तिनीहरूप्रति सहानुभूति जनाऊन्, र परमेश्‍वरविरुद्ध गुनासो, प्रतिरोध, र अवज्ञा गर्न, वा उहाँविरुद्ध होहल्ला गर्न आफूले जस्तै नकारात्मकता विकास गरून् भन्‍ने उद्देश्य राख्छन्। के तिनीहरूले यो उद्देश्य हासिल गर्न नकारात्मकता पोखाउँदैनन् र? तिनीहरूको उद्देश्य त अझै धेरै मानिसहरूलाई यो मामलाको तथाकथित सत्यता थाहा दिनु र आफूमाथि अन्याय भइरहेको छ, आफूले गरेको काम सही थियो, आफूलाई बर्खास्त गरिनु हुँदैनथ्यो, र आफूलाई बर्खास्त गरिनु गल्ती थियो भनेर अरूलाई विश्‍वास गराउनु मात्रै हो; तिनीहरू अझै धेरै मानिसहरूलाई आफ्नो प्रतिरक्षामा लाउन चाहन्छन्। यसमार्फत, तिनीहरू आफ्नो इज्जत, हैसियत, र प्रतिष्ठा पुनर्स्थापित गर्ने आशा गर्छन्। सबै झूटा अगुवा र ख्रीष्टविरोधीहरूले बर्खास्त भएपछि मानिसहरूको सहानुभूति जित्न यसरी नै नकारात्मकता पोखाउँछन्। तिनीहरूमध्ये कसैले पनि आफ्‍नो बारे मनन गर्न र आफूलाई चिन्‍न, आफ्ना गल्तीहरू स्विकार्न, वा साँचो पछुतो र पश्‍चात्ताप देखाउन सक्दैनन्। यो तथ्यले के प्रमाणित गर्छ भने, सबै झूटा अगुवा र ख्रीष्टविरोधीहरू सत्यतालाई पटक्‍कै प्रेम पनि नगर्ने र स्वीकार पनि नगर्ने मानिसहरू हुन्। त्यसकारण, प्रकाश भएपछि र हटाइएपछि, तिनीहरूले सत्यता र परमेश्‍वरका वचनहरूमार्फत आफूलाई चिन्‍न सक्दैनन्। कसैले पनि तिनीहरूले पछुतो गरेको वा आफ्‍नो बारे साँचो ज्ञान प्राप्त गरेको देखेको हुँदैन, न त तिनीहरूले साँचो पश्‍चात्ताप प्रदर्शित गरेको नै कसैले देखेको हुन्छ। तिनीहरूले कहिल्यै आफ्‍नो बारे ज्ञान प्राप्त गरेको वा आफ्ना गल्तीहरू मानेको जस्तो देखिँदैन। यो तथ्यबाट हेर्दा, झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई बर्खास्त गरिनु पूर्ण रूपमा उचित हुन्छ र यो पटक्‍कै अन्यायपूर्ण हुँदैन। तिनीहरूको आत्मचिन्तन र ज्ञानको पूर्ण कमी, साथै तिनीहरू पछुतोहीन रहने तथ्यको आधारमा हेर्दा, यो स्पष्ट हुन्छ कि तिनीहरूको ख्रीष्टविरोधी स्वभाव गम्भीर हुन्छ, र तिनीहरूले सत्यतालाई पटक्‍कै प्रेम गर्दैनन्।

कतिपय झूटा अगुवाहरूले बर्खास्त भएपछि आफ्ना गल्तीहरू पटक्‍कै स्वीकार गर्दैनन्, न त तिनीहरूले सत्यता खोजी गर्ने वा आत्मचिन्तन गरेर आफूलाई चिन्‍ने नै गर्छन्। तिनीहरूमा अलिकति पनि समर्पणको हृदय वा मनोवृत्ति हुँदैन। बरु, तिनीहरूले परमेश्‍वरलाई गलत बुझ्छन् र परमेश्‍वरले तिनीहरूलाई अनुचित व्यवहार गर्नुहुन्छ भनेर गुनासो गर्छन्, अनि आफूलाई सही साबित गर्न र रक्षा गर्न विभिन्‍न बहाना र कारणहरू फेला पार्न दिमाग खियाउँछन्। कतिले त यसोसमेत भन्छन्, “मैले पहिले कहिल्यै पनि अगुवा बन्‍न चाहेको थिइनँ, किनभने यो गाह्रो काम हो भन्‍ने मलाई थाहा थियो। तपाईंले राम्रो काम गर्नुभयो भने इनाम दिइँदैन, अनि राम्रो काम गर्नुभएन भने त बर्खास्त नै गरिन्छ र तपाईं कुख्यात बन्‍नुहुन्छ, अनि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तपाईंलाई इन्कार्छन्, र तपाईंको कुनै इज्जत हुँदैन। त्यसपछि कुनै व्यक्तिले आफ्नो अनुहार कसरी देखाउन सक्छ र? अहिले मलाई बर्खास्त गरिएको हुनाले, म अगुवा वा कामदार बन्‍नु सजिलो छैन भन्‍ने कुरामा अझै विश्‍वस्त भएको छु; यो कठिन र कृतज्ञतारहित काम हो!” यो “अगुवा वा कामदार बन्‍नु कठिन र कृतज्ञतारहित काम हो” भन्‍ने अभिव्यक्तिको अर्थ के हो? के यहाँ सत्यता खोजी गर्ने कुनै अभिप्राय व्यक्त भएको छ? के परमेश्‍वरको घरले तिनीहरूलाई अगुवा वा कामदारको रूपमा नियुक्त गरेको तथ्यलाई तिनीहरूले घृणा गर्न थालेका र अहिले अरूलाई बहकाउन यस्तो अभिव्यक्ति प्रयोग गरिरहेका छैनन् र? (हो।) यो अभिव्यक्तिले के-कस्ता परिणामहरू ल्याउन सक्छ? धेरैजसो मानिसहरूको मन, सोचाइ, र यो मामलाप्रतिको तिनीहरूको बुझाइ र बोधमा यी शब्दहरूले प्रभाव र बाधा पार्नेछन्। नकारात्मकता पोखाउँदा, यसले मानिसहरूमा ल्याउने परिणाम यही हो। उदाहरणको लागि, यदि तँ अगुवा होइनस् र तैँले यो कुरा सुन्छस् भने, तँ छक्क पर्नेछस्, र तैँले सोच्नेछस्, “के त्यो साँचो होइन र! मलाई अगुवाको रूपमा छनौट गरिनु हुँदैन। यदि छनौट गरियो भने, मैले तुरुन्तै इन्कार्न हरकिसिमका कारण र बहानाहरू बनाउनुपर्नेछ। ममा क्षमताको कमी छ र म काम गर्न सक्दिनँ भनेर भन्‍नेछु।” अगुवाहरूमध्येकै केहीलाई पनि यो अभिव्यक्तिले असर पार्छ, र तिनीहरूले सोच्छन्, “कस्तो भयानक कुरा! के भविष्यमा मैले पनि तिनीहरूको जस्तै परिणाम सामना गर्ने त होइन? यदि परिस्थिति यस्तै हो भने त, म अगुवा बन्‍न पूर्ण रूपमा इन्कार गर्छु।” के यी नकारात्मक भावनाहरू र यो नकारात्मक अभिव्यक्तिले मानिसहरूलाई बाधा दिन्छन्? तिनले स्पष्ट रूपमै बाधाहरू दिन्छन्। व्यक्ति जस्तोसुकै भए नि, उसको क्षमता राम्रो भए नि कमजोर भए नि, जब उसले यी शब्दहरू सुन्छ, तब उसले सुरुमा अनजानमै यी शब्दहरू स्वीकार गर्छ, अनि यी शब्दहरूले उसको मनमा प्रमुख स्थान ओगट्छन्, र उसलाई विभिन्‍न हदसम्म असर गर्छन्। अनि, यसरी असर पर्नुका परिणामहरू के-के हुन्? धेरैजसो मानिसहरूले अगुवा बन्‍ने र नेतृत्वबाट बर्खास्त हुने विषयमा सही दृष्टिकोण लिन सक्‍दैनन्, र तिनीहरूमा समर्पणको मनोवृत्ति हुँदैन। बरु, तिनीहरूमा सधैँ परमेश्‍वरलाई गलत बुझ्ने र उहाँविरुद्ध सतर्क हुने हृदय हुन्छ, यो समस्याबारे तिनीहरूमा नकारात्मक भावनाहरू पैदा हुन्छन्, र समस्या उल्लेख हुँदा नै तिनीहरू विशेष संवेदनशील र भयभीत हुन्छन्। जब मानिसहरूले यी व्यवहारहरू प्रदर्शन गर्छन्, तब के तिनीहरू शैतानको परीक्षा र भ्रममा परेका हुँदैनन् र? स्पष्टै छ, तिनीहरूलाई नकारात्मकता पोखाउने मानिसहरूले बहकाएका र बाधा दिएका छन्। ती नकारात्मकता पोखाउने मानिसहरूले ओकल्ने कुराहरू मानिसहरूको भ्रष्ट स्वभाव र शैतानबाट आएका हुन्छन्, र ती कुराहरू सत्यता बुझेर वा परमेश्‍वरले खडा गर्नुभएका वातावरणहरूमा समर्पित भएर प्राप्त अनुभवात्मक अन्तर्ज्ञानहरू होइनन्, त्यसकारण ती कुराहरू सुन्‍ने मानिसहरूलाई फरकफरक हदमा बाधा पुग्छ। मानिसहरूले पोखाउने नकारात्मकताले सबैमा केही न केही प्रतिकूल र बाधाकारी असरहरू ल्याउँछ। सक्रिय रूपमा सत्यता खोजी गर्ने कतिलाई त त्यति धेरै हानि हुँदैन। तर कति अरूचाहिँ ती शब्दहरू गलत छन् भन्‍ने थाहा भए नि, बिनाकुनै प्रतिरोध, व्याकुलता र गहन हानिमा नपरी बस्‍न सक्दैनन्। परमेश्‍वरले जे भन्‍नुभए नि, यो विषयमा उहाँले जसरी सङ्गति गर्नुभए नि, वा उहाँसँग जेजस्ता मापदण्डहरू भए नि, तिनीहरूले यी सब कुरा बेवास्ता गर्छन्, र यसको सट्टा नकारात्मकता पोखाउने मानिसहरूका शब्दहरूलाई नै मनमा राख्छन्, र यसरी सधैँ आफूलाई सतर्कता कम नगर्न चेतावनी दिन्छन्, मानौँ यी नकारात्मक अभिव्यक्तिहरू तिनीहरूको सुरक्षा छहारी, र तिनीहरूको ढाल हुन्। परमेश्‍वरले जे भन्‍नुभए नि, तिनीहरूले आफ्नो सतर्कता र गलतफहमी त्याग्‍न सक्दैनन्। सत्यता वा परमेश्‍वरका वचनहरूमा प्रवेश नभएका, र सत्यता वास्तविकता नबुझ्ने यी मानिसहरूले यी नकारात्मक अभिव्यक्तिहरू खुट्ट्याउने कुनै समझशक्ति हासिल गरेका हुँदैनन्, र तिनीहरूमा ती अभिव्यक्तिहरूप्रति कुनै प्रतिरोध हुँदैन। तिनीहरू अन्ततः यी नकारात्मक अभिव्यक्तिहरूको नियन्त्रण र बन्धनमा पर्छन्, र तिनीहरूले त्यसउप्रान्त परमेश्‍वरका वचनहरू स्विकार्न सक्दैनन्। के यसले तिनीहरूलाई हानि गरेको हुँदैन र? तिनीहरूलाई कति हदसम्म हानि भएको हुन्छ? तिनीहरूले परमेश्‍वरका वचनहरू स्विकार्न वा बुझ्न सक्दैनन्, बरु यसको साटो तिनीहरूले मानिसहरूद्वारा व्यक्त गरिएका असन्तुष्टि, अनाज्ञाकारिता, र गुनासाका नकारात्मक शब्दहरूलाई सकारात्मक कुराहरूको रूपमा लिन्छन्, र तिनैलाई आफ्नो हृदयमा राख्‍नुपर्ने व्यक्तिगत आदर्शको रूपमा लिन्छन्, र आफ्नो जीवन डोर्‍याउन, परमेश्‍वरको विरोध गर्न र उहाँका वचनहरूलाई अवज्ञा गर्न पनि तिनैलाई प्रयोग गर्छन्। के तिनीहरू शैतानको जालमा परेका हुँदैनन् र? (हुन्छन्।) यी मानिसहरू नचाहँदा-नचाहँदै शैतानको जालमा पर्छन्, र तिनीहरू शैतानको बन्दी बन्छन्। यी मानिसहरूले पदबाट बर्खास्त हुनेजस्तो सरल कुराबारे दिने नकारात्मक अभिव्यक्तिहरूले अरूलाई ठूलो असर पार्छन्। यसको एउटा मूल कारण हुन्छ: यी नकारात्मक अभिव्यक्तिहरू स्विकार्ने मानिसहरू पहिले नै अगुवा बन्‍नेबारे धारणा र कल्पनाहरूले भरिएका हुन्छन् र तिनीहरूमा केही गलतफहमी र सतर्कतासमेत हुन्छन्। यी गलतफहमी र सतर्कताहरूले तिनीहरूको मनमा पूर्ण आकार लिइ नसकेको हुने भए पनि, यी नकारात्मक अभिव्यक्तिहरू सुनेपछि, तिनीहरू आफ्‍नो सतर्कता र गलतफहमीहरू सही छन् भन्‍नेमा थप विश्‍वस्त हुन्छन्; तिनीहरूले अगुवा बन्दा यसले धेरै दुर्भाग्य ल्याउँछ, तर धेरै असल कुराहरू ल्याउँदैन, र तिनीहरूले गल्ती गरेर बर्खास्ती र इन्कारीमा पर्नबाट बच्न अगुवा वा कामदार बन्‍नु हुँदैन भन्‍ने कुरामा विश्‍वास गर्ने अझै धेरै कारण छ भन्‍ने महसुस गर्छन्। के तिनीहरू पूर्ण रूपमा नकारात्मकता पोखाउने मानिसहरूको बहकाउ र प्रभावमा परेका हुँदैनन् र? बर्खास्त गरिएको व्यक्तिले दिएका नकारात्मक अभिव्यक्तिहरू, साथै उसको अनाज्ञाकारीता र असन्तुष्टिका भावनाहरूले मात्रै पनि मानिसहरूमा यति ठूलो प्रभाव र हानि ल्याउन सक्छन्। तिमीहरूलाई के लाग्छ—के मानिसहरूले फैलाउने नकारात्मक भावनाहरू मृत्युको वातावरणले भरिएको हुनु गम्भीर समस्या हो? (हो, यो गम्भीर कुरा हो।) के कुराले यसलाई यति गम्भीर बनाउँछ? त्यो के हो भने, यो परमेश्‍वरप्रतिको मानिसहरूको गहन सतर्कता र गलतबुझाइहरूसँग एकदमै मिल्छ, र साथै यसले मानिसहरूको परमेश्‍वरप्रति गलतबुझाइ र शङ्का गर्ने स्थिति, साथै उहाँप्रति तिनीहरूले राख्‍ने भित्री मनोवृत्ति पनि प्रतिबिम्बित गर्छ। त्यसकारण, नकारात्मकता पोखाउने मानिसहरूले दिने अभिव्यक्तिहरूले सीधै मानिसहरूका नाजुक विन्दुहरूमा प्रहार गर्छन्, र मानिसहरूले ती कुराहरू पूर्ण रूपमा स्विकार्छन्, र तिनीहरू शैतानको जालमा यति पूर्ण रूपमा पर्छन् कि तिनीहरूले आफूलाई मुक्त गर्नै सक्दैनन्। यो राम्रो कुरा हो कि नराम्रो? (नराम्रो कुरा।) यसका परिणामहरू के-के हुन्? (यसले मानिसहरूलाई परमेश्‍वरलाई धोका दिने बनाउँछ।) (यसले मानिसहरूलाई परमेश्‍वरप्रति सतर्क हुन र उहाँलाई गलत बुझ्न, हृदयमा उहाँबाट टाढा जान, आफ्नो कर्तव्यलाई नकारात्मक रूपमा लिन, र महत्त्वपूर्ण आज्ञाहरू स्विकार्न डराउने बनाउँछ। तिनीहरू साधारण कर्तव्य निर्वाह गर्नमै सन्तुष्ट हुन्छन् र यसरी तिनीहरूले सिद्ध पारिने धेरै अवसर गुमाउँछन्।) के त्यस्ता मानिसहरूलाई मुक्ति दिन सकिन्छ? (सकिँदैन।)

पावलले दुई हजार वर्षपहिले धेरै दृष्टिकोणहरू प्रस्तुत गरेको थियो र धेरै पत्रहरू लेखेको थियो। ती पत्रहरूमा, उसले धेरै भ्रमहरू बताएको छ। मानिसहरूमा सुझबुझको कमी भएकोले, विगत दुई हजार वर्षदेखि बाइबल पढ्ने मानिसहरूले मुख्य रूपमा पावलकै विचार र दृष्टिकोणहरू स्विकारेका छन्, जबकि प्रभु येशूका वचनहरू पन्छाएका छन्, र परमेश्‍वरबाट आएका सत्यताहरू स्विकारेका छैनन्। के पावलका विचार र दृष्टिकोणहरू स्विकार्ने मानिसहरू परमेश्‍वरअघि आउन सक्छन्? के तिनीहरूले उहाँका वचनहरू स्विकार्न सक्छन्? (सक्दैनन्।) यदि तिनीहरूले परमेश्‍वरका वचनहरू स्विकार्न सक्दैनन् भने, के तिनीहरूले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न सक्छन्? (सक्दैनन्।) जब परमेश्‍वर तिनीहरूअघि आएर उभिनुहुन्छ, तब के तिनीहरूले परमेश्‍वरलाई चिन्‍न सक्छन्? के तिनीहरूले उहाँलाई आफ्नो परमेश्‍वर र प्रभुको रूपमा स्विकार्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? मानिसहरूको हृदय पावलका भ्रामक विचार र दृष्टिकोणहरूले भरिएको छ, र यसबाट नानाथरी सिद्धान्त र भनाइहरू पैदा भएको छ। जब मानिसहरूले परमेश्‍वर, उहाँको काम, उहाँका वचनहरू, उहाँको स्वभाव, र मानिसहरूप्रतिको उहाँको मनोवृत्ति मापन गर्न यी कुराहरू प्रयोग गर्छन्, तब तिनीहरू साधारण र सरल प्रकारका भ्रष्ट मानिसहरू रहँदैनन्, र तिनीहरूले परमेश्‍वरको विरोध गर्छन्, उहाँलाई सूक्ष्मजाँच र विश्‍लेषण गर्छन्, र उहाँप्रति शत्रुवत्‌ बन्छन्। के परमेश्‍वरले त्यस्ता मानिसहरूलाई बचाउन सक्नुहुन्छ? (सक्‍नुहुन्‍न।) यदि परमेश्‍वरले तिनीहरूलाई बचाउनुहुन्‍न भने, के तिनीहरूसित अझै पनि मुक्ति पाउने मौका हुन्छ? परमेश्‍वरको पूर्वनिर्धारण र छनौटले मानिसहरूलाई एउटा मौका दिएको छ, तर यदि परमेश्‍वरको पूर्वनिर्धारण र छनौटपछि पनि मानिसहरूले रोज्‍ने मार्ग पावललाई पछ्याउने मार्ग हो भने, के मुक्ति पाउने यो अवसर अझै अस्तित्वमा रहन्छ र? कति मानिसहरू भन्छन्, “मलाई परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको र चुन्नुभएको हो, त्यसकारण म पहिले नै सुरक्षित क्षेत्रमा छु। मैले अवश्य नै मुक्ति पाउनेछु।” के यी शब्दहरू सही छन्? परमेश्‍वरले पूर्वनिर्धारित गर्नु र चुन्नु भनेको के हो? यसको अर्थ तँ मुक्तिको उम्मेदवार बनेको छस् भन्‍ने हो, तर तैँले मुक्ति पाउँछस् कि पाउँदैनस् भन्‍ने कुरा तैँले कति राम्ररी पछ्याउँछस् र तैँले सही मार्ग रोजेको छस् कि छैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। के सबै उम्मेदवारहरूलाई अन्ततः छनौट गरिन्छ र मुक्ति दिइन्छ भन्‍ने हुन्छ र? हुँदैन। त्यसैगरी, यदि मानिसहरूले नकारात्मकता पोखाउने मानिसहरूले व्यक्त गर्ने अनाज्ञाकारिता, असन्तुष्टि, र गुनासो, वा टिप्पणी, विचार, र दृष्टिकोणजस्ता भावनाहरू स्विकार्छन्, र तिनीहरूको हृदय यी नकारात्मक कुराहरूले भरिएको र नियन्त्रित छ भने, यसले तिनीहरू अलिकति मात्रै सहमत छन् भन्‍ने देखाउँदैन—यसको अर्थ तिनीहरूले यी कुराहरू पूर्ण रूपमा स्विकार्छन् र तिनीहरू यी कुराहरूअनुसार जिउन चाहन्छन् भन्‍ने हुन्छ। जब मानिसहरू यी नकारात्मक कुराहरूअनुसार जिउँछन्, तब परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध के हुन्छ? यो शत्रुतापूर्ण सम्बन्धमा परिणत हुन्छ। यो सृष्टिकर्ता र सृष्टि गरिएका प्राणीहरूबीचको सम्बन्ध हुँदैन, न त परमेश्‍वर र भ्रष्ट मानवजातिबीचको सम्बन्ध नै हुन्छ, र यो अवश्य नै परमेश्‍वर र मुक्ति प्राप्त गर्ने मानिसहरूबीचको सम्बन्ध पनि हुँदैन। बरु, यो परमेश्‍वर र शैतानबीचको, परमेश्‍वर र उहाँका शत्रुहरूबीचको सम्बन्धमा परिणत हुन्छ। अनि त्यसैले, मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा प्रश्‍नचिन्ह, र अज्ञात कुरा बन्छ। बर्खास्त गरिएका मानिसहरूले व्यक्त गर्ने नकारात्मक अभिव्यक्तिहरू गुनासो, गलतफहमी, बहाना, र प्रतिरक्षाहरूले भरिएका हुन्छन्; तिनीहरूले मानिसहरूलाई बहकाउने र आफूतर्फ आकर्षित गर्ने केही कुराहरूसमेत बोलेका हुन्छन्। यी अभिव्यक्तिहरू सुनेपछि, मानिसहरूले परमेश्‍वरप्रति गलतबुझाइ र सतर्कता विकास गर्छन्, र हृदयमा उहाँबाट टाढा जाने र उहाँलाई इन्कार्नेसमेत गर्छन्। त्यसैले, जब त्यस्ता मानिसहरूले नकारात्मकता पोखाउँछन्, तब तिनीहरूलाई तुरुन्तै प्रतिबन्धित गर्नु र रोक्नुपर्छ। तिनीहरूले आफूले अनुभव गर्ने परिस्थितिहरूलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न, सत्यता खोजी गर्न, र परमेश्‍वरमा समर्पित हुन नसक्नु तिनीहरूको आफ्नै समस्या हो, र तिनीहरूलाई अरूमाथि असर पार्न दिनु हुँदैन। यदि तिनीहरूले यसलाई स्विकार्न सक्दैनन् भने, तिनीहरूले यसलाई बिस्तारै पचाएर आफै समाधान गरून्। तर यदि तिनीहरूले नकारात्मकता पोखाउँछन् र अरूको सामान्य प्रवेशमा असर पार्छन् र बाधा दिन्छन् भने, तिनीहरूलाई समयमै रोक्‍नु र प्रतिबन्धित गर्नुपर्छ। यदि तिनीहरूलाई प्रतिबन्धित गर्न सकिँदैन र तिनीहरूले मानिसहरूलाई बहकाउन र आफ्नो पक्षमा ल्याउन नकारात्मकता पोखाउने कार्य जारी राख्छन् भने, तिनीहरूलाई तुरुन्तै हटाउनुपर्छ। तिनीहरूलाई मण्डली जीवनमा बाधा दिइरहन दिनु हुँदैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्