अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१५) खण्ड पाँच

ख. अरूलाई प्राय आक्रमण गर्ने मानिसहरूका मानवताका विशेषताहरू

आज, हामीले आपसी आक्रमण र मौखिक कलहको समस्यासँग सम्बन्धित कैयौँ पक्षहरूबारे सङ्गति गरेका छौँ। के तिमीहरूले यी हरेक पक्षहरूमा पर्ने विभिन्‍न प्रकारका व्यक्तिहरूले प्रदर्शन गर्ने प्रकटीकरणहरूको प्रकृति बुझेका छौ? अरूलाई आक्रमण गर्ने प्रवृत्ति भएकाहरूबाट सुरु गरौँ—के तिनीहरूसँग सामान्य मानवताको समझ हुन्छ? (हुँदैन।) तिनीहरूको समझको कमीको प्रकटीकरण कसरी हुन्छ? मानिस, घटना, र कामकुराहरूप्रति तिनीहरूका मनोवृत्ति र सिद्धान्तहरू के-के हुन्? विविध मानिस, घटना, र कामकुराहरू सम्हाल्न तिनीहरूले छनौट गर्ने विधि र मनोवृत्तिहरू के-के हुन्? उदाहरणका लागि, सही र गलतबारे बहस गर्न मन पराउनु, के यो मानिस, घटना, र कामकुराहरूप्रति तिनीहरूले राख्‍ने मनोवृत्तिहरूमध्ये एउटा होइन र? (हो।) सही र गलतबारे बहस गर्न मन पराउनु भनेको, हरेक मामलामा सही के हो वा गलत के हो भनेर स्पष्ट पार्ने प्रयास गर्नु, र मामला स्पष्ट नभएसम्म र को सही हो र को गलत हो भनेर नबुझेसम्म नरोकिनु, र व्यर्थका कुराहरूमा एकोहोरो लागिरहने जिद कस्नु हो। यसरी व्यवहार गर्नुको के अर्थ? के अन्ततः सही र गलतबारे तर्क गर्नु सही हुन्छ? (हुँदैन।) गल्ती कहाँ छ? के सत्यता अभ्यास गर्नुसँग यसको कुनै सम्बन्ध छ? (कुनै सम्बन्ध छैन।) किन कुनै सम्बन्ध छैन भनेर भन्छस्? सही र गलतबारे बहस गर्नु भनेको सत्यता सिद्धान्तहरू पालन गर्नु होइन, यो सत्यता सिद्धान्तहरूबारे छलफल वा सङ्गति गर्नु होइन; बरु, मानिसहरूले सधैँ को सही हो र को गलत हो, को ठीक हो र को बेठीक हो, को सही पक्षमा छ र को छैन, कोसँग राम्रो कारण छ, र कोसँग छैन, र कसले उच्च धर्मसिद्धान्त व्यक्त गर्छ भन्नेबारे कुरा गर्छन्; तिनीहरू यही कुरामा खोजिनिधी गर्छन्। जब परमेश्‍वरले मानिसहरूलाई परीक्षाहरूमाझ राख्नुहुन्छ, तब तिनीहरू सधैँ परमेश्‍वरसँग बहस गर्ने प्रयास गर्छन्, तिनीहरू सधैँ कुनै न कुनै कारण लिएर आउँछन्। के परमेश्‍वरले तँसँग त्यस्ता कुराहरूका बारेमा छलफल गर्नुहुन्छ? के परमेश्‍वर प्रसङ्ग के हो भनेर सोध्नुहुन्छ? के परमेश्‍वर तेरा कारण र अभिप्रायहरू के-के हुन् भनेर सोध्नुहुन्छ? उहाँ सोध्‍नुहुन्‍न। परमेश्‍वरले तँलाई जाँच्दा तँमा समर्पणताको मनोवृत्ति छ कि प्रतिरोधको मनोवृत्ति छ भनेर सोध्नुहुन्छ। परमेश्‍वर तैँले सत्यता बुझ्छस् कि बुझ्दैनस्, तँ समर्पित छस् कि छैनस् भनेर सोध्नुहुन्छ। परमेश्‍वरले माग गर्नुहुने यति हो, अरू केही छैन। परमेश्‍वर तँलाई तेरो समर्पणताको कमीको कारण के हो भनेर सोध्नुहुन्न, तेरा कारणहरू राम्रा छन् कि छैनन् भनेर हेर्नुहुन्न—उहाँ यस्ता कुराहरूका बारेमा बिलकुलै ख्याल गर्नुहुन्न। परमेश्‍वर तँ समर्पित छस् कि छैनस् भन्‍ने कुरा मात्रै हेर्नुहुन्छ। तेरो जिउने वातावरण र प्रसङ्ग जस्तोसुकै भए पनि, परमेश्‍वर तेरो हृदयमा समर्पणता छ कि छैन, तँमा समर्पणताको मनोवृत्ति छ कि छैन भनेर मात्रै छानबिन गर्नुहुन्छ। परमेश्‍वर तँसँग सही र गलतबारे बहस गर्नुहुन्न; परमेश्‍वर तेरा कारणहरू के हुन् भन्‍नेबारे चासो राख्नुहुन्न। परमेश्‍वर त तँ साँच्‍चै समर्पित छस् कि छैनस् भन्‍ने कुराबारे मात्रै चासो राख्नुहुन्छ—परमेश्‍वरले तँबाट यति मात्र माग्नुहुन्छ। के यो सत्यता सिद्धान्त होइन र? सही र गलतबारे बहस गर्न, साथै मौखिक कलहमा संलग्‍न हुन मन पराउने मानिसहरू—के तिनीहरूको हृदयमा सत्यता सिद्धान्तहरू हुन्छन्? (हुँदैनन्।) किन हुँदैनन्? के तिनीहरूले कहिल्यै सत्यता सिद्धान्तहरूमा ध्यान दिएका हुन्छन्? के तिनीहरूले कहिल्यै तिनलाई पछ्याएका हुन्छन्? के तिनीहरूले कहिल्यै तिनलाई खोजेका हुन्छन्? तिनीहरूले कहिल्यै पनि तिनलाई ध्यान दिएका, वा पछ्याएका वा तिनको खोजी गरेका हुँदैनन्, र ती कुराहरू तिनीहरूको हृदयमा हुँदै हुँदैनन्। फलस्वरूप, तिनीहरू मानव धारणाहरूमा मात्रै जिउन सक्छन्, तिनीहरूको हृदयमा सही र गलत, ठीक र बेठीक, बहाना, कारण, कुतर्क, र तर्कहरू मात्र हुन्छन्, जसपछि चाँडै तिनीहरू एक-अर्कालाई आक्रमण गर्छन्, आलोचना गर्छन्, र निन्दा गर्छन्। यस्ता मानिसहरूको स्वभाव कस्तो हुन्छ भने तिनीहरू सही र गलतबारे बहस गर्न र मानिसहरूको आलोचना र निन्दा गर्न मन पराउँछन्। यस्ता मानिसहरूसँग सत्यताप्रति कुनै प्रेम वा स्वीकारभाव हुँदैन, तिनीहरूले परमेश्‍वरलाई जाँच्ने र उहाँसँग बहस गर्ने, परमेश्‍वरको आलोचना र अवज्ञा गर्नेसमेत सम्भावना हुन्छ। अन्ततः, तिनीहरू दण्डित हुन पुग्नेछन्।

के सही र गलतबारे बहस गर्न मन पराउनेहरूले सत्यता खोजी गर्छन्? के तिनीहरू यी परिस्थितिहरूमा आफूले सामना गर्ने मानिस, घटना र कामकुराहरूमार्फत परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरका मागहरू, वा अभ्यास गर्नुपर्ने सत्यता सिद्धान्तहरू खोज्छन्? खोज्दैनन्। परिस्थितिहरू सामना गर्दा, तिनीहरूसित “त्यो घटना कस्तो थियो” वा “त्यो व्यक्ति कस्तो छ” भनेर अध्ययन गर्ने प्रवृत्ति हुन्छ। यो व्यवहार के हो? के मानिसहरूले यसैलाई नै प्रायजसो अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिनु भन्दैनन् र? तिनीहरू मानिसहरूको जायजता र घटना परिघटनाहरूबारे बहस गर्छन्, र यी कुराहरू स्पष्ट पार्न जिद्दी गर्छन्, तर तिनीहरूले यी जटिल परिस्थितिहरूको प्रक्रियाको कुन भागमा सत्यता खोजी गरेका, सत्यता बुझेका वा अन्तर्दृष्टि पाएका छन् भनेर तिनीहरू उल्लेख गर्दैनन्। तिनीहरूसँग अभ्यासका यी अनुभव र विधिहरू हुँदैन। तिनीहरू यसो मात्रै भन्छन्: “तिमीले स्पष्ट रूपमै त्यो मामलामा मलाई निसाना बनाइरहेको थियौ, मलाई अपमान गरिरहेको थियौ। के तिमीलाई म यो कुरा थाहा पाउन नसक्‍ने गरी यति मूर्ख छु भन्‍ने लाग्छ? तिमीले किन मलाई अपमान गरेको? मैले तिमीलाई चिढ्याएको छैनँ; तिमीले किन मलाई निसाना बनाएको? तिमीले मलाई निसाना बनाएर लक्षित गरिरहेका हुनाले, म पनि पछि हट्नेछैनँ! मैले तिमीलाई धैर्यता देखाएको धेरै भइसक्यो, तर मेरो धैर्यताको पनि सीमा छ। मलाई सहजै हेप्‍न सक्छु भन्‍ने नसोच; म तिमीसँग डराउँदिनँ!” यी समस्याहरूमै अल्झिएर, तिनीहरू निरन्तर आफ्ना स्पष्टीकरण प्रस्तुत गर्छन्, अनि सही र गलत अनि ठीक र बेठीक कुराहरूबारे अड्किरहन्छन्, तर तिनीहरूका ती तथाकथित स्पष्टीकरणहरू सत्यतासँग पटक्‍कै मिल्दैनन्, र ती कुनै एक शब्द पनि परमेश्‍वरका मागहरूअनुरूप हुँदैनन्। तिनीहरू मानिस, घटना, र कामकुराहरूबारे यति हदसम्म बोलिरहन्छन् कि अरूहरू अत्यन्तै दिक्‍क हुन्छन् र कोही पनि तिनीहरूको कुरा सुन्न इच्छुक हुँदैन, तैपनि तिनीहरू आफूचाहिँ ती कुराहरूबारे बोलेर कहिल्यै थाक्दैनन्, र तिनीहरू चाहे जहाँ गए पनि तिनै कुराहरूबारे बोलिरहन्छन्, मानौँ तिनीहरूमाथि भूत चढेको छ। अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिनु र सत्यता खोजी गर्न पटक्‍कै नमान्‍नु भनेको यही हो। आपसी आक्रमण र मौखिक कलहमा संलग्‍न हुने मानिसहरूको दोस्रो विशेषता भनेको तिनीहरूमा अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिन विशेष रुचि हुनु हो। के अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिने मानिसहरू सत्यतालाई प्रेम गर्छन्? (गर्दैनन्।) तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, यो कुरा स्पष्टै छ। त्यसोभए, के यी व्यक्तिहरूले सत्यता बुझ्छन् त? के परमेश्‍वरले बोल्नुहुने सत्यता वास्तवमा के हो भन्‍ने तिनीहरूलाई थाहा हुन्छ? अथक रूपमा मानिस र अरू कामकुराहरूमा घोत्लिने तिनीहरूको बाहिरी व्यवहार मूल्याङ्कन गर्दा, के तिनीहरूलाई सत्यता वास्तवमा के हो भन्‍ने थाहा हुन्छ? तिनीहरूलाई थाहै हुँदैन, त्यो स्पष्ट छ। तिनीहरूले आदर गर्ने विचारचाहिँ के हो त? त्यो विचार के हो भने, जसको शब्द सबैभन्दा बढी औचित्यपूर्ण हुन्छ ऊ नै सही हुन्छ, जसको व्यवहार निष्कपट र सबैले देख्‍न सक्‍ने गरी उदाङ्गो पार्न सकिने हुन्छ ऊ नै सही हुन्छ, र जसले बहुमतको अनुमोदन प्राप्त गर्दै नैतिकता, नीतिशास्‍त्र, र परम्परागत संस्कृतिअनुसार कार्य गर्छ, ऊ नै सही हुन्छ। तिनीहरूको दृष्टिकोणमा, यो “सही” ले सत्यता प्रतिनिधित्व गर्छ, त्यसकारण तिनीहरू निकै निर्लज्जताका साथ अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिन सक्छन्, र यी मामलाबारे बोल्‍न कहिल्यै छोड्दैनन्। तिनीहरूलाई के विश्‍वास हुन्छ भने, आफू सही साबित हुनु भनेको आफूसँग सत्यता हुनुसरह हो—के यो अत्यन्तै समस्याजनक कुरा होइन र? कतिपय मानिसहरू भन्छन्, “मैले मण्डलीको काममा अवरोध वा बाधा दिएको छैनँ, म अरूबाट फाइदा लिँदिनँ, मलाई अरूका कुराहरू चोर्न मन पर्दैन, र म हेपाहा छैनँ; म दुष्ट व्यक्ति होइन।” के यसको तात्पर्य तँ सत्यता अभ्यास गर्ने, सत्यता भएको व्यक्ति होस् भन्ने हुन्छ? अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिने ठूलो जमातले आफू अफवाहहरूबारे चिन्ता गर्नुनपर्ने सोझा मानिसहरू भएको ठान्छन्, र आफूलाई कहिल्यै अरूको चापलुसी नगर्ने सीधा र आदरणीय मानिसहरू ठान्छन्। त्यसकारण, परिस्थितिहरू सामना गर्दा, तिनीहरू तर्कवितर्क र बहस गर्ने गर्छन्, र यी माध्यमहरूद्वारा आफ्नो औचित्य सही छ भनेर प्रमाणित गर्न जिद कस्छन्। तिनीहरू के विश्‍वास गर्छन् भने, यदि तिनीहरूको स्पष्टीकरण ठोस छ, र यसलाई खुलस्त रूपमा प्रस्तुत गर्न सकिन्छ, र बहुमत यसमा सहमत हुन्छ भने, तिनीहरू सत्यता भएको व्यक्ति हुन्छन्। तिनीहरूको “सत्यता” के हो? यसलाई कुन मानकद्वारा मापन गरिन्छ? के त्यस्ता मानिसहरूले सत्यता बुझ्न सक्छन् भन्‍ने तिमीहरूलाई लाग्छ? (लाग्दैन।) त्यसकारण, तिनीहरू सधैँ अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिन्छन् र तिनै कुराहरूमा जिद्दीपूर्वक लागिरहन्छन्। यी मानिसहरू सत्यता बुझ्दैनन्, त्यसकारण तिनीहरू सधैँ यसो भन्छन्, “मैले तिमीलाई चिढ्याएको छैनँ। तिमीले किन सधैँ मलाई निसाना बनाइरहेको हुन्छौ? तिमीले मलाई निसाना बनाउनु गलत कुरा हो!” तिनीहरू यस्तो विश्‍वास गर्छन्, “यदि मैले तिमीलाई चिढ्याएको छैनँ भने, तिमीले मसँग यस्तो व्यवहार गर्नु हुँदैन। तिमीले मलाई यसरी व्यवहार गरिरहेका हुनाले, म तिमीलाई पनि त्यसै गर्नेछु, म प्रतिकार गर्नेछु, र मेरो बदला वैध आत्मरक्षा हो, यो न्यायसङ्गत कुरा हो। सत्यता सिद्धान्त यही हो। त्यसकारण, तिमीले गरिरहेको कुरा सत्यता सिद्धान्तहरूअनुरूप छैन, तर मैले गरिरहेको कुरा त्यसअनुरूप छ। त्यसकारण म यही विषयमा घोत्लिनेछु, र म सधैँ यो समस्या उठाउनेछु, र सधैँ तिम्रो बारे उल्लेख गर्नेछु!” तिनीहरू अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिनु सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ भन्‍ने विश्‍वास गर्छन्, तर के यो ठूलो गल्ती होइन र? यो साँच्‍चै नै ठूलो गल्ती हो, र तिनीहरू गलत कुराप्रति उन्मुख भएका हुन्छन्। अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिनु सत्यता अभ्यास गर्नुभन्दा पूर्ण रूपमा फरक मामला हो। यी मानिसहरूको मानवताको दोस्रो समस्या यही हो—तिनीहरू अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिन्छन्। मानवताका समस्याहरू केसँग सम्बन्धित हुन्छन्? के ती व्यक्तिको प्रकृतिसँग सम्बन्धित हुँदैनन् र? यी मानिसहरूले परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरेका हुन्छन्, तर तिनीहरू सत्यता बुझ्दैनन्, र तिनीहरूले जानेका शब्दहरू, जस्तै खुला र स्पष्ट हुनु, सीधा र इमानदार हुनु, निष्कपट र खुलस्त हुनु, सोझोसाझा हुनु, आदि इत्यादि कुराहरू आफूलाई आचरणमा कसरी ढाल्ने भन्‍ने कुराका आधारभूत पक्षहरू हुन् भन्‍ने सोच्छन्, र तिनीहरू यी कुराहरूलाई सत्यता सिद्धान्तहरू ठान्छन्। यो अत्यन्तै गलत दृष्टिकोण हो।

आपसी आक्रमणमा संलग्‍न हुने र मौखिक कलहमा लाग्‍ने प्रवृत्ति भएका मानिसहरूमा असामान्य मानवता हुन्छ। यसको पहिलो पक्ष भनेको सही र गलतबारे बहस गर्न मन पराउनु हो; दोस्रो भनेको अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिनु हो। तेस्रो पक्ष के हो? के यो, तिनीहरूले सत्यता स्विकार्न पूर्ण रूपमा इन्कार्नु होइन र? तिनीहरू एउटा पनि सही अभिव्यक्ति स्विकार्न सक्दैनन्। तिनीहरू सोच्छन्, “तिमीले भनेको कुरा सही नै भए पनि, तिमीले अझै पनि मलाई इज्जत जोगाउन मद्दत गर्नुपर्छ, तिमीले चलाखीसाथ बोल्नुपर्छ र मलाई चोट पुर्‍याउनु हुँदैन। यदि तिम्रा शब्दहरू तिखा छन् र त्यसले गर्दा मैले इज्जत गुमाउन सक्छु भने, तिमीले ती कुरा मलाई व्यक्तिगत रूपमा भन्‍नुपर्छ। तिमीले मलाई धेरै मानिसहरूअघि चोट पुर्‍याउने, मेरो अभिमानको ख्याल नै नगर्ने र मलाई लाजमर्दो परिस्थितिबाट निस्कने बाटो नदिने गर्नु हुँदैन। अझ भन्‍ने हो भने, तिमीले भनेको कुरा गलत छ, र त्यसकारण मैले प्रतिकार गर्नुपर्छ!” अझै गम्भीर अवस्थामा त, यस्ता मानिसहरूले प्रतिरोध नै गर्छन्: “तिम्रा शब्दहरू चाहे जति नै सही भए पनि म तिनलाई स्विकार्नेछैनँ! तिमीले अरू कसैको बारे कुरा गर्छौ भने ठीकै छ, तर मलाई निसाना बनाउनु ठीक हुँदैन, चाहे तिमी सही नै किन नहोऊ!” परमेश्‍वरका वचनहरू पढ्दा पनि, यदि तिनीहरूले परमेश्‍वरका वचनहरूले तिनीहरूलाई निसाना बनाइरहेका वा खुलासा गरिरहेका छन् भन्‍ने महसुस गरे भने, तिनीहरू ती वचनहरूप्रति वितृष्ण हुन्छन् र ती सुन्‍न अनिच्छुक हुन्छन्—यति मात्र हो, तिनीहरूले परमेश्‍वरका वचनहरू मात्र सामना गरिरहेका हुनाले, तिनीहरू उहाँसँग बहस गर्न सक्दैनन्। यदि कसैले तिनीहरूका समस्या वा स्थितिहरू आमनेसामने औँल्यायो, वा तिनीहरूलाई निसाना बनाउने मनसायबिना अनजानमै तिनीहरूलाई उल्लेख गर्‍यो भने, तिनीहरू प्रतिकार गर्न र मौखिक कलह सुरु गर्न सक्छन्। के यसको अर्थ त्यस्ता व्यक्तिहरूले सत्यता स्विकार्न पूर्ण रूपमा इन्कार्छन् भन्‍ने हुँदैन र? (हुन्छ।) तिनीहरूको मानवताको सार यही हो—सत्यता स्विकार्न पूर्ण रूपमा इन्कार्नु। त्यसकारण, तिनीहरूको मौखिक कलहको विषयवस्तु जेसुकै भए पनि वा यी कलहहरू जहाँ भए पनि त्यस्ता मानिसहरूको मानवता स्पष्टै हुन्छ। तिनीहरू सत्यता बुझ्दैनन्, र प्रवचनहरूमा भनिएको कुरा बुझे पनि तिनीहरू सत्यता स्विकार्दैनन्; तिनीहरू अझै पनि आपसी आक्रमणमा संलग्‍न हुन्छन् र निरन्तर मौखिक कलहमा सहभागी हुन्छन्, वा तिनीहरूमा प्रायजसो अरूलाई आक्रमण गर्ने प्रवृत्ति हुन्छ। तिनीहरूका यी प्रकटीकरणहरू मूल्याङ्कन गर्दा, तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? सबभन्दा पहिला त, के तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन्? के तिनीहरू सत्यता बुझेपछि त्यो अभ्यास गर्न सक्‍ने व्यक्तिहरू हुन्? (होइनन्।) जब तिनीहरूले समस्याहरू पत्ता लगाउँछन्, तब के तिनीहरू तिनलाई समाधान गर्न सत्यता खोजी गर्न सक्छन्? (सक्दैनन्।) जब तिनीहरू अरू मानिसहरूबारे धारणाहरू, र पूर्वाग्रहहरू वा व्यक्तिगत रायहरू बोक्छन्, तब के तिनीहरू सत्यताको खोजी गर्नका लागि ती कुराहरू पन्छाउने पहल गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरू यी कुनै पनि कुरा गर्न सक्दैनन्। तिनीहरूले गर्न नसक्‍ने यी सबै कुराहरू हेर्दा, अरूलाई आक्रमण गर्ने र मौखिक कलहमा संलग्‍न हुने प्रवृत्ति भएका सबै व्यक्तिहरू असल हुँदैनन् भन्‍ने स्पष्ट हुन्छ। तिनीहरूका विभिन्‍न प्रकटीकरणहरू मूल्याङ्कन गर्दा, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् र सत्यता खोजी गर्न इच्छुक हुँदैनन्। सत्यतासँग सम्बन्धित मामलाहरूमा, तिनीहरूले जुनसुकै पूर्वाग्रह वा त्रुटिपूर्ण दृष्टिकोणहरू विकास गरे पनि तिनीहरू आत्मधर्मी नै हुन्छन् र बिलकुलै सत्यता खोजी गर्दैनन्, र तिनीहरूलाई स्पष्ट रूपमा सत्यता सङ्गति गरिए पनि त्यो स्विकार्न तिनीहरू मान्दैनन्, झन् सत्यता अभ्यास गर्न इच्छुक हुनु त परको कुरा हो। साथसाथै, यी व्यक्तिहरूले अझै घृणित प्रकटीकरण देखाउँछन्: केही शब्द र धर्मसिद्धान्तहरूको बुझाइ प्राप्त गरेपछि, तिनीहरू आफूले बुझेका यी महान् धर्मसिद्धान्तहरू अरूलाई स्वेच्छाचारी ढङ्गले आक्रमण गर्न, आलोचना गर्न, र निन्दा गर्न, र अरूलाई बन्धन र नियन्त्रणमा पार्नसमेत प्रयोग गर्छन्। यदि तिनीहरूले तँलाई आफ्नो आलोचना र निन्दाद्वारा अधीनमा पार्न सकेनन् भने, खोक्रा सिद्धान्तहरूद्वारा तँलाई बन्धनमा पार्ने हरेक तरिका सोच्छन्। यदि तँ अझै पनि अधीनस्थ भइनस् भने, तिनीहरूले तँलाई आक्रमण गर्न अझै घृणित र भयानक विधिहरूको सहारा लिन्छन्, जबसम्म तँ तिनीहरूका अघि हार मान्दैनस्, अनि कमजोर र नकारात्मक बन्छस्, वा तिनीहरूलाई आदर गर्न थाल्छस् र तिनीहरूको चालबाजीमा पर्न थाल्छस्—त्यसपछि तिनीहरूलाई सन्तुष्टि हुनेछ। त्यसैले, यी व्यवहार, प्रकटीकरण, र सत्यताप्रतिको मनोवृत्तिका आधारमा, यी व्यक्तिहरू कस्ता प्रकारका मानिसहरू हुन्? तिनीहरू सत्यता स्विकार्न पूर्ण रूपमा इन्कार्छन्—सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति यही हो। अनि तिनीहरूको मानवताचाहिँ कस्तो हुन्छ? तिनीहरूमध्ये अधिकांश दुष्ट मानिसहरू हुन्; ठेट हिसाबमा भन्दा, तिनीहरूमध्ये ९०% भन्दा बढी दुष्ट मानिसहरू हुन्। दुष्ट मानिसहरू हरेक मामलामा सही र गलत स्पष्ट पार्न मन पराउँछन्, नत्रता, तिनीहरू त्यो कुरालाई त्यतिकै छोड्नेछैनन्, र तिनीहरूमा सधैँ यस्तै प्रकारको प्रवृत्ति हुन्छ। यसका साथै, कुनै परिस्थितिहरू सामना गर्दा, दुष्ट व्यक्तिहरू मानिस र कामकुराहरूमै अल्झेर बस्छन्, र अथक रूपमा ती कुराहरूमै घोत्लिन्छन्, सधैँ आफ्नै स्पष्टीकरणहरू प्रस्तुत गर्छन्, र सधैँ आफ्नो कुरामा सबैलाई सहमत हुन र समर्थन गर्न लगाउने, र आफू सही छु भनेर दाबी गर्ने प्रयास गर्छन्, र कसैलाई पनि तिनीहरूबारे खराब कुरा बोल्‍न दिँदैनन्। अझ भन्‍ने हो भने, परिस्थितिहरू सामना गर्नुपर्दा दुष्ट मानिसहरू सधैँ मानिसहरूलाई पिँजडामा राख्‍ने र नियन्त्रण गर्ने अवसरहरू खोज्छन्। मानिसहरूलाई नियन्त्रण गर्न तिनीहरू कुन विधि प्रयोग गर्छन्? तिनीहरूले सबैको निन्दा गर्छन्, र हरेक व्यक्तिलाई ऊ अपर्याप्त छ, ऊसँग समस्या र गल्तीहरू छन्, र ऊ यी दुष्ट मानिसहरूभन्दा निकृष्ट छ भन्‍ने विश्‍वास गराउँछन्, जसपछि यी दुष्ट मानिसहरूलाई प्रसन्‍न र खुसी महसुस हुन्छ। तिनीहरूले आफूलाई मात्रै उभिन दिएर, अरू सबैलाई हराएपछि, के तिनीहरूले सबैलाई आफ्नो नियन्त्रणमा ल्याएका हुँदैनन् र? मानिसहरूलाई नियन्त्रण गरेर तिनीहरूले हासिल गर्ने उद्देश्य भनेको सबैलाई निन्दा गर्नु र ढाल्नु हो, यसरी सबैलाई आफू असमर्थ भएको विश्‍वास गराउनु, सबलाई नकारात्मक र कमजोर बनाउनु र परमेश्‍वरका वचनहरू र सत्यतामाथिको आस्था गुमाउने, र परमेश्‍वरमाथिको आस्था गुमाउने अनि पछ्याउने मार्ग नहुने तुल्याउनु हो—यसपछि यी दुष्ट मानिसहरूलाई खुसी र सन्तुष्टि मिल्छ। यी पक्षहरू हेर्दा, के यस प्रकारका मानिसहरूमा अधिकांश दुष्ट मानिसहरू नै हुन्छन् भन्‍ने स्पष्ट हुँदैन र? समूहमा हुँदा, चाहे आमनेसामने होस् वा मानिसहरूको पिठ्युँपछाडि होस्, कस्ता मानिसहरूसँग सधैँ अरूलाई आक्रमण गर्ने प्रवृत्ति हुन्छ, र अरूलाई आक्रमण गर्न विभिन्‍न विधिहरू प्रयोग गर्छन्, त्यो हेर्—त्यस्ता मानिसहरू दुष्ट मानिसहरू हुन्। यी व्यक्तिहरू सत्यता पटक्‍कै स्विकार्दैनन्, न त सत्यता सङ्गति नै गर्छन्, र तिनीहरू आफू असल मानिस हुँ, आफूले जे गरे पनि त्यो उचित र आधारपूर्ण हुन्छ, र आफ्नो व्यवहार सीधा र निष्कपट छ भनेर घमण्ड गर्न प्रायजसो परिस्थितिको फाइदा उठाउँछन्—तिनीहरू सधैँ आफू सभ्य र आदरणीय, र सीधा र न्यायपूर्ण व्यक्ति हुँ भनेर घमण्ड गर्छन्। यी मानिसहरू कहिल्यै पनि सत्यताको गवाही दिँदैनन्, न त परमेश्‍वरका वचनहरूको गवाही नै दिन्छन्, तिनीहरूलाई त अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिन, र आफ्नै स्पष्टीकरणहरू प्रस्तुत गर्न मात्रै मन पर्छ। तिनीहरूको अभिप्राय र उद्देश्य भनेको आफू असल मानिस हुँ, र आफूले सबै कुरा बुझेको छु भनेर मानिसहरूलाई विश्‍वास दिलाउनु हो। मण्डलीमा आपसी आक्रमण र मौखिक कलहमा प्राय संलग्‍न हुने मानिसहरूका हकमा भन्‍नुपर्दा, चाहे त्यो आक्रमणको सुरुवात गर्ने मानिस होऊन् वा आक्रमणमा परेका मानिस होऊन्, यदि मण्डली जीवनमा अवरोध र बाधा पैदा भयो भने, धेरैजसो मानिसहरू तिनीहरूलाई चेतावनी दिन र प्रतिबन्धित गर्न खडा हुनुपर्छ। यी मानिसहरूलाई खराब कुराहरू गर्दै उन्मत्त हुने समय दिनु हुँदैन, न त तिनीहरूलाई आफ्नो व्यक्तिगत रिस र अस्थायी आवेगका कारण आफ्नो व्यक्तिगत द्वेष पोख्ने र बदला लिने प्रयास गर्दै अरूलाई असर गर्न नै दिनुहुन्छ। अवश्य नै, मण्डली अगुवाहरूले पनि कर्तव्यनिष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, र यी मानिसहरूलाई मण्डली जीवनमा अवरोध र बाधा दिनबाट प्रभावकारी रूपमा प्रतिबन्धित गर्नुपर्छ, र अधिकांश मानिसहरूलाई बाधाबाट जोगाउनुपर्छ। जब मानिसहरू आपसी आक्रमण र मौखिक कलहमा संलग्‍न हुन्छन्, तब मण्डली अगुवाहरूले तिनीहरूलाई समयमै रोक्न र प्रतिबन्धित गर्न सक्‍नुपर्छ। यदि तिनीहरूलाई रोक्ने र प्रतिबन्धित गर्ने प्रयासले समस्या समाधान गर्दैन, र तिनीहरू एकअर्कालाई आक्रमण गर्न र मौखिक कलहमा संलग्‍न हुन जारी राख्छन्, अरूलाई बाधा दिन्छन्, र मण्डली जीवनमा निरन्तर हानि गर्छन् भने, त्यस्ता व्यक्तिहरूलाई निकाल्नु वा निष्कासित गरिनुपर्छ। यही नै मण्डली अगुवाहरूको जिम्मेवारी हो।

हामीले आपसी आक्रमण र मौखिक कलहमा संलग्‍न हुने मानिसहरूका व्यवहार र प्रकटीकरणहरूबारे निकै सङ्गति गरेका छौँ। हामीले भर्खरै तिनीहरूको मानवताबारे छोटकरीमा चिरफार र सङ्गति पनि गरेका छौँ, जसले तिमीहरूलाई तिनीहरूबारे अझै बढी सुझबुझ पाउन, र तिमीहरूमध्ये धेरैलाई के भइरहेको छ भनेर पत्ता लगाउन र तिनीहरूले बोल्दा र व्यवहार गर्दा तिनीहरूलाई समयमै खुट्ट्याउन सक्षम तुल्याउनेछ। तिमीहरूले यी मानिसहरूको सार जति राम्ररी बुझ्छौ र जान्दछौ, त्यति नै चाँडो तिमीहरूले तिनीहरूलाई खुट्ट्याउन सक्नेछौ, र नतिजास्वरूप तिमीहरूलाई तिनीहरूद्वारा झन्झन् कम बाधा दिइनेछ। आपसी आक्रमण र मौखिक कलहमा संलग्‍न हुनेहरूले मण्डली जीवनमा र परमेश्‍वरका चुनिएका मानिसहरूलाई गर्ने हानिबारे तिमीहरूमध्ये धेरैजसोलाई स्पष्ट भएको हुनुपर्छ। यस्ता प्रकारका मानिसहरूले पक्‍कै पनि आत्मचिन्तन गर्नेछैनन् र लडाइँ गर्न पनि छोड्नेछैनन्। यदि तिनीहरूलाई तुरुन्तै तह लगाइएन र निकालिएन भने, तिनीहरूले मण्डली जीवनमा निरन्तर अवरोध र बाधाहरू ल्याउनेछन्। त्यसकारण, यस्ता मानिसहरूलाई तह लगाउनु र हटाउनु मण्डली अगुवाहरूको कामको अत्यन्तै महत्त्वपूर्ण विषयवस्तु हो र यसलाई बेवास्ता गरिनु हुँदैन।

जुन ५, २०२१

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्