अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१४) खण्ड एक
हामीले अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरूबारे कति लामो समयदेखि सङ्गति गर्दै आएका छौँ? (साढे चार महिनादेखि।) यसबारे यति लामो समयसम्म सङ्गति गरिसकेपछि, के तिमीहरूले अहिले अगुवाहरू र कामदारहरूले गर्नुपर्ने निश्चित कामबारे अलिक स्पष्ट रूपमा बुझेका छौ? (हो, यसबारे हाम्रो बुझाइ अलिक स्पष्ट भएको छ।) यो पहिलेभन्दा स्पष्ट भएको हुनुपर्छ। मेरो सङ्गति यति विशिष्टीकृत र स्पष्ट छ कि यदि कसैले अझै पनि बुझेन भने, यसको अर्थ ऊ मन्दबुद्धिको हो भन्ने हुन्छ, होइन र? (हो।) अहिले यसलाई हेर्दा, के तिमीहरूलाई असल अगुवा वा कामदार बन्नु सजिलो छ जस्तो लाग्छ? (यो सजिलो छैन।) के-कस्ता गुणहरू चाहिन्छ? (व्यक्तिमा अगुवाहरू र कामदारहरूको लागि चाहिने आवश्यक क्षमता र मानवता, साथै सत्यता वास्तविकता, र जिम्मेवारी बोध हुनु आवश्यक हुन्छ।) कम्तीमा पनि, व्यक्तिमा विवेक, समझ, र बफादारिता हुनुपर्छ, र त्यसपछि क्षमता र कार्य सामर्थ्य हुनुपर्छ। जब कुनै व्यक्तिमा यी सबै गुणहरू हुन्छन्, तब ऊ असल अगुवा वा कामदार हुन सक्छ र उसले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ।
विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्याउने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; तिनलाई रोक्ने, प्रतिबन्धित गर्ने र कामकुराहरूलाई सुल्टाउने; यसका अतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत खुट्ट्याइ विकास गरून् र ती कुराहरूबाट सिकून् (भाग दुई)
पछिल्लो भेलामा, हामीले अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरूको बाह्रौं बुँदाबारे सङ्गति गर्यौँ: “परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्याउने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; तिनलाई रोक्ने, प्रतिबन्धित गर्ने र कामकुराहरूलाई सुल्टाउने; यसका अतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत खुट्ट्याइ विकास गरून् र ती कुराहरूबाट सिकून्।” यो बुँदाभित्र, हामीले सुरुमा मुख्य रूपमा परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा के-कस्ता मानिस, घटना, र कामकुराहरूले बाधा र व्यवधान ल्याउँछन् भन्नेबारे सङ्गति गरेका थियौँ। यदि अगुवाहरू र कामदारहरूले मण्डलीभित्र बाधा र व्यवधानहरू ल्याउने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई रोक्न र सीमित गर्न चाहन्छन्, र यो काम राम्ररी गर्न चाहन्छन् भने, तिनीहरूले सुरुमा कुन-कुन मानिस, घटना, र कामकुराहरूले परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउँछन् भनेर जान्नु र पत्ता लगाउनुपर्छ। त्यसपछि, तिनीहरूले यी कुराहरूलाई मण्डलीको वास्तविक काम र मण्डली जीवनका मानिस, घटना, र कामकुराहरूसँग दाँजेर हेर्नुपर्छ, र त्यसपछि तिनलाई रोक्ने र प्रतिबन्धित गर्नेजस्ता विभिन्न कामहरू गर्नुपर्छ। यो अगुवाहरू र कामदारहरूको लागि दिइएको माग हो। हाम्रो पछिल्लो भेलामा, हामीले मण्डली जीवनसँग सम्बन्धित कुराहरूबाट सुरु गर्दै मण्डली र मण्डली जीवनको काममा बाधा र व्यवधान ल्याउने विभिन्न मानिस, घटना, र कामकुराहरूबारे सङ्गति गर्यौँ। हामीले बाधा र व्यवधान ल्याउने प्रकृति भएका मण्डली जीवनका ती मानिस, घटना, र कामकुराहरूलाई वर्गीकरण पनि गर्यौँ। जम्मा कति वटा समस्याहरू थिए? (एघार वटा। पहिलो, सत्यता सङ्गति गर्दा प्रायजसो विषयबाट बाहिर जानु; दोस्रो, मानिसहरूलाई बहकाउन र तिनीहरूको आदर जित्नका लागि शब्द र धर्मसिद्धान्तहरू बोल्नु; तेस्रो, घरायसी मामलाहरूबारे कुरा गर्नु, व्यक्तिगत सम्पर्कहरू निर्माण गर्नु, र व्यक्तिगत मामलाहरू सम्हाल्नु; चौथो, गुटबन्दी गर्नु; पाँचौं, हैसियतको लागि प्रतिस्पर्धा गर्नु; छैटौं, कलह पैदा गर्नु; सातौं, मानिसहरूलाई आक्रमण गर्नु र सास्ती दिनु; आठौं, धारणाहरू फैलाउनु; नवौं, नकारात्मकता पोखाउनु; दशौं, आधारहीन अफवाह फैलाउनु; र एघारौँ, निर्वाचन सिद्धान्तहरू उल्लङ्घन गर्नु।) छैटौं समस्या कलह पैदा गर्नु हो, जसमा बाधा र व्यवधानहरू पैदा गर्ने प्रकृति हुन्छ, तर अरू दुष्ट कार्यहरूको तुलनामा, यो सानो समस्या हो। यसलाई “अनुचित सम्बन्धहरूमा संलग्न हुनु” भन्नेमा परिवर्तन गर, अनि यसको प्रकृति कलह पैदा गर्नुको प्रकृतिभन्दा अझै बढी गम्भीर हुन्छ। सातौं समस्या मानिसहरूलाई आक्रमण गर्नु र पिरोल्नु हो। त्यसलाई “आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुनु” भन्नेमा परिवर्तन गर—के यो प्रकृतिमा अझै गम्भीर, र अझै विशिष्टीकृत र ठ्याक्कै मिल्ने हुँदैन र? (हुन्छ।) परस्पर आक्रमण र भनावैरी मण्डली जीवनमा सामान्य रूपमा देखा पर्ने समस्याहरू हुन्, जुन बाधा र व्यवधानहरूसँग सम्बन्धित छन्। यी दुई वटा समस्याहरूलाई यसरी परिमार्जन गर्दा ती मण्डली जीवनभित्र पैदा हुने समस्याहरूसँग अझै मिल्ने र नजिक हुन्छन्। एघारौँ समस्या भनेको निर्वाचन सिद्धान्तहरू उल्लङ्घन गर्नु हो। त्यसलाई “निर्वाचनमा हेराफेरी र अवरोध गर्नु” भन्नेमा परिवर्तन गर। यसमा शब्द मात्रै परिवर्तन भएको छ; यसको प्रकृति उस्तै रहन्छ, तर यसको चरमताचाहिँ बढेको छ—अब यो बाधा र व्यवधानहरू पैदा गर्ने प्रकृतिसँग अझै बढी सम्बन्धित छ।
मण्डली जीवनमा अवरोध र बाधा पुर्याउने विभिन्न मानिस, घटना, र कामकुराहरू
उ. हैसियतको लागि प्रतिस्पर्धा गर्नु
पछिल्लो पटक, हामीले गुटबन्दी गर्ने भन्ने चौथो समस्याबारे सङ्गति गर्यौँ। यस पटक, हामी पाँचौं समस्या हैसियतको लागि प्रतिस्पर्धा गर्ने भन्नेबारे सङ्गति गर्नेछौँ। हैसियतको लागि प्रतिस्पर्धा गर्ने समस्या मण्डली जीवनमा प्राय: उत्पन्न भइरहने समस्या हो र यो देख्नु नौलो कुरा होइन। हैसियतको लागि प्रतिस्पर्धा गर्नुमा कस्ता स्थिति, व्यवहार र प्रकटीकरणहरू पर्छन्? हैसियतको लागि प्रतिस्पर्धा गर्नुका कस्ता प्रकटीकरणहरूलाई परमेश्वरको काम र मण्डलीको सामान्य व्यवस्थामा पुग्ने अवरोध र बाधाको समस्याको भाग भन्न सकिन्छ? हामीले जुनै समस्या वा वर्गबारे सङ्गति गरे पनि, त्यो कुरा विषयवस्तु बाह्रमा “परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्याउने विभिन्न मानिस, घटना, र कामकुराहरू” बारे भनिएको कुरासित सम्बन्धित हुनैपर्छ। त्यो अवरोध र बाधाको स्तरमा पुग्नैपर्छ, अनि त्यो यो प्रकृतिसँग सम्बन्धित हुनैपर्छ—अनि मात्रै यो सङ्गति गर्न र चिरफार गर्न लायक हुन्छ। परमेश्वरको घरको काममा बाधा र अवरोध पुर्याउने यो प्रकृतिसित हैसियतको लागि प्रतिस्पर्धा गर्नुका कस्ता प्रकटीकरणहरू सम्बन्धित छन्? सबैभन्दा आम प्रकटीकरणचाहिँ, मण्डलीमा हैसियतको लागि मण्डली अगुवाहरूसित प्रतिस्पर्धा गर्नु हो, र यो प्रकटीकरण मुख्य गरी अगुवाहरूलाई बदनाम र निन्दा गर्नको लागि उनीहरूका निश्चित कुराहरू र त्रुटिहरूलाई प्रयोग गर्ने र उनीहरूको भ्रष्टताका प्रकटीकरणहरू र असफलताहरू, र उनीहरूको मानवता र क्षमतामा भएका कमीकमजोरी, विशेष गरी उनीहरूले आफ्ना काममा वा मानिसहरूलाई सम्हाल्दा भएका विचलन र गरेका गल्तीहरूलाई जानीजानी खुलासा गर्ने कार्यहरू मार्फत् प्रकट हुन्छन्। हैसियतको लागि मण्डली अगुवाहरूसित प्रतिस्पर्धा गरिने प्रकटीकरणमध्ये, यो सबैभन्दा आम रूपमा देखिने र सबैभन्दा स्पष्ट प्रकटीकरण हो। यसअलावा, मण्डली अगुवाहरूले आफ्नो काम जति नै राम्ररी गर्ने भए पनि, चाहे तिनीहरूले सिद्धान्तअनुसार कार्य गरून् वा नगरून्, चाहे तिनीहरूको मानवतामा समस्या होस् कि नहोस्, यी मानिसहरूले यी कुराहरूबारे वास्ता गर्दैनन् र यी अगुवाहरूप्रति अवज्ञाकारी हुन्छन्। किन तिनीहरू अवज्ञाकारी हुन्छन्? किनभने तिनीहरू मण्डली अगुवा बन्न चाहन्छन्—यो तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना हो, र यही कारणले गर्दा तिनीहरू अवज्ञाकारी हुन्छन्। मण्डली अगुवाहरूले जसरी काम गरे पनि वा जसरी समस्या सम्हाले पनि, तिनीहरू सधैँ अगुवाहरूको गल्ती खोतल्छन्, आलोचना र निन्दा गर्छन्, र सानो कुरालाई ठूलो पार्न हदै पार गर्छन्, तथ्यहरूलाई बङ्ग्याउँछन् र तिनलाई जति सक्दो ठूलो बनाउँछन्। यी अगुवाले सिद्धान्तअनुसार काम गर्छन् कि गर्दैनन्, तिनीहरू सच्चा मानिसहरू हुन् कि होइनन्, तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् कि होइनन्, अनि तिनीहरूमा विवेक र समझ छ कि छैन भनेर मापन गर्न अगुवाहरू र कामदारहरूको लागि परमेश्वरको घरले तय गरेका मापदण्डहरू तिनीहरूले प्रयोग गर्दैनन्। तिनीहरूले यी सिद्धान्तहरू अनुसार अगुवाहरूको मूल्याङ्कन गर्दैनन्। त्यसको सट्टा, तिनीहरूका आफ्नै अभिप्राय र उद्देश्यको आधारमा बारम्बार सानातिना गल्ती खोतल्ने र कुरा बनाएर गुनासो गर्छन्, अगुवाहरू वा कामदारहरूका विरुद्धमा प्रयोग गर्नका लागि समस्याहरू पत्ता लगाउँछन्, उनीहरूले गर्ने तर सत्यतासँग नमिल्ने कामहरू गरेको बारेमा उनीहरूको पिठ्यूँपछाडि अफवाह फैलाउने वा उनीहरूका कमीकमजोरीको खुलासा गर्ने काम गर्छन्। उदाहरणको लागि, तिनीहरूले भन्न सक्छन्: “एक पटक फलानो अगुवाले यो गल्ती गरे र उनलाई माथिबाट काटछाँट गरियो, जसबारे तिमीहरू कसैलाई थाहा छैन। हेर त, तिनीहरू बहाना बनाउन अत्यन्तै सिपालु रहेछन्।” यो अगुवा वा कामदार परमेश्वरको घरले गर्ने संवर्धनका लागि लक्षित मानिसहरू हुन् कि होइनन् र उनीहरू अगुवा वा कामदारका रूपमा मानकअनुरूप छन् कि छैनन् भन्ने कुरालाई तिनीहरूले विचार गर्दैनन् र वास्ता गर्दैनन्, तर तिनीहरूले उनीहरूको आलोचना मात्रै गर्छन्, तथ्यहरू बङ्ग्याउँछन्, र उनीहरूको पिठ्यूँपछाडि फोहोरी चालहरू चल्छन्। कुटिल चालहरू चल्छन्। अनि तिनीहरू यी केको लागि गर्छन्? तिनीहरूले हैसियतको लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्, होइन त? तिनीहरूले भन्ने र गर्ने हरेक कुराको उद्देश्य हुन्छ। तिनीहरूले मण्डलीको कामबारे विचार गरिरहेका हुँदैनन्, र अगुवाहरू र कामदारहरूको बारेमा तिनीहरूले गरेको मूल्याङ्कन परमेश्वरका वचन वा सत्यतामा आधारित हुँदैन, परमेश्वरको घरका प्रबन्ध वा उहाँले मानिसको लागि तय गर्नुभएका सिद्धान्तहरूमा आधारित हुने त झन् कुरै भएन, बरु यो तिनीहरूका आफ्नै अभिप्राय र लक्ष्यहरूमा आधारित हुन्छ। अगुवा वा कामदारले भन्ने हरेक कुरालाई तिनीहरूले विरोध गर्छन्, र आफ्नै “अन्तर्दृष्टि” प्रदान गर्छन्। अगुवाहरू र कामदारहरूले भनेको कुरा जति नै सत्यता अनुरूप भए पनि, तिनीहरूले यसलाई पटक्कै स्वीकार गर्दैनन्। अगुवाहरू र कामदारहरूले जे भने पनि तिनीहरूले त्यसलाई नकार्छन् र आफ्नै पृथक् विचारहरू प्रस्तुत गर्छन्। निश्चित रूपमा, कुनै अगुवा वा कामदारले खुलेर आफूलाई उदाङ्गो पार्दा र आफ्नो आत्मज्ञानबारे कुरा गर्दा, तिनीहरू अझै बढी प्रसन्न समेत हुन्छन् र मौका पाइयो भन्ने तिनीहरू सोच्छन्। कस्तो मौका? यो अगुवा वा कामदारलाई बदनाम गर्ने, र यो अगुवा वा कामदारको क्षमता कमजोर छ, ऊ कमजोर हुन सक्छ, ऊ पनि भ्रष्ट मानव हो, उसले पनि काम गर्दा बारम्बार गल्ती गर्छ, ऊ अरूभन्दा राम्रो छैन भनेर सबैलाई थाहा दिने मौका। यो अगुवा र कामदारको कमजोरी खोतलेर उसको विरुद्धमा प्रयोग गर्ने तिनीहरूको मौका हो, अगुवा वा कामदारलाई निन्दा गर्न, हटाउन र ढाल्नको लागि अरूलाई उक्साउने अवसर हो। अनि यी सबै व्यवहार र कार्यको कारण भनेकै हैसियतको लागि प्रतिस्पर्धा गर्नु हो। यदि निर्वाचनका सिद्धान्तहरू र परमेश्वरको घरमा मानिसहरूलाई संवर्धन र प्रयोग गर्ने सिद्धान्तहरू पालना गरियो भने, सामान्य परिस्थितिहरूमा, त्यस्ता व्यक्तिहरू कहिल्यै पनि अगुवा वा कामदारको रूपमा निर्वाचित हुँदैनन्। यो तिनीहरूले स्पष्ट रूपमा देखेको र बुझेको कुरा हो, त्यसैले तिनीहरूले अगुवाहरू र कामदारहरूलाई आक्रमण गर्न र दोष दिन हरकुनै माध्यमको सहारा लिन्छन्। अगुवा वा कामदार जोसुकै बने पनि, तिनीहरू उनीहरूप्रति अटेरी हुन्छन्, र सधैँ ससाना कुराहरू कोट्याउने र उनीहरूप्रति गैरजिम्मेवार र आलोचनात्मक टिप्पणीहरू गर्छन्। यी अगुवाहरू र कामदारहरूको व्यवहार वा बोलीमा केही गलत नभए पनि, तिनीहरूले सधैँ केही न केही गल्ती भेट्टाइछाड्छन्—वास्तवमा, तिनीहरूले टिप्ने समस्याहरू सिद्धान्तका समस्या हुँदैनन्, बरु विशुद्ध रूपमा सानातिना समस्याहरू हुन्छन्। त्यसोभए, तिनीहरू किन यी सानातिना समस्याहरूमा अल्झिरहन्छन्? तिनीहरूले किन यस्ता कुराहरूबारे अगुवाहरू र कामदारहरूलाई यति खुलेर आलोचना र निन्दा गर्न सक्छन्? तिनीहरूको एउटै उद्देश्य हुन्छ, र त्यो शक्ति र हैसियतको लागि प्रतिस्पर्धा गर्नु हो। परमेश्वरको घरले झूटा अगुवा र ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूबारे जेजसरी सङ्गति गरे पनि, तिनीहरूले यी प्रकटीकरणहरूलाई आफूसँग कहिल्यै जोड्दैनन्, बरू अरू सबै स्तरका अगुवाहरू र कामदारहरूसँग मात्रै जोड्छन्। कुनै मिल्ने कुरा भेट्टाएपछि, तिनीहरूले सोच्छन्, “अब मसँग प्रमाण छ; मैले बल्ल तिनीहरूविरुद्ध प्रयोग गर्ने केही कुरा भेट्टाएँ र राम्रो अवसर पाएँ।” त्यसपछि तिनीहरू यी अगुवाहरू र कामदारहरूले गर्ने सबै कुरा खुलासा गर्ने, मूल्याङ्कन गर्ने, आलोचनात्मक लेखाजोखा गर्ने, र निन्दा गर्ने कार्यमा अझै बेकाबु हुन्छन्। तिनीहरूले उठाउने कति समस्याहरू त झट्ट हेर्दा अलि समस्याग्रस्त नै देखिन्छन्, तर सिद्धान्तहरूसँग तुलना गर्दा, ती महत्त्वपूर्ण हुँदैनन्। त्यसोभए तिनीहरूले किन तीबारे कुरा उठाउँछन्? यो अरू कुनै पनि कारणले होइन, बरु अगुवाहरू र कामदारहरूलाई पर्दाफास गरी दोषी ठहराउने र हराउने उद्देश्यले गरिएको हुन्छ। यदि यी अगुवाहरू र कामदारहरू हारेर नकारात्मकतामा डुब्छन्, दयाको भीख माग्छन्, र तिनीहरूसामु झुक्छन् भने, यदि दाजुभाइ-दिदीबहिनीहरूले यी अगुवाहरू सधैँ नकारात्मक र कमजोर हुन्छन्, र काम गर्दा प्राय गल्ती गरिरहन्छन् भन्ने देखेर उनीहरूलाई अगुवा चुन्दैनन् भने, यदि यी अगुवाहरूले सत्यता सङ्गति गर्दा दाजुभाइ-दिदीबहिनीहरूले त्यति ध्यान दिएर सुन्दैनन् भने, र यदि यी अगुवाहरूले काम लागू गर्दा मानिसहरूले सक्रिय रूपमा र लगनशीलतासाथ सहकार्य गर्न छोड्छन् भने, हैसियतको लागि प्रतिस्पर्धा गर्ने यी मानिसहरू खुसी हुनेछन्, र तिनीहरूले फाइदा लिन मौका पाउनेछन्। तिनीहरूले सबैभन्दा बढी हेर्न चाहने र सबैभन्दा बढी आशा गर्ने परिदृश्य यही हो। यो सब गर्नुपछाडिको तिनीहरूको उद्देश्य के हो? यो मानिसहरूलाई सत्यता बुझ्न र झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई चिन्न मद्दत गर्नु होइन, न त मानिसहरूलाई परमेश्वरअघि डोर्याउनु नै हो। बरु, यो त अगुवाहरू र कामदारहरूलाई हराउनु र ढाल्नु हो ताकि सबैले तिनीहरूलाई नै अगुवाको रूपमा सेवा गर्ने सबैभन्दा उपयुक्त उम्मेदवारको रूपमा हेरून्। यो विन्दुमा, तिनीहरूको उद्देश्य हासिल हुनेछ, र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई अगुवाको रूपमा मनोनयन गरुन्जेल कुर्नु मात्रै पर्नेछ। के मण्डलीमा त्यस्ता मानिसहरू हुन्छन्? तिनीहरूको स्वभाव कस्तो हुन्छ? यी व्यक्तिहरू स्वभावमा क्रूर हुन्छन्, तिनीहरूले सत्यतालाई पटक्कै प्रेम गर्दैनन्, र तिनीहरूले यसलाई अभ्यास पनि गर्दैनन्; तिनीहरूले शक्ति लिन मात्रै चाहन्छन्। केही सत्यता बुझेका र केही खुट्ट्याउने क्षमता भएका मानिसहरूले के गर्छन्—के तिनीहरू त्यस्ता मानिसहरूलाई शक्ति हात पार्न दिन तयार हुन्छन्? के तिनीहरू यस्ता मानिसहरूको शक्तिको अधीनमा पर्न तयार हुन्छन्? (हुँदैनन्।) किन हुँदैनन्? यदि धेरैजसो मानिसहरूले त्यस्ता व्यक्तिहरूको प्रकृति सार स्पष्ट रूपमा देख्न सके भने, के तिनीहरूले अझै पनि यिनीहरूलाई अगुवा छनौट गर्छन् त? (गर्दैनन्।) सबैजना भर्खरै भेट भएका छन् र एकअर्कासँग त्यति परिचित छैनन् भनेबाहेक, तिनीहरूले त्यसो गर्दैनन्। तर तिनीहरू परिचित भएपछि र कुन-कुन व्यक्तिहरू कमजोर क्षमताका र अलमल्ल छन्, कुन-कुन व्यक्तिहरू क्रूर र छली स्वभाव भएका दुष्ट मानिसहरू हुन्, कुन-कुन व्यक्तिहरू हैसियतको लागि प्रतिस्पर्धा गर्न र ख्रीष्टविरोधीहरूको बाटो हिँड्न इच्छुक छन्, कुन-कुन व्यक्तिहरूले सत्यता खोजी गर्न र आफ्नो कर्तव्य बफादार रूपमा पूरा गर्न सक्छन्, भन्नेजस्ता कुराहरू स्पष्ट रूपमा देखेपछि, र तिनीहरूले विभिन्न मानिसहरूको प्रकृति सार र वर्गहरू बुझेपछि, अगुवाहरूको निर्वाचन तुलनात्मक रूपमा सही र सिद्धान्तहरूअनुरूप नै हुनेछ।
के धेरैजसो मानिसहरूले सधैँ हैसियतको लागि प्रतिस्पर्धा गर्ने व्यक्तिलाई अगुवा छनौट गर्न रुचाउँछन्, कि तिनीहरूले तुलनात्मक रूपमा औसत क्षमता र कार्य सामर्थ्य भएको, तर लगनशील र दृढ व्यक्तिलाई छनौट गर्छन्? जब यी दुई व्यक्तिको चरित्र कस्तो छ, तिनीहरूको प्रकृति सार के हो, वा तिनीहरू कुन मार्गमा छन् भन्ने कुरा स्पष्ट हुँदैन, तब धेरैजसो मानिसहरूले कुन व्यक्तिलाई अगुवा छनौट गर्न रुचाउँछन्? (दोस्रो, दृढ व्यक्तिलाई।) धेरैजसो मानिसहरूले दोस्रो विकल्प छनौट गर्छन्। सधैँ हैसियतको लागि प्रतिस्पर्धा गर्ने मानिसहरूको प्रकटीकरण तिनीहरूको मानवता र सारको प्रमाण हो। के धेरैजसो मानिसहरूले तिनीहरूका प्रकटीकरणहरू देख्न र चिन्न सक्दैनन् र? मानिसहरूले भन्नेछन्, “यो व्यक्तिले सधैँ मण्डली अगुवालाई समस्या दिन्छ; उसका महत्त्वाकाङ्क्षाहरू मण्डली अगुवाको हैसियत हासिल गर्नमा केन्द्रित छन्, र उसले अगुवाको रूपमा उनको स्थान लिन चाहन्छ। उनी मण्डली अगुवाको रूपमा निर्वाचित भएदेखि नै, उसले सधैँ उनलाई निसाना बनाएको छ र उनलाई अप्रिय ठानेको छ। ऊ सधैँ उनीसँग मुखमुखै लाग्छ, र उनले जे गरे पनि गल्ती खोतल्छ, आफूले सक्ने जुनसुकै कुरालाई निहुँ बनाउँछ, र उसले पिठ्यूँपछाडि उनलाई आलोचना पनि गर्छ र उनका कमीकमजोरीहरू खुलासा गर्छ। विशेषगरी भेलाहरूमा वा कामबारे सङ्गति गर्दा, यदि उनले कुनै क्षण स्पष्ट रूपमा बोलिनन् भने, उसले बाधा दिइहाल्छ, र धेरै अधीरता देखाउँछ। उसले उनलाई गिल्लासमेत गर्छ, निन्दा गर्छ, खिसी गरेर हाँस्छ; उसले हरेक मोडमा उनलाई समस्या दिन्छ र उनलाई लाजमर्दो परिस्थितिहरूमा फसाउँछ।” यी व्यवहारहरू सबैको अघि खुलासा भएपछि, के धेरैजसो मानिसहरूले यो व्यक्तिलाई चिन्न सक्दैनन् र? (सक्छन्।) त्यसोभए, के यो अगुवा पद हत्याउने उसको उद्देश्यको लागि उपयोगी छ त? अवश्य नै छैन। हैसियतको लागि प्रतिस्पर्धा गर्ने यी मानिसहरू चलाख कि मूर्ख हुन्छन्? स्पष्ट रूपमै, तिनीहरू लठ्ठक, र पटमूर्खहरू हुन्। अर्को गम्भीर समस्या पनि छ: यी व्यक्तिहरू दियाबलसहरू हुन्, र तिनीहरूको प्रकृति अपरिवर्तनीय हुन्छ! शक्ति र हैसियतप्रतिको तिनीहरूको इच्छा नियन्त्रण गर्न सकिँदैन, यहाँसम्म कि तिनीहरूले आफ्नो पूरै समझ गुमाउँछन्, र त्यो अवस्था सामान्य मानवतामा हुने कुरा होइन। यस्तो इच्छा सामान्य मानवताको तर्कसङ्गतता र विवेकको सीमाभन्दा बाहिर जान्छ, र अनैतिकताको स्तरमा पुग्छ। यी मानिसहरूले आफ्नो कार्यका प्रभावहरू विचार गर्नु त कता हो कता, बरु उल्टै त्यसका परिणामहरूसमेत विचार नगरी जुनसुकै समय, स्थान, वा परिस्थितिमा पनि यसरी नै व्यवहार गर्नेछन्। हैसियतको लागि प्रतिस्पर्धा गर्ने मानिसहरूका सबैभन्दा आम प्रकटीकरण र शैलीहरू यिनै हुन्। जबजब कामबारे भेला वा सङ्गति हुन्छ, तबतब सबैजना भेला हुनेबित्तिकै, यी व्यक्तिहरूले झ्याउलाग्दा झिँगोले जस्तै बाधाहरू पैदा गर्छन्, र मण्डली जीवन र सत्यता सङ्गति गर्ने सामान्य सुव्यवस्था बिगार्छन्। त्यस्ता व्यवहार र शैलीहरूमा बाधा र व्यवधान ल्याउने प्रकृति हुन्छ। के त्यस्ता व्यक्तिहरूलाई प्रतिबन्धित गरिनुपर्दैन र? गम्भीर अवस्थामा, के तिनीहरूलाई सफाइ गरी निकाल्नु वा निष्कासित गरिनुपर्दैन र? (पर्छ।) कहिलेकहीँ, दुष्ट मानिसहरूलाई प्रतिबन्धित गर्नको लागि मण्डली अगुवाहरूको सामर्थ्यमा मात्रै भरोसा गर्नु अलिक कमजोर र एक्लो प्रयास हुन सक्छ—यदि दुष्ट मानिसहरूले ल्याएका बाधा र व्यवधानहरूको गम्भीरता स्पष्ट रूपमा देखेपछि र तिनीहरूको सार राम्ररी चिनेपछि, यदि विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले त्यस्ता दुष्ट व्यक्तिहरूलाई रोक्न र प्रतिबन्धित गर्न मण्डली अगुवाहरूसँग मिलेर काम गर्न सके भने, के यो अझै प्रभावकारी हुनेछैन र? (हुनेछ।) यदि कसैले यसो भन्छ भने, “दुष्ट मानिसहरूलाई प्रतिबन्धित गर्नु अगुवाहरू र कामदारहरूको कर्तव्य हो, र हामी साधारण विश्वासीहरूसँग यसको कुनै सम्बन्ध छैन। हामी यस्तो झमेला लिनेछैनौँ! दुष्ट मानिसहरू हैसियतको लागि मण्डली अगुवाहरूसँग प्रतिस्पर्धा गर्छन्; तिनीहरूले हैसियत भएका मानिसहरूसँग हैसियतको लागि प्रतिस्पर्धा गर्छन्। हामीसँग हैसियत छैन; तिनीहरूले हामीबाट केही कुरा खोस्न खोजिरहेका छैनन्। जे भए पनि, यसले हामीलाई असर गर्दैन। तिनीहरूलाई चाहेअनुसार प्रतिस्पर्धा गर्न दिऊँ। यदि मण्डली अगुवाहरूसँग क्षमता छ भने, तिनीहरूले यी मानिसहरूलाई प्रतिबन्धित गर्नुपर्छ; नभए भने, यिनीहरूलाई छोडिदिनुपर्छ। यो कुरासँग हाम्रो के सम्बन्ध छ र?” के यो दृष्टिकोण राम्रो छ? (छैन।) यो किन राम्रो छैन? (तिनीहरूले मण्डलीको सामान्य सुव्यवस्था कायम राख्दैनन्।) यसलाई अझै उचित रूपमा भन्नुपर्दा, मण्डलीको सामान्य सुव्यवस्थाले के जनाउँछ? के यसले सामान्य मण्डली जीवन जनाउँदैन र? (जनाउँछ।) यसमा सामान्य र व्यवस्थित मण्डली जीवन समावेश हुन्छ—यसमा परमेश्वरका वचनहरू व्यवस्थित रूपमा खाने-पिउने कार्य समावेश हुन्छ, र यसको अर्थ के हो भने, पवित्र आत्माले काम गर्ने, परमेश्वर उपस्थित हुने, र परमेश्वरले अगुवाइ गर्ने मण्डली जीवनमा मानिसहरूले परमेश्वरको वचनबारे प्रार्थनार्थ पढ्न र सङ्गति गर्न, र व्यक्तिगत अनुभवहरू आदानप्रदान गर्न सक्छन्, र साथमा पवित्र आत्माबाट अन्तर्दृष्टि र अगुवाइ अनि ज्योति पनि प्राप्त गर्न सक्छन्। परमेश्वरका चुनिएका मानिसहरूले मण्डली जीवनमा यही कुराको आनन्द लिनुपर्छ। यदि कतिपय मानिसहरूले यो सामान्य सुव्यवस्था नष्ट गर्छन् भने, तिनीहरूलाई सिद्धान्तहरूअनुसार रोक्नु र प्रतिबन्धित गर्नुपर्छ, र यस्तो कुरा सहनु हुँदैन। यो अगुवाहरू र कामदारहरूको मात्रै जिम्मेवारी र दायित्व होइन, यो त सत्यता बुझेका र खुट्ट्याउने क्षमता भएका सबैको जिम्मेवारी र दायित्व पनि हो। अवश्य नै, यदि मण्डली अगुवाहरूले यी व्यक्तिहरूको व्यवहारको प्रकृतिबारे, अनि यिनीहरूको प्रकटीकरणको आधारमा यिनीहरू कस्ता मानिसहरू हुन्, र यस्ता व्यक्तिहरूलाई कसरी चिन्ने र यिनीहरूको वास्तविकता कसरी पहिचान गर्ने भन्नेबारे विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्दै यो कामको नेतृत्व गर्न सके भने यो सबैभन्दा राम्रो हुनेछ। यदि यी दुष्ट मानिसहरूलाई प्रतिबन्धित गरिएन र सबै विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूले बाधा दिए, बहकाए, र ठगे भने, र ती दुष्ट मानिसहरूको सट्टा मण्डली अगुवाहरूलाई अलग गरियो भने, यो मण्डली पूरै ठप्प हुनेछ र अपरिहार्य रूपमै अराजकतातर्फ खस्कनेछ। के त्यस्तो परिस्थितिमा सामान्य मण्डली जीवन जारी रहन्छ र? यदि यो जारी रहन सकेन भने, के मण्डलीका भेलाहरू अझै पनि फलदायी हुनेछन् र? के परमेश्वरका चुनिएका मानिसहरूले अझै पनि त्यस्ता भेलाहरूबाट केही कुरा प्राप्त गर्नेछन् र? यदि परमेश्वरका चुनिएका मानिसहरूले ती भेलाहरूबाट केही पनि प्राप्त गर्दैनन् भने, त्यस्ता भेलाहरूलाई परमेश्वरले आशिष् दिनुहुन्छ कि घृणा गर्नुहुन्छ? अवश्य नै, परमेश्वरले ती भेलाहरूलाई घृणा गर्नुहुन्छ। पवित्र आत्माको कामविनाका र परमेश्वरको आशिष्विनाका भेलाहरूलाई मण्डली जीवनको रूपमा लिन सकिँदैन, र ती केवल सामाजिक समूहका भेलाहरू बन्छन्। के कसैलाई अराजक मण्डली जीवन मन पर्छ र? के यो कसैको लागि सुधारात्मक वा फाइदाजनक हुन्छ र? (हुँदैन।) यदि यो अवधिमा तैँले कुनै पनि भेलाबाट आफ्नो जीवन प्रवेशको हिसाबमा केही प्राप्त गरेको छैनस् भने, यो समय तेरो लागि कुनै मूल्यको हुँदैन वा त्यसले कुनै अर्थ राख्दैन; तैँले यो समय बरबाद गरेको हुन्छस्। के यसको अर्थ तेरो जीवन प्रवेश घाटामा परेको छ भन्ने हुँदैन र? (हो।) यदि, भेलाको बेला, दुष्ट मानिसहरूले हैसियतको लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्, र मण्डली अगुवासँग विवाद र तर्क गरिरहेका हुन्छन्, र यसले गर्दा मानिसहरूलाई तनाव हुन्छ, सम्पूर्ण भेला खराब वातावरणले भरिन्छ, र शैतानको दुष्ट ऊर्जाले भरिन्छ भने, र यदि को सही छ र को गलत छ भन्नेजस्ता विषयहरूमा बहस गर्नेबाहेक, कोही पनि प्रार्थना गर्न र सत्यता खोजी गर्न परमेश्वरअघि आउँदैन, र कसैले पनि सिद्धान्तहरूअनुसार काम गर्दैन भने, यस्तो भेलापछि परमेश्वरमाथिको तेरो विश्वास बढेको हुनेछ कि घटेको हुनेछ? सत्यताको हकमा तैँले अझै धेरै बुझेको र प्राप्त गरेको हुनेछस् कि तैँले केही पनि प्राप्त नगरी विवादहरूबाट तेरो मन विचलित भएको हुनेछ? कहिलेकहीँ तैँले यस्तो सोच्न सक्छस्, “मानिसहरूले परमेश्वरमा किन विश्वास गर्छन् मलाई थाहा छैन। परमेश्वरमा विश्वास गर्नुको अर्थ के हो? यी मानिसहरूले कसरी यस्तो व्यवहार गर्न सक्छन्? के यिनीहरू अझै पनि परमेश्वरका विश्वासीहरू हुन्?” शैतानहरू, दुष्ट दियाबलसहरूले दिने एउटै बाधाका कारण, मानिसहरूको हृदय व्याकुल र मैलो हुन्छ; तिनीहरूलाई परमेश्वरमा विश्वास गर्नु व्यर्थ हो भन्ने लाग्छ, र तिनीहरूलाई परमेश्वरमा विश्वास गर्नुको मूल्य थाहा हुँदैन, र तिनीहरूको मन छताछुल्ल हुन्छ। यदि त्यस्ता कुराहरूबारे सबैजना सतर्क रहन सक्छन्, र भावशून्य र सुस्त हुनुको सट्टा विशेष रूपमा संवेदनशील र प्रखर हुन सक्छन् भने, जब दुष्ट मानिसहरूले हैसियतको लागि प्रतिस्पर्धा गर्नहेतु मण्डली जीवनमा बारम्बार विभिन्न कुराहरू बोल्ने वा गर्ने गर्छन्, तब धेरैजसो मानिसहरूले समाधान गर्नुपर्ने समस्या आइपरेको छ भनेर तुरुन्तै महसुस गर्नेछन्। तिनीहरूले यी परिस्थितिहरूमा कसले चालबाजी गरिरहेको छ, र तिनीहरूको स्वभाव सार के हो भनेर तुरुन्तै पत्ता लगाउन सक्नेछन्, तिनीहरूले समस्याको गम्भीरता तुरुन्तै महसुस गर्नेछन्, र तिनीहरूले छोटो अवधिमै दुष्टजनहरूलाई रोक्न र प्रतिबन्धित गर्न, मण्डलीबाट तिनीहरूलाई सफाइ गरी हटाउन, र मण्डलीभित्रका मानिसहरूलाई बाधा दिन र बन्धनमा पार्नबाट तिनीहरूलाई रोक्न सक्नेछन्। के यो धेरैजसो मानिसहरूको लागि फाइदाजनक र सुधारात्मक हुँदैन र? (हुन्छ।)
यदि तिमीहरूले दुष्ट मानिसहरूले हैसियतको लागि प्रतिस्पर्धा गरिरहेका परिस्थितिहरू सामना गर्यौ भने, तिमीहरूले तिनीहरूलाई कसरी तह लगाउनेछौ? बहुसंख्यक दृष्टिकोण के छ? (हामी यस्तो व्यवहारलाई रोक्नेछौँ।) रोक्ने मात्रै? अनि, तिमीहरूले कसरी रोक्नेछौ? के तिमीहरूले तिनीहरूलाई बोल्न निषेध गर्नेछौ, वा “हामीलाई तपाईंले भनेको कुरा मन परेन, त्यसकारण भविष्यका भेलाहरूमा कम बोल्नुहोस्!”? भनेर भन्नेछौ? के त्यसले काम गर्नेछ? के तिनीहरूले तेरो कुरा सुन्नेछन्? (सुन्नेछैनन्।) त्यसोभए, तैँले के गर्नुपर्छ? तैँले परमेश्वरको वचनअनुसार तिनीहरूको अभिप्राय, मनसाय, र प्रकृति सार राम्ररी खुलासा र चिरफार गर्नुपर्छ, ताकि विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले यस्ता मानिसहरू र तिनीहरूको कार्य-व्यवहारको प्रकृति चिन्न र तीप्रति सचेत हुन सकून्, तैँले मान्छे खुशी पार्दै मात्र बस्नु हुँदैन र मण्डली अगुवाहरू र कामदारहरूले नै दुष्ट मानिसहरूलाई खुलासा गरून् भनेर प्रतीक्षा गर्ने अनि मात्र “तिनीहरूलाई अबदेखि भेलाहरूमा आउन अनुमति दिनु हुँदैन” भनेर अडान लिने गर्नु हुँदैन। के मान्छे खुशी पार्ने व्यक्ति बन्नु राम्रो कुरा हो? (अहँ, होइन।) त्यस्ता परिस्थितिहरू सामना गर्दा, के धेरैजसो मानिसहरूले यी दुष्ट मानिसहरू नचिढ्यून् र पछि यिनीहरूसँग अन्तरक्रिया गर्न अप्ठ्यारो नहोस् भनेर, यिनीहरूसँग भिडन्त गर्नुको सट्टा यी कुराहरूबाट भाग्न र टाढा बस्न मन पराउँदैनन् र? के धेरैजसो मानिसहरूले मान्छे खुशी पार्ने व्यक्ति बन्ने दुनियाँसित व्यवहार गर्ने सांसारिक व्यवहारको सिद्धान्त पालना गर्दैनन् र? (गर्छन्।) त्यसोभए समस्या त्यही हो। मानौँ मण्डलीका ८० प्रतिशत मानिसहरू मान्छे खुशी पारिहिँड्ने मानिसहरू हुन् रे, र जब तिनीहरूले त्यस्ता दुष्ट व्यक्तिहरूले मण्डली जीवनमा अगुवाको हैसियत, श्रेष्ठता, र हैसियतका लागि प्रतिस्पर्धा गरेको देख्छन्, तब तिनीहरूलाई रोक्न वा प्रतिबन्धित गर्न कोही खडा हुँदैन, र धेरैजसो मानिसहरूले यस्तो दृष्टिकोण राख्छन् रे: “जति कम समस्या, उति राम्रो। मैले यिनीहरूलाई चिढ्याउनु हुँदैन, त्यसकारण के म यिनीहरूबाट टाढा बसे हुँदैन र? म यिनीहरूबाट टाढा बस्छु र यतिमै यो कुरा समाप्त हुनेछ। यिनीहरूले प्रतिस्पर्धा गरिबसून्; समय आएपछि, परमेश्वरले नै यिनीहरूलाई दण्ड दिनुहुनेछ। मसँग यसको के सम्बन्ध छ र!” के यी परिस्थितिहरूमा पनि मण्डली जीवन फलदायी हुन सक्छ र? धेरैजसो मानिसहरू अल्छी र आश्रित हुन्छन्; मण्डली अगुवाहरू निर्वाचित भएपछि, तिनीहरूले आफ्नो काम पूरा भएको ठान्छन्, र सबै कुरा मण्डली अगुवाहरूले गरून् भनेर प्रतीक्षा गर्छन्। यदि तैँले तिनीहरूलाई तिनीहरूको मण्डलीमा परमेश्वरका वचनहरूका पुस्तकहरू बाँडफाँट गरिएको छ कि छैन, मण्डली जीवनमा कुनै बाधा वा व्यवधान आएको छ कि छैन, वा कसैले सधैँ शब्द र धर्मसिद्धान्तहरू बोल्छ कि बोल्दैन वा हैसियतको लागि अगुवाहरूसँग प्रतिस्पर्धा गर्छ कि गर्दैन भनेर सोधिस् भने, तिनीहरूले भन्छन्, “मण्डली अगुवाहरूलाई यी कुराहरूबारे सबै थाहा छ। मलाई यी कुराहरू थाहा छैन र मैले यी कुराबारे झमेला लिनु पर्दैन। समय आएपछि अगुवाहरूले नै यी कुरा सम्हाल्नेछन्।” तिनीहरूले कुनै कुराबारे पनि चिन्ता वा सोधपुछ गर्दैनन्, तिनीहरूले कुनै कुराबारे पनि जानकारी लिँदैनन्, र तिनीहरूलाई थाहा हुनुपर्ने मण्डली जीवनसँग सम्बन्धित कुनै पनि मानिस, घटना, वा कामकुराहरू तिनीहरूलाई थाहा हुँदैन र ती कुराबारे कुनै पनि वास्ता हुँदैन। मण्डलीमा देखा पर्ने यी दुष्ट मानिसहरूले हैसियतको लागि प्रतिस्पर्धा गर्दा के भन्छन् र के गर्छन्, साथै मण्डली जीवनमा तिनीहरूले ल्याउने बाधा र प्रभावहरूको हकमा, तिनीहरू अत्यन्तै उदासीन हुन्छन्, र तिनीहरूले यी कुराहरूबारे कुनै प्रश्न वा सोधपुछ गर्दैनन्। सबै कुरा सकिएपछि, यदि तैँले तिनीहरूलाई कुनै खुट्ट्याउने क्षमता प्राप्त गरेका छन् कि भनेर सोधिस् भने, र तिनीहरूले दुष्ट मानिसहरू र दुष्ट मानिसहरूका प्रकटीकरणहरू के हुन् भनेर चिन्न सक्छन् कि सक्दैनन् भनेर सोधिस् भने, तिनीहरूले “मण्डली अगुवाहरूलाई सोध्नुहोस्; उहाँहरूलाई नै सबै कुरा थाहा छ।” भन्नेबाहेक अरू केही भन्न सक्दैनन्। के त्यस्ता व्यक्ति दास होइनन् र? तिनीहरू दास हुन्, तिनीहरू कायर र व्यर्थका हुन्, र तिनीहरू खराब अस्तित्व जिउँछन्। दुष्ट मानिसहरूले हैसियतको लागि प्रतिस्पर्धा गर्ने परिस्थितिहरूमा खुट्ट्याउने क्षमता, व्यवस्थापन, र समाधान आवश्यक पर्छ। यो मण्डली अगुवाहरूको मात्रै जिम्मेवारी होइन; यो जिम्मेवारी परमेश्वरका चुनिएका मानिसहरू सबैको हो। धेरैजसो अगुवाहरूले साधारण व्यक्तिले भन्दा केही बढी सत्यता बुझ्छन्, यी समस्याहरूबारे सचेत हुन्छन्, र यी मानिसहरूका कार्यका उद्देश्य र सार देख्न सक्छन्। तर सँगसँगै, धेरैजसो मानिसहरूले व्यावहारिक रूपमा पाठहरू पनि सिक्नुपर्छ र खुट्ट्याउने क्षमतामा वृद्धि हुनुपर्छ, अनि मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने यी दुष्ट व्यक्तिहरूविरुद्ध उचित कदम चाल्नका लागि न्यायबोध भएका, र सत्यता बुझ्ने र पछ्याउने मानिसहरूसँग एक हुनुपर्छ। तिनीहरूले यी दुष्टहरूलाई अलग्याउनुपर्छ वा निकाल्नुपर्छ, र यी समस्याहरू सामना गर्दा, तिनीहरूले हात बाँधेर मात्र बस्नु हुँदैन, र थोरै सङ्गति सुन्ने र आफ्नो क्षितिज थोरै बढाउने, अनि आफ्नो हृदयमा मामलाबारे थोरै चेतना विकास गरेर, काम पूरा भयो भनेर सोच्नु मात्र हुँदैन, किनभने मण्डली जीवन मण्डली अगुवाहरूसँग मात्रै सम्बन्धित हुने कुरा होइन, र राम्रो मण्डली जीवन जिउनु र मण्डली जीवनको सामान्य सुव्यवस्था कायम राख्नु मण्डली अगुवाहरूको मात्रै जिम्मेवारी होइन—यसलाई कायम राख्न सबैको सामूहिक प्रयास आवश्यक पर्छ।
हैसियतको लागि प्रतिस्पर्धा गर्ने मानिसहरू—पाँचौं समस्यामा उल्लेख गरिएको प्रकारका मानिसहरू—अक्सर मण्डली जीवनभित्र देखा परिरहन्छन्। तिनीहरूको सबैभन्दा स्पष्ट प्रकटीकरण भनेको मण्डली अगुवाहरूसँग हैसियतको लागि प्रतिस्पर्धा गर्नु हो, र त्यसपछि दाजुभाइ-दिदीबहिनीहरूमाझ राम्रो क्षमता भएका र तुलनात्मक रूपमा अझै बढी शुद्धतासाथ सत्यता बुझेका, आत्मिक बुझाइ भएका, र सत्यता सिद्धान्तहरू बुझेका मानिसहरूसँग हैसियतको लागि प्रतिस्पर्धा गर्नु, र यी व्यक्तिहरूलाई बारम्बार चुनौती दिनु हो। यी मानिसहरूले मण्डली जीवनमा केही शुद्ध बुझाइ र ज्योतिबारे बारम्बार सङ्गति गर्छन्, अनि बहुमूल्य र व्यावहारिक बुझाइ प्रदान गर्ने केही व्यक्तिगत अनुभवहरू बाँड्छन्; यसले दाजुभाइ-दिदीबहिनीहरूलाई निकै सहयोग र सुधार गर्छ। तिनीहरूको सङ्गति सुनेपछि, विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले बाटो भेट्टाउँछन्, र परमेश्वरको वचन कसरी अभ्यास र अनुभव गर्ने र कसरी आफ्ना समस्याहरू समाधान गर्ने भनेर जान्दछन्। तिनीहरूले परमेश्वरको अगुवाइप्रति अत्यन्तै कृतज्ञता व्यक्त गर्छन्, र सँगसँगै, सत्यताबारे शुद्ध बुझाइ र व्यावहारिक अनुभवहरू भएका मानिसहरूको तिनीहरूले सराहना गर्छन् र उनीहरूलाई उच्च कदर गर्छन्। त्यसकारण, तिनीहरूले यी व्यक्तिहरूलाई निकै आदर गर्छन् र तिनीहरूसँग नजिकिन्छन्। मण्डली जीवनमा परमेश्वरलाई खुशी पार्ने यी सकारात्मक कुराहरू देखा पर्नु भनेको हैसियतको लागि प्रतिस्पर्धा गर्नेहरूले सबैभन्दा कम देख्न चाहने कुरा हो। जब तिनीहरूले कसैले व्यावहारिक अनुभवहरू सङ्गति गरिरहेको देख्छन्, तब तिनीहरूले असहज र डाहा मान्छन्, र तिनीहरूलाई निकै अप्ठ्यारो लाग्छ। अप्ठ्यारो लागेको बेला, तिनीहरूले अवज्ञा, तिरस्कार र असन्तुष्टिको मनोवृत्ति देखाउँछन्, अनि तिनीहरूले व्यावहारिक अनुभव भएका र सत्यता बुझेका मानिसहरूलाई कसरी मूर्ख देखाउने, र तिनीहरूको त्रुटि र कमीकमजोरी कसरी दाजुभाइ-दिदीबहिनीहरूलाई देखाएर तिनीहरूलाई उच्च आदर गर्न वा तिनीहरूको नजिक आउन छोडाउने भन्नेबारे हृदयमा हिसाबकिताब गर्छन्। त्यसकारण, हैसियतको लागि प्रतिस्पर्धा गर्नेहरूले अवश्य नै केही न केही कुरा भन्नेछन् र केही न केही काम गर्नेछन्। तिनीहरूले विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा सहयोग र भरणपोषण गर्ने किसिमका अनुभवात्मक गवाही बाँड्ने र बारम्बार सत्यता सङ्गति गर्ने मानिसहरूलाई आक्रमण र निष्कासन गर्छन्। प्रायजसो सत्यता सङ्गति गर्ने र अनुभवात्मक गवाहीहरू बाँड्ने सबैबाट परमेश्वरका चुनिएका मानिसहरूलाई टाढा राख्ने उद्देश्यले, तिनीहरूले सकारात्मक चरित्रहरूलाई निशाना बनाउँछन् र तिनीहरूका कमीकमजोरीहरू खुलासा गर्छन्। सारांशमा भन्दा, हैसियतको लागि प्रतिस्पर्धा गर्नेहरू मण्डलीमा घुसपैठ हुने र शैतानका नोकरहरूको भूमिका निर्वाह गर्ने नकारात्मक पात्रहरू हुन्।
परमेश्वरमा विश्वास गर्नुभन्दा पहिले आफ्नो अन्तरङ्ग सम्बन्धमा गल्ती गरेकी एउटी बहिनीले विश्वासी बनेपछि पश्चात्ताप गरी र फेरि कहिल्यै पनि त्यस्ता गल्तीहरू गरिन। उसलाई विगतका आफ्ना अपराधहरूबारे निकै पछुतो भयो र उसले हृदय खोलेर विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गरी। हृदय खोलेर सङ्गति गर्नुको उद्देश्य र सिद्धान्त के हो? यो विश्वासी दाजुभाइ-दिदीबहिनीहरूबीचको पारस्परिक बुझाइ बढाउनु र आन्तरिक बाधाहरू हटाउनु हो। धेरैजसो विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले सत्यता बुझेपछि, विगतका आफ्ना भ्रष्टता र अपराधहरूका प्रकटीकरणहरूबारे खुलेर सङ्गति गर्न सक्छन्, र सँगसँगै परमेश्वरको मुक्तिको लागि कृतज्ञता र प्रशंसा पनि व्यक्त गर्न सक्छन्। के यसरी खुलेर सङ्गति गर्नु उचित होइन र? (हो।) सत्यता बुझेपछि, धेरैजसो विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले यसरी खुलेर सङ्गति गर्न सक्छन्; के यो समस्या हो र? (होइन।) परमेश्वरमा विश्वास गर्नुभन्दा पहिले मानिसहरूले आफ्नो अन्तरङ्ग सम्बन्ध वा अरू पक्षमा केही गल्तीहरू गर्नु सामान्य कुरा हो। कतिपय मानिसहरूले यी गल्तीहरूबारे कुरा गर्न सक्छन्, जबकि कतिपयले आफूलाई ढाकछोप गर्दै छद्मभेष धारण गर्छन्, र अरूले खुलेर कुरा गर्ने र आफूलाई उदाङ्गो पार्ने अभ्यास जेजसरी गरे पनि, तिनीहरू आफैले भने केही पनि बोल्दैनन्। तिनीहरूले यी गल्तीहरू तिनीहरूको भित्री कुरूपता हो, र यसबारे तिनीहरूले कसैलाई पनि थाहा दिनु हुँदैन, नत्र तिनीहरूको प्रतिष्ठा, इज्जत, र पद गुम्नेछ भन्ने विश्वास गर्छन्। तर कति मानिसहरूले भने फरक तरिकाले कुराहरू बुझ्छन्; तिनीहरूले तिनीहरू परमेश्वरमा विश्वास गर्न आएका छन् र तिनीहरूले परमेश्वरको मुक्ति स्विकारेका छन्, त्यसकारण तिनीहरूले अब आफूले विगतमा गरेका गलत कार्यहरू र आफूले हिँडेका गलत मार्गहरूबारे हृदय खोलेर सङ्गति गर्नुपर्छ, र चिरफारको लागि ती कुराहरू बाहिर ल्याउनुपर्छ, र ती कुराहरू त बस शैतानले भ्रष्ट तुल्याएको मानवको रूपमा तिनीहरूले भोगेका कुराहरू मात्रै हुन् भन्ने विश्वास गर्छन्। अब तिनीहरू खुलेर कुरा गर्न, आफूलाई उदाङ्गो पार्न, र सङ्गति गर्न सक्छन्। चाहे यो विगतको समीक्षा गर्नका लागि होस् वा यसलाई अन्त्य गर्नका लागि होस्, यी मानिसहरूले यस्तो काम गर्न सकेको तथ्यले सत्यता अभ्यास गर्ने तिनीहरूको मनोवृत्ति के हो भन्ने कुरा प्रमाणित गर्छ: तिनीहरू सत्यता अभ्यास गर्न इच्छुक हुन्छन्, र तिनीहरूसँग सत्यता अभ्यास गर्ने सङ्कल्प हुन्छ। व्यक्तिले कसरी अभ्यास गर्छ भन्ने कुरा उसको बुझाइ र सङ्कल्पमा निर्भर हुन्छ। तैपनि, खुलेर कुरा गर्नु र आफूलाई उदाङ्गो पार्नु पक्कै पनि गल्ती होइन, र यो पाप हुनु त झन् परै जाओस्। यसलाई कसैविरुद्ध फाइदा लिने निहुँको रूपमा प्रयोग गर्नु हुँदैन, र यो अर्को व्यक्तिले ऊमाथि आक्रमण गर्न प्रयोग गर्ने प्रमाण बन्नु त झनै हुँदैन। धेरैजसो मानिसहरूले यो कुरालाई सही रूपमा लिन सक्छन्, अर्थात् यसबारेमा तिनीहरूको बुझाइ शुद्ध र सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। तैपनि, दुष्ट व्यक्तिहरूमा गलत अभिप्राय हुन्छ; तिनीहरूले मानिसहरूका यस्ता कुराहरू तिनीहरूलाई गिल्ला गर्न, तिनीहरूलाई खेलौनाझैँ खेलाउन र तिनीहरूलाई आलोचना गर्न प्रयोग गर्न जिद्दी गर्छन्। त्यस्ता दुष्ट कार्यहरू एकदमै प्रस्ट हुन्छन्। आफूलाई उदाङ्गो पार्न, खुलेर कुरा गर्न, र आफ्नो भ्रष्टता र आफूले लिएका गलत मार्गहरूबारे सङ्गति गर्न सक्ने मानिसहरूमा सत्यता र परमेश्वरका वचनहरूप्रति तिनीहरूले अपनाउने शैलीमा धार्मिकताको लागि भोकाउने र तिर्खाउने हृदय हुन्छ। परिणामस्वरूप, तिनीहरूले परमेश्वरका वचनहरू पढ्ने क्रममा, तिनीहरूले अचेतन रूपमै केही व्यावहारिक बुझाइ र अन्तर्ज्ञानहरू प्राप्त गर्छन्। यी व्यावहारिक बुझाइ र अन्तर्ज्ञानहरूले तिनीहरूलाई तिनीहरूको जीवनमा देखा पर्ने कठिनाइहरू र असंख्य परिस्थितिहरूको समयमा अभ्यास गर्ने मार्ग भेट्टाउन मद्दत गर्छन्, जसले गर्दा तिनीहरूलाई सत्यताबारे केही साँचो अनुभवात्मक बुझाइ प्राप्त हुन्छ। यी साँचो अनुभवात्मक बुझाइहरू सङ्गति गर्दा यो अरूहरूको लागि सुधारात्मक र उपयोगी हुन्छ; दाजुभाइ-दिदीबहिनीहरूले यी व्यक्तिहरूलाई सराहना र आदरसाथ हेर्नेछन् र भन्नेछन्, “तपाईंको व्यावहारिक अनुभवहरू साँच्चै नै सुन्दर छन्। ती अनुभव सुन्दा, मैले गहन रूपमा तपाईंकै भावना अनुभूत गर्न सक्छु। म देख्न सक्छु तपाईंको अभ्यास शैली सही छ र यसमा परमेश्वरले आशिष् दिनुभएको छ। म पनि मेरा आफ्नै धारणा र पूर्वाग्रहहरू त्याग्न र मेरा बोझहरू त्याग्न तयार छु; म पनि सरल तरिकाले सत्यता अभ्यास गर्न र तपाईंले जस्तै परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न चाहन्छु। यो मार्ग सही मार्ग हो।” के यी प्रकटीकरणहरू सामान्य छैनन् र? के विश्वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ यस्तो सम्बन्ध पैदा हुनु उचित होइन र? यो परमेश्वरमा विश्वास नगर्ने मानिसहरूमाझ देखा पर्ने प्रकारको अन्तरवैयक्तिक सम्बन्धभन्दा फरक किसिमको सम्बन्ध हो; यो परमेश्वरले मान्यता दिनुभएको र उहाँले हेर्न चाहनुहुने किसिमको सम्बन्ध हो। विश्वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ यस्तो सामान्य सम्बन्ध कायम छ भने मात्रै मण्डली जीवन सामान्य हुन सक्छ। तैपनि, यहाँ केही दुष्ट मानिसहरू वा खराब अभिप्राय भएका मानिसहरू सदैव हुनेछन्, जो व्यावहारिक अनुभव भएका, सत्यताका निम्ति भोकाउने र तिर्खाउने, र अनुभव भएका मानिसहरूलाई सराहना र आदर गर्ने व्यक्तिहरूलाई आक्रमण गर्न, निन्दा गर्न, र बहिष्कार गर्न खडा हुने गर्छन्। तिनीहरूले किन यी व्यक्तिहरूलाई आक्रमण गर्छन्? तिनीहरूको उद्देश्य भनेको मण्डलीभित्र निश्चित हैसियतको लागि प्रतिस्पर्धा गर्नुबाहेक अरू केही हुँदैन। तिनीहरूले सत्यतालाई प्रेम पनि नगर्ने र नपछ्याउने पनि हुनाले, तिनीहरूले सबैलाई बहकाउन र उच्च प्रतिष्ठा प्राप्त गर्नको लागि झूटा अनुभवहरू सिर्जना गर्दै आफूलाई सत्यता पछ्याउने मानिसको रूपमा प्रस्तुत गर्छन्। यो आफूले चाहेको हैसियत र शक्ति प्राप्त गर्न मानिसहरूलाई बहकाउने र नियन्त्रण गर्ने शैतानका विधिहरू प्रयोग गर्नु हो। त्यस्ता घटनाहरू सबै ठाउँका मण्डलीहरूमा बारम्बार घट्छन् र ती कुरा सबैले देख्न सक्छन्। यदि तिमीहरूले केही विश्वासी दाजुभाइ-दिदीबहिनीहरूमा केही सत्यता वास्तविकता छ, भेलाहरूमा तिनीहरूले परमेश्वरका वचनहरूको वास्तविक अनुभवात्मक बुझाइ सङ्गति गर्न सक्छन्, र तिनीहरूले धेरैको प्रशंसा प्राप्त गरेका छन्, र पनि कुनै न कुनै कारणले गर्दा कतिपयले तिनीहरूलाई आक्रमण गर्छन्, बदला लिन्छन्, र कष्टमा पार्छन् भन्ने पत्ता लगायौ भने, तिमीहरू सतर्क हुनुपर्छ, र कस्ता मानिसहरूले यस्तो व्यवहार गरिरहेका छन् भनेर खुट्ट्याउनुपर्छ। सत्यता पछ्याउनेहरूलाई किन प्रायजसो आक्रमण र बहिष्कार गरिन्छ? वास्तवमा के भइरहेको हुन्छ? यसले निश्चय नै समस्या सङ्केत गर्छ।
मण्डली जीवनमा, बारम्बार अगुवाहरू र कामदारहरूको गल्ती निकाल्ने मानिसहरूलाई राम्रोसित ध्यान दिनुपर्छ। यसअलावा, कतिपय मानिसहरूले तुलनात्मक रूपमा अलिक बढी सत्यता पछ्याउने र परमेश्वरका वचनहरूको तृष्णा गर्ने मानिसहरूलाई गिल्ला, उपहास, वा आक्रमण गर्छन्। यी नकारात्मक पात्रहरूलाई पनि तिनीहरूको अर्को कार्य के हुनेछ भनेर हेर्न नजिकबाट अनुगमन र निगरानी गर्नुपर्छ। यदि कसैले मण्डली जीवनमा सहभागिता जनाउँदा कुनै पनि उचित कारणविना मण्डली अगुवाहरूका कमीकमजोरी खुलासा गर्न वा सत्यता वास्तविकता भएका व्यक्तिहरूलाई आक्रमण गर्न सक्छ भने, यसको पछाडि पक्कै पनि कुनै न कुनै समस्या र कारण हुन्छ; यो पक्कै पनि कारणविनाको कार्य हुँदैन। विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले त्यस्ता व्यक्तिहरूप्रति गम्भीर ध्यान दिनुपर्छ किनभने यो सानोतिनो कुरा होइन। कहिलेकहीँ, भर्खरै व्यावहारिक अनुभवको गवाही सुनेपछि र हृदयमा पूर्ण आनन्द अनुभव गरेपछि पनि, वा भर्खरै थोरथोरै ज्योति र बुझाइ प्राप्त गरेपछि पनि, दुष्ट मानिसहरूले बोलेका केही भ्रमपूर्ण वचनहरूद्वारा नै व्यक्ति अन्योलमा पर्न सक्छ, जसले गर्दा उसले भर्खरै प्राप्त गरेको सबै कुरा गुमाउँछ। व्यक्तिले भर्खरै थोरथोरै विश्वास निर्माण गर्न थाल्दाथाल्दै, दुष्ट मानिसहरूले उसलाई बाधा दिन्छन् र ऊ पहिलेकै स्थितिमा फर्केर जान्छ; उसले भर्खरै सत्यता र परमेश्वरको वचनप्रति अलिअलि तृष्णा गर्न थाल्दाथाल्दै, सत्यता अभ्यास गर्ने थोरथोरै सङ्कल्प गर्दागर्दै, उसलाई दुष्ट मानिसहरूले बाधा दिन्छन्, जसले गर्दा उसले उत्साह र उत्प्रेरणा गुमाउँछ, र त्यसपछि उसले तुरुन्तै यो द्वन्द्वको ठाउँ त्याग्न चाहन्छ। के यी परिणामहरू गम्भीर छन्? अत्यन्तै गम्भीर हुन्छन्। त्यसकारण, यदि मण्डलीमा कुनै व्यक्ति छ जसले कुनै कुरा उसको इच्छाअनुरूप नहुँदा सधैँ त्यसबारे विवाद सुरु गर्छ, को सही छ भनेर तर्क गर्छ, सही र गलतबीच तर्क गर्छ, र को ठूलो वा सानो छ भनेरसमेत विवाद गर्छ भने, त्यस्ता व्यक्तिहरूले रातो झन्डाको सङ्केत दिन्छन्। तिनीहरूले मण्डलीमा कस्तो भूमिका खेल्छन्, तिनीहरूले के-कस्ता परिणामहरू ल्याउँछन्, त्यो हेर्, अनि त्यसबाट तैँले तिनीहरूको प्रकृति सार के हो भन्ने कुरा देख्न सक्छस्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।