अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१०) खण्ड तीन

अनुभवात्मक गवाही लेखहरू लेख्ने काम कार्यान्वयन गर्नमा निरीक्षणको एउटा महत्त्वपूर्ण चरण समावेश हुन्छ, जुन अगुवा र कामदारहरूसँग सत्यता वास्तविकता छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। तुलनात्मक रूपमा कमजोर क्षमता भएका र तुलनात्मक रूपमा कमजोर अगुवा र कामदारहरूको निरीक्षण गर्नेबाहेक, तैँले औसत क्षमता भएकाहरूका बारेमा पनि सोधपुछ गर्ने र बुझ्ने गर्नुपर्छ। यदि वातावरण उपयुक्त छैन भने, तैँले परिस्थितिबारे सोधपुछ गर्न र बुझ्न कसैलाई पठाउन सक्छस् अनि विस्तृत अभिलेखहरू राख्न सक्छस्। वातावरणले अनुमति दिएमा, व्यक्तिगत रूपमा गएर यस कामको सुपरिवेक्षकसँग अन्तरक्रिया गर्नु; प्रश्नहरू सोध्नु, सोधपुछ गर्नु, यस कामको विशिष्ट अवस्था बुझ्नु, र काम कति राम्ररी कार्यान्वयन भइरहेको छ भनी हेर्नु नै सर्वोत्तम हुन्छ। सारांशमा भन्‍नुपर्दा, अनुभवात्मक गवाही लेखहरू लेख्ने कामको प्रबन्ध जारी भएपछि, त्यो एक-दुई महिनामा टुङ्ग्याउन सकिने कुरा होइन। यो कुनै अस्थायी कार्य नभई दीर्घकालीन काम हो। अगुवा र कामदारहरूले कामका प्रबन्धहरू जारी भएको पहिलो एक-दुई महिनाभित्र मात्र मार्गनिर्देशन, सुपरिवेक्षण, प्रोत्साहन, र निरीक्षण प्रदान गर्ने अनि काम सकिएको ठान्‍ने गर्नु हुँदैन। बरु, उनीहरूले लामो समयसम्म निरन्तर कामको अनुगमन गर्नैपर्छ। अलिक कमजोर मण्डली अगुवाहरूका लागि, उनीहरूले गएर व्यक्तिगत मार्गनिर्देशन प्रदान गर्नुपर्छ। स्वतन्त्र रूपमा कामका प्रबन्धहरू कार्यान्वयन गर्न सक्ने मण्डली अगुवाहरूका लागि पनि, कामको प्रगति बुझ्न र उत्पन्‍न हुने कुनै पनि समस्याहरू समाधान गर्न उनीहरूले नियमित निरीक्षणहरू अभ्यास गर्नुपर्छ। यो अगुवा र कामदारहरूकै जिम्मेवारी हो। त्यसकारण, काम गरिरहेका अगुवा र कामदारहरूबारे एउटा कुरा चाहिँ निश्चित छ: उनीहरूसँग कहिल्यै फुर्सदको समय हुँदैन। कतिपय अगुवा र कामदारहरूले सधैँ यस्तो सोच्छन्, “कामका प्रबन्धहरू जारी गरिएका छन्, र मैले तिनलाई कसरी कार्यान्वयन गर्ने भन्‍नेबारे सङ्गति गरेको छु। मैले आफ्नो कार्य सकाएको छु, गर्नुपर्ने अरू केही पनि छैन। त्यसैले म केही उपयुक्त घरायसी कामहरू गर्नेछु, जस्तै खाना बनाउने र अतिथिसत्कारमा सहयोग गर्ने, वा दाजुभाइ-दिदीबहिनीहरूसँग नभएका केही दैनिक आवश्यकताका सामानहरू किन्‍ने।” उनीहरू कामका प्रबन्धहरू जारी भएपछि निष्क्रिय बन्छन् र आफ्नो कार्य सकिएको र अब गर्नुपर्ने थप केही नभएको महसुस गर्छन्। यसले उनीहरूलाई काम कसरी गर्ने वा निश्चित कार्यहरूको जिम्मेवारी कसरी लिने भन्‍ने थाहा छैन भन्‍ने देखाउँछ। वास्तवमा, परमेश्‍वरको घरका विभिन्‍न कामका प्रबन्धहरू जारी भएपछि, माथिले रोक्न आह्वान नगरेसम्म, काम जारी रहनैपर्छ र बीचमै रोकिनु हुँदैन। उदाहरणका लागि, अनुभवात्मक गवाही लेखहरू लेख्ने काम—के माथिले यसलाई रोक्न आह्वान गरेका छन्? के यो काम रोक्नू भनेर कुनै सूचना आएको छ? (छैन।) त्यसोभए, अगुवा र कामदारहरूले यो कामलाई कसरी अघि बढाउनुपर्छ त? अल्पकालिक उत्साहद्वारा मात्र प्रेरित नहो। पहिलो पटक कामका प्रबन्धहरू जारी हुँदा, तँ निकै उत्साहित, सक्रिय, र यो काम गर्न आतुर हुन्छस्। तर, केही समयपछि, यदि माथिले प्रोत्साहन दिएनन्, नयाँ निर्देशनहरू जारी गरेनन्, वा यस कामका प्रबन्धका लागि थप निर्देशिकाहरू दिएनन् भने, तँलाई माथिले कुनै पनि नयाँ कुराको प्रबन्ध नगरेको हुनाले, तैँले यस कामलाई बेवास्ता गर्न मिल्छ भन्‍ने सोच्न सक्छस्। यो स्वीकार्य हुँदैन; यो जिम्मेवारी विमुखता हो। यो काम चाहे जति लामो समय कार्यान्वयन भएको भए पनि, र माथिले त्यस अवधिमा यो कामका बारेमा सोधपुछ गरेको, प्रोत्साहन दिएको वा जोड गरेको भए पनि वा नभए पनि, जबसम्म यो काम तँलाई सुम्पिएको हुन्छ, तैँले त्यसलाई वहन गर्नुपर्छ र त्यसलाई निरन्तर गर्नुपर्छ, त्यसलाई राम्ररी अघि बढाउनुपर्छ। “निरन्तर” भन्‍नुको अर्थ के हो? यसको अर्थ माथिले रोक्न आह्वान नगरेसम्म, अगुवा र कामदारहरूले यस काममा निर्बाध र निरन्तर मार्गनिर्देशन, सुपरिवेक्षण, प्रोत्साहन, निरीक्षण, र अनुगमन प्रदान गर्नुपर्छ। जबसम्म तैँले राजीनामा दिँदैनस् वा तँ बर्खास्त हुँदैनस्, तँ आफ्नो पदमा रहुञ्जेल, यो तैँले अगुवा वा कामदारका रूपमा राम्ररी गर्नैपर्ने काम हो। यो तैँले निरन्तर कार्यान्वयन र अनुगमन गर्नैपर्ने कार्य पनि हो। यसलाई कसरी अभ्यास गर्नुपर्छ? हरेक पटक कुनै मण्डलीमा जाँदा, तैँले स्थानीय अगुवाहरू र यस कामको सुपरिवेक्षकलाई यस्तो सोध्नैपर्छ: “यस अवधिमा गवाही लेखहरूको प्रगति कस्तो भइरहेको छ? के त्यस्ता कुनै राम्रा, तुलनात्मक रूपमा उत्प्रेरक गवाही लेखहरू छन्? के कुनै विशेष अनुभव समेटिएका लेखहरू छन्?” यदि उनीहरूले छन् भनेमा, तैँले यी लेखहरू हेर्नुपर्छ। यदि तिनमा वास्तवमै व्यावहारिक अनुभवहरू छन् र ती साँच्चिकै मानिसहरूका लागि शिक्षाप्रद छन् भने, ती तुरुन्तै बुझाइनुपर्छ। हरेक पटक कुनै मण्डली भ्रमण गर्दा, तैँले सुरुमा यस मामलाबारे सोध्नैपर्छ। यो तैँले कार्यान्वयन गर्नैपर्ने एउटा विशिष्ट काम हो, तँ उम्कनै नमिल्ने एउटा दायित्व हो—यो तेरो जिम्मेवारी हो। माथिले यस मामलाबारे प्रोत्साहन दिने वा सोधपुछ गर्ने गरे पनि वा नगरे पनि, यो कार्य तैँले गर्नुपर्ने कुरामा समावेश हुन्छ। यदि दाजुभाइ-दिदीबहिनीहरू आफ्ना कर्तव्यहरू पूरा गर्नमा व्यस्त छन् र उनीहरूसित गवाही लेखहरू लेख्ने समय नै छैन भने, तैँले यसो भन्दै उनीहरूलाई प्रोत्साहित गर्नैपर्छ, “राम्रा गवाही लेखहरू लेख्नु परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका लागि निकै लाभदायक हुन्छ, र त्यो एउटा महत्त्वपूर्ण कर्तव्य पनि हो।” तर, कतिपय अगुवाहरूले यसो भन्छन्, “दाजुभाइ-दिदीबहिनीहरू आफूले आफ्ना सारा अनुभवहरू लेखेको र लेख्नका लागि थप केही पनि नभएको महसुस गर्छन्।” के यो भनाइ सही हो? वास्तवमा, मानिसहरूले धेरै विस्तृत अनुभवहरू याद नै गर्दैनन् र तिनलाई बेवास्ता गरिन्छ। उनीहरूले अरूद्वारा लिखित अनुभवात्मक गवाहीहरू पढ्दा मात्र आफ्ना अनुभवहरू पनि त्यस्तै भएको सम्झन्छन्। त्यसकारण, अनुभवात्मक गवाही लेखहरू लेख्नका लागि सावधानीपूर्ण सोच र चिन्तन आवश्यक हुन्छ। लेख्न योग्य धेरै अनुभवात्मक बुझाइहरू हुन्छन्। के लेख्नका लागि कुनै समय नहुनु जायज कारण हो? यो मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्य हो। उनीहरू जतिसुकै व्यस्त भए पनि, उनीहरूले लेख्ने समय निकाल्नुपर्छ। यदि उनीहरूलाई गवाही लेखहरू लेख्न आउँदैन भने, उनीहरूले अरू कसैलाई त्यसको सम्पादन गर्न वाचन गर्नुपर्छ, र यसरी राम्रो लेख सिर्जना गर्नुपर्छ। यसरी, तेरो प्रोत्साहन र निर्देशनमार्फत, अर्को राम्रो अनुभवात्मक गवाही लेख लेखिन्छ। के तँलाई यो लेखले कति जना मानिसहरूलाई शिक्षा दिन सक्छ भन्‍ने कुरा थाहा छ? कति जना मानिसहरूले यसबाट सहयोग र लाभ प्राप्त गर्न सक्छन्? यदि तैँले सुपरिवेक्षण गर्दैनस् र निर्देशन प्रदान गर्दैनस्, अनि स्थानीय मण्डलीका अगुवाहरूसँग पनि, दाजुभाइ-दिदीबहिनीहरूले आफ्ना सबै अनुभवात्मक गवाहीहरू लेखिसके र लेख्नका लागि थप कुनै पनि लेखहरू छैनन् भन्‍ने सोचेर, बोझको बोध हुँदैन भने, यो राम्रो अनुभवात्मक गवाही लेख अस्तित्वमा आउनेछैन। कहिलेकाहीँ तैँले कुनै मण्डलीमा भ्रमण गर्दा, केही दाजुभाइ-दिदीबहिनीहरूले तँसित बातचित गर्छन् र यसो भन्छन्, “मैले आफ्नो जीवनमा हर प्रकारका कष्ट भोगेको छु। परमेश्‍वरमा विश्‍वास गरेपछि, मलाई धेरै सताइएको छ। मार्गको हरेक कदममा, परमेश्‍वरले नै मलाई अगुवाइ गर्दै आउनुभएको छ। मैले परमेश्‍वरका अद्भुत कार्यहरू देखेको छु, र सबै कुरा परमेश्‍वरले निर्धारित गर्नुहुन्छ र परमेश्‍वरले साँच्चिकै सबैमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने महसुस गरेको छु—यो पूर्ण रूपमा साँचो हो!” उनीहरूले तँलाई आफ्नो अनुभव बताएपछि, उनीहरूले त्यसलाई लेखका रूपमा लेखेका छन् कि छैनन् भनेर तैँले उनीहरूलाई सोध्छस्, अनि उनीहरूले भन्छन्, “अहँ, मेरो शैक्षिक स्तर कम छ र म लेख्न सक्दिनँ। यसबाहेक, अरूले यो अनुभव मूल्यवान् छैन भन्छन्।” तैँले उनीहरूलाई भन्छस्, “यस्तो गजबको अनुभव कसरी मूल्यरहित हुन सक्छ र?” “तिम्रो अनुभवको प्रत्येक चरणपछि, तिमीले गहन रूपमा परमेश्‍वरको सार्वभौमिकता, परमेश्‍वरको अगुवाइ, र परमेश्‍वरको निर्धारण महसुस गर्‍यौ। योभन्दा बढी मूल्यवान् अनुभव के हुन सक्छ र? यस्ता अनुभवहरू लेखेर राख्नुपर्छ र छुटाउनु हुँदैन।” तैँले त्यसपछि उनीहरूलाई त्यसको सम्पादनमा मदत गर्नका लागि तुरुन्तै अझ बढी शिक्षित दाजुभाइ-दिदीबहिनीहरूको प्रबन्ध गर्छस्। तीन दिनभित्रै, एउटा राम्रो र उत्कृष्ट गवाही लेख लेखिन्छ र त्यसलाई अनुभवात्मक गवाही भिडियोमा परिणत गरिन्छ। त्यो हेर्ने सबैले यसो भन्छन्, “मुख्य पात्रको अनुभव अद्भुत छ! त्यो हेर्नु अत्यन्तै शिक्षाप्रद छ! यसले साँच्चिकै परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने देखाउँछ—कुरा ठ्याक्कै त्यही हो! यो अब झन् बढी हदमा पुष्टि भएको छ, र परमेश्‍वरमाथिको हाम्रो आस्था बढेको छ।” अरूले यसो भन्छन्, “यो अनुभवात्मक गवाही लेख निकै व्यावहारिक रूपमा लेखिएको छ र यो निकै प्रेरणादायी छ। यसलाई चलचित्र बनाए अझ राम्रो हुनेथियो!” धेरै जना दाजुभाइ-दिदीबहिनीहरूले उत्सुकताको साथ झट्टै यसको चलचित्र बनेको प्रतीक्षा गर्छन्। त्यसैले, अगुवा र कामदारहरूले मण्डलीको कामलाई जिम्मेवारी र बफादारीका साथ व्यवहार गरेका हुनाले, एउटा सामान्य कुराकानीले नै एउटा राम्रो लेख र चलचित्रका लागि राम्रो सामग्री तयार पार्न सक्यो। यो नै सर्वोत्कृष्ट गवाही र परमेश्‍वरको सार्वभौमिकता र निर्धारणको गवाही दिनका लागि सर्वोत्कृष्ट विषयवस्तु हो। यस्ता कथाहरूले धेरै मानिसहरूको आस्था बढाउन र धेरैलाई शिक्षा दिन पनि सक्छ! तँ यस तरिकाले काम गर्ने अगुवा र कामदारहरूबारे के सोच्छस्? उनीहरूले आफ्नो काममा कुनै पनि औपचारिकता पालना गर्दैनन्। जहाँ गए पनि, उनीहरूले प्रश्नहरू सोध्छन्, सोधपुछ गर्छन्, दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्छन्, र स्वाङ नपारी उनीहरूसित समाहित हुन्छन्। उनीहरूसित हृदयमा बोझको बोध मात्र नभई जिम्मेवारीको बलियो बोध पनि हुन्छ। लगातार यसो गरेर, उनीहरूले स्वतः नतिजाहरू हासिल गर्छन्। के परमेश्‍वरले यो कुरा सम्झनुहुनेछैन र? के यी असल कार्यहरू हुन्, होइनन् र? ल भन्, के यति काम गर्न सकस हुन्छ र? के यसका लागि कष्ट भोग्नु आवश्यक हुन्छ? के यसका लागि तरबारको धारजस्ता हिमाल चढ्नु वा आगोको समुद्रमा डुब्की मार्नु आवश्यक हुन्छ? हुँदैन। यो कठिन छैन। यसमा आफ्नो हृदय लगाउनु मात्र आवश्यक हुन्छ। हृदयमा यो काम बोकेर, तँ चाहे जहाँ गए पनि, तैँले प्रश्नहरू सोध्छस् र सोधपुछ गर्छस्: “कामको प्रगति कस्तो भइरहेको छ? के यस अवधिमा कुनै राम्रो गवाही लेखहरू आएका छन्? अनुभवहरू भएका तर अहिलेसम्म लेखहरू नलेखेका दाजुभाइ-दिदीबहिनीहरूका हकमा, के तिमीहरूले उनीहरूलाई आफ्ना अनुभवहरू वर्णन गर्नहेतु मार्गनिर्देशन गर्न जानेका छौ? के तिमीहरूले उनीहरूलाई आफ्नो कुरा व्यक्त गर्न मदत गर्न र ती लेख्न मार्गनिर्देशन गर्न जानेका छौ?” तँ चाहे जहाँ गए पनि, तैँले सधैँ यस मामलाबारे सङ्गति गर्नुपर्छ, यो कामसँग सम्बन्धित कामकुरा गर्नुपर्छ, र यो कामसँग सम्बन्धित शब्दहरू बोल्नुपर्छ। के यस तरिकाले अभ्यास गर्नाले अगुवा र कामदारहरूको काम अझ प्रचुर बन्दैन र? के गर्ने काम नै नभएर तँ निष्क्रिय हुने अवस्था आउन सक्छ? (सक्दैन।) के यस तरिकाले काम गर्ने अगुवा र कामदारहरू थकित हुन वा थकाइले मर्न सक्छन्? (सक्दैनन्।) उनीहरू थकित हुने वा थकाइले मर्ने छैनन्, कामले नतिजाहरू निकाल्नेछ, र त्यसलाई परमेश्‍वरले सम्झनुहुनेछ। यदि तैँले यस तरिकाले काम गरिस् भने, धेरै जनाले शिक्षा पाउनेछन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई अनुभवात्मक गवाही लेखहरू लेख्नु मूल्यवान् र अर्थपूर्ण हुन्छ भन्‍ने लाग्नेछ। यसअघि, उनीहरूलाई आफ्ना अनुभवहरूको कुनै मूल्य छैन भन्‍ने लाग्थ्यो, तर तेरो मार्गनिर्देशनमार्फत, उनीहरूले अनुभवात्मक गवाही लेखहरू कसरी लेख्ने भन्‍ने बुझे। यसले उनीहरूको जीवन प्रवेशमा पनि फाइदा गर्छ। यस तरिकाले काम गर्दा मात्र तैँले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गरिरहेको हुन्छस्।

अगुवा र कामदारहरूले कसरी कामको निरीक्षण गर्नुपर्छ भन्‍नेबारे सङ्गति गरेर, के तिमीहरूले कामको निरीक्षण कसरी गर्ने भनी सिकेका छौ? कामको निरीक्षण गर्नु भनेको त्रुटिहरू खोज्नु वा स-साना कुरालाई उचाल्नु होइन, बरु काम कसरी गरिएको छ, त्यसको प्रबन्ध गरिएको छ कि छैन, कसैले कामको जिम्मेवारी लिइरहेको छ कि छैन, काम कसरी अघि बढिरहेको छ, प्रगति कस्तो छ, त्यो सहज रूपमा अघि बढिरहेको छ कि छैन, काम सिद्धान्तहरूअनुसार गरिएको छ कि छैन, त्यसले नतिजाहरू निकाल्छ कि निकाल्दैन, आदि कुराहरू हेर्नु हो। त्यो सँगसँगै, तैँले कामलाई नियाल्नु, त्यसको समीक्षा गर्नुपर्छ, र त्यसको प्रभावकारिताको मूल्याङ्कन गर्नुपर्छ, अनि यसबाट काम कार्यान्वयन गर्ने अझ राम्रा र उपयुक्त उपायहरू खोज्नुपर्छ। अनुभवात्मक गवाही लेखहरू लेख्ने जस्ता कुनै कामको प्रबन्धका लागि, माथिले त्यसलाई रोक्नू भनी आह्वान नगरेसम्म, यो कामलाई निरन्तर अनुगमन र कार्यान्वयन गरिनुपर्छ, र यो परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका लागि लाभदायक हुन्छ। यदि केही मानिसहरूलाई पहिल्यै पर्याप्त अनुभवात्मक गवाहीहरू छन् र परमेश्‍वरका चुनिएका मानिसहरूले ती सबै पढ्न सक्दैनन् भन्‍ने लागेमा, के यस कामलाई रोक्न मिल्छ? त्यसलाई रोक्न मिल्दैन। जति बढी अनुभवात्मक गवाहीहरू हुन्छन्, उति राम्रो हो; ती जति बढी हुन्छन्, त्यति नै बढी प्रचुर हुनेछन्—परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न सबैभन्दा बढी मदत गर्ने यसैले हो। कतिपय नयाँ विश्‍वासीहरूले यी अनुभवात्मक गवाहीहरू पढेपछि परमेश्‍वरको काम कसरी अनुभव गर्ने भनी थाहा पाउनेछन्। केही समयसम्म अनुभव भोगेर नतिजाहरू प्राप्त गरेपछि, उनीहरू स्वतः अनुभवात्मक गवाही लेखहरू लेख्न सक्षम हुनेछन्। सतही अनुभवहरू भएका कतिपय मानिसहरूले पनि ती तुलनात्मक रूपमा गहन अनुभवात्मक गवाहीहरू पढेर शिक्षा प्राप्त गर्न सक्छन्, र उनीहरूले झन् गहन अनुभवहरू हासिल गर्न र अझ राम्रा गवाही लेखहरू लेख्न सक्छन्। यी गवाहीहरूले धर्मका मानिसहरू र परमेश्‍वरका घरमा रहेका परमेश्‍वरका चुनिएका मानिसहरू दुवैलाई फाइदा हुन्छ। त्यसकारण, अनुभवात्मक गवाही लेखहरू लेख्ने कामलाई कहिल्यै रोक्न मिल्दैन। अगुवा र कामदारहरूले निरन्तर यस कामको अनुगमन गर्नैपर्छ र कुनै पनि कारणले वा बहानामा त्यसलाई रोक्नु हुँदैन। यो मण्डलीको एउटा महत्त्वपूर्ण काम हो। अगुवा र कामदारहरूले अनुभवात्मक गवाही लेखहरू लेख्नमा अगुवाइ गर्नुपर्छ। यो अभ्यासले उनीहरूमा सत्यता वास्तविकता छ कि छैन भन्‍ने कुरा सर्वोत्तम रूपमा प्रकाश गर्छ। यदि उनीहरूले अनुभवात्मक गवाही लेखहरू लेख्न सक्दैनन् भने, उनीहरू मानकअनुरूपका अगुवा वा कामदार होइनन् र उनीहरूले वास्तविक काम गर्न सक्दैनन्; उनीहरूलाई बर्खास्त गरेर हटाइनुपर्छ। यो काम राम्ररी गरेपछि, अगुवा र कामदारहरूले कामको प्रगतिबारे सोधपुछ गर्न निरन्तर विभिन्‍न मण्डलीहरूको भ्रमण गर्नुपर्छ। उनीहरूले प्रश्नहरू सोध्न र कामबारे जानकारी लिन सक्छन्: “आफ्नो पछ्याइमा तुलनात्मक रूपमा निष्ठावान् रहेका तिमीहरूको मण्डलीका केही दाजुभाइ-दिदीबहिनीहरू सबैसँग केही अनुभवहरू छन्—के उनीहरूले केही गवाही लेखहरू लेख्न सक्छन्?” उनीहरूले भर्खरै साँचो मार्ग स्विकारेकाहरूलाई पनि उनीहरूले कसरी अनुसन्धान गरेर त्यसलाई स्विकार्न पुगेका थिए, र उनीहरूले यससम्बन्धी आफूलाई लागेका कुराहरू लेख्न सक्छन् कि सक्दैनन् भनेर सोध्नुपर्छ। अगुवा र कामदारहरूले निरन्तर यस कामबारे सोधपुछ गर्न, जानकारी लिन, त्यसको अनुगमन गर्न, र त्यसलाई कार्यान्वयन गर्न मात्र नभई, कार्यान्वयन कति राम्रोसँग भइरहेको छ भन्‍ने कुराको निरीक्षण गर्नु पनि आवश्यक हुन्छ: “यस अवधिमा, के तिमीहरूले यो काम गर्नका लागि मानिसहरूको प्रबन्ध गरेका छौ त? कति वटा अनुभवात्मक गवाही लेखहरू लेखिएका छन्? कति वटा मानकअनुरूप छन्? मानकअनुरूपका लेखहरूको अनुपात कति छ?” सुपरिवेक्षकले जबाफ दिन्छ: “पछिल्लो सङ्गतिपछि, हाम्रो मण्डलीमा केही अनुभवात्मक गवाही लेखहरू लेखिसकिएका छन्, र मानकअनुरूपका केही लेखहरू पेस भएका छन्। हामीले निरन्तर यो काम गर्दै आएका छौँ।” यो ठिकै हो; यसको मतलब तैँले यो कार्य राम्ररी गरेको छस्। यसलाई ध्यानमा राख्दा, के एउटा मण्डलीले साँचो अनुभवात्मक गवाही लेखहरू उत्पादन गर्न सक्नु र अगुवा र कामदारहरूको भूमिकाबीच प्रत्यक्ष सम्बन्ध छ त? एकातिर, तैँले कामको यस पक्षबारे निरन्तर सङ्गति गर्नुपर्छ; अर्कोतिर, तैँले उदाहरणीय रूपमा अगुवाइ गर्नुपर्छ, निरन्तर कामबारे सोधपुछ गर्नुपर्छ, अनि काममा सहभागी हुने र कामको अनुगमन गर्ने पनि गर्नुपर्छ। केही समयसम्म अनुगमन गरेर यो मण्डली छाडेपछि, तँ पछि कार्यान्वयनको निरीक्षण गर्न फर्किनुपर्छ। के अगुवा र कामदारहरूले गर्नुपर्ने यही होइन र? अगुवा र कामदारहरूको जिम्मेवारी यही हो।

परमेश्‍वरको घरले जारी गरेको हरेक कामको प्रबन्धलाई अगुवा र कामदारहरूले गम्भीर रूपमा लिएर त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नैपर्छ। तैँले आफूले गरेका सबै कामको तुलना र निरीक्षण गर्न बारम्बार कामका प्रबन्धहरू प्रयोग गर्नुपर्छ। तैँले यस अवधिमा आफूले कुन कामहरू राम्ररी गरेको छैन वा उचित तरिकाले कार्यान्वयन गरेको छैन भनेर जाँच र चिन्तन पनि गर्नुपर्छ। कामका प्रबन्धहरूद्वारा तोकिएको र माग गरिएको कुनै पनि कार्यलाई बेवास्ता गरिएको छ भने, तैँले चाँडै त्यसको परिपूर्ति गर्नुपर्छ र त्यसबारे सोधपुछ गर्नुपर्छ। यदि तँ कुनै निश्चित काममा व्यस्त भएर उम्कन सक्दैनस् भने, तैँले राम्रोसँग सम्पन्‍न नभएको कामको निरीक्षण र अनुगमन गर्ने काम अरूलाई सुम्पन सक्छस्। केवल आदेशहरू जारी गर्ने अनि कामको खटनपटन र प्रबन्ध गरेपछि कार्य पूरा भयो भनी सोच्ने, र त्यसपछि निष्क्रिय भएर छेउमा उभिने नगर्। एक अगुवाका रूपमा, तँ एउटा कार्यका लागि मात्र नभई सबै कामका लागि जिम्मेवार हुन्छस्। यदि तैँले कुनै विशिष्ट कार्य अत्यन्तै महत्त्वपूर्ण छ भन्‍ने देख्छस् भने, तैँले त्यो कामको पर्यवेक्षण गर्न सक्छस्, तर तैँले अरू कार्यहरूको निरीक्षण, निर्देशन, र अनुगमन गर्ने समय पनि निकाल्नुपर्छ। यदि तँ एउटा कार्य राम्ररी गरेर नै सन्तुष्ट हुन्छस् र त्यसपछि कामकुरा सकिएको ठान्छस्, अनि अरू कार्यहरूबारे वास्ता वा सोधपुछ नगरी ती कार्यहरूमा अरू मानिसहरूलाई खटाउँछस् भने, यो गैरजिम्मेवार व्यवहार र जिम्मेवारी विमुखता हो। यदि तँ अगुवा होस् भने, तँ जति धेरै कार्यहरूका लागि जिम्मेवार भए तापनि, निरन्तर तिनका बारेमा प्रश्‍नहरू सोध्‍नु र सोधपुछ गर्नु, अनि साथसाथै तिनको निरीक्षण गर्नु र समस्याहरू देखा पर्नेबित्तिकै तुरुन्तै समाधान गर्नु तेरो जिम्मेवारी हो। यो तेरो काम हो। अनि त्यसैले, तँ क्षेत्रीय अगुवा, जिल्ला अगुवा, मण्डली अगुवा, वा कुनै टोली अगुवा वा सुपरिवेक्षक जेसुकै भए पनि, तैँले तेरा जिम्मेवारीहरूको दायरा थाहा पाएपछि, तैँले वास्तविक काम गरिरहेको छस् कि छैनस्, अगुवा वा कामदारले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस्, साथै तैँले आफूलाई सुम्पिएका कैयौँ कार्यहरूमध्ये कुन कार्यहरू गरेको छैनस्, तँ कुन कार्य गर्न चाहँदैनस्, कुन कार्यहरूले खराब नतिजाहरू निकालेका छन्, र तँ कुन कार्यहरूका सिद्धान्तहरू बुझ्‍न असफल भएको छस् भनेर बारम्बार जाँच गर्नैपर्छ। यी सबै थोकहरू तैँले बारम्बार जाँच्नुपर्छ। साथसाथै, तैँले अरू मानिसहरूसँग सङ्‍गति गर्न र प्रश्‍नहरू सोध्‍न सिक्‍नैपर्छ, अनि परमेश्‍वरका वचनहरू र कामका प्रबन्धहरूमा अभ्यासका निम्ति योजना, सिद्धान्तहरू र मार्ग पहिचान गर्न सिक्‍नैपर्छ। जुनसुकै कामको प्रबन्ध होस्, चाहे त्यो प्रशासन, कर्मचारी वा मण्डली जीवनसँग सम्बन्धित होस्, वा कुनै पनि पेसागत कामसँग सम्बन्धित होस्, यदि त्यो अगुवा र कामदारहरूका जिम्मेवारीहरूसँग सम्‍बन्धित छ भने, त्यो अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो र अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्र पर्ने कुरा हो—तैँले ध्यान दिनुपर्ने कार्यहरू यिनै हुन्। स्वाभाविक रूपमा, प्राथमिकताहरू परिस्थितिका आधारमा निर्धारण गरिनुपर्छ; कुनै पनि काम पछि पर्नु हुँदैन। कतिपय अगुवा र कामदारहरूले भन्छन्, “मसँग तीन वटा टाउका र छ वटा पाखुराहरू छैनन्। कामको प्रबन्धभित्र धेरै कामहरू छन्; यदि मलाई ती सबैको जिम्मेवारी दिइएमा म कदापि व्यवस्थापन गर्न सक्दिनँ।” यदि तँ केही कार्यहरूमा व्यक्तिगत रूपमा सामेल हुन सक्दैनस् भने, के तैँले ती काम गर्न अरू कसैको प्रबन्ध गरेको छस्? यो प्रबन्ध गरेपछि, के तैँले अनुगमन र सोधपुछहरू गरिस्? के तैँले उनीहरूको कामको जाँच गरिस्? तँसित अवश्यै पनि सोधपुछ र जाँच गर्ने समय त थियो होला? तैँले पक्कै पनि गरिस्! कतिपय अगुवा र कामदारहरू यसो भन्छन्, “म एक पटकमा एउटा कार्य मात्र गर्न सक्छु। यदि तिमीले मलाई जाँच गर्न आग्रह गर्छौ भने, म एक पटकमा एउटा कार्यको मात्र जाँच गर्न सक्छु; त्योभन्दा अलिकति पनि बढी असाध्य हुन्छ।” यदि त्यस्तो हो भने, तँ केही न कामको छस्, तेरो क्षमता अत्यन्तै कमजोर छ, तँसित कुनै काम गर्ने सक्षमता छैन, तँ एक अगुवा वा कामदार हुन योग्य छैनस्, र तैँले राजीनामा दिनुपर्छ। आफूलाई सुहाउने कुनै काम मात्र गर्—काम गर्नका लागि तेरो क्षमता अत्यन्तै कमजोर भएकै कारण मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन वृद्धिमा ढिलाइ नगरा; यदि तँसित यो समझको कमी छ भने, तँ स्वार्थी र नीच छस्। यदि तँमा साधारण क्षमता छ तर तैँले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्, तँ प्रशिक्षण लिन इच्छुक छस्, र तँ आफूले यो काम राम्ररी गर्न सक्नेमा निश्चित महसुस गर्दैनस् भने, तैँले काममा तँसित सहकार्य गर्नका लागि असल क्षमता भएका एक-दुई जना मानिसहरू खोज्नुपर्छ। यो राम्रो तौरतरिका हो, र यसलाई समझ भएको मानिन्छ। यदि तेरो क्षमता अत्यन्तै कमजोर छ र तँ यो काम वहन गर्न साँच्चिकै असक्षम छस्, तैपनि अझै यो पद ओगटिरहने र त्यसका लाभहरूको आनन्द उठाइरहने इच्छा गर्छस् भने, तँ स्वार्थी र नीच व्यक्ति होस्। अगुवा र कामदारहरूमा विवेक र समझ हुनैपर्छ—यो सबैभन्दा बढी महत्त्वपूर्ण हुन्छ। यस्तो मानवता समेत छैन भने, उनीहरू अगुवा वा कामदार हुन बिलकुलै सक्दैनन्, र उनीहरूले थोरै काम गरे पनि, उनीहरू झूटा अगुवा हुनेछन् जसले बस परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्नेछन् र मण्डलीको कामलाई जोखिममा पार्नेछन्। अगुवा र कामदारहरूले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नुपर्छ; उनीहरूले कुनै पनि हालतमा तानाशाही भई सबै कुरा आफैले गर्न खोजेर अन्त्यमा कुनै पनि काम राम्रोसँग नगर्न र मण्डलीको सबै काम, साथै परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा ढिलाइ गराउन पुग्नु हुँदैन। के त्यो ठूलो अपराध हुनेछैन र? त्यसकारण, अत्यन्तै कमजोर क्षमता भएका मानिसहरू कुनै पनि हालतमा अगुवा र कामदार हुन सक्दैनन्। परमेश्‍वरको डर मान्‍ने हृदय नभएका र परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्न नसक्नेहरू त अगुवा र कामदार हुन झनै सक्दैनन्; उनीहरूलाई कुनै पनि कार्यको जिम्मा दिन मिल्दैन। अगुवा र कामदारका रूपमा, आत्मचेतना हुनु महत्त्वपूर्ण छ। यदि तँ वास्तविक काम गर्न सक्दैनस् तर पनि सबै कामको जिम्मा आफै लिन खोज्छस्, र हैसियतका लाभहरूको आनन्द उठाउन मन पराउँछस् भने, यो नै झूटो अगुवाको परिभाषा हो, र तँलाई बर्खास्त गरेर हटाइनुपर्छ।

परमेश्‍वरको घरका कामका प्रबन्धहरूसम्बन्धी अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरूबारे सङ्गति गरेपछि, के अब तिमीहरूसँग अगुवा र कामदारहरूले कामका प्रबन्धहरूलाई कुन रूपमा लिनुपर्छ र कसरी कार्यान्वयन गर्नुपर्छ भन्‍नेबारे मार्ग छ त? (हजुर।) के कुनै कठिनाइहरू छन्? अगुवा र कामदारहरूका जिम्मेवारीहरूभित्र उल्लिखित हामीले सङ्गति गरेका विभिन्‍न कार्यहरूमध्ये, कतिपय मानिसहरूले एउटा वा दुइटा पक्षहरूमा मात्र ध्यान दिन सक्छन्, जबकि अन्य मानिसहरू एउटा वा दुइटा पक्षहरू समेत हासिल गर्न सक्षम नहुन सक्छन्। कामका एउटा वा दुइटा पक्षहरूमा ध्यान दिन सक्ने अगुवा र कामदारहरूका हकमा, यदि उनीहरूसँग पर्याप्त क्षमता छ र उनीहरूले कामका अरू पक्षहरूको अनुगमन गर्न सिक्न पनि सक्छन् भने, उनीहरू मूलतः मानकअनुरूप हुन्छन्। तर, यदि उनीहरू धर्मसिद्धान्तहरू प्रचार गर्ने र भेलाहरू गर्ने तहमा मात्र रहन्छन् तर निश्चित काम गर्न सक्दैनन्, साथै निश्चित कामहरूको निरीक्षण र अनुगमनमा सहभागी हुन आग्रह गरिँदा, उनीहरू योजना, कदम, वा पछ्याउने मार्गहरू नभएर, के गर्ने भन्‍ने थाहा नभएर चिन्तित बन्छन् भने, यसले कमजोर क्षमता सङ्केत गर्छ। के कमजोर क्षमता भएका मानिसहरूले कामका प्रबन्धहरू कार्यान्वयन गर्न सक्छन् त? (सक्दैनन्।) त्यस्ता अगुवा र कामदारहरू मानकअनुरूप हुँदैनन्। तिमीहरूले त्यस्ता अगुवा र कामदारहरूलाई कसरी व्यवहार गर्नुपर्छ त? उनीहरूलाई यसो भन, “कामका प्रबन्धहरू जारी गरिएका छन्, र के-के कार्यहरू गर्ने र के-के सिद्धान्तहरू पालना गर्ने भन्‍नेबारे हामीसँग प्रस्ट बुझाइ छ, तर तँलाई के गर्ने भन्‍ने थाहा छैन र तँसित पछ्याउने मार्ग छैन। अनि अझै पनि तँ हामीलाई सङ्गति दिने र प्रवचनहरू प्रचार गर्ने दुस्साहस गर्छस्। तैँले तत्काल राजीनामा दिनुपर्छ! तँ अगुवा वा कामदार हुन उपयुक्त छैनस्, तैँले यो जिम्मेवारी पूरा गर्न सक्दैनस्। चाँडो अर्को योग्य व्यक्तिलाई हस्तान्तरण गर्! यहाँ नाराहरू फलाक्न छोड्, कसैले पनि सुन्‍न चाहँदैन!” के यो त्यसलाई सम्हाल्ने उचित तरिका हो? (हो।) यदि तँ उक्त काम गर्न सक्दैनस् भने, अन्धाधुन्ध नाराहरू फलाक्नुको के अर्थ भयो र! कामका प्रबन्धहरूमा भएका शब्दहरू सबैले पढ्न सक्छन्; धर्मसिद्धान्तहरू सबैले बोल्न सक्छन्—यो सबै तैँले वास्तवमा यो कसरी गर्छस् भन्‍ने कुरा मात्र हो। यदि तँ त्यो गर्न सक्दैनस् भने, तँ अगुवा वा कामदार हुन उपयुक्त छैनस्। कुनै पनि कार्य एकमा एक जोडे दुई भने जस्तो सरल हुँदैन। हरेक कार्यमा अगुवा र कामदारहरूले विशिष्ट अवस्थाका आधारमा सिद्धान्तहरूको दायराभित्रै रहेर निश्चित कार्यान्वयन योजनाहरू विकास गर्न आवश्यक हुन्छ। त्यो सँगसँगै, उनीहरूले काम ठीकसँग कार्यान्वयन नभएसम्म, कामका प्रबन्धहरूका मागहरू पूर्ण रूपमा पूरा हुने, फलदायी हुने र नतिजाहरू निकाल्ने गरी कसरी सुपरिवेक्षण, निरीक्षण र अनुगमन गर्ने भन्‍ने कुरा जान्‍नैपर्छ। त्यसपछि मात्र उनीहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गरेका हुन्छन्; त्यसपछि मात्र उनीहरू मानकअनुरूपका अगुवा र कामदार हुन्छन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्