परिशिष्ट दुई: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग एक) खण्ड एक

अ. नोआले जहाज बनाए

आज, म तिमीहरूलाई थुप्रै कथाहरू सुनाएर सुरु गर्न जाँदैछु। मैले कुन विषयमा बोलिरहेको छु, र हामीले पहिले कुरा गरेका विषयहरूसँग यसको कुनै सम्बन्ध छ कि भनी सुन र हेर। यी कथाहरू गहन छैनन्, सायद तिमीहरू सबैले ती बुझ्नेछौ। हामीले यी कथाहरू पहिले पनि सुनाएका छौँ, ती पुराना कथाहरू हुन्। पहिलो कथा नोआको हो। नोआको समयमा, मानवजाति अत्यन्तै भ्रष्ट थियो: मानिसहरूले मूर्तिको आराधना गर्थे, परमेश्‍वरको प्रतिरोध गर्थे, र हरप्रकारका दुष्ट कार्यहरू गर्थे। तिनीहरूको दुष्ट कार्यहरू परमेश्‍वरको आँखाले देख्यो, तिनीहरूले बोलेका शब्दहरू परमेश्‍वरका कानमा पुगे, अनि परमेश्‍वरले यस मानवजातिलाई जलप्रलयले नष्ट गर्ने, यस संसारलाई मेटाउने तय गर्नुभयो। त्यसोभए के एक जना पनि बाँकी नरहने गरी सबै मानिसहरूलाई उन्मूलन नै गरिने थियो त? होइन। एउटा व्यक्ति भाग्यशाली थिए, परमेश्‍वरका नजरमा उनले निगाह पाए, र उनी परमेश्‍वरले गर्नुहुने विनाशको निशाना हुनेथिएनन्: यी मानिस नोआ थिए। परमेश्‍वरले जलप्रलयले संसारलाई विनाश गरिसक्नुभएपछि नोआ बाँकी रहनेथिए। परमेश्‍वरले यो युगको अन्त्य र यो मानवजातिलाई विनाश गर्ने तय गरिसकेपछि, उहाँले केही गर्नुभयो। त्यो के थियो? एक दिन, परमेश्‍वरले आकाशबाट नोआलाई बोलाउनुभयो। उहाँले यसो भन्नुभयो, “नोआ, यो मानवजातिको दुष्टता मेरो कानमा आइपुगेको छ, र मैले यस संसारलाई जलप्रलयले नष्ट गर्ने तय गरेको छु। तैँले गोपेर काठको एउटा जहाज बनाउनुपर्छ। म तँलाई त्यो जहाजका आयामहरू दिनेछु, र तैँले त्यस जहाजभित्र राख्नका लागि सबै प्रकारका जीवित प्राणीहरू जम्मा गर्नुपर्छ। जब जहाज पूरा हुन्छ र त्यसभित्र परमेश्‍वरद्वारा सृजित हरेक जीवित प्राणीको एउटा भाले र एउटा पोथी जम्मा गरिन्छन्, तब परमेश्‍वरको दिन आउनेछ। त्यो समयमा, म तँलाई एउटा सङ्केत दिनेछु।” यी वचनहरू बोलेपछि, परमेश्‍वर प्रस्थान गर्नुभयो। अनि परमेश्‍वरका यी वचनहरू सुनेपछि, नोआले परमेश्‍वरले भनेका हरेक कार्य, नछुटाई गर्न थाले। उनले के गरे? उनले परमेश्‍वरले बताउनुभएको गोपेरको काठ, र जहाज बनाउन आवश्यक विभिन्न सामाग्रीहरू खोजे। उनले सबै प्रकारका जीवित प्राणीलाई जम्मा गर्ने र पालनपोषण गर्ने तयारी पनि गरे। यी दुवै महत्त्वपूर्ण कार्यहरू उनका हृदयमा गडिएका थिए। परमेश्‍वरले नोआलाई ठूलो जहाज बनाउने काम सुम्पनुभएदेखि, “परमेश्‍वरले कहिले संसार नष्ट गर्दै हुनुहुन्छ? उहाँले त्यसो गर्ने सङ्केत मलाई कहिले दिँदै हुनुहुन्छ?” भनेर उनले एक पल पनि सोचेनन्। नोआले यस्ता कुरामा चिन्तन गर्नुभन्दा परमेश्‍वरले उनलाई भन्‍नुभएको प्रत्येक कुरालाई गम्भीरतापूर्वक हृदयमा लिए र त्यसपछि प्रत्येकलाई कार्यान्वयन गरे। परमेश्‍वरले सुम्पनुभएको कुरा स्वीकार गरेपछि, नोआले अलिकति पनि बेवास्ता नगरी परमेश्‍वरले भन्नुभएको ठूलो जहाजको निर्माण कार्यलाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुराका रूपमा अघि बढाउन थाले। दिनहरू बिते, वर्षहरू बिते, आज भोलि बन्यो, यो वर्ष अर्को वर्ष भयो। परमेश्‍वरले नोआलाई सुपरिवेक्षण गर्नुभएन वा हौसला दिनुभएन, तर यो सम्पूर्ण समयभरि नोआ परमेश्‍वरले सुम्पनुभएको महत्त्वपूर्ण काममा लागिरहे। परमेश्‍वरले भन्‍नुभएको एकएक शब्द र वाक्यांश ढुङ्गाको पाटीमा कुँदिएका शब्दजस्तै नोआको हृदयमा अङ्कित भएका थिए। बाहिरी संसारमा जे-जस्ता परिवर्तनहरू भए पनि, उनका वरपरका मानिसहरूले खिसीटिउरी गरे पनि, जस्तोसुकै दुःखकष्ट आइपरे पनि वा जस्तोसुकै समस्याको सामना गर्नुपरे पनि, उनी यो सम्पूर्ण समयभरि परमेश्‍वरद्वारा सुम्पिइएको काममा कहिल्यै निरुत्साहित नभई वा हार मान्ने सोच नराखी लागिरहे। परमेश्‍वरका वचनहरू नोआको हृदयमा कुँदिएका थिए, र नोआले आफ्नो दैनन्दिन जीवनमा तिनलाई पालना गरे। नोआले ठूलो जहाज निर्माणका लागि चाहिने सबै सामग्री तयार गरे अनि परमेश्‍वरले निर्माण गर्न आज्ञा दिनुभएको त्यो ठूलो जहाजका स्वरूप र विशेषताहरू नोआले सावधानीसाथ चलाएको हथौडा र छिनोको प्रहारमार्फत बिस्तारै आकारमा आउन थाले। हुरीबतास र वर्षाभरि, अनि मानिसहरूको खिल्ली वा निन्दाको बाबजुद पनि, नोआको जीवन वर्षौंवर्ष यही तरिकामा अघि बढ्यो। नोआसित कहिल्यै अर्को एक शब्द पनि नबोली, परमेश्‍वरले गोप्य रूपमा उनको हरेक कार्य हेर्नुभयो, र नोआको व्यवहारले उहाँको हृदय छोयो। तर नोआले यो कुरा न त थाहा पाए, न त महसुस नै गरे; उनले सुरुदेखि अन्त्यसम्म केवल त्यो ठूलो जहाज निर्माण गरे, र परमेश्‍वरका वचनप्रति अटल विश्‍वासका साथ सबै प्रकारका जीवित प्राणीलाई एकट्ठा गरे। नोआको हृदयमा परमेश्‍वरका वचनहरू नै उनले पालन गर्नुपर्ने र पूरा गर्नुपर्ने सबैभन्दा उच्‍च निर्देशन थिए, र ती नै उनले आफ्नो जीवनभरि पछ्याएका लक्ष्य र निर्देशन थिए। त्यसैले, परमेश्‍वरले उनलाई जेसुकै भन्‍नुभए पनि, जेसुकै गर्न अह्राउनुभए पनि, जेसुकै गर्न आज्ञा दिनुभए पनि, नोआले त्यस कुरालाई पूर्ण रूपमा स्वीकार गरे, र त्यसलाई हृदयमा राखे; उनले यसलाई आफ्‍नो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा ठाने, र त्यहीअनुसार सम्हाले। उनले त्यो कुरा नबिर्सने र त्यसलाई हृदयमा राख्‍ने मात्र गरेनन्, उनले त त्यसलाई आफ्नो दैनिक जीवनमा समेत कार्यान्वयन गरे, आफ्नो जीवन लगाएर परमेश्‍वरको आज्ञा स्विकारे र कार्यान्वयन गरे। यसरी, फलेकमाथि फलेक जोड्दै त्यो ठूलो जहाजको निर्माण भयो। नोआको हरेक कार्य, उनको हरेक दिन परमेश्‍वरका वचन र आदेशहरूप्रति समर्पित थियो। नोआले पृथ्वी नै हल्लिने महत्त्वपूर्ण कार्य गरिरहेको जस्तो नदेखिएको होला, तर परमेश्‍वरको नजरमा, नोआको प्रत्येक कदम, र उनले प्रत्येक कदमद्वारा गर्न खोजेका सबै कुरा, उनको हातले गरेको हरेक श्रमसमेत—ती सबै नै अनमोल र सम्झिन लायक थिए, र तिनलाई मानवजातिद्वारा अनुकरण गरिनुपर्छ। नोआ परमेश्‍वरले सुम्पनुभएको काममै लागिरहे। परमेश्‍वरले बोल्नुभएको हरेक वचन साँचो हो भन्‍ने कुरामा नोआको अटल विश्‍वास थियो; यसमा उनलाई कुनै शङ्का थिएन। परिणामस्वरूप, त्यो ठूलो जहाजको निर्माणकार्य पूरा भयो र हरप्रकारका जीवित प्राणी त्यसभित्र जिउन सक्षम भए। परमेश्‍वरले संसार नष्ट गर्नुभन्दा अघि, उहाँले नोआलाई एउटा सङ्केत दिनुभयो, जसले नोआलाई त्यो जलप्रलय आउनै लागेको छ, र ढिलाइ नगरी उनी त्यो जहाजमा सवार हुनुपर्छ भनी बतायो। नोआले ठ्याक्कै परमेश्‍वरले भनेजस्तै गरे। जब नोआ जहाजमा सवार भए, जब आकाशबाट भारी वर्षा भयो, नोआले परमेश्‍वरका वचनहरू साँचो भएका र उहाँका वचनहरू पूरा भएका देखे: परमेश्‍वरको क्रोध संसारमा आइपरेको थियो, र कसैले पनि यो सब परिवर्तन गर्न सक्थेन।

नोआलाई त्यो जहाज बनाउन कति वर्ष लाग्यो? (१२० वर्ष।) १२० वर्षले आजका मानिसहरूका निम्ति के जनाउँछ? यो एउटा सामान्य व्यक्तिको जीवनकालभन्दा लामो हो। शायद, २ जना मानिसहरूको जीवनकालभन्दा पनि लामो हो। तैपनि यी १२० वर्षसम्म, नोआले एउटै कार्य गरे, र उनले हरेक दिन उही कार्य गरे। त्यो पूर्व-औद्योगिक समयमा, त्यो सूचना-सञ्चार अघिको युगमा, सबथोक मानिसहरूका दुई हातमा र शारीरिक श्रममा निर्भर रहेको त्यो युगमा, नोआले हरेक दिन उही कार्य गरे। १२० वर्षसम्म, उनले हार मानेनन् न त उनी रोकिए नै। एक सय बिस वर्ष: हामी यो कुरा कसरी कल्पना गर्न सक्छौँ? के मानवजातिमा अरू कोही १२० वर्षसम्म एउटै कार्य गर्नमा प्रतिबद्ध रहन सक्थ्यो होला? (सक्थेन।) कोही पनि १२० वर्षसम्म एउटै कार्य गर्नमा प्रतिबद्ध रहन सक्थेन भन्नु आश्चर्य होइन। तर एउटा व्यक्ति थिए जो, परमेश्‍वरले सुम्पनुभएको कार्यमा, १२० वर्ष सम्म, बिना कुनै परिवर्तन, लागिरहे, जसले कहिल्यै पनि गुनासो गरेनन् वा हार मानेनन्, जो बाहिरी वातावरणबाट प्रभावित भएनन्, र जसले अन्ततः त्यो कार्य ठ्याक्कै परमेश्‍वरले भनेजस्तै गरी पूरा गरे। यो कस्तो प्रकारको मामला थियो? मानव जातिमा, यो दुर्लभ, असामान्य थियो—अद्वितीय नै थियो। मानव इतिहासको लामो लहरमा, परमेश्‍वरलाई पछ्याएका सबै मानवजातिमाझ, यो पूर्णतया अतुलनीय थियो। यसमा संलग्न इन्जिनियरिङको भव्यता र कठिनाइ, यसमा चाहिने शारीरिक श्रम र मेहनत, अनि यसमा लागेको समयका सन्दर्भमा, यो कुनै सजिलो कार्य थिएन, जसकारण, जब नोआले यो कार्य गरे, यो मानवजातिमाझ अद्वितीय भयो, र उनी परमेश्‍वरलाई पछ्याउने सबैका निम्ति एउटा नमुना र उदाहरण हुन्। नोआले एकदुई वटा सन्देशहरू मात्रै सुनेका थिए, र त्यो बेला परमेश्‍वरले त्यति धेरै वचन व्यक्त गर्नुभएको थिएन, र त्यसैले नोआले त्यति धेरै सत्यता बुझेका थिएनन् भन्‍नेमा कुनै शङ्का छैन। उनले आधुनिक विज्ञान वा आधुनिक ज्ञान बुझेका थिएनन्। उनी अत्यन्त साधारण मानिस, मानवजातिको एक सामान्य सदस्य थिए। तैपनि एक पक्षमा, उनी हरकोहीभन्दा फरक थिए: उनले परमेश्‍वरका वचनहरू पालना गर्न जान्दथे, उनलाई परमेश्‍वरका वचनहरू पछ्याउन र पालन गर्न आउँथ्यो, उनलाई मानिसको उचित स्थान के हो भन्ने थाहा थियो, र उनी परमेश्‍वरका वचनहरूलाई साँचो रूपमा विश्‍वास र तीप्रति समर्पित हुन सक्षम थिए—तर त्योभन्दा बढी चाहिँ होइन। नोआका लागि यी सरल सिद्धान्तहरू परमेश्‍वरले उनलाई सुम्पनुभएका सबै कुरा पूरा गर्नलाई पर्याप्त थिए, र यस काममा उनी केही महिना वा वर्ष वा दशक मात्र नभई, पूरै एक शताब्दीभन्दा बढी समय लागिरहे। के यो गन्ती तीनछक पार्ने खालको छैन र? यो नोआबाहेक अरू कसले गर्न सक्थ्यो र? (कसैले सक्दैनथ्यो।) अनि, किन सक्दैनथ्यो त? कतिपयले सत्यता नबुझेकोले यस्तो भएको हो भन्छन्—तर त्यो तथ्यअनुरूप छैन। नोआले कति धेरै सत्यताहरू बुझ्थे? नोआ किन यी सबै गर्न समर्थ थिए? आजका विश्‍वासीहरूले परमेश्‍वरका धेरै वचनहरू पढेका छन्, उनीहरूले केही सत्यता बुझेका छन्—त्यसो भए, उनीहरू किन यो गर्न असमर्थ छन्? अरूहरू मानिसहरूमा भ्रष्ट स्वभाव भएको कारण यसो भएको हो भन्छन्—तर के नोआसित भ्रष्ट स्वभाव थिएन र? किन नोआले यस्तो उपलब्धि हासिल गर्न सके, तर आजका मानिसहरूले सकेनन्? (किनभने आजका मानिसहरू परमेश्‍वरका वचनहरूलाई विश्‍वास गर्दैनन्, तिनीहरूले ती वचनहरूलाई न त सत्यताको रूपमा व्यवहार गर्छन् न त पालन नै गर्छन्।) अनि किन उनीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा लिन सक्दैनन्? किन उनीहरू परमेश्‍वरका वचनहरू पालन गर्न असमर्थ छन्? (उनीहरूसित परमेश्‍वरको डर मान्ने हृदय छैन।) त्यसो भए, यदि मानिसहरूले सत्यता बुझेकै छैनन्, र त्यति धेरै सत्यता सुनेकै छैनन् भने, तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय कसरी उत्पन्न हुन्छ त? (तिनीहरूमा मानवता र विवेक हुनैपर्छ।) ठिक भनिस्। मानिसहरूको मानवतामा दुईवटा सबैभन्दा बहुमूल्य कुराहरू हुनैपर्छ: पहिलो विवेक, र दोस्रो सामान्य मानवताको समझ। विवेक र सामान्य मानवताको समझ हुनु व्यक्ति बन्‍नका लागि चाहिने न्यूनतम मापदण्ड हो; यो व्यक्तिलाई मापन गर्ने न्यूनतम, सबैभन्दा आधारभूत मापदण्ड हो। तर यो आजका मानिसहरूमा छैन, र त्यसैले उनीहरूले जतिसुकै सत्यता सुने र बुझे पनि, परमेश्‍वरको डर मान्ने हृदय हुनु तिनीहरूभन्दा टाढाको कुरा हो। त्यसो भए, आजका मानिसहरू र नोआबीचको मूलभूत फरक के हो? (उनीहरूमा मानवता छैन।) अनि, यो मानवता अभाव हुनुको सार के हो? (पशु र पिशाचहरू।) “पशु र पिशाचहरू” सुन्दा त्यति राम्रो लाग्दैन, तर यो तथ्यहरूअनुरूप छ; यसलाई अलिक विनम्र तरिकामा भन्‍नुपर्दा, उनीहरूमा मानवता छैन भनेर भन्‍नुपर्छ। मानवता र समझबिनाका मानिसहरू मानव होइनन्, तिनीहरू पशुभन्दा पनि निम्‍न स्तरका हुन्। नोआ परमेश्‍वरको काम पूरा गर्न सक्षम थिए किनभने उनले परमेश्‍वरका वचनहरू सुनेपछि, तिनलाई दृढताका साथ हृदयमा राख्‍न सक्षम भए; उनका लागि, परमेश्‍वरको आज्ञा जीवनभरको कार्य थियो, उनको आस्था अटल थियो, र उनको इच्छा एक सय वर्षसम्म अपरिवर्तित थियो। उनीसँग परमेश्‍वरको डर मान्ने हृदय भएकोले, उनी वास्तविक व्यक्ति भएकाले, र उनी पूर्णतः समझदार भएकाले परमेश्‍वरले ठूलो जहाज निर्माण गर्ने जिम्मा सुम्पनुभयो। नोआजत्तिकै मानवता र समझ भएका मानिसहरू एकदमै कम छन्, नोआजस्तो अर्को व्यक्ति भेट्टाउन धेरै गाह्रो छ।

नोआले वास्तवमा एउटा कार्य मात्र गर्न सके। त्यो निकै सरल थियो: परमेश्‍वरका वचनहरू सुनेपछि, उनले तिनलाई अभ्यास गरे, र बिनासम्झौता त्यो कार्य गरे। उनले कहिल्यै पनि कुनै शङ्का पालेनन्, न त कहिल्यै हार नै माने। परमेश्‍वरले उनलाई जे गर्न भन्नुभयो, उनले त्यो गरिरहे, परमेश्‍वरले भनेजस्तै शैलीमा, सम्झौता नगरी, “किन” भन्ने प्रश्नको, वा आफ्नो नाफा वा नोक्सानको ख्याल नगरी त्यसलाई सम्पादन र कार्यान्वयन गरे। उनले परमेश्‍वरका वचनहरू सम्झे: “परमेश्‍वर संसारलाई नष्ट गर्न जाँदै हुनुहुन्छ। तैँले ढिलाइ नगरीकन एउटा जहाज निर्माण गर्नुपर्छ, अनि जब त्यो पूरा हुन्छ र जलप्रलय हुन्छ, तिमीहरू सबै जना त्यो जहाजमा सवार हुनेछौ, र त्यो जहाजमा सवार नभएकाहरू सबै नष्ट हुनेछन्।” उनलाई परमेश्‍वरले बोल्नुभएको कुरा कहिले पूरा हुनेछ भन्ने थाहा थिएन, उनलाई यति मात्र थाहा थियो कि परमेश्‍वरले बोल्नुभएको कुरा पूरा हुनैपर्छ, परमेश्‍वरका सबै वचनहरू साँचो हुन्, तिनमा एउटा पनि झुटो वचन छैन, अनि ती कहिले पूरा हुनेछन्, ती कुन समयमा साकार हुनेछन् भन्ने कुरा परमेश्‍वरमा निर्भर हुन्छ। उनलाई त्यतिबेला उनको कार्य भनेको परमेश्‍वरले भन्नुभएका सबै कुरा आफ्नो हृदयमा दृढतापूर्वक राख्नु, अनि त्यसलाई अघि बढाउन कुनै समय खेर नफाल्नु मात्र हो भन्ने थाहा थियो। नोआका सोच यस्ता थिए। उनले यही सोचे, र उनले यही गरे, र तथ्यहरू यिनै हुन्। त्यसोभए, तिमीहरू र नोआबीचको आधारभूत भिन्नता के हो? (जब हामी परमेश्‍वरको वचन सुन्छौँ, हामी त्यसलाई अभ्यास गर्दैनौँ।) यो त व्यवहार हो, आधारभूत भिन्नता चाहिँ के हो? (हामीमा मानवता छैन।) भिन्नता के हो भने, नोआमा दुइटा कुरा थिए जुन मानिसमा हुनुपर्ने न्यूनतम कुराहरू हुन्—सामान्य मानवताको विवेक र समझ। तिमीहरूमा यी कुराहरू छैनन्। के नोआलाई मानव भन्न सकिन्छ र तिमीहरू मानव कहलिन योग्य छैनौ भन्नु उचित हुन्छ? (हुन्छ।) म किन यसो भन्छु? तथ्यहरू प्रस्टै छन्: नोआले जे गरे, त्यसको आधा त बिर्सिदेओ, तिमीहरूले त्यसको एउटा सानो अंश पनि गर्न सक्थेनौ। नोआ १२० वर्षसम्म कटिबद्ध रहन सके। तिमीहरू कति वर्षसम्म कटिबद्ध रहन सक्थ्यौ? १००? ५०? १०? पाँच? दुई? आधा वर्ष? तिमीहरूमध्ये को-को आधा वर्ष कटिबद्ध रहन सक्थ्यौ? बाहिर गएर परमेश्‍वरले भन्नुभएको काठ खोज्नु, त्यसलाई काट्नु, बोक्रा खुर्काउनु, उक्त काठलाई सुकाउनु, त्यसपछि त्यसलाई विभिन्न आकार र नापअनुसार काट्नु—के तिमीहरूले आधा वर्षसम्म यसो गरिरहन सक्थ्यौ? तिमीहरूमध्ये धेरैजसोले टाउको हल्लाउँदैछौ—तिमीहरू आधा वर्ष समेत कटिबद्ध रहन सक्थेनौ। त्यसोभए तीन महिना नि? कतिपय मानिसहरू भन्छन्, “मलाई त तीन महिना पनि गाह्रो हुन्छ जस्तो लाग्छ। म सानो र नाजुक छु। जङ्गलमा लामखुट्टे र अरू कीराहरू हुन्छन्, कमिला र उपियाँ पनि हुन्छन्। ती सबैले टोके भने म त सहन नै सक्थिनँ। अझ भन्नुपर्दा, हरेक दिन बाहिर घाम चर्किरहेको र बतासले हानिरहेको बेलामा काठ काट्ने, त्यो फोहोरी, थकाइलाग्दो काम गर्ने हो भने, मलाई त घामले डढ्न दुई दिन पनि लाग्नेथिएन। म त्यस प्रकारको काम गर्न चाहन्नँ—के मलाई अलि सजिलो काम अह्राउन मिल्छ?” परमेश्‍वरले तँलाई के आदेश दिनुहुन्छ भनी तैँले छनोट गर्न मिल्छ? (मिल्दैन।) यदि तँ तीन महिनासम्म त्यसमा लागिरहन सक्दैनस् भने, के तँमा साँचो समर्पण छ? के तँमा समर्पणको वास्तविकता छ? (छैन।) तँ तीन महिना पनि टिक्न सक्थिनस्। त्यसोभए, के आधा महिना टिक्न सक्ने कोही छन्? केही मानिसहरू भन्छन्, “म गोपेरको काठ चिन्न वा रूख ढाल्न सक्दिनँ, मलाई त मैले रूख काटेँ भने त्यो कुन दिशामा ढल्नेछ भन्ने समेत थाहा छैन—ममाथि नै ढल्यो भने के गर्ने? त्यसबाहेक, रूख काटेर ढालिसकेपछि, धेरै भए म एउटा वा दुइटा दाउरा बोक्न सक्थेँ। त्यो भन्दा बढी बोकेँ भने मेरो ढाड र काँधलाई गम्भीर रूपमा हानि हुन्थ्यो, हैन?” तिमीहरू आधा महिना पनि टिक्न सक्दैनौ। त्यसोभए तिमीहरू के चाहिँ गर्न सक्छौ? तिमीहरूलाई परमेश्‍वरका वचनहरू पालन गर्न, परमेश्‍वरका वचनहरूमा समर्पित हुन र उहाँका वचनहरू कार्यान्वयन गर्न भनिँदा तिमीहरूले के हासिल गर्न सक्छौ? कम्प्युटर चलाउन र आदेश दिन बाहेक, तिमीहरू के गर्न सक्षम छौ? यदि यो नोआको समय भएको भए, के परमेश्‍वरले बोलाउनुहुने मानिस तिमीहरू नै हुनेथियौ? बिलकुलै हुनेथिएनौ! तिमीहरू परमेश्‍वरले बोलाउनुहुने मानिस हुनेथिएनौ; तिमीहरू परमेश्‍वरले निगाहको नजरले हेर्नुहुने मानिस हुनेथिएनौ। किन? किनभने तँ परमेश्‍वरका वचनहरू सुनिसकेपछि समर्पित हुन सक्ने व्यक्ति होइनस्। यदि तँ त्यस्तो प्रकारको व्यक्ति होइनस् भने, के तँ जिउनलायक छस् त? जलप्रलय आउँदा, के तँ बाँच्न लायक छस्? (छैन।) यदि तँ लायक छैनस् भने, तँलाई नष्ट गरिनेछ। यदि तैँले परमेश्‍वरका वचनहरू आधा महिनासम्म पनि कार्यान्वयन गर्न सक्दैनस् भने, तँ कस्तो प्रकारको व्यक्ति होस्? के तँ साँच्चै परमेश्‍वरमा विश्वास गर्ने व्यक्ति होस्? यदि, परमेश्‍वरका वचनहरू सुनेपछि, तँ तिनलाई अघि बढाउन असक्षम हुन्छस् भने, यदि तँ आधा महिना पनि टिक्न सक्दैनस्, दुई हप्ताको कष्ट समेत सहन सक्दैनस् भने, तैँले बुझेको त्यो अलिकति सत्यताले तँमा के प्रभाव पारिरहेको छ त? यदि त्यसले तँलाई थोरै नियन्त्रणमा समेत राख्दैन भने, तेरा लागि, सत्यता केवल केही शब्दहरू मात्र हो, र त्यसको पटक्कै काम छैन। यदि तैँले ती सबै सत्यताहरू बुझ्छस्, तैपनि तँलाई परमेश्‍वरका वचनहरू कार्यान्वयन गर्न र १५ दिन कष्ट भोग्न भनिँदा, तैँले त्यो सहन सक्दैनस् भने, तँ कस्तो प्रकारको व्यक्ति होस्? परमेश्‍वरका नजरमा, के तँ मानकअनुरूपको सृजित प्राणी होस् त? (होइन।) नोआको कष्ट र १२० वर्षको लगनशीलतालाई ख्याल गर्दा, उनीसँग तिमीहरूको दूरी थोरै मात्र होइन—त्यसमा कुनै तुलना नै हुँदैन। परमेश्‍वरले नोआलाई बोलाउनु र उहाँले गरियोस् भनेर इच्छा गर्नुभएको सबै कुरा उनलाई सुम्पनुको कारण भनेको, परमेश्‍वरका नजरमा, नोआ उहाँका वचनहरू पालन गर्न सक्षम थिए, उनी ठूलो कार्य सुम्पिन मिल्ने मानिस थिए, भरोसायोग्य थिए, र परमेश्‍वरले इच्छा गर्नुभएको कुरालाई वास्तविकता बनाउन सक्ने व्यक्ति थिए; परमेश्‍वरका नजरमा, यिनी साँचो व्यक्ति थिए। अनि तिमीहरू? तिमीहरूले यीमध्ये कुनै पनि कुरा हासिल गर्नै सक्दैनौ। तिमीहरू सबै परमेश्‍वरका नजरमा के हौ भनी कल्पना गर्न गाह्रो छैन। के तिमीहरू मानव हौ? के तिमीहरू मानव कहलिन योग्य छौ? जवाफ प्रस्टै छ: छैनौ! मैले समयलाई सकेसम्म छोट्याएर १५ दिन अर्थात् केवल दुई हप्ता बनाएँ, तर तिमीहरूमध्ये एकजनाले पनि म गर्न सक्थेँ भनेर भनेनौ। यसले के देखाउँछ? यसले तिमीहरूको आस्था, वफादारी, समर्पण सबै शून्य छ भन्ने देखाउँछ। तिमीहरूले जे कुरालाई आस्था, वफादारी र समर्पण ठान्छौ म त्यसलाई शून्यता ठान्छु! तिमीहरू आफू निकै असल भएको घमण्ड गर्छौ, तर मेरो दृष्टिकोणमा तिमीहरूमा अत्यन्तै धेरै कमी छ!

नोआको कथामा सबैभन्दा अविश्वसनीय, प्रशंसनीय, र अनुकरणीय कुरा भनेको उनको १२० वर्षको लगनशीलता, उनको १२० वर्षको समर्पण र वफादारी हो। हेर, के परमेश्‍वरले गलत व्यक्ति छनोट गर्नुभएको थियो? (थिएन।) परमेश्‍वर मानिसको सम्पूर्ण अन्तरप्राण नियाल्ने परमेश्‍वर हुनुहुन्छ। त्यति ठूलो जनसागरमा, उहाँले नोआलाई छान्नुभयो, नोआलाई बोलाउनुभयो, र परमेश्‍वर आफ्नो छनोटमा गलत हुनुहुन्नथ्यो: नोआले उहाँका अपेक्षाहरू पूरा गरे, उनले परमेश्‍वरले उनलाई सुम्पनुभएको कुरा सफलतापूर्वक पूरा गरे। गवाही भनेको यही हो। परमेश्‍वरले चाहनुभएको कुरा यही हो, गवाही यही हो! तर के तिमीहरूमा, यसको कुनै सङ्केत वा सुइँको छ? छैन। स्पष्ट रूपमा, तिमीहरूमा यस्तो गवाही छँदै छैन। तिमीहरूमा प्रकट हुने, परमेश्‍वरले देख्नुहुने कुरा, शरमको चिन्ह हो; त्यसमा यस्तो कुनै पनि कुरा छैन, जसको बारेमा कुरा गर्दा, मानिसहरूको आँखामा आँसु आओस्। नोआका विभिन्न प्रकटीकरणहरूको सम्बन्धमा, विशेष गरी एक शताब्दीसम्म आशङ्कारहित रहेको वा नबदलिएको उनको परमेश्‍वरका वचनहरूप्रतिको दृढ विश्वास, र एक शताब्दीसम्म नडगमगाएको जहाज निर्माण गर्ने लगनशीलताको सम्बन्धमा, अनि उनको यो आस्था र इच्छाशक्तिको सम्बन्धमा कुरा गर्दा, आधुनिक समयमा कसैलाई पनि उनीसँग तुलना गर्न सकिँदैन, कोही पनि उनी समान छैन। तैपनि, नोआको वफादारी र समर्पणबारे कसैले वास्ता गर्दैन, कसैले पनि यसमा मानिसले प्रिय ठान्न र अनुकरण गर्न योग्य कुनै कुरा छ भनेर विश्वास गर्दैन। बरु, अहिले मानिसहरूका लागि के कुरा महत्त्वपूर्ण छ? नाराहरू भट्टयाउनु र धर्मसिद्धान्तबारे बोल्नु। तिनीहरूले धेरै सत्यताहरू बुझेको, र सत्यता प्राप्त गरेको जस्तो देखिन्छ—तर नोआको तुलनामा, तिनीहरूले उनले गरेको सयमा एक भाग, हजारमा एक भाग समेत हासिल गरेका छैनन्। तिनीहरूमा कति कमी छ! आकाश-पातालको फरक छ। नोआको जहाज निर्माण गर्ने कार्यबाट, के तिमीहरूले कस्ता प्रकारका मानिसहरू परमेश्‍वरका प्रिय हुन्छन् भनेर पत्ता लगाएका छौ? परमेश्‍वरका प्रियहरूमा कस्तो प्रकारको गुण, हृदय र निष्ठा पाइन्छ? के तिमीहरूसँग नोआमा भएका सबै कुराहरू छन्? यदि तँलाई, तँमा नोआको आस्था र चरित्र छ जस्तो महसुस हुन्छ भने, तैँले परमेश्‍वरसँग सर्तहरू राख्नु, र उहाँसँग मोलमोलाइ गर्ने प्रयास गर्नु केही हदसम्म क्षम्य नै हुनेथियो। यदि तँलाई, तँमा ती कुरा बिलकुलै छैन जस्तो महसुस हुन्छ भने, म तँलाई सत्यता बताउँछु: आफूलाई नफुर्क्या—तँ केही पनि होइनस्। परमेश्‍वरका नजरमा, तँ भुसुनाभन्दा पनि कम छस्। तैपनि तैँले परमेश्‍वरसँग सर्तहरू राख्ने र मोलमोलाइ गर्ने आँट गर्छस्? कतिपय मानिसहरू भन्छन्, “यदि म भुसुनाभन्दा पनि कम भए, मैले परमेश्‍वरको घरमा कुकुरका रूपमा सेवा गर्दा कसो होला?” हुन्न, तँ यसको लायक छैनस्। किन? तैँले परमेश्‍वरको घरको ढोकामा समेत राम्रो निगरानी राख्न सक्नेथिइनस्, त्यसैले मेरो नजरमा, तँ सुरक्षा कुकुरसमान समेत छैनस्। के यी वचनहरूबाट तिमीहरूको चित्त दुख्छ? के यो सुन्दा तिमीहरूलाई नराम्रो लाग्छ? यसको अभिप्राय तिमीहरूको आत्म-सम्मानमा चोट पुऱ्याउनु होइन; यो त तथ्यमा आधारित भनाइ हो, प्रमाणमा आधारित दाबी हो, र यो रतीभर झूटो छैन। तिमीहरूले ठ्याक्कै यसरी नै कार्य गर्छौ, तिमीहरूमा ठ्याक्कै यही कुरा प्रदर्शित हुन्छ; तिमीहरूले परमेश्‍वरलाई ठ्याक्कै यसरी नै व्यवहार गर्छौ, र तिमीहरू परमेश्‍वरले सुम्पनुभएको सबै कुरालाई पनि यसरी नै लिन्छौ। मैले भनेका सबै कुरा साँचो हुन् र हृदयबाट नै आएका हुन्। हामी नोआको कथाको चर्चा यहीँ अन्त्य गर्छौँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्