परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक) खण्ड तीन

ग. सम्मानबोध नभएको र लाजसरम पचेको

सामान्य मानवतामा सरलता हुन्छ, तर के ख्रीष्टविरोधीहरू सरल हुन्छन्? हुँदैनन् भन्ने स्पष्ट छ। हामीले भर्खरै सङ्गति गरेका कपटी, निर्दयता र झुट बोल्ने बानी सरलताका विपरीत हुन्। सरलता बुझ्न सहज छ, त्यसकारण हामी त्यसबारे सङ्गति गर्नेछैनौँ। सम्मानबोध हुनेबारे सङ्गति गरौँ। सम्मानबोध हुनु भनेको सामान्य मानवतामा हुनुपर्ने कुरा हो; यसको मतलब समझ हुनु हो। सम्मानबोध हुनुको विपरीतार्थी शब्द के हो? (लाजसरम पचेको।) लाजसरम पचेको हुनुको अर्थ लज्जाहीन हुनु हो। अर्को शब्दमा भन्दा यसलाई सम्मानबोध नभएको हुनु हो भनेर सारांश गर्न सकिन्छ। ख्रीष्टविरोधीहरू के-कस्ता क्रियाकलापहरू गर्छन्? तिनीहरूमा सम्मानबोध नभएको र तिनीहरू लाजसरम पचेका हुन् भनी देखाउने निश्चित प्रकटीकरण वा अभ्यासहरू के-के हुन्? ख्रीष्टविरोधीहरू हैसियतका लागि परमेश्‍वरसित खुलेआम प्रतिस्पर्धा गर्छन्, यसमा सम्मानबोध हुँदैन र यो लाजसरम पचाउनु हो। ख्रीष्टविरोधीहरूले मात्र खुलेआम रूपमा हैसियत र परमेश्‍वरका चुनिएका मानिसका लागि उहाँसित प्रतिस्पर्धा गर्न सक्छन्। मानिसहरू इच्छुक भए पनि वा नभए पनि ख्रीष्टविरोधीहरू उनीहरूलाई नियन्त्रणमा राख्न चाहन्छन्। आफूमा सामर्थ्य भए पनि वा नभए पनि ख्रीष्टविरोधीहरू हैसियतका निम्ति लागिपर्न चाहन्छन् र त्यो प्राप्त गरेपछि, तिनीहरू मण्डलीकै भरमा जिउँछन्, परमेश्‍वरका चुनिएका मानिसको श्रमबाट खाने र पिउने गर्छन् र आफूले चाहिँ केही नगरी परमेश्‍वरका चुनिएका मानिसलाई तिनीहरूको आपूर्ति गर्न लगाउँछन्। तिनीहरू परमेश्‍वरका चुनिएका मानिसका लागि बिलकुलै जीवन आपूर्ति गर्दैनन्, तैपनि उनीहरूलाई आफ्नो शक्तिअन्तर्गत ल्याउन चाहन्छन्, उनीहरूलाई आफ्नो कुरा सुन्ने, सेवा गर्ने र आफ्ना लागि दासझैँ काम गर्ने तुल्याउँछन्, साथै तिनीहरू मानिसहरूका हृदयमा आफ्नै स्थान स्थापित गर्न चाहन्छन्। यदि तैँले अरूका बारेमा राम्रो कुरा गरिस्, परमेश्‍वरको महान् दया, अनुग्रह, आशिष् र सर्वशक्तिमान्‌ताको प्रशंसा गरिस् भने तिनीहरू बेखुसी र अप्रसन्‍न महसुस गर्छन्। तिनीहरू सधैँ तैँले तिनीहरूका बारेमा उच्च प्रशंसाका साथ बोलेको, हृदयमा तिनीहरूका लागि स्थान राखेको, तिनीहरूलाई श्रद्धा गरेको र उच्च मानेको चाहन्छन्, अनि त्यो अप्रदूषित हुनुपर्छ। तैँले गर्ने सबथोक तिनीहरूकै लागि र तिनीहरूका बारेमा ख्याल गरेर गरिएको हुनुपर्छ। तैँले हरमोडमा, तेरो हरेक भनाइ र कार्यमा, तिनीहरूलाई अग्रस्थानमा राख्नैपर्छ र सधैँ तिनीहरूका सोच र भावनाहरूलाई ध्यानमा राख्नुपर्छ। के यो सम्मानबोध नहुनु र लाजसरम पचाएको हुनु होइन र? के ख्रीष्टविरोधीहरू यस्तै व्यवहार गर्दैनन् र? (हजुर, गर्छन्।) अरू कस्ता प्रकटीकरणहरू छन्? तिनीहरूले भेटीहरू चोर्ने र फजुलमा उडाउने गर्छन्, परमेश्‍वरका भेटीहरू हिनामिना गरेर आफैसँग राख्छन्। यो पनि सम्मानबोध नहुनु र लाजसरम पचाउनु हो—यो कुरा प्रस्टै छ!

भेटीहरू चोर्ने कुरा गर्दा एउटा विशेष घटना भयो। दाजुभाइ-दिदीबहिनीहरूले केही वस्तु चढाए जुन एउटा निश्चित मण्डलीमा पठाइयो, अनि चढाइएका वस्तुहरूको रक्षा गर्ने प्रभारी व्यक्तिले दुइटा बोत्तल देख्यो, जसमा माथिका लागि भनेर लेबल थिएन र कुनै निश्चित निर्देशनहरू पनि थिएनन्। ती के थिए भन्‍ने थाहा नपाएर त्यस व्यक्तिले अनुमतिबिना ती वस्तुहरू राख्यो र माथि पठाएन। पछि मैले ऊसँग ती वस्तु छन् कि भनी सोध्दा उसले दुइटा बोत्तल रहेको बतायो। मैले ऊसँग ती वस्तु कसरी तयारी अवस्थामा थिए भनेर सोधेँ र उसले उक्त परिस्थितिबारे स्पष्टीकरण दियो, “यी दुई बोत्तलमा ती के हुन् वा ती माथिका लागि हुन् भनेर जनाउने लेबल नभएको हुनाले हामीले तिनलाई यहीँ राख्यौँ। यदि तिनमा हामीले उपयोग गर्न मिल्ने वस्तुका रूपमा लेबल लगाइएको भए हामीले तिनलाई राखेर प्रयोग गर्नेथियौँ। यदि ती बेच्न मिल्ने भएका भए हामीले बेच्नेथियौँ।” तिमीहरूलाई यहाँ समस्या चाहिँ के हो जस्तो लाग्छ? यहाँ विभिन्‍न ठाउँहरूबाट केही मूल्यवान् सामानहरू ल्याइन्छन्, कतिपयमा निर्देशनहरू हुन्छन् र धेरैजसोमा निर्देशन वा लेबलहरू राखिएका हुँदैनन्। सामान्य परिस्थितिमा तिमीहरूले तर्कसङ्गत विश्लेषण प्रयोग गर्ने हो भने यी वस्तुहरू कसलाई दिइनुपर्छ? (ती वस्तुहरू परमेश्‍वरलाई भेटीस्वरूप दिइनुपर्छ।) सामान्य चेतना भएका मानिसले यसरी सोच्नुपर्छ। तर, कसैले यसो भन्यो, “यी वस्तुहरू माथिका लागि हुन् भनेर लेबल गरिएका छैनन्।” घुमाउरो रूपमा त्यस व्यक्तिले यसो भन्‍न खोजेको थियो, “ती तिम्रा लागि होइनन्। तिमीसँग तिनको के सरोकार छ? ती तिम्रा लागि हुन् भनेर लेबल नगरिएको हुनाले मसँग तिनलाई सम्हाल्ने अधिकार छ। म ती वस्तुहरू तिमीलाई दिन्नँ। यदि मैले तिनलाई बेच्न चाहेँ भने म बेचिदिनेछु। यदि मैले तिनलाई प्रयोग गर्न चाहेँ भने म प्रयोग गर्नेछु। यदि मैले तिनलाई प्रयोग गर्न वा बेच्न चाहिनँ भने म तिनलाई त्यहीँ राखेर खेर फाल्नेछु!” प्रभारी व्यक्तिको दृष्टिकोण यही थियो। तँलाई यस दृष्टिकोणबारे के लाग्छ? के टाढाबाट यी मूल्यवान् वस्तुहरू मण्डलीमा ल्याउने वा ती कसलाई दिनुपर्ने हो भनी निर्दिष्ट नगरी व्यक्तिहरूलाई दिने मानिसहरू हुन्छन्? (हुँदैनन्।) मूल्यवान् वस्तुहरू मण्डलीलाई, परमेश्‍वरको घरलाई वा दाजुभाइ-दिदीबहिनीहरूलाई दिएर प्रेमको यति महान् भण्डारको प्रदर्शन कसले गर्नेथ्यो र? आजको दिनसम्म मैले यस्तो महान् प्रेम भएको वा यस्तो भेटी वा दान दिने व्यक्ति देखेकै छैन। साधारण र सस्तो वस्तुहरूका लागिसमेत तैँले पैसा तिर्नुपर्छ। त्यसकारण के यी मूल्यवान् सामानहरू त्यत्तिकै अरूलाई सित्तैमा दिने कोही छ? (छैन।) यी वस्तुहरू पठाउने मानिसहरूले ती कसका लागि हुन् भनेर नतोके पनि मानिसहरूलाई ती कसले पाउनुपर्ने हो भनेर थाहा हुनुपर्छ; यो मानवतामा हुनुपर्ने चेतना हो। प्रभारी व्यक्तिले यस मामलालाई कसरी सम्हाल्नुपर्छ? उसले यी वस्तुहरूसँग के गर्नुपर्छ? कम्तीमा पनि उसले माथिलाई सोध्नुपर्छ, “के तपाईँ यी वस्तुहरू चाहनुहुन्छ? यदि चाहनुहुन्‍न भने हामीले तिनलाई के गर्नुपर्छ?” केवल यी दुइटा प्रश्न सोधिएमा उक्त समस्या समाधान हुन सक्थ्यो; यी दुइटा प्रश्नले व्यक्तिको चरित्रमा सामान्य चेतना छ भन्‍ने जनाउनेथ्यो। तर भेटीहरूको रक्षा गर्ने प्रभारी व्यक्तिले यी दुई सामान्य प्रश्नसमेत सोध्न सकेन, न त उसमा एक व्यक्तिसँग हुनुपर्ने सबैभन्दा अत्यावश्यक चेतना नै थियो। उसले कसरी यी वस्तुहरू मण्डलीका लागि हुन् भन्‍ने विश्वास गर्न सक्यो? उसले अर्को भनाइ पनि थप्यो: “ती माथिका लागि भनेर लेबल गरिएका छैनन्।” के यो समस्या होइन र? “ती माथिका लागि भनेर लेबल गरिएका छैनन्” भन्‍नुले के अर्थ्याउँछ? उसले किन यो भनाइ थप्यो? (उसले परमेश्‍वरका भेटीहरू त्यत्तिकै फजुलमा उडाउनुको कारण फेला पार्नका लागि।) ठ्याक्कै त्यही हो। के यस्ता कामकुरा गर्ने व्यक्तिको मानवतामा साँच्चिकै सम्मानबोध हुन सक्छ? स्पष्ट रूपमा हुन सक्दैन। यो चरित्र नभएको व्यक्तिमा कस्तो मानवता हुन्छ? के यो सम्मानबोध नहुनु होइन र? के उसलाई यी भेटी हुन् भन्‍ने साँच्चिकै थाहा थिएन र? उसलाई यी भेटी हुन् भन्‍ने थाहा थियो, तर उसको मानवतामा सम्मानबोध नभएकोले उसले लाजसरम पचेका यस्ता शब्दहरू बोल्न सक्यो, पछि उसले ती भेटीहरूलाई आफ्नै भएको भनी दाबी गर्दै प्राकृतिक र सहज रूपमा तिनको आनन्द उठाउन, तिनलाई कब्जा गर्न र फजुलमा उडाउन सक्यो। ख्रीष्टविरोधी मानवता भएका मानिसले मात्र यस्ता प्रकटीकरणहरू देखाउन सक्छन्।

ख्रीष्टविरोधीहरूमा विवेक र समझको कमी हुन्छ; तिनीहरूले सम्मानबोध नभएको र लाजसरम पचेको कुरा अरू कसरी प्रकट गर्छन्? जब तिनीहरूले कुनै गल्ती गर्छन्, तिनीहरू पछुतो महसुस गर्न जान्दैनन्, साथै तिनीहरूले हृदयमा कुनै दोष महसुस गर्दैनन्। तिनीहरू कसरी गल्ती सपार्ने वा पश्चात्ताप गर्ने भनी चिन्तन गर्दैनन् र आफ्ना कार्यहरू जायज भएको विश्‍वाससमेत गर्छन्। काटछाँट वा बर्खासी सामना गर्नुपर्दा तिनीहरू अन्यायपूर्ण व्यवहारमा परेको महसुस गर्छन्। तिनीहरू लगातार बहस गर्छन् र कुतर्कमा संलग्न हुन्छन्—यो सम्मानबोध नहुनु हो। तिनीहरू कुनै वास्तविक काम गर्दैनन्; हरेक मोडमा तिनीहरू अरूलाई भाषण दिन्छन्, खोक्रो सिद्धान्तवादहरूले मानिसहरूलाई भ्रममा पार्छन्, अरूलाई आफू आत्मिक भएको र आफूले सत्यता बुझेको सोच्ने तुल्याउँछन्। तिनीहरू आफूले कति काम गरेको छु र दुःख भोगेको छु भन्‍नेबारे पनि बारम्बार फाइँफुट्टी लाउँछन्, आफू परमेश्‍वरको अनुग्रहका साथै दाजुभाइ-दिदीबहिनीहरूको अतिथिसत्कार र हेरचाह पाउन योग्य भएको भन्छन्, यसरी हक जमाएर मण्डलीमा निर्भर भएर जिउँछन्, साथै तिनीहरू स्वादिष्ठ चिजहरू खान र पिउन अनि विशेष व्यवहारको आनन्द उठाउन पनि चाहन्छन्। यो सम्मानबोध नहुनु र लाज पचेको हुनु हो। यसबाहेक प्रस्ट रूपमा क्षमता कमजोर भए पनि, सत्यता नबुझे पनि, अभ्यासका सिद्धान्तहरू फेला पार्न नसके पनि, साथै कुनै पनि काम गर्न नसके पनि, तिनीहरू सक्षम र सबथोकमा राम्रो भएको धाक लगाउँछन्। के यो लाजसरम पचाउनु होइन र? प्रस्ट रूपमा आफू केही नहुँदा पनि तिनीहरू सबथोक थाहा भएको ढोँग गर्छन् ताकि मानिसहरूले तिनीहरूलाई सम्मान गरून् र उच्च मानून्। यदि कसैलाई समस्याहरू आइपरेको छ तर उसले तिनीहरूको सल्लाह लिनुको साटो अरू मानिसलाई सोध्छ भने तिनीहरू रिसाउँछन्, ईर्ष्या गर्छन् र रुष्ट बन्छन्, अनि जसरी सकिन्छ त्यस व्यक्तिलाई यातना दिने उपाय खोज्छन्। के यो लाजसरम पचाएको हुनु होइन र? तिनीहरूले प्रायः झुट बोल्छन् र तिनीहरूमा विभिन्‍न भ्रष्ट स्वभावहरू छन् भन्ने प्रस्टै छ, तर तिनीहरू आफूमा भ्रष्ट स्वभावहरू नभएको, तिनीहरूलाई परमेश्‍वरद्वारा निगाहपूर्वक हेरिने र उहाँद्वारा प्रेम गरिने ढोँग गर्छन्; हरेक मोडमा तिनीहरू दुःख सहन निकै सक्षम भएको, समर्पित हुन सक्ने, सत्यता र काटछाँट स्विकार्न सक्ने, मेहनत वा आलोचनादेखि नडराउने र कहिल्यै गुनासो नगर्ने ढोँग गर्छन्—तर वास्तवमा तिनीहरू रुष्टताले भरिएका हुन्छन्। तिनीहरूले स्पष्ट रूपले कुनै बुझाइ सङ्गति गर्न वा प्रस्ट रूपमा सत्यताहरूबारे कुरा गर्न नसक्ने भए पनि, तिनीहरूमा अनुभवात्मक गवाही नभए पनि, तिनीहरू ढोँग र छलकपटमा संलग्न हुन्छन्, आत्मज्ञानबारे खोक्रो रूपमा बोल्छन् ताकि मानिसहरूले तिनीहरूलाई निकै आत्मिक भएको र निकै बुझाइ भएको व्यक्तिका रूपमा हेरून्। के यो लाजसरम पचेको हुनु होइन र? तिनीहरूमा स्पष्ट रूपमा अनेकौँ समस्या र खराब मानवता छन्, तिनीहरू कुनै बफादारीबिना आफ्नो कर्तव्य पूरा गर्छन्, जे काम गरे पनि आफ्नै बौद्धिकता र चलाखीपनमा भर पर्छन्, बिलकुलै सत्यता खोज्दैनन्, तैपनि आफूले बोझ बोकेको, आफू निकै आत्मिक भएको, आफूमा क्षमता भएको र आफू धेरैजसो मानिसभन्दा श्रेष्ठ रहेको विश्‍वास गर्छन्। के यो लाजसरम पचेको हुनु होइन र? के यी कुराहरू ख्रीष्टविरोधीहरूमा मानवता नहुनुका प्रकटीकरणहरू होइनन् र? के तिनीहरूले बारम्बार यस्ता कुराहरू प्रकट गर्दैनन् र? स्पष्ट रूपमा तिनीहरूमा सत्यता सिद्धान्तहरूको बुझाइको कमी छ, तिनीहरूले चाहे जे गरे पनि अभ्यासका कुनै सिद्धान्तहरू फेला पार्न सक्दैनन्, तर तिनीहरू खोजी वा सङ्गति गर्न मान्दैनन्; तिनीहरू काम फत्ते गर्न आफ्नै चलाखीपन, अनुभव र बौद्धिकतामा भर पर्छन्। तिनीहरू अगुवा हुने, अरूलाई निर्देशन दिने र सबैलाई आफ्नो कुरा सुन्‍न लगाउने कामनासमेत गर्छन्, अनि कसैले यसो नगर्दा तिनीहरू रिसले बहुलाउँछन्। के यो लाजसरम पचेको हुनु होइन र? तिनीहरूमा महत्त्वाकाङ्क्षा, वरदान र थोरै चलाखीपन भएका कारण सधैँ परमेश्‍वरको घरमा पृथक् देखिन र परमेश्‍वरको घरले तिनीहरूलाई महत्त्वपूर्ण पदमा राखेर संवर्धन गरोस् भन्‍ने चाहन्छन्। यदि तिनीहरूको संवर्धन भइरहेको छैन भने तिनीहरू निराश र रुष्ट हुन्छन्, परमेश्‍वरको घर अन्यायपूर्ण भएको, त्यसले प्रतिभाशाली मानिसहरू चिन्‍न नसक्ने, र तिनीहरूका असाधारण क्षमताहरू पत्ता लगाउनका लागि परमेश्‍वरको घरमा प्रतिभा चिन्‍न सक्ने राम्रो न्यायाधीश नभएको गुनासो गर्छन्। यदि तिनीहरूको संवर्धन भइरहेको छैन भने तिनीहरू आफ्ना कर्तव्यहरू पूरा गर्नका लागि कडा मेहनत गर्न, कठिनाइहरू सहन वा मूल्य तिर्न चाहँदैनन्, बरु तिनीहरू आफ्नो धूर्त्याइँ प्रयोग गरेर कामबाट उम्कन मात्र चाहन्छन्। तिनीहरू हृदयमा आशा गर्छन् कि परमेश्‍वरको घरको कसैले तिनीहरूलाई सम्मान गर्नेछ र उत्थान गर्नेछ, ताकि तिनीहरूले अरूलाई उछिन्न र आफ्ना भव्य योजनाहरू यहीँ कार्यान्वयन गर्न सकून्। के यी महत्त्वाकाङ्क्षा र चाहना होइनन् र? के यो लाजसरम पचाएको हुनु होइन र? के यो ख्रीष्टविरोधीहरूको सबैभन्दा आम प्रकटीकरण होइन र? यदि तँसित साँच्चिकै क्षमताहरू छन् भने तैँले सत्यता पछ्याउनुपर्छ, आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्नमा ध्यान दिनुपर्छ, अनि परमेश्‍वरका चुनिएका मानिसले तँलाई स्वतः सम्मान गर्नेछन्। यदि तँसित कुनै पनि सत्यता छैन तर तँ अझै पनि सधैँ पृथक देखिन चाहन्छस् भने त्यो समझको अत्यन्तै कमी हुनु हो! यदि तँमा महत्त्वाकाङ्क्षा र चाहनाहरू पनि छन्, साथै तँ सधैँ पूर्णतः लागिपर्न चाहन्छस् भने तेरो पतन हुने निश्चित छ। समाजमा एकपटक निश्चित हैसियत र प्रतिष्ठा पाएपछि केही मानिस, उहाँको घरमा प्रवेश गर्न पुगेपछि, अनुचित रूपमा आफ्नो प्रभाव जमाउन, अन्तिम निर्णय गर्न, परमेश्‍वरमा विश्‍वास गर्न र सबैलाई आफ्ना आज्ञाहरू मान्ने बनाउन चाहन्छन्। तिनीहरू आफ्ना योग्यता र प्रमाणपत्रहरू पेश गर्न चाहन्छन्, सबैलाई आफूभन्दा मूनिको ठान्छन् र ती सबै आफ्नो शक्तिको अधीनमा हुनुपर्ने सोच्छन्। के यो लाजसरम पचेको हुनु होइन र? हो नि। जब केही मानिसले परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू पूरा गर्दा केही नतिजाहरू हासिल गर्छन् र केही योगदानहरू दिन्छन्, तब तिनीहरू सधैँ दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई उच्च सम्मानका साथ आफूभन्दा जेठो, उच्चपदस्थ अधिकारी र विशेष व्यक्तित्वका रूपमा व्यवहार गरून् भन्‍ने चाहन्छन्। तिनीहरू आफूलाई मानिसहरूले उच्च मानून्, पछ्याऊन् र तिनीहरूको कुरा सुनून् भन्‍नेसमेत चाहन्छन्। तिनीहरू मण्डलीका अग्रणी व्यक्तित्व बन्‍ने आकाङ्क्षा राख्छन्; तिनीहरू सबै कुराको निर्णय गर्न, फैसला गर्न र सबै मामलाहरूमा अन्तिम निर्णय गर्न चाहन्छन्। यदि कसैले पनि तिनीहरूको कुरा सुनेन वा अवलम्बन गरेन भने तिनीहरू आफ्नो काम त्याग्न, अरू सबैको खोइरो खन्न र सबैलाई हाँसोमा उडाउन चाहन्छन्। के यो लाजसरम पचेको हुनु होइन र? लाजसरम पचेको हुनु बाहेक तिनीहरू अत्यन्तै दुर्भावनापूर्ण हुन्छन्—यिनीहरू ख्रीष्टविरोधी हुन्।

ख्रीष्टविरोधीहरूको लाजसरम पचाउने चरित्रको प्रकटीकरण अत्यन्तै व्यापक छ। धेरैजसो मानिसले यो कुरा केही हदसम्म देखाउँछन्, तर ख्रीष्टविरोधीहरूमा यो प्रकटीकरण हुने मात्र होइन, तिनीहरूले त्यो कति गम्भीर प्रकृतिको छ भनेर पनि कहिल्यै चिन्दैनन्, न त तिनीहरू पश्चात्ताप गर्छन्, त्यसबारे जान्‍न खोज्छन् वा त्यसविरुद्ध विद्रोह नै गर्छन्। बरु तिनीहरू त्यसलाई प्राकृतिक ठान्छन्, जुन तिनीहरूले सत्यता स्विकार्न नमान्‍नु हो। तिनीहरूको व्यवहार जति नै लाजसरम पचेको, समझहीन, घिनलाग्दो र घृणास्पद भए पनि तिनीहरू त्यो प्राकृतिक र जायज नै हो भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू त्यो व्यावहारिक भएको र आफ्ना वरदान र क्षमताहरूका कारण आफू अगुवाइ गर्न योग्य भएको, साथै तिनीहरूले आफ्ना योगदानहरूका कारण श्रेष्ठता प्रस्तुत गर्नुपर्ने, अरूले तिनीहरूको कुरा सुन्‍नुपर्ने ठान्छन् र तिनीहरू यसलाई लाजसरम पचाउने कुराका रूपमा हेर्दैनन्। के तिनीहरू आशारहित छैनन् र? यो सामान्य मानवता होइन; यो ख्रीष्टविरोधीहरूको चरित्र हो। साधारण भ्रष्ट मानिसहरूसँग धेरै वा थोरै मात्रामा र गम्भीरताको फरक-फरक हदमा यी प्रकटीकरणहरू र सोचहरू होलान्, तर परमेश्‍वरका वचनहरू पढेर, अनि सत्यतालाई स्विकारेर र बुझेर, तिनीहरूले यस्ता कुराहरू सामान्य मानवतामा हुनुपर्ने कुरा होइनन् भन्ने पहिचान गर्छन्। तिनीहरूले यो पनि पहिचान गर्छन् कि जब यस्ता विचार, सोच, योजना वा अनुचित मागहरू उत्पन्‍न हुन्छन्, तब तिनीहरूले तिनका विरुद्धमा विद्रोह गर्नुपर्छ, तिनलाई त्याग्नुपर्छ, तिनलाई उल्ट्याउनुपर्छ, पश्चात्ताप गर्न सिक्नुपर्छ, सत्यता स्विकार्नुपर्छ र सत्यताअनुरूप अभ्यास गर्नुपर्छ। ख्रीष्टविरोधीहरू र साधारण भ्रष्ट व्यक्तिहरूबीच के भिन्‍नता छ? भिन्‍नता ख्रीष्टविरोधीहरूले कहिल्यै आफ्ना विचार, सोच र चाहनाहरू गलत छन्, परमेश्‍वरद्वारा निन्दित र तिरस्कृत छन् वा ती शैतानका नकारात्मक कुराहरू हुन् भनेर विश्‍वास गर्नेछैनन् भन्ने तथ्यमा छ। फलस्वरूप तिनीहरूले यी सोच वा विश्‍वासहरू कहिल्यै छोड्दैनन्। बरु तिनीहरू त्यसैमा अडिग रहन्छन्, तिनका विरुद्ध विद्रोह गर्दैनन्, तिनीहरूले निश्चय नै सही र सकारात्मक कुरालाई स्विकार्दैनन् र तिनलाई आफूले गर्नुपर्ने अभ्यास र पालना गर्नुपर्ने सिद्धान्त बन्न दिन्छन्। ख्रीष्टविरोधीहरू र साधारण भ्रष्ट व्यक्तिहरूबीचको भिन्‍नता यही हो। यताउता हेर्: जसले यस्तो लाजसरम पचाउँछ, तर कहिल्यै त्यसलाई पहिचान गर्दैन वा जसमा त्यसबारे कुनै चेतना छैन, त्यो नै नमुना ख्रीष्टविरोधी हो।

ख्रीष्टविरोधीहरूको अर्को खास विशेषता छ जुन मानिसहरूले खुट्टयाउन निकै सहज हुन्छ: तिनीहरूमा लज्जाबोध हुँदैन। बाइबलमा लेखिएझैँ, “दुष्ट मानिसलाई लाजको बोध हुँदैन” (हितोपदेश २१:२९)—ख्रीष्टविरोधीहरू मात्र साँच्चिकै दुष्ट मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू निर्लज्ज हुन्छन्; तिनीहरूले जतिसुकै लाजसरम पचेका, मानिसहरूका भावनाहरूप्रति असंवेदनशील वा सत्यताविपरीत कार्यहरू गरे पनि तिनीहरू यसबारे सचेत हुँदैनन्, न त यसलाई पहिचान गर्छन्। तिनीहरू सही र सकारात्मक कुरालाई स्विकार्दैनन् अनि आफ्ना गलत दृष्टिकोण र अभ्यासहरू छोड्दैनन्; बरु तिनीहरू अन्त्यसम्म तिनमै अडिग रहन्छन्। ख्रीष्टविरोधीहरू यस्तै हुन्छन्। तिमीहरू कुन अवस्थामा छौ? जब तिमीहरूमा यी अनुचित मागहरू, निर्लज्ज सोचहरू र परमेश्‍वरले घृणा गर्नुहुने अभिप्राय र विचारहरू आउँछन्, के तिमीहरू यी कुराहरू परमेश्‍वरद्वारा तिरस्कृत छन् भनेर सचेत भई तीविरुद्ध विद्रोह गर्न र तिनलाई छोड्न सक्षम हुन्छौ? कि सत्यता सुनेपछि तिमीहरू तिनलाई छोड्न अस्वीकार गर्छौ, तिनमै अडिग हुन्छौ र आफू नै सही छु भन्‍ने सोच्छौ? (जब म तिनका बारेमा सचेत हुन्छु, म तिनलाई परमेश्‍वरका वचनहरूसित जोड्न र यी सोचहरू घृणास्पद र लाजसरम पचेका छन् भन्‍ने महसुस गर्छु, साथै म प्रार्थना गर्न र तीविरुद्ध विद्रोह गर्न सक्षम हुन्छु।) जो सचेत रूपमा प्रार्थना गर्न र तीविरुद्ध विद्रोह गर्न सक्छन् तिनीहरू ख्रीष्टविरोधी होइनन्; जो कहिल्यै प्रार्थना गर्दैनन् वा तीविरुद्ध विद्रोह गर्दैनन्, बरु आफ्नै सोचहरूको पछि लाग्छन्, हृदयमा परमेश्‍वरको विरोध गर्छन् र सत्यतालाई स्विकार्न मान्दैनन् भने तिनीहरू नमुना ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले गरेका कामकुरा जतिसुकै निर्लज्ज भए पनि तिनीहरू तिनको स्वीकारोक्ति गर्न वा मान्‍न इन्कार गर्छन्। के यिनीहरू सकारात्मक कुराहरू नस्विकार्ने बरु नकारात्मक र दुष्ट कुराहरूलाई प्रेम गर्ने मानिसहरू हुन् भन्‍ने प्रस्ट छैन र? के तिमीहरू आफू कुन वर्गमा पर्छु भनेर छुट्ट्याउन असक्षम छौ, कि तिमीहरूलाई लाजसरम पचेका यी सोचहरू कहिल्यै आएका छैनन्? (मलाई यी सोचहरू आएका छन्, तीबारे सचेत बनेपछि मैले परमेश्‍वरलाई प्रार्थना गर्न र तीविरुद्ध विद्रोह गर्न सकेको छु। कहिलेकाहीँ म तिनका बारेमा सचेत भइनँ, मैले ती लाजसरम पचेका कुरा हुन् भन्‍ने थाहै नपाई व्यवहार गरेको र बोलेको छु, पछि मेरो खुलासा भएपछि मात्र त्यो कुरा महसुस गरेको छु, त्यसपछि म प्रार्थना गर्न र तीविरुद्ध विद्रोह गर्न सक्षम भएँ।) यदि तिमीहरूलाई यी कुराहरू निर्लज्ज हुन् भन्‍ने थाहै छैन भने त्यो कुनै समस्या होइन; यदि तिमीहरू थाहा पाएर पनि सत्यता स्विकार्दैनौ वा आफूविरुद्ध विद्रोह गर्दैनौ भने यो चाहिँ गम्भीर समस्या हो। धेरैजसो समय तिमीहरू असंवेदनशील हुन्छौ, यो कुरालाई परमेश्‍वरको वचनसित जोड्न सक्दैनौ र आफ्नो समस्या के हो भनेर पत्तो पाउँदैनौ। तर यदि तिमीहरूले त्यसको पत्तो पाएपछि तिमीहरूलाई हृदयमा तुरुन्तै दोषी र ग्लानि महसुस हुन्छ, कसैलाई हेर्न पनि अत्यन्तै लाज लाग्छ, अनि तिमीहरू आफूलाई घृणास्पद, नीच र कमजोर निष्ठा भएको सोच्छौ, र त्यसकारण तिमीहरूले आफूलाई घृणा गर्छौ र आफैसँग घिन महसुस गर्छौ, त्यसपछि कसरी परिवर्तन हुने र यी कुराहरूलाई छोड्ने भनेर चिन्तन गर्छौ भने, यो एक सामान्य अवस्था हो। यदि तिमीहरू सचेत बनेपछि आफूविरुद्ध विद्रोह गर्न सक्छौ भने, तिमीहरूले मुक्ति पाउने आशा रहन्छ। यदि तिमीहरू सचेत बनेर पनि आफूविरुद्ध विद्रोह गर्दैनौ भने तिमीहरूमा मुक्तिको कुनै आशा रहँदैन। कुनै व्यक्तिले मुक्ति पाउन सक्नु वा नसक्नु उसले सत्यता स्विकार्न सक्नु वा नसक्नुमा भर पर्छ। कतिपयले भन्लान्, “म असंवेदनशील र मन्द-बुद्धिको छु, मेरो क्षमता पनि कमजोर छ, तर मैले सुनेको कुरा अलिकति बुझुञ्जेल म परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्न र आफूविरुद्ध विद्रोह गर्न सक्छु।” यस्ता मानिसले मुक्ति पाउन सक्छन्। कुनै व्यक्तिको क्षमता चाहे जति नै राम्रो भए पनि वा उसले सत्यता जतिसुकै बुझे पनि, यदि उसले आफूविरुद्ध विद्रोह गर्दैन भने, यदि उसले सत्यता अभ्यास नगर्ने वा नस्विकार्ने भनेर जिद कस्छ र हृदयमा त्यसको प्रतिरोध र विरोध गर्छ भने कुरै सक्कियो—उसले मुक्ति पाउने आशा रहँदैन। लाजसरम पचेको हुनु पनि ख्रीष्टविरोधीहरूको चरित्रको एउटा खाँटी विशेषता हो। आफू वरिपरि त्यस्ता मानिस छन् कि भनेर हेर, अनि त्यसपछि तिमीहरू यस वर्गमा पर्छौ कि पर्दैनौ भनेर निर्धारण गर्न आत्म-जाँच गर—तिमीहरूलाई निरन्तर रूपमा आफू सिद्ध र महान् भएको महसुस हुन्छ कि हुँदैन, तिमीहरू सधैँ आफूलाई मुक्तिदाता ठान्छौ कि ठान्दैनौ, तिमीहरू सधैँ आफूलाई अरू सबैभन्दा माथि राखियोस् भन्‍ने आकाङ्क्षा राख्छौ कि राख्दैनौ, तिमीहरू आफू कति उच्च स्थानमा उभिएको छु भनी हेर्न आफूलाई जुनसुकै समूहका अरू मानिससित दाँज्छौ कि दाँज्दैनौ, अनि तिमीहरूले अन्त्यमा अरू मानिसलाई उछिन्न सके वा नसके पनि, तिमीहरू उत्कृष्ट बन्‍ने चाहना राख्छौ, र आफूलाई अरूले उच्च ठानेको चाहन्छौ, भीडभन्दा पृथक् हुन र समूहको विशेष सदस्य बन्‍न चाहन्छौ। तँलाई के कुराले विशेष बनाउँछ? के तेरो टाउकोमा सिङ पलाएको छ? तँसित त्रिनेत्र छन् कि तिन वटा टाउको र छवटा हातहरू छन्? तँमा त्यस्तो विशेष केही पनि छैन भने तँलाई किन सधैँ आफू पृथक र अद्वितीय भएझैँ लाग्छ? यो लाजसरम पचेको हुनु हो। एकातिर तेरो शारीरिक जन्मजात योग्यतामा अत्यन्तै विशेष कुरा केही छैन र अर्कोतर्फ तेरो क्षमतामा पनि अत्यन्तै विशेष कुरा केही छैन। अझ महत्त्वपूर्ण कुरा तँ पनि अरूजस्तै भ्रष्ट स्वभावहरूले भरिएको छस्, तँमा पनि सत्यताको बुझाइको कमी छ र तँ पनि परमेश्‍वरको प्रतिरोध गर्ने शैतानी प्रवृत्तिको छस्। तैँले धाक लगाउनुपर्ने के छ र? धाक लगाउनलाई स्पष्ट रूपमा केही छैन। तँसित भएका थोरै सीप, योग्यता, वरदान र प्रतिभाहरू उल्लेख गर्नलायक छैनन्, किनकि तिनले सामान्य मानवताको प्रतिनिधित्व गर्दैनन् र ती सकारात्मक कुराहरूसँग असम्बन्धित छन्। तैपनि तँ उल्लेख गर्न लायक नभएका कुराहरू अगाडि ल्याउन जिद कस्छस्, तिनलाई आफ्नै सम्मानको पदकका रूपमा लिन्छस्, मानिसहरूको सम्मान र आदर पाउनका निम्ति तिनलाई चारैतिर आफ्नो महिमा र पुँजीका रूपमा प्रदर्शन गर्छस्, अरू मानिसबाट आपूर्ति पाउन पुँजीका रूपमासमेत प्रयोग गर्छस् र अरूले दिने सम्मान र अनुकूल व्यवहारमा रमाउँछस्। के यो लाजसरम पचेको हुनु होइन र? यी अनुचित माग, सोच, अभिप्राय, विचारहरू, साथै असाधारण मानवता र समझले निम्त्याएका अन्य त्यस्ता कुराहरू सबै लाजसरम पचेको हुनुका प्रकटीकरणहरू हुन्। यदि लाजसरम पचेको हुनुका यी प्रकटीकरणहरू कसैको मानवतामा हाबी हुन्छन्, तिनीहरूलाई सत्यता स्विकार्न र बुझ्नबाट रोक्ने ठूलो विशेषता बन्छन् भने यो ख्रीष्टविरोधीहरूको खास विशेषता हो।

कतिपय मानिस दाजुभाइ-दिदीबहिनीहरूका लागि स्वादिष्ठ, उच्च गुणस्तरीय र चलेका चिजहरू किन्‍नका लागि भेटीहरू खर्च गर्छन्, अनि दाबी गर्छन् कि तिनीहरूले उनीहरूको ख्याल गरेर यो गरिरहेका हुन्, ताकि उनीहरू परमेश्‍वरको घरमा खुसी र मस्त जीवन जिउन सकून् र त्यसपछि परमेश्‍वरको प्रेमप्रति कृतज्ञ हुन सकून्। तँलाई यो युक्ति कस्तो लाग्छ? के यो करुणामय कुरा नै हो? (अहँ, होइन। तिनीहरू परमेश्‍वरका भेटीहरूलाई आफ्नै पैसाका रूपमा लिन्छन्, भेटीलाई परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार सामान्य र व्यावहारिक ढङ्गले प्रयोग गर्नुको साटो जसरी मन लाग्छ त्यसरी खर्च गर्छन्।) यो मानवताको कस्तो समस्या हो? (लाज पचेको हुनु।) यस्ता व्यक्तिहरूले हैसियत प्राप्त गर्नेबित्तिकै तिनीहरू खाँटी ख्रीष्टविरोधी बन्छन्। तिनीहरू आफूलाई अरूको कृपापात्र तुल्याउन भेटीहरू प्रयोग गर्छन् र भन्छन्, “दाजुभाइ-दिदीबहिनीहरूसँग लत्ताकपडाको अभाव छ र उनीहरू कठोर जीवन जिउँछन्। उनीहरूसित धेरै कठिनाइहरू छन् तर यसबारे कसैले चासो दिँदैन। मैले यो कुरा याद गरेको छु र म यसको जिम्मेवारी लिनेछु। दाजुभाइ-दिदीबहिनीहरूका लागि कामकुरा सहज बनाउन, उनीहरू परमेश्‍वरको घरमा जिउने क्रममा उनीहरूलाई परमेश्‍वरको हार्दिकता, परमेश्‍वरको महान् प्रेम र परमेश्‍वरको अनुग्रह अनुभव गर्ने तुल्याउन, परमेश्‍वरको घरले उनीहरूको जीवनको हरेक पक्षको तृप्ति गर्न केही पैसा खर्च गर्नु आवश्यक हुन्छ। त्यसकारण मैले यसबारे थप सोच्नु र दाजुभाइ-दिदीबहिनीहरूलाई के कुराको कमी वा आवश्यकता छ भनेर राम्रोसँग ख्याल गर्नु आवश्यक छ। पानी तातो राख्ने कपहरू किन्‍नुपर्छ ताकि दाजुभाइ-दिदीबहिनीहरूका लागि पानी पिउन र बाहिर जाँदा बोक्न सजिलो होस्। दाजुभाइ-दिदीबहिनीहरूका लागि कुर्सीहरू किन्‍नुपर्छ: कुर्सीहरूमा ढाड अड्याउने ठाउँ नरम हुनुपर्छ ताकि लामो समयसम्म बस्दा उनीहरूको ढाड नदुखोस्। यी कुर्सीहरूमा बस्न आरामदायी हुनुपर्छ, तिनको उचाइ, कोण र नरमपन उचित हुनुपर्छ। जतिसुकै मूल्य परे पनि हामीले दाजुभाइ-दिदीबहिनीहरूका लागि कुनै खर्च गर्न बाँकी राख्नु हुँदैन, किनकि उनीहरू परमेश्‍वरको घरका खम्बा र परमेश्‍वरको घरको काम फैलाउने पुँजी र मुख्य आधार हुन्। त्यसकारण दाजुभाइ-दिदीबहिनीहरूको राम्रो हेरचाह गर्नाले परमेश्‍वरको घरको काममा सुधार आउँछ।” अधिकांश दाजुभाइ-दिदीबहिनीहरू यो सुनेर रुन थाल्छन्, कृतज्ञताले भरिन्छन् र यो परमेश्‍वरको महान् प्रेम हो भन्दै चिच्याइरहन्छन्। यो मामला सम्हाल्नेहरू यो कुरा सुनेपछि भित्री रूपमा न्यानो महसुस गर्छन् र सोच्छन्, “बल्ल मेरो मनको कुरा बुझ्ने मानिसहरू आए।” यो के हो? (लाजसरम पचेको हुनु।) दाजुभाइ-दिदीबहिनीहरूलाई त्यति ठूला लाभहरू प्रदान गर्नुलाई कसरी लाजसरम पचेको हुनु मान्‍न सकिन्छ? के यो बदनामी हो? (अहँ, होइन।) तिनीहरू मानिसहरूको मन जित्नका निम्ति यो उदारता देखाउन परमेश्‍वरको घरको पैसा प्रयोग गरिरहेका छन् र दाजुभाइ-दिदीबहिनीहरूप्रति विचारशीलता र प्रेमिलो हेरचाह देखाउने नाटक गरिरहेका छन्। तिनीहरूको वास्तविक उद्देश्य चाहिँ के हो? हल्का रूपमा भन्दा तिनीहरूको उद्देश्य दाजुभाइ-दिदीबहिनीहरूसँगै यी लाभहरूको आनन्द उठाउनु हो। गम्भीर रूपमा भन्दा यो आफूलाई मानिसहरूसामु कृपापात्र तुल्याउनु हो, ताकि मानिसहरूले सधैँ तिनीहरूलाई सम्झिउन्, आफ्नो हृदयमा तिनीहरूका लागि ठाउँ राखून् र तिनीहरू कति असल थिए भनेर सम्झिरहून्। यदि तिनीहरूले आफ्नै पैसा खर्च गरिरहेका भए के तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई उस्तै व्यवहार गर्नेथिए त? (निश्चय नै गर्नेथिएनन्।) तिनीहरूको साँचो रङ्ग खुलासा हुनेथ्यो र तिनीहरूले मानिसहरूलाई यस्तो व्यवहार गर्नेथिएनन्। तिनीहरूले परमेश्‍वरका भेटीहरूलाई आफ्नै इच्छाअनुसार जथाभाबी प्रयोग गरिरहेको कार्यलाई मूल्याङ्कन गर्दा तिनीहरू निष्ठा र नैतिक स्तर नभएका नीच र निर्लज्ज मानिस हुन्। के तिनीहरू साँच्चिकै अरू मानिसलाई दयालु व्यवहार गर्न सक्छन्? तिनीहरू कस्ता व्यक्ति हुन्? (तिनीहरू लाजसरम पचेका ख्रीष्टविरोधी हुन्।) ख्रीष्टविरोधीहरूको मानवतामा हुने र त्यसमा प्रकट हुने लाजसरम पचाउने कार्यमा केही कपटी र निर्दयी कुरा पनि छ—तिनीहरू आफ्ना व्यक्तिगत लक्ष्यहरू हासिल गर्नका लागि झुट प्रयोग गर्छन्। तिनीहरूका मुखबाट निस्कने कुन शब्दहरू चाहिँ साँचो हुन्छ? तिनीहरू मानिसहरूप्रति निकै विचारशील, उनीहरूलाई साँच्चिकै प्रेम गर्ने र उनीहरूबारे धेरै नै सोच्नेझैँ देखिए पनि पर्दापछाडि तिनीहरू वास्तवमा दुर्भावनापूर्ण आशयहरू बोकिरहेका हुन्छन्। तिनीहरू आफैले कुनै मूल्य तिर्दैनन्; तिनीहरूले भेटीहरू खर्च गर्छन् र अन्त्यमा तिनीहरूले लाभ पाइरहँदा घाटा भोग्ने त परमेश्‍वरको घरले नै हो। ख्रीष्टविरोधीहरू यही नै गर्छन्—तिनीहरू लाजसरम पचेका मात्र होइन, कपटी र निर्दयी पनि हुन्छन्। तिनीहरूमा झुट बोल्ने बानी हुन्छ, तिनीहरू जहाँ गए पनि मानिसहरूलाई झुट बोल्ने र झुक्क्याउने गर्छन्, एक शब्द पनि सत्य बोल्दैनन्। यो नै घिनलाग्दो कुरा हो, तर तिनीहरू अझै पनि निष्कपट, दयालु, अरूप्रति असल, प्रेमिलो, सहानुभूतिपूर्ण, कोहीप्रति कठोर हृदय बनाउन वा आफूलाई हेप्नेहरूविरुद्ध प्रतिकार गर्न असक्षम भएकोबारे धाक लगाउँछन्। तिनीहरू आफ्नो छवि बनाउने र मानिसहरूको हृदयमा स्थान ओगट्ने कामनासाथ आफू सिद्ध र शिष्ट व्यक्ति भएको धाकसमेत देखाउँछन्। के यो लाजसरम पचाउनु होइन र? यो ख्रीष्टविरोधीहरूको प्रकृति हो; तिनीहरूको मानवता यस्तै कुराहरूले भरिएको हुन्छ।

खराब कामकुरा गर्दै छाडा रूपमा दौडने र लाजसरम पचाउनेहरूलाई मानिसहरूले केही हदसम्म खुट्ट्याउन सक्छन्, तर ख्रीष्टविरोधीहरू लाजसरम पचेका हुन्छन् भन्‍ने कुरा खुट्ट्याउन सजिलो छैन। मैले एक जना ख्रीष्टविरोधीले लाजसरम पचाएको एउटा विशेष प्रकटीकरण देखेको छु: ऊ प्रायः जङ्गली र धृष्ट व्यवहार देखाउँथ्यो, उसको झुट बोल्ने बानी थियो र उसको निश्चित बोल्ने शैली थियो, जुन मिलेको र सुव्यवस्थित थियो। तर कार्यहरू सम्हाल्ने सन्दर्भमा उसले सुरु गरेको काम सम्पन्‍न गर्न सक्दैनथ्यो, ऊ खराब कामकुरा गर्दै छाडा दौडिन्थ्यो र उसमा कुनै पनि सिद्धान्तहरू छँदै थिएन। केही समय परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू पूरा गरेपछि उसले गरेको सबथोक बिग्र्यो र उसले जे गरे पनि राम्रो भएन। सबैभन्दा ठूलो समस्या त यो थियो कि ऊ अझै पनि मानिसहरूलाई भ्रममा पार्न, उनीहरूको हृदयमा राम्रो छाप छोड्न चाहन्थ्यो, हरेक मोडमा अरूले उसका बारेमा के सोच्छन् र उसलाई उच्च ठान्छन् कि ठान्दैनन् भनेर सोधपुछ गर्थ्यो। अन्ततः जब उसले आफ्ना कर्तव्यहरूमा निरन्तर रूपले गल्तीहरू गरिरहेको छ र केही पनि राम्रोसँग गर्न सकिरहेको छैन भन्‍ने प्रस्ट भयो, तब परमेश्‍वरको घरले उसलाई खेदायो। ऊ यी स्पष्ट प्रकटीकरणहरू चिन्‍न असफल भएको मात्र होइन, उसलाई खेदाउँदा उसले अत्यन्तै निर्दोष भएको नाटक पनि गर्‍यो। निर्दोष भएको नाटक गर्नु भन्‍नुको मतलब के हो? यसको मतलब उसले विगतका आफ्ना दुष्ट कार्यहरू—उसका झुटहरू, छलकपट, अरू मानिसलाई भ्रममा पार्ने कार्य, साथै उसले एउटा स्वतन्त्र राज्य सिर्जना गरेर मण्डलीलाई आफ्नै परिवारको नियन्त्रणमा ल्याएको, खराब कार्यहरू गर्दै छाडा दौडेको र सिद्धान्तविना व्यवहार गरेको, कहिल्यै सत्यता खोजी नगरेको र आफूलाई जे मन लाग्छ त्यही गरेको, लगायतका दुष्ट कार्यहरू—कहिल्यै स्विकारेन र उसले आफ्ना यी दुष्ट कार्यहरू बिलकुलै चिन्‍न सकेन भन्‍ने हो। यसको उल्टो ऊ आफूले परमेश्‍वरको घरमा कैयौँ वर्ष आफ्नो कर्तव्य पूरा गरेको, धेरै कष्ट भोगेको, उच्च मूल्य तिरेको, अत्यन्तै लामो समय बिताएको र आफ्नो धेरै ऊर्जा खर्चेको, तर अन्त्यमा ऊ त्यस्तो अवस्थामा पुगेको जहाँ उसको प्रतिष्ठा खराब भयो र सबैले उसलाई हेयको दृष्टिले हेरे, जहाँ उसलाई कसैले पनि दया गरेन वा सहानुभूति देखाएन र कसैले पनि उसको पक्षमा बोलिदिएन भन्ने विश्वास गर्थ्यो। के यो निर्दोष भएको नाटक गर्नु होइन र? यो निर्दोष भएको नाटक गर्नु कस्तो मानवताको प्रकटीकरण हो? (समझ नहुनु र लाजसरम पचाएको हुनुको।) ठ्याक्कै त्यही हो। उसले आफूले गरेका कामकुरा र निर्वाह गर्नुपर्ने कर्तव्यहरूलाई आफ्नै योगदान ठान्थ्यो। ऊ आफूले गरेका सत्यता सिद्धान्तहरूसँग नमिल्ने वा बाधा र अवरोध पुर्‍याउने कुनै पनि कार्यलाई पूर्ण रूपमा अस्वीकार गर्थ्यो, र अन्त्यमा उसले निर्दोष भएको नाटक गर्थ्यो। यो लाजसरम पचाएको हुनु हो र ऊ एक खाट्टी ख्रीष्टविरोधी हो। के तिमीहरूले कहिल्यै यस्ता व्यक्तिहरू भेटेका छौ? तिमीहरूले तिनीहरूलाई चाहे जुन कार्यको प्रभारी बनाए पनि वा जे कार्य दिए पनि, तिनीहरू बल पुष्ट गर्न, स्वतन्त्र राज्य स्थापित गर्न र अरूलाई चर्चा बाहिर राख्न खोज्छन् ताकि आफू चर्चामा आउन सकियोस्। तिनीहरू सबैलाई उछिन्न चाहन्छन्, कसैलाई पनि कुनै सत्य कुरा भन्दैनन्, तिनीहरूका कुरा सुन्‍नेहरूलाई तिनीहरूका कुन भनाइहरू साँचो हुन् र कुन गलत हुन् भन्‍नेबारे अनिश्चित हुने तुल्याउँछन्। जब अन्त्यमा तिनीहरूलाई खेदाइन्छ, तिनीहरू आफूलाई अत्यन्तै निर्दोषसमेत ठान्छन् र कसैले आफ्नो प्रतिरक्षा गर्ने आशा गर्छन्। के तिमीहरूलाई कसैले तिनीहरूको बचाउ गर्नेछ जस्तो लाग्छ? (अहँ, गर्नेछैनन्।) यदि कसैले गर्‍यो भने ऊ साँचो तथ्यहरूबारे अनजान, बुद्धि नभएको, तिनीहरूले भ्रममा पारेको वा तिनीहरूजस्तै व्यक्ति हुनुपर्ने हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्