परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २६२

मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्‍वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरको सार्वभौमिकताको कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्‍वरको आदेश र मानवजातिको धार्मिक अभियानका निम्ति होइनन् भने, परमेश्‍वरको आदेशको निम्ति शहीद भएकाहरूका निम्ति हाम्रा आत्मा अयोग्य हुनेछन्, र हाम्रा लागि सबै थोक जुटाउनुहुने परमेश्‍वरका निम्ति त झन् अयोग्य हुनेछन्।

परमेश्‍वरले यस संसारलाई सृष्‍टि गर्नुभयो, उहाँले यस मानवजातिलाई सृष्‍टि गर्नुभयो, साथै उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताका योजनाकार हुनुहुन्थ्यो। परमेश्‍वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ, र परमेश्‍वरले मात्र यस मानवजातिलाई रात र दिन हेरचाह गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्‍वरको सार्वभौमिकताबाट अविभाज्य छन्, र मानवजातिको इतिहास र भविष्य परमेश्‍वरका योजनाहरूबाट अलग छैनन्। यदि तँ साँचो इसाई होस् भने, कुनै पनि देश वा राज्यको उदय र पतन परमेश्‍वरको योजनाअनुसार हुन्छ भनी तैँले अवश्य पनि विश्‍वास गर्छस्। कुनै देश वा राज्यको नियति परमेश्‍वरलाई मात्र थाहा छ, अनि परमेश्‍वरले मात्र यस मानवजातिको गति-पथलाई नियन्त्रण गर्नुहुन्छ। यदि मानवजातिले असल नियति भएको चाहना गर्छ भने, यदि कुनै देशले असल नियति चाहन्छ भने, मानवजातिले परमेश्‍वरको आराधना गर्न घुँडा टेक्‍नुपर्छ, परमेश्‍वरका सामु पश्‍चाताप गर्नुपर्छ र स्वीकार गर्नुपर्छ, अन्यथा मानवको नियति र गन्तव्य भनेको रोक्‍नै नसकिने विनाश हुनेछ।

नोआले जहाज बनाएको समयलाई हेरौं: मानवजाति गहन रूपमा भ्रष्‍ट बनेको थियो, मानिसहरू परमेश्‍वरको आशिष्‌बाट तर्केका थिए, तिनीहरूलाई परमेश्‍वरले वास्ता गर्न छोड्नुभएको थियो, र तिनीहरूले परमेश्‍वरका प्रतिज्ञाहरू गुमाएका थिए। तिनीहरू परमेश्‍वरको ज्योतिविना नै अँध्यारोमा जिउँथे। तिनीहरू प्रकृतिले नै कामुक बनेका थिए र तिनीहरूले घृणित अनैतिकतामा आफैलाई सुम्पेका थिए। यस्ता मानिसहरूले परमेश्‍वरको प्रतिज्ञालाई पाउन सकेनन्; तिनीहरू परमेश्‍वरको मुहारको साक्षी हुन वा परमेश्‍वरको आवाज सुन्‍न अयोग्य थिए, किनकि तिनीहरूले परमेश्‍वरलाई त्यागेका थिए, परमेश्‍वरले तिनीहरूलाई दिनुभएका सबै थोकहरूलाई पन्छाएका थिए, र परमेश्‍वरका शिक्षाहरूलाई बिर्सेका थिए। तिनीहरूका हृदय परमेश्‍वरबाट टाढा-टाढा भौँतारिए, यसो भएपछि, तिनीहरूमा सबै तर्कको कमी भयो र तिनीहरू मानवता बाहिर पुगेर भ्रष्‍ट बने र झन्-झन् दुष्‍ट बने। तब तिनीहरू मृत्युको अति नजिक हिँडे र परमेश्‍वरको क्रोध र दण्डमा परे। नोआले मात्र परमेश्‍वरको आराधना गरे र दुष्टतालाई घृणा गरे, यसरी उनले परमेश्‍वरको आवाज सुन्‍न सके र उहाँका आज्ञाहरू सुने। परमेश्‍वरको वचनका आज्ञाहरू अनुसार उनले जहाज निर्माण गरे, र सबै किसिमका जीवित प्राणीहरूलाई त्यहाँ जम्मा गरे। अनि यसरी, सबै थोक तयार भइसकेपछि, परमेश्‍वरले संसारमाथि आफ्नो विनाश ल्याउनुभयो। नोआ र उनको परिवारका अरू सात जना सदस्यहरू मात्र त्यस विनाशबाट बचे, किनकि नोआले यहोवालाई आराधना गरे र दुष्‍टतालाई घृणा गरे।

अब वर्तमान युगलाई हेर्नुहोस्: परमेश्‍वरलाई आराधना गर्ने र दुष्‍टतालाई त्याग्‍ने नोआजस्ता धर्मी मानिसहरू अस्तित्वमा छैनन्। तैपनि परमेश्‍वर यस मानवजातिप्रति अझै दयालु हुनुहुन्छ र यस अन्तिम युगको अवधिमा अझै तिनीहरूलाई क्षमा दिनुहुन्छ। परमेश्‍वरले उहाँ देखा पर्ने दिनको चाहना राख्‍नेहरूलाई खोज्नुहुन्छ। उहाँका वचनहरू सुन्‍न सक्‍नेहरू, उहाँका आदेशलाई नबिर्सेकाहरू र आफ्ना हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई उहाँले खोज्नुहुन्छ। उहाँको सामुन्‍ने बालकजस्‍तै आज्ञाकारी भएकाहरू र उहाँको विरोध नगर्नेहरूलाई उहाँले खोज्नुहुन्छ। यदि तैँले आफैलाई परमेश्‍वरमा समर्पित गरिस्, कुनै शक्ति वा दबाबद्वारा रोकिएनस् भने, परमेश्‍वरले तँमाथि दया देखाउनुहुनेछ र तँमाथि आशिष खन्याउनुहुनेछ। यदि तँ उच्च स्थान, सम्माननीय प्रतिष्ठामा छस्, प्रशस्त ज्ञानका स्रोत, प्रशस्त सम्पत्तिका मालिक होस्, धेरै मानिसहरूले तँलाई समर्थन गर्छन्, तर पनि उहाँको बोलावट र उहाँको आज्ञालाई स्वीकार गर्न र तँबाट परमेश्‍वरले माग्‍नुभएका कार्यहरू गर्नका लागि परमेश्‍वरका सामु आउन यी कुनै पनि कुराहरूले तँलाई रोकेनन् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा अति अर्थपूर्ण अभियान र मानवजातिका निम्ति अति धार्मिक कार्य हुनेछन्। यदि तैँले ओहोदा र तेरा आफ्ना लक्ष्यहरूका खातिर परमेश्‍वरको बोलावटलाई अस्वीकार गरिस् भने, तैँले गरेका सबै कुराहरू श्रापित हुनेछन् र परमेश्‍वरद्वारा ती निन्‍दित हुनेछन्। सायद, तँ राष्ट्रपति, वैज्ञानिक, पाष्टर, वा एल्डर होस्, तर यदि तँ आफ्ना काम-कारबाहीहरूमा आफ्ना ज्ञान र क्षमतामा भर पर्छस् भने, तँ जति नै उच्‍च ओहोदामा भए पनि, तँ जहिले पनि असफल हुनेछस् र परमेश्‍वरका आशिषहरूबाट सधैँ वञ्‍चित हुनेछस्, किनकि तैँले गरेको कुनै पनि कुरालाई परमेश्‍वरले स्वीकार गर्नुहुन्‍न, र तैँले गरेको कार्य धार्मिक हो भनी उहाँले मान्‍नुहुन्‍न वा तैँले मानवजातिका फाइदाका लागि केही कार्य गरेको छस् भनी स्वीकार गर्नुहुन्न। तैँले गरेका सबै कामले मानवजातिलाई परमेश्‍वरको सुरक्षाबाट वञ्‍चित गर्ने र परमेश्‍वरका आशिषहरूलाई अस्वीकार गर्ने गरी तैँले मानवजातिका ज्ञान र बललाई प्रयोग गरिस् भनी उहाँले तँलाई भन्‍नुहुनेछ। तैँले मानवजातिलाई अँध्यारोतिर, मृत्युतिर र मानवले परमेश्‍वर र उहाँका आशिषलाई गुमाएका असीमित अस्तित्वको सुरुआततिर लैजान्छस् भनी उहाँले तँलाई भन्‍नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८१

परमेश्‍वरले गर्नुहुने कामले उहाँको देहको अनुभवलाई प्रतिनिधित्व गर्दैन; मानिसले गर्ने कामले उसको अनुभवको प्रतिनिधित्व गर्छ। हरेक व्यक्तिले...

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २६५

धेरै वर्षदेखि मानिसहरूका परम्परागत विश्‍वासका माध्यमहरू (ख्रीष्टियन धर्मको, जुन विश्‍वका तीन प्रमुख धर्ममध्ये एक हो) बाइबल पढ्नु नै भएको छ;...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २०२

विजयको कामको लक्षित प्रभाव, सबैभन्दा बढी, मानिसको देहले अबउप्रान्त विद्रोह नगरोस्; अर्थात्, मानिसको दिमागले परमेश्‍वरबारे नयाँ ज्ञान...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९९

अधिकांश मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वासको सारतत्त्व धार्मिक दृढ विश्‍वास नै हो: तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न असक्षम हुन्छन्‌ र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्