परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २६०

यस संसारमा आउने सबैले जीवन र मृत्युबाट भएर जानुपर्छ, र तीमध्ये धेरै जना मृत्यु र पुनर्जन्मको चक्रबाट भएर गएका छन्। जो जीवित छन् तिनीहरू चाँडै मर्नेछन्, र मरेकाहरू चाँडै फर्कनेछन्। यी सबै कुरा जीवनको मार्ग हो जुन परमेश्‍वर आफैले प्रत्येक जीवित प्राणीहरूका लागि प्रबन्ध गर्नुभएको छ। यद्यपि यो मार्ग र चक्र त्यो खास सत्यता हो जुन मानिसले हेरोस् भन्ने परमेश्‍वर चाहनुहुन्छ: परमेश्‍वरले मानिसलाई दिनुभएको जीवन असीमित छ, भौतिकता, समय वा स्थानद्वारा बाधा नपुग्ने किसिमको छ। परमेश्‍वरले मानिसलाई प्रदान गर्नुभएको जीवनको रहस्य यस्तो छ र यो जीवन उहाँबाट नै आएको हो भन्ने कुराको प्रमाण हो। धेरैले जीवन परमेश्‍वरबाट आएको हो भनी विश्‍वास नगरे पनि र तिनीहरूले परमेश्‍वरको अस्तित्वलाई चाहे स्वीकार गरे पनि वा इन्कार गरे पनि मानिसले अनिवार्य रूपमा परमेश्‍वरबाट आएका कुराहरूको उपभोग गर्दछ। यदि परमेश्‍वरले एक दिन अचानक हृदय परिवर्तन गर्नुभयो र संसारमा भएका सबै फेरि प्राप्त गर्ने र उहाँले दिनुभएको जीवन फिर्ता लिने इच्छा गर्नुभयो भने कोही पनि रहनेछैन। परमेश्‍वरले जीवित र निर्जीव सबै कुराहरूको लागि आपूर्ति गर्न आफ्नो जीवन प्रयोग गर्नुहुन्छ, र उहाँको शक्ति र अधिकारको सद्गुणद्वारा सबै थोकलाई असल क्रममा राख्नुहुन्छ। यो त्यस्तो सत्यता हो जुन कसैले पनि कल्पना गर्न वा बुझ्न सक्दैन, र यी बुझ्न नसकिने सत्यताहरू नै परमेश्‍वरको जीवनशक्तिको प्रकटीकरण र साक्षी हो। अब म तँलाई एउटा रहस्य बताउँछु: परमेश्‍वरको जीवनको महानता र उहाँको जीवनको शक्ति कुनै पनि प्राणीका लागि बुझ्न नसकिने छ। विगतमा जस्तो थियो अहिले पनि यो त्यस्तै छ, आउने समयमा पनि यो त्यस्तै रहनेछ। मैले बताउने दोस्रो रहस्य यो हो: सृष्टि गरिएका सबै प्राणीका निम्ति जीवनको स्रोत परमेश्‍वरबाट आउँदछ, चाहे ती रूप वा ढाँचामा जतिसुकै फरक होऊन्; तँ जस्तोसुकै प्रकारको जीवित प्राणी भए पनि तँ परमेश्‍वरद्वारा तोकिएको जीवन मार्गको विरुद्ध जान सक्दैनस्। जसरी भए पनि, मानिसले यो बुझोस् भन्ने म चाहन्छु: परमेश्‍वरको वास्ता, सुरक्षा र प्रबन्धविना मानिसले जति नै कोसिस गरे पनि वा जति नै कठिन संघर्ष गरे पनि उसले प्राप्त गर्नुपर्ने ती सबै कुराहरू प्राप्त गर्न सक्दैन। परमेश्‍वरबाट जीवनको आपूर्ति भएन भने मानिसले जिउनुको महत्त्वको अर्थ र जीवनको अर्थलाई गुमाउँछ। आफ्नो जीवनको मोललाई व्यर्थमा खेर फाल्ने मानिसलाई परमेश्‍वरले कसरी यस्तो लापरवाह हुने अनुमति दिन सक्नुहुन्छ? मैले पहिले भनेझैँ: परमेश्‍वर तेरो जीवनको स्रोत हुनुहुन्छ भन्‍ने कुरालाई नबिर्सी। यदि परमेश्‍वरले दिनुभएका सबै कुराको कदर गर्न मानिसले सकेन भने, परमेश्‍वरले सुरुमा जे दिनुभयो त्यो मात्र फिर्ता लिनुहुन्न, तर उहाँले मानिसलाई दिनुभएको भन्दा दोबर मूल्य उसलाई तिर्न लगाउनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६४

मानिसहरूले ममा विश्‍वास गर्छन्, तर तिनीहरू मेरो निम्ति गवाही दिन असक्षम छन्, न त मैले आफैलाई प्रकट गर्न अघि तिनीहरूले मेरो निम्ति गवाही नै...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४०

परमेश्‍वरद्वारा गरिएको र बाइबलमा भएको अय्यूबको मूल्याङ्कन अय्यूब १:१ ऊज देशमा एक जना मानिस थिए, जसको नाम अय्यूब थियो; र त्यस मानिस सिद्ध र...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २२

येशूले गर्नुभएको कार्य त्यस युगका मानिसको आवश्यकता बमोजिम थियो। उहाँको कार्य मानव जातिको उद्धार गर्नुथियो, तिनीहरूको पापको निम्ति क्षमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५९

परमेश्‍वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड) जब-जब शैतानले मानिसलाई भ्रष्ट तुल्याउँछ वा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्