परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७४
धेरैजसो मानिसहरूले आफ्नो भविष्यको गन्तव्यको खातिर, वा अस्थाई आनन्दको लागि परमेश्वरमा विश्वास गर्छन्। निराकरणबाट भएर नगएकाहरूका हकमा...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
जीवनको बाटो जोसुकैले पाउने कुरा होइन, न त यो कसैले सहजै प्राप्त गर्न सक्ने कुरा नै हो। यो यसैले हो किनभने जीवन परमेश्वरबाट मात्रै आउन सक्छ, अर्थात्, परमेश्वर स्वयम्सँग मात्रै जीवनको सारतत्व छ, र परमेश्वर स्वयम्सँग मात्रै जीवनको बाटो छ। त्यसैले परमेश्वर मात्रै जीवनको स्रोत, र जीवनको जिउँदो पानीको सदा-बगिरहने मूल हुनुहुन्छ। उहाँले संसारको सृष्टि गर्नुभएदेखि नै परमेश्वरले जीवनको शक्तिसँग सम्बन्धित धेरै काम गर्नुभएको छ, मानिसलाई जीवन दिने धेरै काम गर्नुभएको छ, र मानिसले जीवन प्राप्त गर्न सकोस् भनेर ठूलो मूल्य चुकाउनुभएको छ। यो यसैले हो किनभने परमेश्वर स्वयम् नै अनन्त जीवन हुनुहुन्छ, अनि मानिस पुनरुत्थित हुने बाटो परमेश्वर स्वयम् नै हुनुहुन्छ। मानिसको हृदयबाट परमेश्वर कहिल्यै पनि अलग हुनुहुन्न, र उहाँ सँधैभरि मानिसको बीचमा बस्नुहुन्छ। उहाँ नै मानिसको जियाइको संचालन शक्ति, मानिसको अस्तित्वको जरा, अनि जन्मपछि मानिसको अस्तित्वको लागि सम्पन्न भण्डार हुनुहुन्छ। मानिसलाई पुनर्जन्म गराउने, र उसको हरेक भूमिकामा दृढताको साथ जिउन सक्षम गराउने उहाँ नै हुनुहुन्छ। उहाँको शक्ति र उहाँको ननिभ्ने जीवन शक्तिकै कारण, मानिस पुस्तौंदेखि जिएको छ, जुन अवधिमा परमेश्वरको जीवनको शक्ति नै मानिसको अस्तित्वको मुख्य आधार बनेको छ, र कुनै पनि मानिसले कहिल्यै नतिरेको मूल्य परमेश्वरले तिर्नुभएको छ। परमेश्वरको जीवन शक्ति अरू कुनै पनि शक्ति माथि प्रबल हुन सक्छ; यसको साथै, यसले कुनै पनि शक्तिलाई उछिन्छ। उहाँको जीवन अनन्त, उहाँको शक्ति असाधारण छ, र सृष्टि गरिएको कुनै पनि प्राणी वा शत्रुको शक्तिले उहाँको जीवन शक्तिलाई जित्न सक्दैन। समय वा स्थानको बावजूद परमेश्वरको जीवन शक्ति अस्तित्वमा नै रहन्छ र यसको शानदार चमकलाई चम्काउँछ। स्वर्ग र पृथ्वी धेरै परिवर्तन भएर जान सक्छ, तर परमेश्वरको जीवन सदासर्वदा उस्तै रहन्छ। सबै कुराहरू टलेर जान सक्छ, तर परमेश्वरको जीवन अझै उस्तै रहनेछ, किनभने सबै कुराहरूको अस्तित्वको स्रोत अनि तिनीहरूको अस्तित्वको जरा परमेश्वर नै हुनुहुन्छ। मानिसको जीवन परमेश्वरबाट सुरु हुन्छ, परमेश्वरकै कारणले गर्दा स्वर्गको अस्तित्व छ, अनि परमेश्वरको जीवनको शक्तिबाट पृथ्वीको अस्तित्व उत्पन्न हुन्छ। कुनै पनि थोकको जीवन-शक्तिले परमेश्वरको सार्वभौमिकतालाई उछिन्छ सक्दैन, र जोसका साथ कुनै पनि थोक परमेश्वरको अख्तियारको प्रभुत्वबाट उम्कन सक्दैन। यसरी, तिनीहरू जोसुकै भए पनि, हरेक नै परमेश्वरको प्रभुत्वमा समर्पित हुनुपर्छ, हरेक नै परमेश्वरको आज्ञाको अधीनमा जिउनुपर्छ, अनि उहाँको हातबाट कोही पनि उम्कन सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
धेरैजसो मानिसहरूले आफ्नो भविष्यको गन्तव्यको खातिर, वा अस्थाई आनन्दको लागि परमेश्वरमा विश्वास गर्छन्। निराकरणबाट भएर नगएकाहरूका हकमा...
मानव जीवनका छ महत्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू) चौथो महत्वपूर्ण मोड: विवाह व्यक्तिको उमेर बढ्दै गएपछि र ऊ परिपक्व भएपछि, ऊ आफ्ना...
तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि परमेश्वरलाई कसरी विश्वास गरेका छौ भनी नयाँ जाँच गर्नुपर्छ, ताकि परमेश्वरलाई पछ्याउने प्रक्रियामा...
पत्रुसले जे खोजी गरे त्यो सबै परमेश्वरको हृदय अनुरूप थिए। तिनले परमेश्वरका चाहनाहरूलाई पूरा गर्न खोजे, र कष्ट-भोग र विपत्तिको बाबजुद पनि,...