परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २५२

मानव जातिको कार्यको खातिर परमेश्‍वरले धेरै अनिदो रातहरू बिताउनुभएको छ। माथिको उचाइदेखि तलका गहिराइहरूसम्म उहाँ मानिससँग आफ्‍ना दिनहरू बिताउन मानिस जिउने जीवित नरकमा ओर्लनुभएको छ, उहाँले मानिसबीचको जीर्णताको कहिल्यै गुनासो गर्नुभएन, र उहाँले मानिसको अनाज्ञाकारिताका लागि कहिल्यै उसको निन्दा गर्नुभएको छैन, तर उहाँले आफ्नो काम व्यक्तिगत रूपमा गर्ने क्रममा सबैभन्दा ठूलो अपमान सहनुहुन्छ। परमेश्‍वर कसरी नरकको हुन सक्नुहुन्छ? उहाँले आफ्नो जीवन कसरी नरकमा बिताउन सक्नुहुन्छ? तर सारा मानवजातिले चाँडै विश्राम पाउन सकून् भनी सम्पूर्ण मानव जातिको खातिर उहाँले पृथ्वीमा आउनका निम्ति अपमान सहनुभएको छ र अन्याय सहनुभएको छ, र मानिसलाई मुक्त गर्न व्यक्तिगत रूपमा “नरक” र “पाताल” मा, बाघको खोरमा पस्नुभएको छ। मानिस कसरी परमेश्‍वरको विरोध गर्न योग्यको छ? परमेश्‍वरको बारेमा गुनासो गर्नुपर्ने के कारण ऊसँग छ? ऊसँग परमेश्‍वरलाई हेर्ने धृष्टता कसरी हुन सक्छ? स्वर्गका परमेश्‍वर भ्रष्टताको यो अत्यन्तै फोहोर देशमा आउनुभएको छ, र उहाँले कहिल्यै पनि आफ्ना गुनासाहरू पोखाउनुभएको छैन, वा मानिसको विषयमा गुनासो गर्नुभएको छैन, तर बरु चुपचाप मानिसका बरबादीहरू र थिचोमिचो स्वीकार गर्नुहुन्छ। उहाँले मानिसका विवेकहीन मागहरूलाई कहिल्यै प्रतिकार गर्नुभएको छैन, उहाँले कहिल्यै मानिसबाट अनावश्यक मागहरू गर्नुभएको छैन, र उहाँले कहिल्यै मानिसबाट अनुचित मागहरू गर्नुभएको छैन; उहाँले कुनै गुनासो नगरी मानिसका निम्ति आवश्यक सबै काम गर्नुहुन्छ: शिक्षा दिने, अन्तर्दृष्टि दिने, निन्दा गर्ने, वचनहरूको शोधन, स्मरण गराउने, अर्ती दिने, सान्त्वना दिने, न्याय गर्ने, र प्रकट गर्ने। उहाँको कुन कदम मानिसको जीवनका लागि रहेन? उहाँले मानिसका सम्भावनाहरू र भाग्यलाई हटाउनुभएको भए पनि, परमेश्‍वरले चाल्नुभएको कुनचाहिँ कदम मानिसको भाग्यका लागि होइन? तीमध्ये कुनचाहिँ मानिसको अस्तित्वको लागि होइन? तीमध्ये कुनचाहिँ मानिसलाई यो कष्ट र रातको कालो जस्तो अन्धकारको दमनबाट मुक्त गर्नका निम्ति होइन? तीमध्ये कुनचाहिँ मानिसका लागि होइन? परमेश्‍वरको हृदयलाई कसले बुझ्न सक्छ, जुन प्रेमिलो आमाको जस्तो हृदय हो? परमेश्‍वरको उत्सुक हृदयलाई कसले बुझ्न सक्छ? परमेश्‍वरको भावपूर्ण हृदय र उत्साही अपेक्षाहरूको निम्ति भावशून्य हृदयहरू, संवेदनाहीन, उदासीन आँखाहरू अनि बारम्बारको हप्की र मानिसका अपमानहरू दिइएको छ; ती कुराको बदली तीक्ष्ण टिप्पणीहरू, र उपहास, र हेला गरिएको छ; तिनका बदली मानिसको उपहास, उसको कुल्चाई र अस्वीकृति, गलत बुझाइ र बिलौना र दुश्मनी, अनि इन्कार, साथै धोका, आक्रमण र कटुताद्वारा कर्जा तिरिएको छ। न्यानो वचनहरूले आँखा तराई र ठडिएका हजारौँ औँलाहरूको चिसो प्रतिरोधको सामना गरेको छ। परमेश्‍वरले सहँदै, टाउको निहुराउँदै, इच्छुक गोरुले जस्तो मानिसको सेवा मात्र गर्न सक्‍नुहुन्छ। यति धेरै सूर्य र चन्द्रमाहरू, उहाँले धेरै चोटि ताराहरूको सामना गर्नुभएको छ, धेरै चोटि उहाँ बिहान ओर्लनुभएको छ र साँझमा फर्कनुभएको छ, र बेचैन भएर छटपटाउनुभएको छ, उहाँले आफ्नो पिताबाट छुट्टिनु परेको पीडाभन्दा हजार गुणा ठूलो पीडा सहनुभएको छ, मानिसको आक्रमण र तोडाइ, र मानिसको निराकरण र काटछाँटको कार्यलाई सहनुभएको छ। परमेश्‍वरको नम्रता र लुकेको अवस्थाको सट्टा मानिसको निरन्तर पूर्वाग्रह, मानिसको अनुचित दृष्टिकोण र अनुचित व्यवहार प्रस्तुत गरिएको छ, र परमेश्‍वरको चुपचाप कार्य गर्ने शैली, उहाँको धैर्य, र उहाँको सहनशीलताको सट्टा मानिसको लोभी हेराइ प्रस्तुत गरिएको छ; मानिसले कुनै पछुतो नगरी परमेश्‍वरलाई कुल्चेर मार्ने प्रयास गर्छ, र परमेश्‍वरलाई भुइँमा कुल्चिन खोज्छ। परमेश्‍वरप्रति मानिसले गर्ने व्यवहार “दुर्लभ चतुरता” मध्येको एउटा हो, र मानिसले धम्काउने र तिरस्कार गर्ने परमेश्‍वर हजारौँ मानिसका खुट्टामुनि कुल्चिएर धूलोपीठो पारिनुभएको छ, जबकि मानिस आफै माथि उभिन्छ, मानौं ऊ पहाडका राजा बन्नेछ, मानौं उसले सम्पूर्ण शक्ति लिन चाहन्छ, उसले पर्दा पछाडिबाट राजदरबार कब्जा गर्न, परमेश्‍वरलाई पर्दा पछाडि होसियार र नियम पालन गर्ने निर्देशक बनाउन चाहन्छ, जसलाई प्रतिरोध गर्ने वा समस्या उत्पन्न गर्ने अनुमति हुँदैन। परमेश्‍वरले अन्तिम सम्राटको भूमिका खेल्नुपर्छ, उहाँ सबै स्वतन्त्रताबाट वञ्‍चित कठपुतली हुनुपर्दछ। मानिसका कामहरू बताउनै नसकिने छन्, यसैले ऊ परमेश्‍वरबाट यो वा त्यो माग गर्न कसरी योग्य छ? परमेश्‍वरलाई सल्लाह दिन ऊ कसरी योग्यको छ? परमेश्‍वरले उसका कमजोरीहरूप्रति सहानुभूति दर्शाउन् भनी माग गर्नको लागि ऊ कसरी योग्यको छ? ऊ कसरी परमेश्‍वरको कृपा पाउन योग्यको छ? ऊ कसरी घरीघरी परमेश्‍वरको उदारता प्राप्त गर्न योग्यको छ? ऊ कसरी घरीघरी परमेश्‍वरको क्षमा प्राप्त गर्न योग्यको छ? उसको विवेक कहाँ छ? उसले धेरै पहिले नै परमेश्‍वरको हृदय तोडेको छ, उसले धेरै पहिले नै परमेश्‍वरको हृदयलाई टुक्रा-टुक्रा पारेको छ। मानिसले उहाँलाई थोरै भए पनि उहाँप्रति न्यानो व्यवहार गर्दै उहाँप्रति परोपकारी व्यवहार गर्नेछन् भन्‍ने आशाले परमेश्‍वर उज्ज्वल आँखा र झ्याप्ले पुच्छर भएका मानिसहरू बीचमा आउनुभयो। तापनि, परमेश्‍वरको हृदय मानिसबाट सान्त्वना पाउनलाई सुस्त छ, र उहाँले हिउँको डल्लाको आक्रमण र यातना मात्रै पाउनुभएको छ। मानिसको हृदय अति नै लोभी छ, उसको चाहना पनि धेरै ठूलो छ, ऊ कहिल्यै तृप्त हुन सक्दैन, ऊ सधैँ दुष्ट र दुस्साहसी हुन्छ, उसले परमेश्‍वरलाई कहिल्यै स्वतन्त्रता वा बोल्ने अधिकार दिँदैन, र परमेश्‍वरलाई अपमानको अधीनमा बस्नु, र उसले चाहेअनुसार उहाँको नियन्त्रण गर्न दिनु बाहेक अर्को विकल्प हुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (९)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४६

यदि यति धेरै काम र यति धेरै वचनले पनि तँमा कुनै प्रभाव पारेको छैन भने, परमेश्‍वरको कार्यलाई फैलाउने समय आउँदा, तैँले आफ्‍नो कर्तव्य पूरा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ९४

सृष्टिकर्ताको अख्‍तियार समय, स्थान, वा भूगोलद्वारा सीमित छैन, र सृष्टिकर्ताको अख्‍तियारलाई गन्ती गर्न सकिँदैन (छनौट गरिएका खण्डहरू) हामी...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २२

परमेश्‍वरको व्यवस्थापनको अस्तित्वदेखि नै, उहाँ सधैँ आफ्नो काम सम्पन्न गर्नको निम्ति पूर्ण रूपमा समर्पित हुँदै आउनुभएको छ। उहाँको व्यक्तित्व...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८०

यूहन्‍ना २१:१६-१७ उहाँले तिनलाई फेरि दोस्रोपटक भन्‍नुभयो, यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? तिनले उहाँलाई भने, हो, प्रभु;...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्