परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४८

म सबै कुरा भस्म गर्ने आगो हुँ र म अपराध सहँदिन। मानिसहरू सबै मद्वारा सृष्टि गरिएको हुनाले, म जे भन्छु र गर्छु, त्यो तिनीहरूले पालना गर्नैपर्छ र तिनीहरूले विद्रोह गर्नु हुँदैन। मानिसहरूलाई मेरो काममा हस्तक्षेप गर्ने अधिकार छैन, र मेरो काम र मेरा वचनहरूमा के सही वा के गलत छन् भनी विश्लेषण गर्न तिनीहरू योग्य हुने कुरा त परै जाओस्। म सृष्टिको प्रभु हुँ, र सृष्टि गरिएका प्राणीहरूले मैले माग गरेका सबै कुरा आदरको हृदयसहित हासिल गर्नुपर्दछ; तिनीहरूले मसँग तर्क गर्ने कोसिस गर्नु हुँदैन, र विशेष रूपमा तिनीहरूले विरोध गर्नु हुँदैन। मेरो अधिकारद्वारा म मेरा मानिसहरूमाथि शासन गर्दछु, र जो मेरो सृष्टि भाग हुन् तिनीहरू सबै मेरो अख्तियारको अधीनमा बस्नुपर्छ। आज तिमीहरू मेरो सामु साहसी र हठी भए पनि, जुन वचनहरूद्वारा म तिमीहरूलाई शिक्षा दिन्छु ती तिमीहरूले पालन नगरे पनि र कुनै डर नमाने पनि म सहिष्णुतासाथ मात्रै तिमीहरूका विद्रोहीपनको सामना गर्दछु; सानो, तुच्छ कीराहरूले गोबरको थुप्रोमा फोहोर उठायो भन्दैमा म आफ्नो रिस पोखाउँदिन र मेरो कामलाई प्रभावित गर्दिनँ। मेरा पिताको इच्छाको खातिर म मैले घिनाउने गर्ने सबै कुरा र मैले घृणा गर्ने सबै कुराहरूको अस्तित्वलाई सहन गर्दछु, मेरा वाणीहरू पूर्ण नहुञ्जेल, मेरो अन्तिम क्षणसम्‍मै म त्यसो गर्नेछु। चिन्ता नगर्! म नाम विनाको कीराको स्तरमा डुब्न सक्दिनँ, र म आफ्नो सीपको स्तरलाई तँसँग तुलना गर्दिनँ। म तँलाई घृणा गर्दछु, तर म सहन सक्छु। तैंले मेरो आज्ञा उल्लङ्घन गर्छस्, तर तँ त्यस दिनबाट उम्कन सक्दैनस्, जुन बेला म तँलाई सजाय दिनेछु, जुन मेरा पिताले मसँग प्रतिज्ञा गर्नुभएको थियो। के सृष्टि गरिएको कीरालाई सृष्टिका प्रभुसँग तुलना गर्न सकिन्छ? शरद ऋतुमा, झर्ने पातहरू तिनका जराहरूमा फर्कन्छन्; तँ तेरा “पिता” को घर फर्कनेछस्, र म मेरा पिताको छेउमा फर्कनेछु। म उहाँको कोमल स्नेहको साथमा हुनेछु, र तेरा पितापछि तँ कुल्चिइनेछस्। मसँग मेरा पिताको महिमा हुनेछ, र तँसँग तेरो पिताको सर्म हुनेछ। म तँलाई साथ दिन धेरै अघिदेखि रोकेर राखेको सजायको प्रयोग गर्नेछु, र लाखौँ वर्षदेखि भ्रष्ट भएको तेरो दुर्गन्धित देहमा तैँले मेरो सजाय भोग्नेछस्। मैले सहिष्णुताको साथमा तँमा मेरा वचनहरूको काम पूरा गरेको हुनेछु, र तैंले मेरा वचनहरूबाट विपत्ति भोग्ने भूमिका पूरा गर्न सुरु गर्नेछस्। म धेरै आनन्दित हुनेछु र इस्राएलमा काम गर्नेछु; तँ हिलोमा लुटपुटिँदै र मर्दै रुनेछस् र दाह्रा किट्नेछस्। म मेरो मूल स्वरूपलाई फेरि प्राप्त गर्नेछु र अझै तँसँग फोहोरमा बस्नेछैन, जबकी तैंले आफ्नो मूल कुरूपता फेरि पाउनेछस् र गोबरको थुप्रो वरिपरि प्वाल बनाइरहनेछस्। जब मेरो काम र वचनहरू समाप्त हुन्छन् त्यो मेरो लागि आनन्दको दिन हुनेछ। जब तेरो विरोध र विद्रोहीपन सकिन्छ, त्यो तेरो लागि रुने दिन हुनेछ। म तँप्रति सहानुभूति राख्नेछैनँ, र तैंले मलाई फेरि कहिल्यै देख्नेछैनस्। म अब उप्रान्त तँसँग कुनै बातचित गर्नेछैनँ, र तैंले मलाई फेरि कहिल्यै भेट्नेछैनस्। म तेरो विद्रोहीपनलाई घृणा गर्नेछु, र तैंले मेरो प्रेमिलोपनलाई याद गर्नेछस्। म तँलाई प्रहार गर्नेछु, र तैंले मेरो धेरै चाहना गर्नेछस्। म खुसीसाथ तँबाट बिदा हुनेछु, र तैँले तँ मप्रति कति ऋणी छस् भनी थाहा पाउनेछस्। म तँलाई फेरि कहिल्यै भेट्नेछैनँ, तर तैंले सधैँ मेरो लागि आशा गर्नेछस्। म तँलाई घृणा गर्दछु, किनकि तैंले अहिले मेरो विरोध गर्छस्, र तैंले मलाई याद गर्नेछस्, किनकि वर्तमानमा म तँलाई सजाय दिन्छु। म तँसँगै बस्न इच्छुक हुनेछैनँ, तर तैंले त्यसका निम्ति अति नै तृष्णा गर्नेछस् र अनन्तसम्म रुनेछस्, किनकि तैंले मलाई जे गरिस् ती सबैका निम्ति पछुतो गर्नेछस्। तैंले आफ्नो विद्रोह र विरोधको लागि पछुतो गर्नेछस्, तैंले पछुताउँदै आफ्नो अनुहार भुइँतिर घोप्ट्याउने समेत छस् र मेरो अगाडि लम्पसार परेर फेरि कहिल्यै पनि मेरो आज्ञा उल्लङ्घन नगर्ने शपथ खान्छस्। आफ्नो हृदयमा तैंले मलाई मात्र प्रेम गरे तापनि तैंले मेरो आवाज कहिल्यै पनि सुन्न सक्नेछैनस्। म तँलाई आफैप्रति लज्जित तुल्याउनेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ९९

शैतानको विशेष पहिचानले गर्दा धेरै मानिसहरूलाई विभिन्‍न पक्षहरूको प्रकटीकरणमा बलियो रुचि प्रदर्शन गर्ने तुल्याएको छ। परमेश्‍वरजस्तै शैतानमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६६

कुन ज्ञानचाहिँ परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्ने चाबी हो, के तिमीहरूलाई थाहा छ? यस विषयको अनुभवबाट भन्न सकिने कुराहरू धेरै छन्, तर...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९७

परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३९

जीवन स्वभाव परिवर्तन गर्ने खोजीको क्रममा, अभ्यासको मार्ग सरल हुन्‍छ। यदि आफ्नो व्यावहारिक अनुभवमा, तैँले पवित्र आत्माका वर्तमान वचनहरू पालन...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्