परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९५
अब, तिमीहरूले परमेश्वरका मानिसहरू बन्ने प्रयास गर्नुपर्छ, र सम्पूर्ण प्रवेशलाई सही बाटोमा सुरु गर्नुपर्छ। परमेश्वरका मानिसहरू बन्नु...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मानिसहरू के भन्छन् भने, परमेश्वर धर्मी परमेश्वर हुनुहुन्छ, र जबसम्म मानिसले उहाँलाई अन्त्यसम्मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। यदि मानिसले उहाँलाई अन्तिमसम्मै पछ्याउँथ्यो भने, के उहाँले मानिसलाई पन्छाउन सक्नुहुन्थ्यो? म सबै मानिसहरूप्रति निष्पक्ष छु, र म सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसको लागि मैले तय गरेका मापदण्डहरूमा उचित सर्तहरू छन्, र उनीहरू जोसुकै भए पनि मैले तय गरेको मापदण्ड सबै मानिसहरूले पूरा गर्नुपर्छ। तेरा योग्यताहरू कति छन् वा कति लामो समयदेखि ती योग्यता तँमा रहेका छन्, म त्यो कुराको वास्ता गर्दिनँ; तँ मेरो मार्गमा हिँड्छस् कि हिँड्दैनस् र तैँले सत्यप्रति प्रेम र तृष्णा गर्छस् कि गर्दैनस् म त्यो कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ र यसको सट्टा तैँले मेरो नाउँमा सर्म ल्याउँछस् र कुनै वास्ता वा चिन्ता नगरी पछ्याउने काम मात्र गर्छस् तर मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि प्रहार गर्नेछु र दण्ड दिनेछु, र त्यसपछि तैँले के भन्नेछस्? के तँ परमेश्वर धर्मी हुनुहुन्नु भनेर भन्न सक्नेछस्? आज, मैले बोलेका वचनहरूलाई तैँले पालन गरेको छस् भने, तँ मैले स्वीकार गर्ने प्रकारको व्यक्ति होस्। परमेश्वरलाई पछ्याउने क्रममा तैँले सधैँ आफूले कष्ट भोगेको छु, दु:ख र सुख दुवै अवस्थामा उहाँलाई पछ्याएको छु, र उहाँसँग राम्रा र नराम्रा पलहरू बिताएको छु भनेर भन्छस्, तर परमेश्वरले बोल्नुभएको वचनमा तँ जिएको छैनस्; तैँले परमेश्वरको लागि दौडधूप गर्ने र हरदिन आफैलाई परमेश्वरको निम्ति खर्च गर्ने इच्छा मात्रै गर्छस्, तर तैँले अर्थपूर्ण जीवन जिउनेबारेमा कहिल्यै पनि विचार गरेको छैनस्। तँ यो पनि बन्छस्, “जेसुकै भए पनि, परमेश्वर धर्मी हुनुहुन्छ भन्ने म विश्वास गर्छु। मैले उहाँको लागि कष्ट भोगेको छु, उहाँको लागि दगुरिहिँडेको छु, र उहाँको लागि आफैलाई समर्पित गरेको छु, अनि कुनै सम्मान प्राप्त नगरे पनि कठिन परिश्रम गरेको छु; उहाँले निश्चय नै मलाई याद गर्नुहुन्छ।” परमेश्वर धर्मी हुनुहुन्छ भन्ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूदेखि कलङ्कित छैन: यसमा कुनै पनि मानव इच्छा समावेश हुँदैन र यो देह वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। विद्रोही र विरोध गर्नेहरू सबैलाई, उहाँको मार्गअनुसार नहिँड्नेहरू सबैलाई दण्ड दिइनेछ; कसैलाई पनि क्षमा दिइनेछैन र कसैलाई पनि छूट दिइनेछैन! कतिपय मानिसहरू भन्छन्, “आज म तपाईंको निम्ति दौडधूप गर्छु; जब अन्त्य आउँछ, के तपाईं मलाई अलिकति आशिष् दिन सक्नुहुन्छ?” त्यसैले म तँलाई प्रश्न गर्छु, “के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्?” तैँले जुन धार्मिकताको बारेमा कुरा गर्छस् त्यो लेनदेनमा आधारित छ। म सबै मानिसहरूप्रति धर्मी र निष्पक्ष छु, र मलाई अन्त्यसम्मै पछ्याउनेहरू सबैलाई मुक्ति दिइनेछ र उनीहरूले मेरा आशिषहरू प्राप्त गर्नेछन् भन्ने मात्र तँ ठान्छस्। “मलाई अन्त्यसम्मै पछ्याउनेहरूलाई निश्चय नै मुक्ति दिइनेछ” भन्ने मेरो वचनमा भित्री आशय छ: मलाई अन्त्यसम्मै पछ्याउनेहरू नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेहरू हुन्, मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्ने र सिद्ध पारिनेहरू तिनीहरू नै हुन्। तैँले के-कस्ता अवस्थाहरू प्राप्त गरेको छस्? मलाई अन्त्यसम्मै पछ्याउनेबाहेक तैँले अरू के प्राप्त गरेको छस्? के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्? तैँले मेरा पाँच मापदण्डहरूमध्ये एउटालाई पूरा गरेको छस्, तर तँसँग बाँकी चार वटालाई पूरा गर्ने कुनै अभिप्राय छैन। तैँले सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्गलाई मात्रै भेट्टाएको छस्, र भाग्यमानी हुने आशा गर्दै यसलाई पछ्याएको छस्। तँजस्तो व्यक्तिको लागि मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय हो, यो एउटा धर्मी प्रतिशोध हो र यो दुष्ट काम गर्ने सबैलाई दिइने धर्मी दण्ड हो; तिनीहरूले अन्त्यसम्मै पछ्याए पनि मेरो मार्गमा नहिँड्नेहरू सबैलाई अवश्य नै दण्ड दिइनेछ। परमेश्वरको धार्मिकता नै यही हो। मानिसलाई दण्ड दिने क्रममा जब यो धर्मी स्वभाव प्रकट गरिन्छ, तब मानिस अवाक् हुनेछ र परमेश्वरलाई पछ्याउने क्रममा उहाँको मार्गमा नहिँडेकोमा उसले अफसोस गर्नेछ। “त्यस बेला, परमेश्वरलाई पछ्याउने क्रममा मैले अलिकति मात्रै कष्ट भोगेँ, तर परमेश्वरको मार्गमा हिँडिनँ। स्पष्टीकरण दिने के ठाउँ छ र? सजाय पाउनेबाहेक अरू कुनै पनि विकल्प छैन!” तैपनि उसले आफ्नो मनमा यो विचार गरिरहेको हुन्छ, “जे होस्, मैले अन्त्यसम्मै पछ्याएको छु, त्यसैले तपाईंले मलाई सजाय दिनुभयो भने पनि, यो अत्यन्तै कठोर सजाय हुन सक्दैन र यो सजाय दिइसक्नुभएपछि तपाईंले मलाई अझै पनि चाहनुहुनेछ। मलाई थाहा छ तपाईं धर्मी हुनुहुन्छ, र मलाई सधैँभरि त्यस्तो व्यवहार गर्नुहुनेछैन। आखिर, म ती नष्ट गरिने मानिसहरूजस्तो छैनँ; नष्ट गरिनुपर्नेहरूले भारी सजाय प्राप्त गर्नेछन्, तर मेरो सजाय हल्का हुनेछ।” धर्मी स्वभाव तैँले भनेको जस्तो होइन। आफ्नो पापलाई स्वीकार गर्न सिपालु मानिसहरूलाई उदारताको साथ निराकरण गरिनेछ भन्ने होइन। धार्मिकता भनेको पवित्रता हो र यो त्यस्तो स्वभाव हो जसले मानिसले गरेको उल्लङ्घनलाई सहँदैन, र अशुद्ध र परिवर्तन नभएकाहरू सबै नै परमेश्वरको घृणाका निसानाहरू हुन्। परमेश्वरको धर्मी स्वभाव व्यवस्था होइन, तर प्रशासनिक आदेश हो: यो राज्यभित्रको प्रशासनिक आदेश हो र यो प्रशासनिक आदेश सत्यता धारण नगरेका र परिवर्तन नभएका र मुक्तिको कुनै गुन्जाइस नभएका जोकोहीको लागि धर्मी दण्ड हो। जब हरेक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकरण गरिन्छ, तब असललाई इनाम दिइनेछ र दुष्टलाई दण्ड दिइनेछ। मानिसको गन्तव्य स्पष्ट पारिने बेला यही हो; यो मुक्तिको काम समाप्त हुने समय हो, जुन समयपछि मानिसलाई मुक्ति दिने कार्य फेरि गरिनेछैन र दुष्ट कार्य गर्ने हरेकमाथि दण्ड ल्याइनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अब, तिमीहरूले परमेश्वरका मानिसहरू बन्ने प्रयास गर्नुपर्छ, र सम्पूर्ण प्रवेशलाई सही बाटोमा सुरु गर्नुपर्छ। परमेश्वरका मानिसहरू बन्नु...
परमेश्वर व्यावहारिक परमेश्वर हुनुहुन्छ: उहाँका सबै कामहरू व्यावहारिक छन्, उहाँले बोल्ने सबै वचनहरू व्यावहारिक छन्, र उहाँले व्यक्त गर्ने...
यदि मानिसहरूले परमेश्वरलाई श्रद्धा गर्ने हृदयले परमेश्वरमा विश्वास गर्छन् र परमेश्वरका वचनहरूको अनुभव गर्छन् भने, यस्ता मानिसहरूमा...
अब म तिमीहरूका लागि मेरो प्रशासनिक आदेशहरू जारी गर्दछु (जुन ती घोषणा गरिएकै दिनदेखि प्रभावकारी हुन्छन्, जसले विभिन्न व्यक्तिहरूका निम्ति...